Wednesday, June 29, 2011

फेसबुकलाई चुनौति दिन ‘गुगल +’ - onlinekhabar

१५ असार, काठमाडौं । अनलाइन सर्च इन्जिन गुगले फेसबुकलाई चुनौति दिँदै सोशियल नेटवर्किङ बेभसाइट लन्च गरेको छ ।
‘गुगल +’ नामक नयाँ बेभसाइटमा आm्नो तस्वीर, सन्देश तथा प्रतिक्रिया बाड्ने सुविधा उपलव्ध छ । साथै गुगलको नामचित्र र तस्वीर पनि यसमा जोड्न सकिनेछ । बेभसाइटमा उपभोक्ताभित्र आफ्नो समूह खोज्न पनि सहज सुविधा छ ।
केही विश्लेषकहरुले भने भिडियो च्याटको सुविधा नराख्ने हो भने गुगलले फेसबुककै सुवाधालाई दोहोर्याएको हुने भनेका छन् । फेसबुकको लोकप्रियतासँग गुगलले उसलाई चुनौति दिने तयारी गरेको थियो । त्यसक्रममा उसले ल्याएको गुगल बेभ र गुगल बज इन्टरनेट प्रयोगकर्ताहरु माझ लोपप्रिय हुन सकेन ।
अनलाइन सर्च इन्जिन गुगलले आफ्नो नयाँ सेवालाई स्थापित गर्न चार विशेषता रेको दावी गरेको छ ।
सर्कल्सः ‘गुगल +’ मा एउटा यस्तो सुविधा छ, जसको माध्यमबाट आफ्ना साथीहरुलाई एक समूहमा राख्न सकिन्छ र आपसाम सामाग्रीहरुको आदान प्रदान गर्ने सुविध छ ।
ह्याङआउटः यस सुविधा अन्तरगत उपभोक्ताहरुले एक साथ भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।
हडलः यस सुविधामा आफ्नो समूहमा रहेकाहरलाई तत्काल सन्देश पठाउन सकिनेछ ।
स्पार्कस्ः यस सुविधामा प्राय आइरहने उपभोक्ताहरुले एक आपसमा सम्पर्क गर्न सक्नेछन् ।

