Thursday, October 18, 2012

एलजीमा आगो लागेको साता नबित्दै चौधरीको सम्पत्ती एकै दिन दुई अर्बले बढ्यो, किन र कसरी ? - bizmandu

काठमाडौं । एलजीको उद्योगमा आगलागी भएपछि करोडौं रुपैयाँ घाटा भएको अनुमान गरिएको विनोद चौधरीको सम्पत्ति त्यसको एक साता नबित्दै बुधवार दुई अर्ब पाँच करोड रुपैयाँले ‘एप्रिसियसन’ भएको (बढेको) छ । फेरी यो एप्रिसियसन अन्य कम्पनीबाट नभई विनोदको अप्रत्यक्ष लगानी भएको एउटा मात्र कम्पनी नबिल बैंकबाट भएको हो ।
पाठकले चौधरीको सम्पत्ती कसरी र किन बुधवार एकै दिन दुई अर्बले बढ्यो त्यसको विस्तृत विवरण जान्नका लागि नबिल बैंकको साधरणसभा र त्यसमा  चौधरीको संलग्नता बुझ्न जरुरी छ । बुधवार नबिल बैंकले २८ औं साधरणसभा गर्यो र सभाबाट २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांसको प्रस्ताव स्वीकृत भयो । यो प्रस्ताव स्वीकृत हुनाको अर्थ हो चौधरीको सम्पत्ति एकै दिन दुई अर्ब पाँच करोड रुपैयाँले बढ्नु ।
खासमा नबिल बैंकमा चौधरीसँग ५३.११ प्रतिशत सेयर छ । चौधरीले नबिल बैंकमा बंगलादेशी कम्पनी एनबी (इन्टरनेशनल) लिमिटेडबाट ५० प्रतिशत सेयर हिस्सा लिएका छन्, त्यसैगरी चौधरीका जेठा छोरा निर्वाणसँग ०.८९ प्रतिशत, वरुणसँग ०.८५ प्रतिशत, राहुलसँग ०.५९ प्रतिशत र सारिकासँग ०.७८ प्रतिशत सेयर छ ।
दुई करोड दुई लाख ९७ हजार ६९४ कित्ताको नबिल बैंकमा चौधरीसँग एक्लै ५३.११ प्रतिशत सेयर हुँदा एक करोड सात लाख ८० हजार १०५ कित्ता सेयर छ । प्रति एक सेयरमा ४० रुपैयाँ नगद लाभांस पाउँदा चौधरीको खातामा ४३ करोड १२ लाख चार हजार रुपैयाँ थपिन्छ । त्यसबाहेक २० प्रतिशत बोनस सेयर पाउँदा चौधरी एक्लैको खातामा २१ लाख ५६ हजार २१ कित्ता प्रवद्र्धक सेयर थपिएको छ । नबिल बैंकको प्रवद्र्धक सेयरको पछिल्लो कारोवार असोज २२ गते ७५३ रुपैयाँमा कारोवार भएको थियो । यो आधारमा चौधरीको खातामा आज थपिएको सेयरको बजार मूल्य एक अर्ब ६२ करोड ३४ लाख ८३ हजार आठ सय १३ रुपैयाँ हुन्छ ।
प्रवद्र्धक सेयरलाई ‘मनिटरी’ भ्यालुमा परिवर्तन गर्दा हुने एक अर्ब ६२ करोड ३४ लाख र नगद लाभांस वापत प्राप्त ४३ करोड १२ लाख रुपैयाँलाई जोड्दा बुधवार चौधरीको सम्पत्ति दुई अर्ब पाँच करोड रुपैयाँले एप्रिसियसन भएको हो । नबिल बैंक सञ्चालक समितिको प्रतिवेदन बुधवारको साधरणसभाले स्वीकृत गरेपछि चुक्ता पुँजी दुई अर्ब ४३ करोड ५७ लाख २३ हजार तीन सय रुपैयाँ पुगेको छ । यसमध्ये चौधरीसँग एक अर्ब २९ करोड ३६ लाख १२ हजार छ सय रुपैयाँको संस्थापक सेयर छ ।
अन्तिम कारोवारका आधारमा चौधरीको यो संस्थापक सेयरको बजार मूल्य नौ अर्ब ७४ करोड रुपैयाँ बराबर छ । फेरी यो मूल्य नबिल बैंकको बुक क्लोजपछि निर्धारण भएको हो । यसै कारण यो मूल्यमा सामान्य उतारचढाव हुने भए पनि ठूलो मात्रामा तल झर्ने सम्भावना भने छैन ।
नबिल बैंकको संस्थापक सेयरको मूल्य बुक क्लोज हुनु अघि ९२२ रुपैयाँ थियो । बुक क्लोजपछि एकै दिन संस्थापक सेयरको मूल्य १६९ रुपैयाँले तल झरेको थियो । नबिल बैंकमा सर्वसाधरणको २० प्रतिशत, नेपाल औद्योगिक विकास निगम लगायत अन्य संस्थात लगानीकर्ता र संस्थापक समूहको ३० प्रतिशत सेयर लगानी छ । नबिल बैंक निजी क्षेत्रका वाणिज्य बैंकमा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंक हो । यो बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ३२ लाख रुपैयाँ तलव भत्ता दिने गरेको छ ।

अझै पढेको भए बुद्ध एयर जन्मने थिएन - nayapatrika

वीरेन्द्रबहादुर बस्नेत, प्रबन्ध निर्देशक, बुद्ध एयर

४८ वर्षको भइयो तर आजसम्म मैले एउटै गल्ती गरेजस्तो लाग्दैन । नैतिकवान् भएर 'पि्रन्सिपल्ली' बाँच्नुपर्छ भन्ने मेरो सबैभन्दा ठूलो 'फिलोसोफी' हो । तर, पढ्न सकिनँ । पढ्न नसकेकामा मलाई आत्मग्लानि हुन्छ । बूढानीलकण्ठ स्कुलबाट एसएलसी गरेँ । बूढानीलकण्ठको दोस्रो ब्याच थिएँ ।
त्यतिवेला अमृत साइन्स कलेज विज्ञान विषयका लागि टप कलेज मानिन्थ्यो । अंग्रेजी, गणित र विज्ञानमा प्राप्त गरेको माक्र्सको एगि्रगेटका आधारमा कलेजमा विद्यार्थी छनोट गरिन्थ्यो । त्यतिवेला विद्यार्थी तीन/चारवटा कलेजमा आवेदन दिन्थे । मलाई अमृत साइन्समा भर्ना हुन्छु भन्ने 'कन्पिmडेन्स' थियो, त्यसकारण अन्य कलेजमा आवेदन फारम नै भरिनँ । निस्किन पनि मेरो नाम तेस्रो नम्बरमा निस्कियो । नाम निस्केपछि साइन्स त पढ्ने भइयो, तर पछि थाहा भयो, म साइन्स मेन्टालिटी भएको व्यक्ति रहेनछु । मलाई इतिहासमा रुचि लाग्छ । राजनीतिशास्त्र त पढेकै छैन, स्कुल लेभलमा अध्ययन गर्दा रुसो, मार्टिन लुथर किङलगायतका बारेमा अध्ययन गरेको थिएँ ।
आइएस्सीपछि महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बिकममा भर्ना भएँ । प्रथम श्रेणीमा स्नातक -बिकम) सकाएँ । त्यसपछि मलाई पढ्नुपर्छ जस्तो नै लागेन । अध्ययनलाई अगाडि बढाउनेतिर सोचिनँ । यदि पढाइलाई निरन्तरता दिएको भए धेरै विद्वता हासिल गर्थें जस्तो लाग्छ, तर त्यो भएन । अपरिपक्वताले मेरो अध्ययन रोक्यो । आत्मग्लानि मलाई यसमै छ ।
अहिले सम्भिmछु, सामाजिक विषयको अध्ययन गरेको भए म ठूलो विद्वान् हुन्थेँ होला । विद्वान् भएको भए बुद्ध एयर जन्मने थिएन होला ।

आफ्नै मूल्यांकन

आफैँले आफ्नो मूल्यांकन गर्न मिल्दैन जस्तो लाग्छ । मेरो मूल्यांकन समाज र अन्य व्यक्तिले गर्दा राम्रो । यो लामो यात्रामा मैले धेरै चरण पार गरेँ, तर आजसम्म असन्तुष्ट हुनुपरेको छैन । एसएलसीपछि ६ वर्ष अलमलमा थिए । त्यो ६ वर्ष केही पनि नगरी बित्यो । डिप्लोमा पास गरेपछि विभिन्न काम गरेँ, हेरेँ । अहिले भने मेचीदेखि महाकालीसम्म हाम्रा कार्यक्रम विस्तार भएका छन्≤ पूर्वमा भद्रपुर, सुदूरपश्चिममा धनगढी । बुद्ध एयर राष्ट्रिय धरोहर र सम्पत्तिका रूपमा परिचित भएको छ । यसलाई सबैले चिन्दछन् । त्यसको प्रबन्ध निर्देशकका रूपमा मलाई पनि चिन्छन् होला, मेरो आफ्नै मूल्यांकन यही हो ।
म धेरै महत्त्वाकांक्षी मान्छे हुँ । स्कुलका हरेक रिर्पोटमा 'हि इज भेरी ओभर कन्पिmडेन्स ब्वाई' भनेर लेखिएको हुन्थ्यो । त्यतिवेला 'ओभर कन्पिmडेन्स'लाई नकारात्मक रूपमा हेरिन्थ्यो । ओभर कन्पिmडेन्स छ, त्यसले गल्ती धेरै गर्छ भन्ने मूल्यांकन हुन्थ्यो । तर, मलाई म सफल हुन्छु भन्नै सानैबाट लागेको थियो । मेरो जिन्दगी नैतिकतामा आधारित छ । नीतिसंगत काम मात्र गर्छु । 'नैतिकता र इन्साफी' मेरा लागि अत्यन्तै महत्त्वपूर्ण छन् । नैतिक र इन्साफका हिसाबले काम गर्छु, त्यसैले सफल हुन्छु भन्ने लागेको थियो ।

सफलताको मुख्य श्रेय

सफलताको श्रेय मेरो बुबा -सुरेन्द्रबहादुर बस्नेत) लाई जान्छ । मेरा बुबा पनि नैतिकवान् मान्छे हुनुहुन्छ । उहाँसँग अत्यन्त अनुशासित सम्बन्ध थियो । त्यसैले दोहोरो कुरा नै हुँदैनथ्यो । डर पनि लाग्थ्यो, रेस्पेक्ट पनि गर्थें । बुबाजस्तो नैतिकवान् बन्नुपर्छ भन्ने मलाई लाग्थ्यो, आजसम्म त्यसैलाई नै 'फलो' गरेको छु ।

आदर्श व्यक्ति

मैले धेरैजनाको बायोग्राफी पढेको छु । ती पुस्तकले मलाई धेरै प्रभावित पनि पारेका छन् । जवहरलाल नेहरूबाट प्रभावित भएको छु, उनी मेरा आदर्श हुन् । अब्राहम लिंकनबाट पनि प्रभावित छु । उनको बायोग्राफी पनि पढेको छु । ऐतिहासिक रूपमा मलाई 'इन्फ्लुयन्स' गर्ने व्यक्ति जुलियस सिजर हुन् । उनले अमर रहनुपर्छ भन्ने कुरालाई स्थापित गरेका छन् । अमर रहन 'लिगेसी' छाड्नुपर्छ भन्ने उनको आदर्श थियो । यसलाई महात्मा गान्धीले पनि अनुसरण गरे । बाँचुन्जेल उनले संघर्ष गरे, मरेर गएपछि पनि अमर रहेे । एक दिन मर्नैपर्छ भन्ने 'रियलाइज' गर्नु सबैभन्दा ठूलो कुरा हो । यसको रियलाइज भइसकेपछि जो कोहीले पनि आफ्नो लिगेसी छाड्न सक्छ । मरेपछि पो अमर हुनुपर्‍यो, नाम चर्चामा आउनुपर्‍यो ।
गिरिजाबाबु नभएको खण्डमा देशै धराशयी हुन्छ भन्ने पनि थिए, तर मरेको भोलिपल्ट उनको पनि दुई दिन त भयो त । हैसियत भएको व्यक्तिले म एकदिन मर्छु भन्ने रियलाइज गरेपछि आफ्नो लिगेसी छाड्नतिर लाग्छ । नेपालमा त्यस्तो व्यक्ति को हुन सक्छ, सायद पृथ्वीनारायण शाह भन्न सक्छौँ होला । उनले एकीकरण नगरिदिएको भए, नेपाल भारतको कुनै एक प्रान्त हुन्थ्यो होला वा के हुन्थ्यो होला, यस विषयमा पनि बहस गर्न सकिन्छ ।

प्रधानमन्त्रीले के गर्ने ?

देशको नेतृत्व गर्ने मलाई चाहना छैन । नेपाललाई अगाडि बढाउने आधारभूत विषय कर -ट्याक्सेसन) नै हो । जबसम्म कुनै मुलकले करलाई प्राथमिकतामा राख्दैन, त्यसले उन्नति नै गर्न सक्दैन । ऋण, अनुदानका आधारमा मुलुकको विकास गर्ने सकिँदैन । मुलुक विकास गर्ने हो भने करनीतिलाई प्राथमिकतामा राख्नुपर्छ । 'नियमसम्मत, पारदर्शी र उत्तरदायी कर' नीतिलाई कार्यान्वयनमा ल्याउनु आवश्यक छ । कर तिर्ने निकायले सही किसिमले कर तिरे राष्ट्रको आफसे आफ उन्नति हुन्छ । भ्रष्टाचार न्यून हुन्छ । शतप्रतिशत कर तिर्ने व्यक्तिले भ्रष्टाचार गर्दै गर्दैन । ट्याक्सेसन सजिलै गर्न सकिन्छ । यसमा मूल्य अभिवृद्धि, भन्सार, अन्तःशुल्क, आयकर पर्छन् ।
८० प्रतिशत नेपाली कृषिमै निर्भर छन् । पहिलो विकास कृषिमा हुनुपर्छ । अहिलसम्म हाम्रो देशको कृषि 'उत्पादन गर्‍यो, खायो, सक्यो' अवस्थामा छ । कसैले प्राथमिकतामा हाइड्रो पावर, पर्यटन भन्लान्, तर ती सबै पूरक हुन् । देश विकासका लागि कर र कृषि आधारभूत हुन्, यी दुवै हुनासाथ विकास आफैँ आउँछ । करनीति राज्यले बनाउने हो । कृषिमा हामी आफैँ लाग्ने हो । कृषिमा हामीले पूर्वाञ्चलमा विशाल कार्यक्रम ल्याएका छौँ । ५० लाखभन्दा बढी मान्छे विदेशमा काम गरिरहेका छन् । उत्पादकत्वको हिसाबले तराई महत्त्वपूर्ण हो, तर त्यहाँ कृषि मजदुर नै छैनन् । यस्तो हुनु हाम्रो लागि अभिशाप कि विकल्प, अवसर कि दायित्व ? देशको नेतृत्व लिनेले यी कुरामा ध्यान दिन जरुरी छ ।

एयरलाइन्समै किन ?

एयरलाइन्स व्यवसाय हाम्रो पुस्ताकै लागि नयाँ बिजनेस हो । बाजे कृषक हुनुहुन्थ्यो । 'केही न केही उद्योग नगरी घरको चुलो बल्दैन' भन्ने मान्यताका साथ हामी उद्योग व्यवसायमा आयौँ । आजभन्दा साढे १५ वर्षअघि एयरलाइन्समा अवसर देख्यौँ, त्यहीँ लगानी गर्‍यौँ । १५ वर्षमा कतिवटा एयरलाइन्स आए, कतिवटा डुबे, सबैलाई थाहा छ । तर, हामी दत्तचित्त भएर लाग्यौँ, त्यसैले सफल पनि भयौँ । हाम्रो लगानीमा विविधीकरण कहीँ पनि छैन । बुद्ध एयर वा मेरो परिवारको अन्य कुनै पनि क्षेत्रमा लगानी छैन, एयरलाइन्समा मात्रै केन्दि्रत भयौँ । व्यवसाय सुरु मात्र गर्ने होइन, सफल पार्ने पनि हो । शतप्रतिशत कर तिर्नु, संस्थालाई आफ्नो बाउको सम्पत्ति मात्र नमानी त्यहाँ काम गर्ने सबै कर्मचारीको साझा थलोका रूपमा विकास गर्नु र फाइदा लिएर सञ्चालन गर्नु नै उद्योगको सफलता हो । १५ वर्षको अवधिमा मेरो जीवनको पनि एउटा अध्याय सफलताका साथ टुंगिएको छ । बुद्ध एयरको अन्तिम लक्ष्य पनि पूरा गरेका छौँ । मेरो अबको अध्याय कृषि क्षेत्रतर्फ हो । बुद्ध एयर सुरु गर्नुभन्दा पहिले हामी कृषि क्षेत्रमै थियौँ । आधुनिक कृषि र्फम चलाएर बसेका थियौँ । अबका दिनमा एक्लो धनी हुने मानसिकता राख्नुहुँदैन । सहभागीमूलक रूपमा अगाडि बढ्नुपर्छ । व्यवसाय गर्दा सबैलाई समेटेर जानुपर्छ, मुख्यगरी किसानलाई । अब कृषि अर्थतन्त्रलाई फोकस गर्ने सोच बनाएका छौँ । कृषि उपजको उत्पादन, प्रशोधन र बजार व्यवस्थापनको काम गर्दै छौँ ।

दिनचर्या

मेरो दिनचर्या एकदमै 'बोरिङ' छ । लाइफ स्टाइल साधारण छ । एक्सरसाइज गर्ने मेरो 'प्यासन' हो । एक्सरसाइज गर्न घरमै उपकरण राखेको छु । बिहान एक घन्टाजति घरमै एक्सरसाइज गर्छु । त्यसपछि खाना खान्छु, अफिस जान्छु, काम गर्छु, साँझ ५ बजेतिर घर र्फकन्छु, श्रीमतीसँगै बस्छु, टेलिभिजन हेर्छु ।

