Friday, June 29, 2012

रू. १० करोडको परोपकारी अक्षय कोष स्थापना अपिल - onlinekhabar

रवीन्द्र मिश्र
Facebook.com/RabindraMishra.Nepal
के राम्रो कामलाई प्रोत्साहित गर्ने, नेपालका लागि सांच्चिकै केही गरौं भन्ने, नेपाल लगायत विश्वभरी १ लाख रूपैयां दिन सक्ने १,०००, या ५० हजार दिनसक्ने २,०००, या २५ हजार दिनसक्ने ४,००० हजार या १२ हजार ५०० दिनसक्ने ८,००० नेपालीहरु छैनन् होला? अवश्य छ्न्। विदेशमा बस्ने नेपालीहरू मात्र ३० लाख रहेको अनुमान गरिएको छ भने विदेशमा रहेका नेपाली संघसंस्थाहरूको संख्या हजारौं छन्। नेपालमा राम्रा कामका लागि कतिपय ब्यक्तिहरूले लाखौं सहयोग गरेका छन् भने कतिपय संघसंस्थाहरूले अझ धेरै रकम संकलन गरेका छन्। त्यस्ता मनकारी नेपाली ब्यक्ति र संस्थाहरू प्रशस्त छन् भन्ने हाम्रो आफ्नै अनुभवले पनि राम्रैसंग देखाइसकेको छ।
हामीले नेपाली-नेपालीबाटै करोडौं रूपैयां जम्मा गरेर नेपालका गाउंहरूमा सयवटाभन्दा बढी परोपकारी कामहरू गरिसकेका छौं। हामीले यसै हप्ताबाट नेपाली-नेपालीको सहयोगमा कम्तिमा दश करोड रूपैयांको ‘हेल्प नेपाल परोपकारी अक्षय कोष’ स्थापनाको एउटा महत्वाकांक्षी अभियानमा शुरू गरेका छौं। अभियान शुरू गरेको पहिलो दिनमैं जीवा लामिछाने (रूस), डा मबि सिंह (अमेरिका) र शैलेस गंगोल (अमेरिका) बाट एक/एक हजार डलर र कपिल थापा (जपान) बाट रू १ लाख प्राप्त गरिसकेका छौं। त्यसमा म स्वयंले पनि रू १ लाख थपेको छु।
यस्ता काम गर्दा कतिपय मानिसहरूलाई संका-उपसंका लाग्नु र कतिपयले नकारात्मक टिप्पणी गर्नु एकदमै स्वभाविक हो। तर त्यसो गरिहाल्नु अगाडि एकपटक हेल्प नेपाल नेटवर्कको वेभसाइट (हेल्प नेपाल डट नेट) मा हामीले नेपाली-नेपालीको सहयोगबाट गरेका राम्रा कामका बारेमा हेरिदिनुभए अनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. उपेन्द्र महतो र सिंगो देशले नै सम्मान गर्ने अन्य कतिपय नेपालीहरुले किन दिल खोलेर हामीलाई सहयोग गरे होला भनेर एकपल्ट सोचिदिनुभए हुनेथियो भन्ने मेरो विशेष आग्रह छ। थप जानकारीका लागि हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरूण सिंह बस्नेतलाई फोन नम्बर (००९७७) ९८५१०७०८६० मा या मलाई नेपालको समय विहान १२ बजे अघि फोन नम्बर (००९७७) ९८५१११२७२० मा सम्पर्क गर्न सक्नुहुनेछ।
यो एउटा नौलो र चुनौतिपूर्ण प्रयोग हो। नेपाली-नेपाली मिल्दा यस्ता अशोचनीय काम गर्न सकिन्छ भनेर देखाउन खोजिएको एउटा प्रयास हो, जुन ढिलो या चांडो सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौं। त्यसैले, विश्वभरी रहेका खान पुग्ने र दिन पुग्ने, अनि नेपाललाई मायां गर्ने नेपालीहरूलाई नेपालको स्थितिप्रतिको अलिकति पीडा र त्यसैसंग जोडिएको अलिकति भावुकता र अलिकति अपेक्षाका साथ हामी यो अपिल गर्दैछौं। यो सन्देश सन्सारभरका फेसबुक प्रयोग गर्ने दशौं लाख नेपालीहरूकहां पुगोस् भन्ने हामी चाहान्छौं। आर्थिक सहयोग गर्न असमर्थ साथीहरूले यो सन्देश पढेर ‘लाइक’ मात्र होइन ‘श्यर’ पनि गरिदिनुभयो भने हाम्रो लागि ठूलो सहयोग हुनेछ। किनभने, सकभर बढी नेपालीकहां पुगेमात्र बढी सहयोग प्राप्त हुने संभावना रहन्छ।
हेल्प नेपाल नेटवर्क के हो?
तपाईंहरू मध्ये धेरैलाई थाहै छ हेल्प नेपाल नेटवर्क: नेपालका लागि महिनाको एक डरल कोष विश्वका विभिन्न देशमा बस्ने नेपालीहरूको सबभन्दा ठूलो परोपकारी सञ्जाल हो। हामी विदेशी दाता होइन, सन्सारभरका नेपाली ब्यक्ति र नेपाली संस्थाबाट कोष संकलन गरेर गाउंगाउंमा समुदायलाई सहयोग पुग्ने शिक्षा, स्वास्थ्य र आपतकालीन राहतको क्षेत्रमा काम गर्दछौं। ‘नेपालका लागि नेपालीले गरौं’ हाम्रो नारा हो। हामी अन्तराष्ट्रिय गैर-सरकारी संस्थाहरूबाट दशौं लाख डलर सहयोग संकलन गर्न सक्ने क्षमता राख्दछौं तर हाम्रो मूल लक्ष नेपाली ब्यक्ति र नेपाली संस्थाको साथ लिएर नेपालीको मनमा परोपकारी भावनाको अभिबृद्धी गर्नु हो। र, त्यस्ता नेपालीहरू नेपाल लगायत विश्वभरी छरिएका छन् भन्ने हामीलाई थाहा छ। कल्याणकारी सहयोगबाट हामी प्रशासनिक काममा एक पैसा पनि खर्च गर्दैनौं।
त्यो हाम्रो सबभन्दा ठूलो विशेषता हो। हाम्रो कार्यालय संचालनका लागि विश्वका विभिन्न देशमा बसेका २५ जना नेपालीले दिएको झण्ड ७५ लाख र काठमाडौंस्थित युवा उद्यमी सिद्धार्थ राणाले एकैपटक दिएको एक करोड रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोषस्थापना गरेका छौं। त्यसैको ब्याजबाट हाम्रो प्रशासनिक कामहरू चल्दछ।
 हामीले के गरेका छौं?
 तपाईंहरू मध्ये कतिपयले आजसम्म हामीलाई गर्नुभएको सहयोग र देखाउनुभएको विश्वासका कारण हामीले नेपालका गाउंहरूमा ४० वटाभन्दा बढी स्कूल, ४० वटाभन्दा बढी पुस्तकालय निर्माण गरिसकेका छौं। धुलिखेलमा ४० जना असाहाय बालबालिकाका लागि जग्गाको पनि हिसाब गर्दा करोडौंको लागतमा निर्माण गरिएको एउटा ठूलो बाल आश्रय अब छिटै संचालनमा आउंदैछ। हामीले मुगुको विकट मुर्मा गाउंमा हेल्थपोष्ट संचालन गरेका छौं भने सिरहामा अर्को हेल्थपोष्ट निर्माण गर्दैछौं। तपाईंहरूकै सहयोगका कारण हामी हालै तराइका शीतलहर तथा अग्नी पीडितलाई उलेख्यरूपमा सहयोग गर्न सझम भयौं। चितवनको कान्दा गाउंका चेपांगहरूलाई सहयोग गर्न १० लाख ५० हजार रूपैयां जम्मा भैसकेको छ।
 अक्षय कोष र ‘परोपकारी स्तंभ’को उद्देश्य
यी सबै राम्रा कामलाई कालान्तरसम्म कायम राख्न, अझ ब्यापक बनाउन, नेपाली-नेपालीको बीचमा परोपकार र सदभावको भावना बढाउन र त्यसलाई संस्थागत गर्न हामीले १० करोड रूपैयांको मूल धन भएको हेल्प नेपाल परोपकारी अक्षय कोष स्थापना गर्ने महत्वाकांक्षी लक्ष लिएका छौं। यो सुन्दा अपत्यारीलो लाग्ला तर नेपाली-नेपालीबाटै यस्तो काम संभव छ भन्ने विश्वास हामीले नलिएको भए आज हामीले एक करोड ७५ लाख रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोष स्थापना र नेपालका गाउंगाउंमा करोडौंका राम्रा कामहरू गरेका हुने थिएनौं।
हामीलाई आशा छ, भाडाको फ्ल्याटमा बसेको हेल्प नेपाल नेटवर्कको कार्यालयलाई कुनै दिन कुनै मनकारू नेपालीले एउटा घर दान दिनेछन्। अनि त्यो घरअगाडि बगैंचामा हामी एउटा ‘परोपकारी स्तंभ’ निर्माण गरेर सो स्तंभको वरिपरी १० करोड रूपैयांको अक्षय कोष स्थापनाका लागि सघाउने सबै नेपालीको नाम र सहयोग रकम अंकित गर्न चाहान्छौं। सो कोष स्थापना पश्चात बनेका हरेक विद्यालय, पुस्तकालय, स्वास्थ्य चौकी या बाल आश्रय ती सबै मनकारू नेपालीको सहयोगको परिणाम हो भन्ने सन्देश हामी दिन चाहान्छौं। त्यो स्तंभलाई अलि सक्ने नेपालीले अलि नसक्ने नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको प्रतिक बनाउन चाहान्छौं। हामीलाई सहयोग र विश्वास गर्न हामी तपाईंलाई आग्रह गर्दछौं।
 विभिन्न जात-जाति, भाषा-भाषीका नेपाली ब्यक्ति तथा संस्थाहरूले सहयोग गरेपछि हामीले भविष्यको कुनै विन्दुमा निर्माण गर्ने त्यो भब्य ‘परोपकारी स्तंभ’ कति सुन्दर र विविधताले भरिपूर्ण हुन्थ्यो होला! अनि त्यसबाट कति धेरै राम्रा काम गर्न मात्र होइन, नेपालीहरूमा कति धेरै परोपकारी भावनाको पनि अभिबृद्धी गर्न सकिन्थ्यो होला?
 सहयोगको उपाय
 हामी किन यस्तो अभियानमा जुटेका छौं, त्यो ब्याख्या गर्न यो लेखसंगै छापिएको एउटा झुपडीमा चलेको स्कूलको तस्वीर नै काफी छ। म डोटी र दार्चुलाका अत्यन्त नाजुक स्कूलहरूमा पढेर हुर्किएको हुं भने तपाईंमध्ये धेरैले पनि यस्तै खालका स्कूलहरूमा पढ्नुभएको हुनुपर्दछ। त्यो नभए पनि यस्ता स्कूलहरू देखेर तपाईंको मन काटिएको हुनुपर्छ। अक्षय कोष स्थापना भएपछि यस्तो विद्यालय देख्यो कि त्यसलाई सहयोग गरिहाल्न सकौं भन्ने हाम्रो चाहाना हो। त्यसैले यो १० करोड रूपैयांको हाम्रो महत्वाकांक्षी र एतिहासिक अभियानलाई साथ दिनुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ। सहयोग दखिला गर्न निम्न बैंक ठेगाना प्रयोग गर्न अनुरोध गर्दछौं।
 A/C Name: Help Nepal Network. A/C No: 3501017500185. Swift Code: NARBNPKA. Bank
Address: Nabil Bank Limited, Chabahil, Kathmandu, Nepal.
व्यक्तिगत या संस्थागतरूपमा तपाईंहरूले गर्नुभएको सहयोग प्राप्त भएपछि हामी मेरो र हेल्प नेपाल नेटवर्कको फेसबुक पेजमार्फत र केहीपछि हाम्रो वेबसाइटमार्फत जानकारी दिंदै जानेछौं। हामीले नगरे, कसले गर्ने? अहिले नगरे, कहिले गर्ने? सबैलाई खान पुगोस्, दिन पुगोस्!

