Monday, July 25, 2011

सुडान भ्रष्टाचारः कसलाई कति धरौटी ? - mysansar

सुडान प्रहरी मिसनको लागि एपीसी सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा अभियुक्तहरुलाई कति कति धरौटी माग गरियो, यी भ्रष्टाचारका आरोपीहरुका लागि कुन-कुन बैँक जमानी बसेर उनीहरुलाई थुनामुक्त गराए ? सोमबारसम्मको विवरण हेर्नुस्।
धरौटी लाखमा होस् कि करोडमा, धमाधम बुझाएर उनीहरु थुनामुक्त भइरहेका छन्। नेताहरुलाई यो मुद्दामा कतै छुन सकिएको छैन। आरोपीहरुले नै पोल्लान् कि भनेको, त्यो पनि अहिलेसम्म हुन सकेको छैन। ठूलाठूला पदका मानिसहरु करोडौँ धरौटी तिरेर, बैँक जमानी बसेर थुनामुक्त भइरहेका छन्। उनीहरुको यो सम्पतिले नै उनीहरु भ्रष्टाचारी भएको भन्दै औँला ठड्याउनेहरु सडकमा देखिएका छन्। तर केही यस्ता पनि छन्, जो केही लाख धरौटी तिर्न नसकेर थुनामै छन्।
पूर्व आइजीपी ओमविक्रम राणा
धरौटी मागः १५ करोड रुपैयाँ
स्थितिः बुझाउन नसकेकोले थुनामा।
पूर्व आईजीपी रमेशचन्द ठकुरी
धरौटी मागः ७ करोड
स्थितिः सिभिल बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त


के हो सुडान भ्रष्टाचार ?


युद्धग्रस्त देश सुडान। त्यहाँ शान्ति स्थापना गर्न स‌ंयुक्त राष्ट्र संघअन्तर्गत जाने नेपाली सुरक्षाकर्मीहरु। कति जोखिम हुन्छ त्यस्तो ठाउँमा जाँदा, त्यो भनिरहनु पर्ने कुरा हैन। त्यही जोखिम मोल्नेहरुका लागि हतियार र उपकरण सम्बन्धित देशले नै किनेर बिल युएनलाई बुझाए युएनले त्यसको भर्पाइ दिने व्यवस्था थियो। यसैमा देखे अपराधीहरुले मोटो कमिसन। कस्तासम्म अपराधी हेर्नुस् त, ५० करोड रुपैयाँको सामान किन्दा ३४ करोड त घोटाला गरेछन्। शायद विश्व कै अनौठो भ्रष्टाचार कान्ड हुनुपर्छ यो। युद्धभूमिमा जाने नेपाली सुरक्षाकर्मी दाजुभाइलाई कामै नलाग्ने सामान भिडाएर ज्यान जोखिममा पार्ने अपराध उनीहरुले गर्न खोजे। त्यति मात्र हैन, त्यस्तो खटारे सामान देखेपछि युएनले त्यसलाई प्रयोगै गर्न दिएन, जसका कारण विश्वमा नेपालको नाम बदनाम हुन पुग्यो। अख्तियार दुरुयोग अनुसन्धान आयोगले सुडान घोटाला कान्डमा ३४ प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो। तत्कालीन प्रहरी महानिरीक्षकहरु तीन जनालाई यसमा मुद्दा ठोके पनि राजनीतिक दबाबका कारण उनीहरुभन्दा माथि अर्थात् गृहमन्त्रीहरुसम्म भने अख्तियार पुग्न सकेको छैन। जबकि संसदको राज्यव्यवस्था समितिले उनीहरुलाई पनि नैतिक र कानुनी दायित्वबाट उन्मुक्ति दिन नमिल्ने ठहर

पूर्व आइजीपी हेमबहादुर गुरुङ
धरौटी मागः ५ करोड
स्थितिः ग्लोबल बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त
एसपी कृष्णप्रसाद गुरागाई
धरौटी मागः १५ लाख
स्थितिः धरौटी नबुझाएकोले थुनामै
एसपी विद्याराज श्रेष्ठ
धरौटी मागः १५ लाख
स्थितिः धरौटी नबुझाएकोले थुनामै
एआइजी मदन खड्का
धरौटी मागः ५० लाख
स्थितिः सिद्धार्थ बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त
एआइजी दीपेन्द्रबहादुर विष्ट
धरौटी मागः एक करोड
स्थितिः इन्भेस्टमेन्ट बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त
डीएसपी प्रकाश अधिकारी
धरौटी मागः १५ लाख
स्थितिः श्रीमतीको नाममा रहेको बौद्धस्थित साढे ९ आना जग्गाको जेथा जमानी राखेर रिहा
डीएसपी दिनेश केसी
धरौटी मागः ३५ लाख
स्थितिः बानेश्वरको जग्गा जेथाजमानीमा राखेर रिहा
एसएसपी श्यामबहादुर खड्का
धरौटी मागः ७० लाख
स्थितिः सिद्धार्थ बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त

Sunday, July 24, 2011

यसरी खायो नेपालले नौ गोल - mysansar

विश्वकप छनौट चरण अन्तर्गत हिजो जोर्डनसँग खेलेको नेपाल नौ गोलको उपहार पाएर आज घर फर्कँदैछ। हेर्नुस्, कसरी गोल भएका थिए ? नेपालका बेलायती कोच ग्राहम रोबर्टसले ठूलो अन्तरले पराजित हुन्नौँ भनी जतिसुकै नेपाली खेलाडी र दर्शकहरु मनोबल उच्च राख्ने प्रयास गरे पनि मैदानमा त्यो सफल हुन सकेन। अन्ततः खेल अहिलेसम्म कै खराब नतिजामध्येमा एक हुन पुग्यो। यो हारसँगै नेपालको विश्वकप छनौटको तेस्रो चरणमा प्रवेश गर्ने संभावना लगभग समाप्त भएको छ। यदि त्यो संभावनालाई कायम राख्ने हो भने अब आउँदो बिहीबार दशरथ रंगशालामा हुने खेलमा नेपालले जोर्डनको गोलपोस्ट दनादन १० गोल ठोक्नुपर्नेछ र जोर्डनलाई एक गोल पनि गर्न दिनु हुनेछैन। त्यो संभव नभएकोले अब नेपालले होमग्राउन्डमा वीरता प्रदर्शन गरी कम अन्तरको पराजय वा बराबरी नेपाली फूटबलको स्तर हेरी पर्याप्त हुनेछ। नेपालले खाएका नौ गोल हेर्न भित्र आउनुस्।
विश्वकप छनौट चरण अन्तर्गत हिजो जोर्डनसँग खेलेको नेपाल नौ गोलको उपहार पाएर आज घर फर्कँदैछ। हेर्नुस्, कसरी गोल भएका थिए ? नेपालका बेलायती कोच ग्राहम रोबर्टसले ठूलो अन्तरले पराजित हुन्नौँ भनी जतिसुकै नेपाली खेलाडी र दर्शकहरु मनोबल उच्च राख्ने प्रयास गरे पनि मैदानमा त्यो सफल हुन सकेन। अन्ततः खेल अहिलेसम्म कै खराब नतिजामध्येमा एक हुन पुग्यो। यो हारसँगै नेपालको विश्वकप छनौटको तेस्रो चरणमा प्रवेश गर्ने संभावना लगभग समाप्त भएको छ। यदि त्यो संभावनालाई कायम राख्ने हो भने अब आउँदो बिहीबार दशरथ रंगशालामा हुने खेलमा नेपालले जोर्डनको गोलपोस्ट दनादन १० गोल ठोक्नुपर्नेछ र जोर्डनलाई एक गोल पनि गर्न दिनु हुनेछैन। त्यो संभव नभएकोले अब नेपालले होमग्राउन्डमा वीरता प्रदर्शन गरी कम अन्तरको पराजय वा बराबरी नेपाली फूटबलको स्तर हेरी पर्याप्त हुनेछ।

