Friday, February 21, 2014

ब्लड प्रेसरका रोगीले यस्तो भोजन गरौं - onlinekhabar





शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ ।

१) एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ ।

२) भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ ।

३) लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।

४) भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।

५) नुनको सेवन कम गर्नु पर्दछ ।

६) चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।

७) दिनमा कम्तिमा १०/१२ गिलास पानी पिउनु पर्दछ ।

८) जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।

९) काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ ।

१०) तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ ।

११) जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।

१२) मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित गर्नु पर्दछ ।

१३) दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।

Thursday, February 20, 2014

मोटोपना घटाउने ५ तरकारी - onlinekhabar



१) लौकाः लौका पर्याप्त पानी र रेसा (फाइबर) रहेको हुन्छ । यसमा क्यालोरी कम हुने भएकोले भोक नियन्त्रित गर्दछ । हरेक विहान एक गिलास लौका जूस सेवन गरे मोटोपना नियन्त्रणमा सहयोग पुग्छ । तर लौकाको जूस छनेर पिउनु भने हुँदैन । जूस छान्दा यसमा भएको फाइबर फ्याँकिन्छ । भोक नियन्त्रणमा फाइबरको भूमिका अधिक हुन्छ ।

२) ब्रोकाउलीः यसमा प्रेाटिन, भिटामिन र कार्बोहाइडे्रट पर्याप्त परिमाणमा पाइन्छ । सजिलै पाचन गर्न सकिन्छ । भिटामिन ई, क्याल्सियम, आइरन, म्याग्नेसियम आदि पनि रहेको र यी तत्वहरु मोटोपना नियन्त्रणमा सहायकसिद्ध भइसकेका छन् ।

३) फर्सीः फर्सी स्वादमा अलि गुलियो हुन्छ । हरेक विहान एक गिलास फर्सीको जूस पनि पिउन सिफारिस गरिएको छ । यसमा हुने क्यारोटिनले मोटोपना नियन्त्रणमा निकै सहयोग पुग्ने बताइएको छ ।

४) काँक्रोः काँक्रोको सेवनले पेट भरिएको महसुस हुन्छ । यसबाट भोक नियन्त्रण हुन्छ । यसमा ९० प्रतिशत पानी रहेको हुन्छ । यसलाई भोजनपछि सलादको रुपमा खानु पर्दछ । सकेसम्म काँक्रोको बोक्रा नताछी खानुपर्दछ । काँक्रोको बोक्रामा फाइबर र पौष्टिक पदार्थ पर्याप्त पाइन्छ ।

५) करेलाः स्वादमा तितो भएपनि करेला निकै गुणकारी तरकारी हो । शरिरमा रगतमा चिनीको परिमाण नियन्त्रण गर्दछ । मधुमेह रोगीको लागि करेलाको जुस अमृतसमान हुने गर्दछ ।

-एजेन्सीको सहयोगमा

Tuesday, February 18, 2014

थोत्रा ल्यापटप सदुपयोग गर्ने १० तरिका - onlinekhabar

केही पाटपूर्जा बिग्रिएर दैनिक काम नदिने भएपछि हामी ल्यापटप रिप्लेस गर्छौं । नयाँ ल्यापटप लिएपछि पुरानोको प्रयोग हुँदैन । जसले गर्दा हामी फोहोरका रुपमा ब्यबहार गरिरहेका हुन्छौं ।
नेपालमा लोडसेडिङसँगै निजी तथा कार्यायल प्रयोजनका लागि ल्यापटपको प्रयोग बढ्दो छ । तर, दुई तीन बर्षमै ल्यापटपका किबोर्ड, स्क्रिन, हार्डडिस्क लगायतमा समस्या आई राम्रोसँग काम गर्न सक्दैनन् । यस्तो अबस्थामा तपाईले पुराना ल्यापटपलाई केही सिर्जनशील काममा लगाउन सक्नुहुन्छ । ल्यापटप बिग्रियो भन्दैमा तपाईको पुरै पैसा खेर जाँदैन् ।
आज हामी तपाईलाई केही यस्ता सिर्जनशील तरिकाबारे जानकारी दिँदैछौं जसले तपाईलाई पुराना ल्यापटप फेरि नयाँ भएजस्तो खुसी पाउनुहुनेछ ।
१. ल्यापटपमा कुनै समस्या आएर प्रयोगविहीन भएको हुन सक्छ । पहिलो विकल्प, यसको मर्मत सम्भार गर्नुहोस् । पार्टपूर्जा मर्मत, परिवर्तन गर्नुपर्ने हुन सक्छ । सफट्वेयर अपडेट र क्लिन अप गरेर पनि उपयोगी बनाउन सकिन्छ । त्यसैले पहिलो प्राथमिकता केही पाटपुर्जा परिवर्तन गरेर भएपनि त्यसलाई चलाउने बिधि अपनाउनुहोस् । त्यसो गर्न सकिएन भने पनि चिन्ता नलिनुहोस । किनकी ल्यापटपमका कुनै न कुनै भागलाई पुर्नप्रयोग गर्न सकिन्छ ।
laptop9
२. अर्को ल्यापटप चलाउन थालिसक्नु भएको छ भने पुरानो ल्यापटपको स्क्रिनलाई निकालेर भित्तामा झुण्डाउने डिस्प्ले बनाउनुहोस् । स्क्रिन डिजिटल फोटो टाँस्न तथा किचेन वा रेष्टुरेन्टको मेनु डिस्प्ले गर्न उपयोगी हुन सक्छ । बाँकी रहेका पाटपुर्जाहरु जस्तै किबोर्ड, टच प्याड, सिडी ड्राइभ आदि पार्टपूर्जाहरु अन्य ल्यापटपमा प्रयोग गर्न सकिन्छ ।
laptop8
३. थोत्रा ल्यापटप ‘वायरलेस’ वा ‘वाईफाई हटस्पट’ बनाउन काम लाग्छ । घरको कतिपय कुनामा वाईफाई सिग्नल राम्रो नटिप्ने समस्या हुन सक्छ । पुराना ल्यापटप जडान गरी तपाईले बलियो नेटवर्क बनाउन सक्नुहुन्छ ।
laptop7
४. स्क्रिन निकालिसकेको ल्यापटपको बाँकी भागलाई तपाई डीभीडी प्लेयरका रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा रहेको स्त्रिmनमा वा पुरानो टीभीमा जोडेर तपाईले डीभीडी प्लेयरको आनन्द बिग्रेको ल्यापटपबाट लिन सक्नुहुन्छ ।
फ्ल्याट स्क्रीनको विकल्पमा स्लिम ल्यापटप जडान गरी भित्तामा राख्नुहोस् । यसबाट ठाउँ बचत, पैसा बचत र कोठाको आकर्षण बढ्ने छ ।
laptop6
५. पुरानो ल्यापटप डेस्कटप पीसी वा साइलेन्ट सर्भरको रुपमा परिमार्जन गर्न सक्नु हुनेछ । यदि स्क्रिन काम गर्न सक्ने अबस्थामा छ भने त्यसलाई अर्को कुनै डेस्कटपमा जडान गर्न सक्नुहुन्छ । स्क्रीनमा समस्या छ भने यसको पार्टपूर्जा अर्को डेस्कटप स्त्रिmनमा जडान गर्न सक्नु हुनेछ ।
laptop5
६. कतिपय ल्यापटपले ट्याब्लेटको जस्तै कार्य क्षमता देखाउन सक्छन् । साधारण लेखपढको लागि तपाईंले पुराना ल्यापटप प्रयोग गर्न सक्नु हुनेछ । यसबाट तपाईंले ट्याब्लेटको लागि तत्काल खर्च गर्नु पर्ने बाध्यता टर्न सक्छ ।
laptop4
७. पुराना ल्यापटप बाह्य मनिटरको रुपमा उपयोग गर्न सकिन्छ । यसबाट मनिटरको कार्यक्षमता बढाउन सकिन्छ । एउटा सिपियूबाट दुईवटा मनिटर चलाउन सकिन्छ, त्यो पनि अतिरिक्त खर्चविना ।
laptop3
८. पुराना ल्यापटपको हार्ड ड्राइभ पुनः प्रयोग गर्न सकिन्छ ।
laptop2
९. यदि पुरानो सामान चलाउने इच्छा छैन भने यसमा निहित केही पार्टपूर्जा पुनः बेच्न सक्नु हुनेछ । वा बिग्रिएको अन्य ल्यापटपमा उपयोग गर्न सक्नु हुनेछ ।
laptop1

