Monday, November 28, 2011

भारतले बालकृष्णको बारेमा नेपालसँग जानकारी माग्ने - onlinekhabar

2
११ मंसिर, काठमाडौं । भारतले योगगुरु बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको विषयमा विस्तृत जानकारी लिन नेपाल सरकारलाई पत्र पठाउने तयारी गरेको छ ।
भारतीय पासपोर्ट लिन नक्कली कागजात पेश गरेको अभियोग लागेका बालकृष्णको राष्ट्रियताको विषयमा विवरण प्राप्त गर्न भारतको केन्दि्रय अनुसन्धान ब्युरोले नेपाललाई पत्र पठाउन लागेको सीबीआई श्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । ब्युरो अहिले नेपाललाई पठाउने पत्रलाई अन्तिम रुप दिने प्रक्रियामा रहेको बताइएको छ ।
यसअघि बयानका क्रममा आफूमाथि लागेका अभियोगबारे बालकृष्णले पेश गरेका दाबीको सत्यताको जाँच गर्न सिबिआइले नेपालसँग आवश्यक सामाग्री उपलब्ध गराउन पत्रमा अनुरोध गर्नेछ ।
केन्दि्रय अनुसन्धान ब्युरोले बालकृष्णमाथि नक्कली शैक्षिक प्रमाणपत्र लिएको तथा भारतीय पासपोर्ट लिन नक्कली कागजात पेश गरी राहादानी कानुनको उल्लंघन गरेको भन्दै भारतीय दण्ड संहिताको भाग ४ सय २० अन्तरगत धोकाधडी तथा १ सय २० बी अन्तरगत आपराधिक षड्यन्त्रको अभियोगमा मुद्धा दर्ता गरेको छ । बालकृष्णले पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली ठहर भइसकेको छ । उनीले सम्पुर्णानन्द संस्कृति विश्वविद्यालयबाट पूर्व मध्यमा तथा शास्त्री तह उत्तीर्ण गरेको भनी बनाएका शैक्षिक योग्यताको प्रमाणपत्र विश्वविद्यालयले नक्कली रहेको बताइसकेको छ । विश्वविद्यालयका रजिस्टार रजनिश शुक्लाले शैक्षिक प्रमाणपत्रमा बालकृष्णले उल्लेख गरेको नम्बर विश्वविद्यालयको रेकर्डमा नरहेको स्पष्ट पारेका छन् ।
बाबा रामदेवको पतञ्जली योगपिठ कोषले भने आचार्य बालकृष्ण माथि लागेका सबै आरोपको खण्डन गरेको छ । बालकृष्णको राहादानी मान्य छ , कोषका प्रवक्ता भन्छन् उहाँले राहादानी लिएको १२-१३ वर्ष भैसकेको अवस्थामा सरकारले अहिले किन यसमाथि प्रश्न उठाएको छ ?
यसअघि आचार्य बालकृष्णले सिबिआइले आफुमाथि लगाएको आरोप विरुद्ध उत्तराखण्ड उच्च अदालतमा मुद्धा हालेपछि अदालतले तत्काल उनलाई नपक्रन सिबिआइका नाममा अन्तरिम आदेश दिएको थियो । बालकृष्णको मुद्धामा पर्सी उत्तराखण्ड अदालतमा सुनुवाई हुने कार्यक्रम छ ।

अब भ्याट बिलमा तपाईँलाई कारबाही हुन्छ - mysansar


भ्याट बिलका बारेमा तपाईँले धेरै समाचारहरु पढिसक्नुभयो होला। ठूलाठूला व्यापारीहरु पनि कसरी नक्कली भ्याट बिल जारी गरेको अभियोगमा फँसेका छन् भन्ने कुरा तपाईँहरुलाई राम्रै थाहा हुनुपर्छ।
तर यो भने ती व्यापारीको हैन, तपाईँको चासोको कुरा हो। किनभने अर्थ मन्त्रालयको राजस्व विभागले अब तपाईँलाई कारबाही गर्ने चेतावनीसहित एउटा सूचना आजको पत्रिकामा छापेको छ। सूचना अनुसार तपाईँले भ्याट बिल लिनुभएन भने कर छल्न सहयोग गरेको आरोपमा हजार रुपैयाँसम्म जरिवाना गराउन सकिनेछ।
सूचनाको पूर्ण विवरण पढ्न भित्र आउनुस्-
भ्याट बिलको प्रभावकारी कार्यान्वयनका लागि विभागले यसअघि धेरै उपाय अपनाइसकेको छ। चिट्ठाको उपाय समेत केही समय अघि अपनाइसकिएको थियो। अहिले भने सजाय गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यो सूचना जारी गरिएको हो।

Wednesday, November 23, 2011

परिचितबाटै एघार वर्षीय बालकको अपहरणपछि हत्या - nagariknews


केपी ढुंगाना, काठमाडौं, मंसिर ८ -कलंकीको सुपर सीता यातायात काउन्टरमा बुधबार दिउँसो कालो सुटकेस खोज्दै प्रहरी टोली आइपुग्यो। काउन्टरका कर्मचारीले तीन दिनदेखि अलपत्र सुटकेस देखाए। प्रहरीले खोलेर हेर्‍यो। त्यसमा शुक्रबारदेखि हराएका ११ वर्षीय बालक शुभम साहको शव थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार धनुषाको जनकपुर नगरपालिका-७ का शुभम पढ्न बाफलमा आफन्तसँग बस्दै आएका थिए।
बाफलको हारती शिक्षा मन्दिरमा कक्षा तीनमा पढ्दै गरेका उनको शुक्रबार बिहान ९ बजे स्कुल जाने क्रममा अपहरण भएको थियो।


उनका बुबा रामभगत त्यसै दिन छोरा भेट्न काठमाडौं आएका थिए। दिनभरि छोरा पर्खेर बसेका उनलाई बेलुकी ४ः४५ बजे अज्ञात व्यक्तिले फोन गरेर 'शुभम अपहरणमा परेको' बतायो। 'ज्युँदै चाहिए ५० लाख रुपैयाँ फिरौती' माग्यो। खेतीपातीमा निर्भर साहले तत्कालै फोन आएको मोबाइल नम्बरसहित महानगरीय प्रहरी अपराध महाशाखालाई घटनाबारे जानकारी दिए।
अनुसन्धानमा खटिएका डिएसपी हृदय थापा र सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले केही शंकास्पद व्यक्ति आइतबारै पक्राउ गर्‍यो। हत्याको खुलासा भने मंगलबार बेलुकी भएको हो।
प्रहरीले यो घटनामा सातजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन्तोष पण्डित, देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्मेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरा छन्। उनीहरूलाई अपहरण तथा शरीर बन्धक र हत्या अभियोगमा हिरासतमा राखिएको महाशाखाका एसपी श्याम खत्रीले जानकारी दिए।
उनीहरूकै बयानका आधारमा प्रहरी टोलीले कलंकीको टिकट काउन्टरबाट बालकको शवसहितको सुटकेस बरामद गरेको हो।
काउन्टरका कर्मचारीका अनुसार उक्त सुटकेस धनकुटा जाने बसको अन्तिम सिटमा आइतबार फेला परेको थियो। सुटकेसधनी नदेखिएपछि बसका कर्मचारीले काउन्टरको जिम्मा लगाएका थिए। काउन्टरका कर्मचारीले तीन दिनसम्म त्यसलाई तास खेल्दा मेचका रूपमा प्रयोग गरेको बताए। बुधबार त्यसभित्र बालकको शव देख्दा उनीहरू आत्तिएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सन्तोषको योजनामा शुभमको अपहरण र हत्या गरिएको खुलेको छ। शुभमको परिवारसँग परिचित उनी धनुषाकै हुन्। विदेश जाने तयारीमा रहेका सन्तोषले नै अरू सहयोगीलाई अपहरण योजनामा संलग्न गराएका थिए। उनीविरुद्ध जनकपुरमा समेत अपहरणको मुद्दा दर्ता रहेको खुलेको छ।
सन्तोषले अपहरणको योजना बनाएपछि 'भोला' भन्ने देवेन्द्रले बालकबारे विवरण संकलन गरेका थिए। २३ वर्षीय देवेन्द्र महोत्तरी निवासी हुन्। उनी काठमाडौंमा सैलुन चलाउँदै आएका थिए। उनले ल्याएको विवरणका आधारमा महोत्तरी, भरतपुरका रामजीले बालकको अपहरण गरी कपुरधाराको कोठासम्म पुर्‍याएका हुन्। शुमभको परिवारसँग फिरौती बार्गेनिङ पनि रामजीले नै गरेको एसपी खत्रीले जानकारी दिए।
प्रहरीका अनुसार हजाम व्यवसायी धर्मेन्द्रले बालकलाई आफ्नो कोठामा राखेर हत्या गरेका थिए। महोत्तरीका लालबाबु पनि अपहरण योजनामा संलग्न देखिएको प्रहरी प्रतिवेदनमा छ। मकवानपुर चित्लाङका दिपकले २० हजार रुपैयाँ पाउने लोभमा आफ्नो मोटरसाइकल प्रयोग गर्न दिएका थिए। घटानमा आशिषको संलग्नताबारे प्रहरीले खुलाएको छैन।
सन्तोष र भोला बालकको परिवारसँग परिचित रहेको र फिरौती लिएर ज्युँदै छाड्दा पोल खुल्नसक्ने भएकाले उनीहरूले क्लोरोफर्म सुंघाएर हत्या गरेको खत्रीले बताए।

५० लाखको लोभमा अपहरण
अपहरण अभियोगमै फरार रहेका सन्तोषले काठमाडौंमा सैलुन चलाएर बसेका परिचितलाई अपहरणको नयाँ योजना सुनाएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार देवेन्द्रले 'बाफल, सीतापाइला बस्ने एकजना बालकलाई अपहरण गरे सजिलै ५० लाख फिरौती उठाउनसक्ने' भन्दै ११ वर्षीय शुभम साहको सूचना ल्याएका थिए।

उनीहरूले शुक्रबार बिहान शुभम स्कुल जान कोठाबाट बाहिरिएपछि लट्ठिने औषधि मिसाएको फ्रुटी खुवाएर मोटरसाइकलमा कपुरधारास्थित धर्मेन्द्रको कोठामा पुर्‍याएका थिए। प्रहरीले बालकलाई राखिएको कोठावाट दुईवटा सिरिन्जसमेत बरामद गरेको छ। अपहरणकारीहरूले बालकलाई सुईमार्फत् लट्ठ्याउने औषधि दिएर कोठामा राखेको प्रहरीको शंका छ।
अपहरणपछि शुक्रबारैबाट उनीहरूले शुमभको परिवारलाई फोन गरेर फिरौती रकमको बार्गेनिङ सुुरु गरेका थिए। 'दिनमा एकपटक मात्र फोन गरेर छोरा ज्युँदै चाहिँदैन कि क्या हो भन्दै थर्काउँथे,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।
खेती गर्दै आएका रामभगतले आफूसँग त्यत्रो पैसा दिने आर्थिक हैसियत छैन भनेपछि उनीहरूले २५ लाखभन्दा कम नलिने भन्दै धम्क्याएका थिए। मंगलबार बेलुकीसम्म सन्तोषले फोन गरेर 'शुभम ज्युँदै छ' भन्दै उनका परिवारलाई पैसा लिएर जनकपुर डाकेका थिए। तर, उनीहरूले आइतबार बिहानै शुभमको हत्या गरिसकेको प्रहरीले जनाएको छ।
यसरी भेटिए अपहरणकारी
छोरा भेट्न काठमाडौं आएका रामभगतले शुक्रबार बेलुकी नै घटनाबारे अपराध अनुसन्धान महाशाखामा जानकारी दिएका थिए। उनले फिरौती माग्न प्रयोग भएको मोबाइलको नम्बर खुलाएपछि प्रहरीले त्यही आधारमा अनुसन्धान अघि बढाएको थियो।
शुक्रबार र शनिबार प्रहरी अनुसन्धान कल विवरणको विश्लेषणमै अल्भि्कयो। आइतबार अपहरणकारीको नम्बरमा सम्पर्क भएका केही शंकास्पद नम्बर खुलेपछि प्रहरी उनीहरूको खोजीमा खटेको थियो। एउटा टोली बालक अपहरण भएको सीतापाइला, बाफल क्षेत्रमा खटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।
'कल विवरणमा सोमबार शंकास्पद नम्बरमा सम्पर्क भएको नयाँ नम्बर खुल्यो,' ती अधिकारीले भने, 'त्यही नम्बरका आधारमा अनुसन्धान गर्दै जाँदा अपहरणमा संलग्न अभियुक्तहरूको पहिचान भयो।'
प्रहरीले सोमबार सीतापाइलामा सैलुन चलाउँदै आएका जानकी ठाकुरलाई नियन्त्रणमा लिएको थियो। उनलाई सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। बुधबार प्रहरीले उनीबारे केही खुलाएन।
धनुषामा रहेका भोला अपहरणमा संलग्न हुनसक्ने संकेत देखिएपछि महाशाखाको अर्को टोलीले सोमबार धनुषा गएर उनलाई पक्राउ गरेको थियो। 'दिनभरि भोलाले केही बताएन,' अनुसन्धान स्रोतले भन्यो, 'बेलुकी मात्र शुभमलाई मारेको स्वीकार गर्‍यो।'
प्रहरीका अनुसार भोलाले हत्या सन्तोषले गरेको दाबी गरेका थिए। भोलाकै बयानका आधारमा प्रहरीले सीतापाइलामा रहेको रामजी ठाकुरको डेरामा छापा मार्‍यो। मंगलबार बिहान लाल ठाकुर पनि समातिए। बेलुकी उनले बालकलाई बन्धक बनाएको कपुरधाराको कोठामा प्रहरीलाई पुर्‍याए। धर्मेन्द्र त्यहीँ फेला परे।
एसपी खत्रीका अनुसार कपुरधाराको कोठामा शुभमको कपडा र जुत्ता फेला परेको थियो। 'लालले बालकको हत्या गरेको ठाउँ औंलाले देखाउँदा अति नरमाइलो लाग्यो,' कपुरधाराको कोठामा पुगेका एक प्रहरी अधिकृतले भने, 'बालक मारेको भने पनि शव फेला नपरेकाले ज्युँदै छ कि भन्ने आशा थियो।'
सन्तोषले मंगलबार बेलुकीसम्म पनि शुभमको परिवारसँग फिरौती बार्गेनिङ गरिरहेकाले बालक ज्युँदै हुनसक्नेमा प्रहरी आशावादी थियो। 'तर, बुधबार ११ बजे घटनाका मुख्य योजनाकार सन्तोष पक्राउ परे र उनले सुटकेसमा शव राखेर बसबाट धरान पठाएको बताएपछि शुभमको हत्या भइसकेको पुष्टि भयो,' एसपी खत्रीले भने।
प्रहरीले बस काउन्टरमा गएर शवको सनाखत गर्‍यो र बुधबारै अपहरणकारीलाई मोटरसाइकल दिनेे दिपक र आशिष पक्राउ परे।
शुक्रबारै घटनाबारे जानकारी पाए पनि बालकलाई ज्युँदै उद्धार गर्न नसकेकोमा प्रतिक्रिया दिँदै एसपी खत्रीले भने, 'प्रहरीको अनुसन्धान चुकेको छैन, उनीहरूको अपहरणको उद्देश्य नै हत्या रहेकाले बालकलाई ज्युँदै फेला पार्न सकिएन।'
खत्रीले पैसाका लागि अपहरण भएको दाबी गरे पनि अनुसन्धान स्रोत पारिवारिक किचलोको संकेतसमेत देखिएको बताउँछन्। 'घटनामा संलग्नहरूको पृष्ठभूमि हेर्दा फिरौती लिनेमात्र उद्देश्य देखिन्न,' अनुसन्धान स्रोतले भन्यो, 'आपसी मतभेदको संकेत देखिएकाले त्यो कोणवाट पनि अनुसन्धान गरिरहेका छौं।'