Friday, July 22, 2011

सभासद्‍ले ज्वाइँ बेपत्ता पारे - mysansar

भागेर बिहे गरेलगत्तै जीवन रक्षाका लागि मिडियामा सार्वजनिक अपील पठाए पनि आखिर दलित जनजाति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानले आफ्ना ज्वाइँलाई बेपत्ता पारेरै छाडेका छन्। यो आरोप अरुले हैन, उनकै छोरी विधिया पासवानले लगाएकी हुन्।
विधियाले विवाह गरेर घर बसाउने तयारी गरिरहँदा पिता विश्वेन्द्रले पेसेवर गुण्डा लगाएर आफ्ना श्रीमान् राजलाल खंगलाई बेपत्ता पारेको आरोप लगाएकी हुन्। काठमाडौँमै विवाह गरेर विराटनगर हुँदै पोखरा पुगेपछि गुण्डाहरूले आफूलाई नियन्त्रणमा लिएर श्रीमान् खंगलाई बेपत्ता बनाएको उनको आरोप छ।
श्रीमानलाई बेपत्ता बनाएपछि उनलाई खोज्दै उनी ससुराली घर पुगेकी छिन्। ‘श्रीमानको घरमा मलाई सबैले स्वीकार गरिसकेको छ। तर सभासद् आफ्नै बुबाले जीवन बर्बाद गर्न लागेका छन्,’ उनले भनिन्।
असार १५ गते दलित जनजाति पार्टी कार्यालयमा काम गर्ने सप्तरीको शम्भुनाथ गाविस १ बस्ने २३ वर्षीय राजलाल खंगसँग भागेर १८ वर्षीया विधियाले विवाह गरेकी हुन्। काठमाडौँको पशुपतिनाथ मन्दिरमा असार १६ गते हिन्दु परम्पराअनुसार विवाह गरेको बताउँदै विधियाले राजलालबिना बाँच्न नसक्ने बताइन्।
आफूहरू उमेर पुगेका बालिग भएकाले राजीखुसीसँग बिहे गरेको उनको जिकिर छ।
‘बुवाले राजलाललाई राजविराज एक बैठकमा पठाएको बताए पनि श्रीमान्का साथी बिरजु मण्डलबाट पोखराबाटै प्रहरीले नियन्त्रणमा लिएको आफूले जानकारी पाएको छु’, उनले भनिन्, अहिले म बिचल्लीमा परेको छु’।
आफूलाई पोखराबाट लिएर गएपछि बुबा बैठकमा गएको मौका छोपेर सप्तरीको शम्भुनाथस्थित ससुराली आइपुगेको उनको भनाइ छ।
‘बुबाले काठमाडौं लगेपछि राजलालसँग मिलाइदिने भन्नुभएको थियो’, उनले भनिन् – तर श्रीमान्लाई झुटो मुद्दा लगाएर कडा कारबाही गराउन बुबा प्रयासरत रहेको थाहा पाएपछि म घरबाट भागेकी हुँ।
सोही अवसरमा राजलालको ठूलो बुवाका छोरा शिवराम मण्डलले सभासद् पासवानको दवावमा आफ्नो परिवारमाथि प्रहरीले दमन गरेको बताए। विश्वेन्द्र पासवानले अपहरणको मुद्दा दायर गरेपछि आफ्नो बुबा बिन्दी खंग र बहिनी ललितालाई प्रहरीले पक्राउ गरी लगेको उनले बताए।

सभासद् विश्वेन्द्र पासवानकी छोरी पोइल गइन्, केटाद्वारा प्राणरक्षाका लागि अपिल - mysansar

–राजकुमार राम, लहान-



सभासद् पासवान
दलित जनजाति पार्टीका अध्यक्ष तथा उदण्ड सभासद विश्वेन्द्र पासवानकी १८ वर्षीया छोरी विद्या सिंह पार्टी कार्यालयका पियन सप्तरी, शम्भुनाथ–४ का २२ वर्षीय युवक राजलाल खत्वेसँग यही असार १९ गते आइतबारका दिन भागेकी छिन्। संसद अवरोध गरेका कारण मार्सल लगाएर केही दिनका लागि निलम्बन गरिएका सभासद विश्वेन्द्र पार्टीको कार्यक्रम भनी मधेसतिर अल्मलिएका बखत गौशाला पिंगलास्थानस्थित एक बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत १८ वर्षीया विद्या सिंह आफ्ना प्रेमी खत्वेसँग भागेकी हुन्। सिरहा मिर्चैया रामनगर–५ स्थित एक बोर्डिङ स्कूलमा पटक–पटक फेल भई १८ वर्षको उमेरमा मुस्किलले ८ कक्षामा पुगेकी पासवानकी छोरी कथित आफूभन्दा तल्लो जातको केटासँग भागेकी हुन्। उदेगलाग्दो कुरा के छ भने आफूलाई दलितको नेता भन्दै जातीय समानताका लागि संसदमा मात्र नभई सर्वत्र आवाज उठाउने सभासद पासवानले आफूभन्दा सानो जातको र आफ्नै अफिसमा काम गर्ने केटोले छोरी भगाएर इज्जत फालिदिएको भन्दै आक्रोसित हुँदै आफ्ना वफादार केन्द्रीय सदस्य सर्लाहीका राधेश्याम पासवान र सप्तरीका जगजीवन राममार्फत् ज्वाइँ राजलाल खत्वेलाई जहाँ भेटायो, त्यहीँ खलास गर्नू, अन्यथा म राजनीति नै छोडिदिन्छु भन्दै धम्कीपूर्ण उर्दी जारी गरेका छन्।


