Monday, December 31, 2012

के गर्दैछन् प्रगतिशील लेखक संघहरू - nagariknews

खगेन्द्र संग्रौला - यो शीर्षक ठाडो छ। यसलाई जुराएको मैले होइन। तन्नेरी मित्र बसन्त बस्नेतले हालै साहित्यको सुतीखेती गर्ने शनिबारे अक्षरको बागडोर आफ्ना पारखी हातमा लिएका छन्। बागडोरको डोरी आफ्ना मनले खाएका लेखकहरूका गलामा विनासूचना बेरेर प्रेमपूर्वक तान्दै बस्नेतलाई अक्षरमा पाइन हाल्नु छ। र, आफ्ना पालामा केही नयाँ-नौलो गरेर दुनियाँलाई देखाउनु छ तिनलाई। र नै डोरीले तान्दै गिज्याउने भाकामा तिनले मलाई सोधे- खस्रे भ्यागुत्तोझैँ सुषुप्त अवस्थामा कति दिन गुमनाम रहने हो कण? परेन लेख्नु?
सोचेँ, तरुण मित्रको कुरो ठीकै त हो। लेखक वा लेखकीय मञ्चको अभिनयकर्मीले लेख्नु त पर्ने हो। तर लेख्ने के? मुर्गा फेला पारेको मुद्रामा हौसिँदै बस्नेतले हुत्त जबाफ फर्काए- के गर्दैछन् प्रगतिशील लेखक संघहरू? बस्, यो लेख्ने। प्रश्नमा तिनले असजिलो आशंका राखेको मैल सहजै छनक पाएँ। मानौँ प्रगतिशील लेखक संघहरू छन् पनि र ती छैनन् पनि। अर्थात् ती संघको नाममा त जीवित छन् तर प्रभावकारी सिर्जनामा भने छैनन्। अज्ञानतायुक्त लाचारी प्रकट गर्दै पन्छिन खोजेँ म- यो विषयमा मैले लेख्न खोजेँ भने भाइ, लेख एकै वाक्यमा तुरिन्छ। त्यो हो, मलाई फुट्टी थाहा छैन। तब मुद्रण जगत्मा रातोदिन तँछाड-मछाड गरिरहेका सार्थक वा निरर्थक शब्दहरूको सागरमा नाथे एक वाक्यको लेख के लेख्ने? जिब्रो निकालेर हल्लाउँदै कुरिकुरी गर्दैन लोकले?
ठट्टाले गम्भीर मोड लियो। र, विनयशीलताले मलाई पगालेर बस्नेतले ख्यालख्यालमै ‰याल पारे। जान्दिनँ भनेर उम्किन खोज्दाखोज्दै बाचा-वन्धनमा म फ्यास्सै फसेँ। र, आफैँतिर फर्केर सोधेँ- के गर्दैछन् प्रगतिशील लेखक संघहरू? उत्तर फेरि उही नै आयो- अरे यार, मलाई फुट्टी थाहा छैन।
छनलाई प्रगतिशीलको सुन्दर पगरी गुथेका लेखक संघहरू अनेक छन्। साझा संघ भनिने छाता संघका रुपमा प्रगतिशील लेखक संघ छ। उता माओवादीको अर्को छुट्टै र एकलौटी लेखक संघ छ। एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघ पनि अस्तित्वमा होला नै। लेखकहरू भए पनि नभए पनि नगण्य टाइपका अन्य खुद्रे कम्निस्ट पार्टीहरूका पनि एक-एक थान संघ त पक्कै होलान्। साँच्ची नै के गर्दै होलान् यी पगिता संघहरू? लेखक वा लेखक संघको दैनिक जीवनचर्या उसको नितान्त निजी मामिला हो। स्वभावतः त्यसको वृत्त साँगुरो हुन्छ। त्यसकारण त्यो उसैलाई मात्र थाहा हुन्छ। त्यो वृत्तमा घुम्दै सूचना र ज्ञान सँगालेर, इतिहासको उत्खनन र समाजको अन्वेषण गरेर र गतिमान् जीवनको नाडी छामेर साधना गर्दै जब लेखक वा लेखक संघले केही उत्पादन वा सिर्जना गर्छ तब त्यो मुद्रणको घोडा चढेर सार्वजनिक डबलीमा हाजिर हुन्छ। त्यो उत्पादन वा सिर्जनामा विचारको शक्ति र शिल्पको कान्ति भए त्यो सम्बन्धित लेखक वा लेखक संघको वृत्तलाई नाघेर फराकिलो क्षितिजमा फैलिन्छ। र, त्यसले पहुँच र प्रभावको अन्तरवैचारिक तथा अन्तर्वर्गीय डबली ढाक्छ। तर त्यो शक्ति र त्यो कान्तिको अनिकाल भए त्यो जिनिस उही लेखक वा उही संघको दिनचर्याको वृत्तभित्रै खुम्चिएर त्यतै कतै विलुप्त हुन्छ। र, उत्पादक वा सर्जकसिबाय त्यसबारे कसैलाई खुटपत्तो हुँदैन। प्रगतिशील लेखक संघहरू कतै खुम्चिने र हराउने यही दुश्चक्रको शिकार भइरहेका त होइनन्? मेरो सीमित दृष्टि-क्षितिज र अल्पज्ञानबाट उठेको अति अप्रीतिकर प्रश्न हो यो।
इतिहासतिर फर्किन्छु। कुरा २००९ सालको हो। पृष्ठभूमिमा शैशवकालीन नेपाल कम्निस्ट पार्टीको प्रेरणादायी हात थियो । हो त्यही हात समातेर जन्म भयो प्रगतिशील लेखक संघको। संघका मूल जनक थिए श्यामप्रसाद शर्मा। नेपाली समाज राणा शासनको निसासलाग्दो बन्देजकारी अन्धकारबाट भर्खरै उन्मुक्त मिरमिरे उज्यालोमा बाहिर निस्केको थियो। त्यो उदीयमान समाजमा त्यो संघको जन्मको अर्थ चानचुने थिएन। मार्क्सवादको छातामुनि उभिएर त्यसले साहसका साथ भौतिकवादी दृष्टिकोणको कुरा गर्‍यो। र, गर्‍यो बडो फुर्तिसाथ त्यसले जनमुखी, जनजागरणकारी र जनसेवी साहित्यको पैरवी। साहित्यजस्तो सशक्त र सरस साधनलाई जनजनको नियतिसित जोड्ने सचेत र सराहनीय चेष्टा थियो त्यो।
सत्र सालमा शाही फौजी तरबारको ताण्डव शुरु भयो र त्यो घातक तरबारको छायाँमुनि प्रगतिशील लेखक संघ सुस्तायो। यसका जनक श्यामप्रसाद शर्मा सकारण वा अकारण भूमिगत भए। पछि थाहा भयो, तिनको दैहिक भूमिगत गमनसँगै तिनको चिन्तन र सिर्जन क्षमता पनि भूमिगतै भएछ। बाहिर निस्कँदा तीसँग अर्ती-उपेदशका ससाना सहस्र पन्तुरासिवाय केही नै नभएझैँ देखियो। तैपनि उनी थिए प्रगतिशील साहित्यको इतिहासका आदरणीय आदि अभियन्ता। त्यसैले उनको अध्यक्षतामा एक कार्यकाल म प्रगतिशील लेखक संघको महासचिव भइटोपलेँ। कार्यकाल तीन वर्षको थियो। मेरा ती तीन वर्ष बित्थाका कर्मकाण्डीय ‰याउलाहरूमा अल्भि्कएर बिते। संघमा खुट्टा तानातान, कलह, विग्रह सिवाय केही भएन। तसर्थ प्रगतिशील लेखक संघले चिन्तन र सिर्जनामा एउटा सिन्कोसम्म पनि भाँच्न पाएन। कार्यकाल सकेर र पदभार बिसाएर सादा भेषमा संघबाट बाहिर निस्कँदा मलाई साँगुरो खोरबाट फुक्का भएको सुखानुभूति भएथ्यो।
नाम छ गरिमामय लेखक संघ। अझ त्यसमाथि कति राम्रो प्रगतिशील छ। बडो सुन्दर छ नि यो। तर नेतृत्वको चयनविधि र संघको आन्तरिक जीवनमा यो सौन्दर्य कतै झल्किँदैन। संघमा लेखकहरूका नेताको चयन लेखकहरूले गर्दैनन्, कतै अदृश्य खोपीमा पार्टीको पोलिटब्युरोले गर्छ। लेखकको आत्मनिर्णयको अधिकार र संघको स्वायत्तताको हक त्यहीँ सकिन्छ। संघका कार्यकारी पदहरूमा पार्टी-पार्टीबीच भयङ्कर लुछाचुँडी चल्छ। र, आखिरमा संघका पदहरू जुँगा हेरी भाग लाग्छन्। भीमकाय आकार र जङ्गी जुँगा हुनेलाई ठूला पद, मझौला आकार र मझौलै जुँगा हुनेलाई मझौला पद, मसिना आकार र मसिनै जुँगा हुनेलाई मसिना पद। पद हत्याउने क्रमको अस्वस्थ लुँछाचुँडीले लेखकहरूबीचको सद्भाव स्वाहा हुन्छ र तिनको चित्त प्रसन्नता चिलिम हुन्छ। र, संघको कार्यकालभरि नै तिनको आपसी सम्बन्धमा अविश्वास, असहयोग र तिक्तता व्याप्त रहन्छ। त्यहाँ समाज, साहित्य र सौन्दर्यशास्त्रबारे गहन चिन्तन गर्ने न वातावरण हुन्छ न त हुन्छ त्यसअनुकूल प्रसन्न मानसिकता नै। त्यहाँ त हर्दम् कलह पो हुन्छ। र, संघ साँचो अर्थमा कलह संघ बन्छ। संघमा पार्टी-पार्टीका आग्रहहरू बोक्ने शब्दहरू, सूत्रहरू र तिनका अभिमानहरू रातोदिन जुध्छन्। त्यो भाले जुधाइमा संघका कर्ताहरूको धेरैजसो ऊर्जा र उमङ्ग नाश हुन्छ। र, संघ लचकहीन मानसिकता र क्षुद्रमति भएका रकमी वकिलहरूको दन्तबजान संघतुल्य बन्छ। अनि के को हुन्थ्यो गहन सौन्दर्य चिन्तन? अनि के को हुन्थ्यो सार्थक र सुन्दर सिर्जना?
महासचिव छँदाको आफ्नै उच्चाटलाग्दो अनुभव सम्झना गर्दै म अनुमान गर्छु, संघमा बैठक र भेला हुँदा हुन्। विचार गोष्ठी र प्रशिक्षणहरू हुँदा हुन्। तिनमा निर्णयहरू गरिँदा हुन्। रकमी व्यहोराका माइनट रिठ्ठो नबिराई लेखिँदा हुन्। घरिघरि व्यक्ति र समाजको आत्मिक रुपान्तरणका लागि साहित्य समर्पित छ भनिँदो हो। तर कथ्य र कलामा त्यस्तो रुप्ाान्तरणलाई प्रेरित गर्ने सामर्थ्य भएको जीवन्त र स्पन्दनयुक्त साहित्य भने रचिँदैन। जे जस्तो साहित्य रचिन्छ, त्यो संघ र त्यसका कर्ताहरूको जीवनको सानो वृृत्तभित्रै सीमित हुन्छ। संघको सीमालाई नाघेर त्यो विशाल अन्तवर्गीय विस्तारमा पुग्दै पुग्दैन। अनि झन्डैजसो लेख्ने जो हुन्छ पढेर रमाउने पनि उही हुन्छ। यो चक्र चाकाचुलीझैँ घुम्छ र नित्य घुमिरहन्छ।
म लख काट्छु, संघभित्र को प्रगतिवादी, को प्रगतिशील र को त्यसइतरको हल्लुँड भन्ने रौँचिरा चर्चा चलिरहँदो हो। चर्चाकार जो हुन् ती त पदेन प्रगतिवादी हुने भइ नै हाले। चिन्तन र सिर्जनाको सग्लो सबुतले त्यसलाई पुष्टि गरिरहनु पर्दैन। पार्टी र संघबाहिरका वाम झुकाव राख्ने जनमुखी लेखकहरूलाई बडो कृपापूर्वक काम चलाउ प्रगतिशीलको दर्जा दिइँदो हो। अनि त्यो दर्जा दिने र खोस्ने उपक्रम चलिरहँदो हो। म कल्पना गर्छु, उग्र हिन्दुवादीले जस्तो कठोर निष्ठाकाष्टाको त्यान्द्रोमा झुन्डिएर संघइतरका लेखकहरूको आचरणमाथि कठोर कटाक्ष गरिँदो हो। फलानो जाँड खान्छ भनिँदो हो। लुकेर खाए वा खाएर लुके ठीकै थियो, जाँड खान्छ र प्रगतिशीलताका निधारमा दाग लगाउँदै हाकाहाकी मैले खाएँ भन्छ नाथे भनिदो हो। फलानो आफ्नो वैचारिक जातको पर्बाह नगरी प्रतिक्रियावादीसँग चोचोमोचो गर्छ पनि त भनिदो हो। कुन्नि, यी र यस्ता नाटीकुटीहरू प्रगतिशील लेखक संघहरूका बसिबियाँलो गर्ने मसला पो हुँदा हुन् कि!
हुन त प्रगतिशील लेखक संघहरू केही गर्दै गर्दैनन् भन्ने पनि होइन। यदाकदा गर्छन्। पोहोरतिर त हो हार्ड कभरमा हजार-बाह्र सय पृष्ठको एउटा ढड्डा मैले पढ्न पाएको। कुरो प्रस्ट छ, माओवादी महलको लेखक संघको हो त्यो। म सम्झन्छु, त्यो ढड्डा 'जनयुद्धको सौन्दर्य'को बखानमा केन्द्रित थियो। छाँटले उक्त ढड्डामा मूल्याङ्कन र प्रशंसाको लहरमा खुलेर वा लुकेर जनयुद्धमा लागेका लेखकहरूमात्र परेका छन्। जब त्यो पढिसकेँ, त्यसको पाठकीय वृत्त कत्रो होला भन्ने प्रश्नले मलाई नराम्ररी पिरोल्यो। रोजिएका र उत्पात प्रशंसा गरिएका पुस्तकहरूको चरित्र हेर्दा मलाई लाग्यो, यी पुस्तकहरू मूल्यांकन गरिने पात्र, मूल्याङ्कन गर्ने कर्ता र तिनको सम्पर्क र पहिचानको सानो दायराबाहिर कसले पो पढ्ला र खै? त्यहाँ त केवल कलात्मक विधिले प्रशोधन नगरिएका आग्रह, नारा, आक्रोश, प्रतिशोध, आरोप र हुङ्कारहरूको डङ्गुर छ। धेरैजसो प्रगतिवादीहरू अभिधामा साहित्य लेख्छन्। बक्ररेखामा हिँड्ने जटिल जीवनको सोझो, सरल र सपाट कथा हो त्यो। लाग्छ, लक्षणा र व्यञ्जनाको प्रयोगप्रति हाम्रा अधिकांश प्रगतिवादी बन्धुहरू बेखबर छन् अथवा त्यतातिर तिनलाई रुचि नै छैन। घर्षणयुक्त जीवन-यथार्थबाट ग्रहण गरिएको कच्चा पदार्थलाई प्रशोधन गरी कलाको स्तरमा उठाउन ती सटिक प्रतीक र बिम्ब, रुपक र मिथक, व्यङ्ग्य र कटाक्ष आदि इत्यादि कलाका उपकरणहरूको प्रयोग गर्ने लेठो गर्दैनन्। अनि यी थरिथरिका संघहरू र तिनका अगुवाहरू उही सरल र सपाट तसर्थ निष्प्रभावी लेखनलाई मलजल हाल्छन्। नाकै अगाडिको प्रमाण अघि मैले भनेको ढड्डा हो। माओ साहित्यको स्तरलाई गाउँले गोठालाको गीतको तहमा अल्झाएर नराख, क्रमशः माथि उकास्दै जाओ भन्थे। विडम्बनावश, थुप्रै माओवादी लेखकहरू उही गोठालाको गीतमै अड्किएका छन्। र, लेखक संघहरू र तिनका अगुवाहरू तिनलाई त्यहीँ अड्काइराख्न जिद्दी गरेका गर्‍यै छन्।
प्रगतिशील लेखक संघहरूलाई मैले दुईथरी सन्दर्भमा देख्न खुबै रहर गरेको हुँ। ती सन्दर्भ हुन्, पुस्तक मेलाहरू र नवीन प्रकाशनहरू। लेखक, पाठक र प्रकाशकहरूको रमितलाग्दो लर्को लागेका पुस्तक मेलाहरूमा जीवनका विविध विषय र क्षेत्रबारे राम्रै परिचर्चा भएका थिए। कान ठाडा पार्दै आँखा च्यातेर हेरेँ, त्यहाँ संघतर्फका प्रगतिशीलहरूको सहभागिता न त उल्लेख्य थियो न त अर्थपूर्ण नै। भन्नकै लागि त संघका हस्तीहरू पुस्तक मेलाका माउहरूले 'हामीलाई डाकेनन्' भन्दा हुन्। विचारको शक्ति र सिर्जनाको चमकले फराकिलो सम्पर्क, पहुँच र पहिचान बनाए न कसैबाट कोही डाकिन्छ। प्रगतिशील लेखक संघहरूका हुन् भन्दैमा 'हजुर सवारी होस्' भन्न धाईधाई को आउँछ र!
केही समययता निकैवटा राम्रा प्रकाशनहरू खुलेका छन्। पुस्तक उत्पादनको गुणवत्तामा तिनले बिछट्टै राम्रो प्रगति गरेका पनि छन्। र, कष्टसाध्य यत्नका साथ ती फराकिलो वितरण सञ्जाल पनि बनाउँदैछन्। यसो हेर्छु, प्रगतिशील संघहरूमा आबद्ध लेखकहरूका नाक-मुख ती प्रकाशनमा म कतै देख्दिनँ। हाम्रा प्रगतिशीलहरूसित आफ्ना गतिला प्रकाशनहरू त छैनन् नै, आफ्नो सिर्जनाको सामर्थ्य र सौन्दर्यको चहकद्वारा भएका प्रकाशनहरूसम्म पुग्ने हुटहुटी पनि तिनमा छैन। मानौँ 'म जे छु ठीकै छु, बिथोल्न नआऊ'को मूडमा ती त्यसैत्यसै मगनमस्त छन्। कुन्नि, प्रगतिशीलहरूको यो मूड कुपमण्डुक प्रवृत्तिको द्योतक पो हो कि! प्रगतिशीलता त नवीनताको अन्वेषण गर्नु, सिर्जनामा गतिमान् हुनु र अगाडि जानुको यात्रा पो हो।
प्रगतिशील लेखक संघहरूमा सिद्धान्तको शुद्धता र आचरणको कञ्चनपनामा दिइने जोड हुनुसम्म बेजोडको छ। शुद्धता र कञ्चनपनाको वैष्णवी आग्रहबाट आफ्नो वरिपरि भयानक पर्खाल खडा हुन्छ। र, आफूू त्यो साँगुरो वृत्तभित्र कैदी भइन्छ र विशाल संसार पाखा पर्छ। अनि स्वनिर्मित कैदखानाबाट आफैँले मात्र सुन्ने गरी भनिन्छ- संसारका ज्यामीहरू एक होऔँ र संसारलाई फेरौं। बडो खिन्न मुद्रामा म तर्क गर्छु, संसार के फेरिँदो हो खै यस्तो तोरीलाउले तालले!
प्रगतिशील लेखक संघहरूमा लेखकहरूलाई कित्तारण गरी टाँचा लगाउने काम पनि नित्य हुँदो हो भन्ठान्छु म। यस्तो र उस्तो भनेर खासखास लेखकको जब पूर्वाग्रही चित्र बनाइन्छ, खुला दिलले उसका रचनाहरू पढिँदैन। पढिहाले पनि उसका रचनामा केवल आफ्नै आग्रह पढिन्छ। हठाग्रहको चश्मा लगाएर लेखकको कित्ताकरण गर्दै जाँदा पढ्ने कुरा धेरै बाँकी रहँदैनन्। अतिशय शुद्धताको ढिपी त्यस्तो मनोविकार हो जसले आफूसिवाय कसैलाई शुद्ध र सद्दे देख्दैन। जब शुद्ध र सद्दे आफैँमात्र छ त बाँकी नाथेहरूका रचना पढ्नु नै किन? अनि पर्याप्त पुष्टकारी बौद्धिक खुराकविना दिमाग त टाक्सिने नै भयो। बहुल तत्वको जटिल योगबाट विराट यथार्थ बन्छ। मनचिन्ते आग्रहको ऐनामा आफ्नैमात्र अनुहार हेरेर जीवन र जगत्को विराट यथार्थ बुझिँदैन। अनुहार उसको र उनीहरूको पनि त हेर्नुपर्छ।
जनमुखी र जिउँदो साहित्यको सिर्जनामा दूरीको कुरो मेरा लागि धेरै महत्वपूर्ण छ। पार्टी लेखक र उसको पार्टीको बीचमा जब दूरी मेटिन्छ, लेखक पार्टीको पेटमा पचेर त्यसको भजनमार्गी अन्धभक्त बन्छ। उसको आलोचनात्मक चेत र सिर्जनात्मक आलोक तिरोहित हुन्छ। र, लेखक आलोचनात्मक प्रवृत्ति र वागी कल्पनाशीलता रहित रोबोटीय आदेश पालक बन्न पुग्छ। कुन्नि, प्रगतिशील लेखक संघहरू र तिनका अगुवाहरू यस्तै लेखकहरूको निर्माणमा लागिपरेका पो हुनन् कि?
धेरै कठोर वचनहरू लेखेँ क्यार। यी वचनहरू कष्टपूर्ण तनावको मनोदशामा लेख्न म विवश छु। वामइतरको नेपाली लेखक संघ त सुतीसुती चल्ने खालको लेखक संघ हो । त्यो गठन हुन्छ, त्यसका नेताहरू घोषित हुन्छन् र शायद संघलाई सिरानी लगाएर ती मग्नसँग सुत्छन्। तर क्रियाको प्रतिफल जस्तोसुकै किन नहोस्, प्रगतिशील लेखक संघहरू प्रायः क्रियाशील रहन्छन्। तिनमा निष्णात मार्क्सवादीहरू लागेका छन्। तिनमा सयौँ युवाहरू जुटेका छन्। साहित्य सन्ध्या र प्रतिभा प्रवाहजस्ता महिनावारी तारिख धाइने र चार दिवारभित्र उही गोलचक्करमा नित्य घुमिरहने गोष्ठीहरू पनि चलिरहेकै होलान्। समाजको न्यायपूर्ण रुपान्तरण र सांस्कृतिक उन्ननयमा यी सबै प्रतिबद्ध छन्। तर सोचाइको एकपाखेपन र जडसूत्रहरूको उच्चाटलाग्दो रटनाका कारण तिनका प्रतिबद्धता र कर्महरूको फल खासै सार्थक देखिँदैन। यी लेखक संघहरू यिनमा संलग्न थुप्रै प्रतिभाहरूको प्रतिभा प्रस्फुटनका प्रेरक बनिरहेका छन् कि तिनलाई साँगुरो पिन्जराका सुगा बनाउने कारक बनिरहेका छन् प्वाक्क भन्न गाह्रो छ। तसर्थ प्रगतिशील लेखक संघहरूका अगुवाहरू आफैँ भनून्- के गर्दैछन् प्रगतिशील लेखक संघहरू?