Thursday, February 13, 2014

सभासद दूर्गा भन्छिन्- उमेर ‘ग्याप’ले यौन असन्तुष्टि हुँदैन यस्तो छ कम्युनिष्ट नेता मोहनविक्रम र दूर्गाको प्रेमकहानी - onlinekhabar

Durga-paudel
सभासद दुर्गा पौडेललाई ‘भेट्रान’ कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी श्रीमती मात्रै भन्दा उनीमाथि अन्याय हुन्छ । विद्यार्थी, महिला हुँदै पार्टी राजनीतिमा अढाई दशकभन्दा बढी काम गरेर खारिएकी दुर्गा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षका साथै अहिले संविधानसभा सदस्यसमेत छिन् ।


मोहनविक्रमलाई कार्यकर्ताका रुपमा सघाउँदै जाँदा दुर्गाको उनीसित माया बस्यो । उनीहरुको प्रेमकथा रोचक छ । ‘म तिमीलाई माया गर्छु’ भनेर भन्नुपर्ने नै रहेनछ क्या, माया, आफैं बस्दोरहेछ ! दुर्गा भन्छिन् ।


सभासद पौडेलको आफ्नै शब्दमा यस्तो छ कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँगको प्रेम कहानी -


मेरा बुबाआमाको पुख्र्यौली घर प्युठान हो । जागिरको सिलसिलामा बुबा भारतको कोलकाता जानुभयो । आसनसोनमा बुबाको जागिर थियो । ०२९ सालमा म त्यहीँ जन्मिएँ । मेरा अरू दिदीबहिनी र दाजुभाइको जन्म पनि त्यहीँ भएको हो । हामी १० जना भाइबहिनी (पाँच दाजुभाइ र पाँच दिदीबहिनी) । मचाहिँ काइँली छोरी । पछि बुबाले कपिलवस्तुमा जग्गा लिनुभयो र हामी यतै बस्न थाल्यौँ । चारदेखि दस कक्षासम्म कपिलवस्तुमै पढेँ ।


पाँच कक्षा पढ्दै राजनीति


मैले पाँच कक्षा पढ्दापढ्दै राजनीति थालेकी हुँ, अनेरास्ववियु (छैठौँ) मा आवद्ध भएर । सँगसँगै रक्तिम (पार्टीको सांगीतिक मोर्चा)मा पनि काम गरेँ । नाच्न-गाउन खुबै मन पथ्र्यो । त्यही टिमबाटै कार्यक्रमहरू लिएर अलइन्डिया टुरमा पनि गएँ । ०४५ सालमा गोरखपुरमा सम्पन्न अखिल नेपाल महिला संघको दोस्रो राष्ट्रिय सम्मेलनले केन्द्रीय सदस्यमा चयन गर्‍यो ।


पार्टीको आवश्यकताअनुसार ०४७ सालमा संघले मलाई कोषाध्यक्षको जिम्मेवारी दियो । त्यसपछि ०५१ सालमा उपाध्यक्ष भएँ । बीचमा कार्यवाहक अध्यक्ष भएर पनि काम गरेँ । चौथो राष्ट्रिय सम्मेलनले मलाई महिला संघको केन्द्रीय अध्यक्ष चयन गर्‍यो । त्यसपछि मैले लगभग एक दशक महिला संघको नेतृत्वमा रहेर काम गरेँ ।


पार्टीका साथीहरूकै श्रीमतीले पनि शंका गर्थे
Mirrer-news

मैले राजनीति थाल्दा महिलालाई घरबाट बाहिर निस्कनै गाह्रो थियो । केटी मान्छेले राजनीति गर्नु एक किसिमको सपनाजस्तै थियो । केटीहरू कोही पनि सक्रिय हुँदैनथे । म एक्लै केटाहरूसँग मिलेर राजनीति गर्न हिँड्थेँ । केटी साथीहरूलाई जाउँ भन्दा पनि घरबाट निस्कन अभिभावक र समाजको डर मान्थे । अनि, इच्छा हुँदाहुँदै पनि उनीहरू जान्न भन्थे । पञ्चायतको समयमा त राजनीति गर्न झन् गाह्रो थियो । रातिराति कार्यक्रम गर्न जान्नुपथ्र्यो । घरबाट पनि सहयोग हुँदैनथ्यो । ‘वारेन्ट हुन्छ’, ‘पुलिसले पक्डेर लग्छ’ भनेर डराउँथे । संगठनमा काम गर्दा कम्ति अप्ठेराहरू झेलिएन । मेरो जिल्लामा त केटी मान्छे म एक्लै हिँडेको हो । मलाई घरबाट सहयोग थियो, त्यसैले गाह्रो महसुस भएन । तर, बाहिर समाजले त भन्थ्यो नि ‘राति-राति केटाहरूसँग हिँड्छे’ भनेर । ‘कता जान्छे-जान्छे यो’, ‘यो त बिग्री कि क्या हो’ भन्थे । मलाई राजनीतिमा प्रवेश गराउने श्रेय दाजु शिव पौडेललाई जान्छ, उहाँले नै मलाई प्रेरित गर्नुभएको हो । अहिले दाजु किसान संघको अध्यक्ष हुनुहुन्छ ।


दिनभर प्रशिक्षण लिएँ, तर मोहनविक्रमलाई चिनिनँ


मोहनविक्रम (एमबी)सँग मेरो पहिलो भेट ०४५ सालमा भारतको सोरतगढमा भयो । त्यहाँ प्रशिक्षण कार्यक्रम थियो । हामी विद्यार्थी कार्यक्रम लिएर गएका थियौँ । उहाँ प्रशिक्षक भएर आउनुभएको थियो । त्यतिवेला म विद्यार्थी राजनीति गर्थेँ, उहाँ पार्टीको । दिनभरि प्रशिक्षण कार्यक्रममा बसेँ । तैपनि उहाँ को हो भन्ने नै थाहा थिएन । कार्यक्रममा बसेँ, कुराहरू सुन्दा राम्रो लाग्यो । कार्यक्रम सकेपछि जानुभयो । हामी पनि आफ्नो कोठातिर लाग्यौँ । कार्यक्रमको समीक्षा गर्दैगर्दा एकजना साथीले भन्यो उहाँको नाम । त्यसपछि मात्रै थाहा पाए- उहाँ मोहनविक्रम हो भन्ने ।


हाम्रो दोस्रो भेट गोरखपुरमा भयो । त्यतिवेला एकमहिने महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम थियो । त्यहाँ पनि एमबी प्रशिक्षक भएर आउनुभएको थियो । म महिलाहरूको नेतृत्व गर्दै गएकी थिएँ त्यतिवेला । त्यसपछि त हाम्रो भेट पटक-पटक भइरहन्थ्यो ।


मोहनविक्रमको संसार नै झोला !