 उनको यो उर्दी सुनेर ज्वाइँ राजलाल खत्वे आफ्नी श्रीमती विद्या र आफ्नो प्राण रक्षाका लागि आफ्ना साथीहरूको डेरामा लुकेर बसेका छन्।
सभासद पासवानले छोरी र भगाउने केटालाई खलास गर्न वफादार केन्द्रीय सदस्यहरू मार्फत् २ लाख रूपैयाँ दिई २० जना मधेससम्बद्ध भूमिगत गिरोहका कार्यकर्ता काठमाडौंका होटेल–लज तथा मजदुरहरूका डेरामा विगत केही दिनदेखि छापा मार्न पठाएको कुरा नाम नबताउने शर्तमा पार्टीका एकजना कार्यकर्ताले बताएका छन्।
प्रेम–विवाह गर्नु कुनै अपराध नभएको बताउने राजलाल खत्वेले, आफ्ना उदण्ड, पागल एवं अपराधी मनोवृत्तिका ससुरा विश्वेन्द्र पासवान संसदमा समेत कुर्सी–टेबल तोड्न, कपडा च्यात्न र मान्छे उठाएर झ्यालबाट फ्याँक्न पछि नपर्नेले मजस्तो गरिब, निमुखा र सानो जातको व्यक्तिलाई के बाँकी राख्लान् र भन्दै आफ्नो प्राण रक्षाका लागि सबैसँग अपिल गर्दै पत्रकार सम्मेलन गरी सार्वजनिक हुन चाहेको र आफ्नो र आफ्नी श्रीमती विद्याको कहीँ कतै हत्या भए वा घटना घटेमा त्यस्को सम्पूर्ण जिम्मेवारी सभासद ससुरा विश्वेन्द्र पासवानको हुने बताएको सम्बद्ध स्रोतले बताएको छ।
विश्वेन्द्रका ज्वाइँ राजलाल खत्वेको परिवारसँग सम्पर्क गर्न खोज्दा निजकी आमा र दिदीलाई यो कुरा बाहिर गरे ठीक हुने छ्रैन र बहुत ठूलो क्षति ब्यहोर्नुपर्ने छ भनी, धम्की दिइएको दाजु पर्ने चन्द्रलाल खत्वेले बताउँदै भाइ राजलाल खत्वेको प्राण जोखिममा रहेको र जसरी पनि बचाइदिनुस् हजुर! हामी दलित, गरिबको को छ र? भन्दै मोबाइलमै अलाप–विलाप गरी हार–गुहार गरेका छन्।

Thursday, July 21, 2011

‘बुबाले बोलाउनुभयो, सबै मिलेर पठाए’ - onlinekhabar

- सरल शर्मा
नेताका छोराछोरीलाई निजीबाट सरकारी शिक्षण संस्थामा पढाउने अभियानलाई सफल पार्न भन्दै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले दुई हप्ता अघि छोरा सरललाई चीनबाट फिर्ता बोलाउनुभयो ।
सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न पठाएको छोरा बोलाएको भन्दै उहाँको आलोचना भयो । पछि पार्टीले फेरि सरललाई चीन फिर्ता पठाउने निर्णय गर्यो । यो निर्णयसँगै ‘हिमालले नाटक गरेको रहेछ’ भनेर आलोचना पनि भैरहेको छ । तर सरल भने र्फकन पाएकोमा निकै खुशी छन् । बिहीबार चीन जानुअघि आफ्नो दुई हप्ताको नेपाल बसाईका अनुभवबारे अनलाईन खबरले सरलसँग छोटो कुराकानी गरेको छ । ममी त म नआओस् भन्ने चाहानुहुन्थ्यो । तर बुबाले कर गरेपछि केही लागेन । उहाँको आग्रह अस्वीकार गर्न नसकेर म दुई हप्ताअघि चीनबाट फर्किएँ ।
आउने बित्तिकै बुबासँग खटपट पर्यो । मलाई बोलाएको भनेर ममी पनि बुबासँग असन्तुष्ट हुनुभयो । बुबाले तिमी फर्केपछि अब मेरो अभियान पूरा हुन्छ, तिम्रो ईतिहास बन्छ भनेर आश्वस्त पार्न खोज्नुभयो । तर मलाई पत्यार थिएन । आएको भोलिपल्ट मेरोबारेमा सञ्चार माध्यममा खबर प्रसारण तथा प्रकाशन भएको देख्दा मलाई अचम्म लाग्यो । म फर्केको कुरा यति धेरै चर्चामा आउँछ भनेर मैले सपनामा पनि सोचेको थिईन । म फर्केकोमा कतिले बधाई दिए । कतिले र्फकनुहुन्न थियो भने । सञ्चारमाध्यम र आफन्तहरुले सरललाई अन्याय भयो, मानवअधिकारको हनन भयो भन्ने कुरा गरे । दुईथरी कुरा आउँदा म झन् मानसिक तनावमा परें ।
मेरो पढाई यत्तिकैमा खतम हुने भयो भनेर म निराश भएँ । अब पढ्छु भन्ने सोचाई दिमागबाट हराईसकेको थियो । यसबीचमा मलाई कुनै पार्टी नेताहरुले भेट्न पनि खोजेनन्, फोन पनि गरेनन् । मलाई सञ्चारमाध्यमले धेरै सहयोग गरे । सञ्चार माध्यम मार्फत नै मैले आफूलाई लागेको कुरा बताएँ । मलाई अन्याय भएको कुरा मैले मात्र होईन, मानवअधिकारवादी र समाजका अरु क्षेत्रका व्यक्तिहरुले पनि भने । यही दबाबले होला मंगलबार मलाई प्रचण्डले बोलाउनुभयो । उहाँले मैले तिम्रो सबै कुरा बुझें । अन्याय भयो भनेर मलाई कुटनीतिज्ञ र मानवअधिकारर्मीहरुले पनि भने । अब फिर्ता जाने मानसिकता बनाउनु, म पार्टीमा छलफल गर्छु भनेर प्रचण्डले भन्नुभयो । मैले नसोचेको कुरा भयो । म खुशी भएँ ।
तर, म फिर्ता हुँदा बुबाको अभियान तुहिन्छ की भनेर प्रश्न गर्दा प्रचण्डले ‘त्यस्तो हुँदैन, तिमी सरकारी छात्रवृत्तिमा गएको मान्छे, क्रान्तिकारीको अभियानलाई साथ दिने गरी पार्टी केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय गर्छु’ भन्नुभयो । नेताका छोराछोरी सरकारी शिक्षण संस्थामा पढाउने अभियान कमजोर हुँदैन भनेर उहाँले विश्वास दिलाउनुभयो । त्यसपछि त्यही दिन प्रचण्डले अरु पदाधिकारीसँगै बुबालाई पनि बोलाउनुभयो । सबैले मलाई पठाउने निर्णय गरे ।
बुधबार बसेको अखिल क्रान्तिकारीको बैठकले पनि मलाई फिर्ता पठाउने निर्णय गर्यो । मलाई फिर्ता पठाउनेबारे बुबा अझै सन्तुष्ट हुनुहुन्नथियो । आफ्नो राजनीतिक भविष्यको उहाँलाई चिन्ता थियो । तर, उहाँलाई सबैले सम्झाए । आएपछि यसरी फर्कन पाउँछु जस्तो मलाई लागेकै थिएन । तर, सबैको साथ र सहयोगले म फेरि पढ्न जाँदैछु । यसको लागि विशेष गरेर सबै सञ्चारमाध्यमलाई धन्यवाद दिन चाहान्छु । मलाई बुबाले बोलाउनुभएको थियो, तर सबै मिलेर पठाए ।
अब त मलाई झन् बढी जिम्मेवारी र उर्जा थपिएको छ । मेरो पढाईको चिन्ता सबैले गर्नुभएको छ । म कसैलाई निराश बनाउँदिन । अब साढे चारवर्ष पछि मेरो अध्ययन सकिन्छ । पढेर स्वदेश र्फकन्छु र दुर्गम गाउँमा बसेर स्वास्थ्य सेवामा लाग्नेछु ।

