मन्त्री
हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा करिब १५
महिनाको जेल सजाय काटेका चिरञ्जीवी वाग्ले अझै पनि आफूलाई इमानदार र निडर
नेता मान्छन् । जेलका अनुभूतिहरू यसैगरी पोख्दै छन् वाग्ले सौर्यकी
चमिना भट्टराईसँग :
मलाई जेल पुर्याउँदा बेलुकी ७ बजेको थियो । कुनै नयाँ ठाउँ पुगेको अनुभूति भइरहेको थिएन । फरक यत्ति मात्र थियो– पहिलेपहिले राजनीति गरेबापत जेल पर्थें । त्यो बेला भ्रष्टाचारको अभियोगमा षड्यन्त्रपूर्वक जेल पारिएँ । मनमा एउटा कुराचाहिँ बिझिरहेको थियो– राज्यले यतिसम्म पनि अन्याय गर्न सक्दो रहेछ । मजस्ता धेरै छन्, जसले राज्यबाट सुविधा लिएका छन् । उनीहरूको सम्पत्ति छानबिन नहुने, मेरो मात्र हुने † के यो ममाथिको षड्यन्त्र होइन ?
पहिलो दिन साँझको खाना घरबाट नै आएको थियो र सामान्य रूपमा खाएँ । परिवारका बारेमा सोच्दै सोचिनँ । ‘सबै सकियो अब बर्बादै भयो’ भन्ने पनि लागेन । सामान्य रूपमा लिएँ, अब जे त होला भनेर । जेलमा पनि बाहिरजस्तै माननीयज्यू वा मन्त्रिज्यू भनेरै सम्बोधन गर्थे । जेल प्रसाशन र अरू बन्दीले राम्रो व्यवहार गरे । मेरो अचम्मको बानी छ, जतिसुकै चिन्ता लागे पनि ओछ्यानमा पल्टनेबित्तिकै निदाइहाल्छु । धेरै सोच्ने बानी छैन । घरबाट लगिदिएको बिछ्यौनामा सुतँे, मज्जाले निदाएँ ।
आफूले गरेको काम, कुरा र कर्मअनुसार सबै भोग्नै पर्छ भन्ने लाग्यो, मानसिक रूपमा आफूलाई दृढ बनाएँ । भोलिपल्टैदेखि भेटघाटका लागि मानिसको ओइरो लाग्न थाल्यो । अनेक प्रकारका मान्छे आउँथे, सामान पनि उत्तिकै ल्याइदिन्थे ।
साँझबिहान एक घन्टा वरिपरि घुम्थँे, त्यहीँका गुम्बा–मन्दिरतिर । बन्दीको संख्या बढ्दै जाँदा मेरो घुमाइ पनि बन्द भयो । कहिलेकाहीँ प्राणायाम गर्न बस्दा बाहिर खाएको चुरोटको धुवाँले अवरोध पुर्याउँथ्यो । म त्यसरी चुरोट नखाइदिन अनुरोध गर्थें । उनीहरू भन्थे, ‘यहाँ मात्र हो माननीयज्यू, बाहिर गएपछि खाँदैनौँ ।’
त्यहाँ पनि मेरो दैनिकी घरमा जस्तै थियो । बिहान साढे तीन बजेसम्ममा उठिसकेको हुन्थेँ । तातोपानी खाएर नित्यकर्ममा लाग्थेँ । नियमित नुहाउँथेँ, दाह्री काट्थेँ । ध्यान, प्रणायाम गर्दै साढे ६ बजेसम्म रेडियोको खबर सुन्थेँ । त्यसपछि चिया खान्थेँ र लेख्ने र पढ्ने काममा लाग्थेँ । घरकैजस्तो नियमितता त्यहाँ पनि रह्यो । लेखनमा अवरोध होला भनेर टेलिभिजन पनि राखिनँ कोठामा ।
जेलको आन्तरिक प्रशासनले मलाई सहयोगीका रूपमा एउटा बन्दी दिएको थियो । उसैले चिया, खाना बनाइदिन्थ्यो । त्यसबापत उसलाई खाना दिन्थेँ, जेलले दिने सिदा पनि उसैले लिन्थ्यो । भेट्न आउनेले ल्याइदिएका खानेकुरा धेरै हुन्थे, अरू बन्दीलाई बाँडिदिन्थेँ ।
वरिपरि घुम्दा अरू बन्दीले चिया खाऔँ भन्थे । कहिलेकाहीँ खाइ पनि दिन्थेँ । भित्रै क्यान्टिन थियो । कहिलेकाहीँ जेल प्रशासनले पनि खान बोलाउँथ्यो । तर, म शाकाहारी भएकाले उनीहरूसँग खाना मिल्दैनथ्यो, फलफूल खान्थेँ ।
बसुन्जेल कहिल्यै पनि जेलबाहिर निस्कन्छु वा यो वा ऊ चाहियो भनिनँ । विशेष सुविधाको माग पनि थिएन । मलाई एउटा छुट्टै कोठा दिइएको थियो । त्यसैमा सुत्ने खाने र योग गर्थें । धेरै बन्दी र थोरै शौचालय भएका कारण प्राय: सबै पालो कुरेर लाइनमा बस्थे । तर, म अरू नउठ्दै उठिसक्थेँ, त्यसैले लाइन बस्नु परेन ।
