Friday, November 28, 2014

यस्तो छ १८ औं सार्क शिखर सम्मेलनको घोषणापत्र - ujyaalo online

 
काठमाडौं, मंसिर १२– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सकिएकोे छ ।  दुईदिने सम्मेलनले जारी गरेको घोषणापत्र यस्तो छ :
क्षेत्रीय सहयोगः   दक्षिण एसियाली क्षेत्रमा व्यापार, लगानी, ऊर्जा, सुरक्षा, पूर्वाधार विकास, सम्बन्ध विस्तार, सांस्कृतिक विकास आयोजनाको कार्यान्वयन र प्राथमिकताका कार्यक्रमको समयमै कार्यान्वयन गरी यस क्षेत्रमा शान्ति स्थायित्व र समृद्धिका लागि क्षेत्रीय एकतामा सो घोषणापत्रले जोड दिएको छ ।
दक्षिण एसियाली आर्थिक सङ्घ:   स्वतन्त्र व्यापार, भन्सार सङ्घ, साझा व्यापार र साझा आर्थिक तथा मौद्रिक सङ्घमार्फत सार्क नेताहरूले दक्षिण एसियाली आर्थिक सङ्घको माध्यमबाट चरणबद्ध रुपमा आर्थिक विकासका क्रियाकलाप अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले अतिकम विकसित तथा भूपरिवेष्ठित राष्ट्रहरूका विकास प्रयासलाई सहयोग पु¥याउने र स्वतन्त्र व्यापारका क्षेत्रमा समतामूलक रुपमा लाभ लिन सक्ने गरी सघाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसका लागि दक्षिण एसियाली स्वतन्त्र व्यापारको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा पनि घोषणापत्रमा जोड दिइएको छ ।
साफ्टा र व्यापार सहजीकरणः     घोषणापत्रमा साफ्टा मन्त्रिपरिषद् र साफ्टाविज्ञ समूहलाई दक्षिण एसियाली क्षेत्रमा स्वतन्त्र व्यापारका क्रियाकलापलाई थप गति प्रदान गर्न तथा वस्तु तथा सेवाको स्वतन्त्र व्यापारको अवधारणालाई थप सहजीकरण गर्न पनि निर्देशन दिइएको छ । व्यापारका लागि बाधा हुन सक्ने प्रावधानलाई हटाउनाका साथै भन्सारसम्बन्धी विधिहरूलाई पनि सहजीकरण गर्न सजिलैसँग व्यापारजन्य यातायात एवम् ढुवानीलाई अघि बढाउन निर्देशन दिइएको छ ।
सार्क विकास कोष:  सार्क विकास कोषमार्फत सामाजिक विकास, आर्थिक विकास र पूर्वाधारको विकासका लागि प्रभावकारी रुपमा काम गर्ने उल्लेख गर्दै यसमार्फत यसअघि नै सार्क क्षेत्रमा सञ्चालित क्षेत्रीय तथा उपक्षेत्रीयस्तरीय आयोजनाहरूको कार्यान्वयनमा थप गति दिन घोषणापत्रमा सहमति जनाइएको छ ।  दक्षिण एसियाली क्षेत्रका जनताको जीविकोपार्जनका विषयलाई सम्बोधन गरी सार्क विकास कोषलाई थप परिचालन गर्नुपर्नेमा पनि घोषणापत्रमा जोड दिइएको छ । साथै सो कोषमा हरेक देशका प्रतिनिधिसमेत थप गरी कोषको सञ्चालक समिति थप विस्तार गर्ने कुरा पनि सो घोषणापत्रमा उल्लेख गरिएको छ ।
अन्तरसम्बन्धः  सार्कका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू सार्क सडकमार्ग सम्झौता र क्षेत्रीय रेलमार्ग सम्झौताको स्वागत गर्दै त्यस विषयमा आगामी तीन महिनाभित्र सार्कका यातायात मन्त्रीहरूको बैठक बसी त्यस सम्झौतालाई अन्तिम रुप दिइने विषयमा पनि घोषणापत्रमा उल्लेख गरिएको छ । सो सम्झौतामार्फत क्षेत्रीय अन्तरसम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै यसका लागि सडक र रेलमार्गको स्तरोन्नति, जलमार्गको पूर्वाधार विकास, प्रसारण ग्रिड लाइन निर्माण, सडक तथा हवाई सञ्चारको विकासका लागि पनि घोषणापत्रमा जोड दिइएको छ । यसका माध्यमबाट यस क्षेत्रका जनताको सीमा क्षेत्रमा हुने वस्तु तथा सेवा पुँजी एवम् प्रविधिको आदानप्रदानमा सहयोग पुग्ने विश्वास गरिएको छ । साथै १८औँ शिखर सम्मेलनमा उपस्थित सार्कका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू दक्षिण एसियालाई अन्य क्षेत्र जस्तै मध्यएसिया र त्यसभन्दा पनि परसम्म जोड्न आवश्यक रहेको विषयमा पनि सहमत हुनुभएको विषयलाई घोषणपत्रमा समेटिएको छ । त्यसका लागि क्षेत्रीय, उपक्षेत्रीय, राष्ट्रिय एवम् अन्तरदेशीय रुपमा आवश्यक मापदण्ड अपनाउन एवम् आवश्यक प्रबन्ध मिलाउन पनि उहाँहरूले जोड दिनुभएको छ । 
ऊर्जा:  उहाँहरूले जलविद्युत, प्राकृतिक ग्यास, सौर्य, वायु तथा जैविक ऊर्जा लगायत विद्युत् उत्पादन, प्रशारण र व्यापारका विषयमा क्षेत्रीय र उपक्षेत्रीय परियोजना पहिचान गर्न तथा यस क्षेत्रको बढ्दो विद्युत् मागलाई ध्यानमा राखी तिनको उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सार्कका सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँहरुले ऊर्जा सहयोग(विद्युत्)का लागि सार्क ढाँचा सम्झौतामा हस्ताक्षर भएकामा स्वागत गर्नुभयो । 
गरिबी निवारण :  प्रशस्त स्रोत साधन (मानवीय तथा प्राकृतिक) भएर पनि तथा यसलाई विजय पाउने क्षमता भएर पनि दक्षिण एसिया अझै पनि गरिबी र भोकमरीको अमानवीय अवस्थामा गुज्रिरहेको तथ्यलाई स्वीकार गर्दै दक्षिण एसियालाई दोह¥याउनुहुँदै यस सम्बोधनमा गरिबी निवारणको मन्त्री तथा सचिवस्तरीय संयन्त्रलाई निर्देशन दिनुभएको छ । उहाँहरूले यो उद्देश्य प्राप्तिका लागि गरिबी निवारणका लागि सार्क कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि आह्वान गर्नुभएको छ । उहाँहरूले सहकारीको समावेशी, वृहत्तर र दिगो आर्थिक वृद्धि र विकासका लागि सम्भाव्यतालाई स्वीकार गर्नुभयो र यस क्षेत्रमा आफ्ना अनुभव, विज्ञता र उपयुक्त प्रचलनको आदान–प्रदानका लागि आह्वान गर्नुभयो ।
सन् २०१५ पछिको विकास लक्ष्य:  नेताहरूले संयुक्त राष्ट्र सङ्घद्वारा पारित गरिएपछि सन् २०१५ पछिका विकास लक्ष्यले दिगो विकासका लागि क्षेत्रीय प्रयासलाई भरथेग गर्ने अवसर प्रदान गर्ने कुरा स्वीकार गर्नुभयो । उहाँहरूले क्षेत्रीयस्तरमा दिगो विकास लक्षहरूलाई सन्देशमूलक बनाउन अन्तरसरकारी प्रक्रिया सुरु गर्न पनि निर्देशन दिनुभयो ।
कृषि तथा खाद्य सुरक्षा:  उहाँहरूले यस क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूतिका लागि उत्पादकत्व वृद्धि गर्न कृषि क्षेत्रमा लगानी बढाउन, अनुसन्धान गर्न, विकास गर्न र नयाँ विधि र भरपर्दा प्रविधि प्रयोग गर्न सहमति जनाउनुभएको छ ।   उहाँहरूले जैविक खेतीको माध्यमसमेतबाट दिगो कृषिलाई प्रभावकारी महत्वमा जोड दिनुभएको छ । नेताहरूले सार्क बीउबीजन भण्डार सम्झौतालाई चाँडै पारित गर्न आग्रह गर्नुभयो । र बीउ भण्डार बोर्ड गठन गर्न निर्देशन दिनुभयो । सदस्य राष्ट्रहरूको हस्ताक्षर समाप्तिपछि नेताहरूले क्षेत्रीय खोप बैंक र क्षेत्रीय पशु आनु वंशीय बैंक स्थापनालाई अन्तिमरुप दिन सम्बन्धित सार्क निकायलाई निर्देशन पनि दिनुभयो । नेताहरूले सङ्कटका बेला र सामान्य अवस्थाको खाद्यान्न उपलब्ध गराउन सहयोग गर्नका लागि सार्क खाद्य भण्डारणको सीमा निर्धारण प्रावधान हटाउन निर्देशन दिनुभयो ।
वातावरण:  उहाँहरूले प्राकृतिक विपत्तीमा शीघ्र कारबाहीसम्बन्धी सार्क सम्झौता, वातावरणीय सहयोगसम्बन्धी सार्क महासन्धि तथा जलवायु परिवर्तनसम्बन्धी थिम्पु घोषणालगायतको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै केही सार्क सदस्य राष्ट्रलाई परेको अस्तित्वको जोखिमलाई ध्यान दिन निर्देशन पनि दिनुभयो ।    उहाँहरूले विश्व समुदायलाई अर्को एक कानुनी संयन्त्रको रुपमा अथवा सन् २०१५ को अन्त्यसम्ममा सबैलाई लागू हुने कानुनी बलसहितको एक सहमतीय परिणाममा एक अभिसन्धिमा आइपुग्नपर्ने आवश्यकतामा जोड दिनुभयो, जुन युएनसिसिसीअन्तर्गतको सम्बन्धित सामाथ्र्य तथा समता (आरसिइ) र साझा तर फरक दायित्वको सिद्धान्त (सिबिडिआर) मा आधारित हुनेछन् ।
निलो अर्थतन्त्र:  उहाँहरूले सार्क क्षेत्रमा समुद्रमा आधारित निलो अर्थतन्त्रको बहुपक्षीय योगदान र यस क्षेत्रमा सहयोग र साझेदारीको आवश्यकतालाई स्वीकार गर्नुभयो ।
स्वास्थ्य:  घोषणापत्रमा स्वास्थ्यप्रति महत्व दिँदै नसर्ने खालका रोगहरूको नियन्त्रण, अन्य विविधखाले रोगविरुद्ध लड्नसक्ने क्षमताको विकास गर्न, नागरिकलाई स्वास्थ्य सुविधा उपलब्धताका लागि स्वास्थ्यसम्बन्धी, नीति प्रणाली र पूर्व तयारीका बारेमा आवश्यक कार्यक्रमका लागि जोड दिइएको छ ।  घोषणापत्रमा सार्क क्षेत्रमा पछिल्लो दशकमा एचआईभी एड्सको महामारी कम गर्नेगरी भएका कामहरूको प्रशंसा गर्दै तिनलाई निरन्तरता दिन आग्रह गर्दै सन् २०३० सम्ममा यस क्षेत्रमा एड्सको महामारी अन्त्य गर्न जोड दिइएको छ । साथै, सार्कका नेताहरूले काठमाडौँमा रहेको सार्क क्षयरोग तथा एचआईभी केन्द्रको क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
शिक्षा:  घोषणापत्रमा दक्षिण एसियाली क्षेत्रबाट निराक्षरता हटाई सबैका लागि शिक्षाको प्राप्तिका लागि शिक्षा प्रणालीमा विकास गर्न जोड दिइएको छ । यसका लागि पाठ्यक्रममा सुधार शिक्षणका विधिमा सुधार तथा मूल्याङ्कन प्रणालीमा समेत सुधार गरी भौतिक, प्राविधिक तथा अन्य सुविधामा पनि वृद्धि गरिनुपर्नेमा जोड दिइएको छ ।  साथै, घोषणापत्रमा सार्कका नेताहरूले दक्षिण एसियाको शिक्षा प्रणालीको स्तर एवम् गुणस्तरियतामा वृद्धि गर्न आ–आफ्ना देशका शिक्षामन्त्रीहरूलाई निर्देशन दिइएको छ । दक्षिण एसियाली क्षेत्रमा प्राविधिक शिक्षाको विकास र विस्तारमा घोषणापत्रमा जोड दिइएको छ ।
युवा :  दक्षिण एसियाको ठूलो जनशक्तिलाई देशको सामाजिक विकास उत्पादकत्व र स्वरोजगारमा वृद्धि गर्न यस क्षेत्रका देशहरूले आवश्यक मात्रामा युवा नीति र कार्यक्रमको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।   साथै, नेताहरूले जुलाई १५ लाई ‘विश्व युवा सीप’ दिवसका रुपमा मनाउने राष्ट्रसङ्घीय निर्णयको स्वागत गर्नुभएको छ ।
महिला तथा बालबालिका:  सार्कका नेताहरूले महिला तथा बालबालिकाको अवैध ओसारपसार एवम् शोषणबाट जोगाउन सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन दिनुभयो ।
सामाजिक सुरक्षा:  ज्येष्ठ नागरिक महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वेरोजगार तथा जोखिमपूर्ण काममा लाग्ने व्यक्तिका लागि सामाजिक सुरक्षाको प्रबन्ध गर्न आवश्यक कदम चाल्नुपर्ने महसुस सार्कका नेताहरूले गर्नुभएको कुरा घोषणापत्रमा उल्लेख छ । 
बसाइँसराइ:  दक्षिण एसियाबाट बाहिर रोजगार गन्त्यव्य मुलुकमा जाने आप्रवासी कामदारको सुरक्षा, सुरक्षित कामको वातावरण तथा समग्र व्यवस्थाका लागि समन्वय गर्न सहमति जनाएका छन् । 
विज्ञान र प्रविधि :  अनुभवको आदानप्रदान तथा प्रविधि हस्तान्तरणमार्फत सामाजिक आर्थिक तथा जनताको हितको लागि अन्तरिक्ष प्रविधि उपयोग गर्न सदस्य राष्ट्रको क्षमता विकास गर्न नेताहरू सहमत हुनुभयो । 
दूरसञ्चार :  यस क्षेत्रका जनतामा टेलिफोन सेवामा उचित र न्यून शुल्कका लागि सार्वजानिक निकाय र निजी सरोकारवालाबीच सहकार्य र समन्वयका लागि नेताहरूले दिशानिर्देश गर्नुभयो । 
पर्यटन:  नेताहरूले पर्या–पर्यटन तथा दिगोरुपमा प्रबन्ध गर्दै दक्षिण एसियालाई एउटा आकर्षक साझा पर्यटन गन्तव्य बनाउनेमा दृढता व्यक्त गर्नुभयो । उहाँहरूले सार्क कार्ययोजना (२००६) प्रभावकारी रुपले लागू गर्न सरोकारवाला निकायलाई निर्देश दिनुभयो । उहाँहरूले सार्कमा आफ्नै मुलुक झैं राष्ट्रिय सांस्कृतिक पुरातात्विक सम्पदाको प्रवेशशुल्कलाई प्रभावकारी र पूर्ण कार्यान्वयन गर्न आह्वान गर्नुभयो । 
संस्कृति:  उहाँहरूले संस्कृतिको संरक्षणका लागि सार्क कार्यसूची प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिनुभयो र दक्षिण एसियाली सांस्कृतिक सम्पदालाई संरक्षण एवम् पुनःस्थापना गर्न कदम चाल्नका लागि निर्देशिकासहितको सार्क सम्पदासूची तयार गर्ने सहमति जनाउनुभयो । उहाँहरूले सन् २०१६ लाई ‘सार्क सांस्कृतिक सम्पदा’ वर्षको रुपमा घोषणा गर्दै सफल कार्यान्वयनका लागि  सम्बन्धित निकायलाई कार्ययोजना बनाउन निर्देश गर्नुभयो । यस क्षेत्रका मुख्य ऐतिहासिक बौद्ध धर्मस्थलको विकास र सम्पर्क विस्तार गर्न उहाँहरू सहमत हुनुभयो । साथै उहाँहरू यस क्षेत्रमा रहेका इस्लाम, हिन्दू, इसाइ र प्रमुख धर्मका प्रसिद्ध स्थलमा भ्रमणका लागि सहज पहुँच पुर्याउन सहमत हुनुभयो  ।
आमसञ्चार:  दक्षिण एसियाका जनताको समझदारी र बुझाइलाई प्रोत्साहन गर्न सार्वजनिक र निजी सञ्चारमाध्यमको पहुँच र  प्रभावले गरेको प्रयत्नलाई प्रोत्साहन गर्न नेताहरूले बोध गर्नुभयो ।
आतङ्कवाद र अन्तरदेशीय अपराध:   आतङ्कवाद, हिंसा, अतिवाद र यसका प्रत्येक स्वरुपका बिरुद्धमा लड्न नेताहरूले  ऐक्यवद्धता व्यक्त गर्नुभयो । साथै उहाँहरूले सार्क क्षेत्रमा भएका आतङ्कवादविरुद्धका सम्मेलन, त्यसका दस्तावेज र आवश्यक अन्य कानुनहरू संशोधन गरी पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि निर्देश गर्नुभयो । यसका साथै अन्तर्राष्ट्रिय आतङ्कवाद सम्बन्धमा भएका  सम्मेलनको विस्तृत रुपलाई चाँडो निष्कर्ष निकाल्न पुनः जोड दिनुभयो । साथै उहाँहरू साइबर अपराध अनुगमन डेस्क स्थापना गर्न पनि सहमत हुनुभयो । 
सुशासन:  नेताहरूले असलशासनको सुनिश्चिता गर्दै दिगो विकासका निम्ति जवाफदेहीता, पारदर्शीता, कानुनी शासन तथा जनसहभागितालाई सबै तहमा वृद्धि गर्न बलियो प्रतिबद्धता व्यक्त गर्नुभयो । नेताहरूले प्रजातान्त्रीकरणमा दक्षिण एसिया निरन्तर प्रगति गर्दै गएकामा सन्तुष्टि व्यक्त गर्दै दक्षिण एसियाका जनताको साझा आकाङ्क्षा संस्थागत गरी शान्ति, स्थायित्व, प्रजातन्त्र थप विस्तारका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । यस सन्दर्भमा उहाँहरू सदस्य राष्ट्रको साझा चाहना तथा सरोकारमा सहकार्य र सहयोग गर्न सहमत हुनुभयो । 
सार्क प्रक्रियाको सबलीकरण:  राष्ट्राध्यक्ष÷सरकार प्रमुखले अन्तर्राष्ट्रिय क्षेत्रमा सार्कको उपस्थिति वृद्धि गर्न आपसी हितका साझा आवश्यकता तथा सामूहिक पहिचानका लागि बहुपक्षीय संस्थाहरूसँग साझा अवधारणा तयार गर्न स्वीकार गर्नुभयो । उहाँहरूले नतिजामुखी नीति, कार्यक्रम, परियोजना तथा क्रियाकलाप विकास गर्न सार्कका सबै निकायहरू, मन्त्रिपरिषद्, क्षेत्रगत मन्त्रीहरू, अन्य निकाय र संस्थाहरूलाई निर्देशन दिनुभयो । नेताहरूले प्रत्येक तीन वर्षमा सार्कका संयन्त्रको कार्य क्षमता पुनरावलोकनसँगै मूल्याङ्कन कार्यक्षमता, उपलब्धि तथा अवरोधको निरन्तर मूल्याङ्कनका लागि अन्तरसरकारीस्तरमा स्थायी समितिलाई गर्न निर्देशन गर्नुभयो ।
विगतमा भएका निर्णय तथा सम्झौतालाई सार्कको लक्ष्यअनुरुप सहकार्य गर्न सचिवालयको भूमिकालाई वृद्धि गर्न नेताहरू सहमत भएका छन् । उदयमान यथार्थअनुरुप आफूलाई सुम्पिएको जिम्मेवारी प्रभावकारी तथा कुशल तबरले पूरा गर्न सार्क सचिवालयका संस्थाको क्षमाता अभिवृद्धि गर्न उहाँहरू सहमत हुनुभएको छ । नेताहरू सार्कका क्षेत्रीय केन्द्रहरूको बन्द र विलयको निर्णय युक्तिसङ्गत भएकामा सन्तुष्टी व्यक्त गर्नुभयो ।  उहाँहरूले सार्कका बाँकी क्षेत्रीय केन्द्रहरूलाई कुशल र विशेष संस्था हुने, नतिजामुखी तथा प्रभावकारी  कार्यक्रम तथा परियोजनाहरू तयार गरि मूर्त परिणाम उपलब्ध गराउन निर्देशन दिनुभयो । 
अबउप्रान्त सार्क शिखर सम्मेलन प्रत्येक दुई वर्षमा गर्ने, आवश्यक भएमा त्योभन्दा अगाडि, मन्त्रिपरिषद्को बैठक एक वर्षमा गर्ने, स्थायी समितिको बैठक कम्तीमा वर्षमा एकपटक बस्ने र कार्यक्रम समितिको बैठक कम्तिमा दुई वर्षमा बस्नेमा नेताहरू सहमत भएका छन् । उहाँहरू कार्यक्रम समितिलाई सार्क बडापत्रको अङ्गका रुपमा लिन पनि सहमत भएका छन् । 
सार्क पर्यवेक्षक:  नेताहरूले अस्ट्रेलिया, जनगणतन्त्र चीन, इस्लामिक गणतन्त्र इरान, जापान, गणतन्त्र कोरिया, मौरिसस, म्यान्मा, संयुक्तराज्य अमेरिका र युरोपियन युनियनलाई शिखर सम्मेलनको सहभागीको रुपमा स्वागत गरेको छ । नेताहरू सम्झौतालाई अगाडि बढाउन संवाद साझेदार स्थापना गर्दै साझेदारका बाहिर विकास गर्ने र नेताहरू सार्क सचिवालयको अध्ययन, पुनरावलोकन तथा विश्लेषण गर्न विद्यमान पर्यवेक्षक संवाद साझेदारका रुपमा विकास गर्न सहमत भएका छन् । उहाँहरूले सार्क सचिवालयले सार्कका पर्यवेक्षकहरूको संलग्नता र उनीहरूको कामका बारेमा गरेको अध्ययनको पनि प्रसंशा गर्नुभएको छ । सदस्य राष्ट्रका प्राथमिकता क्षेत्र पहिचान गरेर सार्क पर्यवेक्षकमा सहभागी भई उत्पादनमुखी, मागअनुरुप तथा लक्षित योजनामा आधारित सहकार्य गर्न कार्यक्रम समितिलाई निर्देशन दिनुभयो ।
उन्नाइसौँ शिखर सम्मेलन:  उन्नाइसौँ शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्ने आह्वानलाई नेताहरूले स्वागत गर्नुभएको छ। 
(राष्ट्रिय समाचार समितिबाट)

