Saturday, April 30, 2011

पठाउनुस् प्रमाण - Mysansar


• पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।
• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्‍याउन सक्नुहुन्छ।
• नेपालका सरकारी, निजी, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई यसको प्रचार गरी विश्वास दिलाउनु पर्‍यो कि केही गलत भइरहेका छन् भने त्यसको प्रमाण यहाँ गोप्य रुपमा पठाउन सकिन्छ। विदेशका कुटनीतिक नियोग र नेपालीहरुको संस्थामा भइरहेका गलत कामको प्रमाण पनि यसरी पठाउन सकिन्छ। यसका लागि तपाईँहरुले प्रचारको भूमिका खेल्नुपर्‍यो।
तपाईँसित भएका जानकारी र प्रमाण पठाउन क्लिक गर्नुस् नेपालीलिक्स डट कम।

कसरी पठाउने ?

प्रमाण पठाउन यो पेजमा क्लिक गर्नुस्। अनि तलको फोटोमा देखाइएको निर्देशन पालना गर्नुस्।


केही उदाहरणः यो अभियान सुरु हुनुअघिका केही सामाग्री
कतिसम्म गर्न सक्छ चौधरी ग्रुपले ?
Exclusive: लौ हेर्नुस् प्रमाण अर्थराज्यमन्त्रीको कर्तुतको

Friday, April 29, 2011

बेलायती राजकुमारको बिहे (फोटो फिचर र लाइभ भिडियोसहित) - nagariknews


3Shareलन्डन, वैशाख १६ (एजेन्सी)- बेलायती राजकुमार विलियम्स र केट मिडलटनबीच आज भइरहेको विवाह समारोह विश्वका एक तिहाइ मानिसले हेर्ने अनुमान बेलायती सञ्चार माध्यमहरूले गरेका छन्। दुई अर्बभन्दा बढीले बिहेको प्रत्यक्ष प्रसारण हेर्ने सञ्चार माध्यमहरूले उल्लेख गरेका छ
बेलायतको राजगद्दीका उत्तराधिकारी विलियम्सले सहपाठी तथा प्रेमिका मिडलटनसँग बिहे गरेका हुन्। उनको बिहेसम्बन्धी समाचारलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकतासाथ प्रसारण गरेका छन्।
दुवैबीच सन् २००० मा स्कटल्यान्डस्थित सेन्ट एन्ड्रयु विश्वविद्यालयमा भेट भएको थियो।










वैवाहिक समारोह वेस्ट मिनिस्टर एबी गिर्जाघरमा भयो जहाँ १ हजार ९ सयलाई आमन्त्रण गरिएको छ। निमन्त्रणा गरिएकामा अधिकांश राजपरिवारका सदस्य, विलियम्स तथा मिडलटनका साथी, विभिन्न देशका राजदूत तथा सेलिब्रेटी छन्। त्यस्तै गभर्नर जनरललाई पनि निम्ता गरिएको छ। उनी राजतन्त्रका प्रतिनिधिका रूपमा गर्छन्। महारानीको कार्यालयले विश्वका ४४ वटा राजपरिवारका सदस्यलाई पनि बिहेमा निम्ता गरेको छ।
निम्ताका विषयमा विवादमा परेका बेलायतमा पूर्वप्रधानमन्त्रीहरू टोनी ब्लेयर र गोर्डन ब्राउनलाई भने बिहेमा बोलाइएको छैन। विपक्षी लेबर पार्टीका नेताहरूले यसमा असन्तुष्टि व्यक्त गरेका छन्।
बेलायतका लागि सिरियाली राजदूत डा. सामी खियामीको निम्ता पनि रद्द गरिएको छ। सिरियाको प्रजातान्त्रिक आन्दोलनमा सरकारले दमन गर्दा ४ सय ५० प्रदर्शनकारी मारिएको भन्दै उनको उपस्थिति अस्वीकार्य रहेको बताइएपछि राजदरबारले निम्ता रद्द गरेको हो।
बहराइनका युवराज हमाद अल खलिफा र स्वाजिल्यान्डका राजा एमस्वाती तेस्रोलाई गरिएको निम्ता पनि विवादमा परेको छ। प्रजातान्त्रिक आन्दोलनलाई दमन गरेको भन्दै बहराइनका राजकुमार बिहेमा संलग्न रहे मानवअधिकारवादी समूहले त्यसविरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएपछि उनले वैवाहिक समारोहमा संलग्न हुने योजना स्थगन गरेका छन्।
स्थानीय समयअनुसार बिहान सवा दस बजे राजकुमार ह्यारी र राजकुमार विलियम्स वेस्टमिनिस्टर एबी पुगे। यही स्थानमा उनीहरूका आमाबुबा राजकुमार चार्ल्स र राजकुमारी डायना विवाहबन्धनमा बाँधिएका थिए।
राजकुमार विलियम्स तथा मिडलटनले कुरा छिनिएयता मानिसहरूले देखाएको स्नेहले धेरै उत्प्रेरित भएको बताएका छन्। बिहेसम्बन्धी जानकारी दिने औपचारिक वेबसाइटमा उनीहरूको सन्देश राखिएको छ।
वैवाहिक कार्यक्रम हेर्न राजधानी लन्डनको सडकमा ६ लाखभन्दा बढी मानिस सडकमा भेला भएको अनुमान गरिएको छ। धेरै मानिसहरू बिहीबार रातिदेखि नै विवाहस्थल र दरबारअगाडि बस्न थालिसकेका छन्। सरकारले बिदाको घोषणा गरेको छ। समारोहमा ४८ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। मनी सुपर मार्केट डट कमले गरेको गणनाअनुसार प्रत्येक बेलायतीको भागमा बिहेको २९ डलर खर्च पर्ने छ। (तस्बिरः एएफपी/रोयटर्स)

विवाहको प्रत्यक्ष प्रसारण इन्टरनेटमा पनि भइरहेको छ।

प्रचण्डको प्रस्ताव पारित गर्दै माओवादी बैठक सम्पन्न पार्टी निर्णयप्रति उपाध्यक्ष वैद्यको नोटअफ डिसेन्ट - onlinekhabar

१६ वैशाख, काठमाडौँ । तत्कालका लागि जनविद्रोहको कार्यनीति स्थगन गरी शान्ति र संविधानलाई जोड दिएर अघि बढ्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै एकसाता देखि राजधानीमा जारी एकीकृत माओवादी केन्द्रीय समितिक बैठक आज सकिएको छ ।
अध्यक्षको प्रस्ताव बहुमतले पारित भएको बैठकपछि प्रवक्ता दिनानाथ शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
पार्टीको निर्णयप्रति असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्यले भने नोटआफ डिसेन्ट लेख्नु भएको छ ।
पालुङटार विस्तारित बैठकले जनविद्रोहमा जाने निर्णय गरेपनि पछिल्लो समय अध्यक्ष प्रचण्डले तत्काल जनविद्रोह सम्भव नभएको भन्दै कार्यनीति परिवर्तन गरी शान्ति र संविधानमा ध्यान केन्द्रीत गर्नुपर्ने प्रस्ताव ल्याएपछि माओवादीमा विवाद थियो ।
प्रचण्डले यसअघि स्थायी समितिमा उक्त प्रस्ताव ल्याएपछि वैद्य समूहले कार्यदिशा परिवर्तनका लागि केन्द्रीय समितिले निर्णय गर्नुपर्ने अडान लिएपछि शुक्रबार देखि बैठक बसेको हो ।
उपाध्यक्ष वैद्यले केन्द्रीय समितिमा अध्यक्षको प्रस्ताव विरुद्ध छुट्टै फरकमत पेस गर्नुभएको थियो ।
दुवै प्रस्तावका पक्ष विपक्षमा केन्द्रीय सदस्यहरुले बिहीबार आ-आफ्ना धारणा राखेका थिए ।
केन्द्रीय सदस्यको बोल्ने पालो सकिएपछि अध्यक्ष प्रचण्डले हिजै र उपाध्यक्ष वैद्यले आज बिहान सदस्यहरुले उठाएका जिज्ञाशाको जवाफ दिनुभएको थियो ।
बैठकमा बोल्ने मध्ये अधिकांश सदस्य अध्यक्ष प्रचण्डको प्रस्तावका पक्षमा उभिएका थिए ।
अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रचण्डको प्रस्तावको समर्थन गर्नुभएको छ ।
आज बिहान सदस्यहरुले उठाएका जिज्ञाशाको जवाफ दिने क्रममा उपाध्यक्ष वैद्य अध्यक्ष प्रचण्ड विरुद्ध खरो रुपमा उत्रनु भएको एक नेताले बताए ।
स्रोतका अनुसार वैद्यले बैठकमा प्रचण्डले ल्याएको प्रस्ताव सुधारवादी दिशारितको यात्रा भएको आरेप लगाउँदै त्यसले पार्टीलाई एमालेकरण गर्ने दावी गर्नुभएको थियो ।
आफूले प्रचण्डकै नेतृत्वमा नेपालमा नयाँ जनवादी क्रान्ति भएको हेर्न चाहेपनि अव त्यसको सम्भावना किनै कम हुँदै गएको भन्दै वैद्यले घुमाउरो भाषामा पार्टी नेतृत्वको दावी गर्नु भएको बुझिएको छ ।
बैठकपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै वैद्य पक्षीय स्थायी समिति सदस्य देव गुरुङले निर्णयमा नोटआफ डिसेन्ट जनाएपनि पार्टीको काम कारवाहीमा भने आफूहरु सहभागी हुने बताउनु भयो ।
मुल निर्णयमा असहमति भएपनि शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणमा भने वैद्यको सहमति रहेको गुरुङको भनाई थियो ।
बैठकले वैद्यको फरकमतलाई पार्टीका तल्ला कमिटिसम्म छलफलका लागि लैजाने निर्णय गरेको केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले अनलाइनखवरलाई जानकारी दिनुभयो ।
यस्तै पार्टीका तर्फबाट सरकारमा सहभागी हुने थपमन्त्रीको नाम तोक्ने जिम्मा भने पदाधिकारी लाइ दिइएको छ ।

Thursday, April 28, 2011

ट्विटरले गराएको टेन्सन - mysansar

[ नेपाली वेब जगत यतिखेर एउटा कान्डले हल्लिएको छ- ट्विटर कान्ड। ट्विटलाई पत्रिकाले छापेपछि जागिर गुम्ने स्थिति आयो। अनि ट्विट गर्ने र मूलधारका मिडिया (कान्तिपुर) मा छाप्नेबीच मौखिक युद्ध चल्यो। मेरो व्यक्तिगत विचारमा सोसल मिडिया भनेको मास मिडिया जस्तै जिम्मेवार हुनुपर्छ। मास मिडियाले पनि सामाजिक उत्तरदायित्व महसूस गर्नुपर्छ। दुवै पक्ष अनावश्यक रुपमा उत्तेजित भएर आरोप-प्रत्यारोपमा उत्रिएका छन्, जसलाई सही ठहर्‍याउन सकिन्न। दुवै पक्षले सिक्नुपर्ने विषय समेटेर एउटा ब्लग लेख्‍न गरिएको आग्रहलाई स्वीकार्दै यो ब्लग @AnandNepal @webg0ru, @nepaldiary, @friendycalls, @hellomuku ले सामूहिक रुपमा तयार गर्नुभएको हो। कृपया यसमा ट्विटरमा जस्तो आरोप-प्रत्यारोप नगरी स्वच्छ रुपमा बहस गर्न हुन अनुरोध छ - उमेश]
ट्वीटरका हाकिम ;))प्रयोजन,  औचित्य र छनौटको आधार प्रष्ट नपारी केही हप्ताअघिदेखि कान्तिपुरले शुक्रबारको  अंक ‘हेलो शुक्रबार’ मा नेपाली ट्विटर प्रयोगकर्ताको ट्विट् छापिरहेको छ । तर, एक हप्ता अगाडि छापिएका केही ट्विट्हरुलाई लिएर इन्टरनेट र ट्विटरमा एक किसिमको तरङ उत्पन्न भएको छ । कतिपय निजी प्रसंग र विषयमा लेखिएका ट्विट्लाई छापेर कान्तिपुरले व्यक्तिको स्वतन्त्रताको हनन् गरेको आवाज तीब्र रुपमा उठेको छ । पत्रकारिताको सामान्य सिद्धान्त(नर्मस), गोपनियताको हक र इथिक्सलाई कान्तिपुरले बेवास्ता गरेको आरोप पनि लागेको छ ।
क्यानेडियन गायक ब्रायन एडम्सको कन्सर्ट काठमाडौँमा हुँदा सो सम्बन्धी छापेर शुरु भएको “साताका ट्विटस” स्तम्भ सबैले मन पराएका थिए । तर जब ट्वीट छान्ने काममा हेलचक्र्याईँ हुन थाल्यो र सामान्य मानिसले गरेका असान्दर्भिक ट्वीट छापिन थाले, तब केही ट्विटर प्रयोगकर्ताले विरोध गर्न शुरु गरेका हुन् ।

पत्रिकामा सामान्य मानिसले गरेका ब्यक्तिगत कुराहरुको ट्विट जस्ताको तस्तै छाप्नु भनेको पत्रिकाको खाली ठाउँ भर्ने बाहेक अरु केहीफाइदा नहुने भन्ने कुरा उठ्दा सो पत्रिकाका केही पत्रकारहरुले आफ्नो बचाउमा अन्तर्राष्ट्रिय अखबारहरुको उदाहरण दिएका थिए ।
पत्रकारहरुका अनुसार अन्तर्राष्ट्रिय अखबारहरुमा पनि त्यस्तो कुरा छापिने गरेको हुनाले नेपाली पत्रिकाले पनि छाप्न पाउनु पर्छ। तर, कुनै पनि अन्तर्राष्ट्रिय अखबारहरुमा सामान्य व्यक्तिले आफ्ना साथीहरु बीच गरेको गफ र ठट्टालाई पत्रिकाको सामाग्री बनाउने नगरेको तथ्य चाहिँ वहाँहरुले बुझ्न चाहनु भएन ।
चैत ८, २०६७ को कान्तिपुरमा  ”यसैगरी आफ्नो भनाइ बाँड्न मन भए भए हामीलाई ट्विटरमा उल्लेख (मेन्सन) गर्दै ट्विटिए हुन्छ” भनेर छापिएको देखे पछि ट्विटर प्रयोगकर्ताहरुले ढुक्क भएर आफ्नो मनमा लागेको कुरा गर्न शुरु गरेका थिए । तर आफैंले भनेको कुराको विपरीत बैशाख २ को कान्तिपुरमा त्यसरी उल्लेख नगरेका ट्विटहरु फेरि छापिएपछि ट्विटर प्रयोगकर्ताहरुले कान्तिपुरको यो ब्यबहार “अरुको व्यक्तिगत कुरामा बढी चासो राख्ने खालको” भएको ठहर गरेर एउटा चिठी लेख्ने निर्णय गरे । सो चिठीमा मूलत: कान्तिपुरमा छापिएको ट्विट र कान्तिपुरका पत्रकारहरुले गरेको गैरजिम्मेवारपूर्ण ब्यबहारलाई समेटिएको थियो | (यो चिठी – www.tweetdebate.net मा पढ्न सकिन्छ)
सो कदमले समस्याको समाधान हुनेमा ढुक्क भएका ट्विटर प्रयोगकर्ताहरु बैशाख ९ को कान्तिपुरमा प्रकाशित एक लेखबाट झन् बढी आक्रोशित हुन पुगेका छन् । सो लेखमा एक जना, जसले ट्विटर प्रयोगकर्ताहरुको तर्फबाट कान्तिपुरलाइ चिठी पठाउन सहयोग गरेका थिए, उनको व्यक्तिगत विवरणहरु संकलन गरेर, अफिसमा फोन गर्ने र हाकिमसँग कुरा गरी ती कर्मचारीलाई कारबाही गर्न उत्प्रेरित गर्ने जस्तो नीच कार्य गरेको (र सो कुरा पत्रिकामा प्रकाशित गरेको) पाइयो । अत्यन्तै गैर जिम्मेवारपूर्वक  तँ तँ र म म गरेर लेखिएको सो लेख नेपाली पत्रकारिताको कलंकको रुपमा रहने हामी देख्छौँ।
“पत्रिकामा कसैको ट्विट् छापिनु र ट्विट्को कारणले कसैको जागिर जानु सामान्य कुरा भएको” बताउने कान्तिपुरका पत्रकारहरुले नियतबस ट्विटर प्रयोगकर्ता नाम उल्लेख गर्ने र सोही ठाउँमा अर्काको प्रयोगकर्ताको नाम मेट्नु पर्ने कारण बताउन चाहेका छैनन् । त्यस्तै गरी कुनै व्यक्तिले सार्वजनिक स्थानमा गरेको कुरा उसको अफिसमा लगाएर (अनि, पत्रिकामा छापेर) कुरौटे प्रवृत्ति देखाउनुको कारण पनि बताउन चाहेनन् । पत्रिकामा छापिएका ट्विट्ले कति देश र यस पत्रिकाका पाठकलाई के कति फाइदा वा बेफाइदा भो भन्ने मूल्यांकन नगरी सो कार्यप्रति देखिएका असहमतिका आवाजलाई दबाउन जुन हत्कण्डा गरियो र भइरहेछ सोको विरोध नगर्ने हो भने स्थिति झन भयावह हुने संभावना छ ।
प्रजातन्त्रको सबभन्दा सुन्दर पक्ष वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हो । जनमतको कदर, आफ्नो विपक्षमा आएका कुराहरुको सालिनतापूर्वक प्रतिरक्षा, अरुको बिचारको कदर र लेखनमा संयमता प्रजातन्त्रका सुन्दर पक्ष हुन । तर, पाठकले कुनै पत्रिकामा लेखिएको कुरा मन पराएनन् वा चित्त बुझाएनन् भने, पाठकभन्दा पत्रकार बढी जान्ने छौँ भनेर घमण्ड गर्नु कतिको जायज हुन्छ ? अहिले विश्वमा नै ‘टप डाउन’ हैन ‘बटम अप’ अर्थात् पाठककेन्द्रित पत्रकारिताको प्रयोग बढिरहेको अवस्थामा पाठकको सामूहिक ज्ञान र विज्ञतालाई संसारले स्वीकार्न बाध्य भइरहेको छ। त्यसैले सीएनएनदेखि बीबीसीसम्मले सिटिजन जर्नलिज्मको प्रयोग गरिरहेका छन्। यदि पत्रकार नै सबै ठाउँमा सँधै सक्षम हुने भएको भए सिटिजन जर्नलिज्मको अवधारणा आउने नै थिएन।  एक हप्ताअगाडि छापिएका ट्विट्लाई लिएर अधिकांस नेपाली ट्विटर प्रयोगकर्ताले आपत्ति जनाएपछि सम्बन्धित पक्षबाट आएका जवाफ योभन्दा पनि अझ डरलाग्दो छ । उदाहरणको लागि केही पत्रकार प्रतिक्रिया हरु (नेपालीमा उल्था गरिएको, यी सबै ट्वीटहरुको स्क्रिनसट tweetdebate.net मा पोस्ट गरिएका छन्):

