नौलो होइन विवाद
नेत्र पन्थीप्रकाश दाहाल र अखिल क्रान्तिकारीकी नेत्री विना मगरको सम्बन्ध अहिले चर्चामा छ । तर, माओवादीभित्र यस्तो समस्या पहिलोपटक आएको होइन ।
माओवादी अध्यक्ष प्रचण्डका छोरा भएकाले अहिले ठूलो प्रचार भएको छ । तर, माओवादी मूलधारको राजनीतिमा आएपछि मात्र होइन, गणतन्त्रका लागि बलिदानीपूर्ण आन्दोलन गरिरहेको वेला पनि माओवादीमा यौनकाण्ड भएका थिए । अहिले राज्य समितिस्तरका नेता प्रकाश कारबाहीमा परेका छन्, तर यसअघि केन्द्रीय नेतृत्व तहकै नेता यस्तै काण्डमा मुछिएका थिए ।
प्रकाश माओवादीको राज्य समितिका सदस्य हुन् । राज्य समितिका सदस्यलाई पोलिटब्युरोले कारबाही गरेको भने यो पहिलोपटक हो । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै प्रस्तावमा छोरा प्रकाशमाथि कारबाही गराएका हुन् ।
जनयुद्धकाल सुरुवातदेखि शान्तिप्रक्रियाको चार वर्षसम्म आउँदा माओवादीभित्र दर्जनौँ 'सांस्कृतिक विचलन' -यौनकाण्ड)का विवाद देखा परे । एकपछि अर्को गरी आउने यस्ता विवादमध्ये कतिपय पुष्टि भए भने केही भने आरोपमै मात्र सीमित भए ।
पार्टीभित्र मात्र होइन यस्ता प्रकरण वेलावेलामा सेना र भ्रातृसंगठनभित्र पनि देखा पर्ने गरेका छन् । यस्ता आरोप पुष्टि हुँदा माओवादीले त्यस्ता पात्रमाथि कारबाही गर्दै आएको छ ।
सशस्त्र जनयुद्धको अन्त्य गरेर शान्तिप्रक्रियापछि पनि माओवादीभित्र यौन विचलनका घटना बाहिर आइरहे । पार्टीका केन्द्रीय तहका नेतादेखि सभासद्समेत मात्र होइन तल्लो तहमा पनि यस्ता प्रकरणबाट कैयौँ माओवादी कार्यकर्ता गम्भीर विवादमा तानिए ।
युद्धकालमा जस्तै यौन विचलनलाई 'अपराध' नै ठान्छ माओवादी । तर, पनि यो अपराधलाई लुकाएर गर्न रुचाउने देखिँदै आएका छन् माओवादीभित्र ।
चर्चित दर्जन काण्ड
विवाद १
जनयुद्धका सुरुका दिन -०५२ फागुन १) देखि अहिलेसम्म आउँदा अन्तरपार्टी कारबाहीका दर्जनौँ घटना बाहिर आए माओवादीभित्र । पहिलो र ठूलो घटना थियो, सांस्कृतिक विचलनसम्बन्धी । आरोपित पात्र सामान्य थिएनन् । उनीहरू पार्टीका कार्यकर्ता मात्र नभई उच्च तहका नेता थिए । जनयुद्धकै योजनाकारमध्येका नेता रामबहादुर थापा बादल र पम्फा भुसाल हिमानीबीचको अनुचित यौनसम्बन्धले उनीहरू दुवैलाई कारबाहीको अवस्थामा पुर्यायो ।