Tuesday, July 3, 2012

राजा र पुराण - onlinekhabar

दाहाल यज्ञनिधी 
‘नयाँ धर्म भन्छ, जो आफूलाई नै विश्वास गर्देन त्यो नास्तिक हो’-विवेकानन्द
‘हेर, बिहे गरेर भित्रिएका दिनदेखि राणो ससुरो पालेर बसेँ । ३२ सै वर्षको उमेरमा टेक्दा तेरा बा खसे । लाउँ-लाउँ खाउँ-खाउँकै उमेरमा राणी भएँ । ‘भाँचिएको हात छ कट्कटी खान्छ । आज होला कि भन्यो हुँदैन, भोलि होला कि भन्यो हुँदैन कस्तो हारेको कर्म लिएर पैदा भएछु त हेर म ?’ मलाई जन्मदिने आमाका सोझा सादा सिधा वचन हुन् यी । म बा-आमाको जेठो छोरो । उहाँको स्वामी खस्दा ‘बर्खान्त’मा पुराण लाएथ्यौँ । भर्खरको थिएँ । बूढापाकाले जे भन्छन् त्यो मात्र कर्तव्य ठहथ्र्यो । मेरो पनि । उनेरुले भनेको म मान्थेँ । सकभर रिठ्ठो बिरिदैनथ्यो । आज्ञाकारी ठहरिएको थिएँ । पछि तीन वर्ष बित्नासाथ हजुरबा खस्नुभयो । पढाइ बिगार्न भएन र उम्किएँ । पुराण लागेन । हजुरबाका पालामा ‘हरिवंश’ लाएर मेरो पिता जन्मिएको कथा चल्दै छ । अहिलेसम्म गाउँफेटमा । मेरी जेठी फुपू कर्मशील भए पनि गरीबीले छोडेन । थल्लिएर ओछ्यान परेपछि मलाई बोलाउनु भो । दच्छिनाको बेजो छैन तँ मेरै भाइको छोरो होस् । हाम्री आमा खस्दा तेरो बा नौ वर्षको टुहुरो भएथ्यो । जसोतसो राणे बाबुले हुर्काउनु भो । म पनि राणीफुपू मर्न लागेँ । तैँले चिसा माटामा बस्ने विद्या पढेकै छस् । पुराण सुना भन्नुभो । पुराणमध्येको ‘श्रीमद्भागवत्’ मैले दुई पटक सप्ताह बाचेको छु । रघुनाथ, यदुनाथ पोखर्‍यालदेखि भानुभक्त आचार्यसम्मका राम, कृष्णचरित्रहरू पढ्दै आएँ । चक्रपाणि चालिसेको संक्षिप्त भारत स्वादले पढेको छु । मेरो गद्यमा र पद्यमा दुवैतर्फ वेग जान्छ । यिनैखाले पूर्वजका प्रभाव पनि पसेर आएका छन् । जगदीश राणाले नरसिंह अवतार काव्य मलाई आˆनो हस्ताक्षरमा दिएका छन् । एकलव्यको औँला भेटी माग्ने द्रोणचार्यको चरित्र कविता पढेपछि पनि नबुझेर कवि भूपि शेरचनसँग मानवीय पक्षको पात्र र मावनता मार्ने पात्रको पृथकता संगत गरेर बुझेको छु । गीतालाई शिरानमा राखेरै निदाइन्थ्यो र मनन् गरिन्थ्यो । सनातन धर्म सेवा समीतिमा उद्घोषण अभ्यास गर्दा खेमराज केशवशरणसँग मीठो प्रभाव ग्रहण गठरेको छु । इन्द्रबहादुर राईको लीला लेखनको उपहार ‘कठपुतलीको मन’ पढाउने कृष्णबहादुर राई मेरै छिमेकी हुनुहुन्छ । मञ्जू काँचुलीको एउटा कथामा बाल विधवाले कृष्णचरित्रको शरण लिएर शरीर सुकाइसुकाई ‘अहिंसा परमोधर्म’ लेखिएको ठाउँमा मरेको कथावस्तुले ठक्कर दिइरहन्छ । कृष्ण धरावासीले लीला लेखनमा लामो हिँडाइ हिडिसके । पढेको-पढेकै छु । देउसी खेल्दा टङ्केलाई भट्याउने जिम्मा दिन्थ्यौँ । भट्याउनेको स्वरैमा ढाकी कृष्ण र रामचरित्र भनेका भन्यैँ छौँ । बीपी कोइरालाको ‘मोदी आइन’ लाई लिएर दैवज्ञ न्यौपानेसँग समालोचनामा बाझेकै छु ।