Saturday, November 8, 2014

यसरी बचौं क्यान्सरबाट - बाबुलाल भण्डारी - ratopati


unnamedअहिलेसम्म क्यान्सरबारे भएका अनुसन्धानको गिन्ती २४ लाख नाघिसक्दा र खरबौँ खरब डलर स्वाहा भईसक्दा पनि भरपर्दो उपचार फेला पर्न नसके पछि आज आएर चिकित्सा बिज्ञान अन्ततोगत्वा प्राकृतिक खानपान र आहार(बिहार तर्फ नै फर्किन थालेको छ । बैकल्पिक औषधि प्रणालीका बिश्वप्रसिद्ध हस्ती डा.जोसेफ मार्कोला (डिओ) ले क्यान्सरमा तात्विक असर पार्ने कुरा चिरफार (कट),पोलाई (बर्न) र रसायन (किमो) नभएर केबल प्राकृतिक खानपान मात्र हो भनेर यही कुरा स्पष्ट गरेका छन् । क्यान्सर लगायतका प्रायजसो रोगहरुको सफल रोकथाम र उपचारको बाटो केवल खानपान नै हो भन्ने कुरा अब सबैतिर स्पष्ट हुँदै जान थालेको छ । अनि खुसीको कुरा— क्यान्सरको रोकथाम र उपचारको ध्येयले जे जस्ता खाद्यवस्तु हामी खान्छौं, ती सबै सलुब्रियस प्रकृतिका हुने हुनाले अरु धेरै रोगमा समेत उत्तिकै लाभदायक र स्वास्थ्यलाई सुधार गर्ने स्वभावका हुन्छन् । अथवा यसो पनि भन्न सकिन्छ,क्यान्सर बाट जोगीने प्रकृयामा हामी अरु पनि धेरै रोगहरुबाट जोगिई रहेका हुन्छौँ ।
क्यान्सर रोकथाम र उपचारको यात्रामा रहेका हरकोहीले बिर्सनै नहुने खाद्य वस्तु अंकुरित (स्प्राउटेड) अन्न हो । गेडा गुडीहरुलाई ७२ घण्टा (३ दिन) पानीमा भिजाएर अंकुरित हुन दिइएमा त्यसमा आश्चर्यजनक ढङ्गले साबिक इन्जाइममा १० गुणा र पोषक तत्वमा ३० गुणा सम्म बढोत्तरी हुने अध्ययनहरुले देखाएका छन् ।यस अर्थमा यसलाई सुपर फुड मान्न सकिन्छ र यसलाई जो कोहीले पनि सजिलै तयार गर्न सक्दछन् । यस्तो अंकुरणले यसमा रहेको भिटामिन र अत्यावश्यक फ्याटी एसिड तथा खाद्य रेसा (फाइबर) को मात्रामा अत्यधिक वृद्धि गरी प्रोटिनको गुणस्तरमा सुधार सहित क्याल्सियम र म्याग्नेशियम जस्ता खनिज तत्व सँग प्रोटिनलाई आवद्ध गरेर यसलाई हाम्रो शरीर अनुकुल वढि ग्रहणयोग्य बनाउछ ।
different-foods-to-prevent
अंकुरित अन्न कै कारणले हामीलाई अरु खाद्यवस्तुबाट अत्यधिक भिटामीन, खनिज तत्व,एमिनो एसिड र अत्यावश्यक फ्याटहरु अवशोषण गर्नमा समेत सजिलो पर्छ । त्यति मात्र नभएर अंकुरित गहँु, जौं र बाजरामा अमाइलेज भन्ने यस्तो शसक्त इन्जाइम बन्दछ जस्ले क्यान्सरको बाहिरी आबरणलाई पगालेर यसलाई हाम्रो प्रतिरक्षा तागतको नजरमा ल्याइ क्यान्सर बिनासमा भूमिका खेल्दछ । त्यसो त कुनै पनि अन्न र गेडागुडीलाई अंकुरणमा प्रयोग गर्न र स्वास्थ लाभ लिन नसकिने होइन,तापनि सूर्यमुखीका दाना र सानो केराउ लाभको हिसावले सबै भन्दा माथि मानिन्छन् । तर स्मरणीय के छ भने यस्तो अंकुरित खाद्यलाई पकाइयो भने यसको इन्जाइम नष्ट हुनजान्छ ।
अब चर्चा गरौँ प्रोटिनको बारेमा । शरीरका सबै अङ्गको विल्डिङ्ग व्लक र शक्तिको श्रोत प्रोटिनलाई नै मानिन्छ ।तर आवश्यकता भन्दा वढि मात्राको प्रोटिनले उल्टै क्यान्सरलाई बृद्धि गर्ने कुरा अनुसन्धानले देखाएका छन् । धेरै बैज्ञानिक र चिकित्सकहरुले क्यान्सरलाई प्रोटिन मेटावोलाइजेशन (उपपाचन) को समस्या भनेर मान्दछन् । गर्भबति र बढि शारिरीक काम गर्ने बाहेक अरुलाई ज्यादा प्रोटिनको आबश्यकता पर्दैन पनि । साधारणतयाः प्रतिके.जी. १ ग्रामको दरले ३५ देखि अधिकतम ७५ ग्राम प्रोटिन हामे दैनिक आबश्यकता मानिएको छ भने औषत मान्छेहरुलाई ५० ग्रामको मात्रा नै पर्याप्त हुन्छ । तर ज्यादा शारिरीक परिश्रम गर्ने व्यक्ति,खेलाडी र गर्भबति महिलाहरुले चाहिँ यसको २५ ५ सम्म अतिरिक्त मात्रा लिन सक्तछन् । त्यसैले ज्यादा प्रोटिन लिन बाट क्यान्सर रोगीहरु हमेसा बच्नु र बरु ज्यादा प्रोटिनको सट्टा घ्यूफल (एभोकाडो),अलिभ, कोकोनट र अरु स्वस्थ तेलबाट क्यालोरी आवश्यकताको परिपुर्ति बढि स्वस्थकर साबित हुन्छ । के कस्ता कति खाद्य वस्तुबाट कति ग्राम प्रोटिन प्राप्त हुन्छ भन्ने जानकारीको लागि खाद्य वस्तुको चार्ट हेर्न सकिन्छ ।
क्यान्सर संगको लडाँइमा अत्यन्त शसक्त भुमिका खेल्ने अर्को चिज हो– भिटामिन सि र यस बिषयमा केन्दि«त भएर प्रसस्त अनुसन्धान भएका छन् र क्यान्सरलाई निवारण गर्ने यस्को बहुआयामिक भुमिका स्पष्ट भएको छ । यसले प्रथमतः शरीरको अम्लिय तहमा सुधार गरी पि.एच.लाइ क्षारिय पार्छ । फलतः अक्सिजन प्रवाहमा सुधार आउछ र क्यान्सरलाई प्रतिकुल परिस्थिती बन्दछ । त्यस्तै भिटामीन सि ले एकातिर हाइड्रोजन पेरोक्साइड निर्माण द्वारा कोषबृद्धिमा अबरोध गर्दै सोझै कयान्सरको मुकाबला गर्ने र अर्को तिर इन्टरफेरोन पैदा गरेर पनि क्यान्सरलाई बढ्न दिदैँन । अझ महत्वपूर्ण कुरा के छ भने भिटामीन सी ले प्रतिरक्षा सेल (डब्लु.बि.सि)मा प्रचुर बृद्धि गरेर नेचुरल किलर सेलको मद्दतले सोझैै क्यान्सरमा हमला गर्छ । एबं प्रकारले किमो र रेडिएशन लिइ रहेका बिरामीलाई औषधीका दुस्प्रभाब कम गरी सजिलो पार्ने र किमो र रेडिएशनको प्रभाबकारीतामा समेत यसले सुधार ल्याउँछ । यसका अतिरिक्त भिटामिन सि.ले हेभी मर्करी जस्ता बिषालु धातुलाई सुद्धिकरण समेत गर्ने बताइएको छ । यसबाट स्पष्ट हुन्छ, क्यान्सर संगको हाम्रो लडाइमा भिटामीन सि.को अहं भुमिका रहन्छ । फेरी कागती र अमला जस्ता साधारण र सहज उपलब्ध हुने वस्तुबाटै भिटामीन सी को आपूर्ती हूने र सरीरमा संचित भएर नरहने समेतका कारणले यसलाई अत्यन्त सुरक्षित भिटामीनको रुपमा लिने गरिन्छ ।
cancerयता, विश्वमा अत्यन्त सफल मानिएका वैकल्पिक क्यान्सर उपचार प्रोटोकलहरुमा समावेश गर्ने गरेको सेलेनियमले धेरै प्रकारका क्यान्सरको उपचारमा सकृय भुमिका खेल्ने र यस्को उचित आपूर्तीले क्यान्सरको संभाबना ६३ प्रतिशत सम्म कटौती गर्ने अनुसन्धानबाट खुलेको छ । खाद्य वस्तुमा यस्को मात्रा त्यहाँको जमिनमा मौजुद यसको मात्राले निर्धारण गर्ने कुरा हो । उत्तरी अफ्रिकाका ग्रामीण वस्तीका किसान समुदायमा क्यान्सरका घटना झण्डै सुन्यको बराबर हुनुमा त्यहाँको माटोमा सेलेनियमको आधिक्यता नै मूल कारण मानिन्छ । हाम्रो दैनिक सेलेनियम सरदर आबश्यकता ५५ माइक्रो ग्राम तोकिएको र ढिकीमा कुटेको चामल (ब्र्राउन राइस) नफलेको गहुँको पिठो (मैदा होइन),तिल, सुर्यमुखी र च्याउ आदिबाट सजिलै यस्को परिपुर्ती हुन सक्तछ । यस्ले क्यान्सर बाहेक थाइराइड ग्रन्थीलाई सूचारु गर्ने र एण्टि अक्सिडेन्ट सुरक्षा बढाउने अर्थात फ्रि रेडिकल नोक्सानीबाट सुरक्षा दिएर अरु कैयौँ रोगहरुबाट हामीलाई बचाउँछ र ज्यादै उपयोगी साबित हुन्छ ।
उपरोतm बाहेक क्यान्सर रोकथाम र उपचारमा हाम्रा दैनिक जिबनमा आउने घरेलु खाद्य वस्तुको महत्व पनि कम छैन । यस्तो पहीलो वस्तु हा,े लसुन । लसुनका एण्टी ब्याक्टेरीयल गुणलाई लुइस पाश्चरले सन १८५९ मै कन्फर्म गरेका थिए । हृदय रोग देखि पाचनतन्त्र लगायतका कैयौँ रोगमा यसलाई अत्यन्त हितकारी मानिन्छ । अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटले यसलाई क्यान्सर बिरुद्धकोे शक्तिशाली तरकारी वा मसलाको रुपमा पहिचान गरेको छ । यसमा पाइने एलिसिन भनिने सल्फर कम्पाउण्डले शसक्तरुपमा क्यान्सर पैदा हुन रोक्ने र भै सकेको अवस्थामा बढ्न र अरु अङ्गमा फैलिनमा रोकबट ल्याउछ । पाचन अङ्गका क्यान्सरमा बिशेष उपयोगी मान्ने गरिए पनि अरु सबै प्रकारका क्यान्सरहरुमा समेत यसको उत्तिकै उपयोगीता पहिचान भएको छ । तर हेक्का रहनुपर्दछ,यस्तो एलिसिन भन्ने उपयोगी तत्व लसुनलाई टुव्रmाउदा वा पिनेर धुलो पार्दा मात्र बन्ने र सव्रिmय हुने गर्दछ र पकाउदा यसको औषधीय गूणमा कटौती आउछ ।
विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार यसको दैनिक अधिकतम उपभोग्य मात्रा २ देखि ५ ग्राम मात्र निर्धारित भएको छ । त्यस्तै कोलक्रोप्स या क्रुसिफेरस तरकारी समूहमा पर्ने बन्दागोभी, फूलगोभी र ब्रोकाउलीहरुले पनि क्यान्सर बिरुद्ध हाम्रो राम्रो प्रतिरक्षा गर्दछन् । यि मध्ये पनि ब्रोकाउली र अझ खासगरी यसका बिरुवा (स्प्राउट)मा इन्डोल –३ कार्बिनोल र सल्फोराफेन जस्ता फाइटो केमिकल्स पाइन्छन् जो क्यान्सर रोकथाममा प्रामाणिक नै हुन् । गोलभेंडामा पाइने लाइकोपेन र सि.भिटामीन पनि क्यान्सरमा उत्तिकै उपयोगी वस्तु मानिन्छन् । यता गाजर एण्टि अक्सिडेन्टको प्रचुर श्रोत हुंदै हो र यसले हाम्रो प्रतिरक्षालाई अत्यन्त मजबुत गर्दछ । यसबाट मिल्ने बिटा क्यारोटिन क्यान्सरको ज्यादै प्रभाबी उपचार साबित भएको छ र यसैको एउटा रुप रेटिनोलले आखाँको दृष्टि क्षमतालाइ बचाउनुका अतिरिक्त छालामा चाउरी पर्नबाट रोकेर असमयमै बुढो जस्तो देखिइने(एइजिङ्ग) प्रकृयामा समेत सुधार ल्याउछ । त्यसैगरी बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामीन ए मा बदल्छ र यो पनि क्यान्सरको त्यतिकै प्रभाबी उपचार बन्छ । तर केही अध्ययनहरुबाट धु्रमपान गर्नेहरुमा ठूलो मात्राको बिटाक्यारोटिनले फोक्सोको क्यान्सरको संभाबना बढाइदिएको पाइएको छ ।
diet-and-bowel-cancer-2
त्यस्तै कुरीलो पनि डाइटरी फोलेट र एण्टी अक्सिडेन्टको एउटा राम्रो श्रोत हो र यसको जरा र डाँठको स्यापोनिनले संव्रmमणलाई रोक्ने र क्यान्सर उपचारमा राम्रो सहयोग गर्छ । यसको ४ टेबुल चम्चा दिनमा १ पटक क्यान्सरको रोकथाम र त्यति नै मात्रा दैनिक २ पटक यसको उपचारमा प्रयोग गरेको पाइन्छ । अनि बेसारमा पाइने ककर््यूमिनले घाउ र संक्रमणमा राम्रो काम गर्ने भएकाले सदियौँ देखि घरेलु रुपमा यसको प्रयोग हुँदै आएको छ । यसले ग्रोथ फ्याक्टरलाई नै रोकेर क्यान्सर निराकरणमा अत्यन्त राम्रो काम गर्ने र मस्तिष्क ट्युमरमा चाहीँ यो अझ बेजोड प्रभाबोत्पादक हुने बताइन्छ । बेसारको प्रयोगले खानाबाट अरु भिटामीन ,पोषकतत्व र इन्जाइमलाई अवशोषण गरेर लिनमा पनि थप बल मिल्ने भए पनि यसको प्रतिदिन २.५ देखि ३ ग्राम भन्दा बेसी मात्राले शरीरमा ज्यादा गर्मी गर्ने संभाबनालाई इन्कार गर्न सकिन्न ।
त्यस्तै अदुवाको प्रयोगले आश्चर्यजनक रुपले क्यान्सर सेलहरुलाई झुक्याएर एक अर्कालाई नै समाप्त गर्ने आत्मघात (अपोप्टसी) तर्फ प्रेरित गर्दछ भने ग्रीन टि मा पाइने पोलिफेनोलले पनि क्यान्सरको नियमित आत्महत्याको यहि प्रकृयालाई नै तिव्र पार्ने र अरु धेरै शारीरिक र स्नायविक रोगहरुमा समेत आराम गर्छ । तर वाञ्छित नतिजाको लागि दैनिक कम्तिमा ५ कप ग्रिन टि नियमित पिउनु पर्ने विशेषज्ञहरुको सुझाब छ । भुंईकटहर आफैँमा क्यान्सरको एउटा बेजोड उपचार मानिन्छ र यसमा पाइने व्रोमिलेन भन्ने इन्जाइमले क्यान्सर सेललाई लुकाउने झिल्लीलाई पगालेर त्यसलाई हाम्रो प्रतिरक्षाको नजरमा ल्याइदिन्छ । अनि, खाद्य च्याउको बिषयमा २०१३ मा बासिङ्गटनमा बिश्व शिखर सम्मेलन नै भइसकेको छ र यसका ब्यापक औषधीय बिशेषता उजागर मात्र भएका छैनन् हाम्रा तमाम रोगहरुमा यसबाट बिलक्षण लाभ पुग्ने देखिएको छ । क्यान्सर अनुसन्धान र उपचारमा संसारकै अग्रणी क्यालिफोर्नियाको सिटि अफ होपका बैज्ञानिकहरुले बृहत अनुसन्धानबाट प्रकाशमा ल्याएका च्याउका क्यान्सर प्रतिरोधी गूणहरुका अतिरिक्त बिशेषत रातो च्याउ (रेसी, गानोदर्मा) लाई लिएर यस्ता सकारात्मक नतिजाको दाबी गरिएको छ कि उपयोगीताका दृष्टीले यसलाई अमृत समान मान्न सकिन्छ । तर जङ्गली च्याउका केही प्रजाती अत्यन्त बिषालु हुने हँुदा उपयोग गर्नु अघि पहिचानमा स्पष्टताको खाँचो रहन्छ ।
त्यसैगरी कालो अङ्गुरमा हुने बायोफ्लेभोनाइड, एलेजिक एसिड र अझ खासगरी रेस्वेराटोल जस्तो पोषक तत्वले क्यान्सर विरुद्ध धेरै राम्रो काम गर्दछ । यसले क्यान्सर र त्यसमा पनि रक्त क्यान्सरहरुमा किमोथेरापीले छुन नसकेका क्यान्सर सेलहरुलाई पनि लक्षित गर्ने खुबी राख्दछ जसरी अनारमा पाइने प्यूनिकालजिन भन्ने तत्वले धेरै प्रकारका क्यान्सर र अझ खासगरी प्रोस्टेट क्यान्सरमा प्रभाव देखाउछ । क्यान्सरको एउटा महत्वपूर्ण कारणमा बजार इलाकामा आपूर्ती हुने खाने पानीमा सुद्धिकरणको नाममा मिसाइएको क्लोरिन र फ्लोराइड पनि हो । पानी सुद्ध गर्ने भनिएका यि रसायन हितकारी भएर नभई सस्तो भएकै कारणले सर्वत्र व्यापक चल्तिमा छन् । यस्तो पानी प्रयोगबाट सधैँ वच्ने र अनिबार्य अवस्थामा पिउनु अघि यस्तो पानीमा आधाघण्टा सुन्तलाका बोक्रा भिजाइ सुद्ध गर्ने र नुहाउने प्रयोजनको पानीको हकमा भिटामीन सि का चक्की द्वारा उपचार गरेर पनि सुद्धिकरण गर्न सकिन्छ । त्यसैले पनि फ्रान्समा पानी सुद्धिकरणका लागि क्लोरिनेशन नगरी ओजोनेशन गरिन्छ र सबैलाई थाह छ संसारमा ज्यादै थोरै क्यान्सर रोगी भएका मुलुक मध्ये फ्रान्स पनि एउटा हो ।अन्तमा सेतोनुनको सट्टा गूणकारी सिधेनूनलाई प्रयोग गर्ने र दैनिक २.५ लिटर पानी नियमित पिउने बानी बसालेर सरीरका प्रणालीलाई चुस्त दुरुस्त राख्नु पनि क्यान्सरको सन्दर्भमा त्यतिकै जरुरी छ ।
माथिका सबै छलफलहरुलाई समेटेर एउटै कुरा भन्न सकिन्छ –क्यान्सरले अरु नभएर खानपानलाई मात्र सुन्छ र टेर्छ । धेरै पकाइएको एवं चिनी र मासु प्रचुर भएको खानाले क्यान्सर निम्त्याउछ भने यस्को उल्टो प्रशोधन नभएको र थोरैमात्र पकाइएको प्राकृतिक खानाले क्यान्सरलाई भगाउँछ । क्यान्सरलाई बिषाक्त औषधी र पिडादायी बिधीबाट निकोपार्ने धृष्टता नै हाम्रो सबैभन्दा गंभिर र महङ्गो भूल हुने गरेको छ ।

