Friday, June 28, 2013

यस्ता छन् वर्षकै उत्कृष्ट तस्बिरहरु - setopati

 

फोटो पत्रकार शैलेन्द्र खरेलको तस्बिर फोटो अफ दी इयर २०६९ घोषित भएको छ । फोटो पत्रकार क्लबले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०६९ मा खरेलको तस्बिर उत्कृष्ट भएको हो ।
फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रतियोगिता २०६९ मा फोटोपत्रकार शैलेन्द्र खरेलको तस्बिरले फोटो अफ दी इयर २०६९को  उपाधि हात पारेको छ। उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।  खरेलले फोटो स्टोरी र शिखर सु न्युज विधाको पनि उपाधि जिते ।
यसपालि शैलेन्द्र खरेलले तीनवटा उपाधि जितेका छन्। अन्य विधालाई पछि पार्दै 'दैनिक जनजीवन' बिधामा शैलेन्द्र खरेलले दर्ता गराएको फोटो फोटो अफ दी इयर' घोषित भएको छ। उनैले फोटो स्टोरी र न्युज विधाको पनि उपाधि जिते।
यसैगरी दैनिक जनजीवनमा सुरज श्रेष्ठको फोटोले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेको छ भने पद्यमसागर कक्षपतिको फोटो दोस्रो तथा दिवाकर मास्केको फोटो तेस्रो भएको छ। 'संस्कृति तथा पर्यटन' मा संजोग मानन्धरले उपाधि जित्दा विशाल गौतमको फोटो दोस्रो तथा रजेन्द्र केसीको फोटोले तेस्रो स्थान हासिल गरेको छ।
'नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर'मा दीपेन्द्र महर्जनको फोटो विजेता बन्दा यात्रा थुलुङको फोटो उपविजेता भयो भने दिनेश गोलेको फोटो तेस्रो भयो। 'शिखर सु न्यूज फोटो'मा शैलेन्द्र खरेल विजेता, अशोक दुलाल उपविजेता तथा नीरञ्जन श्रेष्ठको फोटो तेस्रो भए। 'स्पोर्टस'मा पार्वती लामाको फोटोले उपाधि जित्दा सञ्जिवकुमार मोक्तानको फोटो दोस्रो तथा मनिश पौडेलको फोटो तेस्रो भए। नेपाल स्माईलमा सिजन कार्कीको फोटोले उपाधि जित्यो भने निश्चल ओलीको फोटो दोस्रो तथा नारायण महर्जनको फोटो तेस्रो भयो। त्यस्तै 'फोटो स्टोरी'मा शैलेन्द्र खरेलका फोटोहरु विजेता बन्दा वीरेन्द्र बज्राचार्यका फोटो उपविजेता तथा किरण पाण्डेका फोटोहरु तेस्रो भए। मुख्य उपाधिसँगै दुई विधामा उपाधि जित्ने शैलेन्द्र यो वर्षका एकमात्र प्रतियोगी हुन।
निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ। फोटो  अफ द इयर विजेताले नगद १ लाख रुपैया“ पुरस्कार पाउनेछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन्।  काठमाडौंमा यही असार २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ।
नेपाल फोटो प्रतियोगितामा समावेश सात विधाअन्तर्गत दैनिक जनजीवनमा १ हजार ७ सय ३५, संस्कृति तथा पर्यटनमा १ हजार ६ सय ३, नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचरमा १ हजार ५ सय ४१, न्यूज फोटोमा ३ सय ८५,स्पोर्टसमा ३ सय ३७,  नेपाल स्माईलमा ९ सय ९८  र मा ९ सय ५० फोटो प्रतिस्पर्धामा थिए।
देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण दक्षिण एसियाकै वरिष्ठ फोटोपत्रकार भारतका रघु राईको उपस्थितिमा बिहीबार काठमाडौंमा भएको थियो। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ७ हजार ५ सय ४९ फोटो प्राप्त भएका थिए। दुई दिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ५१ फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई फोटो अफ दी इयर' चयन गरिएको हो ।
देशभरबाट यसपालीको प्रतियोगितालाई ९ सय ३८  व्यवसायिक र एमेच्योर फोटोग्राफरले  ७ हजार ५ सय ४९ फोटो पठाएका थिए। वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलमा  भारतका वरिष्ठ फोटोपत्रकार रधु राई, बरिष्ठ फोटोग्राफर मणी लामा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा थिए।

फोटो अफ द इयर :शैलेन्द्र खरेल


कल्चर एण्ड टुरीजम विधामा पहिलो हुने फोटो : स‌ंजोग मानन्धर


कल्चर एण्ड टुरीजम विधामा दोस्रो हुने फोटो । तस्विर :बिशाल गौतम


कल्चर एण्ड टुरीजम विधामा तेस्रो हुने फोटो । तस्विर :रजेन्द्र केसी


दैनिक जीवन विधामा पहिलो हुने फोटो । तस्विर : सुरज श्रेष्ठ

दैनिक जीवन विधामा दोस्रो हुने फोटो । तस्विर : पद्मसागर कक्षपती


दैनिक जीवन विधामा तेस्रो हुने फोटो । तस्विर : दिवाकर मास्के


प्रकृति र वन्यजीवन विधामा पहिलो हुने फोटो । तस्विर: दिपेन्द्र महर्जन

प्रकृति र वन्यजीवन विधामा दोस्रो हुने फोटो । तस्विर: यात्रा थुलुङ
प्रकृति र वन्यजीवन विधामा तेस्रो हुने फोटो । तस्विर: दिनेश गोले

नेपाल स्माइलमा पहिलो स्थान पाउने फोटो : सिजन कार्की


नेपाल स्माइलमा दोस्रो स्थान पाउने फोटो : निश्चल ओली


नेपाल स्माइलमा तेस्रो स्थान पाउने फोटो : नारायण महर्जन


फोटो कथा विधामा पहिलो स्थान प्राप्त फोटो । तस्विर: शैलेन्द्र खरेल


फोटो कथा विधामा दोस्रो स्थान प्राप्त फोटो । तस्विर: विरेन्द्र बज्राचार्य



फोटो कथा विधामा तेस्रो स्थान प्राप्त फोटो । तस्विर: किरण पाण्डे


खेलकुद विधामा पहिलो हुने फोटो । तस्विर: पार्वती लामा


खेलकुद विधामा दोस्रो हुने फोटो । तस्विर: सञ्जिबकुमार मोक्तान


खेलकुद विधामा तेस्रो हुने फोटो । तस्विर: मनिष पौडेल


समाचारविधामा पहिलो हुने फोटो । तस्विर: शैलेन्द्र खरेल


समाचारविधामा दोस्रो हुने फोटो । तस्विर: अशोक दुलाल


समाचारविधामा तेस्रो हुने फोटो । तस्विर: निरञ्जन श्रेष्ठ
 

Wednesday, June 19, 2013

चाउचाउ अर्थात समस्याको पोको ? - onlinekhabar

साना बालबालिका र कजेल पढ्नेहरुको आधा जिन्दगी चाउचाउ खाँदै वित्छ । पकाउन पनि सजिलो र खान पनि टेस्टी हुने भएकाले यसलाई ममी पनि खुस बच्चा पनि खुस भन्ने गरिन्छ । तर, स्वास्थ्यका लागि यो हानीकारक हुन्छ । चाउचाउ खाँदा तपाईको मेहनत र समय त बचाउँछ ।
noodlesतर, भोजनको सट्टा चाउचाउ खाँदा माइग्रेन र ब्लड प्रेसरको समस्या देखापपर्छ । नुनको बढी मात्राले ब्लड प्रेसर बढाउँछ । यदि बालबालिका मान्दैनन भने चाउचाउमा धेरै मात्रमा सागसब्जी मिसाउने र घरका मसलामा बनाएर दिनु उपयुक्त हुन्छ ।
-चाउचाउको प्याकेजमा स्टायरोफोम हुन्छ, जसले क्यान्सर रोग ल्याउन एजेन्टको काम गर्छ ।
-धेरै चाउचाउ खोने महिलाहरुमा पछि मिसक्यारेज हुने सम्भावना बढी हुन्छ । किनकी चाउचाउमा बच्चाको विसासमा प्रतिकुल असर गर्न सक्छ ।
-चाउचाउ खाँदा पेटमा पनि समस्या आउँछ । यसले कब्जियत हुनुका साथै पेट ढुस्स हुन्छ । जसले निकै असहज बनाउँछ ।
-यसले मोटोपन बढाउँछ । यसमा भिटामिन, मिनरल्स र फाइबर हुँदैन भने कार्बोहाइड्रेड हुन्छ । यसमा हुने ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटले मोटोपन बढाउँछ ।
-चाउचाउमा स्वाद दिन मोनोसोडियम ग्लूमेटको प्रयोग गरिन्छ । जसको साइड इफेक्टका रुपमा एजर्ली, माइग्रेन, टाउको दुखाई लगायतका समस्या आउँछ ।
-चाउचाउमा सोडियम धेरै हुन्छ । जसले ब्लड प्रेसर, मुटुको रोग र किड्नीमा समेत समस्या ल्याउँछ ।

Tuesday, June 18, 2013

बीमालार्इ पुँजी वृद्धिको नयाँ विकल्प, ‘क्यास इन्सेन्टिभ’ छैन्, खर्च सीमामा छुट दिने व्यवस्था - bizmandu