चार वर्षमा एक हजार अपहरण
सरकारले अपहरण नियन्त्रण गर्न २०६४ मा छुट्टै कानुन ल्याए पनि त्यसयता एक हजारभन्दा बढीको अपहरण भइसकेको छ, जसमा अधिकांश बालबालिका छन्। अपहरित बालबालिका कि आफैं भागेर जोगिएका छन् कि परिवारले फिरौती बुझाएर मुक्त गराएको छ। कतिले अनाहक ज्यान गुमाएका छन्। प्रहरीले फिरौतीबिनै उद्धार गरेका घटना निकै कम छन्।
२०६३ भदौमा कोटेश्वरका आठ वर्षीय विवेक लुइँटेलको अपहरण र हत्यापछि यस्तो अनुसन्धान प्रभावकारी बनाउन अपहरण तथा शरीर बन्धक ऐन ल्याइएको हो। यो ऐनपछि अपहरणका अभियुक्तलाई अन्य ऐन टेकेर कारबाही गर्ने झन्झटबाट प्रहरी मुक्त भयो, तर अपहरणका घटना रोकिएनन्।
केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख उपेन्द्रकान्त अर्याल 'बालकले प्रतिकार गर्न नसक्ने, ओसारपसार गर्न सहज हुने र अपहरणपछि बन्धक बनाएर राख्न सजिलो पर्ने' भएकाले अपहरणकारीको पहिलो रोजाइ हुने गरेको बताउँछन्।
'ठूला व्यक्तिको तुलनामा बालबालिकाको अपहरण सहज हुन्छ,' उनले बुधबार नागरिकसँग भने, 'बालबालिकाका परिवार बढी संवेदनशील भई तुरुन्तै फिरौती बुझाउन राजी हुनुले पनि अपहरणकारीलाई सजिलो हुन्छ।'
छुट्टै ऐन आएपछि अपहरणका संगठित गिरोह पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सहज भएको उनले बताए। त्यसअघि अपहरणमा सक्रिय संगठित समूह रोहित पाहिवाल अग्रवाल समूहलाई पक्राउ गरिए पनि ऐनको अभावमा अन्य कानुन टेकेर कारबाही गर्दा धरौटीमा छुटेको थियो। उनीहरूले पछि चिकित्सक भक्तमान श्रेष्ठको अपहरण गरे। अहिले पाहिवाल लगायत, अमर टन्डन, उदय सेट्टी, सिद्धार्थ लामा समूह अपहरण तथा शरीर बन्धक ऐनअन्तर्गत पुर्पक्षका लागि थुनामा छन्।
अभिभावक केही सतर्क भए सम्भावित दुघर्टना रोक्न सकिने अर्याल बताउँछन्। स्कुल जाँदा-आँउदा बालबालिका बढी 'टार्गेट' बन्ने गरेको उनले बताए। 'स्कुल पठाउँदा सकेसम्म स्कुलकै गाडी प्रयोग गर्ने, गाडीको सुविधा नभए स्कुलसम्म पुर्‍याउन र लिन घरकै सदस्य जाने हो भने अपहरणको घटना कम गर्न सकिन्छ,' उनले भने।
बालकका आफन्त बनेरसमेत अपहरण गर्ने गरिएकाले सकेसम्म एकै व्यक्ति पुर्‍याउन र लिन जानु उपयुक्त हुने उनको सुझाव छ। 'फरकफरक व्यक्ति लिन जाँदा विद्यालयका कर्मचारी झुक्किने सम्भावना बढी हुन्छ,' उनले भने, 'एकै व्यक्ति जान सम्भव नभए परिवारका सबै सदस्यलाई स्कुलमा चिनाएर असम्बन्धित व्यक्तिलाई बालबालिकासँग भेट्नबाट जोगाउन सकिन्छ।'
उमेर पुगेका बालकालिकालाई अपरिचित व्यक्तिले दिएका खानेकुरा नखाने, उनीहरूसँग हिमचिम नबढाउने र नचिनेको व्यक्ति नजिक हुन खोज्दा अभिभावकलाई जानकारी दिन सुझाव दिए पनि अपहरणबाट जोगिन सकिने अर्यालको सुझाव छ।

शुक्रबार बिहान स्कुल जाने क्रममा अपहरण
शुक्रबार अपराह्न बुबालाई फोन गरेर फिरौती माग
आइतबार बेलुका केही शंकास्पद पक्राउ
आइतबार बिहान बालकको हत्या
आइतबार अपराह्न शव सुटकेसमा राखी बसमा
सोमबार हत्यामा संलग्नमध्ये केही पक्राउ
मंगलबार अपहरणमा संलग्न थप पक्राउ
मंगलबार बेलुका अन्तिमपटक फिरौती माग
बुधबार बिहान मुख्य योजनाकार पक्राउ
बुधबार दिउँसो सुटकेसमा शव फेला

लौ हेर पावर व्यापारी घरानाको ! - mysansar


नेपालको इतिहासकै ठूलो आर्थिक कान्ड नक्कली भ्याट बिलमा ठूला व्यापारी घराना परेपछि आर्थिक क्षेत्रमा ठूलै हलचल भयो। तत्कालीन अर्थ सचिव रामेश्वर खनालले राजीनामा दिनुपर्‍यो। तर ती व्यापारीहरुको कालो अनुहार यसरी सार्वजनिक भयो कि कसैले गुपचुप यो मामलालाई अन्त्य गर्ने आँटै गर्न सकेन जनदबाब बढ्ने भएर। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले अमेरिका जाँदा कालो झण्डा देख्नुपर्‍यो केही कान्डको कारण। सरकारी छापै कीर्ते गरी फौजदारी अभियोग लाग्ने काम गरे पनि सरकारले त्यस्ता व्यापारीको नाम सार्वजनिक गर्न मिल्दैन भन्दै लुकाएको थियो। तर सूचना आयोगले नजिर बन्ने निर्देशन जारी गरी सबको मुकुन्डो खोल्न लगायो। यसपछि व्यापारीहरु कारबाही होला भन्ने डरले थरथर कामेको समाचार सुन्नमा आयो।
तर ठूला व्यापारी घराना भनेका ठूलै पावर भएका हुन्छन् भन्ने तथ्य फेरि एक पटक देखिएको छ। नक्कली भ्याट बिल कान्डमा सुरुदेखि अनुसन्धान गरिरहेकाहरुलाई अनुसन्धानै नसकी अर्थ मन्त्रालयले हिजो सरुवा गरिदिएको छ। अर्थमन्त्री वर्षमान पुनको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको हो। सरुवा भएकाहरु हुन्- आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनाल। यही विभाग मातहत यो कान्डको छानबिन गर्ने काम सुरु गरिएको हो। र, सरुवा हुने अर्का व्यक्ति हुन् विभाग कै उपमहानिर्देशक लक्ष्मण अर्याल। उनले यो अनुसन्धान टोलीको नेतृत्व गरेका थिए।
झण्डै डेढ वर्षअघिबाट उनीहरुको नेतृत्वमा सुरु भएको थियो नक्कली भ्याट बिलसम्बन्धी अनुसन्धान। तपाईँ अनुमान गर्न सक्नुहुन्छ देश कै ठूला औद्योगिक घरानाहरु जगदम्बा, चौधरी, गोल्छा, विशाल जस्ता समूह मुछिएको यस्तो संवेदनशील विषयमा छानबिन गर्दा कति दबाब सहनुपर्‍यो होला उनीहरुले। केही व्यापारी त पार्टीको शरणमा पनि गएका छन्। उनीहरुमार्फत् कति राजनीतिक दबाब सहनु पर्‍यो होला ! अर्बौँ राजस्व ठग्ने व्यापारीहरुले कति आर्थिक प्रलोभन दिए होलान् यिनीहरुलाई। तर तमान दबाब सहेर भए पनि कारबाहीको अन्तिम चरणसम्म उनीहरुले यो मुद्दालाई ल्याइपुर्‍याएका थिए। अब केही व्यापारीको मुद्दा राजस्व न्यायाधीकरणमा गएर अडकिएको छ। थप केहीको अनुसन्धान पूरा हुन बाँकी छ।
नक्कली भ्याट बिलको विषय निकै प्राविधिक र जटिल छ। तपाईँ हामीलाई सामान्य रुपमा यसको विषयवस्तु बुझ्नै पनि धेरै समय लाग्छ। यस्तो अवस्थामा सुरुदेखि नै यही विषयको अनुसन्धान गरेर पोख्त भइसकेका नेतृत्व गरिरहेकाहरुलाई हटाउनु भनेको कारबाहीलाई फितलो बनाउन खोज्नु नै हो। नभए ढिला गराउनु उनीहरुको उद्देश्य हो। नयाँ मान्छेले अब यत्रो प्राविधिक र जटिल विषय बुझ्नै समय लाग्छ। अनप अनुसन्धान लम्बिन्छ। लम्बिएपछि कुरा पुरानो हुँदैजान्छ, मान्छेको नजरबाट यो कुरा ओझेलमा पर्दै जान्छ अनि मुद्दा फितलो हुन्छ- यिनीहरुले सोचेका यही होलान्।
त्यसो त सरुवा गरिएका कर्मचारीहरुको दुई वर्षे कार्यकाल पूरा भएकोले यो सरुवालाई वैधानिक भनेर तर्क उनीहरुले गर्न सक्छन्। तर देशकै ध्यान तानेको यस्तो संवेदनशील मुद्दाको अन्तिम टुंगो नलागेसम्म केही समय थपिएको भए केही बिग्रने त थिएन नि।
अब हामीले खबरदारी गर्नुछ आन्तरिक राजस्व विभागमा ल्याइएका नयाँ महानिर्देशक ट‌ंकमणि शर्मा र उपमहानिर्देशक मधु मरासिनीलाई- खबरदार, तिमीहरुले गलत काम गर्ने व्यापारीलाई उन्मुक्ति दिन पाउने छैनौ, हामीले निगरानी गरिरहेका छौँ।

५ लाखको घर किन्नेलाई अमेरिकामा तुरुन्त भिसा - weeklynepal

अमेरिका  । अमेरिकी सिनेटले अमेरिकामा उपयुक्त मात्रामा घरजग्गा खरिद गर्न सक्ने जुनसुकै देशको नागरिकलाई पनि स्थायी आवास भिषा दिने प्रावधान सहितको विधयेक तयार पारेको छ ।
प्रस्तावित विधयेकअनुसार, त्यस्तो भिषा प्राप्त गर्नको लागि अमेरिकामा कम्तिमा ५ लाख डलर अर्थात ४ करोड नेपाली रुपैयाँ बराबरको नगद पैसा खर्च गर्ने क्षमता हुनुपर्नेछ । जसमध्ये अढाइ लाख डलर घरजग्गा वा आवासको खरिदमा लगाउनु पर्नेछ र बाँकी २ लाख पचास हजार व्यापार व्यवसायमा लगानी गर्नुपर्नेछ ।
विधयेकको प्रावधान अनुसार अब नयाँ घरधनी भिषा जारी हुनेछ र त्यस्तो भिषा हरेक तीन वर्षमा नविकरण गर्न सकिनेछ । घरधनी आप्रवासी अमेरिकामा बसेर काम गर्न चाहेमा श्रम भिषाका लागि आवेदन दिन सक्नेछ । आवास भिषा पाउनका लागि विदेशी घरधनी वर्षमा कम्तिमा १ सय ८० दिन अर्थात ६ महिना उक्त घरमा बस्नुपर्नेछ र काम गरेको खण्डमा उसले आयकर पनि बुझाउनुपर्नेछ ।
नयाँ कानुनले अमेरिकामा आवासको खुल्ला बजार सिर्जना गर्ने तथा गतिलो आवास नपाएका श्रमजिवी अमेरिकीको लागि पनि सहज हुने अनुमान गरिएको छ । अहिलेको प्रावधान अनुसार अमेरिकामा कम्तिमा ५ लाख डलर लगानी गर्ने विदेशीले गि्रन कार्ड पाउन सक्छ । तर घरजग्गा खरिदको नयाँ प्रावधान त्यो भन्दा निकै सजिलो हुने बताइएको छ ।
विधयेक तयार पार्ने न्युयोर्कका सिनेटर चाल्र्स सुमर र उटाहका माइक लीले प्रस्तावित कानुनले अमेरिकामा विदेशी लगानी वृद्धि गर्न सघाउ पुराउने विश्वास व्यक्त गरेका छन् । यस कानुनका समर्थकहरु यसले अमेरिकाको घरजग्गा कारोवारमा आएको मन्दी अन्त्य हुने र त्यसको कारोवार बढ्ने वताउँछन् । तर यस कानुनले अमेरिकाको सवैभन्दा राम्रो ठाँउहरु जस्तै समुदि्र किनारा, ठुला शहरहरुमा धनी विदेशीहरु आएर वसोवास गर्ने र अमेरिकीहरु विस्तापित हुने खतरा बढ्ने यसका विरोधीहरुले वताउँदै आएका छन् । यसका विरोधीहरु भन्छन्-’भोलि अमेरिकीहरुको छुट्टी मनाउने गन्त्व्य विदेशीहरुको आगनमा परिणत हुनेछ ।’
अमेरिकामा सुरु भएको आर्थिक मन्दीसँगै उदाउँदा अर्थतन्त्र भएका मुलुकबाट अमेरिकाको रियलस्टेटमा लगानी गर्ने क्रम बढेको देखिन्छ । खासगरि बिश्वका अन्य शहरमा भन्दा अमेरिकाका सुबिधासम्पन्न शहरमा सस्तोमा घरजग्गा पाउन थालिएको छ ।
नेपाल राष्ट्र वैंकले बिदेशमा लगानी वा घरजग्गा खरिद प्रयोजनका लागि पूँजी लैजान निषेध गरेका कारण सिधा बाटोबाट नेपाली ब्यबसायीहरुले अमेरिकामा आवास भिषा लिन सम्भव नभएपनि अमेरिकासँग ब्यापार गरिरहेका नेपाली ब्यापारीहरुलाई यसले सहज बनाउने अनुमान गरिएको छ ।

