Monday, February 25, 2013

सरकारको नेतृत्व गर्न रेग्मीलाई सर्वोच्चको स्वीकृति (विज्ञप्तिको पूर्ण पाठसहित) प्रधानन्यायाधीशको निर्देशनमा अदालतमा पत्रकार सम्मेलन - onlinekhabar

१४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले दलहरुबीच हुने सहमति अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व गर्न तयार रहेको भन्दै मार्गप्रशस्त गरेको छ ।
लामो मौनता तोड्दै सर्वोच्चले सोमबार विज्ञप्ति जारी गरी सरकारको नेतृत्वबारे दलहरुबीच भइरहेको छलफलप्रति रेग्मी सकारात्मक रहेको बताएको छ ।
मन्त्रिपरिषदको अध्यक्ष बन्ने रेग्मीको कुनै निजी चाहना र इच्छा नभएको भन्दै विज्ञप्तिमा भनिएको छ-’न्यायापालिकाको सर्वोच्च पदमा रही देशको न्ययापालिकाको नेतृत्व गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा सम्मानीय ज्यूको कुनै निजी चाहना वा इच्छा रहेको नभई यो विषय वृहत्तर राष्ट्रिय हित एवं सरोकारको विषय रहेको हुँदा राष्ट्रिय हित अनुकूल देशमा उत्पन्न संवैधानिक जटिलताको निवारणका लागि सम्माननीय प्रधानन्यायधीशज्यूको सकारात्मक दृष्टिकोण रही आएको छ ।’
दलहरुबीच भएको छलफल कानून शासन, मानवअधिकारप्रतिको सम्मान, न्यायापालिकाप्रतिको प्रतिवद्धता एवं ४ वर्षदेखि निश्पक्ष रुपमा न्याय सम्पादनमा पुर्‍याउँदै आएको योगदान एवं न्यायाप्रतिको निष्ठाका लागि रेग्मीलाई नेतृत्व दिनेबारे दलहरुबीच छलफल भएको सर्वोच्चको ठहर छ ।
राजनीतिक तहमा गरिने सहमति, संवैधानिक एवं कानूनी जटिलताको निकास न्यायपालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्दै सो अनुसार आगामी प्रक्रिया निर्धारण गरिने सह-प्रवक्ता हेमन्त रावलको हस्ताक्षरसहितको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ती 

Saturday, February 23, 2013

पारसको यस्तो अस्पतालमा हुँदैछ उपचार, चार चिकित्सक संलग्न, आइसियु शुल्क दैनिक ३५ हजार - bizmandu


काठमाडौं । हृदयघातपछि बैंककको समिटभेज सुखुम्भित अस्पलतामा उपचार गराई रहेका पारस शाहको स्वास्थ्य अझ जोखिमपूर्ण बनेको छ । शुक्रवार ‘क्रिटिकल’ भनेका चिकित्सकको समूहले शनिवार पेटमा रक्तश्राव भैरहेको जानकारी दिएका छन् । शुक्रवारको  मेडिकल बुलेटिनमा पारसको अवस्था ‘स्थिर’ रहेको जानकारी दिएको उपचारमा संलग्न चिकित्सकको समूहले शनिवारको बुलेटिनमा ‘स्थिर’ शब्द झिकेको छ ।

आजदेखि पारसको पेटमा रक्तश्राव भएको छ, उनको इन्डोस्कोपी गरेर आवश्य उपचार भैरहेको छ, बिहिवार जारी मेडिकल बुलेटिनमा छ । रक्तश्राव भएपछि पारसको उपचारमा ग्यास्ट्रोलोजिष्ट डा. श्रुरास्रक एक्पोङ्गपाइस्ती पनि संलग्न भएका छन् । शुक्रवारसम्म दुई जना कार्डियोलोजिष्ट र एक जना इन्टेन्सीभिष्टले पारसको उपचार गरिरहेका थिए ।

पारसलाई मंगलवार हृदयघात भएपछि गम्भीर अवस्थामा समिटभेजको सुखुम्भित अस्पतालमा भर्ना गरिएको थियो । पारसलाई आइसियुको भेन्टिलेटर लाइफ सर्पोट सिस्टममा राखिएको छ ।


उपचारमा संलग्न चिकित्सकको टीम ग्यास्ट्रोलोजिष्ट डा. श्रासक, इन्टेन्सिभिष्ट कुन्चित, कार्डियोलोजिष्ट परियना र सायन (क्रमस)

गम्भीर अवस्थामा रहेका पारसलाई शुक्रवार र शनिवार गरी श्रीमती हिमानीले भेट गरेकी छन् । उनले पारसको स्वास्थ्यस्थितिका विषयमा चिकित्सकका राम्रो परामर्श पनि गरेकी छन् । हिमानीसँगै बहिनी प्रेरणा, दिलासा, ज्वाईं डा. राजीव शाही लगायतका एक दर्जन नातेदार र आफन्त यतिवेला बैंकक पुगेका छन् ।


अस्पतालले शुक्रवार र शनिवार साँझ जारी गरेको फरक दुई मेडिकल बुलेटिन

समिटभेजको सुखुम्भित अस्पतालमा हर्ट सेन्टरसमेत छ । बैंककमा रहेका समिटभेजका चारमध्ये यो सबैभन्दा उच्चस्तरीय अस्पताल हो । यही समिटभेज अस्पतालको प्राविधिक सहयोगमा नेपालमा पनि ग्रान्डी अन्तराष्ट्रिय अस्पताल सञ्चालनको तयारी भैरहेको छ । पारसलाई सुखुम्भितको ९४०३ नम्वरको कोठामा भएको आइसियुमा राखिएको छ ।


पारसको अहिले सुखुम्भितको यही आइसियु बेडमा उपचार भैरहेको छ,

सुखुम्भितको आइसियुमा राख्दा औषधीबाहेक दैनिक ११ हजार सात सय भाट झण्डै ३५ हजार रुपैयाँ खर्च पर्दछ । सुखुम्भितको आइसियुको चार्ज मात्रै छ हजार भाट झण्डै दुई सय डलर पर्दछ । त्यसैगरी दैनिक १२ सय भाट सर्भिस चार्ज र साढे चार हजार भाट नर्सिङ चार्ज पर्दछ । यसबाहेक उपचारमा संलग्न चारै जना ‘रेजिडेन्ट’ चिकित्सकको खर्च पनि छुट्टै लाग्ने गर्दछ ।

जेलभित्र पनि खुमबहादुर बिन्दास - sourya daily

-चमिना भट्टराई
काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएर डेढ वर्षको जेल सजाय सुनाइएका कांग्रेस नेता खुमबहादुर खड्का सदरखोर डिल्लीबजारभित्र आरामले सजाय भुक्तानी गरिरहेका छन् । जेलभित्र उनलाई कुनै छट्पटी छैन, न छ कुनै चिजको अभाव ।
Khum-Bahadur-Khadkaखड्काको हुलिया अहिले पनि कैदीजस्तो नभएर नेताकै जस्तो छ । नियमित दाह्री काटेर सफाचट हुन्छन् । मैलाधैला लुगा लगाउँदैनन् । आफूले कुनै काम गर्दैनन् । निजी कामका लागि एक जना बन्दीको सहयोग लिइरहेका छन् । खड्कालाई खाना पकाउने र लुगा धोइदिने काम उनैले गर्छन् । त्यसबाट खड्काले केही रकम दिने गरेका छन् ।
उनलाई राखिएको कोठाभित्र केबुलसहितको टेलिभिजन र
पत्रपत्रिकाको सुविधा छ । टेलिभिजनमा नेपाली, हिन्दी र अंग्रेजी समाचार हेर्ने गरेको उनले बताए । यस्तै साँझ बिहान पत्रपत्रिका पढेर बिताउँछन् । जेलभित्र आएर पनि आफ्नो दैनिकी खासै नफेरिएको उनको भनाइ छ । जेलभित्रका अन्य कैदी र कर्मचारीले उनलाई ‘मन्त्रिज्यू’ भनेर नमस्कार गर्छन् । मौका पाउनासाथ उनी राजनीतिक गफ दिन थाल्छन् ।
सोही जेल उस्तै प्रकृतिको सजाय भोगिरहेका अर्का नेता जयप्रकाश गुप्तासित खड्काको दोस्ती जमेको छ । कुनै समय उनीहरू एउटै पार्टीभित्र राजनीति गर्थे । ‘नियतीले हामी दुवैलाई एउटै मुद्दा लागेको छ,’ खड्काले भने, ‘एउटै जेलभित्र हुँदा सजिलो पनि भएको छ ।’ आफूहरूबीच राजनीतिक विषयमा छलफल भइरहने उनले सुनाए । ‘वर्तमान राजनीतिको बारेमा निरन्तर कुरा गर्छौ,’ उनी भन्छन् ।
दिनहुँजसो खड्कालाई भेट्न आउनेहरूको भिड लागिरहेको हुन्छ । त्यसमा अधिकांश कांग्रेस कार्यकर्ता हुन्छन् । कांग्रेसका सबैजसो नेताले उनलाई जेलमा आएर भेटिसकेका छन् । तर, सभापति सुशील कोइरालाले भने अहिलेसम्म भेटेका छैनन् ।
‘जेलमा मलाई भेट्न पार्टीका सबैजसो नेता कार्यकर्ता आए । तर, अहिलेसम्म पार्टी अध्यक्ष सुशील कोइराला आउनुभएन,’ उनले भने, ‘किन आउनुभएन उहाँलाई नै थाहा होला । यसमा मेरो कुनै गुनासो छैन ।’
यतिबेला जेलमा बस्दा बाहिर बस्नेभन्दा आफू पो ठीक हुँ कि भन्ने लाग्ने गरेको खड्काले सुनाए । ‘देश नै डुवाउने खेलमा नेताहरू लाग्दै छन्,’ उनले भने, ‘म त्यो धब्बाबाट बचे जस्तो लाग्छ ।’
आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसकेपछि खड्कालाई सर्वोच्चले गत ३० साउनमा भ्रष्टाचारी ठहर गरेको थियो । उनलाइ डेढ वर्ष कैदका साथै ९४ लाख १४ हजार एक सय २२ रुपिया र सो बराबरको जरिवाना असुल गर्नेसमेत फैसला सर्वोच्चले गरेको थियो । खड्का विगतमा पटक–पटक मन्त्री हुँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुछिएका थिए । खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख ८७ हजार रुपियाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ साल कात्तिक ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, मुद्दामा विशेष अदालतले खड्कालाई सफाई दिएपछि अख्तियारले ०६३ साल चैत १५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
पिर, सुर्ता केही छैन
खुमबहादुर खड्का
करिब सात महिनाअघि सर्वोच्चमा मेरो भ्रष्टाचारको मुद्दामा सुनवाइ हँुदै थियो । फैसला सुन्न अदालत गएँ । चाहेको भए भागेर हिँड्न सक्थेँ । तर, त्यसो गरिनँ, किनकि मलाई एक इन्च पनि लागेको थिएन, विपक्षमा फैसला होला भन्ने । फाइलमा जे थियो त्यहीअनुसार फैसला भएको भए मैले मुद्दा जित्ने थिएँ । तर, त्यसो भएन । अनेक शब्दहरू तानतुन गरेर मलाई भ्रष्टाचारी सावित गरियो । मलाई यहाँ पुर्‍याउनेमा अरू पार्टीका त
धेरै थिए नै आफ्नै पार्टीका मान्छेको पनि हात छ ।
फैसलापछि अदालतबाट सिधै डिल्लीबजार ल्याइने थाहा हुनेबित्तिकै घरबाट आवश्यक सामान मगाएँ । बेलुकी चार बजेको थियो फैसला हुँदा । अदालतबाट सोझै यहीँ ल्याए । मान्छेलाई लाग्यो होला, राजनीति गरेको र पटक–पटक मन्त्री भएको मान्छे भ्रष्टाचारको आरोपमा जेल पर्दा रातभरि चिन्ता र सुर्ताले निदाएन होला भन्ने । तर, मलाई त्यस्तो केही भएन । सधैँझैँ त्यो रात पनि नौ बजे नै निदाएँ ।
परिवारलाई सम्झनु स्वाभाविकै हो । त्यो त भावनात्मक कुरा भयो । तर, मलाई अब जेल परँे, सबै कुरा खत्तम सकियो, परिवारले के गर्लान् भन्ने चिन्ता भने थिएन । कहिले पनि पारिवारिक काममा मैले सहयोग नगरेकाले त्यस्तो लागेको होला । दुई छाक खानका लागि भ्रष्टाचार गर्नुपर्ने परिवार होइन मेरो । बाबुबाजेको सम्पत्तिले खान–लाउन पुग्छ ।
जेल परेको दोस्रो दिन श्रीमती भेट्न आइन् । उनलाई देख्दा म कत्ति पनि भावुक भइनँ । सामान्य लाग्यो । उनले पनि सामान्य रूपमै लिइन् । उनीसँग मेरो प्रेमविवाह भएको हो । बाहुनको छोरी बिहे गरेको थिएँ । बिहे गरेको तीन दिनमै जेल परेँ । त्यसैले म जेल पर्नु उनका लागि नौलो कुरै थिएन । अहिले प्रत्येक शनिबार श्रीमती भेट्न आउँछिन् । शनिबार भिडभाड अलि कम हुन्छ ।
जेलभित्र पनि मेरो दैनिकी उस्तै छ, जो जेलबाहिर थियो । बिहान चार बजे उठ्छु । नित्यकर्मपछि हरेक दिन नुहाउँछु । दैनिक आधा घन्टा पूजामा बिताउँछु । एकछिन जेलको वरिपरि घुम्छु । आधा घन्टा प्राणायाम गरेर बिताउँछु । दाह्री सधैँ काट्छु । कोठामा एउटा टेलिभिजन छ । नेपाली, हिन्दी र अंग्रेजी समाचार हेर्छु । साँझ बिहान पत्रपत्रिका पढ्ने गर्छु ।
जीवनमा धेरैपटक जेल परेँ, अनेकौँ मुद्दा खेपेँ । बाँकी यही भ्रष्टाचारको थियो, यो पनि खेप्दै छु । चोरी, डकैती, हातहतियार खरखजाना, आगजनी, राजकाजलगायतको मुद्दामा पटकपटक जेल परेकै हुँ । त्यसैले मलाई जेल नौलो र अनौठो लागेको छैन । कुनै बेला जन्मकैदको सजायसमेत पाएको थिएँ ।
स्कुल पढ्दादेखि नै राजनीति गरेका कारण जेल परेँ । पार्टीका लागि धेरै योगदान गरेँ । तर, पार्टीले मेरा लागि केही गरेन । आफ्नो एउटा कार्यकर्तालाई अप्ठेरो पर्दा पार्टीले सहयोग गर्नुपथ्र्यो, गरेन । त्यसमा मलाई साह्रै दु:ख लागेको छ । पार्टीले चाहेको भए केही सहयोग गर्नसक्ने ठाउँ थियो ।
दिनमा कति भेट्न आउँछन्, गिन्ती नै हुँदैन । यस्तै दुईतीन सय जति हुन्छन् होला । भेट्न आउनेसँग पनि वर्तमान राजनीतिकै बारेमा कुरा हुन्छ । जीवनमा राजनीतिबाहेक केही गरिनँ । त्यसैले कुरा पनि राजनीतिका बाहेक केही हुँदैन ।
जेलले दिएको खानाको सुविधा लिएको छु । सुगर, प्रेसरजस्ता रोग छन् । त्यसैले बिहान उसिनेको चामलको भात र तरकारी खान्छु । साँझ रोटी खान्छु । जेलभित्र रहेको पसलमा यहाँको चामल साट्ने गरेको छु । हप्तामा एक दिन दाल खान्छु । तरकारी, मासु र फलफूल किन्नु पर्दैन । भेट्न आउनेले ल्याउँछन्, त्यसैले पुग्छ ।
यहाँ भित्र सबैले चिन्छन् मलाई । व्यवहार राम्रै छ । मन्त्रीज्यू, नेताज्यू जस्ता शब्दले सम्बोधन गर्छन् । प्रशासनको व्यवहार पनि राम्रो छ । सधैँ लगाउने खाने कुरामा उही जीवनशैली छ, कुनै परिवर्तन छैन ।
लामो समय गृहमन्त्री भएँ । चारजना आइजिपीसँग काम गरेँ । उनीहरूले भनून्, कसैसँग मैले केही मागेको भए । मलाई भ्रष्टाचारी बनाउन लाग्नेहरूको हालत देखिँदै छ सरकारमा बसेर केके गर्दै छन् भनेर । हिसिला यमीले भन्थिन्, ‘भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ तर उनको हालत जनताले बुझ्दै छन् ।
मलाई जेल परेकोमा कुनै आत्मग्लानि छैन । राजनीतिक जीवनमा केही धब्बा लागेकोमा भने अलिकति दु:ख लागेको छ । यहाँबाट निस्केपछि ती सबै दागहरू निमट्यान्न पार्नेछु । हिजोका दिनमा म कोहीसँग धक मान्थेँ होला, अब कसैसँग धक मान्नुपर्ने वा गुलामी गर्नु जरुरी छैन । निस्फिक्री राजनीति गर्छु ।
धेरैलाई लागेको थियो । मंसिर १४ मा निर्वाचन हुन्छ, खुमबहादुरलाई यही बेला सकाउनुपर्छ भन्ने । तर, निर्वाचन भएन । धेरैलाई थाहा थियो, बाहिरै छाडेर मलाई रोक्न सकिँदैन भन्ने, त्यसैले यहाँ ल्याए । उनीहरूको सपना साकार हुन पाएन । मलाई जेठमा पनि निर्वाचन होला भन्नेमा विश्वास छैन ।

Friday, February 22, 2013

पाइलट बाबा मेरो मुख सुँघ्न थोडी आउनुहुन्छ - sourya daily

-युवराज घिमिरे, पत्रकार
Yubraj-Ghimire-‘किसुनजी, डायरी नेपालीमा नलेखेर किन अंग्रेजीमा लेख्नु भा’को ? मेरो प्रश्नमा किसुनजीको जवाफ– ‘केटीहरूसँगको संगत, सम्बन्धको कुरा लेख्यो, भाउजूहरूले जिस्क्याएर हैरान । अनि, अंग्रेजीमा लेख्न थालेँ †’
- एकदिन, किसुनजीकहाँ पाइलट बाबा आउनुभएको थियो । शरतसिंह भण्डारी र म पनि त्यहीँ थियौँ । अर्को कोठामा पाइलट बाबा ‘रेस्ट’ गरिरहेका बेला किसुनजीले भन्नुभयो, ‘ए बाबु आज रक्सी खाउँm न । ब्लु लेभलचाहिँ खाउँm है ।’
उहाँले रक्सी खाने तयारी गरेको देखेपछि अमिता कपालीले हपार्नुभयो– उता पाइलट बाबा हुनुहुन्छ, यता तपाईं रक्सी खाने ?
‘पाइलट बाबाले मेरो मुख सुँघ्न थोडी आउनुहुन्छ ?’ किसुनजीको प्रतिप्रश्न †
-राजाले सत्ता हातमा लिएपछि एकदिन उहाँलाई बोलाएर प्रस्ताव राखेछन्– तपाईं प्रधानमन्त्री बनिदिनुस् । अनि, देश सम्हालिन्छ ।
राजालाई भेटेर निस्किने बेला मैले सोधेँ, ‘केके कुरा भयो किसुनजी ?’
समाचारमा नल्याउने सर्तमा किसुनजीले राजाको प्रस्ताव बताउँदै भन्नुभयो– पहिला तपाईंले थुनेका मान्छेहरू रिहा गर्नुस् । अनि, मात्रै अरू कुरा आउँछ भनेर अडान राखेँ ।
म उहाँसँगै थिएँ । राजदरबारको गेटमा आइपुग्दा पत्रकारहरूले घेरे । एकले प्रश्न गर्‍यो– तपाईं राजावादी हुनुभएछ हो ?
किसुनजीले प्रतिवाद गर्नुभएन । ‘हो म राजतन्त्रको पक्षमा छु,’ उहाँ यति जवाफ दिएर बाहिरिनुभयो । पत्रकारहरूले त्यही भनाइलाई कोट गरेर किसुनजीलाई राजाको एजेन्टसमेत भनेर समाचार प्रकाशित गरे । तर, किसुनजीले आफ्नो अडानबारे केही टिप्पणी गर्नुभएन ।
सन्त व्यक्तिहरू ढोँगी हुँदैनन् र कसैलाई छल्दैनन् । आफूमा भएजस्तै सन्त चरित्र अरूसँग पनि छ भन्ने ठान्छन्, अनि व्यवहार पनि त्यस्तै गर्छन् । कृष्णप्रसाद भट्टराई (किसुनजी) पनि एक सन्त हुनुहुन्थ्यो । किसुनीमा बेढोँगी गुण थिए । मान्छले उहाँको गुणलाई अभिमानका रूपमा पनि लिए ।
धेरैले किसुनजीको जीवनकालभर उहाँमा रहेको बेढोँगीपनलाई बुझेनन्, न त चिन्ने चेष्टा नै गरे । म स्कुल पढ्दादेखि नै किसुनजीलाई नेपाली प्रजातान्त्रिक आन्दोलनका एक अगुवा सन्त नेताका रूपमा चिन्थेँ । उहाँलाई प्रजातन्त्रको आन्दोलनको खातिर लडेकोमा राजाले सबैभन्दा बढी समय जेल राखेको कुरा पनि जान्दथेँ । बिपीले भारत गएर पञ्चायतविरुद्ध आन्दोलन गरे । तर, किसुनजीले नेपालमै बसेर आन्दोलन गरिरहे । राजाको आँखाको तारो भए । यी कुराको जानकार थिएँ म । भारत गएर आन्दोलन गरिएको भए भारतीय अंकुशमा प्रजातान्त्रिक आन्दोलन हुन सक्ने ठानेर उहाँले नेपालबाटै क्रान्ति गरेको किसुनजीसँगको संगतबाट बुझेँ । उहाँका सबै व्यवहारगत कुराहरू धेरै राम्रोसँग भने सन् २००० पछि थाहा भयो । त्यसअघि एक प्रशंसक, समर्थक अनि पत्रकारको भूमिकामा मात्रै थिएँ म ।
पत्रपत्रिका पढ्ने, समाचार सुन्ने भएपछि उहाँका भाषण सुन्ने अनि पढ्ने गर्न थालेँ । काठमाडौंमा आइएसी पढ्न आएपछि पहिलोपटक उहाँलाई भेटेको हो । २०३० सालतिर, म ठमेलमा डेरा गरी बस्थेँ । हामी प्रत्येक शनिबार पशुपति जाने गथ्र्यौं । किसुनजी पनि पशुपति जानुहुँदो रहेछ । कहिलेकाहीँ पशुपतिमा उहाँलाई देख्थ्यौँ । तर, बोल्ने मौका भने पाइएको थिइनँ । उहाँको बेढोंगीपनबारे भने भाषणहरूबाट केही बुझेको थिएँ । किसुनजीको मुखाकृति पढ्दा पनि बेढोँगीपन पाउँथें म । कहिलेकाँही उहाँको भाइब्रेसनसँग मेरो मनको भाइब्रेसन तानिँदा किसुनजीसँग केही नाता पक्कै छ भैँm लाग्थ्यो । नेपालमा आएसी सकाएपछि भारत गएँ । त्यहाँ पढाइसँगै पत्रकारिता पनि थालेँ । त्यतिबेला भारतमा भए पनि नेपाली राजनीतिबारे मलाई धेरै चासो थियो । १९९२ पछि भने मलाई भारतमै रहेर नेपाली राजनीतिको पनि रिपोर्टिङ गर्ने अवसर आयो । बेलाबेला नेपाल नै आएर पनि रिपोर्टिङ गर्नुपथ्र्यो । त्यतिबेला सबै नेतासँग टेलिफोन थिएन । हामी साँझको ४ बजेतिर न्युरोड जाने गथ्र्यौं नेता भेट्न । प्राय: नेता त्यतै भेटिन्थे, त्यसैअनुसार टाइम मिलाउँथ्यौँ ।
एकपटक रिपोर्टिङकै लागि म नेपाल आएको थिएँ । किसुनजीसँग नेपालको राजनीतिक सन्दर्भबारे वार्ता गर्नु थियो । उहाँले भन्नुभयो– ‘बाबु, भोलि म भाउजूकोमा खाना खान जान्छु, त्यहीँ आउनू ।’ भोलिपल्ट उनका दाजु गोपालप्रसाद भट्टराईको घर गएँ । किसुनजी पिर्कामा बसेर भात खाइरहनुभएको रहेछ । उहाँले खाने बेला भनेर मलाई कुराउनुभएन । कुरा गर्दै भात खानुभयो । उहाँको खुलापन त्यतिबेला अझ प्रस्टसँग पाएको थिएँ मैले । उहाँको खुलापन तथा बेढोँगी व्यवहार देख्दा धेरैले ‘तेस्रो ग्रहबाट आएका’ जस्तो व्यवहार पनि गर्थे । उहाँको निर्भीक व्यवहारले धेरै प्रभावित थिएँ म ।
०१७ देखि ०१९ सालको बीचमा उहाँले लेख्नुभएको डायरीको एउटा अंशमा यस्तो छ– ‘कस्तो विडम्बना, राजालाई हामीले गद्दीमा राख्यौँ । भोलि यस्तो दिन पनि आउन सक्छ, कांग्रेस र कम्युनिस्ट मिलेर राजालाई गद्दीबाट हटाउनुपर्नेछ । त्यतिबेला राजालाई पनि नराम्रो अनि देशलाई अझ नराम्रो हुन्छ ।’ किसुनजी कति दूरदर्शी हुनुहुन्थ्यो भन्ने यो अंशले बुझाउँछ ।
किसुनजीलाई अभिमानी नेताका रूपमा पनि चित्रित गरिन्थ्यो । तर, त्यो अभिमानले देशको शिर उँचो बनाइरह्यो । विशेष गरी विदेशनीतिबारे उहाँको अभिमान देखिन्थ्यो । २०५६ सालमा किसुनजी प्रधानमन्त्री भएपछि तत्कालीन भारतीय राजदूत उहाँलाई भेट्न गएका रहेछन् । भेटेर प्रस्ताव राखेछन्– ‘किसुनजी, रामशरण महतलाई परराष्ट्रमन्त्री नबनाइदिनु’स् । महत पाकिस्तानसँग नजिक छन्, हामीलाई बेफाइदा हुन सक्छ ।’ कुरा सुनेपछि, चियाको औपचारिकता पनि ननिभाइ किसुनजीले भनिदिनुभएछ– ‘आज महतलाई विदेशमन्त्री नबनाऊ भन्नुभयो । मैले तपाईंका कुरा मानेँ भने भोलि मन्त्रिपरिषद्कै लिस्ट लिएर आउनुहोला । मैले तपाईंका कुरा सुनेँ, अब जानुहोस् ।’ अन्तत: उहाँले महतलाई नै परराष्ट्रमन्त्री बनाउनुभएको थियो ।
Kisun-Ji१९९१ को जनवरीमा किसुनजी इन्डिया जानुभएको थियो, नेपालको प्रधानमन्त्रीको हैसियतमा । उहाँले त्यतिबेला नेपाल–भारत व्यापार सन्धिमा हस्ताक्षर पनि गर्नुभयो । म भारतमै पत्रकारिता गर्थें । हस्ताक्षरपछि इन्डियाका एक पत्रकारले सोधे– ‘यो सन्धिमा कुन पक्षको जित भयो ?’
– ‘इकोनोमीमा बार्टर्ड सिस्टम भन्ने तपाईंलाई थाहा होला, यस्तो सन्धिमा पनि त्यही लागू हुन्छ, दुवै पक्षको जित ।’
फेरि अर्का पत्रकारले सोधे– ‘अब तपाईं तराई मूलका नेपालीलाई नेपाली सेनामा भर्ना लिनुहुन्छ त ?’
त्यतिबेला भारतको प्रधानमन्त्री विश्वनाथप्रताप सिंह थिए, सँगै रहेका भारतीय प्रधानमन्त्री सिंहलाई देखाएर किसुनजीले उल्टो प्रश्न गरिदिनुभो– ‘सिंहजीले नेपाली मूलका इन्डियन गोर्खालाई आफ्नो सुरक्षानिकायमा भर्ना लिनुहुन्न ?’
त्यही सालको डिसेम्बरमा किसुनजीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत जानुभएको थियो । उहाँलाई पनि भेटमा एक पत्रकारले सोधे– ‘तपाईंको नेतृत्वमा सरकार बनेपछि सुरुमै चीनबाट हतियार खरिद गर्नुभयो नि ?’ जवाफमा कोइरालाले भन्नुभयो– ‘एकपटक गल्ती भयो, अब यस्तो हुँदैन ।’ सार्वजनिक रूपमै कोइरालाको यस्तो अभिव्यक्ति आएपछि मैले उहाँलाई किसुनजीसँग तुलना गर्न खोजेँ । देशको हितमा कुन ठीक थियो, किसुनजीको ‘अभिमान’ या गिरिजाको ‘लाचारी’ † यिनै उदाहरणले पनि किसुनजीको निर्भीकता प्रस्ट हुन्छ ।
सन् २००० मा म नेपालमै बस्ने गरी आएको हुँ । त्यसपछि अझ नजिकबाट किसुनजीसँग संगत गरेँ । उहाँको घरमा एउटा पत्रकारभन्दा आफन्तको हैसियतमा जान्थेँ म । आफूलाई अनुकूल हुँदा किसुनजीकोमा पुगिहाल्थेँ । उहाँको अनुहार देखेपछि बोलेर औपचारिकता पुर्‍याउनुभन्दा उहाँका क्रियाकलाप हेरिरहँदा बढी सन्तुष्टि मिल्थ्यो मलाई । पत्रिका पढ्न थाल्यो, हातमा कलम लिनुहुन्थ्यो । चस्मा मिलाउँदै महत्त्वपूर्ण लागेको लाइनमा अन्डरलाइन गर्नुहुन्थ्यो ।
किसुनजी एक राजनीतिक मूल्य बोकेर नेता बनेका व्यक्ति हुनुहुन्थ्यो । निष्काम सेवाको मूल मन्त्र उहाँको जीवनभर चरितार्थ भयो । कहिल्यै पनि ढोँगी बन्नुभएन । न त कहिल्यै ‘रिजर्भ’ हुनुभयो । कसैसँग झूठ बोल्नुभएन । बरु कहिलेकाँही ‘लुज’ कमेन्ट गरिदिनुहुन्थ्यो । ती कुरा नेपाली सञ्चारमाध्यमले ‘भेरिफाइ’ नगरी जस्ताको त्यस्तै लेखिदिन्थे । अनि, कहिलेकाहीँ उहाँलाई विवादमा पनि ल्याइदिन्थे । सञ्चारमाध्यमको त्यस्तो आचरण देख्दा ‘कस्तो बाहुन्ने हैसियतमा भएका मिडिया’ भनेर उहाँ हाँस्नुहुन्थ्यो, सायद । तर, मलाई भने एक पत्रकारभन्दा बढी हैसियत दिनुभयो किसुनजीले । आफ्ना सानाभन्दा साना कुरा पनि मसँग खोल्नुहुन्थ्यो । मैले उहाँबारे अझ जान्न खोज्दा एकदिन ‘बाबु पख, मेरो डायरी पढ्न दिन्छु, त्यसबाट धेरै बुझ्छस्’ भन्नुभयो । किसुनजीको व्यक्तिगत डायरी हातमा परेपछि आफूले पाएको निकटपना देखेर सोचिरहन्थेँ– ‘किसुनजी ठूलो कि म ?’
प्रस्तुति : प्रतिमा सिलवाल

Thursday, February 21, 2013

यो हो ब्रम्हाण्डको सबैभन्दा अजम्बरी जन्तु - onlinekhabar

यो ब्रम्हाण्डको सबैभन्दा कडा जनावर के होला ? जो धेरै समयसम्म बाँच्ने मात्र होइन हिउँमा जम्दा, आगोमा उम्लिँदा तथा अन्तरीक्षमा तैरिँदा पनि २ सय वर्षसम्म बाँच्नसक्छ ? हो, वाटर बियर अर्थात् पानी भालु त्यस्तो अजम्बरी जिव हो ।
भनिन्छ, साँग्लो आणविक विस्फोट हुँदा पनि मर्दैन । तर प्रतिकुल परिस्थिति सहने मामिलामा यो पानी भालु भन्ने जिव साँग्लोको हजुरबाउ नै हो । यो जिवका बारेमा सायद हामी धेरैल नसुनेका पनि हुनसक्छौँ ।
यो जिवका विभिन्न ९ सय प्रजातिहरु छन् । ती मध्ये केही जलचर हुन् त केही स्थलचर । निकै अग्ला चुचुरादेखि समुद्रको गहिराइसम्म यो जिवका प्रजाति पाइन्छन् ।
यो जिवले माइनस साढे ४ सय डिग्री सम्मको चिसो तापक्रम तथा साढे ३ सय डिग्री सम्मको तातो तापक्रम सहनुका साथै निकै उच्च विकिरण पनि खप्नसक्छ । यो पानीबिना दशकौँ बाँच्नसक्छ र अन्तरीक्षमा पूराएपनि मर्दैन ।

टेलिकमको तीन अर्ब रुपैयाँको एनजीएन परियोजनामा ‘र’को चासो, हस्तक्षेप गर्न परराष्ट्रलाई पत्र - bizmandu

नेपाल टेलिकमले सुरु गरेको (नेक्स्ट जेनेरेसन नेटवर्क) एनजीएन प्रविधिप्रति भारतको सुरक्षा एजेन्सीले चासो देखाएका छन् । नेपाल टेलिकमले चिनियाँ कम्पनी जेडटिई र हुवावेसँग एनजिएन प्रविधि जडान गर्न सम्झौता गरेको छ, यसलाई भारतका सुरक्षा एजेन्सिले चासो राखेका छन्, इकोनोमिक टाइम्सले लेखेको छ ।
भारतको रिसर्च एण्ड एनालाइसिस वीङ्ग ‘र’ले एउटा नोट लेख्दै, यी उपकरणसँग नेपाल–भारतवीच हुने वार्ता मोनिटर वा इन्टरसेप्ट गर्न बग मेशिन पनि भित्रिन सक्ने भन्दै चासो देखाएको छ । ‘र’को चासोमा भारतको टेलिकम विभागले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै उचित तहमा यो विषयलाई उठान गर्न आग्रह गरेको छ ।
यसअघि पनि ‘र’, टेलिकम विभाग र परराष्ट्र मन्त्रालयले चिनियाँ कम्पनीसँग ‘एनसेल’को सम्झौतालाई लिएर चासो राखेका थिए । भारतीय सुरक्षा एजेन्सिले एनसेलको डाटा सेन्टरमा बनाउने जिम्मा चीनलाई दिन नहुने भन्दै आपत्ती जनाएका थिए । ‘र’ले त्यतिवेला एनसेलको डाटा बैंक बनाउने परियोजनामा हस्तक्षेप गर्न समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो ।
नेपाल टेलिकमले चिनियाँ कम्पनीसँग झण्डै तीन अर्ब रुपैयाँ खर्च गरेर एनजिएन प्रविधि ‘इन्स्टल’ गरिरहेको छ । सम्भवत भारतीय चासो भएकै कारण टेलिकमको एनजीएन परियोजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविनको घेरामा राखेको थियो । ‘र’ले नेपालसँगै माल्दिभ्सको परियोजनामा पनि हस्तक्षेप गर्न आग्रह गरेको छ । चिनीयाँ टेलिकम कम्पनीको नेपाल र माल्दिभ्स बढ्दो उपस्थितिले सुरक्षा एजेन्सि ‘एलर्ट’मा छन्, इकोनोमिक टाइम्सले लेखेको छ । सुरक्षा एजेन्सिहरु टेलिकमका पूर्वाधारहरु ‘बगिङ्ग’ वा अन्य कामका लागि दुरुपयोग हुन सक्छन्, समाचारमा छ । चीनले मालदिभ्समा सूचना प्रविधि पूर्वाधार परियोजनाका लागि पाँच करोड ७० लाख डलर ऋण प्रदान गरेको छ ।

रेशादार खानेखुरा खानुस्, रोगबाट बच्नुस् - onlinekhabar

खानेकुरामा फाइबर अर्थात् रेशाजन्य पदार्थ पाचन प्रणालीको लागि अनिवार्य हुन्छ । खानामा फाइबरको कमी भयो भने कब्जियतका साथै रक्तनलीमा कोलेस्ट्रोल जम्ने तथा रगतमा चिनीको मात्रा बढ्ने जस्ता समस्या देखिन सक्छन् । खानामा पर्याप्त फाइबर भयो भने मुटुरोग, मधुमेह, मोटोपनका साथै विशिष्ट प्रकारको क्यान्सरबाट पनि जोगिन सकिने विज्ञहरु बताउँछन् ।
यद्यपि आवश्यकता भन्दा बढि मात्रामा फाइबर पनि उतिसारो राम्रो मानिँदैन । खानामा फाइबरको बढोत्तरी सँगै पानीको सेवन पनि बढाउन आवश्यक हुन्छ । सन्तुलित भोजनमा महिलालाई दिनमा २५ ग्राम तथा पुरुषलाई ३५ देखि ४० ग्राम फाइबर आवश्यक हुन्छ । तर हाम्रो विद्यमान खानपानबाट दैनिक बढिमा केवल १५ ग्राम मात्र फाइबर आपूर्ति भैरहेको हुन्छ । यसकारण हामीले हाम्रो राम्रो स्वास्थ्यका लागि खानामा फाइबरको मात्रा बढाउनु अर्थात् फाइबरजन्य खानेकुरा खानु आवश्यक हुन्छ । फाइबरको पर्याप्त आपूर्ति हुने ७ खाद्य पदार्थ निम्न छन्ः
१. मकै
२.दाल तथा गेडागुडी
३. स्याउ, नासपाती तथा अम्बा जस्ता फलफूल । यी फलफूल बोक्रैसित खानुपर्छ । बोक्रामा बढि फाइबर पाइन्छ ।
४.सागपातः जस्तै मूला, साग, बन्दा
५.गहुँको रोटीः मैदाको साटो गहुँको पिठो वा आटाको रोटीमा बढि फाइबर पाइन्छ ।
६.ब्राउन राइस
७. केराउ

