Thursday, September 26, 2013

मेघा बैंकमा त्रिपक्षीय प्रेम चक्कर ! - ratopati

पंकज चौधरी/सुजन पन्त

केही समय अगाडि लक्ष्मी बैंकका सिईओ सुमन जोशी बैंकमै कार्यरत एक मोडेल लिएर बेपत्ता भए । उनको चर्चा बजारमा अझै सेलाएको छैन । यस्तैमा अर्का बैंकका सिईओको पनि चर्चा शुरु भएको छ । अहिले चर्चामा छन् मेघा बैंकका सिईओ अनिल शाह । बाहिरी चर्चा जति उचाइमा भए पनि घरमा चाहिं अनिलका दुःख मात्र रहेछन् । उनको परिवारमा अचेल गम्भीर खटपट शुरु भएको छ । मेघा बैंककै एक महिला कर्मचारीसँगको सम्बन्धलाई लिएर अनिल र उनकी पत्नीबीच मनमुटाव समेत भएको बताइन्छ । मेघा बैंकमा अहिले त्रिपक्षीय लव स्टोरीको चर्चा छ । बैंकमै कार्यरत एक महिला कर्मचारीसँग सिईओ शाहको सम्बन्धबारे बैंकभित्रै पनि कानेखुसी हुने गरेको छ । नायक राजवल्लभ कोइराला समेत जोडिएको यो प्रकरण पनि कम रोचक छैन । कर्पोरेट हाउसभित्रको त्रिपक्षीय चक्करको नालीबेली । नायक राजवल्लभ कोइराला र मेघा बैंककी एक महिला कर्मचारीबीच सम्बन्ध घनिष्ठ हुँदै गएको बैंक संचालकहरूबीच नै चर्चा हुने गरेको छ । यो जोडीको ‘अफेयर’ बारे विभिन्न साप्ताहिक पत्रपत्रिकामा पनि चर्चा हुँदै आएका छन् । स्रोतका अनुसार नायक राजवल्लभ र ती महिला अचेल एउटै अपार्टमेन्टमा समेत जाने गरेका छन् । ती महिला र राजवल्लभको सम्बन्धबारे यथार्थ जानकारी र भित्री कुरा न मेघा बैंकका संचालकहरूसँग छ न रंगीन दुनियाँको समाचार लेख्ने पत्रकारहरूसँग नै । राजवल्लभ कोइराला र ती बैंक कर्मचारीको प्रेमचक्कर चल्नुअघिको प्रसंग पनि कम रोचक रहेनछ । ती कर्मचारीको जीवनमा राजवल्लभभन्दा पहिले अनील शाहको प्रवेश भएको स्रोतहरू बताउँछन् । हुन त यी मिल्ने साथी पनि हुन् । कुनै वेला अनिल शाह र ती कर्मचारी स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सँगै काम गर्थे । अनिलले स्ट्यान्डर्ड चार्टर्ड बैंक छाडेपछि ती महिलाले पनि त्यो बैंक छाडिन् । के यो संयोग मात्र होला त ? एक बैंकरले सुनाए । त्यसपछि यो जोडी नबिल बैंक पुग्यो । नबिल बैंकमा काम गर्दाताका नै ती महिलाको भेट भयो, नायक राजवल्लभ कोइरालासँग । ती महिलाको अफिस पुल्चोकमा, राजवल्लभ बस्ने कुपण्डोलमा । नजिक–नजिक कार्यालय भएका उनीहरूबीचको भेट बाक्लो बन्दै गयो । त्यसैवेला राजबल्लभलाई ती महिलाले गाडी समेत किनिदिएको चर्चा शुरु भयो बजारमा । आफ्नी पत्नी कुनै हिरोसँग लागेको थाहा पाएपछि ती महिलालाई पाटनका धनाढ्य पतिले पारपाचुके गरे । उता, यसबीचमा ती महिला र अनिल दुवैले नबिल बैंक छाडेर मेघा बैंकमा काम गर्न थाले । ती महिला र अनीलबीचको मित्रतापूर्ण र घनिष्ठ सम्बन्ध धेरै बैंक कर्मचारीलाई थाहा छ । यो सम्बन्धमा एकाएक राजवल्लभ कोइरालाको फिल्मी शैलीको ‘इन्ट्री’ किन भयो ? यो प्रश्नले बैंक कर्मचारीको दिमाग खराब ग¥यो । कतै ती कर्मचारी र राजवल्लभको सम्बन्ध देखाउनका लागि मात्र त थिएन ? राजवल्लभ र ती महिलाको प्रेम सम्बन्धको हल्ला चलाएर भित्री रुपमा अर्कै लीला त चलिरहेको छैन ? यो प्रश्न मेघा बैंकका सिईओ अनिल शाहको घरसम्म गुन्जिन थाल्यो । हुन त नेपालका धनाढ्य र कर्पोरेट हाउसका मालिकहरूले घरमा श्रीमती हुँदाहुँदै बाहीर कुनै नक्कली जोडी खडा गरेर हिंड्ने घटना नौलो हुँदै होइन । त्यसैले अनिल शाहको हकमा पनि यस्तै प्रश्न गम्भीर रुपमा खडा भएको बैंकका एक कर्मचारी बताउँछन् । यही विषयलाई लिएर अनिल शाहको परिवारमा खटपट शुरु भएको बताइन्छ । बैंक डुब्दै अनिल शाह जस्ता बैंकरको चर्तिकला नेपाली बैंकरहरूको एउटा उदाहरण मात्र हो । नेपालका बैंकहरू सेवामुखी हुनुपर्नेमा शहरमुखी बन्दै गएका छन् । भ्याकुम क्लिनरदेखि ल्याण्ड रोवरसम्म अनि जग्गादेखि कोलोनी जस्ता सुविधासम्पन्न क्षेत्रमा बैंकको लगानी हुँदैछ । मुलुकका ग्रामीण किसानदेखि उद्योग कलकारखानामा उनीहरू लगानी गर्र्दैनन् । बैंकका अध्यक्ष र सिईओको चरम लापर्वाहीका कारण ऋण प्रवाहमा अनियमितता भइरहेकाले कुनै पनि वेला बैंकहरू डुब्ने खतरा छ । कैयौं बैंकर प्रहरी खोरमा पुगेको घटना पनि छँदै छन् । बैंकका सिईओले कमिशनको लोभमा परेर विभिन्न प्लटिङ जग्गा, कोलोनीमा खराब कर्जा प्रवाह गर्दै बैंकलाई धरासायी हुने अवस्थामा पु¥याएका छन् । कतिपय सिईओ आफैं बैंकको पैसामा मोज गरिरहेका छन् र आफैं धनी हुने ताकमा छन् । अनिल पनि यस्तामा अपवाद बन्ने कुरा भएन । नविल बैंकलाई ओरालोमा झारेर मेघा बैंकमा गएका अनिल शाह मासिक १७ लाख तलब खान्छन् । बढी तलब खाने, अनि खराब कर्जा प्रवाह गरेर कमिशन कुम्ल्याउने र संचालकहरूको पैसामा रजाइँ गर्ने भनेर उनको आलोचना हुन्छ । केही समयअघि अनिलले मोटो रकम कमिशन खाएर ‘बी. एण्ड.बी. अस्पताल’का अशोक बास्कोटालाई हरिसिद्धिमा एनबी कोलोनी पछाडि बाटो समेत नगएको जग्गामा ५० करोड रुपैयाँ ऋण प्रवाह गरेको आरोप लागेको थियो । मेघा बैंकको होर्डिङ बोर्ड राख्दा समेत कमिशन खाएको आरोप पनि छ । शाह डेढ करोडको रोज रोवर गाडी चढ्छन् । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मूल नारा बोकेर स्थापना भएको मेघा बैंक लिमिटेडमा शुरुमा १२१९ जना संचालक थिए । अहिले यो १ लाख ४५ हजार ६७५ नेपाली लगानीकर्ताको बैंक बनेको छ । तर उनीहरूको पैसामा मोज गरिरहेका छन्, अनिल एन्ड कम्पनी । २०६७ साउन ७ गतेदेखि बैंकिङ कारोबार शुरु गरेको यो बैंक भित्रभित्र खोक्रो भइसकेको त्यहाँ कार्यरत एक कर्मचारी बताउँछन् । सुरेन्द्रद्र पाण्डे अर्थमन्त्री भएकै वेला उनले भनेका थिए, ‘कतिपय संस्थामा तलब खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत सीईओ एक्लैले लिएर बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीलाई दिने गरेका रहेछन् ।’ पाण्डेले पारिवारिक कम्पनीमा आफैं सीईओ बस्ने, मासिक तलब बीसौं लाख रुपैयाँ लिने, श्रीमती, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरेको बताएका थिए । पाण्डेको संकेत अनिल शाह जस्ता बैंकरतर्फ थियो । उनले भनेका थिए, ‘आम्दानी जति तलब, भत्तामा आफैंले खाएर कम्पनी चाहिं घाटामा देखाइन्छ । कम्पनी घाटामा गएको देखाएपछि कर तिर्नुपरेन । त्यसैले आम्दानी जति परिवारले तलबमा खान्छन् र लेखा परीक्षणमा घाटा देखाउँछन् । । आफू, श्रीमती, छोराछोरीदेखि नातिपनातिसम्म लाखौं खाने अनि मजदूरलाई दिन पुगेन, कम्पनी घाटामा छ भन्ने चलन देखियो । कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो । माथिल्लो र तल्लो तहमा रहेको यस्तो असमानतालाई छाडा रुपमा सरकारले छोड्न सक्दैन ।’ दल खोल्ने धन्दा गायव कुनै पनि वेला अनिलले विज्ञापन खुलाएर दल खोल्ने कुरा गरेका थिए । नेपालमा तानाशाह चाहिने अन्तर्वार्ता पनि जारी गरेका थिए । तर, उनको पार्टी खोल्ने चर्चा गायव भएको छ । चुनावको वेला पार्टी नचाहिने अरु वेला पार्टीको कुरा गर्ने शाहको व्यवहार देखेर विगतमा उनलाई साथ दिंदै आएकाहरू समेत दंग छन् । कर्पोरेट विज्ञापन दिएर अन्तर्वार्ता छपाउन खोज्ने शाहको कार्यशैलीप्रति धेरै पत्रकार समेत रष्ट छन् । एक दैनिक पत्रिकामा बैंक सम्बन्धी समाचार लेख्दै आएका पत्रकार भन्छन्, “१०–१५ हजारको विज्ञापनमा अनिल शाह अन्तर्वार्ता छाप्छन् ।”