यसरी उठ्यो अनामनगरमा सरस्वतीको चोला किन दिए 'हाइप्रोफाइल'ले मिल्न दबाब ? - onlinekhabar

१६ पुस, काठमाडौं । अनामनगरस्थित कृष्ण प्रसाईको पाँचतले घरमा घरेलु कामदारका रुपमा कार्यरत् ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी मंसिर ३० गते दिउँसो घरको माथ्लो तलामा मृत अवस्थामा फेला परिन् । उनको मृत्युसम्बन्धी घटनालाई लिएर यतिबेला महिला अधिकारकर्मीहरुले सिंहदरबारदेखि बालुवाटारसम्म आवाज उठाइरहेका छन् । घरमालिकको दाबी सरस्वतीले आत्महत्या गरेको भन्ने छ । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै हनुमान ढोकामा घरबेटीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
‘पहिले प्रहरीले किटानी जाहेरी लिनै मानेन । घरबेटीले २ लाख रुपैयाँ दिने भनेका छन्, आपसमा मिल भनेर प्रहरीले जोड गर्‍यो । तीनदिनसम्म प्रयास गर्दा पनि जाहेरी लिन मानेन, संघसंस्थाले आवाज उठाएपछि बल्ल जाहेरी दर्ता भएको छ ।’-मृतक सरस्वतीकी बहिनी सुमित्रा राउत सुवेदीले अनलाइनखबरलाई भनिन् ।
को थिइन् सरस्वती ?
मोरङ्गको डाँगीहाट माइत भएकी सरस्वती सुवेदी (अधिकारी) ३१ वर्षकी युवती भएता पनि ७ वर्ष पहिले, अर्थात् २४ वर्षकै उमेरमा  विधवा बनेकी थिइन् । श्रीमानले संसार छाडेर जाँदा नासोको रुपमा छाडेकी दुई वर्षीया रिया अधिकारी अहिले ९ वर्ष पुगेकी छन् ।
श्रीमान् बितेको एक वर्षपछि तीन वर्षीया छोरी लिएर सरस्वती काठमाडौंको अनामनगरस्थित कृष्ण प्रसाई (हाल ५० वर्ष) का घरमा घरेलु कामदार बनेर प्रवेश गरेकी हुन् । पाँचतले घरको भुँईमा बनाइएको टहरामा सरस्वतीका आमाछोरी बस्दै आएका थिए । सरस्वतीले प्रसाईका घरमा लुगाधुने, सरसफाइ गर्ने, खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका काम गर्दै आएकी थिइन् । सरस्वतीका माइतीसमेत काठमाडौंको घट्टेकुलोमा डेरा बस्दै आएका थिए ।
आर्थिक अवस्था कमजोर रहेका काररण सरस्वतीकी बहिनी सुमित्रा पनि अर्काकै घरमा काम गर्छिन् । तर, सुमित्रा दिदीजसरी आवासीय कामदार नभई आफ्नै डेरामा बसेर घट्टेकुलोका विभिन्न घरहरुमा लुगा धुन र सरसफाइ गर्न जान्छिन् । अर्काकोमा काम गरेरै सुमित्राले आफ्नो परिवार पालेकी छन् ।
घटना विवरण
मृतकका परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार मंसिर ३० गते बेलुका साढे ४ बजेतिर घरबेटी साबित्री प्रसाई (४२ वर्ष) स्कुटर लिएर घट्टेकुलोमा रहेका सरस्वतीका पिता ६५ वर्षीय खड्ग अधिकारीको डेरामा पुगिन् । उनले केही पनि नबोली अधिकारीलाई स्कुटरको पछाडि बस्न इशारा गरिन् र अनामनगरस्थित आफ्नो घरमा ल्याइन् । अधिकारी घोरी बस्ने टहरामा छिर्न खोज्दा शावित्राले उनलाई छतमा लिएर गइन्, जहाँ प्रहरीहरु र अन्य केही मानिसहरु थिए । ढोकाको भित्र र बाहिर हुनेगरी सरस्वतीको लास उत्तानो अवस्थामा थियो । घरबेटी कृष्ण प्रसाईले अधिकारीलाई भने, तपाईकी छोरीले भुण्डिएर आत्महत्या गरिछन् । बाथरुमको ढोका भित्रबाट थुनिएको र आफूहरुले चुकुल फुटाएर भित्र पसी घाँटीमा लगाएको सलको पासो खोलिदिएको घरबेटीको तर्क थियो ।
सरस्वतीकी बहिनी घटनास्थल आइपुगिन् । तल गेटमा मानिसहरु भेला हुन थालेका थिए । प्रहरीले उनीहरुलाई घरभित्र जान रोकिरहेको थियो । त्यसपछि प्रहरीले मुचुल्का खडा गरेर शव हुनमानढोका पुर्‍यायो । मृतककी बहिनी पनि प्रहरीसँगै हनुमानढोका पुगिन् । घटनापछि मृतकका परिवारले तत्कालैबाट आत्महत्या भएकोमा आफूहरुलाई पत्यार नलागेको भन्दै मुचुल्कामा सही गर्नसमेत मानेनन् । हनुमान ढोकाबाट फर्कने क्रममा घरबेटी शावित्राले मृतककी बहिनीलाई सानी छोरीको लालन पालनसम्बन्धी सम्पूर्ण खर्च ब्यहोर्ने बताउँदै मुद्दा मामिलातिर लागेमा त्यो पनि नपाउने बताएको सुमित्राको दाबी छ ।
घटनाको तीनदिनपछि पोष्टमार्टम सम्पन्न भयो । तर, पोष्टमार्टममा विश्वास नलागेको भन्दै पीडितले आन्दोलन गरेपछि सरकारले पुन पोष्टमार्टम गर्न निर्देशन दिइसकेको छ । ‘तर, डाक्टरहरुले दोहोर्‍याएर पोष्टमार्टम गर्न मानेका छैनन् ।’ सुमित्रा भन्छिन् ।
मान्छे मरेपछि के गर्ने ?
कुनै पनि स्थलमा मानिसको मृत्यु भएपछि के गर्ने भन्नेमा न त सरस्वतीका घरबेटीले सजगता अपनाएको पाइन्छ, न प्रहरीले नै । कसैको घरभित्र काम गर्ने मानिसको मृत्यु भएपछि मृतकका आफन्तले शंका गर्नु अस्वाभाविक होइन । तर, घटनाको निश्पक्ष छानविन होस्, सबैले खुल्लारुपमा जाँचबुझ गरुन् र यथार्थ पत्ता लागोस् भन्नेमा घरबेटीले सजगता नअपनाई मृतकका परिवारलाई तत्कालै मुद्दा मामिला नगर्न र आर्थिक प्रलोभन दिनतर्फ लाग्दा घरबेटी निर्दोष नै थिए भने पनि यस्ता संवेदनशील घटनामा थप आशंका बढ्न जान्छ । कसैको मृत्यु भएको देखपछि या शंका भएपछि आफैंले जाँचत्रुझ गर्नेतिर लाग्नुभन्दा तत्कालै छिमेकी वा प्रहरीको गुहार मागियो भने यस्ता घटनामा परिवन्धमा पर्नबाट जोगिन सकिन्छ भन्नेतर्फ पनि सबैले पर्याप्त ख्याल गर्नेपर्ने देखिन्छ ।
प्रहरीले पनि शोकाकुल परिवारलाई घटनाको निश्पक्ष छानविन हुनेतर्फ भन्दा हतार-हतार पैसाको आश्वासन दिँदै मिलापत्र गराउन जोड गर्दा पीडित परिवारलाई प्रहरी र घरबेटीवीच मिलेमतो रहेको थप शंका जन्माएको घटनाक्रमले देखाएको छ । सरस्वतीको आत्महत्या नै सही, तर ज्यान मरेकोजस्तो अति संवेदनशील विषयमा लासको सद्गति नगर्दै र आत्महत्या हो कि हैन भन्ने तथ्य प्रष्ट नहुँदै हुनमानढोकाका प्रहरी हाकिमले गरिब परिवारलाई दुईलाखको आश्वासन दिनाले यो घटना थप जटिल बन्न पुगेको देखिन्छ ।
सरस्वतीले साँच्चै आत्महत्या नै गरेकी हुन् या उनको मृत्युमा कुनै कैफियत छ ? यो जटिल अनुसन्धानको विषय भएकाले अहिले मिडिया वा कसैले यसलाई हत्या वा आत्महत्या भनेर किटान गर्न मिल्दैन । यसमा प्रसार्इ परिवारको दोष छैन भने निर्दोषलाई सजायँ गर्न पनि मिल्दैन । तर, सीपी मैनाली, कृष्ण सिटौला र भीष्म प्रसाईसमेतका आफन्त भनिएका घरबेटीसँग अर्काको घरमा मजदुरी गरीखाने निर्धो परिवारले विश्वस्त हुने वातावरण तयार पार्ने कामचाँहि अनुसन्धान अधिकारीहरुको हो ।
सरस्वतीको परिवारलाई आफ्नी छोरी वा दिदी वा ममीको मृत्यु स्वाभाविक हो भन्ने विश्वास नदिएसम्म यो घटनामा पीडित परिवारले शंकाको सुविधा अवश्यै पाइरहने छ ।
नेताले नै गिजोलेपछि…….
हाम्रो देशमा कुनै पनि घटनालाई निश्पक्ष छानविन हुन नदिने र गिजोलेर झनै शंकास्पद बनाइदिने कार्यमा ठूला भनाउँदा राजनीतिक नेता एवं प्रहरीहरु नै लाग्ने गरेका छन् । पूर्वसभासद् धर्मशिला चापागाईले सार्वजनिक भाषणमै माले अध्यक्ष सीपी मैनालीले सरस्वतीको मृत्युसम्बन्धी घटना सामसुम पार्न आफूलाई टेलिफोनमा दबाव दिएको बताइन् । घटनाबारे प्रहरीले निश्पक्ष छानविन गरोस् भन्नुपर्नेमा नेताहरुले यसरी अनावश्यक चासो दिँदै घटना नचर्काइयोस् या अनुसन्धान नगरियोस् भनेर हस्तक्षेप गर्न थालेपछि पीडितको शंका कसरी हट्छ ?
यस्तो छ जाहेरी 