बीमा समितिले बीमा कम्पनी गाभ्ने तथा गाभिने सम्वन्धि निर्देशिका जारी गरेको छ । समितिले बीमा कम्पनी मर्जका लागि वातावरण बनाउन बीमक गाभ्ने तथा गाभिने सम्वन्धि निर्देशिका २०७० जारी गरेको हो । समितिले असार मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ र गैरजीवन बीमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । असार मसान्तसम्म चुक्ता पुँजी वृद्धिको योजना नभएका कम्पनीले मर्जको बाटोबाट पुँजी वृद्धि गर्न सक्छन् । यसका लागि बीमा कम्पनीले मर्जसम्वन्धी नयाँ निति माग गरेका थिए ।
नेपालमा अहिले आठ जीवन बीमा कम्पनी छन् भने १६ वटा र्निजीवन बीमा कम्पनी छन् । राष्ट्रिय बीमा संस्थानले भने जीवन र निर्जीवन दुवै सेवा प्रदान गर्दै आएको छ । २५ बीमा कम्पनीमध्ये अहिलेसम्म आधाभन्दा बढी कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना सार्वजनिक गरिसकेका छन् ।
अहिले पनि राष्ट्रिय बीमा संस्थान, एभरेष्ट इन्सुरेन्स, नेशनल इन्सुरेन्स कम्पनी, एनबी इन्सुरेन्स, नेको इन्सुरेन्स, प्रिमियर इनसुरेन्स, ओरियण्टल इन्सुरेन्स, युनाइटेड इन्सुरेन्सले पुँजी वृद्धिको विकल्प प्रस्तुत गरेका छैनन् । केही कम्पनीले चुक्ता पुँजी वृद्धि गरेरै बीमा समितिको योजनालाई साथ दिइसकेका छन् भने केही कम्पनीको पुँजी वृद्धि योजनामा काम भैरहेको छ ।
समितिले बीमा ऐन २०४९को अधिकार प्रयोग गरी मर्जसम्वन्धि नयाँ नीति जारी गरेको हो । नयाँ नीतिले जीवन बीमा व्यवसाय गर्ने कम्पनी बीच र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी मात्रै मर्ज हुन सक्ने व्यवस्था गरेको छ । नीतिले एकै पटकमा दुई वा दुईभन्दा बढी कम्पनी पनि मर्ज गर्न सकिने नीति पारित गरेको छ ।
समितिले गाभ्न तथा गाभिन चाहेका बीमा कम्पनीले आ–आफ्नो साधारणसभाबाट विशेष प्रस्ताव पेश गर्नुपर्ने र साधारणसभाबाट स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । साधारणसभाबाट बीमा कम्पनीले गाभ्ने तथा गाभिने वा स्थापना गर्ने अवधि पनि पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । मर्ज हुने कम्पनीले समिति समक्ष गाभ्ने वा गाभिने बीमकको नाम, ठेगाना र बीमा व्यवसाय गर्न प्राप्त बीमक दर्ता प्रमाणपत्रको प्रतिलिपि राखेर संयुक्त निवेदन दिनुपर्ने व्यवस्था बीमा समितिले गरेको छ । त्यसैगरी साधारणसभाबाट पारित प्रस्ताव, बीमकको सञ्चालक समितिको निर्णय, कम्पनीको शेयर खरिद, विक्री वा शेयर स्वाप रेसियो निर्धारण गरेको विवरण पनि बीमा समितिलाई बुझाउनुपर्नेछ ।
गाभ्ने वा गाभिने बीमक कम्पनीले चल, अचल सम्पत्ति, दायित्व तथा सल्भेन्सीको अवस्थाका सम्वन्धमा बीमाङ्कीबाट गरिएको मूल्यांक प्रतिवेदन, गाभिएपछि कायम हुने बीमा कम्पनीको सञ्चालक समितिको संरचना र उच्च व्यवस्थापन सम्वन्धी व्यवस्था पनि बुझाउनुपर्ने व्यवस्था समितिले गरेको छ ।
त्यसैगरी मर्ज अनुमति माग्दा कम्पनीहरुले मर्जसम्वन्धी प्रस्तावित अवधि तथा गाभिएपछि हुने वित्तीइ विवरण, बिमित, साहु तथा सेयरधनीको हित रक्षासम्वन्धी प्रस्तावित व्यवस्था पनि बुझाउनुपर्नेछ । समितिले बीमा कम्पनीको संस्थागत सुशासनसम्वन्धि व्यवस्थाको परिपालनाको अवस्था, मर्जपछि बीमकको मुख्य–मुख्य करारमा पर्ने प्रभाव, बीमकको सूचना प्रविधिसँग सम्वन्धित विवरण र नेपाल स्टकमा गाभ्ने र गाभिने बीमकको सेयर कारोवार रोक्का गरेको प्रमाण पनि बुझाउनुपर्नेछ ।
मर्ज हुने कम्पनीहरुले विवरण बुझाएपछि समितिले छलफलका लागि बोलाउनेछ, समितिले ३० दिन भित्र छलफलका लागि बोलाउने व्यवस्था नयाँ निर्देशनमा गरेको छ । छलफलपछि समितिले मर्जपछि बीमा क्षेत्रको विकास र विस्तार, स्वच्छ प्रतिश्पर्धा, बिमितको हित संरक्षण हुने भएपछि मर्जका लागि प्रारम्भिक स्वीकृती दिनेछ । प्रारम्भिक अनुमति प्राप्त गरेको ६० दिन भित्र सम्पत्ती र दायित्वको मूल्यांकन (डिडिए) गर्नुपर्ने व्यवस्था पनि नयाँ निर्देशिकमा गरेको छ । डिडिएको प्रतिवेदन बुझाएपछि गाभ्ने वा गाभिने सम्वन्धी सम्झौता गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । सम्झौता गरेर निवेदन दिएको ४५ दिन भित्र बीमा समितिले गाभ्न वा गाभिन नदिने अन्तिम निर्णय दिनेछ । बीमा समितिले अन्तिम निर्णय दिएको ९० दिन भित्र गाभ्ने र गाभिने काम सक्नुपर्ने व्यवस्था बीमा समितिले निर्देशिकामा गरेको छ ।
मर्ज गर्दा हुने सहुलियत
बीमा कम्पनी गाभ्ने वा गाभिने कार्य गर्दा बीमकले कायम गर्नुर्ने न्यनत्तम चुक्ता पुँजी अपुग भएमा एक वर्षसम्मको अवधि थप गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी गाभिएपछि हुने जाने लगानी तोकिएको क्षेत्र र प्रतिशत अन्र्तगत हुन नसकेमा त्यस्तो लगानी तोकिएको क्षेत्र र प्रतिशत अन्र्तगत ल्याउन एक वर्षसम्मको अवधि थप गर्न सक्ने व्यवस्था गरिएको छ ।
बीमा समितिले निर्देशिकामार्फत बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको सेयर संरचनामा कुनै एक व्याक्ति, समूह वा संस्थाको नाममा चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व कायम हुन गएमा त्यस्तो सेयर स्वामित्व १५ प्रतिशतको सीमा भित्र ल्याउन दुई वर्षको समय अवधि प्रदान गर्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी बीमक गाभिएकै कारण गाभ्ने बीमकको व्यवस्थापन खर्च तोकिएको सिमाभन्दा बढी भएमा आवश्यक छुट दिन सक्ने व्यवस्था पनि गरिएको छ ।

Monday, June 17, 2013

लिची खाँदा फाइदै फाइदा - onlinekhabar

राजधानीसहित देशका अधिकांश स्थानमा गर्मी बढ्दो छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफुल पाइन्छ । यो समय लिचीको पनि मौसम हो ।
lycheeलिची स्वास्थ्यवर्धक हुनुका साथै यससँगै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटाशियम, क्याल्शियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउने छ भने चाउरिपन पनि हट्छ । लिचीमा पाइने क्याल्शियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपुर्ण भूमिका खेल्छ ।
लिची आनामा मुटु स्वस्थ हून्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । चिसो लागेको छ र घाटीमा दुकेको छ भने पनि लिची खानु लाभदायक हुन्छ ।
धेरै फाइदाजनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक पटकमा १०/११ बटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनुका साथै सास फेर्न समेत कठिन हुन्छ ।

Thursday, June 13, 2013

प्रचण्डकी बुहारी भन्छिन्- देश बदल्ने मान्छेको घरमै त्यस्तो… 'सासूको व्यवहारका कारण लाजिम्पाटमा बस्न सकिँन' - onlinekhabar