‘कंसासुरको देशमा/नचिनिने भेषमा/लौ पुगे कृष्णजी !! है-है लौ पुगे कृष्णजी सोह्र सय सारी/एकै पोको पारी/गर्नुगर्‍यो कालेले हौ-हौ गर्नुगर्‍यो कालेले’ नारायण, हरि-हरिलाई रहनी (स्थायी) बनाएर बालुन खेल्नेहरू मेरा पहिलो किताबका गुरु हुन । चार मुख भएको ब्रहृमा, चार हात भएको विष्णु, निधारमा आँखा भएको शिव खोज्दा सबैको एकै डल्लो वेदव्यास हो भनेर हजुरबा दिनैपिच्छे पाञ्चायन पुज्नुहुन्थ्यो ।
‘अचतुर्वदनो ब्रहृमा, दिवाहुपरो हरि । अभाल लोचनःशम्भुभगवान् वादनारायणःसंस्कृत यही हो ।
‘अघिलागे वृहस्पति पछि लागे जुन । माटो समाइ अन्नफले ढुङ्गो समाइ धन । गोठभरि धेनु रहुन् तवेलामा घोडा । बालुनेको आशीर्वादले पाउनु है छोरा’
तिले भँडारी बालनेका ‘पुर्सुङ्गे थिए । उनले च्याब्रुङ बजाएर शुरु गरेको बालनमा खैँजडी बजाएर सहभागीले छोप्थे । पुराणकै कथा बालनभरी हुन्थे । रातभरी जाग्राम बसेर पनि सुनिन्थ्यो पुराण नै । मित्रप्रसाद घिमिरे नाम गरेका मेरा भानिजबा फेटैमा पुराण भन्नेमा कहलिएको मान्छे । डोलीमा चढीचढी झिल्टुङ (नुवाकोट) देखि खाल्डे (खोटाङ) सम्म पुरण भनेको भरमा कालुपाध्ये पुगेथे । उनकै वंशको म पनि हुँ । डेढ सय वर्षअघि नै दमै छिमेकीको ‘सद्गत’ गर्ने पण्डित पूर्णनन्दपाध्ये मेरा चौथो पुस्ताका जीबा हुन् । बी.आर. चोपडाले हिन्दीमा चलचित्र बनाएको महाभारतलाई दुई पटक प्रतीक र बिम्ब चुनीचुनी हेरेको छु । अट्ठार पुराणको चिनोड दुईटा विषयमा बिसाउँछ ।
परोपकारले पुण्य हुन्छ, परपीडनले पाप हुन्छ । यो सुक्ति नपढेकालाई पनि थाहा छ । ‘परोपकारःपुण्याय पापाय पर पीडनम् । अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्’
नीलो बरियोले ढाकर बोकाएर र बोकेर छोरा सदाउने बाबुको छोरो त हुँदैहुँ । कोशी गड्तिर मा बिमिरे चौतारादेखि दारुलाको उकालो नलागुन्जेल पुराणकै कथैकथा हालेर बाटो कटाउनु पिताज्यूको दैनिकी हुन्थ्यो । त्यो बेला पानी चढ्न-चढ्न लागेको दुई छोरालाई कथामार्फत् मेरै बाबुले सिकाउनु भएको पुराणको अंश । झल्झली म अहिले झन् सम्झन्छु र विश्लेषण गर्छु । आमालाई सङ्कट पर्‍यो । सत्यवती वेदव्यासकी आमा । उनलाई बिहे नहुँदै