Thursday, June 28, 2012

बाबुरामको माग बाबुरामलाई नै - mysansar

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि यो यो माग पूरा गर भनेर संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग बुझाएका थिए। यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। यी माग बुझाएका थिए हालका प्रधानमन्त्री बाबुराम भट्टराईले। अब आफ्नै हस्ताक्षर भएको यी माग फर्के आफै अगाडि आएको छ। कुर्सीमा बसेको बेला आफैले राखेका माग कसरी पूरा गर्दा हुन् उनले। माग राख्‍ने भएको छ वैद्य नेतृत्वको माओवादीले। के के माग थियो त उतिबेला बाबुरामको ? आउनुस्, फर्केर हेरौँ।
१. सन् १९५० को नेपाल-भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गरिनुपर्दछ।
२. २०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धी अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धी तत्काल खारेज गरिनु पर्दछ।
३. नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ।
४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ।
५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनु पर्दा वर्क परमिट प्रथा लागू गरिनु पर्छ।
६. नेपालको उधोगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्छ।
७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ।
८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ। देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ।
९. एन. जि. ओ/ आई. एन. जि. ओ. आदिको नाउँमा देशभित्र साम्राज्यवादी-विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ।
१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निमिक्त चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ।
११. राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ।
१२. सेना, प्रहरी, प्रशासन पूर्णरूपले जनताको नियन्त्रणमा हुनुपर्छ।
१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ।
१४. राजनीतिक प्रतिशोधका कारण झुठ्ठा मुद्दामा फसाइएका रूकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछापलगायत जिल्लाहरूका वन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुठ्ठा मुद्दाहरू खारेज गरिनुपर्छ।
१५. जिल्ला‍-जिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेशन, दमन र राज्य आतंक तुरून्त बन्द गरिनुपर्छ।
१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानविन गरी अपराधीहरूलाई कडा‍-कारवाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ।
१७. जनआन्दोलनको क्रममा मारिएकाहरूलाई शहिद घोषणा गरिनुपर्दछ, शहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारवाही गरिनुपर्छ।
१८. नेपालला‌ई धर्म निरपेक्ष राज्य घोषित गरिनुपर्छ।
१९. महिलाहरूमाथिका पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ। छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्छ।
२०. सबैखाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ।
२१. दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्छ। छुवाछुतको प्रथा पूर्णरूपले बन्द गरिनुपर्छ।
२२. सबै भाषा-भाषीहरूलाई समान अवसर र सुबिधा दिइनुपर्छ उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनुपर्छ।
२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ। सरकारी सञ्चारमाध्यमहरू पूर्णरूपले स्वायत्त हुनुपर्छ।
२४. वुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिकर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्छ।
२५. पहाड र तराइको क्षेत्रीय भेदभाव अन्त्य गरिनुपर्छ, पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ गाउँ र शहरबीच सन्तुलन कायम गरिनुपर्छ।
२६. स्थानीय निकायहरूलाई अधिकार र साधनसम्पन्न बनाइनुपर्छ।
२७. जमिन जोत्नेको हुनुपर्छ। सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।
२८. दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।
२९. सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्छ। रोजगारी नपाउञ्जेल वेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ।
३०. उधोग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ।
३१. सुकुम्वासीहरूलाई वसोवासको उचित ब्यवस्था गरिनुपर्छ वैकल्पिक बसोबासको ब्यवस्था नगरी सुकुम्वासीहरूलाई उठीबास गर्ने काम तुरून्त बन्द गरिनुपर्छ।
३२. गरीब किसानहरूलाई बसोबासको उचित ब्यवस्था गरिनुपर्छ। कृषि विकास बैंकबाट साना किसानहरूले लिएको मिनाहा गरिनुपर्छ। साना उद्योगीहरूलाई समुचित कर्जाको ब्यवस्था गरिनुपर्छ।
३३. मल, वीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको ब्यवस्था गरिनुपर्छ।
३४. बाढीपीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको ब्यवस्था गरिनुपर्छ।
३५. सबैलाई नि:शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गरिनुपर्छ।शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ।
३६. महंगी नियन्त्रण गरिनुपर्छ। महंगीका अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ। दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने ब्यवस्था गरिनुपर्छ।
३७. गाउँ-गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको ब्यवस्था गरिनुपर्छ।
३८. कुटीर तथा साना उधोगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ।
३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ।
४०. अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको ब्यवस्था गरिनुपर्छ।