Friday, December 28, 2012

घरमा रुख वा गमला नभए कारबाही ! - onlinekhabar

१३ पुस, काठमाण्डौं । महागरबासीले अब नयाँ घर बनाउँदा खाली भएको क्षेत्रमा अनिवार्य रुपमा दुईओटा विरुवा रोप्नुपर्ने भएको छ । यदी शतप्रतिशत जमिन घरले ओगटेको खण्डमा सो घरले अनिवार्य रुपमा पाँचवटा गमला राख्नुपर्नेछ ।
कामपाले आगामी माघ १ गतेदेखि लागु हुने गरी उक्त बाध्यकारी व्यवस्था लागू गर्न लागेको हो । कामपाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले दुईवटा विरुवा नरोप्ने वा पाँचवटा गमला नराख्ने घरधनीमाथि कारबाही गरिनेसमेत बताउनुभयो । उहाँले भन्नुभयो ‘नक्सा पास गर्दा नै यो व्यवस्था अनिवार्य गर्न लागेका छौ, घर बनाउँदा खाली जग्गामा विरुवा रोपिएन भने तत्काल अनुगमनमा खटिएको टोलीले कारबाही गर्ने छ ।’
महानगरलाई हरियाली शहर बनाउने योजना अनुसार विरुवा रोप्ने कार्यक्रम गर्न लागेको कामपाले जनाएको खबर नेपाल समाचारपत्रले छापेको छ ।

गमनम स्टाईलः चर्चासँगै मालामाल कमाई पनि - bizmandu

गमनम स्टाईलले पिएसवाईलाई विख्व विख्यात सेलिब्रेटी मात्रै बनाएन, उनलाई ठूलै दाम पनि दिलाएको छ । विश्लेषकहरुका अनुसार अहिलेसम्म युट्युव र त्यसको विज्ञापन तथा डाउनलोडको आधारमा मात्रै पिएसवाईले यस वर्षान्त भित्र ८० लाख अमेरीकी डलर (७० करोड ४० लाख नेपाली रुपैयाँ) प्राप्त गर्न सक्नेछन् ।
बहुचर्चित यो भिडीयोले एमटिभी युरोप म्युजीक अवार्डमा उत्कृष्ट भिडियोको अवार्ड जितेको छ । भिडीयो २८ मुलुकमा सर्वाधिक हेरिएको सूचीमा अग्रस्थानमा छ ।  गमनम स्टाईलको सफलताकै कारणले गर्दा पिएसवाई अमेरिकी राष्ट्रपति वाराक ओबामाको कार्यक्रममा अतिथि हुन पाएका थिए । यही गीतले उनलाई विश्वकै प्रसिद्ध अमेरीकन म्यूजीक अवार्डमा गाउने अवसर दिलायो ।
ग्याङनम स्टाइलको सफलताले रमाईलो भिडियो बनाएर लाखौं आर्जन गर्न सकिन्छ भन्ने उदाहरण समेत दिएको छ । सामान्य गायकहरुले पनि भिन्न शैलीको सृजना गर्न सकेमा रातारात ‘वल्र्ड आईकन’ बन्न सक्नेछन् भन्ने स्थापित गरिदिएको छ ।
३४ वर्षिय कोरीयाली पप गायक पिएसवाई ६ महिना अघि कोरीयाली संगीत प्रेमीवाहेक कसैले चिन्दैन थिए । त्यसयता उनी यती प्रख्यात भए की उनको कोरीयाली संगित र डान्सको  युट्युव भिडियो दुनियाँभरमा एक अर्बभन्दा बढी पटक हेरिएको छ ।
गत जुलाईमा युट्युवमा अपलोड भएको यो भिडियो प्रख्यात भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि संयु्क्त राष्ट्र संघका महासचिव वानकी मुनसमेत गमनम स्टाइलमा नाचेका छन् ।

हाकु कालेको नक्कल गर्दै बैंक लुट - souryadaily

-टेकराज थामी
काठमाडौं, १३  पुस । दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालय लुटिएको घटना ‘लुट’ नामक नेपाली चलचित्रसँग मिल्दोजुल्दो छ । ‘लुट’मा हाकु कालेले जस्तै सहरका विभिन्न गल्लीबाट लुटेरा छनोट गरेका थिए– २५ वर्षीय खगेन्द्र बस्नेतले । फरक यति हो, सिनेमाका हाकु काले बैंक लुटेर पनि उम्किन सफल भए तर दाङ बिजौरे–१ का बस्नेत समातिए ।
बिओके लुट्ने समूहका सबै सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ भिँmगइ–९ का अमर बोहरा, सुर्खेत वीरेन्द्रनगर–५ का २० वर्षीय सुशील रोकाय, रामेछाप दुरागाउँ–२ का २१ वर्षीय प्रेम तामाङ र रामेछाप सैपु–९ का २१ वर्षीय मिनुर तामाङ छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई लुटिएको सबै रकमसहित मुलुकका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार बैंकका अपरेसन म्यानेजरसमेत हुन् । बैंकमा दुई वर्षअघिदेखि उनले पटक–पटक गरेर झन्डै एक करोड रुपियाँ हिनामिना गरेका थिए । केन्द्रीय बैंकबाट हुने अनुगमन तथा लेखापरीक्षण गराउँदा कागजमा हिसाबकिताब मिलाउँथे तर पोल खुल्ने डरले उनलाई सधैँ सताउने गथ्र्यो । समस्याबाट उम्कन उनले अनेक उपाय रचे तर त्यसले समाधान दिएन । अन्तत: उनी बैंक नै लुट्ने योजनामा पुगे ।
दुई महिनाअघि नै योजना बुनेका थिए उनले । त्यसका लागि लुटेरा समूह चाहियो । स्थानीय तहका लुटेरा समूह प्रयोग गर्ने विचार पनि गरे । तर, सफल नहुने डरले उनी काठमाडौंतर्फ मोडिए । काठमाडौंमा उनका भाइ सुशील रोकाय आइटी अध्ययन गर्दै थिए । सुशीललाई योजना सुनाए । बैंकबाट ९० लाखदेखि करोड रुपियाँ लुट्ने र आपसमा बाँड्ने प्रलोभन पाएपछि सुशील तत्काल राजी भए र काठमाडौं आई लुटेरा समूहको खोजीमा जुटे । त्यसका लागि उनले प्रकाश, प्रेम, र मिनुरलाई रोजे ।
लुटेपछि सबै रकम चार भाग लगाउने, प्रेम र मिनुर दुवैलाई एक भाग दिने र बाँकी तीन भाग तीनजनाबीच बाँड्ने भनिएको थियो । प्रलोभनमा परेका सबैजना राजी भए । समूह तयार भएको खबर भएपछि योजनाकार खगेन्द्र २९ मंसिरमा काठमाडौं आएर भाइ सुुशीललाई भेटे । उनैको सहयोगमा महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट आगाडि जम्मा भएका सबैलाई बानेश्वरस्थित रातो भाले रेस्टुरेन्ट लगियो, बिहान १० बजे ।
योजना बिफ्रिङ गर्नुपर्ने थियो । रेस्टुरेन्टमा नहुने देखिएपछि सुनसान ठाउँको खाजी भयो । छनोटमा पर्‍यो– दक्षिणकाली । खाना खाएलगत्तै सबैजना गाडीमा उतै हुइँकिए । खगेन्द्रले बैंक लुट्ने योजना गाडीमा सुनाए । निजी गाडीमा आएका खगेन्द्र र लुटेरा टोली पुन: काठमाडौं फर्किए । लुटेरा समूहलाई सुन्धारामा छाडी उनी दाङतर्फ लागे । सुशीलसँग रहेका समूहले भृकुटीमण्डपबाट झोला, ज्याकेट किने । प्लास्टिकको नक्कली पेस्तोल महाबौद्धबाट किने र उनीहरू दाङतर्फ लागे ।
दाङको घोराहीस्थित एन्जिला होटलमा बसेका थिए उनीहरू । योजनाबारे थप ब्रिफिङ गर्न ३ पुसको बिहान ८ बजे खगेन्द्र होटल पुगे र बैंकको जानकारी लिन २:४५ बजे बैंक आउन निर्देशन दिए । स्थिति बुझ्न ३ बजे प्रेम र प्रकाश बंैक पुगे, अवलोकन गरे र भाग्ने स्थानको समेत पहिचान गरी फर्किए ।
उनीहरूको ४ पुसमै बैंक लुट्ने योजना थियो तर बैंकका सुरक्षागार्डका लागि केही बन्दोबस्तीका सामग्री वितरण हुने कार्यक्रम भएपछि रद्द भयो । योजना ६ पुसका लागि सारियो । ६ पुसको दिउँसो एक सय, ५०, २० र १० दरका हजार रुपियाँको बन्डल खगेन्द्रले सुशीललाई दिए । भाग्नका लागि बसको टिकट पनि तयार भयो ।