‘तागत’ बढाउन श्रीमतीको रगत - onlinekhabar

५ साउन, काठमाडौँ । फिल्ममा रगत पिएर शक्ति प्राप्त हुने दृश्य देख्दा जो कोहीको आङ सिरिङ्ग हुन्छ । तर, भारतमा फिल्ममा होइन वास्तविक जीवनमै एकजना पुरुषले नियमित श्रीमतीको रगत पिउने गरेका छन् ।
मध्यप्रदेश दमोह निवासी एक व्यक्तिले आफ्नै श्रीमतीको रगत पिउने गरेको उजुरी श्रीमतीले नै गरेकी छिन् । दमोह जिल्ला निवासी २२ वर्षे दीपा अविहारका श्रीमान्ले तीन वर्षदेखि आफ्नो रगत पिउँदै आएको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी हुन् । दीपाका श्रीमान् महेशले प्रत्येक बेलुका सिरिन्जले रगत निकाल्छन् र गिलासमा हालेर पिउाछन् । तीन वर्षादेखि उनी लगातार यो कार्य गर्दै आएका छन् । दीपाका अनुसार पतिले यो कुरा कतै बताएमा ज्यानमाथि नै खतरा हुने नभेर धम्क्याउाछन् । दीपाको सन् २००७ मा खेती मजदुर महेशसाग बिहे भएको थियो ।
विवाह भएको केही दिनदेखि नै उनले रगत पिउन थालेको श्रीमतीको भनाइ छ । रगत पिउने काम उनले श्रीमती गर्भवती हुँदा पनि छाडेनन् । सात महिनाअघि छोरो जन्मेपछि दीपाले विरोध गर्न थालिन् । तर, श्रीमानले वास्ता गरेनन् । रगत निकालेपछि कमजोरी महसुस भएको उनले प्रहरीसमक्ष बताइन् । पुलिसलाई जानकारी दिादा श्रीमानले पिट्ने गर्छन् । दीपाले अन्य महिलावादीको सहयोगमा प्रहरीसमक्ष उजुरी गरेकी हुन् ।
नयाँ पत्रिकाबाट

Tuesday, July 19, 2011

सरललाई चीन फिर्ता पठाउन प्रचण्डको निर्देशन राजीनामा गर्ने मनस्थीतिमा हिमाल - onlinekhabar

४ साउन, काठमाडौँ । चीन सरकारको छात्रवृत्तिमा डाक्टरी पढ्न चीन गएका आफ्ना छोरा सरललाई फिर्ता बोलाएका अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा सरललाई पुनः चीन फर्काउन प्रचण्डले निर्देशन दिएपछि निकै अप्ठेरोमा परेका छन् ।
हिमालले राम्रो काम गरेको भनेर प्रसंसा र छोराको भविष्य बिगारेको भनेर आलोचना भइरहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालसहितका क्रान्तिकारी पदाधिकारीलाई बोलाएर सरललाई जसरी पनि फिर्ता पठाउन निर्देशन दिएका छन् । मंगलबार प्रचण्डले हिमाल, उनका छोरा सरल र क्रान्तिकारीका पदाधिकारीलाई नयाँबाजारमा बोलाएर त्यस्तो निर्देशन दिएका हुन् ।
‘अध्यक्ष कमरेडले छोरा र संगठनका पदाधिकारी लिएर आउनु भन्नुभयो । अनलाइनखवरसँग कुरा गर्दै शर्माले भने ‘एक्कासि उसलाई चीन पठाउन निर्देशन दिएपछि म त अलमलमा परें ।’
प्रचण्डको निर्देशनपछि हिमालसँग दुईवटा बिकल्प छन् । पहिलो पार्टीको निर्देशनलाई पालना गर्दै छोरालाई चीन फर्काउने र दोस्रो आफ्नो निर्णयमा अडिग रहँदै नैतिकताका आधारमा राजीनामा दिने ।
‘भातृ संठनको अध्यक्षका नाताले पार्टीको निर्देशन अवज्ञा गर्दै कि त मैले पदबाट राजीनामा दिनुपर्‍यो, कि त छोरालाई चीन पठाउनुपर्‍यो’ शर्माले भने- ‘केन्द्रीय समितिले फिर्ता पठाउने निर्णय गरे नैतिकताका आधारमा राजीनामा दिन्छु ।’ छोराछोरी स्कुल क्याम्पस पढ्ने पार्टी र संगठनका नेता-कार्यकर्ताले आफूलाई असहयोग गरेर निराश बनाएको भन्दै उनले केन्द्रीय समितिभित्र पनि सरललाई फिर्ता पठाउनुपर्ने पक्षधर बढी भएको बताए । यसै बिषयमा छलफल गर्न आजै अखिल क्रान्तिकारीको केन्द्रीय समिति वैठकसमेत बस्न लागेको छ ।
के भने प्रचण्डले ?
प्रचण्डले पार्टी निर्देशन पालना गर्दै छिटोभन्दा छिटो सरललाई चीन पठाउन कडा निर्देशन दिएको शर्माले बताए । स्रोतका अनुसार पार्टीको संस्थागत निर्णयद्वारा पठाइएका सरललाई व्यक्तिगत निर्णयका आधारमा फिर्ता बोलाएर पद्धति उल्लघंन गरेको भन्दै प्रचण्ड हिमालसँग झोक्किएका थिए । ‘तपाइँले पार्टीमा सरसल्लाह नै नगरी फिर्ता बोलाउनुभयो ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ‘कुटनीति क्षेत्रबाट त्यस विषयमा थेग्नै नसक्ने दबाब आएकाले सरललाई तुरुन्तै पठाउनुस् ।’
प्रचण्डको निर्देशनपछि हिमालले माओवादी नेताका छोराछोरी निजीबाट सरकारी शिक्षण संस्थामा ल्याउने अखिल क्रान्तिकारीको अभियान अलपत्र पर्ने चिन्ता जनाएका थिए । प्रचण्डले सरललाई फिर्ता पठाउँदा उक्त अभियानलाई कुनै अप्ठेरो नपर्ने भन्दै तहअनुसार नेताका छोराछोरी कहाँ र कसरी पढाउने भन्ने विषयमा पार्टीले छिट्टै निर्णय लिने भन्दै हिमाललाई फकाउन खोजेका थिए । स्रोतका अुनसार प्रचण्डले क्रान्तिकारीले स्कुलतहमा मात्र निजी शिक्षा विरोधी अभियान चलाएकाले उक्त अभियानले डाक्टरी पढ्दै गरेका सरललाई नछुने तर्क गरेका थिए ।
प्रचण्डले फर्केर पढाइ थाल्न समस्या भए चीनस्थित नेपाली राजदूतावासमार्फत पार्टीले त्यसका लागि पहल गर्ने आश्वासनसमेत दिएको शर्माले जानकारी दिए । शर्माले आफ्नो निर्णयले निजी शिक्षालयमा छोराछोरी पढाइरहेका नेतालाई नैतिक संकट परेकाले यस्तो दिर्नेशन आएको हुनसक्ने बताए । ‘कुनै बाध्यता नहुँदानहुँदै मैले राम्रै निर्णय लिएको थिएँ, शर्माले भने- ‘तर, कसैको सहयोग पाइएन ।’