लभ अफयेर

मैले मागी विवाह गरेँ । तर, कस्तो अचम्म भने माग्नेबित्तिकै लभ पर्‍यो । कुराकानी गरेको एक वर्षपछि विवाह भयो । भेटेको भोलिपल्टबाट घुम्न जान थालियो । एक वर्षमा गहिरो प्रेम बस्यो, अहिलेसम्म पनि त्यति नै गहिरो छ । म त्यतिवेला मोरङको डाँगीहाटमा रहेको घरमा बस्थेँ, उनी काठमाडौंकै भएकाले यतैतिर थिइन् । 'लभ लेटर' आदानप्रदान हुन थाल्यो । उनलाई भेट्न मोरङबाट एक/दुई महिनामा आउँथे । नाइट बसमा चढ्यो भने बिहान काठमाडौं आइपुगिहालिन्थ्यो, सजिलो थियो । काठमाडौं आउँथे, दुई/चार दिन बस्थँे । उनीसँग भेटघाट हुन्थ्यो, घुम्न गइन्थ्यो । फेरि डाँगीहाट नै र्फकन्थँे । तीन-तीन दिनमा उनलाई चिठी लेख्थेँ ।
चिठी पनि धेरै लामा हुन्थे । नेपालीमा पनि लेख्थेँ, अंग्रेजीमा पनि । सयभन्दा चिठी लेखँे हुँला । कम्तीमा पनि तीन पेजका चिठी हुन्थे । उनी कार्ड मात्रै पठाउँथिन् । 'लभ यु, सब यु' भनेर पठाउँथिन्, मचाहिँ चिठी नै पठाउँथेँ । डाँगीहाटमा न कार्ड पाउनु न केही पाउनु, कागज-कलम हुन्थ्यो, लेख्यो, पठायो । विवाह गरेको २३ वर्ष बितिसक्यो, त्यतिवेला के लेखियो बिर्सियो । तर, दैनिक जीवनयापनका कुरा हुन्थे, पानी पर्दा कस्तो हुन्छ, घाम उदाउँदा र अस्ताउँदा कस्तो लाग्छ, मेरा भविष्यका सोचलगायतका विषय समेटेर चिठी पठाउँथँे । मैले लेखेका चिठी श्रीमतीका सम्पत्ति हुन्, तिनलाई उनले अहिले पनि सुरक्षित राखेकी छन् । २३ वर्षअगाडिको उनीप्रति मेरो जुन भावना थिए, आज पनि सोही भावना छन् । कुनै परिवर्तन भएको छैन । मैले उनलाई त्यतिवेला गर्ने व्यवहार र अहिलेको व्यवहारमा कुनै भिन्नता छैन । त्यतिवेला आकाशका तारा र चन्द्रमा टिपेर ल्याउँछु भनेर कहिल्यै भनिएन ।
म काठमाडौं आएका वेला कहिले गोदावरी गइन्थो, कहिले दक्षिणकाली । त्यतिवेलाको भावना जे थियो, अहिले पनि त्यही छ, उतारचढाव केही छैन । एकदमै 'लेभल्ड' किसिमको भावना छ । अहिले श्रीमती कुनै पेसामा छैनन्, 'होम मेकर' -गृहस्थी) नै हो ।

ब्रान्ड कन्सियस

म ब्रान्ड कन्सियस छैन । श्रीमतीले जे किनिदिन्छिन्, त्यही लगाउँछु । 'लिमिटेड रिक्वायरमेन्ट' छ । त्यसभन्दा बढी भएमा बाँड्न मन लाग्छ । श्रीमतीलाई पनि मेरो लिमिट थाहा छ । लिमिटभन्दा बढी भए मैले बाँड्छु भन्ने उनलाई थाहा छ । त्यसैले उनी आवश्यकताभन्दा बढी किन्दै किन्दिनन् ।

फुर्सदको समय

बुद्ध एयर सुरु भएको १५ वर्षमा यसबारे सोच्नेबाहेक फुर्सद नै पाइएन । यस अवधिमा बुद्ध एयरबाहेक अन्य सोच्दै सोचिनँ । वास्तविक कुरा हो । यसबाहेक अन्य कुनै उद्योग पनि छैन । एक वर्षअगाडिदेखि कृषिमा केन्दि्रत भइरहेको छु । १५ वर्षमा जसरी बुद्ध एयरबारे सोचेको थिएँ । अब कृषिबारे सोच्नेछु । कृषिमै समर्पित हुनेछु । कृषि कार्यक्रम मेरा लागि वा पैसाका लागि होइन, देशका लागि र यहाँका जनताका लागि हो ।
प्रस्तुति : सचेन गौतम

टाकुरामा तन्नेरी - Nepal saptahik


  • फेसनको राजधानी न्युयोर्कमा चल्तीका ब्रान्ड प्रबल गुरुङ

सन् '८० को दशकतिरको प्रसंग हो। काठमाडौँको नामी सेन्ट जेभियर्स स्कुलमा केटीहरू पढ्न पाउँदैनथे। त्यसैले स्कुलमा हुने नाटकमा केटाले नै केटीको भूमिका निर्वाह गर्नुपथ्र्यो। त्यसका लागि शिक्षक र विद्यार्थी दुवैको छनोट हुने गर्थे, हाल अमेरकिा बसेर फेसनको दुनियाँमा धुम मच्चाइरहेका प्रबल गुरुङ। उनका त्यतिबेलाका शिक्षक देवेन्द्र खनाल सम्झन्छन्, "प्रबलले केटीको चरत्रि बुझेर त्यसलाई अभिनयमा उतार्थे।"

सेन्ट जेभियर्सको भित्तामा सबै पूर्वविद्यार्थीको जस्तै प्रबलको तस्बिर पनि सजिएको छ। अझ त्यसभन्दा बढी, त्यसबेला अन्तरमुखी र अधिकांश समय लाइब्रेरीमा बिताउने प्रबलले फेसनको राजधानी न्युयोर्कमा पाएको सफलताबाट उनका शिक्षक र सहपाठी आश्चर्यचकित छन्। नहोऊन् पनि किन, जेभियर्सबाट एलएलसी सिध्याएर फेसनमा करिअर बनाउन निस्किएका प्रबल त्यसको दुई दशकपछि अहिले न्युयोर्क फेसन नगरीमा राज गररिहेका छन्। र, त्यसो गररिहँदा उनमा स्कुलदेखिकै नारी भावना बुझ्ने गुण सहयोगी भएको देखिन्छ।

सेलिबि्रटीका पि्रय

यतिखेर हलिउड सेलिबि्रटीदेखि विश्वका चर्चित र शक्तिशाली महिलाबीच उनका पहिरनमा सजिने एकखाले होड छ। अमेरिकी प्रथम महिला मिचेल ओबामाले झन्डै दुई वर्षअघि प्रबलले तयार पारेको डे्रस ह्वाइट हाउसको गभर्नर्स डिनरमा लगाएपछि उनको प्रसिद्धिले फड्को मारेको हो । त्यसमाथि केही साताअघि बेलायती राजकुमारी केट मिडलटनले प्रबलकै डिजाइनको फूलदार बुट्टा भएको ड्रेस लगाएपछि उनको चर्चा झनै चुलियो। त्यसो त पूर्वराष्ट्रपति जर्ज डब्लू बुसकी छोरी बारबराले समेत ह्वाइट हाउसका पछिल्ला शोमा प्रबलकै लुगा लगाएकी थिइन्। विश्वप्रसिद्ध फेसन म्यागेजिन भोगमा लामो अन्तर्वार्ता र फोटो सुट गरसिकेकी बारबरा 'फेसन कन्सस' युवती मानिन्छिन्। उनले समेत प्रबलको डिजाइन लगाउनुलाई पश्चिमा सञ्चारमाध्यमले प्रबलको सफलताको अर्को कडीका रूपमा लिएका छन्।

सोसल मिडिया टि्वटर र फेसबुकमा नेपालको जनसंख्याभन्दा ज्यादा फलोअर र साथी भएकी अमेरिकी गायिका लेडी गागाले झन्डै एक महिनाअघि न्युयोर्कमा आफ्नो पर्फ्युम 'लेडी गागा फेम' सार्वजनिक गर्दा प्रबलले डिजाइन गरेको लुगा लगाएकी थिइन्। स्वाभाविक रूपमा मिडियाको आकर्षणको केन्द्र रहेको उक्त समारोहले प्रबलका डिजाइनलाई चर्चामा ल्यायो। उनले डिजाइन गरेका पहिरन लगाउनेमा चर्चित हलिउड अभिनेत्री तथा पूर्वफेसन मोडल रचेल विज, अमेरिकी टक शो होस्ट एवं व्यवसायी ओप|mा विन्प|mे, अमेरिकी अभिनेत्रीहरू जोयी साल्डना, सारा जेसिका पार्कर, डेमी मुर, एनी हाथवे, जेनिफर लरेन्स, जर्मन अभिनेत्री डेनी क्रुगरलगायत छन्।

दर्जनौँ फेसन पत्रिकाले आफ्नो आवरणमा प्रबलको डिजाइनका पहिरन प्रयोग गरेका छन्। त्यसले दिने एउटा राम्रो सन्देश के पनि हो भने उनी फेसन समीक्षक र सम्पादकबाट रुचाइने डिजाइनर हुन्। र, पश्चिमा फेसन जगत्मा ठूल्ठूला सेलिबि्रटी आफ्नो पहिरनका लागि तिनै सम्पादकले सुझाएका पहिरन लगाउँछन्। प्रबलको हकमा समेत त्यो धेरै हदसम्म लागू भएको हुन सक्छ।



ब्रान्ड 'प्रबल गुरुङ’

अमेरिकी फेसन दुनियाँ त्यहाँ आयोजना हुने फेसन सप्ताह, फेसन प्रदर्शनी र तिनका बारे त्यहाँका रंगीन, चिल्ला कागजमा छापिने म्यागेजिनको वरिपरि घुम्छ। त्यसमाथि प्रबलका ग्राहक पनि तिनै पत्रिका पढेर वा फेसन शो अनि रेड कार्पेट समारोहका तस्बिर हेरेर आफ्नो डे्रस छनोट गर्ने सम्पन्न अमेरिकी हुन्छन्। त्यसो त उनी आमयुवतीका फेसन डिजाइनर होइनन्। किनभने, उनका साधारण डिजाइनको मूल्य नै चार सयदेखि चार हजार डलर (३४ हजारदेखि ३ लाख ३५ हजार रुपियाँ)सम्म पर्छ। सन् २००९ मा उनले फेसन डिजाइनिङ्को काम सुरु गर्दा एक वर्षमा १ सय ५० वटा पहिरन बनाउँथे भने अहिले उनी बर्सेनि झन्डै दुई हजार पहिरन बनाउँछन्।

अमेरिकी फेसन म्यागेजिन इन्स्टाइलले लेखेको छ, 'नेपाली डिजाइनर प्रबलले कसरी युवतीहरूलाई सहयोग गर्ने भन्ने जानेका छन्, जसले उनीहरूलाई ठूला समारोहमा निकै आकर्षक देखाउन सहयोग गरोस्।' त्यसैले अहिले 'प्रबल गुरुङ' न्युयोर्क फेसन जगत्मा एउटा सफल ब्रान्ड बनेको छ। हलिउड अभिनेत्री क्याथरनि अनले प्रबललाई आफ्नो काममा निकै दिमाग लगाउने डिजाइनर भनेकी छन्। सायद त्यसैले विश्व आर्थिक मन्दीको मारमा पर्दासमेत उनको ब्रान्ड संकटमा परेन। प्रबललाई न्युयोर्कमा नजिकबाट नियालिरहेका नेपाली पत्रकार कसिसदास श्रेष्ठ भन्छन्, "एक डिजाइनरका रूपमा उनले सुरुमै के कुरा बुझे भने कोठामा बसेर सुन्दर डिजाइन गरेर मात्र हुँदैन। त्यसका हरेक पक्षसँग साक्षात्कार हुनु आवश्यक छ।"

अहिलेको प्रसिद्धिसँग तुलना गर्दा २००९ अघिसम्म प्रबल बेरोजगारजस्तै थिए। त्यसमाथि विश्व आर्थिक मन्दी उत्कर्षमा थियो। यद्यपि, प्रबलले आफ्नो दशक लामो इच्छाशक्ति, मिहिनेत र सिर्जनशीलतालाई बाहिर ल्याउन ढिलो गर्न नहुने ठाने। मन्दी नै सही, उनले आफ्नो ब्रान्ड 'प्रबल गुरुङ' त्यस वर्षको फेब्रुअरीमा सुरु गरे, न्युयोर्क फेसन सप्ताहमार्फत। फेसन दुनियाँमा विश्वभर हुने चार प्रमुख सप्ताहमध्ये (अन्य तीन पेरसि, लन्डन र मिलानमा हुन्छन्) न्युयोर्क फेसन विक प्रबलका लागि महत्त्वपूर्ण प्लेटर्फम साबित भयो, जसले उनलाई अलग दुनियाँसामु ल्याइदियो।

उनले 'डेब्यु' गरेको न्युयोर्कको फ्ल्यागआर्ट फाउन्डेसनमा भएका दुई फेसन शो सफल पार्न नायिका डेमी मुर र उनका पति आस्टन कुचरले नै टि्वट गरेका थिए। हजारौँ फ्यान भएका ती हलिउड जोडी (जो हाल छुट्टसिकेका छन्)ले साथ दिएपछि प्रबलको नाम त्यस फिल्म उद्योगमा सजिलै फैलियो। चर्चाको पछिल्लो कडी भने बेलायती राजकुमारीले केही साताअघि सिंगापुरमा लगाएको पहिरनले दिलायो, जसलाई प्रबल आफ्नो करिअरकै ठूलो सफलता ठान्छन्। रानी एलिजाबेथ द्वितीयाको हीरक जयन्तीको अवसरमा एसिया तथा दक्षिण प्रशान्तको भ्रमणमा रहेको बेलायती राजपरविारका सदस्य राजकुमार विलियमकी पत्नी राजकुमारी मिडलटनले उक्त पहिरन लगाएकी थिइन्। त्यसै पनि बेलायती राजपरिवार पहिरनको मामिलामा निकै संवेदनशील हुन्छ। उनीहरूले कसैको डिजाइन लगाउनु भनेकै सबभन्दा ठूलो विज्ञापन हो। स्टेट डिनरभन्दा अघि हुने स्वागत समारोहमा केटले प्रबलले डिजाइन गरेको लुगा लगाएकी थिइन्, जसलाई प्रबलले आफ्नो प्रेस वक्तव्यमा 'स्मार्ट च्वाइस फर द भेन्यु' भनेका थिए।



सामान्य पृष्ठभूमि

एकपछि अर्को यस्ता सफलताका किस्सा आइरहँदा धेरैलाई प्रबलले छोटो समयमै अन्तर्राष्ट्रिय सफलता पाए भन्ने लाग्न सक्छ। वास्तविकता अलि भिन्न छ। "उनले अहिलेको उचाइ हासिल गर्न दस वर्ष कडा मिहिनेत गरेका छन्," वेभ म्यागेजिनका पूर्वसम्पादक कसिसदास भन्छन्, "उनको यो सफलता एक व्यक्तिको सपना र त्यसका लागि उसले गरेको मिहिनेत नै हो।" आफ्नो लेबलको सुरुवात गर्ने बेलासम्म न्युयोर्क फेसन जगत्मा उनका थुप्रै साथी बनिसकेका थिए, जसले उनलाई र्‍याम्पदेखि अन्य थुप्रै सामग्रीको व्यवस्था गरिदिए। दुई वर्षअघि कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा प्रबलले भनेका थिए, "मेरो लुगा नै नहेरी साथीहरूले विश्वास गर्थे।"

"उनी एक सार्वजनिक व्यक्तित्व हुँदाहुँदै पनि एकदमै शालीन, सहृदयी र हँसीमजाक गर्न रुचाउने व्यक्ति हुन्,"  कसिसदास भन्छन्, "आमा र दिदीले उनलाई आफ्नो धरातल नबिर्सन सधैँ जोड दिइराखे।" प्रबलकी साथीसमेत रहेकी लेखक सुषमा जोशीले आफ्नो एउटा लेखमा प्रबल मनोरञ्जन र काम दुवै मन लगाएर गर्न सिपालु भएको बताएकी थिइन्। कान्तिपुर अनलाइनमा प्रकाशित त्यस लेखमा प्रबलले बताएको आफ्नो सफलताको रहस्य जोशीले खोलेकी छन्, "कसैले वास्ता नगररिहेका बेला सक्दो मिहिनेत गरेर आफूलाई अब्बल साबित गर्नु नै उनको सफलताको राज हो।"

प्रबलका बाबु बाबाकृष्ण गुरुङ सिंगापुर पुलिसमा काम गर्थे भने आमा दुर्गा राणा कला र फेसन डिजाइनिङ्जस्तो सिर्जनात्मक काममा रुचि राख्ने महिला थिइन्। यस्तो घरेलु पृष्ठभूमिमा हुर्केका प्रबलको लालनपालन नेपाल र सिंगापुरमा भयो। सिंगापुरमा जन्मेर उतै बाल्यकाल बिताएका उनले विद्यालय शिक्षा भने काठमाडौँको सेन्ट जेभियर्स स्कुलबाट सके। "उनमा विचित्रको आत्मविश्वास थियो, आफू अब्बल भए पनि, नभए पनि हरेक अतिरत्तिm क्रियाकलापमा सहभागी हुन्थे," स्कुलमा नेपाली पढाएका शिक्षक देवेन्द्र खनाल सम्झन्छन्, "पढाइमा भने मध्यम खालका थिए।" सेन्ट जेभियर्समा कि त निकै अब्बल या त निकै मूर्ख विद्यार्थीलाई बढी सम्भिmन्छन् शिक्षकहरू। प्रबल दुवैमा पर्दैनथे। त्यसबेला स्कुलको पाइन्ट सेतो रंगको थियो, जसले गर्दा विद्यार्थीहरूको पोसाक मैलिने समस्या बढी हुन्थ्यो। अर्का शिक्षक राजु अर्याल सम्झन्छन्, "त्यो समस्या उनमा देखिँदैनथ्यो। सानै उमेरमा पनि उनी लुगामा नियमित आइरन लगाउँथे। उनका जुत्ता सधैँ पालिस गरएिका हुन्थे। कपालसमेत चिटिक्क परेको हुन्थ्यो।"