मदन पुरस्कार ‘घटिया’ किन ? - ratopati

असल र उत्कृष्ट कृतिलाई कमैमात्र पुरस्कृत गरिने मदन पुरस्कारलाई कवि हरि अधिकारीले ‘एउटा घटिया पुरस्कार’को संज्ञा दिएका छन् । अधिकारीले भनेका छन, ‘मदन पुरस्कारबारे चर्चा गर्नु नै बेकार छ । मेरो नजरमा यो कुनै महत्वको नभएर घटिया पुरस्कार हो । यसमा छनोटको कुनै मापदण्ड छैन । कमलमणि दिक्षितले जसलाई इच्छा लाग्छ, खल्तीबाट फुत्त निकालेर दिन्छन् । जुन किताबलाई दिँदा आफूलाई फाइदा हुन्छ भन्ने सोच्छन्, त्यसैलाई दिन्छन् ।’ कवि अधिकारीको यो आरोप सत्यताको धेरै निकट छ । केही वर्षयता मदन पुरस्कार एउटा बदनाम, अलोकप्रिय र साहित्यकार माझ साख गिरिसकेको पुरस्कारमा दरिइसकेको छ । तैपनि, एकाध लाख रुपैयाँका लागि साहित्यकारले र्‍याल चुहाउन भने छाडेका छैनन् । प्रस्तुत छ, मदन पुरस्कारको असलियत अपरेशन ।
  • पंकज चौधरी
चन्द्रशमसेरको पालामा नेपालमा पैसा अर्थात पुँजी संकलनको श्रोत खासै थिएन । तैपनि उनका छोरा मदन शमसेरसँग अकुत धन कसरी आयो ? यो गम्भीर प्रश्न हो । यसको कारण खोज्दा पहिलो विश्व युद्धतिर पुग्नुपर्ने हुन्छ । नेपालका राणा शासक श्री ३ चन्द्र शमसेरले लाखौं नेपाली युवालाई जर्बजस्ती विश्वयुद्धमा लड्न पठाएका थिए । गाउँमा गल्लावाल पठाएर जनजाती युवालाई जर्बजस्ती भर्ती गरेर युद्धमा पठाइयो । युद्धमा लाखौं नेपाली जनजाती युवा मारिए । नेपालमा जनजाती पछाडी पर्नुको खास कारण उनीहरुको ठुलो तप्का युद्धमा मारिनु पनि हो । madan samsher
विश्वयुद्धमा फौज पठाएबापत अंग्रेजहरुले चन्द्रशमसेरलाई करोडौं रुपैया दिए । त्यही करोडौं रुपैयाँ चन्द्रशमसेरका सन्तानले बाँडेर लिए । मदन शमसेरको भागमा त्यसबेलाको आठ–नौ करोड रुपैयाँ र अकुत हिरा जवहारात परेको पुराना जानकार बताउँछन् । यसरी नेपालका जनजातीलाई युद्धमा पठाएर, तिनका चेलीलाई विधवा बनाएर अनी उनीहरुलाई माथि उठन नदिएर अंग्रेजबाट कमाएको पैसाबाट स्थापित ‘मदन पुरस्कार’ यसपाली जनजाती हक हितका लागि लड्दै आएका लेखक राजन मुकारुङको कृति ‘दमीनी भीर’ले पाएको छ । राजनले पुरस्कार खुशी, गर्व र हर्षका साथ स्वीकार गरेकाले उनलाई बधाइ !
अपुतालीको कथा
चन्द्रशमसेरका प्यारा छोरा लेफ्टीनेन्ट जर्नेल मदनशमसेर राणा रसिक पाराका थिए । दिउँसै मदिरामा मस्त रहन्थे । उनको विवाह भारत, उत्तरप्रदेश, बलरामपुरकी रानी जगदम्बा कुमारीसँग भयो । विवाहको पहिलो रात पनि मदन शमसेर रक्सीको नशामै थिए । आफ्नो पति सुहागरातमा पनि मदिरामा मस्त भएर आएको थाहा पाएपछि रानी जगदम्बाले मदनशमसेरलाई आफ्नो छेउमै पर्न दिइनन् । मदन आक्रोशित भए । उनले भने, ‘अबदेखी म तिमिलाई छुन्न, आजदेखी तिमी मेरी आमा बराबर भयौ ।’
राणा शासकहरुलाई परस्त्री गमनका लागि नपुग्दो के नै थियो र ? मदन शमसेर सुरा सुन्दरीमा मस्त रहन थाले । उता, जगदम्बाको एकलास जीवनमा खुसीको बहार बोकेर केदारमणि दिक्षित नाम गरेका ब्राम्हणको प्रवेश भयो । खाइलाग्दो ज्यानको आर्यन केटोतर्फ जगदम्बाको पनि अनुकम्पा र आकर्षण बढ्दै गयो । रानी जगदम्बाका निराशाका दिन हराउन थाले । यता केदारमणिले रानी जगदम्बाको सेवा सुसारमा कुनै कमी गरेनन् । रानीका हरेक चाहना पुर्ती गर्दै गए, उता मदनशमसेर पनि आफ्नै बेहोसी, बेपरवाह र बेकार जिवन बिताउँदै गए । rani jagadamba
विसं २०१० मा करिब ४५ वर्षको उमेरमै मदनशमशेरको भारत, बनारसमा निधन भयो । त्यसपछि केदारमणिको भूमिका अझ वृहत, आत्मीय र घनिष्ठ बन्दै गयो । रानी जगदम्बाले विसं २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा २६ रोपनी जग्गामा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरिन् । दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिइन् । २०१२ साल असोज १० गते मदन पुरस्कार गुठीको स्थापना भयो ।
रानी जगदम्बाको निधनपछि उनको अपुताली आइलाग्यो, केदारमणि दिक्षीत र उनका सन्तानलाई । अहिले केदारमणिका छोरा कमलमणि र उनका पनि छोरा कनकमणि दिक्षित र कुन्द दिक्षित मात्र हैन, नाती कपिलमणिसम्मले चन्द्रशमसेरले नेपाली युवालाई लड्न पठाएर कमाएको अकुत सम्पत्तीमा रजाईं गरिरहेका हुन् । सम्पत्ती कति थियो, त्यसको कुनै हिसाब किताब छैन । दोश्रो विश्वयुद्धमा जापानले कलकत्तामा विमानबाट बम खसाउन थालेपछि मदनशमसेरले कलकत्ताको बैंकमा रहेको सुन बनारस सारेका थिए । त्यसबेला कलकत्ताबाट १२ जनाले बोकाएर बनारस ल्याएको सुन कति थियो होला ? पछि अशंबन्डा हुँदा दिक्षित परिवारले सुनका थालसमेत काटेर लिएका थिए भन्ने चर्चा अझै सेलाएको छैन ।
मदन पुरस्कारको औचित्य
यी त पुराना किस्सा भए । मुलुकमा गणतन्त्र आइसकेको छ । यस अर्थमा पनि एउटा जहानिया शासकको नाममा स्थापित पुरस्कारको कुनै औचित्य छैन । कुनै पनि व्यक्तिको नाममा पुरस्कार स्थापना गरिदा त्यो व्यक्तिको व्यक्तित्वले महत्व राख्छ । जस्तै, पुलिट्जर पुरस्कार पत्रकार पुलिट्जरसँग सम्बन्धित छ । नारायण गोपाल सँगीत पुरस्कार गायक नारायण गोपालको नाममा स्थापित गरिएको छ । पुरस्कार पाउनलेलाई पनि गर्व हुन्छ, यस्ता पुरस्कार पाउँदा । तर, चौबिसै घन्टा रक्सीको नशामा डुब्ने, चन्द्रशमसेरका पुलपुलिएका सन्तान मदनशमसेरको नामसँग साहित्यको गोरु बेचेको पनि साइनो छैन । तैपनि हाम्रा नाम चलेको साहित्यकार अपुताली स्याहार्न उनकै नाममा स्थापित पुरस्कार बाँड्दै आएका कमलमणिहरुको चाकडी गरेर पुरस्कार पाउन मरिहत्ते गर्छन् । अनी पुरस्कार पाउँदा नोबेल पुरस्कार पाएजस्तो गर्व गर्छन् । गणतन्त्र नेपालमा सामन्ती शासकको नाममा रहेको पुरस्कार खारेज किन नगर्ने ? अब साहित्यकार यो बसहमा पो लाग्नुपर्छ ।
जनपक्षीय साहित्यकारले पाउँदैनन्
मदन पुरस्कार खासमा जनपक्षीय साहित्यकारले कहिल्यै पाउँदैनन् । पाएका छैनन् । यो पँक्तीकारले एकपटक साहित्यकार नारायण ढकाललाई भनेको थियो, ‘दाई तपाइको प्रेतकल्प उपन्यास मदन पुरस्कार पाउन योग्य छ । तर, तपाईलाई दिदैनन् । किनकी, तपाईले चन्द्रशमसेर महाराजको धज्जी उडाउनुभएको छ । चन्द्रशमसेरको अपुताली खानेले कसरी दिन्छन् पुरस्कार ?’ नारायण दाइले भनेका थिए, ‘तपाईले ठिक भन्नुभयो, मलाई दिदैनन् ।’
हुन पनि कमलमणि एन्ड कम्पनीले ढकाल मात्र हैन, धेरै चर्चित साहित्यकारको अपमान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कवि चित्तधर हृदय, सिध्दिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, केदारमान व्यथित, माधव घिमिरे, भूपि शेरचन, युद्धप्रसाद मिश्र, विजय मल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, केशवराज पिंडाली, प्रेमा शाह, गोविन्द भट्ट, देवकुमारी थापा, परशु प्रधान, विश्वम्भर चाचल, मनु ब्राजकी, भाउपन्थी, बेन्जु शर्मा, भागीरथी श्रेष्ठ, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, पूर्ण विराम, मजु काँचुली, ध्रुव सापकोटा, नारायण ढकाल, माया ठकुरी, पद्मावती सिंह, सुधा त्रिपाठी, गोविन्द वर्तमानदेखी अहिले आएर शारदा शर्मासम्मलाई मदन पुरस्कार दिएनन् । किनकी, यी जनताका साहित्यकार थिए । साहित्यकार केदारमान व्यथितलाई मदन पुरस्कार दिइएन, तर कृष्णचन्द्र प्रधानले लेखेको ‘केदारमानको काब्यसाधना’ले भने २०२७ सालको मदन पुरस्कार पायो । यो भन्दा ठुलो नौटंकी अर्को के हुनसक्छ ?
युद्धप्रसाद मिश्रका कृतिहरू करोडों न्यायप्रेमी जनताका बीचमा चर्चीत थिए । उनले मदन पुरस्कार पाएनन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनकै साहित्यले ऊर्जा भरेको थियो । न्याय र समानताका लागि उद्गार थियो, मिश्रको साहित्य । तर, पनि मिश्र कहिल्यै मदन पुरस्कारका धनी हुन पाएनन् । यतिमात्र होइन, क्रान्तिकारी जनावाज उराल्ने नौलो साहित्यका सर्जक कृष्ण सेन ‘इच्छुक’ पनि कमका साहित्यकार थिएन । जनकवि गोकुल जोशीले पुरस्कार पाएनन् । यस्ता सर्जकले मदन पुरस्कार नपाउने तर, पुलिसका एक अधिकारी महेशविक्रम शाहजस्ताले पुरस्कार पाउनुबाट पनि यो पुरस्कारको नियत स्पष्ट हुन्छ, यसले परिवर्तन पक्षधरलाई पुरस्कृत गर्दैन ।
मदन पुरस्कारको असलियत
मदन पुरस्कारका बारेमा पत्रकार कृष्ण अविरलको एउटा लेख निकै चर्चित भएको थियो । मदन पुरस्कारको असलियत उदांग गर्दै कृष्णले लेखेका थिए, ‘औपचारिकताका लागि हरेक वर्ष गठन गरिने गुठिको निर्णायक समितिमा दुईपटक परेका एकजना सदस्यको भनाइमा कमल दिक्षितले सुरुमै, ल है सर्वसम्मत निर्णय गर्नुस्, विवाद भयो र गुठीले हस्तक्षेप गर्नुप¥यो भने तपाईँहरुकै बेइज्जत हुन्छ भनेर विवेकिय अधिकार कुन्ठित बनाउँछन् । उनको भनाईमा बैठकमा दिक्षित परिवारले राखेको प्रस्तावमा कमिटीका अन्य सदस्यले असहमति राख्नुको कुनै अर्थ नै हुँदैन । विडम्बना भन्नुपर्छ मदन समशेरको पुरानो तबेलामा बर्षमा एकचोटि पाक्ने जिलेबी र बैठक भत्ता एक हजार रुपैयाँका लागिसमेत आफ्नो विवेक र स्वाभिमान कमल दिक्षितको पाउँमा चढाउन लालयित हुनेहरुको खाँचो साहित्य वृत्तमा पटक्कै छैन ।’
कवि हरि अधिकारी भन्छन्, ‘मेरो अनुभवमा पहिला धेरै किताबलाई लोभ देखाउँछन् । उनीहरूले । अरू किताबका बारेमा हल्ला गराउँछन् । अनि सबैलाई आश्चर्यमा पार्न चर्चामै नआएको किताबलाई पुरस्कार दिन्छन् । यो उनीहरूको एउटा बजारीकरणको ट्रिक हो । अहिले पनि शारदा शर्मालाई पहिले हात्ती बनाएर हिँडाइयो, र पछि राजन मुकारुङरूपी झिँगो फालियो । शारदालाई मदन पुरस्कार दिनुपर्छ भनेर मदनमणि दिक्षितले एक साहित्यिक कार्यक्रममा घोषणा नै गरेका थिए नि ।’
प्रेस बचाउन ‘पल्पसा क्याफे’
नारायण वाग्लेको साहित्य लेख निम्नकोटीकै हो । पत्रिकाको भाषामा कफी गफ लेखेर चर्चामा आएका वाग्लेले त्यसैलाई अलि लामो लेखे, अनी उपन्यासको लेवल लगाएर बजारमा ल्याए । कान्तिपुर एफएममा ‘काठमाडौं बिट’ कार्यक्र चलाएर तरुनीसँग अश्लील कुराकानी गर्ने किरणकुमार श्रेष्ठले त्यो प्रकाशित गरे । पछि ‘पल्पसा क्याफे’लाई २०६१ सालको मदन पुरस्कार दिइयो । कृष्ण अविरल लेख्छन, ‘त्यसका पछाडिको प्रमुख कारण जगदम्बा प्रेसको घाटा हो । कान्तिपुर एफएममा कार्यक्रम चलाउँदा अश्लिल बोलेवापत घोक्राइएका किरणकृष्ण श्रेष्ठले सुरु गरेको नेपालय त्यसबेला प्रचारको तुजुक लिएर बजारमा देखापरेको थियो । घाटामा जान थालेको उक्त प्रेसलाई चलाउने अन्तिम उपाय स्वरुप दिक्षित परिवारले उनीसँग गोप्य सहमति गरेको थियो । जगदम्बा प्रेसमा किताब छाप्नुपर्ने र साङ्गीतिक कार्यक्रम माकुराले जालो लगाएको गुठीको सभाहलमा गरेर दुवैलाई स्थापित हुन मद्दत गर्ने । यसले दुवैका हातमा लड्डु पारेरै छाड्यो । यही निकृष्ट स्वार्थबाहेक त्यस वर्ष सर्वाेत्कृष्ट मानिएको गोविन्द वर्तमानको सोह्र साँझहरुलाई उपेक्षा गर्नुपर्ने कुनै आधार देखिँदैन ।’
‘पल्पसा क्याफे’ यस्तो कृति हो, जसमा बुर्जुवावर्गको धारणालाई प्रतिनिधि बनाएर क्रान्तितर्फ व्यापक घृणा जन्माउने कोसिश गरिएको छ । वाग्लेको पल्पसा क्याफे महेशविक्रम शाहको ‘छापामारको छोरो’जस्तै प्रतिगामी सोचमा आधारित छ । सत्ताद्वारा प्रताडित, दमित, उपेक्षीतहरूले गरेको वर्गसंघर्षलाई घिनलाग्दो छविमा दर्शाएर सामन्तबादको पक्षपोषण गरिएको छ । चाउचाउकोजस्तो विज्ञापन छापेर हल्लै हल्लाले चर्चामा आउको ‘पल्पसा क्याफे’, ‘छापामारको छोरा’लाई आम पाठकले बुझेनन् मात्र हैन, पढ्दै पढेनन् । तर, हजारौं विक्री भएको प्रायोजित हल्ला चलाइयो ।
पुरस्कारकै विक्री
कमलमणि र उनका छोरा कनकमणि मदन पुरस्कारको विक्री गर्न पनि पछी पर्दारहेनछन् । यो २०५५ सालको प्रसँग हो । दिक्षितका अनन्य मित्र लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ संचालनको मामलामा उनलाई घात गरेपछि गीतकार दिनेश अधिकारीको पासा पल्टियो । शेयरको ठूलो हिस्सा दिक्षीत परिवारको स्वामित्वमा रहेको यो संस्थाभित्रको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेका बेला संयोगले दिनेश अधिकारी महान्यायाधीवक्ताको कार्यालयमा थिए । मुद्दा जिताइदिएवापत मदन पुरस्कार पाइने भएपछि उनले हतार हतार पुराना कविता संकलन गरेर ‘अतिरीक्त अभिलेख’ नामक कृति प्रकाशित गरे र त्यही कृतिले २०५६ सालको पुरस्कार पायो । जवकि त्यसअघि फुटकर रुपमा छापिएका रचनाको सँगालोलाई पुरस्कार नदिने भनी गुठी आफैँले मापदण्ड बनाएको थियो ।
चाकडीको फल
आफ्नै दाजु विष्णुप्रसाद धिताल मदन पुरस्कार गुठीको सदस्यसचिव भएका बेला विनोदप्रसाद धितालले २०५२ सालमा मदन पुरस्कार पाएबाट पनि यो निष्पक्ष छैन भन्ने स्पष्ट हुन्छ । २०५३ मा लोकेन्द्रबहादुर चन्दले बिर्सजन कथासङ्ग्रहका लागि पुरस्कार पाउँदा प्रेमा शाहदेखि धु्रव सापकोटासमेतका दर्जन बढी कथाकारको अपमान गरियो । चन्दलाई यो पुरस्कार राजेश्वर देवकोटाको भनसुनपछि हात लागेको हो । किनकि गुठीका तात्कालिन सदस्यसचिव धिताल र देवकोटा फुपुचेला–मामाचेला हु्न् । उता २०४१ मा कञ्चन पुडासैनीको ‘प्रत्यागमन’ यो पुरस्कार पाउनुको कारण चै उनकी भाइबुहारी अर्थात डा. सोम पुडासैनीकी पत्नी दिक्षितकी फुपूकी छोरी हुन् ।
२०४४ सालमा जगदम्बाश्री पुरस्कार दिन थालियो । यो पुरस्कार छनोटको मापदण्ड पनि चाकडी नै प्रमुख भएको देखिन्छ । २०२५ सालमा मदन पुरस्कार पाइसकेका धर्मराज थापाले २०५७ सालमा फेरि जगदम्बाश्री पाए । डायमण्डसमशेर राणाले पनि चाकडी गरेरै पुरस्कार हात हार्नुप¥यो । उनले कमल दिक्षितसँग आफुले मदन पुरस्कार नपाएको, जगदम्बाश्री भए पनि दिए हुन्थ्यो भनेर याचना गरेपछि २०५८ मा उनले पुरस्कार पाएका थिए । धर्मराज थापाले त सार्वजनिक रुपमै भनेका थिए, ‘पुरस्कार पाउन मैले एकवर्षसम्म कमलमणिको पाउ मोलेको छु ।’ २०४५ सालमा नारायणगोपालले जगदम्बाश्री पुरस्कार पाए । तर नातिकाजीलाइ दिइएन । अम्बर गुरुङलाई पनि १० वर्षपछि अर्थात २०५४ सालमा मात्रै दिइयो । तर नारायण गोपालभन्दा १० वर्ष पछि दिएकाले अम्बर रुष्ट थिए । कवि माधव घिमिरेले पनि जगदम्बाश्री पुरस्कार अस्वीकार गरेका थिए ।
महाकवि देवकोटाको अपमान
कमल दिक्षित आफुलाई महान सावित गर्न आफ्नो ‘गुरुभेटी’ नामक पुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई गुरु नै बताएका छन् । तिनै महाकविलाई कमलमणिले क्रुर अपमान गरेका तथ्यहरु पनि रातोपाटीलाई प्राप्त भएका छन् । एकपटक महाकवि देवकोटा रानी जगदम्बालाई भेट्न गएका थिए । त्यसबेला कनकका बाबु कमलमणिले देवकोटालाई अपमानजनक ढंगले गलहत्याएर निकालेका थिए । रानी जगदम्बाको सचिव भएर मनमौजी पैसा खर्च गरिरहेका कमलमणिले महाकवि देवकोटा आर्थिक संकटबाट गुज्रिरहेका बेला एक पैसा खर्च गरेनन् ।
 

Tuesday, September 24, 2013

अधिकांस कम्पनीको डीपीआर एक प्रतिशत कम, बढाउदै गएका कम्पनी लगानीकर्तालाई उपयुक्त - bizmandu

विजयराज खनाल/बिजमाण्डू

काठमाडौं । यसबर्ष कम्पनीहरुको लाभांश घोषणा भइरहेका छन् । लाभांश भुक्तानी अनुपात अर्थात् डेभिडेन्ड पे आउट रेसीयो (डीपीआर) हेर्ने हो भने नमुनाको लागि बिजमाण्डुले लिएको नौं कम्पनीमा आठ ओटाको यस्तो रेसीयो १ भन्दा कम छ । एउटाको भने ७ प्रतिशतभन्दा धेरै छ ।
पुजीबजार सूचीकृत कम्पनीहरु मध्ये धेरै बैंक तथा वित्तिय संस्था छन् । यी सस्थाहरुले आफ्नो अवस्था मजबुद बनाई राख्न नगद लाभांश कम दिने गरेको विश्लेषकहरु बताउँछन् । कतिपय अवस्थामा भने पूँजी वृद्धि भएपनि मुनाफा बढ्न नसक्दा कम्पनीहरुले कम नगद लाभांश दिने गरेको पाइन्छ । कम्पनीसँग लाभांश दिने क्षमता नभएको कारण पनि डीपीआर कम हुनेगर्छ ।
सबैभन्दा उच्च डीपीआर हुनेमा राइजीङ डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको डीपीआर ७ रहेको छ । अन्यको लागि तालिका हेरौं । डीपीआरले कम्पनीको लाभांश दिने क्षमता कस्तो छ भन्ने देखाउँछ । यस्तो रेसीयो धेरै हुनु भनेको लाभांश दिने क्षमता धेरै हुनु हो । तर दिर्घकालिन लगानीकर्तालाई भने यस्तो रेसीयो धेरै भएको कम्पनी उपयुक्त नहुन पनि सक्छ । किनभने यस्तो रेसीयो धेरै हुने कम्पनीले थप लगानी वृद्धि गर्ने सम्भावना कम हुन्छ । यस्तो रेसीयो उच्च हुने कम्पनीले व्यावसाय विस्तार गर्ने सम्भावना कम हुन्छ । फलस्वरुपः  भविष्यमा उनीहरुले बढी प्रतिफल दिन नसक्ने पनि हुन सक्छ । तर कतिपय अवस्थामा भने उच्च डीपीआर हुने कम्पनी ‘ब्लु चिप’ पनि हुनसक्छन् । परिपक्व (म्याचुअर), ठुला र स्थिर खालका कम्पनीहरुको डीपीआर उच्च हुनसक्छ ।


 This year cash dividend percent this year dpr last yer cash di Last year dpr ratio
nabil 40 0.436794 40 0.5
kailash bikas 9 0.424796    
everest 50.53 0.60491    
Nepal sbi7.5 0.079174 25 0.8
citizen 15 0.788964 8.42 0.8
first micro 15 0.874636    
rising develop 14.05 7.078086    
standard 40 0.608864 45 0.6
NLG insurance 11.05 0.249127    
 डीपीआर निकाल्ने तरिका: कुल नगद लाभांश रकम/सो बर्षको खुद मुनाफा

डीपीआर उच्च भएका सबै कम्पनी ‘ब्लु चिप’ नहुन पनि सक्छन् । कुनै कम्पनीले उच्चदरमा नगद लाभांश दिन्छ भने उसको आम्दानी (खुद मुनाफा) पनि सोही अनुसार हुनुपर्छ । किनभने आउने बर्षहरुमा कम्पनीले सोही अनुसार कमाउँन सकेन भने यसले कम्पनीलाई पछि सोही दरमा लाभांश दिन समस्या पर्न सक्छ । कम्पनीहरुको उच्च लाभांश भुक्तानीले भावी दिनमा कम्पनीलाई नगद तथा तरलता व्यवस्थापनमा पनि समस्या पर्न सक्ने हुन सक्दछ । यही कारण नियमन गर्ने निकायले केही सूचिकृत कम्पनीलाई  लाभांस बोड्न रोक लगाएका पनि छन् ।
दीर्घकालिन लगानीकर्ताहरुले डीपीआरको मूल्याङ्कन गरेर लगानी गर्दा भने यो अनुपात हरेक बर्षजसो स्थिर वा सामान्य वृद्धि भइरहने खालका कम्पनी छनौट गर्नुपर्छ ।

यस्तो छ बाराक ओबामाको बस (फोटो फिचरसहित) - onlinekhabar

विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वका नम्वर वान व्यक्ति अमेरिकी राष्ट्रपति बाराक ओबामाको जिवनशैली कस्तो होला ? यो विषय दुनियाभरकै चासोको विषय हो । ओबामाले खाँदा पनि, शौच गर्दा पनि, डुल्दा पनि, खोक्दा पनि तथा हाँस्दा पनि त्यो समाचारको विषय बन्छ । बाराक ओबामाले चढ्ने बस कस्तो छ होला ? अर्थात् उनका लागि अमेरिकी सरकारले दिएको सरकारी गाडी कस्तो छ होला ? यो हाम्रोलागि जिज्ञासाको विषय हो ।
b1
बाराक ओबामाका लागि संसारकै सबैभन्दा महंगो कार चढूँ भनेपनि नपुग्ने केही छैन । तर उनी देश दौडाहामा निस्किँदा प्रायः उनको आफ्नो लक्जरी बस चढ्ने गर्छन् । अत्याधुनिक सुविधासम्पन्न त्यो लग्जरी बस निकै शानदार छ । यो बस पूरै रुपमा हतियार तथा सुरक्षा प्रविधिले युक्त छ ।
b2
ओबामाको यो बसको मूल्य झण्डै ११ लाख डलर पर्छ । अमेरिकामा यस्ता खालका केवल दुइ वटा मात्र बस रहेको बताइन्छ । जसमध्ये एउटा ओबामाको छ भने अर्को विपक्षी दल रिपब्लिकनका प्रमुखको ।
b3
यो बसमा पंचर नहुने टायर छ । बसभित्र राष्ट्रपतिका लागि सुत्ने, बस्ने, आराम गर्ने तथा काम गर्नका लागि समेत प्रसस्त ठाउँ छ । यो बसमा कालो सिसा रहेको कारण बाहिरबाट भित्र रहेको व्यक्ति देख्न सकिँदैन तर भित्रको व्यक्तिले बाहिरको सबै कुरा प्रष्टै देख्छ । यसको सिसा गोली प्रतिरोधी छ । बसमा अत्याधुनिक सूचना प्रविधि सेवा पनि छ । ओबामाले यो बसभित्रैबाट महत्वपूर्ण सन्देश तथा घोषणा लाइभ गर्न सक्छन् र त्यो सिधै संचारमाध्यमबाट प्रशारण हुन सक्छ ।
b4 b5