Wednesday, February 20, 2013

कसरी हुँदैछ लोकतन्त्र अनि देशको मलामीको तयारी - samabad


नेपालमा बिदेशी फौजको प्रबेश हुँदै!
काठमाडौं, फागुन ८ । तत्कालिन राजा महेन्द्रले २०१७ पुस १ गते घटाएको घटना र पूर्वराजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते चालेको कदम औचित्यपूर्ण थियो भन्ने पुष्टि गर्दै नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी निर्दलीय अभ्यासमा जुटेका छन्। उनीहरू बहुदलीय लोकतन्त्रको दाहसंस्कारका लागि मलामी जाने तयारीमा छन्। मुलुकका ठूला राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीले आफूहरूलाई संविधान बनाउन, शासन गर्न र सरकार बनाउन असफल भएको सार्वजनिक रूपमा स्वीकार्दै प्रधानन्यायाधीश र पूर्वप्रशासकहरूलाई सरकार सुम्पने योजनामा आत्मसमर्पण गरेपछि बहुदलीय लोकतन्त्रको समाप्ति मात्र भएको छैन, मुलुक औपचारिक रूपमा विदेशीहरूको क्रिडास्थल बन्ने खतरनाक मोडमा पुगेको छ।
खिलराजपछि गौरव
प्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी तीन महिनाभित्र चुनाव गराउन सक्ने सम्भावना नभएको देख्दादेख्दै त्यो षड्यन्त्रमा दलहरूले आत्मसमर्पण गर्नुपर्ने बाध्यताको अब खोजी हुन थालेको छ। प्रधानन्यायाधीश रेग्मी नेतृत्वको सरकारले प्राप्त गर्ने असफलतापछि प्रधानसेनापति गौरवशमशेर राणालाई त्यो जिम्मेवारी दिइयो भने अब कुनै आश्चर्य नहुने भएको छ। बाह्य डिजाइनमा यी गतिविधि अघि बढेपछि नेपाल बारले अदालत बहिष्कारको कार्यक्रम सार्वजनिक गर्ने अवस्था आएपछि रेग्मी आफैं चाहिँ पछि हट्ने सम्भावना पनि छ। निर्दलीय अभ्यासमा लागेका दलहरू अब सेनापति राणाको पक्षमा जान्छन् कि सर्वस्वीकार्य हुनसक्ने भन्दै पशुपतिका मूलभट्टलाई त्यो कुर्सी सुम्पने बहसमा उत्रन्छन्, त्यो चाहिँ प्रतीक्षा गर्नैपर्ने हुन्छ।

अर्कोतिर, अमेरिका र युरोपियन युनियनको एजेन्डा भारतमार्फत लागू गर्न खोजिएकाले अर्को छिमेकी मुलुक चीन ठाडो हस्तक्षेपमा प्रवेश गर्नसक्ने राजनीतिक विश्लेषकहरूको विश्लेषण पनि उत्तिकै चर्चामा छ। जुनसुकै अवस्थामा पनि दलीय पद्धति कायम रहने अन्तरिम संविधानको प्रस्तावना र राष्ट्रपति रामवरण यादवको जेठ १६ गतेको संविधानसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन भन्ने नजिरविरुद्ध शीतल निवास र दलहरू उभिएपछि अन्तरिम संविधानको औचित्य समाप्त हुने अवस्था आएको हो।
यता, गैरदलीय सरकार गठन गर्ने अभ्यासमा नेताहरू जुटेपछि उनीहरूको नियतमाथि कार्यकर्ताहरूले शंका गर्न थालेका छन्। तत्कालका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने र त्यो सरकार असफल भएपछि मुलुकको राजनीति आ–आफ्नो मुीभित्र कैद गर्ने सोम शर्माको कथा जस्तै सपना देख्दै शक्तिकेन्द्र एवं राजनीतिक दलहरू अघि बढेपछि मुलुक अफगानिस्तानको अवस्थामा पुग्ने भएको छ।
राष्ट्रपतिको सपना
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार निर्माण भएपछि आफ्नो हातमा एकाएक शक्ति आउने कुरामा राष्ट्रपति डा.रामवरण यादव सबैभन्दा बढी ढुक्क देखिएका छन्।  गैरदलीय प्रधानमन्त्रीका पक्षमा सडकमा निस्कने कार्यकर्ता नहुने भएकाले आफूले भनेअनुसार प्रधानमन्त्री चल्न सक्ने, मुलुकको एक मात्र जननिर्वाचित प्रतिनिधिका रूपमा आफ्नो वरिपरि नै मुलुकको राजनीति घुम्ने आंकलन  राष्ट्रपति यादवको छ। चुनाव गराउन नसकेपछि रेग्मीको विरुद्ध आन्दोलन हुने र त्यसपछि आफैंले प्रधानमन्त्री नियुक्त गर्न बाटो खुल्ने कुरामा राष्ट्रपति यादव ढुक्क छन्।
बाबुराम भट्टराईको योजना
उनी यो प्रस्तावको पक्षमा देखिएको बताइन्छ। तराईमा मधेसवादीसँग र पूर्वीपहाडमा जनजातिवादीसँग एमाओवादीको तालमेल भई आमनिर्वाचन हुने, निर्वाचनपछि पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल कमजोर हुने विवरणसहितको ड्राफ्ट प्रधानमन्त्री भट्टराईलाई भारतीय गुप्तचर संस्था 'रअ' का प्रतिनिधिले देखाएको बताइन्छ। जनयुद्धकालदेखि नै 'रअ' को गुरुयोजनालाई साथ दिँदै आएका भट्टराई आगामी निर्वाचनपछि  मधेसवादी, जनजातिवादी र एमाओवादी गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गर्ने र आफैं प्रधानमन्त्री बन्ने कुरामा ढुक्क देखिएका छन्। 
पुष्पकमल दाहालको रणनीति
१२ बुँदे दिल्ली सम्झौताको ड्राफ्ट भट्टराईमार्फत प्रवेश गराईए जस्तै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावको ड्राफ्ट पुष्पकमल दाहालमार्फत प्रवेश गराइएको हो। '१२ बुँदेलाई कार्यान्वयन गराउन सफल भएबापत बाबुराम प्रधानमन्त्री बनेका हुन्, यो प्रस्ताव  कार्यान्वयन गराउनुभयो भने अधिकार सम्पन्न राष्ट्रपति बन्न तपाईलाई हाम्रो साथ सहयोग रहन्छ' भन्ने आश्वासन 'रअ' का प्रतिनिधिमार्फत पाएपछि अध्यक्ष दाहाल दाम्लो छिनालेर लागेका हुन्। तराईका एक सय २० निर्वाचन क्षेत्रमध्ये ८० वटामा मधेसवादी र ४० वटामा एमाओवादी उम्मेवार तय गर्ने, हिमाल र पहाडका एक सय २० निर्वाचन क्षेत्रमध्ये ४० वटामा जनजातिवादी र ८० वटामा एमाओवादी उम्मेदवार बनाई तालमेल गर्ने प्रस्तावमा अध्यक्ष दाहालले सहमति जनाइसकेका छन्। कांग्रेस र एमालेले धुलो चाटेपछि आफू एकछत्र रूपमा मुलुकको नेता बन्ने कुरामा दाहाल निकै आशावादी देखिएका छन्।
प्रधानसेनापति राणा उत्साहित
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दिल्लीको 'हिडेन एजेन्डा' १२ बुँदे सम्झौतादेखिकै हो। तर  दोस्रो जनआन्दोलन सफल हुनासाथ तत्कालीन राजा ज्ञानेन्द्रले हतार हतारमा गिरिजाप्रसाद कोइरालालाई  प्रधानमन्त्री नियुक्त गरिदिएपछि दिल्लीले आफ्नो 'हिडेन एजेन्डा' लाई सतहमा ल्याउन सकेन। सेनाको सहमति नलिई हिडेन एजेन्डालाई सतहमा ल्याउँदा तुहिन सक्ने भएकाले लामो समयसम्म उक्त एजेन्डालाई थाती राखियो। संविधानसभा विघटन भई परिस्थिति परिपक्व  भए पछि उक्त हिडेन एजेन्डाका विषयमा गत कात्तिकमा प्रधानसेनापतिसमक्ष कुरा राखियो। प्रधानसेनापतिले  तत्कालै समर्थन गर्दै भने– 'हामी उहाँलाई सहयोग गर्ने मात्र होइन, काँधमै बोकेर हिँड्न तयार छौं, उहाँको नेतृत्वमा सरकार गठनका लागि हामीले के के भूमिका निर्वाह गर्नुपर्छ तयार छौं,' उनलाई उद्धृत गर्दै स्रोतले भन्यो।
प्रधानसेनापति गौरवशमशेर राणा खुलेर प्रस्तुत भएपछि प्रस्ताव  लिएर गएका प्रतिनिधिले भने– 'प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भए पनि शासन चलाउने तपाईले नै हो, निजामती प्रशासनको नेतृत्व प्रधानन्यायाधीशले गर्ने र सुरक्षा प्रशासनको नेतृत्व तपाईहरूले गर्ने हो, 'टु पिलर' नीतिअन्तर्गत मुलुक चल्ने हो।' प्रधानमन्त्रीमार्फत् आएको यो आश्वासनपछि तत्काल उनले नेपाल प्रहरीका महानिरीक्षक कुवेरसिंह राना, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख मोती गुरुङलाई बोलाएर बैठक राखे। बैठकमा उनले भने– 'राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व चर्किएको तपाईहरूलाई थाहै छ, यस्तो अवस्थामा जे पनि हुनसक्छ, मुलुकको सुरक्षाको जिम्मेवारी हाम्रै हो, त्यसकारण तपाईहरूलाई म निरन्तर सम्पर्क गर्ने छु, कम्तीमा हप्ताको एक दिन हामीबीच छलफल हुनै पर्छ।'
त्यस दिनदेखि प्रधानसेनापतिको नेतृत्वमा सुरक्षा निकायका प्रमुखबीच नियमित छलफल हुन थालेको छ। कतिपय सुरक्षा प्रमुखलाई हामी उनीमार्फत योजनाबद्ध ढंगले परिचालित हुँदै छौं भन्ने संकेतसम्म छैन। प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने सरकारले चुनाव गराउन नसकेपछि स्वतः आफ्नो हातमा सत्ता आउने कुरामा प्रधानसेनापति राणा ढुक्क देखिएका छन्। त्यसका लागि उनी सेनाको भौतिक तथा प्राविधिक क्षमता वृद्धि  गर्न जुटिसकेका छन्। यस प्रयोजनका निम्ति प्रधानमन्त्री भट्टराईसँग दुई अर्ब ५० करोड रुपैयाँ बजेट माग गरेकोमा  प्रधानमन्त्री भट्टराईले तीन अर्ब रुपैयाँ बजेट स्वीकृति दिएर सेना रिझाउने काम गरेका छन्। सेनाले जे जे माग्यो, त्यही त्यही दिन भट्टराईभन्दा पनि खिलराज रेग्मी बाध्य हुनेछन् भन्ने कुरा प्रधानसेनापति राणाले मातहतका जर्नेलहरूलाई बताइसकेका छन्, यो कुराले यतिबेला सेनाभित्र उत्साह छाएको छ। राणाका सम्धी नाता पर्ने जर्नेल पवनजंग पाँडेले मुखै फोरेर भन्ने गरेका छन्, हाम्रा लागि माओवादी त्यसमा पनि बाबुराम नै उपयुक्त हुन्।
अप्ठ्यारोमा कांग्रेस
भट्टराईको बहिर्गमनबाहेक प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावमा समर्थन गर्नुमा नेपाली कांग्रेसको कुनै रणनीति देखिँदैन। माओवादी विभाजित भएको र एमालेमा पहिरो गएकाले आमनिर्वाचनमा आफ्नो पार्टीको पल्ला भारी हुने सतही विश्लेषणमा नेपाली कांग्रेसका नेताहरू छन्। चुनाव सम्पन्न हुन सकेन भने शासन सत्ता स्वतः राष्ट्रपतिको हातमा जाने विश्लेषण उनीहरूको छ। राष्ट्रपतिको हातमा शासन सत्ता जानु भनेको नेपाली कांग्रेसको हातमा आउनुसरह भएको अधिकांश नेताहरूको ठम्याइँ छ। आफ्ना पूर्वमहामन्त्री नै राष्ट्रपति पदमा भएकाले  जेठमा आमनिर्वाचन सम्पन्न नहुँदा पनि फरक नपर्ने तर्क कांग्रेसका शीर्ष नेताहरूले नै गर्न थालेका छन्। तर इतिहास हेर्दा नेपाली कांग्रेसका प्रायः सबै महामन्त्रीले आँठोे नाघेको अवस्था छ। प्रथम महामन्त्री बालचन्द्र शर्मा, २००८ सालताकाका महामन्त्री देवव्रत परियारले मात्र होइन डा.तुल्सी गिरीदेखि श्रीभद्र शर्मा, परशुनारायण चौधरीदेखि तारानाथ रानाभाटसम्मले पार्टीलाई साथ नदिएको इतिहास छ। विजय गच्छदारसम्मले बर्काे फेरेको घटना र पञ्चायतकालमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले समेत विकल्प खोज्दै हिँडेको देख्ने भोग्ने र थाहा पाउने कांग्रेस कार्यकर्ताहरू राष्ट्रपति यादवको भूमिकाप्रति पनि त्यत्तिकै सशंकित छन्।दोधारमा एमाले
स्याउको  रुखमा चढेर नरिवल टिप्न सकिन्न भन्ने कुरामा सबैभन्दा पछिसम्म नेकपा एमालेले अडान लिइरहँदा धेरैलाई आश्चर्य लागेको थियो। दिल्ली, सेना र आईएनजीओहरूको डिजाइनअनुसार चल्ने गरेको नेकपा एमाले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने  प्रस्तावविरुद्ध धेरैबेर अडिदैन भन्ने कुरा राष्ट्रपति यादवले पनि राम्रैसँग बुझेका थिए। हुन पनि उसले शनिबार सम्पन्न बैठकमा दुईअर्थी निर्णय गरेर त्यसको पुष्टि गरेको छ। त्यसैले ढुक्क हुँदै राष्ट्रपति यादवले चेतावनी दिए– 'एमालेले नमान्दैमा यो प्रयास स्थगित हुँदैन।' समाचार स्रोतका अनुसार प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने हिडेन डिजाइनबारे एमाले नेता केपी ओली धेरै पहिले नै अवगत थिए। पहिला नेपाली कांग्रेसलाई समर्थन गराउने र त्यसपछि मात्रै आफ्नो पार्टीले समर्थन गर्दा उपयुक्त हुने सुझाव उनले अध्यक्ष झलनाथ खनाललाई दिएको बताउनेहरू पनि छन्।फाइदामा मधेसवादी दलहरू
तत्कालीन राजा ज्ञानेन्द्रले घुँडा टेकिसकेपछि उत्पन्न भएको मधेस आन्दोलन प्रतिक्रान्ति थियो कि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दिल्लीको 'हिडेन एजेन्डा' कार्यान्वयनका लागि थियो? भन्ने रहस्य विस्तारै खुल्न थालेको छ। राजालाई पहिले समाप्त पार्ने कि दलहरूलाई पहिले समाप्त पार्ने भन्ने विषयमा दिल्लीले २००७ सालदेखि नै अभ्यास गर्दै आइरहेको जानकारहरू बताउँछन्। राजा प्रयोग गरेर दलहरू समाप्त गर्ने रणनीतिले लक्ष्य प्राप्त नगरेपछि दलहरू प्रयोग गरेर राजा समाप्त गर्ने अर्काे रणनीतिमा दिल्ली लागेको हो। राजाको समाप्तिपछि अब पालो दलहरूकै थियो। त्यही डिजाइनअन्तर्गत मधेस आन्दोलन गराइएको थियो। गिरिजाप्रसाद कोइरालालाई विस्थापित गरी प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउँदा नेपाली कांग्रेस संवैधानिक राजसंस्थाको पक्षमा लाग्न सक्ने स्थितिको आंकलन गर्दै दिल्लीले तत्कालका लागि  गिरिजाप्रसादलाई भावी राष्ट्रपतिको आश्वासन दिएर संविधानसभाको चुनाव गराउने, संविधानसभाको चुनावमार्फत कांग्रेसलाई साइजमा ल्याउने र राजा फालिएपछि आफ्नो हिडेन एजेन्डा अगाडि बढाउने रणनीति अनुशरण गर्‍यो। दिल्लीको 'हिडेन एजेन्डा' का लागि एमाओवादीभन्दा पनि मधेसवादी पार्टी भरपर्दाे मानिन्छ। फिजीमा जस्तै नेपालमा पनि आफ्ना  नागरिकको बहुमत पुर्‍याउने दिल्लीको हिडेन एजेन्डा कार्यान्वयनका लागि मधेसवादी पार्टीहरू सक्रिय छन्। राष्ट्रपति, प्रधानमन्त्री पदभन्दा मधेसवादी नेताहरूले मुख्यमन्त्री पदमै आकर्षण देख्नु राजनीतिक विश्लेषकहरूका लागि नौलो कुरा होइन।
राप्रपा नेपाल
एमाओवादीको हेटौंडा महाधिवेशनमार्फत फ्याँकिएको 'हिडेन एजेन्डा' लाई नेपालका राजनीतिक दलमध्ये सर्वप्रथम  स्वागत  राप्रपा नेपालले गरेको हो। पूर्वराजा ज्ञानेन्द्रको साथ सहयोगमा क्रियाशील राप्रपा नेपालले यो  एजेन्डालाई सर्वप्रथम स्वागत गर्नुको कारणबारे  राजनीतिक विश्लेषकहरूले विभिन्न खाले अर्थ लगाएका छन्। गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार गठन हुँदा २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले चालेको कदम र २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कदमको औचित्य पुष्टि हुने भएकाले राप्रपा नेपालले हतार हतार यो प्रस्तावको स्वागत गरेको हुनसक्ने विश्लेषण धेरैले गरेका छन्। यस अभियानबारे पूर्वराजा ज्ञानेन्द्रलाई सिंगापुर भ्रमणकै बेला भारतीय प्रतिनिधि करण सिंहले  विश्वास दिलाएको हुन सक्ने विश्लेषण पनि राजनीतिक वृत्तका जानकारहरूको छ। राजसंस्था पुनर्बहाली गर्ने मार्गचित्रका साथ यो अवधारणा दिल्लीले ल्याइदिएको कुरामा पूर्वराजा शाह विश्वस्त रहेको बताइन्छ। नेपाली सेनाका एक जर्नेलमार्फत पूर्वराजा शाहले यस विषयमा प्रधानसेनापति राणाबाट केही कुरा बुझिसकेको समाचार स्रोतले बताएको छ। प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने अभियानभित्रको 'हिडेन एजेन्डा' जे भए पनि पूर्वराजा  शाहले चाहिँ अहिले पनि दलहरूको असफलतामा मात्रै आफ्नो भविष्य देखेका छन्।युरोपियन र अमेरिकाको योजना दिल्लीमार्फत
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव लिएर राष्ट्रपति यादवकहाँ पुग्ने विदेशी प्रतिनिधिमध्ये अमेरिकी राजदूत पिटर डब्लु बोडी पहिलो हुन्। त्यसपछि मात्रै  औपचारिक प्रस्ताव लिएर भारतीय राजदूत जयन्तप्रसाद पुगेका हुन्। नेपालको सार्वभौमसत्ताप्रति अमेरिका र युरोपियन युनियनको कुनै आपत्ति छैन, तर उनीहरूले नेपालको सार्वभौमसत्तालाईभन्दा स्वतन्त्र तिब्बत  अभियानलाई बढी प्राथमिकता दिएको बताइन्छ। यतिबेला नेपाल नीतिका सन्दर्भमा अमेरिका र युरोपियन युनियनले दिल्लीकै एजेन्डा बोक्नुलाई राजनीतिक विश्लेषकहरू अनौठो मान्दैनन्। तर अन्तर्राष्ट्रिय चलखेलमा भारतीय गुप्तचर संस्था 'रअ' भन्दा अमेरिकी गुप्तचर संस्था सीआईए धेरै अगाडि मानिन्छ।

वैद्यको सभामा वरिष्ठ पत्रकार युवराज घिमिरे - onlinekhabar

प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने दलहरुको सहमतिविरुद्ध नेकपा-माओवादीले मंगलबार गरेको विरोधसभामा वरिष्ठ पत्रकार युवराज घिमिरेसमेत रातो झण्डामुनि देखिनुभयो ।
दलहरुको आमसभामा कहिल्यै नदेखिने घिमिरले बानेश्वर र शान्तिवाटिकामा भएको सभालाई सम्बोधनसमेत गर्नुभयो । ‘मुलुकको राष्ट्रियता र सर्वभौमसत्तामा विचार मिल्नेहरुसँग मेरो सहमति रहन्छ’ घिमिरेले अनलाइनखबरसँग भन्नुभयो-’ अब १००/५० जनाको फोरममा पनि बोल्नुपर्छ भन्ने लागेर म गएको हुँ ।’
पत्रकार घिमिरेले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारीलाई अधिनायकवाद संस्थागत गर्न खोजिएको संज्ञा दिनुभयो ।
उहाँले चार दललाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले प्रधानन्यायाधीशको नेतृत्वमा सहमति नगरे सबै अध्यादेश पारित गर्ने धम्की दिएर ब्ल्याकमेलिङ गरेको आरोपसमेत लगाउनुभयो । उहाँले नेपालको समस्याको समाधान नेपालमा नै खोज्नुपर्नेमा जोड दिनुभयो ।

Monday, February 18, 2013

चैतभित्र एउटै तारबाट फोन, इन्टरनेट र टिभी - nagariknews

नेपाल टेलिकमले आउँदो चैतभित्र मुलुकका ८ ठाउँमा एउटै तारबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन चलाउन सकिने नेक्स्ट जेनेरेसन नेटवर्क(एनजिएन) सेवा सुरु गर्ने भएको छ।
कम्पनीले राजधानीसहित वीरगन्ज, नेपालगन्ज, भैरहवालगायत ठाउँमा एनजिएनअन्तर्गत मल्टी सर्भिस एक्सेस गेटवे(एमएसएजी) सेवा सुरु गर्न लागेको हो। 'सेवा सुरु गर्न तीब्ररुपमा उपकरणहरु जडान भइरहेको छ,' टेलिकम फिक्स्ड टेलिफोन लाइन सेवाका निर्देशक भगतमान सिंह प्रधानले भने, 'चैतदेखि ग्राहकलाई सेवा वितरण सुरु गर्नेछौं।'
टेलिकमले चिनियाँ कम्पनी जेडटिइसँगको साझेदारीमा यो सेवा विस्तार गर्न लागेको हो। एनजिएन सेवा सुरु भएपछि ग्राहकले एउटै तारबाट भ्वाइस, डाटा र भिडियो सेवा पाउन सक्नेछन्। हाललाई भने कम्पनीले भिडियो वा टेलिभिजन सेवा दिनेछैन। 'अहिलेलाई भ्वाइस र डाटा सेवामात्र चलाइनेछ,' उनले भने, 'इन्टरनेटमा आधारित टिभी चलाउन भने तयारी हुँदैछ।'
साधारण टेलिफोन लाइन(पिएसटिएन) एनजिएनमा परिणत भएपछि उच्च गतिको इन्टरनेट र गुणस्तरीय आवाजसहितको टेलिफोन सेवा ग्राहकले प्रयोग गर्न सक्नेछन्। एनजिएनमार्फत वितरीत टेलिफोन चलाउन ग्राहकले पुरानै फोन सेट प्रयोग गर्न सक्नेछन्। तर, इन्टरनेट चलाउन भने मोडेम जोड्नुपर्छ। मोडेम जोडेर कम्प्युटरमा इन्टरनेटमार्फत टेलिभिजनसमेत हेर्न मिल्छ।
अहिले पनि ग्राहकले एउटै तारमार्फत सँगै टेलिफोन र इन्टरनेट चल्ने एडिएसएल सेवा प्रयोग गरिरहेका छन्। एनजिएनमा भने ग्राहकले थप सेवा र उच्च गुणस्तर पाउने प्रधानले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा कम्पनीले ८ ठाउँमा ५ हजारका दरले करिब ४० हजार टेलिफोन लाइन विस्तार गर्नेछ।
यही सेवामा सहरी क्षेत्रका ग्राहकका लागि भने ब्रोडब्यान्ड इन्टरनेट पनि समेटिएको छ। यसलाई टेलिकमले 'फाइबर टु होम(एफटिटिएच)' प्रविधिको रुपमा विकास गर्नेछ। एनजिएन सेवा लिएका ग्राहकले इन्टरनेट प्रोटोकल(आइपी)मा आधारित कलसमेत गर्न सक्नेछन्। 'इन्टरनेट जोडिएका संसारका जुनसुकै कम्प्युटर, स्मार्टफोनलगायतको प्रयोग गरी भिडियो कल र इन्ट्यान्ट म्यासेज पठाउन मिल्ने सेवा यसमा थपिँदैछ,' प्रधानले भने, 'यो आधुनिक प्रविधि भएकाले ग्राहकले नयाँ-नयाँ सेवा पाउनेछन्।'
एनजिएन सेवा सुरु भएपछि पछिल्लो समय आधारभूत टेलिफोनबाट मोबाइलतिर आकर्षित ग्राहकमध्ये केही ग्राहक आधारभूत टेलिफोनमा फर्कने कम्पनीको अनुमान छ। प्रधानले एनजिएनमार्फत दिइने सेवाको गुणस्तर राम्रो हुनुका साथै नयाँ सेवा थपिए पनि शुल्क भने हालकै कायम हुने जानकारी दिए। 'भ्वाइसका लागि पिएसटिएन र डाटाका लागि एडिएसएलकै शुल्क हुनेछ,' उनले भने, 'पछि यसमा आइटी टिभी, भिडियो अन डिमाल्डलगायत सेवा थपिनेछन्।'
टेलिकमले सन् २०१५ भित्र सबै टेलिफोन लाइनलाई इन्टरनेटमा आधारित बनाउने योजनाअनुरुप एनजिएन सेवा सुरु गरेको हो। एनजिएनको पहिलो चरणमा कुल १ लाख आधारभूत टेलिफोनलाई यो प्रविधिमा रुपान्तरण गर्ने कम्पनीको योजना छ। कम्पनीले चिनियाँ कम्पनीहरु हुवावे र जेडटिईसँग एनजिएन प्रविधि विस्तारका लागि उपकरण किन्ने सम्झौता गरेर खरिद गरिसकेको छ।
कम्पनीले यो सेवा सुरु भएपछि ग्रामीण तहसम्म उच्च गतिको इन्टरनेट र टेलिभिजन पहँुच विस्तार हुने जनाएको छ। यो सेवालाई अहिले निश्चित स्थानमा सुरु गरिए पनि ७५ वटै जिल्लामा विस्तार गर्ने कम्पनीको योजना छ। गत मंसिरसम्मको तथ्यांकअनुसार टेलिकमको आधारभूत टेलिफोन प्रयोग गर्ने ग्राहकको संख्य ६ लाख ३३ हजार ३ सय ७० रहेको छ। पछिल्ला वर्षहरुमा आधारभूत टेलिफोनका ग्राहक खासै बढ्न सकेका छैनन्। यो सेवा सुरु भएपछि यसमा सुधार हुने टेलिकमले जनाएको छ।