२५ पटक "लुट" हेरेपछि बैंक लुटेका थिए बस्नेतले   - nayapatrika

बैंक अफ काठमाण्डूको तुलसीपुर शाखामा डकैती गर्नका लागि सोही बैंकका कर्मचारी खगेन्द्र बस्नेतले २५ पटकसम्म 'लुट'नामक चलचित्र हेरेको खुलेको छ । बैंकिङ डकैतीको कथावस्तुमा बनेको चलचित्र लुट गतवर्ष सर्वाधिक सफल चलचित्र बनेको थियो ।
पक्राउ परेपछि बयानका क्रममा सो फिल्मबाट नै आफूले डकैतीको रणनीति सिकेको बैंकका हेड क्यासियर बस्नेतले बताएका छन् । 'लुट' फिल्ममा डकैतीका मुख्य योजनाकार प्रहरी कब्जाबाट उम्कन सफल भए पनि बस्नेत भने तेस्रो दिनमै प्रहरी फन्दामा परिसकेका छन् ।
दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लका अनुसार बयानका क्रममा बस्नेतले डकैतीका तरिका सिक्न पटकपटक फिल्म हेरेको बयान दिएका छन् ।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार फिल्म र गत शुक्रबारको डकैतीका कतिपय घटनाक्रम पनि मिलेका छन् । चलचित्रमा मुख्य कलाकार 'हाकु काले' बैंक डकैती गर्न बेरोजगार युवालाई खोज्दै समूह बनाएर डकैती गर्न सफल हुन्छन् । त्यस्तै, बस्नेतले पनि आफ्ना फुपूका छोरा सुशील रोकायमार्फत डकैतीका लागि आँटिला युवाको समूह बनाएर डकैती गरेका थिए ।
त्यस्तै, फिल्ममा जस्तै बस्नेतले पनि नक्कली पेस्तोल देखाएर डकैती गराएका थिए । डकैती निकै योजनाबद्ध र चलाखीका साथ गर्न सफल भए पनि धेरै प्रमाण छाडेकाले बस्नेत उम्कन सकेनन् । केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले घटनामा संलग्न सबैलाई पाँच दिनभित्रै पक्राउ गर्न सफल भएको छ । मुख्य योजनाकार बस्नेत, उनका चालक अमर बोहोरा, फुपूका छोरा सुशील रोकाय, पेसेबर अपराधी प्रकाश परियार तथा उनका सहयोगी  रामेछापका प्रेम तामाङ र गोरखाका मिनुर तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । चालक बोहोराले पैसा ओसार्न र लुकाउन सहयोग गरेका थिए भने अन्य चारजनाले बैंकमै पुगेर करिब ८७ लाख रुपैयाँ लुटेका थिए ।
सम्पूर्ण योजना बस्नेतले नै फिल्म हेरेर बनाएका थिए । बैंकमा आफ्नो अनियमितता लुकाउन उनले त्यसरी डकैतीको सहारा लिएको सिआइबीका एसएसपी उत्तम कार्की बताउँछन् । विगत डेढ वर्षयता बैंकको पैसा उनले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेर एक करोडभन्दा बढी घोटाला गरिसकेका थिए ।
सुरुमा चारै युवालाई बैंकमा ८०/८५ लाख हुने र त्यो पैसा चार भाग लगाउने उनको प्रस्ताव थियो । त्यसमध्ये बस्नेत, रोकाय र परियारलाई तीन भाग तथा प्रेम र मिनुरलाई एक भाग लगाउने सहमति भएको अनुसन्धानमा खुलेको छ । मिडियामा भने दुई करोडभन्दा बढी डकैती भनेर समाचार आउने तर त्यसमा विश्वास नगर्न उनले सुरुमा नै आग्रह गरिसकेका थिए । किनकि आफूले अनियमितता गरेको रकम पनि डकैतीमा परेको भनेर मिलाउने उनको योजना थियो ।
डकैतीका लागि सुरुमै उनले दुई लाख एडभान्स रोकायमार्फत पठाइसकेका थिए । त्यसबाट रोकायले चारैजनालाई सपिङ गराउनुका साथै करिब १०/१० हजार रुपैयाँ बाँडेका समेत थिए ।
पछि बैंक डकैती गरेपछि पनि परियारले अरूलाई थाहै नदिई झोलाबाट करिब डेढ लाख रुपैयाँ आफ्नो खल्तीमा राखेका थिए । काठमाडौं र्फकंदा प्रकाश र प्रेम एउटा बसमा तथा सुशील र मिनुर अर्काे बसमा फर्किएका थिए । प्रकाश मुग्लीनमा र्झने क्रममा आफूले लुटेकोमध्ये ५० हजार राखेको भन्दै २५ हजार प्रेमलाई दिएका थिए । खासमा उनले डेढ लाख लुटेका थिए । सो पैसामध्ये ५० हजार हजुरआमालाई तथा ६० हजार बुबालाई दिइसकेका थिए । घटनामा दुई सय ५० रुपैयाँको प्लास्टिकको पेस्तोल प्रयोग भएको समेत खुलिसकेको छ ।

यसरी भयो डकैती


बैंक डकैती गत शुक्रबार साँझ ६ बजे भएको थियो । पूर्वयोजनाअनुसार चार युवक पैसा जम्मा गर्न र अन्त पठाउन भन्दै पाँच बजेर ४० मिनेटमा प्रवेश गरेका थिए । बैंकको सन्ध्याकालीन काउन्टरमा केही ग्राहक थिए । ग्राहक हुँदा लुट्न समस्या हुनेबारे उनीहरूले पहिले नै सोचिसकेका थिए । त्यसका लागि ग्राहक गएपछि मात्र आफ्नो काम गर्ने उद्देश्यले करिब १५/२० हजार खुद्रा पैसा बोेेकेर गएका थिए । ती पैसा ५, १०, २०, ५० र १०० रुपैयाँका थिए । सुरुमा पैसा गनिसकेपछि उनीहरूले भौचर भरेर बस्नेतलाई दिए । तर, खाता नम्बर मिलेन । त्यसपछि उनीहरूले अर्का एक व्यक्तिलाई पैसा ट्रान्सफर गर्न पनि खोजे । तर, त्यसका लागि पनि आवश्यक प्रक्रिया मिलेको थिएन । त्यही क्रममा ६ बज्यो । ६ बजेपछि बैंक बन्द हुन्छ । त्यसकारण कर्मचारी त्यसपछि सटर तानेर हिसाबकिताब गर्छन् ।
पैसा जम्मा गर्न पुगेका युवाको खाता नमिलेकाले उनीहरूलाई भित्रै राखेर सटर बन्द गरिएको थियो । पैसा जम्मा गर्ने बहानामा लुट्ने योजनासहित पुगेका युवाहरू त्यही समयको प्रतीक्षामा थिए । सटरसमेत लागिसकेपछि उनीहरूले लुट्नका लागि आफूहरूले चाहेको वातावरण महसुस गरे र झोलाबाट पेस्तोल निकाले । उनीहरूको पैसा गन्न सहयोग गरिरहेका बैंकका शाखा प्रबन्धक ऋषि श्रेष्ठ, सुरक्षागार्ड प्रेम नेपाली र हेड क्यासियर बस्नेतलाई नियन्त्रणमा लिई पछाडि हात बाँध्नेमात्र होइन पट्टीसमेत बाँधेर कोठामा लगेर थुने । उनीहरूलाई थुन्नुअघि नै हेड क्यासियर बस्नेतले पैसा राख्ने भल्ट देखाइदिएका थिए ।
उनीहरू पूर्वयोजनाअनुसार पैसा लुटेर भाग्न सफल भए । पैसा लैजानका लागि उनीहरूले चारदिनअघि काठमाडौंको महाबौद्धबाट झोलासमेत किनेका थिए । दुई घन्टापछि बैंक प्रबन्धककी श्रीमती उनलाई खोज्दै आएपछि मात्र कर्मचारीले कोठाबाट निस्किएर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीमा बैंक लुटिएको खबरले सबैतिर हंगामा मच्चियो । किनकि यसरी नेपालमा पेसेबर रूपमा बैंक डकैती नभएको धेरै समय भइसकेको थियो । तराईको जिल्ला भएकाले भारतीय अपराधीले बैंक लुटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो ।
सो दिन एक करोड ९५ लाख रुपैयाँ डकैती भएको भन्दै प्रहरीमा खबर गरिएकोमा भोलिपल्ट दुई करोड ६ लाख रुपैयाँ डकैती भएको बैंकले जानकारी दियो । हेड क्यासियर बस्नेतले पैसाको हिसाबकिताब गर्ने भएकाले उनकै भनाइअनुसार प्रहरीलाई खबर गरिएको थियो ।
खबर पुगेलगत्तै प्रहरीले दाङमा मात्र नभई आसपासका जिल्लामा पनि कडाइका साथ चेकजाँच गर्न सञ्चारसेटमा खबर गर्‍यो । तर, केही भेटिएन ।
घटना गम्भीर भएकाले संगठित किसिमका अपराधको अनुसन्धान गर्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भोलिपल्टै दाङमा डिएसपी दिनेश आचार्यको नेतृत्वमा टोली खटायो । शनिबार घटनाबारे सामान्य जानकारी लिएको सो टोलीले आइतबारबाट गम्भीर रूपमा अनुसन्धान थाल्यो ।

आशंकाबाट सुरु भयो अनुसन्धान


प्रहरीको अनुसन्धान आशंकाबाट सुरु हुन्छ । त्यसकारण सो घटनाको अनुसन्धानमा पनि प्रहरीसँग विभिन्न आशंका थिए । घटना ६ बजेको समयमा भए पनि ८ बजेमात्र प्रहरीलाई खबर गरिएको थियो । त्यसकारण डकैतीमा कर्मचारीकै मिलेमतो हुनसक्ने प्रहरीको आशंका थियो ।
पछि डकैतीको समयमा बस्नेतको व्यवहार असामान्य रहेकाले पनि कर्मचारी संलग्नताको थप आशंका बढाएको थियो । अर्कातर्फ सिसिटिभी खिच्न नसक्ने गरी डाउन गरिएको थियो ।
सुरुमा प्रहरीको शंका प्रबन्धक श्रेष्ठमाथि थियो । प्रहरी टोलीले उनको कोठामा खानतलासी लियो, तर केही फेला परेन । शंकाको दोस्रो घेरामा थिए हेड क्यासियर बस्नेत । सर्च गर्दा उनको डेरामा पनि केही भेटिएन । डकैती भएको समयमा बस्नेतका चालक बोहोरा बाहिर गाडीमा रहेको खुल्यो । प्रहरीले उनको डेरामा खानतलासी लिँदा प्रहरीको पहिलो आशंका नै सत्य सावित भयो । किनकि लुटिएको रकममध्ये ८६ लाख ७९ हजार रुपैयाँ बस्नेतका चालकको डेरामा फेला पर्‍यो । बस्नेतका आफन्तसमेत रहेका र कुमारी बैंकमा काम गर्ने महरा फन्दामा परे । उनले घटनाको बेलिविस्तार लगाए । उनलाई बस्नेतले त्यसरी पैसा लगेर डेरामा राख्न निर्देशन दिएका थिए । 'सुरुमा त उनी डराएका रहेछन्,' डिएसपी आचार्य भन्छन्, 'पछि आर्थिक प्रलोभनमा परी उनले प्रस्ताव स्विकारेको देखिन्छ ।' बैंक लुटेपछि चारै युवा बा.७च ३६८५ नम्बरको कारमा केही परसम्म पुगेर बस चढेर काठमाडौं आए भने पैसाको झोला निर्देशनअनुसार गाडीमा छाडे । चालक महरा पैसा आफ्नो डेरामा राखेर पुनः बैंक पुगेका थिए ।
महराले घटनाको पोल खोलेपछि त्यही दिन अर्थात ९ पुसमा प्रहरीले बस्नेतलाई पनि पक्राउ गर्‍यो । पैसा बरामद भएकाले उनले अस्विकार गर्न सकेनन् । त्यसपछि प्रहरी टोली घटनामा संलग्न अन्य व्यक्तिको खोजीमा सक्रिय भयो ।
अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार सुरुमा बस्नेतले घटनामा संलग्न अन्यको नाम बताउन चाहेका थिएनन् । तर, पछि बताए । घटनामा संलग्न चार व्यक्तिको उनले नाम दिएपछि प्रहरी टोली उनीहरूको पिछामा लाग्यो ।
अनुसन्धानको क्रममा चारैजना काठमाडौं आइसकेको पत्ता लाग्यो । दाङमा थप अनुसन्धान भइरहँदा सिआइबीका इन्सपेक्टर कुमोद ढुंगेलको टोली भने काठमाडौंमा सोमबारदेखि नै घटनामा फरार अभियुक्तको पछि लागेको थियो ।
बस्नेतका भाइ रोकाय धुम्बाराहीमा बस्ने तथ्य अनुसन्धानमा खुल्यो । त्यसपछि प्रहरी उनकै निवासवरपर केही समय घुम्यो । उनको पहिचान भएपछि उनी साथीसँग रहेका वेला भोलिपल्ट मन्डिखाटारबाट समातिए । उनले आफ्नो संलग्नता स्विकारे ।
त्यसपछि प्रहरी घटनामा संलग्न अन्य व्यक्तिको खोजीमा लागेको थियो । युनिभर्सल कलेजमा अध्ययनरत रोकायले आफूलाई दाइ -खगेन्द्र बस्नेत)ले फसाएको भन्दै अनुसन्धानमा संलग्न अन्यलाई पक्राउ गर्न सहयोग गरे ।
उनी पक्राउ परेको अर्का फरार अभियुक्त परियारलाई थाहा थिएन । उनले आफ्नो मोबाइलबाट परियारलाई फोन गरे । यसअघि दुईवटा मनी एक्सचेन्जसमेत लुटिसकेका उनले रोकायको फोनलाई शंकास्पद रूपमा लिए । किनकि उनले फोन गरेर परियारलाई भेट्न आग्रह गरेका थिए । रोकायलाई प्रहरीले पक्राउ गरेको हुनसक्ने उनको आशंका थियो । 'कतै पुलिस लिएर आउन लागेको त होइन ?' शंका गर्दै परियारले सोधे । रोकायले होइनभन्दा पनि उनले विश्वास गरेनन् । ल्यान्डलाइनबाट फोन गर्न भने । रोकायले ल्यान्डलाइनबाट फोन गर्न लागेपछि भने उनले विश्वास गरेर साँझ ८ बजे विशालनगरमा भेट्न आए । रोकायलाई भेट्नुभन्दा अघि उनको भेट सादा पोसाकका प्रहरीसँग भयो । रोकायसँगै प्रहरी भएको पहिले नै उनलाई आशंका थियो । त्यसकारण टुँडालदेवी पुग्नेबित्तिकै केही व्यक्तिलाई देखेपछि उनी डराउँदै सैलुन छिरे । प्रहरीले उनीमाथि शंका गरिसकेको थियो । सैलुनबाट निस्किनेबित्तिकै परियार र उनका साथीलाई पक्राउ गरे ।
'प्रकाश भनेको तँ नै हैनस् ?' प्रहरीले सोधे ।
'हो प्रकाश श्रेष्ठ भनेको मै हो,' पेसेबर आपराधिक पृष्ठभूमि भएका परियारले चलाखीपूर्वक प्रहरीलाई ढाट्ने प्रयास गरे । केही छिनमै उनले नाममात्र होइन आरोप पनि स्विकारे । उनीसँग आएका साथी भने घटनामा संलग्न नभएकाले प्रहरीले छाडिदियो ।
अनुसन्धानको क्रममा प्रकाश भारत भाग्न लागिसकेको खुल्यो । तर, उनी अघिल्लो दिन नै फन्दामा परे ।

प्रहरी चियापसलेसमेत बने

घटनामा संलग्न दुईजना पक्राउ परे पनि थप दुईजना फरार नै थिए । उनीहरूलाई पक्राउ गर्न प्रहरीले प्रकाशकै सहयोग लियो । प्रकाशले घटनामा संलग्न प्रेम र मिनुर तामाङलाई भेट्न आग्रह गर्दै फोन गरे । उनीहरूलाई पनि आफ्नो पछाडि प्रहरी लागिसकेको थाहा थियो । त्यसकारण आफूहरू सुरक्षित स्थानमा रहेको भन्दै बाहिर ननिस्कने बताए । भोलिपल्ट शंखपार्कमा भेट्ने सहमति भयो ।
प्रहरीसँगै रहेका प्रकाशले भोलिपल्ट अर्थात बुधबार बिहान पुनः प्रेमलाई फोन गरेर शंखपार्कमा आउन आग्रह गरे, उनी सहमत भए । शंका लागे पनि पछि फोन गरेर नागपोखरीमा भेट्ने प्रस्ताव राखे, त्यसमा प्रकाश सहमत भए ।
प्रकाशले प्रेमलाई चियापसलमा बोलाए । सुरुमा प्रेममात्र आए । उनीहरूले दुई कप चिया मगाए, प्रकाश र प्रेमलाई । एउटा कालो चियाको पनि अर्डर थियो । कालो चिया अर्का फरार अभियुक्त मिनुरका लागि अर्डर गरिएको थियो ।
केही समयपछि मिनुर पनि आइपुगे । चिया खाँदै प्रकाशले आफूहरूलाई प्रहरीले कब्जामा पारिसकेकाले उम्कन गाह्रो भएको भन्दै दुखेसो पाखे । प्रेम पनि डराएका थिए । पछि मिनुर पनि आइपुगेपछि थप दुईजना पनि फन्दामा परे । किनकि नागपोखरीको सो चिया पसलमा चिया पसले बनेर प्रहरी नै बसेका थिए । केही छिनका लागि प्रहरीले चिया पसले बनेर उनीहरूलाई जाल थापेको थियो ।
यसरी निकै संयम र चलाखीपूर्वक तरिकाले फिल्मी शैलीमा भएको बैंक डकैती घटनामा सबै अभियुक्तलाई फिल्मी शैलीमा नै पक्राउ गर्न प्रहरी सफल
भएको हो ।
नवराज मैनाली