प्रायः हाम्रो भेट भारतमै हुन्थ्यो । उतै कार्यक्रम पर्थे । त्यतिबेला नेपालमा पार्टी प्रतिबन्धित थियो । कार्यक्रमका योजना पनि उतै बनाउँथ्यौँ । पार्टीको काम गर्ने सिलसिलामा हामी धेरैपटक इन्डिया पनि सँगै गएका छौँ । एकपटक फागुन २४ गते नाटकको तयारी भइरहेको थियो । ‘विजयको बिहानी’ र ‘१२ मे’ नाटकको तयारी गनुपर्ने थियो । ‘१२ मे’ नाटकमा मैले उजेलीको भूमिका गरेकी थिएँ । त्यसको सम्पूर्ण तयारी भारतको कानपुरमा भएको थियो । त्यो नाटक निर्माण गर्न लगभग एकडेढ महिना नै लागेको थियो । हामी थुप्रै साथीहरू थियौँ । त्यो अवधिमा हामी सबैजना एक/डेढ महिनाजति भारतमा बस्यौँ । नाटकको व्यवस्थापन र गाइड गर्ने सम्पूर्ण जिम्मा उहाँ -एमबी)कै थियो । म नाटकी पात्र थिएँ ।


मैले जहिले देख्दा पनि एमबीसँग एउटा झोला हुन्थ्यो । त्यो झोला किताबले भरिभराऊ हुन्थ्यो । उहाँको सारा संसार नै त्यो झोला थियो । सधैँ बिहान उठेर लेख्न थालिहाल्नुहुन्थ्यो । लेख्दै गर्दा पानाहरू पनि हराउँथे । हामी नजिक भएको वेलामा पानाहरू खोजेर एकै ठाउँमा मिलाएर जम्मा गरेर सहयोग गथ्र्यौँ । मलगायत अन्य कार्यकर्ताले पनि सहयोग गर्थे ।


सहयोग गर्दागर्दै माया बस्यो


मोहनविक्रम एक्लै हुनुहुन्थ्यो, सहयोगी पनि कोही थिएन । त्यो देखेर किन हो किन, मलाई भित्रैबाट उहाँलाई एकदमै सहयोग गर्न मन लाग्थ्यो । त्यतिबेला म उहाँलाई दाइ भन्थेँ । उहाँ सधैँ एक्लै हुने मान्छे हो । हाम्रो अफिस गोरखरपुरमा थियो, एउटा सानो टायल लगाएको घरमा । एकपटक दसैँ आउने वेलामा त्यहाँ भएका सबै साथीहरू दसैँ मनाउन भनेर खुसी हुँदै आ-आफ्नो घरतिर लागे । तर, उहाँ भने झोलाबाट एउटा किताब निकालेर पढ्न थाल्नुभयो ।


त्यो देखेर मलाई अचम्म लाग्यो । दसैँजस्तो महान् चाडमा पनि उहाँ घर जान आत्तिनुभएको छैन । बरु, किताब निकालेर पढ्न पो थाल्नुभयो । त्यो देखेर मैले उहाँलाई ‘दाइ, जाउँ कपिलवस्तु दसैँ मनाउन’ भनेँ । तर, उहाँ जान मान्नुभएन, मलाई नमज्जा लाग्यो । ‘मैले धेरै काम गर्नु छ, म जाँदिनँ, तिमीहरू जाओ’ भन्नुभयो । उहाँको कुरा सुनेर मनमा नरमाइलो लाग्यो । तैपनि, म घर आएँ । घर पुगेपछि पनि उहाँको त्यो कुराले मलाई नरमाइलो लागिरहृयो ।


मलाई भित्रैदेखि उहाँलाई सहयोग गर्न मन लाग्थ्यो । जहिले पनि सोच्थेँ ‘केही सहयोग गर्न पाए हुन्थ्यो’ भनेर । उहाँका धेरै अप्ठेराहरू पनि थिए । एक्लो मान्छे, घर छैन, आफ्नो कोही छैन, कहाँ जाने ? कोही सहयोगी भइदिए पनि राम्रो हुन्थ्योजस्तो लाग्थ्यो । उहाँलाई अप्ठेरो पर्दा सहयोग गर्न मन लाग्थ्यो र गर्थेँ पनि । पछि उहाँले पनि ‘मलाई सहयोग गर’ भन्नुहुन्थ्यो । उहाँलाई सहयोग गदागर्दै हामी नजिक हुन पुग्यौँ । उहाँको लगनशीलता, इमानदारिता र त्याग, अनुशासित जीवनशैलीलगायत कुराहरूले म प्रभावित भएकी थिएँ । सहयोग गर्ने भावना जाग्दाजाग्दै ‘राम्रैसँग सहयोग गर्न’ मन लाग्न थाल्यो ।


अहिले आएर यही समयमा हाम्रो माया बस्यो भनेर भन्न ठ्याक्कै गाह्रो छ । खासमा सहयोगीको भावनाले मायाको रूप लिएको हो । कतिबेला माया बस्यो थाहै भएन । तर, मायाचाहिँ बस्यो । उहाँले पनि मलाई राम्रै मान्नुहुन्थ्योजस्तो लाग्थ्यो । किनभने उहाँले अरूलाई भन्दा मलाई गर्ने व्यवहार अलि फरक पाउँथे । अरूभन्दा मसँग बढी नजिक पनि हुनुहुन्थ्यो । लाग्थ्यो, उहाँले पनि मलाई माया गर्नुहुन्छ ।


प्रेम प्रस्ताव राखेनौँ, एक घन्टामा बिहेको निर्णय लिएँ


हामीले एकअर्कासित औपचारिकरूपमा प्रेम प्रस्ताव नै राखेनौँ । उहाँले पनि राख्नुभएन र मैले पनि केही भनिनँ । व्यक्त गर्नुपर्ने नै भएन । बरु, पार्टीबाटै हामीहरूको विवाहको प्रस्ताव आयो । ०५७ सालको कुरा हो, पार्टीकै साथी युवराज पन्थीजीले मलाई आएर भन्नुभयो- ‘हामीले त तपाईंहरूको विवाह गर्ने सल्लाह गरेका छौँ, तपार्इको विचार के छ ? तपाईं दुईजनाले विवाह गर्दा दुवैका भविष्यका लागि राम्रो हुन्छ, एमबीलाई सहयोग पनि हुन्थ्यो, ठूलो योगदान पनि हुन्छ ।’


बिहेको प्रस्ताव आउँदा के गर्दा ठीक र के नगर्दा ठीक हुने हो मलाई केही पनि थाहा थिएन । तैपनि मैले केही समय मागेँ । उहाँले ‘कति समय लाग्छ’ भनेर सोध्दा मैले ‘एक घन्टाजति लाग्छ’ भनेँ । त्यतिवेला बुबा बितिसक्नुभएको थियो । आमा, दाइ, दिदी र सानीआमासित सल्लाह गरे । उहाँहरूले ‘निर्णय तिम्रो हातमा छ, जीवन बिताउने पनि तिमीले नै हो । तिमीलाई यत्तिको साथी भयो भने जीवन सजिलैसँग काट्न सकिन्छजस्तो लाग्छ भने हाम्रोतर्फबाट अवरोध छैन’ भन्नुभयो । त्यसपछि मैले पार्टीका केही साथीहरूलाई सोधेँ । साथीहरूबाट पनि ‘विवाह गर्दा राम्रो’ भन्ने जवाफ पाएँ । म आफैँले सोच्दा पनि ‘बिहे गर्दा ठीकै हुन्छ’ भन्ने लाग्यो । एक घन्टापछि ‘हुन्छ’ भनिदिएँ ।


त्यतिवेला बाहिर गएर ठूलो विवाह गर्ने वातावरण पनि थिएन । मोहनविक्रमको सानीआमा हुनुहुन्थ्यो, काठमाडौंमा । उहाँले ‘बिहे काठमाडौंबाटै गर्नुपर्छ’ भन्नुभएको थियो । विवाहको सम्पूर्ण व्यवस्था उहाँले नै मिलाइदिनुभयो । पार्टीका केही साथी, अनि हामी आएर फूलमाला लगाएर विवाह गर्‍यौँ ।


बिहेपछि एमबीले राजीनामा दिए


पार्टीबाट विवाहका लागि प्रस्ताव आएपछि मिटिङ नै बसेर हाम्रो बिहे फिक्स भएको थियो । तर, पछि हाम्रो विवाहबारे केही विवाद पैदा भयो । मिटिङमा सबै साथीहरू उपस्थित हुनुहुन्थेन । उहाँहरूले ‘हामीले पनि विचार राख्न पाउनुपर्छ’ भनेर भन्न थाल्नुभयो । यही विषयमा पार्टीभित्र दुई पक्ष देखियो । विरोध पनि आयो, समर्थन पनि ।


हाम्रो विवाहबारे पार्टीमा गम्भीर छलफल भयो । कतिपय साथीहरूले ‘यसरी विवाह गर्नु ठीक होइन’ भने । कसैले ‘उमेर धेरै फरक भयो, अलमेल विवाह भयो’ भने । कतिले ‘बालिगको अधिकार हो, उसले बिहे गर्न चाहन्छ भने केही फरक पर्दैन’ भने ।