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत जानुपरेको सिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी छन् ।
2-prakash
आफ्नो छोराको जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको गुनासो गर्दै सिर्जनाले भनेकी छन्- ‘जन्मदर्ता नभएर अहिले बाबुलाई स्कुल भर्ना गर्नसमेत समस्या भएको छ । मैले बुवा (प्रचण्ड) पोखरा आएका बेला यो समस्याबारे भनेँ । उहाँले ‘हुन्छ, काठमाडौं गएर बनाउँला,’ भन्नुभयो । पछि ‘तिमी र बाबुलाई चितवन लगेर बनाउँला,’ भन्नुभयो । त्यसपछि यसबारे केही कुरा भएको छैन ।’
‘मिरर न्युज’ मासिक पत्रिकाको तेस्रो अंकलाई लामो अन्तरवार्ता दिँदै प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’ मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ । तर, प्रकाशले ‘ह्या, दुनियाँलाई थाहा छ हामीले विवाह गरेको, किन विवाह दर्ता चाहियो ?’ भने । त्यतिबेला विवाह दर्ता गर्न मानेनन् ।’
प्रचण्ड असल सीता खराब
सगरमाथा आरोहणपछि बिना मगरलाई लिएर प्रकाश बेपत्ता भए पनि आफू छोरो लिएर प्रचण्ड निवास लाजिम्पाटमै केही महिना बसेको र बुबा (प्रचण्ड)को व्यवहार राम्रो पाए पनि मम्मी (सीता दाहाल) को व्यवहार सहन नसकेर माइत (पोखरा) जान बाध्य भएको सिर्जनाको गुनासो छ । आफ्नो र प्रकाशको सम्बन्ध यस्तो हुनुमा प्रचण्डको कुनै दोष नरहेको र आफ्ना कारणले प्रचण्डलाई असर पार्न नचाहेको सिर्जनाको भनाइ छ ।
srijana
‘बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ ।’ सिर्जना भन्छिन्- ‘प्रकाशका कारण म बुवा (प्रचण्ड) लाई असर पुर्‍याउन चाहन्न । बुवाको कारणले त होइन नि यो सबै भएको । बुवालाई असर नपुगोस् भनेरमात्रै हो म चुप लागेर बसेकी । मम्मीलाई त म मनै पराउँदिँन । म पनि उहाँलाई नंग्याउन सक्छु । तर, मम्मी (सीता)को केही कुरा गरे पनि सिधै बुवा (प्रचण्ड) सँग जोडिन्छ । त्यही भएर म धेरै बोल्न सकेकी छैन ।’
चरित्रहीन प्रकाशले यतिबेला मिडियामा आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेकोमा आपीत्त जनाउँदै चरित्र हत्या नगर्न चेतावनीसमेत दिएकी छन् । यसबारे उनले फोन गरेर प्रचण्डलाईसमेत जानकारी गराएको बताएकी छन् ।
माओले पाँचवटी बिहे गरेका थिए रे !
आफ्ना ससुराले भारतबाट फर्केपछि पोखरामा आफु र आफ्नो परिवारसँग भेट गरेको सिर्जनाले बताएकी छन् । तर, सो भेटमा सीता दाहालले माओत्सेतुङले पाँचवटी श्रीमती बिहे गरेका थिए भन्दै आफ्नो छोराको पक्षमा वकालत गरेको र आफूलाई पाल्न नसक्ने बताएको गुनासो उनको छ । सिर्जनाले भनेकी छन्- ‘भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिग्रियो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । म भित्र गइँन किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्नै मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा
(प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।’
मिरर न्युजमा प्रकाशित सिर्जनाको भनाइको सम्पादित अंश
Mirror~3-cover१७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीकारूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ ।
विवाहपछि सबै कुरा राम्ररी नै चलेको थियो । बुवा (प्रचण्ड)ले निकै माया गर्नुहुन्थ्यो मलाई । मम्मी (प्रचण्डपत्नी-सीता)को भने सुरुदेखि नै राम्रो व्यवहार पाइनँ । छोरामात्रै भन्ने उहाँको बानी । प्रकाशको पनि केटी मामिलामा त्यस्तो नराम्रो बानी थिएन । रक्सी खाने बानी भने थियो ।
बिनासँग अलिअलि सम्बन्ध हुन थालेपछि प्रकाशको व्यवहार परिवर्तन हुन थाल्यो । रक्सी खाएर झगडा गर्नुका साथै बेलाबेला ममाथि हात पनि उठाउन थाले । मैले असाध्यै मेहनत गरेर सम्झाउन पनि खोजें । तर, मेरो कोसिस व्यर्थ भयो । बिनासँग प्रकाशको सम्बन्धबारे बिस्तारै घरमा सबैलाई थाहा हुन थाल्यो । मम्मी (सीता)लाई त अझ राम्ररी थाहा थियो । बुवा (प्रचण्ड)लाई पनि थाहा थियो जस्तो लाग्छ । घरका सबैले त्यहीबेला पहल गरेर उनीहरूलाई टाढा गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
प्रकाश र बिनाबीच गहिरो सम्बन्ध सुरु भएको उनीहरूले रसुवामा आरोहणबारे एउटा तालिम लिएर फर्केपछि हो । त्यताबाट फर्केपछि उनीहरूसँगै मर्निङवाकमा जान्थे । रसुवाबाट अलिअलि सुरु भएको सम्बन्धलाई दिन दिनैको मर्निङवाकले थप सुमधुर बनाएजस्तो लाग्छ । तर, तिनीहरूको सम्बन्ध त्यसभन्दा पुरानो भने होइन । त्यही सगरमाथा चढ्ने कुरा चल्न थालेपछि उनीहरूको नजिकबाट चिनाजानी भएको हो । हिमचिम बढ्दै गएपछि उनीहरूका गतिविधिबारे घरमा पनि सबैलाई थाहा हुन थाल्यो । सगरमाथाबाट फर्केपछि प्रकाशले बिनालाई लिएर फ्याट्ट हिँडेपछि त सबै कुरा बाहिर आइहाल्यो । त्यसभन्दा अगाडि उनीहरूबीचको सम्बन्ध छलफलमा थियो, खासगरी प्रकाश र मेरोबीचमा मात्र । जे थियो, घरभित्रै थियो । बुवा (प्रचण्ड)ले पनि धेरै सम्झाउनुभयो प्रकाशलाई । ‘तँ नै बद्मास रहेछस्, यस्तो गर्ने हो तैंले ? तँ निस्किहाल घरबाट’ भनेर बुवाले प्रकाशलाई धेरै झपार्नुभयो । तर, पनि केही भएन । प्रकाश बुवाका अगाडि बोल्दै नबोल्ने । मम्मीले धेरै कुरा लुकाउने । मम्मीले बुवालाई ‘टेन्सन’ हुन्छ भनेर कुरा लुकाउने । व्यवहार नै त्यस्तै हो उहाँको त । छोराप्रति अन्धोप्रेम थियो मम्मी (सीता)मा । हुन त छोराछोरीप्रति बुवाआमाको माया हुन्छ नै । मेरो पनि छोरा छ । तर, माया गर्ने भन्दैमा आँखा चिम्लेर त गर्नु भएन नि । छोराछोरीले गल्ती गरेमा सम्झाउने मात्रै होइन, आवश्यक परे झपार्नु पनि पर्छ ।
अहिले प्रकाशसँग मेरो सम्बन्ध बिग्रिएको छ । उनले त अहिले मेरोबारे जे पनि भन्छन् । उनी कस्ता हुन् भन्ने कुरा त उनको पृष्ठभूमि हेरेरै थाहा हुन्छ । पहिला पनि यस्तो घटना भएकै हो । स्थिति कस्तो थियो ? उनको मोटामोटी कुरा सबै त बाहिर आएकै हुन् । पत्रकारले पनि देखेकै कुरा हो । प्रकाशलाई अहिले एउटै कुरा चासो छ, कसरी हुन्छ मबाट अलग हुने । त्यही भएर अनेकथरि कुरा गर्दै हिँडेका छन् । उनलाई यतिबेला सिर्जनाले डिभोर्स दिए हुन्थ्यो भन्ने चिन्ता मात्रै छ । त्यही भएर उनले मलाई कसरी टर्चर दिउँ भन्ने सोचेका छन् । त्यस्तो व्यवहार गरिरहेका छन् । ममाथि चारैतिरबाट प्रहार गरिरहेका छन् उनले ।
मेरो विषयमा समाचार आयो । मैले यो विषयमा बुवा -प्रचण्ड)सँग पनि फोनमा कुरा गरे । ‘बुवा (प्रचण्ड) तपाइले मलाई सधैँ समान व्यवहार गर्छु भन्नुहुन्थ्यो खै गरेको ?’ भनेर सोधेँ । ‘प्रकाश मेरोबारे मिडियामा जथाभावी बोल्दै हिँडेका छन्, यदि तपाईं मलाई सपोर्ट गर्नुहुन्छ भने कुनै सार्वजनिक कार्यक्रममा मिडियाले त्यत्तिकै प्रचार गरेको हो भनेर बोलिदिनुस् । होइन, तिमी आफ्नो तरिकाले जाऊ मलाई मतलब छैन भन्नुहुन्छ भने म आफ्नो तरिकाले जान्छु’ भनेर बुवा (प्रचण्ड)सँग गुनासो गरेँ । बुवाले ‘होइन, होइन, म सहयोग गर्छु नि,’ भन्नुभएको छ ।
सबैलाई थाहा भएकै कुरा हो, प्रकाश नहुँदा पनि  म आठ महिनासम्म लाजिम्पाटमै बसेँ । मम्मी (सीता)को व्यवहार सधैँ त्यस्तै । उहाँबाट कहिल्यै पनि राम्रो व्यवहार र माया पाउन सकिनँ । अन्तिममा साह्रै भएर निस्केकी हुँ लाजिम्पाटबाट । बुवा (प्रचण्ड)ले मलाई सधैँ सम्झाउने गर्नुहुन्थ्यो । ‘बाहिर गयो भने अप्ठ्यारो पर्छ’ भन्ने उहाँको कुरा थियो । उहाँले ‘मेरो व्यवहार तिमीलाई जस्तो प्रकाशलाई कहिले हुँदैन’ भन्नुहुन्थ्यो र थियो पनि । बुवा (प्रचण्ड)ले गर्दा म बाहिर आउन नचाहेकी हुँ । आफ्नो गल्ती भएर म मौन बस्या होइन । अहिले त मेरो गल्ती भएजस्तो देखाउन खोजिएको छ ।Seeta
हामी सबैले गर्दा उहाँहरू आजको ठाउँमा पुग्नुभएको हो, एक्कासी आकाशबाट झरेर पुग्या त होइन । उहाँको ‘ब्याकग्राउन्ड’ स्थिति अहिलेको मेरो परिवार  (माइती)को जुन स्थिति छ, त्योभन्दा पनि नाजुक थियो । हाम्रो (माइती) गरिबीलाई देखेर प्रकाशले ‘यसको केही छैन’ भन्ने ठानेका होलान् । त्यही भएर कसरी टर्चर दिउँ भन्ने सोचेका होलान् ।
सबै सत्य एक बाहिर आउँछ । अहिले कति आउँछ थाहा छैन । मेरो बुवा (माइती घर पोखराका)ले बल्ल हिजोआज मम्मी (सासू सीता) को व्यवहार बुझ्दै हुनुहुन्छ । यो घटना उत्कर्षमा पुगेका बेला मेरो बुवा (पोखरा) काठमाडु आउनुभएको थियो । मम्मी (सीता)ले झगडा गरेर ‘म तपाईंकी छोरी पाल्न सक्दिनँ । आफ्नो छोरो त गयो, गयो, अब तपाइकी छोरी पाल्न सक्दिनँ,’ भन्नुभएछ ।
भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो त्यत्ति कुरा भएन । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । मम्मी पनि सँगै हुनुहुन्थ्यो । मेरो बुवा (पोखराको)सँग प्रचण्ड बुवाले भित्र कुरा गर्नुभयो । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिगि्रयो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । पछि मेरो बुवा (पोखराको)ले यस्तो भन्नुभयो भनेर मलाई सुनाउँदा कस्तो नराम्रो लागेर आयो । म भित्र गइनँ किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्ने मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा (प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।
बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ । तर, प्रकाशको बानी नै त्यस्तो छ, उल्टै मलाई आरोप लगाउँदै हिँड्ने । यदि मेरो चरित्र खराब छ, योेसँग हिँडेकी छ भन्ने थाहा छ भने प्रकाशले देखाइदिऊन् न त । म त्यसैसँग जान्छु । होइन भने मलाई न्याय दिनुपर्‍यो । जथाभावी आरोप लगाउन त पाइँदैन नि । आफैँ गल्ती गर्ने अनि अरूलाई आरोप लगाउने ? यो त राम्रो कुरा होइन ।
बुवा (प्रचण्ड)ले ‘मिडियाले जे पनि भन्छ, धेरै उचाल्छ । तिमी चिन्ता नगर,’ भन्नुभएको छ । मलाई कतै जागिर व्यवस्था गर्ने कुरा उहाँले गर्नुभएको छ । मेरो छोरालाई होस्टेलमा राखिदिने उहाँले भन्नुभएको छ । त्यसो गर्दा बाबुलाई मैले पनि भेट्न पाउने र बुवा (प्रचण्ड)ले पनि भेट्न पाउने हुन्छ भन्ने उहाँको कुरा हो । तर, म मेरो छोरालाई कुनै पनि हालतमा छाड्दिनँ । उहाँहरूसँग सबै सेवा सुविधा छ । मेरो छोरोलाई उहाँहरूको जति सेवा सुविधा मैले दिन सक्दिनँ होला । तर, मेरो क्षमताले भ्याएसम्म बाबुलाई राम्रोसँग पढाउन चाहन्छु । अहिले मिडियामा बुवा (प्रचण्ड)ले बाबुलाई आफूसँग राख्न ७५ लाख दिन्छु भनेर प्रस्ताव गरेको भनेर आएको पनि देखेँ । त्यो सरासर गलत हो । उहाँले त्यस्तो केही कुरै गर्नुभएको छैन । हाम्रो (पोखरा) परिवारका तर्फबाट झन् त्यस्तो कुरा जानै सक्दैन । बुवा (प्रचण्ड)ले त बाबुलाई होस्टेलमा राखिदिने कुरा मात्रै गर्नुभएको हो ।
nati
बुवा (प्रचण्ड)ले नातिलाई धेरै माया गर्नुहुन्छ । पोखरा आएको बेला पनि खेलाएर बस्नुहुन्छ । बाबुलाई केही दिनका लागि लैजान खोज्नुभएको थियो । तर, मैले ‘बुवा मेरो जीवन भनेको यही हो’ भनेर लैजान दिइनँ । लाजिम्पाटमा पनि बाबुलाई काखमा लिइरहनुहुन्थ्यो बुवाले । बाबु हुर्केर १८ वर्ष पुगुन्जेलसम्म म उसलाई राम्ररी हेर्छु । त्यसपछि उसलाई बुवा ठीक लाग्यो भने उसैको इच्छा हो । मैले अर्को विवाह नगरुन्जेल बाबुप्रति मेरा अधिकार छ । यदि मैले बाबुप्रतिको उत्तरदायित्व वहन गरेको छैन भने उहाँहरूले लैजान खोज्नु स्वाभाविक होला । तर, उसको बुवा -प्रकाश)को जसरी म अर्कैसँग भागेकी त छैन नि । त्यस्तो म कहिल्यै गर्दा पनि गर्दिनँ । हाम्रो सम्बन्ध बिगि्रएपछि प्रकाशले त बाबुसँग एकपटक कुरासमेत गरेको छैन ।
बुवा (प्रचण्ड)ले पनि ‘कुनै पनि एंगलबाट पनि तिम्रो गल्ती छैन, के गर्ने त्यही -प्रकाश) कुकुर भयो, गधा भयो । त्यसले गल्ती गर्‍यो,’ भनेर पटक-पटक भन्नुभएको छ । अब मम्मी (सीता)को त के कुरा गर्नु ? उहाँ त त्यस्तै हो, छोरा-छोरा मात्रै भन्ने । छोराको गल्ती सबै नदेखेजस्तो गर्ने उहाँको बानी ।
श्रीमान् हो भनेर कहिलेकाहीँ मनमा प्रकाशप्रति माया पनि जाग्छ । मैले पाँच वर्ष उनीसँग बिताएकी छु नि । सुध्रिन्छन् कि भन्ने आशा पनि थियो । त्यही आशाले मात्रै म मौन बसेकी हुँ । मेरो मौनतालाई उल्टो बुझेर उनले त यसको कोही पनि छैन भनेर साह्रै बेइज्जत पो गर्न थाले । आँट भए मेरो गल्ती के हो देखाउनुपर्‍यो नि । मेरो चरित्र नराम्रो हुन्थ्यो र अर्कैसँग जाने मन भए प्रकाशसँग सम्बन्ध बिग्रेको एक वर्षसम्म किन यसरी बस्थेँ ? अहिलेसम्म त म खुसी भएर अर्को विवाह गरिसक्थेँ होला नि ! प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ ।
सिर्जनाका विषयमा विस्तृत सामग्री मिरर न्युज मासिकले प्रकाशित गरेको छ ।

रामप्रसादले षड्यन्त्र गरे - nayapatrika

पार्वती बम, श्रीमती, न्यायाधीश रणबहादुर बम

श्रीमान्को हत्या हाम्रो परिवारका लागि सबैभन्दा दु:खद घटना हो । त्योभन्दा पनि दु:खको कुरा, घटनाको सत्य–तथ्य बाहिर आएन । त्यसै सेलाएर गयो । उहाँको हत्या गर्नुपर्ने न कुनै स्थिति थियो न कुनै कारण । पैसामा चलखेल गरेको मिथ्या आरोप सुनिन्छ । योभन्दा दु:खको कुरा के होला र ?
जिन्दगीका आधा समय मैले श्रीमानसँगै विभिन्न जिल्लामा बिताएँ । बच्चालाई राम्रोसँग पढाउनसमेत पाइएन । श्रीमान््ले भ्रष्टाचार गरेर टन्न पैसा कमाएको भए त सुविधासम्पन्न ठाउँमा बसिन्थ्यो । अनि, बच्चालाई राम्रा स्कुलमा पढाएर राम्रो शिक्षा दिने रहर कसलाई हुँदैन र ? तर, छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्‍यो, त्यो पनि श्रीमान्् जता जानुहुन्छ त्यतै पछि लाग्दै । छोराछोरी पढाउन निकै दु:ख गर्नुपर्‍यो । आधा उमेर उहाँकै संगतमा बिताएको छु । त्यस आधारमा आर्थिक चलखेल भएको भन्ने कुरा म हृदयदेखि नै स्वीकार गर्न सक्दिनँ । यदि त्यसरी पैसा कमाएको भए हाम्रो र छोराहरूको हैसियत राम्रो हुन्थ्यो होला । श्रीमान््को सरुवापिच्छे पोको बोकेर म किन पछि–पछि हिँड्नुपथ्र्यो ? आनन्दले एकै ठाउँ बसिन्थ्यो । तर, म श्रीमान्् जति ठाउँ सरुवा हुनुभयो त्यति ठाउँ पुगेँ । बाजुरा, डोटी, नवलपरासी, राजविराज, ओखलढुंगा, नेपालगन्ज, दाङ, बुटवललगायतका ठाउँमा पुगेँ । बुटवलपछि काठमाडौं आएका हौँ । काठमाडांैमा पनि बानेश्वरमा डेरामा बस्यौँ । असोजमा तीन वर्ष हुँदै छ, घरमा सरेको ।