Wednesday, July 13, 2011

स्कलरसिपमा पढ्नेले दुर्गम जान्न भन्न नपाइने - mysansar

सरकारी स्कलरसिप (छात्रवृत्ति) मा स्वदेश वा विदेशमा अध्ययन गर्न जानेले दुर्गम क्षेत्रमा काम गर्न जान्नँ, बरु त्यसवापत् पैसा तिर्छु भन्न नपाउने भएका छन्। उनीहरुले बाध्यकारी रुपमा सरकारले खटाउने दुर्गम क्षेत्रमा जानै पर्ने व्यवस्थालाई सर्वोच्च अदालतले कायम राख्‍न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले यस्तो निर्णय नगरेको भए झण्डै चालीस लाख रुपैयाँ खर्च गरेर सरकारले डाक्टर पढाएकाहरु दुई लाख दस हजार रुपैयाँ जरिवाना फालेर दुर्गम क्षेत्रमा जाँदिन भने पनि पाउँथे। मन्त्रीले त यस्तो निर्णय गरिसकेका थिए। धन्न आज सर्वोच्चले त्यो निर्णय कार्यान्वयन नगर्नू भनेर अन्तरिम आदेश दिए।
भएको के थियो भने सरकारले लाखौँ खर्च गरेर राजविराजका अशोकविक्रम साहलाई पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस पढ्न स्कलरसिप दिएको थियो। पढिसकेपछि छात्रवृत्ति ऐन अनुसार उनले सरकारले खटाएको दुर्गम क्षेत्रमा काम गर्नुपर्थ्यो। तर उनले जरिवाना तिरेर उन्मुक्ति चाहे। शिक्षा मन्त्रालयले ‘मन्त्रीस्तरीय निर्णय’ गर्दै दुई लाख १० हजार जरिवाना लिँदै सरकारले खटाएको ठाउँमा सेवा गर्नु नपर्ने छुट दियो। मन्त्रालयको यो निर्णय गैरकानुनी भन्दै चौतर्फी विरोध भएको थियो।

यसैको विरोधमा उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अवधेशकुमार यादवको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो।
के के छ छात्रवृत्ति ऐनमा ?
छात्रवृत्ति ऐनमा छात्रवृत्ति पाएको व्यक्तिले सरकारले खटाएको ठाउँमा पाँच वर्ष काम गर्नुपर्ने प्रावधान छ। यसअन्तर्गत स्वास्थ्य मन्त्रालयले स्कलरसिप पाएका चिकित्साकर्मीहरुलाई दुई वर्ष दुर्गम क्षेत्रमा खटाउने गर्थ्यो। डाक्टरको नाकमुख देख्न नपाउने दुर्गम क्षेत्रका बासिन्दालाई यो नियमले राहत दिएको थियो।
शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०६३ द्वारा संशोधन गरिएको छात्रवृत्ति ऐनमा के के व्यवस्था छ त ? आउनुस् केही प्रमुख बूँदा हेरौँ-
२. परिभाषा :
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा “छात्रवृत्ति” भन्नाले कुनै अध्ययन,अनुसन्धान वा प्रशिक्षणका लागि नेपाल सरकारले उपलब्ध गराएको आर्थिक अनुदान वा सुविधा, नेपाल सरकारलाई कुनै विदेशी मुलुक, अन्तर्राष्ट्रिय वा अन्य दातृ संस्था वा कुनै स्वेदशी वा विदेशी शैक्षिक संस्थाले उपलब्ध गराएको आर्थिक अनुदान वा सुविधा वा प्राविधिक सहायता सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी छात्रवृत्ति भनी तोकेको अन्य
सुविधा समेतलाई जनाउँछ।

३ख. स्वीकृति (नो अब्जेक्सन लेटर) लिनु पर्ने :

(१) नेपाली नागरिकले शिक्षा तथा खेलकूद मन्त्रालयको पूर्व स्वीकृति नलिई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानु हुँदैन।
(२) विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने नेपाली नागरिकले स्वीकृतिको लागि तोकिए बमोजिमको विवरण खुलाई तोकिए बमोजिमको शुल्कसहित शिक्षा तथा खेलकुद मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा शिक्षा तथा खेलकुद मन्त्रालयले तोकिए बमोजिमको ढाँचामा निवेदकलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने स्वीकृति दिनेछ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “उच्च शिक्षा” भन्नाले उच्च माध्यमिक शिक्षा समेतलाई जनाउँछ।
(४) उपदफा (३) बमोजिम विदेशमा अध्ययन गर्न जाने स्वीकृति पाएको व्यक्तिले त्यस्तो अध्ययनको लागि विदेशी मुद्राको सटही सुविधा पाउनको लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएमा सो मन्त्रालयले निवेदकलाई त्यस्तो विदेशी मुद्राको सटही सुविधा दिनको लागि तोकिए बमोजिम सिफारिस गर्न सक्नेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कर्मचारीको हकमा निजको सेवा शर्त सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ।”

४. छात्रवृत्ति पाउने व्यक्तिले गर्नु पर्ने

(१) छात्रवृत्ति पाउने व्यक्तिले आफ्नो अध्ययन अवधि समाप्त भएको मितिले तीन महिनाभित्र शिक्षा तथा खेलकुद मन्त्रालय वा आफ्नो सम्बन्धित विभागमा
प्रतिवेदन गर्नुपर्छ ।
(२) उपदफा (१) बमोजिम प्रतिवेदन पेश भएको मितिले एक वर्ष भित्र नेपाल सरकारको स्वामित्व भएको वा नेपाल सरकारले आर्थिक सहायता प्रदान गरेको कुनै संस्था वा संस्थानको कुनै पदमा पाँच वर्षसम्म सेवा गर्न लगाउन सक्नेछ र सो बमोजिम सेवा गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।
त्यसरी नेपाल सरकारले तोकेको सेवा, पद र स्थानमा काम नगर्ने व्यक्ति नेपाल सरकारको कुनै सेवा वा पद वा नेपाल सरकारको स्वामित्व भएको वा नेपाल सरकारले आर्थिक सहायता प्रदान गरेको संस्था वा संस्थानको कुनै पदमा नियुक्त हुन सामान्यतः अयोग्य हुनेछ।
तर,
(क) नेपाल सरकारले एक वर्षको अवधि भित्र सो व्यक्तिलाई कुनै काम लगाउन नसकेमा निजलाई यो दफा लागू हुने छैन।
(ख) नेपाल सरकारले एक वर्षको अवधि भित्र पनि निजलाई गैर सरकारी सेवामा प्रवेश गर्ने अनुमती दिन सक्नेछ र सो बमोजिम अनुमती दिइएकोमा निजलाई यो दफा लागू हुने छैन।
(३) छात्रवृत्ति पाउने व्यक्तिले सो छात्रवृत्तिमा अध्ययन गरी वा तालीम लिई रहेको अवस्थामा नेपाल सरकारको पूर्व स्वीकृति नलिई नेपाल सरकारले स्वीकृत गरेको विषय वाहेक अन्य विषयमा वा सोही विषयमा पनि अझ उच्चस्तर अध्ययन वा तालीम लिन छात्रवृत्ति प्राप्त गरेपछि नेपाल सरकारको स्वीकृति नलिई अध्ययन वा तालीम समाप्त नगरी बीचैमा छाड्नु हुदैन।