 

यसरी ह्याक भयो नयाँ आइफोन - onlinekhabar

तिन दिनअघि मात्र बिक्रि सुरु भएको अमेरिकी कम्पनी एप्पलको नयाँ आइफोन ५ एस ह्याक भएको छ । एक जर्मन ह्याकर समूहले आइफोनको औँठाछापे प्रविधि फिंगरपि्रन्ट स्क्यानर ह्याक गरेको हो ।

चाओस कम्प्युटर क्लब नामक समूहले स्त्रिmनको सिसाको छेउँबाट उच्च रिजोलुसन युक्त तस्वीर लिएर त्यसलाई स्क्यान गरी पारदर्शी पत्रमा लेजर पि्रन्ट गरे । अनि त्यसलाई उड ग्लुले छोपेर ग्लु सुकेपछि पि्रन्ट कपी मात्र उप्काएर त्यसलाई आइफोनको सेन्सरमा दबाए अनि त्यसपछि आइफोन खोल्न सफल भए । एप्पलको आइफोन ५ एस सार्वजनिक समारोहमा एप्पलले यो नयाँ आइफोनमा रहेको फिंगरपि्रन्ट सेन्सर यसअघिका फिंगरपि्रन्ट प्रविधिभन्दा निकै सुरक्षित रहेको दाबी गरेको थियो । तर ह्याकरहरुले एप्पलको त्यस्तो दाबीलाई दुइ दिनमै झुटो सावित गरिदिएका छन् । एप्पलले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । चाओस कम्प्युटर क्लबलेले आफ्नो वेबसाइटमा यो कुराको प्रमाण पेश गर्न एक भिडियो समेत राखेको छ । जसमा कुनै बनाबटी पि्रन्टको सहायताले आइफोन ५ एस को लक कसरी खोल्न सकिन्छ भन्ने कुरा देखाइएको छ । उसले आफ्नो टोलीले कसरी आइफोनको फिंगर पि्रन्ट रिडरलाई क्र्याक गर्न सफल भयो भन्ने कुरा समेत सविस्तार बताएको छ । एप्पलको आइफोन ५ एस ह्याक गर्ने एक जना ह्याकर स्टारबगले औँठाछापलाई कुनैपनि चिजको सुरक्षाका लागि प्रयोग नगर्न सल्लाह दिएका छन् । उनका अनुसार हामीले विभिन्न ठाउँमा आफ्नो औँठाछाप छाडेका हुन्छौँ जसलाई कपी गर्न निकै सजिलो हुन्छ र गलत मानिसले त्यसको फाइदा उठाउन सक्छन् ।

Monday, September 23, 2013

'म्युचुअल फन्ड’ को सम्भावना' - ekantipur

अच्युत वाग्ले

नेपालमा म्युचुअल फन्ड अथवा सामूहिक लगानी कोषका रूपमा काम गर्न करिब आधा दर्जन कम्पनीहरूले नियामकहरूबाट अनुमति पाएका छन् । मुख्यगरी बैंकहरू प्रबर्द्धक रहेका यी फन्डहरूलाई नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएका हुन् । यी फन्डहरू सञ्चालनको विभिन्न चरणमा छन् । कोही कार्यालय सजिसजाउमा लागेका छन् त कोही कर्मचारी भर्ना गर्दैछन् । पुरानाहरूले त कारेबार नै गरेको पनि केही वर्ष बितिसकेको छ । पछिल्लो समय निजी क्षेत्रको प्रबर्द्धनमा यस्ता फन्ड स्थापना गर्ने क्रम बढेको छ । नागरिक लगानी कोष पहिले यही अवधारणामा अस्तित्वमा आएको थियो, तर यो अहिले मूलतः निवृत्तिभरण कोष व्यवस्थापकको रूपमा क्रियाशील छ ।
गत साता यस्ता म्युचुअल फन्डका सरोकारवालाहरू सम्मिलित एउटा अनौपचारिक जमघटमा श्रोता बन्ने अवसर यो पंक्तिकारलाई मिल्यो । त्यसमा सहभागी नियामक अधिकारीहरू, प्रबर्द्धकहरू, सेयर बजारमा लगानी गरिरहेकाहरू र फन्डहरूमा लगानी गर्न इच्छुक सम्भावित 'युनिट होल्डर'हरू सम्मिलित त्यो जमघटको छलफलको विषय, शैली र गुणस्तर 'अन्धाहरूको समूहले हात्ती छामेर दिएको निष्कर्ष'जस्तै थियो । यो परिदृश्यले नेपालमा म्युचुअल फन्डको भविष्य सुनिश्चित गर्न गम्भीर कसरत नै गर्नुपर्ने आवश्यकता देखिन्थ्यो । यी सरोकारवालाहरूमा सबैको मुच्युअल फन्ड बारेको बुझाइ, अपेक्षा र आपmनो भूमिका बारेमा अश्चर्यजनक अपरिपक्वता देखिन्थ्यो । खासगरी सेयर बजारमा लगानी गर्नेहरू र धेरैजना प्रबर्द्धकहरूले समेत म्युचुअल फन्ड सञ्चालन गर्नुको प्रमुख उद्देश्य अहिले खस्किँंदो सेयर बजारको अवस्थालाई उकास्नु हो भन्ने बुझेका रहेछन् । सेयर बजारमा घाटा खाएकाहरूलाई म्युचुअल फन्ड आएपछि सेयरको मूल्य ह्वात्तै बढ्छ भन्ने लागेको छ । त्यस्तै यसलाई प्रबर्द्धन गर्न चाहनेहरूको छिटो नाफा आर्जन गर्ने त उद्देश्य थियो नै, त्योभन्दा पनि अहम् उद्देश्य आफूले सञ्चालन गरेको बैंकको शाखाका रूपमा त्यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने मानसिकता झल्किन्थ्यो । सबभन्दा अनौठो र भयावह अपेक्षा युनिट होल्डर हुनचाहनेहरूको थियो । उनीहरूका बुझाइमा, प्रारम्भिक सेयर निष्काशन भएपछि बैंक तथा वित्तीय संस्थाहरूको सेयर मूल्य किनबेच खुल्नासाथ ३० देखि ५० प्रतिशतले तत्काल बढ्ने गरेको अनुभवमा, म्युचुअल फन्डले दिने प्रतिफल पनि त्यसकै हाराहारी कम्तीमा पनि होला भन्ने थियो । अहिले डुबेका सेयरधनीहरूलाई यसले सहजै उकास्दैन भन्ने कसैले पनि बुझ्न चाहेको देखिंँदैन । म्युचुअल फन्डले नै सेयरका लागि बजार निर्माणको भूमिका पनि गर्छ भन्ने सोच्नु ठूलै भ्रम हो । अहिले म्युचुअल फन्ड सञ्चालन र त्यसको सफलताका लागि सबभन्दा ठूलो बाधक वास्तवमा नेपालको सेयर बजारको एकांकी रूप नै छ । सेयर बजारमा कारोबार हुने कम्पनीहरूमध्ये झन्डै ८० प्रतिशतको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरू नै छन् । उत्पादन, सेवा र अन्य वास्तविक क्षेत्र -रियल सेक्टर) का सूचीव[mत कम्पनीहरूको संख्या न्युनमात्र छ । निजी क्षेत्रका नाम चलेका उत्पादन या सेवा उद्योगहरू सेयर बजारमा सूचीकृत भएका छैनन् । त्यसैले म्युचुअल फन्डमार्फत जोखिम न्युनीकरणका लागि विविध प्रकृतिका सेयरमा लगानी गर्ने अवसर अत्यन्त सीमित छ । निजी क्षेत्र आफैं दोस्रो बजारमा सूचीकृत भएर पारदर्शी हुन उत्साही नबन्दा अथवा कुनै कानुन बनाएर उनीहरूलाई सूचीकरणका लागि बाध्य नपारिंँदासम्म अहिलेको परिस्थितिमा परिवर्तन आउने देखिँंदैन । अहिले संसारका सबै स्टक एक्सचेञ्जहरूमा सूचना प्रविधि कम्पनीहरूको सूचीकरण संख्या र कारेबारको आकार उल्लेख्य छ । नेपालमा एउटै पनि यस्तो कम्पनी सूचीकृत भएको छैन । नेपालको दोस्रो बजार कति आधुनिक, विस्तारित र भविष्यमुखी छ भन्ने बुभmन यो महत्त्वपूर्ण सूचक हो । एउटै क्षेत्रमा मात्र लगानी गर्दा उत्पन्न हुने जोखिम न्युनीकरण गरेर लगानीको प्रतिफल निश्चित गर्नका लागि म्युचुअल फन्डहरू आवश्यक पर्ने हो । त्यसैले उनै बैंकहरूले म्युचुअल फन्डको प्रबर्द्धन गर्ने र ती फन्डले बैंक तथा वित्तीय संस्थाहरूकै सेयरमा मात्र लगानी गर्ने सम्भावना भएको परिक्रमामुखी, अल्पचक्रीय लगानीको सम्भावनाले म्युचुअल फन्ड स्थापनाको औचित्य स्थापित हुँदैन । वैधानिक, पारदर्शी र प्रतिफलदायी लगानीका लागि वैकल्पिक लगानीका क्षेत्र नै उपलब्ध नहुने हो भने यी फन्डहरू पनि  होलसेल निक्षेपमा व्याज खाएर चित्त बुझाउने  'संस्थागत जिम्मुवाल'मा परिणत हुने अवस्था आउँछ । अहिले नै कतिपय फन्डहरूसंँग भएको पैसा लगानी हुन नसकेको अवस्था छ । नेपालको बैंकिङ प्रणालीको ठूलो लगानी रहेका हाउजिङ र रियल इस्टेट कम्पनीहरू र सम्भावित ठूलो लगानीको क्षेत्र मानिएको जलविद्युत जस्ता क्षेत्रमा लगानीको सहज वातावरण र लगानीका उपकरण निर्माण नहुँदासम्म म्युचुअल फन्डहरूबाट प्रतिफलदायी लगानी हुन सक्दैन । नेपालमा म्युचुअल फन्डहरूलाई अर्थतन्त्रलाई ऊर्जाशील राख्ने एउटा औजार र लगानीको नयाँ अवसरका रूपमा विकास गर्ने हो भने यसबारे सबै तहमा रहेको छिपछिपे र अन्टसन्ट बुझाइ यथार्थपरक हुन जरुरी छ । कम्तीमा ६ तहमा— नियामकहरू, प्रबर्द्धकहरू, सञ्चालक र व्यवस्थापकहरू, सेयर बजारका लगानीकर्ताहरू, सेयर निष्काशन गर्ने कम्पनीहरू र युनिट होल्डरहरूका लागि यस बारेको साक्षरता आवश्यक छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डजस्ता नियामक निकायहरूले म्युचुअल फन्ड सञ्चालन गर्न दिनु किन आवश्यक परेको हो भन्ने प्रस्ट हुनु जरुरी छ । यस्तो फन्डको मूल उद्देश्य छरिएको रकमलाई एकीकृत गरेर क्षेत्र विविधीकरण -पोर्टफोलियो डाइभर्सिफिकेसन) को सिद्धान्तका आधारमा लगानीका गर्ने हो भन्ने उनीहरूले पहिले बुभmनु जरुरी छ । विविध क्षेत्रका खासगरी पर्याप्त संख्यामा रियल सेक्टरका कम्पनीहरूले आम लगानीकर्ताका लागि बाटो नखोलिदिएसम्म म्युचुअल फन्डहरूले लगानी डाइभर्सिफिकेसन गर्न सक्दैनन् । एउटा वैदेशिक रोजगार लक्षित बन्डको अपवादलाई छोडेर सरकारी विकास बन्डहरूको उपस्थिति बजारमा छैन । सरकारी बन्डको विश्वसनीयता र उद्देश्यबारे आम लगानीकर्ता ढुक्क छैनन् । फन्डको अनुमति माग्नेलाई दिने भूमिकामात्र नियामकहरूको होइन । उनीहरूले विविध क्षेत्रका कम्पनीहरू किन आम लागनीकर्ताका लागि लगानीको ढोका खोलिरहेका छैनन् ? अथवा उनीहरू किन सूचीकरण र सेयर निष्काशनमा चासो राखिरहेका छैनन् भन्नेतर्फ पहिले ध्यान जानु जरुरी छ । प्रबर्द्धकहरूले पनि म्युचुअल फन्डको सफलताका लागि वित्तीय साक्षरतामा निकै लगानी नगरी वास्तविकता बुभmन र बुझाउन मुस्किल छ भन्ने थहा पाउनु जरुरी छ । धेरै प्रबर्द्धकहरू अहिले सेयर बजारमा बढी आपूर्ति भइरहेका सेयरहरूलाई किनेर राख्ने अवसर देखेरमात्र यस्ता फन्डप्रति तत्काल उत्साहित भएको देखिएको छ । त्यो आंशिक बुझाइ हो । फन्डका लगानीकर्ताहरूलाई निश्चित लाभ दिने प्रतिबद्धता व्यक्त गरिसकिने हुनाले बैंक चलाए जस्तो बजारअनुसार व्याजदर थपघट गरेर नफा कमाउन र युनिट होल्डरहरूलाई लाभ यसबाट दिन सकिँंदैन । त्यसैले उनीहरूले नियामकहरूसंँग प्रतिफलमा कर छुट लगायतका माग राख्नु अघि लगानी क्षेत्र विविधीकरणको वातावरण निर्माण गराइदिने प्रस्ताव गर्न सक्नुपर्छ । सँगै मिलेर काम गर्न तयार हुनुपर्छ । सञ्चालक र व्यवस्थापकहरू यस्ता फन्डलाई प्रबर्द्धन गर्ने वित्तीय संस्थाको थप एउटा विभागको रूपमा व्यवहार गर्ने मानसिकताबाट मुक्त हुनुपर्छ । प्राविधिक र प्रशासनिक रूपमा त्यस्तै भए पनि म्युचुअल फन्ड सञ्चालनका लागि अर्थतन्त्रका व्यापक आयामहरूको विश्लेषणको आवश्यकता पर्छ । अर्थ-राजनीति, मुद्रा र सेयर बजारका आन्तरिक र बाह्य प्रवृत्ति, उत्पादन वितरण, वैदेशिक व्यापार लगायतका समग्र अर्थतन्त्रको सूक्ष्म विश्लेषण र तयारी एवं विश्वसनीय पूर्वानुमान बिना लगानीको सही क्षेत्र पहिचान गर्न सम्भव छैन । त्यसैले म्युचुअल फन्डहरूले संसारका राम्रा आर्थिक विश्लेषकहरूको सेवा लिन्छन् । मध्यम कोटीका व्यवस्थापकहरूको मात्र भर परेर म्युचुअल फन्डहरू सफल हुन सम्भव छैन । निश्चय नै म्युचुअल फन्डहरूको लगानीको एउटा महत्त्वपूर्ण माध्यम दोस्रो बजार नै हो । तर यो सेयर बजारको विकसका लागिमात्र समर्पित हुने संस्थागत व्यवस्था होइन । यदि सेयर बजारमा सूचीकृत सेयरहरूले अर्थतन्त्रका सबै उत्पादन र सेवा उद्योगहरूलाई समेट्दैनन् भने म्युचुअल फन्डहरूले यस बाहिरका लगानीका क्षेत्रहरू जस्तै- बन्ड, निवृत्तिभरण उपकरणहरू, वित्तीय डेरिभेटिभ्स र हेज फन्डहरूमा लगानीका अवसर खोज्नु अपरिहार्य हुन्छ । त्यसैले सेयर बजारका, खासगरी डुबिसकेका लगानीकर्ताहरूले यस्ता फन्ड आउन लागेकोमा बढी उत्साहित हुनुभन्दा नेपालको पुँजी बजारलाई वित्तीय क्षेत्रको मात्र होइन, समग्र अर्थतन्त्रकै प्रतिनिधित्व भएको विविधतायुक्त सेयर किनबेच हुने एक्सचेञ्ज बनाउनेतर्फ काम गर्नुपर्छ । त्यसका लागि योजना र दबाब दुवै दिन सक्नुपर्छ । नेपालको निजी क्षेत्रका उद्योग व्यवसाय पुँजी बजारमा किन सूचीकृत हुनचाहेका छैनन् भन्ने एउटा ठूलो रहस्यको विषय छ । यो प्रबर्द्धकहरूको स्वतन्त्रताको विषय भए पनि कम्पनीहरूको सेयर सर्वसाधारणमा बेच्दा व्यवसाय विस्तारको सम्भावना कैयौं गुणा बढ्छ । साथै कम्पनीको साखको मूल्य सेयर बजारले मात्र दिलाउन सक्छ र राम्रा कम्पनीको पुँजी छिटो-छिटो वृद्धि हुन्छ । तर पनि यो लाभ नेपाली निजी क्षेत्रले लिन चाहेको छैन । यसका धेरै तीता-मीठा आयामहरू छन्, त्यता प्रवेश नगरौं । यतिमात्र भनांै, यस्ता कम्पनीहरूमा लगानीको बाटो नखुल्दा म्युचुअल फन्डहरूलई लगानी विविधीकरण गर्ने अवसर अत्यन्तै सीमित हुन्छ । युनिट होल्डरहरूको महत्त्वाकांक्षा व्यवस्थापन नेपाली म्युचुअल फन्डका लागि सबभन्दा चुनौतीपूर्ण देखिन्छ । उनीहरूलाई यस्ता फन्डले नियमित, तोकिएको तर सापेक्षित सानो मात्राको -सामान्यत आठदेखि बाह्र प्रतिशतको हाराहारीमा) प्रतिफलमात्र दिन्छन् भन्ने बुझाउनु जरुरी छ । सेयर वा डेरिभेटिभ्स बजारमा झैं बढी चलखेल गरेर रातारात धनी हुनचाहनेका लागि यो उपयुक्त बाटो नहुन सक्छ । यी सबै पाटोलाई केलाउँदा, म्युचुअल फन्डको स्थापना अथवा सञ्चालनको साथसाथै यस बारेको ज्ञान र जनचेतना अभिवृद्धिका लागि काम नगरिए तिनले अर्थतन्त्रलाई लाभ दिन नेपालमा धेरै समय लाग्ने देखिन्छ । यो साक्षरता अभियान कसले र कसरी गर्ने ? त्यसतर्फ सामूहिक सोचको तत्काल आवश्यकता छ ।