भुवनको घरमा ज्ञानेन्द्र पाहुना - nagariknews


काठमाडौं, मंसिर ७ (नागरिक) - अभिनेता भुवन केसीले छोरी काजललाई अन्माएका छन्। काजललाई बिदाइ गर्नुपर्दाको भावुकता भुवनले यसरी प्रकट गरे, 'छोरीलाई अन्माउँदैछु भन्दा नरमाइलो लाग्दो रहेछ। नयाँ नाता जोडिएको, भूमिका बढेको निकै फरक अनुभूति हुँदो रहेछ।' काजलकै नामबाट आफ्नो कम्पनीको नामाकरण गरी भुवनले १५ वर्षदेखि फिल्म निर्माण गर्दै आएका छन्। तिनै एक्ली छोरी काजलको बिहेमा मंगलबार भुवन भावुक देखिए।
आगन्तुकलाई स्वागत गर्दा हँसिलो अनुहार बनाउन खोजे पनि छोरी बिदा गर्दैछु भन्ने सम्भि्कँदा मन खोलेर रमाउन नसकेको उनले बताए।
भुवनकी छोरी काजोलको अमेरिका निवासी भारतीय नागरिक पुनित रायसँग सोमबार बिहे भएको हो। बिहेको भोज भने मंगलबार केसी निवास सिनामंगलमा गरिएको थियो। अमेरिकामा सँगै काम गर्ने पुनितसँग छोरीको इच्छा बमोजिम लगनगाँठो कसिदिएको भुवनले बताए।
भुवनकी जेठी श्रीमती विजया, छोरी काजोल र छोरा विवेक अमेरिकामा बस्दै आएका छन्। 'विवाह चाहिँ नेपालबाटै गर्ने परिवारको सल्लाह भएको थियो,' यसका लागि दसैंअघि नै छोराछोरीका साथ विजया नेपाल आएकी थिइन्।
अरू पाहुनालाई भोजको लागि साँझ ६ बजे निम्त्याइए पनि पूर्वराजा ज्ञानेन्द्र शाह ५ बजे नै केसी निवास पुगेका थिए। उनी करिब १० मिनेट कार्यक्रम स्थलमा रहे। 'वरवधुलाई शुभकामना दिनुभयो, एक कप कालो चिया खानुभयो र मेरो आगामी प्रोजेक्टबारे जानकारी लिएर हिँड्नुभयो,' भुवनले बताए।
भोजमा कलाकर्मी र राजनीतिक व्यक्तित्वको ठूलो जमघट थियो। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, माधवकुमार नेपाल उपस्थित थिए। सभामुख सुवास नेमवाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा, कांग्रेस नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, एमाले नेता वामदेव गौतम, भरतमोहन अधिकारी, ईश्वर पोखरेललगायत भोजमा देखिए।
भुवनका समकालीन अभिनेता शिव श्रेष्ठका साथै राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, राजवल्लभ कोइराला, सुनिल थापा, रेजिना उप्रेती, ऋचा घिमिरे, युना उप्रेती लगायतका कलाकार उपस्थित थिए।
बिहेपछि राजधानीको सोल्टी होटलमा बसेका काजल र पुनित बुधबार पुर्ख्यौली घर दिल्ली जानेछन्। त्यहाँ बिहेको औपचारिक कार्यक्रम सकेर अमेरिका जाने उनीहरुको योजना छ।
काजललाई बधाई दिन मञ्चमा अभिनेत्री करिश्मा मानन्धरले हल्का नृत्य गरिन् भने सुष्मा कार्कीले गाइन्। शिव परियारले पनि गीत गाएर माहोललाई सांगीतिक बनाए। मञ्चमा उक्लिएर नवविवाहित जोडीलाई
बधाई दिनेमा रेखा थापा र राजवल्लभ पनि थिए।

Tuesday, November 22, 2011

ओ हेलम्बु !! - mysansar

-देवेन्द्र भट्टराई-
 
‘हेलम्बुकी शेर्पेनी’ बोलको कुमार बस्नेतको गीतमा हेलम्बु थातथलोका बारेमा थोरबहुत सुनिएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नियात्राकार केशर लालसम्मका लेखनमा अलिकति हेलम्बु–वृतान्त पढिएको हो। कहिले कुनै मिथजस्तो, कहिले धेरै टाढाको कुनै भिन्न जीवन–जगत होला भनी हेलम्बु–छायाछवी मनमा गढेको थियो।

यसपटकको तिहार फुर्सद र पर्व–मुडमा काठमाडौं–मेलम्ची–तिम्बु–मेलम्चीघ्याङ–ठारेपाटी–कुटुमसाङ हुदै चनौटेतिरको पाँचदिने पैदलमा निस्कने साइत मिल्यो। यात्रामा साथीहरु थिए— जीवनमैं पहिलो र शायद अन्तिम पटक ट्रेकिङ्को सोख मनमा राखेर झापाबाट आएका केही लघु–व्यवसायीहरु। बिर्तामोडमा आगन मसला कम्पनी चलाउने प्रबन्धक सुवास खतिवडा(सुख), दमकमा पशु चिकित्सा केन्द्र चलाउने कुमार खड्का (कुख), मोरङ सातपीढि घर हुदै काठमाडौंमा साइवर–यात्रामा रमिरहेका बिनोद अधिकारी (बि.अ.) र भर्खरै कतारभूमीबाट फिरेका जयराज भट्टराई(ज.भ.)।


पदयात्रा थाल्नुअघि तल तिम्बुमैं न्यू तिम्बु लजका शेर्पा दाइले भनेका थिए—अब माथिका जंगलले घेरिएका बाटाघाटाहरु एकदमैं शून्य लाग्छन्। कतैकतै त चराचुरुङ्गी कराएको समेत सुनिन्न। बाटो झण्डै त्यस्तै रहेछ पनि। ठाउठाउमा पानीघट्टमा मकै, जौ पिसाइरहेका दाजुदिदीहरु भेटिन्थे। चियाखाजाका पसलहरु पनि उति थिएनन्। बरु हिडिरहेको बाटोबाट यसो छड्किएर भित्री घरहरुमा पसेर सुकुटी–शिकारको सितनमा ब्राम्हण–घरहरुमा पाइने अमिलो मोहीजस्तो छ्याङ भने पिइरहेका हुन्थे, सुख र कुखहरु।
उमेर औसतमा ३० का यी मधेशका जवानहरु पर्चा, पोष्टर र फिल्मी पर्दाहरुमा मात्रै पहाडी/हिमाली जीवन–जगतका बारेमा जानकार रहेछन्। तिम्बुबाट मेलम्चीको खानेपानी सुरुङ हेर्दै मोलम्चीघ्याङको असाद्ये उकालो हिडिरहेको पहिलो दिनमैं यिनीहरुको गतिगराश देखिन्थ्यो। ३ हजारभन्दा माथिको मिटरमा यात्रु बनेर हिडिरहेका बेला लेक लाग्ने त्रास र हल्लाका कारण अरुभन्दा पनि मधेशबाट भोल्भो चढेर काठमाडौं आएका कुख, सुख र जभ भने कुनै जन्मजात–मधौरुले बाटो काटिरहेझैं हविगतमा थिए, दुइ हातमा दुइ लौरोको सहारामा। मसला व्यवसायको चम्कदो बजार र हामीबीचमा राम्रो आर्थिक हैसियत रहेका आगन मसलाका सुख कहींकतै छोटी होटल वा चियापसल भेटिए पनि सोधिरहेका हुन्थे—’दाइ, यहाबाट हेलिकोप्टर चार्टर गरेर काठमाडौं जान कति लाग्ला?’

‘क्याराभान’का निर्देशक एरिक भ्यालीले आफूले अबको प्रोजेक्टमा ‘रोड टु ल्हासा’ फिल्म बनाउन चाहेको गफ सुनाएका थिए, केही बर्षअघि। लेखक केशरलालको काठमाडौं–ल्हासा ब्यापारमा जाने नेवार समुदायबारेको कृति आधारमा यो फिल्मी योजना भ्यालीले बनाएका रहेछन्। हेलम्बु जाने हामी हिडिरहेको मार्ग हुदै ‘रोड टु ल्हासा’ बन्ने सम्भावना छ/छैन, यो त्यति पत्तो हुने कुरो भएन। तर आफूलाई फिल्म निर्माता र डकुमेन्ट्री–मेकर भन्दै काठमाडौंका सभा–सेमिनारमा बेतोडका गफ दिइरहने पात्रहरु हेलम्बुका यी पाखाभित्ता र सौन्दर्यले भरिएका पहाडतिर कहिले आइपुग्लान् नि (?), मनमा यस्तै अनेक कुरा खेलिरहेको थियो।
‘होइन, म त खस्छु कि क्या हो,’झापा शनिश्चरेको मैदानमा हरेक दिन बिहान फुटबल खेलेर ज्यान निकै कसिलो बनाएको छु भन्ने दावी गर्ने सुख मेलम्चीघ्याङ नपुग्दै मारुनी–तालमा हिंड्न थालिसकेका थिए। कतारको ५० डिग्रीको तातोमा मरुभूमी–रेस गरेर आएका ज.भ.को पनि हाल उस्तै बेहाल थियो। बरु काठमाडौंबासी बि.अ. भने केही सद्ये लाग्थे। कुख बिहान खाएको अमिलो छ्याङ्को सुरतालमा मस्तराम देखिन्थे, कुनै अभ्यस्त पदयात्रु झैं।

पदयात्राका लागि मनाङको थोराङ्लापास पुगेपनि अथवा सिन्धुपाल्चोकको मेलम्चीघ्याङ पुगेपनि ‘दुर्दशा’ भने उस्तै हुदो रहेछ। नेपाल पर्यटन बर्ष भनेपनि अथवा भ्रमण बर्षको होहल्ला बीबीसी र सीएननमा छाएपनि नेपाली पदयात्रु र पर्यटकको हविगत भने ‘कपुरी क’ झैं अनुभुती भयो, यसपाला पनि। कहिले बाटो भुल्दै, कहिले अशक्त सहयात्रुलाई काँध थाप्दै साझको ७ बजिसकेको थियो, मेलम्चीघ्याङ पुग्दा। ‘ए दिदी, लजमा बास पाइएला?’,परैबाट बँचेखुचेको सास फुलाएर हामी सोध्थ्यौं।
तिहारको लक्ष्मीपुजाका साझमा घरघरमा मधुरो भएपनि बत्ती बलिरहेको देखिन्थ्यो। कतै देउसीभैलो सुनिन्थ्यो त कहीं ‘मुन्नी बदनाम हुइ’को ध्वनीमा ब्रेकडान्स चल्दै थियो। तर सोधिएका अधिकांस लजका दिदीदाजुहरु कि त केही बोल्दैनथे। बोल्नैपरे पनि सोधिरहेका हुन्थे—’के कुहिरे छ?’
दिनभरिको थकान, धनु कमजोर भएका सहयात्रुहरुको भार र भोकका कारण आफैं ‘कुहिरे’ होइन, ‘कुहिराको काग’ झैं बनिएको स्थिती जो थियो। अनि लजवाला दाइदिदीले हाम्रा अनुहार टल्कने गरी टर्चलाइट बाल्थे र भन्थे—’ए सबै नेपाली रहेछ। हाम्रो लजमा त कोठा छैन है भाइहरु…।’ अनि ढोका ढ्याप्प लाग्थ्यो।
केही उपाय नलागेपछि तासी देलेक तिबेतन लजमा हुल बाधेर हामी छिर्यौं। किनभने त्यहाँ देउसी–भैलेहरुको रमझम थियो। अनि लजवाली दिदी ल्हामु पाल्साङलाई बिन्तीभाउ गर्‍यौं, एक रात बासका लागि। अँध्यारोमा कन्तबिजोग स्थितीमा देखिने यात्रुका पोखिन लागेका आँशु देखेर मनकारी ल्हामु दिदीले बास दिइन्। अनि आलुको झोल र भात पनि पकाइदिइन्। एउटा सागुरो कोठामा ५ जना यात्रुको रात कसरी बित्यो होला, यसको आफ्नै कथा छ। लजका संचालक भिनाजु फिन्जो पाल्साङ् दुम्सीका काँडाजस्ता लाग्ने आफ्ना जुँगाको हार चलाउदै यताउता गरिरहेका हुन्थे। आफ्नो एउटा छोरो अमेरिकामा रहेको र यो दुरदराजमा बितेको ४० बर्षदेखि दुःखजिलो गर्दै जीवन बिताइरहेको उनी बताइरहेका थिए।
भाइटीकाको दिनमा यात्रा–गन्तव्य ठारेपाटी थियो, ३५ सय ५० मिटरको एउटा डाडोमा। बाटोका लागि ल्हामु दिदीले तिव्वती रोटी पकाइदिएकी थिइन्। यत्रो कहलिएको लाङटाङ् निकुञ्ज क्षेत्रको पदयात्रा मार्गमा न व्यस्थित होर्डिङ–बोर्ड देखिन्छ, न बाटो छुट्टयाउने संकेत चिन्ह। जंगलका भित्री बाटामा अनेक पटक हराउदै र रेड–पाण्डाको दुर्लभ–दर्शन चहार्दै ठारेपाटीको सुम्चो टप लजमा बेलुकी पुगियो। लजका संचालक जिम्बा शेर्पाले पनि हामी नेपाली यात्रुलाई आफ्नै काइदामा स्वागत गरे—’बसे बस, नबसे नबस…।’