छलफलमा ‘हामीले बिहे गर्नुहुन्थेन’ भन्ने पक्षको बहुमत देखियो । त्यसपछि मोहनविक्रमले नैतिकताको हिसाबले महामन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँसित पार्टीले राजीनामा मागेको होइन । ‘पार्टीमा कुरा आइसकेपछि नैतिकताको हिसाबले मैले छाड्नुपर्छ’ भनेर उहाँ आफैँले राजीनामा दिनुभएको हो ।


माया त आफैँ बस्दो रहेछ


मायाप्रेमका कुरा गर्न हामीसँग कहिले पनि समय भएन । हामीले छुट्टै भेटेर मायाको कुरा पनि कहिल्यै गरेनौँ । त्यस्तो वातावरण पनि कहिल्यै भएन र हामीले आवश्यक पनि ठानेनौँ । पार्टी कामकै सिलसिलामा हाम्रो भेटघाट भइरहन्थ्यो । यसको मतलब हामीबीच माया नभएको भन्नेचाहिँ होइन । ‘म तिमीलाई माया गर्छु’ भनेर भन्नुपर्ने नै रहेनछ क्या मायामा । आफैँ माया बस्दोरहेछ । हामीले कहिले पनि एक-अर्कालाई ‘तिमीलाई माया गर्छु’ भनेर भनेनौँ । त्यो त व्यवहारमा देखिँदोरहेछ ।


हाम्रो व्यवहारले नै एक-अर्कालाई माया गर्छन् भन्ने देखाउँदो रहेछ । हामीबीचको व्यवहार देखेर नै पार्टीका साथीहरूबाट विवाहका लागि प्रस्ताव आएको रहेछ । यो कुरा साथीहरूबाटै थाहा भयो । नजानिँदो पाराले हामीबीच प्रेम भएको रहेछ । उहाँलाई पनि ‘मैले माया गर्छु होला’जस्तो लाग्दैनथ्यो । मलाई पनि उहाँलाई सहयोग गर्न पाए मात्र हुन्थ्योजस्तो लाग्थ्यो । उहाँसित नै प्रेम होला भनेर कहिले पनि सोचेको थिइनँ ।


उमेर ‘ग्याप’ले यौन सन्तुष्टिमा फरक आउँदैन


धेरै उमेर ‘ग्याप’ले यौन सन्तुष्टि प्राप्त हुँदैन भनेर मैले सुनेकी थिएँ । धेरैले मलाई त्यसो भनेका थिए । तर, एमबीसँग विवाह गरेपछि मैले त्यस्तो अनुभव कहिल्यै गरिनँ । हामीबीच करिब ३८ वर्षको ‘ग्याप’ छ । एमबी ७९ वर्ष पुग्नुभयो, म भने ४१ वर्षकी भएँ । तर, हामीबीच कहिले पनि ‘यौन असन्तुष्टि’ पैदा भएन । म उहाँसँग खुसी नै छु, उहाँ पनि मसित खुसी हुनुहुन्छ ।


कहिलेकाहीँ एमबीले भन्नुहुन्छ- ‘म मरेँ भने तिमी एक्लै के गर्छौ ? तिमीलाई छोराबुहारीले दुःख देलान् ।’ त्यतिबेला मैले उहाँलाई भन्छु- ‘तपाईंलाई कोठामा समातेर राख्छु, अनि कसैले दुःख दिए भने आएर तपाईंसित भन्छु ।’ एमबी अगाडि बिते पनि मलाई उहाँ मसँगै हुनुहुन्छजस्तो लाग्नेछ । उहाँलाई म यति धेरै माया गर्छु, आफूले माया गरेको मान्छे आफ्नै आँखाअगाडि भइरहन्छ सधैँ ।


एमबीका सबै बानी राम्रा


एमबीको नराम्रो बानी भेट्टाउन गाह्रो छ । अहिलेसम्म पनि मैले उहाँको नराम्रो बानी भेट्टाउन सकेकी छैन । भन्नै सक्दिनँ कुनचाहिँ बानी नराम्रो भनेर । उहाँ अलि हक्की स्वभावको हुनुहुन्छ । उहाँ जे गर्न चाहनुहुन्छ र आँट्नुहुन्छ, त्यो गरेरै छाड्नुहुन्छ । यो बानी राम्रो हो कि नराम्रो, म आफैँ पनि ‘कन्फ्युज’ छु ।


उहाँका सबै बानी राम्रा छन् । सबैभन्दा राम्रो बानी त उहाँले मलाई कहिले पनि ‘महिला हो, कमजोर छ’ भन्ने दृष्टिकोणबाट हेर्नुभएन । मैले भनेका कुरामा पनि कहिल्यै नाइँनास्ती गर्नुहुन्न । केही गल्ती हुँदा पनि ‘यो त्यस्तो होइन, यस्तो हो’ भनेर मायाले सम्झाउनुहुन्छ । कहिल्यै रिसाउनुहुन्न । त्यसैले अहिलेसम्म हाम्रो झगडा पनि परेको छैन ।


हरेक कुरामा उहाँ एकदमै सहयोग गर्नुहुन्छ । छोराहरूको हेरचाहमा पनि उत्तिकै समय दिनुहुन्छ । कार्यक्रमहरूमा जाँदा पनि कहिल्यै ‘नजाऊ तिमी, घरमै छोराहरू हेरेर बस्नुपर्छ’ भन्नुभएन । बरु, ‘तिमीले गर्नुपर्छ, जाऊ’ भनेर आफैँ समय मिलाइदिनुहुन्छ । हरेक काम हामी सहकार्य र अपसी समझदारीमा गर्छौँ । दुई छोरा छन्, जीवन रमाइलोसँग चलिरहेको छ हाम्रो ।


योगदान, क्षमता र मिहिनेतले सभासद् भएकी हुँ


म एमबीका कारणले सभासद् भएको होइन । पार्टीमा मेरो योगदान, क्षमता र मिहिनेतको मूल्यांकन गर्दै राष्ट्रिय जनमोर्चाले मलाई समानुपातिक सभासद्मा छनोट गरेको हो । एमबी आफैँमा प्रतिभाशाली र अन्तर्राष्ट्रियस्तरमै परिचित व्यक्ति हुनुहुन्छ । उहाँ एउटा त्यागी नेता हो । उहाँलाई कहिल्यै पनि पदको लोभ भएन ।


मलाई राजनीति गर्न एमबीको सपोर्ट छ । म सभासद् भएपछि पनि उहाँले गर्ने व्यवहारमा परिवर्तन आएको छैन । र, कहिल्यै पनि आउँदैन । सभासद् भए भनेर मैले पनि घमण्ड गर्ने कुरा आउँदैन । हामीबीच राम्रै सम्बन्ध छ । उहाँको साथ सधैँ मलाई रहिरहनेछ र मेरो पनि रहिरहन्छ । हामी ‘एक रथका दुई पांग्रा’ भएर बस्छौँ ।


शान्ता दिदीसँग मेरो नराम्रो सम्बन्ध छैन


उहाँ (एमबी)को पहिले नै शान्ता जिसीसँग विवाह भइसकेको थियो । त्यो कुरा मलाई थाहा थियो । उहाँहरूका दुईजना छोराछोरी छन् भन्ने पनि थाहा थियो । र, यो पनि थाहा थियो कि उहाँहरूको ०३६ सालमै सम्बन्धविच्छेद भइसकेको हो भन्ने । म उहाँ (शान्ता)लाई आदर गर्छु, दिदी भन्छु । एमबीसँग विवाह नहँुदै पनि शान्ता दिदीसँग मेरो भेट भइसकेको थियो । अहिले पनि विभिन्न कार्यक्रममा भेट हुने गर्छ । बिरामी परेका बेला जान्छौँ, भेटघाट गर्छौँ । कार्यक्रममा भेट भएका वेला उहाँ (शान्ता)ले बोलाउनुहुन्छ, मैले पनि बोलाउँछु । सम्बन्ध नराम्रो छैन । भेटघाट भएका वेला दुःखसुखका कुराकानी पनि हुन्छन् ।