Sunday, September 22, 2013

अनौठो होटल : कमोटमा आची गर्ने होइन खाना खानुपर्ने - onlinekhabar

शौचालयमा कमोट हुन्छ र त्यसमा दिशा पिसाब गरिन्छ । तर जापानमा एउटा यस्तो होटल छ, जहाँ कमोटमा दिशा पिसाब होइन पाहुनाले खाना खान्छन् ।
सुन्दै घिन लाग्नसक्छ । तर घिन मान्नुपर्ने कुरा केही छैन । त्यहाँ कमोटमै बसेर कमोटमै पस्किएको खाना मज्जाले खाइन्छ ।
toilet res
उक्त होटलको भित्री बनावट पूरै ट्वाइलेटको जस्तै छ । अर्थात् त्यो होटलभित्र छिर्ने वित्तिकै ट्वाइलेटमै छिरियो की भन्ने भान हुन्छ । त्यहाँ थरी थरीका कमोट, बाथटब लगायतका सामाग्री राखिएको छ । खाना राख्ने थालको रुपमा कमोटनै हुन्छ र बस्ने कुर्सीको रुपमा पनि ।
toilet1
होटलमा ग्राहकले जे खानेकुरा अर्डर गरेपनि वेटरले कमोट, बाथटब, वास बेसिन, बाल्टी आदिको आकारमा ढालेर खाना ल्याउँछ र कमोटको आकारको भाँडोमा खन्याइदिन्छ । यो आधुनिक रेष्टुरेन्ट जापानको एक नामी रेष्टुरेन्ट हो जसको शाखा ताइवान सम्मै छन् ।
toilet2

 

आवेगको आगो - nagariknews

  

                                                                                                      
नयाँ नेपालका राजनीतिक नेताहरूमा सबैभन्दा भारतपरस्त नेतामा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमा आउँछ। उनको आफ्नै दलले समेत उनलाई उक्त आरोप लगाएको र कारबाहीसम्म चलाएको हुनाले कतै प्रमाणित गर्न गइराख्नु पर्दैन। अझ उनका गुरु भनेर चिनिने नेपाल विशेषज्ञ भारतीय विद्वान एसडी मुनिले पुस्तकमै कसरी बाबुराम र पुष्पकमल दाहालले भारतको अहित नगर्ने प्रण गरेको पत्र लेखेर बुझाए भन्ने विवरण सार्वजनिक गरेपछि त यो विषयमा थप बहस गर्नै परेन।तर, अचानक भारतीय प्रहरीले बर्दियाको एउटा घरमा प्रवेश गरेको कुराले उनको मनमष्तिकमा नराम्ररी घोचेछ। उनले उक्त कुरा फेसबुकमा लेखे। टि्वटरमा त्यसको लिंक पनि आयो। अहिले भट्टराईको भनाइमा टि्वटेहरूको चर्को चिरबिर र फेसबुकेहरूमाझ ठूलै चर्चाको विषय भएको छ।भट्टराईले आफ्नो फेसबुकको वालमा लेखेअनुसार भारतीय प्रहरीको बलमिच्याइँ नेपाली सार्वभौसत्तामाथिको नांगो अतिक्रमण हो। र, उनलाई खेद लागेको छ यस्तो खबर चुपचाप पढेर र सुनेर बस्नुपरेकामा। यो खबर पढेर चुपचाप किन बस्नुपरेको हो भट्टराईलाई? उनी अझ भन्छन्, 'आखिर थोत्रो मुख बजाएर मात्र पो के हुन्छ र?'कुनै बेला कुनै साधारण निहुँमा सात–सात दिन नेपाल बन्द गर्ने शक्तिशाली दलका नेतालाई किन चुपचाप बस्नुपर्‍यो? यदि उनको मन साच्चै घोचेको हो भने हजारजना मान्छे लिएर लैनचौर घेर्न किन जाँदैनन्?भट्टराईको मन त जर्मन राजदूतले पनि घोचेछन्। राजदूतले तनहुँमा पुगेर कस्तो राजनीतिक दललाई समर्थन गर्ने र भोट हाल्ने भनेर 'उपदेश' दिएछन्। आफू प्रधानमन्त्री हुँदा भारतीय राजदूत विभिन्न स्थानमा गएर स्कुल उद्घाटन र खानेपानी वितरण गर्दै हिँडदा केही नबोल्ने र उनलाई रोक्न नसक्ने नेताको मन अचानक कसरी उग्रराष्ट्रवादी भयो बु‰नुपर्ने विषय बनेको छ। भट्टराईको भनाइलाई जनताले कसरी लिएका छन् भन्ने कुराको झलक पाउन उनको फेसबुक वालमा रहेका पोस्टिङ्स नै हेरे पुग्छ। यो लेख लेख्दासम्म १६ सय हाराहारी जनताले टिप्पणी गरेका छन्। अधिकांशले उनीप्रति सहानुभूति होइन, व्यंग्य गरेका छन्। करिब सबैले उनलाई पाखण्डी चित्रण गरेका छन्। अहिलेसम्मको प्रवृत्ति हेर्दा जसले जति प्रोत्साहन वा दुरुत्साहन गरे पनि भट्टराई भारतको विरोधमा जाँदैनन्। उनको मन भारतसित कुँडिएको होइन, भारतबाट आफू टाढिएको भान परेर आफैंमा कुँढिएजस्तो देखिन्छ। भारतीय दूतावासको सक्रियतामा दाहाललाई जिल्लाएर प्रधानमन्त्री बन्न सफल भएका भट्टराईलाई आफू अचानक भारतको विश्वासपात्र स्थानबाट टाढा हुन पुगेको भान भएर चित्त दुःखेको हुनसक्छ। आफूले गर्न नसकेको निर्वाचन खिलराज रेग्मीको पूर्वसरकारी कर्मचारीको सरकारले कुनै हालतमा सम्पन्न गर्न नसक्ने विश्वास लिएर बसेको हुनाले अहिले निर्वाचन हुने वातावरण बन्दा उनी आत्तिएका हुन सक्छन्। राजीनामासमेत नगरी (उनको राजीनामाको कुरा बाहिर आएको छैन) सत्ताबाट बाहिरिएका भट्टराईलाई पुनः उक्त पद प्राप्त गर्ने उच्च विश्वास भएको कुरा उनले विश्वासपात्रहरूलाई बारम्बार भन्दै आएका थिए। आफ्नो राष्ट्रियतासम्बन्धी अवधारणा र प्रतिबद्धताबारे प्रश्न उठाएको देख्दा निकै नमिठो अनुभूति गर्ने भट्टराई आफैंमा प्रस्ट छैनन् राष्ट्रियताका सम्बन्धमा। एकातिर भारतीय प्रहरीको नेपाल प्रवेशले उनको मन दुख्छ भने अर्कातिर आफूले विगतमा राष्ट्रियताका सम्बन्धमा विवेकसम्मत भन्दा आवेगात्मक धारणा राखेको आफैं स्विकार्छन्। उनको राष्ट्रियताका सम्बन्धमा आवेग गलत थियो कि गरिब नेपालीलाई सामन्ती भनेर टाउको छिनाउनु गलत थियो? त्यसमा उनी प्रस्ट छैनन्।यदि राष्ट्रियताका सम्बन्धमा आवेग थियो भनेका हुन् भने उनले त्यसबेला गरेको विस्तारवादी भारतीय नीतिको विरोध ठिक थिएन भनेका हुन सक्छन्। अर्थात्, एकातिर भारतले गरेको बलमिच्याइँमा उनको चित्त दुख्छ, अर्कातिर आफूले लिएको भारतविरोधी आन्दोलनप्रति उनलाई पश्चाताप देखिन्छ। भनेको मतलब के भने, माओवादी नेताहरू एउटा अतिक्रुर, असामाजिक र गैरराजनीतिक विचार अघि बढाएर सत्तामा त आए, तर अब कसरी अघि बढ्ने भन्नेमा रनभुल्लमा परेका छन्। उनीहरूलाई पहिले गल्ती भयो भन्ने आभास भएको छ, तर अब पुनः डरलाग्दो गल्ती नगर्ने मार्ग खुट्याउन सकेका छैनन्।भट्टराई फेसबुक पेजमा लेख्छन्, 'सुरुसुरुमा म पनि राष्ट्रियतासम्बन्धी विवेकसम्मतभन्दा आवेगात्मक धारणा बढी राख्थेँ। मेरो पिएचडी शोधग्रन्थ, संयुक्त जनमोर्चाकालका मेरो नेतृत्वमा भएका अनगिन्ति राष्ट्रियतासम्बन्धी आन्दोलन, चर्चित ४० सूत्रीय मागपत्र आदि त्यसका दसी हुन्।'एकातिर भट्टराई आवेगी भएको स्विकार्छन्, तर त्यो आवेगमा डढेर १५ हजारभन्दा बढीको ज्यान गएको स्विकार्दैनन्। बाबुराम भन्छन्, 'आन्तरिक राष्ट्रिय एकता मजबुत नगरी, जनतालाई अधिकारसम्पन्न नबनाई र देशलाई आर्थिक रूपले समृद्ध र सम्पन्न नगराई हामीले बाहिरी राष्ट्रियताको लडाइँ जित्न सक्दैनौं।' तर, यो उनकै आवेग हो, जसले देशलाई जात, जाति, भाषा, धर्म, पहाडी, मधेसी आदि विभिन्न नाममा बाँड्यो र अब फेरि गल्ती नगर्ने भन्ने यिनै कमरेड जनतालाई काम गरेर बाँच्न होइन, आफ्नो भूभागमा नचाहिँदो अधिकार दाबी गरेर र अरूसँग लडेर बाँच्न सिकाउँदैछन्। एकातिर समाजवाद आउन पँुजीवादको पूर्ण विकास हुनुपर्छ भन्छन् भने अर्कातिर पुँजीवादी व्यवस्था निमिट्यान्न बनाउन, प्रतिस्पर्धी व्यवस्था सिध्याउन उत्पादन–ब्रिगेड बनाउँछन् र राष्ट्रको ढुकुटी रित्याई आफ्ना कार्यकर्ताको बचत तथा ऋण सहकारीलाई बलियो बनाउँछन्। राष्ट्रिय पुँजीपतिको संरक्षण गर्ने कुरा गर्छन्, तर उनको दललाई करोडौं सहयोग नगर्ने उद्योगपति र व्यापारीलाई जरैदेखि उखेल्ने कार्य गर्छन्। कमरेड बाबुरामजस्तै अर्का ठूला कमरेड पुष्पकमल दाहालले पनि आफूले विगतमा गरेका गल्तीका फेहरिस्त दिने काम गर्दै आएका छन्। उनलाई पनि अहिले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएको, प्रधानसेनापतिसँग अनाहक निहुँ खोजेकोजस्ता अनेक विषयमा पश्चाताप छ। अहिलेको नेपाली राजनीतिका यी दुई शीर्षस्थ नेतालाई आफूले विगतमा गरेका कुरा गल्ती भएछन् भन्ने बुझाइ भएको देखिन्छ, तर दुवै यो गल्ती सच्याउने बाटोमा छैनन्। उनीहरू अझै बलको भरमा निर्वाचनमा जानुहुन्न भन्ने मान्न तयार छैनन्। जनतालाई जबर्जस्ती तर्साएर भोट हाल्न लगाउनुहुन्न भन्ने बु‰दैनन्, चन्दा माग्नु तिम्रो स्वविवेकीय अधिकार होइन भन्ने थाहा नपाएझैं गर्छन्, मरेका मान्छेको नाममा भोट खसाएर जित्दा नैतिक बल प्राप्त हुन्न भन्ने चेत छैन। विगतमा गरेका गल्ती सम्झँदै रुने, तर वर्तमान र भविष्यमा गल्ती नसुधार्ने हो भने केही तुक छैन मनमष्तिक घोच्यो भनेर गोहीको आँसु बहाउनुको।