गलेर लखतरान भएका बेलामा जिम्बा दाइले पालेको लोकल कुखुरा खाने सदिच्छा कुख र सुखले निकाले। मुश्किलले २ केजी तौलको ज्युदो कुखुरोको मुल्य २३ सय रुपैंया पर्‍यो। हेलम्बु–यात्रामा भिन्न स्वाद लिन पनि त्यो खानैपर्ने स्थिती थियो। ठारेपाटीमा अघिल्लो रात हिउ परेको रहेछ। त्यो रातभर पनि बाक्लै शित परिरह्यो। ‘मेरो त ओठमुख सुक्यो, नाक पनि फुटेजस्तो छ, भुडीभित्र गोला चलेजस्तो भैरहेको छ…म त खस्छु कि क्या हो !’,रातको दुइ बजेतिर सगै सुतेका मसले सुख बरबराएको सुनियो। रातमैं लसुनका दुइ/चार पोटी ख्वाएपछि, तातो पानी छर्केर सातो बोलाएझैं गरेपछि जसोतसो सुखले लामो शाश फेरे। यो अभ्यन्तरमा आएर कसो ती खसेनन् भन्ने भइरह्यो।
भोलीपल्टको गन्तव्य बढीमा कुटुमसाङ हुने निश्चित भैसकेको थियो। मागिनगोठमा बिहानको खाना खाएर कुटुमसाङ आइपुग्न अशक्त र लापरवाह पदयात्रुलाई ५ घण्टाभन्दा बढी लाग्यो, जुन बाटो मुश्किलले दुइ घण्टाजतिको मात्रै हो रे। यात्रुमध्ये ज.भ. र बि.अ.को स्थिती अत्यन्त नाजुक भएपछि र रोटेपिङ घुमेजस्तो खुट्टा घुमाउदै हिड्न थालेपछि साथमा रहेका पशु चिकित्सक कुखले घ्याङ तलको चौरीमा दुबै अशक्तलाई राखेर मल्हम लगाइदिने सेवाकारी काम गरे। ‘आखिर यसरी मालिश गर्ने र तर्केको नशा छाम्ने काम पशु र मान्छे दुबैको एकै हो,’कुख भनिरहेका थिए।
सुरुको योजना र इच्छा थियो, ठारेपाटी र गोसाइकुण्ड निक्लने। अथवा कम्तीमा कुटुमसाङबाट चिसापानी हुदै सुन्दरीजल निस्कने। तर साथीभाइहरुको हिडाइ लैनो गाईको हविगतमा पुगेको थियो। कुख र बि.अ. बाहेक अरु दुइलाई मिल्ने भए र पाइने भए नाम्ले–भरिया लगाउने बेला भैसकेको थियो। नियात्राकार, गीतकार र लेखकले बयान गरे झैं शेपेर्नी, राता गाला र स्याउको कथानक उति देख्न पाइएन। शायद सिजन पो थिएन कि? बरु धानखेतमा काम गरिरहेका दाजुभाइ, अन्नबाली भित्र्याउने चटारो, हुस्सुले छोपेको जंगल र जुका लाग्ने ओसिलो भुइ भने निकै छुन पाइयो। यही अपार–मार्ग हुदै आफ्ना स–साना नानीलाई डोकोमा बोकाएर पैदल मारिरहेका विदेशी यात्रुहरु पनि फाट्टफुट्ट भेटिन्थे।
सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटका सिमावर्ती पदमार्गहरु छिचोल्दै मेलम्ची बहिरहेको चनौटे छेउ आएपछि काठमाडौं आउने गाडीको हर्न सुनेपछि मात्रै सहयात्रुहरुले साथमा बोकेका दुइवटा सहारा लौरोहरु फालेका थिए। र, सुपर मेलम्ची यातायातमा बसिसकेपछि स्पष्टवक्ता भएर एउटा घोषणा गर्नैपर्ने भयो—’यस्ता हुतिहारा, धनु कमजोर भएका, पानीमरुवा र ट्रेकिङको विवरण–म्याप कुनै पुस्तकका गातामा मात्रै देखेका झापाली लघु व्यवसायीहरुसँग भने अबका दिनमा कुनै पदयात्रामा पनि निस्कने छैन। लुजास्त !!’ registandiary@gmail.com

Sunday, November 20, 2011

कहाँ गए भ्रष्टाचारीलाई किरा पार्न चाहनेहरु ? - mysansar


‘भ्रष्टाचारीलाई किरा परोस्’ यो नारा केही अघि निकै हिट थियो। यो छापिएको गन्जी लगाएर मान्छेहरुले फोटो सेसन गरेका थिए। भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने जिम्मा पाएको अख्तियारका अधिकारीहरु समेत यो छापिएको गन्जी लगाएर फोटो खिचाउँदै थिए। प्रधानमन्त्री अनि सचिवहरु सबैले यही नारा छापिएको गन्जी लगाएर पत्रपत्रिकामा फोटो छपाए। यत्रो होहल्ला गर्नेहरु भ्याट कान्डमा नक्कली बिल छापेर देशको राजस्व लुटेर भ्रष्टाचार गर्ने ठूल्ठूला व्यापारीको नाम सार्वजनिक भएको खबरले देश तातिँदा कता गायब भो कता। साहसी डिचेन डोल्मा शेर्पाले आफूबाट घुस असुल्ने अध्यागमनका कर्मचारीको भिडियो सार्वजनिक गर्दा पनि बेपत्तै भयो। कारबाहीका लागि दबाब दिन यो समूहले केही गर्ला कि भन्ने आशा पाठकहरुले निकै गरे। उनीहरुको आशा अझसम्म पूरा हुन सकेन। आखिर कहाँ गए त भ्रष्टाचारीलाई किरा पार्न चाहने यो समूह? के यस्ता नाराले भ्रष्टाचार अन्त्य हुन्छ त ? अथवा भ्रष्टाचार कम गर्न सघाउ पुर्‍याउँछ त ? भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा लामो समयदेखि कार्यरत डा. नारायण मानन्धरसँग मैले यस विषयमा केही जिज्ञासा राखेको थिएँ। एन्टि करप्सन एक्सपर्ट डा. मानन्धरका विचारको सारसंक्षेप पढ्न भित्र आउनुस्।

भ्रष्टाचारीलाई किरा परोस्! भ्रष्टाचारको विरोधमा समयसमयमा बनाइने नाराहरुको यो एउटा रुप हो। विगतमा पनि अख्तियार र प्रो पब्लिकले यस्ता नारा लेखिएका स्टिकरहरु बनाएका थिए-
• भ्रष्टाचारीलाई प्रवेश निषेध
• भ्रष्टाचारमुक्त क्षेत्र
• भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौँ
• भ्रष्टाचारीलाई चुला बारौँ
सुरुमा त यी नाराहरु निकै प्रभावकारी लागेका थिए। तर बिस्तारै यत्तिकै हराएर गए। सं‍भवतः त्यो छाप्न आउने विदेशी पैसा सकिएर। सुरुमा त यो निकै प्रभावकारी भएको थियो। प्रो पब्लिकले त यस्ता स्टिकर १० रुपैयाँमा बेचेको समेत थियो। भ्रष्टाचारविरोधी स्टिकर टाँस्न चाहनेले १० रुपैयाँ तिरेर स्टिकर किन्नुपर्थ्यो। यो अलग कुरा हो कि एउटा स्टिकरलाई १० रुपैयाँ लिनु नै भ्रष्टाचार भएको गाइँगुइँ त्यतिबेलै सुनिएको थियो। किनभने यी स्टिकर पैसा लिएर बेच्न हैन, निःशुल्क बाँड्न बनाइएका थिए।
ट्रान्सपरेन्सी इन्टरन्यासनल नेपालले पनि वार्षिक क्यालेन्डरमा यस्ता भ्रष्टाचारविरोधी सन्देशहरु छाप्ने गर्छ। यसले केही ठाउँमा होर्डिङ बोर्डसमेत राखेको थियो।
यी प्रचार सामाग्रीहरुले निश्चय पनि जनचेतना फैलाउँछ। भ्रष्टाचार जस्तो विषयलाई खुला बहस र छलफलको विषय बनाउँछ। तर जनचेतना जगाउने गतिविधिहरुको समस्या के हुन्छ भने भ्रष्टाचारको समस्या नियन्त्रण गर्न प्रभावकारी समाधानको अभावमा यसले अन्ततः झन् बढी निराशा जन्माउँछ। जनआन्दोलन ०६२/६३ पछि गरिएका आशा र त्यसपछिको राजनीतिले ल्याएको निराशालाई हामी योसित दाँज्न सक्छौँ।
भ्रष्टाचार सामना गर्नुपर्ने मानिसहरुले सामान्यतया यस्तो प्रतिक्रिया जनाउँछन्:
• भ्रष्टाचार सहने ४४%,
• रिसाउने ३५%
• निराश हुने २२%
(यो तथ्याङ्क पूर्वी युरोपमा कसैले तपाईँलाई घुस माग्यो भने कस्तो महसूस गर्नुहुन्छ भनी सोधिएको एउटा प्रश्नको जवाफमा आधारित छन्)
यसमा रोचक पक्ष के छ भने पूर्वी युरोप जहाँ सोभियत संघबाट टुक्रिएपछि बनेका देशहरु छन्, त्यहाँ भ्रष्टाचार बढ्दो छ। त्यहाँका ४४ प्रतिशत जनताले भ्रष्टाचार सहन्छु भनेका छन्। संभवतः उनीहरुले सार्वजनिक ओहोदामा बसेका अधिकारीहरुलाई घुस दिने बाहेक अन्य उपाय देखेनन्।
थप रोचक दुई विकल्प रहे- रिसाउने र निराश हुने। रिसाउने र निराश हुने काम भ्रष्टाचारको समाधान हैन। किन ?
भ्रष्टाचार एउटा फरक किसिमको व्यवहार हो। अरु अपराधहरु जस्तै हत्या, चोरी जस्तो यो हैन। कुनै सार्वजनिक ओहोदामा रहेका अधिकारीले घुस माग्दा आफूले त्यसो गरेको थाहा नहुने वा थाहा भए पनि सजाय नहुने कुरामा ऊ विश्वस्त हुन्छ (यसलाई हामी दण्डहीनता भन्छौँ) अथवा सजाय यति कम हुन्छ कि उसले खुसीका साथ स्वीकार गर्छ (जस्तै चिरन्जीवी वाग्ले र रामाज्ञ चतुर्वेदीको केसमा हेर्नुभयो होला, उनीहरु हाँसीहाँसी जेल गएको फोटो छापिएका थिए)
भ्रष्टाचारीलाई किरा परोस् वा यही समूहले एक महिनाअघि बनाएको नयाँ नारा भ्रष्टाचारी जेल परुनले काम गर्दैन। किनभने यो नारा irrational छ, रिसको उपज हो यो नारा, निराशाको उपज हो। तपाईँले rational व्यवहार (भ्रष्टाचार) लाई irrational समाधान (बेइज्जतिपूर्ण नारा) ले चुनौति दिन सक्नुहुन्न। नैतिकता नै प्रभावकारी उपाय भइदिँदो हो त सुरुमा भ्रष्टाचार भन्ने कुरै हुँदैन थियो।
अनि यो लगनपछिको पोते अर्थात् बितिसकेपछिको समाधान हो- यहाँ मान्छेले भ्रष्टाचार गरिसक्यो अनि तपाईँ चाहिँ सराप दिने र यो होस् वा त्यो होस् भनी कामना गर्दै हुनुहुन्छ!
त्यसो भए के गर्नुपर्छ त भ्रष्टाचार नियन्त्रणका लागि ?
मानिसहरुले अक्सर कडा सजाय हुनुपर्ने भन्छन्, जस्तै टुँडिखेलमा झुण्ड्याउने। भियतनाम र चीनमा भ्रष्टाचार गर्नेहरुलाई मृत्युदण्ड दिने कानुन छ। तर पनि यी दुई देश विश्वका सबैभन्दा भ्रष्ट देशहरुको सूचिमा आउँछ। किन कडा सजायले पनि काम गरेन त ? फेरि पनि, अघि भने जस्तै कुरा, यो भनेको बिरामी मान्छेलाई अस्पताल लानु जस्तैमात्र हो। सही समाधान त त्यसलाई रोक्‌नु हो। कडा घातक रोगहरु जस्तै क्यान्सरलाई भने शल्यक्रिया र किमोथेरापी नै आवश्यक हुन्छ। भ्रष्टाचार पनि क्यान्सर रोग जस्तै हो।
हालैका दिनमा भ्रष्टाचारविरोधी अभियानमा संलग्न रहेकाहरुले के देखेका छन् भने भ्रष्ट मानिसहरु हाँसीखुशी जेल जान राजी भइरहेका छन्। अझ मर्न पनि तयार भइरहेका छन्। तर उनीहरु आफ्नो सम्पति सरकारले खोस्ला कि भन्ने डरमा भने रहन्छन्।
हो, यदि भ्रष्टाचार सम्पतिसँग जोडिन्छ भने हामीले त्यस्तो सजायँ प्रणाली बनाउनु पर्‍यो जसमा लामो जेल सजाय हैन, भारी जरिवाना तिर्नुपरोस्, ताकि दोषीको परिवारका सबै सदस्यको समेत सम्पतिले त्यसलाई चुक्ता गर्नुपरोस्। चोरिएका सामान र सम्पति फिर्ता गर्दा यही उपाय अन्तर्राष्ट्रिय रुपमा अपाइन्छ। गैरकानुनी रुपमा आर्जित सम्पतिलाई विश्वका सबै देशका सरकारले जफत् गर्ने कोशिश गर्छन्।
चिरन्जीवी वाग्ले कै उदाहरण लिनुस्- उनीमाथि १० वर्षको राजनीतिक जीवनमा २.८ करोड भ्रष्टाचार गरेको अभियोग लाग्यो। यसलाई तपाईँले १० ले भाग गर्नुभयो भने २८ लाख प्रति वर्ष हुन आउँछ। यसलाई पनि १२ महिनाले भाग गर्नुभयो भने प्रति महिना २.३ लाख हुन आउँछ। अब भन्नुस्, के तपाईँलाई लाग्छ वाग्लेले प्रति महिना २.३ लाख मात्रै घुस लिए होलान् ?