Friday, November 7, 2014

अरुलाई रुवाउँदै गए आलोक - pahilopost








काठमाडौँ : म्युजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्बाङ्गको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा भवन कमलादीमा राख्दा कलाकर्मीका आँखा ओभाना थिएनन्। बिहीबार राति साढे आठ बजे आफ्नै निवासमा झुण्डिरहेको अवस्थामा उनको शव फेला परेको थियो। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम् गरेपछि उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा राखिएको थियो।

श्रद्धाञ्जली दिन आएका गायकदेखि नायकसम्म, उनका समकालिन म्युजिक भिडियो निर्देशकदेखि नायिका तथा मोडलहरु भाव विह्वल भएका थिए। आलोकका भिनाजु विजय लामा आउने मान्छेहरुसँग कुरा गर्दै आलोककी आमाको रेखदेख गरिरहेका थिए। श्रद्धाञ्जली दिन आएका नायिकाहरु प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, झरना थापा, सुष्मा कार्की, गौरी मल्ल लगायतका आँखाबाट लगातार आँसु बगिरहेका थिए।

श्रद्धाञ्जली दिएर प्रज्ञाको डबलीको अन्तिम पंक्तिमा भुषण दाहाल, सुरजसिंह ठकुरी, योगेश्वर अमात्यहरु भावविह्वल मुद्रामा थिए। कोही बोल्न चाहिरहेका थिएनन्। सबै भक्कानिरहेका थिए। गायक रामकृष्ण ढकाल, सत्यराज आचार्य, आरजे नरेश पौडेलहरु आलोकको सिर्जनशीलताको प्रशंसा गरिरहेका थिए।


पार्थिव शरीरको मुखाकृति देखेपछि सञ्चार मन्त्री मिनेन्द्र रिजालले 'सुतिरहेको हो कि डेड बडी हो' भनेका थिए। उनको निवासबाट प्रहरीले नोटसहित केही डायरीहरु फेला पारेको थियो। त्यसमा रोइरोइ बाँच्नुभन्दा हाँसी हाँसी मर्नु वेश लेखिएको थियो।


नायिका नम्रता श्रेष्ठ र आलोककी आमा।


भुषण दाहाल।


छोराको शवसित आमा।




रामकृष्ण ढकाल।


नायिका नम्रता श्रेष्ठ। उनलाई सानो संसार फिल्ममार्फत् ठूलो पर्दामा ब्रेक दिने आलोक नै थिए।


नम्रता।






केकी अधिकारी।


सुश्मा कार्की, सञ्चिता लुइँटेल, नन्दिता केसी, रीमा विश्वकर्मा लगायत।






सञ्चार मन्त्री मिनेन्द्र रिजाल।


नायिका निशा अधिकारी।


नायिका प्रियङ्का कार्कीलाई सम्हाल्दै निलु डोल्मा शेर्पा।


प्रियङ्का कार्कीको आँखाबाट बगेको आँसु।


निशा अधिकारी र प्रियङ्का कार्की।


निशा अधिकारी र प्रियङ्का कार्की




नम्रता श्रेष्ठ।









Thursday, November 6, 2014

पुटिन संसारकै शक्तिशाली ब्यक्ति, मोदी १५ औं नम्बरमा विल गेट्स सातौं, फेसबुक मालिक २२ नम्बरमा - onlinekhabar


एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन संसारकै शक्तिशाली ब्यक्ति घोषित भएका छन् ।


पुटिन र अोबामा

अमेरिकी पत्रिका फोब्र्सले सन् २०१४का सर्वाधिक शक्तिशाली एक सय ब्यक्तिको सूचीमा पुटिनलाई पहिलो स्थानमा राखेको छ । उनी अघिल्लो बर्ष पनि पहिलो स्थानमै थिए ।

फोब्र्सले बुधबार सार्वजनिक गरेको सूचीअनुसार दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपति बराक ओबामा, तेस्रोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, चौथोमा पोप फ्रान्सिस र पाँचौं नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केल रहेका छन् ।

माइक्रोसफ्ट मालिक बिल गेट्स सातौं स्थानमा छन भने गुगलका मालिक सर्गेइ र ल्यारी नवौं नम्बरमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १५ औं स्थानमा छन् । यस्तै फेसबुक मालिक मार्क जुकरवर्ग २२ औं र एप्पलका प्रमुख कार्यकारी टीम कुक २५ औं शक्तिशाली ब्यक्ति घोषित भएका छन् ।

फोब्र्सको सम्पादकीय मण्डलको चयनमा यो सूची सार्वजनिक हुने गर्छ । फोब्र्सले भनेको छ- यो सूची राजनीतिक प्रभावका आधारमा मात्र नभई सैनिक तथा आर्थिक साधनमाथिको प्रभावमा पनि आधारित छ ।’

पुटिन पछिल्लो समय युक्रेन बिबाद र त्यसमा उनको भूमिकाका बिषयलाई लिएर बिश्व राजनीतिमा चर्चामा छन् । उनकै डिजाइनअनुसार युक्रेनको महत्वपूर्ण भूभाग क्रिमिया रसियामा बिलिन गराइएको र फेरि युक्रेनलाई बिभाजन गर्न लागिएको आरोप लाग्दै आएको छ ।

यस्तो छ, शक्तिशाली ब्यक्तिको सूची
१. भ्लादिमिर पुटिन, राष्ट्रपति, रुस
२. बराक ओबामा, राष्ट्रपति, अमेरिका
३. सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी
४. पोप फ्रान्सिस, प्रमुख, रोमन क्याथोलिक चर्च
५. एन्जेला मर्केल, जर्मन चान्सलर
६. जनित एलेन, अमेरिकी गर्भनर
७. बिल गेट्स, माइक्रोसफ्टका मालिक
८. मारियो ड्राघी, युरोपियन केन्द्रीय बैंकको प्रमुख
९. सर्गेइ ब्रेन र ल्यारी पेज, गुगलको संस्थापक
१०. डेभिड क्यामरुन, यूकेको प्रधानमन्त्री
११. अब्दुल्लाह विन अब्दुल्ला अजिज अल साउद, साउदी अरबको राजा
१२. वारेन वफेट, अमेरिकी धनाढ्य
१३. ली के क्वेङ, चिनियाँ प्रधानमन्त्री
१४ कार्लोस स्लीम हेलु, अमेरिकी धनाढ्य
१५. नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री
१६. जेफ बेजोस, अमेजन कम्पनिका प्रमुख कार्यकारी अधिकृत
१७. फ्रान्सीस ओल्याण्ड, फ्रान्सको राष्ट्रपति
१८. जेमी डिमोन, जेपी मोर्गान चेस कम्पनिका प्रमुख कार्यकारी अधिकृत
१९. अली होसेनी खमेनी, इरानको सर्बोच्च नेता
२०. रेक्स टेलर्सन, एक्सन मोबिल कम्पनिको प्रमुख कार्यकारी अधिकृत
२१. जेफ्री इम्लेट, जनरल इलेक्टि्रक कम्पनिको प्रमुख कार्यकारी अधिकृत
२२. मार्क जुकर्वर्ग, फेसबुकको मालिक
२३. मिखाइल ब्लुमबर्ग, ब्लुमबर्ग कम्पनिको प्रमुख कार्यकारी अधिकृत
२४. चाल्र्स कोच र डेभिड कोच, कोच उद्योगको प्रमुख कार्यकारी अधिकृत
२५. टिमोथी कुक, एप्पल कम्पनिको प्रमुख कार्यकारी अधिकृत - See more at:

Wednesday, November 5, 2014

युरिक एसिड : कसरी जोगिने? - ekantipur


डा. कपिलमणि केसी




कार्तिक १८ - हाम्राे शरीरमा प्रोटिनको मेटाबोलिजम भएर निस्किने तत्त्वलाई युरक एसिड भन्दछन्। न्युक्लिक एसिड र प्युरिन गु्रपको प्रोटिनबाट मात्र युरिक एसिड बन्दछ। जुन सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ। ७० प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन र तीस प्रतिशत केसमा हामीले खाने प्रोटिनबाट युरिक एसिड बन्छ।

शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागि रगतको जाँच गर्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्ा्राम प्रतिडेसिलिटरलाई सामान्य मानिन्छ। जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थालाई हाइपरयुरिसेमिया भन्छन्। हाइपरयुरिसेमिया हुने अवस्थामा पनि बिमारीलाई जोर्नी दुख्ने र सुन्निने नहुन सख्छ। युरिक एसिड रगतमा ओभर स्याचुरेसन भएर जोर्नीको वरिपरि मासुमा, टेन्डनमा, अथवा काटिर्लेजमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने अवस्थालाई गाउटी अर्थराइटिस् भन्छन्।

युरिक एसिड बढ्ने धेरै मानिसमा भए पनि अर्थराइटिस् चाहिँ कमै मात्र मानिसलाई हुन्छ। यो समस्या हरेक सयमा १० जना पुरुषमा हुँदा एकजना महिलालाई मात्र हुन्छ। ९५ प्रतिशत बिमारीहरूमा युरिक एसिड बढ्ने कुनै कारणहरू देखिँदैन। यस्तो अवस्थालाई प्राइमरी गाउट भनिन्छ भने पाँंच प्रतिशतमा कुनै कारणबाट युरिक एसिड बढेको पाइन्छ। यसलाई सेकेन्डरी गाउट भनिन्छ। लामो समयसम्म एस्पिरिन (रगत पातलो बनाउने औषधि), डाइयुरेटिक्स् (उच्च रक्तचापको औषधि), पाइराजिनामाइड (क्षयरोगको औषधि) सेवन गर्ने, ज्यादा जाँडरक्सी र प्रोटिन भएको खानेकुरा खाने, वंशानुगत रूपमा एक प्रकारको इन्जाइमको अभाव भएका मानिस, शरीरमा भएका कोषहरू बढी टर्नओभर हुने रोगहरू जस्तो हेमोलाइटिक डिजिज्, माइलोप्रोलिफेरेटिभ् डिजिज् भएका बिमारी, पुरु षहरूमा उमेर बढ्दै जाँदा रगतमा युरिक एसिड बढ्छ।

धेरैजसो मानिस युरिक एसिड बढेर देखिने लक्षणहरूसँग अनभिज्ञ छन्। सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढीऔंलाको फेदमा अत्यधिक दुख्ने, सुन्निने र हिँड्न अप्ठ्यारो हुने, मानाैं कि हड्डी भाँचिएको जस्तो महसुस भएमा युरिक एसिड बढेको संकेत गर्छ। यद्यपि धेरैजसो मानिसमा बुढीऔंलाको फेदमा समस्या देखिए पनि कुर्कुच्चा, घँुडा, कुहिना र औंलाका जोर्नीमा पनि युरिक एसिड बढेर दुखाइ हुन सक्छ।

कहिलेकाहीं युरिक एसिडको दुखाइ जोर्नीमा संक्रमण भएर पिप जमेको जस्तो हुन्छ। तर बिमारीले भनेजस्तो ढाड दुख्ने, दुई वा दुईभन्दा बढी जोर्नीहरू सामान्य रूपमा दुख्ने, हातखुट्टा झमझम गर्ने र जोर्नी जाम भएको अवस्थालाई युरिक एसिड भएको हो भन्न मिल्दैन। हिजोआज यस्ता समस्या बोकेर हाडजोर्नी ओपीडीमा आउने बिमारीको संख्या बढ्दो छ। त्यसकारण सबै बिमारीलाई यसको लक्षणका बारेमा स्पष्ट ज्ञान भएर अनावश्यक रूपमा खानामा बन्देज लगाउने, बाराम्बार युरिक एसिडको जाँच गराउन अस्पताल धाउने, अनावश्यक रूपमा युरिक एसिड भएको चिन्ता लिने गर्नु हँुदैन। सुन्नेको जोर्नीबाट सुई हालेर निकालेको चिजलाई माइक्रोस्कोपमा जाँच्दा नेगेटिभ्ली वाइरेपि|mजेरेन्ट क्रिस्टल देखिएमा युरिक एसिडको अरू थप डाइग्नोसिस हुन्छ।

युरिक एसिड बढेर अत्यधिक दुखेको बेलामा सबैभन्दा पहिला सुन्निन र दुख्न कम हुने औषधि जस्तै न्याप्रोसिन, भोवेरानलगायत औषधिको साथमा कोल्चिसिन भन्ने औषधि सेवन गर्नुपर्छ। सुरुमै धेरै दुखेको अवस्थामा युरिक एसिड घटाउने औषधि जस्तो एलो पुरिनोल, फेबोस्टाट खाएमा युरिक एसिडको मात्रा रगतमा अचानक घट्दा जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भएर झन् दुखाइ बढ्न जान्छ। त्यसकारण युरिक एसिड घटाउने औषधि जोर्नी दुख्ने र सुन्निने कम भएपछि मात्र खानुपर्छ। तर प्रत्येक बिमारीमा युरिक एसिड घटाउने औषधि खान अनिवार्य छैन। यदि एन्टिइन्फ्लामेट्री औषधि खाएर दुख्न र सुन्निन कम नभएमा, रगतमा युरिक एसिडको मात्रा अत्यधिक बढेको अवस्थामा, बारम्बार रोगका लक्षणहरू देखा परेमा, जोर्नीहरू नै बिग्ा्रेेको अवस्थामा युरिक एसिड घटाउने औषधि लामो समयसम्म खानुपर्छ। माथिका यी अवस्थामा बाहेक एन्टिइन्फ्लामेट्री औषधिको सेवन र खानपानमा बन्देज गरेर लामो समयसम्म युरिक एसिडलाई रोगथाम गर्न सकिन्छ।

जहाँसम्म खानपानको सबाल छ, युरिक एसिडको समस्या भइसकेपछि धेरैजसो बिमारीले अत्यधिक मात्रामा खानपानमा बन्देज गरेको पाइन्छ। लसुन, प्याज, चिल्लो, अमिलो, फलफूलदेखि दहीलगायत धेरै पौष्टिक चीजहरू नखाने गर्छन्। यसरी सबैजसो खानेकुरा बन्देज गर्न जरुरी पनि छैन। बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्त्वमा कमी भई थप समस्या उत्पन्न हुन सक्छ। विशेष गरी माछा, मासु -रातो मासु), कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरू पूर्णर् रूपमा खान हुँदैन। यस्ता खाने चीजहरूमा प्युरिन भन्ने प्रोटिन अत्यधिक बढी हुन्छ जुन युरिक एसिडको मुख्य स्रोत हो।

युरिक एसिड मिर्गौलाबाट फिल्टर भएर पिसाबसँगै निस्कने हुँदा प्रशस्त पानी तथा झोल पदार्थ खानुपर्छ। यसो गर्दा पिसाबबाट बढीभन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ। यसले रगतमा यसको मात्रा कम हुन्छ। युरिक एसिडको समस्या भएका बिमारीहरूले नियमित रूपमा रगतमा युरिक एसिडको जाँच गराउनुपर्छ। सामान्यतया युरिक एसिडको मात्रा ५ मिलिग्ा्रामप्रति डेसिलिटरभन्दा कम भएको राम्ा्रो हुन्छ।

युरिक एसिड लगातार बढिरह्यो भने दीर्घकालीन रूपमै बिरामीले जटिलता खेप्नुपर्ने हुन्छ। लामो समयसम्म

रगतमा युरिक एसिडको मात्रा बढेमा जोर्नीमा समस्या देखिन सक्छ। युरिक एसिडका क्रिस्टलहरू जोर्नीभित्र जम्मा भएमा यसले कार्टिलेजलाई बिस्तारै क्षति पुर्‍याउँदै जान्छ र अन्तमा जोर्नी पूर्ण रूपमा बिगि्रन सक्छ। मिर्गौलाको भित्री सानासाना कोषहरूमा युरिक एसिड जम्मा भएर यसले बिस्तारै मिर्गौलाका कोषहरूलाई क्षति पुर्‍याउन सक्छ।

सुुरुसुरुको अवस्थामा मिर्गौलामा नेप|mाइटिस्को समस्या देखा पर्छ र अन्तमा दुवै मिर्गौलाले काम नगर्ने स्थिति हुन सक्छ। अर्कोतर्फ युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर मिर्गौलामा पत्थरी पनि बन्न सक्छ। यसलाई युरेट स्टोन भन्छन्। शरीरमा युरिक एसिड बढ्दै गएमा कोलेस्ट्रोलको मात्रा पनि बढ्दै जान्छ। यसले मुटुमा पनि केही असर देखाउन सक्छ। तर युरिक एसिडको मात्रा सामान्यमा राख्न सक्यौं भने यी सबै जटिलता नगन्य मात्रामा देखिन्छन्।
केसी मीनभवनस्थित सिभिल सर्भिस अस्पतालका सर्जन हुन्।

Thursday, October 9, 2014

पूर्वयुवराज पारस साह बैंककमा फेरि पक्राऊ (तस्वीरसहित) तस्वीरमा यस्तो देखियो पारसको गँजडी रुप - onlinekhabar




२४ असोज काठमाडौं । अवैध लागूऔषध कारोबारमा पटक-पटक समातिँदै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन् । पक्राऊपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ ।

हत्कडी लगाइएका पारसको अनुहार केही कालो र गँजडीकोजस्तै बिद्रूप देखिएको छ । पाङ्ग्रे टीसर्टमा देखिएका पारसलाई उनकै कार अगाडि हत्कडीसहित उभ्याएर प्रहरीले बरामद गरिएको लागू पदार्थ सार्वजनिक गरेको छ । त्यसपछि उनलाई पुलिस स्टेसनमा सार्वजनिक गरिएको छ ।
साह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ । सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो ।



पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।

साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

यसअघि लागू अाैषध काराेबार पटक पटक समाितने गरेका शाह गत फेब्रुअरीमा हृदयाघात भएपछि लामाे समय अचेत बनेर निकाे भएका थिए ।

पारस पक्राउ परेपछिका केही दृश्य





तस्वीर श्रोत थाइ समाचार

Wednesday, October 8, 2014

कस्ता रोगीले कस्तो फलफूल खाने ? - ratopati


आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम छ । धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले कुनै पनि फलफूल नखाने गरेको पाइएको छ । एक त फलफूल अरु खानेकुराभन्दा अलि महँगो हुने भएका कारण पनि नेपालीहरुले यसलाई नियमित सेवन गर्दैनन् । तर यदि तपाईं फलफूल किनेर खानुहुन्न र पैसा बचाउनुहुन्छ भने रोगको उपचारको लागि डाक्टर र औषधीमाथि तपाईंको थुप्रै रकम खर्च हुनसक्छ । त्यसकारण आफ्नो रोगको अनुसार फलफूलको सेवन गर्नुहोस् र स्वस्थ रहनुहोस् ।

१. उच्च रक्तचापः

अंगुर, टमाटर, तरबुजा, केरा, नास्पाती, बन्दा, कागती, कांक्रो

२. रगतको कमीः

अनार, गोलभेडा, सुन्तला, अंगुर, स्ट्रबेरी, गाजर, अंजीर, आरुबखडा

३. उच्च कोलेस्ट्रोलः

आँप, ओखर, जामुन, सुन्तला

४. मुटुको रोगः

केरा, भुइंकटर, तरबुजा, नास्पाती

५. कलेजोको विकारः

मेवा, कागती, अंगुर, गोलभेडा, काँक्रो

६. मधुमेहः

गोलभेडा, तरबुजा, नास्पाती, अमिला फलफूल, अम्बा

७. खोकीः

अंगुर, स्ट्रबेरी, नास्पाती, भुँइकटर, कागती, सुन्तला

८. दाँतको रोगः

अंगुर, स्ट्रबेरी

९. कम्मर दुखाईः

तरबुजा, नास्पाती

१०. मोटोपनाः

कागती, सुन्तला, अंगुर, भुँइकटर, मेवा, बन्दा, गोलभेडा

११.बुढ्यौलीपन रोक्ने उपायः

कालो अंगुर, अमला, अंगुर, गोलभेडा

१२. दमः

सुन्तला, नास्पाती

१३. अनुहारमा मुसाः

आँप, अंगुर, सुन्तला, तरबुजा, स्ट्रबेरी

१४. जन्डिस:

कागती, नास्पाती, अंगुर, काँक्रो, मेवा

१५. मृगौलाको रोगः

कागती, सुन्तला, काँक्रो

Monday, September 29, 2014

रक्तचाप र मुटुको सम्बन्ध - nagariknews


डा. रमेश ढकाल

मुटु स्वस्थ राख्न यसलाई चाहिने उचित वातावरण आवश्यक पर्छ। त्यस्तै वातावरणमध्ये एक हो– रक्तचाप। यदि रक्तचाप साधारण नभएमा मुटुलाई हानि गर्छ।


त्यसमा पनि उच्च रक्तचाप मुटुका लागि नराम्रो कारक तŒव सावित भइसकेको छ। एक्काइसौं शताब्दीको संघारमा औषधी विज्ञानले जुन सफलता प्राप्त गरेको छ। उत्तिकैरूपमा चुनौती पनि थपिँदै गएको छ। मुटु अस्वस्थ पार्नमा उच्च रक्तचापको भूमिका उपल्लो दर्जामा रहन्छ। नेपालमा दिनानुदिन उच्च रक्तचापका बिरामीको तथ्याङ्क बढ्दो छ । बेलैमा नियन्त्रण नगर्ने हो भने यसको असर चौतर्फीरूपमा देखिने निश्चित छ।

रक्तचाप के हो?
धमनीको भित्तामा बगिरहेको रगतले दिने चापलाई रक्तचाप भनिन्छ। यो औसत १२०/८० ± १० मि.मि अफ पारो ९ : हुन्छ। यो रक्तचाप वयस्क मानिसको हो। नवजात शिशु एवं साना बालबालिकाको रक्तचाप थोरै र उमेरअनुसार अलिअलि रक्तचाप बढदै जान्छ। नवजात शिशुको रक्तचाप ६५/४५ मि.मि. अफ पारो हुन्छ। १ वर्षदेखि ४ वर्षसम्मको बच्चाको ८५ का मुनि ६० हुन्छ। ८ वर्षको बालकको रक्तचाप ९५ का मुनि ६० हुन्छ। १० वर्ष उमेर समूहदेखि माथि १०० का मुनि ८० रक्तचापलाई साधारण मानिन्छ। यदि यी माथिका उमेर समूहको रक्तचाप भन्दा बढता देखिएमा ती उमेर समूहअनुसार रक्तचाप बढी मानिन्छ। यदि मिर्गौला रोग लागेका व्यक्ति वा पिसाबमा प्रोटिन देखिएका बिरामीको रक्तचाप १३० का मुनि ९० भए पनि त्यसलाई उच्च रक्तचाप मानिन्छ र उपचार आवश्यक पर्छ।

कस्तालाई उच्च रक्तचाप हुन सक्छ?
१. चुरोट र सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरु।
२. उमेर बढ्दै गएका व्यक्तिहरु।
३. शरीरमा कोलेस्ट्रोल भन्ने बोसो धेरै भएका मानिस।
४. अत्यधिक वजन भएका व्यक्ति
५. शारीरिक क्रियाकलाप कम गर्ने (अल्छी)।
६. मधुमेह रोगका बिरामी।
७. खानपानमा गति छाड्नेहरु (धेरै नून खाने, अत्याधिक मासु खाने आदि)
८. मदिरापान अत्यधिक गर्ने व्यक्ति।
९. वंशाणुगतरूपमा उच्च रक्तचाप भएको पारिवारिक पृष्ठभूमिको व्यक्ति।

उच्च रक्तचाप रहिरहे के के हुन सक्छ?
१. हृदयघात
२. मस्तिष्कघात
३. मिर्गौलाघात
४. स्नायुमा समस्या
५. अन्धो हुने समस्या

उच्च रक्तचापले धमनी (रक्तनली ) मा बोसो लाग्न सक्ने र रक्तनलीलाई कमजोर बनाउने गर्छ। कमजोर र साँघुरो रक्तनली सजिलै फुट्न सक्छ र घात गर्न सक्छ। यसरी दिमागमा रक्तनली फुटेमा त्यसलाई मस्तिष्क घात भनिन्छ। यसले मानिसको मुख बांगो हुने, बोल्न नसक्ने, हात खुट्टा लुला हुने र अपाङ्ग बनाउन सक्छ। त्यस्तै मुटुलाई रक्त प्रवाह गर्ने नली फुटेमा त्यसलाई हृदयघात भनिन्छ। मस्तिष्कघात वा हृदयघात भएमा मानिसको तुरुन्तै मृत्यु हुन सक्छ। मृत्यु नभई लुलो लंगडो हुन पनि सक्छ।