जेल पर्नु केहीअगाडि देशभरि विभिन्न व्यक्तित्वका सालिक फुट्दै थिए । किन फुट्दै छन् ती सालिक, मेरो मन यसको कारण खोजिरहेको हुन्थ्यो । सोच्थेँ– पृथ्वीनारायणको सालिक किन फुटाइँदै छ ? कि उनले गरेको नेपाल एकीकरण गलत थियो भन्नुपथ्र्यो कि त सालिक भत्काउनु गलत थियो भन्नुपथ्र्यो । तर, यी दुवै भनिएनन्, विनातर्क सालिक फुटाइएका फुटाइएकै गरे । यसै सन्दर्भलाई लिएर एउटा किताब लेख्नुपर्यो भनेर लाग्दै थिएँ, जुन अझै अधुरो छ ।
जेल गएपछि निकै सोचेँ– ०४७/४८ पछि हामी जसरी हिँड्दै छौँ, कतै त्यहीँ त कमीकमजोरी छैनन् ? प्रजातन्त्र स्थापना गर्ने क्रममा कस्तो मान्छेलाई मैले चित्त दुखाएँ, किन उनीहरू मेरा पछाडि खनिए ? यो कुरोले मेरो मथिंगल हल्लाइरह्यो । व्यक्तिगत रूपमा जानीजानीकन मैले कसैलाई हानि हुने काम गरेजस्तो लाग्दैन । जहाँसम्म मेरो राजनीति, विचार, सिद्धान्त, आदर्श र मूल्य–मान्यताको कुरा हो, ठीक नलागेको कुरामा असहमतिचाहिँ राख्दै आएकै हुँ ।
मेरो असहमति कहाँ–कहाँ थियो त ? जेलको चौघेराभित्र म विगत केलाउन थालेँ । ०४६ पछिको एउटा प्रसंग । वीरेन्द्र राजा थिए । जर्मन राष्ट्रपति नेपाल आएका थिए । उनको सम्मानमा राजाले भाषण गर्ने कार्यक्रम थियो । त्यसबारे छलफल भयो । भाषणको बेहोरामा प्रजातन्त्र राजाले दिएको भन्ने आसय थियो । मैले असहमति जनाएँ । प्रजातन्त्र दिएर होइन, नेपाली जनताले लडेर ल्याएको हो भन्नुपर्छ भनेँ ।
यो उदाहरण मात्र हो । जायज कुराहरूमा यस्ता अडान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राखिरहेकै हुन्थेँ म । हाम्रै पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालादेखि अरू पार्टीका नेताहरूबीच पनि गलत कुरामा असहमति जनाउँदै आएको थिएँ । अन्तरात्मामा लागेको कुरा कसैका अगाडि राख्न पनि हिच्किचाइनँ । यी सबै कारणले ममाथि हमला भएजस्तो लाग्छ । ममाथिको हमलालाई प्रजातन्त्रमाथिको हमलाका रूपमा देख्छु म । यी सबै कुरा समेटेर किताब लेख्दै छु, चाँडै बजारमा आउला ।
मेरो धेरैजसो जेल समय लेखनमै बित्यो । साहित्यिक, धार्मिक, दार्शनिक किताब पनि पढ्थेँ । बिहान–बेलुका लेखपढ गर्थें । दिउँसो त भेटघाटमै बित्थ्यो । भेट्न आउनेमा नेताहरूलगायत अन्य आफन्त हुन्थे । मलाई सम्झाउनुपर्ने केही थिएन । आउनेहरू यो समयको उपयोग गर्दै केही न केही लेख्नुस्, तपाईंको अनुभूति पढ्न पाउनुपर्छ भन्थे ।
मुलुकमा शान्तिसुव्यवस्था नहुँदा मैले मात्र होइन, लाखौँ नेपाली जनताले दु:ख पाएका छन् । म त सग्लै छु, अंगभंग हुनेहरू पनि थुप्रै छन् । मुलुक सिस्टममा नचल्नु व्यक्तिको दोष हो, प्रजातन्त्रको होइन । आज पनि मेरो प्रजातन्त्रप्रतिको निष्ठा अविचलित नै छ । यसैकारण दु:ख पनि बेहोरेको छु । पटकपटक मन्त्री भएँ तर राजा वीरेन्द्रलाई जम्मा तीनपटक भेटेँ । पार्टीका तर्फबाट भेटे सभापतिले भेट्थे, सरकारका तर्फबाट भेटे प्रधानमन्त्रीले । मैले भेट्ने आवश्यकतै परेन । कार्यबाहक प्रधानमन्त्री भएका बखत तीनपटक उनलाई भेटेको हुँ । आफ्नो बाटोमा स्वतन्त्र रूपमा चल्न खोज्नु पनि मेरो दुर्भाग्य हो कि जस्तो लाग्छ ।