जलजला जिउँदी भए एमबी मेरो आदरणीय मात्रै हुनुहुन्थ्यो


एमबीले आफ्नी पूर्वप्रेमिका जलजलाबारे उपन्यास लेख्दै हुनुहुन्छ । यसमा मलाई गर्व लाग्छ । म उहाँ (जलजला)लाई आदर गर्छु । मसँग भेट नहुँदै एमबी र उहाँबीच प्रेम थियो । दुर्भाग्य दिदी (जलजला) यो संसारमा हुनुहुन्न । अझै पनि उहाँले दिदीबारे कुरा गर्नुहुन्छ । मलाई पनि त्यस्तो केही नराम्रो लाग्दैन । झन्, आदरभाव बढेर आउँछ ।


दिदी (जलजला) हुनुभएको भए म यसरी एमबीसँग नजिक पनि हुँदैन थिएँ होला, प्रेम पनि गर्ने थिइनँ होला । एमबीलाई एउटा आदरणीय नेताका रूपमा मान्थेँ होला । एमबीको एक्लो जीवन देखेर नै म उहाँसँग नजिक भएकी हुँ । सहयोग गर्ने भावना पैदा हुँदाहुँदै माया बसेको हो ।


(फागुन १ देखि बजारमा आउने मिरर न्यूज मासिकबाट)

Monday, February 10, 2014

क्यान्सर उपचारमा ‘भिटामिन सी’ उपयोगी - onlinekhabar

vitamin-c
भिटामिन सीको तगडा खुराकले क्यान्सरको उपचारमा केमोथेरापीको प्रभाव बढाउने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरुका अनुसार इन्जेक्शनले यो खुराक दिन हो भने गर्भाशय र अन्य क्यान्सरको उपचार निकै सुरक्षित, प्रभावकारी र सस्तो विधी हुनसक्छ ।
साइन्स ट्रान्सलेशन मेडिसिनमा प्रकाशित लेखमा ठूलो मात्रमा सरकारी क्लिनिकल ट्रालय सुरु गर्न समेत सुझाव दिइएको छ । भिटामिनको पेटेन्ट नहुने भएकाले औषधी कम्पनीहरुको तर्फबाट ट्रालय चलाउन सम्भव छैन् ।
क्यान्सरका विरामीको उपचारमा भिटामिन सीलाई पहिल्यैदेखि बैकल्पिक उपचारका रुपमा प्रयोग हुँदै आएको छ । १९७० को दशकमा नसाबाट भिटामिन सीको खुराक दिँदा क्यान्सरको उपचार प्रभावकारी हुने पत्ता लागेको थियो । तर, मुखबाट शरीरमा पुग्ने भिटामिन सीको क्लिनिकल ट्रायलमा अपेक्षित परिणम नआएपछि यो अध्ययन रोकिएको थियो ।
अब यो प्रष्ट भइसकेको छ कि मुखबाट भुटामिन सी लिँदा शरीरले तिब्र गतिमा भिटामिन सी निकाल्नेछ । कन्सास विश्वविद्यालयका बैज्ञानिकका अनुसार इन्जेक्शनबाट दिइने भिटामिन सी शरीरले छिट्टै अवशोषित गर्छ । यसरी स्वस्थ कोशिकालाई हानी नगरी क्यान्सरको कोशिका समाप्त पर्छ ।
शोधकर्ताहरुले प्रयोगशालामा मुसाको क्यान्सरयुत्त गर्भाशय कोशिका र एक विरामीको क्यान्सरयुक्त गर्भाशय कोशिकामा भिटामिन सी हालेका थिए । जसमा क्यान्सर कोशिका भिटामिन सीप्रति संवेदनशील थिए, जव कि समान्य कोशिकाको कुनै क्षति भएन ।
मुसामा गरिएको अध्ययनले केमोथेरापीबाट गरिएको उपचारमा ट्युमरको विकास रोक्न सफल भएको छ । तर, केमोथेरापीसँगै भिटामिन सी दिँदा केही विरामीले भने साइड इफेक्ट्सको गुनासो गरेका थिए ।

Thursday, February 6, 2014

CDS and Clearing Limited - Bizmandu

क. डिपोजिटरी प्रणाली

१. डिपोजिटरी भनेको को हो ?
डिपोजिटरी भन्नाले धितोपत्र बजारमा सूचिकृत भएका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने, वितरण वा बाँडफाँड भएका धितोपत्र वा उपकरणहरु सम्बन्धित धितोपत्रधनीबाट आफ्नो जिम्मामा लिई धितोपत्रधनीहरुको धितोपत्र सम्बन्धी हितग्राही खाता खोल्ने तथा धितोपत्र वा उपकरणहरुको नामसारी वा खातामा अभिलेख राख्ने कम्पनी हो ।

२. सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि) कस्तो कम्पनी हो ?
सिडिएससि कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०६७ सालमा धितोपत्रहरुको अभौतिकीकरण सेवा उपलब्ध गराउने उद्देश्यले  स्थापना भएको नेपालको एक मात्र डिपोजिटरी कम्पनी हो । नेपाल स्टक एक्स्चेन्ज लि.को पूर्ण स्वामित्व भएको यस कम्पनीको अधिकृत पूँजी रु. ५० करोड र जारी पूँजी रु. ३० करोड रहेको छ ।

३. सिडिएससिको उद्देश्य के हो ?
सिडिएससिको मुख्य उद्देश्य धितोपत्रहरु (शेयर, अग्राधिकार शेयर, डिबेन्चर, बण्ड, सरकारी ऋणपत्रहरु आदि) अभौतिकीकरण गर्ने र खरिदकर्ताहरुको नाममा निक्षेप गरी कारोबारको अभिलेख राखी अद्यावधिक सेवा उपलब्ध गराउने रहेको छ ।

४. सिडिएससिले प्रदान गर्ने सेवाहरु के–के हुन् ?
  •   सिडिएससिले देहाय बमोजिमका सेवाहरु प्रदान गर्छ:
  •     धितोपत्रहरुको निक्षेप, भुक्तानी र हस्तान्तरण गर्ने,
  •     प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रहरु हितग्राहीको खातामा प्रत्यक्ष रुपमा अभौतिकीकरण गरी जम्मा गर्ने,
  •     हितग्राहीहरुका धितोपत्रहरुलाई विद्युतीय रुपमा सुरक्षित साथ राख्ने र पुस्तकीय प्रविष्टिको आधारमा सम्बन्धित हितग्राही खातामा डेबिट/क्रेडिट गरी हिसाब खाता तयार गर्ने,
  •     निष्काशनकर्ताहरुलाई प्राथमिक निष्काशन (IPO) र संस्थागत गतिविधि तथा लाभहरुको छिटो छरितो वितरण गर्ने,
  •     हितग्राहीहरुलाई धितोपत्रको धितो बन्धकी राख्न तथा बन्धकी रोक्का फुकुवाको सेवा प्रदान गर्ने,
  •     निष्काशनकर्ताहरुको धितोपत्रको हिसाबमिलान (Reconciliation) सेवा प्रदान गर्ने र अद्यावधिक विवरण उपलब्ध गराउने ।
५.अभौतिकीकरण (Dematerialization) भनेको के हो ?
अभौतिकीकरण (डिम्याट्) भन्नाले कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राख्ने कार्य हो ।

६. डिम्याट् खाता खोल्नुका उद्देश्यहरु के–के हुन् ?
डिम्याट् खाता खोल्नुका उद्देश्यहरु देहाय बमोजिम छन्:
  • भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्घतिमा परिवर्तन गर्न,
  • नेपाल स्टक एक्स्चेन्ज लि.मा भएका धितोपत्रहरुको खरिद/बिक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त÷हस्तान्तरण गर्न,
  • IPO बाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधि जस्तैः हकप्रद निष्काशन, बोनस निष्काशन, मर्जर इत्यादिलाई अभौतिक रुपमा जम्मा गर्न,
  • डिम्याट् खातामा ग्रहण गरेका अभौतिक धितोपत्रहरुको खाताको फाँटवारी प्राप्त गर्र्न,
  • डिम्याट् खातामा भएका धितोपत्रहरुको धितो बन्धकी राख्न,
  • डिम्याट् खातामा भएका धितोपत्रहरुको पुनःभौतिकीकरण गर्न ।