बदलियो विवाहको परिभाषा - NARI


विवाह गरी घर बसाउनु र सन्तान उत्पादन गर्नु मनुष्य जातिको प्राकृतिक इच्छा हो । जबदेखि मानिसको बौद्धिक स्तर बढ्यो, निजी सम्पत्तिको आकांक्षा बढ्यो तबदेखि विवाह संस्थाको थालनी भयो । हिजोआज विवाहको परिभाषा परिवर्तन हुँदैछ । हालका वर्षहरूमा वैवाहिक सम्बन्धमा पारपाचुकेको कुरा पनि चर्चामा छ । के वास्तवमा विवाहको परिभाषा बदलिँदैछ ? के यो संस्थाले आफ्नो महत्व बिर्सदैछ ?

म्ाानिस एक्लो बस्न सक्दैन । किनभने नारी-पुरुष एक-अर्काप्रति सामाजिक, मानसिक, भावात्मक एवं वैधानिक रूपमा निर्भर छन् । सृष्टिको चक्र चलाईरहन वंश वृद्धि हुनुपर्छ । त्यसैले विवाह संस्थाको जन्म भएको हो । जंगली मानव जीवन परिवर्तित भएर यौन जीवन संयमित एवं अनुशासित हुन सकोस् भनेर विवाह संस्थाको जन्म भएको मानिन्छ । यसले समाजमा सदाचारिता कायम गराउन सकेको छ । प्रायः सबैले विवाह गर्छन् र सन्तान उत्पादन गर्छन् । विवाह संस्थाका विषयमा कसैले पनि अहिलेसम्म प्रश्न उठाउन सकेको छैन । यद्यपि ग्लोबलाईजेसनको यो समयमा सम्बन्धमा पनि नकारात्मक प्रभाव देखा पर्न थालेको छ । त्यसको परिणामस्वरूप विवाहको परिभाषा पनि परिवर्तन भैरहेको छ । अब अन्तरंग सम्बन्धका लागि अरू सम्बन्धको खोजी हुँदैछ । सायद त्यसैले होला लिभिङ टुगेदर, समलंैगिक एवं विवाहेतर सम्बन्ध आदिले पनि समाजमा स्थान बनाउँदैछ ।

विवाह किन आवश्यक छ ?

अनुसन्धानअनुसार विवाह व्यक्तिको मानसिक, शारीरिक, सेक्स जीवन एवं आर्थिक दृष्टिले पनि आवश्यक छ । सिकागो युनिभर्सिटीमा विवाहको विषयगत अध्यापन हुन्छ । प्राचीन कालमा विवाहलाईर् सामाजिक संस्थाका रूपमा लिइन्थ्यो तर आज यो नितान्त व्यक्तिगत मामिला मानिन्छ । संस्कृतिविद् गोविन्द टण्डन विवाहलाईर् ५ भागको संगम बताउँछन् । जुन प्राकृतिक इच्छाको चलन, एक सहज नाता, सामाजिक राम्रो पक्ष, संस्कार तथा प्रतिज्ञापत्र हो ।

विवाह सेक्स र भावनासँग सम्बन्धित इच्छापूर्तिको सहज एवं सरल विधि हो । कतिपय धर्ममा विवाहलाईर् सम्झौता मानिन्छ । अरस्तुले विवाहलाईर् समाजको राम्रो पक्ष बताएका छन् । उनका अनुसार विवाह र परिवार वृहत् सामाजिक कल्याणका लागि आवश्यक छ । मार्टिन लुथरका अनुसार विवाह दैवी देन हो जसले युवा, बच्चा, समाज, राज्य एवं सामाजिक जीवनका लागि टेवा दिन्छ । करन जौहरले चलचित्र कभी हा कभी नामा समाजको यही यथार्थ देखाएका छन् । विवाहमा प्रोफेसनलिज्मभन्दा इमान्दारिता हुनुपर्छ । पछिल्लो केही समयदेखि विवाहलाईर् हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । पाश्चात्य देशमा विवाह टुट्ने क्रम बढेको छ । निजी समस्या एवं स्वतन्त्रताका नाममा सम्बन्ध टुंग्याउनु अहिले फेसन बनेको छ ।

पुरुषहरूमा ग्रुमिङ आवश्यक छ

रमी जोशी, प्राध्यापक, त्रिचन्द्र कलेज

विवाहले दुई विपरीत लिङ्गीबीच सम्बन्ध गाँस्छ । सम्बन्धलाईर् अघि बढाउन श्रीमान्-श्रीमतीको उत्तिकै हात हुन्छ । एकको सहयोगबिना वैवाहिक रथ अघि बढ्न सक्दैन । दुवैले आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारीको पहिचान गरी आफूलाईर् त्यसैअनुरूप ढाल्नुपर्छ अनि मात्र एउटा सभ्य परिवार निर्माण गर्न सकिन्छ । आमाबुवा दुवैको संयुक्त प्रयासमा सन्तान हुर्कन्छन् । सन्तानले राम्रो वातावरण पाएनन् भने बिग्रन सक्छन् । अहिले हाम्रो सामाजिक चालचलनमा निकै परिवर्तन देखिएको छ । पहिलेका चलचित्रले पनि महिलाहरूले हरेक कुरा सहनुपर्ने कुरा दर्शाउँथे । ६० को दशकमा बनेको चलचित्र बन्दिनीमा निकै उपेक्षा सहेकी श्रीमती अन्त्यमा श्रीमान्कहाँ आएको देखाइएको छ तर अहिले त्यो समय छैन ।

महिलाहरू शिक्षित एवं आत्मनिर्भर छन् । त्यसैले उनीहरूमा निर्णय लिने क्षमता छ । यो निर्णयलाईर् स्वीकार गर्ने मनस्थिति मानिसहरूले बनाइसकेका छन् । नारीको भूमिकामा निकै परिवर्तन आएको छ । उनीहरू घरको चौघेरामा मात्र होइन घरबाहिर आउन थालेका छन् । उनीहरू गर्भावस्थ्ाामा पनि काम गरिरहेका छन् । त्यो उनीहरूको शक्तिको परिचायक हो । पुरुषहरूका लागि विकल्प खुल्ला हुन्छ तर पुरुषहरूले आफ्नो मानसिकता बदलेका छैनन् । समस्या यो होइन कि विवाहको परिभाषा बदलिएको छ । विवाहपछिको सम्बन्ध बढिरहेको छ । जसरी महिला गु्रमिङ हुन्छन् त्यसरी नै पुरुष पनि गु्रमिङ हुनुपर्छ । यस्तो नभएकाले सम्बन्ध टुटिरहेको छ । परिवार बचाउने जिम्मा पुरुषहरूको पनि हो । श्रीमती गर्भवती हुनु श्रीमान्को पनि समस्या हो । सबै जिम्मेवारी महिलालाईर् दिएर पुरुषहरूलाईर् स्वतन्त्रता दिने हो भने यस्ता समस्या कहिल्यै कम हुँदैनन् । समयसँग धेरै कुरा बदलिएको छ । पुरुषवादी सोच कायम रहने हो भने आदर्श स्थितिको कल्पना गर्न सकिँदैन ।

घर घरमा भाँडभैलो - saptahik



देशको समृद्धिका खातिर जन युद्ध लड्ने क्रममा लक्ष्य र भावना मिलेर जीवनसाथी बनेकाहरूको खुला राजनैतिक जीवनमा सम्बन्ध बिग्रने  लहर बढेर गएको छ। हामी यहाँ मुलुककै सबैभन्दा ठूलो राजनैतिक दल नेकपा माओवादीमा लागेर सामरिक युद्धमा होमिएका दम्पत्तीहरूको  कुरा गर्दैछौं, जो प्रतिस्पर्धात्मक राजनीतिमा आइपुग्दा जीवनसाथीको सम्बन्धबाटै अलग्गिरहेका छन्। आन्तरिक पार्टी राजनीतिमा पनि आरोप- प्रत्यारोप चलिरहेका बेला व्यक्तिगत जीवनमा पनि जोइपोई अलग हुने बाटोमा जानु निश्चय पनि सकारात्मक संकेत होइन्। यद्यपि यसरी  माओवादी विचारका दाम्पत्य जीवनमा खलल आउनुको कारण के होला त ?

पार्टीका मध्यमस्तरका नेता कार्यकर्ताहरूको मात्र सम्बन्ध विच्छेदको घटना सार्वजनिक भैरहेका बेला पछिल्ला दिनमा हाइकमान्डमा पनि  सम्बन्ध बिगि्रएका समाचार सार्वजनिक भैरहेका छन्। सम्बन्ध विच्छेद गरेर अलग जीवनको बाटो रोज्नु रुचिकर कुरा होइन्, तर बाध्यताका  कारण हुनसक्छ, राजनैतिक रूपमै दीक्षितहरू पनि सम्बन्ध विच्छेदको बाटोमा अग्रसर छन्। सम्बन्ध विच्छेदले ल्याउने दुई परिवारको बबार् दीलाई रोक्न पार्टीनै अग्रसर हुनुपर्ने स्थितिसम्म सिर्जना भएको छ।

केही दिनअघि मात्र माओवादी पोलिटब्युरो सदस्य तथा बहालवाला स्थानीय विकास मन्त्रीका एवं प्रधानमन्त्री बाबुराम भट्टराई निकट नेताको  परिचय बनाएका टोपबहादुर रायमाझीको दाम्पत्य जीवन विच्छेद भएको समाचारले माओवादी भित्र सम्बन्ध विच्छेदको निरन्तरता देखिएको  छ। त्यस्तै कैलालीबाट निर्वाचित सभासद टेकेन्द्र भट्ट एवं समानुपातिक कोटाबाट सभासद बनेकी रेणु चन्दले पनि भर्खरै मात्र काठमाडौं जिल्ला  अदालतमा गएर औपचारिक रूपमै सम्बन्ध विच्छेद गरेका छन्। सभासदको हैसियतमा रहेको यो जोडी द्वन्द्वकालमै जोडिए पनि दुइ वर्षयता  उनीहरू अलग-अलग बस्दै आएका थिए।

टेकेन्द्र-रेणुको सम्बन्ध विच्छेदभन्दा पनि टोपबहादुर र उनकी श्रीमती योगमाया बन्जाडे रायमाझीको दाम्पत्य सम्बन्ध विच्छेदको समाचारले  ठूलो चर्चा पायो। टोपबहादुरकि श्रीमती सीमाले खुल्लम खुल्ला यौन चाहना पूरा नगरेकाले श्रीमान्सँग असन्तुष्ट रहेको कुरा सार्वजनिक गरेकी  थिइन्। भट्टराई पक्षका ठूला नेता रायमाझीको वैवाहिक समस्यासँग आर्थिक कारोबारले पनि भूमिका खेलेकाले त्यसले अझ बढी चर्चा पाएको  हो।

सम्बन्ध विच्छेद बढ्दै जानुमा भूमिगत राजनीतिमा अफेयर भएपछि पार्टीको निर्देशनमा विवाह गर्नेहरू खुला परिस्थितिमा आइपुग्दा फरक  जीवनशैलीमा प्रवेश गर्ने भएकाले पछिल्ला दिनहरूमा माओवादी पार्टीभित्र वैवाहिक सम्बन्धमा समस्या आएको एक विश्लेषक बताउँछन्।

पार्टी भित्र दाम्पत्य जीवनमा समस्याहरू बढ्दै गएको छ भन्ने कुराको आधार जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पर्ने  उजुरीले पनि देखाउँछ। अनेमसंघ क्रान्तिकारीका अनुसार दाम्पत्य जीवनमा समस्या परेको भन्दै ८ सयभन्दा बढी उजुरी संघको फायलमा छन्।  महिला संघ क्रान्तिकारीले यस्ता उजुरी आउँदा थप कारबाहीका लागि सम्बन्धित पार्टी कार्यालयमा बुझाइदिने गरेको छ।  

त्यसो त पहिलो वैवाहिक जीवन समाप्त गरेर नयाँ जीवन सुरु गर्ने माओवादी नेता तथा कार्यकर्ताको लिस्ट लामै छ। स्रोतका अनुसार माओ वादी सचिव तथा बरिष्ठ नेता पोष्टबहादुर बोगटीले पनि परिवारले विवाह गरिदिएकी श्रीमती छोडेर अर्को विवाह गरेका थिए।

जनयुद्धकै समयमा पार्टी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश तथा पोष्टबहादुर बोगटीकी छोरी प्रभाबीच विवाह भएको थियो। दुई वर्षको  दाम्पत्यजीवन पछि उक्त जोडीसँगै नबस्ने निष्कर्षमा पुग्यो। फलस्वरूप प्रकाशले पोखरामा अर्को विवाह गरे। प्रचण्ड र पोष्टबहादुरको  उच्चस्तरको राजनैतिक सम्बन्धका कारण उक्त सम्बन्ध विच्छेदका सम्बन्धमा खासै ठूलो चर्चा भएन्। पोष्टबहादुरकी छोरी प्रभाले पनि यो  घटनालाई सामान्य रूपमै लिइन्। अध्यक्ष प्रचण्डले छोराको दोस्रो विवाहमा सरिक हुँदा भनेका थिए- 'प्रकाशको दोस्रो विवाहलाई नयाँ र पुरानो  संस्कृतिको फुयजनका रूपमा लिनुपर्छ।' त्यसो त प्रचण्डकी कान्छी छोरीको वैवाहिक सम्बन्ध पनि विच्छेदमै टुंगिएको छ।