प्रबल आफँैचाहिँ आफ्नो बाल्यकाल कसरी सम्भिmन्छन् त ? नेपालसँगको इमेल कुराकानीमा उनले भने, "म सानो छँदै डिजाइनसम्बन्धी मेरा भावना पोख्ने गर्थें। आफ्ना टिसर्ट वा जुत्तामा कुनै चिन्ह लगाएर हेर्थें।" बाल्यकाल बिताउन र सपना देख्नका लागि नेपाल स्वणिर्म देश भएको बताउँदै उनी भन्छन्, "त्यहाँका रंगहरू, लुगाको बनावट र सडकमा देखिने फेसन म कहिल्यै भुल्दिनँ।"

साथीभाइसँग बढी घुलमिल नहुने उनको रुचि उतिखेरैदेखि पूर्वव्यावसायिक शिक्षाको कक्षामा बढ्ता हुन्थ्यो। त्यसबेलाका सहपाठी श्याम महर्जन उनको अनुसन्धानमूलक बानी अझै राम्ररी सम्झन्छन्। भन्छन्, "प्रोजेक्ट वर्कहरूमा उनले शिक्षकलाई पनि थाहा नहुने कुरा खोजेर ल्याउँथे। इन्टरनेट नभएको उतिबेला त्यसका लागि प्रबल घन्टौँ लाइब्रेरीमा बिताउँथे।"

एसएलसीपछि प्रबल भारतको नयाँ दिल्ली हान्निए, जहाँ केही समय उनले होटल म्यानेजमेन्टको तालिम लिए। त्यतिबेलासम्म उनले फेसन डिजाइनलाई नै करअिर बनाउने निधो गरसिकेका थिए। तर, त्यस्ता स्कुल नेपालमा थिएनन्, न त आधुनिक फेसनसम्बन्धी गतिविधि नै हुन्थे। त्यसैले उनी नयाँ दिल्लीस्थित इन्डियन इन्स्िटच्युट अफ फेसन टेक्नोलोजीमा भर्ना भए।

स्नातक सक्दानसक्दै सोही कलेजबाट 'बेस्ट स्टुडेन्ट अवार्ड'सहित ग्रेजुएट भएका चर्चित फेसन डिजाइनर मनीष अरोरासँग काम गर्न पाउनु उनका लागि ठूलो अवसर भइदियो। मनीषले सन् १९९७ मै आफ्नो लेबल 'मनीष अरोरा' सार्वजनिक गरेका थिए। प्रबलका लागि भने त्यस्तो गर्नु निकै परको कुरा थियो। मनीषले भारतका परम्परागत पहिरन र शैलीलाई केही आधुनिक स्वरूप दिएर नयाँ कामको थालनी गरेका थिए। प्रबलका काममा समेत अहिले धेरैतिर नेपालीपन जोडिएको पाइन्छ। भन्छन्, "दिल्लीमा पढ्दा नै मैले डिजाइन र फेसनका आधारभूत कुरा ज्ाान्ने मौका पाएँ। मनीषसँग काम गर्दा नै मेरो सिर्जनशीलताले आकार लिन थालेको हो। त्यहाँको शिक्षा र मनीषसँग काम गर्दा पाएको अनुभव नै मेरा लागि कोसेढुंगा थियो।"

प्रबल मनीषसँग मात्र खुम्चिएर बस्न चाहँदैनथे। उनलाई अन्तर्राष्ट्रिय फेसन दुनियाँमा जम्नु थियो। लन्डन र सिड्नी त्यही अवसर र अवस्था बुझ्ने कामकै लागि गए उनी। उनका लागि न्युयोर्कको ढोका भने आर्ट्स र डिजाइनका लागि विश्वकै प्रतिष्ठित पार्सन्स स्कुल अफ डिजाइनमा छात्रवृत्ति पाएसँगै खुल्यो। त्यहाँ पढ्न पाउनु नै चानचुने कुरा थिएन। "जब मैले आफू त्यहाँ भर्ना पाएको थाहा पाएँ, एकदमै उत्साहित भएँ। मैले साथीहरूलाई एउटा पार्टीसमेत दिएको थिएँ," उनले नेपालसँग भने।



न्युयोर्कमा करिअर

नेपालजस्तो मुलुकका विद्यार्थीलाई न्युयोर्क सहर सुरुतिर बिरानो लाग्नुपर्ने हो तर नयाँ दिल्लीमा झन्डै एक दशक बिताएका प्रबल त्यस अमेरिकी महानगरीमा पाइला टेक्नेबित्तिकै मोहित भए। "न्युयोर्क सहर मलाई यति आनन्ददायी लाग्यो कि म तत्कालै पढाइमा दत्तचित्त भएँ।" न्युयोर्कबारेको उनको एउटा 'इम्प्रेसन' गज्जबको छ। उनले एउटा रेस्टुराँमा प्रसिद्ध अंग्रेजी संगीतकार डेभिड बोई बसेको टेबलनजिकै बसेर आफूलाई मनपर्ने खाना खाए। त्यसबेला उनलाई सम्भावना र उत्साह भएको सहरमा घुलमिल हुन त्यति गाह्रो हुँदैन भन्ने लाग्यो।

आफ्नो पहिलो 'ब्रेक'बारे कुरा गर्दै प्रबल भन्छन्, "मेरो प्रस्तुतिको भोलिपल्ट एक जना साथीले फोन गरेर विमेन्स वेयर डेली (डब्लूडब्लूडी) पत्रिका (जसलाई बाइबल अफ फेसन भनिन्छ)को आवरणमा मेरो डिजाइन परेको भन्दै बधाई दिए। मैले दगुर्दै गएर त्यो पत्रिका किनेँ। त्यो क्षण म शब्दमा व्याख्या गर्न सक्दिनँ।" न्युयोर्क फेसन विक भइरहेका बेला फेसनको नामी पत्रिकामा छाउनु निकै ठूलो उपलब्धि मानिन्थ्यो। यद्यपि, २००७ को जनवरीमै भोगमा विख्यात हलिउड स्टार एन्जेलिना जोलीले आवरण फोटो सुट दिँदा प्रबलले तयार पारेको लुगा लगाएकी थिइन्, जुन उनले त्यतिबेला काम गरेको न्युयोर्ककै प्रतिष्ठित बिल ब्लासबाट मगाइएको थियो।

न्युयोर्कमा उनले आफ्नो सुरुआती वर्षमै एक प्रतिस्पर्धामा उत्कृष्ट डिजाइनरको अवार्ड पाए। भारतमा पढ्दा मनीष अरोरा भेटिएझैँ न्युयोर्कमा फेसन डिजाइनर तथा मोडल डोना करन, ६४, भेटिइन्, जो आफ्नो बुढ्यौलीमा समेत पार्सन्समै पढिरहेकी थिइन्। पार्सन्स छाडेपछि उनले न्युयोर्ककै वेस्ट भिलेजमा काम गररिहेकी चर्चित अमेरिकी डिजाइनर सिन्थिया रलीको टिमसँग दुई वर्ष काम गरे। लगत्तै उनका लागि डिजाइन डाइरेक्टरका रूपमा बिल ब्लाससँग काम गर्ने अवसर जुर्‍यो। अमेरकिन फेसन क्रिटिक्स अवार्ड विजेता बिल ब्लास र उनको लेबलमा काम गर्न पाउनु नै एउटा नेपालीका लागि ठूलो सफलता हो। तर, प्रबल सफलताका अरू उचाइ चुम्दै गए। उनी रोकिएनन्।

२००९ यता उनी आफ्नै लेबल 'प्रबल गुरुङ' विश्वको फेसन राजधानी भनिने न्युयोर्क सहरमा चल्तीको ब्रान्ड भएको छ। अहिले उनी आईसीबी नामक फेसन कम्पनीका मुख्य डिजाइनर पनि हुन्, जसका पहिरनको मूल्य भने उनको आफ्नैभन्दा केही कम छ। उनले आईसीबीका लागि तयार गरेका डिजाइन दुई महिनाअघि सार्वजनिक हुँदा तत्कालै बिक्री भएका थिए।

उनको एउटा डिजाइनको मूल्य अर्थात् झन्डै चार हजार अमेरिकी डलरले काठमाडौँको एउटा निम्न मध्यमवर्गीय परिवारलाई वर्ष दिन खान पुग्छ। एकातर्फ उनी 'इभिनिङ् वेयर' भनिने साँझपख वा पार्टीमा जाँदा लगाउने पहिरन डिजाइन गर्छन् भने पश्चिमा मुलुकमा नेपालजस्तो गरबि देशको प्रतिनिधित्वसमेत गर्छन्। यी दुईलाई उनी कसरी तालमेल मिलाउँदा हुन् ? भन्छन्, "नेपाल केही मानेमा गरबि भए पनि धेरै कुरामा धनी छ। त्यहाँका गतिशील दृश्य र कपडाका ढाँचाबाट म प्रभावित छु। मेरा कतिपय कच्चापदार्थ भारतबाट समेत आउँछन्।" उनी चेलिबेटी बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालका सद्भावना दूत पनि हुन्। त्यो अभियानसँग आफू जोडिएर केही योगदान पुर्‍याउन पाएकामा गर्व गर्छन् उनी।

न्युयोर्कको फेसन जगत्मा छाएपछि पनि प्रबलले आफ्नो थातथलो भुलेका छैनन्। हरेक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिने अन्तर्वार्तामा उनले आफू नेपाली रहेको बताउन छुटाउँदैनन्। बरू उक्त सफलताका पछाडि काठमाडौँको संस्कृति जोडिएको बताउँछन्। टाइम म्यागेजिनसँगको हालैको भिडियो अन्तर्वार्तामा उनले अधिकांश अमेरिकीले आफ्नो नाम उच्चारण गर्नसमेत नजानेको बताएका छन्। तर, त्यसबाट उनी कत्ति पनि विचलित छैनन्। आफ्नो सफलताको श्रेय उनी आफ्नो दृढता र विश्वासलाई दिन्छन्। टाइमको 'टेन क्वेस्चन्स' नामक अन्तर्वार्ता स्तम्भमा उनले आफ्नो सफलता व्यक्तिगत मात्र नभएर समग्र नेपालकै सफलता भएको बताएका छन्। आफ्ना खरदिकर्ता, फेसन समालोचक, फेसन पत्रिकाका सम्पादकहरू र वितरकलाई पनि उनी सफलताको केही अंश मान्छन्। उनले आफू भाग्यमानी भएको कुरा पनि बिर्सेका छैनन्। २०१० मा प्रबल फेसन दुनियाँको ओस्कार मानिने सीएफडीए -काउन्सिल अफ फेसन डिजाइनर्स) अवार्डका कारण पनि चर्चामा रहे। जहाँ उनी 'सवारोभ्स्की वुमन्स वेयर'का लागि मनोनयनमा परेका थिए। यद्यपि, अवार्ड भने २०११ मा गएर वुमन्स वेयरतर्फको इमर्जिङ् ट्यालेन्ट अवार्ड पाए। २०१० मा उनको पोल्टामा 'भोग फेसन फन्ड' विधामा रनरअपको अवार्ड मात्रै थियो। सोही साल उनले इको डोमानी फेसन फन्ड अवार्ड पनि पाएका थिए।

प्रबलजस्तो अति व्यस्त डिजाइनरको दैनिकी कसरी बित्छ ? भन्छन्, "प्रायःजसो दिनदिनै फरक-फरक काम गर्नुपर्ने हुन्छ। डिजाइनका बेला म त्यससँगै बगिरहेको हुन्छु। त्यतिबेला मलाई आनन्द लाग्छ। म कपडा, रंग, कला र विम्बहरूसँग खेल्छु र तिनले नै मलाई प्रेरति गर्छन्।" के अब प्रबल ढुक्क भएर बस्छन् त ? होइन, उनी त अझै आफ्नो ब्रान्डलाई फैलाउन चाहँदा रहेछन्। भन्छन्, "हामीसँग एकसे एक नयाँ पहिरन छन्। जस्तो कि, प्रबल गुरुङ फुटवेयर, प्रबल गुरुङ सनग्लासेस, प्रबल गुरुङ हेडवेयर आदि।"

उमेरले ४० वर्ष नकाटेका प्रबल गुरुङ त पश्चिमा फेसन जगत्मा स्थापित भइसके तर उनीजस्तै हुने सपना देख्ने नेपाली किशोरलाई के भन्न चाहन्छन् त ? "त्यस्ता युवालाई म सधैँ आफ्नो मनको कुरा सुन्न र त्यसलाई पछ्याउन, अरूलाई प्रेरति गर्न र प्रेरति हुन सल्लाह दिन्छु," प्रबल भन्छन्, "अर्को कुरा के पनि भने कहिल्यै पनि आफू को हुँ र कहाँबाट आएको हुँ भन्ने बिर्सनुहुँदैन।" के प्रबलले सफलताको शिखर चुमिसके ? भनिन्छ, सफलताको शिखरमा पुग्नुभन्दा त्यहाँ टिकिरहन झन् गाह्रो छ। प्रबल पनि ठान्छन्, "थुप्रै गर्न बाँकी छ। र, सम्भावना पनि उत्तिकै छन्।"

(आवरण तस्बिर : भोग म्यागेजिन)





एक लाखभन्दा बढी प्रशंसक

इन्टरनेटको सर्च इन्जिन गुगलमा 'प्रबल गुरुङ’ टाइप गर्नेबित्तिकै झन्डै ६२ लाख नतिजा देखा पर्छन्। उनी सामाजिक सञ्जालमा समेत निकै सक्रिय छन्। उनी एक मात्र त्यस्ता नेपाली हुन्, जसको टि्वटर एकाउन्ट टि्वटरबाटै भेरिफाइड गरिएको छ। टि्वटरमा उनलाई ६७ हजारजति प्रशंसकले पछ्याइरहेका छन् भने फेसबुकमा ४७ हजारजतिले। त्यहाँ आएका कुराहरूमा उनी छलफल र बहससमेत गर्न रुचाउँछन्। पछिल्लोपटक फेसन डिजाइनर बन्न खोज्ने एक १३ वर्षे ठिटोले पठाएको चिट्ठी उनले वेबसाइट इन्स्टाग्राम पेजमार्फत सेयर गरेका थिए, त्यही पत्र र प्रबलको प्रतिक्रिया जस्ताको तस्तै ः

पि्रय प्रबल गुरुङ !

यहाँले सेप्टेम्बर २२ मा इन्स्टाग्राममा दिएको मन छुने प्रतिक्रिया पढेपछि म तपाईंलाई प्रश्न सोध्न प्रेरित भएको हुँ। यहाँलाई थाहा छ/छैन, म सिकागोको एक १३ वषर्ीय युवक हुँ, जसलाई आफू फेसन डिजाइनर बन्नु छ भन्ने थाहा छ। तपाईं न्युयोर्क सहरको उत्कृष्ट डिजाइनर र मैले माया गर्नेमध्येको हुनुहुन्छ। मलाई लाग्यो, मैले तपाईंलाई आफ्ना केही ताजा डिजाइन पठाउ“m र त्यसबाट आलोचनात्मक टिप्पणी र सुझाव मागूँ। म तिनलाई निकै सम्मानसाथ ग्रहण गर्नेछु। तपाईं मेरो उत्कृष्ट डिजाइनरमध्येको भएकै कारण पनि म त्यसलाई गम्भीरतापूर्वक ग्रहण गर्नेछु। तपाईंले मेरो पत्रको जवाफ दिएमा म धन्य हुने थिएँ।

तपाईंको प्रशंसक

जेरेमी मिलर

(यसले मेरो मन पगालेको छ। मैले प्राप्त गरेेकामध्ये एउटा सुन्दर चिट्ठी। कसलाई के थाहा आफूले गरेको कामको पुष्टि एउटा १३ वर्षको बालकबाट आउँछ भन्ने।)





मिडियामा प्रबल

- दिक्षिणपूर्वी एसिया र प्रशान्त क्षेत्रमा गरिएको हीरक जयन्ती भ्रमणको त्यो मात्रै त्यस्तो एक दिन हो, डचेट अफ क्याम्बि्रजको फेसनले अधिकतम तहल्का मच्चाएको।

- पि्रबलको डिजाइनमा सधैँ नारीत्वको भाव झल्किन्छ। (राजकुमारी केट मिडलटनले सिंगापुरमा प्रबल गुरुङको पोसाक लगाउँदा टेलिग्राफ यूके)

- पिmेसन उद्योगकी पि्रय, अमेरिकी प्रथम महिला (मिचेल ओबामा) प्रबल गुरुङ, ज्यासन हुजस्ता युवा डिजाइनरलाई अवसर दिएकाले चर्चित छिन्। (मिचेल ओबामाले प्रबलको पहिरन लगाएपछि, टाइम म्यागेजिन)

- पि्रबल गुरुङले आफ्नो बेग्लै र प्रतिस्पर्धी पहिरनले न्युयोर्क फेसन विकमा तरंग सिर्जना गरििदएका छन्। (वाल स्टि्रट जर्नल)

- पि्रबलले फरक-फरक धारका हाइ प्रोफाइल महिलालाई आफ्ना नियमित ग्राहक बनाएका छन्। (न्युयोर्क टाइम्स)





टाइमको 'टेन क्वेस्चन्स'

पश्चिमा छापामा त्यसै त नेपाल छायाँमा पर्छ। ठूलै राजनीतिक उथलपुथल हुँदाबाहेक नेपाल र नेपाली त्यस्ता 'कभरेज'का हकदार बन्दैनन्। त्यस्तो परिवेशका बीच पनि साधारण नेपाली परिवार तन्नेरी प्रबल गुरुङ टाइम म्यागेजिनको १९ सेप्टेम्बर २०१२ को अंकको अन्तिम पृष्ठको नियमित अन्तर्वार्ता स्तम्भ 'टेन क्वेस्चन्स'मा थिए। त्यहाँ उनले गर्वसाथ आफ्नो सफलता नेपाल र नेपालीको पनि हो भनेका थिए।

टाइमले उक्त स्तम्भका लागि व्यक्तिको पद र हैसियतभन्दा पनि उसको व्यक्तित्वलाई प्राथमिकतामा राख्ने गर्छ। न्युजविक पत्रिकामा भने कुनै बेला त्यस्तै अन्तिम पेजको अन्तर्वार्तामा मदन भण्डारी, राजा वीरेन्द्र र मनमोहन अधिकारी थिए। टाइमले भने यसअघि तत्कालीन राजा ज्ञानेन्द्रको अन्तर्वार्ता छापेको थियो। तर, टाइमले कुनै गैरराजनीतिक नेपालीको अन्तर्वार्ता छापेको चाहिँ यो नै पहिलो अवसर हो।