०००

श्रीमान््लाई किन फसाइयो, विवादमा तानियो भन्ने कुरा कि त रामप्रसाद श्रेष्ठलाई थाहा होला या बलराम केसीलाई । अभियोगको रिपोर्ट पनि धुलिखेलमा गएर लेखिएको रहेछ । बलराम केसी र उनकी श्रीमतीसहितका केही व्यक्ति रिपोर्ट लेखनमा सामेल थिए रे । उहाँमाथि अभियोग प्रमाणित गर्ने कुनै आधार छानबिन समितिसँग थिएन । मेरा छोराहरूको समेत बैंक खाता छानबिन भइसकेको थियो । पैसा कमाएको भए कहाँ लुकाउँछ मान्छेले ? जमिनमा गाडेर त राख्दैन होला । फसाउनकै लागि रिपोर्ट बनाइएको छ ।
रामप्रसादलाई के रिस थियो र यो षडयन्त्र गरे म बुझ्न सक्दिनँ । उनैलाई थाहा होला । तर, अभियोग लगाउनुभन्दा केही समयअघिसम्म पनि रामप्रसादले आफ्नै बेन्चमा सँगै राखेर मुद्दा हेरेका थिए । अन्तिममा केमा चित्त बुझेन, उनैले फसाए ।
मेरा श्रीमान्सँगै सेवाप्रवेश गरेका धेरै अझै पुनरावेदनमा मुख्य न्यायाधीश छन् । राम्रो नभएको, न्याय/अन्याय छुट्याउन नसक्ने भए उहाँलाई किन सर्वोच्चमा ल्याइन्थ्यो होला र ? राजविराजमा पनि एक नम्बर न्यायाधीश हुनुहुन्थ्यो । कमाउन खोजेको भए त्योभन्दा राम्रो ठाउँ अन्त हुन्नथ्यो । उहाँको धेरै ठाउँका बिदाईमा कर्मचारी मात्र होइन, स्थानीयको पनि सहभागिता हुन्थ्यो ।
भैरव मिश्र भन्ने लमजुङका एकजना सरकारी वकिल थिए । नवलपरासीबाट राजविराज सरुवा भएपछि उनले भने, ‘श्रीमान्, हजुर सोझो मान्छे, त्यहाँ त मरेका मान्छेको पनि ल्याप्चे लगाएर काम गर्ने ठाउँ, विचार पुर्‍याएर काम गर्नुहोस् है ।’ उहाँलाई धेरैले यसरी नै चिन्थे । रामप्रसादका नजरका कसरी एकाएक बदमास ठहरिनुभयो ? यत्रो लामो समय बिताएकी मैले बुझ्न सकेको छैन ।
अभियोगपछि सर्वत्र चर्चा भएपछि मैले उहाँलाई ‘साह्रै भयो, राजीनामा दिनुहोस्’ भनँे । तर, उहाँ मान्नुभएन । राजीनामाबारे सधँै एउटै जवाफ दिनुहुन्थ्यो, ‘मैले के अपराध गरेको छु र राजीनामा दिने ? म छाड्नुपरे पनि अभियोगको टुंगो लागेपछि छाड्छु ।’ सफाइ पाउनेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । छानबिन समितिले उहाँलाई दोषी देखाउन सकेको थिएन । सफाइ पाएपछि म जागिर
खान्नँ भन्नुहुन्थ्यो ।
तर, समितिले समेत देखाउन नसकेको दोष तथ्यविहीन रूपमा एकोहोरो ढंगले पत्रिकाले भने देखाइरहेका थिए । समितिले भन्दा धेरै दोषी मेरा श्रीमान्लाई मिडियाले बनाएका थिए । पाटनमा उहाँले हेरेको मुद्दा अपरण मुद्दा थिएन, हातहतियार खरखजाना मुद्दा थियो । पत्रिकाले यत्तिसम्म खोज्ने जाँगर नचलाई जसले जे भन्यो, त्यही आधारमा लेखिरहे । पत्रिकाले एकोहोरो रूपमा भक्तमानको अपहरण मुद्दामा जोडिरहे । यतिसम्म कि हत्या हुनुभन्दा एक महिनाजति अघिसम्म पनि यस्ता समाचार आइरहे । मैले प्रतिवाद गरौँ न भनेँ । तर, उहाँले ‘मेरो मर्यादाले दिँदैन, न्यायाधीश भएर मिडिया प्रचारबाजी गर्नुहुन्न, जति बुझे त्यति लेखे’ भन्नुभयो । तर, नबोल्नुको परिणाम १८ जेठमा निस्कियो ।

०००

दिउँसै घटना घटेको छ । दोषी नभेटिनुपर्ने त्यस्तो कारण देखिँदैन । दोषी किन भेटिएन भन्ने त प्रहरी या आयोग नै जानोस् । उनीहरूले चाहे खोजी हुन सक्थ्यो होला । हामी हत्यारा खोजीका लागि आग्रह गर्न मात्र सक्छौँ । तर, हाम्रो आग्रह सुन्ने कोही छैन । खिलराजले पनि सुन्छन्जस्तो लाग्दैन । सुन्ने भए, गर्ने मन भए यत्तिका समयसम्म केही पत्तो लाग्थ्यो होला ।
उहाँले ३६ वर्षसम्म अरूलाई न्याय दिनुभयो । तर, उहाँमाथि नै अन्याय भयो । यस्तो न्याय हुँदो रहेछ नेपालमा । जसले जिन्दगीका आधा उमेर त्यही पेसामा लगायो, दत्तचित्तले काम गर्‍यो तर
परिणाम उल्टो ।
अब एउटै कुरो बुझ्न पाए हुन्थ्यो– के कारणले उहाँमाथि अभियोग लाग्यो र किन हत्या भयो ?’ अपराधीलाई कारबाही गर्न पाए त मन शीतल हुन्थ्यो होला । के कारणले यस्तो भयो ? सधँै रहस्यमै रहने देखियो । अपराध गरेकै भए पनि चित्त बुझ्थ्यो होला, विनाकारण यस्तो भयो । मेरा श्रीमान्माथि जे भयो, यस्तो अन्य कसैलाई नहोस् । यस्तो अन्याय कसैले भोग्न नपरोस् ।
नारायण काफ्ले
तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

Wednesday, June 12, 2013

क्यान्सरः कारण र रोकथाम - onlinekhabar

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने गर्छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी डब्लु एच ओ ले यसअघि नै दिइसकेको छ । अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेगर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।
health_pic_mm1सरिरमा भएका कोषहरु अनियन्त्रित रुपमा वृद्धी हुनु र ती कोषहरु सरिरका अन्य भागमा पनि फैलनु नै क्यान्सर हो । क्यान्सर एकल रोग होइन , करीब २ सय प्रकारका क्यान्सरहरु विश्वव्यापी रुपमा देखापरेका छन् ।
अमेरिकामा प्रतिवर्ष करीब ७५ विलियन डलर क्यान्सरको अनुसन्धानमा खर्च हुने गर्छ र विश्वव्यापी रुपमा खरबौ डलर क्यान्सरको उपचार र अनुसन्धानमा अर्च हुने गर्छ । तर पनि क्यान्सर विरुद्ध उल्लेखनिय उपलब्धी भने हासिल हुन सकेको छैन , यसको मूल कारण भनेको नै क्यान्सर संबन्धी जनचेतना अभिवृद्धीमा ध्यान नपुराउनु नै हो ।
क्यान्सर न त सरुवा रोग नै हो , न त यो कुनै जीवाणुको संक्रमण बाट लाग्छ । सरिरमा भएका कोषहरु विभिन्न कारणले अनियन्त्रित रुपमा विभाजन हुन गएपछि ट्युमर हरु बन्दछन् जसलाई क्यान्सर भनिन्छ । सामान्य अवस्थामा काम गरिरहेका सरिरका कोषहरुलाई अनियन्त्रित रुपमा वृद्धी गराउन उत्प्रेरकको भूमिका खेल्ने तत्वहरुलाई कार्सिनोजेन भनिन्छ । तिनै कार्सिनोजेनको कारणबाट सरिरका कोषहरु अनियन्त्रित रुपमा वृद्धी र विभाजन हुन थाल्छन् ।
कार्सिनोजेनहरु के के हुन् ?
क . सुर्तिजन्य पदार्थहरु
ख. आर्सेनिक , निकेल , जस्ता पदार्थहरु
ग . अल्ट्रा भायोलेट विकिरण
घ वातावरणिय ग्यास तथा ठोस प्रदुषकहरु
ङ. छालामा निरन्तर घाउ चोटपटक र अन्य संक्रमण

होसियार बनौ कतै क्यान्सर त भएन ?
१ .स्तनमा कडा गिर्खा फेला परेमा
२ . लामो समयसम्म खोकी लागिरहेमा र खोकीमा रगत देखिएमा
३ . महिनावारीको समयमा धेरै रगत बगेमा
४ . लामो समय सम्म घाटी दुखेमा
५ . मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आएमा
६ . पेटमा लामो समयसम्म गडबडी भएमा
७ . अनपेक्षित रुपमा तौल घटेमा
८ . घाउ चोट पटक लामो समयसम्म निको नभएमा

समग्रमा भन्नेहो भने क्यान्सरबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ । यसबाहेक क्यान्सरबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ:
क. धुम्रपान र मध्यपान नगर्ने
ख. बढी तातो र बढी चिसो खाना नखाने
ग. सरीरमा लागेका घाउचोटपटकको छिटो उपचार गर्ने
घ. घाम र विकिरणको सिधा सम्पर्कमा सरीरको खाली भाग नराख्ने
उपचार
क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्यो भने निको हुन सक्छ तर ढिलो भयो भने उपचार कठिन हुन्छ र व्यक्तिको मृत्यु हुन जान्छ ।
क्यान्सरको उपचार कसरी गरिन्छ त ?
१रेडियोलोजी विधिद्धारा , विभिन्न विकिरणको प्रयोग गरी क्यान्सरजन्य कोष हटाउने
२ सर्जिकल अपरेसन द्धारा ट्युमरहरु हटाउने
३विभिन्न औषधीको प्रयोगद्धारा क्यान्सरजन्य अङ्गको उपचार गर्ने र क्यान्सरको बृद्धी रोक्ने

नेपालको सन्दर्भमा क्यान्सर
नेपालमा क्यान्सरबाट प्रत्येक वर्ष २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । एक तथ्यांक अनुसार ५० हजार भन्दा बढी व्यक्ति नेपालमा क्यान्सरबाट पिडित रहेका छन् । विभिन्न कारणले मानिसहरु दिनादुदिन क्यान्सरबाट पिडित हुने र ज्यान गुमाउने नियति भोग्न बाध्य छन् । तर क्यान्सर रोगको यो भयानकता विद्यमान हुदाहुदै पनि नेपालमा यो रोगप्रति सरकारको गम्भिरता भने देखिएको छैन । नेपालमा क्यान्सर रोगीको यकिन तथ्यांक सार्वजनिक गर्न समेत सरकार उदासिन देखिएकोे छ । नेपालमा मुख्यत महिलाहरुमा पाठेघर , स्तन तथा पुरुषहरुमा छाला , फोक्सो तथा आन्द्राको क्यान्सर बढि रहेको बताइन्छ ।
मानिसहरुमा क्यान्सरको बारेमा जनचेतनाको अभावले क्यान्सर रोग बोकेर बस्न र अकालमै ज्यान गुमाउन बाध्य छन् । यदि क्यान्सरको बारेमा चेतना हुनेहो भने एकातर्फ क्यान्सर लाग्न नदिन व्यक्ति सचेत हुन्छ , अर्कोतर्फ क्यान्सरको प्रारम्भिक अवस्थामै उपचार गरी अकालमा ज्यान गुमाउन पर्दैन । क्यान्सरका रोगीहरु सुगम देखि दुर्गम ठाउमा व्याप्त छन् तर क्यान्सरको उपचार भने त्यति सुलभ छैन ।
निष्कर्षमा के भन्न सकिन्छ भने क्यान्सरबाट बच्न सबै व्यक्ति सचेत हुनुपर्छ । स्वस्थ र सन्तुलित र प्राकृतिक भोजन गर्नुपर्छ । र क्यान्सरका लक्षण देखिएमा स्वास्थ्य संस्थामा जचाएर उपचार गरी अकालमा मृत्यु वरण गर्न बाट जोगिनुपर्छ ।
एजेन्सीको सहयोगमा कुलचन्द्र अर्यालले तयार पारेको रिपोर्ट

Tuesday, June 11, 2013

Full text of Jiah Khan's letter: I aborted our baby when it hurt me deeply..- dnaindia

The actress had hanged herself to death at her Juhu residence on June 3-2013
Jiah Khan.
Jiah Khan. - DNA
Jiah Khan's mother Rabiya Khan found six pages of letter in her wallet box when she was searching for poems written by Jiah to be read out at her prayer meet held on Sunday.