माओवादीले बादल र हिमानीबीच भएको कारबाही प्रकरणलाई पार्टी दस्ताबेजमा नै उतारेको छ । दस्ताबेजमा भनिएको छ, ँ२०५३ असारदेखि फागुनसम्म आइपुग्दा करिब नौ महिनाको अवधिमा कमरेड बादल र कमरेड हिमानीबीच सम्बन्ध आश्चर्यजनक तीव्रतासाथ पे्रम र यौनसम्बन्ध एक सीमासम्म पार्टी नेतृत्वविरोधी गठजोड, ँस्वेच्छिक सम्बन्ध-विच्छेद’ र अन्त्यमा एकअर्काप्रति तीव्र आक्रोश र घृणामा परिणत भयो । पार्टी पोलिटब्युरोको जिम्मेवार सदस्य कमरेड बादल र कमरेड हिमानीबीचको यसप्रकारको घटनाक्रमले स्वाभाविक रूपमा त्यसमा अन्तरनिहित सैद्धान्तिक र नैतिक अवधारणाबारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकताबाट उत्पन्न हुन गएको छ ।’
विवाद २
जनयुद्ध थालिएको अर्को वर्षमै अर्का केन्द्रीय नेता हरिबोल गजुरेल अर्थात् कमरेड शीतलकुमार पनि सांस्कृतिक विचलन गरेकै विषयमा कारबाहीमा परे । अनैतिक यौनसम्बन्ध राखेको अभियोग लाग्यो उनीमाथि । शीतलकुमार हाल माओवादी सभासद् बनेकी नीरकुमारी दर्लामीसँग यौनसम्बन्ध राखेको अभियोगमा मुछिएका थिए । नीरकुमारीका पति शेरमान कुँवरलाई ०६१ मा सेनाले हत्या गर्यो, पछि उनीसँग शीतलकुमार सांस्कृतिक विचलनको आरोपमा कारबाही परे ।
विवाद ३
युद्धकालमै यानप्रसाद गौतम आलोक यौनकाण्डामा मुछिए । जनयुद्धका दौरानमा
माओवादीभित्र खुबै चर्चा भयो आलोक प्रवृत्ति । पार्टीका जिम्मेवार नेता
थिए, आलोक । तत्कालीन अवस्थामा पार्टी पोलिटब्युरोे सदस्य रहेका आलोक
पार्टीका सैद्धान्तिक पक्षको विषयमा विवादमा परे । त्यसबाहेक उनीमाथि
गम्भीर सांस्कृतिक विचलनको समस्या देखिएको माओवादीले पुष्टि गर्यो ।
काभ्रे स्थायी घर भएका आलोक त्यतिवेला पूर्वाञ्चल प्रमुख थिए । माओवादी केन्द्रीय कार्यालयले ०५६ को फागुनमा आलोकलाई अनुशासनको कारबाही गर्यो । तत्कालीन काभ्रे-रामेछाप सेक्रेटरी रुकु चौलागाईं अर्थात् कमरेड रचनासँग अनुचित यौनसम्बन्धमा लिप्त भएको आरोप थियो आलेकमाथि । पछि पुष्टि भयो । उनीहरू कारबाहीमा परे । पार्टीबाट निष्कासन नै भए । माओवादीले उनलाई कारबाही गरेपछि श्रमशिविरमा पठायो । पछि आलोक श्रमकैदमै मारिए । उनी दोहोरो भिडन्तमा मारिएको माओवादी दाबी छ ।
पार्टीबाट कब्जा गरिएका पैसाले काठमाडांैमा घर बनाउने, छापामारलाई सेन्ट्रीमा राखेर सेल्टरभित्रै महिला नेतासँग यौन क्रियाकलापमा लागेेको, सर्वहारा संस्कृतिलाई तिलाञ्जलि दिँदै मीठो खाना र राम्रो पहिरन लगाउनु र उच्च एवं विलासिताको जीवन बिताएर पार्टीभित्र नवसामन्तको अवतारका रूपमा उदाएको आरोप उनीमाथि थियो ।
विवाद ४
आलोक कारबाहीमा परेको आसपासमै माओवादीका अर्का नेता हेमन्तप्रकाश वली 'सुदर्शन'समेत यौनकाण्डमा तानिए । पार्टीले उनीहरूमाथि सांस्कृतिक विचलनकै प्रकरणमा कारबाहीसमेत चलायो । कारबाहीलगत्तै पक्राउ परे सुदर्शन । उनी ०५५ मा पक्राउ परी जेल परेपछि विवाद सेलायो ।विवाद ५
