Sunday, July 8, 2012

बोलेनन् तपस्वी बमजन - sourya daily



सिन्धुली, २४ असार । बारा प्रशासनले पक्राउ पुर्जी काटेका तपस्वी रामबहादुर बमजन सिन्धुलीमा केही सहयोगी राखेर लेखनकार्यमा व्यस्त बनेका छन् । बमजनको पत्रकार सम्मेलन भनेर बोलाइएका पत्रकारहरू भने बमजनको तस्बिर मात्र खिचेर फर्केका छन् । बमजनलाई सोधिएका अधिकांश प्रश्नको जवाफ उनका
-माधव देवकोटा
सहयोगी दर्शन लिम्बूले दिएका थिए र बमजनलाई बोल्न दिइएको थिएन ।
कमलामाई नगरपालिका–७ स्थित एक सामुदायिक वनमा रहेका बमजन लोककल्याणकारी सन्देश लेखनकार्यमा व्यस्त रहेको उनका सहयोगीहरूले बताए । बिपी राजमार्गको बुकाखोला पुलबाट करिब २ किलोमिटर भित्र रहेको जनकल्याण सामुदायिक वनमा बमजन सहयोगीसहित बस्दै आएका छन् ।
तपस्वीको पत्रकार सम्मेलन भनिए पनि तपस्वी बमजनले पत्रकारसामु तस्बिर खिच्न मात्र केही मिनेट उपस्थित भएका थिए । सहयोगी लिम्बूले अधिकांश समय पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए । बारा हलखोरिया जंगलमा बस्दा केही तस्करले जंगल पँmडानी र वन्यजन्तुको सिकार गर्न नपाएर पत्रकारसामु भ्रम फैलाएर बमजनलाई विवादित बनाएको उनले बताए । ‘हामीले जंगल छाड्दाताकाको भिडियो क्लिप्स सुरक्षित राखेका छौँ,’ उनले भने ।
चेकोस्लोभाकियाकी नागरिक मारिची मानसिक रोगी भएको र उपचार गर्न सल्लाहमै फर्किएको पनि लिम्बूले दाबी गरे । ‘मारिचीले क्याप्सुल खाएर वाइल्डलाइफ सरभाइभ गर्ने र गुरुको ध्यान भंग गर्ने उद्देश्य राखेको पाइयो,’ लिम्बूले थपे, ‘तपस्या गर्छु भनेपछि उनलाई कोठामा तपस्यामा बस्ने वातावरण बनाइएको मात्र हो । बलात्कार गरिएको होइन ।’
हलखोरियामा उठेका विवादित सम्पूर्ण आरोपको खण्डन गर्दै कुनै अपराध नगरेको बमजनका सहयोगीले बताए । बमजनले सिन्धुलीमा लोककल्याणका लागि निरन्तर लेखिरहेको र लेखिरहने योजना रहेको बताइएको छ । हाल सम्बुट्टा लिपिमा लेखेको र यसलाई १७ भाषामा तयार गरिने लिम्बूले जानकारी दिए ।