Sunday, July 1, 2012

फोरम गणतान्त्रिकका कार्यवहाक अध्यक्ष यादव पदमुक्त फोरममा चिरा पर्ने क्रम रोकिएन - onlinekhabar


१७ असार, काठमाण्डौ । सत्तारुढ मधेशी जनअधिकार फोरम गणतान्त्रिकले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका राजकिशोर यादवलाई पदमुक्त गरेको छ ।  पार्टीको नीति विपरित विपरित हिडेको र कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएपछि एकपटक पनि केन्द्रीय समितिको वैठक नवोलाएको भन्दै वहमत सदस्यहरुको सहमतिमा  कार्यवहाक अध्यक्ष राजकिशोर यादवलाई  पदवाट हटाइएको नेता राजलाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदको जिम्मेवारी सहअध्यक्ष नन्दन कुमार दत्तलाई दिइएको छ । कारबाहीमा परेका यादब पार्टीका तर्फवाट वर्तमान सरकारमा सञ्चारमन्त्री समेत छन् ।
सहअध्ययक्ष नन्दनकुमार दत्तसहितका वहुमत १२ केन्द्रीय सदस्यहरुले कार्यवहाक अध्यक्ष यादवलाई अध्यक्ष पदवाट हटाइएको जानकारी निर्वाचन आयोगमा गराएका छन् । सहअध्यक्ष दत्तले केन्द्रीय समितिको वहुमत सदस्यको निर्णयवाट कार्यवहाक अध्यक्ष यादबलाई पार्टीको अध्यक्षवाट हटाएको जानकारी आयोगलाई गराइसकेको जानकारी दिनुभयो । दत्तले २२ सदस्यीय केन्द्रीय समितिमा आफूसंग १२ केन्द्रीय सदस्य रहेको दाबी गरेका छन् । 
फोरमा चिरा पर्ने क्रम रोकिएन
नाम नै फोरम, त्यसैले होला चिरा पर्ने र फोरिने क्रम रोकिएको छैन । संविधानसभा चुनावको बेला एउटै रहेको मधेसी जनअधिकार फोरम अहिलेसम्म आईपुग्दा चार टुक्रा भैसकेको छ । अब यही फोरमभित्रको एउटा हाँगा फेरि चिरिने क्रममा पुगेको छ । सत्ता र शक्तिको तानातान र झिनाझम्टीमा टुक्रिने पालो फोरम गणतान्त्रिकमा आउन लागेको हो । कार्यवाहक भएपछि यादवले एउटा बैठक पनि नडाकेको, मनपरी ढंगले पार्टी चलाएको र गैरजिम्मेवार भएको असन्तुष्ट समूहको भनाई छ ।
असन्तुष्ट समूहको यो कदमसँगै फोरम गणतान्त्रिक केही दिनमै चिरा पर्ने निश्चित छ । यसले औपचारिकता पाउन मात्र बाँकी छ । केही दिन पहिले मात्र विजयकुमार गच्छदार नेतृत्व रहेको फोरम लोकतान्त्रिकबाट छुट्टएिर शरतसिंह भण्डारीले नयाँ पार्टी गठन गरिसकेका छन् । विजयकुमार गच्छदारको समूह छुट्टएिर हिंडेपछि उपेन्द्र यादव अझै सग्लो छ । तर गच्छदारको हाँगोबाट चाहिं अरु हाँगा पलाईरहेका छन् ।
गच्छदारबाट पहिले जेपी गुप्ता छुट्टएि । फेरि गच्छदारबाट हालै शरतसिंह भण्डारी छुट्टएि । अब जेपी गुप्ताको गणतान्त्रिक पनि टुक्रिन लागेपछि फोरमको हाँगो पाँचवटा प्रष्ट देखिने भएको छ ।