गान्धी र यौन - nayapatrika

प्रदीप गिरी

गान्धीलाई मानिसको जीवनको प्रत्येक पक्षमा गहिरो रुचि थियो । त्यसमा पनि उनीलाई सेक्समा विशेष रुचि देखिन्छ । गान्धीजी सेक्स र ब्रह्मचर्यका विषयमा आजीवन प्रयोगरत रहन्थे । एउटा शुद्ध सत्याग्रहीले ब्रम्हचारी हुनुपर्छ भन्ने उनको धारणा थियो । तदनुरूप उनले आप\mनो सत्याग्रही जीवनको प्रारम्भमा नै ब्रह्मचर्यको पालन गर्ने प्रयास थालेका थिए । तर, यो व्रत पूर्णरूपले सफल हुन सकेन । तर, यसबाट गान्धीको संकल्प झन् कडा भयो । १९०६ मा गएर उनले पूर्ण ब्रह्मचर्यको प्रतिज्ञा गरे । त्यस वेला उनी ३७ वर्षका थिए । पूर्णब्रह्मचर्यको प्रतिज्ञापछि गान्धीजीले सत्याग्रहको नेतृत्व गरे । यो कुरो दक्षिण अपि|mकाको हो । यस किसिमको ब्रह्मचर्य भारतका योगी-सन्यासीले लिने गरेको सुनिएको/देखिएको कुरो हो । तर, यस्ता योगी-सन्यासी आइमाईको छायाबाट नै पर भाग्दछन् तर, गान्धीजी यस किसिमको पलायनलाई भने कायरताको संज्ञा दिन्छन् । गान्धीजी आफ्नो दैनिक व्यवहारमा आइमाईसँग तर्संदैन थिए । अझ आफ्नी स्वास्नीसँगै एउटा कोठामा सुत्ने चलन पनि गान्धीले छाडेनन् । यसले गर्दा गान्धीजीलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो । निकै पछि उनले राजकुमारी अमृता कौरलाई आफ्नो यस अप्ठ्यारोबारे पत्रमा लेखेका थिए- 'मलाई सबभन्दा कठिन काम वासनाका उपर विजय प्राप्त गर्नुमा परेको छ । मैले वासनाविरुद्ध निरन्तर संघर्ष गरिरहेको छु । आजसम्म जेनतेन सफल हुन सकेकोमा म यसलाई एउटा चमत्कार नै ठान्दछु ।'
गान्धीजी कामवासनाको मोर्चामा अनेकौँ रूपमा संघर्षरत देखिन्छन् । खानपिन र उठबसका बानी-व्यहोराले कामवासनालाई तताउँछ भन्ने गान्धीको निष्कर्ष थियो । मानिसका विभिन्न इन्दि्रय आपसमा अन्तरसम्बन्धित छन् । एउटा इन्दि्रयले अर्कोलाई उत्तेजित गर्छ । अझ यसमा पनि भोजन र वासनाको गाढा सम्बन्ध हुन्छ । चिल्लो-चाप्ल्ाो, मीठो, मसलेदार खाना र दूधले विशेष गरेर वासना भड्काउँछ भन्ने गान्धीजीको ठहर थियो । यसैले गान्धी आप\mनो खानपिनका मामलामा बडो सतर्क थिए । गान्धीजीले आजीवन खानपिनका बारे अनेकौँ प्रयोग गरिरहे । यस्ता सबै प्रयोग ब्रह्मचर्यको लक्ष्यलाई ध्यानमा राखेर गरिन्थ्यो । खानपिनबाहेक खाली दिमाग पनि लहडी हुन्छ र कामवासनापट्ट िआकृष्ट हुन्छ । यसैले गान्धी आफूलाई प्रत्येक घडी व्यस्त राख्थे । यसबाहेक नियमित स्नान राम-नाम र भजन-प्रार्थनाले पनि आफू आत्म-नियन्त्रणमा रहन सकेको कुरो गान्धीले बताएका छन् ।
कामवासनाकोे नियन्त्रणका दृष्टिकोणले मानव-शरीरप्रति सही दृष्टिकोणको विकास बडो आवश्यक छ भन्ने गान्धीजीको धारणा छ । यो शरीर के हो ? शरीरलाई आनन्दको साधन र यसका प्रत्येक इन्दि्रयलाई भोग र तृप्तिको माध्यम सम्भिmने व्यक्तिले कामवासनाबाट मुक्ति प्राप्त गर्न सक्दैन । तर, शरीर, इन्दि्रयहरूको भूमिकाबारे आप\mनो दृष्टिकोण बदल्न सकिन्छ । त्यसो भएको खण्डमा वासनाउपर विजय गर्न सजिलो हुन्छ । उनी भन्छन्- 'हाम्रा जनेन्दि्रय यौनतृप्तिका निम्ति मात्र बनेका होइनन् । हामीले यो बुझ्नु आवश्यक छ । वासनाउपर नियन्त्रण गर्न आवश्यक छ । अनि मात्र वासनाउपर नियन्त्रण गर्न सजिलो हुनेछ ।'
यी र यस्तै अरू प्रयोगमूलक निष्कर्षपछि गान्धीको ब्रह्मचर्य विषयक विचारको विकास हुँदै गयो । गान्धी आफ्ना अनुभवबाट अनुशासनका नयाँ नियम र उपनियम बनाउँदै गए । यस क्रममा आफ्ना विचारमा अनेकौँ सुधार र परिष्कार गरेको कुरा गान्धी उल्लेख गर्छन् । तर, त्यति हुँदाहुँदै पनि गान्धी आफ्ना कमजोरीप्रति जागरुक थिए । उनले १९२६ मा भनेअनुसार उनको शारीरिक ब्रह्मचर्यमा कुनै खोट थिएन । तर, आप\mनो मनलाई पूर्णतः नियन्त्रण राख्न नसकेको कुरा गान्धी स्वीकार गर्छन् । मनमा बडो नजानिँदो तरिकाबाट नचाहिँदा विचारले अधिकार जमाउने चेष्टा गरेको कुरो गान्धी बारम्बार उल्लेख गर्छन् ।
तर, आप\mनो शारीरिक आत्म-नियन्त्रणबारे गान्धीलाई पूर्ण आत्मविश्वास थियो । यसैले गान्धी आइमाईसितको सम्पर्क र संसर्गबाट परहेज गर्दैनथे । खास गरेर आप\mना केही केटीचेलीको काँधमा हात राखेर घुम्नु-हिँड्नु उनीलाई विशेष पि्रय थियो । गान्धीको यस किसिमको बानी-व्यहोरा कतिपय देशवासीलाई मन पर्दैनथ्यो । विभिन्न मानिसले उनको यस्तो चलनको आलोचना गरे । सेप्टेम्बर १९३५ मा गान्धीले यस्ता आलोचनाको कदर गर्ने निर्णय सुनाए । 'मैले त्यति नगरिदिँदा यिनीहरूको चित्त बुझ्दछ भने बेसै भयो त, म त्यसो नगरी दिउँला' भन्ने गान्धीको भनाइ थियो । तर, गान्धी आफ्नो निर्णयमा अडिग रहेनन् । मात्र दुई वर्षपछि गान्धी आफ्नी पत्नी सुशीला नायर र मनु गान्धीजस्ता केही निकटस्थ युवतीका साथ त्यसरी नै हिँडेको देखिए । मानिसले फेरि आलोचना सुरु गरे । गान्धीले आलोचनाको जवाफ दिए- 'कोसित कसरी हिँड्नु हुन्छ वा हुँदैन, त्यो मेरो आत्माले ठहर गर्ने कुरा हो । अब हुँदाहुँदा यी आलोचकहरू मेरी स्वास्नी र चेलीबेटीसित हिँडेकोमा पनि टीकाटिप्पणी गर्छन् भने मलाई केही भन्नु छैन ।'
१९३६ को वर्ष भने गान्धीका निमित्त निकै अप्ठ्यारो ठहरियो । अघिल्लो वर्षभरि गान्धीले कठोर परिश्रम गरेका थिए । वर्षभरि नै उनी मुस्किलले दैनिक चार घन्टा सुते होलान् । परिणामस्वरूप डिसेम्बर १९३५ मा उनी बिरामी परे । तर, उनको कठिन दिनचर्यामा कुनै परिवर्तन आएन । फलतः जनवरी १९३६ मा उनी नराम्ररी थला परे । उनी उपचार र विश्रामका लागि बम्बई बस्न थाले । बम्बईमा यस्तै विश्राम कालमा एकपटक फेरि उनमा कामवासनाको उदय भयो । उनी आफैँले प्रकाशित गरेको पत्रिका हरिजनमा यो समस्याको सविस्तार वर्णन गरे । त्यस लेखमा आफ्नो कठोर आत्मालोचना गरेका छन् । तिनताक नै उनले आफ्ना एउटा साथीलाई तलका कुरा लेखे-
'यो शरीरलाई धेरै पुलपुल्याउनु हुँदैन । यसले खोजेको कुरा खान दिनु खतरनाक छ । अझ परिश्रम नगरी बस्ने हो भने झन् उत्पात नै गर्छ । मेरा शरीरले उत्पात गरेको कारण राम्ररी मलाई थाहा छ । यसैले अब म डाक्टरको सल्लाह मान्दिनँ । अब डाक्टरले भनेसरह म आराम नगर्ने भएको छु ।'
उपर्युक्त कुरा लेख्दा गान्धी ६७ वर्षका थिए । योभन्दा पनि ठूलो उत्पात फेरि दुई वर्षपछि भयो । १४ अपि्रल १९३८ का दिन गान्धीले आफूलाई स्वप्नदोष भएको घोषणा गरे । यसपटक भने उनी दुःखी भए । उनले आप\mनी शिष्या मेडलिन स्टयेडरलाई लेखे- '१४ अपि्रलको यो घृणित, फोहोर तथा दुःखदायी घटनाले मलाई चकनाचुर बनाएको छ ।' यसपछि गान्धी ठूलो निराशाको खाल्डोमा खसे । गान्धीलाई एक किसिमको अपराधबोधले निकै दिनसम्म ग्रस्त गर्‍यो । उनको आत्मविश्वास हरायो । यसबाट उनको राजनीतिक कार्यक्षमता पनि प्रभावित भएको देखिन्छ । उनले तिनताका नै जिन्नासित लामो र कठिन वार्तालाप गर्नुपर्ने थियो । गान्धीले यो वार्ता गर्न पनि चासो देखाएनन् । उनले जिन्नालाई भेट त गरे, तर वार्ताको महत्त्वपूर्ण अंग नेहरुलाई जिम्मा लगाइयो । मानौँ, गान्धीमा पुरानो आत्मविश्वास अब थिएन ।
गान्धीले आफ्ना निकटस्थ सहयोगीसित यो अपि्रल घटनाको विषयमा चर्चा गरे । उनीहरूका नजरमा यो एउटा निजी मामला थियो । यस कुरोको सार्वजनिक चर्चा-परिचर्चा उचित थिएन । तर, गान्धीले मानेनन् । गान्धीले यस घटनाबारे हरिजनमा एउटा लेख लेखे । गान्धी आफूलाई एउटा सार्वजनिक मानिस ठान्थे । सार्वजनिक मानिसको हरेक अनुभव र प्रयोग जनताको सम्पत्ति हुन्छ । यसैले गान्धीले आफ्नो स्वप्नदोष लुकाउन चाहेनन् । उनको लेख हरिजनमा छापिएपछि उनले अनेकौँ थरीका सल्लाह पाए । मिराबेन र अमृता कौर गान्धीका नजिकका महिलामित्र थिए । दुवैले गान्धीलाई आइमाईको संगतबाट टाढा रहनुपर्ने सल्लाह दिए । सर्वसाधरण आइमाई मात्र होइन, आप\mनानजिकका नातागोतासमेतबाट पनि टाढा रहनुपर्छ भन्ने उनीहरूको भनाइ थियो । पत्नी वा डाक्टर पनि टाढै रहेकोमा ब्रह्मचारीलाई सजिलो पर्छ । अझ मिराबेनले अर्को एउटा कुरा थपिन् । अपि्रलको त्यो घटना अनौठो र अस्वाभाविक होइन । गान्धीले सुषुप्तावस्थामा कुनै सँगै सुतेकी महिलाको घाँटीतिर हात पुर्‍याएको उनले देखेकी रहिछिन् । मिराबेनले यसको उल्लेख गरिन् । संक्षेपमा भन्दा गान्धीको कामवासना निर्मूल भएको रहेनछ भन्ने कुरोको यो थप प्रमाण थियो ।
गान्धीलाई यी सल्लाहले प्रभावित गर्‍यो । कामवासनाको चेतना अब हरायो भन्न साँच्चै गाह्रो रहेछ भन्ने कुरा उनले स्वीकार गरे । सचेतन मनमा कामवासना देखिएन भनेर ढुक्क हुन नहुने रहेछ । मानिसले जान्दानजान्दै पनि कामवासना मस्तिष्कको अँधेरो कुनामा लुकेर रहने रहेछ । गान्धी अब यस अचेतन गतिविधिप्रति पनि सतर्क भए । आफ्नो अचेतन मनको फोहोर र अँधेरा कुनालाई साफ-सुग्घर बनाउन अब गान्धीले विशेष ध्यान दिन थाले । विस्तारै गान्धीको आत्मविश्वास बलियो हुँदै गयो । केही दिनपछि गान्धीको पुरानो दिनचर्या पुनः कायम भयो । गान्धी फेरि महिला कार्यकर्तासँग सामान्य सम्बन्ध राख्न थाले । गान्धी त्यस्ता महिला कार्यकर्ता सँगसँगै सुत्थे । अझ त्यसमध्ये पनि डाक्टर सुशीला नायर र गान्धी एउटै बिछ्यौनामा सुत्थे । यसरी सँगै सुत्दा गान्धी न्यानो महसुस गर्थे । यसबाहेक पनि डाक्टर सुशीलाले गान्धीलाई नियमित मालिस गरिदिने अनि नुहाइदिने गर्थिन् । यो प्रक्रिया कहिलेकाहीँ डेढ घन्टाभन्दा बढीसम्म चल्थ्यो । कहिलेकाहीँ गान्धी मालिस गर्दागर्दै निदाउँथे । कहिले भने गान्धी मालिसका बेलामा आफ्ना निजी सचिव महादेव देसाई तथा प्यारेलाललाई बोलाएर चिठी-पत्र लेख्न लगाउँथे ।
जे होस्, गान्धीको जीवन-चर्याले हिन्दुस्तान तथा हिन्दुस्तानबाहिर सधैँ नै चर्को विवाद उत्पन्न गर्‍यो । तिनताका नै गान्धीले प्रेम कण्टक भन्ने महानुभावलाई लेखेका पत्रहरू प्रकाशित भए । गान्धीले प्रेम कण्टकलाई आफ्ना कामवासनाका अनुभव र संघर्ष बिल्कुलै नांगो र खुलस्त पाराले लेखेका रहेछन् । कण्टकले यी पत्र छपाउने मनसाय गरे । गान्धीले पनि यी पत्रको प्रकाशनमा कुनै आपत्ति देखेनन् । फलतः यी पत्रहरू छापिए । यी पत्र छापिनासाथ भारतका अखबारमा विभिन्न टीकाटिप्पणी सुरु भयो । अक्टोबर १९३९ मा बम्बै क्रोनिकल भन्ने अखबारमा गान्धीको निजी जीवनको भण्डाफोर छापियो । त्यसपछि अरू कट्टरपन्थी हिन्दु अखबार गान्धीका पछि लागे । कतिपय अखबारले गान्धीको धृष्ट कामुकताको घोर निन्दा गरे । अखबारहरूले सुशीला नायरसँगको उनको पापपूर्ण सम्बन्धको विशेष उल्लेख गरे । यस अभियानमा विदेशी अखबार पनि पछि रहेनन् । कतिपय अमेरिकी पत्रकारले गान्धीका अरू आइमाईसँगको सम्बन्धलाई कोट्याए । यस सम्बन्धामा मेडलिन स्लेडको चर्चा आयो । गान्धी र कुमारी मेडलिन स्लेड १९३१ मा सँगै लन्डन गएका थिए । अमेरिकी पत्रकारले गान्धी र स्लेडबीच अनुचित सम्बन्ध रहेको कुरो उनीहरूले उही वेला बुझेको कुरोको संकेत दिए । अझ उनीहरूको अनुमान र कल्पनाको कुनै सिमाना नै थिएन ।
तर, यसबाट गान्धी किञ्चित् मात्र पनि आत्तिएनन् । हरिजन उनको आफ्नो पत्रिका थियो । यी सबै आरोपलाई यथावत् आफ्नो अखबारमा पुनर्मुदि्रत गरे । त्यसपछि त्यस अखबारमा गान्धीको उत्तर छापियो । गान्धीले आफ्ना आलोचकलाई प्रमाण मागेर चुनौती दिए । उनले आफ्ना पाठकसँग आफ्नो किसिमको संवाद कायम गरे । आप\mनाविरुद्ध गरिएको घृणा अभिमान कट्टरपन्थी हिन्दुको र खासगरी बाहुनहरूको काम हो भन्ने गान्धीको दृष्टिकोण थियो । महाराष्ट्रका बाहुनको स्वामित्व र सञ्चालनमा रहेको अखबारमा गान्धीविरुद्ध सर्वाधिक विषबमन भएको थियो । गान्धीले यो कुरो औँल्याए । तत्पश्चात् गान्धीले यस्ता आलोचनाको टेरपुच्छर नलगाउने कुरोको जानकारी दिए ।
एकातिर त्यस्ता कुराको निन्दा चर्कंदै थियो भने अर्कोतिर गान्धीको स्त्रीसंसर्गमा प्रयोगहरू झन्झन् घनिष्ट र अन्तरंग हुँदै गयो । विगत वर्षमा गान्धी आफ्ना महिला सहकर्मीसित एउटै कोठामा सुत्थे । यद्यपि, तिनीहरूको बिछ्यौना फरक हुन्थ्यो । तर, यता आएर गान्धीले एउटै बिछ्यौना प्रयोग गर्न थालेका थिए । अब झन् गान्धीको प्रयोग अर्को खुट्किलोमा उक्लियो । अब गान्धीले आफ्ना महिला सहकर्मीसित नांगै सुत्ने निर्णय गरे । २२ फेबु्रअरी १९४४ मा गान्धीकी पत्नीको देहान्त भयो । कदाचित् त्यसपछि नै गान्धीको नयाँ प्रयोग थालिएको हुनुपर्छ । यकिन भन्न गाह्रो छ । अपि्रल १९४५ मा उनले यस विषयमा पत्र लेखेको पाइन्छ । बिडलालाई लेखिएको उक्त पत्रमा उनले महिला वा युवतीहरूको उल्लेख गरेका छन् । यिनीहरू गान्धीसित निर्वस्त्र सुतेका थिए । यस्ता नामहरूमा सुशीला नायर, प्रभावती, मनु गान्धी, आभा गान्धी सामेल थिए । लीलावती, राजकुमारी अमृता कौर र अरू पनि अनेकौँ महिलाको उल्लेख आउँछ । यी पछिल्ला श्रेणीका आइमाईका बारेमा भने मात्र सँगै सुतेका हुन् वा नांगै सुतेका हुन् भन्न गाह्रो छ । फेरि यस किसिमको सह-शयन एउटा प्रयोगको रूपमा गरिँदै छ भन्ने जानकारी पनि सबैलाई थियो/थिएन, यकिन छैन ।
गान्धीका कतिपय मित्र र सहयोगीले यस किसिमको क्रियाकलापको घोर विरोध गरे । उनीहरूलाई गान्धीको निर्दोषितामा शंका थिएन । गान्धीका इरादा उच्च थिए भन्ने कुरो पनि उनीहरूलाई स्वीकार थियो । तर, मानिसले कुनै पनि काम गर्दा यस कामको प्रभाव अरूमाथि के पर्छ, त्यो पनि हेर्नुपर्छ । गान्धीको देखासेखी गरेर अरूले पनि त्यस्ता प्रयोग गर्न थाल्छन् । फेरि यसै पनि सर्वसाधारण मानिस वा समाजले यस्तो कदमलाई कहिले पनि उचित मान्दैन । यस्ता कदमबाट गान्धीको लोकपि्रयता समाप्त हुने ठूलो खतरा छ, आदि-आदि । गान्धीले यी सब आलोचना सुने । तर, उनको चित्त बुझेन । गान्धीले आफूले कहिले पनि सामाजिक विधिविधानको विशेष वास्ता नगरेको कुरोप्रति उत्तरमा बताए । यसै पनि हिन्दू समाजले हरिजन वा मुसलमानलाई पटक्कै सहँदैन । तर, गान्धीका निमित्त हरिजन वा मुसलमान दुवै अत्यन्त पि्रय थिए । उहिले विद्यार्थी अवस्थामा नै स्वमूत्रपान गरेबापत उनी जातिच्युत हुनुपरेको थियो । पछि उनले आफ्नो आश्रममा एउटी अछुत आइमाईलाई शरण दिएका थिए । हिन्दूहरू त्यसमा पनि आगो भए । तर, त्यस्ता हिन्दूसँग आफू कहिल्यै नडराएको कुरा गान्धीले सगर्व बताए । अब सेक्ससम्बन्धी आफ्नो यो महत्त्वपूर्ण प्रयोग गर्न छाड्ने कुरामा गान्धी झन् अडिग थिए । कट्टरपन्थी हिन्दूले कुरा काटे भन्दैमा गान्धी डराउनेवाला थिएनन् । हो, आफ्ना निकटस्थ सहयोगीको भावनाबारे सोच्न गान्धी तयार थिए । त्यसैले गान्धीले तत्कालका लागि आफ्नो प्रयोग स्थगन गरे । तर, केही समयको पुनर्विचारपछि गान्धी फेरि आफ्नो पुरानो निष्कर्षमा पुगेको देखिन्छ । मार्च १९४५ मा गान्धीले मुन्नालाल साहलाई पत्र लेख्दा तलको कुरा लेखे- 'म जे छु, मलाई समाजले यसो भन्छ, उसो भन्छ भनेर सम्झाउने कोसिस गर्नु बेकार छ ।'
'म आप\mनो सोचाइ छोड्न सक्दिँन । तत्कालका लागि मैले सह-शयनको कार्यक्रम स्थगित गरिदिएको छु । तर, यो कार्यक्रम सधैँ बन्द गरिदिने कुरो हुनै सक्दैन । ...अरूको होहल्लामा लागेर मेरो यो कार्यक्रम बन्द गर्नुको अर्थ मेरो ब्रह्मचर्यको ठूलो अपमान हो । यस प्रकारका बन्देजको कुरा मेरानिमित्त बिल्कुलै उचित छैन ।'
एक वर्षपछि गान्धीको प्रयोग फेरि सुरु भयो । यसपटक उनको प्रयोगमा मनु गान्धीको सहभागिता थियो । मनु गान्धी गान्धीजीकी नातिनी पर्थिन् । कस्तुरबा गान्धीको देहान्तअघिको बिरामीमा मनुले उनको ठूलो सेवा गरेकी थिइन् । कस्तुरबाले मर्नुअघि मनुलाई गान्धीको जिम्मा लगाइन् । गान्धीले पनि अब मनुको आमा भएँ भनेका थिए । यिनै मनुलाई गान्धीले अक्टोबर १९४६ मा आफूसँग बस्न बोलाए । मनुका बुबाले पनि गान्धीको निमन्त्रणा सहर्ष स्वीकार गरे । मनु आफैँ पनि गान्धीनिर जान इच्छुक थिइन् । बरु मनुका बुबालाई भने गान्धीको आश्रमको वातावरणबारे केही शंका थियो । गान्धीजीका निजी सचिव प्यारेलालबारे मानिस विभिन्न टीकाटिप्पणी गर्थे । तर, गान्धीको पवित्रताको कुरो असन्दिग्ध थियो । तर, त्यही पनि गान्धीले मनुलाई लेखेको पत्र अलि अचम्मको छ । गान्धीले लेखेका छन्, 'मैले यसपटक तिमीलाई फेरि बोलाएको छु । तर, तिमीले चिन्ता लिनुपर्दैन । तिमीलाई अपि्रय हुने काम कुनै पनि हुने छैन । तिमीले मसँग डराउनुपर्दैन ।' यो डर, अपि्रय कामको कुरो भन्नाको तात्पर्य के हो ? यस पत्रका अध्येताले स्वभावतः यी कुराको धेरै अर्थ लगाएका छन् । कदाचित् पहिलेको बसाइमा मनु गान्धी उनको इच्छाविरुद्ध महात्मा गान्धीको प्रयोगमा सामिल गराइएकी थिइन् कि ?
जे होस्, यसपटक फेरि महात्मा गान्धीको प्रयोग सुरु भयो । २० डिसेम्बर १९४६ देखि महात्मा गान्धी मनुसित नांगै सुत्न थाले । यस समय मनुको उमेर १९ वर्षको थियो । गान्धीले यस्ता प्रयोगका दौरान सम्बन्धित व्यक्तिलाई दैनिक डायरी लेख्न लगाउँथे । गान्धीले मनुलाई पनि डायरी लेख्न भने । गान्धी सो डायरीमा आफ्नो टिप्पणी लेख्दै थिए । गान्धीले मनुलाई यी यावत् कुराबारे उनका बुबालाई लेखिपठाउन लगाए ।
गान्धीले आफूले भने यस कुराको पहिलो उल्लेख झन्डै तीन हप्तापछि गरेको भेटिन्छ । ८ जनवरी १९४७ मा गान्धीले कृष्णदास राजाज्यूलाई यस प्रयोगबारे पत्र लेखेको भेटिन्छ । तर, यो कुरो गोप्य पनि थिएन । आश्रमका अरू सदस्यले यो थाहा नपाउने कुरै थिएन । गान्धीको सानो झुपडीमा कुनै कुरो गोप्य रहँदैनथ्यो । गान्धीको सुत्ने कोठामा कोही पनि मानिस चौबीसै घन्टा जान सक्थ्यो । त्यहाँ रात र दिनसमेतको कुनै फरक थिएन । फेरि गान्धी यस्ता प्रयोग गर्दा कहिल्यै पनि गोप्य राख्दैनथे । यसअघि पनि यस्ता सबै प्रयोग खुल्ला रूपमा गरिन्थे । त्यसैले गान्धीका विरोधीसमेतले यी प्रयोगलाई प्रयोगका रूपमा हेर्थे । यस्ता प्रयोगको जबर्जस्त विरोध गरिन्थ्यो । तर, सामान्यतः कसैले पनि गान्धीको इरादाका उपर शंका गरेका थिएनन् । गान्धीका अघिपछि लागि रहने अंग्रेज गुप्तचरले पनि गान्धीको प्रयोगलाई हाँसोसम्म गरेको मात्र भेटिन्छ ।
तर, यसपटक भने नयाँ कुरा अवश्य भएको थियो । गान्धीले यसअघि यस्ता प्रयोग गर्दा आफ्ना घनिष्ट सहयोगीलाई पूर्वसूचना दिन्थे । यसपटक गान्धीले कुनै त्यस्तो सूचना दिएनन् । गान्धीले यो प्रयोगलाई गोप्य राखेनन् । यो सत्य हो । तर, यसपटक भने प्रयोगको विधिवत् घोषणा गर्दा गान्धी सतर्क भएका थिए । त्यस्ता होहल्ला र विरोधले प्रयोगमा बाधा पर्छ भन्ने गान्धीको आशंका रहेको हुन सक्छ । नभन्दै केही दिनपछि नै गाइँगुइँ पनि हुन थाल्यो । स्वयं गान्धीका शब्दमा भन्ने हो भने कानेखुसी, चियो-चर्चा र छुद्र कुराको दौर सुरु भयो । बिस्तारै झन्झन् प्रबल विरोध हुन थाल्यो । गान्धीको कथित प्रयोगविरुद्धमा एउटा बलियो जनमत तयार भएको देखियो ।
भारतीय जनमत यसै पनि विश्वामित्र, व्यास र अरू ठूला-ठूला ऋषि-महषिर्को जीवनकथाबाट परिचित छ । यी पौराणिक महापुरुषले सुदीर्घ तपस्या गरेका थिए रे । र, पनि यिनीहरूले कामदेवउपर विजय प्राप्त गर्न सकेनन् । मौकामा यिनीहरू विचलित भए । गान्धीको मात्रै यो के ठेगान छ र ? यस्ता तर्क सुनिन थाले । मानिसले गान्धीको इरादासमेतका बारे यसपटक टीकाटिप्पणी गर्न थाले । गान्धीका अनेकौँ निकट मित्र पनि यस्ता टीकाटिप्पणीमा पछि हटेनन् । खास गरेर उनका सताजीय सहकर्मी अर्थात् गुजरातीहरू विशेष चिढिए । हरिजनका दुई सम्पादक साथीले विरोधस्वरूप राजीनामा गरे । अनेकौँ सहकर्मीले असहयोगको घोषणा गरे । अरू त अरू गान्धीका हनुमान मानिने सरदार वल्लभ भाइ पटेल पनि यसपटक बेस्सरी रिसाए । विनोभा भावेले कडा पत्र लेखे । उनको निजी लेखनदासले गान्धीलाई छेडे । पण्डित नेहरु आक्रोशित भएकै थिए । किशोरलाल मश्रुवालाको विरोध सबभन्दा चर्को र असहिष्णु थियो । छोरा देवदास गान्धी पनि बडो व्यथित भए । देवदासले बाबुलाई बडो भावुक आलोचनात्मक पत्र लेखेको भेटिन्छ । यस्ता आलोचक अरू पनि अनेकौँ थिए । गान्धीलाई कसैले छाडेन भने पनि हुन्छ ।
विभिन्न मानिसले बेग्लाबेग्लै दृष्टिकोण राखेर गान्धीको आलोचना गरेका थिए । तैपनि, त्यस्ता आलोचकलाई श्रेणीबद्ध गर्न सकिन्छ । एक थरीका आलोचकले गान्धीलाई सामाजिक नैतिकताका आधारमा निन्दनीय ठहर्‍याए । गान्धीको प्रयोगलाई अधर्म मानियो । दोस्रो थरीकाले गान्धीलाई वेलैमा आफ्नो प्रयोगको तात्पर्य जनतालाई बुझाउन नसकेको आरोप लगाए । अर्का थरीका आलोचकले यस प्रयोगबाट कसैलाई केही लाभ हुन नसकेको बताए । अझ, अर्का थरीले समाजमा यसबाट दुराचार र अव्यवस्था बढ्न सक्ने शंका उठाए । तर, यी सबैभन्दा गान्धीका सचिव प्रोफेसर एनके बोसको आपत्ति ज्यादा मौलिक तथा तर्कपूर्ण थियो । प्रोफेसर एनके बोसले एउटा अर्कै दृष्टिकोणबाट यस समस्यालाई हेरे । यस्ता प्रयोगमा सामेल भएका अबोध तथा सरल कुमारीहरूको भावनात्मक शोषण भएको एनके बोसको आरोप थियो । सँगसँगै कथित प्रयोगले आइमाईको अपमानजनक सामाजिक स्थितिलाई झन् मजबुत गर्छ भन्ने बोसको सोचाइ थियो । यिनै कुराको उल्लेख गरेर बोसले गान्धीको सचिवको पदबाट राजीनामा गरे ।
बोसले अरू पनि कुरा उठाएका छन् । उनले गान्धीलाई प|mायडका सिद्धान्तबारे जानकारी दिए । मानिसको मनमा एक थोक हुन्छ । उसको अवचेतनमा भने अर्कै कुरा रहन्छ । मेरो मन पवित्र भनेर दाबी गर्दैमा मानिसलाई कामविहीन मान्न सकिन्न । अवचेतन मनले आफ्नो कामेच्छाको तृप्ति गर्न अनेकौँ बाटो खोजेको हुन्छ । कहीँ गान्धी पनि यस्तै भुलभुलैयामा त छैनन् भनेर बोसले शंका गरे । कस्तै टाठाबाठा पनि अवचेतनको भुलभुलैयासामु हार खान्छन् । गान्धी पनि यसका अपवाद नहोलान् । एउटा अर्को तथ्यतर्फ पनि गान्धीको दृष्टि पुगेन । आश्रममा सबै महिला वा सामान्य सदस्य मात्र पनि गान्धीलाई आफ्नो श्रद्धाको केन्द्र सम्भिmन्थे । गान्धीले तदनुरूप सबैलाई एकनासको स्नेह र विश्वास दिनु आवश्यक थियो । उनको सह-शयनको कार्यक्रमले आश्रमवासीमा काखा र पाखाको स्थिति उत्पन्न भयो । यसबाट आश्रममा ईष्र्या, द्वेष र छटपटाहट भएको बोसले देखे । बोसले गान्धीलाई यी सबै कुरो सविस्तार देखाए ।
तर, गान्धीमा कुनै परिवर्तन आएन । गान्धी पछुतो मान्दैनन् । आप\mना गतिविधिले कतिपय पि्रय सहयोगीको चित्त दुःखेको कुरो गान्धी स्वीकार गर्छन् । यस्ता सहयोगीलाई गुमाउँदा गान्धी दुःखी छन् । त्यत्ति हो, त्यहाँबाट अघि बढ्न गान्धी तयार छैनन् । 'दुई/चारजना मित्र वा अनुयायीका कुरा छाडिदिऊँ । सम्पूर्ण संसारले नै मेरो परित्याग गर्छ भने पनि म आफूले ठीक ठानेको कुरो गर्न छाड्न सक्तिनँ,' गान्धी भन्छन् । आफू गल्ती गर्दै नगर्ने भन्ने गान्धीको दुराग्रह छैन । तर, अरूले सम्झाएका वा तर्साएका भरमा गान्धी सुधि्रनेवाला छैनन् । स्वयंले अनुभूत गरेपछि मात्र गान्धी आफ्नो गल्ती आफैँ सच्याउनेबारे सोच्नेछन् । उनका अनुयायीमा यसबाट नैराश्य देखिनु स्वाभाविक हो । ती अनुयायीले उनको विरोध गर्नु पनि उचित हो । त्यसमा गान्धीलाई कुनै दुःख छैन । आफ्ना अनुयायीले आफूलाई महात्मा भनून् भन्ने अभिलाषा उनलाई छैन । उल्टो, वेला-बखतमा चलेको घृणा अभियानले मलाई विशेष आनन्द दिन्छ भनेर गान्धी लेख्छन् ।
संक्षेपमा, गान्धीको यौनप्रयोगको संक्षिप्त कथा यही हो । तत्सम्बन्धी विवादका विभिन्न धारा यिनै हुन् । गान्धी कुनै मनोविश्लेषक थिएनन् । आफूले गरेको कामको गूढ तात्पर्य के कस्तो हुन सक्छ भन्ने कुरो उनलाई थाहा थिएन । तर, यता आएर यस्ता कुराउपर पनि विचार हुन थालेको छ । यस्ता विचार आवश्यकसमेत छन् । गान्धीको यौन ? कामसम्बन्धी विचारलाई हामीले उनको अहिंसाको दर्शनको सन्दर्भमा मात्र बुझ्न सक्छौँ जस्तो लाग्छ । गान्धी सिद्धान्ततः हिंसा र वासनालाई अन्योन्याश्रति ठान्थे । तदनुरूप पुंसत्व पनि हिंसाको आश्रय हो । शरीरमा पुंसत्वको तत्त्व उपस्थित हुँदासम्म हिंसा निर्मूल हुँदैन । आफूमा पुंसत्व रहुन्जेल हिंसा पनि रहन्छ भन्ने कुरामा गान्धी आश्वस्त थिए । यसैकारण गान्धी बारम्बार आप\mनो पुंसत्वको अस्तित्वलाई लिएर प्रयोग गर्न प्रवृत्त हुन्थे । गान्धीजीका जीवनका अन्तिम वर्षताका हिन्दुस्तानमा हिंसाले उग्ररूप लियो । यस्ता हिंसात्मक उग्रताले गान्धीको जीवनको सिद्धान्त र तपस्याको उपहास गरेको प्रतीत हुन्थ्यो । गान्धी यस्तो हिंसा र प्रतिहिंसाबाट बडो व्यथित थिए । यी हिंस्रक घटनाक्रमको दायित्वबाट आफू पनि पन्छिन नसक्ने कुरोमा गान्धी विश्वस्त थिए । गान्धी हिंसा समाप्त होस् भन्ने चाहन्थे । तर, फेरि यस हिंसाको जरो आफैँमा पो छ भन्ने आशंकाबाट उनी मुक्त थिएनन् । यसै आशंकाले उनलाई यौन प्रयोगतर्फ लैजान्थ्यो । आफ्नो व्यक्तित्वबाट हिंसाका अर्थात् पुंसत्वका सम्पूर्ण बीजलाई निमिट्यान्न गर्न सके हिंसाउपर विजय गर्न सजिलो हुन्छ भन्ने उनको सोचाइ थियो । शुद्ध अहिंसक व्यक्तित्वले शान्ति र अहिंसाको ज्वार प्रवाहित गर्छ । यस्ता व्यक्तिको उपस्थितिमा हिंसा स्वतः निभ्छ । गान्धी आफूले हिंसा निभाउन नसकेको देख्दा शंकालु र चिन्तित थिए । फलतः उनी निर्मम आत्मालोचना गर्थे । आफ्नो व्यक्तित्वमा उनले अन्यत्र कतै हिंसाको बास देखेनन् । तर, यौन भावनाबारे उनलाई शंका रहेछ । फलतः उनको जीवनको आखिरी प्रयोग थालियो ।
मनु गान्धीसँगको कथित प्रयोगमा उनी आफ्नो परीक्षा गर्दै थिए । आफू भावनात्मक रूपमा सबै प्रकारको यौन भावनाबाट मुक्त रहेको आत्मगत बोध गान्धीलाई थियो । तर, कुनै पनि क्षेत्रमा आत्मगत बोध पर्याप्त हुँदैन । के साँच्चै नै वस्तुगत रूपमा उनी यौनमुक्त व्यक्ति भइसकेका थिए त ? यो स्वयं उनले आफूले गर्ने निधो थिएन । यो कुरो अन्य प्राणीले महसुस र निर्णय गर्ने कुरो थियो । यसैले उनले मनु गान्धीलाई यस प्रयोगमा सहभागी बनाए । यसैले उनले मनु गान्धीलाई डायरी लेख्न र देखाउन भनी अराए । मनुमा आफ्ना संसर्गले कुनै प्रकारको कामभावको उदय हुन्छ वा हँुदैन भन्ने निक्र्योल गर्न गान्धी उत्सुक थिए । आफूमा पुंसत्वको अवशेष मात्र पनि नरहोस् भन्ने उनको अभिलाषा थियो । साँच्चै नै आफू पुरुष नरहेको भए उनले मनुमा कुनै विकारको उदय गर्ने/गराउने कुरै थिएन । यसै विश्वासअनुरूप गान्धी आफूलाई मनुको आमा बनाउन चाहन्थे । मनुले पनि यस्तै महसुस गर्न आवश्यक थियो । त्यसैले आफूसँग सुतेकी मनुको अनुभूतिमा गान्धीलाई जबर्जस्ती चासो थियो ।
गान्धीको यस किसिमको चासो र व्यवहारको स्रोत स्वयं हिन्दू धर्मको परम्परामा पनि भेटिन्छ । खास गरेर वैष्णव परम्परामा जानकार व्यक्तिले गान्धीको प्रयोगलाई अनौठो मान्ने छैनन् । वैष्णव परम्परामा व्यक्तिको लिंग निर्णयका विषयमा निकै चर्चा भएको छ । वैष्णव परम्पराका सबै भक्त स्त्रीलिंगी हुन्छन् । पुलिंग त एउटा कृष्ण मात्र हुन् । तदनुरूप नै गान्धी पनि आफूलाई एउटा कमनीय आत्माका रूपमा हेर्न चाहन्छन् । यो सुन्दर तथा निर्दोष आत्मा सतत परमात्माको अनुग्रहको प्रतीक्षामा रहन्छ । तर, अनुग्रह यति सजिलै प्राप्त हुने कुरो होइन । अनुग्रहका निमित्त उच्च कोटिको पात्रता चाहिन्छ । पात्रमा कुनै पनि विकार रहनु हुँदैन । पात्रमा पूर्णता हुनुपर्छ । फेरि पात्रले आत्मशुद्धि गर्नुबाहेक अरू केही गर्न सक्दैन । अनुग्रह पाइने हो वा होइन, यो ईश्वरीय कृपामा निर्भर रहने कुरो हो । यसै विश्वासअनुरूप गान्धी कार्यरत रहे । गान्धीले आफूलाई पूर्णरूपेण ईश्वरमा समर्पित गरे । ईश्वरमा पूर्णरूपेण समर्पित रहेको व्यक्तित्व कुनै कर्म गर्दैन । ऊ मात्र अनुग्रहको प्रतीक्षा गर्छ । गान्धी पनि कर्ताको भावबाट मुक्त हुने कोसिस गर्न थाले । यसैले उनले आप\mना क्रियाकलापलाई पछिपछि गएर प्रयोग गर्न छाडिदिए । गान्धी पहिले आफ्ना क्रियाकलापलाई प्रयोगको संज्ञा दिन्थे । तर, अब गान्धीले यो शब्दसमेतलाई तिलाञ्जलि दिए । अब उनी योजना शब्दको प्रयोग गर्छन् । यस शब्दले उनको सम्पूर्ण भाव तथा प्रतिज्ञा जनाउँछ ।
यस्तै छ, गान्धीको यो व्यक्तित्वको विवादस्पद कथा । यो पक्ष निश्चय गवेषणीय छ । मानिसको चेतन तथा अवचेतन मनको संगत र विकल्पको अध्ययनको सन्दर्भमा गान्धी एउटा अद्भुत उदाहरण हुन् । अन्तमा एउटा तथ्य बताउ“m । गान्धीको दृढताका अघि उनका सबै विरोधी बिस्तारै सेलाउँदै गए । उनका अधिकांश विद्रोही शिष्य तथा अनुयायीपछि गान्धीतिरै फर्के । उनका अरू आलोचक पनि पछि गान्धीसित आफूले अन्याय नै गरेको भन्ने अनुभूतिमा पुगे । यो सब गान्धीको सत्यवादिताको विजय थियो त ?

Sunday, February 17, 2013

इमेल ह्याक हुनबाट कसरी जोगाउने ? - onlinekhabar

आफ्नो इमेल ह्याक भएर दुख पाउने वा हण्डर खानेहरु धेरै छन् । कहिलेकाहीँ आफ्नै लापरवाहीका कारण कसैले पासवर्ड थाहा पाएर इमेल ह्याक गरिदिन्छ र कहिलेकाहीँ यसमा पेसेवर ह्याकरको समेत हात हुन्छ ।
आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्ने चाहना सबैमा हुन्छ तर यसको लागि सबैमा सावधानी र अक्कल पुगिरहेको हुँदैन । सानो सावधानीले मात्र पनि आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्न र आफ्ना गोप्य व्यक्तिगत सूचनाहरु चोरी हुन नदिन ठूलो सघाउ पुग्ने सूचना प्रविधि विज्ञहरु बताउँछन् ।
न्यूजिल्याण्डस्थित सूचना प्रविधि व्यवसायीहरुको एक संस्थाका मुख्य कार्यकारी पाउल म्याथ्युजका अनुसार यस्ता केही टिप्सहरु छन् जसलाई अपनाइयो भने इमेल ह्याक हुने खतरालाई घटाउन सकिन्छ । यी टिप्सहरु निम्न छन् ः
इमेल अकाउण्ट खोलेर त्यसमा गर्नुपर्ने काम सकाइसकेपछि अकाउण्ट लगआउट गर्न नबिर्सनुहोस् । लग आउट नगरी ब्राउजर बन्द गरेर मात्र हिड्नु हुँदैन । यसो गर्दा अरु कसैले ब्राउजर खोलेर इमेलमा लगअन गर्दा तपाइँको इमेल अकाउण्ट खुल्नसक्छ । र अपरिचितले तपाइँको इमेल अकाउण्टमा मनपरी गर्नसक्छ र ह्याक पनि गर्नसक्छ ।
तपाइँले इमेल चलाइरहेको बेलामा कसैले च्याट वा अरु माध्यमबाट तपाइँको इमेल ह्याक गर्ने मनसायले पासवर्ड जान्ने प्रयास गरिरहेको शंका लागेको छ भने सिधै लगआउट गरिहाल्नुहोस् ।
इमेलको लगइन डिटेल सेभ गर्नका लागि कहिल्यैपनि रिमेम्बर मी जस्ता बटन क्लिक नगर्नुहोस् । चाहे आफ्नै व्यक्तिगत कम्प्युटर किन नहोस् आफ्नो युजर नेम र पासवर्ड सिधै आउने गरी ‘रिमेम्बर मी’ भन्ने अप्सन एक्टिभेट गर्नु हुँदैन । यसो गर्दा अरु कसैले इमेल खोल्न खोज्दा सिधै तपाइँको इमेल लगअन गर्न सक्छ ।
आफ्नो इनबक्समा आएका नचाहिने वा अनौठा लाग्दा इमेल डिलिट गरिहाल्नुहोस् । यस्ता इमेल ह्याकरका पनि हुन सक्छन् र ती इमेल खोलेर त्यहाँ भने मुताविक गर्दै जाँदा तपाइँको पासवर्ड लिक हुने मात्र होइन अन्य प्रकारले ठगिन पनि सक्नुहुन्छ ।
कुनै वेबसाइटमा आफ्नो विवरण दिनुपर्यो भने त्यो आधिकारिक हो भन्ने ढुक्क नभइकन कहिल्यैपनि आफ्नो इमेल पासवर्ड लगायतका पूरा विवरण नदिनुहोस् ।
स्पाम मेलमा आएका लिंकमा क्लिक गर्ने तथा त्यहाँका इमेल ठेगाना र फोन नम्बरमा सम्पर्क गर्ने जस्ता काम पनि नगर्दा राम्रो हुन्छ ।
आफ्नो इमेल ठेगाना ह्याक हुने खतरा ठान्नुभएको छ भने तुरुन्तै पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । आफ्नो पासवर्ड छान्दा पनि अरुले झ्वाट्टै भेउ पाउने खालको नछान्नुहोस् । अंक र अक्षर मिलाएर बनाएको पासवर्ड बढि सुरक्षित हुन्छ ।

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड - mysansar


प्रतिनिधिपात्रहरुको रामकहानी
को हुन् नमीता–सुनीता? के हो नमीता–सुनीता हत्याकाण्डको कथा? र, कोसँग जोडिएको छ यसको लहरो? २५ वर्ष पहिलेको रहस्यमय घटनालाई लिएर अहिले पनि अँध्यारा कोठाहरुमा किन षड्यन्त्रका जालहरु बुनिँदैछन्? किन नमीता–सुनीताको ‘हंस’ दरबारमार्गको शालिक वरिपरि घुमेझैं प्रतीत भइरहेछ?
यो कथा तिनै अभागी चेलीहरुको हो, जसले वास्तविक जीवन जिउनै पाएनन् र जसका कलिला एवं निर्दोष रहरहरु कोपिलामै निर्ममतापूर्वक निमोठिए। तिनलाई दुख्दा संवेदनशील मन भएकाहरुले ‘कठै’ त भने तर आफू सकिएर अनन्तमा बिलाउँदा पनि बिचरीहरुले सहानुभूतिबाहेक न्यायको ‘न’ समेत पाउन सकेनन्, अझै सकिरहेका छैनन्। अझै पनि नेपालका दूरदराज एवं शहरी इलाकामा दैनन्दिन हिंस्रक मनुवाहरुद्वारा रचिने षड्यन्त्रहरुको शिकार भइरहेका लाखौं अबलाका गुमनाम प्रतिनिधि पात्रहरुको रामकहानी पनि हो यो। लाखौं नेपाली महिलाहरुको नियति नै भन्नुपर्छ, उनीहरुलाई न बाँच्दा चैन छ, न मरेर मृत्युको मूल्य हासिल हुन्छ। दशकौंदेखि दासताको जञ्जिरमा लपेटिएका नेपाली महिलाहरु २१ औं शताब्दीको अत्याधुनिक कालखण्डमा आइपुग्दा पनि उही नियतिको शिकार बनिरहेका छन्। समाज अन्धो छ, उनीहरुमाथिको विभेद निर्मूल पार्नमा। त्यसमा पनि राज्यको उपल्लो तहका व्यक्तिहरुको नामसँग कुनै कृत्य जोडिँदा त्यसको ढाकछोप, त्यसउपर जालझेल, षड्यन्त्र र नानाथरिका साँठगाँठका कथा हामीले धेरैपटक सुन्दै र भोग्दै आएका हौं। त्यही ढाकछोप, जालझेल र षड्यन्त्रको अनुपम नमूना हो यो कथा।
तर,जालसाजीपूर्वक इतिहास जित्नेहरुको कृत्य एक दिन पटाक्षेप हुन्छ। इतिहास सधैं कुटिलतापूर्वक जित्नेको घोडामात्रै बनिरहँदैन रहेछ। बहुलवादी समाजमा नागरिकको चेतनास्तर उकासिँदै जाँदा जस्तै षड्यन्त्रका बान्कीहरु पनि एकदिन एक–एक गरी खुल्दा रहेछन्, र जनताले तिनलाई नाङ्गेझार पार्दै जाँदा रहेछन्।
झण्डै–झण्डै हामीले भुल्न लागेको यो एउटा त्यस्तो कथा हो, जसमा राज्यको उपल्लो तहका नागरिकले कतिसम्मको षड्यन्त्र रचेर अपराध गर्दछन् र ढाक्छन् भन्ने कुरा छर्लङ्ग प्रस्तुत भएको छ। यो पंक्तिकारले केही बोल्नुपर्दैन, जे बोल्छ तथ्य बोल्छ, लिखितम्को एक–एक अक्ष्ँर बोल्छ र भन्छ– ‘इतिहास सधैं षड्यन्त्रको पुलिन्दामा कैद भइरहँदैन!’
‘विशेष’ मान्छेहरुलाई अझै पनि के भ्रम छ भने इतिहासमा भए/गरिएका घटनाहरुलाई गगनसिंहको हत्यालाई जस्तैगरी लुकाउन सकिन्छ र हर मान्छेका विभत्स हत्याहरुलाई पनि रहस्यमय बनाइरहन सकिन्छ सधैंभरि। इतिहासलाई सधैंभरि गुमराहमा राख्न खोज्ने र त्यसलाई नाङ्गेझार पार्न खोज्नेहरुको हारजीत हुन बाँकी एउटा लडाइँको आयाम पनि हो यो घटना।