सेलिबि्रटीका आँखामा

"तिम्रो अभूतपूर्व सिर्जना मिसिएको पहिरन लगाउन पाउँदा म धन्य छु। धन्यवाद प्रबल गुरुङ।"

हलिउड अभिनेत्री डेमी मुर प्रबलको डिजाइन लगाएपछि ।







"लेडी गागाले तिम्रो पहिरन लगाउने थाहा पाउँदा निकै खुसी लाग्यो। तिमीलाई अझै शक्ति मिलोस्।"

बलिउड निर्देशक करण जोहर हलिउड अभिनेत्री लेडी गागाले प्रबलको पहिरन लगाउने थाहा पाएपछि  ।





 

"प्रबल गुरुङको शो अब केही क्षणमा सुरु हुँदै छ। प्रबलले एउटा सिजनभरि के पकाइरहेको थियो, त्यो जान्न मेरो धैर्यको सीमा नाघिसकेको छ।"

हलिउड अभिनेत्री जोय साल्डना प्रबलको फेसन शो हुनुअगाडि ।







 

सचिवका बंगला काठमाडौंमा घर नबनाउने सचिव टर्च बालेर खोज्दा पनि भेट्न मुस्किल - souryadaily

-रामहरि पाण्डे

काठमाडौं, २ कात्तिक । सामान्य आम्दानी भएका नेपालीहरूका लागि काठमाडौंमा घर ठड्याउनु ‘असामान्य’ कुराजस्तो भइसक्यो । तथापि, सरकारी कर्मचारी (जसको कागजी आम्दानी सामान्य नै लाग्छ) का लागि काठमाडौंमा घर मामुली हो ।
शाखा अधिकृत वा त्योभन्दा तल्लो तहका कर्मचारीले पनि काठमाडौंमा घर बनाउन भ्याएका छन् । झन् सचिवको त कुरै छाडौँ । काठमाडौंमा घर नभएका सचिव त टर्च बालेर खोज्दा पनि भेटिँदैन । अधिकांश सचिवको स्थायी घर विकट जिल्लामा रहेको पाइन्छ । तर, उनीहरूले राजधानीका महँगा स्थानमा घर बनाउन सफल भएका छन् । राजधानीमा घर हुनुलाई प्रतिष्ठाकै विषयसँग जोडिने भएकाले ऋण लिएर भए पनि घर बनाएको उनीहरू बताउँछन् ।
अधिकांश सचिवहरूले उपसचिव तथा सहसचिव पदमा रहँदा नै घर बनाएको बताए । उनीहरूमध्ये धेरैले भने, ‘अध्ययनका लागि विदेश जाँदा बचाएर ल्याएको पैसा र कर्मचारी सञ्चयकोषबाट ऋण लिएर घर बनाएको हुँ ।’ राजधानीको नयाँबानेश्वर, मैतीदेवी, बालकोट, कलंकी, बाफल, सामाखुसी, बल्खुलगायत स्थानमा सचिवहरूको घर छ । उनीहरूको घर दुईदेखि पाँच तलासम्मको छ ।
मुख्यसचिव लीलामणि पौडेलले धुम्वाराहीमा घर बनाएका छन् । ६ वर्ष लगाएर घर बनाएको पौडेलले सौर्यलाई जानकारी दिए । उनले भने, ‘३० लाखभन्दा बढी खर्च गरेर साढे दुई तलाको घर बनाएँ,’ गुल्मी स्थायी घर भएका मुख्यसचिव पौडेलले भने, ‘घरको पहिलो तला उठाउँदा सञ्चयकोषबाट ऋण लिएको थिएँ, पछि केही रकम संकलन गरेर तला थपेको हुँ ।’ उनले ०६४ सालमा घर बनाएका हुन् ।
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले मैतीदेवी मन्दिरपछाडि घर बनाएका छन् । उनको घर साढे तीन तलाको छ । कालो रंगको गेट भएको घर चाइनिज इँटाले बनेको छ । गुल्मीमा स्थायी घर भएका सचिव ज्ञवालीले छात्रवृत्तिमा पढ्न जाँदा बचाएर ल्याएको पैसाले घर बनाएको बताए । मैतीदेवीमा घर बनाएको १०/१२ वर्ष भएको जानकारी गराउँदै उनले थपे, ‘नपुग पैसा आºनो तलब र यताउताबाट मिलाइयो ।’
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव धु्रवकुमार शर्माको घर धापासीमा छ । दुई तलाको घर ११/१२ वर्षअघि नै बनाएको उनले बताए । पुरानो जग्गा बेचेर तथा स्कलरसिपमा बेलायत पढ्न जाँदा बचाएको पैसाले घर बनाएको शर्माको भनाइ छ । उनले भने, ‘निकै दु:ख गरेर राजधानीमा घर बनाएँ, त्यो सम्झेर आउँदा अहिले कहाली लाग्छ ।’
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले बल्खुमा घर बनाएका छन् । उनको घर साढे दुई तलाको छ । कुमारी क्लबनजिक रहेको घरको गेटमा अम्बिका घिमिरे निवास लेखिएको छ । अम्बिका सचिव घिमिरेकी पत्नी हुन् । अर्घाखाँचीमा स्थायी घर भएका घिमिरेले संयुक्त राष्ट्रसंघमा जागिर खाँदा राम्रै पैसा कमाएको र श्रीमतीको पनि जागिर भएकाले घर बनाउन सजिलो भएको बताए । ०५४/५५ सालमा घर बनाएको जानकारी दिँदै घिमिरेले थपे, ‘त्यसमा नपुग पैसा कर्मचारी सञ्चयकोषबाट ऋण लिएको थिएँ ।’
गृहसचिव नवीनकुमार घिमिरेले गौशालामा घर बनाएका छन् । हिमालय विद्यामन्दिरनजिक रहेको घिमिरेको घर साढे दुई तलाको छ । पुख्र्यौली घर झापा रहेका सचिव घिमिरेले भने ०४८/४९ सालमा काठमाडौंमा घर बनाएका हुन् । ‘निकै अघि घर बनाएकाले त्यतिबेला भोगेको सुख–दु:खका क्षण सम्झन सकिनँ,’ उनले भने । कर्मचारी सञ्चयकोष तथा परिवारका अन्य सदस्यबाट ऋण लिएर घर बनाएको घिमिरे बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमको घर मीनभवनमा छ । मीनभवन क्याम्पस आरोलोबाट केही तल रहेको साढे तीन तलाको घर सचिव गौतमको हो । पहेँलो रंग पोतिएको घर त्यस क्षेत्रकै आकर्षित घरका रूपमा लिइन्छ । सचिव गौतमले भने, ‘मैले घर बनाएको २० वर्षभन्दा बढी भइसक्यो । त्यतिबेला घर बनाउँदा जग्गा, बालुवा, इँटा सबै निकै सस्तो थियो ।’ त्यतिबेला काभ्रेमा रहेको पहाडको जग्गा–जमिन बेचेर यहाँ घर बनाएको उनको भनाइ छ । गौतमले भने, ‘पहिलो जग्गा निकै सस्तो थियो, जग्गाको भाउ बढेको धेरै भएको छैन ।’
लोकसेवा आयोगका सचिव नाथुप्रसाद चौधरीले बालकोटमा सानदार घर बनाएका छन् । दक्षिण मोहडा फर्काएर बनाएको घर साढे तीन तलाको भए पनि छिमेकीको भन्दा निकै ठूलो रहेको सचिव चौधरीकी पत्नीले बताइन् । उनले सौर्यसँग भनिन्, ‘हाम्रो सेतो रंगको घर छ, छिमेकीको भन्दा निकै राम्रो र ठूलो पनि छ ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शीतलबाबु रेग्मीले भने कालिकास्थान नजिक बरको रूखभन्दा केही अगाडि बनाएका छन् । सचिव रेग्मीले साढे तीन तलाको घरमा पहेँलो रंग लगाएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद नेपालको घर नयाँबानेश्वरको कात्यायनी मन्दिर नजिक छ । पाल्पा स्थायी घर भएका नेपालले तीन तलाको घर बनाएका छन् । पार्किङ सुविधासहितको घर बनाए पनि उनले घरमा रंग–रोगन भने गरेका छैनन् ।
श्रम तथ रोजगार मन्त्रालयका सचिव सोमलाल सुवेदीले कलंकी मन्दिरनजिक घर बनाएका छन् । तीन तलाको भव्य घरमा क्रिम कलर पोतिएको छ । कास्की स्थायी घर भएका सचिव सुवेदीले सञ्चयकोषबाट ऋण लिएर ०५८ सालमा बनाएको बताए । उनले सौर्यसँग भने, ‘म अझै घर बनाउँदा लिएको ऋण तिर्दै छु ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव जयमुकुन्द खनालको घर राजधानीको भिआइपी क्षेत्रका रूपमा चिनिने बालुवाटारमा छ । हरियो रंगको साढे तीनतले घर सो क्षेत्रको नमुनाकै रूपमा लिने गरिन्छ । सचिव खनालले भने बालुवाटारमा रहेको घर आफूले बनाएको नभई बाबाले बनाएको बताए । उनले भने, ‘मैले आफैँले घर बनाएको छैन, म पैतृक घरमा बसिरहेको छु ।’
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले पनि कलंकीस्थित मन्दिरनजिक घर बनाएका छन् । बिपी मार्गमा उनको क्रिम कलरको तीनतले घर छ । बैतडी स्थायी घर भएका सचिव जोशीले ०५१ सालमै घर बनाएको बताए । उनले भने, ‘अध्ययनका लागि विदेशमा रहँदा कमाएको पैसाले बनाएको हुँ ।’ त्यसमा नपुग पैसा सञ्चयकोषबाट ऋण लिएको उनले जानकारी गराए । गत २३ असोजमा अवकाश लिएका महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बालानन्द पौडेलको घर पनि त्यहीँ छ ।
ऊर्जा आयोगका सचिव विश्वप्रकाश पण्डितले कलंकीको अंकित कोलोनीमा घर बनाएका छन् । उनको घर पनि साढे तीन तलाको छ । तर, पण्डितले श्रीमती र भाइले संयुक्त रूपमा घर बनाएको बताए । ‘सरकारी सेवामा प्रवेश गर्दा नै बाबाले घुुस नखानू भनेकाले आजसम्म घुस खाएको छैन,’ सचिव पण्डितले भने, ‘यो सबै परिवारका सदस्यहरूले गरेको व्यापार व्यवसायको कमाइले जोडेको सम्पत्ति हो ।’
शिक्षासचिव सुरेशमान श्रेष्ठले सामाखुसी र रानीबारीको चोकमा पाँच तलाको भव्य घर बनाएका छन् । हरियो रंग लगाइएको सो घर त्यस क्षेत्रकै सबैभन्दा ठूलो घर हो । लमजुङ स्थायी घर भएका सचिव श्रेष्ठले आफूले नभई बुबाले घर बनाएको दाबी गरे । उनले भने, ‘पर्सनल कुरा सोध्नु राम्रो होइन, त्यसैले नसोध्दा नै उत्तम हुन्छ ।’
रक्षासचिव तिलकराम शर्माले धापासीस्थित त्रियोग विद्यालयनजिक घर बनाएका छन् । शिव कोलोनीमा रहेको घरमा सचिव शर्माले ग्रे र रातो रंग लगाएका छन् भने झ्यालमा कालो । उनले पनि गुल्मीमा रहेको जमिन बेचेर तथा सञ्चयकोषबाट ऋण लिएर घर बनाएको बताए । सचिव शर्माले भने, ‘१५/१६ वर्षअघि ऋण–धन गरेर घर नबनाएको भए अहिले निकै बिजोग हुनेरहेछ ।’
सामान्य प्रशासन सचिव दुर्गानिधि शर्माको घर बानेश्वरस्थित कात्यायनी चोकनजिक छ । साढे दुई तलाको घरमा रंग–रोगन भने गरिएको छैन । शर्माले आºनो स्थायी घर नै राजधानी भएको बताए । निर्वाचन आयोगका सचिव ज्ञानदर्शन उदासको भने कुलेश्वरमा घर छ । उनको घर पनि आकर्षक छ । पहाड घर भोजपुर भएका सचिव उदासले गाउँको जग्गा बेचेर राजधानीमा घर बनाएको बताए । उनले भने, ‘घर बनाउँदाको ऋण निकै पछि मात्र चुक्ता गरेँ ।’ सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव धनबहादुर तामाङले मीनभवन गेटभित्र घर बनाएका छन् । मिलिजुली चोकअघि रहेको उनको घर साढे दुई तलाको छ । सचिव तामाङले पनि काभ्रेमा रहेको जमिन बेचेर राजधानीमा घर बनाएको बताए । उनले भने, ‘यो मेरो निजी कुरा हो, यसबारे केही बताउँदिनँ ।’
त्यस्तै, ऊर्जासचिव हरिराम कोइरालाले बाफलमा घर बनाएका छन् । रातो रंगको चारतले ठूलो घरमा कोइराला सपरिवार बस्दै आएका छन् । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाको घर बल्खुमा छ । बल्खु बसपार्कअघि रहेको उनको घर सानो भए पनि आकर्षक देखिन्छ । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले भने नख्खुमा घर बनाएका छन् । साढे दुई तलाको सो घरमा नीलो र रातो रंग लगाइएको छ ।

Wednesday, October 17, 2012

एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै - mysansar


३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन



नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने आदेश स्विडेनको अदालतले दिएको छ।
के भएको थियो?
स्विडेनको टेलिभिजन एसभिटीले गएको महिना एउटा न्युज ब्रेक गर्‍यो- देशका करदाताहरुको स्वामित्व भएको टेलिकम कम्पनीले कसरी उज्बेकिस्तानमा लाइसेन्स लिन कसरी विदेशी कम्पनीलाई लाखौ डलर गलत तरिकाले भुक्तान गरेको रहेछ। ‘मिसनः इन्भेस्टिगेट’ नामको यो अनुसन्धानमूलक कार्यक्रम प्रसारण भएपछि त्यहाँ भूँइचालो नै गयो। कार्यक्रमले के खुलासा गरेको थियो त ?

तानाशाह राष्ट्रपतिकी छोरी गुल्नारा कारिमोभा र टेलियासोनेराले पैसा तिरेको कम्पनीकी मालिक्नी Gayane Avakyan (दायाँ)। फोटो सौजन्यः एसभिटी
टेलियासोनेराले उज्बेकिस्तानमा थ्रिजी लाइसेन्स लिन जिब्राल्टरमा दर्ता भएको कम्पनी टाकिलान्ट लिमिटेडलाई लाखौँ डलर तिर्‍यो। अनुसन्धानले पत्ता लाग्यो कि त्यो कम्पनीको एक मात्र मालिक्नी त भर्खर २९ वर्षकी युवती रहिछिन्- Gayane Avakyan। टेलिकम क्षेत्रमा उनको गोरु बेचेको साइनो रहेनछ। उनी यसअघि फेसन क्षेत्रमा परिचित थिइन्। अनुसन्धानले यो पनि पत्ता लाग्यो कि उनी उज्बेकिस्तानका तानाशाह राष्ट्रपति इस्लाम कारिमोभकी जेठी छोरी गुल्नारा कारिमोभासँग एकदमै निकट छिन्। राष्ट्रपतिकी छोरीले खोलेको फेसन हाउसमा उनै आभाक्यान निर्देशक थिइन्।
अब यहाँ कनेक्सन हेर्नुस् है,राष्ट्रपति कारिमोभ तानाशाह, विश्वकै सबैभन्दा कडा तानाशाही चलाएको आरोप लगाइन्छ उनको शासनलाई। सोभियत संघबाट स्वतन्त्र भएपछि यो देशमा रुसी टेलिकम अपरेटर एमटिएसको लाइसेन्स खोसिएको थियो र यसका सम्पति राष्ट्रियकरण गरिएको थियो।
शासनसत्तामा उनको र उनकै परिवारको हालिमुहाली। अनि उनकी जेठी छोरी कारिमोभा परिन् टेलिकम क्षेत्रमा व्यक्तिगत रुपमा नै नियन्त्रण गर्ने। कसलाई लाइसेन्स दिने र कसलाई नदिने भन्ने बारे व्यक्तिगत रुपमा नै निर्णय गर्छिन् उनी। जिब्राल्टरमा आफ्नै सहयोगीको नाममा खोलेको कम्पनीलाई उनले लाइसेन्स दिइन्। त्यही लाइसेन्स खरिद गर्‍यो टेलियासोनेराले। कागजी रुपमा हेर्दा केही अनियमित भएको जस्तो नदेखिए पनि वास्तवमा यो घुमाएर कारिमोभालाई दिएको घुस थियो। त्यसैले स्विडेनले इतिहास कै ठूलो मनी लाउन्डरिङ केस र भ्रष्टाचारबारे अहिले छानबिन गर्दैछ।
टेलियासोनेराले गोप्य रुपमा आफ्नो नेटवर्कमा सर्भेलियन्स उपकरणहरु राख्‍न दिएर तानाशाही शासन अघि बढाउन त्यहाँको सुरक्षा निकायलाई सहयोग गरेको पनि अनुसन्धानले खुलाएको छ। टेलियासोनेराले पनि यसलाई अस्वीकार गरेको छैन। तर उसले बच्ने दाउ गर्दै स्थानीय कानुनको पालना गरेको मात्र बताएको छ।
१९ सेप्टेम्बरमा प्रसारण भएको “मिसनः इन्भेस्टिगेसन”ले टेलियासोनेराले उज्बेकिस्तानको मोबाइल कम्पनी युसेल किन्न, लाइसेन्स, फ्रिक्वेन्सी र टेलिफोन नम्बरहरु लिन आभाक्यानको नाममा रहेको तर वास्तवमा राष्ट्रपतिकी छोरीको कम्पनी टाकिलान्ट लिमिटेडलाई २ अर्बभन्दा बढी क्रोनर घुस दिएको खुलासा गर्‍यो। त्यही दिन टेलियासोनेराले त्यो कम्पनीसँग सम्झौता भएको पु्ष्टि गर्‍यो। तर त्यसो कम्पनीलाई ३ करोड अमेरिकी डलर (१० गुणा कम) रकम मात्रै दिएको र त्यसवापत् युसेलमा २६ प्रतिशत सेयर दिएको बतायो।
स्विडिश पत्रकारहरुका अनुसार टाकिलान्ट कम्पनीका खाताहरुबाट गायब भएका छन्। त्यो पैसा कागजी रुपमा विभिन्न कम्पनीहरु हुँदै राष्ट्रपतिकी छोरी गुल्नारा कारिमोभाको खल्तीमा गएको उनीहरुको दावी छ।
मनी लाउन्डरिङको केस उठेपछि स्विटजरल्यान्डको अटोर्नी जनरलको कार्यालयले चार उज्बेक नागरिकलाई मनी लाउन्डरिङको शंकामा मुद्दा चलाएको छ। उज्बेकिस्तानको कोकाकोलाका दुई म्यानेजरलाई ३० जुलाईमा जेनेभामा पक्राउ गरिएको थियो। अरु दुई जनालाई त्यहाँको प्रहरीले खोजिरहेको छ। प्रहरीले उनीहरुको नाम सार्वजनिक नगरे पनि गायाने आभाक्यान (उही राष्ट्रपतिकी छोरीको दाहिने हात) ती मध्ये एक रहेको स्रोतहरुलाई उद्‌धृत गर्दै त्यहाँको मिडियाले लेखेको छ। अहिले आभाक्यान कहाँ छिन् कसैलाई थाहा छैन।
स्विडिश भाषा बुझ्नुहुन्छ भने हेर्नुस् त्यो कार्यक्रमको भिडियो