कात्तिक, ०५७ मा माओवादी एक नेता फेरि घेरामा परे । तत्कालीन विद्यार्थी संगठनका अध्यक्ष कृष्णध्वज खड्कामाथि एकजना महिलाले आरोप लगाइन् । ती महिला पनि विद्यार्थी नै थिइन् । यस प्रकरणमा मुछिएका खड्कालाई माओवादीले ६ महिनाका लागि पार्टीबाट निष्कासन गर्यो ।विवाद ६
अर्को विवादमा तानिए केन्द्रीय नेता शक्तिबहादुर बस्नेत सुरेशसिंह । उनी एकजना पार्टीकै महिला कमरेडलाई गलत नजरले हेरेको अभियोगमा विवादमा तानिएका थिए । उनी त्यतिवेला भेरी-कणर्ाली राज्य समितिका इन्चार्ज थिए, जतिवेला एकजना महिला नेतृसँग उनी जोडिए । माओवादीले उतिवेला उनीमाथि छानबिन गर्यो । केही समयका लागि उनी केन्द्रीय समितिबाट निलम्बनमा परे ।विवाद ७
०६२ चैततिर माओवादीका अर्का केन्द्रीय सदस्य प्रकरणमा तानिए । ती थिए हिमाल राई । उनीमाथि पनि सांस्कृतिक विचलनको आरोप थियो । अन्ततः उनी एक वर्षका लागि निलम्बित भए । जनसेनाको केही छापामार पनि यस्ता प्रकरणमा फसेको जनसेनाका सदस्यहरू बताउँछन् ।विवाद ८
माओवादी शान्तिप्रक्रियामा आएपछि पनि यौनकाण्ड चर्चामा आइरहे । ०६६ असार/साउनमा माओवादी पोलिटब्युरोे सदस्य राम कार्की र सभासद् सुशीला कन्दङ्वासँग जोडिएर अर्को विषय उठ्यो । कन्दङ्वासँगै बस्ने माओवादीकै अन्य सभासद्ले उनीहरूबीच यौनसम्बन्ध रहेको आरोप लगाउँदै पार्टीभित्र यसको छानबिन गर्न नै माग गरे । दुईपटक छानबिन भयो तर आरोप पुष्टि भएन यस विषयको । तर, यो प्रकरणले माओवादीको लिम्बुवान राज्य समितिमा खैलाबैला नै मच्चायो । तर, विवाद मिलाउने जिम्मा पाएका थिए माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा 'बादल' जो यस्तै काण्डमा विगतमा कारबाहीमा परेका थिए । उनले विवाद मिलाउन सकेनन्, पछि विवाद साम्य भयो ।विवाद ९
माओवादी नेता राम कार्कीसँगको सम्बन्धले सभासद् कन्दङ्वा छानबिनको घेरामा रहँदा माओवादीकी सभासद् लीला सोमई पनि कारबाहीमा परिन् । सभासद् सोमई पाल्पा क्षेत्र नम्बर २ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट विजय भएकी थिइन् । माओवादी पाल्पा क्षेत्र नम्बर २ कै इन्चार्ज तिलक मल्लसँग 'अनुचित यौनसम्बन्ध' रहेको भन्दै समाचार प्रकाशमा आएको थियो । दुवैलाई माओवादी मगरात राज्य समितिले सांगठनिक कारबाही गर्यो । सोमईका पति तीर्थ युद्धकाल -०५९) मा सेनाद्वारा मारिएका थिए ।विवाद १०
नवलपरासीबाट प्रत्यक्ष निर्वाचनबाट आएकी माओवादी सभासद् सीता बौडेल यस्तो विवादमा तानिएका थिइन् । माओवादी सूत्रका अनुसार माओवादीको अबध राज्य समितिले उनीमाथि कारबाही नै गरेको थियो ।विवाद ११