माओवादीबाटै सभासद भएका गुणाखर बस्यालले केही समय अघि कान्छी श्रीमतीका रूपमा एक होटलवालीसँग विवाह गरेका छन्। सभासद  नै त्याग गरेका बस्यालको पहिलो वैवाहिक सम्बन्ध औपचारिक रूपमा टुंगिए नटुगिंए जानकारी नभए पनि उनले दोस्रो विवाह गरेपछि जेठी  श्रीमतीलाई पनि त्यागेको स्वतः प्रष्ट हुन्छ। 

पार्टीभित्र हार्डलाइनर ग्रुपका शक्तिशाली नेता सीपी गजुरेलका छोरा सञ्जीव गजुरेल र सुनिता पोख्रेलको दाम्पत्य जीवन पनि केही समय अघि  नै विच्छेद भएको थियो। त्यतिबेलासहज ढंगले मागी विवाह गरेर भित्राएकी बुहारीलाई विवाहपश्चात् सासू-ससुराले घृणित व्यवहार गरेको  आरोप सञ्चारमाध्यममार्तफ सार्वजनिक भएका थिए। केही समय अघि प्रकाशित एउटा पाक्षिक पत्रिकामा दाइजो नल्याएका कारण सञ्जीव र  सुनिताको सम्बन्ध विच्छेद भएको कुरा लेखिएको थियो। प्रकाशित समाचारमा सुनिताले भनेअनुसार सासू-ससुराले नराम्रो व्यवहार गरे पनि  श्रीमान सञ्जीवले राम्रै व्यवहार देखाइरहेको अवस्थामा अचानक श्रीमान्बाटै दुव्र्यव्यवहार हुन थाले पछि उनी अलग्गिन बाध्य भइन्। दाइजो  अपुग भएकै कारण सुनिताले गर्भपतनसमेत गर्नुपरेको बताएकी थिइन्।

माओवादी लडाकुका बटालियन कमान्डर लोकेन्द्र जीसी र सेक्सन कमान्डर खिमा डाँगीबीचको वैवाहिक सम्बन्ध पनि केही समयअघि विच्छेद  भएको थियो। लोकेन्द्र अर्थात् कमरेड विजयले खिमासमक्ष राखेको प्रेम प्रस्ताव अस्विकार हुँदा उनले तिमीलाई नपाए आत्महत्या गर्छु भन्ने  सम्मको अभिव्यक्ति दिएको बताइन्छ। त्यसपछि खिमाले माया गर्ने श्रीमान् पाउने आशामा रुकुमको गरायलामा लोकेन्द्रसँग २०५९ सालमा  विवाह गरेकी थिइन्। यद्यपि तिनै लोकेन्द्रले विवाह गरेको दुई वर्षपछि छोडपत्र नगरे आत्महत्या गर्ने धम्की दिए। लोकेन्द्रले खिमामाथि बोक्सीको  आरोप पनि लगाएका थिए। लोकेन्द्रले त्यसबेला भनेका थिए-'यो बोक्सी हो, मेरो सबै कपाल खाइसकी।'

आफ्नै श्रीमान्ले तल्लो स्तरमा आरोप लगाएपछि माओवादी शीर्ष नेताहरू सन्तोष बूढा मगर र हेमन्त प्रकाश ओलीको रोहवरमा खिमाले  विजयसँगको छोडपत्रमा हस्ताक्षर गरिन्। त्यसपछि लोकेन्द्रले सीमा घर्ती मगरसँग विवाह गरे। खिमा गत वर्षको एसएलसीमा ७६ प्रतिशत  ल्याएर उत्तीर्ण भइन्। उनकी ७ वर्षकी छोरी छिन्। खिमाका अनुसार- मुखले मात्र क्रान्ती गर्ने भनेर हुदैन, व्यवहार पनि त्यस्तै हुनुपर्छ, जुन  पार्टी कार्यकर्तामा देखिदैन्।

गुल्मी विशुंक खर्क वालिवाङकी सुमित्रा सापकोटाले जात नमिलेको भन्दै गाउँ तथा परिवारले विरोध गर्दा पनि १७ वर्षको उमेरमै टंक क्षेत्रीसँग  अन्तरजातीय विवाह गरे पनि उक्त सम्बन्ध दीर्घकालीन हुन सकेन्। संविधानसभा निर्वाचनको समयमा प्रचारमा लागि रहँदा टंकले सुमित्रालाई  पारपाचुकेको दबाब दिँदै कुटपिट गरेको समाचार सार्वजनिक भएको थियो। श्रीमती सुमित्राले श्रीमान्को नराम्रो व्यवहारका बाबजुद पार्टीमा यो  कुरा नपुगोस् भनेर श्रीमान्लाई सम्झाइन् तर श्रीमान्ले श्रीमतीको कुरा नसुनी शिक्षिका सावित्रा थापासँग विवाह गरे। सुमित्रा गुल्मी पार्टी  सचिवालय सदस्य हुन्। सुमित्राकी छोरी कक्षा ८ मा पढ्छिन् छोरा ३ वर्षका छन्।

यस्तै अर्घाखाचीका एमाओवादीका जिल्ला कमिटी सदस्य हरि भट्टराई 'सरोज' र अनमेसंघ क्रान्तिकारी अर्घाखाँचीकै  सचिव शान्ता  कँडेलको  दाम्पत्य जीवन पनि लामो समय टिक्न सकेन्। द्वन्द्वकै समयमा सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बिरामी परेकी शान्ता र निमोनिया भएको  उनको नावालक शिशुको उपचार त्यसबेला भारतमा भएको थियो। भारतमा उपचार गरेर फर्किएपछि श्रीमान् हरि भट्टराईले शान्तासँग सम्बन्ध  विच्छेद गर्न भनें सुरुवातमा श्रीमान्को कुरा नमानेकी शान्ता सरोजले अर्की युवती लिएर हिँडेपछि एक्लो भइन्।

भूमिगत जीवन शैलीमा नेपाली कांग्रेस र नेकपा एमालेका थुप्रै नेता कार्यकर्ताले पनि विवाह गरेको र उनीहरूको सम्बन्ध अपवादबाहेक छो डपत्रसम्म नपुगेको अवस्थामा एमाओवादीभित्र चाहिँ यसरी सम्बन्ध विच्छेदको लहर चल्नुमा मुख्य कारण आर्थिक भएको केही जानकारको  विश्लेषण छ। चन्दा संकलन गरेर ठूलो आर्थिक कारोबार गर्ने क्रममा एक अर्कामाथि अविश्वास बढेको केही उदाहरण पनि देखिएका छन्।

माओवादी नेता कार्यकर्ताहरूको दाम्पत्य जीवनमा समस्या आउनुमा एमाले नेता तथा लेखक मोदनाथ प्रश्रतिले एउटा लेख नै लेखेका छन्।  प्रश्रतिका अनुसार एमाओवादीमा जातीयभन्दा वर्गीय/वर्णगत -जातभात-छुवाछूत) समस्याका कारण बढी विवाह भत्किएका छन्।  जीवनसाथीको सम्बन्ध अरूसँग भएको अनुमानका कारण पनि कतिपय विवाह विच्छेदको बाटोमा गएका छन्।

अंश, दाइजो, जातभात र बोक्सी

व्यक्तिगत सम्पत्ति, अंश, दाइजो, जातभात, बोक्सी जस्ता कुरीतिमा विश्वास नगर्ने भनेर आफूलाई असल कम्युनिस्ट मान्ने माओवादी पार्टी  भित्रको दाम्पत्य जीवन विच्छेद हुनुमा भने यिनै कारण प्रमुख देखिएका छन्।

टेकेन्द्र-रेणु प्रकरण

माओवादी सभासद टेकेन्द्र भट्टले श्रीमती सभासद रेणु चन्दमाथि शंका गरेपछि यी दुईबीचको सम्बन्ध बिगि्रएको हो। जनयुद्धकै क्रममा विवाह  गरे पनि यिनीहरू सार्वजनिक राजनीतिमा आएपछि अलग-अलग बस्ने निर्णयमा पुगे। स्रोतका अनुसार भारतको लखनउबाट एमएससी उत्तीर्ण  गरेकी चन्दले अमृत साइन्स क्याम्पसमा बीएस्सी अध्ययन गर्ने युद्धमा होमिएका भट्टलाई कम पढेको आरोप लगाएर हेप्थिन। दम्पत्तिबीच  चिसोपन बढेपछि पछिल्लो पटक पार्टीका तर्फबाट यो जोडीको सम्बन्ध मिलाउन माओवादी नेतृत्व नै लागेको थियो। नेतृत्वले सम्बन्ध सुधार्न  नसकेपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्स गरेर उनीहरू छुट्टएिका हुन्।

टोपबहादुर र सीमा प्रकरण

माओवादीका शीर्षस्थ नेतामध्येका एक टोपबहादुर रायमाझीको वैवाहिक सम्बन्धका विषयमा तल्लो स्तरको समाचार गत साता छापाहरूमा  देखियो।  टोपबहादुर र सीमा अर्थात् योगमाया बन्जाडेको वैवाहिक सम्बन्ध विच्छेदकाबीचमा ठूलो आर्थिक कारोबारको पृष्ठभूमि तथा यौ नचाहना पूरा नगरेको प्रसंग पनि निस्कियो। यद्यपि यो प्रकरणमा एमाओवादी अवध राज्य समितिकी सचिवालय सदस्य सीमालाई मानसिक  रोगी भएको आरोप पनि लगाइयो। जानकारहरूका अनुसार पञ्चायतकालका चर्चित विद्यार्थी नेता रायमाझीको २०४५ सालमा भारतको नयाँ  दिल्लीमा योगमायासँग विवाह भएको थियो। भारतीय सेनामा कार्यरत सेनाकी छोरी योगमाया भारतमै हुर्किएकी आधुनिक युवती थिइन्। उक्त  जनवादी विवाहका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी थिए।

पार्टी राजनीतिमा व्यस्त रहने श्रीमान्सँग विवाह बन्धनमा बाँधिएकी सीमा वैवाहिक जीवनको केही समय पछि नै श्रीमान्सँग असन्तुष्ट रहन  थालिन्। स्रोतका अनुसार यो सम्बन्ध विच्छेदको कारण टोपबहादुर आफैं हुन्। रायमाझीले श्रीमतीको सट्टा बाहिरी संसारलाई महत्व दिँदै  आएका थिए। सम्बन्ध जे भए पनि द्वन्द्वकालीन समयदेखि नै रायमाझीको आर्थिक कारोबार सिमाले सम्हाल्दै आएकी थिइन्। टोपबहादुरकै निदेर् शनमा नगद पैसा र अन्य अचल सम्पत्ति सीमा -योगमाया) मार्फत विभिन्न व्यक्तिका नाममा राखिएको थियो। बुटवलमा प्रचण्ड थैव हत्यामा  संलग्न सुजित विकको नाममा सीमाले धेरै सम्पत्ति राखेको बताउनेहरूको पनि कमी छैन।  

श्रीमान्ले पर्याप्त समय नदिएको असन्तुष्टि बोकेकी सीमाको सम्बन्ध सुजितसँग सम्पत्तिकै कारण नजिकिँदै गयो। स्रोत भन्छ- 'सुजितले पनि  रायमाझीको सम्पत्ति संरक्षणको फाइदा श्रीमती सीमामार्फत लिन थाले, उनीहरूबीचको सम्बन्ध गाढा हुदै गयो।' रायमाझीको निर्देशनमै  प्रचण्ड थैव हत्या कान्डपछि विस्तारै सुजित विकसँग भएको सम्पत्ति सीमाले फिर्ता गरिन्।  त्यसपछि प्रवेश भए रामबहादुर कार्की। जो बुटवल  कार्यक्षेत्र बनाएर बसेका चर्चित माओवादी कार्यकर्ता थिए। करिब ५ करोड रकम हातपारेका कार्की पनि आर्थिक सम्बन्धकै कारण सिमासँग  नजिकिए। निरन्तरको उठबस पछि उनीहरूको सम्बन्ध श्रीमान्-श्रीमतीकै जस्तै देखियो। पैसाकै कारण कार्की टाढिन थालेपछि  रायमाझीले  श्रीमतीलाई अझ निकट बनेर पैसा फिर्ता लिन अह्राएको स्रोत बताउँछ। त्यसपछि सीमाले कार्कीसँगको सम्बन्ध अझ बाक्लो बनाइन्। यही  क्रममा विवाहको नाटक पनि मञ्चन भयो। कार्कीले विवाहलाई माध्यम बनाएर मन्त्री पत्नीको सम्पत्ति फिर्ता गर्ने चाहना बुझेपछि उनलाई  अस्वीकार गरे। त्यसपछि उनले रूपन्देही अदालतमा अंश मुद्दा दायर गरी सम्पत्ति लिने प्रयास गरिन्। आर्थिक राजनीति गर्दागर्दै सीमा मानसिक  रूपमा विक्षिप्त भैसकेकी थिइन्। श्रीमान्सँग सम्बन्ध राख्न नपाउनु तथा विभिन्न परपुरुषहरूसँग लहसिनुपर्ने बाध्यताका कारण उनी जथाभावी  बोल्न थालिन्। दिक्क भएर उनले आत्महत्याको प्रयास पनि गरिन्। मन्त्री तथा नेता रायमाझीको राजनैतिक जीवनमा यो प्रकरणले नकारात्मक  असर पुर्‍याउने भएपछि उनले श्रीमती सीमालाई फेरि मुद्दा फिर्ता लिन लगाए। उता ५ करोड हात पारेका कार्की भनें हाल फरार अवस्थामा  छन्। रायमाझी दम्पत्तीका दुई सन्तान छन्। सीमाले कार्कीसँग दुई पटक विवाह गरेको बयान दिएकि थिइन् तथापी रायमाझीले काठमाडौंमा  उनलाई श्रीमतीकै रूपमा दर्जा दिएका थिए। यही क्रममा कार्कीसँगको विवाह सम्बन्धलाई पारपाचुके नगरी अंश मुद्दामा जान महान्यायाधिवक्ता  मुक्ति प्रधानमार्फत सल्लाह लिएर उनले मुद्दा दायर गरेकी थिइन्।

