Sunday, July 1, 2012

गुगल विज्ञापन कमाइको रहस्य - nayapatrika

संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले विज्ञापन कमाइको रहस्य खोलेको छ । भारतीय मूलका गुगल अधिकारीले आफ्नो ब्लगमा लेखेका छन्— कम्पनीले कसरी राजस्व संकलन गर्छ ? गुगलबाट लामो समयदेखि यो पारदर्शिताको अपेक्षा गरिएको थियो ।

गुगलले यसको खुलासा गर्दै भनेको छ— विज्ञापनबाट उसको कमाइको आधाभन्दा बढी हिस्सा त्यो वेबसाइटमा जान्छ, जसमा गुगलको विज्ञापन प्रकाशित हुन्छ । गुगलले आफ्नो सहायक कम्पनी ऐडसेन्सको माध्यमबाट इन्टरनेटमा विज्ञापन पोस्ट गर्छ ।
कम्पनीको उत्पादन-व्यवस्थापनको वाइस प्रेसिडेन्ट नील मोहनले आफ्नो ब्लगमा विज्ञापनबाट हुने कमाइको बेहोरा प्रकाशित गर्दै कसले कति पैसा पाउँछ भन्ने कुरा पनि लेखेका छन् । मोहनका अनुसार गुगलले मुख्य रूपमा दुई प्रकारको विज्ञापन दिन्छ र दुवैको जिम्मा ऐडसेन्ससँग छ । 

कुनै इन्टरनेट साइटमा अनलाइन आर्टिकलका साथमा गुगलको विज्ञापन हुन्छ, त्यो कन्टेन्ट एडसेन्सको टुल हुन्छ, जसलाई इन्टरनेट युजर्स 'ऐड्स बाई गुगल' को नामले चिनिन्छ । दोस्रो अलग-अलग वेबसाइटमा गुगल सर्चको विकल्प हुन्छ, जसलाई सर्च गरिने एडसेन्सको टुलबाट नियन्त्रित गरिन्छ । गुगलले भनेको छ, उसले आफ्नो काममा पारदर्शिता ल्याउन आफ्नो कमाइको मन्त्र बताएको हो । नील मोहनका अनुसार- जसले वेबसाइट कन्टेन्टका साथ गुगलको विज्ञापन लगाउँछ, उसलाई राजस्वको ६८ प्रतिशत हिस्सा प्रदान गरिन्छ, जबकि सर्च प्रोग्राम लगाउने वेबसाइटलाई ५१ प्रतिशत । सबै हिसाब-किताब उक्त वेबसाइटको माध्यमबाट कति मानिसले गुगलमा सर्च गरेका छन् भन्ने कुराबाट लगाइन्छ ।

मोहनले लेखेका छन्— कन्टेन्ट एडसेन्सको सुरुवात २००३ मा भएको थियो र त्यस बेलादेखि कुनै परिवर्तन गरिएको छैन । सर्चको एडसेन्स-२००५ मा एकपटक परिवर्तन गरिएको थियो, तर त्यस बेला वेबसाइटको भाग बढाइएको थियो ।

गुगलले स्पष्ट भनेको छ— यसको अर्थ यो होइन कि भविष्यमा यो साझेदारीलाई बदल्न सकिँदैन । मोहनले ब्लगमा लेखेका छन्, 'हाम्रो यो पारदर्शिताले गुगलसँग कारोबार गर्न अझ सहयोग मिल्नेछ । हामीले बुझेका छौं— हाम्रो राजस्वको साझेदारी ज्यादै प्रतियोगात्मक छ र जसले यसमा विज्ञापन दिइरहेका छन्, उनीहरूलाई प्रत्येक क्लिकका साथ थप आम्दानी हुन्छ ।'

गुगलले मोबाइल, गेम्स र समाचारका लागि पनि विज्ञापन दिन्छ, तर ब्लगमा त्यसको जानकारी दिइएको छैन