रक्तचाप कसरी मापन गर्ने?
रक्तचाप मापन गर्दा मापन गर्न आउने व्यक्तिले रक्तचाप मापन गर्नुभन्दा पाँच मिनेट पहिले आराम गर्नुपर्छ। पाँच मिनेटपछि सुताएर वा बसाएर व्यक्तिको रक्तचाप मापन गरिन्छ। साधारण रक्तचाप भएमा मानिसको रक्तचाप एउटा पाखुरामा नाप्दा हुन्छ तर यदि उच्च रक्तचाप भएका बिरामी वा रक्तचाप घटाउने औषधि सेवन गरेका व्यक्तिको रक्तचाप दुवै पाखुरामा मापन गर्नुपर्छ। कुर्सीमा बसाएर मापन गर्दा बिरामीको ढाडलाई अडेस दिनुपर्छ। नत्र रक्तचाप सही मापन नहुन सक्छ। रक्तचाप मापन गर्दा व्यक्ति आनन्दित हुन आवश्यक हुन्छ।

उच्च रक्तचाप कसरी थाहा पाउने?
रक्तचापको नियमित परीक्षण गरेर रक्तचाप उच्च, कम र साधारण रहेको थाहा पाउन सकिन्छ। रक्तचाप परीक्षण चिकित्सक र चिकित्सा पेशामा संलग्न नर्स, एचए, सिएमए र अनमीले मापन गर्न सक्छन्। रक्तचाप बढी भेटिएमा तुरुन्तै चिकित्सकको परामर्शमा पुग्नु राम्रो हुन्छ। उच्च रक्तचाप भएका बिरामीले निम्न जाँच गर्नुपर्छ।
१. इसिजी– यो जाँचले मुटुको गति तथा चाल, मुटुमा अक्सिजनको अवस्था, मुटु फुलेको छ छैन, आदि पत्ता लगाउन मद्दत गर्छ।
२. छातीको एक्स–रे : स्वस्थ मुटु र बिरामी मुटु छुट्याउन मद्दत गर्छ र सुजन भएको मुटु पत्ता लाग्न सक्छ। यसबाहेक फोक्सोको गतिविधि स्पष्ट झल्काउँछ।
३. इकोकार्डियोग्राफी : मुटुको कोठाको स्थिति, सुन्निएको, खुम्चिने र फुक्ने शक्तिमा ह्रास आए नआएको र मुटुको भल्भको क्षमता आदि पत्ता लगाउन मद्दत मिल्छ।
४. रगतमा बोसोको मात्रा मापन गर्ने : कोलेक्टेरोलको विभिन्न जाँच एचडिएल, एलडिएल, टिजी आदि।
५. मिर्गौला जाँच : रगतमा क्रियटिनिन र पिसाबको जाँचबाट रक्तचाप पत्ता लाग्न सक्छ र मिर्गाैलाको स्थिति थाहा हुन्छ।
६. यीबाहेक अन्य जाँच पनि आवश्यक परेको खण्डमा गर्न सकिन्छ। जसका लागि चिकित्सकीय परामर्श अनिवार्य हुन्छ।

उच्च रक्तचापबाट बचावट कसरी?
१. नियमित व्यायाम।
२. तनावरहित जीवनशैली।
३. मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा नियमन राख्ने। औषधी सधैँ सेवन गर्नुपर्छ।
४. बोसो कम भएको खाना खाने। नून कम खाने।
५. चुरोट एवं सूर्ति सेवन नगर्ने।
६. मद्यपान नगर्ने।
७. फलफूल धेरै खाने, पानी प्रशस्त पिउने र मासुजन्य पदार्थ धेरै नखाने।
८. नियमित रक्तचाप परीक्षण गर्ने।
९. नियमित मिर्गौला जाँच ( कम्तिमा वर्षमा १ पटक) गर्ने।
निर्देशक, शंकरापुर अस्पताल, जोरपाटी - See more at: http://nagariknews.com/opinion/story/25541.html#sthash.Eo4RLMxb.dpuf

विज्ञान ब्लग : को, अनि के नै अजम्मरी हुँदोरैछ र! - mysansar

गौतम "उदय"

हाम्रो घरको सानो बगैंचामा रंगीबिरंगी फूल फुल्ने “अजम्मरी” नामको एउटा फूलको बोट थियो, जसको फूल भने ताजैमा सुकेकोजस्तो देखिन्थ्यो | सानैमा एकदिन आमालाई “किन यो फूलको नाम अजम्मरी भएको आमा ?” भनी सोधेको “यसको फूल कहिलै मर्दैन त्यसैले यसलाई अजम्मरी भनिएको हो” भनेर जवाफ दिनु भयो | “होइन होला !” भनेको त तुरुन्तै पिँधतर्फ केही बाँकीरहेको फुटेको सानो घैंटोको खपटामा पानी हालेर त्यही बोटबाट केही फूलहरु टिपेर डुबाइदिनु भयो | नभन्दै ती फूलहरु त फेरि कोपिलाजस्ता बनेर थुप्रै दिन फुलिरहे | यो मेरो कुनै विज्ञानको प्रयोग थिएन, त्यसैले केही समयपछि यो फूलको कुरा आफै सेलायो|
प्रमाण-पत्र तहमा पढ्दा एकजना पेन्सनमा बस्नै लाग्नु भएको सह-प्राध्यापक हुनु हुन्थ्यो | केही रोगी हुनुहुन्थ्यो सायद धेरैजसो खोकिरहनु हुन्थ्यो | खोकेको देखेर एकदिन एकजना हौडे साथीले “छिटै किन नखुस्केको होला, पृथ्वीलाई भारी” भनेर सराप्यो | हौडे समूहका हामी सबै गलल हास्यौं | दुखको कुरा अर्को बर्ष नै सरको स्वर्गेबास भयो |
यसो सोंच्दा, पत्र-पत्रिका पढ्दा र तिनमा कुनै व्यक्तिको बारेमा, लेखको बारेमा लेखिएका टिका-टिप्पणी पढ्दा अचम्म लाग्छ ! अरुलाई अन्यायमा पार्ने, अत्याचार गर्ने, कसैको अन्जानको सानो गल्ती भेटायो भने पनि आफू विद्वान् पल्टिन धुरीबाट कुर्लिने, आफ्नो केही अरुलाई नदिने, आफू लाठ-साहेब बन्ने केही नगर्ने, तर अरुबाट सदैब मुफतको सेवा खोजिरहने जस्ता नराम्रा कार्य किन गर्छन होला मान्छेले !
आखिर अस्तित्वका हरेक जीवित बस्तु, २० बर्षे, १०० बर्षे, सिटामोल नपाउने, जनताको रगत पसिनाले जोडेको राष्ट्रिय ढुकुटी रित्त्याई बिदेशका रोजीरोजी अस्पतालमा उपचार गराउनेले मात्र होइन कि ब्रह्माण्डका हरेक निर्जीव बस्तुले समेत नहिंडी नहुने एउटा साझा बाटो रहेछ “अन्त !” फरक यत्ति रहेछ अलिकति ढिलो वा अलिकति चाँडो ! ब्रह्माण्डमा अजम्मरी भन्ने बस्तु केही नहुँदो रहेछ |
आखिर संसारका हरेक प्राणी, बनस्पति, पृथ्वी, अन्य ग्रहहरु, सूर्य आदि सजीव तथा निर्जीव सबैको नै जीवनचक्र (Lifespan) हुँदो रहेछ | सबैको अन्तत अन्त हुँदो नै रहेछ |
अहिलेसम्म प्राप्त तथ्य र बैज्ञानिक जगतमा स्वीकार गरिएनुसार सूर्यको जन्म झन्डै ४ अरब, ५६ करोड, ७० लाख बर्ष पहिले भएको हो | सूर्य पृथ्वी भन्दा करिब १०९ गुणा ठुलो छ, र यसको मास पृथ्वीको भन्दा करिब ३ लाख ३० हजार गुणा बढी छ | यसको लगभग ७५% भाग हाइड्रोजन र करिब २३.४% भाग हिलियमले बनेको छ | बाँकी हुन आउने १.६९% भागमाचाहिं अक्सिजन, कार्बन, निअन (Neon), आइरन आदि पर्दछन् |
सूर्यको सबभन्दा भित्रि सतह (Core) करिब १ करोड ५० लाख डिग्री सेल्सियस जति तातो छ | यही भागमा सुरुमा Fusion Reaction भै हाइड्रोजनका एटमहरु जोडिएर हिलियममा परिणत हुने प्रक्रिया हुन्छ | त्यो भन्दा बाहिरको Radiative Zone नामक सतह ७०-२० लाख डिग्री सेल्सियस तातो छ | Fusion भएको शक्ति यो Radiative Zone बाट सूर्यको सतहतर्फ प्रबाह हुन्छ | त्यसपछि उक्त शक्ति Convection Zone मा आइपुग्छ र ठुलाठुला फोकाहरु (Bubbles) बनेर बाहिरी सतहतर्फ धकेलिन्छ | त्यसपछिको हामीले देख्ने Photosphere भनिने Visible Zone त्यही शक्तिकोको अत्यधिक तापले गर्दा पहेंलो देखिन्छ |
हामीले देख्ने सतह करिब ५,५०० डिग्री सेल्सियस तातो छ | यो सतहमा सूर्यको शक्ति बल्दाका हजारौं डिग्री ताता आगोका लप्काहरु लाखौँ किलोमिटर टाढासम्म Space तर्फ आइरहेका हुन्छन् | सूर्यबाट झन्डै १४ करोड ८८ लाख किलोमिटर टाढा रहेको पृथ्वीमा समेत यत्रो ताप आइरहने सूर्यको ताप शक्ति कस्तो होला ! आफै अनुमान लगाऔं !
सूर्यको उमेर अब घर्किनै लागेको छ | आगामी करिब ५ अरब बर्षभित्रमा यसमा भएको हाइड्रोजन संपूर्णरुपले जलेर समाप्त हुने छ | त्यसपछि यो सुख्खारोटी जस्तै गरी फुलेर एकदमै ठुलो, अजंगको रातो डल्लो हुने छ, र यसको सबभन्दा नजिक हुने बुध (Mercury) र शुक्र (Venus) ग्रहहरुलाई यसको राप र तापले समाप्त पार्ने छ |
त्यो भन्दा धेरै पहिले नै, अबको १ अरब बर्षभित्रै, सूर्यबाट नजिकको हिसाबले तेश्रो स्थानमा पर्ने, यो पृथ्वी यति तातो हुने छ कि यसको सतहमा हुने कुनै पनि प्राणी र बनस्पति रहनै नसक्ने अवस्थामा हुनेछन् | भन्नुको मतलब सूर्यको आयु ४ अरब बर्ष बाँकी छँदै यो पृथ्वी जीव रहन नसक्ने अवस्थाको हुने छ |
सूर्य, चन्द्र, पृथ्वी आदिको उमेरको मान्छेको उमेरको समयसँग खासै तुलाना हुनसक्दैन | यिनीहरुको उमेर बर्षमा र मान्छेको उमेर सेकेन्डमा गणना गर्योभने मात्र अंक नजिक पर्न सक्छ | यदि मान्छेको उमेर १०० बर्ष मान्यो भने उसको उमेर करिब ३६ हजार ५०० दिन, अथवा ८ लाख ७६ हजार घण्टा, अथवा ५ करोड २५ लाख ६० हजार मिनेट, अथवा ३ अरब, १५ करोड, ३६ लाख सेकेन्डको हुन्छ | त्यसैले पलभरको जस्तो मानब जीवनमा पत्ता पाउन नसकिए पनि आगामी करोडौं बर्षमा सूर्यबाट निस्किने रेडिएसन यति बढ्ने छ कि जसको कारणले पृथ्वीको संपूर्ण हिउँ पग्लिने छ, समुद्रको पानी उम्लेर वास्पिकरण हुनेछ, पहाडहरु समेत पग्लिने छन, र सारा पृथ्वी नै प्रचण्ड तापको कारणले कैयौं किलोमिटर गहिरा धाँजा परेको एक सुक्खा तातो डल्लोमा परिणत हुनेछ|
किन त्यसो हुनेछ भने सूर्यले प्रत्येक सेकेन्डमा करिब ६० करोड टन हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ | प्रत्येक १ टन हाइड्रोजन हिलियममा परिणत हुँदा सूर्य नजानिदोरुपमा अलिकति खुम्चिंदै, बाक्लो (Dense) हुँदै, र तातो हुँदै जान्छ |
पृथ्वी चिसो भैसकेपछि र तरल पानी बनिसकेपछि अरबौं बर्ष पहिले अस्तित्वमा देखापरेको एक कोषीय जीव र क्रमशः अहिलेसम्म आइपुग्दाको संसारका कुनाकुना पुग्न सफल बिकसित जीवहरु सूर्यको यही बढ्दो तापको कारणले अबको १ अरब बर्ष भित्रैमा बिस्तारै तर मूलतः समूहगत रुपमै सबै नै नष्ट हुनेछ | त्यसको करोडौं बर्षसम्म पनि पृथ्वीको एकदम भित्रि भागमा बंचेखुचेको पानीमा वा चिस्यानको आसपासमा केही Microbial रहने छन, तथापी तिनीहरु पनि क्रमशः नस्ट हुने नै छन् |
मान्छेले आजभन्दा पहिले कुनै सुइँको समेत पाउन नसकेका अनगिन्ति रहस्यात्मक र डरलाग्दा कुराहरु ब्रमाण्डमा फेला परिरहेका पनि छन् | यदि कुनै अजंगको बस्तुले पृथ्वीलाई हिर्काएन भने अथवा कुनै कारणले पिण्डहरुको गुरुत्वाकर्षण खल्बलिएन् भने आजै अत्तालीनु पर्ने स्थिति भने छैन | धेरै टाढाका भाबी सन्ततिको भबिष्य भने अन्धकारपूर्ण छ | तर “मरेपछि जोसुकै राजा होस् !”

मुटुमैत्री वातावरणको खाँचो - ekantipur

डा. अवनीभूषण उपाध्याय



काठमाडौ, आश्विन १३ - हामीलाई थाहा छ, विश्वकै एक नम्बरको मृत्युको कारण मुटु सम्बन्धित रोग र पक्षाघात हो, जसलेगर्दा लगभग एक करोड त्रिरहत्तर लाख मानवजातिको मृत्यु हुने गरेको छ । यही कारणले गर्दा वल्र्ड हार्ट फेडेरेसनले हरेक सेप्टेम्बर महिनाको २९ तारिख विश्व मुटु दिवस मनाउँदै आएको छ । यो दिवस कुनै खुसीको चाडवाड मनाएको जस्तो मनाउने हैन, यो मनाउनको कारणचाहिँ संसारभरि यस रोगप्रति जनचेतना बढाउने र यसबारे सकेजति जानकारी दिने हो । यो जानकारी दिनुपर्ने कारण के छ त किन जानकारी दिनुपर्‍यो भन्दा यो मुटुको रोग धेरैजसो रोक्न सकिन्छ, यदि सही तरिका र सही समयमा यसको रोकथामबारे सोच्नसके यो घट्छ । यो रोगबाट बच्न र बचाउन सकिन्छ ।

आँकडामात्रै हेर्दा मुटुसम्बन्धी रोगले क्यान्सर, सरुवा रोगहरू, मलेरिया, एचआईभीलेभन्दा बढी मानवजातिको क्षति पुर्‍याएको छ । २०१२ को मेमा विश्वका नेताहरूको एउटा बैठकले नसर्ने रोगबाट हुने क्षतिलाई २५ प्रतिशत सम्ममा घटाउने भनेर अठोट गरेका छन् । यो नसर्ने रोगकोआधी भागचाहिँ मुटुरोग सम्बन्धी नै पर्छ । तसर्थ मुटुसम्बन्धी रोगलाई घटाउनु नै विश्वमै नसर्ने रोगहरूको ठूलो भारलाई घटाउनु हो ।

मुटुरोग लाग्नुको केही कारक तत्त्वहरूका बारेमा उल्लेख गर्नु सान्दर्भिक हुनेछ । यी कारक तत्त्वहरू हुन्:

धूम्रपान चुरोट र सुर्तीजन्य वस्तुको सेवन, रक्सीको धेरै नै उपयोग गर्नु धेरै पिउनु, नुनको धेरैमात्रामा प्रयोग गर्नु, शारीरिक परिश्रम नगर्नु, मधुमेह र रक्तचापको राम्रो नियन्त्रण नहुनु, खानपिनमा ध्यान नदिनु ।

जन्मदै आफ्नो जीवनमा लिएर आएको कारकतत्त्व बाहेक अरु जति पनि मुटुरोग लाग्ने कारक तत्त्वहरू छन् । ती सबैबाट बच्न सकिन्छ, सबै आफ्नै हातमा छ ।