५. दण्ड सजायः

±(२क) यस ऐन बमोजिम छात्रवृत्तिमा अध्ययन गर्न गएको व्यक्ति अध्ययन पूरा गरी शिक्षा तथा खेलकुद मन्त्रालयमा सम्पर्क गर्न नआएमा निजको लागि त्यस्तो छात्रवृत्तिमा अध्ययन गर्दा लागेकेको सम्पूर्ण खर्च र नेपाल सरकार वा कुनै संस्थाले कुनुनै किसिमको अनुदान (डोनेशन) दिएको भए सो अनुदान बराबरको रकम निजलाई जरिबाना हुनेछ।
(३) कसैले दफा ४ बमोजिमको कुनै शर्त उल्लंघन गरेमा निजलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) दफा ४ को ……… उपदफा (२) बमोजिम नेपाल सरकारले तोकि दिएको पद र स्थानमा काम नगरेमा वा काम गर्न छोडेमा विगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना,
(ख) कुनै शारीरिक वा मानसिक बिरामीले गर्दा असमर्थ भएकोमा वा नेपाल सरकारबाट पूर्व स्वीकृति लिएकोमा वाहेक शर्त बमोजिमको अवधि पूरा नगरी बीचैमा अध्ययन गर्न वा तालीम लिन छोडेमा विगो असुल गरी पाँच हजार रुपैयाँसम्म जरिवाना,
(ग) अन्य कुनै शर्तको उल्लंघन गरेमा पाँच हजार रुपैयाँसम्म जरिवाना, (४) उप–दफा (३) को तात्पर्यको लागि कुनै व्यक्ति शारीरिक वा मानसिक बिरामीले गर्दा
असमर्थ भएको हो भन्ने कसैले जिकीर लिएमा निजले सो कुरा नेपाल मेडिकल बोर्डद्वारा प्रमाणित गराउनु पर्छ।

७. नेपाल सरकारले विगो निर्धारण गर्ने

(१) नेपाल सरकारले यस ऐन बमोजिम विगो असुल गर्दा छात्रवृत्तिको विषय, स्तर, अवधि तथा छात्रवृत्ति बमोजिम अध्ययन गर्ने वा तालीम लिने मुलुक र
संस्थाको आधारमा विगो निर्धारण गर्नेछ।
(२) उपदफा (१) बमोजिम बिगो निर्धारण गर्दा प्रा्राविधिक वा अप्राविधिक विषयमा अध्ययन गर्दा सम्बन्धित शिक्षण संस्थामा लागेको शिक्षण शुल्क तथा कुनै अनुदान तिरेको भए त्यस्तो अनुदान रकम बराबरको बिगो निर्धारण गर्नु पर्नेछ।”
(५) यस दफा बमोजिम नेपाल सरकारले निर्धारण गरेको विगो सम्बन्धमा यस ऐन अन्तर्गत मुद्दा हेर्ने अधिकारी समक्ष वा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन।
±(६) उपदफा (२) बमोजिमको बिगो छात्रवृत्तिमा गई अध्ययन गर्ने व्यक्तिको जायजेथाबाटसरकारी बाँकी सरह असूलूल उपर गरिनेछ।

७क. नेपाल सरकारले राहदानी रद्द गर्न सक्नेः

नेपाल राज्य बाहिर रही दफा ४ अन्तर्गतको शर्त उल्लंघन गर्ने व्यक्तिको राहदानी नेपाल सरकारले रद्द गर्न सक्नेछ ।

स्कलरसिपमा विदेश पढ्न जानेले गर्नुपर्ने कबुलियतनामा


स्कलरसिपमा विदेश पढेर वा तालिम लिएर फर्केपछि बुझाउनु पर्ने प्रतिवेदन फाराम यस्तो हुन्छ


Tuesday, July 12, 2011

'झन्डै भएको गिरिजाप्रसादको दोस्रो बिहे' - NAYA PATRIKA

 