सम्बन्ध विच्छेदको नजिक बलदेव

माओवादी नेता तथा माओवादी लडाकुका डेपुटी कमान्डर चन्द्र प्रकाश खनाल 'बलदेव' ले केही समय अघि एक कार्यक्रममा आफ्नो वैवाहिक  सम्बन्ध पनि लगभग विच्छेद हुने अवस्थाबाट टरेको बताएका थिए। उनले भनेका थिए, झन्डै-झन्डै मेरो पनि डिभोर्स हुन लागेको थियो। शाही  सरकारको समयमा पक्राउ परेकि उनकी श्रीमतीले सेनाको दबाबमा केही गोप्य कुरा बताइदिएपछि उनलाई पार्टीले गद्दार भनिसकेको थियो।  बलदेवका अनुसार पनि वैचारिक स्खलनका कारण सम्बन्ध बिग्रने मोडमा पुगेको थियो। यद्यपि शान्ति प्रक्रियामा आइसकेपछि उक्त जोडीको   सम्बन्ध विच्छेद हुन पाएन्।

लिन प्याओवाद र प्रेमपथ

माओवादीभित्र बेलाबखत लिन प्याओवादको चर्चा हुने गरेको छ। लिन प्याओवाद अर्थात् वाम खोलभित्र यौन अराजक दक्षिणपन्थी प्रवृत्ति।  माओकालीन नेता लिन प्याओवाद यौन रूपमै अराजक भएको विगतको इतिहासलाई आधार मानेर बाबुराम भट्टराई लगायतका नेताले ०५६  साल पुसमा भएको बैठकमा औपचारिक रूपमा आलोकलाई त्यसको नेपाली संस्करण मानेका थिए। आलोकमाथि लागेको आरोप पुष्टि पनि  भयो। उनलाई पार्टीले नै गिरफ्तार गरेर सार्वजनिक रूपमै कारबाही गर्‍यो।

यस्तै प्रेमपथको विकासमा लागेको भन्ने आरोप महासचिव रामबहादुर थापा बादलमाथि लाग्ने गरेको छ। जनयुद्धकै समयमा प्रेम उपनामका  थापाले प्रेमको माध्यमबाट प्रचन्ड पथको विकल्पमा प्रेम पथ ल्याउने तयारी गरेको आरोप प्रचण्डले लगाएका थिए। जनयुद्धको आधारक्षेत्र निमार् णका क्रममा लोकपि्रयता कमाएका बादल पार्टीको दोस्रो प्रभावशाली नेताका रूपमा चिनिन थाले। प्रेमपथमार्फत पार्टी नेतृत्व हत्याउन खोजेको  आरोप पनि उनीमाथि लाग्यो त्यतिमात्र होइन थापा र नेतृ पम्फा भुसालमा सांस्कृतिक विचलन देखिएको भनेर दुवैलाई निलम्बन गर्ने निर्णय  पनि भयो। अनुशासनको उक्त कारबाही पछि पूर्वलाई कार्यक्षेत्र बनाएका बादलमाथि सिन्धुलीमा कार्यरत पार्टीकै जिल्लास्तरीय कार्यकर्ताकी  श्रीमतीसँग रासलिला मच्चाएको आरोप पनि लाग्यो। २०५४ साल असारमा भएको केन्द्रीय समितिको बैठकले बादल प्रवृत्तिलाई लिनप्याओवाद  उन्मुख प्रवृत्तिको आरोपसहित थप कारबाही गरेको थियो।

Saturday, November 19, 2011

एकै दिनमा यसरी उल्टियो सहमति - nagariknews


तिलक पाठक, काठमाडौं, मंसिर ४ - 'राज्य पुनर्संरचनाका लागि सुझाव दिने विशेषज्ञ समिति र यसको कार्यक्षेत्र आजै घोषणा गरौं,' शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री कार्यलयमा भएको प्रमुख तीन दलको बैठकलगत्तै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भनेका थिए, 'तर, यो कदमसँगै अर्को पार्टी पनि घोषणा हुने भयो।'
दाहालले यसो भनेर 'विशेषज्ञ समिति बनाए आफनो पार्टी विभाजित हुन सक्ने' सन्देश दिएका थिए। तर
विशेषज्ञ समिति गठन गरेरै छाड्ने दाहालको दृढता थियो। उनको यो विचार अघिल्ला दिनका वार्ताको निरन्तरता थियो।
व्यवस्थापिका संसदबाट संविधान संशोधन विधेयक पारित हुने देखेर एमाले नेता नेपाल उत्साहसाथ विशेषज्ञ समिति गठनतिर दलहरूको सहमति जुटाउन लागे। तर दाहालको दृढता चार-पाँच घन्टा पनि टिक्न सकेन। नेपाललाई झुक्याउँदै दाहालले आफ्नो संसदीय दलको बैठकमा रणनीति परिवर्तन गरिदिए।
दलको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईको आग्रहअनुसार ह्विप लगाउनतिर दाहाल लागेनन्, बरु सभासद्हरूलाई छरपष्ट रुपमा विचार राखिरहन छुट दिए। दाहाल पक्षकै जनजाति सभासद्हरूले समेत विशेषज्ञ समितिको विपक्षमा बोल्न थाले। बैठकलाई अनिर्णित राखेर उनी स्थायी समिति बैठक गर्न निस्किए।
साँझ पाँच बजे माओवादीका उपलब्ध सदस्यको स्थायी समिति बैठक संविधानसभा भवनमै बस्यो। त्यसले अन्य दलसँग वार्ता गरेर 'विशेषज्ञ समिति गठन गर्ने विधेयक फिर्ता लिन' सरकारलाई निर्देशन दियो।
स्थायी समितिको निर्णय लगत्तै दाहाल, भट्टराईलगायतका माओवादी नेताहरूले मधेसी मोर्चासँग संविधानसभा भवनमै छलफल चलाए। उनीहरूको छलफल चलिरहेको स्थानमा एमाले अध्यक्ष झलनाथ खनाल पुग्दा सबै नेता चुपचाप देखिए। त्यो देखेर खनालले प्रश्न गरे, 'यो तपाईंहरूको मात्रै छलफल हो कि?'
माओवादी र मधेसी मोर्चाका नेताहरूले पनि 'सत्ता साझेदार दलहरूबीच छलफल गरेको' जवाफ दिए। त्यहाँ छोटो ब्रिफिङ लिएर खनालले आफ्नै दलका नेताहरू रहेको कोठामा पुगेर भने, 'विशेषज्ञ समितिबाट माओवादी पछि हटेजस्तो छ। उहाँहरू आयोग गठन गर्ने स्थानमा आएजस्तो छ।'
एमाले नेताहरू आफ्नै दलका जनजाति सभासदहरुसँग आन्तरिक छलफलमा व्यस्त थिए।
मोर्चासँगको छलफलपछि दाहाल र भट्टराई पनि एमाले नेताहरू भएकै कोठामा पुगे। नेपाली कांग्रेसका नेताहरूलाई त्यहीँ बोलाइयो। माओवादी आयोग गठन गर्ने मनस्थितिमा पुगेको कांग्रेस-एमालेलाई सुनाइयो। त्यसपछि माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको आ-आफ्नो बैठक सुरु भयो। माओवादी र एमालेले स्थायी समितिको बैठक गरे भने कांग्रेसले उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक गर्‍यो।
कांगेसका एक नेताका भनाइमा बैठक सकिएपछि संविधानसभा भवनभित्रै रहेको प्रधानमन्त्रीको कार्यकक्षमा सबै दलका नेता जम्मा भए। प्रधानमन्त्री भट्टराईले 'अन्तरिम संविधानको संशोधन विधेयकचाहिँ फिर्ता लिऔं, आयोगको कार्यक्षेत्र भोलि निर्णय गरौं' भन्ने प्रस्ताव राखे। कांग्रेस नेता शेरबहादुर देउवाले आपत्ति जनाए। 'आयोग बन्ने सुनिश्चित हुँदैन भने विधेयकमात्रै किन फिर्ता लिने?' देउवालाई उद्धृत गर्दै ती कांग्रेस नेताले भने, 'त्यसो भए सबै कुरा भोलि नै गरौंला, आजलाई स्थगित गरौं।'
कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले कानुनी प्रावधान सम्झाए। 'संशोधन विधेयक फिर्ता लिन २४ घण्टाअघि सूचना दिनुपर्छ। नत्र, कानुनी प्रावधान निलम्बित गर्नुपर्ने हुन्छ,' उनले भने। त्यसपछि कांग्रेसको जोड 'अर्काे दिन फिर्ता गर्ने' मा रह्यो। त्यसैबीच एमाले नेता सुरेन्द्र पाण्डेले 'कानुनी प्रावधान निलम्बन गरेर भए पनि आजै निर्णय गरौं, भोलि भन्दा प्रक्रिया लम्बिन्छ। बरू तीन दलले गरेको निर्णयलाई मन्त्रीपरिषद्बाट पनि अनुमोदन गरौं' भन्ने प्रस्ताव राखे।
केही छिनको छलफलपछि नेताहरू शुक्रबारै निर्णय लिन राजी भए। सहमतिको प्रारम्भिक मस्यौदा गर्न एमालेका पाण्डे र भीम रावल खटिए। पछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र सद्भावनाका लक्ष्मणलाल कर्णसहितका नेता सहभागी भएर त्यसलाई अन्तिम रूप दिए। सहमतिको प्रारम्भिक मस्यौदामा उल्लेखित 'समग्र विचार' भन्ने शब्दप्रति कांग्रेसको असहमति रह्यो। यो शब्दमा मात्रै दलहरूबीच २० मिनेटभन्दा बढी छलफल भयो। अन्ततः कांग्रेसले भने झैं सहमतिमा 'सबै मत र विचारहरूसहितको' भन्ने शब्दावली थपियो। त्यसअनुसार आयोगलाई दिने कार्यादेशमा राज्य पुनर्संरचना समितिका सबै मत र विचारहरूसहितको प्रतिवेदनको अपेक्षा, संविधानसभामा छलफल हुँदा प्रस्तुत भएका विचारलगायत समग्र पक्षलाई ध्यान दिने उल्लेख गरियो। समितिमा कांग्रेसले राखेको 'फरक मत' पनि आयोगले समेट्नुपर्ने बनाइयो।
मस्यौदालाई अन्तिम रूप दिएपछि प्रमुख तीन दलका नेताले मधेसी मोर्चाका नेताहरूलाई पर्खिरहे। मोर्चा नआएपछि देउवाले भने, 'अब १० मिनेटमा नआए भोलि गरौं। १० मिनेटको अल्टिमेटम भयो। नभए भोलि गरे के हुन्छ? हामी प्रतिपक्ष न हौं।'
देउवाको चेतावनीपछि प्रधानमन्त्री भट्टराई आफैं मोर्चाको बैठक कक्षतिर गए। र, एकछिनमा 'कुरो मिल्यो' भन्दै फर्किए। त्यसपछि सहमतिमा माओवादी, कांग्रेस र एमालेका संसदीय दलका नेता र मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले राति ११ बजेतिर हस्ताक्षर गरे। त्यसलाई मन्त्रिपरिषद्ले पारित गरी व्यवस्थापिका संसदको बैठकबाट विशेषज्ञ समिति गठनका लागि बढाइएको अन्तरिम संविधानको एघारौ संशोधन विधेयकलाई फिर्ता लिइयो।
मोर्चाले सांकेतिक रूपमा भने असहमति कायमै राख्यो। कानुनमन्त्री बृजेशकुमार गुप्ता विधेयक फिर्ता लिने बैठकमा अनुपस्थित भइदिए। उनको सट्टा विधेयक फिर्ता लिन ऊर्जामन्त्री पोष्टबहादुर बोगटी रोष्ट्रमतिर गइरहेको बेला तमलोपाका जितेन्द्र सोनारले नियमापत्ति जनाउदै आयोगप्रति आशंका रहेको बताइदिए।
विशेषज्ञ समिति गठनको तीन महिनादेखिको प्रयास असफल हुनुमा मुख्यतः माओवादी नेतृत्व जिम्मेवार रहे पनि त्यसमा एमाले अध्यक्ष खनालको सहयोगी भूमिका रहेको वार्ताकार नेताहरूको बुझाइ छ। माओवादीका मुख्य सचेतक देव गुरूङबाट ह्विप लगाउन नसकेका दाहालले संसदीय दलको बैठकमा आफ्नै पक्षका सभासद् पनि विशेषज्ञ समितिको विरोधमा गएको देखेपछि पूर्ववत् अडान एकाएक त्यागिदिए।
'वैद्य पक्षले जनजाति सभासद्हरूको भावना सँगाल्दै सरकारलाई धक्का दिने रणनीति बनायो, त्यसको माध्यम बनेका माओवादीका मुख्य सचेतक गुरूङले ह्विप लगाउन मानेनन्,' एक वार्ताकारले विशेषज्ञ समितिको पटाक्षेप हुनुका कारक केलाउँदै नागरिकसँग शनिबार भने, 'दाहाल र खनाल आफ्नै अडानमा रहन सकेनन् जसका कारण जनजाति सभासद्हरूको अन्तरदलीय गठबन्धन हावी भयो।