… -तिमीहरु भुक्दै गर मलाई मतलब छैन (आशिष लुइँटेल) -
… तर तिमीले नपढे पनि मेरो पत्रिका बिक्छ, तिमीले नपढे नपढ (आशिष लुइँटेल)
पाठकले सल्लाह दिन पाउँछन् तर, धाकै सही, पत्रकार ज्ञाता/बिसेषज्ञ हुन | (दिनेश वाग्ले)
… हा हा हा | बन्द नगरिएको ट्वीट र गोपनियता ? सबै मिडियाले ट्वीट छाप्छन | (दिनेश वाग्ले)
… गाली र ताली हाम्रो पेशाको भाग हो ।  हामी हाम्रा १० लाख पाठकका लागि गर्छौ, आधा दर्जन ट्विटर प्रयोगकर्ता को लागि होइन | सरी केटा हो | (आशिस लुइँटेल)
… -आफ्नो क्षेत्रमा असफल हुने हरुले हल्ला गर्छन र जर्नालिजमको कमेन्ट गर्छन .. सरी म सुन्दिन (दिनेश वाग्ले)

( लामो समयदेखिको विवाद भएको कारणले माथि उल्लेखित भनाईको टिपोट राखीएको हो । नमेटाइएको खण्डमा समय लगाएर हेर्ने हो भने सबै इन्टरनेटमा भेटिन्छन् )
पत्रिकाका पाठकहरुले राम्रो र नराम्रो छुट्याउँछन्, आलोचना गर्छन्, र प्रशंसा पनि गर्दछन् लेख रचनालाई लिएर तर यस्तो कुरालाई “भुक्नु” भन्नु आफैमा कति उपयुक्त हुन्छ र “धाक” लागाउने पत्रकारले पाठकको सल्लाहलाई रद्दीको टोकरीमा फाल्ने हो भने के आधारमा विशेषज्ञ  भए त ? पत्रकारिताको बारेमा गरिने कमेन्ट नै नसुन्नेले पत्रकारिता बुझेका छन् भनेर कसरी पत्याउने? पाठक बाबुरा उल्लु हुन् – केही जान्दैनन् भनेर आम पाठकको मान-मर्यादामा आँच पुर्‍याउने खालको धाक दिन मिल्छ पत्रकारले? के ट्विटर चलाउनेहरु कान्तिपुरका पाठक होइनन्?

धम्की र बदला

कान्तिपुरको यस्तो गैर जिम्मेवार ब्यबहारका कारण केही ट्विटर प्रयोगकर्ताले आफ्नो एकाउन्ट नै बन्द गर्नेसम्मको कदम उठाउनु परेको छ।  हेलो शुक्रबारको अफिसियल ट्विटर एकाउन्टबाट एकजना ट्विटर प्रयोगकर्तालाइ ज्यान मार्ने धम्की दिएको आरोप लगाइयो र सो कुरालाई कान्तिपुरमा बिशेष प्राथमिकताका साथ फोटोसहित छापिदिने भनेर धम्की दिइयो । सोही  धम्कीका अनुसार गत शुक्रबार सुनिल रेग्मी (को हुन्, कसैलाई थाहा छैन) को नाममा ‘इन्टरनेटमा संयमता’ शीर्षक भएको लेख पढ्न पाइयो ।

हेलो शुक्रबारमा तँ तँ र म मको शैलिमा लेखिएको लेख। के सम्पादकहरुले यसलाई पढे ?

जिम्मेवार पत्रकारिताको विकास गरौं भन्ने बहस चलिरहेको अवस्थामा आम पाठकलाई “चुनौति” दिने नियतले लेखिएको आधा पेज लामो यो लेखलाई शायद सम्पादकहरुले पढेनन् होला नत्र  अत्यन्त घटिया र तल्लोस्तरको लेख छापिन्थ्यो भन्नेमा शंका छ । सो लेख पढ्दा कान्तिपुरमा बिषयबस्तुको गाम्भिर्यप्रति सचेत भएर लेख लेख्नेहरुको अभाव भएको भान पर्दछ । कुनै पनि पत्रिका, त्यो पनि राष्ट्रिय पत्रिकाले “थुतुनो चलाउनु“, केटो, “गाली गर्‍यो“ जस्तो शब्द को प्रयोग गरेर लेख लेख्दा जनमानसमा कस्तो छाप पर्छ भनेर पनि नजान्ने लेखकको लेख छाप्नु आफैमा बिडम्बना देखिन्छ ।

ट्विटर प्रयोगकर्ताले सिकेको शिक्षा

ट्विटरमा कुनै कुरा लेख्नु र चिया पसलमा बसेर गफ गर्नु झन्डै झन्डै उस्तै भएकोले, आफुले गरेको कुरा चिया पसलमा  जम्मा भएका मानिसहरु बीच मात्र नरहन सक्छ भन्ने कुरा प्रस्ट हुन गएको छ । हुनत, कुनै पनि संस्कार जानेको मानिस कुरौटे हुँदैन र अरुले गरेका गल्ति आफ्नो मनोरञ्जनका सामग्री पनि बनाउँदैन । यस्तो भन्दैमा सबै मानिस राम्रा नहुने हुनाले, अरु कसैमा औँला ठड्याउनु भन्दा आफ्नो सुरक्षा आफै गर्न ट्विटर प्रयोगकर्ताहरुमा आफ्नो ट्विटर खातामा ताल्चा (lock) लगाउने चलन बढेको अनुभव हुन्छ । तर अरु केही ट्विटर प्रयोगकर्ता ट्वीट प्रोटेक्ट गरेर ट्वीट गर्ने पक्षमा छैनन् । उनीहरु अभिब्यक्ति स्वतन्त्रता हुनु पर्छ भन्ने चाहन्छन् र भन्छन् “कसैको सजिलो वा सनकको लागि मनलाई बाँधेर राख्न सकिन्न । हामीले ट्वीट प्रोटेक्ट गर्नु सट्टा उनीहरुले सोधेर लेखे हुन्न? उनीहरुको जागिर सजिलो पार्न हामी हामी तल पर्न हुन्न होला । कि हामीले मान्न परो ट्विटरमा उनीहरुकै कानुन चल्छ।”
धेरै जसो पत्रकारहरुले आचारसंहिता को पालना गर्दछन भन्ने बिश्वास गलत साबित भएको अबस्थामा अरुलाई गाली गर्नु भन्दा पनि आफ्नो तर्फबाट पनि जिम्मेबारपूर्बक ब्यबहार गर्नु पर्ने शिक्षा धेरै ट्विटर प्रयोग कर्ता ले पाएका छन् । तेसैले पछि अफ्ट्यारो पर्ने खालका कुराकानी कम हुन थालेका छन् ।समग्रमा भन्नु पर्दा :
  • सबै जना बिश्वास गर्न लायक हुँदैनन र अरु कसैले गलत काम गर्दैन भनेर नसोच्ने
  • आफ्नो समुह भन्दा बाहिर ट्विटरभित्र भएको कुराकानी बाहिर नजाओस् भन्ने चाहने व्यक्तिले आफ्नो ट्विटर एकाउन्ट बन्द (पास्वोर्ड प्रोटेक्ट) गर्ने।  तर त्यसो गर्दा पनि कुरा बाहिर नजाने कुनै ग्यारेन्टी नहुने हुनाले भबिश्यमा अफ्टेरो पर्ने खालको कुरा गर्दै नगर्ने |
  • नितान्त व्यक्तिगत कुराकानी Direct Message मार्फत मात्र गर्ने |
यसै सन्दर्भमा एकजना ट्विटर प्रयोगकर्ता भन्दछन् – “साँच्चै भन्नु पर्दा, यदि आफ्नो ट्विटर पोस्ट सबैले नपढोस् भन्ने लाग्ने मान्छेले ट्विटर एकाउन्ट खुल्ला राख्नु मुर्खता हो । यसको साथसाथै, त्यसरी बन्द गरिएका ट्विटरमा पोस्ट गरिएका कुरा पनि कसैले छाप्छ भने त्यो पनि मूर्खता हो ।”
यो कुराबाट के प्रष्ट हुन्छ भने, खुला नभए पनि ट्विटर एकाउन्टको कुरा ट्विटर बाहिर फैलने सम्भाबना उत्तिकै रहन्छ । त्यस माथि, इन्टरनेट सम्बन्धी प्रष्ट कानुन नभएको नेपाल जस्तो मुलुकमा कसैले ट्विटर एकाउन्टको कुरा सार्वजनिक गरेको खण्डमा पनि कस्तो खालको सजाय गर्ने वा नगर्ने भन्ने कुरामा नै अन्योल छ । त्यसैले आफ्नो थैली बलियो बनाउने र अरुलाई चोरको दोस नलगाउनुमा नै बुद्दिमानी हुन्छ भन्ने कुरामा दुई मत नहोला ।

नेपालको पत्रकार आचारसंहिता

पत्रकार आचारसंहिता कतिको सान्दर्भिक वा सही छ भन्ने अर्को बहसको पाटो होला तर, अहिले उपलब्ध यस पत्रकार आचारसंहिता, २०६० (परिमार्जित, २०६४) मा उल्लेख भएका केही बूँदाहरु बर्तमान ट्विटर बिबादको सन्धर्बमा के भन्छ भन्ने तल बिश्लेषण गरिएको छ |
पत्रकार र सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने कर्तव्य:
६) गोपनीयताको हकको सम्मानः सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यवसायिक गोपनीयताको सम्मान गर्नुपर्छ ।
साधारण प्रयोगकर्ताले ट्वीटरमा गरेका वार्तालाप (प्रतिष्ठित व्यक्तिहरुको मामला फरक हुन सक्छ) आफुलाई फलो गर्ने मानिसहरुलाइ भनेर उनीहरुले बुझ्ने भाषामा गरिएको हुन्छ । तेस्तो बार्तालाप अरुले नबुझ्ने वा बुझेमा पनि उल्टो बुझ्ने हुन सक्छ तेसैले त्यस्ता कुराहरूलाइ पत्रिक छाप्नु र एउटा चिया पसलमा भएको वार्तालाप छाप्नु उस्तै उस्तै हुन सक्छ । हेल्लो शुक्रबारमा छापिएका ट्वीटहरु सार्वजनिक हितमा प्रतिकूल असर पार्ने खालका थिएनन् र वैयक्तिक एवं व्यवसायिक गोपनीयताको सम्मान नगरेको प्रष्ट देख्न सकिन्छ ।
८) शिष्ट व्यवहार
हेलो शुक्रबारका संयोजक आशिस लुइँटेल र राम्रो पत्रकारका रुपमा नाम कमाएका दिनेश वाग्लेले अशिष्ट रुपमा प्रस्तुत भएका थिए । व्यक्तिगत कुरा नगर्ने हो भने पनि, हेल्लो शुक्रबारमा पछिल्लो शुक्रबार छापिएको लेखले शिष्टताको सामान्य परिधि पनि नाघेको थियो ।
९) गल्ती सच्याउने तत्परताः
गल्ती मानेमा मात्र गल्ती सच्याउने कुरा आउँछ । पत्रकारहरुबाट गल्ती नै हुँदैन भन्ने आशयको जवाफ दिने पत्रकारहरुबाट भूल सुधार त परका कुरा भए ।
अब पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनिएका विषयमा प्रवेश गरौं ।
४) निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने
कान्तिपुरको शुक्रबारे परिशिष्ट हेल्लो शुक्रबारमा अहिले आशिस लुइँटेल नै सर्वेसर्वा हुन् । दिनेश वाग्ले कान्तिपुरको शनिबारको संयोजक हुन् । अर्थात्, शुक्रबारको सप्लिमेन्टको सामग्री व्यवस्थापनदेखि सबै कुरा लुइँटेलकै हातमा भएकोले उनले आफ्नो अभीष्ट पूरा गर्न सुनिल रेग्मी नामका कहिले नाम नसुनिएका व्यक्तिलाई प्रयोग गरे ।
८) हिंसा, आतंक र अपराधलाइ प्रोत्साहन गर्न नहुने
पहिले नै ठूलो बहस भइसकेको बिषयमा आक्रोशित भएर लेख छाप्दा फेरि अर्को रोश उत्पन्न हुन्छ भन्ने थाहा पाउँदा पाउँदै आगोमा घ्यू थप्ने काम भएको छ | प्रष्ट रुपमा “मेरो ट्वीट छाप्न पाइन्न” भनि ट्विट गरेका व्यक्तिको कुरा छानी छानी उत्तेजित गर्ने अभिप्रायले छापियो । जब उनी उत्तेजित भएर कुरा गर्न थाले तब “ज्यान मार्ने धम्की दिएको“ कुरा लेखेर पत्रिकामा छापियो ।
१०) घटनासँग असम्वन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने
एकजना ट्विटर प्रयोगकर्तालाइ उनको कार्यालयको नाम जोडेर पत्रिकामा छापियो । उनले आफ्नो व्यक्तिगत ट्वीटर अकाउन्टबाट ट्वीट गरेका थिए, न किउनले काम गर्ने कार्यालयको । अझ उदेकलाग्दो कुरा त उनको कार्यालयमा समेत फोन गरेर “कम्प्लेन” गरेको व्यहोरा भेटिन्छ सो लेखमा ।
११) तथ्य बंग्याउन नहुने
अघिल्लो साता एक जनाकोको ट्वीट छाप्दा त्यसमा सम्बोधन गरिएका अर्का प्रयोगकर्ताको नाम मेटेर प्रकाशित गर्दा तथ्य बंग्याइएको देखिन्छ | एउटा ट्विटर पोस्ट लाइ अनुमति बिना अंग्रेजी बाट नेपालीमा उल्था गरेर पनि छापियो ।