To all concerned,

Some sections of the media and some film industry people are speculating that my daughter Jiah committed suicide because of depression related to her career.
However the truth is that it happened only because of the trauma and the abuse she suffered at the hands of Suraj Pancholi and his father Aditya Pancholi.
This I know from what Jiah shared with her sisters and me and also from this letter written by Jiah herself that I am attaching here with which was found three days later by my younger daughter in a wallet box belonging to Jiah when she was searching for some poems written by Jiah to be read out at her prayer meeting.
I have decided to make this letter public so that everyone may know the truth behind my daughter’s tragedy.

Below given is a transcript of Jiah's handwritten letter:.. I am also attaching the photocopies of the actual handwritten pages of her letter

                                                                  Yours truly
                                                                                       Rabiya khan

         
                                 

Jiah's letter to Suraj Pancholi

"I don’t know how to say this to you but I might as well now as I have nothing to lose. I’ve already lost everything. If you’re reading this I might have already left or about to leave. I am broken inside. You may not have known this but you affected me deeply to a point where I lost myself in loving you. Yet you tortured me everyday.
These days I see no light I wake up not wanting to wake up. There was a time I saw my life with you, a future with you. But you shattered my dreams. I feel dead inside. I’ve never given so much of myself to someone or cared so much. You returned my love with cheating and lies. It didn’t matter how many gifts I gave you or how beautiful I looked for you.
I was scared of getting pregnant but I gave myself completely the pain you have caused me everyday has destroyed every bit of me, destroyed my soul. I can’t eat or sleep or think or function. I am running away from everything. The career is not even worth it anymore.
When I first met you I was driven, ambitious and disciplined. Then I fell for you, a love I thought would bring out the best in me. I don’t know why destiny brought us together. After all the pain, the rape, the abuse, the torture I have seen previously I didn’t deserve this.
I didn’t see any love or commitment from you. I just became increasingly scared that you would hurt me mentally or physically. Your life was about partying and women. Mine was you and my work. If I stay here I will crave you and miss you.
So I am kissing my 10-year career and dreams goodbye. I never told you but I received a message about you. About you cheating on me. I chose to ignore it, decided to trust you. You embarrassed me. I never went out, I never went with anyone else. I am a loyal person. I never met anyone with Karthik I just wanted you to feel how you make me feel constantly.
No other woman will give you as much as I did or love you as much as I did. I can write that in my blood. Things were looking up for me here, but is it worth it when you constantly feel the pain of heartbreak when the person you love wants to abuse you or threatens o hit you or cheats on you telling other girls they are beautiful or throws you out of their house when you have no where to go and you’ve come to them out of love or when they lie to your face or they make you chase after them in their car.
Or disrespects their family. You never even met my sister. I bought your sister presents. You tore my soul. I have no reason to breathe anymore. All I wanted was love. I did everything for you. I was working for us. But you were never my partner. My future is destroyed my happiness snatched away from me.
I always wished the best for you, was ready to invest what little money I had in your betterment. You never appreciated my love, Kicked me in the face. I have no confidence or self esteem left, whatever talent whatever ambition you took it all away. You destroyed my life. It hurt me so much that I waited for you for ten days and you didn’t bother buying me something.
The Goa trip was my birthday present but even after you cheated I still spent on you. I aborted our baby when it hurt me deeply. You destroyed my Christmas and my birthday dinner when I came back. When I tried my hardest to make your birthday special. You chose to be away from me on Valentines Day. You promised me once we made it to one year we would get engaged. All you want in life is partying, your women and your selfish motives.
All I wanted was you and my happiness you took both away from me. I spent money on you selflessly you would throw in my face. When I would cry for you. I have nothing left in this world to live for after this. I wish you had loved me like I loved you.
I dreamt of our future. I dreamt f our success. I leave this place with nothing but broken dreams and empty promises. All I want now is to go to sleep and never wake up again. I am nothing. I had everything. I felt so alone even while with you. You made me feel alone and vulnerable. I am so much more than this.”




छोरीलाई नै श्रीमती बनाएर सन्तान प्राप्ति ! - onlinekhabar

।नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ ।
babuसुन्दै आङ नै जिरिंग हुने यो घटनाले नेपाली समाज कता जाँदै छ भन्ने प्रश्न पनि उब्जिएको छ । छोरीलाई बाबुले नै बलात्कार गरेको घटना बेला–बेला सार्वजनिक नभएका होइनन् । तर, छोरीलाई नै श्रीमती बनाएर बच्चासमेत जन्माएको यो घटनाले जो कोहीलाई भावविह्वल बनाउँछ । आफ्नै जेठी छोरीलाई सात वर्षअगावै श्रीमती बनाएका शान्तिनगर बरगाछीनिवासी ५१ वर्षीय सौगात साहको कर्तुत उनकै तीन छोरीले सार्वजनिक गरेका हुन् ।
जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । जेठी छोरीबाट जन्मेको बच्चा ६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरूको कुरा सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए । छोरीहरूको उजुरी र बयानलगत्तै प्रहरीले सौगातलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई) गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।
उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई लुकाउनुपरेको बयान दिएका थिए । त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरूले समेत सो बच्चालाई भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरू पनि असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन् । छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
घरमा बस्न असुरक्षित भएको बताएका तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ । सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन् । ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए । घटना बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध उत्रिएका छन् । महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् ।
उनले सैगातलाई कारबाही गर्न सुनसरी जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरू एक भएर हस्ताक्षर अभियानको समेत थालनी गर्न लागेको बताइन् । यस्तै, छिमेकी राधा नेपालले बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन् । उनले सैगातमाथि कानुनी कारबाही नभए सामाजिक रूपमा कडा कारबाही गर्ने चेतावनी दिइन् । यता, आरोपित सौगातले भने छोरीसँग माया गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबी गरेका छन् । उनले सो कुरा बाहिर आए आफूहरूको बदनाम हुने डरले लुकाउँदै आएको दाबीसमेत गरेका छन् । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको बताएकी छन् । उनले इज्जत जाने डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाई गलत कुरा गर्दै आएको बताइन् ।

Sunday, June 9, 2013

नेपाली पश्मिना बेचेर अर्बपती बनेका राज कुन्द्रा विवादमा, १८ वर्षको उमेरबाट यसरी कमाए पैसा ? - bizmandu

आईपिएल फिक्सिङ्ग विवादको घेरामा रहेका राज कुन्द्राको जीवनकहानी कुनै परिको कथाभन्दा कम छैन्, जम्मा १८ वर्षको उमेरमा व्यापारमा प्रवेश गरेका कुन्द्रा अहिले अर्बपती छन्, बेलायत, दुवई, भारत, अफ्रिकासम्म व्यापार विस्तार गरेका छन्, तिनै कुन्द्राको व्यवसायिक जीवन भने नेपालबाट सुरु भएको थियो । कुन्द्राका पिता लण्डनमा बसका सहचालक थिए, उनले एउटा सानो पसलको सुरुवात गरे, आमाले त्यही पसलमा सहायकको रुपमा काम गरिन् । कुन्द्रा आफैले १२ कक्षाभन्दा बढी पढ्ेनन् । कक्षाबाट ‘ड्रपआउट’ भएपछि सन् १९९० मा उनी दुवई र नेपालको यात्रामा आए ।


उनको वेवसाइटलाई आधार मान्ने हो भने, कुन्द्राले नेपालमा पश्मिना सलको ‘डिस्कभरी’ गरे, उनले केही थान पश्मिना लिएर लण्डन गए, त्यहाँका ठूला स्टोरमा पश्मिनाको स्याम्पल देखाए । ठूला स्टोरबाट पश्मिनाको माग बढ्न थाल्यो, उनको लण्डन–नेपाल यात्रा अब व्यवसायिक बन्यो ।
ठीक त्यही बेला बेलायतको राजपरिवारमा पश्मिनाको क्रेज देखिन थाल्यो, पश्मिना सल ओडेका बेलयाती राजपरिवारको तस्वीरहरु स्थानीय पत्रिकामा छापिन थाल्यो । नेपाली पश्मिना हाते तानबाट मेशिनरी उत्पादन बन्न थाले । युरोपमा बढ्दो क्रेजले नेपालमा पश्मिनाको व्यापार दिन दुई गुणा, रात चार गुणा हुन थाल्यो ।
स्याम्पलका लागि केही पिस पश्मिना लगेका राजले अब नेपालबाट कन्टेनरका कन्टेनर पश्मिना मगाउन थाले, उनले लाख होइन्, करोड होइन, अर्बौं रुपैयाँ कमाए । कुन्द्रा पश्मिनाको व्यापारसँगै हिराको व्यापारमा जोडिए, उनको कारोवार बेल्जियम पुग्यो, रुसमा विस्तार भयो ।
नेपालबाट पश्मिना खरिद गरेर बेलायतमा विक्री गर्ने कुन्द्रा एउटा यस्ता प्रवासी भारतीय बने जसले १८ वर्षको उमेरमा व्यापारमा प्रवेश गरेर र अर्को एक दशकमा भारतबाट लण्डन पुग्ने दुई सय धनीको सूचीमा नाम बनाए । सन् २००४मा बेलायतको ‘सक्सेस’ पत्रिकाले एसियाली मूलका सबैभन्दा धनीको १ सय ९८ औं स्थानमा उनको नाम राखेको थियो, त्यतिवेला २९ वर्षका राज धनीको सूचीमा सबैभन्दा युवा थिए ।
अहिले उनी दर्जन ठूला कम्पनीका मालिक बनेका छन्, उनको घरजग्गा कारोवार गर्ने गु्रपको डेभलपर्स कम्पनी छ, यो कम्पनी भारतका आठ ठूला शहरमा कारोवार गर्छ, उनको अर्को कम्पनी अश्विनी स्टिलले कवाडी सामानबाट स्टिल बनाउँछ । टिएमटि ग्लोबल कम्पनी सेयर बजारको मूल्य प्रक्षेपण गर्दछ ।
इसेन्सियल स्पोर्टस एण्ड मिडिया खेलसम्वन्धि वस्तुको उत्पादन र विक्रीमा संलग्न छ, आइकोनिक इन्भेष्टमेन्टले इक्विटी बजारमा निजी फण्ड ट्रेडिङ्गको काम गर्दछ । गोल्ड गेट ट्रेडिङ्ग दुवईमा आधारित व्यापार र लगानीसम्वन्धी कुन्द्राको कम्पनी हो । कुन्द्रा राजस्थान रोयल्स मात्र होइन सुपर फाइट लिगका समेत मालिक हुन् । यसबाहेक उनको दुवईस्थि बु्रज खालिफामा सम्पत्ती छ । लण्डन र मुम्बईमा बंगलाहरु छन्, उनी पछिल्लो तीन वर्षदेखि फिल्मकार अमिताभ बच्चनको छिमेकी बनेर समुद्री तटमा फर्किएको बंगलामा बस्छन् । कुनै बेला कुन्द्राको घरको इन्टेरियर सुसाने रोशनले गरेकी थिइन्, अहिले उनले त्यसका लागि कुन्द्रा एण्ड कुन्द्रा फर्म खोलेका छन् । तिव्र गतिका कारका सौखिन राजसँग लम्र्बोगिनी गाडी समेत छ ।