गिरिजाबाबुलाई केटी खोज्दाकुवेरकृष्ण कायस्थ
गिरिजाप्रसादको मृत्यु भएको साँझ त्यो केटी मेरो घर आई । उसको अनुहार निकै मलिन थियो । 'कुवेरकृष्ण काका’ भन्दै उसले बिहेको कुरा गर्न गिरिजा बनेपा आएको दिनको सम्झना गरी । एउटा युगपुरुषको मृत्यु भयो भन्दै डाको छोडी अनि घोप्टो परेर निकैबेर रोइरही । बुढ्यौलीले छोप्दै गएको उसको अनुहारमा आँसुचाहिँ पटक्कै सुहाएको थिएन । 
रा ०२० सालको हो । भद्रगोल जेलबाट नख्खु जेलमा सरेको ६ महिनाजति भएको थियो । एकदेखि चारसम्मका जेलका छुट्टाछुट्टै भवनमध्ये तीन नम्बरमा छन् उनी । जेलभित्र सबैको समस्या बुझ्ने र समाधान गरिदिने नाइके बनेकाले उनलाई विशेष कोठाको व्यवस्था छ । एक रात २ बजेतिर एक हुल मान्छेलाई प्रहरीले फेरि जेलमा कोच्यो । 'तपाईं चार नम्बरतिर सर्नूस्,' भर्खर ल्याएका कैदीको नेल समाउँदै पुलिसले उनलाई भन्यो । 'म सर्दिनँ । यी चोर हुन् कि डाँका को हुन् ? मलाई थाहा छैन । यिनैलाई लग्नुस् चार नम्बरमा,' उनले यसो भनिदिए । उनको यो अटिलो बोल्ने शैलीले प्रहरीले ल्याएमध्येका एकजना अलि लामो नाक भएकालाई चस्स छोएछ क्यारे । ऊ बोलिहाल्यो, 'हामी यहीसँग बस्छौँ ।' त्यो मान्छेले उनको आँखामा आँखा मिलाएर यसो भन्यो । उनलाई के थाहा ? भर्खरै जेलमा ल्याइपुर्‍याइएका उनी त गिरिजाप्रसाद कोइराला पो रहेछन् ! पछि साथी नै बने । 
उनी हुन् कुवेरकृष्ण 
कायस्थ । घर बनेपा- १०, काभ्रे । उमेर सत्तरी । उनले १० वर्षको उमेरतिरै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा 'जिन्दावाद-मुर्दावाद' भन्न पाए । लामो समय प्रजातान्त्रिक आन्दोलनमा योगदान पनि दिए, कांग्रेसमा सक्रिय उनलाई पछिल्लो समय कांग्रेसको गुट-उपपुटको राजनीतिले चाहिँ दिक्क बनाएको रहेछ । उनलाई यो जिन्दावाद र मुर्दावाद शब्द सुन्दै अचम्म लाग्थ्यो रे त्यसवेला । 'यसको अर्थ के होला ?' भनेर सोच्दै आन्दोलनमा झन्डा लिएर उनी उचालिन्थे, कराउँथे, दौडन्थे । प्रत्येक घरका मान्छे आन्दोलनमा उत्रिएका थिए । कोही पनि प्रजातन्त्रको विपक्षमा देखिएन । उनीहरूलाई सबैभन्दा बढी डर थियो- राणाहरूको । साह्रै डरलाग्दो हुन्थ्यो राणाहरूको यातना । उनीहरूलाई 'सिआइडी'बाट जोगिनै मुस्किल थियो । 'प्रजातन्त्र प्राप्ति गणतन्त्र प्राप्तिजस्तो कहाँ सजिलो थियो र ? निकै कठिनका साथ आएको हो प्रजातन्त्र,' लामो सास फेर्दै कुवेरकृष्ण समयको लेखाजोखा गर्छन् । 
प्रजातन्त्र प्राप्त भए पनि राणाहरूको बिगबिगी उस्तै थियो । २००९ सालमा मातृका कोइराला राणाहरूकै मान्छे थिए । बनेपाको घोगेचौरमा उनीहरूले ठूलै कार्यक्रम गरे । त्यस कार्यक्रममा कुवेरकृष्ण कायस्थले साथीहरूसँग मिलेर मातृकाका मान्छेहरूलाई 'कालो झन्डा' देखाएका थिए । यही वर्षहरूको बीच 'आमचुनाव'को माहोल आयो । बनेपामा गोपालदास बादेलेे टिकट पाउने चर्चा चलिरहेको थियो । तर, टिकट पाए आशाकाजी वैद्यले । आशाकाजी र कुवेरकृष्णबीच राम्रो चिनजान थियो । कुवेरकृष्णले चुनाव प्रचार-प्रसारको जिम्मेवारी पाए । 'रातभरि हातले लेखेर पर्चा बनाउनुपथ्र्याे,' उनी त्यतिवेलाका दिन सम्झन्छन्, 'बत्तीको नाममा टुकी मात्र थियो । राति नै नाला, दाप्चालगायतका ठाउँमा पर्चा पुर्‍याइसक्नुपथ्र्याे । यो जाडो महिनाको कुरा हो । एक रात नालामा जाने क्रममा नालीमा फसियो । टाउको मात्र बाँकी रह्यो । जिउ पूरै डुब्यो,' निकैबेर हाँस्दै उनी भन्छन् । 
चुनाव प्रचार-प्रसारमा कुवेरकृष्णलाई कठिन भएको देखेर भक्तपुरबाट एक सहयोगी झिकाइएको थियो । धुलिखेलको गोप्य घरमा रातभरि पर्चा बनाउने काम हुन्थ्यो । भक्तपुरबाट झिकाइएको त्यस मान्छेले भने टन्न रक्सी खाएर आएछ । उसले हल्ला गर्छ भन्ने डर भयो । ऊ लर्बरिँदै-बर्बराउँदै चोटामा उक्लियो । कुवेरकृष्णको पालो 'च्याप्प' समातेर लात्तले भकुरे । ऊ भर्‍याङबाट एक तला खस्यो । उसलाई कोठामा रातभर थुनिदिए । भोलिपल्ट उसकै घरतिर लघारिदिए । त्यो मान्छे भक्तपुरकै 'डिएसपी'को भतिजो रहेछ । उसले कुवेरकृष्णलगायतका साथीहरूको सुराकी गर्‍यो । एक दिन उनको घरमा प्रहरी आइपुग्यो । तीनपटकसम्म खानतलासी गरेर पर्चा, झन्डा र किताबहरू कब्जा गर्‍यो । बनेपाको लायकु चोकमा ठाना थियो । त्यहाँ बयान लिन लगियो । ठानामा पुगेपछि उनी तिनछक परे । जसको कारणले उनले आन्दोलनमा होमिने प्रेरणा पाएका थिए उसैको भाइ राणाहरूको 'अराष्ट्रिय तत्त्व' खोज्ने अभियानको 'एजेन्ट' भएको रहेछ । 'उसले यो मान्छे पनि 
'अराष्ट्रिय तत्त्व हो' पो भन्दै थियो', कुवेर भन्छन् । तर, उसको नाम कुवेरले भन्न चाहेनन् । राणाको विरोधीलाई तत्कालीन भाषामा अराष्ट्रिय तत्त्व 'अत' भनिन्थ्यो । उनी भक्तपुर जेल चलान भए । यता आशाकाजी वैद्यले पनि चुनाव हारे । गोरखा दलबाट भरतशमशेरले जिते । भक्तपुर जेल उनका लागि रमाइलैसँग बित्यो । 'सबैजना भेट्न आउँथे । फलफूल र मीठा-मीठा खानेकुरा ल्याउँथे । आफू त हँसिलो मान्छे, हाँसिएकै छ, रमाइलो गरिएकै छ । म त मोटाएछु पो । नमोटाऊँ पनि कसरी ?' उनी आफैंलाई प्रश्न गर्दै भन्छन्, 'सबैलाई बूढाबूढी, छोराछोरीको चिन्ता छ । आफू त एक्लो मान्छे- निष्पिmक्री जिन्दगी ।' 
भक्तपुरबाट भद्रगोल जेल सरेपछि भने उनी बिरामी परे । उठेर हिँड्दासमेत लड्ने भए । एक दिन लड्नै खोज्दा महेन्द्र निधि -विमलेन्द्र निधिको बुबा)ले समाते । उनले उपचारका लागि पहल गरे र त्यहाँबाट नख्खुजेलमा सर्न सहयोग गरिदिए । नख्खुजेलमा आन्दोलनको पक्षका धेरै साथी थिए । जेलमा खानपान र अन्य व्यवस्थापनका लागि कुवेरकृष्ण नाइके नियुक्त भए । ६ महिनापछि गिरिजाप्रसाद कोइराला, श्रीभद्र शर्मा, रुद्रप्रसाद गिरी, तारणीदत्त कोइरालालगायतका मान्छे पनि आइपुगे । उनीहरूमध्ये गिरिजाप्रसाद कोइराला हाँसखेल, ठट्टा गर्ने साथी बने कुवेरकृष्णको । जेलमा साथीहरूको समस्या धेरै हुन्थ्यो । उनीहरूको समस्यालाई उनी जेलबाहिर बिपी कोइरालासम्म पुर्‍याउने काम चिट्ठी लेखेर गर्थेे । धेरैपटकको चिट्ठी आदानप्रदानपछि बिपीसँग पनि राम्रो सम्बन्ध बस्यो उनको । उनको घरमा खुल्ला आवत-जावतको अनुमति थियो । बिपीकी श्रीमती सुशीला कोइराला उनलाई धेरै माया गर्थिन् । पाँच वर्षपछि कुवेरकृष्ण जेलमुक्त भए । 
काभ्रेको धुलिखेलमा बिपी कोइराला पहिलोचोटि आमसभामा सहभागी हुन आएका थिए । गोरखा दलका मान्छेहरूले बिपीको घोर विरोध गरे, कालो झन्डा देखाए । बिपीले कुवेरकृष्ण कायस्थलाई 'सँगै बस' भनेका थिए । एउटा कोठामा बिपीलाई लुकाइएको थियो । 'हाम्रो विरोध मान्छेहरूसँग हो र ? किन उनीहरूले विरोध गरेका ? हाम्रो विरोध गलत नीति र नियमसँग पो हो,' बिपीले उनीसँग यस्तै कुरा गरेका थिए त्यस दिन । 