बाबुरामविरुद्ध किन खनिए प्रतिक ? - ratopati

  • पंकज चौधरी/ सुजन पन्त
pratikराजधानीको होटल अन्नपूर्ण । असोज ३ गते । साँझपख होटल अन्नपूर्णको ‘जुनेली बार’मा एक जापानी, एक अमेरिकी र नागरिक दैनिकका सम्पादक प्रतिक प्रधानवीच भेटवार्ता भयो । होटल अन्नपूर्णमै कार्यरत कर्मचारी सुत्रका अनुसार उनीहरुवीच ‘लगानी’, ‘एमाओवादी विरोधी मिसन’ र ‘निर्वाचन रणनीति’बारे छलफल भएको थियो  । उनीहरुवीच भएको कुराकानीबारे कर्मचारी सुत्र भन्छ, ‘उनीहरुवीच कसरी एमाओवादीलाई मिडिया क्याम्पेन गरेर बदनाम गर्ने भन्ने बारेमा छलफल भएको स्पष्ट बुझन सकिन्थ्यो ।’
असोज ३ गते अमेरिकाको एक अनुसन्धान केन्द्रले नेपालका दश शक्तिशाली नेताहरुको सुचीमा एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई क्रमशः नम्बर एक र नम्बर दुई स्थानमा राखेको रिपोर्ट सार्वजनिक भएको थियो । जनतामा प्रभाव र व्यक्तित्वको आधारमा अमेरिकी संस्थाले नै गरेको त्यो सर्वेक्षणले प्रचण्ड र बाबुरामलाई शीर्ष स्थानमा राखेको घटना नेपालमा एकथरीलाई चित्त बुझिरहेको थिएन ।
जुन दिन यो रिपोर्ट नेपाली मिडियाहरुमा पनि सार्वजनिक भयो, त्यही दिन साँझ होटल अन्नपूर्णमा नागरिक दैनिकका सम्पादकले अमेरिकी र जापानी अज्ञात पात्रहरुलाई भेटनुको उद्देश्य स्पष्ट थियो, माओवादी नेतृत्वमाथि प्रचार प्रत्याक्रमण ।
होटल कर्मचारी शुत्रका अनुसार त्यो साँझ केही समयपछि एकजना सेतै कपाल फुलेका गोरो वर्णका अधवैंशे पनि आएका थिए । उनी थिए, कनकमणी दिक्षित । उनको स्वर अली चर्को थियो । अली हतास देखिन्थे ।
‘इलेक्सनको बेलामा यसरी हाम्रै साइड (अमेरीकी पक्ष)बाट उनीहरु (प्रचण्ड र बाबुराम)कै पक्षमा सर्वेक्षण आउन नहुने, मिस्टेक भयो नी । न्युयोर्कको त्यो कुन चाँही संस्था हो, त्यसलाई लवीङ गरेर भए पनि हाम्रो रिपोर्ट हैन भनेर भन्न लगाउनुप¥यो’, वाइनको चुस्की लिदै कनकले भने ।
‘अब हामी अली आक्रामक हुनुपर्छ । त्यस्तो रिपोर्टले केही हुदैन । जनयुध्दका ज्यादतीका बारेमा अझै लेख्नुपर्छ, अली हाइ भोलुममा’, प्रतिकले भने–थबाङ्मा प्रचण्डकै समर्थक भड्किएको समाचार कान्तिपुरले छापेझैं हामीले पनि अब त्यस्ता पुराना घटनालाई बाहिर ल्याउनुपर्छ ।’
त्यसपछि कनकले डायरीमा केहीबेर केही बुँदा कोरे । डायरीका केही पाना च्यातेर प्रतिकलाई दिए । ‘यसलाई म भोलिको म्याटरमा मेन्सन गर्नेछु’, प्रतिकले भने । अनी वाइनको चुस्की लगाए । छेउमै रहेको पिनट्सका केही गेडा झिकेर मुखमा राखे । चपाउँदै उनले भने, ‘नागरिकको लाइन कस्तो छ त ?’ कनकले हास्दै भने, ‘एकदम बोल्ड । पावरफुल छ । किशोर गएपछि बल्ल ट्रयाकमा आयो ।’
अमेरिकी र जापानी नागरिक को थिए, त्यो रहष्यमय छ । उनीहरुसँग कनक र प्रतिकले पालैपालो एकान्तमा पनि कुराकानी गरेका थिए । राती ११ बजेतिरर त्यो समुह होटल अन्नपूर्णबाट बाहिरिएको प्रत्यक्षदर्शी बताउँछन् ।
पर्सीपल्ट असोज ५ गतेको नागरिक दैनिकमा सम्पादक प्रतिक प्रधान स्वयंको ‘बाइ लाइन’मा ‘आवेगको आगो’ शिर्षकमा मुख्य सामाग्री प्रकाशित भयो । त्यो सामाग्रीको लेखनशैली, त्यसमा उल्लेख गरिएका सूचना र सावित गर्न खोजिएको आशय हेर्दा त्यो सामाग्री प्रायोजित थियो भन्ने सामान्य पाठकले पनि अन्दाज लगाउन सक्थ्यो । त्यस लेखको सार थियो – दस वर्षको जनयुध्दले प्राप्त गरेका उपलव्धी माथि भयानक हमलाका ।
होटल अन्नपूर्णमा प्रतिक प्रधान, कनकमणी र विदेशीहरुको विबादास्पद भेटघाट र नागरिक दैनिकमा एमाओवादी नेताहरुको चरित्र हत्या गर्ने खालका सामाग्री प्रकाशित हुनु कुनै संयोग थिएन, त्यो नियोजित सिलसिलाको एउटा प्रकट कडी मात्र थियो । नागरिक दैनिकमा डा. बाबुराम भट्टराई र प्रचण्ड माथिको ‘गाली गलौज’का पछाडि प्रतिक प्रधान मात्र हैन, पश्चिमा शक्ति नै लागेको त्यसले स्पष्ट गथ्र्यो ।
अमेरिकी गोटी
सन् १९९३ मा काठमाडौं पोष्टबाट सम्वाददाताका रुपमा पत्रकारिता थालेका प्रतिक प्रधानको पश्चिमाहरुसँगको सँगत त्यसबेलादेखिकै हो । उनी काठमाडौं पोष्टको सम्पादक नै भए । काठमाडौं पोष्टमा हुँदादेखी नै जुलीया चाङ ब्लक यताका हरेक अमेरिकी राजदूतसँग उनको उठबस भएको देखिन्छ । विस्तारै प्रतिकको कनेक्सन पश्चिमाहरुसँग गाढा हुँदै गयो । नेपाली नेताहरुसँग गोप्य सूचना फुत्काउने र अमेरिकीहरुलाई ति सूचना उपलव्ध गराउने काममा उनको संलग्नता समेत रहेको श्रोत बताउछ ।
अमेरिको हार्वड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका प्रतिक केही वर्षअघि मात्र फुल ब्राइट स्करलरशीपमा अमेरिकामा अध्ययन गरेर फर्किएका हुन । ज्ञानेन्द्रको शासनकालमा तात्कालीन राजदूत जेम्स एफ. मोरीयार्टीसँग हिमचीम बढाएका यी काँग्रेसी पत्रकार ‘राजा र संसदवादी दल मिलेर माओवादीलाई तह लगाउनुपर्ने’ मोरीयार्टी लाइनकै पक्षमा थिए । अमेरिकी स्कलरशीप नपाएको भए उनी काँग्रेसको कोटामा पत्रकार महाँसघको अध्यक्ष लडने ताकमा थिए ।
पत्रकारिता गर्दा गर्दै व्यापारीहरुसँग आर्थिक मोलमोलाइ र बिजनेश डिल गर्न माहिर भैसकेका र पत्रकारिता गरेको छोटो समयमै अकुत सम्पत्ती कमाएका प्रतिक कान्तिपुर दैनिकमा मार्केटिङ प्रमुृखसमेत भए । कान्तिपुर दैनिकमा कैलाश शिरोहीया र विनोद ज्ञवालीवीच कलह चर्किएपछि भने अवसरवादी चरित्रका प्रतिक विनोद ज्ञवालीको रिपब्लीका दैनिकको सम्पादक भएर गए । प्रतिक यसवीचमा आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’को संस्थापक अध्यक्ष समेत भए । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उनी चाकडी गर्न बेला बेलामा पुग्ने गर्थे । २०६७ सालदेखि आर्थिक विषयको ‘कारोबार दैनिक’को प्रकाशन सुरु भयो । प्रतिक स्थापनाकालदेखि नै सम्पादक रहे । २०७० साल जेठमा प्रतिकले कारोबार दैनिकबाट पनि राजिनामा दिए । अचेल उनी नागरिक दैनिकमा सम्पादक छन् ।
प्रतिक सम्पादक भएर आएयता नागरिक ‘दैनिक हिमाल खबरपत्रिका’मा परिणत भएको पुराना पत्रकारहरु बताउँछन् । एमाओवादीको खोइरो खन्नु नागरिक दैनिकको धन्दा नै भएको छ । कुनैबेला ‘भक्तमान श्रेष्ठको अपहरणमा एमाओवादीको हात’ भनेर झुठो समाचार लेखेर नांगिएको नागरिक दैनिकलाई धमाधम पत्रकार र कर्मचारीले छाडेर जाँदैछन् । किशोर नेपालले छाडेपछि यो पत्रिकाको सन्तुलित धार भुत्ते भएको छ र यसले पश्चिमा शक्तिको उक्साहटमा एमाओवादीको विरोधलाई नै मुख्य सम्पादकीय नीति बनाएको स्पष्ट हुन्छ, अन्नपूर्ण होटलको भेटवार्ताबाट पनि ।
बाबुराम भट्टराईमाथिको गाली गलौजपछि अब प्रचण्डमाथि पनि सिलसिलेबार आक्रमण गर्ने उनीहरुको योजना छ । ‘काँग्रेस र एमाले त मरेका लास भइसके । उनीहरुको दृष्टीमा बाबुराम पनि कमजोर पात्र नै हुन, तर कमजोर भए पनि हात्ती नै भएकाले उनीमाथिको आक्रमण चर्किएको हो’, नागरिक दैनिकमै कार्यरत एक पत्रकार भन्छन, ‘बाबुराम र प्रचण्डलाई बारम्बार ठोक्नु, सानो निहुँ पाए पनि नछाडनु, भाषणलाई तोड मरोड गरेर भए पनि बिबादमा पारिरहनु भनेर माथिको आदेश आएको छ ।’
पश्चिमा डिजाइन
प्रतिक प्रधानको गोयबल्स शैलीको प्रोपोगन्डाले अहिले नेपाली मिडियामा पश्चिमा प्रभाव बढदै गएको संकेत गर्छ । डलरको प्रलोभन देखाएर केही व्यवसायिक छवी भएका पत्रकारलाई पनि पश्चिमाहरुले नकारात्मक प्रयोजनका लागि सँगठित गरिरहेका छन् । खुबी भएका र बिगतमा व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकार पनि अचेल पश्चिमाहरुको डलरको मोह र खासगरी कनकमणी मार्का पत्रकारको उक्साहटमा बरालिएको देखिन्छ । पश्चिमा प्रभावमा परेका पत्रकारहरुको प्रचार अभियानमा यतिखेर निम्न शुत्रले काम गरेको देखिन्छ ः
१) जनयुध्दमा भएका घटनालाई उछाल्नुृ । बाँदरमुढे बम विष्फोट, फुजेल प्रकरण र अन्य यस्ता केही घटनालाई बारम्बार उछालिरहनु । प्रचण्डले बारबार कुरा फेरी रहन्छन् भनेर होहल्ला गर्नु ।
२) नेपाली जनतामा रहेको राष्ट्रवादी भावनालाई नकारात्मक कोणबाट उत्तेजित पार्नु् । खासगरी राजा महेन्द्रको खोक्रो मन्डले राष्ट्रवादकै सोचलाई मिडियामा हो–हल्ला गरेर एमाओवादीलाई भारतपरस्त सावित गर्न खोज्नु ।
३) जेम्स एफ मोरीयार्टीको ‘राजा र संसदवादी दल मिल्नुपर्छ’ भन्ने यथास्थितिवादी सोचलाई साकार पार्न राजतन्त्र ब्युताउँने कोशिस गर्नु । पंचायती प्रधानमन्त्री मरिचमानको गुनगान गाएर युवराज घिमिरेहरुले लेख लेख्नुको अर्थ एउटै थियो, अहिलेका नेताभन्दा बरु मरिचमान नै राष्ट्रवादी थिए भनेर साबित गर्नु ।
४) नेतृत्वलाई प्रहार गरेपछि आन्दोलन कमजोर हुनसक्छ । अहिलेको संघीयता, पहिचान, समावेशीकरणको मुद्दा सभ्रान्तहरुलाई मन परेको छैन । यसलाई भाँडन उनीहरुको एउटै कोशिस भइरहेको छ, यो समग्र परिवर्तन प्रकृयाको नेतृत्व गर्ने प्रचण्ड र बाबुरामजस्ता नेताहरुको व्यक्तित्व क्षय गर्नु । विद्रोहको मैदानबाट उदाएका यी नेतालाई एमाले र काँग्रेसका नेता झैं पदलोलुप, भारतपरस्त सावित गर्नु ।
५) नेपालमा भारत र चीनको प्रभाव रहिरहे अमेरिकी स्वार्थ पुरा हुन सक्दैन । अमेरिका नेपालमा ‘बेस’ बनाएर चीनलाई घेर्न चाहन्छ । यहाँ फ्रि तिब्बत गतिविधि चर्काउन चाहन्छ । त्यो अमेरिकी मिसनका लागि काम गर्नु । अमेरिकी स्वार्थमा काम गरेपछि फुलब्राइट स्करलरसीप, ग्रिन कार्ड र विदेश भ्रमण गर्न पाइने भएकाले पत्रकारहरुको त्यसतर्फ झुकाव बढनु स्वाभाविक हो । कनकमणी मार्का पत्रकारको डलरको जुन संजाल छ, त्यो संजालभित्र पर्ने लोभमा पनि केही पत्रकार मुलुकको परिवर्तन प्रकृयाको विरोधमा पश्चिमाहरुको गोटी बनिरहेको र केहीले त्यसबाट लाभ लिइरहेको स्पष्ट देखिन्छ ।
एउटा व्यवसायिक पत्रकार प्रतिक प्रधानलाई पश्चिमाहरुले आफनो गोटी बनाउनुका पछाडि सारमा यही कारण छन् ।
कस्तासंग सँगत
प्रतिक प्रधान हेर्दा सोझा, मिलनसार र भलादमी नै देखिन्छन् । धेरै पत्रकारको दृष्टिमा प्रतिक व्यवसायिक पत्रकारमा गनिन्छन् । तर, उनको विबादास्पद सम्बन्ध र गतिविधि भने डरलाग्दो छ । विश्वस्त सुत्रका अनुसार प्रतिक प्रधानको कनेक्सन अन्र्तराष्ट्रिय समुहहरुसँग पनि गाँसिइसकेको छ । उनको माफिया डनहरुसँगको सँगत भने एनआरएन नेता भवन भट्टको सँगतपछि नै कायम भएको हो ।
‘कारोबार दैनिक’का लगानीकर्ता गैर आवासीय नेपालीको संस्था ‘एनआरएन’का तात्कालीन कोषाध्यक्ष भवन भट्ट थिए, जसले नेपालमा ‘भगवान बुध्द एयरवेज (बिबि एयरवेज)को उडान थालेका थिए । प्रतिक प्रधान बिबि एयरवेजको सिइओ बने । भवन भट्ट र प्रतिकको समुह ठगी गर्नकै लागि हवाइ उडान क्षेत्रमा आएको रहेछ भन्ने कुरा त्यसबेला प्रमाणित भयो, जव तिन महिना पनि नपुग्दै बिबि एयरवेज बन्द भयो ।
बिबि एयर खासमा जापानी माफियाहरुको कालो धनलाई सेतोमा परिणत गर्ने उद्देश्यले स्थापना गरिएको थियो । कालो धनलाई चोख्याउने काममा प्रतिक प्रधानको प्रशासनिक र आर्थिक कुशलताको उपयोग गरे, भट्टले । बीबी एयरवेजले २०६८ चैत ३० गते उडान सञ्चालन अनुमतिपत्र ‘एओसी’ पाएको थियो । यो कम्पनीलाई अनुमती दिलाउन प्रतिक प्रधानले आफनो शक्ति र पहुचको प्रयोग गरेका थिए ।
खासमा यसका अध्यक्ष भट्टले जापानी डनहरुको कालोधनलाई सेतो बनाउने काममा मूख्य भूमिका निर्वाह गर्दै आएका थिए । कालो धनलाई सेतो बनाउन सञ्चारमा लगानी गर्ने हरुकै अर्को संस्करण थिए, प्रतिक र भट्टको समुह । बिबि एयरमा लगानी गर्ने जापानी कम्पनी ‘याकुजा’ खासमा जापानको मनि माफिया समुह हो । जापानमा भट्टका विभिन्न होटल, ६० वटा भन्दा बढी रेस्टुरेष्ट र अन्य ब्यापारमा याकुजाकै लगानी छ । बिबि एयरलाइन्समा पनि जापानको भूमिगत गिरोह याकुजाको लगानी रहेको नेपालको सुरक्षा निकायले चाल पायो । डनहरुको संजालले विभिन्न आपराधिक कामबाट जम्मा गरेको पैसा भट्टमार्फत बीबी एयरवेजमा लगानी गरेको सुरक्षा स्रोतले थाहा पाएपछि अनुसन्धान सुरु भयो ।
बिबि एयरको पक्षमा प्रतिक प्रधानले सरकारदेखि मिडियासम्ममा ठुृलो लवीङ गरेका थिए । उदघाटन हुँदा नै एक महिनाभित्र बोइङ ७५७ र फेरी ७६७ बोइङ पनि ल्याउने दावी गरेका थिए, प्रतिकले । त्यसै साल असोज २५ मा मलेसिया उडान सुरु गरेपछि हङकङ र अस्ट्रेलिया र युरोप हुँदै अमेरिका उडाउने योजनासमेत सार्वजनिक गरिएको थियो । तिन महिना पनि नबित्दै त्यसको उडान बन्द भयो । गैरआवासीय नेपालीको लगानी रहेको भन्दै विश्वभर प्रचार गरिएको बीबी एयरवेज जहाजविहीन भयो ।
बीबीलाई जहाज भाडामा दिइरहेको ताइवानस्थित टोन्लेसाप कम्पनीले तीन महिना नबित्दै जहाज फिर्ता लग्यो । बीबीले सम्झौताअनुसार भाडावापतको रकम भुक्तानी नगरेपछि टोन्लेसापले जहाज फिर्ता लगेको थियो । बिबि एयरको त्यो हालत देखेपछि चलाख प्रतिक बिबि एयरबाट अलग भए ।
तैपनि जापानी माफियाहरुसँगको उनको सँगत भने अझै बरकरार छ । सायद, होटल अन्नपूर्णमा आएका ति जापानी कतै ‘याकुजा’ नामक उही डनहरुको समुहको सदस्य त थिएनन ? कतै त्यही याकुजा समूहको लगानी अहिले नागरिक दैनिकमा भैरहेको त हैन ? खोजिको विषय भएको छ ।