७. हितग्राही को हुन् ?
हितग्राही भन्नाले DP मार्फत् सिडिएससिमा धितोपत्र वा उपकरण निक्षेप गर्न हितग्राही खाता खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र वा उपकरण ग्रहण गरेका व्यक्ति हुन् ।

८. निक्षेप सदस्य को हुन् ?
निक्षेप सदस्य भन्नाले नेपाल धितोपत्र बोर्डबाट दर्ता प्रमाणपत्र लिई सिडिएससिसंग सदस्यता लिएका धितोपत्र व्यवसायी वा संगठित संस्था हुन् ।

निक्षेप सदस्य हुनको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनुपर्छ:
क) बैंक वा वित्तीय संस्था, धितोपत्र दलाल, रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, कस्टोडियन वा अन्य यस्तै नेपाल धितोपत्र बोर्डबाट समय समयमा तोकिएका निकाय रहेको,
ख) नेटवर्थ कम्तीमा एक करोड रुपैयाँ रहेको,
ग) कर्जा सूचना केन्द्रको कालो सूचिमा नरहेको ।

९. DP ले कुन–कुन सेवाहरु प्रदान गर्दछ ?
  • DP ले देहाय बमोजिमका सेवाहरु प्रदान गर्दछ:
  • हितग्राही खाता (डिम्याट् एकाउन्ट) खोल्ने,
  • अभौतिकीकरण गर्ने,
  • पुनःभौतिकीकरण गर्ने,
  • विद्युतीय रुपमा रहेका धितोपत्रहरुको व्यवस्थित रुपमा अभिलेख राख्ने,
  • हितग्राहीका खातामा धितोपत्रहरु हस्तान्तरण गरी कारोबारहरुको फछ्र्यौट गर्ने,
  • स्टक एक्स्चेन्ज भन्दा बाहिर हितग्राहीहरु बीच भएका बाह्य बजार कारोबारहरुको फछ्र्यौट गर्ने,
  • निष्काशनकर्ताहरुले IPO वा अन्य तरिकाले बाँडफाँड गरेका धितोपत्रलाई हितग्राहीको डिम्याट् खातामा जम्मा गर्ने,
  • निष्काशनकर्ताहरुले हितग्राहीलाई दिने गैह्र मौद्रिक संस्थागत लाभहरु (बोनस, हकप्रद शेयर आदि) लाई हितग्राहीका डिम्याट् खातामा जम्मा गर्ने,
  • अभौतिकीकरण गरिएका धितोपत्रहरुको बन्धकी राख्ने कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ।     

१०. ISIN भनेको के हो ?
ISIN (International Securities Identification Number) भनेको निष्काशनकर्ताका धितोपत्रहरु डिपोजिटरी प्रणालीमा सूचिकृत गर्दा ती धितोपत्रहरुलाई दिइने १२–अंकको पृथक (Unique) अक्षर र अंकको मिश्रित संकेत (Alphanumeric Code) हो ।
उदाहरणः
    









११. BOID भनेको के हो ?
हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नका लागि DP मार्फत् सम्पूर्ण विवरणहरु प्रणालीमा प्रविष्टि गरेपछि प्रणालीबाट उत्पन्न हुने १६–अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर (BOID) हो । BOID भविष्यमा गरिने सबै कारोबारहरुमा उल्लेख गर्नु पर्दछ । BOID नक्कल गर्न सकिंदैन । अर्थात् दुई हितग्राहीहरुको समान BOID हुन सक्दैन । जसले गर्दा गलत खातामा धितोपत्रहरु हस्तान्तरण हुन सक्दैन ।

 उदाहरणः
 






१२. सिडिएससि प्रणालीमा निष्काशनकर्तालाई हुने फाईदाहरु के–के हुन् ?
सिडिएससि प्रणालीमा निष्काशनकर्तालाई हुने फाईदाहरु देहाय बमोजिम छन्:
क) अभौतिक धितोपत्रहरुलाई हस्तान्तरण गर्दा लाग्ने समय र लागत न्यूनतम हुन्छ ।
ख) अभौतिकीकरण गरिएका धितोपत्रहरु हराउने, चोरी हुने, च्यातिएर नष्ट हुने र दुरुपयोग हुने जस्ता जोखिमहरुलाई हटाउने भएकाले कम्पनीलाई अनावश्यक मुद्दामामिला, लामो पत्राचार र उजुरी सम्हाल्ने झन्झटबाट मुक्त गराउँछ ।
ग) सबै प्र्रकारका गैह्र मौद्रिक संस्थागत गतिविधि तथा IPO लाई बिना झन्झट छिटो छरितो रुपमा डिम्याट् पद्घतिमा व्यवस्थित गराउँछ ।
घ) सिडिएससिको केन्द्रीकृत तथ्याङ्कको सहायताले कुनै पनि धितोपत्रको स्वामित्व ढाँचामा भएको परिवर्तनको जानकारी निष्काशन कम्पनीले सजिलै संग तुरुन्तै प्राप्त गर्न सक्छ । तसर्थ स्वामित्वमा भएको परिवर्तनलाई प्रभावकारी ढंगले अनुगमन तथा निगरानी गरी कुनै प्रकारका अनुचित कार्यको बारेमा कम्पनी समयमै सतर्क रहन्छ ।
ङ) निष्काशनकर्ताले शेयर विभागको व्यवस्थापनमा लाग्ने समयलाई उल्लेख्य रुपमा बचत गर्न सक्दछ । यसले सो विभागको कार्यभारलाई न्यूनिकरण गर्दछ र बढी भएका मानवीय श्रोतलाई अन्य उत्पादनमूलक विभागमा प्रयोग गर्नका लागि व्यवस्थापनलाई सहयोग पुग्छ ।


ख. डिम्याट् खाता खोल्ने सम्बन्धी
१३. डिम्याट् खाता कसरी खोलिन्छ ?
DP मार्फत् सिडिएससिमा खाता खोल्ने प्रक्रिया धेरै सरल छ । यो प्रक्रिया बैंक खाता खोले सरह नै छ । डिम्याट् खाता खोल्ने प्रक्रिया देहाय बमोजिमको हुन्छ:

 















