Thursday, July 5, 2012

हराएकी हिरोइनको गोली हानी हत्या - nagariknews

मुम्बई, असार २१ (एजेन्सी) - पाकिस्तानी मुलुकी बलिउड हिरोइन लैला खानको गोली हानी हत्या भएको खुलासा भएको छ। जम्मु कस्मिर पुलिसले एक वर्षदेखि हराएकी उनको हत्या भएको स्विकारेको छ। समाचारअनुसार सन् २०११ को सुरुमा मुम्बईमा उनीसहित उनको परिवारका चार सदस्यको गोली हानी हत्या भएको थियो। लैलाको परिवार नजिकका परवेज इकवाल तक हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरा

गत महिनामात्र एक पत्रिकाले लैला नक्कली राहदानीबाट दुबईमा रहँदै आएको खबर छापेको थियो। राजेश खन्ना हिरो रहेको फिल्म वफाबाट बलिउड छिरेकी हिरोइन खान एक वर्षअघि परिवारसहित वेपत्ता भएको खबर सार्वजनिक भएको थियो। लैलाका बाबुले मुम्बई पुलिसमा उनीलगायत उनकी आमा र एक आफन्तलाई इकवाल तकले अपहरण गरेको उजुरी गरेका थिए।

लैला खानको आतंककारी समूह लस्कर ए तोयवासँग सम्वन्ध रहेको संका गरिँदै आएको थियो। उनले मुम्बईका फोटो र नक्सा उक्त समूहलाई उपलव्ध गराएको आरोप थियो। दिल्ली उच्च न्यायालयमा सन् २०११ को सेप्टेम्बरमा भएको वम विस्फोटमा उनले चढ्ने गरेको मित्सुविसी आउटलेन्डर कारको प्रयोग भएको थियो। यसकै आधारमा पनि उनलाई लस्करसँग जोडिँदै आएको थियो। लैलाले महाराष्ट्रको इजातपुरीमा फार्म हाउस किनेकी थिइन्। यो स्थानबाट आतंकवादी गतिविधि संचालन गरेको हुनसक्ने प्रहरी अनुमान छ।

ONLINEKHABAR:

लामो समयदेखि बेपत्ता रहेकी बलिउड अभिनेत्री लैला खानको हत्या भएको खुलासा भएको छ । लैला सहित उनकी आमा तथा दुइ बहिनी र भाइको मुम्बइमा हत्या भएको पुष्टि भएको हो ।
चर्चित डन दाउन इब्राहिमको आपराधिक गिरोह सँग संलग्न भएर दुबइमा काम गरिरहेको भनिएकी लैलाको परिवारै सखाप पार्नेगरी हत्या भएको जम्बू कस्मिर प्रहरीले पुष्टि गरेको छ ।
एक छुट्टै अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा केही हप्ताअघि जम्बुकास्मिरमा पक्राउ परेका परभेज टाकसँगको सोधपुछका क्रममा लैलाको हत्या भएको खुलासा भयो । परभेजले अरु दुइजना साथीहरुसँग मिलेर आफुले नै लैलाको परिवारको हत्या गरेको बताए । यसअघि परभेजलेनै लैला नक्कली पासपोर्ट बनाएर दुबइ गएको र दुबइमा बसेर दाउदको गिरोहसँग काम गरिरहेको जिकिर गरेका थिए ।
यसैबीच लैलाका पिता नादिर शाह पटेलले आफ्नी छोरीको अपहरण गरेको भन्दै परभेज, र आसिफ शेख विरुद्ध बुधबार मुम्बइ प्रहरीमा उजुरी गरेका थिए ।
कतिपयले परवेजले लैलालाई भारत सरकारबाट बचाउनका लागि उनको हत्या भएको झुटो विवरण दिएको समेत आशंका गरेका छन् ।