युग परिबर्तानको निम्ती राजधानिमा मात्रै एक लाख सदस्य- कृष्ण बहादुर तामाङ

हामी मंगोल हिन्दु होइनौं- जातजाती भन्दैनौं- हिन्दु चाड मान्दैनौं । हिन्दु आर्यन बाहुन क्षेत्री हाम्रो पुस्तेनी शत्रु हो संहारकारी हो यसलाई जरैबाट उखेली फ्याँक्नै पर्छ । द्रव्य शाहले १५५९ मा षड्यन्त्रपूर्ण ढंगबाट हतियारसहित लुकेर बसेका बाहुन-क्षेत्रीले अँधेरोमा गुरुङ मगरमाथि जाई लागेपछि अहिन्दु मूलबासी मंगोलको कालो दुर्दिन शुरु भएको हो । त्यसपछि हाम्रो पतन गराउने क्रममा यिनीहरु लगातार जुटे । रणबहादुर शाहले १७९६ मा मनुवादी नियम लादे र शुद्र मतवाली बनाए बाहुनको खुट्टा भनाए । त्यसरी नै कमलमणि दिक्षित, डाक्टर सुन्दरमणीदिक्षित र हिमाल खबर पत्रिकाका कनकमणी दिक्षितका पुर्खा राममणि दिक्षित जन्मे जसले उपदेश दिए- मन्त्री-मण्डल जोड्दा बाहुन-क्षेत्री हुली जोड्नु- मतवाली चैँ नहुल्नु । यो देश बाहुन-क्षेत्री हिन्दु-आर्यन को होइन; जंगली भुसतिग्रे, खर्पने, पाखेहरुको हो भगवान राखिदेऊ यो यसैगरी भनेर लेखिदिए भलो कुराको नमूना भनेर जुन आजसम्म व्याप्त छ ।
 समस्त अहिन्दु मूलबासी मंगोल दाजुभाई एवम् दिदीबहिनीहरु हो - बिउँझ - उठ - जुट - अघि बड - राजनीतिक चेतनशील बन । राजनीतिक चेतना रहित मान्छे भनेको सिङ र पुच्छर नभएको दुई खुट्टे पशुसरह हो । हात्ती हेर्दा बिशाल कायाको हुन्छ तर लिखुरे माउतेलाई घुँडा टेकेर टाउकोमा चढाउँछ र आफ्नो टाउकोमा फलामे डन्डाले हिर्काइ माग्छ । वास्तवमा हात्तीले चाहेको खण्डमा एउटै खुट्टाले र सूँढको एकै धक्काले भारी पुर्‍याइदिन्छ । वर्तमान शिक्षित युवा पिँढीले भोलिको नेपालको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु बनेर मुलुकको विकास गर्ने यस मुलुकको न्यायाधिश र प्रधान न्यायाधिश बन्ने सचिव र महासचिव बन्ने र बनाउने राजदूतहरु बन्ने र बनाउने उद्देश्य राखेर निर्भिक्ताका साथ पढ्नु - पढाउनु, बढ्नु - बढाउनु पर्छ ।
हामीले अर्काका निम्ति शताब्दिऔँ - शताब्दी रगतको खोलो बगायौं - बदलामा के पायौं ? घृणा अपमान । पछौटे बनाई माग्यौं, अशिक्षित राखी माग्यौं , आफ्नो घर - खेत कान्लाबारी लुटी माग्यौं । हिँजोको तिम्रो मलिलो खेत - बारी आज बाहुन - क्षेत्रीको भएको छ । यिनीहरुका पुर्खा हिजो पाती पढेर मागी खान्थे आज देशलाई कंगाल बनाएर मुलुकलाई बन्दगी राखेर धनी भएका छन् । शक्ति र पैसा भए यहाँका मूलबासीलाई धोबीको लुगा चुटाई गर्ने सोचमा छन् । जुन विचार यिनीहरुको षड्यन्त्रकारी मतिभ्रम मात्र हो । हाम्राहरुले अर्काको हनुमान भरिया - करिया भएर झोला बोके, बन्दुक बोके, अब नयाँ पिँढीले आफ्नो निम्ति, आफ्नो भोलिको उज्ज्वल भविष्यका निम्ति र भावी पिँढीको उज्जवल भविष्यका निम्ति लड्नु परे लड्नुपर्छ । आफ्नो अधिकार नदिए खोस्नु पनि पर्छ । 
१९११ इस्वीदेखि १९६५ सम्म राई, लिम्बु, गुरुङ, तमु, मगर, तामाङ समुदायबाट मात्र विदेशमा २४ लाख २८ हजार ७५ मृत्युको मुखमा पुर्‍याए । झण्डै १५-२० लाख हाम्रा दिदी - बहिनीहरु विधवा बनाए र १०-१२ लाख छोरा - छोरी टुहुरा - टुहुरी बनिए । यसरी मराएर हाम्रो सबैजसो खेत - बारी तिनीहरुको हातमा पुराए । भूमिहीन, घरबार विहीन, शिक्षा विहीन बनाए झोडाबासी बनाए । हामी नेपालका अहिन्दु मूलबासी मंगोल समुदायले जंगल फाँडेर, भष्मे फाँडेर मलिलो जमिन बनाएपछि त्यहाँबाट पनि हाम्रो मान्छे यी विदेशी आक्रमणकारी बाहुन क्षेत्रीबाट लखेटिन्छन् । किनकि जसको हातमा राजनैतिक बागडोर हुन्छ उसैको हातमा न्याय कानुन र प्रहरी प्रशासन हुन्छ । हामी पुस्तौँ - पुस्तादेखि अन्यायमा पिसिएर छट्पटाएर मरी - मरी बाँचेका छौं । कसले बुझ्यो हाम्रो पीडा र कसले बुझ्ने र सोच्ने खाँचो सम्झे आजसम्म हाम्रो पेटको व्यथा र अग्नि - ज्वाला ?
यो देशमा बाहुन - क्षेत्रीका छोरा - छोरीले मालिक मात्र जन्माउँदै गए, यस धर्ती - पुत्र अहिन्दु मूलबासी मंगोलले तिनीहरुका निम्ति खेताला, गोठाला, हरुवा, चरुवा र तिनीहरुको अरौटे भरौटे मात्र । किनकि राजनैतिक सत्ताको बागडोर तिनीहरुको हातमा केन्द्रित बनाइँदै लग्यो । हाम्राहरुले पशुहरुले जस्तै ब्वाँसो नचिनेरै प्राण गुमाउँदै नासिनुपर्‍यो । तिम्रो पहाड, खेत - बारीलाई सोध पहाडी बन - पाखा, खोला - नालालाई सोध, मधेसको नदी - नाला, समतल भूमिलाई सोध यहाँका ढुंगा - माटोलाई पढ, हिँजो मुगलहरुको खेदाइमा परेर भारतबाट हिन्दु - आर्यनहरु यस माटोमा नभित्रीन्जेल यहाँका पशु - पंछी, खोलानाला, यहाँ कुन भाकामा ? कुन भाषामा बोल्थे ? । रोडेशिया , दक्षिण अफ्रीका, बोलेभियालगायतका मुलुकहरुमा पनि त्यहाँ भित्रिएका विदेशीहरुले त्यसरी नै त्यहाँका मूलबासीलाई पिरोलेका थिए । विदेशीहरुले त्यहाँकॊ भूमि खोसेर तिनीहरुलाई कमरा बनाएका थिए ।
शासन र शोषण गरेर सताएका थिए । परन्तु कालान्तरमा त्यहाँका मूलवासीहरु बिउँझे, जुटे - उठे । त्यहाँका जिउँदा वीर पुरुषहरुले निर्भिकतापूर्वक बिउँझाए । राजनैतिक चेतनशील बने, बनाए । आज आफ्नो मुलुकको मालिक पुनः आफै बनेका छन् र अब प्रगति पथमा लम्किरहेका छन् । चीन, भियतनाम, कम्बोडिया, कोरियाको कथा पनि त्यस्तै छ । चीन, जापान, कोरिया आदि ठाउँकाहरु पनि हामीजस्तै मंगोल हुन् । किन यति छोटो ५० वर्षमा त्यहाँका मंगोलहरुले त्यस्तो प्रगति गरेर, राम्रो खाने, राम्रो लगाउने, राम्रो ठाउँमा सुकिलो भएर, रमाइलो गाउँमा बस्ने बनिसके । तर नेपालका अहिन्दु मुलबासी मंगोलहरुको यो दुर्दशा किन ? किनकि यहाँका राजनैतिक सत्ता विदेशीको हातमा छ ।
तिनीहरुको सन्तानलाई मात्र शिक्षित बनाउने,राम्रो लगाउने, मीठो खाने, सुकिलो ठाउँमा बस्ने बनाउँदै लगे । हामी अहिन्दु मूलबासी मंगोलहरुलाई मात्र लुटिनेमा पार्दै लगे । नेपालको राजनैतिक लडाइँ पनि भारतकै जस्तो विदेशी हिन्दु - आर्यन र त्यहाँका मूलबासी माझको लडाइँजस्तै हो । नेपालका अहिन्दु मूलबासी मंगोल र ५ सय वर्ष अघिदेखि वर्तमान नेपालमा भित्रिन थालेको हिन्दु - आर्यन माझको हो । रेशका दृष्टिले हिन्दु -आर्यन बाहेक भारतका सबै नै मंगोल हुन् र नेपालमा पनि मधेशमा छरिएर बसेका कोचे, धिमाल, थारु, यादव आदि सबै नै मंगोल हुन् । पेशागतरुपमा चिनिँदै गए, टुक्राउँदै लगे, टुक्रिदै गए र यो स्थितिमा पुगे । राजपुत भनेको राजाको पुत्र अथवा राज्य चलाउने हो । राज - पुतानाका राजपुत हान वंशजका हुन् र चीनबाट फैलिएका मंगोल वंशका हुन् । मंगोलहरुको उत्पत्ति थलो वर्तमान चीन, भारत र नेपाल हो । 
कालाहरुको अफ्रीका र हिन्दु - आर्यन बाहुनहरुको ककसियस पहाड हो जुन क्यास्पियनसी र ब्ल्याकसीको माझमा पर्छ र हाल रसियामा पर्छ । यी हिन्दु - आर्यनहरु ३५ सय वर्षअघि वर्तमान भारत भित्रिने क्रमभन्दा पहिला झण्डै ३ सय वर्ष यिनीहरु इरानमा फैलिएका थिए । यो ऐतिहासिक तथ्यले राजनीतिमा अति महत्वपूर्ण भूमिका खेल्ने हुनाले र हामीलाई शोषण मुक्त बनाउनमा अति महत्वपूर्ण भूमिका खेल्ने हुनाले नेपालमा पनि अहिन्दु मूलबासी मंगोल समुदायका युवा पिढिँले तथ्य र सत्य गहिरिएर बुझ्न आवस्यक छ । जती आवस्यक्ता अक्सिजनको पर्छ । भोलिको दिनमा हाम्रो पहिलो कर्तव्य आउदो चुनावमा त्यस उमेदवारलाई मात्र भोट दिने जो गणतन्त्र धर्म - निरपेक्ष र प्रान्तीय सरकारका पक्षमा दृढतापूर्वक उभिएका छन्, निस्केका छन् र छानिएका हुन्छन् ।