यसरी यी बुदाहरुलाई सरसर्ती हेर्दा कान्तिपुरको हेल्लो शुक्रबारले पत्रकार आचारसंहिताको उल्लंघन गरेको देखिन आउछ | अझ सूक्ष्म रूपले केलाउँदै जाने हो भने अरु बढी उल्लंघनका प्रमाण देखिन सक्छ ।
मानवीय ब्यबहार आचरण नै हो भन्नु पर्ला आफु प्रतिकुल हुदा आफ्ना साथीभाई आफन्तजन को कुरा काट्ने । त्यसमा पनि न त हाकीमले हम्मेसी मातहतको कर्मचारीको न गुण गाउँछ न मातहतका कर्मचारीले हाकिमको कम्तिमा एक पटक भए नि कुरा काट्न छोड्छ । यो त जीवनको एउटा पाटो नै हो नि । नेपाली प्रयोगकर्ताको लागी ट्विटर दैनिकीको एउटा भाग हो । कुनै जिम्मेबार व्यक्तिले त्यस्तो कुरा सुनेर सो कुरा गर्ने व्यक्तिको व्यक्तिगत विवरण पत्ता लगाएर कम्प्लेन गर्न जानु कत्तिको जायज हुन्छ सबैले सोच्न सक्दछन् | राम्रो कुराहरुको बारेमा एक वाक्य पनि लेख्न नचाहने, अनि कहाँ कसले कसको कुरा काटिरहेको छ भनेर खोज्दै हिँड्न पत्रकारहरुलाई सुहाउँदैन ।
कसैको व्यक्तिगत कुरालाइ पत्रिकाको पानासम्म ल्याउनु भन्दा बरु ट्वीटरबाटै शुरू भएका राम्रा काम हरु जस्तै समाजसेवा गर्ने @tfcnepal, स्वस्थ बादबिबाद गर्ने #tweetdebate, नेपाली समयको जानकारी दिने @ghanta_ghar लोडसेडिङको समयबारे जानकारी दिने @tweetneag1 आदिको बारेमा पढ्न पाए पाठकहरुलाई पनि फाइदा हुने थियो होला ।
र अन्तमा , यस काण्डका मुख्या सुत्रधार मुखेन्जी ” म गज्जबले हाँसिरहेको छु । म किन ट्विटरमा हिरो बन्नु पर्‍यो ?१०लाख भन्दा बढीले मलाई हप्तैपिच्छे पढ्छन् यो ५हजारको बीचमा मलाई कुनै र्‍याल काढ्नु छैन् ” भनिरहेका छन् तर नेपाली ट्विटर प्रयोगकर्ता पनि चुप छैनन्, सबै आ-आफ्नो तर्फबाट असन्तुष्टि जनाइरहेका छन् ।

समाधिस्थ गरिए साई बाबा, फेरि ब्युँतलान् त? - mysansar

उनी भगवान् नै हुन् भन्ने विश्वास गर्ने करोडौँ भक्तजनलाई निराश पार्दै साईबाबाले आइतबार संसार त्यागे। उनलाई सात फिट गहिरो र १२ फिट चौडा खाडलमा सुतेको अवस्थामा समाधिस्थ गरियो। उनको पार्थिव शरीरका साथमा कुरुक्षेत्रको माटो, नून, चाँदी, सुन र नवरत्न पनि राखियो। सोही ठाउँमा बाबाको सुनको मूर्ति केही दिनमा नै बनाइने बताइएको छ। साई केन्द्रीय ट्रस्टका केही प्रमुख सदस्यहरुको उपस्थितिमा मात्र अन्तिम संस्कार गरिँदैछ।

समाधिस्थ गरिनुअघि साई बाबाको पार्थिव शरीर। फोटो सौजन्यः रोयटर्स

सन् २०२२ मा मात्र आफूले देह त्याग गर्ने घोषणा गरेका बाबाको निधनले उनी भगवान् थिएनन् भन्ने पुष्टि गरेको छ। मिडियाहरूमा आएको खबरअनुसार उनका कतिपय भक्तहरू भने अझ पनि उनी परलोक भएकोमा विश्वास नै गरिरहेका छैनन् रे। २०२२ आउन अझ ११ वर्ष बाँकी रहेकोले बाबा फेरि ब्युँतनुहुन्छ भन्ने उनीहरूको तर्क रहेछ। यी भक्तहरूको तर्क सही ठहरियोस् भन्ने कामना गर्नु बाहेक अहिलेलाई अरू के नै पो गर्न सकिन्छ र?

साईबाबाका ‘हार्डकोर’ भक्तहरूबाहेक अरूले सामान्यतया स्वीकारेको कुरा के हो भने उनी एक परोपकारी मानव, आध्यात्मिक गुरु र मध्यमस्तरका जादुगर थिए। साई-साहित्यको अध्ययन गरेको जोकोहीले पनि अनुभव गर्ने कुरा हो- ती अत्यन्त उच्चस्तरका छन्। तिनले प्रेम, करुणा,अहिंसा, परोपकार र बन्धुत्वको पाठ नै सिकाउँछन्। उनी सबै धर्मप्रति उत्तिकै सहिष्णु थिए र धर्मको पालनाबाट नै मानव समाज सभ्य,शान्त र सुखी रहनसक्छ भन्ने शिक्षा दिन्थे। यसमा कोही पनि सभ्य मानिसले असहमति जनाउने ठाउँ छैन।
ठूला-ठूला स्कुल, कलेज र अस्पताल खोलेर बाबाले उदाहरणीय काम गरेका हुन्। राष्ट्रलाई तिर्नुपर्ने कर नतिर्ने भ्रष्टाचारीहरू र कसैलाई एक रुपैयाँ सहयोग गर्नुपरे दाँतबाट पसिना चुहाउने कञ्जुसहरू पनि साई केन्द्रलाई लाखौं रुपैयाँ खुशीसाथ चन्दा दिन्थे। हाम्रै देशका कतिपय करमारा व्यापारीहरू, नैतिकताहीन नेताहरू र घुसखोर प्रशासकहरू पनि बाबाको आशीर्वाद लिन पुट्टपर्ती पुग्थे। बाबाले यिनीहरू कसैलाई हप्काएको खबर सुनिएन। बरु, उनीहरू हँसिलो मुद्रामा बाबासँग फोटोसेसन गराएर पो फर्कन्थे। र, फर्केर आएपछि पनि यिनीहरू सुध्रिएको कसैले अनुभव गरेनन्।
जर्ज अर्वेलले आफ्नो विख्यात उपन्यास ‘एनिमल फार्म’ मा लेखेकै शैलीमा पुट्टपर्ती आश्रममा ‘सबै भक्त बराबर हुन् तर केही भक्तहरू भने अझ बढी बराबर हुन्’ भन्ने मान्यतामा दर्शनार्थीहरूसँग व्यवहार गरिँदो रहेछ। सुकिला-मुकिला, धनी, दानी र सेलिब्रिटीले विशेष प्राथमिकता पाउँदा रहेछन्। क्यान्सर रोग लागेपछि बाबालाई भेट्न पुगेका साहित्यकार जगदीश घिमिरेले आफ्नो पुस्तक ‘अन्तर्मनको यात्रा’मा आफ्नो अनुभव यसरी लेखेका छन्:
‘हाम्रो चार दिने बसाइमा बाबाको उपस्थितिमा भएका भजनहरूमा हामी छ खेप सहभागी भयौँ। मेरो भिजिटिङ कार्डको वजनले गर्दा पहिलेका तीन खेप सबभन्दा अगाडिको पंक्तिमा बाबानेर बस्ने टिकट पायौँ। पछि रेखा बुहारीले बाबाको गौशालामा राम्रै रकम दान गरेपछि त झन् मान बढ्यो र बाँकी खेपहरूमा पनि अगाडि नै बस्ने मौका पायौँ। त्यो मात्रै होइन, दानको गहकिलो रकम पाएपछि पैले राम्ररी नबोल्ने, वास्ता नगर्नेहरू अति नम्र भएर मानमनितोसमेत गर्ने भए।’
भैगो, यो पक्षलाई बिर्सिदिउँ। हुनेखानेले दिएको चन्दा (भलै तिनले आफ्नो मनोकामना पूरा हुने अभिलाषाले दिएका किन नहुन्)बाट निर्माण भएका स्कुलमा गरीबका छोराछोरीहरूले पनि पढ्न पाउनुलाई सकारात्मक मान्नुपर्छ। असाध्य रोग लागेका तर खर्च गर्ने सामर्थ्य नभएका गरीबहरूले पनि साई अस्पातलमा अति न्यून खर्चमा वा सित्तैमा उपचार पाउने प्रबन्ध मिलाउनसक्नुमा बाबाको ठूलो देन छ। हुनेहरूबाट लिएर नहुनेहरूको हितमा खर्च गर्ने बाबा साँचो अर्थमा महान् कम्युनिस्ट नेता हुन्। कम्युनिज्मका कुरा गर्ने तर राजस्वमारा कालाव्यापारीहरूको हितमा काम गर्ने हाम्रा नेताहरूले पनि पुट्टपर्तीबाट सिके राम्रै हुन्थ्यो।
जसरी सेक्सको कुराबिना ओशोको चर्चा पूरा हुँदैन, जादुगरीको पाटो नउप्काई साईबाबाको बखान पनि पूरा हुँदैन। त्यत्रा ठूला आध्यात्मिक गुरु र समाजसेवी बाबा किन सस्ता जादूगरी देखाउँथे होलान्? औँलाको बीचमा चक्की राखेर धुलो पिस्ने वा बाहुँलाभित्र सिक्री, घडी लुकाएर पछि भक्तलाई दिनेजस्तो हल्काफुल्का काम किन गर्थे होलान्? टाइम्स अफ ईन्डियाका स्तम्भकार सीपी सुरेन्द्रनले एउटा लेखमा उनकी आमाको साईबाबासँग भएको भेटको बयान गरेका छन्। बाबाले उनकी आमालाई सबै भक्तहरूको अगाडि केही न केही माग्न भनेछन्। सुरुमा उनले केही पनि चाहिँदैन भनिछन् र बाबाले धेरै कर गरेपछि मुख खोलिछन्,’मलाई एउटा रुखकटहर दिनुहोस्।’ अब भन्नेबित्तिकै कहाँबाट ल्याउने कटहर? आखिर बाहुलामा लुकाउनसक्ने चीज त परेन त्यो। बाबा कालोनीलो भएछन्।
मेरो विचारमा यदि जादूगरी नगरेका भए बाबा यति प्रख्यात हुने पनि थिएनन्। राम्रा राम्रा दर्शनका कुरा गर्ने गुरुहरू भारतमा मात्र हजारौँ होलान्। तर, कुराले मात्र मान्छेलाई तान्न सकिन्नँ। जातैले स्वार्थी प्राणी भएकोले मान्छे हरेक कुरामा आफ्नो फाइदा हेर्छ। बाबाको जादु देखेरै भक्त हुनेको संख्या उल्लेख्य छ। यी जादूले धेरैलाई यो भ्रममा पारिदियो कि उनी भगवानकै अवतार हुन्। सुन्दा तीतो लागे पनि यथार्थ के हो भने, भक्तहरूको एउटा ठूलो संख्या बाबाबाट आफ्नो र आफ्नो परिवारको लागि केही पाउने आशामा नै पछि लागेको हो।
अन्तमा, बाबाको निधनमा तपाईंहरू सबैलाई जस्तै मलाई पनि दु:ख लागेको छ। बाबाको आत्माले चीरशान्ति पाओस् र सबै भक्तहरूमा यो दु:ख सहने क्षमता मिलोस् भन्ने कामना गर्दछु। जसरी दूध फाटेपछि छोक्रा र पानी छुट्टिन्छ, त्यसरी नै अब बाबाको निधनपछि वास्तवमै साईमार्गमा लागेका असली भक्तहरू र स्वार्थका कारण साईराम बनेका ढोंगी भक्तहरू छुट्टेलान्। बाबाका असल विचारको प्रचार गर्ने र आफू पनि सत्मार्गमा लाग्ने सक्कली भक्तहरू हाम्रो समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लाने काममा भने राम्रा सहयोगी बन्न सक्छन्।

'पहिलो पटक भएकोले' बचे पारस - mysansar

सुजाता कोइरालाको बंगाली ज्वाँइ रुबेल चौधरीलाई पूर्व युवराज पारस शाहले गोली हान्यो भनेर केही महिनाअघि बबाल भएको सम्झनु भएको होला तपाईँहरुले पनि। मैले उतिबेलै न रुबेललाई कारबाही हुन्छ, न पारसलाई- सबथोक मिलाएर हुन्छ यहाँ भनेर भन्दा पत्याउनु भएन तपाईँहरुले। यही माइसंसारमा के-के न हुने जस्तो गरी रातो-रातो हुने गरी बहसमा उत्रिएका थिए हाम्रा कमेन्ट गर्ने साथीहरु। नतिजा- पारसलाई यो पहिलो पटक भएकोले ‘आइन्दा यस्तो काम नगर्नु’भन्ने शर्तमा कागज गराई छाड्ने निर्णय प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको इजलासले गरेको छ। दोषी भने पारस रहेको उनको फैसलामा देखिएको छ। कुन कानुन अनुसार भयो त फैसला, हेर्नुस् भित्र

केही सार्वजनिक अपराध ऐन २०२७ को दफा ६ को उपदफा २



दाँतका डाक्टरको यत्रो आँट ? - mysansar

दाँतका डाक्टर र अर्थोकका डाक्टरबीच अहिले शीतयुद्ध चर्किएको छ। सोझो अर्थमा बुझ्ने हो भने यो विवाद दाँतका डाक्टरले खुट्टाको बिरामी हेर्न पाउने गरी पढ्न पाइने कि नपाइने भन्ने हो।
केयु (काठमाडौँ विश्वविद्यालय)ले दाँतका डाक्टरहरु (दन्त चिकित्साशास्त्रमा स्नातक पास बीडीएस गरेका डाक्टरहरु) का लागि छ महिने ब्रिजकोर्स गरेपछि एमडी र एमएस तहको अध्ययन गर्न पाइने घोषणा गर्‍यो। दाँतका डाक्टरहरुको यत्रो आँट भन्दै एमबीबीएस गरेका डाक्टरहरुले आन्दोलनै घोषणा गरे। पत्रिकामा विज्ञापनै छपाएर अब हामी चुप बस्नुहुन्न, आफ्नो व्यस्त जीवनबाट समय निकालेर विरोध गरौँ भनेर आह्वानै गरे। पत्रिकाका पाठक पत्रहरुमा पनि दुई पक्षबीच विवाद चर्किएको छ। दुवै पक्षको तर्क र विवाद हेर्नुस् र आफ्नो धारणा बताउनुस्।