पराशरले गुर्काएको । कुमारी (सुश्री) आमाबाटै जन्मिएको कृष्ण द्वैपायन । बयरघारीमा बनेको आश्रममा हुर्केको गुरुकुल परम्परा वेहद स्व्तन्त्र भएर पढेको । पछि वादरायणबाट वेदव्यास बनेको । बेदलाई पढ्न सजिलो गरी सम्पादन गरेको उपाधिगत नाम हो वेदव्यास । परम्परित शब्दमा खच्चडलाई ‘वर्णशंकर’ भनिन्छ । अत्यन्त चोखी कन्या बुद्धियुक्त कुमारको रज-वीर्यबाट जन्मेकाले वेदव्यास उद्घट बुद्धिको निस्केको । भनिन्छ खच्चडको कुशाग्रबुद्धि हुन्छ । सङ्कट पर्दा सम्भिmने चलनअनुसार आमाले छोरालाइृ झट्ट सम्भिmइन् । मत्स्यगन्धा नाम थियो माझीकी पुत्री भएकीले, पहिलो । बिहे भएपछि सत्यवती भनिएकी । टापुको एउटा राजा थियो सन्तनु उनलाई बिहे गर्ने । दुई छोरा त वैध बिहेपछि पनि जन्मिएथे । तर मरिगए चित्राङ्गद र विचित्रवीर्य ।
तीन राणको दरबार चल्दै थियो । सासुराणले दुवै राण बुहारीलाई गर्भ बोकाइदिन अह्राइन् आˆनो कुल्कुलाउँदो उम्दा उमेरको उपजलाई । वेदव्यासले लसपस गर्नुभन्दा पहिले नोकर्नीलाई जोखिममा पारे । दुवै राण बुहारीले । नोकर्नीलाई ‘शा’ आइरहेको बेला परेछ । सञ्चोले थापिन् । विचित्रको बुद्धिमान् बन्यो विदुर । दासीपुत्र मालिक बुद्धिको उब्जियो ।जेठीले आँखा छोपेर थापिन्, अन्धो जन्मियो । उसको नाम धृतराष्ट्र । कान्छीले डराइडराइ थापिन् जन्मियो पाण्डु । खेतालालाई-लाई छोरा जन्माउने पाण्डवको पिता बन्यो ।
मेरा बाबुले मलाई पढाएको सजिलो पुराण यही हो । अस्ति भर्खर सुने साइँली फुपूले ठूली फुपूको नातिलाई पुराण लाउन उह्राउनु-उक्साउनु भो । ध्रुव उसको नाम । उसले पनि पुराणलाई छोड्यो । मलाई पनि पहिलो चिसामाटामा नबसाई गाइखाने विद्या पढ्न नदिने निधो गर्नुभएको थियो बाले । व्यासासनलाई चिसामाटाको बस्यौटो भन्छन् पहाडे झर्राहरू । साइँली फुपूले राण भएपछि लाएको पुराण भन्ने पण्डितको सेवक भएर मैले पनि पूर्वाङ्गको रातदेखि साङ्गेको रातसम्म नै पटक पिँडुला चिल्लो घसेर ‘पुण्य’ बटुलेको छु । ध्रुवका आमा दुई वटी छन् । दुवै राण आमाले सुने । ऊ पनि म जस्तै पोलिसिटस्टिक किड्नी ले पीडित छ । उसको पिता मेरो जेठो भानिज दाजु । उहाँ पनि पोलिसिस्टिक किड्नी पीडित भएर नै खस्नुभयो । दुःखै दुःखले नछोडेका पुस्तौँ पुस्ताका जीवन छन् । हाम्रा २०३१ सालको भदौमा १३ गते लीला र ठगी दाहाल अनि गोकर्ण कार्कीलाई गोली ठोकेर ज्यान लियो ।
