Wednesday, July 18, 2012

कस्तो विचित्रको खेलमैदान !!! (फोटो फिचर सहित) - onlinekhabar

साहसिक खेलमा सामेल हुन चाहनेहरुका लागि अमेरिकाको उटाहस्थित मोआब मरुभूमिको फिसर टावर एक उत्कृष्ट तथा स्वप्नील गन्तव्य बन्नसक्छ ।
मुटु नै काँप्ने खालको उक्त खेलमैदान क्षेत्र विश्वकै सबैभन्दा ठूलो साहसिक खेल क्षेत्र हो ।
जसमा साहसिक खेलपारखीहरु ८ सय मिटर उचाइँमा चट्टानी भिरबाट हाम फाल्छन् तथा आकाशमै डोरीमा हिँड्छन् ।
यो क्षेत्रमा साहसिक खेल खेल्नका लागि विश्वका विभिन्न देशका खेल पर्यटकहरु यहाँ झुम्मिने गर्छन् । यहाँ एकै ठाउँमा रक क्लाइम्बिङ, स्काइ डाइभिङ, बेस जम्पिङ तथा स्लाकलाइनिङ जस्ता साहसिक खेलको मज्जा लुट्न पाइन्छ ।
यो मरुभूमि क्षेत्रमा ठडिएका ३५ फिटदेखि ८ सय फिट सम्म अग्ला मूर्तिजस्ता चट्टानहरुमा रक क्लाइम्बिङ गर्नु र एक चट्टादेखि अर्को चट्टानसम्म टाँगिएको डोरीमा हिँडेर पार गर्नुको अनुभुति वास्तवमै अनुपम हुन्छ होला ।
हेरौँ यो साहसिक खेल क्षेत्रमा पुगेका साहसिक खेलाडिहरुले खिचेका यी दृश्यहरु ।