छ महिने ब्रिजकोर्स अनुपयुक्त

हालै काठमाडौँ विश्वविद्यालयले दन्त चिकित्सकहरुलाई (दन्त चिकित्साशास्त्रमा स्नातक उत्तीर्ण चिकित्सकहरु) एमबीबीएस सरह मान्यता दिलाउन छ महिने ब्रिजकोर्स सुरु गरेको छ। उक्त ब्रिजकोर्सपछि केही विषयमा एमडी र एमएस तहको अध्ययनका निम्ति उहाँहरू योग्य भनिएको छ। यस निर्णयले चिकित्साशास्त्रसँग सम्बन्धित सम्पूर्ण व्यक्तिमा एक किसिमको अन्योलको सिर्जना भएको छ। यस्तो निर्णयले कोही खुसी होलान्, कोही दुःखी। काठमाडाँै विश्वविद्यालयले यस निर्णयबाट पर्ने दीर्घकालीन असरलाई भने गम्भीरपूर्वक विश्लेषण गर्नु आवश्यक छ। एमबीबीएस र बीडीएस दुई भिन्न स्नातक तह हुन् र दुवैको आ–आफ्नै किसिमले विशिष्ट महत्व छ। विश्वभरि नै एमडी र एमएस गर्न एमबीबीएस स्नातक तहको योग्यता पूरा भएको हुनुपर्छ। यो विश्वव्यापी मान्यता लत्याएर काठमाडौँ विश्वविद्यालयले गरेको अदूरदर्शी र अवैज्ञानिक निर्णयले गम्भीर परिस्थिति सिर्जना गरेको छ। निम्न कारणले निर्णय उचित छैन : –
१. छ महिने ब्रिजकोर्स गरेर दन्त चिकित्सकहरुले एमबीबीएससरह मान्यता पाउने र आधारभूत चिकित्साशास्त्रअन्तर्गत विषयमा एमडी, एमएस गर्न पाउने भनी काठमाडौँ विश्वविद्यालयले निर्णय गरेको छ। छ महिना ब्रिजकोर्स गरेपछि दन्त चिकित्सकहरू एमबीबीएससरह हुने भए मेडिसिन, सर्जरीलगायत अरु सबै विषयमा पनि प्रावधान स्वाभाविकरूपले स्थापित हुन्छ। आधारभूत चिकित्साशास्त्रमा एमडी, एमएस गर्न पाउने भए मेडिसिन सर्जरीलगायत अरु सबै विषयमा एमडी, एमएस किन गर्न नपाउने भन्ने स्पष्ट आधार विश्वविद्यालयले दिन सकेको छैन।
२. आधारभूत चिकित्साशास्त्र क्षेत्रमा दक्ष स्वदेशी जनशक्तिको अभावलाई मूल कारण दर्शाउँदै विश्वविद्यालयले उक्त निर्णय गरेको बुझिएको छ। आधारभूत चिकित्साशास्त्रमा मात्रै होइन सर्जरी स्त्रीरोगजस्ता विषयहरूको विशेषज्ञको पनि देशमा ठूलो अभाव छ। यस्ता विषयमा दक्ष जनशक्ति अभावकै कारण जिल्ला–जिल्लामा कयौँ नेपालीले ज्यान गुमाउनु परेको छ। अतः अभावलाई आधार बनाएर विश्वव्यापी मान्यताविपरीत निर्णय गर्नु उचित होइन।
३. दन्त चिकित्सकहरूले ब्रिजकोर्सपछि फोरेन्सिक मेडिसिन विषयमा पनि एमडी गर्न पाउने प्रावधान नेपालमा छ। कानुनीरूपमा पनि यो प्रावधान गलत छ किनकि दन्त चिकित्सकहरूले पोस्टमार्टमलगायत कानुनी चिकित्सासम्बन्धी काम गर्ने व्यवस्था नेपालमा छैन।
४. बीडीएस स्नातक तहको योग्यता भएको मानिसले एमडी, एमएस गर्न पाउने भए एमबीबीएस स्नातक तहको योग्यता भएको व्यक्तिले एमडीएस किन गर्न नपाउने? अनि आयुर्वेदिक स्नातक तहको योग्यता भएको मानिसले एमडी, एमएस गर्न किन नपाउने?
५. दन्त चिकित्साशास्त्रको उचित विकासका निम्ति हाम्रै देशमा दन्त चिकित्साशास्त्रमै स्नाकोत्तर (एमडिएस) गर्ने पर्याप्त अवसर सिर्जना गर्नु आवश्यक छ। यसमा ध्यान नदिई एउटा शैक्षिक पृष्ठभूमि भएको व्यक्तिलाई नितान्त भिन्न विषयमा स्नाकोत्तर गर्न पाउने निर्णय गर्नुले विश्वविद्यालयको नियतमाथि शंका उत्पन्न गराएको छ। तत्कालको आवश्यकता पूर्ति गर्ने बहानामा विश्वविद्यालयले गरेको यो अवैज्ञानिक निर्णय कार्यान्वयन भए यसले तत्कालै गम्भीर दुई अवस्था सिर्जना गर्नेछ। एक, मेडिकल शिक्षाको गुणस्तरमा यसले नकारात्मक असर गर्नेछ। बीडीएस र एमबीबीएस दुवै स्नातक तहको शैक्षिक विषयवस्तु धेरै नै फरक छ र एकको विकल्पमा अर्को हुन सक्दैन। त्यसैले एमबीबीएस तहको विद्यार्थीलाई अध्यापन गराउन सोही स्नातक पृष्ठभूमि भएको जनशक्ति आवश्यक पर्छ। दोस्रो, आफूले पढ्ने विषय बेग्लै शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले पनि पढ्न पाउने भएपछि यी विषयमा आउन चाहने एमबीबीएस स्नातक तह उत्तीर्ण चिकित्सकहरूको संख्या झनै घट्ने छ।
६. कोही व्यक्तिलाई फोरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रमा एमडी./एम.एस. गर्नुछ भने स्नातक तहमा एमबीबीएस गर्नुभन्दा बीडीएस गर्नु अत्यन्तै सजिलो हुन्छ। किनकि बीडीएस गर्न पैसा, समय र मिहेनत सबै कम खर्चे पुग्छ। अर्को शब्दमा भन्नुपर्दा फेरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रको एमडी, एमएस मुख्यतः बीडीएस स्नातक तह उत्तीर्ण विद्यार्थीले मात्र पढ्ने विषयमा सीमित हुन जानेछ।
बीपी कोइराला, स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बीडीएस तह उत्तीर्ण चिकित्सकहरूले फोरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रमा एमडी/एमएस गर्ने व्यवस्था सुरू भएको धेरै भइसक्यो। यो व्यवस्था गलत छ भन्ने निष्कर्षमा पुगेर प्रतिष्ठानले आउँदो वर्षदेखि यो शैक्षिक प्रावधान हटाउँदै छ। तर, प्रतिष्ठानको यो अनुपयुक्त शैक्षिक कार्यक्रमलाई नजिरको रुपमा लिँदै काठमाडौ विश्वविद्यालयले सुरु गर्न लागेको नजिरको रुपमा लिँदै काठमाडौ विश्वविद्यालयले सुरु गर्न लागेको त्यस्तै कदम अत्यन्तै निन्दनीय छ। नेपाल मेडिकल काउन्सिलले यसलाई तत्काल खारेज गरी यो शैक्षिक अराजकता तुरुन्त बन्द गर्न आवश्यक छ।
डा.हरिहर वस्ती
फरेन्सिक विशेषज्ञ
सहप्राध्यापक
चिकित्साशास्त्र अध्ययन संस्थान
महराजगञ्ज

माथिको कुरा गलत हो

“छ महिने ब्रिज कोर्स अनुपयुक्त” ले दन्त चिकित्सशास्त्रमा स्नातकहरु एमबीबीएस (चिकित्साशास्त्रमा स्नातकहरु) भन्दा तल्लो तहको भन्ने भ्रामक सन्देश सम्प्रेषण भएकामा हामीजस्ता तमाम दन्त चिकित्सशास्त्रमा स्नातक उत्तीर्ण दन्त चिकित्सकलाई चोट परेको छ।
१. बीडीएस (दन्त चिकित्सशास्त्रमा स्नातक तथा एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) मा अध्ययन गर्न विज्ञानको बायोलोजी लिई कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयले लिने प्रवेश परीक्षामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण हुनुपर्छ। यसबाट प्रस्ट हुन्छ, यी दुवै तह समान हुन्।
२. प्रवेश परीक्षापछिको अध्ययन अवधि बीडीएस तथा एमबीबीएसको अवधि नेपालमा साढे पाँच वर्षको हुन्छ जसमा यी दुवै कार्यक्रममा पहिलो र दोस्रो वर्षको आधारभूत चिकित्सा विज्ञानको पढाइ बराबरी हुन्छ। त्यसैले पनि बीडीएस र एमबीबीएस समान तहको पढाइ हो भन्ने बुझ्न जरुरी छ।
३. एमबीबीएसभन्दा बीडीएस गर्न सजिलो हुन्छ भन्ने कुरा काल्पनिक मात्र हो, जति गाह्रो एमबीबीएस छ त्यति नै गाह्रो बीडीएस छ। जति सजिलो एमबीबीएस छ त्यति नै सजिलोे बीडीएस छ। त्यसैले उत्तिकै सजिलो र उत्तिकै गाह्रो छ भन्ने हामीलाई लाग्छ।
४. बीडीएसभन्दा एमबीबीएस महँगो भएकै कारण एमबीबीएसलाई माथिल्लो तह मान्न सकिँदैन। बीडीएस सस्तो हुनाले दन्त स्वास्थ्यप्रति हेर्ने दृष्टिकोण, जनताको आयस्तर, यससम्बन्धी जनचेतनाको कमी आदि कारणले मात्र हो। अन्य विकसित पश्चिमा मुलुकमा चिकित्साशास्त्रको स्नातकभन्दा दन्त चिकित्साशास्त्रको स्नातक तहको अध्ययन महँगो छ।
५. डा. हरिहर वस्तीको पत्रमा कोही व्यक्तिलाई फरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रमा एमडी एमएस गर्नुपर्ने छ भने स्नातक तहमा एमबीबीएस गर्नुभन्दा बीडीएस गर्नु अत्यन्त सजिलो छ भनेर पैसा, समय र मेहनत सबै कम गरे पुग्छ भन्नु त्यति सान्दर्भिक छैन। अर्को बीडीएसले मात्र फरेन्सिक मेडिसिन पढ्नेमा सीमित हुन्छ भन्नु र हालसम्म बीडीएसभन्दा एमबीबीएस पढाउने बढी भएको र एमबीबीएस उत्तीर्ण चिकित्सकहरु १० गुणा बढी भए पनि आधारभूत चिकित्सा विज्ञानमा एमडी एमएस गर्नेको संख्या नबढ्नुले यो नै कारण हो भन्ने चिन्ता नलिँदा उपयुक्त हुन्छ।
६. बीडीएस गरेका दन्त चिकित्सकहरुले कहिल्यै स्त्रीरोग तथा जनरल सर्जरी सामान्य शल्यचिकित्सामा एमडी एमएस गर्ने भनेको कतै पाइँदैन। त्यसैले त्यस विषयमा चिन्ता लिनुपर्ने आवश्यकता छैन।
७. बीडीएस र एमबीबीएस बराबर अवधिको अध्ययन हो भन्ने भइसकेपछि आधारभूत चिकित्साशास्त्रमा स्नातकोत्तर गर्न छ महिनाको ब्रिज कोर्ससमेत गर्न पर्दैन। विश्वविद्यालयले यस विषयका दुई वटै बीडीएस र एमबीबीएसको पाठ्यक्रम हेरी ब्रिजकोर्सबिना प्रवेश गराउनुपर्छ भन्ने हामी सम्पूर्ण दन्त चिकित्सकको भावना हो। बीडीएसले छ महिने ब्रिजकोर्स गरी एमबीबीएस सरह हुन्छ भन्नु त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका सहप्रध्यापकज्यूको भ्रम मात्र हो।
यस विषयमा गहिरिएर नबुझी दन्त चिकित्सा स्नातकहरुको भावनामा चोट लाग्ने गरी भ्रामक सन्देश सम्प्रेषण नगर्न आग्रह गर्छौँ। बरु सम्बन्धित विषयका विज्ञहरु, सरोकारवालाहरु र विश्वविद्यालयसँग अन्तर्क्रिया गर्नु उपयुक्त ठान्छौँ।
डा. बुद्धिमान श्रेष्ठ
वरिष्ठ दन्त चिकित्सक
अध्यक्ष तथा कार्यकारी निर्देशक
कान्तिपुर डेन्टल कलेज
शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र

नेपालले भारतको सीमा मिचेछ - mysansar

लौ नेपालीहरु त कस्ता रैछन्, भारत जस्तो शक्तिशाली छिमेकीको समेत सीमा मिचेछ। कति बलियो रैछ नेपाल देख्‍नुभो ? पढ्नुस्
Nepal grabs Bihar land, Government callous
Prabhakar Kumar , CNN-IBN
Updated Apr 28, 2011 at 07:55am IST
New Delhi: It’s a land grab with International dimensions. Thousands of villagers in seven border districts of Bihar have lost their land and homes to encroachers from Nepal – triggering a significant rise in violence and conflict along the state’s border with the Himalayan Kingdom. The land grab, it appears, has its genesis in a warped century old border treaty. The Indian authorities’ inability to ensure pillars demarcating the border stay intact, making it worse.
Rashud Ansari, villager, said, “The land which should be part of Bihar is occupied by Nepal. But all the papers for that land are with India and are from India.”
People residing at the Indo-Nepal border have been crying foul for long. Slowly, the land on the Indian side is disappearing. Farmers here are losing their farm lands, their livelihood, rather everything. The local authorities are well aware about this issue but their hands seems tied down.
Though the 600 Km long open Indo-Nepal border is patrolled by the Sashatra Seema Bal or SSB, pillars demarcating the border are regularly uprooted. Intelligence estimates suggest that 716 International border pillars have disappeared along the Indo-Nepal border. 281, out of that number, are pillars which have been uprooted in Madhubani district, 116 pillars from East Champaran district, 61 pillars from West Champaran and 3 in Araria district.
The SSB agrees that the problem is serious and that it has been escalated to the Central government.
“Boundary has not been demarcated by both countries. Disputes exist in only 7 districts and we have already reported the matter to the Central government through our HQ. Many pillars have gone missing and the State government must look into it,” said Aditya Mishra, Inspector General, SSB.
Ironically, the very basis of setting up these pillars lies in a treaty signed by the British in 1816, declaring the river Mahakali as the border between the two countries. The Sugauli Treaty, as it is know, is meaningless as the river has changed course several times southwards into Indian land.
Suresh Mahto, Farmer, said, “Our village was first settled over there, then they uprooted it and settled it here. Alot of Fighting took place and even, guns were used. It was just too much but it was only after the fighting that they moved.”
With farmers turning landless, literally overnight, most try mass protests, but ultimately end up migrating to bigger towns or work as landless labourers.
“A lot of people here are leaving their homes and are going to other towns because of the amount of problem Nepal is creating in illegally occupying our land,” said Ramesh Kamgaar, a villager.
Though the Nitish Kumar government wrote to the Centre on the issue during its first tenure, the lack of pressure has now only meant continuing misery for Bihar’s border residents.