Thursday, December 27, 2012

ठूलाहरुलाई जेलमा पनि मोज गुप्ता र खड्काको जेल दैनिकी - onlinekhabar

१३ पुस, काठमाडौं । पदमा नभएको बेला पनि उत्तिकै चुरीफुरी र फुर्तिफार्ती देखाउने जेपी गुप्ता र खुमबहादुर खड्काको यो रवाफ जेलमा पनि उस्तै छ । भ्रष्टाचारको अभियोगमा छुट्टाछुट्टै रुपमा डिल्लीबजार सदरखोर पुगेका उनीहरु सँगसँगै जस्तो बस्छन् । त्यहाँको दिनचर्या र चहलपहल देख्दा लाग्छ, उनीहरु जेलमा नभएर आफ्नै आलिशन बंगलामा छन् ।
टेलिभिजनदेखि हिटरसम्म
झण्डै डेढसय कैदीको क्षमता रहेको डिल्लीबजार कारागारमा अहिले झण्डै सातसय कैदीबन्दी छन् । देशका अन्यत्र जेलमा जस्तै त्यहाँ रहेका कैदीहरुलाई पनि उस्तै साँघुरो र सास्ती छ । हुन त जेल, घरजस्तो हुने कुरा भएन । तर अरुले घरमा जस्तो सुविधा नपाएपनि गुप्ता र खड्काले भने जेलमा समेत ससुरालीमा भन्दा बढी मेजमानी पाएका छन् ।
पूर्वमन्त्री र चर्चित नेता भएकाले होला उनीहरुलाई सुविधा सम्पन्न छुट्टै कोठाको व्यवस्था गरिएको छ । चाहिएको सरसामान लगिदिन र भेट्ने मान्छे आएका छन् भनेर खबर गरिदिन सहयोगी छन् । कोठामा जाडोको बेला जिउ तताउने हिटर समेत छ । दुवैजनाको कोठामो ठूला टेलिभिजन सेट राखिएको छ । बाहिर हिँडडूल गर्न बाहेक अरु सबै सुविधा उनीहरुलाई छ ।
मीठा परिकारको बन्दोबस्त
जेलमा कैदी बन्दीका लागि सरकारले नै सिदाको व्यवस्था गरिदिन्छ । अर्थात सरकारी भाततिउन नै खान पाइन्छ । तर गुप्ता र खड्काले जेलमा पाउने खानेकुरा खाँदैनन् । उनीहरुलाई होटलबाटै प्याकिङ खानेकुरा आउँछ । घर परिवारले पनि बेलाबेला मीठामीठा परिकार लगिदिने गर्छन् । भेट्न जानेहरुले त अस्पतालमा बिरामीलाई लगेजस्तो मनपर्ने फलफूल र अरु खानेकुरा लगिहाल्छन् ।
भेट्नेहरुको ओइरो
पहिले निवास र पार्टी कार्यालयमा रहँदाजस्तै जेलमा पनि गुप्ता र खड्कालाई भेट्न जानेहरुको दिनहुँ ओइरो लाग्छ । हरेकदिन उनीहरुलाई भेट्न ५० भन्दा बढीको ओहोरदोहोर हुने जेल प्रशासनले जनाएको छ । खड्का र गुप्तालाई भेट्न बिभिन्न दलका शीर्ष नेता, बहालवाला मन्त्री, सुरक्षा अधिकृत, आफन्त, परिवार र साथीभाइको जेलमा चहलपहल देखिन्छ ।
भेट्नलाई छुट्टै कक्ष
जेलभित्र रहेका गुप्ता र खड्कालाई अरुसँग भेट गर्नको लागि जेल प्रशासनले छुट्टै कक्षको व्यवस्था गरेको छ । जेलको प्रवेशद्वार नजिकै रहेको कोठामा पनि सुविधासम्पन्न भौतिक सामग्रीको व्यवस्था गरिएको छ । बस्नको लागि आरामदायी सोफा र कुर्सीको व्यवस्था छ । त्यो कोठामा अरु कैदी बन्दी जान पाउँदैनन् । गुप्ता र खड्का बस्ने कक्षमा जस्तै भेटघाटको लागि बनाइएको कोठामा पनि सहयोगीको व्यवस्था छ ।
दिउँसो भेटघाटमा व्यस्त हुने दुवै ‘भ्रष्टाचारी’ नेता बिहान सबेरै उठ्छन् । दैनिक कर्मपछि गुप्ता लेखपढमा व्यस्त हुन्छन् । तर खड्का भने टेलिभिजन हेरेर समय बिताउँछन् ।

Wednesday, December 26, 2012

यस्तो रहृयो राप्रपा नेपालको रथयात्रा (फोटो फिचरसहित) - onlinekhabar

११ पुस, काठमाडौं । नेपाललाई सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र बनाउन माग गर्दै राप्रपा नेपालले गरेको बृहत रथयात्रा बुधबार सम्पन्न भएको छ ।
पुस २ गते विवाह पञ्चमीको दिन जनकपुरबाट सुरु भएको रथयात्रा लुम्बिनी, पोखराको हुँदै पशुपति बनकालीमा आएर समापन भएको हो ।
मंगलबार राति काठमाडौंको थानकोटमा आइपुगेको रथयात्रा कलंकी, कालिमाटी, कुलेश्बर, बल्खु, लखनखेल जाबलाखेल हुँदै खुल्लामञ्चमा पुगेको थियो । खुलामञ्चबाट कलस यात्रासहित पशुपति पुगेर रथ यात्रा सम्पन्न भएको छ ।
त्यसक्रममा विभिन्न धार्मिक स्थलबाट ल्याइएको जल पशुपतिनाथ मन्दिरमा चढाइएको राप्रपा नेपालले जनाएको छ ।

सडक विस्तार अब उपत्यकाको केन्द्र भागमा - naya patrika

उपत्यकामा एक वर्षअघिदेखि जारी सडक विस्तार अब काठमाडौंको मध्य र भित्री सडकमा केन्दि्रत हुने भएको छ । उपत्यकामा सर्वाधिक सवारी जाम हुने क्षेत्र जमल, पुतलीसडक, बागबजार, सोह्रखुट्टे, पुरानो बानेश्वर, सिनामंगल, मैतीदेवीलगायतका क्षेत्रमा बाटो फराकिलो पार्न लागिएको हो ।
बाटो विस्तारका लागि उपत्यका विकास प्राधिकरणले मुख्य तीन सडकखण्ड छनोट गरेर चिनो लगाएको छ । कुन क्षेत्रमा कहिले विस्तार गर्ने भन्नेबारे कार्यतालिका बनाए पनि प्राविधिक कारणले सार्वजनिक गर्न नमिल्ने प्राधिकरणले जनाएको छ । विस्तार गरिनुपूर्व सबै ठाउँमा माइकिङ गरेर आफैँ हटाउन आग्रह गरिने र कतिपय स्थानमा माइकिङसमेत भइरहेको प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त डा. भाइकाजी तिवारीले बताए ।
तत्काल विस्तार गर्नेगरी प्राधिकरणले छनोट गरेका तीन खण्डमा सोह्रखुट्टे-लैनचौरखण्ड, सेतोपुल -मैतीदेवी)देखि सिनामंगल चौतारो र कालिकास्थान -अनामनगर)देखि चारखाल -डिल्लीबजार) हँुदै पुतलीसडक चोकसम्म रहेका छन् । यी तीन सडकखण्ड विस्तार गर्दा उपत्यकाको मध्यभागमा हुने सवारी जाम निक्कै हलुका हुने ट्राफिक प्रहरीको भनाइ छ ।
विस्तारको पहिलो सूचीमा राखिएको सोहखुट्टे-लैनचौर सडकखण्ड २२ मिटर चौडा हुनुपर्नेमा हाल करिब १६ मिटर मात्रै रहेको प्राधिकरणले जनाएको छ । सोखण्डमा तीनतारे होटल मल्ल, अमृत साइन्स कलेज, संयुक्त राष्ट्रसंघीय बालकोष -युनिसेफ), भारतीय सेनाको पेन्सन क्याम्प, शान्ति विद्यागृह माविलगायतले सडक मापदण्डअनुसारको जग्गा नछाडी संरचना बनाएको प्राधिकरणले जनाएको छ ।
होटल मल्लले आफ्नो भवन साढे तीन मिटर सडक मिचेर बनाएको पाइएको प्राधिकरणका एक वरिष्ठ इन्जिनियरले नयाँ पत्रिकालाई जानकारी दिए । उनका अनुसार सडकको केन्द्रभागबाट दुवैतर्फ ११/११ मिटर हुनेगरी विस्तार गर्दा मल्ल होटलको क्यासिनो भेनसको अघिल्लो भाग पूरै भत्कनेछ । यस्तै, अस्कल, सरस्वती क्याम्पस र शान्ति विद्यागृहको पनि गेट र कम्पाउन्ड पूरै सडक क्षेत्रमा पर्नेछ । शान्ति विद्यागृहको भने पहिला नै भवन बनेकाले सरकारले क्षतिपूर्ति दिने जिल्ला आयुक्त तिवारीले बताए ।
सडक विस्तारको अघिल्लो सूचिमा राखिएको हात्तीसार सडकखण्डमा खेतान समूहको लक्ष्मी बैंकलगायत सिद्धार्थ बैंक, साखः भवन, ठेकेदार कम्पनी आइसिटिसी, गल्फ एयर, सुन्दर भवन तथा चिनियाँ समाचार एजेन्सी, सिन्ह्वाको कार्यालयलगायत करिब डेढ दर्जन भवन सडक मापदण्डविपरीत बनेकाले चिनो लगाइएको प्राधिकरणले बताएको छ । सो सडकखण्ड पनि २२ मिटर चौडाको हो । हात्तीसार मोडमा रहेको जयनेपाल हलले दुई दशमलव तीन मिटर, त्यसकैविपरीत रहेको सुन्दर भवनले तीन मिटर, गल्फ एयर रहेको भवनलगायत त्यसका लहरैका भवनले करिब साढे तीन मिटर सडकको जग्गा मिचेको प्राधिकरणका वरिष्ठ इन्जिनियरले जनाए ।
यसैगरी, खेतान समूह लक्ष्मी बैंक, गोर्खा ब्रुअरीलगायतका कम्पनी रहेको भवनले पाँच दशमलव दुई मिटर जग्गा मिचेको पाइएको छ । सो भवनको विपरीत रहेको ठेकेदार कम्पनी आइसिटिसीको भवनले साढे सात मिटर तथा सिन्ह्वाको कार्यालय रहेको भवनले करिब पाँच मिटर सडक मिचेको पाइएको छ । सिद्धार्थ बैंक आफैँले बनाएको भवनले पनि दुई दशमलव चार मिटर सडकको जग्गा मिचेको ती इन्जिनियरले जानकारी दिए । सबै ठाउँमा छानबिन गरेर चिनो लगाइसकिएको र अब माइकिङ गरेर डोजर चलाइने उनले बताए । सोखण्डमा रहेका अधिकांश भवनले टुकुचा खोलामाथि समेत संरचना निर्माण गरेको प्राधिकरणको दाबी छ ।
प्राधिकरणले उपत्यकामै सर्वाधिक सवारी जाम हुनेमध्येको एक क्षेत्र पुरानो बानेश्वर-मैतीदेवी क्षेत्रमा पनि विस्तारका लागि चिनो लगाएको छ । स्थानीयको दबाबका कारण पटकपटक रोक्दै आएको सो क्षेत्रमा सडक विस्तारका लागि सेतोपुलदेखि सिनामंगल पिपलचौतारोसम्म चिनो लगाएर जानकारी गराइएको हो । सो सडकखण्डअन्तर्गत सेतोपुलदेखि सिनामंगल पुलसम्म विस्तार गरेर १४ मिटर चौडा पारिने तथा पुलदेखि चौतारोसम्म २२ मिटर पारिने प्राधिकरणले जनाएको छ । स्थानीयबाट विरोध हुनसक्ने आशंकामा प्राधिकरणले प्रहरीको सहयोगमा सो क्षेत्रमा चिनो लगाएको थियो ।
पुतलीसडक क्षेत्रमा हुने सवारी जाम हटाउन प्राधिकरणले डिल्लीबजार-पुतलीसडकखण्डलाई सडक विस्तारको पहिलो सूचिमै समेटेको छ । डिल्लीबजार कालिकास्थानदेखि पुतलीसडक चोकसम्मको सडक विस्तार गरी १४ मिटर चौडा बनाइने काठमाडौं आयुक्त तिवारीले बताए ।

कति छ हाम्रा सिइओको स्यालरी ? करोडभन्दा माथि तलव खाने हाकिमहरुको नालीवेली (तस्वीर समाचार) - bizmandu

काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको तलव एक करोड रुपैयाँभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०६७/६८ को वित्तीय विवरण सार्वजनिक गरेका १२ बैंकका सिइओको तलवभत्ता र अन्य सुविधा जोड्दा वार्षिक एक करोड रुपैयाँभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०६६/६७ मा नेपालमै सबैभन्दा बढी तलव लिनेमा पृथ्वीबहादुर पाण्डे एक करोड ७५ लाख ३० हजार रुपैयाँ थियो । तर यसपटक उनको यो ताज खोसिएको आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दियो । आर्थिक वर्ष २०६७/६८ मा पनि उनको तलव एक करोड ७५ लाखकै हाराहारीमा छ तर उनीभन्दा बढी तलव खानेको सूचीमा अर्कै व्याक्ति आएका छन् । यसपटक नेपाली भूमिमा विदेशी व्याक्तिले सबैभन्दा बढी तलव सुविधा लिएका छन्, त्यसको अन्तिम विवरण तयार हुँदैछ, आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दियो । अहिलेसम्म प्राप्त विवरणमा सबैभन्दा बढी तलव मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको छ ।

अनिलकेशरी शाहः सबैभन्दा चल्तापूर्जा सिइओ अनिलकेशरी शाहले अघिल्लो आर्थिक वर्षमा एक करोड ६२ लाख ६० हजार रुपैयाँ तलव भत्ता लिएका थिए । उनले तलववापत एक करोड ४७ लाख रुपैयाँ, भत्तावापत १२ लाख २५ हजार रुपैयाँ, इन्धन सुविधावापत तीन लाख ३५ हजार रुपैयाँ लिएका थिए । त्यसबाहेक कम्पनीले उनलाई गाडी सुविधा, चालक, सुरक्षा गार्ड,  दुर्घटना÷औषधोपचार बिमा तथा मोबाइल बिल खर्च प्रदान गर्ने गरेको छ ।