Friday, September 20, 2013

ट्वीटरको नेपाली अन्दाज - setopati

मनोज दाहाल   



नित्यमुक्ता @regmijyoti निद्रा खुल्नेबित्तिकै आँखै नउघारी ओछ्यानको कुनै कुनामा च्यापिएको फोन छामछुम गर्दै हात पार्छिन् र उनको दिन सुरु हुन्छ– ट्वीटर दर्शनबाट।
ओछ्यानमा पल्टेरै दुई–चार ट्वीट गरेपछि बल्ल उनी बाथरुम पस्छिन्।
बाथरुममै पनि उनी ट्वीट गर्न बेर लगाउँदिनन्। फर्केर आएपछि चियाको सुर्कोसँगै फेरि ट्वीटर टाइमलाइन छिर्छिन् र यतै हराउँछिन् दिनभरि।
ट्वीट, रिट्वीट र रिप्लाईमै उनको लगभग दिन गुज्रिन्छ।
दिनभरि ट्वीटरमै हराउन उनलाई अफिसले पनि छेक्दैन। उनको अफिस नै इन्बक्स हो जुन प्रायः हातहातै चलिरहन्छ। इमेलमै धेरैजसो काम हुने भएकाले मोबाइल फोन नै उनको अफिसघर हो।
ट्वीटरमा सक्रिय भएको एक वर्षभित्रै उनको टाइमलाइनमा २९ हजार ३ सय ट्वीट छन्। बिहीबार राति सुत्नुअघि उनले ट्वीट गरिन्, ‘ट्वीटर मेरो दोस्रो घर हो।’
जुनसुकै विषयलाई पनि टाइमलाइनमा हलुका रुपमा प्रस्तुत गर्न रुचाउने उनी कहिलेकाहिँ भने समाज र संस्कृतिबारे गम्भीर ढंगले ट्वीट गर्छिन्। ‘हाँस्न र हँसाउन नै ट्वीटर छिरेको’ भन्ने उनका ट्वीटहरूको हास्यरसभित्र समझको गहिराइ अनुभव गर्न सकिन्छ।
जनकपुरमा जन्मेर विराटनगरमा हुर्केकी ज्योति रेग्मी ट्वीटर नाम ‘नित्यमुक्ता’ राख्नुको कारण भन्छिन्, ‘सधैं स्वतन्त्र हुन रुचाउने मेरो स्वभावलाई देवीको यही नामले साँचो रुपमा व्यक्त गर्छ।’
ट्वीट, रिट्वीट र रिप्लाई गर्न उनीसँग कुनै निश्चित समय हुँदैन। भात खाएको बेला, हिँड्दै गरेको बेला, कसैसँग कुरा गर्दै गरेका बेला पनि पनि उनी टाइमलाइन फलो गरिरहेकी हुन सक्छिन्।
‘ममात्र होइन, मजस्ता सयौं ट्वीटेहरु दिनभरि ट्वीटमै व्यस्त भइरहन्छन्,’ नित्यमुक्ताले ट्वीटमै भनिन्।
टाइमलाइन नै दोस्रो घरझैं भएका ट्वीटरका लतीहरूको सूचीमा नित्यमुक्ता न एक्लो नाम हो, न पहिलो नै।
समीरमणि दीक्षित @sameermdixit, आकार अनिल  @aakarpost, शंखेकिरो @Sadan_Shankhe, सेती रिभर @subhadraman, प्रेम–मोती @pearl_nepal, विकास @bikuko, ऋचा भट्टराई  @15n3quarters, राज खरेल @jhapaliMailo इन्द्रध्वज क्षेत्री @indradhoj सयौंमध्ये केही नाम हुन् जो लगभग २४ घन्टै ट्वीटरमै बरालिइरहन रुचाउँछन्। बिहान उठेदेखि राति अबेरसम्म ट्वीटरमै झुमिरहन्छन् यी।
कति त टाइमलाइनमै रात बिताइदिन्छन्।
...
अनुमानित रुपमा लाख हाराहारी नेपाली प्रयोगकर्ता रहेको ट्वीटरमा झुम्ने नेपाली अन्दाज मौलिक छ। आफ्नै भाषामा ट्वीट गर्ने स्वतन्त्रताका कारण ट्वीटरका नेपाली लतीहरूको सानो संसार एकापसमा गहिरोसँग जोडिएको छ।
जीवनशैलीमै परिवर्तन ल्याइदिएको होइन, इन्टरनेटमा पहुँच भएका नेपाली युवाको सानो जमातका लागि त बाँच्ने एउटा तरिका नै भएको छ ट्वीटर।
सक्कली नाममा ट्वीटर एकाउन्ट खोलेर जिम्मेवार ट्वीट गर्नेहरूको जमातमा छद्म नाममा जथाभावी लेख्नेहरू पनि कम छैनन्।
एउटा महत्वपूर्ण तथ्य के भने सबै छद्मभेषीहरू जथाभावी गर्दैनन्। आफ्नो पेशा, रुचि वा स्वभावको कारण छद्मभेष धारण गर्न रुचाउनेमध्ये सयौं यस्ता छन् जो टाइमलाइनमा जिम्मेवार ढंगले प्रस्तुत हुन्छन् र प्रयोगकर्तामाझ अलग छाप छोड्छन्।
ट्वीटरको विशेषता भनेकै स्वतन्त्रता हो, यसले नाम सोध्छ तर जात, धर्म, भुगोलबारे खासै चासो राखिरहँदैन। लम्बेचौडे र लेघ्रो तानेर कुरा गर्ने शैलीमा विश्वास गर्दैन, १ सय ४० क्यारेक्टरमा अभिव्यक्त हुनैपर्ने सीमाना जो कोरेको छ।
मेरो अनुभवमा हामीकहाँ ट्वीटरले मुख्यतः चारथरि भूमिका खेलिरहेको छ– मनोरञ्जन, आक्रोश अभिव्यक्ति, अन्तरक्रिया र सूचना। एउटै मञ्चमा जीवनमा आवश्यक यी सबै काम हुनसक्ने भएपछि कतिपय युवाका लागि इन्टरनेट भन्नु नै ट्वीटर बनेको छ। अरु वेबसाइटमा छिर्न उनीहरू ट्वीटरकै लिंक प्रयोग गर्छन्।
नवप्रवेशीहरू टाइमलाइनमा ठट्टा/रमाइलोमै बढी रमाइरहेका हुन्छन् भने राजनीति र समाजको विसंगतिमा औंला ठड्याउनेहरूको हुल ठूलो छ। विभिन्न विषयमा अन्तक्रिया पनि चलिरहन्छ भने पछिल्लो समयमा सूचनाको एउटा प्रमुख स्रोत ट्वीटर बनेको छ।
सूचनाको अन्तर्क्रियात्मक तरिका भएकाले पनि ट्वीटरमा एकपटक पसेपछि निस्कनै गाह्रो हुन्छन् भन्छन् कतिपय लतीहरु ।
ट्वीटर भेटघाटको थलो पनि हो । कतिपय ट्वीटर प्रयोगकर्ताहरु ट्वीटर पिकनिक वा हाइकिङ आयोजना गर्छन्। सामाजिक काममा सक्रिय हुन्छन्। ट्वीटरबाट संगठित युवाको पहलमा ट्वीट फर कज टीएफसी अभियान बनेको छ जसले अनाथ र निःसहाय बालबालिकालाई सहयोग जुटाउँछ।
यसरी ट्वीटर भर्च्युअल दुनियाँबाट नेपाली प्रकृति र समाजमा ओर्लिएको छ।
सञ्चारकर्मी शिवानी सिंह थारु @shivani tharu का शब्दमा ‘यो औंला ठड्याएर बोल्ने ठाउँ हो।’ अफ्रिकामा भएको अरब स्प्रिङपछि सामाजिक सञ्जालको भूमिका आत्मसात गरेकी शिवानीलाई ट्वीटरले बढी जिम्मेवार र समझपूर्ण बनाउँदै लगेको छ।
शिवानी का लागि ट्वीटर त्रिभुवन विश्वविद्यालयको चिया पसल हो, तातो चियासँग तात्तिंदै साथीहरुसँग बहस गर्ने। कीर्तिपुरको नयाँ बजारमा रहेको फोटोकपी पसल हो, ठेलीका ठेली नोटहरु फोटोकपी गरिरहँदा विभिन्न विषयमा झोक्किँने, लन्डनको हाइडपार्कमा रहेको ‘स्पिकर्स कर्नर’ हो, अभिव्यक्तिको स्वतन्त्रता पनि स्वतन्त्र हुने, माइतीघर मण्डला हो, १४० क्यारेक्टरमा औंला ठड्याएर आवाज बुलन्द गर्ने।
अर्का ट्वीटर प्रयोगकर्ता सञ्जीव पोखरेल @sanpokh राजनीतिक, आर्थिक र सांस्कृतिक विषयमा आफ्ना बुझाइ अरूसँग सेयर गर्न र अरूका विचार सुन्न ट्विटरको प्रयोग गर्ने बताउँछन्। उनलाई आफ्ना विचार अरूसँग सेयर गर्ने सहज र प्रभावकारी माध्यम लाग्छ ट्वीटर ।
नेपालमा ट्वीटर समसामयिक विषयमा बहस गर्ने प्रभावकारी माध्यम बन्दै गएको सञ्जीवको बुझाइ छ।
हामीकहाँ कम भए पनि विदेशतिर धर्मदेशना, उपदेश, गतिविधि, प्रचारजस्ता थुप्रै काम पनि ट्वीटरबाटै भइरहेका हुन्छन्। समाजसेवा र जागरणको काम पनि ट्वीटरले गरिरहन्छ।
फरक विचारलाई सम्मान गर्ने संस्कृतिको विकास नहुँदा र आफूलाई मन नपर्ने टिप्पणीको विरोध भद्र शैलीमा नहुँदा सञ्जीव दुखी हुन्छन् ।
समीरमणि दीक्षितले ३४ हजारभन्दा बढी ट्वीट गरिसकेका छन् र उनका फलोअर्स ५३०० भन्दा बढी छन्। ट्वीटरमा किन झुम्नुभएको भनेर मैले डाइरेक्ट म्यासेज (डिएम)* गर्दा उनले प्रस्ट्याए, ‘छरिएका आवाज एकै ठाउँमा सुन्ने र विचार बाँड्ने साझा पिपलबोट भएर आएको छ ट्वीटर। अरु बेला भेट्न नपाइने, नमिल्ने व्यक्तिसँग छलफल गर्न पाइएको छ, समाज परिवर्तनबारे वकालत गर्न पाएको छु।’
उनका दृष्टिमा ट्वीटर यस्तो साझा थलो हो जहाँ हामी सबै समान हिसाबले छलफल, बहस गर्न पाउँछौ, र नयाँ साथी बनाउन पाउँछौं।
कहिल्यै नभेटेका साथीहरुसँग छलफल, विचार आदानप्रदान गर्न पाउनु, भ्रष्टाचार विरोधी र समाज परिवर्तनसम्बन्धी विषयमा वकालत गर्ने थलो ट्वीटरलाई पाएको अनुभव गरेका छन् समीरले।
उनको थरकै आधारमा केही व्यक्तिले सोझै हमला गर्न खोजेको भने उनलाई मन पर्दैन। मान्छे राम्ररी नचिनी, विचार नबुझेर विरोध गरेको चित्त बुझ्दैन।
...
ट्वीटरका लतीहरूमा पत्रकारको ठूलो जमात छ। सामाजिक कार्यकर्ता, नेता, कलाकार, अधिकारकर्मीहरूलाई पनि ट्वीटरले लोभ्याएको छ। १ सय ४० क्यारेक्टरको सीमितताले आम प्रयोगकर्तालाई भने ट्वीटरले खासै तान्दैन।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई @brb_laaldhwoj, कांग्रेस नेता रामशरण महत @ramsmahat, युवा नेता गगन थापा @thapagk लगायत नेताहरू; नारायण वाग्ले @narayanwagle, रवीन्द्र मिश्र @MishraRabindra, सुधीर शर्मा @sudheerktm, प्रतीक प्रधान @prateekpradhan लगायत पत्रकारहरू; मन्जुश्री थापा @manjushressthapa, बुद्धिसागर @buddhisagar, लेनिन बन्जाडे @lendaai, आन्विका गिरी @anbika, नारायण अमृत @amritna, ब्रजेश @brajeshk जस्ता शब्दकर्मीहरू; मनीषा कोइराला @mkoirala, अमृत गुरुङ @amritnepathya जस्ता कलाकर्मीहरू नेपाली ट्वीटर प्रयोगकर्तामाझ लोकप्रिय केही नाम हुन्।
सबैभन्दा बढी फलोअर्स भएका नेपाली नेता बाबुराम भट्टराईलाई ४० हजारभन्दा बढीले पछ्याउँछन्। उनी आफैं भने *२४ जनालाईमात्र फलो गर्छन् । केही नेपाली पत्रकारका अतिरिक्त, अमिताभ बच्चन, बाराक ओबामा, नितीशकुमार, नरेन्द्र मोदी उनले पछ्याउने सूचीमा छन्।
न्युयोर्कलाई स्टेशन बनाएर काम गरिरहेका नेपाली फेसन डिजाइनर प्रवल गुरुङ सबैभन्दा धेरै फलोअर्स भएका नेपाली ट्वीटर प्रयोगकर्ता हुन्। उनलाई एक लाखभन्दा बढीले पछ्याउँछन्।
काकाबा @kakabaa, बराजु @baraaju, साहिँलादाइ @SahilaDai जस्ता नेपाली नामका अतिरिक्त पिँध नभएको लोटा @lotaaaaaa, बरुणकम्पनी @brmpkrl, युसाफ्ट @ushaft, कुलरिम्स @cooolrims जस्ता सयौं छद्म नाम ट्वीटरमा सक्रिय छन् जसले प्रयोगकर्तालाई सूचना, मनोरञ्जन र अन्तर्क्रियामा सघाइरहेका हुन्छन्।

पत्रकार तथा लेखक ऋचा भट्टराईका फलोअर्स करिब २५०० छन् तर उनले पनि प्रयोगको छोटो समयमै ११ हजारभन्दा बढी ट्वीट गरिसकिन्। बिहीबार राति दस बजेसम्म उनी टाइमलाइनमै घुमिरहेकी थिइन्।
मि.पोलाइट @ibnamra त बिहीबार राति एक बजेसम्मै टाइमलाइनमै थिए। फलोअर्स कम भए पनि उनले ११ हजारभन्दा बढी ट्वीट गरिसकेका छन्। नाम नखुलाएका उनले परिचयमा आफूलाई टेक इन्थुजियास्ट भनेर चिनाएका छन्।
आकार अनिलले अहिलेसम्म ६६ हजार ट्वीट गरिसकेका छन्। उनलाई ६६ सयभन्दा बढीले पछ्याउँछन्। उनले गरेका ट्वीटहरू एकै ठाउँ मिसाउने हो भने सायद दुइटा ‘वार एन्ड पिस’ तयार हुन्छन्। लियो टल्स्टायको यो कालजयी उपन्यासमा करिब साढे पाँच लाख शब्द छन्।
तीनपाते @saNokEto ले आफ्नो ट्वीटर एकाउन्टमा परिचय लेखेका छन्– कसैको लागि चिकित्सक, ईन्जिनियर, प्रध्यापक, सल्लाहकार, बरिष्ट, घनिष्ट कनिष्ट, तपाईको लागि म के?
उनले अहिलेसम्म करिब ३८ हजार ट्वीट गरिसकेका छन्।
अमेरिकाबाट टाइमलाइनमा सक्रिय सेती रिभरका भाषामा ट्वीटरमा धरै अल्लारे छन्, मायाप्रेमका कुरा बढी गर्छन्। उनले डिएममै भने, 'मुख्य रुपमा यो सूचना र विचारकै आदान प्रदान गर्ने साधन हो र त्यही प्रयोजनका लागि प्रयोग हुन्छ।'
काठमाडौंबाहिर चितवनबाट टाइमलाइनमा सक्रिय सुश्मिता पौडेल @sushmekali 'सुश्मे' युजरनेमबाट साथीभाइसँग अन्तर्क्रिया गर्छिन्। उनी पनि 'केही जान्न र समसामयिक खबरका लागि ट्वीटर पसेको' सुनाउँछिन्।
'हामीजस्ता युवाको टाइमपास र मनोरञ्जनको माध्यम पनि बनेको छ,' उनले डिएममै भनिन्। वर्ष दिन नपुग्दै उनका २४ हजार ट्वीट र २८ सय फलोअर्स छन्।
अर्की प्रयोगकर्ता सम्झना मानन्धर @SamjhanaMa का लागि ट्वीटर 'मनको कुरा लेख्ने माध्यम हो, जुन फेसबुकमा चिनेकामाझ लेख्न अफ्ट्यारो लाग्छ।'
...
सात वर्षअघि खुलेको ट्वीटरका विश्वभरिमा ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्।
ट्वीटरले प्रयोगकर्तालाई अथेन्टिकेट गर्छ। यो मान्छे फलानो नै हो है भनेर ट्वीटरले दिएको प्रमाणपत्र हो अथेन्टिकेसन। कला, पत्रकारिता, साहित्य तथा सामाजिक तथा राजनीतिक दुनियाँमा सक्रिय सेलिब्रिटीलाई ट्वीटरले अथेन्टिकेसनको ट्याग झुन्ड्याइदिन्छ। यो भनेको ट्वीटरको विश्वव्यापी सञ्जालमा एउटा परिचयका साथ पस्नु हो।
नेपाली प्रयोगकर्तालाई ट्वीटरले अथेन्टिकेट गरेको छैन। बाबुराम भट्टराई, नारायण वाग्ले वा रवीन्द्र मिश्रजस्ता धेरै अन्तर्क्रिया गरिरहने र फलोअर्स पनि टन्नै भएका व्यक्तित्वहरु किन ट्वीटरको अथेन्टिकेसनमा पर्दैनन् भन्ने स्वाभाविक जिज्ञासा हो।
अमेरिकामा बसेर काम गर्ने सञ्चारकर्मी अनुप काफ्ले र न्युयोर्क टाइम्सका कतिपय थोरै फलोअर्स र खासै उल्लेखनीय गतिविधि नभएका पत्रकारलाई भने ट्वीटरले अथेन्टिकेट गरेकोबाट लख काट्न सकिन्छ- नेपाली प्रयोगकर्ता ट्वीटरका प्राथमिकता होइनन्।
मनीषा कोइरालालाई पनि ट्वीटरले अथेन्टिकेट गरेको छैन। कसैलाई फलो नगर्ने मनीषा क्यान्सर लागेर न्युयोर्कको अस्पतालमा उपचाररत भएको बेला ट्वीटरमा सक्रिय हुन थालेकी हुन्।
...
पत्रकार भएकाले मैले नेपाली सञ्चारमाध्यमका ट्वीटर एकाउन्ट त फलो गरेकै छु, न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, हफिङ्टन पोस्ट, हिन्दू, आउटलुक, डिएनए, गार्डियनजस्ता समाचार संस्था पनि पछ्याएको छु।
ट्वीटर टाइमलाइन स्क्रोल गर्दै जाँदा संसारभरिका सूचना, गतिविधि र विश्लेषण थाहा पाइन्छ भने कहाँ अन्त अल्मलिरहने?
थुप्रै विदेशी र भारतीय कलाकर्मीलाई पनि मैले फलो गरेको छु।
मिस अमेरिकाको नतिजा निस्कनेबित्तिकै भारतीय निर्देशक रामगोपाल बर्माले तात्तातै ट्वीट गरेका थिए, ‘विजयवाडाकी युवतीले मिस अमेरिका जितिछन्।’
केहीबेरमै उनको अर्को ट्वीट आयो, ‘आन्ध्र प्रदेशकी मिस अमेरिकाभन्दा पञ्जाबकी सन्नी लियोन मलाई दसौं गुणा राम्री लाग्छिन्।’
रमाइलो!
दुई दिनअघि भने अर्का निर्देशक अनुराग कश्यपले ‘दीलिपकुमार मरेको खबरले दुखी छु’ भन्ने ट्वीट गरेपछि हतारहतार न्यूज बनाउन खोज्दा केहीबेरमा उनैले ‘सरी’ भन्दै ट्वीट गरे। ट्वीटको मात्र भर परे कहिलेकाहिँ जिल्लिन बेर लाग्दैन भन्ने पाठ!
भारतमा हुने आमनिर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारमा चयन भएको दिन नरेन्द्र मोदीले ट्वीट गरेका थिए, ‘आज बिहानै आमाको दर्शन गरेँ, आमाले मलाई गीताको पुस्तक उपहार दिनुभयो।’
हिन्दू मतदाता तान्न मोदीको यो भावनात्मक ट्वीट राम्रै टुल बन्नेमा शंका छैन।
बिहानै उठ्दा टाइमलाइनमा मैले फलो गरेका व्यक्ति वा संस्थाबाट संसारभरका सूचना झरिसकेका हुन्छन्। नेपालमा कहाँ के भयो वा संसारको कुन कुनामा के भयो भन्ने तत्कालै थाहा हुन्छ। शुभप्रभातबाट सुरु हुने ट्वीट शुभरात्रिमा पुगेर टुंगिन्छ। ट्वीटरको टाइमलाइन सक्रिय भइरहन्छ।
अफ्रिकाको कुनै गाउँमा भएको सूचना बिबिसीले तत्कालै ब्रेक गर्छ भने दार्चुलाको कुनै दुर्गम गाउँमा भएको घटनाबारे स्थानीय पत्रकार वा सूचनाप्रविधिको जानकारले तुरुन्तै संसारलाई टाइमलाइनमा खबर दिन्छ।
ट्वीटरको लती भएपछि बाहिर निस्किनै गाह्रो!
इभा लंगोरिया, रिहाना, बाराक ओबामा, अमिताभ बच्चन, नरेन्द्र मोदीका गतिविधि तत्क्षणै टाइमलाइनमा आएपछि मजामाथि मजा थपिन्छ।
...
हिजो राति बाह्र बजेसम्म ट्वीटरको टाइमलाइन पछ्याइरहँदा केही लतीहरू सक्रियतापूर्वक अन्तर्क्रियामा व्यस्त थिए। यिनीहरुलाई निद्रा लाग्दैन कि क्या हो!
नित्यमुक्ता, ऋचा, समीर, कञ्चन ओझा @KanchanOjha, चेत चापागाईं @adrishya_, का ट्वीट एकपछि अर्को झरिरहेकै थिए।
मेरा आँखा पोल्न थालेँ। म सुतेँ– बिहानै उठेर ट्वीटरबारे स्टोरी लेख्नु थियो।

*यो स्टोरी तयार पार्ने क्रममा मैले करिब १० जना ट्वीटेसँग डिएममै कुरा गरेको थिएँ।

Wednesday, September 18, 2013

गायिका अञ्जु पन्तका पूर्वपति भन्छन्-हो म उनीप्रति क्रेजी थिएँ - onlinekhabar

सुरेश भुसाल/राजकुमार श्रेष्ठ

पुतलीसडकस्थित मुच्र्छना संगीतालयमा पुग्दा गायक मनोजराज आफ्ना विद्यार्थीहरुलाई सारेगमप सिकाइरहनुभएको थियो । केहीबेरको अभ्यासपछि उहाँले ‘मेरो सपना, मेरो कल्पना, मेरो विपना माया हो’ बोलको गीतमा केहीबेर रियाज गर्नुभयो र सँगै विद्यार्थीहरुलाई अभ्यास गराउनुभयो । एकैछिनमा माहौल संगीतमय भयो ।मनोजराज हारमोनियम बजाउँदै विद्यार्थीहरुलाई सिकाइरहनुभएको थियो । झण्डै आधा घण्टाको कक्षामा हामी पनि सँगै बसेपछिमात्रै उहाँले अनलाइनखबरका लागि समय निकाल्नुभयो । गायिका अञ्जु पन्तका पूर्वपति समेत रहनुभएका मनोजराजसँग हामीले सोध्यौं- ‘माया भन्ने चिज के रहेछ ?’