मुलुकमा बढेको हत्याहिंसा नियन्त्रण गर्न वीरेन्द्र निष्क्रिय देखिनुमा उनमा मुलुकमा द्वन्द्व चर्काएर फेरि आफू निरंकुश राजा हुने महत्त्वाकांक्षा थियो कि भन्ने पनि लाग्यो मलाई । यसलाई केले पनि पुष्टि गर्छ भने माओवादी आफैँले राजासँग हाम्रो अघोषित कार्यगत एकता थियो भनेको छ । त्यो एकतामा के–के थियो उनीहरूलाई नै थाहा होला । मुलुकको द्वन्द्वनियन्त्रणमा राजाको अभिभावकीय भूमिका भएन भन्ने मलाई लाग्छ ।
परिवारका सदस्यहरू जेलमा भेट्न आउँदा छुट्टै केही महसुस हुँदैनथ्यो, सामान्य रूपमै लिन्थेँ । जेलमा परिवार गएर आँसु झारेको वा उनीहरूको अगाडि मैले आँसु झार्नुपर्ने अवस्था कहिल्यै बनेन । श्रीमतीले आँसु झारेको पनि मैले देखिनँ । नातिनातिना आउँदा उनीहरूलाई खानेकुरा दिन्थेँ र राम्रोसँग पढ भन्थेँ । पछिल्लो समय उस्तै अभियोगमा जेपी गुप्ता पनि मलाई राखिएकै ठाउँमा ल्याइए । उनी आएपछि मधेस आन्दोलनलगायत विषयमा गफ हुन्थे ।
संविधान लेखिने कुरामा म पनि विश्वस्त थिइनँ । भेट्न आउने नेताहरूसँग प्राय: राजनीतिक कुरा नै हुन्थ्यो । यही अवस्थामा मुलुकले निकास नआउने कुरा उनीहरूलाई सुनाउँथेँ । म भन्थेँ– जनताको लुटिएको सम्पत्ति फिर्ता नहुनु, जातीय कुरा उठ्नु, प्रजातान्त्रिक मूल्य र मान्यतालाई सहज स्विकार्न नसक्नु, सेना समायोजनका बारेमा इमानदारिता नहुनुजस्ता कारण हल गर्नुपर्छ । संघीयताको सवाल पनि संविधान निर्माणमा बाधा हो भन्ने लागेको थियो । प्रश्न गर्थें– नागरिकको स्वतन्त्रता अपहरण भएको छ । माओवादी चुनाव जितेर होइन, भोट लुटेर सत्तामा आयो । तर, खोइ माओवादी सरकारले जनताका लागि योजना ल्याएको ?
संघीयताको सवाल उठाउँदै छिमेकी मुलुकतर्फबाट हुन सक्ने असुरक्षा र पश्चिमा मुलुकले पनि त्यही संक्रमणको फाइदा उठाउँदै खेल्ने गरेका कारण पनि संविधान लेखनमा बाधा भएको मलाई जेलमा बस्दाखेरि लाग्थ्यो । भयो पनि त्यस्तै । तर, आफूले भनेको मिलेकामा पटक्कै खुसी छैन । संविधान नआएकामा खासै आश्चर्य पनि छैन । तर, दु:खी छु, नेपाली जनताले झन् दु:ख पाउने अवस्था आएकामा । सबैलाई मान्य हुने संविधान आएको भए मुलुक एउटा निश्चित बाटोमा अगाडि बढ्ने थियो ।
मैले पटकपटक सांसद वा मन्त्री हुँदा पाएको पारिश्रमिक पनि अदालतले आम्दानीका रूपमा राखेन । अख्तियार, अदालत, विशेष अदालत सबैले यसबारे बेवास्ता गरेकामा दु:ख लागेको छ । मेरो मुद्दा हेर्ने कुनै पनि निकायले मलाई सरकारले कति सुविधा वा भत्ता दियो भनेर एकपटक सोध्दा पनि सोधेन । त्यत्तिकै मुद्दा लगाइदियो ।
म राजनीतिक मान्छे हुँ । सामाजिक काम गर्नु मेरो रोजाइ हो । तर, यही अभियोगका कारण पार्टीले जिम्मेवारी नदेला कि भनेर लोभ, आशा, माग, चिन्ता केही छैन । राष्ट्रियताको सवालमा पार्टीको दृष्टिकोण कमजोर देख्छु । यो सत्ताको लोभले गर्दा पनि भएको हुन सक्छ । संसदीय पद्धति र मर्यादा पनि छोड्न तयार हुनेगरी कांग्रेस गल्दै–गल्दै गएको छ । कांग्रेसका कारण संविधान लेखिएन भन्ने अपजस आउला कि भन्ने डर नेताहरूलाई लागेको होला । नत्र, जातका नाममा राज्य राख्ने कुरा पनि कहीँ प्रजातान्त्रिक हुन्छ ?
मलाई लाग्छ– अझै बीस वर्ष त बाँच्छु होला । आठ–दस वर्ष क्रियाशील भएर राजनीतिक, सामाजिक वा लेखनक्रियामा लगाउँला । बाँकी दस वर्ष आरामसँग ध्यान योग गरेर बसौँला भन्ने छ ।