काट्टो नखाँदै ढिसमिस

उसो त रगतै रगतले लत्पतिएको, अनि षड्यन्त्रै षड्यन्त्रको पुलिन्दाले भरिएको एउटा दुर्दान्त इतिहास हो– नेपाली राजदरबारको चौपर्खाल र त्यस वरिपरिको भूगोल। जनताप्रतिको उत्तरदायित्वमा भन्दा आफ्नै मनोदशाहरुको तृप्तिमा व्यस्त रहने नकारात्मक दरबारिया प्रवृतिकै एउटा कडी हो ०५८ जेठ १९ कालरात्रिको शाही संहार। तर, त्रिपुरेश्वरमा राजा वीरेन्द्रको काजक्रिया सकिएको थिएन, बाहुनहरुले काट्टो खाएर हात्ती चढ्न पनि भ्याएका थिएनन् र वीरेन्द्र राजाको बंश–बध गरिएकोमा नेपाली जनता अश्रुमिश्रित आक्रोशमा रुमल्लिइरहेका थिए। सर्वसाधारण सबै स्तब्ध थिए, सुचारु केही थिएन। तर, त्यही स्तब्धताका बीच, अर्थात् राजा वीरेन्द्रको वंशबिनाश भएको १० औं दिन दरबारियाहरु मुछिएको एउटा मुद्दालाई हठात् टुङ्गो लगाइयो, त्यो पनि अत्यन्तै गोप्य तवरमा।
मुलुकको गति टक्क रोकिएको बेला व्यापक रुपमा प्रहरी, प्रशासन र कानूनकर्मीहरु परिचालित हुन्छन्, र ‘माथिको आदेश’ मा, संदिग्ध शैलीमा अदालतै नपुर्‍याई पुनरावेदन सरकारी वकिल कार्यालयबाटै गुपचूप मुद्दा टुङ्गो लगाइन्छ भन्ने कुराको कसले पो अनुमान लगाउन सक्ला र! तर, भयो त्यस्तै।
पञ्चायतकालीन नेपालमा राज्यको बर्बरताअन्तर्गत खूबै चर्चाप्राप्त विषय हो यो। निहत्था तीन चेलीलाई बलात्कार गरी उनीहरुको जीवनहरण गरिएको र वर्षौंदेखि जोडतोडका साथ उठ्दै आएको विषय पनि हो यो। २० वर्षदेखि किनारा लाग्न नसकेको यो मुद्दालाई इशारा–इशाराकै भरमा किनारा लगाइयो र दरबारियाहरु सुनपानीले चोख्खिने चालमा लागे।
२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष ६ दिनपछि, अर्थात् ०५८ जेठ २९ मा हठात् टुङ्गो लगाइएको छ। पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई त्यसदिन गोप्य र अति जरुरी एक पत्र पठायो। वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ सो मुद्दा ‘सह–न्यायाधिवक्ताज्यूसमक्ष्ँ पेश हुँदा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति ०५८।२।२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो। पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहाँ–कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख छैन। सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरु’ चूपचाप छन्। पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठायो।
उता अपराधी पत्ता लाउनमा माखो नमार्ने प्रहरी प्रधान कार्यालयको उक्त हत्याकाण्डको फाइल बन्द गराउनमा चाहिँ चासो र संलग्नता अचम्मैसँग फूर्तिलो ढङ्गको पाइएको छ। उसले सि.नं. १०८९९ को सञ्चार आदेश क्षेत्रीय प्रहरी कार्यालय, पोखराको नाममा जारी गर्दै ०६० साल मंसीर १८ गते दिउँसो १५ः२० बजे दर्ता नम्बर ११५९८ मार्फत् भनेको थियो– ‘आर्थिक वर्ष ०३७/०३८ वा ०३८/०३९ मा दर्ता भएको समिता–नमीता हत्याकाण्डसम्बन्धी मिसिल सुरक्षिततवरले अबिलम्ब पठाउनुहुन नि. अनुरोध छ।’ यसको भोलिपल्टै डीआइजी कार्यालयका प्रहरी नायव उपरीक्षक रामजी थापाले क्रमसंख्या ४२२९ रहेको ताकेतापत्र जिल्ला प्रहरी कार्यालय, कास्कीका नाममा प्रेषित गरेका थिए। सोही ताकेताअनुसार प्रहरी निरीक्षक तुलबहादुर कार्कीले पुस १४ गते नक्सालस्थित अपराध अनुसन्धान विभागको अभियोजन महाशाखाका नाममा पत्र (मु– २–१– ३९/०६०/६१, च.नं. ४५४८) लेख्दै प्रहरी जवान बालकृष्ण देवकोटाको जिम्मा लगाई हत्याकाण्डको मिसिल काठमाडौं पठाएर माथिको हुकुम तामेल गरे। त्यसको पर्सिपल्ट दिउँसो १४ः५० बजे प्रहरी नायव निरीक्ष्ँक (सइ) इन्द्रबहादुर थापाले उक्त मिसिल बुझेर हाकिमहरुसमक्ष टक्र्याएका थिए। त्यो मिसिलमार्फत् जिल्ला प्रहरी कार्यालय, कास्कीले ०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता–सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्याँकेको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्गयाउने तारतम्य मिलाएको थियो।
स्मरणीय के छ भने, मुद्दा फिर्ता लिने प्रक्रिया सट्याकसुटुक चलिरहेका बेला नेपाली कांग्रेसका रामचन्द्र पौडेल उपप्रधान तथा गृहमन्त्री थिए भने मुद्दाको फायल पूर्णतया बन्द गरिँदा बद्रीप्रसाद मण्डल उक्त पदको रैथाने भइसकेका थिए। संयोग पनि कस्तो भने, पोखरामा नमीता–सुनीतामाथि बलात्कार हुँदा मण्डल यता राजधानीको वीर अस्पतालमा स्वास्थ्यमन्त्रीका हैसियतले एकजना नर्समाथि दिनदहाडै हात हाल्दै थिए। राजा वीरेन्द्रको वंशबिनाश भएलगत्तै पौडेलले एक सार्वजनिक कार्यक्रममा ‘माओवादी निर्मल निवासबाट सञ्चालित छन्’ भन्ने अभिव्यक्ति दिएका थिए र ‘त्यसैबापत’ उनको ‘जागिर खोसुवामा’ परेको थियो भने ०५९ असोज १८ पछि प्रभूको पाऊमा आफ्नो आधा पार्टीसहित लम्पसार परेबापत मण्डलले मुलुकको सुरक्षा संयन्त्र हाँक्ने महŒवपूर्ण जिम्मेवारी प्राप्त गरेका थिए। दरबारलाई हुने/नहुने सबै काममा आँखा चिम्लेर साथ दिने भएपछि लोकेन्द्र,मण्डल र सबैखाले मण्डलेहरु घुम्दैफिर्दै रुम्जाटार भनेझैं सत्तामा पटकपटक सामेल हुनु अस्वभाविक कुरा पनि त भएन!
वीरेन्द्र मारिएको शोकमा सिङ्गो राष्ट्र डुबिरहेको मौका छोपेर अपराधीहरुलाई अभयदान दिने प्रक्रियाको शुरुवात गर्नका लागि पनि यसअघि उत्तिकै नाटकीय कसरत भएको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीका तत्कालिन प्रहरी उपरीक्ष्ँक (एसपी) रमेशशेखर बज्राचार्यले प्रहरी निरीक्ष्ँक (इन्स्पेक्टर) नरेन्द्रबहादुर सापकोटालाई ‘त्रुटीरहित तवरबाट कार्य गर्न’ अनुसन्धान अधिकृत खटाएका थिए। अनुसन्धान अधिकृत खटिएका इन्स्पेक्टरले जिम्मेवारी पाएको पाँच दिनपछि सइ राजेन्द्रप्रसाद रेग्मीको नाममा एक पत्र (मु.मि.नं. ४० ०३७/३८, ०५७/०५८) लेखी काठमाडौं नयाँ सडकस्थित महिला संगठन (तत्कालिन) को कार्यालयअगाडि विजय पान भण्डारका मालिक सानुबाबु भन्नेको छोरा राजु भन्ने झलकमान रावतसँग केही कुरा बुझ्नुपर्ने उल्लेख गर्दै झलकमानलाई खोजेर फेला परेमा कार्यालय (जिप्रका, कास्की) मा उपस्थित गराउन आदेश दिएका थिए। उनले प्रहरी हवल्दारहरु ताराप्रसाद पोखरेल र आत्माराम रिजाललाई पनि झलकमानको खोजीका लागि खटाएका थिए, तर झलकमान फेला परेनन्। यिनै झलकमानको खोजीका निम्ति २० वर्ष पहिले ०३८ साल जेठ ३२ गते आइतबारका दिन (पत्रसंख्या मु. १८/१२४२ मार्फत्) नमीता–सुनीता हत्याकाण्डका तत्कालिन अनुसन्धान अधिकृत प्रहरी निरीक्ष्ँक बाबुराम पुनले नायव निरीक्ष्ँक नरबहादुर शेरचनको नेतृत्वमा प्रहरी जवान सिंहबहादुर थापासहितको टोली खटाएका थिए। उक्त टोली राउतको खोजी गर्दै हनुमानढोकासम्म आइपुगेको थियो, तर न त्यतिबेला न त अहिले नै प्रहरीले निजलाई पक्रन सक्यो। उक्त हत्याकाण्डमा निजको के–कस्तो संलग्नता थियो, जसले गर्दा पछिसम्म पनि निजको पिछा छोडिएन, यसको रहश्य भने गर्भमै रह्यो। बरु, अनौठो संयोग त के देखियो भने दुबैचोटी निजको खोजीमा सुरक्षाकर्मी खटाउने प्रहरी हाकिमहरु त्यसलगत्तै या त सरुवा गरिए, या राजीनामा लिएर घर पठाइए।
यसरी, राजा वीरेन्द्रको जूठो नसकिँदै नमिता–सुनीता हत्याकाण्डको मुद्दालाई ढिसमिस पारियो, जुन कुरा अहिलेसम्म बाहिर नल्याई लुकाइराखिएको छ।

कति कठोर नियति!

कलिला मुनाजस्ता आफ्ना छोरीहरु अकालमै चँुडिएपछि लाजिम्पाटस्थित भण्डारी निवास अझै पनि सुनसान छ। १७ सालमै असाध्यै व्यथाले च्यापेपछि २८ वर्षकै युवा उमेरमा आर्यघाट लगेर पनि पुनर्जन्म पाएका माधवराज भण्डारीलाई अचेल मधुमेहसम्बन्धी रोगले सताइरहेको छ। यसबाट बचेर कृत्रिम रुपमा जीवनयात्रा अघि बढाउन उहाँले दिनको चारचोटि इन्सुलिनको सुई लगाउनुपर्छ। कति कठिन हुन्छ जीवन, जब मानिसको शरीरमा हरेक दिन पटक–पटक घोचिरहनुपर्ने हुन्छ! दिनचर्या पूरै बद्लिएको छ उहाँको। सुई लगाइरहनुपर्ने हुँदा धेरै समय उहाँ घरबाहिर बिताउन सक्नुहुन्न। साथीभाइसँगको सङ्गत एकादेशको कथा भइसक्यो। कलेजोमा खराबी देखियो भन्छन् चिकित्सकहरु। जीवनको उत्तरार्द्धमा पुगिसक्नुभयो उहाँ। उमेरले ७३ नाघिसक्यो। ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं थरिथरिका बिमारीले सताएको उहाँको आँखाबाट अनियन्त्रित आँशु बगिरहन्छ। घुँडोले राम्ररी टेको दिँदैन। माधवराजको जीवनमा आइलागेको आपत्ति गन्दै जाने हो भने एकभारि पुग्न बेर छैन। ०४६ सालको परिवर्तनपछि पोखरा हत्याकाण्डको निष्पक्ष्ँ छानविन होला र हत्याराहरुले सजायँ पाउलान् भन्ने आशा पलाएको थियो उहाँको परिवारमा। तर, जनान्दोलनका दौरान नरसंहार मच्चाउनेहरुलाई मल्लिक प्रतिवेदनसमेत फोहोरको डङ्गुरमा मिल्काएर सात खत माफ दिने बहुदलीय नेताहरुले अरु सर्वसाधारणसरह भण्डारी परिवारको आशा र भरोसामाथि समेत निर्मम कुठाराघात गरिदिए। त्यतिमात्र कहाँ हो र, छोरीहरु मारिएको १० वर्ष पनि नपुग्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सनकमा उल्टै माधवराजको अनिवार्य अवकास पाउनु दुईवर्षअघि नै जागिर खोसियो। केही महिना कुरेर कन्फर्म सचिव हुन दिइएको भए उहाँले अहिले मासिक निवृत्तिभरण कम्तिमा १२ हजार पाउनुहुन्थ्यो। तर, सत्ता नै पछि लागेपछि कसको के लाग्दो रहेछ र!
आफू महावाणिज्यदूतका रुपमा कलकत्तामा कार्यरत रहँदा त्यहाँको रथुद्दिन होटलमा ०१५ सालका कांग्रेसी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग सुटुक्क भेटघाट गर्न गइरहनुहुन्थ्यो उहाँ। सुवर्णसमशेर बित्दा श्रद्धाञ्जलि दिन पनि गणेशमानजीसँगै जानुभएकै हो। शायद यस्तै–यस्तै गतिविधिका कारण समय नपुग्दै पटक–पटकको ताकेताबाट फिर्ता बोलाइयो। र, अतिरिक्त समूहमा थन्क्याइयो लामो समयसम्म। ००६ सालको एसएलसी बोर्डमा हालका चर्चित इञ्जिनियर गौरीनाथ रिमालसँगै तेस्रो स्थान हासिल गर्ने मेधावी छात्र हुनुहुन्थ्यो माधवराज। सरकारी जागिर खानुअघि उहाँसँग लैनचौरको शान्ति विद्यागृहमा प्रधानाध्यापकको हैसियतले राष्ट्रसेवा गरेको अनुभवसमेत हासिल छ।
सिन्धुपाल्चोकको ठोकर्पामा पर्छ उहाँको पुर्ख्यौली घर। त्यहींको बाघभैरव उच्च माविमा हुन लागेको माओवादी अभिनन्दनमा सेनाले चारवटा हेलिकप्टरबाट बम बर्साउँदा ०६२ चैतको १४ गते विद्यालय क्षतविक्षत हुनुको अलावा नजिकै बाख्रा चराइरहेका …वर्षीय बृद्धको ज्यान गएको थियो। अरु पनि थुप्रै घाइते भएका थिए। त्यहींबाट आउँथ्यो वर्षको ३५ मुरी धान। तर, विश्वास गरिएको नजिकको मान्छेले नै घात गरेपछि बिगत ४ वर्षदेखि गाउँबाट आउने अन्नको आश पनि मरेको छ। त्यसमाथि मोहीबाट बाली बुझेर वर्षेनी काठमाडौं ल्याइदिने छिमेकी टङ्कप्रसाद न्यौपानेको ०६१ सालको दशैंताका निधन भएपछि त आउने बाटो पूरै बन्द भइगयो। त्यसो त उनी जीवित छँदै पनि माओवादीले उठाएर लगिदिएको र आएर खाइदिएको भन्दै बाली बुझाउने क्रम टुट्दै गएको थियो।
यत्तिमै मात्र टुङ्गिँदैन नमीता–सुनीताका अभिभावकहरुको रामकहानी। ६५ वर्षीया माता उच्च रक्तचापको व्यथाद्वारा सताइनुभएको छ। एक्ला दाजु प्रदीप बेलायत गएर उतै बेरोजगार हुनुभएको छ। आफ्ना बहिनीहरुमाथि भएको क्रुरतम् अत्याचारका कारण मानसिक तनाव उत्पन्न भएपछि कलेज छाडेर जोगी हुन्छु भनी तीन महिनासम्म अलप हुनुभएका उहाँको जीवन विदेशमा पनि सुखपूर्वक व्यतित हुन पाएको छैन भने आमाबाबुको समस्या हेर्ने त कुरै आएन। एकान्तप्रेम बढ्दै गएको छ उहाँमा। त्यसैले प्रदीपको जीवनमा पारिवारिक विखण्डनको पहाड पनि आइलागेको छ र भर्खरै उहाँले आफ्नी जीवनसङ्गीनीको साथ छाडेर अर्कैसँग गृहस्थी सम्हाल्न थाल्नुभएको छ।
माधवराजकी आमा ९० वर्षको हुनुभयो। उहाँ पनि लाजिम्पाटमै बस्नुहुन्छ। बस्, तीनजना बूढाबूढीको सुस्त पद्चाप सुनिन्छ त्यो घरमा। र, घरपछाडिको बगैंचाबाट आउने चराचुरुङ्गीको आवाजबाहेक कुनै पारिवारिक कोलाहल छैन त्यहाँ। एउटी सानी फुच्ची छिन्, उनले बेलाबखत पानी तताइदिन्छिन्। घरमा अरु कोही बस्दैनन्, त्यसैले भाडा आउने कुरै भएन। जागिरे जीवनको निवृत्तिभरणबापत प्राप्त हुने महिनाको ८ हजार ८ सय ६४ रुपियाँले गुजारा चलेको छ। माधवराजकी दुईजना आमा हुनुहुन्छ। त्यसमध्ये जेठीपट्टीबाट जन्मनुभएका ठूला दाजु उद्धव भण्डारीको ०१४ सालदेखि नै अत्तोपत्तो छैन भने भतिज बल्लभ अहिले जनकपुर चुरोट कारखाना लिमिटेडको बानेश्वरस्थित कार्यालयमा सातौं तहको जागिरे हुनुहुन्छ।
नीराका बुबा थीरमणि पनि ०५७ सालको मंसीर १० गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बितिसक्नुभएको छ। नीराका जेठाभाइ किरण रक्सीको लतमा लागेर पिताजीको पद्चिन्ह पछ्याउँदै ०५९ फागुन ६ गते काठमाडौँ मेडिकल कलेजमै बिते भने कान्छो भाइ सञ्जीव हाल अमेरिकामा छन्। किरणका एक छोरी र एक छोरा हाल टुहुरो अवस्थामा छन्। संभवतः नीरा यतिखेर हुन्थिन् भने त्यो घरमा यसरी अन्धकार छाउने थिएन होला।

सबैको एउटै बोली

हो, यिनै दुई परिवारलाई आज पनि धरधरी रुवाइरहने पोखरा हत्याकाण्ड सम्पूर्णतः टुङ्गयाउने प्रयोजनका निम्ति राज्यको सिङ्गो संयन्त्र यसरी सक्रिय भयो कि त्यसको चपेटामा पर्नबाट कोही पनि बच्न सकेनन्। मुद्दा चलाउनका निम्ति प्रमाण पुगेन भन्ने दुनियाँलाई देखाउन घटना भएको ठ्याक्कै २१ वर्षपछि पोखरावासीहरुलाई घर–घर पुगेर प्रशासनको पक्षमा सकारात्मक बयान दिन बाध्य बनाइयो।
यसक्रममा ०५८ जेठका विभिन्न मितिमा पोखरा उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ४६ का अर्जुनबिक्रम राणा, सोही स्थानमा बस्ने ४० वर्षीय बिनोद पराजुली, वडा नं. १ का बासिन्दा रामभूषण पराजुली र मिरुवा निवासी ५४ वर्षीय रुद्रमणि पराजुलीबाट झण्डैझण्डै उस्तै व्यहोराको बयान लिइयो भने सकारात्मक परिणाम हात नलाग्ने ठहरका साथ बल्लभराज भण्डारीको हकमा चाहिँ १८ वर्षअघि नै बगालेटोल पोखरा–८ छाडेर हिँडेको र हाल अत्तोपत्तो नभएको व्यहोरा कागजमा उतारियो। राजन श्रेष्ठ र ६१ वर्षीय बृद्ध देवीप्रसाद गुरुङ्गको रोहवरमा प्रहरीले लिएको बयानमा सबैको जवाफ थियो– ‘२०३८ जेठ २९ र २०३८ असार ६ गते पोखरा ११ फूलवारी तथा वडा नं. ३ नारायणस्थानको बीचमा पर्ने सेती नदीको किनारामा नमीता तथा सुनीता भण्डारीको मृतक लाश फेलापरेको थाहा पाएको हुँ, निजहरुलाई को–कसले उक्त अवस्थामा हत्या गर्‍यो मलाई थाहा भएन, हालसम्म हराइरहेकी नीरा पराजुली के–कहाँ छन् थाहा भएन भनी सही–छाप गर्ने………।’

पोखरा प्रस्थान

यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।
जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरस“गै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।
बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ।
दिउ“सो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा“ बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै सा“झ काकाको घरतर्फ लागिन्।
भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हु“दै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित …कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुस“ग रात बिताउने गरी बसिनन्। सा“ढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डा“फे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभस“ग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हि“ड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउ“को बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा“ गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउ“सो उनीहरु टु“डिखेलनेरै बन्दै गरेको सानीआमाको नया“ घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।
भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–
२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम †
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता
(यहा“ दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)
२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हि“डे।
अफसोच † दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए। क्रमशः

यसरी जन्मियो यो पुस्तक

सुन्दर नगरी पोखरामा ०३८ जेठ २४ गते एउटा जघन्य अपराध हुँदा बाह्र वर्षको शैशवावस्थामा थिएँ म, र रिचोक्टार (मलेखु) को बागेश्वरी निमाविमा ४ कक्षामा पढ्दै थिएँ। आजै जस्तो लाग्छ उक्त काण्डमा संलग्न ठूलाठालूहरुमाथि कारबाहीको माग गर्दै स्कूले हामी भुराहरुले बजारभरि वालिङ, पोष्टरिङ गर्दै हिँडेको।
धादिङमै राजकाज मुद्दा लागेपछि राजधानी भित्रिएर नौ कक्षामा भर्ना भई अध्ययन र राजनीतिबीचको सन्तुलित जीवनयात्रा अघि बढाउने क्रममै मैले खोजी पत्रकारिता अङाल्न पुगें। प्रबुद्ध पाठकवर्गले मन पराइदिनुभयो मेरा प्रस्तुतिहरुलाई र हौसिँदै हौसिँदै म चिसो मरुभूमिका ताता राजासम्बन्धी रिपोर्टिङ गर्न कहिले मुस्ताङको लोमन्थाङ पुगें त कहिले सेतीका बगर–बगर डुल्न थालें। बहुदलीय व्यवस्था पुनर्स्थापनाको लगत्तै ०४७ बैशाखमा आफू पोखरा पुग्दाको परिणाम थियो दृष्टिमा प्रकाशित नमीता–सुनीता हत्याकाण्डसम्बन्धी धारावाहिक विवरण। भर्खरको शिकारु विद्यार्थी एवं केही नयाँ गरेर देखाउने तरुणको निम्ति परिणाममा अरु कुन कुराको प्रतिक्षा रहन्छ– आफ्ना सिर्जनामाथि प्राप्त हुने प्रतिक्रिया सिवाय? नेपाली जनताले रगतको मूल्य चुकाएर फिर्ता ल्याएको प्रजातन्त्रमा निरंकुशताको आड लिएर यसअघि अनेकन आततायी अपराध दोहोर्‍याइरहने दुर्दान्त खलनायकहरुलाई कानूनी कठघराभित्र उभ्याइएको देख्न चाहनु कनै नाजायज आग्रह पनि त थिएन! त्यसैले मैले आफ्नो रिपोर्टमा त्यतिबेला लेखेको थिएँ– ‘जुन समयमा यो घटना घट्यो, त्यसबेला मुलुकमा एकदलीय अधिनायकवादको कालो सवारमा बसेर यात्रा हाँकिरहेको पञ्चायतरुपी प्रणाली आफ्नो दानवी कायासहित उपस्थित थियो। अब त्यो राक्षस यो मुलुकमा छैन। तर, त्यस समयमा भएका अपराध र ज्यादतिका दुःखद् कथाहरु भने चिहानबाट बाहिर निस्कन आतुर छन्। अब हेर्नु छ, चिहानमा गाडिएका ती अपराधहरुको सूचीमा भएको नमीता–सुनीता हत्याकाण्डका सूत्रधारहरुलाई कांग्रेस–कम्युनिष्टसहितको बहुदलीय सरकारले कस्तो उपचार गर्ने हो! अपराध पुरिएका चिहानहरु उधिन्नु र त्यस प्रेतको छायाँबाट मुक्ति चाहनु प्रजातन्त्र सुदृढ पार्नुजस्तै अर्को महत्वपूर्ण कार्य हो। समय अहिले यही आवाजसित एकाकार छ।ँ
तर भयो के? जनआन्दोलनको बलमा बनेको अन्तरिम सरकारको मात्र के कुरा, त्यसपछिका सबैजसो जननिर्वाचित सरकारले समेत मल्लिक आयोगलगायतका सैयौं प्रतिवेदन र रिपोर्टहरुलाई त्यत्तिकै थन्क्याइदिए। त्यहींबाट शुरु भएको हो– जनताका अनेकन आकांक्षाहरुमाथि कुठाराघात गर्ने शासकीय अभियान। फलतः पञ्चातकालीन अपराधीहरुले पुनः फणा उठाउँदै गए र शीर्षासनमा तिनै खलनायकहरु पुनर्स्थापित हुँदै गए। बिनाकुनै परिश्रम, सत्ता घुमिफिरी हातमा आएपछि आफ्नो पालामा भएका अनेकन कुकर्महरु ढाकछोप गर्न तिनीहरु उद्यत हुने भइहाले। इच्छाअनुरुप नै मकरतन्त्रमा मौका जुर्‍यो उनीहरुलाई र आफ्नो हात जगन्नाथ गर्न पछि परेनन्।
हालैका दिनमा उनीहरुद्वारा गुपचुप तवरबाट गरिएका थप तिनै अपराधहरुमध्येको एक प्रमुख अपराधमा आधारित भएर लेखेको हुँ मैले यो पुस्तक। ‘माघ १९ को महाभारत’प्रति यहाँहरुले देखाउनुभएको अगाध स्नेहले जन्माएको हो– ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’लाई। अन्य विषयहरुमाथिका मेरा थप खोज–अन्वेषणहरु यहाँहरुकै अमूल्य सुझाव एवं प्रतिक्रियाहरुद्वारा निर्देशित हुने प्रतिबद्धता दोहोर्‍याउँदै अहिलेलाई बिदा चाहन्छु। धन्यवाद।
– किशोर श्रेष्ठ