 ‘माया भन्ने अचम्मको चिज हो, जानियो भने गिफ्ट (उपहार) हो जानिएन भने श्राप हो । कहिले स्वर्गीय आनन्द दिन्छ, कहिले जीन्दगीमा नराम्रो चोट दिन्छ । मेरो अनुभवमा माया भन्ने कुरा मलाई माया नगर्ने गलफ्रेण्ड जस्तो लाग्छ । मैले जसलाई माया गरेँ, एकदमै मन पराएँ, त्यो मान्छेबाट मैले केहिल्यै माया पाइँन । सायद मेरो किसमत नै होला । जसलाई म मन पराउँदिन, उ म भनेपछि मरिहत्ते गर्छन्।’ लामो हाँसोसहित उहाँले मायाको परिषाभा दिनुभयो । गायिका अञ्जु पन्तको हकमा पनि यही नै सत्य हो त ? अञ्जुको प्रशंग आएपछि केही गम्भीर देखिएका मनोजराजले भन्नुभयो- ‘हो अञ्जुको हकमा पनि ।’

मनोजको सम्झनामा अञ्जु पन्त

विस्तारै मनोजले स्मृतिको पन्तुरो खोल्न थाल्नुभयो- अञ्जु मैले एकदमै धेरै मन पराएकी मान्छे, एक प्रकारले उ भनेको मेरो स्वास-प्रश्वासमा बसेकी थिई, ….जमानामा । म पनि संगीतमा लागिरहेका बेला सानी मान्छे देखेँ, असाध्यै मीठो गाउने, मलाई मन पर्ने । त्योबेला के भयो भने मान्छे मन पर्‍यो, स्वर मन पर्‍यो । मैले सम्भावना देखेँ त्यो स्वरमा । मलाई लाग्यो, यो स्वर त धेरै माथि जाने स्वर हो । त्यसपछि म अलि नजिकिएँ । उनकी फुपूका घरमा जान थालेँ । उसका दुःखहरु देख्न थालें । उनको बुबाको निधन भइसकेको थियो । फुपूको घरमा बस्थे आमा र उनी । अनि नन्दीरात्री माविभित्र नन्दी बहाल थियो, त्यहाँ अञ्जु र उसको ममी बस्ने । त्यो जब देखेँ मैले, फुपूको आफ्नो गाँस काटेर खान दिएको, उसको आवाजको सम्भावना देखेपछि मलाई पनि केही गरौंजस्तो लागेर नजिक भएँ ।

पहिलोपटक ५२ सालतिर कृष्णमान डंगोलको सिक्न गएको बेला मैले देखेको हो । गाइरहेको सुन्दा असाध्यै मनपर्‍यो । बीचमा २/३ वर्ष ग्याप रहृयो । योबेला पनि कहिलेकाँहि भेट हुन्थ्यो । एकपटक म साइकलमा स्कुल गइरहेका बेला पातली कुर्ता-सलवार लगाएकी फुच्ची कुदिराखेको देखेपछि मैले ए अञ्जु कहाँ हिँडेको भनेँ । केहीबेर कुराकानी भएपछि केही गाह्रो भएको जस्तो देखेपछि सोध्दा, उसले दाइ तपाईसँग कति पैसा छ भनी । पैसाको एकदम जरुरी परेको भनेपछि मैले गोजीमा रहेको त १ सय हो कि डेढ सय रहेछ, मसँग यति रे’छ लिएर जा भनेर दिएको याद छ । निकैपछि भेट भएको थिएन ।

 ५५/५६ मा म नक्सालमा शाही सेन्टरमा भजन कोअर्डिनेटर थिएँ । त्यहाँ एक दिन अञ्जु देखेँ, बस भनेर राखेँ । उसले आफ्नो ब्वाइप|mेन्डका, मैले मेरो गर्लफ्रेण्डको फोटो देखाउने गथ्र्यौं । त्यो खालको आत्मीयता हुन थाल्यो । मैले घरमै आएर अभ्यास गर्न भनेँ । घरमै आउन थाली, त्यही क्रममा मैले कोठा खोजेर राखेँ, मैले सक्दो सहयोग गरेँ । त्यो क्रममा म एकदमै क्रेजी भइसकेको थिएँ । उसको पूर्वप्रेमी र हालका प्रेमी पनि सँगै आउँथे ।

तर, मलाई योभन्दा केही चाहिँदैन भन्ने भएको थियो । मैले उनीहरु दुबैलाई साइड लाएर म घुसेँ । अनि उनी मतिर नजिकिइन् । घरमा पनि आउने-जाने क्रम बढ्यो र घर परिवारले विवाह गर्ने भनेपछि हामीले विवाह गरेका हौं । मैले त यो केटीलाई आफ्नो परिवारमा ल्याउँछु भनेर मनमनै निर्णय पहिल्यै गरिसकेको थिएँ । उसले कोरस जान्छु भन्दा यो आवाज कोरस गाएर हुँदैन, बरु के गर्नुपर्छ म गर्छु भनेर सिक्न लगाएँ । त्यसबेला मैले नबुझेको चाहीँ घरमा भित्र्याउँछु भन्ने पनि चरित्रदेखि सबै कुरा हेर्नुपर्ने थियो तर आवाज मात्र हेरेँ, मलाई मन पर्छ, सकियो ।

 घरमा ल्याउँदा हजुरआमाले हुन्न भन्नुभएको थियो । विवाह अघि एकजना वरिष्ठ गायककहाँ उनलाई लिएर गएकी थिएँ । म गम्भीर देखेर उहाँले एक दिन यो केटीले राम्रो गाउँछ, आवाज ठीक छ तर हुँदैन है भन्नुभएको थियो । पछि हाम्रो डिभोर्स भएपछि उहाँले भन्नुभएको थियो, मैले त तँलाई भनेकै थिएँ नि, त्यो केटीसँग विवाह नगर् भनेर ।

विवाह भएपछि म उनको आवाजमा हराएँ । मेरो लक्ष्य भनेको अञ्जुलाई अघि बढाउनु भयो । मैले म पनि संघर्षरत् गायक हुँ भन्ने नै बिर्सिएँ । उसलाई अघि बढाउन कहाँ भन्नुपर्ने हो, कहाँ अवसर छ ? भनेर लागेँ । म उसको अघि-पछि मात्र भएँ । मैले मलाई छोडेर उसको प्रचार गर्न लागेँ । तर, जब उनले कमाउन थाली, अञ्जुको परिवारको हस्तक्षेप बढ्यो । म पछि परिसकेको थिएँ, मान्छेहरुले म र अञ्जुमा कम्पेयर गरेर हेर्न थाले । बुढाको भन्दा बुढीको राम्रो भन्ने भएपछि एकै ठाउँबाट आएको प्रजेक्टसमेत एउटाकोमा मात्र पर्न थाल्यो ।

विस्तारै अञ्जुको कमाइ बढ्दै गयो । माइतीको हस्तक्षेप पनि बढ्न थाल्यो । मैले मेरो केही गल्ती छैन, तिमीले पनि नगरे, दायाँ बायाँ लाग्नु हुँदैन भन्थेँ । संगीत भनेको सरस्वती हो । अहिले तिमीलाई श्रोताहरुले आँखा उठाएर हेर्छन् तर, सानो गल्तीले तल हेर्छन् भनेर सम्झाउँथेँ । तर, विस्तारै उनको संगत गलत मानिसहरुसँग हुन थाल्यो । मैले दिस इज रङ भनेँ, तिमी त्यो क्याटगोरीको मान्छे हैन है भनेँ । पहिला संघर्ष गर्दा मैले यसो भन्दा अर्ती भयो, तर पछि डाह गरेको भयो । तैंले मलाई बाँध्न खोज्ने ? भन्न थाली । किन तैंले त्यसो गरेको भनेर उक्साउनेहरु पनि भए । हाम्रो समस्याको सुरुवात नै यहीँबाट भयो ।

जब अञ्जुले मैले भनेको मान्न छोडी, म एकदमै डिस्टर्व हुन थालेँ । विदेशका कार्यक्रमहरुको अफर आउन थालेपछि उसमा समस्या देखिएको हो । मसँगै हुँदा पनि समस्या हुन थाल्यो । उसले इन्जोइ गर्न विदेशका कार्यक्रममा बढी रमाउन थाली । तर, मलाई पनि मान्छेहरुले सुनाउँथे । मैले यस्तो सुनेँ भन्दा अरुको कुरा सुन्ने ? कलाकार मान्छे विदेश जान पाउँदिन ? भनी । अहिले पनि बेलाबेला अनेक कुरा सुन्नमा आउँछन् । घरमा आउँदा फेरि कुनै समस्या देखिँदैनथ्यो ।

 उनमा मेरो केही प्रगति नहोस्, भयो भने सँगै हिँडडुल गर्नुपर्छ । इन्जोइ गर्न पाइन्न भन्नेजस्तो व्यवहार पाएँ । यो पनि पछि गएर थाहा भयो मलाई । मैले जीन्दगीमा पैसालाई प्राथमिकता दिइँन । तर, उसले पैसालाई महत्व दिई । कतिसम्म भने कुनै कार्यक्रमका लागि ५० हजारको सम्झौता हुँदा मेरा अघि ३० हजारको कुरा गर्ने, २० हजार बैंकमा गइसक्ने जस्ता काम भए । मैले पैसा खाइदिन्छ भन्ने जस्तो देखियो । कतिसम्म भयो भने अन्तिमतिर ज्वाइन्ट एकाउन्ट थियो, त्यसमा झण्डै साढे २ लाख थियो । उनले बैंकमा बोलाइन्, मलाई पनि केही समस्या परेकाले केही होला भनेर गएँ । तर, छोरीलाई केही गरेको छैन भनेर भनेपछि मैले ल भैगो बाबा मलाई चहिएन भने हस्ताक्षर गरिदिएँ । स्युचाटारमा करिव ७ आना जग्गा पनि मैले उनकै नाममा पास गरेको थिएँ । त्यो उनले दाइजोका रुपमा लिएर गइन् ।

अञ्जुलाई सुरुदेखि नै मूर्छा पर्ने बानी रहेछ । पछि थाहा भयो, उनलाई हिस्टेरिया भएको रहेछ । एकदमै उनी डिस्टर्बमा हुन थालिन् । यतिसम्म भयो कि उनलाई साथ दिन मैले पनि सँगै बसेर पिउन थालेँ । ऊ भने मलाई हेर्नै नसक्ने । ऊ के गरेर मलाई छोड्न सकिन्छ भनेर खोज्न थाली । उसलाई जे गरे पनि मैले सबै कुरालाई सहेँ । म मायाले नसकेर पछि लाग्ने, उनी र उनको परिवारले भने पैसाका लागि पछि परेको भनेर बुझ्न थाले । यसले उसलाई झन हौसला बढ्यो ।

 अमेरिका जाने क्रममा हामी दुबैजनाको भिसा लाग्यो । तर, त्यहाँ पनि उनमा कुनै सुधार भएन । उनको बानी परेको थियो । हामी दुबैलाई झगडाको लत लागिसकेको थियो । ३ महिनाको कार्यक्रम सकेपछि उसले तपाई यहाँ बस्नु, पेपरहरु मिलाउनु, म जान्छु भनी । मैले हुन्छ भनेँ । तर, काठमाडौं आएपछि उनले जीन्दगी फर्किन्न भनेर भन्न थाली, मैले किन भन्दा तिमीलाई लैजानुपर्ने ठाउँ नै त्यहीँ हो भनी । जहाँ जे गरे पनि हुने भएपछि उनले यस्तो गरेको हो भन्ने मलाई लाग्छ । तर, म फेब्रअरी १४ मा रेड रोज लिएर फर्किएपछि उनको मास्टर प्लान चौपट भयो । म एयरपोर्टमा झगडा गरेर आएको हुँ । काठमाडौं आएपछिको सीन पूर्ण रुपमा परिर्वतन भयो ।

अमेरिकामा बस्दा म ग्रोसरी सपमा रातको ड्युटी गर्थेँ । त्यहाँ राति हुँदा नेपालमा दिउँसो हुने भएकाले म फोन गर्थेँ तर, उसले विस्तारै रिसिभ नै गर्न छाडी । म र्फकन्छु भन्दा आइस् भने म डिभोर्स गर्छु भनेर धम्की दिन थाली । त्यसले म एकदमै डिस्टर्ब भइसकेको थिएँ । एक दिन मेरो दिमागले काम गर्न छाड्यो । मलाई मार्छन् भन्ने दिमागमा आएछ । हिउँ परेको थियो तर, म ट्राक लगाए हात गोडा टेकेर बाहिर निस्किएँछु र बीचरोडमा उभिएर हेल्प हेल्प भन्दै कराएँछु । प्रहरी आएर मलाई मानसिक अस्पतालमा भर्ना गरेछ, डाक्टरले कोही छ भन्दा मैले अञ्जुको नाम र नम्बर भनंेछु । झण्डै एक साताको उपचारपछि म ठीक भएँ । तर, बिरामीले आउँदा भनेको मान्छेले छोड् भनेपछि मात्र छाड्ने रहेछ, तर डाक्टरले फोन गर्दा अञ्जुले मलाई थाहा छैन भन्दै फोन काट्न थाली । तीन दिनमा केही नभएपछि मैले फोन गरेर रोई कराई गरेपछि उनले छोड् भनेर अस्पताललाई भनिन् ।

अमेरिकाबाट काठमाडौं आउँदा उनलाई मदिराको लत लागेको थियो । मलाई श्रीभात् नै होइनस् भन्न थाली । बाबुआमालाई सोध्दा राति १० बजे, कहिले १ बजे आउने गरेको सुनाउनुभयो । कहिले कसले पुर्‍याउन आयो भन्या छ, कहिले कसले । त्यो सुन्दा एकदमै डिस्टर्ब भएँ । अन्तिममा उसले के नाटक गरी भने एक दिन सँधै झगडा हुन्छ, आज पनि गरौं भन्न थाली । उसले टाउको ढोकामा ठोक्काउनेदेखि बबाल गरी । अरु दिन म पनि झगडा गर्थेँ । तर, त्यो दिन म छेक्नेतिर लागेँ । रातभरको झगडापछि विहानै एक पत्रकारलाई बोलाइन् र झगडा भयो भनेर बाझिन् । मेरो लाइफको लभ इस्टोरीको इन्ड भयो ।

छोरीले सधैं मिल्नु भन्छे

छोरीसँग कहिलेकाँहि भेट हुन्छ, माया लाग्छ आफ्नो सन्तानप्रति । तर, उहाँले बाबुले हेरेन भनेर अवोध छोरीका नाममा मुद्दा हाल्नुभएको छ । एकतर्फी मुद्दा हालेर डिभोर्स गरी । छोरीलाई भेट्न म अञ्जुकी दिदीको सहयोग लिन्छु । छोरीको कुरा त फेरि मिल्नुस् भन्छे तर, म अञ्जुलाई फेरि फेस गर्न चाहन्न । छोरी ठूली भएपछि म ल्याउँछु । कानुनी रुपमा ७ वर्षसम्म अञ्जुसँग रहन्छे । तर, म कानूनी लडाई लड्ने, फेरि अञ्जुलाई फेस गर्न चाहन्न । तर, कहिले बाँकी विभिन्न कार्यक्रममा भेट हुन्छ, त्यस्तो बेला इग्नोर गर्न गाह्रो हुन्छ ।

अहिले खुशी छु, अञ्जुलाई कलाकारका रुपमा सम्मान गर्छु

 एउटा समयमा मैले आफूलाई सिध्याएर अञ्जुलाई अघि बढाएँ भन्दा पनि फरक गर्दैन । पहिला म अञ्जुलाई अघि बढाउन लागेँ, दोस्रो फेजमा सम्वन्ध बचाउन व्यस्त भएँ । उहाँको परिवारलाई पनि सहयोग मागेँ । तर, सुनको अन्डा भएपछि उहाँहरुले पनि बास्ता गर्नु भएन ।
थर्ड फेजमा सरप्राइज खाँदा खाँदा हैरान भएँ । उहाँका नयाँखालका व्यवहारहरुको । ममाथि लागाएका आरोपहरु पनि सरप्राइज नै हो ।

 कहिलेकाँही सिनियर दाइहरुले अञ्जुले रुँदै यस्तो भनी, के गरेको भनेर सुनाउँछन् । मैले हैन यस्तो हो भनेपछि हेत्तेरिका मैले त तँलाई गाली गरेको थिएँ भन्नुहुन्छ । अहिले म ढुक्क छु, उसले राम्रो नराम्रो जे गरे पनि मलाई आउँदैन ।राम्रो गरे पनि श्रेय चाहिँदैन, नराम्रो गरे पनि अपजस आउँदैन । तर, मैले अञ्जुलाई अघि बढाएकोमा मलाई कुनै दुःख छैन । त्योबेला पनि म सही थिएँ, आज पनि सही छु । एक कलाकारको रुपमा म अहिले पनि अञ्जुलाई सम्मान गर्छु ।

जहाँसम्म मेरो कुरा छ, म अहिले एकदमै खुसी छु । डेढ वर्षअघि नयाँ जीवन सुरु गरेँ । सायद मेरो फ्यान थिई उनी, जोसँग मैले विवाह गरेँ । आमाबाबुलाई मन परेपछि मैले पनि स्वीकार गरेँ । कृष्णा घिमिरे हो उनको नाम । माइत हेटौंडा । मेरो पुरानो काम फेरि सुचारु भएको छ । मानिसहरुले मलाई सम्मानका साथ ब्यवहार गर्छन् ।मसंग मेरो संगीत छ, कला छ । राम्रो गर्नेलाई प्रोत्साहन गर्छु । मेरो सपना भनेको नेपालमा गजल गायक मनोजराज भनेर चिलाउने मेरो उद्देश्य छ । जरा कति गहिरो छ भन्ने त्यो जरालाई मात्र थाहा हुन्छ । तर, माथि फुलेको फूललाई कहिले झर्छु भन्ने थाहा छैन । त्यसैले म आफ्नो रुट बनाउन लागेको छु ।

अञ्जुले मनोजमाथि लगाएका आरोप :

गायक मनोजराजले आफ्नो ‘लभ स्टोरी’ सुनाइसकेपछि हामीले उहाँमाथि अञ्जुले लगाएका आरोपहरुको जवाफ दिन आग्रह गर्‍यौं । केहीवेर अन्कनापछि उहाँ तयार हुनुभयो ।

 आरोप नम्बर १ : मनोजले मलाई धेरै पिछा गरेको थियो……

-हो म उनीप्रति क्रेजी थिएँ ।

आरोप नम्बर २ : प्रेम चलिरहँदा तपाईले ठमेलमा बेहोस हुने गरी कुट्नु भयो रे …..

 - आबुई … ठमेलमा मात्र हैन, उहाँले मलाई धेरै ठाउँमा दुःख दिनु भएको छ । बेलाबेला उहाँ हिँड्दा हिँड्दै ढल्नुहुन्थ्यो । जहाँ गयो, त्यहीँ ढल्ने । उहाँको प्रेसर पनि लो थियो । त्यसबेला म कुनखालको प्रेमी थिएँ भने नि, प्रेमिकालाईर् भेट्न जाँदा म गुल्कोजको दुईवटा एम्पल बोकेर जान्थेँ । ढलिहाल्यो भने खुवाउनुपर्छ, ब्लड प्रेसर लो भएको बेला त्यसले बढाउँछ नि । डेटिङ त्यसरी जान्थेँ म ।

आरोप नम्बर ३ : मनोजले अञ्जुलाई धेरै कुट्यो रे । कुट्दा-कुट्दा अति भएपछि छोरी २२ दिनकी हुँदा अञ्जुले आत्महत्या गर्ने प्रयास समेत गर्नुभयो रे, चुलेसीले हात काटेर…..