निरङ्कुश बीरेन्द्र राजाको शासनले ज्यान लिएका सहीदका विधवाले पनि त्यही नै पुराण लाए । मार्कण्डेय पुराणको हिमवत्खण्डलाई स्वस्थानीको कथा नाम दिएर लेखिएको छ । त्यो पनि धेरै कुमारलिे दशदिशा ढाक्ने पोइ पाउन सुनेझैँ सधवा स्वास्नी मान्छेहरू पनि आˆनो ऐभाँत -भौभाग्य) जोगाउन सुन्छन् जसरी त्यसरी नै अर्को जुनीमा भए पनि भेटेर स्वामीसँग सुखपूर्वक रहने आसले कैयौँ विधवाले सुन्छन् । गोकर्ण महाको ज्ञानी निस्कियो भने धुन्धुकारी चाहिँ निसिक्यो महाको मूर्ख भन्ने महात्म्य पुराणमा छ । ‘गोकर्णश्च महाज्ञानी धुन्धुकारी महाखलः’ त्यहाँको संस्कृत यही हो । धुन्धुकारीलाई हरियो बाँसमा मानुचामल र छन्छन् गन्ने दामलाई सेतो कपडामा टनक्क बाँधेर झुण्ड्याउँछन् । अगति परेको आत्मारे धन्धुकारी । पुराण भन्नेलाई आत्मा तार्ने नाऊ (डुङ्गा) पारी लैजाने माझी र पुराणचाहिँ आत्माहरू बस्ने डुङ्गा र त्यहाँको लेखनलाई वाचन गर्ने शिल्प चाहिँ बहनामा आरोप गर्छन् । कतै देवी भागवत् कतै पुरुषेत्तम महात्म्य, कतै चौमासामा श्रीमद्भागवत् र त्यसैलाई ज्यादाजासे समाजको अनेक जग्गामा यो भन्ने सुन्ने गर्छन्-नेपालीहरू ।
युद्धैयुद्धका कथा, राजैराजा पात्र, रानी-राण्ी, राणी-रानीहरू पात्रलाई खचाखच थोपरेर कथामाथिका कथाका थाक लगाएका यी कृतिमा पौराणिक कालका तानाशाहका चकचचकीले बिगबिगी बच्चाएका छन् । हो, त्यहाँ भूगोल पढ्न लायक छ, प्रकृति पढ्न लायक छ, गणित पढ्न लायक छ । तर गुणत्मक उपलब्धिलाई छोपेर अचेलका कर्मकाण्डीले ‘धर्म’मा जोडेर यसलाई राण ठग्ने गतिला हतियार बनाएका बनायै छन् । यिनमध्ये गरुड पुराण नामको कृति छुट्टै छ । त्यसमा ३६ अध्यायमध्येका १६ वटा झिकेर अचेलका क्रियापुत्रीका सामु सुनाइन्छ । सुनाउने यो भागलाई गरुड पुराणको प्रेतकल्प भनिन्छ । प्रेतकल्पका अनुसार अन्नलाई बुर्की, पैसालाई टीलो, कपडालाई कात्रो, भोजनलाई विकर, पानीलाई कठोदक, अपसव्य, प्रेतजस्ता शब्द निर्माण गरेर भच्चुक बुद्धिलाई उज्लु बनाएर मध्ययुगदेखि शासन गरेका गरेकै छन् । यसले हाम्रो जनजीवन झनै कङ्गाल हरिकङ्गाल बनाएर अगणित जीवन बरबाद भएका छन् । मैले पनि १७ वर्षको हल्हलाउँदो उमेरमा तर्कहीन भावुकताको संवेदनाले हृयाउ छोपिएको समयमा प्रेतकल्प सुनें ।