PART -2

यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।
जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरस“गै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।
बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ। 
दिउ“सो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा“ बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै सा“झ काकाको घरतर्फ लागिन्।
भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हु“दै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित ‘कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुस“ग रात बिताउने गरी बसिनन्। सा“ढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डा“फे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभस“ग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हि“ड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउ“को बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा“ गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउ“सो उनीहरु टु“डिखेलनेरै बन्दै गरेको सानीआमाको नया“ घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।
भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–
२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम †
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता
(यहा“ दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)
२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हि“डे।
अफसोच † दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए।
बिहानै हि“डेका केटीहरु त्यो सा“झ घर आइपुगेनन्। भोलिपल्टको सा“झ पनि त्यसैगरी बित्यो। रुद्रमणिले कुनै अनिष्टको आशङ्का गर्न सक्नुभएन। बल्लभकै डेरामा बसे कि † यही सोचाइमा उहा“हरुले रात बिताउनुभयो। तर, सोचाइ उल्टो सावित हुन पुग्यो। हजुरआमा थीरकुमारी र नाति भुवन सोमबार बिहान बल्लभको डेरा पुगेर सोधखोज गर्दा सबैजना आश्चर्यचकित भए। ३–४ दिनदेखि बल्लभस“ग ती केटीहरुको भेटघाट भएको थिएन। मनमा चीसो पस्यो। सबैजना क्षेत्र विभाजन गरेर ठाउ“–ठाउ“मा खोज्न हि“डे। हजुरआमा सानीआमा कहा“ जानुभयो, काका फोटो लिएर बेगनासतिर लाग्नुभयो। कतैबाट केही सुइ“को नपाएपछि आजित हुनुभएका काकाले २७ गते मङ्गलबार माधवराज (नमीता, सुनीताका बुबा) स“ग छोरीहरु फर्के–नफर्केको बारे ट्रङ्कमा कुरा गर्नुभयो।
रुद्रमणिले पुलिसमा रिपोर्ट गर्न अनुमति माग्नुभयो। तर, माधवराज मान्नुभएन। ट्रङ्कमा कुराकानी सकिएपछि माधव एउटा गाडीको तलासमा लाग्नुभयो। आफ्नो भूपू महानिर्देशकलाई गाडी दिनु उद्योग विभागका लागि गाह्रो काम थिएन। उहा“ले भतिज नीलप्रसाद भण्डारी (हाल सिन्धुपाल्चोक जिविसमा मनोनीत) र बासुप्रसाद रेग्मीलाई गाडी चढाएर पोखरातिर पठाउनुभयो। गृहमन्त्री नवराज सुवेदीलगायतका विभिन्न उच्चपदस्थ व्यक्तिहरुलाई गुहार्नमै केही समय बित्यो। माधवराजका अनुसार, उद्योग मन्त्रालयमा स“गै कार्यरत नवराजले कुरालाई गम्भीरतापूर्वक सुन्ने धैर्यता देखाएनन्। उनले माधवराजलाई सहानुभूति राख्दै यतिमात्र भनेका थिए– ‘तपाईं पोखरा गइहाल्नुस्, मैले शानेवानिलाई भनिदिएको छु। विमानस्थलबाट सोझै टिकट लिए हुन्छ। गइहाल्नुस्।’
यता, काठमाडौंको स्थिति यस्तो थियो भने पोखरामा नमीता, सुनीता हराएको कुरालाई लिएर सनसनी फैल“दै गयो। अनेक आशङ्काहरु उठाइन थाले। यसैबीच, अर्थमन्त्री यादवप्रसाद पन्त (नमीता–सुनीताकी जेठी दिदी अजिताको बिहे तीन–चार महिनाअघि मात्र पन्तका छोरा डा. गिरिशप्रसाद पन्तस“ग भएको थियो) र गृहसचिव कर्णध्वज अधिकारीबाट गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठ (स्व.) लाई ‘केटीहरुको राम्ररी खोजतलास गर्न’ निर्देशन गयो। काठमाडौंको सबै काम सकेर २९ गते बिहीबार माधवराज, उहा“की श्रीमती र नीराकी आमा प्लेनबाट पोखरातर्फ लाग्नुभयो। मोटरसाइकल दुर्घटना भएर हात मर्किएका कारण दमका रोगी थीरमणि उहा“हरुस“ग जानुभएन।
पोखरा एयरपोर्टमै कसैले एउटी केटीको लाश फेला परेको खबर सुनायो। उहा“हरुले अस्पताल पुगेर हेर्दा त्यो लाश नमीताको थियो। नमीताको शरीरबाट घा“टीमै झुण्डिरहेको लेडिज ब्याग, दुवै दिदी–बहिनीका परिचयपत्र, सुनको लकेटसमेत फेला परे। यसबाहेक मिलाएर बाटोको कपालमा दुईवटा क्लिप यथावत थिए। आ“खा बिस्फारित थिए। मोजा र जुत्ता पानीले बगाउन भ्याएको थिएन, एउटा खुट्टा अलिकति ठडिएको थियो, टाउको पछाडि घाउ, च्यातिएको सुरुवाल र केही फुलेको जिउ– यस्तै थियो लाशको अवस्था। १८ गते बिदाइको हात हल्लाउ“दै पोखरा गएकी अबोध कान्छी छोरीलाई त्यस अवस्थामा देख्नुपर्दा कुनचाहि“ आमा–बाबुको मुटु नभक्कानिएला † आमा बेहोश भएर लड्नुभयो, बेहोशीकै हालतमा घण्टा बिते, दिन बिते र हप्ता बिते। एउटी छोरी त्यस अवस्थामा फेला परिन्, अर्कीको कुनै पत्तो थिएन।
त्यस दिन पनि सेती नदी आफ्नै गतिमा कल्कलाएर बगिरहेकी थिइन्। उसै त वर्षेझरीको याम, त्यसमा पनि सेतीको प्रवाह साह्रै कञ्चन। त्यही कञ्चन प्रवाहबीच कोही अपरिचित महिलाको कहालीलाग्दो काया एउटा ढुङ्गामा अड्किएर रहेको थियो, मौन अनि स्तब्ध भावमा।
टाउको पूर्व फर्किएको र शरीर उत्तानो परेको अवस्थामा थियो त्यो महिला देह। प्याजी रङ्गको पाइजामा (पञ्जाबी पोशाक) थियो उनको शरीरमा। कम्मरमाथि लगभग निर्वस्त्र थिइन् उनी। पानीले बगाएर होला, उनका स्तनहरु प्रष्टै देखिन्थे, जसले गर्दा त्यो लाश महिलाकै हो भन्ने ठम्मिएको थियो। ती महिलाले हाफ बाउला भएको कुर्ता लगाएकी थिइन्। उनको कपाल कालो र एक हातजति लामो थियो। त्यसको टुप्पोमा फुर्को बा“धिएको थियो। र, फुर्कोलाई का“चको क्लिपले अड्याइएको थियो।
प्रहरी शेषमणि शर्माको जाहेरी प्रतिवेदनका आधारमा त्यसरी बेवारिश लाश फेला परेपछि प्रहरीले तत्कालै घटनास्थलमा प्रकृति मुचुल्का उठाउन थाल्यो। त्यसरी लाशको प्रकृति मुचुल्का तयार गर्ने क्रममा पोखरा– २ मिरुवाका २० वर्षीय दुर्गाप्रसाद रेग्मी, वर्ष १९ का विमलमणि पराजुली, वर्ष २२ का भोला गिरी, वर्ष २० का रामभूषण पराजुली, वर्ष ३० का भीमराज रेग्मी, वर्ष २६ का रामप्रसाद पराजुली, पोखरा– ७ पार्दीका २३ वर्षीय कुलबहादुर केसी, वर्ष १८ का एकबहादुर क्षेत्री र धम्पुस गाविस– ८ का १९ वर्षीय सूर्यबहादुर गुरुङ्गलाई साक्षी राखिएको थियो। ०३८ साल जेठ २९ गते बिहीबार गरिएको प्रकृति मुचुल्कामा काम तामेल गर्नेहरुमा कास्की, पुनरावेदनका तत्कालिन सहायक सरकारी अधिवक्ता मोहनमणि दाहाल, प्रहरी निरीक्ष्ँक बाबुराम पुन, प्रहरी सहायक निरीक्ष्ँक कृष्णलाल शर्मा र प्रहरी जवान सिंहबहादुर थापा रहेका थिए।
त्यो दिन नमीताको पोष्टमार्टम गर्न गण्डकी अञ्चल अस्पतालका सुपरिटेण्डेन्ट डा. कुमारसमशेर राणा तयार भएनन्। उनको भोलिपल्ट पोष्टमार्टम गरिदिने आश्वासनमा लाश त्यहीं छाडेर सबै फर्किए। भोलिपल्ट दिनको सवा बाह्र बजेतिर पोष्टमार्टम सकियो। पोष्टमार्टमपछि बिन्ध्यबासिनीतिरका नीराका आफन्तहरुले रामघाटमा लगी लाश जलाए। माधवराजसहित उपस्थित सबैका आ“खाबाट बरर्र आ“शु खसे। डा. कुमारले दिएको पोष्टमार्टम रिपोर्टमा अशिष्टताको पराकाष्टा नाघ्दै ‘पानीमा डुबी श्वास लिन नसकी मरी’ भन्ने भाषा प्रयोग गरिएको थियो। लाश फेला परेपछि प्रशासन केही तातेको जस्तो लाग्यो– कास्कीका मानिसहरुले यस्तो अनुभव गरे। तीनवटी केटीहरु फेवाताल घुम्न गएका थिए, त्यहा“ डुङ्गा चलाउने (बोटे) हरुलाई थाहा होला, भीडीओ हेर्न भलाम गएका थिए, दूध बेच्न आउनेहरुलाई थाहा होला– यस्ता अनेक हल्लाहरु पोखरामा फैलन थाले। प्रशासन ‘सक्रिय’ भयो। भएभरका बोटेहरुलाई पुलिसले पक्र“दै ल्याउन थाल्यो। दूध बेच्नेहरु, पाकेटमारहरु कोही बा“की रहेनन्।
यस्तै असङ्गतिबीच काठमाडौंमा असार १ गते राति माधवराजका वाल्यकालदेखिकै परिचित सूर्यबहादुर थापा मुलुकको निर्विकल्प र निर्विरोध प्रधानमन्त्री घोषित भए। बालुवाटारस्थित ध्रुव समशेरको घरमा बसी स्कूले जीवन बिताएका थापा माधवराजका छिमेकी हुन पुगे भने पढाइमा पनि उनी ३–४ कक्षामाथि थिए।
एउटा महŒवपूर्ण सूत्र
माधवराज भण्डारी प्रशासनको ब्यवहारदेखि उदासिन हुनुहुन्थ्यो। अझ भन्ने हो भने प्रशासनले घटनाको वास्तविकता पत्ता लगाउन सक्छ भन्ने कुरामा उहा“लाई विश्वास थिएन। यसैले उहा“ आफ्नै तवरले अनुसन्धानमा लाग्नुभयो। बिहान सबेरै उठ्नु, साझा सहकारीका क्षेत्रीय प्रमुख तथा आफ्ना साडुभाइ शिवप्रसाद शर्मालाई पनि उठाई स“गै मोटरसाइकल चढेर फूलबारी चौर र सेतीको बगर डुल्नु उहा“को दिनचर्या बन्यो। पृथ्वीनारायण क्याम्पसमुनि सेती नदीको खोंचबाट निकालिएको नमीताको लाश र लाशको प्रकृति हेर्दा घटना नजिकै कतै घटेको अनुमान लगाउन सकिन्थ्यो। क्याम्पस र फूलबारी वारिपारि पर्दछन्। फूलबारीबाट लाश भेटिएको ठाउ“ प्रष्टस“ग देख्न सकिन्छ। फूलबारी डुल्ने क्रममा असार ३ गते माधवराजलाई एउटा महत्वपूर्ण सूत्र हात लाग्यो। त्यो सूत्र बनपाले चूडामणि अधिकारी थियो।
जिल्ला वन कार्यालयमा कार्यरत चूडामणिलाई घटनाका बारेमा धेरै कुरा थाहा हुनसक्ने अनुमान त्यस इलाकाका अरु थुप्रै मानिसलाई थियो। चूडामणि प्रायःजसो कार्यालय समयपछि खाना खानका निम्ति क्याम्पसमुनिको काठेसा“घु तरी सेती नदी पार गरेर घर जान्थे र खाना खाएर त्यसरी नै फर्कन्थे। उनको घर क्याम्पसभन्दा ठीक पारिपट्टि पर्दछ। त्यो ठाउ“लाई अहिले काहु“, भलाम गाविस– ८ भनेर चिनिन्छ। सा“झ–बिहान नियमित ओहोर–दोहोर गरिरहने चूडामणिले पृथ्वीनारायण क्याम्पसमुनि घटेको घटनालाई नजिकैबाट देखेका हुनसक्थे। यस हिसाबले हेर्दा प्रशासनले घोषणा गरेअनुरुप सुराक दिने व्यक्तिका लागि तय गरिएको रु. ५ हजारको नगद इनामका एकमात्र हकवाला उनै थिए।
माधवराज भोलिपल्ट वन कार्यालय गई तत्कालीन डीएफओ ललितरत्न शाक्यस“ग एकैछिन चूडामणिलाई भेट्ने अनुमति माग्नुभयो। उनले चूडामणिलाई कमेरो पोत्ने काममा लगाइराखेका थिए। चूडामणिको कपडाको अवस्थाले त्यसै भन्थ्यो। माधवराज, शिवप्रसाद र चूडामणि चढेको जीप त्यहा“बाट सहकारी भवनतिर लाग्यो। भवनमा लगेर चूडामणिलाई वास्तविकता बताउन अनुरोध गरियो। कुराकानी चलिरहेकै स्थितिमा अकस्मात् दुईजना प्रहरी त्यहा“ पुगे र चूडामणिसहित माधवराजलाई डीएसपी कार्यालयतिर लिएर गए। कारण केही बताइएन। इन्स्पेक्टर बाबुराम पुनले जीपबाट ओरालेर चूडामणिलाई सा“झसम्म थुनिराख्ने आदेश दिए र माधवराजको पाखुरा समातेर अर्को गाडीमा हाले। २–३ वटा गाडीमा माधवराजलाई घटनाको सूत्र खोज्न जान लागेको बताइयो।
रोडछेउमै रहेको पोखरा डीएसपी कार्यालयको पर्खाल आज पनि होचै छ। भित्र के भइरहेको छ वा भित्र को–को छन् भनेर जान्नुपर्‍यो भने कुनै आइतबार बार्नुपर्दैन। चूडामणिलाई भित्र राखिएको कुरा जान्नु र जसरी पनि बाहिर निकाल्नु कसैका लागि महत्वपूर्ण काम हुनसक्थ्यो। र, भयो पनि त्यस्तै। सा“झ माधवराजलाई जचुकालीमा ल्याएर छोडियो। चूडामणिलाई भने बिना सोधपुछ डीएसपी कार्यालयबाट छोडियो। चूडामणिलाई छोड्दा पुलिसले विधिवतरुपमा ‘भोलिपल्ट दश बजे हाजिर हुन आउने’ व्यहोरा आफ्नो खातामा चढायो।
सा“झ चूडामणि घर फर्किए। जेठी श्रीमती ३५ वर्षीया टीकादेवी, अर्की एकजना अर्धलाटी श्रीमती, ६ वर्षकी छोरी, २ छोरा पाल्ने जिम्मा आफ्नो का“धमा बोकेका चूडामणि बहुतै गरिब थिए। १६–१७ वर्षको जागिरे जीवनमा उनले कसैको चित्त दुखाएनन्। भोलिपल्ट बिहान ९ बजे चूडामणिले हातमा बा“धेको घडी फुकाले, घरमा भएमध्येकी सबैभन्दा समझदार जेठी श्रीमती, जो बिरामी भएर ओछ्यानमा लडिरहनुभएको थियो, लाई दिए, पस्किएको भात खाए र हि“डे।
‘फूलबारी आइपुग्दा ९.३० जति भएको हु“दो हो’– ८० वर्षीय घान्द्रुके गुरुङबाले पुरानो कुरा सम्झ“दै ०४७ सालको बैशाख १३ गते मस“गको भेटघाटमा बताए– “चूडामणि म आज फर्किन पाइन भने बूढीलाई चिन्ता नले, पुलिसले बोला’को छ। के के हो सोध्नु छ रे भनिदिनु है गुरुङबा भन्दैथ्यो। मैले हुन्छ भनें। गयो ब्यारेकतिर खुरुखुरु।” चूडामणिलाई अन्तिमपटक देख्ने व्यक्ति यिनैमात्र थिए। त्यतिबेला यिनी आफ्नी नातिनीलाई स्कूल पुर्‍याउन दिनहु“जसो चूडामणिस“गै सा“घु तरेर नगरतिर लाग्थे। फूलबारीमा भएको बूढाबाको एकटुक्रा जमीन पनि चूडामणिले नै कमाउ“दै थिए। चूडामणि सधैं हि“ड्ने छोटो बाटो नहि“डिकन किन ब्यारेकतिरबाट गए? गुरुबाले आजसम्म यस प्रश्नको उत्तर फेला पार्नुभएको छैन।
बाबुको बिलौना
नमीता–सुनीताका बाबु माधवराज भण्डारीले ०३८ असार १ गते सोमबार पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा बेपत्ता छोरीहरुको खोजतलासका लागि एक जाहेरी दर्खास्त दर्ता गरेका थिए। उनकोे जाहेरीमा छोरीहरुले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको जनाउ“दै ०३८ सालको जेठ २४ गते शनिबारको बिहान १२ बजेभित्र घुमफिर सिध्याई महेन्द्रपुल पुगी तीनैजना नगरबस चढेको देख्ने साक्ष्ँीहरुको हवाला दिइएको थियो। उक्त जाहेरीमा अगाडि भनिएको थियो– ‘निजहरुको उमेर, सौन्दर्य, र हातमा लगाएको औंठी, घडी आदिसमेतको कारणबाट कुनै खराब गुण्डाले पिछा गर्दै सुनीता र नीरालाई कुनै घटना घटाउन खोज्दा कहालि“दै भाग्दा नमीता नदीमा खस्न पुगेको वा शीरमा कसैले प्रहार गरी मूर्च्छित अवस्थामा नदीमा फालेको पनि हुनसक्छ। नमीताको मात्र लाश भेटिनु र बा“की दुईको कुनै पत्तो नलाग्नुमा कुनै रहश्य हुनसक्छ। अतः निजहरुको सक्रियताका साथ खोजतलास गरिदिन यो दर्खास्त पेश गरेको छु।’
भोलिपल्ट १२५४ नम्बरमा दर्ता भएको उक्त निवेदनमा फेला नपरेकी सुनीताको उमेर १८ वर्ष, गोरो बर्णकी, लाम्चो अनुहार, बाक्लो कपाल, अत्यन्त लामो चुल्ठी, निधारमा केही झूस, बाया“ गालामा कोठी, सामान्यभन्दा केही अग्लो र पातलो शरीर, पञ्जाबी कुर्ता–सुरुवाल लगाएको व्यहोरा उल्लेख थियो। उनले हातमा नाडी घडी, एउटा सुनको औंठी, चा“दीको जडाउ अर्को औंठी लगाएकी थिइन् र ह्याण्डब्याग बोकेकी थिइन्। सोही जाहेरीमा नीराको हुलिया यसरी वर्णन गरिएको थियो– ‘उमेर १८ वर्ष, गहु“गोरो वर्ण, चेप्टो मोहोडा, साधारणतया केही मोटो र होचो शरीर, चस्मा, घडी र पञ्जाबी कुर्ता–सुरुवाल लगाएकी।’ अत्यन्त शोकाकूल अवस्थामा प्रशासनस“ग पुकारा गर्दै माधवराज भण्डारीले भनेका थिए– ‘छोरीहरु हराएदेखि नै म, मेरो परिवार र शुभेच्छुक सबै अत्यन्तै चिन्तित छौं, अतः विशेष अभिरुचीपूर्वक खोजी भई अपराध घटेको भए अपराधीलाई उचित दण्ड र नघटेको भए पनि जीवित अथवा मृतक जेजस्तो अवस्था पाइन्छ, सोका निमित्त खोजतलास गरिदिनुहुन विनम्र अनुरोध गर्दै रु. १ को टिकट टा“सी यो जाहेरी हुलिया दर्खास्त गरेको छु। व्यहोरा सा“चो हो, झूठा ठहरे ऐन–कानूनबमोजिम सहने छु।’
माधवराज भण्डारीको जाहेरीमा उल्लेखित व्यहोरामा यो कुरा ठीक सा“चो हो, झुठा ठहरिए कानूनबमोजिम सहुँला बुझाउ“ला त भनिएको थियो, तर अपराधीलाई कारवाही गराउने सम्बन्धमा भने सरकार थोरै पनि संवेदनशील भएको देखिएन। बरु, पछिल्ला घटनाक्रमहरुअनुसार जाहेरीवाल आफैं झूठ्ठा ठहराइए। उचित न्याय पाउने आग्रह त आकाशको फल नै भयो।
पोखरामा एकपछि अर्को रहश्यमय घटना घट्दै गए। ५ गते डीएसपी कार्यालय जान भनी हि“डेका चूडामणि ब्यारेक कटेर महेन्द्र पुल पुग्नै नपाई बेपत्ता बनाइए। यस्तो रहश्यमय र भयग्रस्त वातावरणमा माधवराजलाई राजधानीबाट तुरुन्त पोखरा छाड्न बारम्बार फोनमार्फत् ताकेता हुन थाले।
बगरमा दिदीको लाश
सम्भ्रान्त परिवारका सदस्यहरुको राक्षसी शिकारबाट नमीताले आफ्नो कल्कलाउ“दो वय त्याग्नुपरेको थियो र कुरुप मृत्युको शिकार बन्नुपरेको थियो। त्यसको ठ्याक्कै ९ दिनपछि, अर्की उस्तै निर्दोष चेली उस्तै–उस्तै शैलीमा नदी किनार बालुवामाथि चीर निद्रा सुतेको अवस्थामा फेला परिन्। सेती नदीको ५० गज उत्तर, पानीको बेग चल्मलाउने भन्दा अन्दाजी ४ हात बाहिर बगरमा मनोरम आकांक्षाहरुमा डुबुल्की मार्ने उमेरकी उनी ढलेकी थिइन् घोप्टो परेर। उनले कलेजी रङ्गको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर लगाएकी थिइन्। देबे्र हातको माझी औंलामा चा“दीको सानो पत्थरवाला औंठी, साईंली औंलामा सुनको औंठी र दाहिने हातमा सेतो धातुको नचिनिने बाला देखिन्थ्यो। उनी थिइन्, नमीताकै दिदी सुनीता।

PART - 3

असार ६ गते सेतीबाट उनको लाश निकालियो। नमीताको लाश भेटिएभन्दा थोरै तलमात्र लाश फेला परेको थियो। त्यस ठाउ“लाई तुल्सीघाट भन्छन्। घाटभन्दा माथि ४० फिटजतिको उचाइमा केही पाटी पनि छन्। आश्चर्यलाग्दो कुरा के छ भने नमीता, सुनीता र नीरा हराएको भोलिपल्ट आइतबारकै दिन बालुवा लिन जानेहरुले पाटीमुनि एउटी केटीको लाश देखेका थिए। जुन पछि नमीताको भनी सनाखत भयो। सुनीताको लाश फेला परेको ठाउ“ वरपर मान्छे पोल्ने गरिन्छ र बालुवा निकाल्ने काम पनि हुन्छ। के सुनीतामाथि चाहि“ कसैको ध्यान पुगेन त? हैन, साक्ष्यहरुले सुनीताको सन्दर्भमा अर्कै कुरा बताउ“छन्। सुनीताको लाश नदीको छेवैमा फेला पर्दा उनको शरीरमा सुरुवाल थिएन, अण्डरवेयर दोब्रिएको थियो, घा“टीमा कालो (सल) चुनीले बेस्कन कसिएको थियो। छेवैमा लामो बा“स थियो। यसले के पुष्टि हुन्छ भने सुनीतालाई घटनास्थलबाटै उठाएर लगी कतै सामुहिक बलात्कार गरियो, पोल खुल्ने डरले उनकै चुनी (कुर्ता, सुरुवाल लगाउने केटीहरुले घा“टीमा प्रयोग गर्ने पातलो कपडा) ले घा“टी कसेर हत्या गरियो। हत्यापछि लाशलाई बोकेर ल्याई थपक्कस“ग त्यहा“ राखियो। अथवा यसो पनि भन्न सकिन्छ, लाश त्यसरी राखेर अपराधीहरुका तर्फबाट सुनीताका अभिभावकमाथि ‘दया’ देखाइयो।
सुनीताको लाशको पोष्टमार्टम रिपोर्टमा सिभिल सर्जन डा. कुमार समशेर र मेडिकल अफिसर बृजकिशोरप्रसादले लेखे– ‘घा“टीलाई दोपट्टाले बेरी श्वास लिन नदिएर मारेको देखिन्छ।’
पर्याप्त प्रमाण
प्रहरीले सुनीताको लाशको प्रकृति मुचुल्का उठाउ“दा उनीहरु जबरजस्ती करणीको शिकार भएको एउटा गतिलो प्रमाण बोलेको छ। सुनीताको लाशको प्रकृति उल्लेख गर्दै मुचुल्कामा भनिएको छ– ‘घा“टीमा मलमलको पछ्यौरीको दुई फन्को लगाई गा“ठो पारिएको, छातीमा सेतो चेष्टर लगाएको, अगाडिपट्टी कुर्ताको बटम खुल्ला हु“दा भित्री भाग देखिएको….।’ प्रकृति मुचुल्काले नै किटान गरेअनुरुप गतिलो प्रमाण त के छ भने, शरीरमा गहिरा–गहिरा चोटहरु रहेका छन्।
सुनीताको लाशसम्बन्धमा पनि प्रहरी नै जाहेरवाला रहेका थिए। उनी हुन्– प्रहरी जवान गुणबहादुर थापा। र, साक्षीहरु थिए– पोखरा नगरपञ्चायत वडा नं. ११ फूलबारी बस्ने १७ वर्षीय शिवप्रसाद बा“स्तोला, लक्ष्मीप्रसाद बा“स्तोला, स्याङ्जा, आरुखर्क गाउ“ पञ्चायत– ८ टोड्के बस्ने ४० वर्षीय रुद्रबहादुर गुरुङ्ग, कास्की हेम्जा गाउ“ पञ्चायत– ३ बस्ने २१ वर्षीय रामबहादुर कार्की, बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गत बनेपा घर भई त्यतिबेला पोखराको नदीपुर बस्ने १९ वर्षीय हरिनारायण मानन्धर, गुल्मी जिल्ला पर्वास गाउ“ पञ्चायत– २ पूर्तिघाट घर भई पोखरा– ९ महेन्द्रपुल बस्ने ३५ वर्षीय मानबहादुर क्षेत्री, भारत गोरखपुर घर भई महेन्द्रपुल बस्ने २४ वर्षीय मन्नुलाल शर्मा, पर्वत जिल्ला घण्टे देउराली घर भएका १८ वर्षीय देवकर ठकुरी र पोखरा– १ बगर बस्ने २० वर्षीय भूपेन्द्र गुरुङ्ग।
असार ६ गते शनिबारको दिन थियो त्यो। र, लाशको प्रकृति मुचुल्का तयार पार्ने काम पुनरावेदन अदालतका सरकारी वकिल छत्रराज रेग्मी, जिप्रकाका प्रहरी निरीक्षक बाबुराम पुन, हवल्दार रामबहादुर पाण्डे र प्रहरी जवान मोहलाल श्रेष्ठले गरेका थिए।
बनपालेको पनि प्राणहरण
असार ६ गते बिहानसम्म नमीता–सुनीता काण्डको जीवित र सबैभन्दा भरपर्दा साक्षी चूडामणिको लाश असार १२ गते रामघाटमा फेलापर्‍यो। टीकादेवीले एकफेर लाश हेर्न पाउनुभयो। लोग्नेको हातको बूढी औंला भा“चिएको थियो, कोखामा एक रुपैया“ (डबल) जत्रो प्वाल थियो, खुट्टामा एउटा चप्पल थियो, भर्खरै हातमा बा“धेको डोरो पनि केही भएको थिएन, शरीरचाहि“ कालै भइसकेको थियो। गहभरि आ“शु पार्दै पंक्तिकारस“गको कुराकानीमा टीकादेवीले बताउनुभयो– “मेरा लोग्ने बाठा थिएनन्। किन मार्नपर्‍यो अनाहक? कसको के बिगार गरिदिएका थिए उनले?”
उहा“ले भन्नुभयो– “मैले कतैबाट न्याय पाइन। राजा–रानीलाई लोग्नेको फोटो र भएभरका व्यहोरा लेखेर पठाए“। केही सुनुवाई भएन। राजा पनि धनीकै मात्र कुरा सुन्दा रहेछन्।”
टीकादेवीले लोग्नेको हत्यापछि जिल्ला घुमेर चन्दा मागी–मागी छोराछोरी हुर्काउनुभयो। अहिले छोराहरु मेहनत–मजदुरी गर्छन्।
पोष्टमार्टमको कथा
चूडामणिले षड्यन्त्रकारीस“ग जीवनको सौदाबाजी गर्नुको बदला स्वाभीमानको गह्रौं मृत्युवरण गर्न रुचाए। हृदयविदारक तर माछापुच्छ्रेको शीर ठाडो पार्ने ओजस्वी उनको मृत्युले जनताको अदालतमा प्रश्नको पुलिन्दा छाडेर गयो। पुलिन्दाभित्र खामिएको थियो एउटा मिसिल। र, मिसिलभित्र उतारिएको थियो– षड्यन्त्रकारीहरुको षड्यन्त्रको लामो फेहरिस्त।
चूडामणिको लाश फेला परेकै दिन केन्द्रीय गुप्तचर विभागका मुख्य अधिकृत चा“दबहादुर राई र अञ्चलाधीश गणेशमान श्रेष्ठ ‘राम्रोस“ग’ पोष्टमार्टम गरिदिने अनुरोध लिएर चिप्लेढुङ्गास्थित डा. कुमारको क्लिनिकमा गएका थिए। नमीता–सुनीताको पालामा झैं यसपटक पनि डाक्टरले भोलिपल्ट पोष्टमार्टम गर्ने जवाफ सुनाएर राई र श्रेष्ठलाई फर्काइदिए। डाक्टरले त्यसको खुलासा दि“दै मलाई बताए– ‘कृत्रिम प्रकाशमा सा“झ पोष्टमार्टम गर्न मिल्दैन।’
भनिन्छ, हरेक अपराधका पछाडि जानेर वा नजानेर केही सबुतहरु छुटेका हुन्छन्। चूडामणिको हत्याका पछाडि पनि केही सबुत अवश्यै छुटेका थिए। सरकारी गोलीले यो दुनिया“बाट चोला उठेको चूडामणिको शरीर परिवारलाई जिम्मा नदिइकन जुन हतारका साथ डढाइयो, त्यसले हत्याराहरुको का“तर मनस्थितिलाई राम्ररी उजागर गर्छ। लाश डढाउनुभन्दा केही घण्टाअघि नै उनको शरीरबाट कमीज गायब हुनु र डा. कुमार समशेरले पंक्तिकारस“गको एक छोटो भेटका दौरान त्यो कमीज कसैले डढाइदिएको कुरा स्वीकार्नुले हत्याराहरु प्रशासनभन्दा एक कदम अगाडि रहेको प्रमाणित हुन्छ।
यतिमात्र हैन, हत्या भएको १२ दिनपछि सुनीताको पोष्टमार्टम संभव हुनु तर ७ दिनमै फेला परेका मृतक चूडामणिको सम्बन्धमा भने असमर्थता प्रकट गर्दै ‘कुहेको, तिघ्रा भा“चिएको र आन्द्राभू“डी नभएको हुनाले पोष्टमार्टम गर्न नसकिएको’ भन्ने जिकिरका साथ डाक्टरी रिपोर्ट दिलाउन सक्नुले उनीहरुको पहु“च र शक्तिको पनि असामान्य परिचय दिन्छ।
को हुन्– नमीता, सुनीता र नीरा?
काठमाडौंको लाजिम्पाट, पानीपोखरीको बीचमा अवस्थित साङ्ग्रिला होटललाई उत्तर–पश्चिम पारेर एउटा पिच सडक पूर्व लाग्छ। कहिलेकाहीं उत्तर दिशातर्फ मोडि“दै गएको यो सडक भएर प्रधानमन्त्री निवास, बालुवाटार पुग्न सकिन्छ तर त्यहा“सम्म नपुग्दै एउटा मोडमा राजाका हालका पनि अङ्गरक्षक लेºिटनेन्ट जनरल शान्तकुमार मल्लको भव्य बङ्गला आइपुग्छ। त्यहा“भन्दा अलिकति पूर्वतर्फ त्यो सडक फाटेर एउटाचाहि“ उत्तरतर्फ हान्निएको छ। पूर्व लाग्ने मोटरबाटो हु“दै करिब आधी मीनेट हि“डेपछि ‘३०१, खुर्सानीटार मार्ग’ लेखिएको ठूलो कम्पाउण्डसहितको एउटा अर्को बङ्गला भेटिन्छ। त्यसको फलामे ढोकाबाहिर घरधनीको नाम लेखिएको छ– ‘माधवराज भण्डारी।’ भण्डारी नमीता–सुनीताका बुबा हुनुहुन्छ। गिरिजाप्रसाद कोइरालाको शासनकालमा उहा“लाई पर्यटन मन्त्रालयको कायममुकायम सचिव पदबाट अवकाश दिइएको थियो ०४८ सालमा। अन्तरिम सरकारका पर्यटनमन्त्री नीलाम्बर आचार्यद्वारा इमान्दार कर्मचारीका रुपमा जलस्रोत मन्त्रालयको अतिरिक्त सचिव पदबाट पर्यटनतिर सारिनुभएका माधवराजको बर्खास्तीको कथा पनि उत्तिकै रोचक छ।
०४६ सालको परिवर्तनपछि पहिलोचोटि सम्पन्न आम निर्वाचनमार्फत् नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त हुनुभएपछि सर्लाहीका रामहरि जोशीलाई पर्यटन मन्त्रालय जिम्मा लगाइयो भने यी सोझा मन्त्रीमाथि अंकुश लगाउन गिरिजाप्रसादले आफ्ना भतिज निरञ्जनप्रसाद कोइरालालाई उक्त मन्त्रालयको सल्लाहकारमा नियुक्त गरिदिनुभयो। ०४८ सालकै दशैंताकाको कुरा हो, एक बिहान माधवराजलाई प्रधानमन्त्री निवास बालुवाटार आउन आदेश दिइयो। पहिलोचोटि त्यहा“ पुगेका माधवराजलाई दिइएको आदेश थियो– ‘शानेवानि बोर्डले अस्ति गरेको एउटा आदेश तुरुन्तै फिर्ता लिनुहोस्।’ माधवराज पर्यटन सचिवका हैसियतले शानेवानिको बोर्ड अध्यक्ष पनि हुनुहुन्थ्यो। र, उहा“कै नेतृत्वमा बोर्डले टिकट एजेन्टहरुको अनियमितता नियन्त्रण गर्न एउटा निर्णय लिएको थियो। स्वीकारोक्तिमा टाउको हल्लाएर सौदाबाजीमा सहमति जनाउ“दै फर्किएको भए केही बित्ने थिएन, शायद। तर, माधवराजले त्यसो गर्न मान्नुभएन। बाहिर निस्कने बेलामा प्रधानमन्त्रीका सल्लाहकार दीर्घराज कोइरालाले उहा“लाई भनेका थिए– ‘यति सानो कुरा पनि मान्नुभएन हगी †’ आफ्ना सचिवले बालुवाटारको आदेश उल्लंघन गर्दा एक जमानामा आफू पनि माधवराजजस्तै माध्यमिक विद्यालयको शिक्षक रहनुभएका रामहरि जोशीले त क्याबात् भन्नुपर्ने हो तर उहा“ पनि गिरिजाकै चक्रव्यूहमा फस्न पुग्नुभयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जथाभावी लोडर भर्ना गर्ने, क्यासिनोहरुमा आफ्ना कार्यकर्ता घुसाउने, हवाई विभागबाट लवविक्रम शाह र पर्यटन विभागबाट दीपेन्द्रपुरुष ढकालद्वारा पठाइएका कर्मचारीको विदेश मनोनयनसम्बन्धी टिप्पणी उल्टाइदिने बानी बस्दै गएका मन्त्री जोशीले एक थोपै संकेत नदिई माधवराजलाई फाल्नुअघि आफ्नो दुःखका दिनमा वीरगञ्ज चिनी कारखानाको महाप्रबन्धकका रुपमा कार्यरत रह“दा पीर पोख्न उहा“समक्ष गएको दिनलाई बिर्सिदिनुभयो। कोइराला परिवारस“ग जागिर जोगाई पाउने आशा गरौं भने त्यतापट्टि माधवराजको कुनै साइनो थिएन † फलतः असोजको अन्तिम साता सञ्चारसचिव कालीप्रसाद रिजाल (चर्चित कवि तथा गीतकार) र उद्योग सचिव रविदेव शर्मास“गै उहा“लाई खोसुवा पुर्जी थमाइयो। बाटाका का“डा हटाउ“दै आफ्नो गोजी भरेर शानेवानिलाई सखाप पार्ने कोइराला परिवारको सोही अभियानअन्तर्गतै हो, त्यसपछि धमिजा काण्ड, लाउडा काण्ड र अनेकन काण्डैकाण्ड जन्म“दै गएको।
नीराका बुबा थीरमणि पराजुलीको घर र माधवराज भण्डारीको घर मुस्किलले ७–८ मीटरको दूरीभित्र पर्छ। थीरमणि पराजुली त्यतिबेलादेखि नै श्री ५ को सरकारको मुद्रण तथा प्रकाशन र सूचना विभागस“ग सम्बद्ध रह“दै आउनुभएको थियो।
कलकत्तामा शाही नेपाली महाबाणिज्य दूत भई चार वर्ष काम गरिसक्नुभएका माधवराजलाई ०३६ सालमा आकस्मिक ढङ्गले फिर्ता बोलाइएपछि नमीता–सुनीताले पनि बीचैमा स्कूल छाडेर काठमाडौं आउनुपर्‍यो। ३५ इ एल्गिन रोड (कलकत्ता) स्थित उच्चस्तरीय जुलियन डे स्कूलमा अध्ययनरत नमीता–सुनीता काठमाडौं फर्किएपछि एसएलसी परीक्षाको मुखैमा लैनचौरको कन्या माविमा भर्ना गरिए। अल्पावधिकै सही तर कडा परिश्रमले राम्रो परिणाम निकाल्यो। दुवैजना प्रथम श्रेणीमा जम्मा दुई नम्बरको अन्तरले ५७५ र ५७७ नम्बर ल्याएर उत्तीर्ण भए। ०३७ सालको भदौ १० गते प्रकाशित परिणामअनुसार दिदी सुनीता बहिनीभन्दा अंग्रेजीमा ७ नम्बर र गणितमा ३ नम्बरले पछाडि परिन्। ५१४८६ ‘एफ’ सिम्बोल नम्बर भएकी नमीतालाई अंग्रेजीमा ७७, नेपालीमा ५६, गणितमा ९५, पञ्चायतको ५० पूर्णाङ्कमा २४, विज्ञानमा ४७, स्वास्थ्य शिक्षामा ५० पूर्णाङ्कमा २६, इतिहास र भूगोलमा ४८, सिलाई–बुनाईको २ सय पूर्णाङ्कमा १४० र ऐच्छिक गृह विज्ञानमा ६२ नम्बर प्राप्त भएको थियो भने सुनीताले बहिनीलाई नेपालीमा ५ नम्बरले, पञ्चायतमा दश नम्बरले विज्ञानमा ११ नम्बरले स्वास्थ्य शिक्षामा ३ नम्बरले, इतिहास र भूगोलमा ६ नम्बरले जितेकी थिइन्। सोही परीक्षामा सहपाठी नीराले भने दोस्रो श्रेणीमा नाम निकालिन्। परीक्षाको नतिजाअनुरुप नमीता र सुनीता अमृत साइन्स क्याम्पस लैनचौरमा बायो गु्रुपमा भर्ना भए। कतै उनीहरु पनि दाजु प्रदीप झैं डाक्टर बन्न चाहन्थे कि † क्याम्पसमा उनीहरुको रोल नम्बर ३३१/०३७ र ३३०/०३७ (प्रमाणपत्र तह, प्रथम वर्ष) रह्यो।
नीरा पद्मकन्या क्याम्पसमा भर्ना भइन्। यी तीनैमध्ये भानुभक्त स्कूलको रेकर्डअनुसार १६ डिसेम्बर १९६४ मा जन्मिएकी सबैभन्दा कान्छी नमीताको उमेर क्याम्पस भर्ना हु“दा १६ वर्ष थियो। बहिनीभन्दा २० महिनाले जेठी सुनीता १८ वर्षकी थिइन् र नीरा १९ की। नाच्न–गाउनकी शौखिन नमीता अलि कमजोर मनकी थिइन्, उनको डायरी अध्ययन गर्दा यो अन्दाज लगाउन सकिन्छ। डायरीको अन्त्यतिर एक ठाउ“मा उनले एउटा सपनाको उल्लेख गरेकी छन्– मृत्युको सपना † सोही डायरीको कुनै–कुनै पानामा उषा मंगेशकरले गाएको ‘झल्झली आ“खामा कस्तो बस्यो मायाप्रीति सक्दिन म बिर्सन तिम्रै हो यो लैजाऊ जोवन’, धु्रव केसीको ‘मायालु हजार हुन्छन् तर माया एकै हुन्छ, बुझेर माया देऊ दिनुपर्ने एउटै हुन्छ’, तारा देवीको ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा, कहिले भेट होला हे राजै यो जिन्दगानीमा’, ‘नौ सय खोला तरेर जाने बिर्सने पो हो कि मलाई, बिर्सने पो हो कि, नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई, बिर्सने पो हो कि’, नारायणगोपालको ‘ए मलाई माया गर्छु भन्ने हजुर कहिले माया पनि देखाउने गर, तिम्रो टाढाको माया पुगेन मलाई बरु आई सताउने गर’ सहित हिन्दी चलचित्रमा लता मंगेशकरद्वारा गाइएका ‘तेरी आ“खोंके सिवा दुनिया“मंे रख्खा क्या हे, ए उठे सुबह हो चले ये झुके शाम ढले मेरा जीना मेरा मरना इन्ही पलकों के तले’, मोहम्मद रफीको ‘सौ साल पहले मुझे तुमसे प्यार था, आज भी है और कल भी रहेगा’, मुकेशको ‘इक दिन बिक जाएगा माटीके मोल जग में रह जाएगें प्यारे तेरे बोल’ र अंग्रेजी कविताका केही पंक्ति पनि कोरिएका छन्।
चर्चित मानवअधिकारकर्मी पद्मरत्न तुलाधर त्यतिबेला लाजिम्पाटस्थित आफ्नै छापाखानाबाट नेपाल भाषाको दैनिक पत्रिका चलाउनुहुन्थ्यो। पत्रिकामा ‘प्रतिभा परिचय’ नामक एउटा स्तम्भ थियो। नमीता–सुनीताले त्यसको एक अंकमा स्थान पाएका थिए। अमृत क्याम्पसका प्रतिभाशाली छात्राका रुपमा दुई दिदी–बहिनीको फोटोसहित परिचय छापिएको थियो। र, त्यो पत्रिका शंकर होटलमा पनि पुग्थ्यो।
दुई किलोमीटरको दूरी
काठमाडौं लाजिम्पाटस्थित नमीता–सुनीताको घर, उनीहरुले पढेको लैनचौर मावि र अस्कल क्याम्पस जम्मा दुई किलोमिटरको सेरोफेरोभित्र पर्दछन् र यसैभित्र विनोदशंकरको शंकर होटल र केन्द्र समशेरका छोरा उदय समशेरको घर पनि पर्दछ।
माधवराज कलकत्तामा छ“दा उदय समशेरका बुबा केन्द्र समशेर त्यतिबेला बन्ने क्रममा रहेको श्री ५ को नागार्जुन दरबारका निम्ति आवश्यक सामग्री खरिद गर्ने काममा सहयोग माग्न त्यहा“ पुग्ने गरेका थिए। चिनाजानी राम्रै थियो।
०३७ सालको मंसीर २१ देखि नेपालको शैक्षिक क्षेत्र आन्दोलित बन्यो। दिनहु“ सभा, जुलुस हुन थाले। विद्यार्थीले अघि सारेका माग कत्ति पनि पूरा नभएकाले ०३८ साल साउन २४ गतेसम्म हड्ताल चलिरह्यो। नमीता, सुनीता र नीराले यस्तै शैक्षिक अस्तव्यस्तताको बीच पोखरा घुम्न जाने अठोट गरेका थिए।
पोखरा जा“दा नमीता, सुनीता, नीरा र बल्लभहरु चढेकै बसमा एउटा शंकास्पद मानिस पनि यात्रा गरिरहेको थियो। लामो पहाडिया कट्, तेल लगाएको कपाल, थेप्चो नाक, मध्यम उचाई, गतिलो पोशाक, अनुहारमा कोठी– पछि बल्लभले सम्झ“दा यस्तै नै थियो उसको सामान्य पहिचान। त्यो व्यक्ति बारम्बार चुरोट पिइरहन्थ्यो। अधैर्य देखिन्थ्यो र बल्लभको छोरो पिङ्कीलाई बिस्कुट दिएर हिमचिम बढाउने प्रयत्न गरिरहन्थ्यो। आश्चर्यको कुरा, हुनेखाने वर्गको जस्तो लागे पनि ऊस“ग घडी थिएन। यसर्थ उसले सुनीतास“ग एकचोटि समय सोध्यो। जबकि उनको हातमा पनि घडी थिएन।
पोखरा पुगेको भोलिपल्ट त्यही व्यक्ति बगाले टोलमा एकछिन देखापर्‍यो। त्यस कुरामा कसैको पनि राम्ररी ध्यान जान पाएन। त्यो व्यक्ति को थियो र उसको उद्देश्य के थियो? त्यसदेखि यता आजसम्म किन ऊ कतै देखापरेन? ऊ वास्तवमै सुनियोजित तवरले पो पछि लागिरहेको थियो कि † अह“, आजसम्म यी प्रश्नहरुको उत्तर कतैबाट पाउन सकिएको छैन।
दुनिया“मा अन्तिम दिन
बेगनास ताल जान भनी हि“डेका केटीहरु सा“च्चै त्यहा“ पुगेको कतैबाट पुष्टि हुन सकेन। तब के उनीहरु भलाम गएका थिए त? यसको पनि स्पष्ट जवाफ कसैस“ग छैन। हो, त्यतिबेला भलामका एकचन्द्र गुरुङको होटलमा जेनेरेटर चलाएर भिडियो फिल्म देखाउने गरिन्थ्यो। यसैकारण ती केटीहरु भिडियो हेर्न गएको चर्चा पनि चलेको थियो। भलाम पुग्न पीएन क्याम्पसबाट अन्दाजी २ किलोमिटर उबडखाबड बाटो पार गर्नुपर्छ।
पीएन क्याम्पसमुनिको चौर आज पनि सा“झ परेपछि चकमन्न हुन्छ। मानिसहरु त्यो चौर भएर एक्लै–दुक्लै हि“ड्न डराउ“छन्। अञ्जान कुनै पर्यटक त्यतातिर लाग्यो भने फर्कन सल्लाह दिन्छन्, यद्यपि दिउ“सोको अवस्थामा कसैलाई कुनै किसिमको डर रह“दैन। वारि–पारि गर्दा दिनको ५–६ सय मानिसले टेक्ने त्यो चौरलाई भयावह चौरको संज्ञा दिएका छन्, त्यहा“का बासिन्दाहरुले। ०३८ साल जेठ २४ गते सा“झ ५.३० बजेतिर त्यही चौरबाट ‘बचाऊ बचाऊ’को ठूलो आवाज वरपरका ढिस्काहरुमा ठोक्कि“दै पटक–पटक प्रतिध्वनित भयो। आवाज भयग्रस्त नारी कण्ठबाट निस्किएको प्रतीत हुन्थ्यो। एकैछिन त्यहा“ भागदौड मच्चियो