नेपाल र एनसेल कनेक्सन

उज्बेकिस्तानको यही केस मिडियामा आएर हङ्गामा भएपछि स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer का पत्रकार Emanuel Sidea ले काठमाडौँ आई यहाँको एनसेलमा भएको अनियमितताबारे पनि अनुसन्धानमूलक खबर छापेको थियो गएको साता। यो समाचारले नेपालका मिडियामा एक छेउ पनि ठाउँ नपाए पनि स्विडेनमा भने अर्को हङ्गामा भयो। त्यहाँका अन्य पत्रिका, टेलिभिजनले समेत यसबारे समाचार प्रसारण गरे।
ध्यान दिएर विश्लेषण गर्ने हो भने उज्बेकिस्तानकै शैलि टेलियासोनेराले नेपालमा पनि अपनाएको प्रष्ट हुन्छ। अहिले एनसेल ब्रान्डमा टेलियासोनेराको लोगो र रङसहित सञ्चालन भइरहेको मोबाइल कम्पनीको लाइसेन्स खासमा स्पाइस नेपालले लिएको थियो। सन् २००१ को सेप्टेम्बरमा स्पाइस नेपालले लेटर अफ इन्टेन्ट पाउँदा कम्पनीमा मोदी नेपाल (५५ प्रतिशत) खेतान ग्रुप (४० प्रतिशत) र स्पाइस सेल (५ प्रतिशत) मालिक थिए। तर राजा ज्ञानेन्द्रले सक्रिय शासनको अभ्यास गरिरहेको बेला सेप्टेम्बर २००४ मा लाइसेन्स पाउँदा यो कम्पनीमा राज ग्रुपको ९५ प्रतिशत शेयर थियो जसको मालिक ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह थिए।
तत्कालीन राजा ज्ञानेन्द्र आफ्ना ज्वाइँ राजबहादुर सिंहसँग।

आखिर कसरी राजबहादुर सिंहले यो कम्पनी हत्याए ? के अनुभव थियो उनमा टेलिकम कम्पनी सञ्चालन सम्बन्धी ? त्यत्रो पैसा कहाँबाट आयो उनको ९५ प्रतिशत शेयर किन्ने गरी ? यदि कम्पनी उनले साँच्चिकै किनेको हो भने किनिसकेपछि किन अर्कैलाई बेचे ? उनको नामको आडमा कसले किनेको थियो यो कम्पनी ? यो वापत् कति रकम क-कसलाई घुस स्वरुप दिइएको थियो ? विश्वको कडा तानाशाह भएको मुलुक उज्बेकिस्तानमा बरु पत्रकारहरुले अनुसन्धान गरी समाचार छापिरहेका छन्, त्यहाँका मिडियाले यसको निरन्तर फलोअप गरिरहेका छन्, तर लोकतान्त्रिक मुलुक हाम्रो देशमा व्यापारीको पैसाले सबको मुख थुनिदिएको छ। अलिकति मेहनत गर्‍यो भने यो कान्डपछाडिका कुरा नआउने हैनन्। खेतान ग्रुपले त नेपालमै व्यापार गर्नुपर्ने भएकोले केही नबताउलान् तर भारतको मोदी ग्रुपसित त होला नि तीतो अनुभव। आखिर कसरी उनीहरुको कम्पनीलाई राजाका ज्वाइँले कब्जा गरे ? किन खोज्दैन कोही पनि योबारे ?जसरी उज्बेकिस्तानमा तानाशाह राष्ट्रपतिकी छोरीको आडमा टेलियासोनेराले युसेलको नियन्त्रण लिएको थियो, त्यसैगरी नेपालमा पनि राजाको सक्रिय शासनताका राजाका ज्वाइँ प्रयोग गरिएको बुझ्न धेरै दिमाग चाहिँदैन।
त्यसो त उतिबेला लोकतन्त्रको आन्दोलनका क्रममा ठाउँठाउँमा हुने नागरिक सभाहरुमा नै कवि अर्जुन पराजुलीले यो ज्वाइँको मोबाइलको धज्जी उडाउँदै व्यङ्ग्य कविता वाचन गरिहिँड्थे, हामी ताली बजाउँथ्यौँ। त्यो चर्चित कविताका केही अंश-
कानुनमाथि ढलान गरेर महल बनाउने तपाईँको मोबाइल
कानुनमुनि डेरा गरेर बस्ने हामी
कानुनमाथि ढल हालेर मल बगाउने तपाईँको मोबाइल
कानुनमुनि ढल चुहिएर भिज्ने हामी
अनि कानुनमुनिकाले कानुनमाथिको मोबाइल कसरी किनोस्
ज्वाइँ साहेब तपाईँको मोबाइल तपाईँको ससुरालाई पठाइदिनुस्
ज्वाइँ साहेब,
तपाईँको मोबाइल स्वदेश सवारी हुँदा
हाम्रो मोबाइल ट्राफिक जाममा पर्‍यो
ज्वाइँ साहेब, लाम लागेकै ठाममा
तपाईँको मोबाइलले हाम्रो मोबाइललाई ज्युनार गर्‍यो
ज्वाइँ साहेब, हाम्रो मोबाइल ज्युनार गर्ने तपाईँको मोबाइलले
फेरि हामीलाई ज्युनार गर्ला कि भन्ने भयले
रातो दिन हामीलाई पिर्छ
ज्वाइँ साहेब, हामी नै नभए
तपाईँको मोबाइलको पैसा फेरि कसले तिर्छ ?
ज्वाइँ साहेब, गाउन सक्दैनौ हामी तपाईँको मोबाइलको महिमा अपरम्पार छ
ज्वाइँ साहेब, त्यसैले तपाईँको मोबाइललाई टाढैबाट हाम्रो
कोटी कोटी नमस्कार छ
२०६२ भदौ १७ मा पाटनको मंगलबजारमा वाचन गरिएको कविता अडियोमा सुन्नुस्-

शक्तिको उपयोग गरी मोबाइल लाइसेन्स हत्याउने टेलियासोनेराको क्रम ज्ञानेन्द्रको पतनपछि पनि रोकिएन। ज्ञानेन्द्र पतनपछि उदायो माओवादी नेपालको नयाँ शक्तिका रुपमा। प्रचण्ड प्रधानमन्त्री भए। अब उसले प्रचण्डका निकट व्यापारी अजय सुमार्गीको नाममा हेलो मोबाइलको लाइसेन्स निकाल्यो। निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो। सस्तोमा मात्र नभई यो कम्पनीलाई आवश्यकताभन्दा बढी फ्रिक्वेन्सी पनि दिइएको छ। अनि गत अप्रिलमा टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेर आफ्नो बनाइसकेको छ। एउटै देशमा दुई वटा ब्रान्डमा लगानी गरेको भन्दै टेलियासोनेराका अधिकारीहरु आफैले काठमाडौँमा आयोजित प्रेस मिटमा बताएका थिए।
अजय सुमार्गी र प्रचण्ड

ज्ञानेन्द्र शक्तिमा हुँदा राजबहादुर सिंह र प्रचण्ड शक्तिमा हुँदा अजय सुमार्गी प्रयोग गरेर टेलियासोनेराले पर्दापछाडि कति रकम क-कसलाई घुस खुवायो, त्यो अनुसन्धानको विषय बनेको छ।अनुसन्धान गर्नेले २००१ देखि २००५ बीचका एनसेलका कागजात कसरी रहस्यमय ढंगले हराए? सेयर किनबेचमा नेपालको कानुनअनुसार कर बुझाइयो कि बुझाइएन भन्ने अनुसन्धान पनि गर्न सकिन्छ। तर गर्ने कसले ?

एनसेलका कुकृत्य

एनसेलको काठमाडौँ नयाँ बानेश्वरस्थित प्रमुख कार्यालय कृष्ण टावर। यहीँबाट अहिले अजय सुमार्गीको हेलो नेपालको पनि काम हुन्छ। हेलो नेपालको ७५ प्रतिशत सेयर टेलियासोनेराले किनेको हो।

एनसेलले आर्थिक वर्ष २०६१/०६२ देखि २०६७/०६८ सम्म २ अर्ब १० करोड ७० लाख राजश्व तिर्नुपर्नेमा १ अर्ब ४६ करोड ७९ लाख बुझाए पनि बाँकी ६४ करोड रकम दाखिला गरेन। त्यो रकमलाई महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०६८ ले समेत राज्य कोषमा दाखिला नभएको भन्दै आपत्ति जनाएको थियो। सर्वोच्च अदालतले समेत लाइसेन्सको सर्त अनुसार उक्त रकम बुझाउनुपर्ने निर्णय गरे पनि दूरसञ्चार प्राधिकरणले रकम उठाउन पहल नगर्नुलाई तत्कालीन अध्यक्ष भेषराज कणेलको कमिशनमोहका रुपमा चर्चा भएको थियो। आगामी २०७१ सालमा सर्त अनुसार नवीकरण शुल्कवापत सरकारलाई एनसेलले २० अर्व रुपैया तिर्नु पर्ने हुन्छ। यो नतिर्नलाई के-केसम्म चलखेल हुन्छ, हेर्दै बस्नुस्।

एनसेलका कुल प्रयोगकर्ता संख्या कति छ ? प्रतिदिन हुने कल कति छ ? डाटा प्रवाह कति छ ? यो अनुपातमा राज्यलाई बुझाइने करको अनुपात ठीक हो ? यो सब एनसेलले अपारदर्शी राखेको छ। नेपाल टेलिकमले आर्थिक वर्ष २०६८/०६९ मा १८ अर्ब राजस्व बुझाएकोमा देशकै ठूलो टेलिकम कम्पनी दावी गर्ने एनसेलले भने त्यसको अनुपातमा ज्यादै कम राजस्व किन बुझाउँछ त ? हरेक मोबाइल कलमा एनसेलले भ्याट लगाएको हुन्छ। भ्याट वापत् सबै रकम बुझाउँछ त यसले ? स्रोतका अनुसार ठूलै रकमको भ्याट छलीका बारेमा राजस्व अनुसन्धान विभागले छानबिन अघि बढाइरहेको छ। तर योबारे कुनै समाचार मिडियामा आउँदैन।

दूरसञ्चार नियावलीअनुसार क्रस होल्डिङ (एउटै बजारमा एउटै प्रविधिका दुई कम्पनी) चलाउन पाइँदैन। तर टेलियासोनेराले एनसेल र हेलो मोबाइल दुवैमा लगानी गरिरहेको छ। एनसेलको स्वामित्व हेरफेर हुँदा र हेलो मोबाइलको पनि स्वामित्व हेरफेर हुँदा नेपालको कानुनबमोजिम कर किन तिरिएन? हेलो नेपालको सेयर बिक्री गर्दा कर नतिरेको शंकामा विभागले त अनुसन्धानसमेत थालिसकेको छ। सेयर खरिदबिक्रीबारे अख्तियारले समेत अनुसन्धान थालेको छ।

हेलो नेपालको लाइसेन्सदेखि टेलियासोनेराले नियन्त्रणमा लिनेसम्मका काम शंकास्पद छन्। हेलो नेपालको लाइसेन्स लिने नेपाल स्याटेलाइट टेलिकम सुरुमा मेरो मोबाइल कम्पनीको सिम बिक्रीका लागि स्थापित आधिकारिक कम्पनी थियो। अजय सुमार्गी पनि त्यतिबेला स्पाइस सेल नेपालका प्रबन्ध निर्देशक थिए। सुमार्गीले पत्नी सम्झना अर्याल भनिने अस्मिता सुमार्गीका नाममा नेपाल स्याटेलाइट टेलिकम स्थापना गरेर देशभर मेरो मोबाइलको सिम वितरणको जिम्मा दिएका थिए। पछि स्पाइस सेलबाट अलग भएर हेलो मोबाइलको लाइसेन्स सस्तोमा लिएका थिए उनले। माओवादी अध्यक्ष प्रचण्ड निकट भएकैले सस्तोमा र धेरै फ्रिक्वेन्सी होल्ड गर्न उनी सफल भएका थिए। अलग भइसकेपछि पनि फेरि टेलियासोनेराले उनको कम्पनी किन्नुले उनी मोहरामात्र भएको स्पष्टै हुन्छ। वास्तवमा यो नेपाल टेलिकमलाई घेर्न र फ्रिक्वेन्सी होल्ड गर्न चालिएको चाल थियो। यो वापत् कति रकम अनियमित रुपमा कसको खल्तीमा गयो? यो अनुसन्धानको विषय हो। नेपाल स्याटेलाइट टेलिकमको स्वामित्व टेलियासोनेराले किनेपछि बिनासूचना आफ्ना ८७ कर्मचारीलाई जबर्जस्ती अवकाश दिने निर्णय गरिएको थियो। ती पीडित कर्मचारीको पक्षमा बोल्ने पनि कोही छैनन्। अहिले एनसेल र हेलो नेपाल दुवै कम्पनीको कानूनी सल्लाहकारको जिम्मा सर्वोच्च अदालतका न्यायाधिश भरतराज उप्रेतीका छोरा अनुप उप्रेतीले लिएका छन्।

अर्न्तराष्ट्रिय कलबाट आउने आम्दानी लुकाएर कर छलेको आशंकामा विभागले विदेशबाट सबै कम्पनीले ल्याउने कलसंख्या र त्यसको आय विवरण पनि प्राधिकरणबाट मागेको छ। विदेशबाट कल ल्याउने र विदेश कल पठाउने अनुमति भएको एनसेल पनि छानबिनको दायरामा परेको छ। विदेशबाट आउने कलको विदेशी मुद्रामा सरकारले १३ प्रतिशत भ्याट, १० प्रतिशत दुरसञ्चार सेवा शुल्क, चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामिण दूरसञ्चार विकास कोषमा लिने गरेको छ।

एनसेलले २०६६ सालमा पुरानो कम रकमको बिल देखाएर ५ लाख ५२ हजार ७ सय १० डलरमा लाग्ने बराबरको कर छलेको पुष्टि भइसकेको छ। उसको भन्सार छली पत्ता लागेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालले त्यसका लागि एनसेललाई २०० प्रतिशत जरिवाना गरेर ५५ लाख भन्दा बढी रकम असुल गरेको छ। (साभारः दूरसञ्चार डट कम)

एनसेलले मोबाइल इक्प्युपमेन्टको प्रज्ञापन पत्र लिएर युपीएस र ब्याट्रीको भन्सार चोरी गरेको तथ्य प्रमाणित भइसकेको छ। राजश्व अनुसन्धान विभागले २०६६ असार २५ मा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा १ अनुसार बिगो बमोजिमको जरीवाना ४० लाख र कैद वापतको ३६ हजार पाँचसय धरौटी माग्ने निर्णय गरेको थियो। राजस्व न्यायाधिकरणका अध्यक्ष दीपककुमार कार्कीको नेतृत्वको टोलीले २०६८ फागुन १५ गते एनसेलले भन्सार चोरी गरेको भनेर राजश्व अनुसन्धान विभागले गरेको जरिवानाको निर्णय सदर गरेको थियो। (साभारः दूरसञ्चार डट कम)

एनसेलले विश्व सम्पदा सूचिमा समेत दर्ता भएको सगरमाथा राष्ट्रिय निकुञ्जमा राज्यका निकायलाई जानकारी नदिई र निकुञ्जको अनुमति नै नलिई मोबाइल टावरहरु जडान गरेको थियो। यसो गरेकोमा निकुञ्जले उसलाई पत्रसमेत काटेको थियो। तर यसबाट पनि एनसेल चेतेको छैन। द ग्रेट हिमालयन ट्रेल भन्दै केही अघि भएको पदयात्राका विभिन्न स्थानमा अनुमति नै नलिई एनसेलले अवैध बिटिएस राख्‍ने तयारी गरिरहेको स्रोतले बताएको छ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरभन्दा बाहिर गएर (भित्री रूपमा मूल्य घटाउने-प्राइस कटिङ र बीचैमा अधिक शुल्क लिने गरिरहेको कुरा उसकै वेबसाइटको नियमित भ्रमण गर्ने हो भने थाहा हुन्छ। एकै प्रकृतिका सेवामा फरक-फरक दर तोकेर नियामक निकायलाई झुक्याइएको छ। (साभारः पत्रकार गजेन्द्र बुढाथोकीको फेसबुक स्टायटस)

१०

लगानीकर्ता तर्सन्छन, भाग्छन भनेर कानुनी प्रकृया छलेर गरिने कुनै पनि किसिमको अवैध कारोबारलाई बढावा दिइनु हुँदैन । एनसेलले पाएको स्पेक्ट्रम घोटालाका बारेमा नेपालका टेलिकम बिट हेर्नेलाई धेरै थाहा छ (तर किन लेख्दैनन्?) यो भारतको टुजी स्पेक्ट्रम घोटाला भन्दा भयावह छ। (साभारः पत्रकार गजेन्द्र बुढाथोकीको फेसबुक स्टायटस)
[नेपालका मिडिया लाचार छन्। एनसेलका यस्ता कुकृत्यबारे केही लेख्‍न सक्दैनन्। तपाईँ हामी के गर्न सक्छौँ ? फेसबुक, ट्विटर, आफ्ना ब्लग जस्ता वैकल्पिक मिडियाबाट यसको सक्दो प्रचार गर्न सक्छौँ। सुनिन्छ वैकल्पिक मिडियालाई समेत चुप बनाउन एनसेलले रणनीति बनाउन थाल्दैछ। मूलधारका मिडियाले खुलासा गर्न नसक्ने एनसेलका बदमासीका कुरा, प्रमाण भए र माइसंसारमार्फत् त्यसलाई सार्वजनिक गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ।]

Tuesday, October 16, 2012

आजदेखि दशैं सुरु, घरघरमा जमरा राखिँदै - onlinekhabar

३० असोज, काठमाडौं । हिन्दुहरुको महान् चाड बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म परम्परानुसार दुर्गा भवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
बडादशैंको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
आज ११ :०७ बजे बिहान घटस्थापना, कात्तिक ८ गते बुधवार विजयादशमीका दिन बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी कात्तिक ५ बुधवार फूलपातीका दिन बिहान ०९:११ बजे तुलजाभवानीको यात्रा तथा ०९:५१ बजे थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११:४३ बजे तुलजाभवानीको यात्रा तथा १२:३९ बजे थिराशनका लागि साइत जुरेको छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिक पहँेलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।
यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
बडादशैँको सातौँ दिन कात्तिक ५ गते आइतबार मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दशैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।
परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रि पूजा आरम्भ गरिन्छ ।
विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्यहरू सपरिवार बसेर दशैँ मनाउन घर र्फकने क्रम सुरु भइसकेको छ । घर जान र घर र्फकनाका लागि राजधानीमा मानिसहरूको आउने र त्यहाँबाट बाहिर जाने क्रम बढिरहेको छ ।

Monday, October 15, 2012

मेरो जिब्रो कालो छ - nayapatrika



निहिता विश्वाससँग रमाइलो संवाद

तपाईं १९ वर्षको उमेरमा ६३ वर्षका चाल्र्स शोभराजसँग बिहे गरेर अचानक चर्चामा आउनुभयो । दुनियाँलाई त्यो नाटकजस्तो लाग्यो, तपाईं पनि कतै चर्चामा हुनुहुन्न, कस्तो छ वैवाहिक सम्बन्ध ? केही गडबड त भएको छैन नि ?