तसर्थ विश्व मुटु दिवस विश्वमा मनाइने एउटा यस्तो ठूलो पर्व हो, जसमा हरेक व्यक्ति, हरेक परिवार, हरेक समाज, हरेक सरकार लागेर मनाएको हुन्छ, जसको एकमात्र कारण छ, यो भयावह ज्यानमारा रोगबारे जानकारी दिनु, यसबाट बच्ने उपायहरूबारे जानकारी गराउनु र धेरैजसो आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई यो रोगको पन्जाबाट बचाउनु । वैज्ञानिक आँकडाले लगभग ८० प्रतिशत समय अगावै मृत्यु हुने हृदयाघातबाट र पक्षाघातबाट बचाउन सकिन्छ । वल्र्ड हार्ट फेडेरेसनले यो दिवस हरेक सेप्टेम्बरको आखिरी आइतबार मनाउने गरेकोमा आजभोलि सेप्टेम्बर २९ तारिखमा मनाउने गरेको छ ।

यसपालि संसारभरिका लाखौं मानिसले यो अभियानमा सम्मिलित हुने अठोट गरिसकेका छन् । संसारभरिका सरकार र समाजका नेताहरू (देश, विदेशमा) लाई यो अभियानमा लाग्न बाध्य तुल्याएकोछ । आजको दिनसम्म हामी कतै एक व्यक्तिलाई मात्र दोष दिइरहेका छौं, चुरोट नखाउ, चिल्लो घटाउ, रक्सी धेरै नखाउ, नुन कम गर, रक्तचाप र मधुमेहलाई नियन्त्रण गर, शारीरिक परिश्रम गर, फलफूल खाउ, तनाव नलिउ, ध्यान गर इत्यादि भनिदिएका हुन्छौं । व्यक्तिगत हिसाबमा यो मानिसहरूले गरिरहेका पनि छन्, तर हामी कहाँ बस्छौं, कहाँ काम गर्छौं, कहाँ खेल्छौं, त्यो कुरामा ध्यान गएको थिएन । तसर्थ यसपालीको विश्व मुटु दिवसको विषय मुटुमैत्री वातावरणमा ज्यादा आकर्षित गरिएको छ ।

हाम्रो यो हक हो । हरेक देशमा, हरेक नागरिकको हक यो हो कि उसको घर, काम गर्ने ठाउँ, बस्नेठाउँ, खेल्ने ठाउँ, उसको सबै वातावरण मुटुमैत्री नै हुनैपर्छ । हामीले आफ्नो अधिकारको लागि लड्नैपर्छ । यो हाम्रो अधिकार हो ।

आज हाम्रो गाउँछिमेकमा हेरौं, न खाना बनाउने वातावरण छ, न बस्ने राम्रो ठाउँ छ । हाम्रो सहरमा हेरौं, न खानाको ठेगान, न राम्रो खाना पाउनुछ, सबैजसो मिसावट, नक्कली विष हालिएको खाना खानुपर्‍या छ, आधुनिकीकरण, सहरीकरणको नाममा अल्छीपन बढ्दो छ, जहाँ पनि गुड्न, पाएसम्म गुड्ने । झुन्डिएर पनि गुड्नैपर्ने, हिँड्ने, घुम्ने, खेल्ने बानी बिर्सिनै सक्यौं । घर स्वच्छ छैन, काम गर्ने ठाउँ ठीक छैन, पढ्ने ठाउँ ठीक छैन । यहाँसम्म कि बिरामी हुँदा औषधी गर्ने ठाउँ पनि ठीक छैन । आज आएर निमुखाहरूले पाएका सहुलियत पनि बन्द हुने अवस्थामा पुगेको छ ।

आज यो रोग बढी गरिब मुलुकमा छ, झन्-झन् बढैछ, गाउँ-गाउँमा छ, सानै उमेरदेखि यो रोगले सताउन थालिसकेको छ । झन् बालकको त जन्मदाभन्दा अगावै आमाको भ्रूणबाट यो रोग सुरु हुन्छ । त्यसैले आजैदेखि यसमा लागौं, खानपानमा ध्यान दिऔं, चुरोट र धेरै रक्सी पिउने बानी छ भने छोडौं, नियमित व्यायाम गरौं, ध्यान गरौं, मधुमेह, रक्तचाप ठीक ठाउँमा राखौं, फलफूल खाऔं, अनावश्यक तनावबाट टाढै बसौं, मुटुलाई माया गर्ने खानामात्र खाऔं । हामीलाई कुनै कठिन काम गर्नु छैन, मुटुलाई माया गर्न निधो गर्नुछ, मुटुमैत्री वातावरण बनाउनुछ । वल्र्ड हार्ट फेडेरेसनले यही कारणले गर्दा सन् २००० देखि विश्व मुटु दिवस घोषणा गर्‍यो र यसले संसारभरिका मुलुकहरूमा यो रोगप्रति जागरुकता बढायो । साथै यो रोगबाट बच्न सकिने भएकोले यसमा बच्ने उपायहरू पनि प्रचार-प्रसार गर्दैछ । हामी पनि यसमा लागौं, आफू पनि बचौं, समाजलाई पनि बचाऔं, राष्ट्र हुँदै संसारबाटै रोगलाई घटाउन थालौं ।

Wednesday, September 24, 2014

४० वर्ष पुग्नु भो ? माछामासु खान बन्द गर्नुहोस् ! - onlinekhabar



सुन्दरमणि दीक्षित

८ असोज काठमाडौं । दसैंका बेला मासुको खपत अत्यधीक हुन्छ । तर, डा. सुन्दरमणि दीक्षितको कडा सुझाव छ- ‘मासु नखानोस् । आन्द्राको क्यान्सर मासुबाटै हुन्छ, कोलस्टोर बढ्ने मासुबाटै हो, हार्ट एट्याक कोलस्टोरबाटै बढ्छ, ब्रेनको अट्याक त्यसैबाट हुन्छ । मासुले मान्छेको दिमाग पनि उल्टोपाल्टो पारिदिन्छ ।’


डा. साब, मान्छेको शरीर र रोगको सम्बन्धबारे कुरा गरौं, के ग्याष्ट्रिक नेपालीको राष्ट्रिय रोग हो ? उहिलेका मान्छेलाई पनि यसैगरी ग्याष्ट्रिक हुन्थ्यो कि ?

- ग्याष्ट्राइटिस भन्ने कुरा त जब निमोनिया हुन्छ, निमोनाइटिस भनेजस्तै हो । यो ग्याष्ट्राइटिस भन्ने कुरा त जमानादेखि भएको कुरा हो ।

म सानो थिएँ, हाम्री आमालाई ग्याष्ट्राइटिस भयो । ग्याष्ट्राइटिसबाट अल्सर भयो भनेर आमाले यत्रो डिब्बाको औषधि खाएको त मलाई थाहा छ । डिब्बाका डिब्बा औषधि उहाँले उस जमानामा खानुहुन्थ्यो ।

पछि मैले एमबीबीएस गर्न थालेपछि हामीले त्योबेलामा मेडिकल कलेजमा कतिसम्म गथ्र्यौं भने ग्याष्ट्रिक निको नहुने बिरामी, हामीसँग औषधि थिएन । नाकबाट पाइप हालेर पेटमा दूध तुपुतुपु चुहाएर त्यहाँ रहेको एसिडलाई हामी माथ्र्यौं । त्यसरी हामी निको पाथ्र्यौं ।

अहिले साइन्सले ग्याष्ट्राइटिसको कारण पनि दियो र त्यसको जड पत्ता लगाइदियो । अब हामीलाई थाहा भो, ग्याष्ट्राइज औषधिले गर्छ, नराम्रो खानपानले गर्छ ।

एउटा ब्याक्टेरिया छ, हेलिको ब्याक्टर पाइडोरी भन्ने । त्यो ब्याक्टेरियाले ग्याष्ट्राइज गर्दोरहेछ । गरीब मुलुकमा अधिकांश यो होलिको ब्याक्टर पाइडोरी भन्ने ब्याक्टेरियाले गर्छ । अब हामीलाई हाथा भो । अब हामीलाई औषधि गर्न सजिलो भो । तर, ग्याष्ट्राइटिस हजारौं वर्षदेखि आएको हो ।

उहिलेका मान्छेले ‘गानो गोला’ भनेको यसैलाई हो ?

- त्यो गानो गोला अलि फरक छ । आन्द्रा अलि बढ्ता चलेर अप्ठ्यारो हुँदा त्यहाँ भुक्लुक्क हुनेमात्रै हो । ग्याष्ट्राइटिससँग यसको सम्बन्ध छैन ।


चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाटै हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाटै हुन्छ ।

के यसो भन्न सकिन्छ- पुराना रोगहरु मासिँदै जान्छन् र नयाँ-नयाँ रोगले जन्म लिँदै जान्छ ?

- एक जमानामा यौनसम्पर्कबाट आउने सिफ्लिस आजकल देखिँदैन । अहिले संसारभरि नै देखिन कम भएको छ । तर, हामीले पढ्दाखेरि के थाहा पाएका थियौं भने हेलम्बु एरियामा सिफ्लिस खुब कम हुन्छ । तर, त्यहाँका मान्छेलाई सिफ्लिसले भए पनि नछुने ।

जस्तो एचआइभी अफ्रिकामा कमन छ । त्यहाँ यसले धेरै असर पार्दैन । एचआइभी छ, एड्स हुँदैन । एड्स भनेको रोग, एचआइभी भनेको संक्रमणको भाइरस हो । त्यस्तै अहिले इबोलाको कुरा छ । इबोला भनेको वेष्ट अफि्रकामा भयंकर चर्को भएको छ । तर, त्यहाँ त पहिल्यैदेखि भइराखेको छ नि । जस्तै हाम्रोमा थारुहरुले मलेरिया पचाउँछन् ।

मानिसको शरीरले ब्याक्टेरियालाई पचाउने क्षमता विकास गर्छ । त्यसैगरी ब्याक्टेरियाले पनि औषधिसँग त्यसलाई पचाइदिने क्षमता विकास गर्छ । यो त हाम्रो लाखौं वर्षदेखिको विकासको नियम हो ।

हामी किन बाँचिराखेका छौं ? मान्छेको ‘रेस’ मरेर गएको छैन । हाम्रो ह्युमन रेसले प्रकृतिको प्रकोपबाट अडान लिन सक्यो । अनेक किसिमका ब्याक्टेरियाको प्रकोपबाट आफूलाई बचाएर मानिस अगाडि बढेको न हो ।

हाम्रो शरीरले धेरै शक्तिहरुसँग लड्ने पनि गर्‍यो । आखिर यो विकास हो । तर, ब्याक्टेरिया पनि त्यत्तिकै बलियो भएर आयो । म जति बलियो हुन्छु, ऊ पनि त्यत्तिकै बलियो हुन्छ । यसले गर्दा रोग रहन्छ । यो निर्मूल हुने चान्सै छैन ।

मलेरियाकै कुरा गरौं न । प्रशस्त डीडीटी छर्केर हामीले लामखुट्टे मार्‍यौं । अब मलेरिया एकदम कम भो भनियो । तर, केही वर्ष बितेपछि मलेरियाले डीडीटी पचाइदियो । अब अहिले डीडीटीले मलेरिया मार्न सकिन्न । भनेपछि यो इभोल्युसन (विकास) हो । भगवानको यो सृष्टि छ नि, यसमा हरेकलाई बाँच्ने अधिकार दिइएको छ । त्यसैले ग्याष्ट्रिक पनि हजारौं वर्षदेखि हामीसँग छ । खाली अहिले आएर यसको कारण पहिचान भएको छ । भोलि अर्को थपिन पनि सक्छ र औषधि अर्कै चाहिन पनि सक्छ ।

उहिलेका मानिस प्राकृतिक खाद्यमा निर्भर थिए, अहिले जंकफुडले गर्दा मानिस कमजोर बन्दै गएको हो ?

- यो त पक्कै हो । रोगको प्रक्रियामा हामी दुईवटा कुराको खुब ख्याल गर्छौं । एउटा हो जेनेटिक्स । मैले बाजे बराजुबाट लिएर आएको एउटा हुन्छ । सबै रोग जेनेटिकले मात्रै गर्दैन, बाँकी वातावरणले गर्छ । वातावरणमा किटाणुदेखि लिएर तपाईको रहन-सहन, जीवनशैली, खानपिन सबै कुराहरु आउँछन् ।



आज संसारको सबैभन्दा ठूलो समस्या दुईवटा छन् । एउटा खान नपाउने ग्रुप छ । अफ्रिकामा हेर्नोस् दशा कस्तो छ । खानै छैन । अर्कातिर यति बढ्ता खाना खान थाले कि दुबैलाई समस्या परेको छ ।

एकातिर खान नपाएर कुपोषण भएर हरेक ब्याक्टेरिया संक्रमण भएर मान्छे भुतुभुतु मरिराखेको छ । अर्कोतिर बढ्ता खाएर ‘मोर्डन’ रोगहरु, डायविटिज, हर्ट एट्याक, हाइपर टेन्सन, प्यारालाइसिस, क्यान्सर यी सबै खराब पोषणका कारण आइराखेका छन् । हाम्रो लाइफ स्टायल छैन । हामी व्यायाम गर्दैनौं ।

पछिल्लो समय नेपालमा क्यान्सर बढेको हो ?

- संसारमा क्यान्सर बढेको छ । यसमा जेनेटिक कारण त छ, नै, यसमा वातावरणको पनि असर छ । पोलुसन हो । ओजनको लेयरको कुरा छ यहाँ । आज वातावरणले कति मान्छेलाई क्यान्सर भएको छ । पोलुसनले कति मान्छेलाई रोग लागिरहेको छ ?

अलिकति व्यक्तिगत प्रशंगतिर जाऔं, तपाई भेजिटेरियन हो कि ननभेजिटेरियन ?

- म पहिले पूरै ननभेजिटेरियन थिएँ । पछि म भयंकर भेजिटेरियन हुँ । पढियो क्रिश्चियन स्कुलमा । बंगालमा पढियो । त्यहाँ त खाने माछा नै हो । पछि मुम्बई आएपछि शुद्ध शाकाहारी डाक्टरसँग पढियो । अहिले म पूरै पूरै शाकाहारी भएको छु । मैले मेरी आमा स्वर्गवास भएपछि सबैलाई भेजिटेरियन हौ भन्ने गरेको छु । आमा स्वर्गे भएको आज ३० वर्ष हुन लाग्यो ।

मासु खाँदाचाँहि के घाटा हुन्छ ?

- चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाटै हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाटै हुन्छ ।

कोलस्टोर बढ्ने मासुबाटै हो । हार्ट एट्याक कोलस्टोरबाट बढ्छ । ब्रेनको अट्याक त्यसैबाट हुन्छ । त्यसैले मान्छेले सकेसम्म मासु खानै हुँदैन ।

तपाईलाई एउटा कुरा बताऔं । मैले एमबीबीएस पढ्दा किताबमा के लेखिएको थियो भने फस्ट क्लास प्रोटिन भनेको माछामासुमा पाइने प्रोटिन हो र सेकेन्ड क्लास प्रोटिन भेजिटेबल हो । आज त्यो पर्लक्कै फर्किएर संसारभरि के भएको छ भने फस्ट क्लास प्रोटिन भनेको भेजिटेवलबाट पाइने प्रोटिन हो र मासुबाट पाइने प्रोटिन सेकेन्ड र थर्ड क्लास प्रोटिन हो ।

भेजिटेवलको प्रोटिनले क्यान्सर गर्दैन । कोलस्टोर बढाउँदैन । हृदयाघात बढाउँदैन । त्यसले शरीरलाई स्वस्थ्य राख्छ । मासुले युरिक एसिड बढाउँछ । कोलस्टोर बढाउँछ । ब्लड प्रेसर बढाउँछ, हृदयाघात बढाउँछ । मान्छेको दिमाग पनि उल्टोपाल्टो गरिदिन्छ । क्यान्सर बढाउँछ ।

अर्कोतर्फ हेर्न हो भने एउटा जनावरलाई पालेर मासु बनाउनका लागि कति अनाज चाहिन्छ ? यो स्टडी भइसक्यो । मान्छेले जति जति कम मासु खान्छन्, उति हाम्रा लागि उत्पादन बढी हुन्छ । हामी जति शाकाहारी हुँदै गयौं, पृथ्वीको आयु उति लम्बिन्छ ।

त्यो एउटा जन्तु खाएर कतिजनालाई पुग्छ ? त्यो जन्तुले त हामीले पाँच वर्षमा खाने अनाज एकै महिनामा खाइदिन्छ । त्यसैले हामी शाकाहारी हुनैपर्छ । उपाय नै छैन हामीलाई । सुन्छु, समुद्रमा पनि माछाको संख्या धेरै घटिसक्यो ।

हामीले खाने मकै भटमास, रायोको साग र ढिँडो होइन र ? गुन्द्रुक होइन र ? हाज संसारभरि मकै भटमास, फाइबर, गुन्द्रुक यी सबैभन्दा बेस्ट पौष्टिक आहार हुन् भनेर आइसक्यो । अनि हाम विीर गोर्खाली किन नहुने ? अब हामी बर्गर, डोनट, पिज्जा, चाऊचाऊमा गइसक्यौं । अब कसरी हामी वीर हुन सक्छौं ?