Tuesday, June 28, 2011

भात खाने बानी घटाउन सकिन्छ - onlinekhabar


–डा. हरि दाहाल, प्रवक्ता, कृषि तथा सहकारी मन्त्रालय
सरकारले हरेक वर्ष असार १५ मा धान दिवस मनाउँछ । मानु खाएर मुरी उब्जाउने यो बेला किसानलाई रोपाईंको चटारो हुन्छ । अहिले पनि देशका धेरै ठाउँमा धमाधम रोपाईं भैरहेको छ । यसवर्ष बेलामा पानी परेकोले रोपाईं पनि छिटो शुरु भएको छ । यसवर्ष धान उत्पादन पनि बढ्ने अनुमान छ । विगतका वर्षहरुमा उत्पादन कम भएकाले भाते बानी कम गर्ने बहस पनि चलेको थियो । भाते बानी र धान उत्पादनको विषयमा कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर हरि दाहालसँग गरिएको कुराकानी ।
यस वर्ष धान दिवसमा कस्ता कार्यक्रम हुँदैछन् ?
रोपाईं गर्ने, धानको महत्वबारे प्रचार गर्ने, खाद्य सुरक्षाबारे चेतना जगाउने लगायतका कार्यक्रम सहित यो वर्ष धान दिवस मनाईंदैछ ।
खाद्य सुरक्षाको लागि भात खाने बानी कम गर्नुपर्यो पनि भन्नुहुन्छ नि किन ?
नेपालीलाई वर्षेनी ६२ लाख मेट्रिकटन चामल चाहिन्छ । तर, यहाँको उत्पादन जम्मा ४४ लाख मेट्रिकटन मात्रै छ । अपुग चामल आयात गर्नुपरेको छ । धान उत्पादन बढेपनि बढ्दो जनसंख्याका कारण खाद्यान्न अभाव भैरहेको छ । यस्तो अवस्थामा चामलको भात खाने बानी कम गर्नु पर्यो भन्ने हाम्रो जोड हो ।
भाते बानी कसरी कम गर्ने ?
भातको सट्टा अरु वैकल्पिक खाद्यान्न खाने ।
के खाने त ?
मकै, कोदो, गहुँ लगायत अरु खाद्यान्नको प्रयोग गर्ने ।
भातकै कारण मान्छे मोटाएका छन् । भातको काम अरु खाद्यान्नले कसरी गर्न सक्छ ?
बढी कार्बोहाईड्रेड भएकाले भात धेरै खाने मोटाउँछन् । तर बढी मोटाहरुलाई सुगरको रोग पनि लागेको छ नि । पछि रोग लागेर कम खानुभन्दा पहिलेदेखि नै भात कम खाने बानी बसाल्न सकिन्छ ।
बिहान बेलुका भात नखाई चित्त नबुझन्े मान्छेको बानी कसरी परिवर्तन गर्न सकिन्छ ?
त्यो त विस्तारै चेतना जगाउनुपर्छ । अर्को कुरा मकै, कोदो लगायतका परिकारलाई अझै आकर्षक र स्वादिलो बनाउन सकिन्छ । यसो हुँदा चामलको भात खाने बानी परेकालाई वैकल्पिक खाद्यान्नमा आकर्षण बढाउन सकिन्छ ।
भाते बानी घटाउने की धान उत्पादन बढाउने ?
दुवै गर्ने हो ।
धान उत्पादन बढाउनको लागि के काम भैरहेको छ ?
हामीले अनुसन्धान र विकासका बिभिन्न कार्यक्रम गरिरहेका छौं ।
जति अनुसन्धान गरेपनि किसानलाई सहुलियत त छैन नि ?
मलमा छ । अब बीऊमा पनि दिने हाम्रो सोच छ ।
कृषि क्षेत्र रोजाई नबन्दा धान फलाउने भन्दा भात खाने मान्छे धेरै हुन थाले । के गर्ने ?
हो, अब किसानको लागि बिभिन्न किसिमका सहुलियत कार्यक्रम ल्याउनुपर्छ । जसले यो क्षेत्रलाई आकर्षित बनाउन सकोस् । लगानी बढाउने, सहुलियत दिने र किसानले श्रमको मूल्य पाउने गरी कार्यक्रम ल्याउने सरकारको सोंच छ । विविधता ल्यायौं भने पक्कै पनि धानको आयात हटाएर निर्यात गर्न सक्ने अवस्थामा हामी पुग्छौं ।