गणतन्त्रको लहड चलेपछि नक्कली मयुर बनेर आउने कागलाई र कोइलीको भाकामा गीत गाउने नक्कली कोइलीलाई होइन । यस पक्षमा आज ठीक समयमा र ठीक ठाउमा सबैजसो राजनीतिक दलको नेतृत्वपंक्ति दृढतापुर्वक उभिएको जस्तो देखिए पनि त्यसभित्र नक्कली र लुटाहा जमातको दरिलो पकड छ । हामी आह्वान गर्दै चिनाउन चाहन्छौं कि एमाले अर्थातबिग्रेको माले र माओवादी पनि माथि उल्लेखित नक्कली मयुर र कोइली हुन् । यिनीहरुलाई हाम्रो मत नै नजाओस् । जुलिया चाङको पोल्टोमा कोल्टो परेर सुतेको एमालेसहित अन्तराष्ट्रीय ठग जमात - बाहुनको पैताला बनेका जनजाति र राजा पक्षधर एवम् अति हिन्दुवादी भारतको विश्व हिन्दु परिषद् पक्षधर सुजाता मार्काका कंग्रेस र कुनै न कुनै रुपमा राजा राख्न चाहने कंग्रेस पक्षहरु पनि हाम्रा मूल शत्रुमध्येका हुन् । जसले हामी मूलवासी अहिन्दु मंगोलको पतन सिवाय अरु कल्पना नै गर्न सकेन र सक्दैनन् ।
२०६२/०६३ मा भएको १९ दिने जनआन्दोलन र संविधानसभाको निर्वाचनपछि राजतन्त्रको पुर्ण रुपले अन्त्य भएको र गणतन्त्रको स्थापना भएपछि पनि मुलुकको ठुलो राजनीतिक दल एनेकपा माओवादी, नेपाली कंग्रेस र एमालेले प्रजातन्त्र दिवस मनाइरहेका छन् र यी ठुला दल भनाउँदाहरुको मन र मस्तिष्कबाट अझैसम्म पनि प्रजातन्त्र शब्द नै हटेको छैन । राजा राख्न चाहनेहरुले मात्र रैतीतन्त्र स्वीकार गरि प्रजातन्त्रको मुल मन्त्र जप्ने गर्छ , प्रजातन्त्र भन्ने गर्छ । यस्ताहरु पनि गणतन्त्र विरोधी नै गनिन्छ । सुर्यबहादुर थापा र पशुपति शम्शेर जबरा अर्थात् जंगबहादुर खलक जस्तै । अब हामी मुलबासी (Indigenous) अहिन्दु मंगोलहरुले भावी सन्ततीको उत्थानको निम्ती पहिला - पहिलाको चुनावमा जस्तै केही पैसा रक्सी र दुई चार चोक्टा राँगाको मासुमा बिकेर निम्न कोटीको परिचय दिनु बिलकुलै सुहाउँदैन र आफ्नो खुट्टामा आफै बन्चरो हिर्काउने पटमुर्ख्याइँ गर्नु हुँदैन ।
तीसवर्षे पंचायती व्यवस्थाको अत्य भए पश्चात १९९० मा बहुदल आएपछिको पहिलो चुनावमा कंग्रेसको तर्फबाट ४४ जना बाहुनले टिकट पाएर संसद् बनेका थिए । त्यसको तीन वर्षपछि भएको चुनावमा दुई जना बाहुन थपेर ४६ जना संसदमा पठाए । त्यसै अवधिमा तथाकथित एमालेले २३ जनाबाट २७ जना बाहुन थपेर ५० जना पुर्‍याए । कंग्रेस र एमाले नामधारी पार्टीबाट मात्र ९६ जना बाहुनहरु संसदमा पुर्‍याए । त्यस भित्रका हनुमान अरौटे - भरौटे निगहामा बाँचेका मंगोलहरु चुइँक्कसम्म बोल्न सकेका थिएनन् ।  कंग्रेस र बिग्रेको एमालेका तर्फबाट तथाकथित पुरानै धाराहरु यथावत राख्ने सुझाव दिएका थिए भने झलनाथ खनालले प्रान्तीय सरकारको विकेन्द्रीकरणको जताततै विरोध गरेर हिडेका थिए । इलामका बेनुप प्रसाईं मल्लिक आयोगको कालो लिष्टमा नाम किटान भएका व्यक्ति हुन् जसलाई गिरिजाले काँधमा बोक्ने काम गरेका थिए । अब जनताले त्यस्ताहरुलाई चिन्न आवश्यक छ ।प्रिया साथिहरु हाम्रो जीतले हाम्रो बाटो कुरेर बसेको छ, हाम्रो जीतले हाम्रो बाटो हेरेर बसेको छ तसर्थ विकसित नयाँ राजनीतिक परिवेशमा मंगोल डेमोक्रेटीक पार्टिको निर्देशात्मक सिद्धान्तलाई टिम स्प्रिटकासाथ अगाडि बढाउनु पर्ने भएको र यस वर्ष २०११ मा काठमाडौं उपत्यकामा मात्र मंगोल  डेमोक्रेटीक पार्टिले थप एक लाख नयाँ सदस्य बनाउने घोषणा गरि उपत्यकामा संगठन विस्तार र सदस्यता वितरण अभियानलाई तिब्र रुपमा अगाडि बढाइरहेको छ । मंगोल डेमोक्रेटीक पार्टिको यस अभियानमा विदेशी हिन्दु आर्यन बाहुन क्षेत्रीबाट शोषित पीडित सबै मूलबासी मंगोल समुदाय सहभागी भई राजनैतिक, वैचारिक, आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गरि अभियानमा सहभागि भइदिनु हुन हार्दिक अपिल गर्दछौं । नेपालका अहिन्दु मूलबासी मंगोल समुदायमाथि ४ सय ५० वर्षदेखि शोषण, दमन, अन्याय र अत्याचार गर्दै आइरहेको यो विदेशी हिन्दु आर्यन बाहुनवादी राज्यसत्ताको पुर्ण अन्त्यको निम्ती एक थोपा रगत र एक मुठी प्राण रहेसम्म आफ्नो समुदायको अस्तित्वको रक्षा र मुक्तिको निम्ती लडिरहन आदरणीय दाजु भाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

भण्डारीको पार्टीको नाम, झण्डा र विधान सार्वजनिक - ekantipur

अबदुल्लाह मियां

काठमाडौ, असार १४ - मधेस केन्द्रीत विभिन्न राजनीतिक दलहरुको सूचीमा बिहीबारबाट 'राष्ट्रिय मधेस समाजवादी पार्टी' थपिएको छ । शरतसिंह भण्डारीले बिहीबार आफ्नो पार्टीको औपचारिक घोषणा गरेका छन् ।
मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) छाडेका भण्डारी सहित अन्य नेताहरुको समूहले उक्त पार्टी निर्माण गरेको हो । दुई दिने राष्ट्रिय राजनीतिक सम्मेलनपछि भण्डारीले पत्रकार सम्मेलन मार्फत पार्टीको नाम, झण्डा  र विधान सार्वजनिक गरेका हुन् । भण्डारीको अध्यक्षतामा तत्काललाई १६ सदस्यीय तदर्थ समिति पनि घोषणा गरिएको छ ।
समितिको सदस्यमा प्रमोदपसाद गुप्ता, निलम बर्मा, रामानन्द मण्डल, कौशल कुमार यादव, ओमप्रकाश यादव, जयप्रकाश यादव, लक्ष्मण महतो, जिवछी चौधरी, युसुफ साफी, पारसप्रसाद साह र शशिकान्त मिश्र छन् । अन्य कार्यविभाजन गरिएको छैन । पदाधिकारी बाहेक केन्द्रीय समिति ६१ सदस्यीय रहनेछ । केही दिनमा केन्द्रीय समितिले पूर्णता पाउने भण्डारीले पत्रकार सम्मेलनमा बताए ।
पार्टीको झण्डा माथि आधा सेतो र आधा हरियो हुनेछ । सेतो भागमा उदाउँदो सूर्यको संकेत रहने छ ।  हरियोले भनेको समृद्धि र त्यसले मधेशको प्रतिनिधत्व गर्नेछ भने सेतो भागले शान्ति र हिमाल दर्शाउने भण्डारीले जनाए । अर्द्ध सूर्यमा रहेकेा ५ वटा रेशाले संघीयता, लोकतन्त्र, समावेशिता, समृद्धि र समानता दर्शाउँछ उनले भने ।
विभेद तथा बिहष्करणमा पारिएका मधेशी, महिला, दलित, मुसलमान, आदिवासी जनजाति पिछडा वर्ग लगायतको राज्यमा पहुँच र सुनिश्चितताका लागि संकल्पका साथ पार्टी अगाडि बढ्ने जनाइएको छ । पार्टी अध्यक्षले लगातार दुई अवधि भन्दा बढी अध्यक्ष हुन नपाउने विधानमा उल्लेख छ । अध्यक्षको पदावधि ५ वर्षको हुने छ ।

सार्वजनिक स्थलमा चुरोट खाने ८४ जना पक्राउ - nagariknews

केपी ढुंगाना, काठमाडौं, असार १३- सार्वजनिक स्थानमा चुरोट खाने ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक स्थानहरु, अस्पताल, भिडभाड हुने ठाउँमा उभिएर चुरोट तानिरहेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरी परिसरका डिएसपी धीरजप्रताप सिंहका अनुसार सिंहदरबार, न्युरोड, थापाथली, रत्‍नपार्क, वीर अस्पतालबाट चुरोट तानिरहेकाहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई सचेत गराई १०० रुपियाँ जरिवाना गराएर रिहा गरिने सिंहले बताए। उनका अनुसार बुधबारबाट सुरु भएको अभियान एक महिनासम्म चल्नेछ।

सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन, २०६६ लागू गरेपछि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना गर्न कानुनी व्यवस्था छ। ऐनअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्घाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थललाई सार्वजनिक स्थलका रूपमा परिभाषित गरिएको छ। ऐनअनुसार कार्यस्थल भन्नाले उद्योग तथा कलकारखानाले काम गर्न छुट्टयाएको कार्यालय वा स्थल मानिन्छ । यस्तै चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृहलाई समेत सार्वजनिक स्थल मानिएको छ। रंगशाला, कभर्ड हल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउससमेत ऐनअनुसार सार्वजनिक स्थलमा पर्छन्। तर ऐनले सडकलाई सार्वजनिकस्थलको रुपमा राखेको छैन।

Wednesday, June 27, 2012

डनहरू अकूत सम्पत्तिमा डामिने - weekly nepal

गुण्डागर्दी नेपालमा फाइदाको ब्यापार–ब्यवसाय भएको छ। करछली, भ्रष्टाचार र अपराधिक क्रियाकलापबाट आर्जित धनलाई कालोधन मानी वित्तीय अपराधमा कारबाही गर्ने ऐन बन्न भएको ढिलाइले नेपाल कालोसूचीमा पर्ने खतरा बढिरहेको छ। स्रोत नखुलेको सम्पत्ति जफत गर्ने कानुन बनाउन भएको ढिलाइले अवैध रुपमा धनआर्जन गर्नेहरूका लागि नेपाल स्वर्ग भएको छ। गैरकानुनी क्रियाकलाप गर्नेहरूको सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्ने कानुन नबनेको सबैभन्दा बढी फाइदा डनहरूलाई भएको छ। 
उनीहरूले अवैध रुपमा आर्जन गरेको सम्पत्तिबाट घर, गाडी र बंगला खरिद गर्न सफल भएका छन् तर राज्यलाई एक पैसा कर नतिरी उनीहरूले त्यत्रो सम्पत्ति कहाँबाट आर्जन गरे भन्ने कुराको खोजी हुनसकेको छैन। खुलेआम हतियार बोकेर हिंड्ने 'डन'हरू पछिल्लो समयमा क्यासिनोमा हार्नेहरूलाई चर्को ब्याजमा ऋण लगानी गर्न लागेका छन्। क्यासिनोमा हार्नेहरूलाई एक लाख रुपैयाँ दिएर दैनिक ३० हजार रुपैयाँसम्म ब्याज लिनेहरूलाई रमेश खरेल काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा पक्राउ गरी जेल हालेपछि यो क्रम रोकिएको थियो। तर उनी सरुवा भएपछि क्यासिनोमा नेपाली प्रवेश विस्तारै सुरु भयो र हालका परिसर प्रमुख जयबहादुर चन्द आएपछि क्यासिनोहरू नेपालीले भरिभराउ हुन थालेका छन्। 
अन्ना, सांग्रीला, भेनस, रोयल, र्यापड, तारा क्यासिनोमा नेपालीहरू जाने क्रम बृद्धिसँगै हरूवाहरूलाई चकर्ोे ब्याजमा लगानी गर्ने र १ लाख ऋण दिई ५ लाख रुपैयाँको कागज गराउने क्रम पनि बढेको समाचार छ। क्यासिनोहरू अपराधका खानी हुन्, त्यसमाथि ती क्यासिनोमा हारेकाहरूलाई चर्को ब्याजमा लगानी गरी करोडपति हुनेहरू पनि त्यसभन्दा बढी अपराधीका रुपमा प्रकट भएका छन्। मदिराको सुर र हारेको झोंकमा क्यासिनोमा जति प्रतिशत पनि ब्याज लिन तयार हुने नेपालीहरूलाई ऋण दिएर एक लाख रुपैयाँको एक दिनमा ३० हजारसम्म लिने डनहरूसम्म रहेको क्यासिनोका एक कर्मचारी बताउँछन्। उनका अनुसार क्यासिनोमा हार्नेहरूलाई लगानी गर्ने प्रायः डन नै छन्। 
त्यस्तो लगानी गर्नेहरूमा वीरेन्द्रलाल श्रेष्ठ र बलराम सापकोटा 'बले' निकै चर्चित हुन्। वीरेन्द्रले त भ्रष्ट प्रहरी अधिकारीहरूको पैसा चर्को ब्याजमा क्यासिनोमा लगानी गरेको बताइन्छ। तर पछिल्लो समयमा बिष्णु लामा, दावा लामा, वीरेन ठकुरी, अजय श्रेष्ठ, मिलन सापकोटा र राम भट्टराई पनि देखिएका छन्। यी अवैध लगानी गर्ने डनहरूको प्रहरीका उच्चपदस्थ हाकिमहरूसँग पनि समुधुर सम्बन्ध रहेको कुरा उनीहरूको मोवाइलको कलडिटेल हेर्ने हो भने छर्लङ्ग हुन्छ। साधारण लेखपढसमेत गर्न नजान्ने यिनीहरू छोटो समयमा कसरी करोडौंपति भए? यिनीहरूको विगत कस्तो थियो भन्ने कुराको जानकारी उनीहरूकै निकट एक सूत्रले साँघुलाईं उपलब्ध गराएको छ।
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर वमको हत्या गर्नेहरूलाई हतियार उपलब्ध गराएको आशंकामा २०६९ जेठ २२ गते पक्राउ परेका दावा लामा पनि क्यासिनोमा चर्को ब्याजमा लगानी गर्नेमध्येका एक रहेको कुरा समाचार सूत्र बताउँछ। राजनीतिक र उच्चपदस्थ प्रहरी अधिकारीको दबाबमा उनलाई काठमाडौं परिसरले २४ घन्टा पनि नराखी भोलिपल्टै छोडेको छ। काभ्रेका दावा काठमाडौं प्रवेशसँगै चक्रेमिलन समूहमा आवद्ध भई गुण्डागर्दीमा लागेका हुन्। चक्रेमिलन समूहसँग खटपट परेपछि काजी शेर्पा हुँदै डन उमेश लामासँग मिली ठमेलमा गो गो डान्सबारमा लगानी गरेका दावा अन्तिममा काभ्रेली समूहमा पुगेका हुन्। काभ्रेली समूहमा लागेपछि गणेश लामाले दावा र विष्णु लामालाई रक्तचन्दन ओसारपसारमा स्कर्टिङ लागि परिचालन गरेको बताइन्छ। सुरुमा स्कर्टिङ गर्ने उनीहरू गणेश लामालाई पनि छोडेर रक्तचन्दन कारोबारमा लागे। २०६८ भदौ १६ गते पाँचखालमा प्रहरीले समातेको ६ सय किलो रक्तचन्दन दावा र विष्णु लामाको रहेको खुलेको थियो। बा ६ च ४०३८ नम्बरको निशान जीपमा उनीहरूले प्रहरीको मिलेमतोमा रक्तचन्दन चीनतर्फ लाने क्रममा जगाते, धुलिखेल पार गराइसकेको अवस्थामा पाँचखालमा पक्राउ परेको थियो। क्यासिनोमा अवैधरुपमा एक लाखको दैनिक ३० हजार रुपैयँँसम्म लगानी गर्ने दावाले छोटो समयमै बौद्ध नयाँबस्तीमा आलिशान घर र टोयटा एलएक्स गाडी खरिद गरिसकेका छन्। बा ६ च ३५३४ नम्बरको हरियो रङको गाडीका धनी दावा क्यासिनोमा हार्ने नेपालीहरूलाई चर्को ब्याजमा लगानी गर्नेमध्येमा अग्रपंक्तिमा रहेकोले अकुत सम्पत्ति छानबिनको दायरामा परेका छन्। 
काभ्रेली समूहकै विष्णु लामा पनि छोटो समयमा करोडपति हुने अर्का पात्र हुन्। काभ्र्रेको तिमालतिर घर भएका विष्णु सुरुमा टेम्पो चालक हुँदै डिस्कोमा बाउन्सर भए। बाउन्सरबाट डान्स रेष्टुरेन्टमा लागेका उनी पछिल्लो पटक क्यासिनोमा हारेकाहरूलाई चर्को ब्याजमा लगानी गरी रातारात करोडौंको मालिक बनेका छन्। उनी पनि रक्तचन्दन तस्करीमा दावासँगै लागेका थिए। गणेश लामापछिको काभ्रेली समूहको डन बताउने विष्णुको पनि बौद्धमा भव्य बंगला रहेको छ।
सुरुमा काभ्रेली समूहमा रहेका वीरेन ठकुरीको जीवन पनि बाउन्सरबाटै सुरु भएको हो। सुदूरपश्चिम घर भएका वीरेन काभ्रेली समूहका गैरकाभ्रेली सदस्यका रुपमा छिरेका हुन्। उनले पनि क्यासिनोमा अवैध रुपमा लगानी गरी गाडी खरिद गरिसकेका छन् भने घर किन्ने तयारीमा छन्। साधारण लेखपढ समेत गर्न नजान्ने अजय श्रेष्ठ पनि क्यासिनोमा लगानी गरी छिट्टै अकूत आर्जन गर्नेमध्येका एक हुन्। उनी पनि बाउन्सर हुँदै रेष्टुरेन्ट संचालक भएका हुन्। साझेदारीमा ठमेल किचन रेष्टुरेन्ट संचालन गरेका उनको पनि मुख्य धन्दा क्यासिनो नै भएको छ। उनले पनि २ करोड रुपैयाँ पर्ने घर खरिद गरिसकेका छन् भने टोयटा यारिस गाडीमा सयर गर्छन्। 
 सुरुमा क्याबिन रेष्टुरेन्टमा सुरक्षागार्डको रुपमा प्रवेश गरी क्याविन रेष्टुरेन्ट नै खोलेर केही बर्षअघि क्यासिनोमा प्रवेश गरेका बलराम सापकोटा 'बले'ले आश्चर्यजनक रुपमा ५ बर्षमै ५० करोड रुपैयाँ कमाउन सफल भए। काभे्रली समूहमा छिरेर गणेश लामापछि सबैभन्दा बढी कमाउनेक बले नै भएको बताइन्छ। काभ्रेका बले राजनीतिक नेतासँग पहुँच विस्तार गरी विवाहमा हेलिकोप्टर चार्टर्ड गरी काभ्रेमा जन्ती लिएर समेत गएको समाचार प्रकाशित भएको थियो। उनी महंगा महंगा टोयटा, ल्याण्डरोभर गाडी फेरी फेरी चढ्ने गर्दछन्। 
बलेको सम्पत्तिको स्रोतको बारेमा सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागमा उजुरी परे पनि विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइवी)लाई छानबिनको जिम्मा दिएको सूत्रले जनाएको छ। सूत्रका अनुसार बलेसहित वीरेन्द्रलाल श्रेष्ठकोसमेत सम्पत्ति छानबिन भइरहेको बताइन्छ। सीआइबीका प्रमुख डीआइजी उपेन्द्रकान्त अर्यालले डनहरूको सम्पत्ति छानबिन भइरहेको बताए। उनले भने, 'उनीहरूको सम्पत्ति छानबिन गरिरहेका छौं।' बलेका भाइ मिलन सापकोटा पनि क्यासिनोमा हार्नेहरूलाई लगानी गर्दैआएका छन्। 
अन्ना क्यासिनोलाई आधार बनाएर प्रहरीसँग मिली अरु डनलाई छिर्न नदिई एक्लौटी लगानी गर्दैआएका राम भट्टराई पनि रेष्टुरेन्ट संचालकै हुन्। काभ्रेली समूहबाटै क्यासिनोमा छिरेका भट्टराईले अन्नालाई नै आधार बनाएर चर्को ब्याजमा लगानी गर्दैआएका छन्। अन्ना क्यासिनोमा उनले अरु डनलाई छिर्न नदिएर एकछत्र हरूवाहरूलाई लगानी गरी अकूत आर्जन गरेका छन्। यिनका अलावा क्यासिनोमा लगानी गर्ने छोटे डनहरू कविन श्रेष्ठ, सोभित सिलवाल, अभिमानसिंह बस्नेत, अभिमन्यू रानालगायत छन्।
डन नै नेता भएपछि....
गुण्डागर्दीलाई पेशा बनाएकाहरूले छोटो समयमै करोडौं रुपैयाँ कमाएको र सानसौकतको जीवन बिताउने गरेका छन्। राजनीतिक दल र प्रहरी प्रशासनको आडमा गुण्डागर्दी र अपराधिक क्रियाकलाप गर्नेहरूको ऐय्यासीपूर्ण जीवनशैलीको अनुशरण गर्नेहरू बढ्न थालेका छन्। दण्डहीनताको संंस्कृति हावी भएकाले गलत क्रियाकलाप हो भन्ने जान्दाजान्दै पनि यस्तो क्रियाकलापमा लाग्नेहरूको संख्या बढिरहेको छ। गुण्डागर्दी, हप्ता असुली र रेष्टुरेन्ट हुँदै ठेक्कापट्टामा उक्लिएका काभ्रेली समूहका गणेश लामा अहिलेका राजनीतिक दलका 'नेता' भएका छन्। त्यो पनि गृहमन्त्री नै अध्यक्ष भएको पार्टीको। उनको पृष्ठभूमि गुण्डागर्दी नै हो भने अहिले पनि उनी कुनै न कुनै रुपमा त्यसमा संलग्न छन्। गुण्डागर्दीका विगतका तरिका र अहिलेका तरिकामात्र फरक हुन्। 
विगतमा जस्तो मैदानमा उनी नदेखिए पनि पृष्ठभूमिमा उनको भूमिका महत्वपूर्ण हुने गरेको छ। ठमेलका डान्स रेष्टुरेन्टदेखि पार्किङका ठेक्का हुँदै अहिले त गृहमन्त्रीको पार्टीमा लागेर उनी गुण्डागर्दी नियन्त्रण गर्ने प्रहरी प्रशासनकै हाकिमको सरुवामा समेत हस्तक्षेप गर्ने स्थानमा छन्। २०६९ असार ९ गते ६० जना गुण्डाहरुको घर अप्रेसन पनि गणेश लामाकै योजनामा भएको चर्चा छ। गणेश लामाका विरुद्ध प्रहरी कार्यालयदेखि विभिन्न निकायमा मुद्दाका चाङ छन्। तर गृहमन्त्रीकै पार्टीमा लागेर उनी निर्धक्क कानुन व्यवस्थालाई चुनौती दिदैआएका छन्। केही बर्षअघि गोठाटारका बालक सन्तोष कार्कीको हत्यामा उनको संलग्नता देखिएपछि प्रहरीले उनको खोजी गरेपछि उनी भागेर दुवईमा पुगी केही महिना बसेर फर्केका थिए। गणेश लामाले यस्तै क्रियाकलापबाट ५० औं करोड रुपैयाँ आर्जन गरेको उनलाई चिन्नेहरू बताउँछन्। उनको सम्पत्तिको स्रोतको छानबिन गर्ने हो भने धेरै सम्पत्ति अवैध फेलापर्ने बताइन्छ। तर गृहमन्त्रीकै पार्टीका 'नेता' लामाको सम्पत्ति कसले छानबिन गर्ने?