मैले यसरी नेपालबाट कमाएँ पैसाः राजको वेवसाइटबाट राखिएको जानकारी

तर तिनै कुन्द्रा अहिले इन्डियन प्रिमियर लिग(आइपिएल)मा सट्टा लगाएपछि विवादमा तानिउका छन् । कुन्द्रा बलिउड नायिका शिल्पा सेठ्ठीका पति हुन्, प्रहरीले उनको पासपोर्ट समेत जफत गरिसकेको छ । दिल्ली पुलिस प्रमुख निरज कुमारले कुन्द्रा र सेठ्ठी मिलेर आफ्नो टिमलाई नै सट्टेवाजीमा प्रयोग गरेको जानकारी दिएका छन् तर उनीहरु दुवैले यो आरोपको खण्डन गरिरहेका छन् ।
राजस्थान रोयल्सले कुन्द्रा दोषी भए उनको सेयर जफत गरेर उनीहरुलाई निष्कासन गरिने जानकारी दिइसकेको छ ।  सन् २००७ मा उनले पहिलो पत्नी कवितासँग डिभोर्स गरे, बेलायतको टेलिभिजन शो विगबद्ररमा भाग लिन गएकी सिल्पासँग कुन्द्राको त्यति वेलै भेट भयो । यो भेटले उनीहरुको सम्वन्धलाई जोड्यो । सन् २००९मा शिल्पा र कुन्द्रावीच विवाह भयो र उनीहरुले राजस्थान रोयल्सको ११ दशमलब ७ प्रतिशत हिस्सा किने । कुन्द्राको एक छोरा छन् भने उनले शिल्पा सेठ्ठी फाउन्डेसनबाट सामाजिक काम पनि गर्दै आएका छन् ।
कुन्द्राको वेभसाइट र अन्य अनलाईनको सहयोगमा

Friday, June 7, 2013

पूर्व सभासद्को हत्या यसरी भयो: - setopati

पूर्वसभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा आज हककी पत्नी नुरजहाँलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले कल्याणपुर गाविस–२ स्थित हकको घरबाट ५० वर्षीया नुरजहाँलाई पक्राउ गरेको हो।
 
यसअघि हिजो मात्र प्रहरीले हककी छोरी १९ वर्षीया रुवेदा खातुनलाई कल्याणपुर गाविस–२ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न सिरहाको चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ पानीट्याङ्की बस्ने ४० वर्षीय अब्दुल रउफलाई लहानबाट पक्राउ गरेको थियो।
 
सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकारसम्मेलनमा पूर्वसभासद् हकको हत्याको मुख्य योजनकारहरु पत्नी नुरजहाँ, छोरी रुवेदा र प्रत्यक्ष संलग्न रउफलाई पक्राउ गरी अनुसन्धान थालिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरीनायब महानिरीक्षक परशुराम खत्रीले जानकारी दिए ।
 
 हत्यामा संलग्न रुवेदाका प्रेमी लहान–५ का ३७ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३२ वर्षीय एनुल शेख भने फरार रहेका छन्। 
 
रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि बुबा हकको सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।
 
प्रहरीले बरामद गरेको पूर्वसभासद् हकको मोबाइल, सिमकार्ड र पकेट चक्कुका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बताइएको छ। अभियुक्तहरुले पाँच महिनाअघि हकको हत्या गर्ने योजना बनाएको र घटनाभन्दा १५ दिनअघि योजनालाई तीव्रता दिएका थिए। योजनाअनुरुप छोरी रुवेदाले बुबाको हरेक गतिविधिबारे पे्रमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको छ। 
 
अनुसन्धानका क्रममा जेठ ५ गते बिहान ६ बजे सिरहाको भगवानपुरको गम्हरियास्थित एनुलको ससुराली घरमा बनेको योजनअनुरुप जमिरुल, एनुल र रउफ अपराह्न कल्याणपुर आए पनि अनुकूलता नमिलेपछि राति १ बजे लहान फर्केका थिए। 
 
जेठ ६ गते राति पूर्वसभासद् हक पेट्रोलपम्पमा एक्लै सुतेको खबर छोरी रुवेदाबाट उनीहरुले पाएपछि राति ९ः३० बजे लहानबाट मोटरसाइकलमा आई पेट्रोलपम्पमा उनीहरुले हकको हत्या गरेको प्रहरीनायब महानिरीक्षक खत्रीले बताए ।
 
प्रहरीले आज कर्तव्यज्यान मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ। 
 
संबिधान सभा  पूर्व सभासद सदरुल मिया हकको मिति २०७०/०२/०६ गते रातको समयमा कल्याणपुर २ स्थित निजको पेट्रोलपम्प हुमा आयल स्टोरको घरको माथिल्लो तलाको कोठामा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको घटनाको अनुसन्धानको क्रममा केन्द्रिय अनुसन्धान ब्युरो, पुर्व क्षेत्रीय प्रहरी कार्यालय बिशेष टोली तथा जिल्ला प्रहरी कार्यालय सप्‍तरीबाट संयुक्त रुपमा टोलिले फेला पारेको घटनाको विवरण जस्ताको तस्तै ।
  • -   अन्दाजि १ बर्ष पहिला मोहम्मद जमिरुल शेख  मृतकको जेठी छोरीको उपचारको लागि मृतकको घरमा आए पश्चात माहिली छोरी  रुबेदा खातुनसँग सम्पर्कमा रहेको ।
  • -   मोहम्मद जमिरुल शेखसँग रुबेदा खातुनले घर परिवारको जानकारीबिना २०६९ फाल्गुण महिनामा रौतहटमा गइ निकाह गरेको ।
  • -   मृतक शदरुल हक उक्त कुरामा सहमत नभई रुबेदा खातुनको अन्य ब्यक्तिसँग बिवाह गर्ने कुरा गर्नुको साथै निज छोरीलाई गाली गर्ने गरेको ।
  • -   मृतकको श्रीमती नुरजहांसँग पनि आर्थिक कुरामा पनि बेला बेलामा झगडा हुने गरेको ।
  • -   करिब ५ महिना अगाडि देखि रुबेदा खातुन, नुरजहां र मोहम्मद जमिरुल शेख  मिलेर शदरुल मिया हक को हत्या गर्ने योजना बनाएको ।
  • -   हत्या योजना कार्बान्यन गर्नको लागि भारतबाट पेशेवर अपराधि ल्याउने जिम्मा मोहम्मद जमिरुल शेखले लिएको ।
  • -   करिब १५ दिन अगाडि श्रीमती नुरजहांसंग झगडा पश्चात मृतक घरमा नसुति नजिकै रहेको पेट्रोल पम्पमा सुत्ने गरेको ।
  • -   मृतकको गतिबिधि सम्बन्धमा रुबेदा खातुनले मोहम्मद जमिरुल शेख लाई जानकारी दिने गरेको ।
  • -   हत्याको करिब १५ दिन अगाडि देखि मोहम्मद जमिरुल शेखले एनुल शेख र अब्दुल रउफलाई सम्पर्क गरि हत्याको लागि सहमत गरेको ।
  • -   हत्याको करिब ५ दिन अगाडि देखि लगातार मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ कल्याणपुरमा आई निजको घर, पेट्रोल पम्प तथा इट्टा भट्टाको भौगोलिक अवस्थाको जानकारी लिएको ।
  • -   मिति २०६९/०२/०५ गते बिहान सिराहाको भगवानपुर गमरिया स्थित एनुल शेख बस्ने गरेको निजको ससुरालिको घरमा गै सोहि राति शदरुल मिया हकको हत्या गर्ने योजना गरेको ।
  • -   योजना मुताविक मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ बेलुकिको अन्दाजि ६ बजे कल्याणपुरमा आई बसेकोमा अनुकुल समय नमिलेपछि रातको अन्दाजि १ बजे लहान तर्फ फिर्ता भएको ।
  • -   पुन भोलिपल्ट मिति २०७०/०२/०६ गते शदरुल हक पेट्रोल पम्पमा सुत्नको लागि गएपछि रुबेदा खातुनले मोहम्मद जमिरुल शेखलाइ रातको अन्दाजि २१.१० बजे जानकारि दिएपश्चात निजहरु २१.३० बजे लहान बाट मोटरसाइकलमा कल्याणपुरमा आएको
  • -   रातको अन्दाजि २२.३० बजे निजहरु पेट्रोल पम्पमा प्रबेश गरि अन्दाजि ००.३० सम्ममा निज शदरुल मिया हकको हत्या गरेको
  • -   हत्या पश्चात शदरुल मिया हकको दुईवटै मोबाईल फोन लिएर निजहरु अन्दाजि ०१.४५ बजे लहान तर्फ फर्केको
  • -   अनुसन्धान पश्चात मिति २०७०/०२/२३ गते अब्दुल रउफलाई पक्राउ गरि निजको घरबाट मृतकको रातो रंगको Nokia c2 00 mobile बरामद गरिएको ।
  • -   मिति २०७०/०२/२३ गते नै मृतकको छोरी रुबेदा खातुनलाई पक्राउ गरिएको ।
  • -   मिति २०७०/०२/२४ गते मृतकको श्रीमती नुरजहांलाई पक्राउ गरिएको ।
 





कुकुर मरेपछि अब को सँग खेल्लान् अमिताभ ? - onlinekhabar

मानिस मानिससँग मात्र होइन जनावरसँग पनि खुबै रमाउँछ । बलिउड नायक अमिताभ बच्चनको साथी पनि मानिस नभई कुकुर थियो । घरमा रहदा अमिताभ कुकुरसँग धेरै पल बिताउँथे । घर भित्र अमिताभ उक्त कुकुरको खुबै स्याहार पनि गर्थे ।तर अब उनका लागि यो विगत भएको छ । भारतिय संचारमाध्यहरुका अनुसार अमिताभ बच्चनको निक्कै नजिकको साथी कुकुरको निधन भएपछि उनी चिन्तित छन् । आफ्नो ब्लगमा अमिताभले कुकरसँग रमाएका थुप्रै क्षणका तस्बिहरु प्रकाशित गर्दै आएका छन् । सात बर्षको यो कुकुरको नाम पिराना डेन ब्रीड के शेनाँक हो । शेनाँक बलिउडका थुप्रै कलाकारका लागि पनि पि्रय थियो ।
शेनाँकको निधन भएपछि अमिताभ स्तब्ध भएका छन् । अहिले बलिउडमा शेनाँकको निधनले चर्चा पाएको छ । अमिताभ बच्चनले छोरा अभिषेक बच्चनलाई सन् २००६ मा शेनाँक गिफ्ट दिएका थिए ।

Monday, June 3, 2013

गडबडी भएको छ भने छानविन गर्नुहोस : भट्टराई - अमित ढकाल - setopati

ग्लोबल टेन्डरमा पनि परम्परागत ठेक्कापट्टा (आइटमवाइज कन्ट्रयाक्ट) बाट काम गराउँदा कालीगण्डकी र मध्यमस्र्याङ्दीमा विद्युत प्राधिकरणले झण्डैं १० अर्ब रुपैयाँ भेरिएसन वापत भुक्तानी गर्नुपर्यो ।
त्यस्तो भुक्तानीबाट छुटकारा पाउन प्राधिकरण व्यवस्थापनले २०६४ सालमा उपाय निकाल्यो इपिसी (इञ्जिनियररिङ, प्रक्योरमेन्ट, कन्स्ट्रक्सन) मोडेलबाट आयोजना बनाउने । यसमा नक्साङ्कन, इस्टिमेट, खरिद, निर्माण सवै काम ठेकेदारकै हुन्थ्यो । भेरिएसनको गुञ्जायस रहँदैनथ्यो । समयसीमामा काम नसके ठकेदारले चर्को हर्जाना तिर्नुपथ्र्यो । 
 
इपिसी अनुसार नेपाल विद्युत प्राधिकरणले पहिलो काम थाल्यो, त्रिशुली थ्रि–ए आयोजनामा । चिनियाँ कम्पनी गेजुवाले ठेक्का पायो । ३५ महिनाको समय दिइयो । कम्पनीले दुई वर्ष नाघिसक्दापनि एक चौथाई पनि काम गर्न सकेन । अर्व भन्दा बढि हर्जाना तिर्नुपर्ने निश्चित जस्तै भयो । 
 