PART - 4

दुनिया“मा अन्तिम दिन
बेगनास ताल जान भनी हि“डेका केटीहरु सा“च्चै त्यहा“ पुगेको कतैबाट पुष्टि हुन सकेन। तब के उनीहरु भलाम गएका थिए त? यसको पनि स्पष्ट जवाफ कसैस“ग छैन। हो, त्यतिबेला भलामका एकचन्द्र गुरुङको होटलमा जेनेरेटर चलाएर भिडियो फिल्म देखाउने गरिन्थ्यो। यसैकारण ती केटीहरु भिडियो हेर्न गएको चर्चा पनि चलेको थियो। भलाम पुग्न पीएन क्याम्पसबाट अन्दाजी २ किलोमिटर उबडखाबड बाटो पार गर्नुपर्छ।
पीएन क्याम्पसमुनिको चौर आज पनि सा“झ परेपछि चकमन्न हुन्छ। मानिसहरु त्यो चौर भएर एक्लै–दुक्लै हि“ड्न डराउ“छन्। अञ्जान कुनै पर्यटक त्यतातिर लाग्यो भने फर्कन सल्लाह दिन्छन्, यद्यपि दिउ“सोको अवस्थामा कसैलाई कुनै किसिमको डर रह“दैन। वारि–पारि गर्दा दिनको ५–६ सय मानिसले टेक्ने त्यो चौरलाई भयावह चौरको संज्ञा दिएका छन्, त्यहा“का बासिन्दाहरुले। ०३८ साल जेठ २४ गते सा“झ ५.३० बजेतिर त्यही चौरबाट ‘बचाऊ बचाऊ’को ठूलो आवाज वरपरका ढिस्काहरुमा ठोक्कि“दै पटक–पटक प्रतिध्वनित भयो। आवाज भयग्रस्त नारी कण्ठबाट निस्किएको प्रतीत हुन्थ्यो।
एकैछिन त्यहा“ भागदौड मच्चियो। कुर्ता–सुरुवाल लगाएकी सानी केटी काठेसा“घु (हाल त्यस ठाउ“मा फलामको पुल हालिएको छ) बाट सेती नदीमा हामफालिन्। तिनी नमीता थिइन्। नमीता यसरी खसेपछि त्यहा“बाट कुनै आवाज उत्पन्न हुन पाएन।
त्यो सा“झ नमीता–सुनीताको यस धर्तीमा अन्तिम सा“झ थियो, त्यो आवाज आफ्नो अस्मिता र जीवनरक्षाको निम्ति कसैबाट सहयोग पाउने आशामा कलिला दिदी–बहिनीको अन्तिम आवाज थियो। अफसोच, आवाज जीवनस“गै दबेर गयो। ५ या ६ जनाको संख्यामा रहेका अपराधीहरुको उद्देश्य पैसा वा गहना लुट्ने थिएन। काठमाडौंबाट आएका, सम्पन्न घरानास“ग सम्बन्धित, आकर्षक नाकनक्सा भएका नमीता–सुनीताको इज्जतमाथि जस्तोसुकै मूल्य चुकाएर भए पनि धावा बोल्ने दह्रो निश्चय लिएर त्यसदिन अपराधीहरुले त्यस्तो ठाउ“ छानेरै ढुकी बसेका थिए। नमीता–सुनीतामाथि अप्रत्यासित आक्रमण भएर नमीता सेतीको अथाह गहिराइमा विलिन भइसकेपछि सुनीतालाई उठाएर नजिकैको व्यारेक या १ सय ५० मीटर जति पूर्व–दक्षिणतिर लगी सामुहिक बलात्कार गरियो। घटनास्थलभन्दा केही वरबाट शुरु भएको चौर करिब १ किमीसम्म फैलिएको छ र बीच–बीचमा ठूल्ठूला रुख, झाडी हु“दै नदीपुरको फेदीमा गएर अन्त्य भएको छ। एक किलोमिटरको सेरोफेरोमा सिकिस्त बिरामीहरुलाई ल्याएर राखिने दुईवटा पाटी पनि छन्। पाटीबाट ४० फिटमुनि सेती नदी र तुल्सीघाट अवस्थित छ। यही घाटको वरपर नमीता र सुनीताका लाश फेला परेका थिए।
घटना विवरणपश्चात् स्वभाविकरुपमा एउटा प्रश्न उठ्नसक्छ– नमीता, सुनीता त्यस्तो ठाउ“मा किन गए? यसनिम्ति बिहानैको एउटा प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक हुनेछ। त्यसदिन बिहान विन्ध्यवासिनी मन्दिर परिसरमा एउटा नौलो युवक देखापरेको थियो। त्यो युवक पिछा गर्नेमा खटिएको पनि हुन सक्थ्यो। यदि यस्तो हो भने बस चढेर महेन्द्रपुल पुग्दा केटीहरुले यस कुराको भेउ पाएको हुनुपर्छ। महेन्द्रपुलबाट उनीहरु बेगनास नगएबाट पनि यस्तो अनुमान लगाउन सकिन्छ। बेगनास नगएपछि बा“की रहे तीनवटा विकल्प– या त ब्यारेक पार गरेर फूलबारी हु“दै भलाम जानु या महेन्द्रपुल, सिनेमा हल, बगर हु“दै सुस्ताउन पीएन क्याम्पसको विशाल प्राङ्गणतिर छिर्नु अथवा काठमाडौंतिरकै नीराको चिनाजानीमा रहेका कसैको गाडीमा लिºट पाएर पोखरा डुल्नु। यी तीनवटा विकल्पहरुमध्ये पहिलोले मध्यम हैसियत राख्दछ। केटीहरुले भलाम अथवा महेन्द्रपुलबाट फूलबारी हु“दै क्याम्पस निस्केर घर जाने तरखर गरेको भएदेखि उनीहरुका प्रत्येक गतिविधि ‘कसैलाई’ थाहा भइरहेको हुनसक्थ्यो। किनभने भलाम र फूलबारी वारिपट्टि नदीपुरबाट एकदमै सफास“ग देख्न सकिन्छ। गतिविधि हेरिरहेका अपराधीहरुलाई केटीहरु फूलबारी आइनपुग्दै क्याम्पसमुनि हमलाको लागि तयार भएर बस्नु कुनै गाह्रो काम मानि“दैन। दोस्रो विकल्प, पृथ्वीनारायण क्याम्पसभित्र थुप्रै प्लट मनमोहक घा“से मैदानहरु छन्। त्यतिबेला देशभर शैक्षिक अस्तव्यस्तता छाएको हु“दा क्याम्पसमा विद्यार्थी, प्राध्यापक र अन्य कर्मचारीहरु थिएनन्। सुस्ताउन मैदानमा बसिरहेका केटीहरुमाथि यस्तै स्थितिको फाइदा उठाएर अपराधीहरुले हमला गर्न खोजेको र त्यसबाट बच्न ओरालो लाग्दै चौर पुगेका केटीहरुमाथि हातपात गर्न अपराधीहरु सफल भएको हुनसक्छ। तेस्रो विकल्पअनुसार, चिनाजानीका व्यक्तिले कारमा राखी पोखरा घुमाउञ्जेल अरु पनि अपराधीहरु घटनास्थलमा तम्तयार बनेका र घर पुर्‍याइदिने नाममा घरको बाटो नलागिकन क्याम्पसको तल्लो छेउसम्मै कार लगेर केटीहरुलाई ओराली घचेट्दै चौरसम्म पुर्‍याएपछि साथीहरुस“गै मिली हमला गरेको पनि हुनसक्छ। नमीता–सुनीता हत्याकाण्डको अन्वेषण गर्ने क्रममा हामीलाई प्राप्त एउटा महत्वपूर्ण सुराक अपराधीहरुद्वारा प्रयोग गरिएको कार नम्बर पनि हो। आजभन्दा तीन–चार दशकअघि नेपालमा बहुप्रचलित भक्स–वागन कम्पनीको उक्त कारको प्लेट नम्बर ३२९६ थियो। पोखरामा २–३ दिनसम्म मनपरी ढङ्गले कुदाइएको त्यस कारलाई चिप्लेढुङ्गाबासीहरुले हिलाम्मे अवस्थामा देख्ने गरेका थिए। हत्याकाण्डपछि रहश्यमय तवरबाट त्यो कार गायब भयो।
‘हत्यारालाई फा“सी दे †’
पोखरामा एकपछि अर्को गर्दै हत्याका घटनाहरु बढ्दै जानु तर हत्याराहरुलाई छुने हिम्मत प्रशासनले नदेखाउनुले जनमानसलाई उत्तेजित बनाउ“दै लग्यो। ‘हत्यारालाई फा“सी दे’, ‘जनजीवनको सुरक्षा गर्’जस्ता नाराले देश गुञ्जायमान हुन थाल्यो। असारको शुरुमा पोखरामा विद्यार्थी र महिलाहरुले बनिता कतिला, माया केसी र प्रभा कोइरालाहरुको नेतृत्वमा हत्याकाण्डको न्यायिक जा“च तथा हत्याराहरुमाथि कारबाहीको माग गर्दै जुलुस निकाले। हालको एमालेनिकटस्थ अखिल नेपाल महिला संघ, पोखरा नगर तयारी समितिको आयोजनामा असार १७ गते हत्याकाण्डविरोधी जुलुस प्रदर्शन भयो। विभिन्न वर्ग र तहका करिब १९ हजार जनताको उत्साहबर्द्धक सहभागिता रहेको उक्त जुलुस चिप्लेढुङ्गा पुगेर आमसभामा परिणत भएको थियो। दाङ्ग, भैरहवा, स्याङ्जा, काठमाडौं, चितवनका भित्ताहरु वालिङ र पोष्टरिङ्गले रङ्गिए। काठमाडौंको अस्कल र पद्मकन्या क्याम्पसमा आमसभा र जुलुस भए। प्रदर्शनकारीहरुमाथि दमन अभियान शुरु गरियो।
राष्ट्रिय पञ्चायतमा रडाको
यता, सडकबाट सरकारी अकर्मण्यताको विरोध भइरहेको थियो भने राष्ट्रिय पञ्चायतको बैठकमै पनि दोषी जो कोही भए पनि कारबाही गर्न माग उठिरहेको थियो। काठमाडौंकी चर्चित महिला रापंस नानीमैया“ दाहालले असार १८ गते रापंको सेशनलाई संबोधन गर्दै भन्नुभएको थियो– “पोखरामा भएको हत्याकाण्डको घटना ज्यादै दुःखलाग्दो हो, यसबाट प्रशासनको अदक्षता झल्किन्छ। त्यसमा पनि यस किसिमको जघन्य अपराधमा ठूला र बरिष्ठ व्यक्तिहरु संलग्न रहनु ज्यादै अनैतिक र अमानवीय काम हो।” (गोरखापत्र– असार १९, ०३८) सोही दिन नुवाकोटका रापंस प्रकाशचन्द्र लोहनीले सदनमा भन्नुभयो– “यस हत्याकाण्डको विरोधमा उठेको जुलुसमा भाग लिनेहरुलाई थुन्ने, पिट्नेजस्ता कार्यले कसरी जनताले न्याय पाउन समर्थ हुन्छन्? हत्यारालाई पक्डन नसक्नु तर न्याय चाहने जनतालाई चाहि“ दमन गर्नु कस्तो न्याय हो?” (सोही अंक, गो.प.) अर्का रापंस पुहातु चौधरीको भनाइ थियो– “यस काण्डमा ठूलाबडा संलग्न छन्।” त्यसदिन रापंसहरु लोकेन्द्रबहादुर चन्द, आङवाङ शेर्पा, एकराज शर्मा आदिले समेत अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही गर्ने माग सदनमा राख्नुभएको थियो। असार २२ गते सोमबारको गोरखापत्रले ‘२१ गते राष्ट्रिय पञ्चायतमा शाही संबोधनमाथिको छलफल जारी’ शीर्षकमा मुख्य समाचार प्रकाशित गर्‍यो। त्यस समाचारअन्तर्गत प्रथम पृष्ठमा प्रकाशचन्द्र लोहनीको भनाइ यसरी छापिएको छ– “पोखरामा हालै घटेको घटना अचानकै घटेको हैन। सोर्स पुगे जे गरे पनि हुन्छ भन्ने भावना बढेकाले यस्तो घटना घटेको हो।” लगत्तै राष्ट्रिय पञ्चायतको ३२ औं अधिवेशनअन्तर्गत २३ गतेको बैठकमा माधवराजका सम्धि तथा अर्थमन्त्री यादवप्रसाद पन्तले आर्थिक वर्ष ०३८/३९ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गरे भने पर्सिपल्ट दिनको ११ बजे नमीता–सुनीता हत्याकाण्डसम्बन्धमा छलफल गर्न बैठकका अध्यक्ष मरिचमान सिंहले अनुमति दिएबमोजिम पोखराका माननीय राधेश्याम कमारोले रापं नियमावलीको नियम ५४ अनुसार प्रस्ताव टेबल गरे। त्यस अवसरमा गृहमन्त्रीले विज्ञप्ति दिएको ५–६ दिनभित्रै बोरामा बा“धिएर ºयालिएको एक लाश भेटियो भन्दै सिन्धुपाल्चोकका पशुपतिसमशेर जबराले यस्ता हत्याकाण्डहरुमा अभियुक्तलाई पक्रिनुपर्ने ठाउ“मा काण्डहरुको झन् विकास भइरहेको र वीरगञ्जमा पनि पसल लुटिएर त्यस्तै अशान्ति छाएको बताए। राणाको ठोकुवा थियो– ‘प्रत्युत्तरको दिन प्रधानमन्त्री सदनमा पड्किनुहुन्छ, अर्कोतिर वीरगञ्जमा बम पड्किन्छ। असुरक्षा छ भन्ने भावना देशमा फैलिएको छ। यो नैतिक बल नभएको सरकारले तदारुकताका साथ काम गर्ने अवस्थै छैन। देशभरि आएको ज्वरोको पोखरा हत्याकाण्ड खटिरामात्र हो।’
यस विषयमा पटक–पटक कुरा उठाउ“दा आफूमाथि अज्ञात व्यक्तिहरुद्वारा बारम्बार धम्की आउन थालेकोमा आक्रोशित नुवाकोटका प्रकाशचन्द्र लोहनीको स्वर अझ चर्को थियो। उनले भनेका थिए– ‘हत्याको अनुसन्धानमा प्रशासन असमर्थ हुन्छ र सुराक दिन जाने व्यक्तिलाई पनि शिकार बनाइन्छ भने यसको दोष कसलाई दिने? चूडामणि मारिएको भन्न मिल्दैन भन्ने प्रशासनको भनाइ छ भने अर्कातिर अनुसन्धान जारी रहेको जानकारी पनि दिइन्छ। हत्याको वास्तविक अभियुक्त पत्तो नलागेपछि जनताले बेग्लै अर्थ लगाउनेछन् र यसको मूल्य पनि निकै मह¨ो हुनेछ।’
‘केही दिनअघि गृहमन्त्रीले दिनुभएको जानकारी शायद पोखराबाट कुनै पुलिस इन्स्पेक्टरले पठाएको रिपोर्टबाहेक केही थिएन’– तनहु“का श्रीभद्र शर्माले भने– ‘हाम्रा आ“खा र कान कति टाढा छन्? जम्मा दुई इञ्च। आ“खाले देखेको र कानले सुनेकोमा फरक पर्छ। ती बालिकाहरुले कौमार्यको सुरक्षाका निम्ति कति संघर्ष गरे होलान्?’
पा“चथरका पद्मसुन्दर लावतीले भनेका थिए– ‘हामीले जनमत संग्रह र त्यसपछिको आमचुनावमा समेत सुधारिएको पञ्चायतबाट मात्र देशमा शान्ति र सुरक्षा संभव छ भनेर एक–दुईपटक मात्र होइन बारम्बार जनतामा विश्वास दिलाउन कोशिस गरेका हौं। तर, आज महिनौं दिन भयो हामी झूठ्ठा सावित भएको। यसको आक्रोश र विरोध देशभर फैलिई विद्यार्थीहरुमा हड्तालको वातावरण पैदा भएको छ। र, यस्तो अवस्थामा सरकारले कुनै ध्यान दि“दैन भने देशभरिका दाजुभाइ–दिदीबहिनीले सोच्ने बेला आएको छ।
सोलुखुम्बुका आङबा¨ शेर्पाको एक कदम अगाडि बढ्दै ठोकुवा थियो– ‘यस घटनाको लिङ्क भारतसम्म पनि हुनसक्छ।’ बैतडीका लोकेन्द्रबहादुर चन्दले थापा सरकारप्रति व्यङ्ग्य गर्दै भनेका थिए– ‘अब त स्कूलमा छोरीहरुलाई पढाउने वा तालिम दिलाउने कुनै प्रयोजन नै रहेन। बरु यसको बदला उनीहरुलाई बन्दूक चलाउने, छुरी चलाउने काममा पो लगाउनुपर्ने हो कि †’
‘श्री ५ को सरकार आफ्नै परिवारको ज्यान सुरक्षा गर्न त असमर्थ छ भने सर्वसाधारण जनताको सुरक्षाको निश्चितता कसरी हुनसक्छ?’– पर्वतका डम्बरबहादुर मल्लको प्रश्न। मुकुन्दबहादुर बस्नेत त्यतिबेला भोजपुरबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्दथे। उनले अर्कै एउटा घटनाको उदाहरण दि“दै सदनलाई जानकारी गराए– ‘केही दिनअगाडि कुपण्डोलमा राष्ट्र बैंकका एकजना कर्मचारी मोटर एक्सिडेण्टमा परी मरे। किच्ने गाडी आईजीपीको रहेछ। तर, त्यसबेला कसैमाथि पनि कारबाही नगरी वास्तविकतालाई लुकाइयो। पोखरा हत्याकाण्ड पनि नदबाइएला भन्ने छैन।’ पोखरा हत्याकाण्डको विषयमा छिट्टै अपराधी पत्ता लगाइयोस् भनेर आफूहरुले सदनभित्र बारम्बार उठाएको आवाजको सुनुवाई नभएकोमा चित्त दुखाउने पाल्पाली माननीय यादवसिंह रायमाझीको थप गुनासो थियो– ‘यहा“ उपस्थित हामी १३५ जना रापंस पनि असुरक्षित छौं जस्तो लाग्न थालेको छ। पोखरा हत्याकाण्डमा ठूलाबडाका छोराहरु संलग्न छन् भन्ने सुनिन्छ। ठूला व्यक्तिहरु कानूनको पञ्जाबाट फुत्किने र साना मात्र पञ्जामा पर्ने तरिका गलत हो।’
‘हत्याराहरुको नाम बाहिर छ्याप्छ्याप्ती चर्चामा छ तर पनि उनीहरुमाथि किन कारबाही गरि“दैन?’– इलामकी सरस्वती राईको प्रश्न।
सरकारको सन्त्रास
पोखरा ६ महिनासम्म पर्यटकविहीन बन्यो। माछापुच्छ्रे र फेवातालसम्बन्धी बृत्तान्त सुनेर नेपाल भित्रिएका पर्यटकहरु नमीता–सुनीताप्रति मनमनै श्रद्धाञ्जलि व्यक्त गर्दै काठमाडौंबाटै आ–आफ्नो देश फर्किए। रापंस एकराज शर्माले अबलाबाट सबला बन्न खोज्ने छोरी–बहिनीजस्ता कुमारीहरुको बलात्कारपछि हत्या गरिएको छ, जनउत्तरदायी सरकारबाट पनि सन्तप्त परिवारले समवेदना नपाउनु आश्चर्यलाग्दो कुरा हो भन्दै सरकारस“ग समवेदना प्रकट गर्न आग्रह गरे। तर अह“, सरकारले कहिल्यै यस कुरामा ध्यान दिएन। प्रधानमन्त्री पदमा बालककालदेखि नै चिनाजानी भएका सूर्यबहादुर थापा थिए, प्रम निवास र माधवराजको घर पनि नजिकै थियो। थापाले त्यसपछि कहिल्यै माधवराजस“ग भेट गर्न चाहेनन्। कारण के थियो? समवेदना प्रकट गर्दैमा वा भेट्न जा“दैमा उनको या उनको सरकारको जागिर जान्थ्यो? या त्यसो गर्नेबित्तिकै हत्याकाण्डमा संलग्न आफ्ना मालिकहरुलाई पक्रनैपर्ने दायित्वको बोझ आफ्ना थाप्लामा बोकेको महसूस गर्नुपर्थ्यो? समवेदना व्यक्त गर्न त हिम्मत नहुने सरकारले अपराधी पत्ता लगाउन सक्ला भन्ने कुरामा विश्वास गर्ने शायदै कोही थिए त्यसबेला नेपालमा।
पत्रिकालाई पुर्जी
आखिर पञ्चायती कालरात्रि न हो, जनतालाई सुसूचित गर्ने प्रेसको अधिकार त थिएन नै, ठूलाबडाले गरेका कर्तुतमा कतैबाट कसैले छेस्कोमात्रै झिके पनि ठूलै अनिष्ट झेल्नुपर्थ्यो। त्यसमा पनि प्रेसमाथि कहालीलाग्दो व्यवहार हुन्थ्यो राज्यपक्ष्ँबाट। यो घटनामा पनि प्रेसमाथि राज्यको नियत सफा रहेन।
राजधानीबाट प्रजातन्त्रको पक्षमा प्रकाशित हुने राष्ट्रपुकार साप्ताहिकमाथि स्थानीय प्रशासनले पुर्जी काट्यो। राष्ट्रपुकारले नमीता–सुनीता हत्याकाण्डको विषयलाई लिएर समाचार सामग्री प्रकाशित गरेको थियो। चूडामणिको हत्याकाण्डपछि पोखरावासी कति सन्त्रस्त थिए भन्ने कुरा उल्लेख गर्दै राष्ट्रपुकारले लेखेको थियो– ‘…अपराधीहरु यिनै हुन् भन्ने कुरा आमजनताले अड्कल काटेका भएपनि भन्न नसक्ने, नमिल्ने र भन्न जा“दा हत्याको शिकार शिकार हुनुपर्छ भन्ने डरले जनता तैं चूप, मैं चूपको स्थितिमा रहेका छन्। प्रहरीको तदारुकता प्रचारमा मात्र सिमित छ।’
२०३८ साल साउन १३ को मितिमा कास्कीका तत्कालिन प्रमुख जिल्ला अधिकारी पद्मराज सुवेदीले राष्ट्रपुकारका सम्पादक होमनाथ दाहाललाई पत्र लेखी समाचारमा प्रकाशित भएअनुरुप घटनाको वास्तविकता पत्ता लगाउन सहयोग गर्नका लागि अनुरोध गर्दै घुमाउरो पारामा धम्क्याएका थिए। पत्रमा भनिएको थियो– ‘घटनाको रहस्योद्घाटन गर्न र खास अपराधीलाई उम्किन नदिन तपाईंले पनि यथार्थ जानकारी उपलब्ध भएसम्मका ठोस आधारहरु यहा“ प्राप्त गराई दिनुभई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’
तर, यो पत्रमा पनि प्रेसमाथि राज्यको दमनकारी नीति रहेको प्रष्टस“ग खुलेको थियो। राष्ट्रपुकारलाई पुर्जी वास्तवमा प्रमुख जिल्ला अधिकारी सुवेदीले आफ्नो स्वविवेकमा काटेका थिएनन्। उनकै भनाइअनुसार, पुर्जी काट्ने आदेश गण्डकीका तत्कालिन अञ्चलाधीश गणेशमान श्रेष्ठले दिएका थिए। प्रजिअ सुवेदी केही समयपछि कास्कीबाट सरुवा भई काठमाडौं गए। पत्रकार दाहालस“गको भेटमा उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्दै माफ मागेका थिए।
पुर्जीमा कुनै दुराशय थिएन र घटनासम्बन्धमा बुझ्ने मात्रै प्रशासनको नियत थियो भने त्यो पुर्जीका बोधार्थ प्रतिहरु किन अन्य निकायहरुमा पठाइए? जटिल प्रश्न यो हो। त्यो पत्र तत्कालिन गृह पञ्चायत मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, गण्डकी अञ्चलाधीश कार्यालय, बागमती अञ्चलाधीश कार्यालय, गण्डकी अञ्चल प्रहरी कार्यालय, बागमती अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला प्रहरी कार्यालय, काठमाडौंलाई बोधार्थस्वरुप प्रेषित गरिएको थियो। र, जिप्रका काठमाडौंलाई लेखिएको पत्रमा पक्रने आदेश प्रष्टै झल्किने गरी अगाडि भनिएको थियो– ‘संबोधित व्यक्तिको पत्र बुझाइदिनुहुन र निजलाई यहा“ उपस्थित गराइदिनुहुनसमेत अनुरोध।’
प्रहरी प्रमुखका काइते कुरा
पोखरा घटनाले राष्ट्रिय चर्चा त पायो, तर त्यसलाई ढाकछोप गर्नका लागि राज्यको उपल्लो निकायका सरोकारवालाहरु निक्कै जोड्तोडका साथ लागिपरे। अझ त्यसबेला पोखरा आसपासमा अपराधिक घटनाहरुको ओइरो लाग्नाले पञ्चायती शासनको आडमा व्यभिचारीहरु कति सल्बलाएका रहेछन् भन्ने तथ्य पुष्टि हुन्छ।
नमीता–सुनीता हत्याकाण्डपछि तत्कालिन प्रहरी महानिरीक्ष्ँक दुर्लभकुमार थापाले राजधानीबाट प्रकाशित हुने चक्षु साप्ताहिकका सम्पादक पद्मभक्त खरेललाई दिएको अन्तर्वार्तामा पञ्चायती प्रशासनका लापरवाहीहरु स्पष्टतः झल्किएका छन्। पत्रकारस“ग आइजीपी थापाले घटना भएको छ दिनपछि मात्रै आफूसमक्ष जानकारी आएको बताए। उनले पोष्टमार्टम रिपोर्टको हवाला दि“दै बलात्कृत भएको नभई ‘उद्योग भयो होला’ भन्दै घटनालाई अन्तै मोड्ने प्रयत्न गरे। उनले यत्रो संवेदनशील विषयलाई पनि नजरअन्दाज गर्दै भनेका थिए– ‘सेक्स विकृति भएका मान्छेले हत्या गरेर पनि यौन सन्तुष्टि लिने गर्छन्। अघि बलात्कार भएको हो कि † पछि त भएको छैन †’
घटनाको बारेमा प्रष्टस“ग बताउनसक्ने सम्भावना भएका बनपाले चूडामणि अधिकारीलाई पक्राउ गरेपछि ‘भोलि आउ“छु’ भन्दा प्रहरीले छाडिदिएको र त्यसपछि उनको हत्या भएको प्रसङ्ग कोट्याउ“दै घटनामा प्रहरीको सा“ठगा“ठ भएको विषयलाई पनि महानिरीक्ष्ँक थापाले नकारेका थिए। उनले घटनाका खास साक्षी चूडामणिलाई साधारण बोलावट मात्र भएको भन्दै शंका लागेर नल्याइएको दावी गरेका थिए। उनले काइते जवाफ फर्काएका थिए र भनेका थिए– ‘संयोग भनौं वा के भनौं भोलिपल्टदेखि चूडामणि बेपत्ता भए। पछि लाश भेटियो। लाशको प्रकृतिबाट चूडामणिको लाश मारेर फालेको भन्ने साबित हु“दैन, नदीको किनारामा भेटिएको लाश हु“दा चिल, गिद्दहरुले खाएर आन्द्राभू“डी नहुनसक्छ, यदि गोली–छुरा हानिएको भए लाशको प्रकृतिले बताउ“थ्यो। यससम्बन्धमा पनि अनुसन्धान भइरहेको छ।’ (२२ असार २०३८ को तर्क साप्ताहिकमा साभार गरिएको)
स्मरणीय के छ भने, नमीता–सुनीता हत्याकाण्डताका पोखरा आसपासमा अपराधको श्रृङ्खला निक्कै नै बढेको थियो। माघको दोस्रो साता जापानी युवती कोतोमी सिमादाको लाश आ“बुखैरेनीको ५ किलोमिटर पूर्वमा भेटियो। त्यही समयमा अग्रवाल परिवारका केटा र एउटी केटीको लाश फेला परेको थियो। यी दुईमध्ये जापानी युवतीको बारेमा अनुसन्धान भइरहेको र अग्रवाल परिवारले आफन्तहरुको सद्गत गरी दाहसंस्कार गरेको भनी महानिरीक्षक थापाले बताएका थिए। नमीता–सुनीता हत्याकाण्डलगत्तै स्थानीयवासीले प्रहरीको संलग्नता रहेको भन्दै सबैलाई निलम्बन वा बदली गर्नुपर्छ भन्ने माग गरे। महानिरीक्ष्ँक थापाले भने प्रहरीहरुको बचाउ गर्दै अनुसन्धान भन्ने कुरा नया“ मान्छेले भन्दा पुरानो मान्छेले राम्रोस“ग गर्ने उल्लेख गर्दै तिनै प्रहरीहरुले ठोस प्रमाण फेला पार्ने विश्वास व्यक्त गरेका थिए। तर, विश्वासका साथ ठोस प्रमाण भेटाउ“छन् भनिएका प्रहरीहरुको रबैया पछिल्लो समय मुद्धा फिर्ता गर्नेबेलासम्ममा छर्लङ्ग भइसकेको छ। महानिरीक्षक थापाले सो अन्तर्वार्ताको क्रममा प्रत्येक प्रश्नहरुलाई सतही रुपमा विश्लेषण गर्दै ‘हु“दैछ…, गर्दैछौं, गर्छौ…’ भन्ने शैलीका जवाफ दिएर पन्छिएका छन्।
गृहमन्त्रीले घु“डा टेके
देशभित्रबाट उठिरहेको चर्को विरोधका सामु आखिर गृहमन्त्री नयनबहादुर स्वा“रले घु“डा टेक्नुपर्‍यो। असार २३ गते रेडियो नेपालबाट एक वक्तव्य जारी गर्दै ‘अपराधी जो कोही भए पनि कारबाही गर्न श्री ५ को सरकार पछि नपर्ने’ दाबी उनले गरे।
हत्याराहरु लखनउमा?
२०३८ असार २४ का दिन प्रकाशित सा“घु साप्ताहिकले नमीता–सुनीता हत्याकाण्डका अपराधीहरु भारतको लखनउमा बसिरहेको समाचार प्रकाशित गर्‍यो। सा“घुले आफ्नो समाचारमा लेखेको थियो– ‘हत्याराहरु तीनजना भएको विश्वास गरिन्छ र यी अति प्रभावशाली व्यक्तिहरुका सन्तान हुन्। चर्चामा आएअनुसार तीनैजना वारदात भएको भोलिपल्टै राजधानी फर्किएका थिए। त्यसमध्ये एकजनाको मुखमा कोतरिएको थियो, जसको उपचार डाक्टरबाट गर्दा हल्ला हुन्छ भनेर घरेलू कम्पाउण्डरबाट गराइयो। यसबाट यो स्पष्ट भएको छ कि मृत्यु र बलात्कारअगाडि तीन किशोरीले आफ्नो रक्ष्ँाका लागि ठूलो संघर्ष गरेका थिए।’ अपराधीहरु लखनउतर्फ भगाइएको दावीसाथ सा“घुले लेखेको थियो– ‘..उनीहरु एक नेपाली राजनीतिज्ञकै होटलमा मोजमस्तीपूर्ण जीवन बिताइरहेका छन्। हत्याराहरुको सम्पर्क र प्रभाव अति शक्तिशाली व्यक्तिहरुस“ग भएकाले यसलाई यत्तिकै दबाइने र हत्यारा कहिल्यै पक्राउ नपर्ने चर्चा पनि यहा“ प्रशस्त सुनिन्छ।’ पोखरामा तीन चेली पशुवत हत्याको शिकार भएको विरोधमा राजधानीका विभिन्न स्थानमा प्रदर्शनहरु भएको उल्लेख गर्दै समाचारमा भनिएको थियो– ‘…काठमाडौंमा दोस्रोपटक गत आइतबार पद्मकन्या क्याम्पसको युनियनको आयोजनामा जुलुस तथा सभाको आयोजना गरियो। महिलाहरुको अधिक उपस्थिति रहेको उक्त जुलुसले विभिन्न नारा लगाउ“दै नगर परिक्रमा गरिसकेपछि प्रधानमन्त्रीको कार्यालयमा गई विरोधपत्र दियो। त्यसपछि जुलुस पद्मकन्या क्याम्पसमा पुगी सभामा परिणत भएको थियो।’
सा“घुमा उल्लेख भएअनुसार पद्मकन्याभन्दा अघि अस्कल क्याम्पसमा पनि हत्याको विरोधमा प्रदर्शन भएको थियो। उसले लेखेको थियो– ‘अस्कल क्याम्पसबाट पोखरा हत्याकाण्डको विरोधमा निस्किएको एक विशाल जुलुसले गुण्डागर्दी मूर्दावाद, प्रशासनिक हेलचेक्य्राईं मूर्दावाद, महिलाको सुरक्ष्ँा हुनैपर्छ, बन्दी साथीहरुलाई छाडी दे जस्ता गगनभेदी नाराहरु लगाउ“दै सिंहदरबार पुगी ९ सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विरोधपत्र बुझायो। स्मरणीय छ, विरोधपत्र दिनलाई उक्त जुलुसले सिंहदरबारअगाडि एकघण्टा भन्दा बढी समय पर्खिनुपरेको थियो। त्यसपछि जुलुस त्रिचन्द्र क्याम्पस पुगी आमसभामा परिणत भएको थियो।’
घटनाप्रति प्रशासनले लापरवाहीपूर्ण कारवाही गरेको प्रसङ्ग कोट्याउ“दै समाचारमा लेखिएको थियो– ‘वास्तविक हत्यारालाई पक्राउ गर्ने र जनजीवनलाई शान्त पार्ने हो भने शाही आयोगको आवश्यकता सर्वत्र महसूस गरिन्छ। भण्डारी दिदीबहिनी हराएको खबर प्राप्त भएपछि काठमाडौंबाट गएका उनीहरुका बाबुको लिखित निवेदनको आधारमा तत्काल खोजतलासी गर्नुभन्दा अञ्चल प्रशासन तथा डीआइजीपीले तरुनी केटीहरु भागे होलान्, दार्जिलिङ्ग गए, लखनौ गएजस्ता गैह्रजिम्मेवारीपूर्ण जवाफ दिने गरेको र अभिभावक वर्गले आफ्नैतर्फबाट खोजीतलासी गरी प्रत्यक्ष्ँदर्शी चूडामणि अधिकारीलाई प्रहरीसमक्ष्ँ बुझाउ“दा यसको बयान भोलि लिउ“ला भनी फिर्ता पठाइयो। भनिन्छ, अधिकारीको बयानबाट यो हत्याकाण्डको सम्पूर्ण पर्दा उठ्ने थियो, तर प्रहरीको गैह्रजिम्मेवार रवैया र अपराधीस“गको मिलिभगतले गर्दा उसको बयान दर्ज हुन पाएन। हत्या प्रत्यक्ष्ँ देखेको अपराधमा स्वयं अधिकारीले मृत्युवरण गर्नुपर्‍यो।’
सा“घु प्रतिनिधिले गरेको घटनास्थलको स्थलगत अध्ययनपछि प्रकाशित विवरणमा जेठ २४ गते दिउ“सो ११ः३० बजेतिर ती चेलीहरुलाई महेन्द्रपुलमा देखिएको र त्यसपछि कसैले उनीहरुलाई नदेखेको दावी गरिएको छ। संवाददाताको रिपोर्टमा उल्लेख गरिएको छ– ‘नीरा पराजुलीका काकाको घरको ठीकअगाडि चिया व्यापार गरी बस्ने एक वृद्धाका अनुसार, केटीहरु घुमेर फर्किएको १०–१५ मीनेटपछि दुईजना युवक केटीहरु बसेको घर वरपर घुम्ने गर्दथे। ती युवकहरु केटीहरु हराएको दिन पनि बिहान ५ बजेतिर त्यहा“ देखिएका थिए र तिनैले हत्या गरेको आभाष पाइन्थ्यो। चिया पसल्नीले ती केटाहरुको फोटो तथा अनुहार देखे चिन्नसक्ने दृढता पनि व्यक्त गरिन्।’
सा“घु प्रतिनिधिस“गको भेटमा ५ जना छोराछोरी तथा एउटी सौता भएकी श्रीमती चूडामणि अधिकारीले आफ्नो लोग्नेको हत्याको बारेमा ‘सा“ढेको जुधाइ, बाच्छाको मिचाइ’ भएको बताएकी थिइन्। उनले प्रतिनिधिस“ग हत्यालाई माकुराको जालोस“ग तुलना गरी हत्यारा कहिल्यै पक्राउ पर्न नसक्ने दृढता पनि व्यक्त गरेकी थिइन्। चूडामणिको घरभन्दा तल्लो गाउ“मा सा“घु प्रतिनिधिले बुझ्दा चूडामणिले अघिल्लो दिन आफूलाई बयान दिने क्रममा प्रहरीले यातना दिएकोलगायत आफूले थाहा पाएसम्मका सम्पूर्ण रहश्य अभिन्न मित्रहरुलाई बताएका थिए। ती मित्रहरु चूडामणि मारिएपछि प्रहरी आतङ्कद्वारा त्रस्त भएर केही नबोल्ने मात्र होइन, प्रशासनसमक्ष उपस्थितसमेत नहुने पक्षमा गएके र जसमध्ये एक–दुईजनाले त घरको ढोकामा ताल्चा लगाएर भित्र लुकी समय काट्ने गरेको पनि संवाददाताको दाबी थियो।