अहिलेसम्ममा चुत्थो प्रथा र नीच कृतिमा म त्यसलाई लिन्छु । मरेर गएका मेरा बाबुलाई सम्झेर रोएका दिनलाई लिएर अहिले पनि खिन्न हुन्छु । उँजी न पूँजी चंकन्छ गुजी’ भन्ने उखान हाम्रोमा छ । समाजले उठ्नुपर्ने, जाग्नुपर्ने, उद्देश्यमा पुग्न पयत्नरत हुनुपर्ने निर्देशन गर्नुको सट्टा खाली परम्परा, रीति, चलन र व्यवहार अनि संस्कृतिको नाममा विकृतिलाई स्वीकृति दिएको छ । ज्युँदोको चिन्ता लेओस् र मरेका प्रति सकेसम्म कृतज्ञतामात्र बनोस् भन्ने मेरो भाव हो । यो भाव प्रकटगर्दा सन्दर्भमा मेरा ज्यूँदा एक काका तानिनुभो । दुःख बार्न अचाहिँदो, असुहाउँदो गरी दपेट्ने समाजलाई पिठ्युँमा राखी पुजनीय काका (रिसाए पनि) मेरो दण्डवत छ ।
आमा आउनुभो, खबर ल्याउनुभो । मैले मलाई जाँच्न फेरि कर लाग्यो । बगार मात्रै गरेँ कि अपराध नै गरेँ भनेर ‘गोफले’ देखि दाहाल यज्ञनिधि सम्मका ४८ वर्षको जाँच गरेँ । मेरो विचारमा बिगार मात्र हो । जस्तो चौथीमा जाँतोमा हग्दा गणेश खुशी हुने मान्यता राख्छन् ।
अचेल मेरो लेखन अति यथार्थतावादमा आधारित हुन्छ । हाम्रो समाज विकासको शृङ्खलाका पछाडि नेपालीको पुर्पुरो ठोक्ने घनहरू कस्ता बने त्यो देखाउने प्रयत्न गर्छु । पात्रत्व प्रसङ्गमा तपाई जोडिनु भएछ । लेख्ने, केर्ने, पेरि केर्ने बानी नहुनु पनि मेरो मान्यता हो । यथार्थवादी लेखनले आँक्ने उद्देश्य र आवेगले ल्याउने सन्दर्भहरू जस्ता आउँछन् त्यस्तै हुन्छन् । एक त तानाशाहको चकचकीलाई नै सर्वैसर्वा मान्ने र निमुखाका मटियामेटाइलाई चै तल्ला ठान्ने धारणाले सदासर्वदा ढाकिरहृयो । अर्को हामी जे भोग्छौँे त्यो लेख्देनौँ र जे भोगेका छैनौ त्यो लेख्छौँ, सधैँ आफैँले आफैँलाई ढाँट्छौँ, ठग्छौँ । लक्ष्मी काका ? किन मैले तपाईलाई तानेछु भनेर खुब फर्किएँ । त्यो निबन्ध लेख्दाको मनस्थितिमा । म भर्खर दाने मृर्गौला फेरेर मद्रासमा फलोअपका लागि बसेको थिएँ । म बाँचेकोमा मैलाई उदेक लाग्यो । मैले मर्ने निश्चयमा दाहालको दैलो ढोगेर फ्लाइटलिएको थिएँ । बिमारको कोपराई त मलाई थाहा थियो । बेमारको उग्रताप चिकित्सकले पनि थाहा पाउँन्नन् । मैले धेरै डाक्टरलाई भनेको छु । जो बेमारी छौँ, चिकित्सा पढेका छैनौँ, जो चिकित्सा पढ्छौँ, त्यो बिरामी छैनौँ । त्यसकारण महसुस हुन्न । यसोभन्दा नेपालदेखि भारतसम्मका डाक्टर मसँगै बहस गर्थे । मैले पुनर्जीवन लिएको मैलाई विश्वास भएन । अँ अर्को कुरा छ । म अध्यात्मवादी छु तर ईश्वरवादी छुइन । अनि मलाई ईश्वरको नाममा कहीबाट पनि म ठगिएको पाएँ भने अति क्रोध उठ्छ । तपाईलाई मन दुख्ने शब्द क्रोधवस नै आएको हो । अनि मेरो समाज किन यति कम्जोर भयो र भैरहँदैछ अझ भन्नेमा अहिले झन् तीब्र अनचित भैरहन्छ, यी भोगाइका परिपाटीसँग ।