१४. डिम्याट् खाता खोल्दा हितग्राहीलाई हुने लाभहरु के–के हुन् ?
देहाय बमोजिमका लाभहरुका कारणले सबै वर्गका हितग्राहीहरुलाई डिम्याट् खाता अत्यावश्यक भएको छः
  •  भौतिक प्रमाणपत्रहरुमा भएका जोखिम हटाउने: धितोपत्रहरुलाई विद्युतीय रुपमा सञ्चित गरी राख्ने हुँदा भौतिक प्रमाणपत्रहरुमा हुने विविध जोखिमहरु जस्तैं: प्रमाणपत्रहरु ओसार प्रसार गर्दा प्रमाणपत्रमा हुने क्षति, प्रमाणपत्रहरु च्यातिने÷नष्ट हुने डर, प्रमाणपत्रहरुको चोरी तथा प्रमाणपत्रहरुको नक्कल प्राप्त गर्दा लाग्ने लागत जस्ता समस्याहरु हटाउँदछ ।
  • धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण: जब कुनै हितग्राहीले धितोपत्रहरु खरिद गर्दछ, त्यस्ता धितोपत्रहरुलाई हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ र खरिद गर्ने हितग्राहीले ती धितोपत्रहरुको वैधानिक रुपमा स्वामित्व प्राप्त गर्दछ । धितोपत्रहरुको स्वामित्व हस्तान्तरण गराउनका लागि RTA समक्ष पठाउनु पर्ने कुनै आवश्यकता हुँदैन । साथै RTA को पुस्तिकामा भएका धितोपत्रहरुको वैधानिक स्वामित्व प्राप्त व्यक्ति हुनका लागि लामो समय सम्म प्रतिक्षा गर्नु पर्दैन ।
  • शीघ्र फछ्र्यौट चक्र: धितोपत्रहरुलाई कारोबार भएको ३ दिन (T+3) को फछ्र्यौट चक्र अवधिमा अभौतिक रुपमा फछ्र्यौट गरिन्छ र फछ्र्यौट चक्र अवधिको अन्तिम दिनमा खरिदकर्ताको खातामा जम्मा गरिन्छ जसले गर्दा फछ्र्यौट चक्र शीघ्र हुने कुरा निश्चित हुन्छ ।
  • IPO द्धारा वितरित शेयरहरुको शीघ्र वितरण: सिडिएससिमा खाता भएका हितग्राहीहरुलाई प्राथमिक निष्काशन कम्पनीले वितरण गरेका धितोपत्रहरु वितरण गर्नासाथ सम्बन्धित हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ । जसले गर्दा हितग्राहीले निष्काशन कम्पनीबाट प्रमाणपत्र प्राप्त गर्न प्रतिक्षा गर्नु पर्दैन । यसले धितोपत्रहरुलाई स्टक एक्स्चेन्जमा शीघ्र सूचिकृत गर्नमा सहयोग पु¥याउँछ ।
  •  पोर्टफोलियो व्यवस्थापनमा सहजताः हितग्राहीलाई खाताको विवरण आवधिक रुपमा प्रदान गरिने हुनाले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न तथा आफ्नो धितोपत्रको बारेमा विस्तृत जानकारी सहज रुपमा प्राप्त गर्न सक्षम गराउँदछ ।
  • ठेगाना परिवर्तनको समस्याको निदान:  हितग्राहीको ठेगाना परिवर्तन भएको अवस्थामा आफूले ग्रहण गरेका धितोपत्रहरुको बारेमा प्रत्येक निष्काशनकर्ता कम्पनीलाई छुट्टा छुट्टै रुपमा पत्राचार गरी जानकारी गराईरहनु पर्ने आवश्यकता हुँदैन । हितग्राहीले परिवर्तन भएको ठेगाना DP समक्ष दर्ता गरे पुग्छ । ठेगाना परिवर्तन भएको कुराको जानकारी DP द्धारा हितग्राहीले धितोपत्र ग्रहण गरेका सबै कम्पनीहरुमा उपलब्ध गर्ने व्यवस्था गरिन्छ ।
  • धितोपत्रहरुको बन्धकीमा सहजता:  अभौतिक रुपमा परिणत गरिएका धितोपत्रहरु बन्धकी राखिएको अवस्थामा त्यस्ता धितोपत्रहरुको बन्धकी खाता रोक्का गरिन्छ र धितोपत्रहरुको बन्धक राख्ने बेलामा बन्धकी राख्ने वा बन्धकी लिने कसैले पनि धितोपत्रहरुको स्थानान्तरण गर्नु पर्दैन ।

१५. के डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिन्छ ?
डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिंदैन । DP को माध्यमबाट मात्र सिडिएससिमा डिम्याट् खाता खोल्न सकिन्छ ।

१६. सबै धितोपत्रहरु एउटै डिम्याट् खातामा अभौतिकीकरण गर्न सकिन्छ ?
सिडिएससिमा सूचीकृत सबै धितोपत्रहरु एउटै हितग्राहीको नाममा दर्ता भएको अवस्थामा एउटै डिम्याट् खातामा अभौतिकीकरण गरेर राख्न सकिन्छ ।

१७. विभिन्न कम्पनीहरुका धितोपत्रहरु एउटै डिम्याट् खातामा राख्दा सबै एकै ठाँउमा मिसिन सक्छन् ?
विभिन्न धितोपत्रहरुलाई एक आपसमा छुट्टाउनका लागि छुट्टै ISIN प्रदान गरिएको हुन्छ । त्यसकारण धितोपत्रहरु मिसिने कुनै प्रश्नै उठ्दैन ।

१८. हितग्राहीले आफ्नो डिम्याट् खातामा धितोपत्रहरुको कुनै न्यूनतम मौज्दात ९द्यबबिलअभ० कायम गर्नु पर्छ ?
डिम्याट् खाता बिना कुनै मौज्दात वा शून्य (Zero) ब्यालेन्समा खोल्न र व्यवस्थित गरी राख्न सकिन्छ ।

१९. धितोपत्रहरुको स्वामित्वमा कुनै समस्या आएको खण्डमा के गर्नु पर्छ ?
धितोपत्रहरुको स्वामित्वमा कुनै समस्या वा अवरोध आएको खण्डमा हितग्राहीले तुरुन्त आफ्नो DP लाई सम्पर्क गर्नु पर्छ । यदि सो समस्या समाधान हुन नसकेमा हितग्राहीले सिडिएससिमा सम्पर्क गर्नु पर्छ ।

२०. हितग्राहीले आफ्नो विवरण हराएमा के गर्नु पर्छ ?
हितग्राहीले आफ्नो विवरण हराएको कुरा DP लाई तुरुन्त जानकारी गराउनु पर्छ र विवरणको प्रतिलिपि जारी गर्नका लागि निवेदन पेश गर्नु पर्छ ।



ग. धितोपत्रहरुको अभौतिकीकरण
२१. के अभौतिकीकरण गर्नु अनिवार्य छ ?
धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ ले निष्काशनकर्ताहरुलाई आफ्नो धितोपत्र निक्षेप गराउन तथा हितग्राहीहरुलाई धितोपत्र बजारमा कारोबार गर्नको लागि आफ्नो स्वामित्वमा भएका धितोपत्रहरुलाई अभौतिकीकरण गर्न अनिवार्य गरेको छ ।

२२. अभौतिकीकरणका प्रक्रियाहरु के–के हुन् ?
 

२३. प्रमाणपत्रको रुपमा भएका सबै धितोपत्रहरु जुनसुकै नाममा पनि अभौतिकीकरण गर्न सकिन्छ ?
कुनै एक व्यक्तिको नाममा दर्ता भएका धितोपत्रका प्रमाणपत्रहरु मात्र अभौतिकीकरण गर्न सकिन्छ । त्यस बाहेक त्यस्ता धितोपत्रहरु सिडिएससिमा अभौतिकीकरणका लागि सूचीकृत भएका धितोपत्रहरुको सूचीमा अनिवार्य रुपमा हुनु पर्छ ।

२४. कुनै हितग्राहीले सिडिएससिमा सूचीकृत नभएका धितोपत्रहरु अभौतिकीकरण गर्न चाहेमा के गर्नु पर्छ ?
यस्तो अवस्थामा हितग्राहीले उक्त कम्पनीलाई धितोपत्रहरु सिडिएससिमा सूचीकृत गर्नका लागि अनुरोध गर्नु पर्छ र ती धितोपत्रहरु सूचीकृत भइसकेपछि हितग्राहीले अभौतिकीकरण गर्न सक्छ ।

२५. कुनै व्यक्तिले आफ्नो नाममा भएका धितोपत्रहरु मध्ये केहीलाई अभौतिक रुपमा र केहीलाई भौतिक प्रमाणपत्रको रुपमै पनि राख्न सक्छ ?
हितग्राहीले आफ्ना धितोपत्रहरु भौतिक या अभौतिक दुवै रुपमा राख्न सक्छ । तर कारोबार गर्न धितोपत्रहरु अभौतिक रुपमा नै हुनु पर्छ ।

२६. निर्देशन पुर्जी भनेको के होे ?
निर्देशन पुर्जी भनेको सिडिएससिमा खाता खोलेका व्यक्ति वा संस्थाले आफ्नो खातामा धितोपत्र जम्मा गर्न (क्रेडिट) वा आफ्नो खाताबाट धितोपत्र घटाउन (डेबिट) दिईने आदेश हो । यस पुर्जीमा हरेक हितग्राहीको आ–आफ्नो BOID नम्बर र निर्देशन पुर्जी नम्बर अग्रिम रुपमा छापिएको हुन्छ ।