मान्छेले खानपान विचार पुर्‍याउनुपर्ने कुरा के-के हुन् डा सा’प ?

अहिले डाक्टरीमा दुई-तीनवटा शब्द खुब महत्वपूर्ण छन् : एउटा हो लाइफ स्टायल म्यानेजमेन्ट अर्थात जीवनशैलीको व्यवस्थापन । अर्को बढी, माइन्ड, मेडिसन ।

बडी, माइन्ड, मेडिसिन भनेको के हो भने शरीरको मात्रै औषधि गरेर नहुँदोरहेछ । स्वस्थ्य शरीर, स्वस्थ्य मन । स्वस्थ्य मन, स्वस्थ्य शरीर । दुईवटै सन्तुलनमा चलेन भने, खराब मन भयो भने शरीर पनि खराब हुन्छ । कमजोर शरीर भयो भने मन पनि कमजोर हुन्छ । जस्तो, अहिले हाम्रो प्रधानमन्त्रीको स्थिति त्यही छ ।


कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नसै पाइँदैन, दिनभरि टेन्सन हुन्छ

अहिले त्यही बडी, माइन्ड मेडिसिनकै कारण योगको यत्रो प्रचार भएको छ । ध्यानको यत्रो प्रचार भइरहेको छ । हाम्रो हिन्दू र वौद्ध धर्मले पहिल्यैदेखि भनेको कुरा हो नि यो । ध्यान गर । बिहान टाइममा उठ । टाइममा सुत । सन्तुलित भोजन गर । बढ्ता यो नखाऊ, बढता त्यो नखाऊ । भगवानको आरती गर । योग गर । यो त हाम्रो संस्कतिमा आएको कुरा हो । हामीले यो सप्पै मास्यौं । हामी पश्चिमी संस्कारमा गयौं । अब पश्चिमले भनिरहेको छ, ओहो, मेडिटेसन इज गुड । योगा इज गुड भन्न थालिसक्यो उसले । अब हामीले पनि यसलाई राम्रा भनेर आउँछौं क्या । हामीमा अलिकति दास मानसिकता छ । पश्चिमाहरुले भने ठीक, हाम्रा ऋषिमुनिहरुले भनेको बेठीक ।

अर्को कुरा हो लाइफ स्टायल । तपाई डाक्टर, प्रोफेसर, किसान, बस ड्राइभर वा जे हुनुहुन्छ, तपाईको लाइफ स्टायल महत्वपूर्ण छ । कसरी काम गर्नुहुन्छ, कति सुत्नुहुन्छ, कसरी उठ्नुहुन्छ, के खानुहुन्छ । रक्सी बढ्ता खानुहुन्छ कि, चुरोट बढ्ता खानुहुन्छ कि । खैनी सूर्ती खानुहुन्छ कि ? पाँचवटा श्रीमतीहरु राखेर हिँड्नुहुन्छ कि ? तपाई बेश्यालयमा जानुहुन्छ कि ? यो सबै कुरामा आफ्नो लाइफ स्टायललाई म्यानेज गर्नुपर्छ ।

यसभित्र पर्ने अर्को ठूलो कुरा हो टाइम म्यानेजमेन्ट । हाम्रा ऋषिमुनिहरुले ब्रह्म मुहूर्तमा उठ भने । बिहान सूर्य उदाउनुभन्दा डेढघण्टा अगाडि उठ । ब्रह्म मुहूर्त भनेको शान्त वातावरणमा तिमी आफ्नो पाठपूजा सब गर अनि काम गर्न थाल । त्यो समयमा तपाई धेरै काम गर्न सक्नुहुन्छ । दिमाग फ्रेस हुन्छ ।

बेलुका साँझ परेपछि प्रकृतिको नियमै छ, चराचुरुङ्गी गुँडमा जान्छन् । जनावरहरु आफ्नो दुलोमा पस्छन् । मान्छेले पनि दिनभरिको टेन्सन र स्ट्रेसलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।

पहिले घडीमा दम दिने चलन थियो, बढ्ता दम दियो भने टडङ्ग गरेर स्पि्रङ भाँचिन्थ्यो । मान्छेको पनि त्यही हो । मान्छेहरु बिहानदेखि उठेर टाइम म्यानेज गर्दैनन् । अनि यता हतार, उता हतार गर्छन् । तीनवटा मिटिङमा दौडिएको छ, काम केही हुनेवाला छैन । खाने टाइम छैन, सुत्ने टाइम छैन । अनि के हुन्छ ? बेलुका पनि हामी आफ्नो काम बन्द गर्दैनौं ।

दिनभरि त समय खेर फाल्यौं फाल्यौं, राति पनि १२/१ बजेसम्म काम गर्छौं । कत्ति न काम गरेको भन्ठान्छौं, तर काम केही पनि हुँदैन । हाइ हाइ गर्दै, थाकेको मन, थाकेको शरीरले काम गरेपछि मान्छेको स्पि्रङ पनि घडीको जस्तै टुट्छ । अनि उसलाई हाइपर टेन्सन हुन्छ, ब्लड प्रेसर हुन्छ । सुगर हुन्छ । हार्ट एट्याक हुन्छ प्यारालाइसिस हुन्छ अनि फुतुफुतु मर्छ ।

हाम्रा ऋषिमुनिले के भनेका छन् भने साँझको टाइममा ध्यान गर । शायद सूर्यास्तको टाइम तिम्रा लागि ‘अनवाइन्ड’ गर्ने समय हो । दिनभरिको टेन्सनलाई, टाइट भएको स्पि्रङ्गलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।

लाइफ इस्टायल म्यानेजमेन्टमा खानाको म्यानेजमेन्ट, समयको म्यानेजमेन्ट लगायत सबै कुराहरु आउँछ क्या । त्यसैले बडी, माइन्ड, मेडिसिनमा लाइफस्टायल म्यानेजमेन्ट र अन्तिममा आउँछ होलिस्टक हेल्थ ।

के हो यो हेलिस्टिक हेल्थ भनेको ?

अहिले हामीकहाँ मुटु विशेषज्ञ छाती विशेषज्ञ डाक्टरहरु छन् । तपाई मुटुरोग विशेषज्ञकहाँ जानुभयो भने ऊ मुटुमा मात्रै केन्दि्रत हुन्छ, उसले अरु केहीमा पनि वास्ता गर्दैन र जान्दा पनि जान्दैन । तपाईलाई खोकी लाग्यो भने तपाई छाती रोग विशेषज्ञकोमा जाने कि, मुटुको जाने कि ग्याष्ट्रोमा जाने ? तपाईलाई थाहा छैन ।

यसले के भैदियो भने तपाई मुटु, तपाई छाती, तपाई पेट, तपाई ग्याष्ट्रिक, यो हिसाबले मान्छेले हेरिदिन थाले । हेर्न पर्ने के हो भने होलिस्टिकली, बिरामीलाई समग्रमा हेर्नुपर्ने हो । तपाईको शरीरमा के छ, मनमा के छ, सबै हेर्नुपर्छ ।

मकहाँ टेन्सन भएका व्यापारीहरु आउँछन्, उनीहरुलाई ब्लड प्रेसर छ, सुगर छ । म उनीहरुलाई औषधि लेखिदिन्छु । उनीहरुका कुरा सुन्छु, उनीहरु भन्छन्, मेरो लगानी फसेको छ, रातभर निद्रा आउँदैन । रातमा नसुतेपछि त मान्छेलाई ब्लडप्रेसर भइहाल्छ नि ।

त्यसैले हामीले होलिस्टिक हेल्थमा जानुपर्छ । बडी, माइन्ड र स्पिरिट । त्यसमा हामी गएनौं भने बिरामीलाई टेस्टहरु असाध्यै महंगो पर्छ । मैले पाँच मीनेट बढ्ता बिरामीसँग कुरा गर्दिएँ भने उसको आधा रोग खत्तम हुन्छ ।

यसो गर्दा बिरामीलाई खर्च बढी पर्दैन । म मेरा विद्यार्थीलाई पढाउँदा के भन्छु भने तिमीहरु विरामीलाई समय देऊ र उसको पाँच हजार रुपैयाँ बचाइदेऊ । अहिले त १० हजार बचाइदेऊ भने पनि हुन्छ । मेरो भनाइ के हो भने डाक्टरहरुले बिरामीसँग अलि बढ्ता अन्तरक्रिया गरिदेऊ । मैले पढेको जर्नलमा लेखिएको छ, डाक्टरले बिरामीलाई छोइदेऊ ।

अहिले त के सम्म गर्छन्, बिरामीको डाटा हेर्छन् । हामीले बिरामी छुनुपर्छ । जाँच्नुपर्छ । आजको दिनमा संसारभरि ९० प्रतिशत बिरामीहरुले राम्रो उपचार पाएका छैनन् ।

नेपालमा डाक्टरले बिरामीसँग झर्कोफर्को गरेको सुनिन्छ नि ? नर्सले फर्लोरेन्स नाइटिङगेलको आदर्श बिर्सिसके….

- यो समस्या बढेको छ । उही त हो नि लाइफ स्टायल म्यानेजमेन्ट । कुरा के भनेदेखि सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नसै पाइँदैन, दिनभरि टेन्सन हुन्छ ।

उपकरणहरु ल्याउनुपर्‍यो, एउटा उपकरणको ७० लाख, ८० लाख, २ करोड, ३ करोडसम्म पर्छ । उपकरण ल्याउँछन् र ग्राण्ड हस्पिटल भन्छन्, सेन्टर अफ एक्सलेन्ट भन्छन्, तर बिरामीको चाप त आउँदैन । नआएपछि के हुन्छ ?

त्यो डाक्टर, जसको दिमाग बिरामीमा जानुपर्ने र स्वच्छ मन हुनुपर्नेमा उसको दिमागमा जुनबेला पनि पैसा कसरी उठाऔं, पैसा तिरौं मात्रै होइन, म आफैं पनि पैसा कसरी कमाऔं भन्नेतिर जान्छ । मेरो घरमा स्विमिङ पुल छ कि छैन, मेरो कतिवडा पजेरो मोटर छ, हेर्नुपर्‍यो । छिमेकीभन्दा म धनी छु कि छैन हेर्नुपर्‍यो । मेरो श्रीमतीको यति गहना छ कि छैन, म विदेशको टि्रप कति लगाउँछु । यो सबै सिको भयो ।

डाक्टरले पनि नेताको देखासिकी गरेका हुन् ?

- पोलिटिसियनले यसै गर्छ । व्यापारीले गर्छ । मैले पनि गर्नुपर्‍यो भन्ने डाक्टरमा पनि आयो । डाक्टरले असाध्यै बढ्ता लागनी गरे । लगानी उठाउनैपर्‍यो । अर्कोतिर उनीहरुभित्र सेवाको भावना धेरै घट्यो र पैसा कमाउनेतिर लागे ।

यसमा डाक्टरको मात्रै दोष छैन । सोसाइटी जस्तो, डाक्टर उस्तै । सोसाइटी जस्तो, पोलिटिसियन उस्तै । र, पोलिटिसियन र डाक्टर जस्तो, सोसाइटी पनि उस्तै । यो त परस्पर कुरा हो ।

तर, म डाक्टर भएर बिरामीलाई राम्रोसँग हेरें, उसको मैले घाँटी रेटिँन र उसलाई मैले धेरै खर्च गराइँन भने सोसाइटी पनि त एक कान, दुई कान राम्रो हुन्छ नि ।

बिरामीचाँहि कस्ता-कस्ता भेटिन्छन् ?

- बिरामीहरु पनि झगडै गर्छन् । उपचार गर्दागर्दै विरामी मर्न सक्छन् । डाक्टरले मार्छु त भन्दैन नि । बिरामी मर्नेवित्तिकै पैसा नतिर्नका लागि ढुंगामुढा गर्दिने । हस्पिटलै ध्वस्त पारिदिने । यो विकृति जुन छ, यो परस्परै छ ।

तर, यति हुँदाहुँदै पनि अज्ञानी जनतालाई नभनौं । डाक्टरहरु पढेलेखेका, सबैभन्दा माथिल्लो वर्गका हुन् । कुनै पनि डाक्टर खान नपाउने छैनन् । उसका बाबुआमाले राम्रोसँग खान लाउन दिएको मान्छे नै डाक्टर बनेको हुन्छ । गरीवको त ठाउँ नै छैन ।

डाक्टर खाए लाएको परिवारबाट आएको छ, झन खाए लाएको बनेको छ । पढेलेख्या छ, ऊ सबैभन्दा सम्वेदनशील हुनुपर्‍यो । सभ्य हुनुपर्‍यो । उसले मैले खाइरहेको छु, मेरो मोटर छ, म सम्पत्ति नभएको भए डाक्टर हुने नै थिइँन भन्ने सोच्नुपर्‍यो । चेपाङले त डाक्टर बन्न सक्दैन नि । डाक्टरले अब समाजलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । राष्ट्रलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । आफ्नो मात्रै स्वार्थ हेर्न भएन ।

तपाई डाक्टर नै किन बन्नुभएको ? डाक्टर बन्ने सोचाइ कसरी आयो ?

- सन् १९४५ तिर मेरी आमाको अप्रेसन गर्नुपर्‍यो कोलकातामा । त्यहाँ डक्टर ललितमोहन ब्यानर्जी भन्ने डाक्टर हुनुहुन्थ्यो । त्यसबेला उहाँ भारतको सबभन्दा नामूद सर्जन हुनुहुन्थ्यो । उहाँ नेपाली पनि पोख्त बोल्नुहुन्थ्यो । उहाँ नेपालमा आएर राजपरिवारमा चक्कु पनि चलाएको मान्छे हो । त्यसबेला नेपालका प्रतिष्ठित व्यक्तिहरुले कोलकाता गएर उहाँसँगै अप्रेसन गराउँथे ।


नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त

मेरा बाबा मदनसमशेर जरसा’बको प्राइभेट सेक्रेटरी हुनुहुन्थ्यो । त्यही नाताबाट चिठी लिएर कोलाकाता गएर आमाको अप्रेसन भयो । म त्यतिबेला सानो रहेंछु । आमालाई एक तलामाथि राखेको थियो वार्डमा । म तल ढोकामा खेलिरहेको रहेंछु । त्यहाँबाट सर्जन डा. ब्यानर्जीले मलाई बोकेर एक तलामाथि जानुहुँदोरहेछ । नेपाली बोल्ने भएपछि माया त बस्दोरहेछ । उहाँले के भन्नुहुँदोरहेछ भने ‘तिमी डाक्टर बन्नुपर्छ ।’ त्यो मेरो दिमागमा घुसेछ ।

तपाई नागरिक आन्दोलनको अगुवा पनि हुनुहुन्छ, डाक्टरी पढाइले कस्तो असर पारेको छ ?

- मलाई पक्का विश्वास छ कि म डाक्टर नभएको भए अर्थोक केही पनि हुन सक्ने थिइँन । शायद म साधु हुन्थें होला । डाक्टर नभएको भए अरु उपाय नै थिएन मसँग । डाक्टरी पेशाबाहेक मेरालागि अरु केही हुनै सक्दैन ।

म तपाईलाई एउटा ठूलो साइन्टिसले भनेको कुरो सुनाउँछु । यो भिरच्युले भनेका हुन्, ‘डाक्टरी पेशा एउटा सोसियल साइन्स हो, राजनीति एउटा विस्तृत अर्थमा डाक्टरीभन्दा अर्थोक केही होइन ।

हामी बिरामीको नजिक पुग्छौं, टेस्टहरु गर्छौं एनालाइसिस गछौर्ं र समसयाको समाधान गर्छौं । राजनीति गर्नेहरुले राष्ट्र अथवा समाजको समस्या के हो भनेर रिसर्च र टेष्ट गर्छन् र समाज वा राष्ट्रलाई स्वस्थ्य राख्छन् । म कुनै पनि मानिसलाई रोगी देख्न सक्दिँन र उपचार गर्छु । राष्ट्रभित्र पनि अन्धकार देखियो भने हाम्रो दायित्व नै बन्छ कि केही गरौं । यस्तो भावना भित्रैबाट उम्लिएर आउँछ ।

रोगी मान्छेजस्तै रोगी समाज र देश देखेपछि तपाईलाई त्यसको पनि सामाजिक उपचार गरौं गरौंजस्तो लाग्दोरहेछ हैन ?

- मकहाँ कति पोलिटिसियनहरु आउनुभएको छ । मेरो पार्टीमा लाग् भन्दै आउनुभएको छ । उहाँहरु कसरी भन्नुहुन्छ थाहा छ ? डा. सा’प तपाईले रोगीहरुलाई धेरै सेवा गुर्न भो । अब देश नै रोगी भएको छ, तपाईले केही गर्नोस्, हाम्रो पार्टीमा आउनोस् भनेर मलाई भन्नुभएको छ ।



जवाफ के दिनुहुन्छ ?