Tuesday, April 26, 2011

साईबाबाको पुनर्जन्म अर्को वर्ष ! - Gorkhapatra

काठमाडौँ, वैशाख १२ गते । साईबाबाको निधनलगत्तै उनको पुनर्जन्मको चर्चा चल्न थालेको छ । मैसुरस्थित एक परिवारले सन् २०१२ मा साईबाबाले प्रेम साईका रूपमा पुनर्जन्म लिने दाबी गरेको छ । बाबाको पुनर्जन्म मन्ड्या जिल्लाको डोडामालुरमा कृष्ण मन्दिरनजिकै हुने साईबाबाका एक भक्तको विश्वास छ ।
"यो हाम्रो भविष्यवाणी होइनÙ बाबा स्वयंले मेरी आमा कानाम्मा तथा हजुरआमा नाम्मा गिरिअम्मालाई मैसुरस्थित हाम्रो निवासमा एकपटक बताउनुभएको हो", बाबाभक्त अवकाशप्राप्त खाद्य प्राविधिक अनुसन्धान संस्थाका उपनिर्देशक शङ्करले बताए ।
शङ्करले आˆनी आमालाई उद्धृत गर्दै बाबा नारायाना कस्तुरीकोमा जन्म लिने पनि दाबी गरे । जसले बाबाको बारेमा चार भागमा जीवनी लेखेका छन् । यसै पुस्तकमार्फत सन् १९६३ मा बाबाले प्रथमपटक पुनर्जन्म लिने दाबी गरेका थिए ।
कयौँ पुस्तादेखि शङ्करका पूर्वजहरू बाबाका कट्टर भक्त छन् । ९० वषर्ीया कानाम्मा बाबाका अत्यन्त निकटवर्ती भक्त मानिन्छन्Ù जसको मैसुरस्थित निवासमा बाबा छपटक पुगिसकेका छन् । कानाम्माले बाबासँगका अनुभूतिलाई पुस्तकमा पनि उतारेकी छन् । ६ जुलाई सन् १९६३ मा बाबाले सिरडीको साईबाबा, सत्य साईबाबा र प्रेम साई गरी तीन शिव अवतार हुने बताएका थिए । यो पनि भनिन्छ कि साईबाबाले प्रेम साईको तस्बिर पनि आˆना एक अनन्य भक्त जोन हिस्लपलाई दिएका छन् । उनले तस्बिरसँगै औँठी पनि दिएको बताइन्छ । भनिन्छ, सिरडीको साईबाबाले सन् १९१८ मा देहत्याग गर्नुपूर्व आठ वर्षपछि सत्य साईबाबाको रूपमा जन्म लिने बताएका थिए ।
साईबाबाको मृत्यु वास्तुदोषले गर्दा भयो ?
साईबाबाका परिवारजनले बाबाको निधन अस्पतालको वास्तुदोषका कारण भएको दाबी गरेका छन् । आइतबार बाबाले पुट्टपर्तीस्थित मेडिकल इन्स्िटच्युट अफ हायर मेडर साइन्सेजमा अन्तिम सास लिए ।
बाबाका परिवारजनले अस्पतालको वास्तुदोषका कारण बाबाको निधन भएको गुनासो व्यक्त गरेका छन् । यस अस्पतालमा दाइ, बहिनीलगायत बाबाका परिवारका पाँच सदस्यको निधन भइसकेको छ । नाम नछाप्ने सर्तमा बाबाका परिवारका एक सदस्यले भने, "हामीलाई सधैँ लाग्थ्यो, अस्पतालमा वास्तुदोष छ । सत्य साईको मृत्युले एकपटक पुनः यो साबित भएको छ । हामीले अर्को आईसीयू वा बैङ्लोरस्थित सुपर अस्पतालमा बाबालाई सार्न भनेका थियौँ तर हाम्रो कुरा मानिएन ।"
बाबाका एक अन्य आफन्तको भनाइ छ, "यो अस्पतालमा धेरै नकारात्मकता छ ।"
किन दुःख मनाउने ? ः तसलिमा
यसैबीच चर्चित लेखिका तसलिमा नसरिनले प्रसिद्ध क्रिकेटर तथा साईभक्त सचिन तेन्दुलकरलाई बाबाका लागि सचिन दुःखी भएकोमा आश्चर्य व्यक्त गरेकी छन् ।
"बाबाले त २०२२ मा देहत्याग गर्ने घोषणा गर्नुभएको थियो तर उनी त चाँडै गए । ...कसैले किन साईको निधनमा दुःखी हुनुपर्छ । उनी त ८६ वर्षका भइसकेका थिए र उनलाई -एक न एक दिन)
मर्नै थियो", तसलिमाको यस टि्वटमा तिखो प्रतिक्रिया पनि आइरहेको छ ।
उता भारतका प्रधानमन्त्री मनमोहन सिंहले बाबा सबै धर्म मान्ने व्यक्तिका लागि प्रेरणाका स्रोत रहेको बताउनुभएको छ भने उपराष्ट्रपति हमिद अन्सारीले मानवताको सेवा भगवान्को सेवा हो र यो सङ्कीर्णता समाप्त गर्ने एक साधन हो भन्दै बाबाको निधनमा गहन शोक व्यक्त गर्नुभएको छ । तमिलनाडुका मुख्यमन्त्री एम. करुणानिधिले कृष्णा नदीको पानी राज्यमा ल्याउन बाबाले २०० करोड भारु दिएर तमिलहरूको मन जितेको प्रतिक्रिया दिनुभएको छ । बाबाको निधनमा भारतका विपक्षी दलका नेता लालकृष्ण आडवाणीले पनि गहन शोक व्यक्त गर्दै अन्त्येष्टिमा सामेल हुने घोषणा गर्नुभएको छ । बाबाबारे केही विवाद पनि उठेका थिए तर पनि उहाँप्रति श्रद्धा राख्नेहरूको ठूलो जमात छ ।
-स्रोत ः द एसियन एज, हिन्दुस्तान टाइम्स, नवभारत टाइम्स, दैनिक हिन्दुस्तान, दैनिक भास्कर एवं अन्य अनलाइन समाचार)
सत्य साईबारे केही तथ्य
w ४० हजारदेखि एक लाख करोड सम्पत्ति भएको अनुमान छ । यसमा एअरपोर्ट, रेल्वे स्टेन, अस्पताल, कलेज, स्टेडियम आदि छन् ।
w स्वास्थ्य क्षेत्रमा आन्ध्र प्रदेशमा पुट्टपर्ती र बेङ्गलुरुमा दुई सुपर स्पेसयलिटी र दुई सामान्य सत्य साई अस्पताल छन् ।
w शिक्षा क्षेत्रमा दस हजार विद्यार्थीले सत्य साई इन्स्िटच्युट अफ लर्नीबाट उपाधि हासिल गरिसकेका छन् ।
w १६ हजार विद्यार्थीले भारतभरिका विभिन्न भागमा स्थित ट्रस्टका ७० स्कुलबाट शिक्षा हासिल गरिसकेका छन् ।
w पाँच हजार छात्रले विदेशमा ट्रस्टका २६ स्कुलबाट शिक्षा ग्रहण गरेका छन् ।
w ११४ देशमा सत्य साईबाबा केन्द्र छ तथा १७८ देशमा उनका अनुयायी छन् ।
w उनका उत्तराधिकारीमा तीन नाम बढी चर्चामा छ, -कसैले सात पनि भन्छन्) । आईएएस अफिसर एवं ट्रस्टका सचिव के चक्रवर्ती, बाबाका भतिजा आरजे रत्नाकार र बाबाका निजी सेवक सत्यजित ।

अनुजासँग तीन घन्टा बयान - सचिन पोख्रेल "GorkhaPatra"

इटहरी, वैशाख १२ गते । आफूले फेला पारेको ९१ लाख रुपियाँ र बहुमूल्य हीराको हार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भनिएर सर्वत्र प्रशंसाकी पात्र बनेकी अनुजा बानिया अन्ततः इमानदारको नाममा बेइमान साबित भएकी छन् ।
बेइमान साबित भएकी भोजपुर जिल्लाको भुल्के घर भई धरानमा बसोबास गर्दै आएकी अनुजामाथि सरकारले सोमबारदेखि औपचारिक रूपमा अनुसन्धानसमेत प्रारम्भ गरेको छ ।
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा रहेको सादा पोसाकको टोलीले इटहरी नगरपालिका वडा नं. १ मा रहेको अनुजाका दिदीभिनाजुको डेरामा आएर अनुसन्धान प्रारम्भ गरेको हो । यस क्रममा सुरक्षाकर्मीको सो टोलीले अनुजासँग अपराहृन करिब तीन घन्टा बयान लिएको थियो । अनुसन्धान टोलीको नेतृत्व गरेर आएका प्रहरी नायब उपरीक्षक रेग्मीले गोरखापत्रसँग सक्षिप्त कुरा गर्दै आफूहरूले अनुजा काण्डको सन्दर्भमा अनुसन्धान प्रारम्भ गरेको बताउनुभयो । नेपाल प्रहरीको टोलीले अनुजाले प्रयोग गरेको मोबाइल कलको विस्तृत विवरण सङ्कलन गरी छानबिन गरेको छ ।
यस सन्दर्भमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना काल्पनिक भएको देखिएकाले स्थानीय प्रहरी प्रशासनले घटनालाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभयो ।
भोजपुर भुल्के-२ स्थायी घर भई हाल धरानमा अस्थायी रूपमा बस्दै गरेकी अनुजा बानियाले इटहरीमा भएका आˆना दिदीभिनाजुको घरबाट धरान र्फकने क्रममा भेट्टाएको ९१ लाख रुपैयाँ र एक थान हीराको हार सम्बन्धित धनीलाई बिनासर्त फिर्ता गरेको भनेर नेपाली सञ्चारमाध्यममा उनी प्रमुखताका साथ छाउन पुगेकी थिइन् । अनुजालाई बधाई दिनेको ओइरो लाग्न थालेको थियो । राष्ट्रपति रामवरण यादवसमेतले अनुजालाई बधाई दिनुभएको थियो ।
एक साता नबित्दै अनुजा घटनाले ९० डिग्रीमा कोल्टे फेरेको छ । हिजो अनुजाको प्रशंसामा खर्चिएका अखबारका पानाहरूले अनुजा झूठी र ठग रहेको कुरा प्रस्तुत गरिरहेका छन् ।
काठमाडौँ सीतापाइला घर भएको भनिएका ६५ वषर्ीय पुरुषोत्तम पौडेल अनेकौँ खोजी र अनुसन्धानपछिसमेत भेटिएका छैनन् । त्यस्तै यस घटनाका अन्य पात्रहरू पैसा फिर्ता लिन सँगै जाने मीतछोरी अनिता कार्की, पौडेलकी छोरी सुधा र इटहरी बस्ने छोरा अनिल कोही सम्पर्कमा छैनन् । त्यस्तै पत्रिकामा पहिलो दिन छापिएको तस्बिर अनुजाको नभई उनकी साथी ममता अधिकारीको रहेको समेत पुष्टि भएको छ । पौडेलकी मीत छोरी भएर समाचार दिन गएकी अनिता कार्की अरू कोही नभएर स्वयं अनुजा बानिया नै भएको समेत पुष्टि भइसकेको छ ।
अनुजाले यति ठूलो रकम भेट्टाएर सम्बन्धित मालिकलाई फिर्ता गरेको घटना स्वयं उनका दाजुले समेत पत्याएका छैनन् ।
त्यस्तै अहिले अनुजालाई पुरुषोत्तमको नम्बर माग्दासमेत गल्तिवश नम्बर डिलिट भएको बताउन उनी पछि पर्दिनन् । मेरो मोबाइलको नम्बरबाट उनले पुरुषोत्तमलाई राति ११ः३० मा सम्पर्क गरेको, इटहरी आईएमईबाट ९१ लाख झिकिएको भनिए पनि इटहरी आईएमईले आˆना शाखाबाट त्यति ठूलो रकम कसैलाई पनि भुक्तानी नगरिएको दाबी गरेको छ । त्यस्तै त्यति ठूलो रकम कुनै पनि बैङ्कले एकैपटक भुक्तानी गर्न गाह्रो हुनेसमेत शाखाले जनाएको छ । घटना असत्य हो भन्नका लागि यो नै एउटा गतिलो आधार हुन सक्छ । अर्कोतर्फ धरानमा पैसा चाहिएको हो भने धरानमा आईएमईको कुनै शाखा नै नभएजस्तो गरी किन इटहरी शाखामा त्यति ठूलो रकम पठाएर धरान लगिन्थ्यो ? अनि त्यति ठूलो रकम बोक्ने मान्छेले प्राइभेट गाडी चढ्नुको साटो किन सार्वजनिक गाडी प्रयोग गर्‍यो त ? घर किन्नका लागि त्यति ठूलो रकम नगद किन लगियो जब कि अहिले मालपोत कार्यालयमा ४० लाखभन्दा बढी रकम चेकबाट मात्र लिइने व्यवस्था छ । पैसा त घर किन्नका लागि ल्याइयो तर हीराको हार किन बोकियो त ?
त्यति ठूलो रकम र हीराको हार हराउँदासमेत प्रहरीलाई जानकारी नगराएको घटना अर्को अपत्यारिलो घटना हो । सबै घटना र फेला परेका प्रमाणहरूले अनुजा प्रकरण असत्य र भ्रामक प्रचारबाजीमात्र रहेको पुष्टि भएको छ ।

Monday, April 25, 2011

'कान्तिपुर'ले देखाएको सही बाटो - By Salokya, on April 25th, 2011 My Sansar

बसमा भेटिएको ९१ लाख रुपैयाँ र हिराको हार जसको हो उसैलाई फर्काएको भनी बहुप्रचारित घटना अन्ततः काल्पनिक भएको पुष्टि भएको छ। ‘समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको’ भन्दै ‘नियोजित परिस्थिति र नक्कली पात्रहरूका कारण भ्रमपूर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा सम्पूर्ण पाठकसँग क्षमा’ मागेको सूचना आजको कान्तिपुरले पहिलो पेजमा छापेको छ। कान्तिपुरको यो क्षमायाचनासँगै देशभर चर्चाको विषय बनेको र राष्ट्रपति र प्रधानन्यायाधीशले समेत प्रशंसा गरेको घटना सत्य हो कि झुटो हो भनी रहँदै आएको शंका पूर्ण रुपमा निवारण भएको छ। त्योसँगै ‘कान्तिपुर’ले गलत समाचार छापिएकोमा क्षमा मागेर नेपालको पत्रकारिता इतिहासमा एउटा प्रशंसनीय र अनुकरणीय काम थालेको छ। जसरी गलत समाचार छापिनु गैरजिम्मेवारी हो, त्यसैगरी गलत समाचार छापिएपछि त्यसबारे पाठकहरुलाई जानकारी दिनु र क्षमा माग्नु जिम्मेवारीबोध हो। यसले कान्तिपुरको गरिमा घटाएको छैन, मेरो नजरमा बरु बढाएको छ। पत्रकार पनि मान्छे हो र गल्ती मान्छेबाट नै हुन्छ। गल्ती स्वीकार गरी माफी माग्ने जुन स‌ंस्कृति कान्तिपुरले पत्रकारिता क्षेत्रमा सुरु गर्‍यो, त्यसपछाडिका सबै पात्रहरुलाई सलाम गर्नुपर्छ। किनभने यो घटनाले समग्र पत्रकारिता क्षेत्रमाथि नै औँला ठड्याउने काम भएको थियो।
नेपालमा मात्र हैन, विदेशमा पनि यस्ता कयौँ घटना भएका छन्। फरक यति थियो- उतातिर गल्ती भएपछि क्षमा मागिन्थ्यो, यता त्यस्तो हुन्न थियो। चाहे त्यो रस्सेन्द्र भट्टराईको समाचारमा होस् चाहे डा. भक्तमानको अपहरण कान्डको समाचारलाई लिएर होस्।

          जब वासिङटन पोस्टले गल्ती गर्‍यो

          • सन् १९८१ को कुरा हो, अमेरिकाको प्रतिष्ठित दैनिक द वासिङटन पोस्टको पहिलो पेजमा एउटा समाचार छापियो- ‘जिम्मीको विश्व’ शीर्षकमा। ८ वर्षका एक बालक कसरी लागू औषधी हिरोइनको लतमा लागे भन्ने विषयमा थियो समाचार। पत्रकारिता जगतको प्रतिष्ठित पुरस्कार पुलित्जर प्राइज सन् १९८१ मा यो समाचार लेख्‍ने ज्यानेट कूकलाई दिने घोषणा भयो। समाचार छापिएपछि वासिङटन सहरका तत्कालीन मेयर म्यारिअन ब्यारीले जिम्मी नामको त्यो केटोलाई खोज्ने आदेश दिए तर पत्ता लगाउन सकेनन्। तर ब्यारीले जिम्मीलाई उद्धार गरी उपचार गराइरहेको दावी गरे। सहायक प्रबन्ध सम्पादक बब उडवर्डले यो समाचारलाई पत्याए, छापे र पुलित्जर प्राइजका लागि सिफारिश गरे। उनले पुरस्कार पनि जिते। तर पुरस्कार जितेपछि पोस्ट कै पत्रकारहरुले उनले उदधृत गरेका अज्ञात स्रोतहरुका बारे प्रश्न उठाए।
          • पोस्टका कार्यकारी सम्पादक बेन्जामिन ब्राडलीलाई भास्सार कलेजबाट फोन आयो- तिम्रा रिपोर्टरले हाम्रो कलेजमा पढेका छैनन् है। झस्किए सम्पादक। किनभने समाचार लेखिका कूकले आफ्नो बायोग्राफी पुलित्जरका जजहरुलाई पठाउँदा त्यो कलेजमा ग्राजुएट गरेको भनेर लेखेकी थिइन्। फेरि थाहा भयो युनिभर्सिटी अफ टोलेडोमा पनि उनले मास्टर्स डिग्री लिएकी हैन रहिछिन्। भास्सारमा एक वर्ष पढेको र टोलेडोबाट बीए मात्र गरेकी रहिछिन्। अनि समाचारका पात्र जिम्मीको खोजी थालियो। अहँ, भेटिएन। अन्त्यमा कूक आफैले स्वीकार गरिन्, त्यो केटो त छँदै थिएन, समाचारका अधिकांश अंश काल्पनिक थिए। अन्ततः कूकले राजीनामा दिए।
          • भोलिपल्ट पोस्टले पुलित्जर प्राइज फिर्ता गर्‍यो र आफ्नो सम्पादकीयमा यस्तो लेखेर क्षमा याचना गर्‍यो “This newspaper . . . was itself the victim of a hoax—which we then passed along in a prominent page-one story . . . How could this have happened?” समाचार लेखिकाको राजीनामा र पोस्टले इमान्दार भएर गरेको क्षमा याचनापछि यो कान्ड सकियो। तर पत्रकारिता क्षेत्रलाई सँधैका लागि एउटा उदाहरण भने छाडेर गयो। पछि यही कथामा हलिउडमा एउटा फिल्म पनि बन्यो The Hoax, जसमा रिचर्ड गेरले अभिनय गरेका थिए।
          थप पढ्नुस्: http://www.time.com/time/magazine/article/0,9171,924722,00.html#ixzz1KXFphrHx

          समाचारदेखि प्रमाणसम्म सबै झुटा !