गेजुवाको प्रस्तावमा सरकार÷प्राधिकरणले भेरिएसन भन्दा एक कदम अघि बढेर आयोजना कार्यक्षेत्र ६० बाट ९० मेगावाटमा बढोत्तरी गरियो । गेजुवाले बिना टेन्डर काम पायो । पहिले १० अर्व रुपैयाँ कबोल गर्दा नपाएको ठेक्का अहिले १२ अर्वमा उसैले पायो ।
 
प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक अर्जुनकुमार कार्कीका अनुसार इपिसी ठेक्कमा संसारभरि परिकल्पना नै नगरिने स्कोप भेरिएसन भएको छ । सार्वजनिक खरिदको सर्वमान्य मापदण्ड, कानून, नियम अनुसार यस्तो काम सरासर अवैधानिक भएको उनको दावी छ ।   
 
पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले ठेक्का तलमाथि गर्न सुरु गरेको अभियान वर्तमान ऊर्जा मन्त्री एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष उमाकान्त झाले पुरा गरिदिएका छन् । तिव्र विरोध र विवादबीच प्राधिकरण व्यवस्थापनले ६० मेगावाट बाट ९० मेगावाट पुर्याउने अन्तिम निर्णय गरेको छ, शुक्रबार ।
 
सबै पूर्व ऊर्जा र अर्थ मन्त्रीहरु तथा प्राधिकरणको विरोध रहँदा रहँदै भट्टराईले मन्त्रिपरिषद्बाट क्षमता विस्तारको नीतिगत निर्णय गरेरे बाटो खोलिदिएका थिए् । 
 
प्राधिकरणको उक्त निर्णय गैर कानुनी मात्र हैन नेपालको विकास इतिहासमा सम्भवतः सबैभन्दा ठुलो संस्थागत भ्रष्टाचार भएको दावी गर्नेहरु धेरै छन् । यसमा मुछिएका पूर्व प्रधानमन्त्री एवं ऊर्जा मन्त्री भट्टराईसँग सेतापाटीका लागि अमित ढकालले गरेको कुराकानी ।  
  
 
  • त्रिशुली थ्रि–ए क्षमता विस्तारमा तँपाइ पनि मुछिनुभयो नी ?

 
– आयोजनाको क्षमता बढाए पनि फरक पर्दैन । पर युनिट कस्ट सबैभन्दा सस्तो पर्छ । सबै योजनाहरुभन्दा सस्तो हुन्छ । १३ महिना ढिलो हुने मात्र हो । त्यसले खासै परक पर्दैन । अर्को पाँच वर्ष हामी विद्युत अभावमै हुन्छौं । फेरि यो आयोजना काठमाडौंबाट एकदमै नजिक भएकाले पनि राम्रो छ । यो देशको हितमा नै हुन्छ भन्ने ठानेर मैले हात हालेको हुँ । 
 
  • तपाई इञ्जिनियर पनि हुनुहुन्छ ६० मेगावाटको टेन्डर पाएकै भरमा उसलाई ९० मेगावाट दिन मिल्छ ? 

 
–  टेक्निकल्ली फिजिवल हुन्छ भनेर विज्ञहरुले भने । टेक्निकल एक्स्पर्टहरुले त्यो कुरा बढाए । मैले भने– राष्ट्रहितमा छैन भने त्यो गर्नै हुँदैन । 
उनीहरुले बताए– राष्ट्रहितमा छ । भार केन्द्रबाट नजिक छ । पाँच वर्षसम्म लोडसेडिङको अन्त्य नहुने स्थिती छ । खाली प्रक्रियागत हिसावले पहिले नै ९० नगरी ६० गरेकाले आशंका हुन सक्छ ।
 
  • आशंका हुँदाहँदै के आधारमा क्षमता विस्तारमा लाग्नुभयो त ?

 
– मुख्य कुरा पहिला ६० मेगावाटको जुन ठेक्का दिइसकेको छ त्यो परिवर्तन गर्दा त्यहाँ ह्याङकी प्याङकी हुन्छ कि भन्ने विषय थियो ।  त्यसमा सतर्क हुनुप¥यो । मैले भनिसकेको थिए । त्यो निर्णय त प्राधिकरणले गर्ने कुरा हो । सरकारले डिल गर्ने विषय हैन । 
 
त्यसलाई डिल गर्दा राष्ट्रलाई नोक्सान नपर्नेगरि गर्नु । कुनै पनि अपारदर्शी खालका हर्कत, लेनदेन नहुनेगरि सैद्वान्तिक स्विकृती मात्र हामीले दिएको हो । 
 
  • प्राधिकरण, ऊर्जा मन्त्रालयका धेरैजसो विज्ञहरुले अहिले भएको निर्णय राष्ट्रहितमा छैन भनिरहेका छन् ?

 
– विज्ञहरुले टेक्निकल्ली ठिक छैन भनेको भए मैले मान्ने कुरै आउँदैनथ्यो । म पनि अलिकति अडान लिने खालकै मान्छे हुँ । अहिलेपनि मानिसहरुले भन्दाखेरि ठेकेदारलाई जुन अलिकति समय दिइयो त्यसमा लेनदेन गरियो कि भन्ने हो भने कतिमा दिइयो मलाई केहि पनि थाहाँ छैन । ठेक्का कतिमा दिने भन्ने उतै (प्राधिकरण) बाट नेगोसिएट गरेर टुङ्याउने विषय हो ।
 
हामीले मन्त्रिपरिषद्मा निर्णय गरेर उतै (प्राधिकरण) पठाइदिएको । त्यो भन्दा बढि मेरो केहि पनि संलग्नता छैन । मैले प्रष्ट रुपमा नै टेक्निकल्ली राष्ट्रहितमा छ भनेर ओके गरेको हो । अहिले के कसो भयो । अस्तीमात्र त्यसलाई स्विकृती दिइयो (प्राधिकरण व्यवस्थापनले) भन्नेकुरा आयो । 
 
  • तपाई नै भन्नुहुन्छ यो मूलतः प्राधिकरणको सरोकार हो । त्यहाँ भएका दुईवटै अध्ययनले बढाउनुहुन्न भनेको  छ । प्राधिकरण बोर्डले पनि सोधेको छैन । मन्त्रिपरिषद्ले एकैपटक समिति बनाएर क्षमता बढाउनुपर्ने स्थिती कहाँबाट आयो ?

 
– त्यो गलत आरोप हो । टेक्निकल कमिटी बनेको छ । त्यसले प्रतिवेदन दिएको छ । दुईवटै बिकल्प दिएको छ । ६० पनि हुन्छ । ९० पनि हुन्छ भनेको छ । ९० गर्न हुन्न भनेको छैन । मैले भाषा नै हेरेको छु । 
 
  • त्यो कमिटी प्राधिकरण हैन तपाईको मन्त्रिपरिषद्ले बनाएको हो ?

 
त्यै त । जे होस् उसले हुन्छ भनेको छ । मैले व्यक्तिगत रूपमा बुझ्दा पनि एक्स्पर्टले त्यहिँ कुरा भन्थे । रिपोर्टले पनि टेक्निकल्ली मिल्छ भनेको छ । 
 
  • यहाँको कुरा बाझिएको छ । हामीले सबै प्रतिवेदन हेर्यो । प्राधिकरणको दुईवटै कमिटीले हुन्न भनेपछि यहाँले नै कमिटि बनाएर अघि बढाउन खोज्नुभएको देखिन्छ ? 

 
–प्राधिकरण वा मन्त्रालय जे भनेपनि  गर्ने त सरकार अन्तर्गतको निकायले नै हो । टेक्निकल्ली फिजिवल छ र हुन्छ भन्नेमा म आश्वस्त थिए । खाली ठेक्काको रकम कति हो भन्नेमा हेर्ने हो भनेर हामीले समिति बनायौं । त्यसमा के भयो मलाई थाहाँ भएन । उनीहरुले गरेको ठेक्काको रकममा तलमाथि पार्न सक्छन् । हेर्ने त्यहाँ नेर हो । लेनदेन त्यहाँ नेर हुन्छ ।  ह्याङ्की प्याङ्की डिलिङ हुने त्यस्तो बेलामा हो । अहिले आएर कसरि निर्णय भयो मलाई थाहाँ छैन । 
 
  • तपाईले मोतीबहादुर कुँवरको संयोजकत्वमा बनाएको समितिको प्रतिवेदनले पहिलो विकल्प ६० मेगावाट र दोस्रो विकलप ९० मेगावाट सुझाएको छ नी ?

 
– सोही प्रतिवेदन अनुसार मन्त्रिपरिषद्ले सैद्वान्तिक स्विकृती मात्र दियो । मन्त्रिपरिषद्मा लागत नेगोसिएसनको कुरा उठेको थियो । हाम्रो कार्यक्षेत्रभित्र पर्दैन । बेठिक हुन्छ भनेर हामीले नगरेको हो । टेक्निकल्ली हामीले सैद्वान्तिक स्विकृती दिने हो । अरु सब नेगोसिएसनै काम उसले (प्राधिकरण) आफै गरोस् भनेर छाडिदिएको हो । 
 
  •  गेजुवाले ६० मेगावाट ८९ मिलियन डलरमा पाएको । त्यतिखेरै २५ प्रतिशत थप गर्ने हो भने ९० मेगावाट र ४० प्रतिशत थप्ने हो भने १२० मेगावाट बनाउँछु भनेको थियो । अहिले १ सय ३२ मिलियन डलरमा सम्भौता भएको छ । यो अचाक्ली महँगो भएन र ? 

 
–मैले स्पष्ट निर्देशन नै राष्ट्रहित विपरित जानुहुँदैन भनेको थिएँ । यो कार्यक्षेत्र ऊर्जा मन्त्रालयको होइन, प्राधिकरणकै हो । 
 
  • प्राधिकरणको दुईवटा आयोगले हुन्न भनिसकेकोमा तपाईले बाटो बनाइदिएकाले अहिले ठाउँ मिलेको हो भन्ने आरोप लागेका छ ?

 
– मन्त्रिपरिषद्ले गरेको निर्णयमा टेकेर कसैले गडबडी ग¥यो भने म कसरि दोषी हुन सक्छु । म  छिटो भन्दा छिटो विजुली उत्पादन होस् भन्ने पक्षको मान्छे किनकी नेपालमा हामीले वैदेशिक व्यापार घाटा कम गर्न सक्ने एउटै माध्यम भनेकै जलस्रोत हो । इण्डिया सँगकै जुन व्यापार घाटा छ त्यसलाई सम्बोधन गर्न हामीले ८३ हजार मेगावाट नै जलविद्युत उत्पादन ग¥यौ भने पनि खेर जाँदैन भन्ने मान्यता राख्ने मानिस हुँ म । 
 
  • तर सुख्खा याममा ३० मेगावाट थपिन्न नी डाक्टरसाप ?

 
– वर्षायाम नै सहि । हामीलाई अहिलेपनि बिजुली पुगिरहेको छैन नी । अहिले कहाँ बिजुली खेर गइरहेको छ र । खाली त्यसमा ठेक्का पट्टा गर्दा गडबडी हुनुहुँदैन । जसले गल्ती गरेको छ त्यसलाई रोक्ने पक्षमा म छु । जहिले पनि रहन्छु । बिजुली थप्नैहुन्न भन्ने पक्षमा म छैन, रहन्न । 
 
  • उत्पादन बढि गर्नुपरेको छ । एकवर्षभित्र ३० मेगावाट विजुली उत्पादन त हुँदैन नी । 

 
– नयाँ ३० मेगावाटको विजुली बनाउन थलेपनि ४÷५ वर्ष त लाग्छ । थ्रि–ए डेढ वर्ष ढिलै भएरपछि ३० मेगावाट बढि आयो भने फाइदै भयो भन्ने मेरो तर्क हो । 
 
  • गेजुवाले ६० मेगावाट  प्रोजेक्ट अबको नौ महिनामा सक्नुपथ्र्यो । तँपाइले बनाएको आयोगकै प्रतिवेदनमा १७ महिना सकिदा जम्मा २० प्रतिशत काम भएको लेखेको छ । जबकि ३५ महिनामा आयोजना नै हस्तान्तरण गर्नुपर्ने थियो । उसले हर्जाना तिर्नुपर्ने वेला पुरस्कृत गरियो भन्ने छ ?