चिसिँदो सम्बन्धका विस्तारित आयाम - सुधीर शर्मा ekantipur

मानिसहरूले बिर्सिन थालिसकेको 'माघ १९' लाई प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार सम्झाएका छन् । अहिलेको अवस्थामा आफूले राजीनामा दिए माघ १९ कै जस्तो अवस्था आउने ब्राजिल भ्रमणबाट फर्कने क्रममा उनले दाबी गरेपछि त्यो प्रसंग चर्चामा आएको हो ।
२०६१ माघ १९ मा सरकारले आमनिर्वाचन गर्न नसकेको आरोप लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता विप्लव गरेका थिए । अहिले कसैले गर्नसक्छ त्यस्तो विप्लव ? प्रधानमन्त्रीले नाम त लिएका छैनन्, तर उनको स्पष्ट संकेत राष्ट्रपति रामवरण यादवतर्फ लक्षित रहेको बुझ्न कठिन छैन । के राष्ट्रपति यादव प्रधानमन्त्रीलाई हटाउने राजनीतिक रोमाञ्चतर्फ अग्रसर हुँदैछन् ? वा राष्ट्रपतिबाट 'कामचलाउ' हैसियतको जनाउ पाइसकेका प्रधानमन्त्री भट्टराईले 'माघ १९' सम्झाएर सरकारको आयु लम्ब्याउने रणनीतिमात्र लिएका हुन् ? के यस्तो परिस्थितिमा मंसिरमै चुनाव हुनसक्ला ? जवाफ जे भए पनि चिन्ता के हो भने अहिलेको संवैधानिक संकटका बेला बाँकी रहेका दुई वैधानिक संस्था- राष्ट्रपति र प्रधानमन्त्रीबीच देखिने गरी टकराव उत्पन्न भएको छ ।
यसको सुरुवात गत जेठ १४ गते राति ११:२५ बजे नै भइसकेको थियो । जब प्रधानमन्त्री भट्टराई संविधानसभाको नयाँ निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गराएर शीतल निवास पुगे, राष्ट्रपतिको भित्री बैठककोठामा केहीबेर तनावजस्तै भयो । मुख्यसचिव माधव घिमिरेको हातमा एउटा सिलबन्दी पत्र थियो । प्रधानमन्त्री त्यो पत्र बुझाउन भन्थे, राष्ट्रपतिले आफ्नो कार्यालयका सचिव बामनप्रसाद न्यौपानेलाई नबुझ्न संकेत गर्थे । संविधानसभाको आयु ३५ मिनेट बाँकी नै रहेको र सम्बन्धित निकायका प्रमुख (सभाध्यक्ष सुवास नेम्बाङ) बाट कुनै जानकारी नआउँदै त्यसलाई भंग गरेर नयाँ निर्वाचनमा जाने प्रक्रिया नमिलेजस्तो राष्ट्रपतिलाई लागेको थियो । तर जब आफूलाई बोधार्थमात्र दिन खोजिएको, मुख्य पत्र निर्वाचन आयोगलाई यसअघि नै बुझाइएको राष्ट्रपतिले थाहा पाए, उनका सचिवले समयसमेत उल्लेख गरेर त्यसलाई दर्ता गरिदिए ।
वास्तवमा संविधानसभा जीवित छँदै र प्रधानमन्त्री संसद् सदस्य रहँदै नयाँ निर्वाचनको सिफारिस आउला भन्ने राष्ट्रपति कार्यालयले सोचेकै थिएन । सम्भवतः नयाँ संविधान नबनाई जेठ १४ राति १२ बजे संविधानसभा भंग भएपछि के गर्ने भन्ने योजनामात्र बनाइएको थियो होला । प्रधानमन्त्री भट्टराईले संसद्को बहुमतप्राप्त प्रधानमन्त्रीकै हैसियतमा १२ बजेअगावै आफ्नो निर्णय कार्यान्वयन गराउने चलाखी गरे, ताकि आफ्नो हात माथि परोस् ।
सशंय त्यहींबाट सुरु भयो । बदलामा राष्ट्रपतिले भट्टराई संसद् सदस्य नरहेकाले उनी नेतृत्वको सरकार कामचलाउ भएको औपचारिक जानकारी दिए, जुन प्रचलन यसअघि थिएन । बिहान राष्ट्रपतिलाई भेटेर उत्साहित हुँदै फर्केका प्रधानमन्त्रीले साँझ त्यस्तो पत्र पाएपछि खिस्रिक्क भए । त्यसपछि सम्बन्ध झनै चिसियो ।
कतिसम्म भने विगतको प्रचलनअनुसार विदेश भ्रमणबाट फर्केलगत्तै राष्ट्रप्रमुखसँग शिष्टाचार भेट गर्ने प्रचलनलाई पनि प्रधानमन्त्रीले महत्त्व दिएका छैनन् । जेठ १४ अघिबाटै राष्ट्रपतिले राजनीतिक दलका नेताहरूलाई बोलाउँदै परामर्श लिने वा संविधान निर्माणलगायतका विषयमा दबाबसमेत दिने जुन भूमिका निर्वाह गर्दै थिए, प्रधानमन्त्रीले त्यसलाई संविधानसम्मत मानिरहेका थिएनन्/छैनन् । यो सबै कारणले गर्दा उनीहरूबीच संवाद नै पातलियो । जानकारहरूका अनुसार भेट हुँदा पनि संवैधानिक राष्ट्रपति बोलिरहने, कार्यकारी प्रधानमन्त्रीचाहिँ सुनिमात्र रहने अवस्था त्यहाँ हुन्छ ।
अहिले दलहरूबीच त बेमेल छ नै, यस्तो अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि मतान्तर गहिरियो भने जेलिएको संक्रमण अरू जटिल हुनेछ । त्यसैले अहिले राष्ट्रपतिले आफूलाई संविधानका संरक्षकका रूपमा अगाडि सार्दै कस्तो भूमिका खेल्ने भन्दै समाजका सबै अवयवसँग परामर्श थाल्नु वा प्रधानमन्त्रीले आफूलाई मात्र 'संवैधानिक' दाबी गर्दै अन्य कुनै विकल्प नखोज्न चेतावनीकै शैलीमा प्रतिक्रिया दिनुले समाधान दिंदैन । यथार्थ के हो भने दलहरूको अक्षमताले गर्दा अन्तरिम संविधान नै 'लिक' बाट बाहिर आइसकेको छ । त्यसैले हालको राजनीतिक संकटको समाधान संविधानका धाराहरूमा खोजेर पाइँदैन, न त राष्ट्रपति वा प्रधानमन्त्रीका क्षेत्राधिकार खोतलेर यो सम्भव छ । संविधानसभाको निर्वाचन, यसको पुनःस्थापना वा अन्य जुनै विकल्प खोज्नु होस्- त्यो प्रमुख दलहरूको सहमतिबाट 'राजनीतिक निर्णय' लिएरमात्र हुनसक्छ । त्यसैका आधारमा मन्त्रिपरिषद्ले बाधा-अड्काउ फुकाउको प्रस्ताव राष्ट्रपतिसमक्ष लैजान सक्छ । 
दोस्रो जनआन्दोलनपछि २०४७ सालको संविधान निस्प्रभावी भएको अवस्थामा राज्य सञ्चालनको मेरुदण्ड जसरी दलहरूबीचको सहमतिलाई बनाइएको थियो, त्यसैका आधारमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता ऐतिहासिक परिवर्तन सम्भव तुल्याइएको थियो, अब पनि दलहरूबीच त्यस स्तरको उच्च समझदारीको खाँचो छ । यद्यपि राष्ट्रपति र प्रधानमन्त्रीबीच अनावश्यक टकराव बढ्यो भने ढिलोचाँडो अवलम्बन गर्नुपर्ने सहमतिको यो बाटो अवरुद्ध हुनसक्छ ।
कतिपयलाई लागेको छ- राष्ट्रपतिले चाहे भने अहिलेको समस्या छिनभरमै सुल्झन सक्छ, चाहे भने प्रधानमन्त्री भट्टराईलाई पदच्युतसमेत गर्न सक्छन् । सत्तारूढ गठबन्धनबाटै टुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र शरतसिंह भण्डारी नेतृत्वको पार्टीले प्रधानमन्त्रीको बर्खास्तगीको माग राष्ट्रपतिसमक्ष राखिसकेका छन् । कांग्रेस र एमालेका कतिपय नेताले पनि यस्तो आशय प्रकट गरेका छन् । तर यो किन सम्भव छैन भने यादव कार्यकारी राष्ट्रपति होइनन्, किटान गरिएको काम, कर्तव्य र अधिकारबाट उनी बाँधिएका छन् । त्यसैले उनले भट्टराईलाई कामचलाउ प्रधानमन्त्री भएको जनाउमात्र दिएका हुन् ।
राष्ट्रपति आफैं अगाडि सर्ने हो भने प्रधानमन्त्रीले भनेजस्तो 'माघ १९' को जस्तो परिदृश्य होइन, २०५९ असोज १८ पछिको घटनाक्रमचाहिँ दोहोरिन सक्छ । ०५९ जेठमा संसद् विघटन गरेर चुनावमा जाने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास विफल भएपछि तत्कालीन राजाले उनलाई अक्षम घोषणा गर्दै बर्खास्त गरेका थिए । त्यसपछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरि देउवालाई प्रधानमन्त्री बनाउँदै-हटाउँदै उनले जुन सत्ताभ्यास गरे, त्यससँगै ०६१ माघ १९ मा आएर राजा आफैंमा प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा जागृत भयो, जसले २५० वर्ष पुरानो राजतन्त्रलाई नै आर्यघाट पुर्‍याइदियो ।
चार वर्ष पुरानो राष्ट्रपतीय संस्था, जो अहिलेसम्म राम्रोसँग स्थापित/व्यवस्थित हुन सकेको छैन, त्यसले हालको विषम परिस्थितिमा राजाले गरेजस्तो गल्ती दोहोर्‍याउनै हुन्न । त्यस्तो केही गरेर यो नवगठित संस्था पनि विवादमा मुछिने हो भने मुलुकमा त्यस्तो कुनै राजनीतिक निकाय बाँकी रहने छैन, जसप्रति नेपाली जनताले अन्तिम आशा र भरोसा गर्न सकून । राष्ट्रपतिज्यूलाई पक्कै जानकारी छ- नेपाली जनताका प्रतिनिधि भनेका राजनीतिक दलहरू नै हुन्, जसले गरेको निर्णय कार्यान्वयन गर्ने माध्यममात्र उनी बन्न सक्छन् ।
यसको अर्थ प्रधानमन्त्री जसरी चलिरहेका छन्, त्यो पनि संविधानले सुनिश्चित गरेको तरिका होइन । उनीमाथि लगाउन सकिने संवैधानिक लगामहरू संसद्को अभावमा अहिले एकदमै खुकुलो हुँदै गएका छन् र मंसिरमा चुनाव नहुने अवस्थामा उनले यस्तो 'शासकीय स्वच्छन्दता' कहिलेसम्म पाउनेछन् भन्ने प्रश्नको यकिन जवाफ कसैसँग छैन । अन्तरिम संविधानले नयाँ संविधान नबनाउँदै संविधानसभाको विघटन र त्यसैको नयाँ निर्वाचनको परिकल्पना गरेकै थिएन, जुन काम सर्वोच्च अदालतको निर्णयको आडमा प्रधानमन्त्रीले गर्न खोजेका छन् । उनले अन्य दलहरूलाई आफ्नो सर्तमा सहमतिमा आउने भए आऊ, नत्र आफू आफ्नै तरिकाबाट चुनाव गराउन अगाडि बढ्छु भन्ने जुन शैली अपनाएका छन्, त्यो मेलमिलापमुखी देखिंदैन । तत्कालीन राजा ज्ञानेन्द्रले नगरपालिकाहरूको निर्वाचन जबर्जस्ती गर्न खोज्दा जुन हविगत भोग्नुपरेको थियो, त्यसलाई कसैले बिर्सन मिल्दैन । 
राजनीतिक दृष्टिले हेर्दा प्रधानमन्त्री भट्टराई अल्पमतमा परिसकेका छन् । कांग्रेस, एमालेलगायतका विपक्षी दलमात्र होइन, सत्तारूढ माओवादी र फोरमबाट फुटेर बनेका दल पनि उनीविरुद्ध छन् । ती दलहरूका पूर्वसभासद्हरूकै संख्या हेर्दा बहुमत उनको विपक्षमा देखिन्छ, भलै यसको वैधानिकता परीक्षण गर्ने औपचारिक निकाय अहिले छैन । यस्तो अवस्थामा प्रधानमन्त्री भट्टराईले अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न जेजति प्रयास गरिआएका छन्, त्यसको अनुपातमा आन्तरिक सहमति जुटाउन सकिरहेका छैनन् । अन्य दलहरूको मात्र होइन, प्रधानमन्त्रीले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालको विश्वाससमेत गुमाउँदै गएको माओवादी स्रोतहरूको भनाइ छ ।
यस्तो अवस्थामा आन्तरिक राजनीतिक आधार मजबुत नबनाई पदमा टिकिरहन्छु भन्न कसैलाई सुहाउँदैन । अहिले प्राविधिक हिसाबले भट्टराईलाई हटाउने संवैधानिक आधार नहोला, तर यथेष्ट राजनीतिक समर्थनबिना आम विरोधलाई लामो समयसम्म थेगिरहने सामथ्र्य कुनै प्रधानमन्त्रीमा हुँदैन- यो इतिहासले देखाएको छ ।
यो होइन कि भट्टराईको नेतृत्वले निरन्तरता पाउनै हुँदैन । तर यो कुरा उनले अन्य दलहरूलाई सहमतिमा ल्याउन सक्ने वा नसक्ने कुरामा निर्भर छ । उनी आफैंले भनेको निर्वाचन सफलतापूर्वक गराउन पनि त्यस्तो सहमति अनिवार्य छँदैछ । त्यसका निम्ति संविधान संशोधन गर्न पनि उही सहमति नै चाहिन्छ । वास्तवमा अहिले सरकारको प्रश्नमात्र मुख्य होइन, सरकारदेखि राजनीतिक निकासका सबै विषय समेटेर गरिने समग्र 'प्याकेज' मा सहमति जुटाउनु सबभन्दा महत्त्वपूर्ण हो । त्यो नहुञ्जेल सरकार फेरेरमात्र केही हुने होइन । तर यदि भट्टराईको प्रधानमन्त्रीत्वबाट त्यस्तो राजनीतिक सहमति जुट्दै जुट्दैन भने विकल्प खोज्न उनी स्वयं पनि हच्किनु हुन्न ।
प्रमुख दलहरूले ढिलोचाँडो समाधानका जुन उपाय पहिल्याउँछन्, त्यसलाई सबैले पछ्याउनै पर्छ । अहिलेको विशेष परिस्थितिमा त्यसरी गरिने राजनीतिक निर्णय नै समाधानको वैधानिक उपाय बन्नेछ । राष्ट्रपतिले पनि आफैं अग्रसर भएर कुनै कदम चाल्ने होइन, मुख्य दलहरूले जुन किसिमको राजनीतिक निर्णय गर्छन्, त्यसैलाई मान्ने हो । यदि त्यस्तो निर्णय मन्त्रिपरिषद्मार्फत बाधा-अड्काउ फुकाउ प्रस्तावका रूपमा आयो भने सबभन्दा सजिलो हुनेछ । त्यसमा प्रधानमन्त्री सहमत नभए दलहरूले गरेको 'विशेष परिस्थितिको विशेष निर्णय' लाई नै मान्दै कार्यान्वयनमा लैजान उनले सघाउनुपर्छ ।
अन्त्यमा एउटा कुरा, सर्वोच्च अदालतको जुन फैसलालाई टेकेर प्रधानमन्त्रीले चुनावमा जाने निर्णय गरेका हुन्, कानुनविद्हरूका अनुसार त्यो नै त्रुटिपूर्ण छ । सर्वोच्चले गत मंसिर ९ गते 'जनमतसंग्रह वा अर्को संविधानसभाको निर्वाचन वा संविधानबमोजिम अन्य उपयुक्त प्रबन्ध मिलाउन जो चाहिने आवश्यक काम-कारबाही गर्न-गराउन विपक्षी संविधानसभाका अध्यक्ष तथा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा' आदेश जारी गरेको थियो । 
फैसलामा सुझाइएका कुनै पनि विकल्प कार्यान्वयनका निम्ति प्रधानमन्त्रीभन्दा पहिले संविधानसभाका अध्यक्षलाई आदेश दिइएको छ, भलै सभाध्यक्ष नेम्बाङले अन्तिम अवस्थामा कुनै भूमिका खेलेको देखिएन । प्रधानमन्त्रीले पनि सर्वोच्चको फैसलाको आशयबमोजिम ती विकल्प लागू गर्दा संविधानसभाभित्रबाटै समाधान खोज्ने कुनै प्रयास गरेनन्, बरु सत्ता सहयात्री दलहरूसँग समेत परामर्श नगरी खुसुक्क चुनावको घोषणा गरिदिए ।
संविधानसभाको आयु करिब एक घन्टा बाँकी छँदै मन्त्रिपरिषद्ले संविधानसभा वा संविधानसभाका अध्यक्षको राय/सहमतिबेगरै चुनावमा जाने भनी गरेको एकतर्फी निर्णयलाई न्यायालयले कसरी हेर्ला ? त्यसलाई लिएर चलिरहेको मुद्दामा यसबारे पर्याप्त बहस होला नै । अहिलेलाई यति भनौं- विधि नपुर्‍याई गरिएको चुनावको घोषणालाई सर्वोच्चले अस्वीकृत गरिदियो र संविधानसभा पुनःजागृत हुने बाटो खुल्यो भने संकट समाधानको एउटा सहज उपाय त्यही बन्न सक्छ ।