          एउटा अर्को उदाहरण सन् १९९५ देखि १९९८ सम्म तीन वर्ष स्टेफन ग्लास नामका रिपोर्टरले दुनियाँलाई उल्लु बनाएको घटनालाई लिन सकिन्छ। यसको शिकार बनेको थियो द न्यु रिपब्लिक नामको म्यागेजिन। घटना, पात्र, उनीहरुका भनाई, स्रोत र प्रमाण सबै नक्कली जुटाएर समाचार लेख्‍ने उनको शैलिबाट कायल भएका द न्यु रिपब्लिकका सम्पादक मार्टिन परेजले पछि एउटा अन्तर्वार्तामा भनेका थिए- अब त म उसले बाहिर घाम लागेको छ भनेर भने पनि पत्याउँदिन।
          उनले गरेका कयौँ फ्रड यत्तिकै रहे तर सन् १९९८ को मे महिनामा पाप धुरीबाट करायो। ह्याक हेभन शीर्षकमा उनले एक १५ वर्षका ह्याकरको बारेमा समाचार लेखे। ती ह्याकरणले जुक्ट माइक्रोनिक्स नामको कम्पनीलाई ह्याक गरेको अनि पछि त्यही कम्पनीले उसलाई सूचना सुरक्षा सल्लाहकारका रुपमा काम दिएको समाचारमा थियो। समाचार काल्पनिक भए पनि आफैले देखेजस्तो गरी यसरी लेखिएको थियो-
          Ian Restil, a 15-year-old computer hacker who looks like an even more adolescent version of Bill Gates, is throwing a tantrum. “I want more money. I want a Miata. I want a trip to Disney World. I want X-Men comic [book] number one. I want a lifetime subscription to Playboy – and throw in Penthouse. Show me the money! Show me the money!. . . .”
          Across the table, executives from a California software firm called Jukt Micronics are listening and trying ever so delicately to oblige. “Excuse me, sir”, one of the suits says tentatively to the pimply teenager. “Excuse me. Pardon me for interrupting you, sir. We can arrange more money for you.”
          यो समाचार छापिएपछि फोर्ब्स म्यागेजिनका पत्रकार एडम पेनेनबर्गलाई शंका लाग्यो। उसले समाचारमा दिइएका तथ्यहरुलाई क्रस चेक गर्न खोजे। जुक्ट माइक्रोनिक्स नामको कुनै कम्पनी र समाचारमा उल्लेख गरिएका मानिस फेला परेनन्। यसको पर्दाफास गरी फोर्ब्सले अनलाइनमा समाचार छापेपछि पत्रिकाले आन्तरिक अनुसन्धान थाल्यो। समाचारमा वर्णन गरिएका घटना नक्कली र पात्र नक्कली रुपमा खडा गरिएको पाइएपछि सम्पादकले ग्लासलाई तत्काल बर्खास्त गरे। विस्तृत आन्तरिक छानबिन भयो र उनले लेखेका ४१ समाचारमध्ये कम्तिमा २७ वटा काल्पनिक वा बढाइचढाइ गरिएको फेला पर्‍यो। सन् २००५ मा दिइएको अन्तर्वार्तामा ग्लासले बाँकी १४ वटा समाचारमा पनि काल्पनिक कुरा भएको बताएका थिए। उनी यति खुँखार थिए कि ह्याकरसम्बन्धी त्यो समाचारका लागि उनले आफै वेबसाइट बनाएका थिए, हुँदै नभएको जुक्ट माइक्रोनिक्स कम्पनीको भ्वाइस मेल अकाउन्ट बनाएका थिए, नक्कली बिजनेस कार्ड छपाएका थिए र ह्याकर कम्युनिटीको नक्कली न्युजलेटर छापेका थिए।
          द न्यु रिपब्लिकले गल्तीबारे जानकारी दिँदै आफ्ना पाठकहरुसमक्ष क्षमा माग्यो। यसबारे पनि हलिउडमा Shattered Glass शीर्षकमा एउटा फिल्म बनेको छ।

          जब न्युयोर्क टाइम्सले गल्ती गर्‍यो

          सन् २००६ को अप्रिल ९ मा अमेरिकाको अर्को एउटा प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले ज्याक हिटको एउटा लेख छाप्यो जसमा गर्भपात गराएको अभियोगमा एल साल्भाडोरमा एक महिलालाई जेलमा राखिएको दावी गरिएको थियो। ८ महिनापछि पत्रिकाले क्षमा माग्दै गल्ती सच्यायो। वास्तवमा ती महिलालाई बच्चा जन्मिएपछि हत्या गरेको आरोपमा जेलमा राखिएको रहेछ। लेखक गर्भपात गराउन पाउनु पर्छ भन्ने समूहमा काम गर्ने एक अनुवादकको अनुवादमा भर परेका रहेछन्।
          सन् २००६ कै मार्च महिनामा न्युयोर्क टाइम्सको पहिलो पेजमा हस्सन एम फताह नामका एक रिपोर्टरले एक इराकीसँग लिएको अन्तर्वार्ता छापियो। त्यसमा ती इराकी अबु घारिब जेलमा रहेको बेलाको भनी फोटो पनि छापिएको थियो। इन्टरनेट म्यागेजिन सालोनले त्यो फोटोमाथि तुरुन्त प्रश्न उठायो र अमेरिकी सेनाले पनि। टाइम्सले त्यही फोटो वास्तविक नामसहित धेरै वर्षअगाडि नै छापिसकेको रहेछ। टाइम्सका सम्पादकले यसप्रति क्षमा मागे र त्यो मान्छेको परिचय खोज्न पर्याप्त छानबिन नगरेको स्वीकारे।

          जब सीएनएन र टाइमले गल्ती गर्‍यो

          सन् १९९८ को जुन ७ मा सीएनएनले एउटा समाचार दियो- भियतनाम युद्धका क्रममा युद्ध छाडेर भाग्ने अमेरिकी सैनिकहरुलाई अमेरिकाले लाओसमा नर्भ ग्यास प्रयोग गरी मारेको थियो। जुलाई ७ तारिखमा सीएनएनले यो समाचार गलत रहेको स्वीकार्दै आफ्ना दर्शकसमक्ष यसरी क्षमा माग्यो-
          We acknowledge serious faults in the use of sources who provided NewsStand with the original reports and therefore retract the Tailwind story.
          We apologize to our viewers and to our colleagues at Time for this mistake.
          We have learned a lot from the mistakes made, and we will try to avoid them in the future भन्दै टाइम म्यागेजिनले पनि यही विषयमा छापिएको आफ्नो कभर स्टोरीप्रति क्षमा माग्यो।
          माथिका केही त उदाहरण मात्र हुन्, जसले देखाउँछ पत्रकारितामा गल्ती हुन्छ। तर त्यो गल्तीलाई लुकाउन खोज्नु अर्को महागल्ती हुन्छ। गल्ती भएपछि त्यसलाई स्वीकार गर्नु आगामी दिनमा गल्ती हुन नदिन गरिएको संकल्प हुन्छ। गम्भीर गल्ती गरेका मिडियाहरु गल्ती स्वीकार गरेपछि अघि बढेका छन्। गल्ती स्वीकार्दा मिडियाप्रतिको विश्वास घट्दैन, दीर्घकालीन रुपमा बढ्छ। दुर्भाग्यवश नेपाली मिडियाले यस्तो चलन पछ्याउन अप्ठेरो मान्छ। अनुजा बानियाँको मुद्दामा ‘कान्तिपुर’ले जसरी आन्तरिक रुपमा छानबिन गरी क्षमा माग्ने साहस देखायो, पत्रकारिताको विद्यार्थीका नाताले  व्यक्तिगत रुपमा मैले यसलाई सही बाटोमा अघि बढ्ने राम्रो प्रयासका रुपमा लिएको छु। यसलाई अरु मिडियाले पनि पछ्याउनु पर्छ। ‘कान्तिपुर’लाई धन्यवाद !

          गल्ती छापियो तर स्वीकारिएन

          नेपाली पत्रकारिताको इतिहासमा गल्ती भएको प्रमाणित भइसक्दा पनि नसच्याइएका कैयन् उदाहरण छन्। डा. भक्तमानको अपहरण केसमा त्यो घटना आपराधिक समूहले गराएको पुष्टि भइसक्दा पनि स्रोतलाई उदधृत गर्दै माओवादीले घटना गराएको दावी गर्ने पत्रिकाले आफ्नो गल्ती स्वीकार गर्न आवश्यक ठानेन।
          त्यसैगरी ८ वर्षअघि एउटा केही न केहीको हैसियत भएका रसेन्द्र भट्टराई नामका व्यक्तिलाई खर्बपतिको रुपमा ‘कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजनले प्रस्तुत गरेको थियो। त्यो गलत भएको पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन।
          भक्तमानको केस भर्खरैको भएकोले धेरैले थाहा पाएका छन्। रसेन्द्र भट्टराईको केस सबैलाई थाहा नहुन सक्छ। हेरौँ रसेन्द्र भट्टराईको समाचार, जसलाई सच्याउन आवश्यक ठानिएन।

          पाँच डलरबाट खर्बपति भए नेपाली

          सञ्जय न्यौपाने, काठमाडौं, २ कात्तिक २०६०- उनको निजी हवाईजहाज (एक्जुकेटिभ बोइङ बीबी जेट) छ। रोयल्स रोयस, बीएमडब्लू, मर्सिडिज, जगुवार,फेरारी आदि कार। अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरू……..। संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि।
          अमेरिकी राष्ट्रपति जर्ज बुश, पूर्व राष्ट्रपति क्लिन्टन, संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले राम्ररी चिन्ने ती धनाढ्य नेपाली हुन्। सम्भवतः उनको जति सम्पत्ति अरू नेपालीको छैन। पत्याउनुस्/नपत्याउनुस्, उनी हुन्– डा. रसेन्द्र भट्टराई (डा. आरबी)। दुई दशकअघि बैंककका लागि जहाज टिकट र साथमा पाँच अमेरिकी डलर लिएर गएका उनी गत वर्ष अप्रत्याशित रूपमा परिवारको सम्पर्कमा आएका हुन्।
          अस्पताल स्थापना गर्ने सिलसिलामा सोल्टी क्राउन प्लाजास्थित देशकै सबभन्दा दोस्रो महँगो कोठा गोसाइँकुण्ड स्वीट्मा उनी ६० दिनदेखि बसिरहेका छन्। यसको एक रातको मूल्य ९ सय अमेरिकी डलर (करिब ७० हजार रुपैयाँ) पर्छ। विभिन्न मुलुकका राष्ट्राध्यक्षदेखि हिलारी क्लिन्टनजस्ता विशिष्ट पाहुना बसिसकेको उक्त कोठामा हालसम्म कोही पनि यति लामो समय बसेको थिएन।
          करिब पाँच दशकअघि काठमाडौंको गुच्चाटोलमा जन्मेका उनको मूल घर बालुवाटार हो। महेन्द्र संस्कृत विश्व विद्यालयका उपकुलपति स्वर्गीय चूडानाथ भट्टरायका एकमात्र छोरा हुन्। ठेक्कापट्टा र व्यापार गर्दागर्दै एक साता जेल परेपछि नेपाल त्यागेको उनी बताउँछन्।
          बैंककमा साथीसँग लिएको एक लाख डलर ऋणबाट सुरु भएको उनको व्यवसाय अहिले अर्बौँ कारोबार गर्नेसम्म पुगेको छ। ‘सुरुमा सिंगापुरको इलेक्ट्रोनिक्स सामान युरोप पठाएँ, खाद्यान्न, सिमेन्ट कारोबार थालें,’ उनी भन्छन्– ‘त्यसपछि केही समय क्रोएसिया बसें। ‘नेदरल्यान्ड बस्दा ५० हजार डलर होटलमै तिरेँ,’ उनी सम्झन्छन्। उनी अर्थशास्त्रका पीएचडी हुन्।
          हाल उनी एचआरएच सुल्तान हमेङ्गकु बुबोनो एक्स ट्रस्ट कर्पोरेसन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी हुन्। इन्डोनेसियाका सुल्तान कोषका साझेदार हुन्। १७ मुलुकमा त्यसको कार्यालय छ। अमेरिका र बेलायतका सेयर बजारमा उनको लगानी छ। तेल प्रशोधन केन्द्र छ। ‘यी बाहेक विभिन्न मुलुकमा होटल,बैंक, अस्पतालहरू छन्,’ डा. आरबी भन्छन्। कुल सम्पत्ति कति छ त? ‘भन्न मिल्दैन,’ उनी भन्छन्।
          समाज सेवा बढाउन हालै उनले स्पेनमा ‘उमा फाउन्डेसन’ स्थापना गरेका छन्। ‘युरोप, अमेरिकामा भएकामध्ये यो सबभन्दा ठूलो फाउन्डेसन हो,’ उनको दाबी छ। अहिले इन्डोनेसियामा २० र स्पेनमा एउटा अस्पताल निर्माणाधीन छन् भने कंगोमा ४ वटा बनाइसकेको उनी बताउँछन्।
          कल्पनाझैं लाग्ने डा. आरबीको जीवन देखेर नेपाली नेताहरू पनि छक्क छन्। ‘विदेशमा एउटा नेपालीको नाम र शान देखेर मेरो शीर उँचो भयो,’ स्पेन भ्रमणका क्रममा केहीअघि रसेन्द्रको घरमै बसेर फर्केकी उपसभामुख चित्रलेखा यादवले भनिन्।
          डेढ वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री शरतसिंह भण्डारीले पनि उनलाई भेटेका थिए। नेपालमा पनि अस्पताल बनाउने उनको रुचि देखेपछि वीर अस्पताल र गंगालाल हृदय रोग प्रतिष्ठानलाई विस्तार गरिदिन आफूले प्रस्ताव गरेको भण्डारीले बताए। ‘म नेपालमा तीन वटा अस्पताल खोल्न चाहन्छु,’ डा. आरबी भन्छन्– ‘क्यान्सर, मृगौला र मुटु रोगको अस्पताल खोलेर नेपालीको सेवा गर्ने मन छ।’ तर त्यसमा सरकारी चासो नदेखिएकोमा भने उनलाई चित्त दुखेको छ।
          उनको अद्भूत सफलता र आकस्मिक आगमनबाट भट्टराई परिवार औधि खुसी छ। ‘नेपाल बसेर हुन्न भनेर उहाँ बैंकक जानुभएको हो,’ दुई दशकदेखि बेखबर लोग्ने फर्केकामा प्रसन्न श्रीमती रेनु सम्झन्छिन्। सुरुका दुई वर्षसम्म फोन/चिठी आउथ्यो। बैंककबाट क्रोएसिया गएकोसम्म थाहा थियो,’ उनी भन्छिन्।
          ‘परिवार भनेको भए बुद्ध, क्राइस्ट ठूलो मान्छे बन्दैनथे,’ आरबी भन्छन्– ‘मैले पनि आवश्यक ठानिनँ, लामो समय परिवारबाट अलग हुनु सजिलो भने छैन।’
          तर, उनलाई पछुतो छैन। दोस्रो बिहे पनि गरेका छैनन्। श्रीमती रेनु भने आफ्ना लोग्ने महत्वाकांक्षी पाराको भएकाले धनाढ्य भएर फर्केकामा अचम्भित छैनन्। उनले एक वर्षअघि छोरी भेट्न लन्डन जाँदा लोग्नेलाई भेटेकी थिइन्। उनका पिता स्वर्गीय भट्टरायले विभिन्न राजदूतावासमा सम्पर्क गरेर छोरालाई नेपाल फर्काउन पहल गरेको माइली छोरी मनीषा बाँस्कोटा बताउँछिन्। त्यसै आधारमा राजदूतावासहरूले उनको राहदानी नवीकरण पनि गरेनन्।
          ‘त्यसबाट मलाई धेरै समस्या भयो,’ ८९ मुलुक घुमेको बताउने डा. आरबी भन्छन्– ‘मलाई नेपालीप्रति निकै रिस उठ्यो। त्यसपछि तत्काल उनले बेलायतको नागरिकता लिए।
          अघिल्लो दसैं मान्न उनले छोरी–ज्वाइँलाई निम्ता दिएका थिए। ज्वाइँ शैलेशमात्र गए। पछिमात्र मनीषालाई भिसा मिल्यो र उनी मेड्रिड पुगिन्। बुबाले पालेको कुकुर ‘ताहितो’ ले विश्वस्तरका विभिन्न प्रतियोगितामा जितेका पदक राखिएको सोकेसको तस्वीर उनले देखाइन्।
          ‘कपडा प्रायः इटालीबाट ल्याउनुहुन्छ र पर्फ्युम लिन पेरिस जानुहुन्छ,’ तस्वीरको चाङ खोतल्दै मनीषा भन्छिन्। डा. आरबीकी जेठी छोरी समीषा न्युयोर्क र कान्छी जनीषा लन्डनमा छन्। ‘म नमर्दै आओस् भन्ने कामना गरेको थिएँ, मुख हेर्न पाएँ’ आमा नुतनसिंह भन्छिन्।
          यो संवाददाताले आमा र श्रीमतीसँग कुरा गरिरहेका बेला बालुवाटारस्थित आफ्नो घर आइपुगेका उनले आमाको खुट्टा ढोगेर म्वाइँ खादै भने– ‘मैले जे हासिल गरेको छु, मुमाको आशीर्वादले हो।’
          दसैंअघि नै फर्कने योजना रहे पनि आमाकै अनुरोधमा केही दिनका लागि उनी बसेका हुन्। ‘मुमाको सेवा गरेर रिटायर्ड जीवन यहीँ बिताउँछु,’ उनी भन्छन्। तर, अवकाश कहिले? ‘केही समय लाग्ला,’ उनी भन्छन्। हालै उनी बसेकै होटलमा तीन दिन चलेको गैरआवासीय नेपालीको सम्मेलनमा उनी सक्रिय भएनन्। ‘एकैछिन गएर फर्किहालेँ,’ उनी भन्छन्।