अनिल ज्ञवालीः नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने नबिल बैंकका सिइओ अनिल ज्ञवालीको तलव भने नविल छाडेर गएका अनिलकेशरी शाहको भन्दा कम छ । अनिल ज्ञवालीले नबिल बैंकबाट एक करोड २० लाख रुपैयाँ तलव ११ लाख ४० हजार रुपैयाँ भत्ता लिने गरेका छन् । यसबाहेक बैंकले उनलाई बैंकको नीति अनुसारका थप सुविधा प्रदान गर्ने गरेको छ । बैंकले व्यवस्थापन तहका कर्मचारीलाई अघिल्लो आर्थिक वर्षमा १८ करोड ४५ लाख ७४ हजार रुपैयाँ बराबरको खर्च व्योहोरेको थियो ।

राजनसिंह भण्डारीः नेपाल बैंकर्स संघका अध्यक्ष समेत बनेका सिटिजन्स बैंकका सिइओ राजनसिंह भण्डारीको तलव वार्षिक ९६ लाख ६३ ६८० रुपैयाँ छ । उनले वार्षिक तलववापत ५३ लाख ७४ हजार दुई सय रुपैयाँ भत्तावापत ३१ लाख २० हजार रुपैयाँ, दशैंभत्ता र उपहारका लागि छ लाख ७३ हजार चार सय रुपैयाँ र सञ्चयकोष योगदानवापत चार लाख ९६ हजार रुपैयाँ लिएका थिए । यसबाहेक उनले बोनस ऐन अनुसार बोनस, इन्धन, टेलिफाने, पत्रपत्रिका,गाडी र बीमा सुविधा लिने गरेका छन् ।

किशोर महर्जनः हालैमात्र आइपिओ जारी गरेको सिभिल बैंकका सिइओ किशोर महर्जनले मासिक तलव १२ लाख रुपैयाँ बुझ्ने गरेका छन्, यसहिसावमा उनले वार्षिक एक करोड ४४ लाख रुपैयाँ तलव बुझ्ने गरेका छन् । त्यसबाहेक बैंकले उनलाई दशैं खर्च, बोनस, सञ्चयकोष सुविधा, गाडी, मेडिकल र दुर्घटना बीमा सुविधा दिएको छ ।

पिके मोहपात्रः वार्षिक नाफा अर्ब नघाउने अर्को बैंक एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा भने ज्यादै न्युन छ । उनले वार्षिक ६१ लाख २७ हजार ५३९ रुपैयाँ तलवभत्ता बुझेका थिए । उनी पञ्जाव नेशनल बैंकको प्रतिनिधीका रुपमा यहाँ खटाइएका हुन् । त्यसाबहेक बैंकमा कार्यरत २३ जना प्रवन्धक तथा माथिका कर्मचारीले वार्षिक पाँच करोड २१ लाख आठ हजार रुपैयाँ तलवभत्ता लिएका थिए ।

सुधिरबाबु खत्रीः ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिरवावु खत्रीले वार्षिक एक करोड ११ लाख ३० हजार रुपैयाँ तलवसुविधा लिएका छन् । उनले तलववापत ६३ लाख ६० हजार रुपैयाँ, भत्तावापत ३१ लाख ८० हजार रुपैयाँ, दशैंभत्ता वापत सात लाख ९५ हजार र विदा भत्तावापत सात लाख ९५ हजार रुपैयाँ लिएका थिए । उनले एक करोड ११ लाख रुपैयाँमध्ये ४४ लाख १४ हजार रुपैयाँ आयकर नै तिरेका थिए । यसबाहेक बैंकले उनलाई बोनसलगायतका सुविधा दिने गरेको छ ।

ज्ञानेन्द्र ढुङ्गानाः एनबी बैंक सुधारको जिम्मा लिएका ज्ञानेन्द्र ढुङ्गानाले चालु आर्थिक वर्षका कात्तिकसम्म ३१ लाख रुपैयाँ तलव लिएका छन् । आर्थिक वर्ष २०६७/६८ मा बैंकको सिइओमा गोविन्दबाबु तिवारी कार्यरत थिए । उनले तलववापत २१ लाख ३५ हजार रुपैयाँ र भत्तावापत ५७ लाख ८० हजार रुपैयाँ बुझेका थिए । चालु आर्थिक वर्षको कात्तिकसम्म ढुङ्गानाले तलववापत १४ लाख ५५ हजार रुपैयाँ र भत्तावापत १६ लाख ७४ हजार रुपैयाँ बुझेका छन् ।

आलोककुमार शर्माः नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत आलोककुमार शर्माले भने तलव नेपालबाट पाउँदैनन् । उनले भारतको एसबीआई बैंकबाटै तलव पाउने गरेका छन् । नेपालमा एसबीआईबाट खटिई आएका पदाधिकारीहरुको आवासभाडा तथा औषधोपचार खर्चवापत वार्षिक ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । बैंकको कर्मचारी खर्च २८ करोड ९० लाख रुपैयाँ छ ।

विजय पन्तः जनता बैंकका सिइओ विजय पन्तले अघिल्लो आर्थिक वर्षमा एक करोड ४३ लाख ९७ हजार रुपैयाँ तलवभत्ता लिएका थिए । उनले तलवभत्तावापत ६० लाख ३० हजार, दशैंखर्च वापत पाँच लाख, सञ्चयकोषवापत छ लाख, बोनस वापत सात लाख २६ हजार, टेलिफोन सुविधावापत ३१ हजार र इन्धनवापत दुई लाख ८४ लाख रुपैयाँ सुविधा बैंकबाट लिएका थिए । त्यसबाहेक उनले बैंकबाट गाडी सुविधाका लागि ५० लाख रुपैयाँ लिएका थिए ।

शोभनदेव पन्तः लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले तलव भत्ता तथा अन्य सुविधावापत वार्षिक एक करोड १६ लाख १० हजार रुपैयाँ लिएका थिए ।

उपेन्द्र पौडेलः एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले वार्षिक ९६ लाख चार हजार रुपैयाँ तलवभत्ता लिएका छन् । उनले तलववापत ५० लाख ४० हजार भत्तावापत ३३ लाख ६० हजार, दशैं खर्च सात लाख र सञ्चयकोषवापत पाँच लाख चार हजार रुपैयाँ पाएका थिए ।

नारायणदास मानन्धरः प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले तलववापत ५७ लाख ६० हजार भत्ता वापत ३८ लाख ४० हजार, दशैंभत्ता चार लाख ८० हजार, सञ्चयकोष पाँच लाख ७६ हजार रुपैयाँ लिएका थिए । उनले बोनसवापत ६५ लाख नौ हजार रुपैयाँ पाएका थिए । यसवापत उनले वार्षिक एक करोड ७१ लाख ६५ हजार रुपैयाँ पाएका थिए । त्यसबाहेक सवारी, मोवाइल र इन्धन सुविधा बैंकले दिएको थियो ।
देशको सबैभन्दा ठूलो करदाताका रुपमा रहेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंह भने वार्षिक ११ लाख ८४ हजार रुपैयाँ तलव बुझछन् । टेलिकम देशको सबैभन्दा बढी कर तिर्ने कम्पनी मात्र नभएर बढी मुनाफा गर्ने कम्पनी पनि हो । देशमा सबैभन्दा बढी कर तिर्ने निजी क्षेत्रको कम्पनी सूर्य नेपालका प्रमुख कार्यकारी अधिकृत सञ्जिव केसावाले वार्षिक एक करोड २१ लाख रुपैयाँ तलव बुझ्ने गरेका छन् । आर्थिक वर्ष २०६७र६८ मा केसावाले तलववापत ५१ लाख रुपैयाँ र भत्तावापत ७० लाख २९ हजार रुपैयाँ तलव बुझेका थिए ।

सबैभन्दा दुब्ली महिलाको कस्तो व्यथा !!!(फोटोफिचर सहित) - onlinekhabar

‘किन रोइस् मंगले आफ्नै ढंगले’ भन्ने उखानै छ । ढंग नपूराउँदा वा लहलहैमा लाग्दा कहिलेकाहीँ ठूलै ठक्कर खाइन्छ र त्यो पीडा जिन्दगीभरलाई हुन्छ । यस्तै भएको छ, भेलेरिया लेभिटिनलाई पनि ।
रुसकी यी महिला हाल मोनाकोमा बस्छिन् र यी विश्वकी सबैभन्दा दुब्ली महिला हुन् । उनलाई आफुले दुब्लोपनमा किर्तिमान राखेकोमा गर्व महसुस हुनुपर्ने हो । तर उनलाई आफ्नो लुरे जिउ देख्दा रुने मन लाग्छ ।
३९ वर्षकी भेलेरिया ५ फुट ८ इन्च उचाइँकी छिन् । यति उचाइएको व्यक्तिको साधारण वजन ५५ देखि ७५ किलोसम्म हुनुपर्छ । तर विडम्वना उनको वजन जम्मा २५ किलो मात्र छ ।
उनको सरीर यसो हुनुको कारण वास्तवमा उनीमा रहेको स्वास्थ्य समस्या हो । उनलाई किशोरावस्था देखि नै खाना खानै मन नलाग्ने इटिंग डिस्अर्डर नामको स्वास्थ्य समस्या थियो जसले उनको जिन्दगी नै बर्बाद पारिदियो । भोक नलाग्नु सबैभन्दा ठूलो सत्रु भएको उनको ठम्याइ छ ।
आफ्नो यस्तो हालत हुनुमा उनले आफ्नी आमालाई पनि दोष दिन्छिन् । आफ्नी आमाले बच्चामा आफुसँग झुटो बोल्ने गरेको र आफु दुब्ली हुँदा पनि निकै मोटो भएको भन्ने गरेको उनी सम्भिmन्छिन् । छोरी मोटाइ भनेर आमाले आफुलाई कम खाना खान दिएको घटना पनि उनलाई याद रहेछ ।
१६ वर्षकी छँदा उनको वजन ६० किलो रहेछ । त्यसपछि उनी आमाबाबुसँगै अमेरिकाको शिकागो आइन् । त्यहाँ आएपछि उनी नयाँ स्कुलमा भर्ना हुन चाहन्थिन् । नयाँ स्कुलमा आफु स्लिम बनेर गएमा धेरै केटाले आँखा मार्ने लोभ उनमा जाग्यो ।
त्यसपछि उनले जिउ घटाउन डाइटिङ सुरु गरिन् । उनले निकै कम खाना खान थालिन् र आफ्नै जिउमाथि अत्याचार गरिन् ।
२३ वर्षकी हुँदा उनले मोडेल बन्ने बारेमा सोँचिन् । तर मोडेल बन्न निकै स्लिम हुनुपर्ने तर आफु आवश्यकता भन्दा बढि मोटो भएको भ्रम उनमा पर्यो । खाना निकै घटाउने क्रमलाई जारी राख्दै गर्दा २४ वर्षको उमेरमा उनको तौल साढे ३७ किलोमा झर्यो । त्यसपछि सुरु भए उनका दुखका दिन । निकै कम तौल भएको भन्दै उनलाई कलेजमा शिक्षकहरुले नाच्नमा प्रतिबन्ध लगाए ता की दुब्ली भएकाले लडेर उनलाई चोट नलागोस् ।
एक समय त उनी झण्डै मृत्युको मुखमा पुगिन् । उनको वजन १९ किलोमा झर्यो । डाक्टरहरुले ठूलो प्रयास गरेपछि उनलाई बचाउन त सफल भए तर उनको वजन बढाउन भने खासै सकिएन । उनले अहिलेपनि खासै खाना खान सक्दिनन् र पच्दैन पनि । उनले विभिन्न भिटामिनका चक्की तथा विशेष प्रकारको खाना खाएर प्राण धानिरहेकी छिन् । उनलाई आफ्नो देश रुस गएर ढुक्कले बस्ने र कसैको शुक्रकिट लिएर बच्चा पाउने इच्छा छ । तर उनको सरीर यस्तो छ की उनले बच्चा पाउन सक्ने सम्भावना लगभग शून्य छ ।
खानै नखाई स्लिम बन्न चाहने अहिलेका तरुनीहरुका लागि वास्तवमा भेलेरियाको जिन्दगी एउटा पाठ पनि हो ।
 

Sunday, December 23, 2012

२०५७ सालदेखिको एसएलसी प्रमाणपत्र इन्टरनेटमा - nagariknews

काठमाडौँ, पुस ८ (नागरिक) - नक्कली एसएलसी प्रमाणपत्र बनाएर झुक्याउन खोज्नेहरुको दिन अब गए। परीक्षा नियन्त्रण कार्यालयले २०५७ देखि २०६८ सालसम्मका करिब २७ लाख विद्यार्थीका प्रमाणपत्र अनलाइनबाट भेरिफाइ गर्न सकिने बनाएको छ।

http://verify.soce.gov.np/index.php
मा गएर जन्ममिति, सिम्बोल नम्बर र पास गरेको वर्ष राखेपछि प्रमाणपत्र हेर्न सकिन्छ।

यसले १२ वर्षको अवधिमा पास भएका विद्यार्थीहरुको प्रमाणपत्र प्रमाणिकरण गर्न परीक्षा नियन्त्रण कार्यालय पठाइरहनुपर्ने झण्झट हटेको छ। २०५७ सालअघि एसएलसी पास गरेकाहरुको प्रमाणपत्रको इलेक्ट्रोनिक कपी उपलब्ध नभएकोले त्यसलाई भने अनलाइनमा राख्न सकिएको छैन।