 - चुलेसीले हात काटेको उहाँको पहिलो र दोस्रो प्रेमी हुँदा नै होला । मैले देख्दा हातमा खत नै थियो । जहाँसम्म कुटेको कुरा छ, एक हदसम्म सही हो । उसले मैले भनेको कुरा नै मान्न छाडी, केही पनि मान्न छाडेपछि एक-दुई थप्पड लगाउँथेँ । हैन, म एकदमै हिंस्रक भएको भए अहिले मैले फेरि विवाह गरेको डेढ वर्ष भयो । एक दिन पनि झगडा भएको छैन, अहिले पनि म बेलाबेला मदिरा पिउँछु । म हिंस्रक भएको भए कम्तिमा २/३ पटक त झगडा हुनु पर्ने हो नि । तर, छैन । त्यो के भएको हो भने उसको कुराहरुले गर्दा म केही हदसम्म हिंस्रक भएको हो । उसलाई जति सम्झाए पनि हुँदैन ।

आरोप नम्बर ४ : मनोजराजले अञ्जुमाथि धेरै अनावश्यक शंका गर्‍यो, २ जनालाई जितेर गएको मान्छेलाई पहिल्यै थाहा थियो नि अञ्जुको पूर्वसम्वन्धबारे…….

- मैले कम्पिटिसन जितेपछि लाइफ सुरु भयो नि त । लाइफमा त सिन्सियर हुनपर्‍यो नि । मैले उसका धेरै कुराहरुमा कम्प्रोमाइज गरेको छु । मैले धेरै शंका गरेको होइन, उहाँले नै नयाँ पुरानालाई मात्र सम्झिनुमात्र भएन, नयाँ पनि बनेका कुराहरु बेलाद्दबेला आएका छन् । तर, मैले उसको आवाजलाई सम्झेर सबै बिर्सिने गर्थेँ । मेरो ढिपीले मात्र हाम्रो सम्वन्ध १० वर्षसम्म टिकेको हो । नत्र ५ वर्ष पनि कुन्नि । मनोजराजसँग छुटि्टएपछि अञ्जुजीले घर बनाएर तला थप्नुभो रे, तपाईले के गर्नुभयो नि भन्ने छुट्टनिे बेलाको अनलाइनखबरको प्रश्नमा मनोजले भन्नुभयो- ‘मैले दिलमा तला थपेको छु ।’

Tuesday, September 17, 2013

यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु - nayapatrika

आध्यात्मिक भेष धारण गरेका बाबा अर्थात् धार्मिक गुरुहरूको भारतमा ठूलो ‘स्कोप’ छ । ‘भनेजस्ता र खोजेजस्ता’ हरेक आकारप्रकारका बाबा त्यहाँ उपलब्ध छन् । ती भारतीय बाबाका अनुयायी नेपालमा पनि कम्ती छैनन् । अन्धभक्त नेपालीको ठूलै धनराशि उनीहरूको पोल्टामा पर्ने गरेको छ । तथापि, भारतभित्रै यी बाबाहरूको पृष्ठभूमि भने विवादास्पद छ । सेक्सदेखि ठगीसम्ममा उनीहरू मुछिएको पाइन्छ । हालै आशाराम बापु नामक एक बाबा यौन प्रकरणमा जेल नै परे । यहाँ भारतीय समाचार एजेन्सीबाट संकलित बाबाहरूका केही चर्चित स्क्यान्डल प्रस्तुत गरिएको छ ।


सत्य साईबाबा सत्य साईबाबा यौन उत्पीडनको आरोप खेप्ने सम्भवत: पहिलो सन्त थिए । त्यसो त आफ्नो पूरै जीवनमा उनी कुनै न कुनै विवादमा मुछिए । हातबाट विभूति पैदा गर्ने उनको जादुगरी कलालाई अनुयायीहरूले चमत्कारको नाम दिएका छन् । केही विदेशी भक्तले त उनीमाथि यौनशोषणको आरोपसमेत लगाए । आफ्ना भक्तलाई सम्मोहित गरेर यौनशोषण गरेको आरोप उनीमाथि थियो । कुण्डलिनी जागृत गर्ने नाममा उनले आधिरातमा आफ्ना महिला शिष्यासित अनुचित सम्बन्ध राख्ने गरेको पनि बताइन्छ । सन् १९७० मा एक ब्रिटिस लेखक टल ब्रोकले सत्य साईबाबालाई ‘सेक्सको भोको’ संज्ञा दिएका थिए । उनीविरुद्ध विभिन्न देशमा मुद्दासमेत परेको थियो । आफ्नो चमत्कारले जस्तो रोग पनि ठीक पार्ने दाबी गर्दै आएका साईबाबा आफ्नो जीवनको अन्तिम समयमा भने अस्पतालको शरणमा पुगेका थिए ।



ओशो रजनीशआशोको नामले चिनिने रजनीशमाथि ड्रग्स सेवन गर्ने तथा खुला यौन क्रियाकलाप आयोजना गर्ने गरेको आरोप लाग्दै आएको छ । यसको खुलासा विगतमा उनकी पिए भएकी शीला आनन्दले गरेकी थिइन् । ओशो एक अद्भुत व्यापारी भएको पनि बताइन्छ । उनी आफ्नो उत्पादन, त्यसको मूल्य र बजारको राम्रो जानकारी राख्थे । ओशोको आश्रममा सबैलाई जोसुकैसित सेक्स गर्न खुला थियो । सेक्ससम्बन्धी उनका थुप्रै आपत्तिजनक अभिव्यक्ति जनमानसमा विवादित र आलोचित छन् ।


इच्छाधारी बाबा दिल्लीबाट पक्राउ परेका कथित इच्छाधारी बाबा प्रवचनको आवरणमा सेक्स धन्दा चलाउँथे । उनको वास्तविक नाम शिवमुरत द्विवेद्वी हो । उनले दक्षिणी दिल्लीको खानपुरमा एउटा मन्दिर बनाएका थिए । धर्मको नाममा यौनधन्दा चलाउने इच्छाधारीलाई देहव्यापारको आरोपमा पक्राउ गरिएको थियो । यी बाबा सन्त स्वामी भीमानन्द महाराज चित्रकुटवाले नामले पनि चिनिन्छन् ।


विक्रम चौधरी भारतीय मूलका योगगुरु विक्रम चौधरी आफ्नो ‘हट योग’ का कारण मानिसलाई प्रभावित पार्दापार्दै थुप्रै सेक्स स्क्यान्डलमा फसे । उनीमाथि यौनशोषण र बलात्कारको मुद्दा अहिले पनि चलिरहेको छ । यसका अलावा उनकी सल्लाहकार मीनाक्षी जावा बोडनले विक्रमलाई नक्सलवादी भएको दाबी गरेकी छिन् । उनकी एक पूर्वशिष्याले पनि उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । सारा बान नाम गरेकी २९ वर्षीया महिलाले विक्रम चौधरीले आफूमाथि थुप्रैचोटि यौनसम्पर्कका लागि दबाब दिएको दाबी गरेकी छिन् ।
समाचारअनुसार विद्यार्थीकालमा बान बिक्रम चौधरीको योग कक्षामा जाने गर्थिन् । सन् २००५ मा चौधरीले आफ्नो आश्रममा बानसित आपत्तिजनक प्रस्ताव राखेका थिए । चौधरीले पूर्वजन्ममै उनीहरूको सम्बन्ध रहेको बताउँदै यौनसम्बन्धका लागि दबाब दिएपछि बानले अस्वीकार गरिन् ।

चौधरीले थुप्रै शक्तिशाली अन्तर्राष्ट्रिय व्यक्तिलाई योग सिकाइसकेका छन् । उनीसित योग सिक्नेमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू निक्सन, रोनाल्ड रेगन, बिल क्लिन्टनलगायत छन् ।



स्वामी नित्यानन्ददक्षिण भारतको एउटा चर्चित टिभी न्युज च्यानलले त्यहाँका ख्यातिप्राप्त धर्मगुरु स्वामी नित्यानन्दलाई एक तामिल नायिकासित रासलीला गरिरहेको दृश्य देखाएको थियो । ती स्वामीलाई बलात्कार, अश्लीलता र मारपिटको आरोपमा पक्राउ पनि गर्‍यो, भारतीय प्रहरीले । उनी थुप्रै दिनसम्म फरार रहे र फेरि प्रहरीले पक्राउ गरेर जेलमा कोच्यो । भारतीय सिआइडीले स्वामी नित्यानन्दविरुद्ध रामनगरं अदालतमा एउटा मुद्दा दायर गरेको थियो, जसमा उनले अन्य महिलाका अलावा एक विदेशी भक्तिनीसित कैयौँपटक जबर्जस्ती शारीरिक सम्बन्ध कायम गरेको उल्लेख छ । सिआइडीले दायर गरेको रिटमा नित्यानन्द अप्राकृतिक यौन क्रियाकलापमा पनि संलग्न हुने गरेको दाबी गरिएको थियो ।

- चिरञ्जीवी (एजेन्सीको सहयोगमा)

Monday, September 16, 2013

चर्चित गायिका अन्जु पन्तको वियोगान्त कथा - onlinekhabar

एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई यसरी लानुपर्छ’ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् । राजनीतिक दलका ठुल्ठुला नेता पनि मरिहत्ते गर्छन् । केही मन्त्रीले एसएमएसमा गीत नै लेखेर पठाउँछन् ।
अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै । सेक्सको भोको न म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि सेक्सतिर ध्यान जाँदैन । मैले किन बिहे गरें ? त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।
anju-panta
पीडादायी वाल्यकाल
मेरो पुख्र्यौली घर फर्पिङ हो तर, म मामाघर तेह्रथुममा जन्मिएँ । जयबहादुर पन्त र मनु योञ्जन पन्तका पाँच सन्तानमध्ये म कान्छी हुँ । बुबा हक्की स्वभावको हुनुहुन्थ्यो रे, आफ्नै पौरखमा बाँच्छु भनेर घर छाड्नुभएछ । र, जागिरको सिलसिलामा तेह्रथुम पुगेर त्यहीँ घरजम गर्नुभएछ । म तीन वर्षकी हुँदा परिवारसहित काठमाडौँ र्फकनुभएछ ।
बाल्यकाल मेरो त्यति सुखद् रहेन । ममीको पीडा हेरेर हुर्किएँ । १२ वर्षकै उमेरमा उहाँको माइलो छोरा बित्यो । त्यसको दुई वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । त्यसबेला म आठ वर्षकी मात्र थिएँ । त्यतिबेला ममी जिउनै गाह्रो हुने स्थितिमा पुग्नुभयो । माइती -तेह्रथुम) जाउँ भने धेरै टाढा, घर (फर्पिङ) जान पनि गाह्रो । धेरै तनाबका कारण उहाँ मानसिक बिरामी नै हुनुभयो । अहिले ठीक हुनुभएको छ । त्यसैले म ममीलाई धेरै माया गर्छु । त्यतिखेर फुपू जानकी केसीले साथ नदिनुभएको भए हामीलाई बाँच्नै समस्या पथ्र्यो । र, आज म यो स्थितिमा शायदै पुग्थें ।
रेडियोमा गीत बज्दा शरीर चल्मलाउँथ्यो
सानोमा म ज्ञानी बच्चा थिएँ । घरको काममा पनि त्यस्तै । रातिको १२ नै किन नबजोस्, किचेन सफा गरेर मात्रै सुत्थें । मैले माझेको सिल्भरको बाटामा ऐना हेर्न मिल्थ्यो । ‘मेरी भदैनीले सबै भाँडा प्वाल पार्ने भई’ भनेर फुपू गाली गर्नुहुन्थ्यो ।
गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थें । तर, एक्लै हुँदा मात्रै । रेडियोमा गीत बजेपछि मेरो शरीर आफै चल्मलाउँथ्यो । रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेर एक्लै नाच्थें । गाउने पनि त्यस्तै, सबैजना छन् भने केटाको जस्तो आवाज निकालेर हाइफाई तरिकाले गाइदिन्थें । एक्लै हुँदा भने सुरिलो आवाजले गाउँथेँ । मेरा यी हर्कतबाट फुपू भने राम्रै परिचित हुनुहुन्थ्यो ।
मनोजसित पहिलो भेट
अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता थियो ०५४ सालमा । त्यो प्रतियोगितामा म गाउँदै थिएँ, मनोजराज शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी रहेछन् । त्यतिबेला म फुच्ची थिएँ, कपाल थाइकट थियो, घुँडाघँडासम्म आइपुग्ने फ्रक लगाएकी थिएँ ।
मनोजराजजीले त्यहीँ नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहाँले घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छ, आवाज ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहाँले सोचेजस्तै भयो, म फस्र्ट भएँ, मनोजजी छैठौं हुनुभयो । त्यहाँदेखि त उहाँले मलाई ‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी सँगै सिक्नुपर्छ है, साथी बनौं, सँगै प्राक्टिस गरौं’ भन्दै उहाँ नजिकिन खोज्नुहुन्थ्यो । ‘नाई, म प्राक्टिस आफ्नै दाइहरुसँग गर्छु’ भनेर म तर्किन्थें ।
मलाई भेट्न उहाँ रेडियो नेपाल नै आउनुहुन्थ्यो, इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी (बाला दिदी) लाई ‘हिन्स’ दिनुहुन्थ्यो, बाला दिदीसँग कुरा गरेर मसँग नजिक हुन खोजेको चाल म थाहा पाइहाल्थें । उहाँ नजिक हुन खोज्नुहुन्थ्यो, म टाढा भाग्थें। मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो ।
लभ चल्दा नै झपड हानेर बेहोस बनाए
शंकैशंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिनदेखि नै उहाँले मलाई पिट्न थाल्नुभयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस् पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीच बाटोमै मलाई जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोसै भएँछु । पछि, उहाँले नै ट्याक्सीमा हालेर घर पुर्‍याउनुभएछ । म होसमा आएपछि उहाँले ‘आई लभ यू, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिइहाल्यो ।
अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरें, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रुप लिने रहेछ । बिहेअघि नै उहाँले ममाथि शंका गर्ने, त्यस्तो हुँदाहुँदै पनि मैले किन बिहे गरंे, त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।
पटक-पटक मर्न खोजें
एकपटक म सुत्केरी भएको २२ दिनमै नानाभाति शंका गरेर मनोजजीलेे झगडा गर्नुभयो । धेरै सम्झाएँ तर पनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि, रुँदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै मेटिएको छैन ।
विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ? आँखा सुन्निँदा चश्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । गाथा एल्बम गर्दा कुटेर नाक नै भाँचिदिएका थिए । संगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए ।
छुट्टी कै दिन रातभरि कुटाकुट भयो
विदेशमा धेरै कन्सर्टमा जान्थें । तर, दुवैजना सँगै भने गएका थिएनौं । सँगै जाने उहाँको पनि इच्छा थियो, ‘एकैचोटि अमेरिका नै जाऔं न त’ भनेर उहाँलाई पनि सँगै लगें । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औंला नै भाँचिदिनुभयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किएँ, उहाँ उतै बस्नुभयो । केही महिनापछि उहाँ पनि र्फकनुभयो । फर्केपछि त झन् दिनरातको टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न थाल्नुभयो ।
उहाँसँग छुट्टनिुअघि रातभरि नै झगडा पर्‍यो । बिहानको चार बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । ‘तँ किन कुरा बुझ्दिनस्’ भन्दै घाँटी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त अति नै गरे । मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले मज्जाले बजाएँ । बेस्करी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै उहाँको आँखा रातै भयो ।
यसरी क्रियश्चियन बनें
फ्यानहरु सम्झन्छु । कतिपल्ट त एक्लै रुन्छु । कति धेरै माया गरेका होलान् जस्तो लाग्छ । कुनै पनि गायकलाई आयोजकले डेढ वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक महँगो छ, मलाई तिर्न ल्याएको पैसा सकिइसक्यो । होटलमा अझै कति दिन बस्नुपर्ने हो थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना ? हामी कुर्छौँ ।’ उनीहरुको कुरा सुनेर म धुरुधुरु रुन्थेँ ।
काठमाडौँमा म एक्लै टोलाउँथेँ । काठमाडौँबाहिर बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरुले मलाई वीरगन्ज पुर्‍याउनुभयो । त्यहाँ हाम्रा सानोबुबाको परिवार थियो । शुक्रबार पुगेका थियौँ, शनिबार त्यहाँको एउटा ठूलो हलमा सबैजना बस्यौँ । एक, दुई, चार गरी अडियन्सहरु बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने । सानोबुबाले मलाई सल दिएर घुम्टी लगाऊ भन्नुभयो । मैले त्यसै गरेँ । पछि थाहा भयो, मेरो सानोबा पास्टर र सानीआमा पास्टर्नी हुनुहुँदो रहेछ । पास्टर बाले मलाई छोएर ‘हे प्रभु तपाईंले बनाउनुभएको सुनको शिष्यलाई (सिसी) कसैले पनि तहस-नहस पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो । जिन्दगीमा धेरै रोएँ तर, त्यस्तो त म कहिल्यै रोएकी थिइनँ ।
बेलुकी भजन-कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो । ‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थालेँ, यता कुदेँ, उता दगुरेँ । दाइहरु पनि रुनुभयो । त्यसपछि पास्टर बुबा राजकुमार घिमिरे र पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो । त्यसपछि बाइबल पढ्न थालेँ, त्यसबाट प्रभावित भएर अहिले म क्रिश्चियन बनेँ ।
तीन वर्षमा तीन तले घर बनाएँ
त्यतिबेला मसँग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिएँ तर, सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थालेँ । पाँच लाख रुपैयाँ बैना गरेर एकतले घर किनेँ । डेढ वर्षको अवधिमा तीन तलाको घर बनाएकी छु । दाजु, भाउजू, ममी, फुपू सबै सँगै बसेका छौँ ।
न योजना, न सपना
बूढासँगै हुँदाचाहिँ योजनाहरु बनाउँथेँ । आफ्नै म्युजिक कम्पनी खोल्ने, इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौं । अब त्यस्ता केही योजना छैनन्, मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ ।
(मिमर न्यूज मासिककालागि गायिका अन्जु पन्तसित प्रवीण बुढाथोकीले गरेको कुराकानीमा आधारित  )