तपाईलाई अध्यात्मको हैसियतले हेरेर मैले व्यवहार गर्दा तपाईं मेरो काका नै हो । जसले मेरो बाबु ढल्दा अचेत्यो, बसाउठी सँगै हुँदा कहिले रोइयो कहिले हाँसियो । जोसँग रगतको साइनो छ । म तपाईको अबमूल्यन गरेर तौल बढाउँने अधम ध्येय राख्ने विवेचनाहीन सैतान त न हुँ भन्ने नै वेदबच्चा हुँ । तर यहाँनेर अठ्याङ कहाँ मिलेन छ भनी फुं केलाएँ । फंु भेटेँ । त्यो हो हाम्रा पुर्खातार्न प्रयोग हुने गरुडजस्तो तुच्छ कृति महाको विकृति । एक त पुराण ज्यादा चुत्था कृतिमा पर्दछन् । त्यहाँ तपाई-हाम्रा दुखलाई सघाउने लेखन नै छैन । कुल्ली किसानका निति कुनै पनि धर्ममा शास्त्र लेखेको मैले भेटेकै छैन । अब यहाँनेर दाँज्नुस् त्यो दिनका दुई घटना । मैले अश्वमेघदेखि बाजसनेय यज्ञसम्मका जाँच लेखेको छु । तपाईलाई डा.राधा कृष्णन्को उक्ति नै लेखिदिन्छु ।
‘संघर्षयुक्त जीवन र कष्टपूर्ण मृत्यु प्राप्त गर्ने समाजमा उच्च संस्कृतिको सिर्जना असम्भव छ ।’ उदाहरण आज लिनुस् मलाई आˆनो ज्यान काटेर एउटा दमैभाइले मृगौला दान गर्‍यो र यी आज फेरि तपाईंसँग चोथाले बन्दैछु । दमैको मृगौला दान ठूलो कि मेरो बाबुको सुद्धाइमा मैले पहिर्‍याएको (भानिजबाबलाई) जडौरी कमेज शुरुवाल ठूलो ? तपाई नै मनन् गर्नुस् । संस्कृतिको मोहका नाममा कु र सु छुट्याउने तागत राख्नु हुन्न भने तपाईसँग मैले यो बहस गर्नु पनि बालुवामा पानी हाल्नु हो । तपाईले दुर्गासँग भन्नुभा रछ चण्डीको नाउँमा यज्ञनिधिले पुराण लाएन । हामीलाई झुण्डिएकी चण्डीले पिरोली । यसखालका अन्धविश्वास र चुत्था चिन्तनमा चै म छुइन । म बारम्बार आˆनै भोगाइखेपाइ पछिको समाज हेर्छु निचोड निकाल्छु । जस्तो मेरी हजुरआमा बित्नु भएपछि एक मुठी पनि चामल खर्च नहोस् भनेर मैले आमालाई चिठी लेखेँ । तपाई नै साछी हुनुहुन्छ, मेरी आमाकी आमाले खान नपाएर मर्न मुसा मार्ने विष खानुपरेथ्यो । मावली हजूरआमाको भतिज बबे घिमिरेलाई तैले दूध खाएकी तेरी काकी आमालाई एक वर्ष अचेतीद भनेको थिएँ । तर मरेपछि ठूलाकुरा गरी हिडेछ । जिउँदोछँदा काकीलाई फर्केर हेरेन । बबेली कार्कीको धन लटीपटी पारेथ्यो । यो मेरो ‘नास्तिकता ?’ लाई सघाउने उखान तपाईनै र तपाईकै पुस्ताले सिकाएको हो ।
‘मरेपछि खाबाबै केरा’ का पछि लाग्नुभन्दा जिउँदै जाग्दा बने राम्रो  हुन्थ्यो भन्ने लाग्छ । ‘वय्र राष्ट्रे जागृयामः पुरोहिताः’ वेदवचन यही हो ।
काकी (हुन त तपाई एउटीसँग बोल्नुहुन्न अरे) दुवैलाई मेरो जदौ छ ।
भाइहरू(पछिपर्दा मलाई नै घाटा छ) लाई पनि वचनको आसिक छ । ‘धर्मको अवगुण नै कुरीतिको वरिपरि घुम्नु हो ।’ रोमन उखान ।