मान्छेलाई सब नाटकजस्तो लाग्छ । किनभने चाल्र्सलाई मिडिया र समाजले काल्पनिक पात्रजस्तो बनाइदिएको छ । सिरियल किलर, बिकिनी किलर, अन्तर्राष्ट्रिय अपराधीजस्ता अनेक शब्द बनाएर, अनेक कथा रचेर उसलाई फसाइएको छ । हुँदै नभएको कहानी रचेर, त्यसमा 'बटर' लगाएर, तड्का लगाएर मसलेदार बनाइएको हो । तर, हाम्रो सम्बन्ध कुनै नाटक होइन, समर्पण हो । यो टुट्नेवाला छैन ।

होइन, आठ नौ देशमा मान्छे मारेर हिँडेको, जेल पनि तोडेर भागेको अनौठो पात्र भनेर शोभराजको आफ्नै छवि थियो । तर, 'बटर’ तपाईंले लगाउनुभयो, जेलभित्र रहेको ६३ वर्षको मान्छेलाई जेलबाहिर रहेकी १९ वर्षकी तपाईंले बिहे गर्नुभयो, ँतड्का’ लगाएर कहानीलाई रोमाञ्चक त तपाईर्ंले बनाउनुभयो नि, होइन र ?

हो, भाँडा आफँै तातेको थियो, मैले पानी हालिदिए । रनक्क तातेको भाँडोमा पानी हाल्यो भने झ्वाइँ गर्छ । कुरा त्यत्ति हो ।

शोभराज आफैँ 'स्टन्टम्यान’ हुन् । उनले भारतको सबैभन्दा कडा मानिने तिहाड जेलसमेत तोडेर भागेको कथा छ । उनको सनसनीपूर्ण ँस्त्रिmप्ट’मा तपाईर्ंले पनि ँस्टन्ट’ थप्नुभयो, यो सब योजनाबद्ध हो कि होइन ?

चाल्र्सको नाम विश्वभरि छ, दुनियाँले उसलाई चिन्छ,  उसको नाम सुनेर मलाई पनि डाह लाग्छ । त्यसको मतलब के हो भने म उसको नामको सहारामा चिनिन चाहन्नँ । मैले आफ्नो पहिचान आफँै बनाउनुपर्छ । उसको नामबाट फाइदा उठाउनुपर्ने
केही छैन ।

शोभराजसँग जोडिएकाले त तपाइर्ं पत्रिका र टिभीमा छाउनुभयो, होइन भने तपाइर्ंलाई मिडियाले ँफलो’ गथ्र्यो र ?

हेर्नोस्, जतिवेला 'स्क्यान्डल' भयो, म १९ वर्षकी मात्र थिएँ । त्यो भनेको घरमा बसेर टिभीमा फिल्म हेर्ने उमेर हो । तर, म सारा टेलिभिजनमा आएँ । शोभराजसँग जोडिएर आउनु भाग्यको खेल हो । तर, म टिभीमा आउने निश्चित थियो । मलाई टीका लगाउँदा मम्मीले भन्नुहुन्थ्यो- सिएएनको रिपोर्टर भएस् । मम्मीको आशीर्वाद लाग्यो, म रिपोर्टर भइनँ, तर सारा रिपोर्टरले मेरो समाचार लेखे । मिडियामा आउनु मेरो भाग्यमा थियो ।

शोभराजसँगको सम्बन्धको भाग्यरेखा त तपाइर्ं आफँैले कोर्नुभएको हो । सिरियल किलर भनेर उनको खुँखार छवि छ, बिकिनी किलर पनि भन्छन् मान्छेहरू, युवतीसँग प्रेम गर्ने, उसलाई मार्ने र बिकिनी लगाएर छाडिदिने डरलाग्दो पात्रसँग धेरै मान्छे डराउँछन्, तपाईं कसरी नजिक हुनुभयो ?

यति भयानक चित्र हावा-हावामा बनेको हो । बिकिनी किलर भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ ? उसले लोग्ने मान्छे पनि मार्‍यो भनेर चर्चा छ, के लोग्ने मान्छेलाई पनि बिकिनी लगाइदियो ? विश्वभरि ऊविरुद्ध मुद्दा छन् भनेर प्रचार छ, खोई कुन देशमा छ ? यदि मुद्दा छ भने ऊ यो देशको जेलमा छ, त्यो देशको अदालत र प्रहरीले नेपाल सरकारलाई पत्राचार किन गर्दैन ? थाइल्यान्डमा उसले सजाय पाएको भनिन्छ, तर वास्तवमा ऊमाथि त्यहाँ एफआइआरसमेत दर्ता भएको छैन । तर, मनगढन्ते रूपमा सबैतिर एउटै हल्ला फैलाइएको छ, त्यसैको आधारमा अदालतले फैसला दिएको छ ।

तपाईं आफैँ वकिल पनि होइन, पुलिस, प्रशासक पनि होइन, शोभराजसँग सम्बन्ध कसरी जोड्नुभयो ?

हेर्नोस्, चार वर्षअघि प्लस टु सकेपछि म अमेरिका जाने तयारीमा थिएँ । हाम्रो युवा पुस्ताको 'टे्रन्ड' नै हो नि, हाइस्कुल पास गरेपछि विदेश जाने । म विदेश जान टोफल पढ्दै थिएँ । त्यहीवेला चाल्र्स शोभराजका प|mेन्च वकिल इजाबेल कोटेन्ट पियरेलाई नेपाली सहयोगी चाहिएको रहेछ । म अंग्रेजी पनि राम्रो बोल्ने, बोलक्कड पनि । त्यसैले उनीहरूले मलाई रोजे । पियरे भन्ने महिला 'क्रिमिनल ल' को क्षेत्रमा विश्वभरि चर्चित वकिल हुनुहुन्छ । जब मैले उहाँबारे सुनेँ, कुनै न कुनै हिसाबले उहाँसँग जोडिन पाए हुन्थ्यो भन्ने लाग्यो । तर, यो कुरा निश्चित हुन्जेल पियरे नेपालबाट फर्किसक्नुभएको रहेछ । हाम्रो भेट भएन । मैले चाल्र्सलाई भेटेर भनेँ, 'तिम्रो त वकिल फर्किसक्नुभएछ ।' उसले भन्यो, 'तर, तिमी मलाई सहयोग गर न, मैले वकिलहरूसँग इमेलमा संवाद गरिरहनुपर्छ, तिमीले सहयोग गरे मलाई सजिलो हुन्छ ।' मैले हुन्छ भनिदिएँ । त्यसपछि कामकै सिलसिलामा हाम्रो लगातार भेट हुन थाल्यो ।  ऊ पनि कानुनको विद्यार्थी, साइन्स पनि पढेको, अरू धेरै विषय पढेको । साँच्चै स्मार्ट र इन्टलिजेन्ट मान्छे ।  हामी एकअर्काप्रति प्रभावित भयौँ । एक दिन उसले अचानक भन्यो, 'इट्स टाइम टु गेट म्यारिड ।' मैले तीन सेकेन्डमा हुन्छ भनिदिए ।

तीन सेकेन्डमा के सोच्नुभयो तपाईंले ?

मैले तीन सेकेन्डमा सोचेँ- मलाई थेग्न सक्छ । त्यसभन्दा बढी मैले केही सोचिनँ । अचानक हुन्छ भनिदिएँ । त्यसको केही दिनपछि हाम्रो बिहे भयो ।

भनेपछि तपाईंलाई थेग्न धेरै चुनौतीपूर्ण काम रहेछ है ?

मलाई त मेरी मम्मीले पनि त्यसै भन्नुहुन्थ्यो । साथीहरू पनि भन्थे- यस्तालाई मिल्ने मान्छे कस्तो होला । म साह्रै छुची, मनमा लागेको कुरा भनिहाल्ने, झगडा पनि गरिहाल्ने । त्यसैले जसतसले तह लगाउन सक्दैन, थेग्न सक्दैन भन्ने मलाई पनि लागेको थियो । तर, शोभराजको प्रस्ताव आउनासाथ तीन सेकेन्डमा मैले सोचेँ- यसले चाहिँ थेग्न सक्छ ।

अनि, बिहेको कुरा गर्दा आफन्त खासगरी मम्मी त ँसक्ड’ हुनुुभयो होला । कि उहाँलाई पहिले नै इच्छा थियो ?

चाल्र्ससँग हाम्रो भेट भएको त धेरै पछि हो । तर, ऊ कहाँ-कहाँ हुँदा पनि हाम्रो परिवार उसको 'फ्यान' । हाम्रो मामा उस जमानामा कोलकातामा हुँदा चाल्र्सको बारेमा सुनेर उसलाई 'रोल मोडेल' मान्नुहुन्थ्यो रे । फोटो हेरेर ऊजस्तै स्टाइल निकाल्नुहुन्थ्यो रे । त्यसको प्रभाव मम्मीलाई पनि परेको रहेछ । त्यसैले उहाँहरू अहिले पनि भन्नुहुन्छ, 'आफ्नै ज्वाइँ बन्नुरहेछ र त्यो जमानादेखि त्यो मान्छे हाम्रो मनमा बसेको ।' खासमा शोभराजलाई उहाँहरू धेरै राम्रो मान्छे मान्नुहुन्छ, त्यसैले मैले ऊसँग बिहे गरेर अभिभावकलाई पनि खुसी बनाएको छु ।

उमेरमा त ४४ वर्षको फरक परिहाल्यो, तपाईं मात्र १९ वर्षकी हुनुहुन्थ्यो, बिहेको दिन पनि सेन्ट्रल जेलमा तपाईं ललिपप चुसिरहनुभएको थियो, एकदम बालबिहेजस्तो देखिएको थियो नि ?

ललिपप भनेपछि म क्रेजी छु, चौबीसै घन्टा मसँग ललिपप हुन्छ । अहिले पनि ब्यागमा होला । म सानो हुँदा पनि मम्मीले बट्टाका बट्टा ललिपप ल्याइदिनुहुन्थ्यो । अहिले पनि ललिपप बोकेर हिँड्छु, मौका मिल्नासाथ खाइहाल्छु । त्यसैले बिहेको दिन पनि त्यस्तो देखियो होला, तर म बूढी हुन्जेल पनि ललिपप छोड्दिनँ ।

तपाईंको मम्मी वकिल नभएको भए शोभराजसँग चिनजान हुन्थ्यो ?

यस विषयमा मिडियालाई ठूलो भ्रम छ । खासमा शोभराजसँग मेरो चिनजान हुँदा मम्मी र उसको चिनजान थिएन । प|mेन्च वकिलको सहयोगी बन्ने प्रक्रियामा मेरो र चाल्र्सको चिनजान भयो । मैले ऊसँग कुरा गर्दा मम्मी पनि 'क्रिमिनल लयर' हुनुहुन्छ भनेकी थिएँ । उसले चासो लिएर 'मेरो केस पनि हेर्न लगाऊ न' भनेर अनुरोध गरेपछि बल्ल उहाँहरूको चिनजान भएको हो । तर, मान्छेहरू आमाका कारण छोरीको चिनजान र बिहे भयो भन्ने भ्रममा छन् ।

बिहे गरेपछि जोडीहरू हनिमुन जान्छन्, आफ्ना भावी योजना बनाउँछन् । तर, तपाईं एउटी अनौठी युवती, जसको श्रीमान् बिहेको दिनमा पनि बारभित्र छ, सँगै कहिले हुने हो थाहा छैन । तपाईंलाई कहिलेकाहीँ नरमाइलो लाग्दैन ?

कहिले होला मेरो श्रीमान् मसँग भन्ने प्रश्न त अवश्य आउँछ । तर, अचानक ममाथि कुनै विपत्ति आएको होइन । ऊ जेलभित्र छ, ऊमाथि अन्याय भएको छ, अन्यायको विरुद्ध बोल्नुपर्छ र चाल्र्सलाई साथ दिनुपर्छ भनेर मैले बिहे गरेकी हुँ । बिहे गर्दा ऊसँग रमाइलो क्षण बिताउन पाइन्छ भन्ने मलाई लागेको थिएन । तर, म भाग्यमा विश्वास गर्ने मान्छे हुँ, एक दिन ऊ र म सँगै हुनेछौँ, म विश्वस्त छु ।

तपाईं चाल्र्स शोभराजको डिफेन्डमा यति धेरै बोल्नुहुन्छ । तर, मिडियालाई विश्वास गर्नुहुन्न, एकदिन तपाईं टेलिभिजनमा भन्दै हुनुहुन्थ्यो, ँआई हेट नेपाली मिडिया,’ यति धेरै आक्रोश किन ?

हो, मैले भनेकै हुँ । मलाई 'र्‍याग' गर्ने पनि नेपाली मिडिया हो, त्यसैले आक्रोश पनि त्यही क्षेत्रमाथि पोखेकी हुँ । मिडियामा चाल्र्सका विषयमा जति समाचार आएका छन्, ती निश्चित 'माइन्ड सेट'का आधारमा आएका छन्, तथ्यका आधारमा होइन । मैले पनि मिडिया बुझेकी छु, ९५ प्रतिशत समाचार हुनुपर्छ, पाँच प्रतिशत टिप्पणी हुनुपर्छ । तर, हाम्रो मिडियाले चाल्र्सको विषयमा ९५ प्रतिशत आफ्नो धारणा राखेर पाँच प्रतिशत तथ्य दियो । यति धेरै अन्याय भएपछि मैले आक्रोश पोखेकी हुँ ।

नेपाली मिडियामाथि तपाईंले आक्रोश पोख्नुभयो, तर तपाईंलाई भारतीय मिडियाले कस्तो व्यवहार गर्‍यो भन्ने विषयमा म एउटा उदाहरण सम्झाउँछु- स्टार न्युजमा एक दिन प्रोमो आइरहेको थियो, 'आज स्टार न्युजकी स्टुडियोमे आएगी कातिलकी पत्नी, आज बोलेगी कातिलकी पत्नी, देखिए रात नौ बजे ।’ पछि नौ बजे कार्यक्रम सुरु भयो, सञ्चालक दीपक चौरसियाले 'आज हामरे साथ हे एक कातिलकी पत्नी’ भन्दै तपाईंलाई स्वागत गरे, यस्तो सुन्दा तपाईंलाई आनन्द आयो ?

स्टार न्युजले कातिलकी पत्नी भनेर मलाई सम्बोधन गर्‍यो । तर, त्यो दीपक चौरसिया जम्माजम्मी कति मिनेट बोल्यो, दुई मिनेट, तीन मिनेट । बाँकी समय त मैले बोल्न पाएँ नि । आफ्नो श्रीमान्माथि अन्याय भएको छ भनेर ठोकुवा गर्न पाएँ नि । एकछिन उनीहरूले कातिलकी पत्नी भनेर के भयो ? कार्यक्रममा आउनु भनेर उनीहरूले निम्तो दिएका हुन्, काठमाडौंदेखि जहाजको भाडा र बस्नेलगायत सम्पूर्ण खर्च उनीहरूले व्यहोरेका हुन् । त्यसमाथि उनीहरूको स्टुडियोमा बोलाएर आधा घन्टा कार्यक्रम गर्ने भनेका थिए । कार्यक्रम यति हिट भयो, उनीहरूले समय थपेर मलाई प्रश्न गरे, मैले पुग्यो भन्दा पनि दीपक चौरसियाले 'प्लिज म्याडम, थोडीदेर और' भनी मेरो अन्तर्वार्ता लिए । यसले मलाई बेफाइदा भएन ।

'सुनिए कातिलकी पत्नीका गाना’ भन्दै उनीहरूले उद्घोषण गरिरहेका थिए, तपाईं खुरुखुरु गीत गाइरहनुभएको थियो ?