एकपछि अर्को प्रकरण देखिएकै वेला ०६६ तिर नै कपिलवस्तुबाट समानुपातिक तर्फबाट सभासद् बनेकी इन्दावती यादव यौन प्रकरणमा मुछिइन् । औपचारिक रूपमा बाहिर नआए पनि उनीहरू दुवै कारबाहीमा परेको माओवादी वृत्तमा चर्चा भइरहन्छ । माओवादीको अबध राज्य समितिले उनीहरूमाथि कारबाही चलाएको थियो ।विवाद १२
एकपछि अर्को सभासद्माथि आरोप लागिरहेका वेला माओवादीका अर्का सभासद् गुणाखर बस्याल पनि विवादमा तानिए । उनलाई काठमाडौंमा लज सञ्चालन गरेकी एक महिलासँग अनुचित सम्बन्ध राखेको आरोप लागेको थियो । उनी महिनौँसम्म ती महिलासँग बेपत्ता भएका थिए ।बादल र पम्फालाई कारबाही
सांस्कृतिक विचलनमा परेका नेताहरूको घटना र कारबाहीबारे तत्कालीन नेकपा माओवादीले आफ्नो दस्ताबेजमा लेख्यो । -राबहादुर थापा) बादल र -पम्फा भुसाल) हिमानीमाथिको कारबाहीबारे माओवादीको ०५४ को केन्द्रीय समितिको बैठकमा निकै बहस भयो । यसै बैठकले पारित गरेको ँजनयुद्धको दोस्रो रणनीतिक योजनाको समीक्षा एवं तेस्रो योजनाको प्रस्ताव’ नामक दस्ताबेजमा उल्लेख छ ः
०५३ असारदेखि फागुनसम्म आइपुग्दा करिब नौ महिनाको अवधिमा कमरेड बादल र कमरेड हिमानीबीच सम्बन्ध आश्चर्यजनक तीव्रतासाथ पे्रम र यौनसम्बन्ध एक सीमासम्म पार्टी नेतृत्वविरोधी गठजोड ’स्वेच्छिक सम्बन्ध-विच्छेदँ अन्त्यमा एकअर्काप्रति तीव्र आक्रोश र घृणामा परिणत भयो । पार्टी पोलिटब्युरोको जिम्मेवार सदस्य कमरेड बादल र कमरेड हिमानीबीचको यसप्रकारको घटनाक्रमले स्वाभाविक रूपमा त्यसमा अन्तरनिहित सैद्धान्तिक र नैतिक अवधारणाबारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकताबाट उत्पन्न हुन गएको छ ।
सुरुमा उहाँहरूबीच पे्रम र यौन सम्बन्धको विकास क्षणिक उत्तेजनामा आएर अथवा एकअर्कोबारे जानकारीको अभावमा होइन । पर्याप्त छलफलपछि जानीबुझी एक निश्चित मान्यताको आधारमा भएको छ । त्यो मान्यता वस्तु पे्रम र यौनसम्बन्ध एकनिष्ठाको आधारभूत माक्र्सवादी सिद्धान्तविपरीत एकता र स्वायत्तताको अराजकतावादी सिद्धान्तमा आधारित बहुनिष्ठतावाद हुन गएको छ । यसले आन्तरिक नियत जुनसुकै भए पनि कमरेड बादल र कमरेड हिमानीमा विद्यमान यससम्बन्धी गम्भीर सैद्धान्तिक गल्तीलाई स्पष्ट गरेको छ ।