          A Nepali’s unbelievable trail to super richness

          By Prateek Pradhan
          KATHMANDU, Oct 19, 2003 - Simply unbelievable!
          He boasts a Boeing Business Jet (BBJ), owns a fleet of cars: Rolls Royce, BMW, Mercedes, Jaguar, Ferrari, Audi and so on. He has prime residential properties in Los Angeles, Orlando, London, Paris, Madrid and elsewhere. Bill Clinton is his friend, knows George Bush, Kofi Annan, Tony Blair and other heads of state personally.
          He is not Bill Gates nor the Sultan of Brunei, but a Nepali. He is Dr Rasendra Bhattarai, 50, a Nepali turned British.
          The story of the bafflingly rich Bhattarai began 22 years ago in Kathmandu, when he was sent to jail for misusing a fax machine of the Agricultural Development Bank for his business purposes. The incident became the first turning point in his trail to super richness. Now, he is a billionaire – in US dollars terms, of course!
          “Hadn’t I gone to the custody, I might never have become what Im today,” he confessed exclusively to The Kathmandu Post and Kantipur Television (Watch his interview in FireSide, Kantipur TV at 8 PM today). It is beside the point that he refused an interview to Larry King of CNN.His quest to richness began with Rs. 100 (then US$5), which his late father Professor Chuda Nath Bhattarai handed him at the time of his departure to Bangkok. Thanks to a friend in Bangkok who trusted him with US$100,000.”With the money I went to Singapore and to theNetherlands. By the time I was to start a business, I had already spent half the money.”
          Bhattarai and a Thai friend discovered that most of the Chinese and Indonesian restaurants in the Netherlands used pink napkins and pink tablecloths. They soon got the contract to supply the pink items. “I love pink because with that business I earned about five million guilders,” Bhattarai said.
          He also supplied sugar to China and Indonesia from South America, and cement to Bangladesh from Romania, Malaysia and Indonesia. He became a global merchant.
          The next turning point came to him when he supplied wheat to Russia in 1989. “Then I realised that I was going to be a rich man,” he confided.
          The third turning point for this suave gentleman came while supplying Croatian ships to Indonesia. “An Indonesian friend, Mr. Tamrin, took me to an Indonesian Sultan, which turned my luck once again,” he recounted. The believe-it-or-not event happened this way. The deceased father of the Sultan told him in a dream to have Bhattarai as his business partner. The next day, the Sultan himself offered him partnership in one of the worlds biggest trusts, HRH Sultan Hamengku Buwono X Trust Corporation. Now he is its president and CEO.
          “I also have established Uma Trust in Europe,” he said.Dr Bhattarai is now in Nepal, and staying in the Gosaikund Suite of Soaltee Crowne Plaza. He has been paying US$900 per night for the last 60 days – a record in itself for the property. Despite having a nice house, seniors and wife Renu in Baluwatar, he opted to stay at Soaltee, probably because he is here with his business partner and friend, Poonam Singh.
          “Poonam is the one who encouraged me to return to my country after 22 years. I’m indebted to her,” he said.Two years after Bhattarais departure, his family lost all contacts with him. To entice his son back to Nepal, Professor Chudamani Bhattarai resorted to diplomatic help.
          In 1991-92, the Royal Nepalese Embassy in Paris refused to renew Bhattarai’s passport. “I had to take British passport as I languished without a passport for over a year,” he said.Now that he is back home, he is willing to help Nepal. “I’m sad that I havent been of any help to my motherland, yet,” he said.”With social security and insurance in health policies, I could bring big hospitals to Nepal,” said the Nepali Midas.

          बाबा त बिते, खर्बौंको सम्पत्ति कसको ? Nagarik News


          उमर फारुक, पुट्टपर्ती- यो कुरा सन् १९९५ को हो। पहिलो पटक म अनन्तपुर जिल्लाका पुट्टपर्ति गएको थिए। अवसर थियो - विश्व प्रसिद्ध धर्मगुरु साइबाबाको ७० औं जन्मदिन। मलाई यस्तो लागेको थियो - त्यहाँ विश्वबाट मानिस उर्लिएर आएका छन्। धेरै किलोमिटरसम्म ट्राफिक जाम थियो र हजारौ सवारी साधन सडकमा फसेका थिए। सो नगरमा सबै ठूलो भवनमा एउटा नाम थियो - साई बाबा र प्रत्येक व्यक्तिको बोलीमा त्यही नाम थियो। साई बाबाका आश्रय प्रशान्ति निलयममा पनि मानिस टम्मै भरिएका थिए। त्यसमा भारतका विभिन्न स्थानमा मात्रै नभएर विश्वभरका मानिस भेला भएका थिए।


          स्टेडियममा देश विदेशमा मानिस खचाखच भरिएका थिए। धेरै प्रतिक्षा पछि एउटा रथ जस्तो ठूलो बहान त्यहाँ पुग्यो। त्यसलाई डोरी बाँधेर तानिएको थियोे। डोरी तान्नेहरु साइ बाबाले चुनेका भक्त थिए। भक्तहरु भन्दा अघि आन्ध्र प्रदेशका तत्कालिन प्रहरी महानिर्देशक एचजे डोरा खाली खुट्टामा थिए। मञ्चमा प्रबन्धका लागि बसेका व्यक्तिहरु मध्ये एक सर्वोच्च अदालतका न्यायाधीश भगवती पनि थिए। राजनीति, प्रशासन, न्याय, सेना, फिल्म तथा खेल क्षेत्रका नाम चलेका हस्ती त्यहाँ भेला भएका थिए।

          समारोहमा प्रधानमन्त्री पि वि नरसिंह राव र राष्ट्रपति शंकर दयाल शर्मा दुवै त्यो समारोहमा उपस्थित थिए। साइ बाबाको शक्तिको यो भन्दा ठूलो संकेत के हुन सक्छर?
          शंकर दयाल शर्मा त्यस समयमा हिड्न पनि नसक्ने अवस्थामा रहेका थिए तर उनले कसै गरि झुके र साइ बाबाको खुट्टा ढोगे। त्यहाँ रहेका भक्तहरु उनका एक झलक पाउन व्यग्र प्रतिक्षामा थिए। विदेशबाट आएका भक्तहरुले उपहारको वर्षा गरिरहेका थिए। साइ बाबाको प्रभावका यो समान्य वर्णन मात्रै हो त्यसरी मानिसलाई मोहित पार्ने सक्ने साई बाबाको शुरुवात सामान्य व्यक्तिको रुपमा भएको थियो।

          साई बाबाका वास्तिविक नाम सत्यनारयणा राजु थियो। पुट्टपर्तिको एउटा गरिब परिवारमा उनका सन् १९२६ नोभेम्बर २३ मा उनका जन्म भएको थिउो। उनका बुबा आमा मजदुरी गरेर घर चलाउथे। सत्यनारायणा एक दई र दुई बहिनी पछि सबैभन्दा सानो थिए। विद्यालयका कालमै उनका अचानक परिर्वतन भयो र उनी धेरै धार्मिक बने। चौधै वर्षमा उनले शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए। उनको विश्वका बाटो विराएकाहरुलाई बाटो देखाउन नयाँ अवतार लिएको घोषणा गरे।

          भजन कीर्तन गर्ने एक किशोरबाट उनी विस्तारै विस्तारै आध्यात्मिक गुरुको रुपमा प्रसिद्ध हुन थाले। टाढा टाढाबाट मानिस उनको दर्शनका लागि आउन थाले।
          सन् १९५० सम्ममा उनी यति प्रभाव विस्तार भैरहेको थियो की पुट्टपर्तिमा उनले प्रशान्ति निलयम बनाएका थिए। हावामा हात घुमाएर विभूतिदेखि बहुमूल्य आभुषण र महंगा घडीहरु उत्पन्न गर्न सक्ने चमत्कारको कुरा हुन थाल्यो त्यसपछि उनका भक्तको संख्या झनै बढ्न थाल्यो।

          भारत मात्रै होइन विश्वभरका मानिस उनका आश्रय स्थलमा पुग्न थाले। आफ्नो जीवनका एउटा पटक मात्रै विदेश भ्रमण गरे त्यो पनि अफ्रिकी देश युगान्डाको।
          भक्तजनहरुले उनलाई भगवान भनेर बोलाउन थाले। प्रभाव र शक्तिको साथसाथै उनका समाग्रीहरु पनि बढ्न थाले। उनका ट्रस्टमा कति सम्पत्ति छ भने अनुमान पनि लगाउन गाह्रो छ। उनले देश विदेशमा धेरै आध्यात्मिक केन्द्र स्थापना गरे। क्याम्पस र विद्यालय खोले तर त्यसमा सबैभन्दा ठूलो काम उनले २ खर्ब भारतीय रुपैया खर्च गरेर सुख्खा प्रभावित अनन्तपुर जिल्लामा पानीको योजना सञ्चालन गरे।

          पुट्टपति नगरमा उनले एउटा विश्वविद्यालय, गरिबलाई निःशुल्क उपचार गराउनका लागि एउटा आधुनिक अस्पताल, विमानस्थल र रंगशाला बनाएका छन्। यतिका काम गरेपनि उनी विवाद र आलोचना भन्दा पर रहन सकेनन्। बुद्धिजिवीहरुले उनलाई ढोगी भएको र मानिसलाई बेवकुफ बनाएको आरोप लगाएका थिए भने विदेशी भक्तले उनी समलैगी भएको र बालकहरुसँग यौन दुराचार गर्ने आरोप लगाए। यस्तो आरोप भारतीय सञ्चार माध्यममा पटक पटक आए।

          त्यस मध्ये दुई वटा घटनाले ठूलो खैलाबैला मच्चाएको थियो। हैदराबादका एउटा समारोहमा उनले हावामा हात हल्लाएर सुनका सिक्री निकाले र भक्तहरुलाई देखाए। तर पछि त्यो भिडियो हेर्दा के कुरा देखियो भने टाउकोबाट निकाल्दै गरेको देखियो। यो घटना पछि धेरै बुद्धिजिवीहरुले उनलाई पहलो बस्त्र हटाएर आम मानिसले जस्तो लुगा लगाएका चमत्कर गर्न चुनौती दिए। एक पटक बंगालका प्रसिद्ध जादुगर पि सी सरकारले साई बाबासँग प्रतिस्पर्धा गर्दा हातको जादु देखाए। सो स्थानमा बाबाले बहुमूल्य घडी निकालेको दावी गरेको थिए त्यहीबाट सरकारले रसवरी निकाले। त्यसपछि त्यहाँ खल्लाखल्ला मच्चियो। साई बाबाका कर्मचारीले सरकारलाई बाहिर निकाले।
          त्यसको केही समय पछि चार युवक प्रशान्ति निलयमका सुरक्षाकर्मीद्वारा मारिए। आश्रमका अधिकारीहरुले ती युवकले साई बाबाको शयन कक्षमा प्रवेश गरी उनलाई मार्ने कोसिस गरेको बताए। त्यस घटनामा पनि धेरै प्रकाकार अफवाह सार्वजनिक भयो तर साँचो कुरा कहिले पनि बाहिर आएन्।
          साई बाबाको निधनको खबरपछि अन्तिम श्रद्धाञ्जलिका लागि एकत्रित भीड। तस्बिरः रोयटर्स

          यस प्रकारको घटना कुनै अन्य गुरुकोमा हुन्थ्यो भने त्यसका अस्तित्वमाथि खतरा उत्पन्न हुनसक्थ्यो। तर जुन धर्मगुरुका भक्त मन्त्री छन्। त्यसैले उनलाई केही भएन। साइ बाबाको प्रभाव कति धेरै छ भन्ने कुरा एउटा कुराले प्रस्टाउनछ। किनभने उनका नक्कल गर्ने धेरै मानिस सफल भए। उनी जिवितै हुँदा साई बाबाका जस्तो 'बाला साई बाबा' निकै लोकप्रिय रहे। अहिले सबैको मानमा एउटा प्रश्न उठेको छ। साइ बाबाको स्थान कसले लिन्छ भन्नेर। खर्बौ रुपैया सम्पत्ति कसले प्राप्त गर्छ। साइ बाबाको स्वर्गिय भइसकेका भाइ जानकीरामका छोरा रत्नाकारको ट्रस्टमा निकै प्रभाव रहेको छ। तर रत्नाकर उत्ताराधिकारी बने अघि आए भने साइ बाबाका समुदायमा फुट पनि आउनेछ।
          साई बाबाले उनका उत्तराधिकारीले कर्नाटक राज्यका मन्डिया जिल्लामा प्रेम साईको रुपमा जन्म लिने घोषणा गरेका छन्। उनले यस्तो भविष्यवाणी गरेको ५० वर्षभन्दा बढी भैसकेको छ तर अहिलेसम्म त्यस्तो देखिएको छैन। शिर्डीका जोगी साई बाबाले सन् १९१८ मा आफ्नो मृत्यु हुनुभन्दा अघि भविष्यवाणी गर्दै उनको उत्तराधिकारी मद्रास प्रेसिडेन्सीमा जन्मने बताएका थिए। अनन्तपुर जिल्ला त्यस समयमा मद्रासको एउटा अंशको रुपमा रहेको थिए।

          एउटा अर्को कुरा शिर्डीको साई बाबा गरिबीमै जन्मे र गरिबी रहेर सेवा गरे। तर उनका उत्तराधिकारी अरबपति निस्के। (बीबीसी)

          Sunday, April 24, 2011

          अनुजा प्रकरण नक्कली भएको कान्तिपुरले स्वीकार्यो कारवाही गर्न समस्या

          १२ बैशाख, काठमाण्डौ । अनुजा बानियाँ नामक युवतीले बसमा भेटेको ९१ लाख नगद र हीराको हार फिर्ता गरेको भन्दै एङ्कर समाचार छापेको कान्तिपुर दैनिकले सो समाचार झुटो भएको स्वीकार्दै ‘क्षमायाचना’ छापेको छ ।
          सोमबार मुख्य पृष्ठमा क्षमायाचना छाप्दै पत्रिकाले आफ्ना समाचारदातासँग कुरा गर्ने पात्र नक्कलीरुपमा अनुजाले खडा गरेको दावी गरेको छ । ‘उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसंगै गएका भनिएका छोरी सुधा, छोरा अनिल र मितछोरी अनिता कार्की र अनुजा स्वयंको भनाईमा आधारित थियो-पत्रिकाले भनेको छ-’समाचार तयारीका क्रममा सम्र्पकमा आएका यी पात्र नक्कलीरुपमा खडा गरिएको खुल्न आएको छ ।’
          पैसा फिर्ता पाएका भनिएका पुरुषोत्तम पौडेल कतै नभेटिएको भन्दै कान्तिपुरले ‘अनुजाले सम्पर्क गरेका नम्बरहरुको कल डिटेल मगाएर हेर्दा उनले काठमाण्डौंका पुरुषोत्तम पौडेल नाम गरेका ब्यक्तिसँग कुरा गरेको पनि पाइएन’ भनेको छ ।
          कान्तिपुरले स्वीकारेको छ-’ समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टी भएको छ ।’ नियोजित परिस्थीति र नक्कली पात्रका कारण भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा क्षमा मागेको छ कान्तिपुरले । कान्तिपुरले हर्ष सुब्बाको बाइलाइनमा ӑधन्य अनुजा’ शीर्षकमा पहिलोपटक समाचार प्रकाशन गरेको थियो ।
          चुपचाप प्रहरी
          नक्कली पात्रहरु खडा गरेर पत्रिका, पाठक र राष्ट्रपति लगायतलाई भ्रममा पार्न सफल यी अनुजा बानियाँले कस्तो कारवाही भोग्नेहुन भन्ने बारेमा अन्यौल छ । अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
          अनुजाले भने अझैपनि आफ्नो कुरा सही भएको दावी गरिरहेकी छन् । पहिले बधाई दिनेहरुले फोन गरेर अहिले गाली गर्न थालेपछि उनले फोन अफ गरेकी छन् । यो घटनाले अनुजाका आफन्तसमेत हैरान भएका छन् । उनीहरुले यो घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन् । बाहिर निस्कन समस्या भएपछि अनुजा दिनभर दिदी भिनाजुको घरमा सुतेर बिताइन् ।