Thursday, December 20, 2012

छोराकी सालीलाई श्रीमती बनाउँदा - souryadaily

-जीवन विसी

काठमाडौं, ६ पुस । उमेरले ९१ वर्ष पुगेका मालु–७, दोलखाका गणेशप्रसाद दाहालका साख्खै छोरा हुन् ६१ वर्षीय परशुराम दाहाल । तर, उनीहरूको अर्को नाता पनि छ । गणेशप्रसादका साढुदाइ पनि हुन् परशुराम । आºनो जेठा छोरा परशुरामकी साली भागीरथीलाई गणेशप्रसादले छैटौँ श्रीमतीका रूपमा भित्र्याएपछि उनीहरूबीच साढुको नाता कायम भएको हो ।
छोराकी साली बिहे गरेर नाताको घनचक्करमा परेका गणेशप्रसाद बिहीबार सर्वोच्च अदालतमा भेटिए । आºनै छोरा उर्फ साढुदाइविरुद्धको मुद्दा लड्न सर्वोच्च धाएका रहेछन् उनी । ‘छोरा भन्नुस् या साढुदाइ भन्नुस्, यसकै कारण मैलै जिन्दगीभर कमाएको सम्पत्ति उपभोग गर्न पाइनँ, त्यसैले जिल्ला, पुनरावेदन हुँदै सर्वाेच्चसम्म न्यायका लागि आएको छु,’ सर्वाेच्च अदालतमा बकसपत्रसम्बन्धी मुद्दाको सुनुवाइमा उपस्थित भएका गणेशले भने, ‘हो मैले ६ वटी विवाह गरेँ तर छोराकै साली विवाह गरेकाले म बेघर भएँ ।’
बाबुको कुरा सुन्नेबित्तिकै छोरा परशुरामले सर्वाेच्च परिसरमै जवाफ फर्काए, ‘मेरी साली तिमीले विवाह गर्‍यौ, यसमा मेरो गुनासो छैन तर छोराको नाताले त सम्पत्ति पाउनुपर्‍यो नि †’
उमेरमा ठेक्कापट्टा, व्यापार गरी मनग्य सम्पत्ति आर्जन गरेका गणेशले ६ वटी श्रीमती विवाह गर्न भ्याए । जेठी श्रीमतीबाट ३ र माइली श्रीमतीबाट ५ सन्तान जन्माएका गणेशले वृद्ध अवस्थामा रेखदेख गर्ने सर्तसहित सबै सम्पत्ति छोराहरूको नाममा गरिदिएको बताए । ०४३ मा सम्पत्ति सबै छोराका नाममा गरिदिएपछि छोराहरूले उनीहरूलाई रेखदेख भने गरेनन् । रेखदेखको माग गर्दै उनले ०६३ सालमा पुर्शरामविरुद्ध दोलखा जिल्ला अदालतमा मुद्दा दायर गरे ।
‘त्यतिबेलादेखि छोरासित अदालतमा लड्दै छु,’ गणेशले भने । जिल्ला अदालत दोलखाले छोरा परशुरामका पक्षमा फैसला गरिदिएपछि उनी पुनरावेदन अदालत पाटन आएका थिए । पाटन अदालतले पनि छोराकै पक्षमा फैसला गरिदिएपछि उनी ०६८ मा सर्वाेच्च अदालत पुगेका हुन् । सर्वाेच्च अदालतले पनि छोराकै पक्षमा फैसला गरिदिएपछि उनले पुन: पुनरावलोकनको निवेदन सर्वाेच्चमा दिएका थिए । उक्त मुद्दाको सुनुवाइ सुन्न दोलखाबाट बाबुछोरा बिहीबार सर्वाेच्च अदालतमा आए तर समयको अभाव देखाउँदै सर्वाेच्चले मुद्दाको सुनुवाइ नगरेपछि अर्काे सुनुवाइको म्याद बुझे ।
सर्वाेच्च परिसरमा बाबु गणेशले आफूले ६ वटी श्रीमती विवाह गरे पनि हाल कान्छी (छोराकी साली) मात्र आºनो साथमा रहेको बताए । ‘उमेरमा त दुई/दुईवटी श्रीमतीका साथमा दिन–रात बिताउँथँे तर अहिले एउटी मात्र छ,’ उनले भने, ‘ठेक्कापट्टा गर्दा छोराकी साली भगरिथीसंग हिमचिम बढेपछि विवाह गरेको हुँ ।’ उनले अझै विवाह गर्ने मन भए पनि तन नभएका कारण नसकेको बताए । गणेशले भने, ‘९१ वर्षमा अर्काे विवाह गर्न पाए त नेपालमा नामै रहने थियो ।’ गणेशले विवाह गरेका ६ श्रीमतीमध्ये चारजनाको मृत्यु भइसकेको छ भने एउटीले छाडेर हिँडेकी रहिछन् ।
बाबु गणेशले आफूलाई पालनपोषण नगरेको भन्दै मुद्दा दायर गरे पनि छोरा परशुरामले भने अस्वीकार गर्दै आएका छन् । उनले भने, ‘जिन्दगीभर श्रीमती ल्याउने काम मात्र गरे तर हामीलाई थोरै सम्पत्ति दिँदा पनि मन दुखाएर मुद्दा हालेका छन् ।’
गजब छ बा †
जेठा छोरा परशुरामकी साली भागीरथीलाई भगाएका ९१ वर्षीय गणेशप्रसादले आफ्नी बुहारीलाई जेठीसासू मान्नुपर्ने हुन्छ भने नाति–नातिनालाई भतिजा–भतिजी । गणेशकी छैटौँ श्रीमतीबाट जन्मिने सन्तानले परशुरामलाई दाइ भन्ने कि ठूलोबुबा ? भागीरथीका आमाबाबुलाई गणेशले सम्धि–सम्धिनी भन्ने कि सासू–ससुरा ?

पृथ्वीको अन्त्य! - nagariknews - दयानन्द बज्राचार्य

केही समयदेखि भोलि अर्थात् २१ डिसेम्बर २०१२ मा पृथ्वीको अन्त्य हुनेछ भन्ने हल्ला विश्वभर चलिरहेको छ। यसबाट विश्वभरका कतिपय मानिस भयभित र आतंकित छन्। तर वैज्ञानिकहरू उक्त हल्ला निराधार भएको बताउँछन्। कतिपय देशका बासिन्दाले उक्त हल्लालाई गम्भीरपूर्वक लिएका र विश्वास गरेकाले ती देशका सरकारले आधिकारिकरूपमा उक्त हल्लालाई विश्वास नगर्न अपिलसमेत गरेका छन्। यसैबीच लामो समयदेखि अन्तरिक्ष विज्ञानको गहन अध्ययन/अनुसन्धानमा संलग्न प्रतिष्ठित अमेरिकी वैज्ञानिक संस्था नासाले उक्त हल्लाको कुनै वैज्ञानिक आधार नभएको भन्दै आधिकारिकरूपमा खण्डन गरिसकेको छ।
डिसेम्बर २१ मा पृथ्वीको अन्त्य हुने व्यापक हल्ला विशेषगरी इन्टरनेको माध्यमबाट विश्वभर फैलिएको हो। इन्टरनेटका लाखौँ वेभसाइटमा यही विषयलाई लिएर चर्चा गरिएको पाइन्छ। यसै विषयसँग सम्बन्धित अहिलेसम्म दुई सयभन्दा बढी पुुस्तक प्रकाशित भइसकेका छन्। त्यतिमात्र होइन, यसै विषयलाई लिएर हलिउडले एक 'साइन्स फिक्सन' चलचित्रसमेत निर्माण गरेको छ।
केही महिनाअघि २१ मुलुकका १६ हजार मानिससँगको सर्वेक्षणमा औसत आठ प्रतिशत मानिसले सन् २०१२ को डिसेम्बर महिनामा पृथ्वीको अन्त्य हुने हल्लाबाट आफूले भय र चिन्ताको अनुभव गरेको बताएका थिए। यस सर्वेक्षणअनुसार चीनमा २० प्रतिशत, रसिया, टर्कि, जापान र कोरियामा १३ प्रतिशत र संयुक्त राज्य अमेरिकामा १२ प्रतिशत मानिस यस हल्लाबाट भयभित र चिन्तित भएको पाइएको छ। अहिलेसम्म यिनै हल्लाबाट चिन्तित भएर एकजनाले आत्महत्या गरेको बताइन्छ। विशेषज्ञहरूअनुसार यो हल्ला विश्वभर व्यापकरूपमा फैलिनुमा सबैभन्दा ठूलो भूमिका इन्टरनेटको छ।
नेपालमा पनि यो हल्लाले चर्चा पाउन थालेको छ। केही दिनयता सञ्चारमाध्यममा यसबारे चर्चा गरिएको पाइन्छ। केही सञ्चारकर्मीले यसबारे सत्यतथ्य जान्न पंक्तिकारसँग टेलिफोन सम्पर्क गरेका छन्। मैले सबैलाई यो हल्लाको कुनै आधार नभएको र डिसेम्बर २१ म्ाा केही हुँदैन भन्दै आएको छु। यो हल्ला एक त्रिशूलबाबा नाम गरेको साधुले २०६४ असार ८ गते नेपालमा ठूलो भूकम्प आउनेछ भनी गरेको हल्लाभन्दा केही फरक छैन। त्यतिबेला त्रिशूलबाबाको भविष्यवाणीबाट काठमाडौंका धेरै जनता आतंकित भएका थिए। भयका कारण कयौं मानिस भूकम्प जाने भनेको केही दिनअगाडिदेखि नै नसुतिकन रात बिताउन थालेका थिए। कतिपय मानिस भूकम्पबाट बच्न घरघरमा पूजा पाठ र भजनमा व्यस्त थिए। असार ८ गते बिहान सबेरै मन्दिर तथा पिठहरूमा अप्रत्यासितरूपले मानिसको ठूलो भिड लागेको थियो। उक्त दिन भूकम्पबाट बच्न हजारौं काठमाडौंबासी बिहानको झिसमिसे उज्यालोमा टुँडिखेलमा जम्मा भएका थिए। शायद कुनै स्थानीय बाबाबाट नभई विदेशबाट चलेको हल्ला भएर होला, त्रिशूलबाबाको भविष्यवाणीबाट जस्तो सन् २०१२ डिसेम्बर २१ म्ाा पृथ्वीको अन्त्य हुने हल्लाले काठमाडौंका जनता त्यति धेरै आतंकित भएको देखिँदैन।
सन् २०१२ डिसेम्बर २१ मा पृथ्वीको अन्त्य हुने कथाको आरम्भ मध्य अमेरिकाका प्राचीन बासिन्दा सुमेरियनहरूले पत्ता लगाएको भनिएको 'निबिरु' नामक ग्रह पृथ्वीतिर हुत्तिएर आइरहेको र यसले सन् २०१२ पृथ्वीसँग ठोक्किएर पृथ्वीलाई ध्वस्त पार्ने भन्ने विश्वासबाट भएको थियो। तर वैज्ञानिकहरूका अनुसार 'निबिरु' एक काल्पनिक ग्रहमात्र हो। यसको अस्तित्व अहिलेसम्म विज्ञानले प्रमाणित गरेको छैन। यदि यस्तो कुनै ग्रह पृथ्वीतिर हुत्तिएर आइरहेको र ठोक्किने सम्भावना भएको भए वैज्ञानिकहरूले सजिलै थाहा पाउने थियो। त्यतिमात्र होइन, त्यस्तो ग्रह त हामीले अहिलेसम्ममा नांगो आँखाले समेत देखिन सकिने अवस्था हुन्थ्यो।
पृथ्वीमा यस प्रकारको महाप्रलय निम्तने मितिका लागि सुरुमा सन् २००३ को मे महिना तोकिएको थियो। उक्त मितिमा केही नभएपछि प्रलय हुने मिति मायान सभ्यताको क्यालेन्डरको अन्तिम दिन २१ डिसेम्बर २०१२ का लागि सारिएको थियो। तर वैज्ञानिकहरूका अनुसार जसरी हाम्रो भित्ते क्यालेन्डरमा अन्तिम दिन ३१ डिसेम्बर उल्लेख हुँदैमा संसारको अन्त्य हुने नभई अर्को नयाँ क्यालेन्डरको सुरुवात हुने हा,े त्यसैगरी एक मायान क्यालेन्डरको अन्त्यपछि पृथ्वीको अन्त्य हुने नभई अर्को क्यालेन्डरको सुरुवात हुने मात्र हो। नासाका वैज्ञानिकहरू मात्र नभएर मायान सभ्यतासम्बन्धी विज्ञहरूले समेत मायान सभ्यतामा पृथ्वीको अन्त्यबारे कतै केही उल्लेख वा चर्चा नगरिएको स्पष्ट पारेका छन्। वास्तवमा कुनै पनि क्यालेन्डरको आधारमा भविष्यवाणी गर्न नसकिने विज्ञहरूको भनाई छ।
विभिन्न ग्रहहरू एउटै रेखामा आएर डिसेम्बर २३ देखि २५ सम्म पृथ्वीमा पुरै अन्धकार छाउने हल्ला पनि चलेको छ। नासाका वैज्ञानिकहरूका अनुसार यो पनि आधारहीन हल्लामात्र हो। निकट भविष्यमा ग्रहहरू एउटै रेखामा आउने कुनै सम्भावना नरहेको नासाका ती वैज्ञानिक बताउँछन्। ग्रहहरू एउटै रेखामा आए पनि यसले पृथ्वीलाई कुने खासै असर पार्ने छैन। उदाहरणका लागि सन् १९६२, १९८२ र २००० मा पृथ्वीलागायत् अरू केही ग्रह एउटै रेखामा आएका थिए। तर यसले पृथ्वीलाई कुनै असर पारेको थिएन। हरेक डिसेम्बर महिनामा पृथ्वी र सूर्य 'मिल्की वे' नामको आकाश गंगा (ग्यालेक्सी) को मध्य भागको रेखामा पर्छन्। तर पृथ्वीमा त्यसको कुनै असर पर्दैन्।
सन् २०१२ मा सूर्यको गतिविधिमा असामान्य परिवर्तन आई सौर आँधी (सोलर स्ट्रोम) उत्पन्न हुने र त्यसले पृथ्वीलाई नष्ट पार्ने हल्ला पनि चलाइएको छ। वैज्ञानिकहरूका अनुसार सूर्यको गतिविधिमा नियमितरूपमा सामान्य परिवर्तन आउने गर्छन्। यस्ता परिवर्तनले अन्तरिक्षमा प्रक्षेपण गरिएका केही भूउपग्रहलाई मात्र सामान्य असर पार्ने वैज्ञानिक बताउँछन्। तर यस्ता असरलाई प्रभावहीन बनाउन अन्तरिक्ष इन्जिनियरहरू सक्षम भइसकेको नासाका पदाधिकारी बताउँछन्। नासाका वैज्ञानिकका अनुसार सूर्यको गतिविधिले पृथ्वीमा असामान्य र ध्वंसात्मक प्रभाव पारेको आजसम्मको खगोलीय इतिहासमा पाइएको छैन।
पृथ्वीको अन्त्य हुने हल्ला चलाउनेहरू सन् २०१२ मा पृथ्वी साविकभन्दा उल्टो दिशामा घुम्ने र फलस्वरूप पृथ्वीको चुम्बकीय गुणमा नाटकीय परिवर्तन आउने बताउँछन्। उनीहरू यसरी उत्पन्न हुने चुम्बकीय परिवर्तनका कारण पृथ्वीको अन्त्य हुने हल्ला गर्छन्। तर वैज्ञानिकहरूका अनुसार पृथ्वी साविकभन्दा विपरित दिशामा घुम्ने भन्ने कुरा असम्भव छ। हो, हरेक चारलाख वर्षमा पृथ्वीको चुम्बकीय गुणमा केही परिवर्तन आउने गर्छ, तर यस्ता परिवर्तनले पृथ्वी र पृथ्वीमा बाँच्ने जीवका लागि कुनै प्रकारको नकारात्मक असर नपर्ने नासाका वैज्ञानिक बताउँछन्। त्यतिमात्र होइन, आगामी हजारौँ वर्षमा पनि पृथ्वीको चुम्बकीय गुणमा यस प्रकारको परिवर्तन आउने कुनै सम्भावना नभएको वैज्ञानिकहरू बताउँछन्।
सन् २०१२ मा कुनै ठूलो आकाशीय पिण्ड (मिटियर) पृथ्वीमा खस्ने र त्यसबाट उत्पन्न महाबिष्फोटले पृथ्वी ध्वस्त हूने हल्ला पनि चलाइएको छ। हो, यस्ता आकाशीय पिण्ड पृथ्वीमा समयसमयमा खस्ने गर्छन्। तर सामान्यतया यी पिण्ड स-साना पत्थर हुने गर्छन् र तिनले पृथ्वीलाई कुनै गम्भीर असर पार्ने गरेका छैनन्। पृथ्वीलाई क्षति पुर्यानउने प्रकारको ठूलो आकशीय पिण्ड सबैभन्दा पछिल्लो समय करिब साढे छ करोड वर्षअघि खसेको थियो, जसबाट त्यतिबेला ठूलो संख्यामा पाइने जनावर 'डाइनासोर' यस पृथ्वीबाट सदाका लागि लोप भएको थियो। हिजोआज अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले 'स्पेसगार्ड सर्भे' परियोजनाअन्तर्गत पृथ्वीमा खस्ने आकाशीय पिण्डको निरन्तर अवलोकन गरिरहेका छन्। उक्त परियोजनाको मद्दतले वैज्ञानिकहरूलाई कुनै पनि आकशीय पिण्ड पृथ्वीमा खस्नुअघि समयमै पूर्व जानकारी प्राप्त हुने गर्छन्। उक्त परियोजनामा संलग्न नासाका वैज्ञानिकहरूका अनुसार निकट भविष्यमा त्यस्ता कुनै आकाशीय पिण्ड पृथ्वीमा खस्नसक्ने सम्भावना देखिएको छैन।
यसरी अन्तरिक्षसम्बन्धी अध्ययन/अनुसन्धानका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित र भरपर्दाे अमेरिकाको वैज्ञानिक संस्था नासाले स्पष्ट पारेअनुसार डिसेम्बर २१ म्ाा पृथ्वीको अन्त्य हुने भनेको हल्लाको कुनै वैज्ञानिक आधार छैन र त्यो दिन केही पनि हुने छैन। सबै ढुक्क र निश्चिन्त भए हुन्छ। चार अर्ब वर्षदेखि पृथ्वी स्थिर छ र आउँदो अबौँ वर्षसम्म पनि पृथ्वी स्थिर नै रहनेछ।
पृथ्वीको अन्त्य हुने भविष्यवाणी यसअघि पनि समयसमयमा नभएका होइनन्। तर यस्तो भविष्यवाणी विशेषगरी कुनै धर्म वा धार्मिक समूहसँग जोडिएको पाइन्छ। कतिपय प्राचीन हिन्दु ग्रन्थमा पनि एक ब्रह्माण्डको अन्त भई अर्को ब्रह्माण्ड निर्माण हुने कुरा उल्लेख छन्। केही आधुनिक ब्रह्माण्डशास्त्री पनि यस ब्रह्माण्ड एक दिन शून्यतामा विलिन हुने विश्वास गर्छन्। उनीहरूका अनुसार यो ब्रह्माण्ड स्थिर नभएर निरन्तर विस्तार भइरहेको छ। यसै क्रममा एक दिन यो ब्रह्माण्ड शून्यतामा परिणत हुनेछ। तथापि यो घटना आज भोलि नभई अबौँ वर्षपछि हुने घटना हुन्। त्यतिबेलासम्म मानिसले शायद आफ्नो बसाई पृथ्वीबाट अन्य ग्रहमा सारिसकेको हुन्छ। प्राचीन हिन्दु ग्रन्थमा उल्लेख भएजस्तै पौल स्टाइन्हार्ट र निल ट्युरोकजस्ता प्रतिष्ठित भौतिकशास्त्री पनि एक ब्रह्माण्डको अन्त्यपछि अर्को ब्रह्माण्डको उत्पत्ति हुनेमा विश्वास गर्छन्।