त्यसप्रकारको गलत सैद्धान्तिक मान्यताका आधारमा शारीरिक सम्बन्ध कायम गरिसकेपछि त्यसलाई पार्टीबाट भूमिगत राखेर जाने जुन कार्य भयो, त्यसले उहाँहरूमा विद्यमान अनुशासनविहीन एवं चरम व्यक्तिवादी अहंकारलाई अभिव्यक्त गर्छ । पार्टी नेतृत्वले यसप्रकारको सम्बन्धबारे शंका गरेको आभास भएपछि त्यो सम्बन्ध लुकाउन र नेतृत्वलाई दिग्भ्रमित पार्ने कोसिस गरियो र त्यसका बाबजुद नेतृत्वले जबर्जस्त कुरा उठाएपछि एकपटक वास्तविकता स्वीकार गरिसकेर पुनः लुकाउने, नेतृत्वविरुद्ध संघर्ष जुन कसरत अगाडि आयो, त्यसले वस्तुतः राजनीतिक एवं संगठनात्मक रूपले उहाँहरूमा विद्यमान अराजकतावादी व्यक्तिवादी एवं षडयन्त्रमूलक शैलीको गम्भीर कमजोरीलाई स्पष्ट गर्छ । यसका साथै पिबीमा सम्बन्धविच्छेदको निर्णय भइसकेपछि एक अर्कोप्रति आरोप-प्रत्यारोपको सिलसिला आरम्भ भयो । त्यसले एक-अर्कोलाई बुभ\mने तथा वस्तुको मूल्यांकन गर्ने कुरामा उहाँहरूको चिन्तनमा रहेको चरम मनोगतवादलाई प्रमाणित गर्छ ।
पार्टीको नेतृत्वदायी अंगमा रहेका कमरेडका यसप्रकारको चिन्तन र क्रियाकलापले प्रत्यक्ष एवं परोक्ष रूपमा पार्टीको राजनीतिक संगठनात्मक र संघर्षसम्बन्धी काममा असर पुर्याएको छ । समग्र पक्षलाई विचार गर्दा यो घटनाक्रममा अभिव्यक्त उहाँहरूको चिन्तन र कार्यशैली लिन प्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट छ । जसमा मुख्यतः बादलको गम्भीरतालाई उन्मुख गर्छ ।
यो सम्पूर्ण घटनाप्रक्रियामा बाह्य दृष्टिले कमरेड बादल प्रमुख जिम्मेवार हुने कुरा त स्पष्ट नै छ । घटनाक्रमको अन्त्यमा गएर हेर्दा कमरेड हिमानीको भूमिका बढीभन्दा बढी भूमिका तयार पार्ने र कमरेड बादलको सैद्धान्तीकरण गर्ने -वस्तु सिद्धान्तको विकृतीकरण) गर्नुरहेको छ । पार्टी नेतृत्वसँग एकपटक कुरा गरिसकेपछि पुनः त्यसलाई लुकाउने क्रममा कमरेड हिमानीले आफूलाई नितान्त धूर्त र एवं हठी साबित गर्नुभएको छ भने कमरेड बादलले आफूलाई तुलनात्मक रूपले उदार साबित गर्नुभएको छ ।
जहाँसम्म अहिले उहाँहरूले एक-अर्काप्रति लगाएका आरोप छन्, जसमा मुख्यतः कमरेड बादलले कमरेड हिमानीलाई लगाएको 'भयानक षडयन्त्रकारी' र सफल खेलाडीको आरोप तथा कमरेड हिमानीले कमरेड बादललाई लगाएको 'उपभोगवादी'को आरोप ती उपरोक्त गल्ती-कमजोरीकै सन्दर्भसँग सम्बन्धित भएकाले आ-आफ्ना गल्तीको पश्चाताप र आलोचनापछि तिनको खास औचित्य देखिन्न ।
कमसेकम अहिलेसम्म प्राप्त तथ्यले यो घटना प्रक्रियामा कमरेड बादलको आफ्नै कोण भए पनि कसैको षडयन्त्र प्रमाणित हुँदैन । नयाँ तथ्य आएमा पार्टीले त्यसलाई गम्भीरतापूर्वक लिने नै छ । अन्त्यमा आफ्ना गल्ती-कमजोरीप्रति आत्मालोचना गरेर जाने प्रक्रिया उहाँहरूले सुरु गर्नुभएको छ । यसलाई पूर्णता दिने र पुनः पार्टी र क्रान्तिको काममा लाग्ने विश्वास पार्टीले लिएको छ ।