          अनुजा प्रकरण नक्कली भएको कान्तिपुरले स्वीकार्यो

          कारवाही गर्न समस्या

          १२ बैशाख, काठमाण्डौ । अनुजा बानियाँ नामक युवतीले बसमा भेटेको ९१ लाख नगद र हीराको हार फिर्ता गरेको भन्दै एङ्कर समाचार छापेको कान्तिपुर दैनिकले सो समाचार झुटो भएको स्वीकार्दै ‘क्षमायाचना’ छापेको छ ।
          सोमबार मुख्य पृष्ठमा क्षमायाचना छाप्दै पत्रिकाले आफ्ना समाचारदातासँग कुरा गर्ने पात्र नक्कलीरुपमा अनुजाले खडा गरेको दावी गरेको छ । ‘उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसंगै गएका भनिएका छोरी सुधा, छोरा अनिल र मितछोरी अनिता कार्की र अनुजा स्वयंको भनाईमा आधारित थियो-पत्रिकाले भनेको छ-’समाचार तयारीका क्रममा सम्र्पकमा आएका यी पात्र नक्कलीरुपमा खडा गरिएको खुल्न आएको छ ।’
          पैसा फिर्ता पाएका भनिएका पुरुषोत्तम पौडेल कतै नभेटिएको भन्दै कान्तिपुरले ‘अनुजाले सम्पर्क गरेका नम्बरहरुको कल डिटेल मगाएर हेर्दा उनले काठमाण्डौंका पुरुषोत्तम पौडेल नाम गरेका ब्यक्तिसँग कुरा गरेको पनि पाइएन’ भनेको छ ।
          कान्तिपुरले स्वीकारेको छ-’ समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टी भएको छ ।’ नियोजित परिस्थीति र नक्कली पात्रका कारण भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा क्षमा मागेको छ कान्तिपुरले । कान्तिपुरले हर्ष सुब्बाको बाइलाइनमा ӑधन्य अनुजा’ शीर्षकमा पहिलोपटक समाचार प्रकाशन गरेको थियो ।
          चुपचाप प्रहरी
          नक्कली पात्रहरु खडा गरेर पत्रिका, पाठक र राष्ट्रपति लगायतलाई भ्रममा पार्न सफल यी अनुजा बानियाँले कस्तो कारवाही भोग्नेहुन भन्ने बारेमा अन्यौल छ । अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
          अनुजाले भने अझैपनि आफ्नो कुरा सही भएको दावी गरिरहेकी छन् । पहिले बधाई दिनेहरुले फोन गरेर अहिले गाली गर्न थालेपछि उनले फोन अफ गरेकी छन् । यो घटनाले अनुजाका आफन्तसमेत हैरान भएका छन् । उनीहरुले यो घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन् । बाहिर निस्कन समस्या भएपछि अनुजा दिनभर दिदी भिनाजुको घरमा सुतेर बिताइन् ।
          9 Comments on “अनुजा प्रकरण नक्कली भएको कान्तिपुरले स्वीकार्यो”
          • Jantako 6oro wrote on 25 April, 2011, 3:39
            kantipur jasto muldharko nomber 1 mediale yasto galti garnuhunnathyo……….
            Like or Dislike: Thumb up 1 Thumb down 1
          • ram shrestha wrote on 25 April, 2011, 4:11
            passport harayo bhanera patrika ma chhape pachhi arko paport paine tyo samachar ko aadharma ……….ahile chahin kina patrika ma chhapeko samachar ko aadharma karye bahi garna namilne bhaneko ……..
            Like or Dislike: Thumb up 0 Thumb down 1
            sanjiv Reply:
            Ram ji ko jawaf malai sarai thik lagyo. Prahari ko nalayaki pan matra ho yo. ki anya katai bata pressure chha,
            Like or Dislike: Thumb up 0 Thumb down 0
          • surya giri wrote on 25 April, 2011, 4:15
            it must be give punishment to related persons.
            Like or Dislike: Thumb up 0 Thumb down 3
          • Saroj wrote on 25 April, 2011, 4:30
            कारबाही कसलाई गर्ने ? कमसेकम कान्तिपुरले आफ्नो गल्ति स्वीकारेर क्षमायाचना गर्यो / तपाई हरु लाई थाहा छ कि छैन , भक्तमान को अपहरण माओबादीले गरेको भनेर नागरिक पत्रिकाले दैनिक जस्तो समाचार निकाल्थियो / नागरिक लाई कारबाही भयो ? नागरिक पत्रिकाले क्षमायाचना गर्यो ?
            यी टाउके पत्रिकाले टाउके नेताहरु ऋषि धमला को कम्पनी मा गएर भनेको थोत्रो महाबाणी बाहेक अरु केहि निकाल्न जानेको छैन /
            अनुजा ले जे गरिन , ठिक गरिन , रास्ट्रपति लाई ल्वाक्पा खुवाएर / अनुजा हरुलाई एस्तो गर्न सिकाएको यिनै नालाएक नेता हरु ले हो / ब्यापारीले अरबौ रुपया छली गर्दा हुने , सभासद ले रातो पासपोर्ट बेच्दा हुने , ६०१ ले देशको अरबौ रुपया मा मोज गर्दा हुने , अनुजा ले ढाटदा नहुने ? कान्तिपुर ले पनि जानी जानी त पक्कै पनि समाचार निकालेको होइन होला , अनुजा र कान्तिपुर लाई भन्दा पनि पहिले ति माफिया र भर्स्ट नेता जसले देश को ढुकुटी रित्याई रहेका छन् , जसले देशको स्वाभिमान बेची रहेका छन् , तेस्लाई हुनु पर्छ /
            Like or Dislike: Thumb up 21 Thumb down 1
          • Binod dhakal wrote on 25 April, 2011, 4:41
            yosto jhut kam garnelai sarkar le chiti vanda chito karbai agadi badaunu parchha…………..
            Like or Dislike: Thumb up 0 Thumb down 8
          • sanjiv wrote on 25 April, 2011, 4:53
            Kantipur jasto patrika le Anuja ko birodh ma bhandaphor garnu parchha.Hoina bhane hami kantipur ka sambad data (patrakar) ko birodh ma mudda darta garchhou.
            Like or Dislike: Thumb up 0 Thumb down 4
          • anil thapa wrote on 25 April, 2011, 4:57
            kantipur patrakarita ko yoggeta ra satteta parmanit.
            Like or Dislike: Thumb up 1 Thumb down 2
          • samir khanal wrote on 25 April, 2011, 4:59
            tapai harule duniya dubaunu bhayo
            Like or Dislike: Thumb up 0 Thumb down 0

          गए साई बाबा, भक्तलाई श्रद्धाञ्जलि - MY Sansar

          झण्डै एक महिनादेखि साई बाबाको अस्पतालमा उपचार भइरहेको र स्थिति चिन्ताजनक भइरहेको खबरका बीच एक साई भक्तलाई मैले यसबारे सोधेको थिएँ। उनले ‘बाबा आफैले ९६ वर्षसम्म बाँच्ने घोषणा गरेका छन्, केही हुन्न, केही दिनपछि फर्कनु हुन्छ’ भने। उनको आस्थालाई ठेस पुर्‍याउने कुरा के गराइ भो र, तर निरन्तर यो विषयमा समाचार खोजी खोजी पढिरहेका कारण मलाई भने उनको कुरामा पटक्कै विश्वास लागेको थिएन। भन्दै आज बिहान खबर आयो, साई बाबाको निधन भयो उपचार गराइरहेको अस्पतालमा बिहान सात बजेर ४० मिनेट जाँदा। अब उनी र उनीजस्ता भक्तहरुलाई श्रद्धाञ्जलि दिनुबाहेक अरु उपाय छैन। भक्तहरुको आस्थामाथि खेलवाड गर्दै सत्य साई ट्रस्ट र उपचारमा संलग्न डाक्टरहरुले स्वास्थ्यको पूर्ण विवरण सार्वजनिक गरेनन्। बिचरा ‘भगवान्’को मृत्युलाई विवादमा पारियो।
          त्यसैले उनकै भक्तले पुट्टपर्थी रहेको भारतीय राज्य आन्ध्र प्रदेशको मानवअधिकार आयोगमा उजुरी दर्ता गर्न पुगेका थिए। अनि साई बाबाको स्वास्थ्यसम्बन्धी प्रतिवेदन वैशाख १६ गतेसम्म बुझाउन भारतको आन्ध्र प्रदेश राज्यको मानवअधिकार आयोगले राज्य सरकारलाई निर्देशन पनि दिएको थियो।
          यसअघि आइसीयुमा रहेका बिरामीको फोटो र भिडियो सार्वजनिक गर्न मिल्दैन, त्यसो गर्नु मानवअधिकारको हनन् हुन्छ भनी डाक्टरहरुले बताएका थिए। बीचमा उनको सजीव समाधि (जिउँदै पुर्ने) सम्मका कुरा पनि आएका थिए।
          साई बाबाको स्वास्थ्य बारे सत्य साई सेन्ट्रल ट्रस्ट र उपचारमा संलग्न चिकित्सकहरुबीचको विवाद पनि सार्वजनिक भएको थियो। ट्रस्टले उनको स्वास्थ्य सुधार भइरहेको भन्दै १५ दिनमा आश्रम फर्काउन सकिने वक्तव्य केही दिनअघि निकालेको थियो। तर उपचारमा संलग्न डाक्टरले भने कहाँ त्यस्तो हुनु, उनको स्वास्थ्य चिन्ताजनकै छ भनेर वक्तव्य निकालेको नौटंकी गज्जब कै थियो।
          जीवन भर उनी विवादमा थिए। उनले हातबाट निकाल्ने खरानी र मालाहरु, मुखबाट निकाल्ने शिवलिङ्ग चटक मात्र भएको आरोप लागे। यौन दुराचारको आरोप पनि लागे। तर भक्तहरु टसका मस भएनन्। उनीहरुको आस्थामाथि केही असर परेन। भन्नेहरुले भन्दै गरे। पूजा गर्नेहरुले गर्दै गरे।
          सन् १९२६ को २३ नोभेम्बरका दिन पुट्टपर्तीमा जन्मेका सत्यनारायण राजुले १४ वर्षको उमेरमा आफूलाई शिरडी साई बाबा (पहिलो साई बाबा) को अवतार भएको घोषणा गरेका थिए। भक्तहरु अर्को साई अवतार प्रेम साईको जन्म हुन्छ भन्ने विश्वास गर्दा रैछन्। त्यसैले श्रद्धाञ्जलि शब्द पनि गलत पर्‍यो भन्दै भक्तहरुले बबाल गर्न बेर छैन।

          Friday, April 22, 2011

          '९१ लाख फिर्ता दिने' अनुजा धरानबाट इटहरी सरिन् - onlinekhabar

          इटहरी, वैशाख ९ (नागरिक)- 'बसमा पाएको ९१ लाख रुपियाँ फिर्ता दिएकामा' चर्चित अनुजा बानियाँ धरानबाट इटहरी सरेकी छिन्। दाजु-भाउजूसँग बस्दै आएकी उनले 'पैसा भेट्टाउँदा पनि किन नभनेको भनेर स्थानीयले बिरोध गर्न थालेपछि' दिदी-भिनाजुसँग बस्न आएको बताइन्। उनले काठमाडौं सीतापाइलाका ६५ वर्षीय पुरुषोत्तम पोखरेलको पैसा र हिराको हार भेट्टाएर फिर्ता गरेको बताउँदै आए पनि पुष्टि भने हुन सकेको छैन्।

          उनले भनिन्- मैलै पैसा भेटेर दिएको साँचो भए पनि उहाँहरु कसैको पनि सम्पर्क नम्बर नलिँदा र अहिलेसम्म सम्पर्क नगर्दा समस्या परेको छ। उनी अहिले चिन्तामा डुबेकी छन्। 

          अनुजाकै भनाइमा पैसा फिर्ता गर्ने क्रममा पुरुषोत्तमकी मित छोरी धरानकी अनिता कार्की र पोखरेलकै छोरा इटहरी निवासी अनिल पोखरेल थिए। पैसा लिन गएकामध्ये कसैको अहिलेसम्म पत्तो लागेको छैन। उनले पैसा फिर्ता दिएको घटना सर्वत्र चर्चाको विषय बने पनि पैसा फिर्ता लाने कोही पत्ता नलाग्दा घटना थप रहस्यमय बनेको छ।

          अनुजाकै आफन्तसमेत घटनाप्रति अचम्भित छन्। 'अनुजाको अलिक बढी नै गोपनीयता राख्‍ने बानीचाँहि छ तर, यति ठूलो रकम भेट्दा त कम्तीमा परिवारका सदस्यलाई जानकारी दिनुपर्ने हो तर त्यसो भएन'- उनका भिनाजु चक्र बिष्टले बताए।

          पैसा फिर्ता लिने पोखरेलले २५ गते इटहरीकै आइएमइबाट धरानमा छोरी सुधा पोखरेलको जग्गा खरीद गर्न पैसा निकालेर धरान पुर्‍याउन जाँदा गाडीमै छुटेको झोला अनुजाले भेट्टाएपछि फोन गरेरै फिर्ता गरेको बताएकी छिन्। तर चैत २० गतेयता इटहरीको आइएमइबाट एकै पटक यति ठूलो रकम कसैले नझिकेको शाखा प्रबन्धक दर्शन श्रेष्ठले बताए। 'घटनापछि सबै कार्यालयमा रेकर्ड हेर्‍यौं, अहिलेसम्म पुरुषोत्तम पोखरेल नाम गरेको व्यक्ति पनि फेला नपरेको र ठूलो रकम पनि कसैले ननिकालेको पाइयो'- उनले भने।

          सुनसरी प्रहरीले घटनाका विषयमा पूरै अनभिज्ञता व्यक्त गरेको छ। प्रहरी प्रमुख भूपालकुमार भण्डारीले भने- सबैतिरबाट अनुजाको बारेमा फोनमार्फत् सोधिरहेका छन्। तर, यथार्थ थाहा छैन।

          Tuesday, April 19, 2011

          मलाई प्रहार गरेर सरकार ढाल्ने षड्यन्त्र हुँदैछ : राज्यमन्त्री लामा - nagariknews

          काठमाडौँ, वैशाख ७ (नागरिक)- पाँच वटा नाम प्रयोग गरी तीन वटा देशको नागरिक भएको आरोपमा विवादित अर्थ राज्यमन्त्री ल्हारक्याल लामाले आफूमाथि प्रहार गरेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
            न्युज२४ टेलिभिजनसित कुरा गर्दै लामाले आफ्नो मानहानी र चरित्र हत्या गर्ने काम पत्रकारहरुमार्फत् यिनै षड्यन्त्रकारीले गरेको जिकिर गरे। संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री झलनाथ खनाललाई बयान दिन बोलाएकोमा असन्तुष्टि व्यक्त गरे। ‘मलाई स्पष्टिकरण नलिई ठाडै प्रधानमन्त्रीलाई किन बयान लिन बोलाएको ?' उनले प्रश्न राखे।
          ‘तीन- तीन वर्ष सभासद हुँदा यो कुरा किन उठाइएन ?,' उनले प्रश्न गरे। मिडियामा आएका कुरा पुष्टि भए कानुन अनुसार सजाय भोग्न आफू तयार भएको उनले बताए।
          ती कागजातमा आफ्नो फोटो नक्कली टाँस्सिएको र त्यसमा आफ्नो हस्ताक्षर र ल्याप्चे पनि नभएको दावी उनको थियो।