राष्ट्रपुकार साप्ताहिकले २०३८ असार १५ को अङ्कमा बनपाले चूडामणिको लाश भेट्टाएपछि लेखेको एक समाचार यस्तो थियो– ‘चूडामणि अधिकारी नामक बन डिभिजनका पियनको (लाश) भन्ने तथ्य पत्ता लागेको छ। लाशको स्थितिलाई हेर्दा अपराधीहरुले लाश जनावरले खाओस् भनी पानी बाहिर राखेको बुझिन्छ। लाशका दुबै आ“खा र च्यु“डो जनावरले खाएको छ भने छातीमा भ्वाङ पारेको छ, जो ढाडमा आएर निकै चाक्लोगरी फुकेको हु“दा नीज चूडामणिको हत्या गोलीप्रहार (राइफल?) बाट भएको भन्ने आशङ्का गरिएको छ। अपराधीहरुको अनुसन्धानको क्रममा निजलाई प्रहरी निरीक्ष्ँक कार्यालयबाट बोलावट भएको र त्यहा“ पुगेपछि भोलि आउनु भन्ने लापरवाही आदेशअनुसार घर फर्किएका चूडामणिको लाश अचानक त्यसरी देखापर्नुबाट अपराधीहरुको समूह सशस्त्र र परेको समय जोसुकैको पनि हत्या गर्न सक्ष्ँम छ भन्ने अड्कल काटिएको छ।’
प्रहरी–प्रशासनद्वारा पालित–पोषित अखबारहरुको अहिले बाढी आएजस्तै त्यतिबेला पनि हण्डीखोरहरुको कुनै कमी थिएन। ५–७ सय गोजीमा हाल्नु र हाकिमहरुको ढाकछोप गर्दै हि“ड्नु तिनीहरुको सनातन धर्म नै हो। पत्रकारिताको नाममा पर्चाकारिता गर्ने तिनै हण्डीखोरहरुमध्येको एक थियो– केन्द्रीय कार्यालय : धर्मपथ (गोर्खा प्रिन्टर्स, पो.ब.नं. ११८, फोन ११५८५, काठमाडौं, शाखा कार्यालय : विराटनगर नगर पञ्चायत– १, पोखरिया पानी ट्याङ्की) भई भूपाल थापाद्वारा सम्पादित तथा प्रकाशित ‘प्रतिविम्ब’ साप्ताहिक। ०३८ साल साउन १८ गते आइतबारको मितिमा विशेषाङ्क– ४ निकाल्दै त्यसले गृहमन्त्री नैनबहादुर स्वा“र, आईजीपी, डीआईजी र अञ्चलाधीशको निर्लज्ज बचावट गरेको थियो। पोखरा हत्याकाण्डलाई एकदमै सामान्यिकरण गर्दै र सम्पूर्ण प्रकरणको दोष नीरा पराजुलीको थाप्लोमा हाल्दै उसले लेखेको थियो– ‘हाम्रो देशमा मात्र होइन, संसारमा नै यस्ता प्रकारका घटनाहरु भइरहन्छन्। कुरा साधारण हो, जसलाई तिलको ताड बनाइएको छ। जनआवाजका नाममा केही व्यक्तिले बेजोडका हल्ला फि“जाएर जनमानसलाई दिग्भ्रमित पार्न खोज्नु दुःखलाग्दो कुरा हो। यस्ता घटनालाई आजको भोलि नै पत्ता लगाउनुपर्छ भन्ने छैन।’ घटनाको वास्तविक रिपोर्टि¨ गर्ने सहकर्मी पत्रकारहरुप्रतिको उसको आक्रोशपूर्ण अभिव्यक्ति थियो– ‘काठमाडौंमा बसेर पोखराको वास्तविक स्थिति बुझ्ने, दशमा शून्य थपेर सय बनाउने बुज्रुकहरुले गर्दा देशमा आज ज्यादै ठूलो त्रासको वातावरण फैलिएको छ। काठमाडौंमा चर्चा भएअनुसार पोखराका जनतामा सुरक्षा छैन, हाल पोखरामा विदेशी पर्यटकहरुको आगमन छैन भन्ने कुरा कपोलकल्पित र निराधार हुन्। हजारौं पर्यटकहरु आवत–जावत गरिरहेका छन्। जनजीवन सामान्य छ। प्रशासन आफ्नो जिम्मेवारी कटिबद्धरुपले बहन गरिरहेको छ। नमीतालाई बलात्कार गरेको भन्न सकि“दैन। दिदीचाहि“को लाश कुहिएको र ढाडिएकोले गर्दा यकिन भन्न सकिएन। चूडामणिको सम्बन्धमा उनी कमजोर आत्मा भएको मानिस भएको र केटीहरुका बाबुले जबर्जस्ती समातेर त्यो केटालाई देखेको हु“ भन्न कर गरेपछि निर्दाेष मानिसले मर्नु न बा“च्नुको फरक नदेखेर नदीमा हाम्फाली आत्महत्या नै गरेको ठहर्छ। पोखरा मात्र होइन, अन्य अञ्चल र मुलुकमा पनि यस प्रकारका हत्या भइ नै रहन्छन्। विदेशमा अपराध भएको पा“च–छ वर्षपछि पनि दोषी पक्राउ परेका छन्।’
नूनको सोझो चिताउन दलालहरुले कतिसम्म कुतर्क गर्नुपर्दोरहेछ भन्ने कुराको प्रष्ट उदाहरण हो तलको अंश– ‘यो हत्या अञ्चलाधीशको छोरो, डीआईजीका छोराहरुले गरेको भन्ने छ तर अञ्चलाधीशज्यूको छोरोको उमेर १२ वर्ष छ। डीआईजीसा’पको त छोरो नै छैन। अब भन्नोस् मानिसहरु कतिसम्म हल्ला गर्न सक्दा रहेछन् †’ साउन १० गते शनिबार आफ्ना विशेष प्रतिनिधि वास्तविकता पत्ता लगाउन पोखरा गएको र निजले दूधको दूध, पानीको पानी छुट्याएको भन्दै प्रतिविम्बले पूरै पा“चौं पृष्ठ सत्ताको ताबेदारीमा समर्पण गरेको थियो। उसको दाबी थियो– ‘नचाहि“दो हल्ला गरेर पोखराको जनमानसलाई विचलित पार्न खोज्नु ठूलो अपराध हो। रुद्रमणिको घरनजिकै चिया पसल थापी बस्ने अधवैंशे महिलाका अनुसार, २० गते बेलुकी ५ बजे केटीहरु घर पसेपछि अगाडिपट्टिको सानो ढिस्कोमा प्याजी र¨को सर्ट, प्यान्ट र गमबुट लगाएको एउटा केटा र कालो सर्ट, प्यान्ट लगाएको, लामो कपाल भएको अर्को केटा उनको पसलतिर ढाड फर्काएर पा“च मीनेटजति बसे। २१ गते आएनन्। २२ र २३ गते त्यसै समयमा आए। २४ गते बिहान ५ बजे केटीहरु नित्यकर्मका निम्ति ज¨लतिर पस्दा तिनै केटाहरु आएर ढिस्कोमा ढुकी बसे। त्यसको पा“च मीनेटपछि ज¨लबाट फर्किएर केटीहरु तिनको पछिपछि गए। ११ बजेतिर महेन्द्रपुलबाट बगरतर्फ जान गाडी चढे। ३ बजे दिउ“सो क्याम्पसपछाडि घुम्दै गरेको अवस्थामा देखिए।’ रिपोर्टको निश्कर्षमा थापामण्डलीको जिकिर थियो– ‘अब रह्यो हत्यारा को, दोषी को र यो कसरी हुन गयो? भन्ने प्रश्न। यस विषयमा छोटकरीमा जाने–बुझेको कुरा भन्न चाहन्छौं। नमीता–सुनीताको हत्यामा मुख्य भूमिका नीरा पराजुलीको नै हुनुपर्छ। उनको पृष्ठभूमि बुझ्दा पनि त्यही कुरा थाहा लाग्छ। ऊ मरेकी छैन। ज्यू“दै छ। खोज्दै लग्दा भेट्न सकिन्छ। नभेट्न पनि सकिन्छ। जबसम्म नीरा फेला पर्दिन, तबसम्म तथ्य पत्ता लाग्न मुस्किलै होला। गृहमन्त्रीज्यू, हजुरको शुभचिन्तक– सम्पादक/प्रकाशक प्रतिविम्ब पत्रिका।’
अपराधी भगाउने आतुरी
त्यत्रो जघन्य काण्ड घटाएर सुरक्षित स्थानतर्फ पलायन भइसकेका अपराधीहरुलाई खोज्ने नाममा सारा प्रशासनयन्त्रलाई पोखरामै केन्द्रित गरेको नाटकबाजी गरेर सरकारले वास्तविकतामाथि पर्दा हाल्ने कुटिल चाल चल्यो। १८ असारका दिन पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका नायव महानिरीक्षक सीबी राईको अध्यक्षतामा विशेष अनुसन्धान टोली गठन गरी त्यसैको सक्रियतामा पोखरामा ताण्डवनृत्य प्रदर्शन गरियो। तत्कालीन एसपी तथा गृहमन्त्रीका गाउ“ले रणबहादुर चन्द (हालः कोशी अञ्चलाधीश), एचबी खड्का, डीएसपी रामविनोद सिंह, दिगम्बरबहादुर बस्नेत, रामेश्वर खरेल, अपराध अनुसन्धान शाखाका रामकाजी बान्तवा (पछि एआइजीबाट राजीनामा), अञ्चल जनसम्पर्क अधिकृत मुकुन्द पाण्डेलगायतका व्यक्तिहरु त्यस टोलीस“ग सम्बद्ध थिए। यिनीहरुले तीन महिनाको अवधिमा कास्कीका झुपडी–झुपडीमा लाठी बजारेर १६१ जना निर्दोष व्यक्तिलाई रातारात हिरासत पुर्‍याए। चुट्दा–चुट्दा गरेर ‘सुन्दर फिड’का वीरबहादुर गुरुङ (वीरे) को खुट्टा भा“चे, अन्य कैयौंलाई अधिकतम सात महिनासम्म जेलजीवन यापन गर्न विवश तुल्याए तर एकजना दोषी पनि पत्ता लगाउन सकेनन्। अनुसन्धानको नाममा १६१ जना पक्राउ पर्नु, ती सबै निम्न मध्यमवर्गीय परिवारका सदस्य हुनु, कोही पनि दोषी प्रमाणित नहुनु, ‘अपराधी खोज्ने’ कार्यलाई पोखरामा मात्रै सिमित गर्नुले के अर्थ निकाल्छ? यसको एउटै मात्र अर्थ हुन्छ– जनता र राष्ट्रका आ“खामा छारो हाल्नु र वास्तविक अपराधीहरुलाई उम्कने मौका दिनु।
अपराधी को थिए त?
जुन दिन चूडामणिको लाश फेलापर्‍यो, त्यसै दिनदेखि अपराधीका संभावित नामबारे पोखराबाट गुपचूप चर्चा चल्न शुरु भयो। चर्चा डरका कारण सारा बारबन्देजलाई तोड्दै निमेषभरमै देशभर फैलियो। त्यतिबेला नेपालका बच्चा, बूढा, युवा, युवतीमात्र होइन, अञ्चल र जिल्लाका प्रशासकहरु समेतले नमीता–सुनीता काण्डको सूत्रधार ठहर गरेर आफ्नो दिमागको कुनै कुनामा दर्ता गरेका नामहरु यस्ता थिएअपराधी को थिए त?
जुन दिन चूडामणिको लाश फेलापर्‍यो, त्यसै दिनदेखि अपराधीका संभावित नामबारे पोखराबाट गुपचूप चर्चा चल्न शुरु भयो। चर्चा डरका कारण सारा बारबन्देजलाई तोड्दै निमेषभरमै देशभर फैलियो। त्यतिबेला नेपालका बच्चा, बूढा, युवा, युवतीमात्र होइन, अञ्चल र जिल्लाका प्रशासकहरु समेतले नमीता–सुनीता काण्डको सूत्रधार ठहर गरेर आफ्नो दिमागको कुनै कुनामा दर्ता गरेका नामहरु यस्ता थिए– तत्कालीन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहदेव, नीर शाह, उदयसमशेर जबरा र विनोदशंकर श्रेष्ठ।
गुप्तचरहरु गलेपछि
राजशाहीको छत्रछाया“मा मौलाएको गुप्तचर विभाग (बरफ बागस्थित हालको राष्ट्रिय अनुसन्धान विभाग) ले असारको दोस्रो साता आफ्ना प्रमुख चन्द्रबहादुर राई (स्व.) र डीएसपी (गोर्खा निवासी) चन्द्रध्वज गुरुङलाई पोखरा पठायो।
नमीता–सुनीता काण्डमा गुप्तचर विभागको भूमिकाबारे विविध व्यक्तिले विभिन्न कुरा बताएका छन्। तत्कालीन गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठका अनुसार, पोखरा आउ“दा चन्द्रध्वज गुरुङस“ग नीर शाह, उदयसमशेर र विनोदशंकरको फोटो थियो तर त्यसलाई प्रयोगमा ल्याइएन। यससम्बन्धमा त्यसबेलाका गुप्तचर प्रमुख विष्णुराज पन्त भन्नुहुन्छ– “हामीले प्रहरीलाई सहयोग गरेका हौं। आवश्यक पर्‍यो भने जस कसैको पनि फोटो उपलब्ध गराउन सकिन्छ।” नीराका काका रुद्रमणिले बताउनुभयो– “चन्द्रध्वजले महेन्द्र पुलको एउटा होटलमाथि लगेर मस“ग सीधै सोधपुछ गरेका थिए।” नीर शाहको भनाई यस्तो थियो– “गुप्तचर विभागका एक अफिसरले जम्मा एकपटक जेठ २४ को सेरोफेरोमा तपाईं कहा“ हुनुहुन्थ्यो भनेर सोधेका थिए।”
गुप्तचर विभागले ठूल्ठूला राजनीतिक योजनाहरु पत्ता लगाएर पञ्चायती सरकारलाई सघाउ पुर्‍याएको इतिहास जिउ“दै छ। ०४२ साल असारमा नारायणहिटी राजदरबारको गेट र सिंहदरबारस्थित राष्ट्रिय पञ्चायत भवनलगायत देशका केही भागमा बम बिष्फोटन भएको भोलिपल्टै त्यसस“ग सम्बद्ध भनिएका कैयन व्यक्तिलाई दूरदराज इलाकाबाट पक्रनमा गुप्तचर विभागले ‘सफलता’ पाएको थियो। सो काण्ड घट्नुभन्दा तीन महिनाअगाडि तत्कालीन भेरी अञ्चल प्रमुख कुमार उपाध्यायले विभागलाई सतर्क गराउ“दै रिपोर्ट पठाउनुभएको थियो। तीन महिनाअघि नै त्यत्रो बम काण्डको सुराक पाउने गुप्तचर विभागले नमीता–सुनीता काण्डको गहिरो छानबिन गर्न नसक्नु, गुप्तचर प्रमुखसमेत फोटो लिएर पोखरा घुम्नु तर वास्तविक अपराधीहरुलाई छुने हिम्मत नदेखाउनु, एउटा फाइलसम्म खडा नगर्नु, तीन महिनासम्म नाटकबाजी गरेर चूपचाप बस्नुले पनि उसको नियतमाथि शंका गर्ने प्रशस्त आधारहरु छाडेको छ।
सेट नै सरुवा
नमीता–सुनीता–चूडामणि हत्याकाण्डको तीन महिनापछि भदौमा अचानक कास्कीका सम्पूर्ण प्रशासकलाई फिर्ता बोलाइयो। तत्कालीन प्रजिअ पद्मराज सुवेदी (पछि उद्योग सचिव) ले बताउनुभयो– “म फर्ष्ट क्लासको प्रजिअ भए“। मेरो ठाउ“मा सेकेण्ड क्लासको प्रजिअ सूर्यबहादुर सेन ओली, जो त्यतिबेला कपिलवस्तुमा कार्यरत थिए, गए।” सा“ढे आठ वर्षसम्म अञ्चलाधीश पद सम्हालिसकेका गणेशमान श्रेष्ठका ठाउ“मा खड्गबहादुर जीसी (०६१ माघ १९ मा राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि नियुक्त स्थानीय विकास मन्त्री) गए। नालायकको बात लगाएर झिकाइएका हाकिमहरुका ठाउ“मा गएका ती ‘लायक’ महाशयहरुका पछिका क्रियाकलापबाटै बुझ्न सकिन्छ, उनीहरु वास्तवमै नमीता–सुनीता काण्ड पत्ता लगाउन गएका थिए वा वास्तविकता लुकाउन †
उत्तम पुनलाई आपत?
नमीता–सुनीता काण्डको चर्चा गर्दा उत्तम पुन (हाल नेपाल विकास बैंकका अध्यक्ष तथा टाइम्स अफ काठमाडौं साप्ताहिकका प्रकाशक) को नाम छुटाउनु स्वयं उनकै निम्ति पनि अन्यायपूर्ण काम हुन जानेछ। आजभन्दा सा“ढे चार दशकअघि म्याग्दीबाट झरेका नेपाल प्रहरीको भूपू इन्स्पेक्टरका आठ भाइ छोरामध्येका एक उत्तम पुनको आर्थिक स्थिति नमीता–सुनीता काण्डपछि एकदमै सुधि्रएको छ। निजको नाममा रहेको काठमाडौं, कान्तिपथस्थित विशाल कम्पाउण्डवाला यति ट्रेकिङ्ग, महङ्गो कार, ताहाचल (बाफल) को भव्य बङ्गलासहितको आजको शौखिन जिन्दगी र हिजोको म्याग्दीको सामान्य जिन्दगीको तुलना गर्दा भयानक अन्तर भेटिन्छ। ‘संसारको कुनचाहि“ मुलुकमा चुनावमा धा“धली हु“दैन?’ भन्ने उत्तम पुन ०३९ सालको स्थानीय पञ्चायती चुनावमा राघवलाल बैद्य, आनन्दराज मुल्मी (नेपाल उद्योग बाणिज्य महासंघका भूपू अध्यक्ष), श्रीप्रसाद गुरुङजस्ता हस्तीहरुलाई हराएर अप्रत्यासित रुपले पोखराको प्रधानपञ्च बनेका थिए। त्यसपछि उनी रापंस बने र सहायक मन्त्री पनि बने।
स्व. अधिराजकुमार बसुन्धरा शाहको पोखरा बैदाममा जनआस्थाकी स्तम्भकार बारबरा एडम्सले नाम जुराएको भव्य ‘फिसटेल’ होटल छ। ०३७–३८ तिर धीरेन्द्रको त्यस होटलमा खूब आतेजाते हुने गर्थ्यो। गर्वका साथ ४२ सय कार्यकर्ता आफ्नो साथ रहेको दाबी गर्ने दुस्साहसी उत्तम पुन धीरेन्द्रलाई केटी पुर्‍याउन त्यहा“ गइरहन्थे। अथवा यसो भनौं, का. रोहितले भन्नुभएझैं धीरेन्द्र भक्तपुरका जनताको निम्ति ‘अलाद्विनको चिराग’ थिए भने पोखरामा उत्तम पुन धीरेन्द्रको लागि। ‘फिसटेल’का तत्कालीन वेटरद्वय दिलबहादुर पुन (म्याग्दी) र नन्दप्रसाद बराल (बैदाम) जो लागूपदार्थको कारोबारी पनि थिए र ०४७ भदौमा गृहमन्त्री योगप्रसाद उपाध्यायको कृपाले चौखण्डीअन्तर्गत कास्की कारागारबाट रिहा भए, लाई उत्तम पुन र धीरेन्द्रको दोस्तीबारे बताउन कुनै हिच्किचाहट छैन। ‘धीरेन्द्रस“ग कत्तिको भेटघाट चल्थ्यो?’ उत्तम भन्छन्– “म उहा“बाट कहिल्यै सञ्चालित भइन तर नेपाल गल्फ क्लबको सदस्यका हैसियतमा भेट भने भैरहन्थ्यो।” यसै प्रसङ्गमा उत्तम पुनमाथि लागेको क्रिस्ती गाउ“को डा“का मुद्दा र मूर्तिचोरी मुद्दा फासफुस भएको कुरालाई धीरेन्द्रस“गको दोस्तीको फल भन्छन् कास्कीबासीहरु। भनिन्छ, क्षेत्रीय अदालत, पार्दीमा कार्यरत टाइपिष्ट कृष्णकुमारी बानिया“, रेयूकाईकी पूर्व केन्द्रीय अध्यक्ष शोभा जोशी र सिम्पानीकी एक महिला प्रहरीलाई धीरेन्द्र र उत्तमको दोस्तीबारे धेरै कुरा थाहा छ।
कुन चा“जो नमिलेर हो, असारको एकदिन उत्तमलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राख्यो, कुटपिट गर्‍यो र नमीता–सुनीता काण्डबारे सोधपुछ गर्‍यो। तीन दिनपछि किन हो कुन्नि त्यत्तिकै छाडिदियो। स्मरणीय छ, उक्त काण्डका अनुसन्धान अधिकृत बाबुराम पुन र उत्तम पुन दुबैको गृहजिल्ला एउटै, अर्थात् म्याग्दी हो। र, यसअघि भैरहवा र पोखरामा गरी उत्तमले तीनचोटि हिरासत यात्रा गरिसकेको थियो।
शङ्काको घेरा नं. –१
० नमीता–सुनीता काण्डमा तपाईंको नाम किन मुछियो?
– थाहा छैन।
० हल्ला चलेपछि खण्डन गर्नुभएन त †
– गरिन, किन गर्ने?
० पोखराको क्रिष्टल होटलमा ०३८ जेठ १९ देखि हुनुहुन्थ्यो नि, हैन?
– हैन, थाहा छैन।
० उदय समशेरस“ग चिनाजानी छ कि छैन?
– छ, उनको घर र हाम्रो होटल स“गस“गै छ नि †
० त्यस काण्डमा ठूलै मान्छेको हात छ रे हो?
– थाहा छैन।
० तपाईंलाई आवारा स्वभाव भएको कारणले बाबुले तीन महिनासम्म घरमा बस्न नदिएको, खर्च कटौति गरेको होइन?
–हैन। कहा“ हुनु †
०४७ साल मंसीर २८ गते ३० र ४० बीचको उमेर भएका चारतारे शंकर होटल (यो त्यही होटल हो, जहा“ ०६० बैशाख १४ गते राजा ज्ञानेन्द्रले आफ्ना पहिलेदेखिका विश्वासपात्र नारायणसिंह पुन, रमेशनाथ पाण्डे र बद्रीप्रसाद मण्डललाई माओवादीस“ग वार्ता गर्न पठाएका थिए) का मालिक विनोदशंकर श्रेष्ठस“ग गरिएको यो रोचक टेपवार्ता हो। कुराकानीका दौरान उनको मुड खराब थियो।
यहा“नेर एउटा कुरा उल्लेख गर्नु एकदम जरुरी छ। त्यो के भने रापंको अधिवेशन चलिरहेको बेला असार २१ गतेको ‘शून्य समय’मा रापंस नानीमैया“ दाहालले राजाद्वारा मनोनित एकजना रापंसतर्फ इङ्गित गर्दै ‘यो हत्याराको बाबु हो, यस्तालाई रापंमा ल्याउन कसले सिफारिश गर्‍यो?’ भन्नुभएको थियो। इङ्गित गरिएका ती व्यक्ति रामशंकर श्रेष्ठ (स्व.) थिए। विनोदशंकर उनैका छोरा हुन्।
शङ्काको घेरा नं. –२
० तपाईं त्यतिबेला के पेशामा हुनुहुन्थ्यो?
– कान्तिपथमा हाम्रो एउटा पार्टनरशीपवाला फर्म थियो। त्यसले ठेक्कापट्टा र व्यापारको काम गर्थ्यो।
० घटना घट्दा कहा“ हुनुहुन्थ्यो नि †
– सार्वजनिक तवरले हामी ‘स्मृतिको पर्खालभित्र’ नामक नाटक प्रदर्शन गरिरहेका थियौं काठमाडौंमा।
० तपाईंको नाम कसरी मुछियो त †
– शाही नेपाल चलचित्र संस्थानमा नियुक्त हुनेमध्ये मेरो नाम पनि चर्चामा थियो। यसर्थ मलाई त्यहा“ जान नदिन इर्ष्यालूहरुले नाम मुछिदिएको हुनसक्छ।
० खण्डन नआउनुको कारण?
– त्यो घटना गम्भीर प्रकारको हु“दाहु“दै पनि मेरो नाम मुछिएकोमा मैले चिन्तित हुनुपर्ने कारणै थिएन। किनभने म त्यसमा संलग्न थिइन“। त्यसमाथि मैले जान्ने भएर खण्डन गर्दा उल्टै नराम्रो शंका उत्पन्न हुन सक्थ्यो।
० पोखरामा १६१ जना निर्दोष व्यक्तिहरु गिरफ्तार हुनु तर तपाईं मुछिएको व्यक्तिचाहि“ अछुतो रहनुको पछाडि के कारण हुनसक्छ? यसमा कतै राजदरबारस“गको नाताको त भूमिका छैन?
– एकजना गुप्तचर आएर त्यो बेला तपाईं कहा“ हुनुहुन्थ्यो भनेर सोधेका हुन्। यसबाहेक अरु केही भएन। किन ममाथि अरु बढी अनुसन्धान भएन भनेर त मैले बताउने कुरा आएन। राजपरिवारस“गको सम्बन्धबाट मैले कहिल्यै अनुचित फाइदा उठाएको छैन।
० उदयसमशेर, विनोदशंकर र धीरेन्द्रस“ग कस्तो सम्बन्ध थियो?
– धीरेन्द्र मेरा राम्रा साथीमध्येमा पर्नुहुन्छ। उदयसमशेर, विनोदशंकरलाई चिन्दछु, म अरु होटलसरह शंकर होटल पनि जान्थें।
० विनोदशंकरहरु आवारा थिए रे नि † यहा“को टिप्पणी?
– टिप्पणी गर्न तथ्य फेला पर्नुपर्छ। त्यस्तो तथ्य मस“ग छैन तर पनि सामान्यतः अहिलेका युवाहरुमा देखिने प्रवृत्ति त्यसबेला उहा“हरुमा नभएको हैन। बाहिर घुम्न जाने काम पनि हुन्थ्यो नै †
० नमीता–सुनीता–नीरा कसैस“ग तपाईंको चिनाजानी थियो वा थिएन? घर आतेजाते नि †
– अह“, पटक्कै थिएन।
(नेपाल टेलिभिजनको सिंहदरबारस्थित केन्द्रीय कार्यालयमा पत्रकार विजयकुमार पाण्डेका सामु ०४७ सालमै गरिएको टेपवार्ताको अंश हो यो। तर, हामीलाई उहा“का कतिपय कुरामा विश्वास लागेन। यही विषयमा हामीले थप अनुसन्धान गर्‍यौं र तीन दिनपछि नीर शाहस“ग पुनः कुराकानी गर्‍यौं।)
‘तपाईं एकचोटि नीरा पराजुलीको घर जानुभएको थियो, हो?’ “अ“, गएको थिए“। मस“ग फिल्म निर्देशक प्रेम बस्नेत पनि हुनुहुन्थ्यो। हामी त्यहा“ तास खेल्न गएका थियौं।”
यस विषयमा हामीले उदयसमशेरस“ग कुरा गर्न चाहेका थियौं। तर, उहा“ केही दिनयतादेखि देशभित्र नरहनुभएकाले सम्पर्क हुन सकेन। उहा“ श्री ५ बडामहारानी कोमलका भाइ हुनुहुन्छ।
स्व. अधिराजकुमार धीरेन्द्र त्यतिबेला आफ्नो शाही पद्वी त्यागेर बेलायत प्रवासमा गइसक्नुभएको हु“दा उहा“स“ग कुरा हुन पाएन। तर, १६ वर्षसम्म उहा“को अङ्गरक्षक रहेका लेºिटनेन्ट कर्णेल भरत गुरुङस“ग हामीले त्यतिबेलै नख्खू कारागारमा भेट गरेका थियौं। उनको स्पष्टोक्ति थियो – “कुनचाहि“ राणा वा शाह परिवारका सदस्यको चरीत्र बेदाग होला र † मेरा मालिक पनि बेदाग छन् भन्न म सक्दिन। पोखरा जाने गरेको कुरा सा“चो हो।”
अरु को–को आशङ्कित?
राजु राणा– वीरगञ्ज (१६, श्रीपुर पद्मरोड) निवासी भूपू कर्णेल ढुण्डीराज समशेर जबराका जेठा छोरा २७ वर्षीय राजु राणा भन्ने हंशसमशेर राणा पनि त्यस काण्डमा संलग्न थिए भन्ने चर्चा छ। राजदरबारभित्रको बटालियनबाट मकवानपुर सुपारीटार सरुवा गरिएका क्याप्टेन राणा नमीता–सुनीता हत्याकाण्डताका पोखरा पुगेका थिए र पछि उनलाई भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालयमा सरुवा गरियो भन्ने कुरा अन्वेषण क्रममा सुन्नमा आयो। पश्चिमाञ्चलका पुराना गुप्तचर प्रमुख कुमार उपाध्यायले आफू जिल्ला तहमा कार्यरत छ“दा चलेको एउटा हल्ला सुनाउनुभयो। त्यो पोखरा ब्यारेकका कर्णेलको संलनग्तासम्बन्धी हल्ला थियो। ०३८ सालमा त्यहा“ कुनचाहि“ गण कार्यरत थियो र कर्णेल को थिए? भनी प्रश्न गर्दा कामु मेजर मोहनबहादुर बस्नेतले यकिनका साथ बताउन असमर्थता प्रकट गर्नुभयो।
कागजातहरु कता?
नमीता–सुनीता–चूडामणिको हत्याकाण्डसम्बन्धी सरकारी कागजातहरु अहिले सम्बन्धित कुनै पनि निकायमा छैनन्। अन्तरिम कालका गृहमन्त्री, गृहसचिवलगायत मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुस“ग कागजात उपलब्ध गराइदिन हामीले अनुरोध गरेका थियौं। तद्अनुरुप उपसचिव तथा हालका पनि प्रवक्ता गोपेन्द्रबहादुर पाण्डे तथा रेकर्ड शाखाका प्रमुख रामानन्द बैद्यलाई कागजपत्र खोजिदिन आदेश जारी भएको थियो। उहा“हरुले हप्तौं लगाएर खोज्नु पनि भयो तर कागजात गायब थियो। यतिमात्र हैन, दुई साता लगाताररुपमा गण्डकी अञ्चल अस्पतालमा पोष्टमार्टम रिपोर्ट खोजियो। रेकर्डमा ०३८ बैशाखपछि एकैचोटि भदौका रिपोर्टहरु फेला परे। नमीता–सुनीता र चूडामणिको रिपोर्ट भने त्यहा“ थिएन। यही हालत डीएसपी कार्यालय र जिल्ला अदालतको पनि थियो। कागजपत्र कसले गायब गर्‍यो, कसैस“ग जवाफ थिएन। (खुशीको कुरा, वर्षौंको खोजपछि ०६२ चैत्र पहिलो साता यस लेखकले नमीता–सुनीता हत्याकाण्डसम्बन्धी सम्पूर्ण कागजात राजधानीस्थित एउटा महत्वपूर्ण सुरक्षा निकायबाट फेला पार्न सकेको छ।)
०३८ सालमै प्रहरीले रुद्रमणिका १३ वर्षीय छोरा भुवनलाई नमीता–सुनीता र नीरालाई २३ गते (शुक्रबार) सम्म पोखरा घुमाएको बयान दिन कर गर्‍यो। इन्स्पेक्टर बाबुराम पुनले टीकादेवीको घरमा गएर लोग्नेले आत्महत्या गरेको कुरा कबूल गरेको खण्डमा रु. दश हजार दिने लोभ देखाए। यी सब चालबाजीका पछि के कारण हुन सक्थ्यो? सहजै अनुमान गर्न सकिने कुरा हो।
पोखरा अपराधीहरुको शरणस्थली हो। त्यहा“ थरिथरिका अपराधिक घटनाहरु घट्छन् र सुल्भि्कन्छन् पनि। आर्थिक वर्ष ०४४/४५ को जिप्रका, कास्कीको रिपोर्ट हेर्दा यो कुरा बडो राम्रोस“ग प्रष्ट हुन्छ। त्यसै आर्थिक वर्षमा जम्मा १ सय २२ वटा अपराधहरु दर्ता भएका थिए। जसमध्ये प्रहरीले एउटाबाहेक जम्मैजसो अर्थात् १ सय २१ वटा गुत्थी सुल्झायो। सुल्भि्कएकामा आत्महत्या १०, हत्या ४, ज्यान मार्ने उद्योग २, चोरी १८, बलात्कार १, जुवा ९ र लागूपदार्थसम्बन्धी २१ वटा अपराध थिए। भवितव्य परेर सुल्झन नसकेको एउटा अपराधलगायत अन्यचाहि“ सामान्य खालका थिए। जबकि एक वर्षअघि ०४३/४४ को आर्थिक वर्षमा १ सय ४१ वटा अपराध दर्ता हु“दा आत्महत्या ७, हत्या २, ज्यान मार्ने उद्योग ५, चोरी २०, बलात्कार २, जुवा २ र लागूऔषधसम्बन्धी २० वटा अपराध सामेल थिए।
यतिमात्र हैन, भदौमा जुन दिन अञ्चलाधीशलगायतका प्रशासकहरु फिर्ता बोलाइए, त्यसको अघिल्लो दिन अधिराजकुमारी शान्ती सिंह र कुमार दीपक पोखरा पुगेका थिए। स्याङ्जाको मालुङ्गोस्थित कुष्ठरोग केन्द्र जान लागेकी अधिराजकुमारीस“गै अञ्चलाधीशको पनि त्यता जाने कार्यक्रम थियो।
बाढीमा बगाइएको बोरा
प्रहरी प्रमुख दुर्लभकुमार थापाले कसैको पनि सरुवा नहुने पत्र–पत्रिकामार्फत् दावी गरिरहेका बेला कपिलवस्तुबाट कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएका सूर्यबहादुर सेन ओलीका डायरीमा लिपीबद्ध घटनाक्रमहरु नमीता–सुनिता–नीरा–चूडामणि हत्याकाण्डका सम्बन्धमा थप चाखलाग्दा हुनसक्छन्।
नया“ जिम्मेवारीमा बहाली हुन पुगेका ओलीको त्यसको भोलिपल्टै, अर्थात् ०३८ भदौ १८ गते बिहान एउटा उदेकलाग्दो पात्रस“ग जम्काभेट हुनपुगेको थियो। साविकका प्रजिअ पद्मराज सुवेदीस“ग विन्ध्यवासिनी भगवतीको दर्शन गरी फर्कंदा सोही मन्दिरको काखैमा घर हुने प्यान्ट–सर्ट लगाएका रुद्रनाथ नामक पूजारीले ठट्टा गर्‍यो– ‘ती रा“डीहरु मर्दा के? तिनले गर्दा हाम्रा सुवेदी सीडीओ सा’बको सरुवा भयो।’ यसअघि काठमाडौंमा भएको एक संक्ष्ँिप्त भेटमा श्री ५ का प्रमुख सचिवले ओलीलाई खुसुक्क भनेका थिए– ‘विन्ध्यवासिनीको पूजारी कामुक छ रे, होश गर्नु है †’ दरबारका सचिवको सङ्केत र त्यसदिनको पूजारीको तल्लोस्तरको बकबास नै उसलाई शङ्काको घेरामा राख्नको निम्ति पर्याप्त कारण थियो। त्यसैबेलादेखि ओलीले नमीता–सुनीता हत्याकाण्डमा उसको संलग्नतासम्बन्धी अनुसन्धान शुरु गरे। तर, त्यसको परिणाम के–कस्तो आयो, सो भने थाहा हुन सकेन। बरु, सेनका कोशिशहरुमा अडङ्गा लाग्ने क्रम भने त्यहींबाट प्रारम्भ भए। भदौ ३१ गते उनले पोखराको जनजीवनमा भिजेका त्यहींका बासिन्दा रामप्रसाद (खरदार) लाई उनी कार्यरत चितवन मालपोतबाट सरुवा गराएर ल्याउन अनेक बिन्तीभाउ गर्दा मन्त्रालयले कुनै टेरपुच्छर लगाएन। रामप्रसाद पोखरा आइदिए घटनाको अनुसन्धानमा सहयोगप्राप्त हुने उनको अपेक्ष्ँालाई यसरी प्रारम्भमै निमोठ्ने काम भयो। असोज ४ गते दिउ“सो ३ः३० बजे सेती–त्रिवेणी नजिक अलिकति माथितिर खोलामा दुई ठूला ढुङ्गाको कापमा बोरामा हालिराखेको एउटा पुरानो लाश भेटिएको सूचना कसैले ल्याइपुर्‍यायो उनकोमा। त्यतिबेला बाबुराम पुनलाई बद्ली गर्न भर्खरै पोखरा पुगेका थिए, हालका अतिरिक्त महानिरीक्ष्ँक ओमविक्रम राणा। सीडियो ओलीले उनलाई तुरुन्त लाश उठाएर पोष्टमार्टमका निम्ति अस्पताल पुर्‍याउन आदेश दिए। भोलिपल्ट बिहान ११ बजेसम्म पनि प्रहरीको तर्फबाट कुनै रिपोर्ट प्राप्त हुन नआएपछि उनी आफैं जिल्ला प्रहरी कार्यालय गए, र इन्सपेक्टर राणासहित १३ जना प्रहरीको डङ्खफा लिएर र्‍यालेचौर जाने भीरको बाटो हु“दै कालीखोला झरे। त्यहा“ खोलाको तीरमा बोरामा हाली मुख बा“धिएको अवस्थाको पुरानो लाश भेटियो। त्यसदिनको सम्झना गर्दै ओली भन्छन्– ‘जनसम्पर्क अधिकारी मुकुन्दकेशरी पाण्डेले असोज १ गते नै लाश भेटिएको खबर पाएका रहेछन् र भोलिपल्ट बिहान प्रहरी इन्स्पेक्टर, सब इन्स्पेक्टरस“गै आफू गएर लाश हेरेका रहेछन्। फुटेको बोराबाट देखिएर निस्किएको लाशको तल्लो हर, जा“घका हाडहरु, एउटा खुट्टा र करङ्ग भएको, मासु माटो र बोरामा टा“स्सिइसकेको अवस्थाको लाश देखेछन्। बोरा खोली धोईपखाली हेरेछन्। त्यसरी हेर्दा लाश आइमाईको भन्ने यकिन गरेछन्। लाश कुर्ने र पोष्टमार्टम गराउने कुरालाई बेकार सम्झेर फर्किएछन्।’ आफ्नो आदेश पालना नभएकोमा आगो भएका ओली अगाडि भन्छन्– ‘किन हिजै लाश उठाइएन र जा“च गराइएन? यससम्बन्धमा मलाई प्रहरी इन्स्पेक्टरमाथि शंका लाग्यो। गत राती खोलामा बाढी आएछ र लाश छ भन्ने थाहा पाएपछि प्रमाण गुमाउन खोज्ने गिरोहमध्ये कसैले राती वा कुनै बेला बाढीमा लाश बगाइदिएछ। मैले भनेकै बेला तदारुकता देखाएर प्रहरीले लाश उठाएको भए निश्चय नै एउटा प्रमाण मेटिने थिएन। त्यही पनि मैले बगरबाट पाइएसम्मको हाडखोर बटुल्न लगाए“। संयोगबस् बालुवामा पुरिएका दुई टुक्रा मासुका डल्ला, दुईवटा करङ्ग, कम्मर–जोर्नीको एउटा हाड फेला पर्‍यो। तिनलाई हात हातमा लिएर फर्किए“। इन्स्पेक्टर ओमविक्रम राणालाई मेरै गाडीमा राखी अस्पताल पुर्‍याएर तपाईं पनि राणा नै भएकोले डा. कुमारसमशेरबाट लाश जा“च गराउन सजिलो होला, बस्नुस्, तपाईंले २ गते लाश देख्नुभएको थियो, त्यसको समेत आधारमा लाश जा“च गराई प्रतिवेदन लिएर आउनुहोला भनी हस्पिटलमा छाडेर फर्किए“।’
