Wednesday, July 18, 2012

७ सय ५० जना प्रहरीका दुई दुई श्रीमती ! दोस्रो विवाह गर्ने शान्ति मिसनमा जान नपाउने - onlinekhabar

 नेपाल प्रहरीमा कार्यरत दुई डिएसपी सहित सातसय ५० जनाले बुहबिवाह गरेको उजुरी परेको छ । सोही उजुरीका आधारमा उनीहरुको आधा तलब जेठी श्रीमतीलाई प्रदान गर्न थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
श्रीमतीहरुको उजुरीको आधारमा यो संख्या निर्धारण भएपनि शक्तिको आडमा बहुबिबाह गर्ने प्रहरीको संख्या बढिरहेको कार्यालयले जनाएको छ । जसलाई नियन्त्रण गर्न कारबाहीको तयारी सुरु भएको छ । बहुविवाह गर्नेलाई राष्ट्रसंघीय शान्ति मिसनमा नपठाउने, पुरस्कार नपाउने र बढुवा पनि पछि पार्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले अघि सारेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
स्रोतका अनुसार विभागले बहुविबाह गर्ने सातसय ५० जना प्रहरीको नामावलीसहित प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटीको बैठकमा त्यससम्बन्धि प्रस्ताव पेस गर्ने तयारी गरेको छ । प्रस्ताव पारीत भएपछि बहुविवाह गर्ने प्रहरीलाई सुविधाबाट बञ्चित गरी कारबाही गर्न लागीएको हो ।