हाउजिङ सञ्चालक चौधरी संविधान सभाबाट घरभाडा बुझ्दै - mysansar

-रामप्रसाद पुडासैनी-

उपत्यकामा घर भएका विभिन्न हाउजिङ कम्पनी र उद्योग सञ्चालक समेत संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक छ हजार रुपैयाँ घर भाडा बुझ्दै आएका छन्। आफ्नो घरमात्र नभई विभिन्न हाउजिङ कम्पनी चलाएका विनोदकुमार चौधरीलगायत व्यवसायी विमलकुमार केडिया, मोतिलाल दुगड, श्रवणकुमार अग्रवाल, जिपछिरिङ लामा शेर्पा, जुलीकुमारी महतो तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायत सभासदले घर भाडा लिँदै आएका छन्। उपत्यकाबाट निर्वाचन जित्ने र घर भएका प्रायः सबै सभासदले घरभाडावापतको सुविधा लिँदै आएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।
संसद सचिवालय स्रोतका अनुसार प्रकाशमान सिंह, ईश्वरीप्रसाद दाहाल, पद्यज्योति, मधुसूदन अग्रवाल, राजेन्द्रकुमार खेतान, रामनाथ ढकाल, डा रामशरण महत र सुनिलबाबु पन्तले मात्र सुरुदेखि नै घर भाडावापतको छ हजार पाँच सय रुपैयाँ सुविधा बुझेका छैनन्। अरु सबै सभासदले उक्त सुविधावापतको रकम बुझ्दै आएका छन्।
उपत्यकाबाट निर्वाचन जित्ने नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, नरहरि आचार्य, नारायणमान बिजुक्छे, वर्षमान पुन, चक्रबहादुर ठकुरीलगायत सबै सभासद्ले अहिलेसम्म पनि घरभाडा लिन छाडेका छैनन्।
चौधरी विभिन्न उद्योगको अलावा माउन्ट भ्यु रेसिडेन्स र काठमाडौँ रेसिडेन्स नामक हाउजिङ कम्पनीका मालिक हुन्। आफ्नो घरमात्र नभई घर बनाएर अरुलाई बिक्री गर्ने काम गर्दै आएका चौधरीले संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक घरभाडा पनि बुझ्दै आएका छन्। चौधरीले संसद्‍बाट लिने तलब र सुविधा बैँकमार्फत् पनि लिएका छैनन्। बैँकिङ च्यानलबाट रकम बुझ्दा पारदर्शी हुने भए पनि अधिकांश पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर र उद्योगपति तथा व्यवसायी पृष्ठभूमिका सभासदले आफ्नो तलब र सुविधाबाट प्राप्त हुने रकम संसद सचिवालयबाट सीधै चेक लिएर बैँकमा लाइन लागेर तलब बुझ्ने सभासदको संख्या २१० छ।
संसद सचिवालय स्रोतका अनुसार सभासद् चौधरीले असार महिनामा घरभाडासहित ४५ हजार ६७३ रुपैयाँको चेक बुझेका छन्। मासिक तलब २६ हजार दस रुपैयाँ, स्वकीय सचिववापतको १३ हजार ९१०, बैठक भत्ता छ हजार चार सय, धारा बिजुलीको एक हजार २४८, टेलिफोन २ हजार, मसलन्द १३ सय र घरभाडा छ हजार पाँच सयसहित ५७ हजार ४४८ मध्ये चौधरीको ११ हजार ७७५ रुपैयाँ कर कट्टीमा खर्च हुन्छ। त्यसमध्ये ७ हजार रुपैयाँ त पार्टीलाई मासिक लेबी बुझाउने गरेका छन्।
चौधरी नेकपा एमालेका सभासद् हुन्। एमालेले आफ्ना पार्टीबाट सभासद बनेकाहरुबाट मासिक सात हजार रुपैयाँ लेबी लिँदै आएको छ भने माओवादीले १० हजार र कांग्रेस, मधेसी जनअधिकार फोरम लगायत दलहरुले प्रति सभासद तीन हजार र केही साना दलहरुले भने लेबी उठाउने गरेका छैनन्। चौधरीले संसद्को विवरणमा स्थायी लेखा नम्बर प्यान पनि उल्लेख गरेका छैनन्।
असार महिनामा घरभाडा सुविधा नलिने सभासद्हरुमा इसलाममियाँ धोबी, कर्णजीत बुढाथोकी, खोभारी राय, गगन थापा, चन्द्रबहादुर गुरुङ, चिरञ्जीवी राम थारु, जगतबहादुर ताजपुरिया, जयप्रकाश यादव, तिलकबहादुर थापामगर, दिवाकर गोल्छा, नारायणीदेवी घिमिरे अर्याल, पासाङ शेर्पा, प्रदीपकुमार ज्ञवाली, बबिना मोक्तान तामाङलगायतका केही सभासद छन्। केहीले भने अग्रिम लिइसकेका कारण असार महिनाको रेकर्डमा नदेखिएको सचिवालय स्रोतले जानकारी दिएको छ।
घर भएका सभासदले घर भाडा मात्र होइन, खाता खोल्नुपरछ भनेर अर्ति उपदेश दिने सभासदहरुले पनि बैँक खाता संसद सचिवालयलाई उपलब्ध नगराउँदा व्यक्तिगत रुपमा चेक काट्न समस्या परेको छ भने रकम पारदर्शी गराउन पनि समस्या परेको छ। (साभारः आर्थिक दैनिक)