म अन्तर्वार्ता दिन त गएँ । तर, त्यहाँ पुगेपछि एक वाक्य हिन्दी बोल्नुस् भन्दा म छक्क परेँ, 'लौ अब कसरी बोल्ने होला ?' तर अन्तर्वार्ता सुरु भएपछि मेरो भावना यसरी बग्यो कि म कुनै पनि कुरामा रोकिनु परेन । अझ तथ्य र भावना प्रस्तुत गर्दै जाँदा मैले गीत पनि गाइदिएँ । मैले उनीहरूले जुन भने त्यही गीत गाएकी होइन । चाल्र्स र मेरो सम्बन्ध र परिस्थिति बुझाउने गीत गाएकी हुँ, त्यो पनि स्वतस्फूर्त रूपमा गाएकी हुँ । मेरो बुबा बंगाली हुनुहुन्थ्यो, बंगाली खुनमा संगीत आफसेआफ बग्छ ।

तपाईंले तीन/चारवटै गीत गाउनुभयो नि ?

चाल्र्ससँग एकपटक कुरा हुँदा उसले मलाई भनेको थियो, 'कभी कभी मेरे डिलमे खयाल आटा हे, कि जैसे टुम्हे बनाया गया हे मेरे लिए ।' के भन्छ यो भनेर एकछिन म छक्क परेँ । पछि स्टार न्युजमा अन्तर्वार्ता दिँदा अचानक मलाई चाल्र्सले गाएको त्यो गीत आयो, मैले गाइदिएँ । जगजित सिंहको 'गमका खजाना,' कैलाश खेरको 'शैयाँ...' बोलको गीत गाएँ । अन्तर्वार्ता दिँदा नै मेरो मुख सुकिसकेको थियो । तर, मलाई रोकिन मन लागेको थिएन । त्यसैले पानी पिउँदै, गीत गाउँदै गरेँ । दिल खोलेर बोल्न पाएकामा मलाई सन्तोष छ । अझ कार्यक्रम सञ्चालक दीपक चौरसिया इन्डियाका टफेस्ट पोलिटिकल जर्नालिस्ट हुन् । उनलाई मैले भनिदिएँ, 'चाल्र्सलाई किलर भन्ने अधिकार/प्रमाण के छ, तपाईंसँग ?' उनी विचरा के भनौँ के भनौँ भए । किचिक्क हाँसेर हामी ब्रेकमा जान्छौँ भने । मलाई प्रश्न सोध्न नसकेर उनले कमर्सियल ब्रेक लिनुपर्‍यो । त्यसमा पनि मलाई खुसी नै छ ।

तपाईं इन्डियन टेलिभिजनको रियालिटी सो ँबिगबोस’मा पनि जानुभयो, कस्तो रह्यो अनुभव ?

हेर्नुस्, बिगबोसमा म पोहोरको सिजनमा गएकी हुँ । तर, मैले अघिल्लै वर्ष भनेकी थिएँ, 'अर्को साल जाने त मै हुँ ।' ल हेर्नुस्, मेरो जिब्रो कालो छ क्या Û कालो जिब्रो भएको मान्छेले जे भन्यो त्यही पुग्छ । अर्को वर्ष मलाई अफर आयो । म परीक्षाको तयारीमा थिएँ, परीक्षा छाडेर जाँदिनँ भनेँ । उनीहरूले एकदिन अघि आए पनि हुन्छ भने । म परीक्षा सकेर आज गएँ, भोलि बिगबोसको हाउसमा छिरेँ ।

तर, पहिलो हप्तामै आउट हुनुभयो नि ?

नेपालीले जित्ने चान्स नै छैन । त्यहाँका मान्छे खुलस्तै भन्थे, 'प्रशान्त तामाङपछि अब कुनै पनि नेपालीभाषीले रियालिटी सो जित्दैन, हामी दिन्नौँ ।' त्यसमाथि बिगबोस भनेको झगडाको अखडा हो, त्यहाँका अरू सहभागीसँग हामी झगडा गर्नै सक्दैनौँ । झगडा गरेर, टिआरपी बढाउन सके मात्रै सोमा टिक्न सकिन्छ ।

झगडा त तपाईंले पनि सुरु गर्नुभएको थियो, त्यसैले तपाईंलाई शक्ति कपुरदेखि अरू धेरैले आउट गर्न नोमिनेट गरेका थिए नि ?

शक्ति कपुरलाई नेपालसँग पुरानो रिस थियो । एकपटक नेपाल आएको बेला रेखा थापालाई चिमोटेपछि ठूलो विवाद भयो । नेपाली मिडियाले शक्ति कपुरका बारेमा धेरै नराम्रो लेखे । उसलाई त्यो रिस थियो । त्यसैले म नेपाली भन्नासाथ सुरुमै नोमिनेट गर्‍यो । तर, मेरो व्यवहार देखेपछि उसले धेरै पछुतो मानेको थियो । मेरी आमापछि शक्ति कपुर नै त्यस्तो मान्छे हो, जसले मलाई बेटा भनेर बोलायो । पछि 'फिनाले'मा पनि उसले भन्दै थियो, 'सरी बेटा, मैले गर्दा तँ पहिलो हप्ता नै निस्किनुपर्‍यो ।' तर, म पहिलो हप्तामै निस्किएको राम्रो भयो । त्यतिन्जेलसम्ममै म बिरामी भइसकेकी थिएँ । बाहिर निस्किएपछि उपचार गर्नुपर्‍यो । त्यहाँ यति धेरै झगडा हुन्छ, यति धेरै तनाव हुन्छ, मान्छे बाहिर निस्किएपछि पनि कन्फ्युजमा परिराख्छ ।

तपाईंले बिगबोसबाट पारिश्रमिक पनि लिनुभयो होला, अनि त्यो कार्यक्रम, त्यहाँको झगडा 'स्त्रिmप्टेड’ हो कि होइन ? मान्छेले के गर्ने, के बोल्ने भन्ने प्रोड्युसरले सिकाउँछन् कि सिकाउँदैनन् ?

पारिश्रमिक त मैले लिएँ । हामी त सेलिब्रेटी हो, पैसा नपाई त्यो पागलखानामा गएर को बस्छ ? पूरै स्त्रिmप्टेड होइन र शतप्रतिशत स्वतस्फूर्त पनि होइन । तर, आउट गर्ने कुरा दर्शकको भोटमा होइन, अरू कुराबाट तय हुन्छ । भोटको आधारमा निकाल्ने भन्ने कुरा झुटो हो ।

तपाईंले त्यहाँ केही छाप छोड्न सकेजस्तो लाग्छ ?

मैले लोकपि्रयता कमाएँ । बिगबोसको इतिहासमा, बिगबोसको वेबसाइटमा म मात्रै एउटा सेलिब्रेटी हुँ जसको विषयमा एउटा पनि नकारात्मक टिप्पणी आएको छैन । त्यसमाथि कार्यक्रममा इन्ट्री गर्दा मैले सलमान खान र सञ्जय दत्तका अगाडि एउटा डायलग दिएकी थिएँ । उनीहरूले मलाई सोध्दै थिए, 'चाल्र्स शोभराजले हामीलाई टिभीमा देख्न सक्छन् कि सक्दैनन् ?' मैले भनेँ, 'ऊसँग टिभी छ, यो कार्यक्रम पनि हेरिरहेको छ ।' सलमान र सञ्जय दत्त पनि जेल परेका हुन्, त्यसैले मेरो कुरा सुनेपछि सञ्जय दत्तले भने, 'भाइ हमलोगके लिए तो टिभी नही था ।' तब मैले भनेँ, 'आपलोगको टिभी नही मिला, लेकिन मेरे पतिको न्याय नही मिला ।' तर यो मेरो डायलग प्रसारण भएन ।

तपाईंले अदालतमा, जेलमा, अन्तर्वार्तामा र रियालिटी सोमा समेत चाल्र्स शोभराजको डिफेन्ड गरिरहनुभएको छ । तपाईं अहिले त २३ वर्षकी हुनुभयो, ३३ वर्षअघि चाल्र्सले नेपाल आएर पर्यटक मारेको अभियोग अदालतबाट पुष्टि हुँदा पनि तपाईं केको आधारमा उसलाई निर्दोष देख्नुहुन्छ ?

मैले बोल्ने भनेको डकुमेन्टका आधारमा हो । अदालतले फैसला दिने पनि त्यही आधारमा हो । तर, ऊमाथि अन्याय भइराख्यो । उसले मान्छे मार्‍या हो भने देख्ने मान्छे को थियो ? प्रमाण के छ ? प्रमाण केही छैन । तैपनि विचरालाई फसाइएको छ । न्यायबाट वञ्चित गराइएको छ । तैपनि उसले हार मानेको छैन । मैले उसलाई माया गर्नुपर्ने एउटा कारण पनि त्यही हो ।

विभिन्न चरणका अदालतले शोभराजलाई दोषी साबित गरे, तर तपाईंले फैसला स्विकार्नुको साटो अदालत परिसरमै न्यायाधीशलाई गाली गर्नुभयो, तपाईंकी मम्मी आफैँ वकिल हुनुहुन्छ, आमाछोरी मिलेर किन त्यसरी भड्किनुभयो ?

मैले जे देखेँ, त्यो बोलेँ, अदालतले अन्याय गरेको हो । त्यो मलाई स्वीकार्य छैन । त्योभन्दा बढी मैले केही भनेकी छैन ।

'ब्लडी जजेज’ भन्नुभन्दा ठूलो गाली के हुन्छ र ?

ब्लडी भनेको गाली होइन, त्यो बुझ्नेको कमजोरी हो । ब्लडसँग नजिक भनेको ब्लडी हो । तैपनि अदालतले त्यसलाई इस्यु बनायो, अवहेलना साबित गर्‍यो । त्यसैले मैले माफी मागेँ । अपशब्द बोलेकामा मात्र मैले माफी मागेको हुँ । तर, चाल्र्सको विषयमा दिइएको फैसला स्वीकार्य छैन पनि भनेकी छु । त्यसमा म अहिले पनि अडिग छु ।

जिल्लादेखि सर्वोच्चसम्मले फैसला दिएपछि तपाईंहरूसँग बाँकी के छ अब ?

बाँकी धेरै कुरा छ । यहाँको सर्वोच्च अदालतभन्दा पनि युएनको आइसिसिपिआर (इन्टरनेसनल कोभिनेन्ट अन सिभिल एन्ड पोलिटिकल राइट्स) को आदेश ठूलो हुन्छ । आइसिसिपिआरले चाल्र्सको विषयमा अध्ययन गरेर फैसला दिएको छ- शोभराज निर्दोष छ, उसलाई क्षतिपूर्तिसहित रिहा गर । तर, नेपाल सरकारले यो सुनेको छैन । सुरुमा १२ पृष्ठको आदेश आएको थियो, त्यसपछि तीनपटकसम्म नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको छ । यसले अन्तर्राष्ट्रिय नियम-कानुन नमान्ने भनेर नेपालको बेइज्जत भएको छ । बेइज्जत सहेर पनि यहाँको सरकार चाल्र्सलाई जेलमै राख्न चाहन्छ । तर, यो कतिन्जेल चल्ला ? दोस्रो कुरा, कानुन भनेको कि कानुनविद्ले जान्दछ, कि कानुनपीडितले । म कानुनपीडित हो । मेरो श्रीमान्लाई अन्यायपूर्वक विनाप्रमाण दोषी भनेर जेलमा राखिएको छ, अन्याय भयो भनेर मैले बोल्दा अदालतको अवहेलना गर्‍यो भनेर दण्डित गर्ने काम पनि भयो । त्यसैले म पीडित मात्र होइन कानुनविद् पनि बन्छु भनेर अहिले नेपाल ल क्याम्पसमा एलएलबी पढ्दै छु । संयोग हो, मेरी मम्मीलाई यही कलेजमा पढ्दा थर्ड इयरको परीक्षाको एक दिन 'लेबर पेन' भएछ । उहाँ परीक्षा छाडेर हस्पिटल जानुपर्‍यो । अनि म जन्मिएँ । त्यसैले मम्मी भन्नुहुन्छ, 'आधा कानुन त तैँले पेटमा सिकेकी छस् ।' अब बाँकी आधा कानुन सिक्न पढ्न थालेकी छु । सौभाग्य हो, जुन कलेजमा पढ्दा आमाको परीक्षा एक वर्ष रोकियो र म जन्मिएँ, आज त्यही कलेजमा पढ्दै छु । मलाई भविष्यमा वकिल अथवा न्यायाधीश बन्न नदिन अहिले नै षड्यन्त्र भएको छ । तर, म एक दिन वकिल बनेर म र मेरो श्रीमान्माथि अन्यायपूर्वक फैसला गर्नेहरूलाई प्रश्न सोध्नेछु, नेपालमा भएन भने पनि विदेशमा पुगेर पनि यो पेसामा रहनेछु ।
(अन्तर्वार्ताको अन्त्यतिर निहिताको मोबाइलमा फोन आयो । उताको कुरा सुनेपछि उनले आत्तिदै फोनमा सोधिन्, 'अहिले चाल्र्सको सिचुएसन कस्तो छ ?' जेलमा रहेका चाल्र्स शोभराजलाई केही गडबड भयो भन्ने अनुमान गर्न गाह्रो भएन । उनले फोन राखेपछि कुरा फेरि सुरु भयो ।)

केही गडबड भएजस्तो छ नि ?

हो, हिजो राति चाल्र्सलाई जेलमै भाइनाइकेले हातपात गरेछ । घाँटी समातेको थियो रे Û तर, चाल्र्स पनि मान्छे त दह्रो छ । त्यसैले उसलाई केही भएन । तर, उसलाई सिध्याउन धेरैपटक प्रयास भएको छ । ऊ भाग्छ भनेर जेलभित्र एक्लै राखिएको छ, तैपनि अर्को मान्छे छिरेर ऊमाथि हातपात कसरी गर्न सक्यो ? विषय यति गम्भीर छ । तर, यहाँ सबैतिरबाट हामीलाई खेदिएको छ, हामीमाथि अन्याय भइरहेको छ ।
उमेश चौहान

त्रिविका विभागमा विद्यार्थीभन्दा चार गुणा बढी प्राध्यापक - nayapatrika

भवानीश्वर गौतम

त्रिभुवन विश्वविद्यालयका करिब आधा दर्जन केन्द्रीय विभागमा विद्यार्थीको खडेरी छ । ती विभागमा एउटा प्राध्यापकले एउटा विद्यार्थीसमेत पाउन सकेका छैनन् । विद्यार्थीभन्दा चार गुणासम्म बढी रहेका प्राध्यापकलाई जागिर धान्नै समस्या परेको छ ।
शिक्षाशास्त्र संकायका इतिहास, राजनीतिशास्त्र, भूगोल विषयका विभागमा विद्यार्थीको खडेरी छ । मानविकी संकायका संस्कृत, हिन्दी, भाषाविज्ञान, बुद्धिष्ट, साइकोलोजी, इतिहासलगायतका केन्द्रीय विभागमा पनि विद्यार्थीसंख्या न्यून छ । प्राध्यापकले आफैँ विद्यार्थी खोजेर भर्ना गरी विभागलाई विद्यार्थीशून्य हुनबाट जोगाउने गरेका छन् ।
शिक्षाशास्त्र संकायको केन्द्रीय विभागले २६ असोजसम्म भर्नाको अन्तिम म्याद तोकेको थियो । तर, सो अवधिमा इतिहासमा दुई, राजनीतिशास्त्रमा दुई र भूगोलमा तीन विद्यार्थीमात्र भर्ना भएका छन् । इतिहास, राजनीतिशास्त्र र भूगोलमा क्रमशः आठ, ६ र नौजना प्राध्यापक छन् ।
अघिल्लो वर्ष इतिहास र राजनीतिशास्त्रमा दुई/दुईजना र भूगोलमा चारजना मात्र भर्ना भएका थिए । शिक्षाशास्त्र संकायका अंग्रेजी, नेपाली, गणित, स्वास्थ्यजस्ता विषयमा भने विद्यार्थीको चाप बढी छ ।
'प्राध्यापक आफैँले मिहिनेत गरेर एक/दुईजना भर्ना गर्नुभएको छ,' शिक्षाशास्त्र संकायका एक प्राध्यापकले भने, 'इतिहास, राजनीतिशास्त्र, भूगोल विषयमा अघिल्लो वर्ष पनि यस्तै समस्या भएको थियो ।'
दुई/तीन विद्यार्थीका लागि मात्र प्राध्यापकको तलबभत्तामा त्रिविले वर्षेनी करोडौँको आर्थिक भार व्यहोर्नुपरेको छ । तर, चाप रहेका विषयका विद्यार्थीले भने सहजरूपमा पढ्न नपाएको गुनासो गर्ने गरेका छन् ।
शिक्षाशास्त्र संकाय केन्द्रीय विभाग प्रमुख प्राध्यापक शिवशरण महर्जनले पनि केही विषय त्रिविकै लागि समस्या बनेको बताए । 'कतिपय विषयमा दुई/तीन समूहमा पढाउनुपर्ने र कतिपयमा विद्यार्थी पाउनै समस्या भएको छ,' विभागीय प्रमुख महर्जनले भने ।
त्रिविले विद्यार्थीभन्दा चार गुणासम्म प्राध्यापक भएका विषयलाई हटाउनसमेत सकेको छैन । 'एउटा प्राध्यापकले एउटा विद्यार्थीसमेत पाउन नसकेका विषय पनि हटाउन सकिएको छैन,' विभागीय प्रमुख महर्जनले नयाँ पत्रिकासँग भने, 'विषय गाभ्न सम्भव छ, त्यसका लागि सबै तयार हुनुपर्छ ।' 'कोर्स रिभिजन' गरी नयाँ विषयवस्तु समेटेमा ती विषयमा विद्यार्थीको आकर्षण बढ्ने उनको भनाइ छ ।
शिक्षाशास्त्रको स्नातकोत्तर अध्ययन गरेका अधिकांश विद्यार्थी पछि शिक्षण पेसामा संलग्न हुन्छन् । विद्यालय तहमा सामाजिक अध्ययन विषयमा विषयगत जनशक्तिको खाँचो भए पनि सोअनुसार उत्पादन भने हुन सकेको छैन । विद्यालय तहमा सामाजिक विषयमा इतिहास, भूगोललगायतका कुरा समेटिएको छ । तर, शिक्षाशास्त्रबाट स्नातकोत्तर तहमा इतिहास, भूगोलजस्ता विषयमा विशिष्टकृत विद्यार्थीलाई पढाउन सहज नभएकाले ती विषयमा भर्नामा आकर्षण घटेको हुनसक्ने अनुमान गरिएको छ ।
यसैगरी, मानविकी संकायअन्तर्गतको संस्कृत केन्द्रीय विभागमा प्राध्यापककै हाराहारीमा विद्यार्थी छन् । पाँच प्राध्यापक र दुई कर्मचारी सो विभागमा कार्यरत छन् । मानविकी संकायकै इतिहास केन्द्रीय विभागमा पनि विद्यार्थीभन्दा प्राध्यापकको संख्या धेरै छ । सो विभागमा १३ प्राध्यापक छन् । अघिल्लो वर्ष प्रथम र दोस्रो वर्षमा पाँच विद्यार्थी भर्ना भएका थिए । सो विभागमा तीन कर्मचारी कार्यरत छन् ।
थोरै विद्यार्थीसंख्या भएका केही केन्द्रीय विभागको आर्थिक कारोबार एकै ठाउँबाट हुने गरेको छ । कम विद्यार्थी भएका विभागलाई गाभेर खर्च कम गर्न सकिने भए पनि त्रिविले ध्यान नदिएको कर्मचारीले गुनासो गर्ने गरेका छन् ।