- मेरो स्ट्रेन्थ, मैले पढेको मेरो विद्या, मेरो बुद्धि, मेरो अनुभवले म डाक्टरी मात्रै हुँ । मेरो यो अनुभवबाट केही दिन सक्छु भने म दिन्छु, तर, मेरो स्टाटस मैले छोडेर अन्यत्र गएँ भने मेरो यो शक्ति क्षीण हुन्छ । तान्त्रिक विद्यामा शक्ति प्रयोग गर्दै गएपछि त्यो क्षीण हुन्छ । मेरो पनि समाजमा धेरै लगानी छ । यो लगानी मै खर्चमात्रै गरें भने मान्छेले मलाई दुई दिन सुन्लान्, तीन दिन सुन्लान्, मेरो पछि पनि लाग्लान् । तर, मेरो शक्ति विस्तारै क्षीण भएर जान्छ । अनि मान्छेले के भन्न थाल्छन् भने ए त्यो सुन्दरमणि ? त्यसले एक जमानामा औषधि गथ्र्याे भन्न थाल्छन् ।

त्यसैले मेरो पेशा र जगलाई छाडेर यताउति जानुहुँदैन । म जे गर्छु, त्यही भावनाले अघि बढें भने दिमाग पनि फ्रेस हुन्छ । समाजको पनि के गल्ती भएको छ भने ट्याक्कै भन्न सक्छु र हल पनि दिन सक्छु । तर, मैले सबै छाडेर त्यतातिर गएँ भने म पत्रु हुन्छु ।

नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त ।

कसलाई भन्न खोज्नुभएको ? डा. उपेन्द्र देवकोटा ?

- उपेन्द्र धेरै तलका भए । उनी हैनन् । डा. तुल्सी गिरी । उनी मेडिकल डाक्टर हुन् । त्यत्रो प्रधानमन्त्रीसम्म भएको, त्यत्रो राजकाज हाँकेको, वीपी कोइरालाको दाहिने हातै भएको मान्छे, तर उनको शक्ति क्षीण हुँदै गएर अब ह्वेर इज तुल्सी गिरी ?

हामीले त रोग पहिचान गर्ने हो, सुझाव दिने हो । हामीजस्तो पेशा गर्ने मान्छेले कुनै पनि पार्टीको अचानोमा आफ्नो टाउको राख्नुहुँदैन । हामी आफ्नो पेशामा बफादार हुनुपर्छ । यसो गर्न सक्यौं भनेमात्रै सही अर्थमा समाज सेवा गरेको ठहर्छ ।

प्रस्तुती-अरुण बराल/सुरेश भुसाल

Wednesday, September 17, 2014

अहिले रोटी पोल्छन्, उहिले इँटा बोक्थे - शोभा शर्मा - setopati

दोहोरी साँझमा हारमोनियम बजाए, कोरियामा बंगुर हेरे, दुख गरे, दुख पाएनन्
दिनभरि सचित्रको फोन अफ थियो। उनी आफूले काम गर्ने ठाउँमा त पक्कै गएको हुनुपर्छ भनेर हामी अनामनगर पुग्यौँ।

अनामनगरको एउटा साँघुरो ढावा। बाहिरपट्टी रोटी बेल्ने टेबल र रोटी सेक्ने भट्टी छ। त्यहीँ तन्दुरमा सचित्र केसीका हात चलिरहेका थिए, घरी रोटी बेल्न, घरी पोल्न र घरी निकाल्न।

सफा पहिरन र छालाका जुत्ता लगाएका उनी मस्तसँग काम गरिरहेका थिए। हात फटाफट चलाएका थिए। अनुहारमा मन्दमन्द मुस्कान।

उनलाई थाहै नदिई हामी ढावाभित्र पस्यौँ। उनी काममा तल्लीन थिए। आधा घण्टा लगातार रोटी पोलेपछि ग्राहक अलि होलो भए। सचित्र भित्रपट्टी सुस्ताउन आए।

एउटा पत्रिकाले भर्खरै उनका बारेमा छापेको थियो– चित्रबहादुरका छोरा रोटी पोल्छन्।

एक हुल ग्राहक आए। उनीसँग हात मिलाए र भने, ‘तपाईँको बारेमा त पत्रिकामा छापिएको छ दाइ, पढ्यौँ। ल आज पनि दाइको हातले पकाएको रोटी खाने।’

सचित्र एकदम खुसी देखिन्छन्। हामीतिर फर्केर सचित्रले भने, ‘आज बिहानैदेखि यस्तै छ, मान्छेहरु अचम्ममा परेका छन्।’
...

नेपालमा कुनै पनि सानाठूला नेताका छोराछोरीले आफ्नै बलबुता अनुसारको काम गरेर गुजारा चलाउनु कति असामान्य मानिँदो रैछ।

‘बुवा नेता÷सभासद हुनुहुन्छ, फाइदा लिनै खोजेको भए, राष्ट्रपतिदेखि व्यापारीसम्मकहाँ गएर हात फैलाउन सक्थेँ,’ उनले भने।

उनी थोरबहुत राजनीतिका कुरा गर्दै थिए, फेरि एकहुल ग्राहक आए। उनी रोटी बनाउन जानुप¥यो।

भोलिपल्ट भेट्ने कुरा भयो।

भोलिपल्ट दिउँसो थाहा भयो, उनको मोबाइल बिग्रेको रैछ।

‘अब पाँच ६ हजारले फेरि बाटो खोज्यो,’ उनी बाग्लुङ गल्याङको किसानको छोराले जस्तै कुरा गरिरहेका थिए।

अनुहारमा र बोलीमा कुनै झुटको गन्ध थिएन।

‘चित्रबहादुर केसीसँग म रगतको साइनोले भन्दा बढी वर्गीय हिसाबले नजिक छु,’ आफ्नो बाबु र आफ्नो सम्बन्धबारे सचित्र केसीले भने।

हुन पनि जीवनको ४० औँ वर्षमा आइपुगेपछि मात्रै उनले आफ्ना बुवासँग अचेल निजी जीवनका व्यवहारिक कुरा गर्न थालेका छन्। यतिका वर्षसम्म बाबु पार्टीका नेता र छोरा कार्यकर्तामात्रै भएर चलेको थियो।

अब उनका छोराछोरी जन्मे हुर्के।

पहिलेपहिले बाबुले जस्तो घरबार र छोराछोरी चटक्कै छोडेर हिँड्ने परिस्थिति देशमा छैन। उनीहरुको पार्टीको काम पनि सजिलो हुँदै गइरहेको छ।

उनको र उनका बाबुको सम्बन्ध किन पनि वर्गीय हो रे भने उनीहरु अहिले पनि कम्युनिष्ट आन्दोलनको मोर्चामै छन्।

सबै कम्युनिष्टले झैँ उनले पनि धनी र गरिबका बीचको खाडल मेटाउने आन्दोलन भनेर कम्युनिष्ट आन्दोलनलाई बुझे।

उलाई कम्युनिष्ट चिनाएको उनका बुवाले होइन, स्कुलमा पढ्ने पार्टीका अरु कमरेडहरुले हो।

पञ्चायती शासकको एक छत्र राज चल्ने स्कुलमा ‘क, ख, ग’सँगै उनले कमरेडहरुको स्कुलिङमा कम्युनिष्ट पढे र त्यही बने।

६ कक्षा पढ्दै गर्दा विद्यार्थीको जिल्ला समितिको सम्मेलनमा बाहिर जानुप¥यो उनलाई।

बाग्लुङकै राङखानीको नाम्दुडाँडामा सम्मेलन थियो। पर्यवेक्षक भएर गएका उनका साथीहरु आधा कार्यक्रमपछि घर फर्के। उनी एक्लैै बस्नुप¥यो।

‘चित्रबहादुरको छोरा भनेर होला, समितिमा नाम राखिदिएछन्, म बाह्रबर्षको मात्रै थिएँ, घर आउन नपाएकोमा मलाई नरमाइलो लागेको थियो, घर छोडेको र कम्युन शैलीमा मेसमा खाएको पनि त्यही बेला पहिलो पटक हो।’

चित्रबहादुरको छोरा भएकै कारणले उनले पहिलोपल्ट राजनीतिमा पदको फाइदा पाएका हुन्।

त्यसपछि राजनीतिमा र जीवनमै उनले केही फाइदा लिएका छैनन् रे।

त्यो दिन समितिमा बस्न पाएको खुसीभन्दा साथीहरुसँग फर्किन नपाएको पीडा उनलाई बढी भएछ।

सानैदेखि उनी नाच्न÷गाउन बढी रुचाउँथे।

दशैँ आउनै लागेको थियो। संगठनले सांस्कृतिक कार्यक्रम राख्यो। उनी पनि नाच्ने भए।

‘फोकल्याण्डको टापुबाट, जंगलको बीचबाट लेखिरहेछु चिठ्ठी तिमीलाई’ बोलको गीतमा उनी नाचे।

यो गीतिनाटक जस्तै हो। बीचमा बन्दुक पड्काउनुपर्ने दृश्य थियो। काकाको भरुवा बन्दुक थियो, त्यही पड्काएर उनी नाचेका थिए। पञ्चायतको जगजगीको बेला। गल्याङमा ‘चित्रबहादुरको छोराले राजारानीको फोटोमै गोली हान्यो रे’ भनेर
‘पञ्चहरु’ले आगोझैँ हल्ला फैलाए।

पुलिस आइपुग्यो, केही कमरेडलाई समातेर लग्यो। उनीहरु भागे।

धेरै दिनपछि उनीहरु जंगलैजंगल भारतको कानपुर गए। भारतमा उनले आफ्ना बुबालाई देखे। सबैले झैँ उनले पनि ‘कमरेड अभिवादन’ भनेर बुवासँग हात मिलाए।

बाबुछोराको वर्गीय नाता त्यहीँबाट सुरु भयो सायद।

आमासँग भने सानैदेखि सुखदुख काटे उनले। छुट्टीको बेला सचित्र माछा मारेर बेच्थे। थोरै पैसा आउँथ्यो र आमालाई दिन्थे। उनी कहिले माछा मार्ने त, कहिले खोलामा भैँसी तारिदिने काम गरेर पैसा कमाउँथे र घर चल्थ्यो।

दिदीको बिहेमा घर आउँदा मात्रै उनलाई बुवा पनि आफ्नैजस्तो लागेको थियो।

बुवाले आमालाई घर र गोठमा सघाएको देखेर उनी मख्ख परेका थिए।

आमा राजनीतिका कुरा केही नजान्ने भए पनि संगठनमा लाग्न उनले रोकिनन् छोराछोरीलाई।

जंगलैजंगल भारत पुगेका सचित्रलाई यता गाउँमा राजकाज मुद्दा लाग्यो। स्कुलबाटै रेस्टिकेट गरिएको खबर आयो।

किशोर उमेरमै लागेको मुद्दाकै कारण उनी फेरि फर्किएर कहिल्यै गाउँ गएनन्। कानपुरबाट फर्केर बुटवलमा पढे, त्यतै काम गरे।

२०४९ सालमा उनको बिहे भयो। उनको रोजाइमा पार्टीले सहमति दियो, बल्ल बिहे भएको थियो।

१ सय ५५ रुपैँयामात्रै खर्च गरेर उनले आफ्नो बिहे गरेका थिए।

‘उनले ढाकाटोपी लगाइदिइन्, मैले चुन्नी लगाइदिएँ, कमरेडहरुले ताली पिट्नुभयो, हाम्रो बिहे सकियो,’ सचित्रले सम्झे, ‘मेरो बिहेको भोज चियाबिस्कुट थियो।’

श्रीमती लिएर उनी काठमाडौँ आए। आफ्नो गुजारा चलाउन ललितपुरको हरिसिद्धिमा इँटा बोके।

संगठनका कमरेडहरुसँग मिलेर उनीहरुले बोर्डिङ स्कुल खोले। श्रीमानश्रीमती दुवैले त्यही बोर्डिङमा पढाउन थाले।

५१ सालतिर लैनचौरको दुग्ध विकास संस्थानमा खरदारको लागि विज्ञापन खुलेको थियो। सचित्रले थाहा पाए। बोर्डिङको कमाइले ठीकठीकै गुजारा चलिरहेको थियो।

सरकारी संस्थानमा जागिर खान पाए घर धानिन्थ्यो भन्ने सोचेर उनी बुवाकहाँ नजिक पुगे। त्यो बेला झलनाथ खनाल कृषिमन्त्री थिए। उनले सिफारिस गरे दुग्ध विकास संस्थानमा सहजै जागिर हुन्थ्यो।

‘बुवा र झलनाथले गल्कोटमा एउटै स्कुल पढाउनुभएको थियो, राम्रै सम्बन्ध थियो हाम्रो, त्यसैले आस लागेको मलाई,’ उनी अहिले हाँस्छन्, आफ्नो आस सम्झेर।

चित्रबहादुरले सचित्रलाई उल्टै शर्त राखिदिएछन्, ‘एमालेले मलाई राष्ट्रिय सभामा सिफारिस गरेको छ, खरदारको भन्दा बढी तलब त त्यहीँ हुन्छ, म जाउँ?’

सचित्रले यसरी सोचेकै थिएनन्।

‘मैले उनीहरुलाई तेरो जागिरका लागि भन्ने हो भने मैले पनि उनीहरुले भनेको मान्नैपर्छ। खरदारका लागि म पार्टीलाई धोका दिन सक्दिन,’ बुवाले उनलाई सम्झाए, ‘नैतिकता र वैचारिक हिसाबले यी दुवै काम गलत हुन्छन्।’

उनले बुवाको कुरा बुझे र आफ्नै स्कुलमा फर्केँ।’

त्यसपछि केही व्यक्तिगत माग लिएर उनी आफ्ना कमरेड बुवाको अघि कहिल्यै गएनन्।

आफ्नै हिसाबले संगठनको काम पनि गरे। उनी साँस्कृतिक विभागमा छन्। किनभने उनलाई नाच्न गाउन अहिले पनि मन पर्छ।

‘आफ्नै बुताको जीवनशैली छ, संगठनमा पनि आफ्नो सैद्धान्तिक राजनीतिक स्तर र रुचिजस्तो छ, त्यस्तै पोजिसनमा छौँ, चित्रबहादुर केसीको प्रभाव कतै पनि छैन,’ उनले सुनाए।

दिउँसो ढावामा ग्राहक त्यति थिएनन्। उनका साथीभाइले काम समालेका थिए।

यहाँ काम गर्न मज्जा छ?

‘काम गर्न त जहाँ पनि मज्जा हुन्छ, काम ठूलो सानो भन्ने हुँदैन, आफूले जानेको जे छ, खुसी भएर गर्छु।’

उनले गुजाराका लागि दोहोरी साँझमा हारमोनियम बजाउनेदेखि इँटा बोक्ने काम समेत गरे।

स्कुलमा पढाएर खर्च धानिन छोडेपछि उनी काम खोज्दै कोरिया पुगे। कोरियामा बंगुर हेर्ने काम पाए।

त्यहाँ पुगेर सचित्रले श्रम भनेको, मेहनत भनेको के हो भन्ने राम्रैसँग बुझे।

‘त्यहाँ मालिकले पनि हामीसँगै बसेर काम गर्न र खान अप्ठेरो मान्दैनथ्यो, श्रमको सम्मान गर्थे उनीहरु। हामी भने श्रम गर्न परे ग्लानि गछौँ।’

आफूहरुले ल्याउन खोजेको व्यवस्थामा श्रमको जस्तो ठाउँ हुन्छ, कोरियामा त्यस्तै छ रे।

उनका भाइ पनि जापानको रेस्टुरेन्टमा रोटी बनाउँछन्, पैसा कमाउन। यसरी उनीहरुले आफ्ना नेता बाबुको घरपरिवार, इमान र इज्जत धानिदिएका छन्।

‘हामीलाई अरुले राम्रो खाएको देखेर कहिल्लै मन हरक्क भएन, इमानको मानो खान पाए हामी खुसी छम् त्यसैमा,’ उनले बाग्लुङे लवजमा भने।

उनका आँखामा कुनै संकोचको भाव थिएन।

समाजको अपेक्षाभन्दा साधारण जीवन बाँच्न पनि गाह्रो हुन्छ। तर अरुका अपेक्षा पूरा गर्न इमानबिनाको जिन्दगी उनीहरुलाई मन्जुर छैन।

राजनीतिमा लागेकाहरुलाई भ्रष्टाचार गरेर, दलाली गरेर घरबार जोड्न केही गाह्रो थिएन।

‘डाँकाले पनि त सम्पत्ति जम्मा गर्छ, चोरेर छलेर चेलीबेटी बेचेर पनि मान्छेहरुले धन थुपार्छन्, चोरबाटोबाट नेता कार्यकर्ता रातारात धनी हुन्छन्,’ उनले भने, ‘त्यस्तो पैसाको अर्थ के हुन्छ, जहाँ नैतिकता भन्ने चिज छैन?’

सबै तस्विरहरूः प्रकाश लामा