पोलिमर नोटमा भ्रष्टाचारको अनुसन्धानै भएन एजेन्टले ६ लाख २७ हजार अस्ट्रेलियन डलर कमिसन लिएको थियो: प्रतिवेदन - ekantipur

प्रतिमा बाँस्कोटा

काठमाडौ, असार १३ - दस रुपैयाँको पोलिमर नेपाली नोट छाप्दा भ्रष्टाचार गरेको ठहरिएपछि अस्टे्रलिया सरकारले नोट प्रिन्टिङ अस्टे्रलिया (एनपीए) र सेक्युरेन्सी इन्टरनेसनल कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसहित ६ जनालाई जेल चलान गरेकै झन्डै एक वर्ष भइसक्यो । अस्टे्रलियन फेडेरेसन अफ पुलिस (एएफपी) ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई सोही भ्रष्टाचारसम्बन्धी प्रतिवेदन दिएको ११ महिना बितिसके पनि नेपालमा भने त्यसका दोषीमाथि अनुसन्धान गर्न कुनै निकायले तत्परता देखाएका छैनन् ।
एएफपीले ११ महिनाअघि नै भ्रष्टाचारसम्बन्धी ४० पृष्ठको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको थियो । ब्युरोले उक्त प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाए पनि दुवै निकायले हालसम्म अनुसन्धान थालेका छैनन् ।
स्रोतका अनुसार प्रतिवेदनमा नेपाली नोट छाप्दा कसरी भ्रष्टाचार भयो ? क-कसको संलग्नता छ र कति भ्रष्टाचार भएको हो भन्ने विवरण छ ।
नेपाली नोट प्रकरणमा एनपीए र सेक्युरेन्सी इन्टरनेसनल कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू क्रमशः जोन लेक्क्येनी र माइलेस कुर्टिससहित ६ जना सन् २०११ को जुलाई मा पक्राउ परेका थिए । सेक्युरेन्सी रिर्जभ बैंक अफ अस्ट्रेलिया (आरबीए) र इनोभिया फिल्मस् यूकेको संयुक्त लगानीको संस्था हो । एनपीए भने आरबीएको पूर्ण स्वामित्व रहेको कम्पनी हो । एनपीएले नोट छपाइको काम गर्छ भने सेक्युरेन्सीले छपाइमा प्रयोग हुने प्लास्टिक उपलब्ध गराउँछ ।
सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता विश्वप्रकाश सुवेदीका अनुसार अस्टे्रलियन प्रहरीबाट यो प्रकरणको प्रतिवेदन विभागमा प्राप्त भएको छ । सरकारी कर्मचारी संलग्न भएको भ्रष्टाचार मुद्दा भएकाले त्यसको अनुसन्धान अख्तियारबाट भइरहेको उनले बताए । 'राष्ट्रसेवक कर्मचारी संलग्न भएको मुद्दा हो, त्यस्तोमा अख्तियारले अनुसन्धान गर्छ,' उनले भने,  'दुई निकायले अनुसन्धान गर्दा प्रभावित हुने भएकाले अख्तियारले नै गरिरहेको छ, हामीले हेरेका छैनौं ।'
अख्तियारका कार्यवाहक सचिव भगवतीकुमार काफ्लेले प्रतिवेदन आयोगमा आएपछि सहसचिव एवं प्रवक्ता ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा अनुसन्धान समिति बनाइए पनि पछिल्लो स्थितिबारे आफूलाई जनाकारी नभएको बताए ।
स्रोतका अनुसार एएफपीको प्रतिवेदनमा एनपीए र सेक्युरेन्सीको नेपाल एजेन्ट हिमालयबहादुर पाण्डेलाई मुख्य दोषी देखाइएको छ । प्रतिवेदनमा राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावल र नोट विभाग प्रमुख उपेन्द्र पौडेलको पनि मिलेमतो रहेको ठहर छ ।
पाण्डेलाई अस्टे्रलियन प्रहरीले यही अभियोगमा खोजी गरिरहेको छ । सन् २००८ अपि्रलमा अस्टे्रलियन नागरिकता लिएका पाण्डे फरार छन् । अस्टेलियन प्रहरीले सन् १९९२ देखि पाण्डे र एनपीए कम्पनीबीच भएका इमेललगायत प्रमाण संकलन गरेको थियो । पाण्डेले पटक-पटक गरेर ६ लाख डलरभन्दा बढी कमिसन बुझेको प्रतिवेदनमा उल्लेख छ । पाण्डेले फेब्रुअरी २००३ देखि सेप्टेम्बर २००६ को बीचमा पोलिमर नोट छपाइको कमिसनबापत ६ लाख २७ हजार ७ सय ५५ अस्टे्रलियन डलर लिएको प्रतिवेदनमा छ । पाण्डेको अस्टे्रलियाको सिटी बैंकको खातामा एनपीए र सेक्युरेन्सी कम्पनीले रकम राखेको देखिएको हो ।
प्रतिएक हजार थान पोलिमर नोटबापत ६८ डलर कमिसन पाण्डेले पाउने सम्झौता भएको अनुसन्धानबाट खुलेको छ । तर केही समयपछि नेपालकै तर्फबाट त्यसमा ४ डलर थपेर ७२ बनाउन प्रस्ताव गएको थियो । कम गुणस्तरको प्लास्टिक राख्न कमिसन बढाइएको थियो ।
सिटी बैंकमा रहेको ०-३५०८७५-०६८ नम्बरको खाताबाट पाण्डेले अस्टे्रलिया र अन्य मुलुकमा रहेका नातेदारको नामका खातामा रकम पठाएको समेत एएफपीको प्रतिवेदनमा छ । अस्टे्रलियाको द एज र सिड्नी मर्निङ हेराल्ड पत्रिकाहरूले सन् २००९ मे महिनामा रिजर्भ बैंक अफ अस्टे्रलियाका कर्मचारीले नेपाली नोट छाप्दा कमिसन खाएको समाचार प्रकाशन गरेका थिए । 
त्यही समाचारलाई आधार बनाएर एएफपीले 'अप्रेसन रुनी' नाममा अनुसन्धान गरेको थियो । अनुसन्धान क्रममा एनपीए र सेक्युरेन्सी कम्पनीले गैरकानुनी तरिकाबाट हिमालयबहादुर पाण्डेलाई पैसा दिएको प्रमाण फेला परेको हो । एएफपीले पाण्डेको सिटी बैंकको कारोबार विवरणसमेत पठाएको छ । पाण्डे प्रबन्ध निर्देशक रहेको मे फ्लावर कम्पनीलाई ११ नोभेम्बर १९९२ मा एनपीएको नेपाल एजेन्टका रूपमा नियुक्त गरिएको प्रतिवेदनमा उल्लेख छ ।
एजेन्ट नियुक्तिपछिको सम्झौतामा पाण्डेको कम्पनीलाई दस प्रतिशत कमिसन दिने उल्लेख छ । १ जुलाई १९९९ मा कमिसन दर एक प्रतिशत घटाएर ९ प्रतिशतमा झारिएको थियो । पाण्डेलाई तलबजस्तै गरी मासिक १५ सयका दरले ६ महिनासम्म अस्ट्रेलियन डलरसमेत दिइएको थियो । २४ अपि्रल २००२ मा पुनः सम्झौता गर्दा लिखित रूपमा २ प्रतिशत देखाइए पनि गैरकानुनी रूपमा ९ प्रतिशत कमिसन दिइएको प्रतिवेदनमा उल्लेख छ । सन् २००३ मा मे फ्लावरसँगको सम्झौता रद्द गरेर पाण्डे समूहकै ग्लोबल ग्रुपलाई एजेन्ट नियुक्त गरिएको थियो ।
सस्तोमा पैसा छापेको देखाउन नक्कली कागजपत्र बनाएको समेत अस्टे्रलियन प्रहरीको प्रतिवेदनमा छ ।
नेपालबाट पैसा छाप्न पठाएको रकम धेरै हुँदाहुँदै अस्टे्रलियामा थोरै भएको देखाउन नक्कली कागजपत्रहरू बनाइएको प्रतिवेदनमा छ । राष्ट्र बैंकले नोट छपाउने क्रममा एजेन्टसँग अन्तिम समयमा कुरो नमिलेकाले एनपीएसँग सीधै कुरा गरेर धेरै मोलमोलाई गरेको प्रतिवेदनमा उल्लेख छ । एएफपीले यसलाई नेपाल राष्ट्र बैंक, सेक्युरेन्सी र नोट पि्रन्टिङ अस्टे्रलियाले घोटाला गर्नका लागि नाटक गरेको उल्लेख छ । सन् १९९९ देखि २००७ को बीचमा नेपालसहित इन्डोनेसिया, भियतनाम र मलेसियाको पोलिमर नोट छाप्दा यस्तै प्रकारको भ्रष्टाचारहरू भएको प्रतिवेदनमा छ ।