दोस्रो बिहे गर्ने मुडमा गिरिजा 
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग कुवेरकृष्णको निकै राम्रो सम्बन्ध थियो । वेला-वेला व्यक्तिगत भेटघाट गर्थे । जेलजीवनदेखि नै साथीको भावना बढेको थियो । कतिपय व्यक्तिगत कुरामा पनि उनीहरूबीच राम्रै छलफल हुन्थ्यो । ०४३ सालतिरको कुरा हो । कुवेरकृष्णले गिरिजालाई 'तपाईं कति एक्लो जीवन बिताउनुहुन्छ ? दिक्क लाग्दो हो । बरु, कोही 'आफ्नो' भइदिए तपाईंको स्वास्थ्यको पनि राम्रो हेरविचार हुन्थ्यो । राजनीतिक काममा पनि सहयोग हुन्थ्यो । बरू दोस्रो विवाह गर्नुस्,' भनेर उक्साए । गिरिजाले हाँसेरै 'म सोचौँला नि कुवेर' भने ।
र, एक दिन गिरिजाले कुरैकुरामा कुवेरकृष्णलाई 'केटी खोज्ने' जिम्मा दिए । विवाह नै गर्ने तर अरूको अगाडिचाहिँ दुलहीलाई 'स्वकीय सचिव' भनेर चिनाउने उनीहरूबीच गोप्य सहमति भएको थियो । कुवेरकृष्णले बनेपानिवासी एउटी पढेकी, राम्री केटीको खोजी गरे । र, गिरिजासँग भेट गराए । आफ्नी हुनेवाला दुलही भेट्न गिरिजा बनेपा नै आए- सुटुक्क । दुलही बन्नेवाला थिइन्- बनेपा, भोलाखाटोलकी 'श्रेष्ठ' थरकी एक युवती । त्यसवेला ती युवती थिइन् ३९ वर्षकी, काली-काली, हिस्सी परेकी । 
'यो उमेरसम्म किन बिहे नगरेकी ?' गिरिजाले सोधे, 'मलाई सानैदेखि विवाह संस्कार उत्ति मन पर्दैनथ्यो, त्यसैले नगरेकी,' उनले भनिन् । 
'अनि म बूढोसागचाहिा विवाह गछ्र्यौ त ?' 
'तपाईंजस्तो चर्चित, राजनीतिमा उपल्लो स्थान बनाइसकेको मान्छेसँग बिहेको कुरा आएपछि मैले आफूलाई भाग्यमानी सम्भिएँ । र, केही समय सोचविचार गरेपछि बिहे गर्ने निर्णयमा पुगेकी हुँ,' उनले भनिन् ।
गिरिजाप्रसाद पनि ती युवतीसँग प्रभावित भए । र, उनले कुवेरकृष्णसँग 'त्यस युवतीसँग' विवाह गर्ने सहमति पनि गरेका थिए । 'कुनै दिन बनेपा आएर सीमित र विश्वासिला मान्छेहरूबीच गोप्य विवाह गर्ने सहमति भएको थियो, गिरिजाप्रसादसँग,' कुवेरकृष्ण सम्झन्छन् । तर, पछि विवाहचाहिँ हुन सकेन । गिरिजा राजनीतिक आन्दोलनमा बढी सक्रिय हुन थाले । पञ्चायत शासनविरुद्धको आन्दोलनमा सक्रिय भए । 'केही समयपछि' भन्दाभन्दै ०४६ साल लाग्यो । आन्दोलनको अवधिबीच गिरिजाले 'आफ्नी हुनेवाला दुलहीबारे' सोच्ने फुर्सदै पाएनन् । र, वास्तै गर्न छोडे । त्यस युवतीले पछि विवाह गरिनँ । कुवेरकृष्णको शब्दमा 'बूढीकन्या' भएर बसिन् । 
जति कर गरे पनि त्यस युवतीको नामचाहिँ उनले भन्न चाहेनन् । 'त्यो केटीलाई साह्रै अप्ठ्यारो पर्छ । फेरि बिहे पनि नगरी बसेकी छे, नामचाहिँ भन्दिनँ,' कुवेरले यसो भने । कुवेरकृष्णका अनुसार गिरिजाप्रसादको मृत्यु भएको दिन त्यो युवती कुवेरकृष्णकहाँ आएर खुव रोएकी थिई रे । 'गिरिजाप्रसादको मृत्यु भएको साँझ ऊ मेरो घर 
आई । उसको अनुहार निकै मलिन थियो । 'कुवेरकृष्ण काका' भन्दै उसले बिहेको कुरा गर्न गिरिजा बनेपा आएको दिनको सम्झना गरी । एउटा युगपुरुषको मृत्यु भयो भन्दै डाको छोडी अनि घोप्टो परेर निकैबेर रोइरही । बुढ्यौलीले छोप्दै गएको उसको अनुहारमा आँसुचाहिँ पटक्कै सुहाएको थिएन । दुई/तीन घन्टापछि मात्रै ऊ सामान्य अवस्थामा फर्किएकी थिई', कुवेरकृष्ण सम्झन्छन्, 'त्यस रात उसले भात पनि खाइनछे । सायद पुराना कुराले उसलाई खुवै सताएको थियो ।' 
'गिरिजासँग बिहे नभएपछि पनि उसलाई माग्न केही केटा आएका थिए । तर, उसले कसैसँग पनि बिहे गर्न मानिनँ । गिरिजासँग बिहे हुने कुराले ऊ निकै खुसी भएकी थिई । फेरि त्यो खुसी त्यस केटीको अनुहारमा मैले भेट्न सकिनँ,' कुवेरकृष्णले यसो भन्दा उनको अनुहारको भाव बिगि्रएको थियो ।

प्रस्तुतिः दीपक सापकोटा