सिडी स्क्र्याच भयो ? टुथपेष्टले माझ्नुस् - onlinekhabar

हुनत मेमोरी कार्ड तथा पेनड्राइभ लगायतका सजिला स्टोरेज डिभाइसहरुका कारण सिडी अर्थात् कम्प्याक्ट डिस्कको प्रयोग कम भैरहेको छ । तरपनि सिडीलाई कुनैपनि डाटा संग्रह गरेर सुरक्षित राख्ने भरपर्दो साधनका रुपमा लिइन्छ ।
मुल्यमा सस्तो तथा काममा भरपर्दो मानिने सिडीमा राखिएका डाटा तबसम्म सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ । तर जब सिडी स्क्र्याच हुन्छ यसमा भएका डाटा नष्ट हुने वा सिडी नै नचल्ने सम्भावना हुन्छ । के तपाइँ लाई पनि यस्तै समस्या परेको छ ।
निकै महत्वपूर्ण डकुमेन्ट रहेको सिडी स्क्र्याच भएर कम्प्युटरमा हाल्दा नचलेपछि निरास हुनुभएको छ ? यदि हो भने अब तपाइँले केही हदसम्म खुसीको सास फेर्न सक्नुहुन्छ र तपाइँको सिडी धेरै बिग्रिसकेको छैन भने अलीअली स्क्र्याच हुँदैमा डराउनुपर्दैन यहाँ भने बमोजिम गर्नुभयो भने हल्का स्क्र्याच मर्मत हुन्छ र तपाइँको सिडी पहिलेजस्तै गरी चल्छ । यसको लागि निम्न उपाय अपनाउनर्ुपर्छ ः
  • सबैभन्दा पहिले स्क्र्याच भएको सिडीलाई साबुन पानीले राम्ररी सफा गर्नुहोस् ता की त्यसमा लागेको सबै धुलोमैलो पखालियोस् ।
  • त्यसपछि सफा नरम कपडाले सिडीलाई विस्तारै पुछ्नुहोस् ।
  • अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेष्ट लगाउनुहोस् । टुटपेष्टको लेपन सिडीको सबै भागमा विस्तारै लगाउनुहोस् ।
  • टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै राख्नुहोस् ।
  • त्यसपछि धारामा लगेर सिडीलाई राम्ररी पखाल्नुहोस्, यसरी पखाल्दा सिडीमा लगाइएको सबै टुथपेष्ट सबै पखालिनुपर्छ ।
  • यसो गर्दा तपाइँको सिडीको स्क्र्याच हट्छ र तपाइँले सिडीलाई फेरी पहिलेकै अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ ।

Sunday, October 14, 2012

तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति - mysansar



स्विडेनको Veckans Affärer ले नेपालको नम्बर एक मोबाइल अपरेटर एनसेलका मालिक टेलियासोनेराले गरेका गलत कामको पर्दाफास गरेपछि स्विडेन र फिनल्यान्डका मिडियामा यसको खुबै चर्चा चलेको छ। पत्रपत्रिका, वेबसाइट र टेलिभिजनमा समेत नेपाल समाचार बनिरहेको छ। दुई दिन बितिसक्दा पनि नेपाली मिडिया भने थाहै नपाए जस्तो गरी बसिरहेको छ। नेपाली मिडियालाई चासो नभएको विषयमा आखिर किन त्यसरी विदेशी मिडिया लागेको होला ? स्विडेनको त्यो पत्रकार किन नेपालसम्म आएर अनुसन्धान गरेको होला ? जिज्ञासा जाग्नु स्वभाविक हो। अलिकति पृष्ठभूमि बुझौँ- टेलिया स्विडेनको र सोनेरा फिनल्यान्डको टेलिकम कम्पनी हो। यी दुई मर्ज भएर टेलियासोनेरा बनेको हो। टेलियासोनेरामा स्विडेन सरकारको ३७.३ प्रतिशत शेयर र फिनल्यान्ड सरकारको ११.७ प्रतिशत अर्थात् दुई सरकारको कूल ४९ प्रतिशत शेयर छ। बाँकी ५१ प्रतिशत शेयर विभिन्न देशका कम्पनी, संस्था र व्यक्तिको छ। सरकारको समेत लगानी भएको कम्पनी भएकोले त्यहाँका मिडियाको चासो यसमा बढेको हो। अमेरिकी कम्पनी संसारको जुनसुकै कुना (विदेश) मा गएर व्यापार गरेपनि त्यस्तो गैरकानुनी काम गरेको फेला पारेमा स्वदेशमा कारवाही हुने नियम रहेछ। त्यस्तो समाचार आएपछि त्यहाँ कम्पनीलाई निकै नराम्रो असर पर्दछ र छानबिनको दायरामा पर्छ। टेलियासोनेरा त स्विडेन र फिनल्यान्डको त सरकारी लगानी कै कम्पनी भएकोले त्यहाँ यसले हङ्गामा मच्चाएको हो, नेपाललाई माया गरेर उनीहरुले यहाँको भ्रष्टाचारको समाचार बनाएका हैनन्, यसमा प्रष्ट होऔँ। फेरि पनि स्पष्ट होऔँ कि एनसेलमा टेलियासोनेराको ८० प्रतिशत सेयर छ। Veckans Affärer का पत्रकारले नेपालसम्म आएर एनसेल बारे अनुसन्धान गरेर खोजमूलक रिपोर्ट छापे। त्यसपछि टेलियासोनेराले एउटा विज्ञप्ति जारी गर्दै त्यसमा तथ्यगत त्रुटी रहेको औँल्यायो। विज्ञप्तिमा टेलियासोनेराले आफूले नेपालको शेयर तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहसँग किनेको नभई कजाखस्तानको अन्तर्राष्ट्रिय लगानी कम्पनी भिसोर ग्रुपसँग किनेकोमा जोड दिएको छ।
खण्डन विज्ञप्तिलाई एनसेलले पनि आफ्नो वेबसाइटमा शुक्रबार बिहान ११ बजेर २८ मिनेटमा राखिसकेको थियो। साथमा टेलिकम बिट भएका पत्रकारहरुलाई पनि इमेलबाट पठाइसकेको थियो। तर एनसेलको सिइओको ब्लग छाप्ने पत्रिकासहित प्रमुख कुनै पनि ठूला दैनिकहरुले यसबारे केही लेखेका छैनन्।
यो खण्डन विज्ञप्ति आएपछि Veckans Affärer ले पनि अर्को फलोअप छाप्दै तीन महत्त्वपूर्ण प्रश्नको जवाफ दिन चुनौति दिएको छ।
स्विडिश भाषामा छापिएको रिपोर्ट भएकोले गुगल ट्रान्सलेटको आधारमा कनिकुथी यसको नेपालीमा भावअनुवाद गर्ने प्रयास गरेको छु। स्विडिश बुझ्नेले मौलिक लेख यहाँ पढेर यसमा सुधार गर्ने काम गरिदिनुहोला। पत्रिकाले उठाएका तीन प्रश्न यस्ता छन्-

एक- एनसेल अफेयरबाट वास्तविक फाइदा कसलाई भयो ?

टेलियासोनेराले एनसेलको मालिक भिसोर ग्रुप भएको दावी गरेको छ। तर फाइदा कसलाई भएको हो त ? राजबहादुर सिंहलाई। फाइदा पाउने उनी भएको शंका मात्र पनि टेलियासोनेरा नेपालमा भ्रष्टाचारमा दोषी हुनसक्ने विषयमा अनुसन्धान थाल्ने कारण बन्न सक्छ।
हाम्रो अनुसन्धानले देखाएको छ कि उनीहरुले आफ्नो उज्बेकिस्तानमा रहेको व्यापार बढाउन एनसेल, राजबहादुर सिंह र राज ग्रुपलाई समावेश गर्नुपर्ने प्रतिवेदन बनाएका थिए।
यसबाहेक एनसेलको शेयर लिने अरु कम्पनीहरुको बारेमा पनि प्रश्नहरु उठ्छन्। टेलियासोनेराले भिसोर ग्रुपसँग डिल गर्नु केही अघिसम्म स्वामित्वको सूचिमा ती कम्पनीहरु थिए, तर पछि रहस्यमय ढंगले गायब भए। साइप्रसको दाल्टोट्रेड लिमिटेड पछाडि को थियो ? स्पाइस नेपाल/एनसेलको शेयर किनेसँगै टेलियासोनेराले व्यापार गरेको ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको झोदर इन्भेस्टमेन्टका मालिकहरु को हुन् ? ती कम्पनीका पछाडि वास्तवमा को छन् र क्यारेबियनको झोदर इन्भेस्टमेन्ट र साइप्रसको दाल्टोट्रेडसित किन कारोबार गर्‍यो भन्ने जवाफ दिन टेलियासोनेराले चाहेको छैन।

दोस्रो- राजबहादुर सिंहले स्पाइस नेपालको ८० प्रतिशत शेयर कसरी पाए ?

हाम्रो अनुसन्धानले देखाएको छ कि राजबहादुर सिंहको राज ग्रुपले पुराना दुई लगानीकर्ताबाट स्पाइस नेपाल (अहिलेको एनसेलको लाइसेन्स पाएको कम्पनी) सिज गरेका थिए र त्यसपछि स्विडिस-फिनिश टेलिकम जायन्टलाई बेचेका थिए। यो तथ्यलाई टेलियासोनेराले पनि इन्कार गरेको छैन।
यो जानाजानी गरिएको कानुनी र आर्थिक जटिल कारोबार थियो। स्पाइस नेपाल- अहिलेको एनसेलको स्वामित्व फ्रड तरिकाबाट नियन्त्रणमा लिएको मालिकबाट टेलियासोनेराले हात पारेको हो, उसले यो तथ्यलाई पूर्ण रुपमा उपेक्षा गरेको छ। यही तथ्यमात्रै पनि उसले गरेको अपराधबारे छानबिन थाल्ने पर्याप्त कारण हुनसक्छ।

तेस्रो- टेलियासोनेराबारे नेपालमा छानबिन हुँदैछ ? भ्रष्टाचार र घुसखोरीको अभियोग लागेको छ ?

टेलियासोनेराका सिइओ लार्स नाइबर्गले उज्बेकिस्तानकै कुरामा जस्तै तर्क गर्दै भनेका छन् कि नेपालमा भइरहेका छानबिन बारे आफूलाई केही जानकारी छैन।
वास्तवमा नेपालमा भइरहेका कानुनी प्रक्रिया एनसेलको दैनिक कामको भाग हो। टेलियासोनेरालाई यसबारे जानकारी छैन भन्नु निकै अचम्मको कुरा हो। थाहा नभएको भन्दै उसले कुरा लुकाउन खोजेको छ।
यो पनि पढ्नुस्
एनसेलले झेल गरी भन्सार छलेको प्रमाणित,५५ लाख जरिवाना
स्विडेनको पत्रिकामा एनसेल भ्रष्टाचारको पर्दाफास

Friday, October 12, 2012

६५ कम्पनीले घोषणा गरे लाभांस, वढी दिने युनिलिभर, कम दिने जनता बैंक (तालिका सहित) - bizmandu

Email
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से मा सुचीकृत ६४ कम्पनील शुक्रबारसम्म नाफाबाट लाभांस घोषणा गरेका छन् । सबैभन्दा वढी लाभांस युनिलिभर नेपालले घोषणा गरेको छ ।
युनिलिभरले गत वर्षको नाफाबाट ६ सय ८० प्रतिशत नगद लाभांस घोषणा गरेको हो । यसपछि राष्ट्रिय बिमा संस्थानले लाभांस घोषणा गरेको हो । संस्थानले ९३ प्रतिशत वोनस सेयर दिने निर्णय गरेको भएपनि बिमा समितिले साधारणसभा गर्न रोक लगाएकाले यो अनिस्चित भएको छ ।
५० प्रतिशतभन्दा वढी लाभांस चार कम्पनीले घोषणा गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १५ प्रतिशत वोनस सेयर र ४५ प्रतिशत नगद गरि ६० प्रतिशत लाभांस घोषणा गरेको छ । नबिल बैंकले २० प्रतिशत वोनस सेयर र ४० प्रतिशत नगद घोषणा गरेको छ ।
चिलिमे हाइड्रो पावर कम्पनी र मुक्तिनाथ विकास बैंकले ५० प्रतिशतका दरले लाभांस घोषणा गरेका छन् । चिलिमेले ३० प्रतिशत वोनस सेयर र २० प्रतिशत नगद तथा मुक्तिनाथले २२।५ प्रतिशत वोनस सेयर र २७।५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।
ठूला र नाम चलेका बैंकका तुलनामा क्षेत्रीय स्तरका विकास बैंकहरुले वढी लाभांस घोषणा गरेका छन् । सबैभन्दा कम लाभांस जनता बैंक नेपालले घोषणा गरेको छ । जनताले ३।६८ प्रतिशत नगद दिने भएको हो । सानिमाले ५।५ शुभलक्ष्मीले ५।७५ नगद लाभांस दिने घोषणा गरेका छन् ।

Company Bonus Share %  Cash Dividend %  Total Dividend %  Distribution Date
Uniliver Nepal Ltd.  0 680 680 N/A
Rastriya Beema Sansthan  93 0 93 N/A
Standard Chartered Bank Ltd.  15 45 60 N/A
Nabil Bank Ltd.  20 40 60 N/A
Chilime Hydro power Co.  30 20 50 N/A
Muktinath Bikas Bank Ltd.  22.5 27.5 50 N/A
Chhimek Laghubitta Bikas Bank Limited  25 17.1 42.1 N/A
Excel Development Bank Ltd.  30 10 40 N/A
Everest Bank Ltd  30 1.58 31.58 N/A
National LifeInsu. Co.Ltd.  30 1.58 31.58 9/9/2012
City Development Bank Limited  15 14 29 N/A
Sahayogi Vikas Bank  12 15.63 27.63 N/A
Bank of Kathmandu  5 21.32 26.32 N/A
Nerude Laghubita Bikas Bank Limited  15 10.79 25.79 N/A
Garima Bikas Bank Limited  10 15 25 N/A
Triveni Bikas Bank Limited  10 13 23 N/A
Resunga Bikas Bank Limited  22 0 22 N/A
Om Finance Ltd.  10 10 20 N/A
Miteri Development Bank Limited  20 0 20 N/A
Sewa Bikas Bank Limited  20 0 20 N/A
Narayani National Finance Co. Ltd.  0 18.95 18.95 N/A
Siddhartha Finance Limited  18 0 18 8/10/2012
Diyalo Bikas Bank Ltd.  0 17.5 17.5 N/A
Nepal SBI Bank Limited  12.5 5 17.5 N/A
Reliable Finance Limited  8.41 8.86 17.27 N/A
Bishwa Bikas Bank Limited  0 17 17 N/A
Shine Development Bank Limited  17 0 17 N/A
Prabhu Finance Company Limited  17 0 17 N/A
Metro Development Bank Limited  6 10 16 N/A
Summit Micro Finance Development Bank Ltd.  0 15.79 15.79 N/A
Shree Investment Finance Co. Ltd  0 15.79 15.79 N/A
First Microfinance Development Bank Ltd.  0 15.79 15.79 N/A
Arun Valley Hydropower Development Company Limited  15 0.75 15.75 N/A
Pacific Development Bank Limited  0 15 15 N/A
Kamana Bikas Bank Limited  0 15 15 N/A
Nepal Express Finance Limited  14 0.74 14.74 N/A
Gandaki Bikas Bank Limited  14.5 0 14.5 N/A
Global IME Bank Limited  3 10 13 N/A
Pathibhara Bikas Bank Limited  0 13 13 N/A
Manjushree Financial Institution Limited  12.5 0 12.5 8/31/2012
KAILASH BIKAS BANK LTD.  0 12 12 N/A
Biratlaxmi Bikash Bank Limited  12 0 12 N/A
Lumbini Bank Ltd.  12 0 12 N/A
Mahakali Bikas Bank Limited  0 12 12 N/A
Nava Durga Finance Co.Ltd.  11 0.58 11.58 8/30/2012
Paschimanchal Finance Co. Ltd  10.56 0 10.56 7/25/2012
Zenith Finance Limited  0 10.53 10.53 N/A
Tourism Development Bank Ltd.  0 10 10 N/A
United Finance Ltd  0 10 10 N/A
Laxmi Bank Limited  0 10 10 N/A
Prime Commercial Bank Limited  0 10 10 N/A
Nabil Investment Banking Ltd.  0 10 10 N/A
Kabeli Bikas Bank Limited  10 0 10 N/A
Api Finance Limtied  9.47 0 9.47 N/A
Goodwill Finance Co. Ltd.  3.5 5.5 9 N/A
UNIQUE FINANCE LIMITED  0 9 9 N/A
Maha Laxmi Finance Ltd.  0 8.42 8.42 N/A
Citizens Bank International Limited  0 8.42 8.42 N/A
Nepal Insurance Co.Ltd.  7.37 0 7.37 10/10/2012
Grand Bank Nepal Ltd.  0 7 7 N/A
Civil Capital Market Ltd  0 6.84 6.84 N/A
Subha Laxmi Finance Co. Ltd.  0 5.75 5.75 N/A
Sanima Bank Ltd.  0 5.5 5.5 N/A
Janata Bank Nepal Ltd.  0 3.68 3.68 N/A