२७. निर्देशन पुर्जीको सम्बन्धमा हितग्राहीलाई के कस्ता कुराहरुको जानकारी हुनु पर्छ ?
  • निर्देशन पुर्जीका सम्बन्धमा हितग्राहीहरुलाई देहाय बमोजिमका कुराहरुको जानकारी हुनु पर्छ:
  • निर्देशन पुर्जी पुस्तिका DP ले नै जारी गर्छ भन्ने कुराको हितग्राहीहरुमा जानकारी हुनु पर्छ,
  • निर्देशन पुर्जी नम्बर अग्रिम रुपमा छापिएको हुन्छ,
  • डिम्याट् खाता नम्बरको छाप अग्रिम रुपमा लगाएको हुन्छ,
  • सम्पूर्ण विवरण हितग्राहीेले निर्देशन पुर्जीमा राम्रोसंग भर्नु पर्छ,
  • छुट्टा छुट्टै निर्देशन जस्तैं: आन्तरिक बजार, बाह्य बजार, हस्तान्तरण ईत्यादीका लागि छुट्टा छुट्टै निर्देशन पुर्जी जारी गर्नु पर्छ,
  • DP ले छाप लगाई स्वीकार गरेको निर्देशन पुर्जीको प्रतिलिपि हितग्राहीले सुरक्षित साथ राख्नु पर्छ,
  • निर्देशन पुर्जी प्रयोग नभएको अवस्थामा सुरक्षित साथ राख्नु पर्छ । यदि निर्देशन पुर्जी हराएमा हितग्राहीले आफ्नो DP लाई तुरुन्तै जानकारी गराउनु पर्छ,
  • रिक्त निर्देशन पुर्जीमा हस्ताक्षर गरी कहिले पनि राख्नु हुँदैन ।

घ. पुनःभौतिकीकरण
 
२८. पुनःभौतिकीकरण (Rematerialization) भनेको के हो ?
पुनःभौतिकीकरण (रिम्याट्) भन्नाले विद्युतीय प्रणालीमा राखिएको धितोपत्रको अभिलेखलाई कागजी अवस्थामा परिवर्तन गर्ने कार्य हो ।

२९. के धितोपत्रहरुलाई विद्युतीय रुपबाट पुनःभौतिक रुपमा परिवर्तन गर्न सकिन्छ ?
यो कार्य पुनःभौतिकीकरणको माध्यमबाट गर्न सकिन्छ ।

३०. पुनःभौतिकीकरणका प्रक्रियाहरु के–के कुन् ?
 

ङ. धितोपत्रहरुको बन्धकी

३१. के डिम्याट् गरिएका धितोपत्रहरु बन्धकी राख्न सकिन्छ ?
डिम्याट् गरिएका धितोपत्रहरु बन्धकी राखी वित्तीय संस्थाहरुबाट ऋण प्राप्त गर्न सकिन्छ । साथै धितोपत्रहरु बन्धकी राख्ने प्रक्रियाहरु पनि सहज छन् ।

३२. धितोपत्रहरु बन्धकी राख्ने प्रक्रिया के हो ?
वर्तमान अवस्थामा बन्धकी लिने र दिने दुवैको सिडिएससिमा हितग्राही खाता अनिवार्य रुपमा हुनु पर्छ । बन्धकी राख्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:

 
 

३३. सिडिएससि प्रणालीमा धितोपत्रको बन्धकी फुकुवा गर्ने प्रक्रियाहरु के–के हुन ?
सिडिएससि प्रणालीमा धितोपत्रको बन्धकी फुकुवा गर्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:



३४. बन्धकी राखिएका धितोपत्रहरु कसरी जफत गरिन्छ ?
बन्धकी राखिएका धितोपत्रहरु जफत गर्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:

 
३५. IPO भनेको के हो ?
संगठित संस्थाले आफ्नो पूँजी वृद्घि गर्नका लागि थप धितोपत्र जारी गर्न सर्वसाधारण समक्ष विवरणपत्र प्रकाशन गरी राखेको प्रस्तावलाई IPO भनिन्छ ।

३६. IPO बाट बाँडफाँड गरिएका धितोपत्रहरु विद्युतीय रुपमा प्राप्त गर्ने प्रक्रियाहरु के–के हुन् ?
IPO बाट बाँडफाँड गरिएका धितोपत्रहरु प्राप्त गर्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:


 

३७. मौद्रिक संस्थागत लाभ कसले भुक्तानी गर्छ ?
मौद्रिक संस्थागत लाभ निष्काशनकर्ता/RTA ले सोझै हितग्राहीलाई भुक्तानी गर्छ । हितग्राहीको बैंक खातामा मौद्रिक लाभहरु निष्काशनकर्ता/RTA ले सोझै जम्मा गर्न सक्ने सुविधा सिडिएसिले प्रदान गर्न सक्छ ।

३८. गैह्र मौद्रिक संस्थागत लाभ कसले भुक्तानी गर्छ ?
 गैह्र मौद्रिक संस्थागत लाभ सिडिएससिले हितग्राहीको डिम्याट् खातामा वितरण गर्छ ।

३९. हकप्रद र बोनस शेयरहरु सोझै डिम्याट् खातामा जारी गर्न सकिन्छ ?
हकप्रद र बोनस शेयरहरु सोझै हितग्राहीको डिम्याट् खातामा जम्मा गर्न सकिन्छ ।

च. अभौतिक धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी

४०. धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनेको के हो ?
मृत्यु भएका व्यक्तिहरुको खातामा भएका धितोपत्रहरु कानूनी हकवाला वा इच्छाएको व्यक्तिको खातामा हस्तान्तरण गर्ने कार्यलाई धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनिन्छ । भौतिक धितोपत्रहरुको हकमा कानूनी हकवाला/इच्छाएको व्यक्तिले धितोपत्रको स्वामित्व भएका प्रत्येक कम्पनीमा पत्राचार गर्नु पर्दछ । तर डिम्याट् खातामा भएका धितोपत्रहरुको हकवालामा नामसारीका लागि DP लाई आवश्यक कागजातहरु पेश गरी सहजै नामसारी गर्न सकिन्छ ।

४१. मृत्यु भएका हितग्राहीहरुको हकवाला व्यक्तिले डिम्याट् खाताका धितोपत्रहरुको हकदावी कसरी गर्नु पर्छ ?
हकवाला व्यक्तिले नामसारी निवेदन फारम (Transmission Request Form - TRF) का साथ देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
  • मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • हकवालाको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • हकवालाको मञ्जुरीनामा ।
DP ले सो निवेदनको वैद्यता जाँच गरी सही ठहराएमा धितोपत्रहरु हकवालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाउँछ ।

४२. अंशबंडाबाट प्राप्त धितोपत्रहरुको हकदावीको नामसारी कसरी गर्नु पर्छ ?
हकवाला व्यक्तिले TRF का साथ देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
  • लिने दिनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपि,
  • माग गरिएको अन्य आवश्यक प्रमाणित कागजात ।
DP ले सो निवेदनको वैद्यता जाँच गरी सही ठहराएमा धितोपत्रहरु हकवालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाउँछ ।

४३. एकाघर परिवार भित्रको तीन पुस्ता भित्र घरायसी नामसारी कसरी गर्नु पर्छ ?
एकाघर परिवार भित्रको तीन पुस्ता भित्र घरायसी नामसारी गर्नका लागि देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
  • शेयर नामसारी गरी लिने तथा शेयर नामसारी गरी दिने दुवैको निवेदन,
  • तीन पुस्ता भित्रको परिवार देखिने कागजात,
  • शेयर लिने तथा दिने दुवैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • शेयरको सक्कल प्रमाणपत्र,
  • शेयर लिने तथा दिने बीचको नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि ।
DP ले सो निवेदनको वैद्यता जाँच गरी सही ठहराएमा धितोपत्रहरु हकवालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाउँछ ।

४४. अदालतको फैसलाबाट हक हुने आउनेका धितोपत्रहरुको नामसारी कसरी गर्नु पर्छ ?
अदालतको फैसलाबाट हक हुने आउनेका धितोपत्रहरुको नामसारीका लागि TRF का साथ देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
  • फैसलाको प्रमाणित प्रतिलिपि,
  • हककायम गराई ल्याउनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • अदालतको चलान पुर्जी ।
DP ले सो निवेदनको वैद्यता जाँच गरी सही ठहराएमा धितोपत्रहरु हकवालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाउँछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोको वेभसाइटमा जान यहाँ क्लिक गर्नुहोस्