फोनमा सा“झ इन्स्पेक्टरले बताए– ‘लाश महिलाको हो, बयस्क महिलाको। सग्लो लाश फेला नपरेको हु“दा उमेर र मृत्युको कारण अनुमान गर्न सकिएन।’
ओली– लाश कति पुरानो रहेछ?
राणा– कुरैकुरामा ५ महिनाजति पुरानो हुनुपर्छ भन्थे डाक्टरले।
सबै सन्दर्भ र संयोग जुराउ“दा उक्त लाश नीरा पराजुलीको हुनुपर्ने ठहरमा पुगे प्रजिअ ओली। सोहीअनुसार उनले आफ्नो तालुक अड्डा गृहमन्त्रालयमा जानकारी दिए। अरु एकहप्ता यस विषयमा सोधखोज गर्दा उमेर पुगेको अरु कुनै महिला यसबीच मारिए या हराएको बुझिन आएन। यसले गर्दा पनि उनको ठहर सत्यको नजिक पुगेको देखियो। उनले त्यस सा“झ आफ्नो डायरीमा लेखे– ‘एउटा बाख्रो चितुवाले मारेको त गाउ“भर थाहा हुन्छ भने काठमाडौंबाट गएका युवतीहरु मारिनु, हत्यारा पत्ता नलाग्नु, बोराको लाश १ गते देखेर ४ गतेसम्म पनि प्रशासनमा जाहेर नगर्नु, ४ गते नै लाश ल्याई पोष्टमार्टम नगराउनु, सोही राती सो लाश हराउनुबाट अत्यन्त ठूलो र प्रभावशाली गिरोहबाट यो हत्या भएको स्पष्ट हुन्छ। धेरैजसो पुराना अनुसन्धानकर्ता त सरुवा भइसके, एउटा जनसम्पर्क अधिकृत पाण्डे छन्, उनी र प्रहरी इन्स्पेक्टर पनि प्रभावमा परी ४ गते बोराको लाशको संरक्षण गरेनन्। यसबाट पनि यो गिरोह पोखरामा अझै सक्रिय छ भन्ने लाग्यो।’
ओलीको डायरीमा अगाडि लेखिएको छ– खोसिएका डीआइजी १५ गते बिहीबार पोखरा आएर सोझै जिल्ला प्रहरी कार्यालयमा गई भीमबहादुर तामाङ्गको हत्याबारेको मिसिल हेरेछन्। नमीता–सुनीताको हत्यातर्फ कति प्रगति भयो, के–कसरी अनुसन्धान हु“दैछजस्ता कुराहरु सोधेछन्। आजै जिल्ला बन अधिकृत (डीएफओ) लाई सम्पर्क गरे“। उनले भने– ‘पर्सि बिहान भेट्छु। नमीता–सुनीता–चूडामणि तीनैजनाबारे केही न केही खबर ल्याउ“छु।’
पोखरा हत्याकाण्डताका गृहसचिव थिए हाल भारतका निम्ति शाही नेपाली राजदूत कर्णध्वज अधिकारी। उक्त काण्डको केही समयपछि निजलाई पुरस्कारस्वरुप अर्थ मन्त्रालयमा लगियो। उनको ठाउ“मा आए विष्णुप्रताप शाह। शाहले १७ गते अञ्चलाधीशमार्फत प्रजिअ ओलीलाई काठमाडौं आउन आदेश दिए। भोलिपल्ट राजधानीतर्फ प्रस्थान गर्नुअगाडि उनले पोखरा हत्याकाण्डबारे दिनभर र राती पनि यथासम्भव सूचना सङ्कलन गर्दै रहे। यसक्रममा सहायक अञ्चलाधीश दामोदर उपाध्याय (हाल दिवंगत, घर काठमाडौं, कमलपोखरी) ले भनेका रहेछन्– ‘के–कसको आदेश, निर्देशनमा हो, समयमै प्रहरीले हत्यारा पत्ता लगाउन सकेन। दबाउन नै खोजेको छ भन्ने जनसाधारणसमेतको मनमा परेको छ। हामी यस केसमा सफल हुनसक्ने अवस्था छैन।’
चिताइनसक्नुका चिकित्सक
आउ“छु भनेको समयमा डीएफओ आइदिएनन्। प्रहरीबाट लाश बरामद, अर्थात् मौका तहकिकात गर्दा खडा गरिएको लाशको प्रकृति मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन पनि बाझिएको देखियो। प्रहरीको प्रकृति मुचुल्कामा नमीताको योनीबाट रगत निस्किएको, च्यातिएको जनाइएको छ भने पोष्टमार्टमले माछाले नै खाएको भन्छ। माछाले नै खाएको भन्ने कुरा डाक्टरलाई कसरी थाहा भयो? माछाले खाएको भए मृत्युपछि खाएको हुनुपर्छ। मृत्युपछि खाएकोमा रगत आउ“दैन। चूडामणिको प्रकृति मुचुल्कामा काखीमुनि एकातिर ५ पैसा छिर्ने प्वाल, अर्कोतर्फ लोटा छिर्ने भ्वाङ भनिएको छ। जब कि, पोष्टमार्टमले गिद्धले खाएर बनेको घाऊ भन्ने ठोकुवा गरेको छ। गिद्धले नै खाएको भनेर डाक्टरले कसरी भेऊ पायो? त्यसो हो भने त शरीरको अन्य भाग पनि गिद्धले नै खोसलेको हुनुपर्ने, त्यस्तो त केही छैन † चूडामणिकी स्वास्नीलाई प्रहरीले चूप लाग्यौ भने आवश्यक धन पाउ“छ्यौ भनी आश्वासन दिएको छ। घटनासम्बन्धी चासो राख्ने भद्र–भलाद्मीलाई दुःख दिईएको छ। शहर–बजार, गाउ“–घरमा गुण्डागर्दी नियन्त्रण नगरी आतङ्क मच्चाइएको छ, यसबाट प्रहरी र प्रशासनले घटनालाई दबाउन खोजेको प्रष्ट हुन्छ। दशी प्रमाणहरु दबाउन, बिगार्न र फुस्सा पार्न प्रहरीले शुरुदेखि नै कोशिश गरेको देखिन्छ। अञ्चलाधीश गणेशमान श्रेष्ठ, डीआइजी चन्द्रवीर राई, डा.कुमारसमशेर राणा, जनसम्पर्क अधिकृत मुकुन्दकेशरी पाण्डे र शाही सेनाका कर्णेल छत्रविक्रम शाहलाई यस हत्याकाण्डबारे पक्कै जानकारी रहेको हुनुपर्छ– यस्तै–यस्तै तर्कनामा ओलीले त्यो रात बिताए। पछि उनले उल्टोपाल्टो रिपोर्ट दिएको आशङ्कामा डाक्टरलाई सरुवा गराउन खोजे। रुद्रसमशेरका नाति तथा धैर्य समशेरका छोरा कुमार समशेरलाई हटाउने उनको कोशिश पनि चितवनबाट मालका खरदार रामप्रसादलाई कास्की झिकाउने प्रयत्नजसरी नै बीचैमा तुहियो। बरु, कालान्तरमा डाक्टर आफैंले राजीनामा दिएर पोखरामै निजी क्लिनिक खोली बसे। अंग्रेजी भाषामा राम्रो दखल भएका सप्तरी निवासी जनसम्पर्क अधिकृत मुकुन्दकेशरी पाण्डेमा त्यहींदेखि डिप्रेसन बढ्दै गयो र उनी ०४२ सालमा गयलखाली भएर जागिरबाट बिदा भए। पोखराका तत्कालिन कर्णेल छत्रबिक्रम शाह सेनाको सेकेण्डम्यानको तहसम्म पुग्न सफल भए। संयोगको कुरा, शाही सरकारले उनलाई पोहोर पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा नियुक्त गरेको छ। र, उनको कार्यालय पनि पोखरामै रहेको छ।
काठमाडौंबाट फर्किएर ओली असोज ३० गते सा“झ ६ बजे डीएफओ ललितमान शाक्यको घर गए। उनीस“ग शाक्यको माग थियो– ‘म आफैं त हत्याबारे पूरा कुरा जान्दिन“, जान्ने मान्छे बाहिर छ। लिन पठाउनुपर्छ। बाटो खर्च चाहिन्छ।’ ओलीले तत्काल बाटो खर्च भनी गोजीबाट निकालेर ५ सय रुपिया“ शाक्यलाई हस्तान्तरण गरे। खुशी हु“दै शाक्यले भनेका थिए– ‘हत्याकाण्डको रहश्य चा“डै खुल्छ। मैले खास मान्छे पत्ता लगाइसकें।’
त्यसको २२ दिनपछि बिहान ८ः३० बजेतिरको कुरा हो, शाक्यको घरमा एउटी महिला ओलीका सामु उपस्थित थिइन्। उनले भन्दै गइन्– ‘असार ५ गते सा“झ भोल्गाजस्तो रसियन जीपमा राखी सेनाले बन्दूक तालिम गर्ने ठाउ“मुनी लगी चूडामणिलाई गोली हानेर सेती नदीमा फालेका हुन्। त्यसरी गोली हान्ने ४ जनामध्ये हवल्दार कृष्णबहादुरलाई चिन्दछु, अरुलाई चिन्दिन“। अरु कुरा कृष्णबहादुरबाटै खुलोस्।’ तर, जति खोज्दा पनि हवल्दार कृष्णबहादुर फेला परेनन्। यसैबीच नमीता–सुनीता हत्याकाण्डस“ग सम्बन्धित भनी आशङ्का गरिएका एकजना मेजरको पोखराबाट वीरगञ्जतिर सरुवा भयो। राणा थरका ती मेजरको विस्तृत विवरण भने सेनाले सीडीओलाई उपलब्ध गराउन चाहेन।
सबै कुरा सीधै प्यालेस
रात्रिबस चढी त्यसको भोलिपल्ट बिहानै ७ः३० बजे डीएफओलाई लिएर सीडीओ काठमाडौं पुगे। सीडीओ नेपाल लजमा बसे भने शाक्यचाहि“ आफन्तहरुको घरतिर लागे। ओलीका अनुसार, १० बजे मन्त्रालयमा उनको सचिवस“ग भेट भयो। डीएफओ पनि आफूस“गै आएको र निजलाई हत्याबारे जानकारी रहेको बताउ“दै उनले हत्यारा पत्ता लगाउने काममा साथ दिए आफूले हरप्रकारको सहयोग गर्ने बचन शाक्यलाई दिन त्यस अवसरमा सचिवसमक्ष आग्रह गरेका थिए। सोही आग्रहअनुसार २४ गते १० बजे शाक्यलाई आफ्नो घरमा ल्याउन सचिव विष्णुप्रतापले अह्राए। निर्धारित समयमा सचिव र शाक्यबीच कुराकानी भयो। ओलीस“ग अझै पनि उक्त भेटघाटको सम्झना ताजै छ। उनी भन्छन्– ‘चूडामणिलाई प्रहरीले जीपमा राखी लगेको, दिनभरि आफूस“ग राखी सा“झ गाडीमै सेनाले तारो हान्ने चौरको ढिकमा लगेर गोली हानी नदीमा फ्या“केको कुरा सत्य हो भनी शाक्यले सचिवज्यूसमक्ष इतिबृत्तान्त सुनाएका थिए।’ ओलीका अनुसार, सचिवले धैर्यपूर्वक शाक्यको कुरा सुन्नुभयो र भन्नुभयो– ‘राम्रोस“ग बुझ्दै जानुस्। काम गर्नेलाई कदर गर्नेछौं। यो सबै कुरा प्यालेसमा पुग्छ। अन्त खुल्ने छैन।’
समय मिलाएर गएको भएपनि २५ गते बिहान ८ बजे बालुवाटारमा प्रजिअ ओलीले प्रधानमन्त्रीस“ग कुरा गर्न पाएनन्। उनलाई २७ गते आउनु भनी फर्काइयो। त्यतैबाट उनी दरबारका प्रमुख सचिव रञ्जनराज खनालकहा“ पसे। नमीता–सुनीता–नीरा–चूडामणिको हत्याकाण्डसम्बन्धी अनुसन्धानमा भएको प्रगति विवरण सुनाउ“दै उनले खनाललाई बताए– ‘डीएफओलाई लिई आएको, गृहसचिवस“ग उहा“को भेट गराइसके“। प्रधानमन्त्रीलाई भेटेपछि फर्कन्छु।’ रिपोर्टिङ्गको प्रतिउत्तर भने आङ्गै सिरिङ्ग पार्नेखालको थियो। प्रमुख सचिवले त्यसबेला सल्लाहको शैलीमा भनेका थिए– ‘सतर्क हुनु, हत्याराले तपाईंलाई मारिदेला। एकजनालाई मार्नेले अरुलाई पनि सिध्याउन के बेर † मार्ला है, मार्ला, बच्नुस् †’ २६ गते बिदा हुने सन्दर्भमा उनी गृहमन्त्री र गृहसचिवकोमा गए। धेरैबेर कुरा भयो। तर, यसपटक भने पहिलेझैं गृहसचिवको प्रस्तुति उत्साह र हौसला बढाउनेखालको थिएन। ओली भन्छन्– ‘त्यसबेलाका प्रहरी र जिम्मेवार अफिसरहरु हत्यारास“ग मिलेको भन्ने कुरा डीएफओबाट पेश भएपछि उहा“को बिचारमा केही बद्लाव आयो कि †’ २८ गते बिहानै प्रधानमन्त्रीले उनलाई समय दिए। स्वभाविकै रुपमा हत्याकाण्डबारे प्रसङ्ग छेडिए– ‘खोज्नुस्, सकेसम्म पत्ता लगाउनुस्। केही परे मलाई खबर गर्नुस्।’ भन्न त प्रधानमन्त्रीले यतिसम्म भने, तर ओलीलाई यो कुरा पनि भित्री मनदेखि भनिएजस्तो लागेन। यो यात्राले उनको मनमा द्विविधामात्र सिर्जना गर्‍यो– ‘के नेपालका ठालुहरु हत्यारा पत्ता लगाउन चाह“दैनन्?’
मंसीर १० गते दरबारले नारायणी अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गलाई हत्याको ‘अनुसन्धानमा मद्दत पुर्‍याउन’ गण्डकी पठायो। भोलिपल्ट दिउ“सो ३ बजेदेखि नारायणी अञ्चलाधीशको टोलीले गण्डकीका सुरक्ष्ँाफौजलाई अघिपछि लगाएर पृथ्वीनारायण क्याम्पस मुनीका खरबारी, खोल्सा–खोल्सी, बयरघारी र तुलसी बनमा ‘केटीहरु यहा“ आए होलान्, केटाहरुले यो घारीमा, त्यो कुनामा केटीहरुलाई बलात्कार गरे होलान्, त्यो पुलबाट हि“डे होलान्, पुलबाट आउ“दा वा जा“दा चूडामणिले देखे होलान्, तब उनलाई पनि मारिदिए होलान्’ जस्ता अनुमानका कुरा गर्दै हि“ड्यो। र, राती ड्रागन होटलमा रमझम गरेर आफ्नो कर्तव्य निर्वाह गर्‍यो।
ओलीलाई फोनमार्फत् गाली
फागुन २६ गते बिहान ६ बजे प्रजिअ ओलीलाई कुनै वयस्क आवाज भएको व्यक्तिले फौजीपाराले फोन गर्‍यो र कल्पनासम्म नगरेको शैलीमा धम्क्यायो। कहा“बाट, को बोलेको भन्ने परिचय नखुलाइकन उसले प्रजिअलाई थर्काइरहेको थियो।
अपरिचित– सीडीओ हो?
प्रजिअ– हो, म सीडीओ बोल्दैछु।
अपरिचित– ए त“ सीडीओ † फूर्ति नगर् है तैंले † जे गरिस्, यत्तिमै बस् † अरु अगाडि बढिस् भने तेरो या त यहा“ बसाइ छैन, या खैरियत छैन † कुरो आफैं बुझ् † अगाडि नबढ्।
कुरो यत्तिमै सकियो। त्यो अपरिचित मान्छेलाई प्रजिअ ओलीले कुनै जवाफ फर्काउने मौका पाएनन्, फोन घड्याप्प राखिदियो उसले। त्यो बयस्क आवाजको फोन आएको डेढ घण्टापछि प्रजिअ ओली डीएफओकोमा पुगे। चिया र तारेको अण्डा खा“दै उनीहरुबीच नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डबारे विस्तृत छलफल भयो। प्रजिअ ओलीले आफ्नो टिपोटमा उल्लेख गरेका छन्– ‘जेठ १६ गते दुईजना केटाहरु काठमाडौंबाट नमीता–सुनीता–मीराहरु आएकै बसमा पोखरा पुगेका थिए। बाटोमा ती केटीहरुलाई बिस्कुटहरु पनि दि“दै, पोखरामा कहा“कहा“ घुम्ने? कहा“ बस्ने? सोध्दै आए। १७ गते उनीहरु बसेको ठाउ“ वरिपरि टहलिएर फर्किएका पनि थिए।’ घटना सत्यसामु पुगेको भन्दै प्रजिअ भन्छन्– ‘जेठ १८ गते एउटा नीलो कार आयो र ब्यारेकमा पस्यो, बस्यो। यसपछि बसमा आउने केटाहरुलाई कहा“ जान्छन्, के गर्छन् भन्ने कुरामा पछि लगाई कारमा आउनेहरुले ती केटीहरुस“ग भेटघाट गरेर विश्वासमा ल्याई जेठ २४ गते पोखरा ब्यारेकमा खाने–बस्ने निम्ता गरी लगे। यसपछि उनीहरुको लाशमात्र फेला पर्‍यो।’
घटनाको रिङ्ग लिडर, जसको भूमिका घटना दबाउनमा महŒवपूर्ण भएको भनी त्यसैताका चर्चा भएको थियो, उनी हुन् डीएसपी जयराम मुल्मी। प्रजिअ ओलीको दावी छ– ‘डीएसपी मुल्मीलाई पैसा खुबाएर र अरु ओहदाधारीलाई माथिको प्रभावमा पारेर केश पचाउने कुरा मिलाई संदिग्ध मानिसहरु सोही कारमा काठमाडौं फर्किए। चूडामणिले यो घटना आफ्ना आ“खाले देखेको हो, त्यसबेला छाडिदिए। पछि खुल्ने डरले असार ५ गते चूडामणिलाई प्रहरीले डीआइजीको गाडीमा राखी जिप्रकामा लगेर राखे। राती पेस्तोलले हानी पुरातŒवमुिनबाट सेतीमा खसाली बगाइदिए। केटीहरुलाई मार्ने हत्यारा नीलो कारमा काठमाडौंबाट आएका व्यक्तिहरु हुन्।’ चूडामणिलाई उनीहरुकै निर्देशनमा प्रहरीले मारेका हुन् भन्ने कुरा आजसम्मको सुनाइबाट बुझिन आएको भनी प्रजिअ ओली र डीएफओले सो भेटघाटमा निश्कर्ष निकालेका थिए। काठमाडौंबाट नीलो कारमा पोखरा पुगेका विनोदशङ्कर श्रेष्ठ, राजु राणा हुन् भन्ने कुरा पोखराको जनसमाजमा चर्चा भइरहेको विषयमा पनि उनीहरुबीच छलफल भएको थियो। प्रजिअले छलफल भएका विषयहरु गृहसचिवलाई फोनबाट अवगत गराउ“दै ‘त्यही“ आएर निवेदन गरु“ कि, लिखित प्रतिवेदन जाहेर गरु“, अरु कारवाही के–कसरी अगाडि बढाउ“्क?’ भनी सोधेका थिए। तर, गृहसचिवले योपटक अर्कैखाले जवाफ दिए। गृहसचिवले ‘पठाउनुपर्दैन, यी त सुनिराखेकै कुरा हुन्, नया“ अञ्चलाधीशले पनि केही गर्नुहोला’ भन्ने जवाफ प्रजिअ ओलीलाई दिए।
गृहसचिवद्वारा व्यक्त भनाइ सुनेपछि प्रजिअ ओलीले दिक्दार मान्दै ‘हस् ˜˜’ भनेर फोन राखिदिए। प्रजिअले बुझे– अनुसन्धान गर्ने जिम्मेवारी पनि अञ्चलाधीशतिरै गयो भन्ने कुरा। प्रजिअले दरबारलाई सोझै लेखापढी गरेर पठाउने अधिकार थिएन, त्यो जिम्मेवारी वास्तवमा गृहमन्त्रालयको थियो। ओलीले राजदरबारका प्रमुख सचिव रञ्जनराज खनाललाई जानकारी गराउ“दा उनले ‘गृह मन्त्रालयको निर्देशनबमोजिम गर्नू’ भन्ने जवाफ फर्काए। ओलीले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि पोखरामा सबैतिरबाट सुनिन आएको कुरा नै निश्कर्षको रुपमा अवगत गराउ“दा कारवाहीलाई अगाडि बढाउन र स्थानीय प्रशासनलाई अगाडि बढ्न तताएको अनुभव भएन अनि ‘ताप्के नताती बि“ड तातेको’ अनुभव गरे।
प्रजिअ ओलीले डायरीमा गरेको टिपोट यस्तो छ–
विश्लेषण र निश्कर्षभन्दा विन्ध्यवासिनीका पूजारी रुद्र बाहुन र बसमा काठमाडौंबाट पोखरा पुगेका केटाहरुको माध्यमबाट तीनवटै केटीहरुको अरु दुईजना तन्नेरी तथा निकै खानदानी र शौखिन परिवारकाजस्ता देखिने दुईजना मान्छेसित फेवातालमा भेट भएको र डुङ्गा सयरसमेत गरेको, जेठ २४ गते ५–६ बजेतिर महेन्द्रपुल तरी व्यारेकतर्फ लागेको भन्नेसम्म सुन्नमा आएबाहेक अरु थप जानकारी प्राप्त हुन सकेन।
चैत १५ गते डीएफओ ललितरत्न शाक्य काठमाडौं गएकाले प्रजिअ ओली भोलिपल्टै काठमाडौं पुगे। उनले गृहसचिव विष्णुप्रताप शाहस“ग १६ गते बिहान ७ः३० को समय लिए। डीएफओसहित प्रजिअले संयुक्त रुपमा गृहसचिवस“ग भेट गरे। शाक्यले गृहसचिवलाई भने– ‘सर, मेरा मान्छेबाट सुनेबमोजिम नमीता–सुनीताको हत्या काठमाडौंबाट केटीहरुको पछि लागी गएका तीनजनाबाट भएको हो। बा.अ. ११३२ नं.को कारमा पोखरा गएका हुन्। चूडामणिको हत्या भएको हो, आत्महत्या वा अरु कारणले मृत्यु भएको होइन †’ यति भनेपछि गृहसचिवले डीएफओलाई सोधे– ‘कसरी पक्का भो?’ डीएफओले सचिवको जवाफ फर्काउ“दै ‘त्यसो त नभनौं’ भने। गृहसचिवले प्रजिअलाई डीएफओस“ग आफूले मात्रै कुरा गर्ने बताए। प्रजिअले भने– ‘उहा“लाई (डीएफओ) सुरक्षाको ग्यारेण्टीमा शङ्का छ, त्यति पनि मेरो पुच्छर नछोडाई र कुरा, व्यवहार, सम्झाइबुझाईआदि प्रयासबाट मात्र निस्केको हो।’ त्यसपछि प्रजिअ ओलीले प्रतिवेदन तयार पारेर गृहसचिवको हातमा थमाए। भोलिपल्ट बिहान गृहसचिव र डीएफओबीच कुराकानी भयो। त्यसलगत्तै प्रजिअले क्रमशः प्रधानमन्त्री र गृहमन्त्रीकहा“ गई घटनासम्बन्धी जानकारी गराए। उनले विशेष अदालत वा आयोग गठन गरी अनुसन्धान कारवाही गर्न उपयुक्त हुने सुझाव पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए। तर, प्रजिअ ओलीको कुराको सुनुवाइ कतैबाट पनि भएन। उनले लेखेका छन्– ‘नेपाल आमाका कलिला बिरुवारुपी छोरीहरु र सानै तहबाट भए पनि नेपाल आमाको सेवा गरिरहेका चूडामणिको हत्यामा उनीहरुको आत्माको चीरशान्तिको लागि प्रार्थना गर्नुबाहेक अरु केही गर्न सकिएन।’
यसैबीच डीएफओ ललितरत्न शाक्यको पोखराबाट कञ्चनपुरमा सरुवा भयो। प्रजिअ ओली झन निराश भए। काठमाडौंमा भएको दौडधुप सकिएपछि डीएफओ र सीडीओबीच एकपल्ट पनि भेट भएन भने सरुवा भएर जा“दा उनले प्रजिअस“ग एक बचन ‘जान्छु’ सम्म भनेनन्। हुनसक्छ, सीडीओको भरमा निर्भिकतापूर्वक जानेका कुरा बताउन तम्सिएका ललितरत्न आफैं त्रस्त र आतंकित भएका थिए।
प्रजिअ ओलीलाई गृहसचिवले २०३९ बैशाख २१ गते बिहान फोन गरेर काठमाडौं बोलाए। रातिसम्म पर्खेर बस्छु भन्दै गृहसचिवले फोन गरेपछि उनी हि“डे। मुग्लिङ्गमा खाना खाई राती १ः३० बजे प्रजिअ ओली गृहसचिवको काठमाडौंस्थित घरमा पुगे। गृहसचिव सुतेका थिएनन्। आफैंले ढोका खोलेर प्रजिअ ओलीलाई भित्र लगे। त्यो रात कास्की जिल्लाको सामाजिक, आर्थिक, राजनीतिक तथा पर्यटनलगायतका विषयमा छलफल भयो।
शान्ति–सुरक्ष्ँाको स्थिति बिग्रन गएको र विभिन्न किसिमका हल्लाहरु चलेको कारण देखाई गण्डकीका अञ्चलाधीश गणेशमान श्रेष्ठ, डीआइजी चन्द्रवीर राईदेखि प्रजिअ पद्मराज सुवेदी, इन्स्पेक्टर बाबुराम पुनसमेतलाई सरकारले बर्खास्त गर्ने विषयमा गृहसचिवले प्रजिअस“ग राय माग गरेका थिए। प्रजिअ ओली लेख्छन्– ‘पछि प्रकाशमा आयो, श्री ५ बाट अञ्चलाधीश गणेशमान श्रेष्ठलाई त पुसमै अवकाश मिलेको थियो। डीआइजी चन्द्रवीर राई र डीएसपीहरुलाई पनि श्री ५ को सरकारले अवकाश दियो। टाठो भएर सुन्दा प्रजिअ र इन्स्पेक्टरको अवकाश रद्द भएछ।’
चैत १ गतेदेखि नया“ अञ्चलाधीश खड्गबहादुर जीसी अनुसन्धानतर्फ सक्रिय हुन थालेको महसूस प्रजिअ ओलीले गरेका थिए। उनले लेखेका छन्– ‘सा“झ डीआइजीले कार्यालयमा रुकु र रुद्रमणिलाई सपरिवार बोलाउनुभएछ। मलाई र एसपीलाई पनि बोलाउनुभयो, गयौं। १० बजेसम्म सोधखोज गर्नुभयो। मलाई गृहसचिवले अञ्चलाधीशले पनि अनुसन्धान गर्नुहोला भनेको ठीकै रहेछ भन्ने लाग्यो र उहा“लाई सुझावको रुपमा अनुसन्धान गरेर मात्रै केही नहुने, शंका लागेका व्यक्ति वा अभियुक्त देखिने खालका मानिसमाथि बुझ्ने, केरकार गर्नेजस्ता कारवाही हुने भएमात्र अनुसन्धानको महŒव हुने सुझाव दिए“।’ ‘अहिलेसम्मको अनुसन्धान स्वाङ्ग, ढ्वाङ्ग र केटाकेटी खेलेको वा जनताको आ“खामा छारो हालेको मात्र हुन गएको छ’– ओलीले अञ्चलाधीशलाई भने। अञ्चलाधीशले भने अब त्यसो नहुने र कारवाही शुरु गराई छाड्ने प्रतिबद्दता व्यक्त गरे। प्रजिअ खोलीले अगाडि लेखेका छन्– ‘तर, चल्ती गाडी आफ्नो बाटोमा चल्दै गयो।’
नया“ अञ्चलाधीशले नीरा जीवित रहेको भन्ने ढङ्गबाट कुरा बुझिरहेका थिए। तर, प्रजिअ ओलीले नमीता–सुनीताका बाबु माधवराज भण्डारीस“ग कुरा गर्दा थाहा पाए– नीरा पराजुली निर्भिक थिइन्, चरीत्रहीन थिइनन् भन्ने कुरा। बोराको लाश वयस्क आइमाईको भनिएकोमा त्यो नीराकै हुनुपर्ने तर्कना ओलीको मनमा खेल्न थाल्यो। ओलीको भनाइ छ– ‘ऊ निर्भिक भएकीले बलात्कारको प्रतिवाद गर्न खोज्दा उसलाई पहिला नै मारिएको हुनुपर्छ। चरीत्रहीन र जीवित छ जस्ता कुरा हत्याराका तर्फबाट फैलाइएका हल्ला हुन्।’
बाबुरामको बयान
नमीता–सुनीता हत्याकाण्डताका जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत बाबुराम पुनले आजभन्दा छ वर्षअगाडि प्रहरी वरिष्ठ उपरीक्ष्ँक पदबाट अवकाशप्राप्त गरेका छन्। उक्त हत्याकाण्डको लाश जा“च मुचुल्का तयार पार्नेदेखि अनुसन्धान गर्नेसम्मका सम्पूर्ण कानूनी प्रक्रियामा संलग्न रहेका उनीस“ग ०६२ चैत १८ गते सा“झ पंक्तिकारको फोनवार्ता (४४३२५५४) भएको थियो। प्रत्यक्ष्ँ भेटवार्ता गर्न तयार नभएपछि उनीसमक्ष फोनमै केही जिज्ञासाहरु राखिए। पोखराबाट आफूलाई सरुवा गरी प्रधान कार्यालयको प्रशासन महाशाखामा हाजिर गराइएको जानकारी दि“दै संक्ष्ँिप्तमा उनले बताएका थिए– ‘आफू त हजुर, सानो तहको कर्मचारी परियो। हाकिमहरुले लाए–अह्राएको काम गर्ने हो। बोसहरुले अनुसन्धानको योजना बनाउ“थे, आफू फिल्डमा खटिइन्थ्यो। मुचुल्का उठाउने, प्रतिवेदन तयार गर्ने, यस्तै त हो हाम्रो काम † हाकिमहरुले गड्बडी गरे भन्नका निम्ति आफूस“ग प्रमाण हुनुपर्‍यो। उहा“हरुको काममा ओभरटेक गर्न पनि मिलेन।’ अपराधीहरु कसरी आए? कता गए? उनीहरुले चढेको गाडी कता हरायो? बनपालेको परिवारलाई किन प्रलोभन दिइयो?– पंक्तिकारको प्रश्नमा ‘म त सोझो मान्छे, बूढो पनि भइसके“, घटना धेरै पुरानो पर्‍यो, सबै कुरो सम्झन सकिएन हजुर †’ भन्दै उनले फोनको रिसिभर बिसाइदिएका थिए।
अनिर्णित निश्कर्ष
२०३८ सालको नमीता–सुनीता काण्डलाई एक्काइस वर्ष पुगिसकेपछि किन उल्ट्याइयो? यसका पछाडि अनगिन्ती कारणहरु हुन सक्दछन्। दरबार हत्याकाण्डको घाउ सुक्न नपाउ“दै तात्तातै नमीता–सुनीता हत्याकाण्डलाई थान्को लगाउने जुन प्रपञ्च रचियो, त्यसलाई काकतालीमात्रै मान्ने या लामो सिलसिलास“ग तादात्म्य गराएर हेर्ने? अर्को एउटा जटिल प्रश्न पनि हाम्रासामु अनुत्तरित छ। हामी केवल अनुमान र परिकल्पनाहरु मात्रै गर्न सक्दछौं कि नमीता–सुनीता काण्डलाई दोस्रोपटक दफनाइएको घटनाले इतिहासका निम्न हु“डारहरुलाई सतहमा ल्याएको छ।
१. ठूला मान्छेप्रतिको आशंकामा अभिबृद्धि :
नमीता–सुनीता हत्याकाण्ड एउटा नसुल्भि्कएको मुद्दा मात्रै होइन, ठूला र विशेष मान्छेहरु संलग्न रहेको आशङ्का गरि“दै आएको पाशविक घटना पनि हो। राजदरबारमा एकखाले शक्तिको अवशान र अर्को टिमको अभ्युदय हुनासाथ यो मुद्दाले महत्व पाएका कारण यसमा ‘ठूला’ र विशेष मान्छेहरुको संलग्नता सा“च्चै नै थियो वा रहेछ भन्ने आशङ्कालाई ०५८ सालको षड्यन्त्रले बढावा दिएको छ। वीरेन्द्रको वंशनाशपछि जसरी यो मुद्दालाई दफनाइयो, त्यसले नमीता–सुनीता काण्डको बात लागेकाहरुलाई कहिल्यै उक्सिन नसक्नेगरी आशङ्काको इनारमा खसालेको छ। जहिलेसम्म मुद्दाहरु दफनाइन्छन्, तबसम्म अभियुक्तहरुले सफाई पाउन सक्दैनन्।
२. सामन्ती स्खलनको निरन्तरता :
इतिहासको अध्ययन गर्ने हो भने सामन्तहरु षड्यन्त्र र हत्या–हिंसामा मात्रै टिकेका छैनन्, उनीहरुले प्रत्येक हिंसा र कत्लेआमलाई रहस्यको कालो ओढारमा धकेल्ने प्रयास गर्दै आएका छन्। नमीता–सुनीता काण्ड त्यसैको एउटा सिलसिलामात्रै हो, फरक यत्ति हो– यस काण्डमा कुनै भारदार वा अमुक नेताहरुको साटो निरीह र निर्दोष अबलाहरु मात्रै परे, चूडामणिजस्तो गौप्राणी राष्ट्रसेवकहरु मात्रै परे। अर्थात् उन्मत्त सा“ढेहरुको ताण्डव उफ्राइमा कलिला फूलहरु निमोठिए, निमिट्यान्न भए। इतिहासमा यस्तै भएको छ। भीमसेन थापा, बहादुर शाहजस्ता बहादुर र ठूलाहरुका हत्यारालाई समेत अहिलेसम्म सजाय“ भएको छैन। टाढा किन जाने? मदन भण्डारी र जीवराज आश्रितका हत्याराहरु पनि गुमनाम छन्। त्यसको एक दशक बित्न लाग्दा अमर लामाहरु मारिन्छन्। यस्तै अमर लामा मारिएजस्तै घटना हो– ०५८ जेठ २९ गते भूमिगत तवरबाट गरिएको मुद्दा नचलाउने निर्णय। यो निर्णय खुनी इतिहासको स्वभाविक निरन्तरता हो।
३. जनतामाथिको अपमान :
नमीता–सुनीता हत्याकाण्डलाई रातारात थान्को लगाइनु भनेको जनता र तिनको शक्तिलाई लल्कार्नु र घोर अपमान गर्नु पनि हो। जनताका छोराछोरीलाई जे गर्दा पनि हुन्छ, तिनीहरुलाई भोग्दा, बलात्कार गर्दा, मार्दा वा जे गर्दा पनि हुन्छ भन्ने सामन्ती शासक र त्यसको आडमा बा“चेका सरकारी गुण्डाहरुलाई भ्रम हु“दोरहेछ। त्यही भ्रमको एउटा पोको हो यो हत्याकाण्ड। र, अड्डा–अदालत तथा कानून आफ्नो दाया“ हातका गोटी हुन् भन्ने कुराको पुष्ट्याइ“ हो षड्यन्त्रको त्यो अन्तिम कडी। हाम्रा अदालतहरु स्वतन्त्र छैनन् र जनताका हक–अधिकारहरु मिट्टीमा मिलाउन तिनले ठूला मान्छेलाई नै सहायता गरिरहेका छन् भन्ने देखाउ“छ ०५८ जेठ २९ गते कालो कोटले गरेको त्यो निर्णयले।
४. बा“की रहेको जिम्मेवारी :
सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं।
हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले। र, नमीता–सुनीता–नीरा र चूडामणिहरुले न्याय नपाए पनि उनका परिवारजनले न्याय पायौं भन्ने अवस्था हामीकहा“ आउनेछ। आशावादिता नेपालीहरुको मौलिक जीवनशैली र प्राण पनि त हो। (समाप्त)