Wednesday, December 19, 2012

मयान क्यालेण्डरः समाचार पढ्नुस, मनोरञ्जन लिनुस्, फेरी यस्तै सुरक्षित घर भने नखोज्नुहोस् - bizmandu

मायान क्यालेण्डरलाई मान्ने हो भने अबको दुई दिनेपछि २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुँदैछ । पृथ्वी नै ध्वस्त हुने हल्लाबाट तपाईं चिन्तित हुुनुहुन्छ भने तपाँईका लागि एउटा शुभ खबर छ । अमेरीकाको क्यालिफोर्निया निवासी रन हुब्बार्ड ले आरामदायी भूमिगत आवासगृह तयार गरेका छन् । यो आवासगृह विष्फोटन प्रतिरोधक छ । आरामदायी एवं अत्याधुनिक भूमिगत गृहमा छालाको सोफा, प्लाज्मा टिभीसहित काठको भूँई पनि छ ।
पृथ्वी ध्वस्त हुने दिन निक्कै नजिक आईसकेको परिप्रेक्ष्यमा यो आरामदायी गृहको माग उच्च रहेको हुब्बार्डले बताए । उनकाअनुसार अघिल्लो वर्षसम्म महिनाको एक भूमिगत आवसगृह बिक्री हुने गरेकोमा अमेरीकी राष्ट्रपतिय चुनाव पछि दैनिक एउटाका दरले बिक्री हुन थालेको छ । हुब्बार्डले मेहनतका साथ तयार गरेको विष्फोटन प्रतिरोधक आवसगृह यस्तो छ ।

भूमिगत आवस गृहको विस्तारामा बालवालिकाहरु । सामान्यतया ४६ हजार पाउण्ड पर्ने यो आवसगृहको मूल्य सुविधाअनुसार थप घट हुने गरेको छ ।


न्युक्लियर बमका साथै अन्य विष्फोटक पदार्थ समेत झेल्न सक्ने आवासगृहमा रहेको डाइनिङ टेबल ।



बंकरमा भित्रबाट खोल्नमिल्ने आपतकालीन ढोकाहरु पनि छन् ।


बंकर भित्र रहेको पाँच सय वर्गमिटर क्षेत्रफलको शयन कक्ष । यसमा आरामदायी शयनकक्ष पनि छ।


बंकरमा राखिएको प्लाज्मा टिभी र छालाको सोफा सेट ।


जमिनमुनि फिट गर्न लागिएको बंकर । यस्ता बंकरहरु जमिनभन्दा २० फुटमुनि राखिएको छ ।


आवासगृह मध्यको सस्तो गृह । यसको मूल्य ३० डलर तोकिएको छ ।


आवास गृहमा फ्रिज र माइक्रोवेभ ओभन पनि छ ।

बैँकमा खाता खोल्न बाजेबज्यैको नागरिकता चाहिने - mysansar

बैँकमा खाता भएको मान्छेको ठूलै प्रतिष्ठा हुने दिन आउन लागेको जस्तो देखिएको छ। किनभने अब बैँकमा खाता खोल्नु चानचुने विषय नरहने भो। ठूलै मेहनत आवश्यक हुन्छ अब। तपाईँले खाता खोल्ने हो भने पहिले पो तपाईँको पासपोर्ट साइजका दुईवटा फोटो र नागरिकताको फोटोकपि भए पुग्थ्यो। अब त तपाईँकी पत्‍नी वा पतिको, आमा, बुबा, बाजे, बज्यै, छोरा, छोरी अनि बुहारीसम्मको नागरिकता लगेर बुझाउनु पर्नेछ। अझ त्यतिले नपुगेर बैँकले इन्टरभ्युसमेत लिन सक्नेछ। नेपाल राष्ट्र बैँकले सबै बैँकलाई नयाँ खाता खोल्दा ग्राहकबाट तत्कालै र पुराना ग्राहकबाट अर्को वर्षको असार मसान्तभित्र यस्तो विवरण लिन निर्देशन दिएको हो। के-के जानकारी उपलब्ध गराउनु पर्छ त नयाँ खाता खोल्दा र पुरानो खाताका ग्राहकहरुले, हेर्नुस् भित्र-


ल हेर्नुस् त, कति झण्झटिलो ! बाजे बज्यैकोसम्म नागरिकता दिनुपर्ने। कसो ज्वाइँको चाहिँ भनेनछ, छोरा-बुहारीसम्मको चाहिने ! मेरो बाजेलाई मेरो बुबाले त राम्रोसँग देख्न पाउनुभएको थिएन रे, अब मैले खाता खोल्नु परे कहाँबाट उहाँको नागरिकता नम्बर ल्याएर दिने होला लौ।
बैँकले पनि अब पहिले जस्तो १ रुपियाँमा खाता भन्दै कहाँ खाता खोल्न पाउँछ र। बैंकका कर्मचारीले ग्राहकको घरैमा पुगी घरसम्म पुग्ने नक्सा बनाएर विवरणमा राख्‍नुपर्नेछ।
यस्ता निर्देशन नमाने बैँकले १ लाखदेखि ३ लाखसम्म जरिवाना तिर्नुपर्नेछ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्नका लागि भन्दै नेपाल राष्ट्र बैँकले यस्तो निर्देशन नेपालका सबै बैँकलाई दिएको हो।
यही व्यवस्था कायम हुने हो भने अब बैँकमा खाता खोल्न निकै गाह्रो हुनेछ। झण्झटको पिरैले पनि मानिसहरु बैँकमा खाता खोल्न जान दिक्क मान्ने छन्। बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारीले यति धेरै झण्झटिलो बनाउन नहुने भन्दै सुधार गर्न राष्ट्र बैँकलाई आग्रह गरिसकेका छन्।
उता, छिमेकी देश भारतको केन्द्रीय बैँकले भने अस्ति भर्खर (डिसेम्बर १० मा) निर्देशन जारी गर्दै बैँक खाता खोल्न पहिलेभन्दा सजिलो बनाउने निर्देशन जारी गरेको छ।


Tuesday, December 18, 2012

विश्वका उत्कृष्ट दश आर्किटेक्चरल टावर जसले सन् २०१२ को अवार्ड प्राप्त गरे (तस्वीर समाचार) - bizmandu

न्युयोर्क । सन् २०११ मा निर्माण सम्पन्न भएका विश्वका उत्कृष्ट दश टावरको सूची बुधवार सार्वजनिक गरिएको छ । यो सूचीमा न्युयोर्कको गगनचुम्बी भवनले पहिलो पुरस्कार पाएको छ । आठ स्प्रस स्ट्रिट म्यानह्याटनमा भएको न्युयोर्क ब्लक टावरलाई निर्णायकले इम्पोरिस स्काइस्क्राप्रस अवार्डमा पहिलो पुरस्कार दिए । सन् २०११ को उत्कृष्ट आर्किटेक्चरल भवनको उपाधि भएको यो ७६ तले टावरको डिजाइन फ्रान्क गेरीले गरेका थिए ।
आवासिय प्रयोजनका लागि निर्माण गरिएको  यो टावर विश्वको १२ औं अग्लो हो, यसको उचाई २६५ मिटर छ । १० हजार पाँच सय स्टिल प्यानलले निर्माण गरिएको यो टावरमा प्रयोग गरिएका स्टिल प्यानलहरु पनि फरक फरक संरचनाका छन् ।
आर्किटेक्चरको ओस्कार पुरस्कार मानिने यो सम्मानको दोस्रो स्थान कुवेतको हल हम्रा टावरले पायो । ४१२ मिटर अग्लो र ८० तले अल हम्रा टावरको आर्किटेक्चरल डिजाइन पनि अनौछ । लाइमस्टोन र कंक्रिट वालले बनाइएको यो टावरमा घामलाई छेक्ने खुबी छ । यो भवनमा राखिएको झ्यालको चर्चा पनि निर्णायकहरुको चर्चाको विषय बन्यो । यो भवनबाट कुवेतको शहरसँगै रेगिस्तान पनि देखिन्छ ।
आबुदावीमा बनेको इतिहाट टावरले यो पुरस्कारमा तेस्रो स्थान पायो । तीनवटा आवासीय टावर, एउटा अफिस टावर र एउटा होटल टावर भएको यी भवनहरु २१७ मिटरदेखि ३०५ मिटर अग्ला छन् । यी भवनहरु ५६ देखि ८९ तलासम्मका छन् । चौथो स्थानमा चीनको सेनझेनमा रहेको केके हण्डे«ड टावर परेको छ । ४४१ मिटर अग्लो यो टावर वेलायती कम्पनीले बताएको हो । टेरि फ्यारेलर एण्ड पाटर्नसले तयार गरेको यो टावरले त्यस क्षेत्रको सम्पत्ती र प्रसिद्धिलाई इगिंत गर्दछ ।
चीनको यो टावरसँगै स्टकहोमको भिक्टोरिया टावर र सिनसिनाटीको गे्रट अमेरिकन टावरले पनि चौथो स्थानमा साझेदारी गरे । २०२ मिटर अगलो ग्रेट अमेरिकी टावर ३२ करोड डलरमा निर्माण गरिएको हो । भवन र निर्माण परियोजनाको डाटावेस तयार गर्ने जर्मन कम्पनीले सन् २००० देखि यो पुरस्कार वितरण गर्न थालेको हो । अघिल्लो वर्ष बास्रिलोनाको होटल पोत्राले यो पुरस्कार प्राप्त गरेको थियो ।

न्युयोर्क शहरमा भएको आठ स्प्रस स्ट्रिट नामको यो भवन २६५ मिटर अग्लो र ७६ तले छ ।

कुवेतको अलहम्र टावर ४१२ मिटर अग्लो छ भने यो भनव ८० तल छ(दायाँ, त्यस्तै २१७ मिटरदेखि ३०५ मिटरसम्म अग्लो आबुदावीको इतिहाद टावर ५६ देखि ७९ तलेसम्म छ (बायाँ)

चीनको सेनझेनमा भएको केके १०० टावर ४४१ मिटर अग्लो छ भने यहाँ एक सय तला छ (दायाँ), स्टकहोमको ११७ मिटर अग्लो ३४ तले भिक्टोरीया टावरमा ३४ तला छन् (बायाँ)

सिनसिनाटीमा भएको ग्रेट अमेरिकन टावर २०२ मिटर अग्लो छ भने यहाँ ४१ तला छन् (दायाँ), पनामा सिटीमा भएको एफ एण्ड एफ टावर २४२ मिटर अग्लो छ भने यो ५२ तलाको छ –बायाँ)

इन्चेनमा भएको नर्थइस्ट एशिया टावर ३०८ मिटर अग्लो छ भने यो ६८ तालको छ (दायाँ) सिंगापुरको केप्पेल बेमा रहेको १२० देखि १७८ मिटरसम्म अग्लो यो भवनमा २१ देखि ४१ तला सम्म छ (बायाँ)

तिनान्जिनमा रहेको ग्लोबल फाइनान्सियल टायर ३३६ मिटर अग्लो छ भने यहाँ ७२ तला छन् ।