 
– त्यो हुन सक्छ । अन्यत्र पनि हाम्रो हाल त्यहिँ छ । मस्र्याङ्दीमा त्यहिँ भयो चमेलियाको त्यहिँ गति भइरहेको छ ।
 
  • ६० मेगावाट पनि अर्को तीन वर्ष धकेलिने भयो । त्यसले चाहिने बेला बिजुली पनि नहुने र दुई÷तीन वर्षको महशुल पनि घाटा हुने भयो नी ?

 
– यसमा एउटा तर्क के थियो भने १५ अर्ब (अर्वौ) घाटा हुने भयो । त्यो प्रक्षेपण सही होइन । त्यसले पहिल्यै यति उत्पादन गथ्र्यो । रेभिन्यु जेनेरेट गथ्र्यो  । नजन्मेको छोराले यति कमाइ गथ्र्यो भने जस्तै हो । बाबुलाई यति कमाएर दिन्थ्यो भन्ने हाइपोथेटिकल हिसाव हो । 
 
  • त्यो भए केहि पनि गडबडी भएको छैन ?

 
– मलाई आशङ्का कहाँनेर छ भने यो कम्पनीले पहिला ८९ मिलियनमा ‘लो विडिङ्’मा लियो । उसले अवको बढि रकममा आँखा लाएको हुन सक्छ । गेजुवालाई ६० मेगावाटको ‘लो विडिङ्’मा नाफा छैन । 
 
थपिएका प्रोजेक्टबाट कभर गर्ने हिसावले बढि लिन खोजेको हुन सक्छ । मैले ‘कमन सेन्स’ले भनेको । वित्तिय विष्लेशणले हैन । गडबडी भएको छ भने त्यहाँ भएको होला भन्ने सोचौं अन्यथा छोटो अवधिमा विजुली उत्पादन हुन्छ भने बर्बाद भयो । त्यसलाई गर्नै हुँदैनथ्यो भन्ने पक्षमा म छैन ।
 
  • थपिएको ३० मेगावाट पनि सुख्खायाममा आउँदैन । बन्न नै कम्तीमा तीन वर्ष लाग्छ । तीन वर्ष विचमा प्राधिकरणका ४÷५ वटा परियोजना आइसक्छ । त्यतिबेला बिजुली बचत हुन्छ । २०७० मा आउनुपर्नेमा २०७३ मा आएर तीन वर्ष अभाव बढाउन मात्र योगदान हुने भयो, हैन ? 

 
– त्यो लजिक पनि मलाई त्यति उपयुक्त लाग्दैन । यसमा म त्यति कन्भिन्स छैन । यो आयोजना आउञ्जेल एकथरि साथिहरुले जुन ३० मेगावाट खेर जाने बिजुली भन्छन् मलाई चित्त बुझ्दैन । कसरि खेर जान्छ भननुस् त (हाँस्दै) भोलि गएर हाम्रो आफ्नै १०-१५ हजार माग हुन्छ ।  भोली फेरि बढि नै भएछ भने खेर जाने चिज त हैन । निकासी गर्न सकिहालिन्छ ।
अथवा त्यतिञ्जेल हाम्रो डिमान्ड नै बढ्छ । उत्पादन बढि हुन्छ भन्ने ठूलो कुरा भएन । 
 
‘नेगोसियट’ गर्दा त्यसमा ध्यान दिनुस् भनेर मैले भनेको हो । अहिले के भयो मलाई थाहा छैन । त्यसैले मलाई यसमा तान्नुको म अर्थ र औचित्य देख्दिन ।
खाली के हो भने लो बिडिङ् गर्ने र पछि बढाउने जुन एउटा प्रवृत्ति छ । चेक गर्नुपर्ने त्यहाँ हो । लो बिड गर्ने र बिचमा मिलेर खाने प्रवृत्ति यसमा मात्र हैन आम रुपमै छ । 
 
  • तपाइँको जुन डर थियो त्यहिँ भयो । गेजुवाले २५ प्रतिशत थपे ९० बनाउँछु भन्थ्यो । अहिले ५० प्रतिशत बढिमा सही हुन लाग्यो ?

 
– त्यसमा छानविन गर्नुस् । यो ठेक्कापट्टाको जुन पद्दती छ यो बेठिक छ बदल्न लगाउनुपर्छ । क्वालिटी पनि भएन । सानो सानो गाउँका योजनामा पनि त्यस्तै हुन्छ अचेल । एक्चुएल कष्ट ३०–४० प्रतिशत कममा ठेक्का लिने अनि पछि गडबडी गर्ने । 
 
  • ऊर्जा मन्त्रालयको कमिटी प्राधिकरणको अनुरोधमा बनेको कि तपाईँहरुले आफै गरेको ? त्यो कमिटि कसरि बन्यो भन्ने नै रहस्यमय छ । किनकी प्राधिकरणको प्रोजेक्ट हो उसले माग गरेकै थिएन ? 

 
– त्यो मलाई थाहाँ भएन । जे होस् टेक्निकल मानिसहरुसँग मैले पटक पटक बुझ्दाखेरि । इञ्जिनियरहरुलाई आत्मासाक्षि राखेर भन्नुस् भन्दाखेरि । तपाईँ इञ्जिनियर हो म पनि इञ्जिनियर हुँ राष्ट्रहितमा छ कि छैन ? छैन भने छैन भन्नुस् । अनि गर्दिन । गर्नुहुँदैन भने ।  सबैले मलाई भने, ‘छ हजुर’ । ल त्यसो हो भने अघि बढ्नुस् भनेको हुँ । 
 
  • कसरि सबैले हुन्छ भने र प्राधिकरणकै पूर्व एमडी र ऊर्जाका सहसचिव अर्जुन कार्कीले प्रधानमन्त्रीज्यू यो नगर्नुस् । गर्नुभयो भने यहाँको जीवनपर्यन्त बज्रिरहन्छ भन्नुभयो रे । आँधा घन्टा व्रिफिङ गर्नु भयो रे ? 

 
– कर्मचारीको पनि आ–आफ्नो लवी छन् क्या । त्यहिँ अनुसार सुझाव आउँछ । एउटा गर्नैपर्छ भन्ने एउटा हुँदैहुँदैन भन्ने । मैले अलि न्युट्रल टाइपकाहरुसँग बुझे । तिनीहरुका कुरालाई आधार बनाएको हो ।
 
  • कर्मचारी मात्र हैन गेजुवाले तीन वर्षदेखि प्रकाशशरण महत, गोकर्ण विष्ट माओवादीकै पोष्टबहादुर बोगटी सबै मन्त्रीलाई मनाउन कोशिस ग¥यो, सबैले हुन्न भने । तँपाईलाई कसरि गज्जव लाग्यो ? 

– हाम्रो बोगटी जी सोझो मान्छे, ‘हुन्न’ भन्नेले तर्क दिए हुन्न भन्नेमा लाग्न हुन्छ । ‘हुन्छ’ भन्नेले तर्क दिए हुन्छ भन्नेमा लाग्नु हुन्छ ।  
मैले पछि सोधेको थिए । 'फ्र्याङकली' भन्नुभयो, ‘हुने रहेछ भने ल्याउनुस् न । साथीहरुको फरक मत थियो त्यसैले मैले उतिबेला ल्याइन ।’ पछिल्लोचोटी उहाँले पनि गर्नुहुन्छ भनिसक्नु भएको थियो । 
 
  • बोगटीले मन्त्री हुँदा त नमान्नुभएकै हो नी ?

 
- कमिशन खानु थियो । बोगटीजी नै ऊर्जा मन्त्री रहँदा मलाई गराउनै थियो भने त जवरजस्ती गराउँथे नी । मलाई त बरु यस्तो लाग्छ की मेरो जिन्दगीको पूँजी भन्नु नै इमेज हो । त्यसमा म सतर्क छु । त्यो इमेज गयो भने के रह्यो । मलाई आजकाल बरु दुख लाग्छ । सबै उत्तिकै चोर हुन् भन्ने दृष्टिले हेरिन्छ । 
 
कहाँ खाए त मैले । म सँग केहि छ भने लैजानुस् । म सँग भएको मैले घोषणा नै गरेको छु । सभासद्, अर्थमन्त्री, प्रधानमन्त्री हुँदा विदेश भ्रमण गए । बचेखुचेको बैंकमै राखेको छु । खाता नै देखाएको छु । त्यत्ति हो । त्यो भन्दा बढी कहिँ छ भने छानविन गर्नुस् लैजानुस् भनेकै छु । म यस विषयमा अलि ‘कन्सस’ भएकाले खुला रुपमा नै भनिरहेको छु ।
 
त्रिशुली थ्रि–ए कुनै किसिमको गडबडी भएको छ भने छानविन गरेर एक्स्पोज गर्नूस् । मेरो कुनै किसिमको संलग्नता हुनै सक्दैन । म कसैसँग काम गराएवापत एक पैसा कमिशन लिनुहुन्न भन्ने पक्षको मानिस हुँ। कतिपय मानिसहरु अरुलाई बोकेर आउथे यो काम गर्दिनुपर्यो भनेर । मलाई पहिल्यै शंका लागि हाल्थ्यो । कतै यो मानिस पनि भागवण्डामा त छैन । नत्र  किन मानिस बोकेर आएको छ भनेर । तँपाईँहरु एउटा कुरा बुझ्नसु यी ठेकेदार वा विभिन्न किसिमका मानिस म कहाँ आउँदैनन् पार्टीभित्रका विभिन्न शक्ति केन्द्र धाउँछन् । 
 
म प्रधानमन्त्री हुँदा म कहाँ नआइ अरु–अरुतिर चाहारे । म कहाँ आउन अप्ठेरो मान्छन् ।      
 
  • अर्को आरोप के छ भने त्यो ठेक्का दिनकै लागि बोगटीलाई पर्यटनमा सारेर तपाईले आफै ऊर्जा मन्त्रालय राख्नुभयो ?

 
– त्यसको केहि जवाफ छैन । त्यसै गर्न यस्तोमा लाग्नुपर्ने भयो भने त्यो बडा दुर्भाग्यपूर्ण सोचाई हो । 
 
  • तपाईँहरुले बनाएको मन्त्रालयको कमिटि संयोजक इञ्जिनियरलाई पनि नबनाएर जियोलोजिष्टलाई बनाउनुभयो, किन ?

 
– त्यहिँ होला । मैले त मेरो टेक्निकल एक्स्पर्टहरुसँगको छलफल र मेरो ‘कमन सेन्स’ले पनि ३० मेगावाट थपिँदा ठिकै छ भनेको हो । थपिँदा ठिकै छ । के नोक्सान हुन्छ त भन्ने मेरो धारणा हो । देशलाई हित नै हुन्छ । अलिकति ढिला त होला तर कभर गरिहाल्छ भनेर मैले निर्णय गरिदिएको हो । मलाई यसमा जिब्रो चपाएर कुरा गर्नु छैन । ‘ठेक्कापट्टाको रकम चाँहि हेर्नुस् है,’ मैले सिँधै भनेकै हो ।
मुख्य सचिवलाई पनि सोध्न सक्नुहुन्छ । ‘हजुर हुन्न कि’ मुख्य सचिवको चाँहि भनेका थिए त्यतिबेला । 
 
  • मुख्य सचिव यो निर्णय गर्ने मन्त्रिपरिषद् बैठकमै नआआउनुभएको हैन र ? 

 
– त्यस्तो हैन । मानिसले अर्थको अनर्थ लाइदिन्छन् । म प्रचण्ड चीन जाँदा एयरपोर्ट गइन भनेजस्तै हो । रामेछापमा थिएँ, कसरि जानु । 
माधव घिमिरे मुख्य सचिव हुँदा एकदिन लीलामणि पौडेल मन्त्रिपरिषद्मा आउनुभयो । त्यसको पनि अनेक अर्थ लगाएका थिए । त्यस्तै हो । 
 
  • प्राधिकरणको अध्यक्ष हैसियतमा पनि त पौडेलले ६० बाट ९० मेगावाटको निर्णय लिनुभएन नी ? चार महिना त्यसै राखिदिनुभयो । 

 
– लिलामणिलाई प्राधिकरणको अध्यक्ष त मैले बनाएको हुँ नी । वहस र विवाद हो तर समर्थन नरहेको भन्ने होइन । म चाँहि जसरी भए पनि बिजुली उत्पादन बढाउँ भन्ने सोचमा छु ।