Friday, November 18, 2011

सुन मन्त्रीका सुनौला गफ - onlinekhabar

मिलन तिमिल्सिना
२ मंसिर, काठमाडौं । हाम्रा मन्त्रीहरुले आफूसँग भएका थानका थान सुनका हरहिसाब दिन दिनै सार्वजनिक गर्दैछन् । भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले सबैभन्दा बढी १ सय ९४ तोला सुन भएको विवरण सार्वजनिक गरेका छन् । यस्तै अधिकाशं मधेसी मन्त्रीहरुको सम्पक्ति विवरणमा तोलाका तोला सुन भएको उल्लेख छ ।
· मन्त्रीफुलका -४९ जना बस्ने ठाउँलाई कसरी क्वाटर मात्र भन्ने) सबैभन्दा धनी मन्त्री हृदयश त्रिपाठीले अब आफ्नो नाम ‘आभुषेक तीनपाथी’ राख्नेछन् । भकारीमा समेत नअटाउने सुनचाँदी, हिरामोती जस्ता आभुषण भएका मान्छेले सुहाउँदो नाम त राख्नै पर्यो नि ।
· त्रिपाठी त हाम्रा गाउँमा पनि थुप्रै छन् । तर उनीहरुमध्ये धेरैका घरमा तीनटा पाठी पनि छैनन् । यता मन्त्री गाउँका त्रिपाठीसित सुनै तीनपाथी ।
· हाम्रा गाउँघरमा धानमकैमा घून लागेर हैरान । भकारीबाट अन्न झिक्दा घुन पहिले निस्कन्छ । मन्त्रीका भकारीबाट अन्न झिक्दा चाहिं सुनका टुक्रा छान्दाछान्दै हैरान हुनुपर्ने होला । ‘यी सुनले पनि हैरान पार्यो, कहाँ मात्रै राख्ने होला धानमकै’ भनेर मन्त्रीकी जहान फत्फताउँदिहुन् ।
· हामीले खाने धेरै खानेकुरामा फोहोर र कीरा भेटिन्छ । मन्त्रीका खानेकुरामा मोहोर र हिरा भेटिँदोहोला । हामीले भागबाट कीरा झिकेर थालको छेउमा राखेजस्तो हाम्रा सुनौला मन्त्रीले भागमा मिसिएको हिरा टिपेर छेऊमा राख्दा हुन् । कहिलेकाहीं चाहिं हामीले कीरा, ढुंगा टोकेझैं उनले किरिक्क हिरा टोक्दा हुन् । अनि ‘राम्रोसित हेरेर पकाउनुपर्छ नि’ भन्दै जहानलाई झपर्दा हुन् ।
· मन्त्रीका जहानले साडीभन्दा गाडी बढी फेर्दिहुन् । जीप, कार, टोयोटा, ट्रयाक्टर, होण्डा स्कूटर भाका मन्त्रीका श्रीमतीले यतिका गाडी हुँदाहुँदै किन साडी लाउनु । ठूलाबडाका लाज त साडीले होइन, गाडीले पो छेक्छ त ।
· प्रधानमन्त्री भट्टराईले मुस्ताङ रोजेपछि मन्त्री तीनपाथीले उनलाई समेत उछिन्ने गरी सरकारी गाडी नै चढ्ने घोषणा गरे । प्राडो जीप, बेगनकार, टोयटा हाइलक्स, ट्रयाक्टर, होन्डा स्कुटर भाका मन्त्रीलाई नाथे सरकारी गाडी किन चाहियो ?
· कुनै दिन आफ्नो ट्रयाक्टर समेत बिग्रेएकाले मन्त्री तीनपाथी सार्वजनिक गाडी चढेभने ‘आज पैसा बोक्न बिर्सेछु लौ भाडा यो राख’ भनेर गोजीबाट मुठीभरी सुनका पाता झिकेर गाडीवालालाई दिन्छन् होला । अनि गाडीवालाले ‘यो सुन के काम पैसा नै दिनुस्’ भनेर किच्किच् पनि गर्ला ।
· भैंसीपाटीको घडेरीमा भैंसी पाल्नुपर्यो भने मन्त्री तीनपाथीले दाम्लो र किलो पनि सुनकै बनाउँदा हुन् । अनि बाँसबारीको जग्गामा सुनकै घाँस रोप्दा हुन् । घाँस बोकेर र्फकंदा घरको आँगनमा सुनकै ढुंगोमा ठेस लागेर लड्दा हुन् । ‘आइया खै खै माथिबाट त्यो पट्टी लेउ त’ भनेर घाउ लागेको टाउकोमा सुनकै पातोको पट्टी बाँध्दा हुन् ।
· सुन र हिरा थुपार्दै जाँदा एक दिन यिनले ऐना हेर्दै अनुहारमा पनि सुनकै लेप लाउने विचार गर्दा हुन् ।
· ‘उसको मात्रै म पनि के कम’ भनेर दानबहादुर मन्त्रीले झैं अरुले पनि सुनका हरहिसाब देखाउँदा हुन् । हुँदाहुँदा सबैले पहेंला चिज जति सबै सुन भनेर मोलमोलाई गर्दा हुन् । अनि कृषिमन्त्रीले लसुन खेती हैन, सुन खेती गर्नु पर्छ भन्दै सुनको विउ बाँड्दा हुन् ।
· हेर्दाहेर्दै हाम्रा सबैमन्त्री जण्डिस लागेका मान्छे झैं पहेंलपुर देखिंदा हुन् । अनि हामीले पुरानो रुढीवादी उखान ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भन्ने उखान फेरेर ‘मन्त्रीका सुन् छन् ल्हासा चाहिं बुच्चै’ भन्ने उखान बनाउँछौं ।

मन्त्री त्रिपाठीसँग १ सय ९४ तोला सुन काठमाडौंमै ७ रोपनी जग्गा, लाखौंको सेयर - onlinekhabar

१ मंसिर, काठमाडौं । भौतिक योजना तथा निर्माणमन्त्री एवं तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीसँग १ सय ९४ तोला सुन र काठमाण्डौं प्रसस्त जग्गा भएको सम्पत्ति बिबरण सार्वजनिक भएको छ ।
त्रिपाठीले सार्वजनिक गर्नुभएको विवरणअनुसार उहाँसँग हाल केही सुनका औँठी, करिब एकसय ९४ तोला सुन र ३२ केजी चाँदी रहेको उल्लेख छ । बिबरणमा सुनचाँदी पत्नीको दाइजो, छोराछोरीबाट प्राप्त उपहार तथा खरिदबाट संचित रहेको उल्लेख छ ।
यस्तै त्रिपाठीसँग काठमाडौँको विष्णुगाउँ र भद्रकालीमा एक रोपनी ९ आना, ललितपुर भै‌सेपाटीमा दुई रोपनी २ आना र नयाँ बसपार्कनजिक दुई रोपनी ८ आना गरि काठमाण्डौंमा करिव ७ रोपनी जग्गा पत्नी शोभा त्रिपाठीको नाममा रहेको छ ।
काठमाण्डौं बाहिर नवलपरासी जिल्लाको गूठीपर्सौनीमा स्व. पिता हरिशङ्कर त्रिपाठीको नाममा ११ कठ्ठा जग्गामा बनेको सगोलको घर एक र २०५४ सालमा पत्नी शोभा त्रिपाठीको नाममा बैंकबाट ३४ लाख ऋण लिई ललितपुर जिल्ला सैंवुमा खरिद गरेको १३ आना जग्गामा बनेको घर एक रहेको छ । मन्त्री त्रिपाठीका पिता हरिशङ्कर त्रिपाठीको नाममा सगोलमा नवलपरासी जिल्लाको गूठीपर्सौनीमा १९ बिघा १७ कठ्ठा जग्गा रहेको छ । यस्तै पत्नी शोभा त्रिपाठीको नाममा सिद्धार्थ नगरपालिका रुपन्देहीमा ७ कठ्ठा १३ धुर जग्गा धुम्वाराहीको घरजग्गा बिक्री गरी ५५ लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ ।
त्रिपाठीसँग एभरेष्ट बैंक लि. मा तलव सुविधाबाट प्राप्त करिब ६ लाख रुपैयाँ सञ्चित रहेको, पत्नी शोभा त्रिपाठीको नाममा बैंक अफ एसियाको रु.५० हजार र नेपाल दूरसञ्चार संस्थानको रु १८ लाख ६० हजार रुपैयाँको शेयर रहेको छ । यसैगरी छोरी पल्लवी त्रिपाठीको नाममा प्राइम बैंकको रु.३० हजार रुपैयाँको शेयर रहेको छ ।
मन्त्री त्रिपाठीले जग्गा तथा गाडी खरिदका लागि प्रुडेन्सीयल इनभेष्टमेण्टबाट रु. दुई करोड ५ लाख, सिद्धार्थ रु. बैंकबाट एक करोड, हिमालय बैंकबाट रु २० लाख र कृषि विकास बैंकबाट रु नौ लाख सत्तरी हजार ऋण लिएको उल्लेख छ ।
मन्त्री त्रिपाठीका नाममा सुविधा प्राप्त प्राडो जिप एक पत्नी शोभा त्रिपाठीको नाममा वैगन आर एक, छोरी पल्लवीको नाममा हाइलक्स टोयटा गरि ३ वटा गाडी, होन्डा स्कुटी एक र दिनेश त्रिपाठी-दाई) को टेक्टर एक रहेको राससले जनाएको छ ।

22 Comments on “मन्त्री त्रिपाठीसँग १ सय ९४ तोला सुन”
  • janakpurdham wrote on 17 November, 2011, 14:48
    Janatabat Chori gareko sampati ho . neta ji………
    Like or Dislike: Thumb up 29 Thumb down 0
  • sudarshan paudel wrote on 17 November, 2011, 14:49
    अरे बाफ्रेबाफ नसकिनेभो ?
    Like or Dislike: Thumb up 23 Thumb down 0
  • sagar wrote on 17 November, 2011, 14:57
    Chor Haru!!!!! Janta kaa khun chusna palkeka……….
    Like or Dislike: Thumb up 21 Thumb down 0
  • Devdash wrote on 17 November, 2011, 15:10
    ajha inkai santaan laai scholarship dinu parne re….thukka saamant
    Like or Dislike: Thumb up 20 Thumb down 0
  • diwas wrote on 17 November, 2011, 15:17
    oh wayo….you are so rich since your voter people are still fighting with starvation and other basic needs…..
    Like or Dislike: Thumb up 13 Thumb down 0
  • ratan wrote on 17 November, 2011, 15:41
    oho garib desh ko dhani mantri badhai cha sampati jornu bhaye ko ma.
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • रविन wrote on 17 November, 2011, 15:45
    मन्त्री त्रिपाठीले कमाएको सम्पत्ती चाँही सही हुनुपर्छ तर ऋण लिएको चाँही सही नहुनुपर्ने हो किनकी कसैले पनि त्यत्रो ऋण लिएर मान्छेपिच्छे विनाकारण घरमा गाडी थुपारेर राख्दैन । व्यावसायिक प्रयोजनको लागि भए कमाइ पनि हुन्थ्यो र ऋण तिर्न पनि सक्थ्यो भनेर विश्वास गर्ने अधार हुन्थ्यो । यहाँनेर त बिनाअर्थ करोडैांको ऋण लिएर महंगा सवारी साधनहरू थुपारिएको छ । ऋण लिएको चाँही सही हो कि होइन भनेर खोजविन हुनु जरूरी छ ।
    Like or Dislike: Thumb up 6 Thumb down 0
    devendra Reply:
    yo sala mantri li varastchar garako hunupar6 natra kha bata aayo yetro sampati sala li mudha halnupar6
    Like or Dislike: Thumb up 4 Thumb down 0
  • Bibek wrote on 17 November, 2011, 15:53
    Herdai chor jasto dekhin6a kina yetro sampati nahuni ni!!!!!
    Like or Dislike: Thumb up 4 Thumb down 0
  • ram wrote on 17 November, 2011, 16:05
    mantri ji tapaiko dherai sampati rahecha.kei rojgari dine comapany kholnuhos.ma farkera aaunechu gulf bata.
    Like or Dislike: Thumb up 2 Thumb down 0
  • chANDra wrote on 17 November, 2011, 21:23
    Maile dekheko chhu, suneko chhu yo manchhe charam BHRASTA chha!!! Tara ke garnu Dichin Dolma Sherpa ko jasto praman chhaina ma sanga!!! Desh tyesai sansarkai dosro ati garib bhayeko haina –yestai BHRASTA neta ka karan le ho !!!!!!!
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • puskar bohara wrote on 18 November, 2011, 0:59
    Rastrasevak sanga yetro sampati,vayepache nepali janta kangal hune ta neschet cha! janta ka sevak ko chala ! hye god change this countri by ur rule.
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • prabhat wrote on 18 November, 2011, 1:06
    mantri ji tapai le ta lutna lutnu bha cha.madeshi janta ko nau bechera aafono sampati ta ramrai jodnu bha cha.khele ta desh ra janta ko bare ma sochnus.
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • ABHIOV wrote on 18 November, 2011, 1:07
    mantri ji tapai le ta lutna lutnu bha cha.madeshi janta ko nau bechera aafono sampati ta ramrai jodnu bha cha.khele ta desh ra janta ko bare ma sochnus.
    Like or Dislike: Thumb up 2 Thumb down 0
  • RADHESHYAM CHAUDHARY wrote on 18 November, 2011, 2:59
    Yst nyta lae ta bec sarak ma kukur ko mota marn pa6.yst nyta lya garda hamro dysa.garebe ko rykha mune basna paryko6.
    Like or Dislike: Thumb up 3 Thumb down 0
  • saralaji wrote on 18 November, 2011, 5:49
    राजनीति गर्नलाई नभई नहुने सुत्र हरु ::
    १. साम,२. दाम,3. दण्ड 4. भेद चाहीन्छ भन्छन…दाम चै टन्न रहेछ है …यी हाम्रा मन्त्रि सग……………………..
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • sudan sigdel wrote on 18 November, 2011, 5:55
    jati luteka 6an dhoti ka baccha le ta luteka 6an ni vagaute harulai nagrika diyeko ani rajniti ma parbes garayeko faida nepal aama timilai kati lutna sak6an dannya timi …..
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • khim wrote on 18 November, 2011, 6:14
    Auta neta sanga yatro sampati aani aruko pani khoji garnu paryo aani auta compay open gare ra hamilai job dida bhaihal ta ho .
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • Bhisan Malla wrote on 18 November, 2011, 6:20
    kati dherai sampati ho…..janata ko pasia bata jodeko sampati…
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • Rajan kunwar wrote on 18 November, 2011, 7:44
    75% nepali people haru vokai sutnu parne hamro jasto garib desh ko mantri sanga yati dherai property kanha bata ayo n loan k purpopse ko lagi liyako ho akhatiyar le turunta investication garnu jaruri 6 natra vane aru pani vrasta mantri ko hul hune6.
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • ishu wrote on 18 November, 2011, 7:44
    chorharu yo sabai janata ko sampati ho.
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • Untim wrote on 18 November, 2011, 7:50
    gara khau ani jingringa motau timi haru kai xa din… k nai dina sakxau ra janata ko lagi akhir janata kai pasina ra ragat kon bhar ma ta pugdai xau mathi.. j hos nepal janata sojha xan yeti huda samma pani hereko herai…haha
    Like or Dislike: Thumb up 0 Thumb down 0