नायिकाको आत्महत्या रहस्यभित्र - sourya daily

-कुबेर गिरी

काठमाडौं, १३ असार । नायिका जेसिका खड्काको आत्महत्या प्रकरण सेलाएको छ तर पटाक्षेप भइसकेको छैन । जेसिकाकी बहिनी प्राप्ति पोखरेलले दिदीले आत्महत्या गरेको नभई गर्न बाध्य बनाइएको दाबी गरेकी छन् । दिदीसित जोडिएका दुई व्यक्तिविरुद्ध किटानी जाहेरी दिने तयारीमा छिन् उनी ।
जेसिकालाई दुई साताअघि राति आफ्नै कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको थियो । त्यसलगत्तै प्रहरीले उनका प्रेमी भनिएका बालदीप राईलाई एकसरो बयान लिएर छाडिदियो । प्राप्तिले आरोप लगाएकामध्ये एक उनै बालदीप हुन् भने अर्का हुन् गोकुल सुवेदी ।
प्राप्तिको भनाइमा यी दुवैले लगातार दिएको ‘टर्चर’ असैह्य भएर नै जेसिकाले आत्महत्या गरेकी हुन् । उनीहरूमध्ये पनि मुख्य दोषी भने बालदीप भएको उनले सौर्यसँगको कुराकानीमा बताइन् ।
‘म दिदीसँग भएका बेला बालदीपको फोन आउँथ्यो । फोन राखेपछि दिदी रुन्थिन् । उनी भन्थिन्, ‘हेर न नानी † त्यो बालदीपले मलाई श्रीमान्ले दिएको जस्तो टर्चर दिन्छ ।’
जेसिका र प्राप्ति दिदीबहिनीका छोरी हुन् । जन्मेदेखि नै जेसिकाकै घरमा बसेकी प्राप्तिले काठमाडौं आएपछि पनि दिदीले सबै कुरा आफूसित सेयर गर्ने गरेको बताइन् । दिदीको बालदीपसित कुनै प्रेमसम्बन्ध नरहेको उनको दाबी छ ।
यता, बालदीपले भने जेसिकालाई कुनै किसिमको ‘टर्चर’ नदिएको बताए । ‘हामी दुवै एकअर्कालाई माया गथ्र्यौं,’ उनले दाबी गरे, ‘हामीबीच विवाहको कुरोसमेत चलिरहेको थियो ।’
घटनाको अघिल्लो दिन बेलुका आफूसँग दिदीको कुरा भएको प्राप्तिले बताइन् । फोनमा कुरा गर्दा दिदी राम्रो मुडमा भएको उनको भनाइ छ । ‘त्यो दिन दिदीको बोलीमा कुनै नैराश्य थिएन, मलाई नानी भोलि बिहान फोन गर्छु पनि भनेकी थिइन् । राति बालदीपसितको कुराकानीपछि नै दिदी आत्महत्याको स्थितिमा पुगेकी हुन्,’ उनले भनिन् ।
प्राप्तिले राति पटकपटक बालदीपसित भएको फोन संवादको कल डिटेल प्रहरीले हेर्नुपर्ने माग गरिकी छन् । ‘कल डिटेल हेर्ने हो भने हत्याको कारण पत्ता लाग्छ,’ उनले दाबी गरिन् । राति अबेरसम्म फोनमा कुरा भएको बालदीपले पनि स्विकारेका छन् । तर, उनी कुराकानीको विवरण खुलाउन चाहँदैनन् । प्रहरीसितको बयानमा उनले सामान्य कुराकानी भएको बताएका थिए ।
बालदीप मात्र होइन, प्राप्तिले गोकुल सुवेदीलाई समेत उजुरीमा मुछ्ने भएकी छन् । गोकुल भने आफूलाई जेसिकाको अभिभावक ठान्छन् । उनीहरूबीच कुनै नाता भने छैन । चलचित्र क्षेत्रमा जेसिकालाई सहयोग गरेको आधारमा उनले आफूलाई अभिभावक मान्ने गरेका हुन् ।
‘दिदीको अत्महत्याको कारण गोकुल पनि हुनसक्छ,’ प्राप्तिले भनिन्, ‘फोनमा पटकपटक धम्क्याउने मात्र होइन, पुतलिसडकमा दिदीमाथि उसले हातपातसमेत गरेको छ ।’ उनका अनुसार हरेकचोटि भेट हुँदा उनीहरूबीच ‘डिस्कस’ हुन्थ्यो ।
६ महिनाअगाडि आफूले जेसिकालाई पुतलिसडकमा हातपात गरेको गोकुलले स्विकारेका छन् । ‘मैले उसलाई अभिभावकको व्यवहार गरेको हुँ । उसले नराम्रो क्रियाकलाप गर्दा नियन्त्रण गर्नु मेरो कर्तव्य हो । मैले उसलाई सचेत गराउन थप्पड हानेको थिएँ ।’ करिअर बनाउने बेलामा जथाभावी प्रेम गर्दै किन हिँडेकी भनेर गालामा हानेको उनको भनाइ छ ।
नायिकाको आत्महत्या डिप्रेसनका कारण भएको प्रहरीले जनाएको भए पनि जेसिकाका भाइ युनिकले त्यसको खण्डन गरेका छन् । दिदीले डिप्रेसनको औषधी खाने गरेको पनि उनले अस्वीकार गरे । ‘मेरी दिदीलाई टाउको दुखेको औषधि खाँदा त एलर्जी हुन्थ्यो भने डिप्रेसनको औषधि कहाँबाट खानु ?’ उनले भने ।
घटनाको राति जेसिकाले मदिरा सेवन गरेको पनि युनिकले अस्वीकार गरे । आफूले प्रहरीमा रक्सी खाएको भनेर बयान नदिएको उनको जिकिर छ । ‘मैले त्यस्तो बयान दिएकै थिइनँ, त्यसै हल्ला फैलाइयो,’ उनले भने, ‘दिदीले रक्सी खाएको मैले आजसम्म देखेको छैन ।’
गोकुलले पनि जेसिकाले मदिरा सेवन गर्ने गरेको विषयमा थाहा नभएको बताए । उनले भने, ‘घटना हुनुभन्दा एक महिनाअगाडिसम्म उनी रक्सी पिउँदिनथिन्, एक महिनादेखि भने मेरो भेटघाट थिएन ।’
प्रेमी बालदीपले यसबारे आफू केही पनि नबोल्ने र बोल्नका लागि कर पनि नगर्न आग्रह गरे । ‘बरु जेसिकाले मेरो मदिरा सेवन गर्ने बानी हटाइदिएकी थिइन्,’ उनले भने ।
फोनमा भएको कुरा याद छैन
बालदीप राई
जेसिकाको आत्महत्यालाई कसरी लिनुभएको छ ?
उनी मेरी प्रेमिका हुन्, दु:ख लागेको छ । कहिल्यै पनि कल्पना नगरेको घटना भयो । उनी मसँग हुँदा यस्तो होला भन्ने सोचेको पनि थिइनँ ।
आत्महत्या गर्नुभन्दा अगाडि तपाईंंहरूको प्रेमप्रसंग कहिल्यै बाहिर आएन नि ?
हो, मेरा साथीहरूलाई थाहा थियो । बाहिर हल्ला नभएकै हो ।
उनीसँगको प्रेम किन र कसरी लुकाउनुभयो ?
यसलाई लुकाएको भन्न मिल्दैन । बाहिर म उनीसँग यसो गर्छु, उसो गर्छु भन्दै हिँड्ने कुरा भएन । चलचित्र उद्योगका कतिलाई त थाहा थियो । मैले नायिकासँग प्रेम गरेँ भनेर पत्रकारसम्मेलन गरेर सुनाउन पनि मिलेन ।
तपाईंहरूको प्रेमप्रसंग खासमा कहिलेदेखिको हो त ?
एक वर्षअघिदेखि हो । जब चलचित्र दुई दुना पाँच गर्ने सिलसिलामा हाम्रो भेट भयो, त्यही बेलादेखि हामी नजिकियौँ । त्यसपछि हामीले फेरि अर्काे चलचित्रसँगै गर्‍यौँ । प्राय: हामी सँगै हुन्थ्यौँ ।
जेसिकाको के कुराले तपाईं तानिनुभएको थियो ?
केले तान्यो भन्दा पनि उनको र मेरो मन मिल्यो, विचार मिल्यो । म उनीप्रति रूप र शारीरिक बनावटले भन्दा पनि भित्रैबाट आकर्षित भएको थिएँ ।
तपाईंहरूबीच के–कस्ता कुरा सेयर हुन्थे ?
उनी कुनै चलचित्रको सुटिङमा जाँदा मलाई भन्थिन् । भाइको तथा घरपरिवारको सबै कुरा सेयर गर्थिन् । म पनि उनलाई आफ्नो सबै कुरा भन्थेँ । बाहिर कतै गएका बेला पनि मलाई पटक–पटक फोन गरेर खाना, खाजा खाए/नखाएको सोध्ने बानी थियो उनको ।
तपाईंहरूबीच विवाहको कुरो पनि त भयो होला नि ?
विवाहका कुरा पनि भए । सरसल्लाह गरियो । यस मामलामा उनी अहिले तत्कालै नगरौँ । पहिले करिअर बनाउँm अनि विवाह गरौँला भन्ने गर्थिन् । एउटा विवाह मात्र त बाँकी हो, अरू सबै सम्बन्ध थियो हामीमा ।
तपाईं र उनीबीच कुनै त्यस्तो तनाब थियो कि ? जसले आत्महत्यासम्म पुर्‍यायो ।
त्यस्तो केही थिएन । भएको भए उनका भाइबहिनी छन्, बाहिर ल्याउँछन् ।
उनका भाइबहिनीले त तपाईंंलाई नै दोषी भनेका छन् नि ?
त्यो त अनुसन्धानले देखाउने कुरा हो । कसैले आरोप लगाएर हुँदैन ।
उनको बाहिर कुनै अर्काे सम्बन्ध वा लफडा ?
त्यो मलाई थाहा भएन । मसँग सधैँ फोनमा कुरा हुन्थ्यो । दिनभरको कामका कुरा सेयर गरिन्थ्यो, अरू थाहा भएन ।
तपाईं पिउन छाडेको भन्नुहुन्छ तर त्यो रात त तपाईंंहरू सँगै मदिरा पिएर छुट्नुभएको भनिन्छ नि ?
पूरै छाडेको हैन, कहिलेकाहीँ पिउँथेँ । तपाईंले यो प्रसंगै नउठाइदिनुस् न प्लिज †
तपाईंले त बिहान दुई बजेसम्म मोबाइलमा फोन गर्नुभएको रहेछ नि ? के कुरा भएको थियो ?
यो मामलामा मलाई केही याद छैन । म उनीसँग छुट्टिए पनि राति पनि फोनमा कुरा गर्थें, त्यसैले फोन गरेँ । बिहान पनि फोन गरेँ तर उठेन ।
कतिबेला र कसरी थाहा भयो त घटना ?
मंगलबार सधैँ गणेश मन्दिर जाने बानी छ मेरो । मैले उनलाई घरबाट निस्किएपछि फोन गरेँ । सम्पर्क नभएपछि मैले उनकी बहिनीलाई फोन गरेँ अनि त्यो घटना थाहा पाएँ र तत्कालै त्यहाँ पुगेँ ।
तपाईंको र उनको सम्बन्धलाई भाइबहिनीले कसरी लिएका थिए त ?
त्यस्तो नराम्रो रूपमा लिएजस्तो मलाई लाग्दैन । किनभने, उनी र म विवाह गर्ने कुरा भाइबहिनीलाई समेत थाहा थियो । म जेसिकाले भनेर उनको भाइको स्कुलमा अभिभावक बनेरसमेत गएको छु ।
तपाईं मिडियाबाट लुक्नुको कारण के हो ?
म लुकेको होइन, उनको घटनाले मलाई दु:ख पुगेको छ । यो घटनामा उनको परिवार पनि दु:खी छ । यस्तो अवस्थामा यो कुरालाई लिएर म मिडियामा छाउन चाहन्नँ ।
उनको परिवारले तपाईंले घटनापछि एकपटक पनि सम्पर्क नगरेको आरोप लगाएका छन् नि ?
यस मामलामा म केही बोल्दिनँ र बोल्न पनि कर नगर्नुस् ।
बालदीपलाई चप्पलले हान्छु
प्राप्ति पोखरेल (बहिनी)
म जन्मेदेखि नै दिदीसँगै बसेँ । सुटिङमा जाँदादेखि जहाँ पनि मलाई सँगै लान्थिन् । बालदीपका बारेमा पहिलेपहिले राम्रो कुरा गर्थिन् । मलाई राम्रो लाग्छ, सपोर्ट गर्नुहुन्छ भन्थिन् । पछि–पछि हामीसँग हँदा पनि बालदीपको फोन आउँथ्यो । दिदी अलि टाढा गएर उठाउँथिन् । फोनमा कुरा सकिएपछि रुँदै आउँथिन् । मैले के भयो भनेर सोध्दा ‘हेर न नानी † बालदीपले श्रीमान्ले दिएको जस्तो टचर्र दिन्छ मलाई’ भन्थिन् ।
उसले दिदीलाई निकै टर्चर दिन्थ्यो । कहिले विज्ञापनका लागि भनेर भेट्न बोलाउने, कहिले फिल्मका लागि भनेर बोलाउने गथ्र्यो । दिदीले उसलाई माया गरेकोजस्तो मलाई लाग्दैन । माया गरेको भए मलाई थाहा हुन्थ्यो ।
यदि प्रेममा फसेको भए पनि पक्कै उसैले टर्चर दिएर बाध्यतावश नै हो । यदि ऊ दोषी छैन भने साँचो बोल्न सक्छ, किन लुकेको छ ? उसँग साँचो बोल्ने आँट छैन । मिडियाले थाहा पाउँछन् भनेर लुकेको हो । यदि ऊ सही थियो भने हामीलाई फोन गरेर सान्त्वना दिन्थ्यो होला । तर, एकपटक पनि फोन गरेको छैन ।
यो घटनामा गोकुल पनि दोषी हुनसक्छ । उसले पनि दिदीलाई धम्क्याउने र टर्चर दिने गथ्र्याे । दिदीलाई हातसमेत हालेको छ । म दिदीको आत्महत्याको कारण पत्ता लगाएरै छोड्छु ।
काठमाडौं आएर यी दुईजनाको नाममा लिखित उजुरी दिन्छु । बेलुकाको टेलिफोन संवाद पत्ता लगाउन अनुरोध गर्छु । मेरो ज्यान जाओस्, म पत्ता लगाएरै छाड्छु । म बालदीपलाई भेटेँ भने चप्पलले हान्छु । यसो गर्दा मेरी दिदीको आत्माले शान्ति पाउँछ ।
म त अभिभावक हुँ
गोकुल सुवेदी
जेसिकाका भाइबहिनीले केही कुरा सही भनेका छन्, केही कुरा गलत पनि भनेका छन् । अहिले जेसिका छैनन् भनेर जसले जे भन्दा पनि हुन्छ भन्ने होइन । ऊ मरेर गए पनि उसलाई म इज्जतले हेर्छु अझै । पहिला पनि इज्जतै गरेको थिएँ । उसँग मेरो नराम्रो केही छैन । मर्नुभन्दा एक दिनअघि ऊ न्युरोडको रामेश्वरमा आएकी थिई । मलाई भेटौँ भनेकी थिई । म अप्ठेरोमा छु भन्थी । म बाहिर भएकाले भेट्न पाइनँ । अहिले पनि मलाई अफसोस लागिरहेको छ नभेटेकोमा ।
मैले उसलाई ६ महिनाअगाडि हात पनि हालेको हुँ । म त्यसो गर्न पाउँथे पनि, किनभने म उसको अभिभावक जस्तै हुँ, यो मेरो अधिकार पनि हो । ‘तिमी करिअर बनाउने बेलामा जथाभावी लभ गर्दै नहिँड’ भनेर हात हालेको हुँ । उसले त्यसपछि मसँग माफी पनि मागी र म अब राम्रो गर्छु भनेकी पनि थिई ।
केही समयपहिले उसले बाहिरबाट फर्केर आउँदा मलाई घडी ल्याइदिएकी थिई । उसको र मेरो एक महिनाअघिदेखि भेट भएको थिएन । म उसका भाइबहिनीलाई केही भन्दिनँ । बहिनीले घटना घटेको दिन बिहानै दुबईबाट फोन गरेर ‘दाइ † यो घटनाको अपराधी पत्ता लगाउनुपर्छ’ भनिन् ।
जेसिका एक महिनाअगाडि दुबई गएर आएकी थिई । त्यस बेलादेखि उसलाई टेन्सन थियो । बालदीप राईसँग उसको ६ महिनाअघिदेखिको लभ हो । म उसित मनकामना जाँदा उसले म एउटा मान्छेलाई माया गर्छु भनेर बालदीपको नाम लिएकी थिई । मैले उसको हात बालदीपलाई दिएँ । ‘बिचरा † त्यस्तो घटनाबाट आएकी केटी, मैले धेरै सपोर्ट गरेको छु, कहिल्यै दु:ख नदिनू’ भनेँ ।
मैले एकदिन उसलाई फोन गरेर अचानक चलचित्र रिलिज भएपछि कुलदेवतालाई घन्टा र चमर चढाउने वाचा गरेको सुनाएँ र जान आग्रह गरेँ । मेरो आग्रहमा उसले मलाई किन जाने भन्दै यताउति कुरा गरी । म यस्तो टाइपकी केटी होइन भनी । त्यसपछि म एक्लै गएँ । बीचमा उसले गहिराइ चलचित्र गरिछ ।
म घरबाट आएपछि ‘चलचित्र गरिछ्यौ, राम्रो भयो’ भनेँ । त्यसपछि मैले तिमीलाई केही समस्या छ भनेर सोध्दा केही छैन भनी । तर, उसलाई केही समस्या रहेछ भन्ने मलाई लाग्यो । तर, हाम्रो कुरो हुन सकेको थिएन ।
रक्सी पिउनुभएको थिएन
गोकुल सुवेदी
युनिक खड्का (भाइ)
म दिदीसँग तीन वर्षदेखि सँगै बस्दै आएको थिएँ । दिदीले घरमा कसैलाई पनि ल्याउनुहुन्नथ्यो । कसैले ‘कोठामा भेटूँ’ भन्दा पनि बाहिरै गएर भेट्नुहुन्थ्यो । दिदीले कसैसँगको सम्बन्धबारे केही भन्नुहुन्नथ्यो । बरु ‘तेरो अहिले पढ्ने समय हो, पढ् बाबु’ भन्नुहुन्थ्यो ।
दिदीले कहिलेकाहीँ बालदीपसँग फोनमा झगडा परेको कुरा गर्नुहुन्थ्यो । गोकुल मामाले चाहिँ कहिलेकाहीँ फोनबाट थर्काउने गर्नुहुन्थ्यो । बालदीपसँग विवाहको कुरो मलाई थाहा भएन । दिदीले पुरानो सिम चलाउँदा नानाथरिको फोन आउँथ्यो । फोनमा नचिनेकाले अश्लील पनि बोल्थे । त्यो सिम चेन्ज गरेपछि त्यति फोन आउँदैनथ्यो ।
त्यो दिन बेलुका बालदीप दाइ आउनुभयो । उहाँहरू भित्र बस्नुभयो । मैले के हुन्छ, कसो हुन्छ चियोचर्चा गर्ने कुरो पनि भएन । करिब एक घन्टापछि बालदीप दाइ जानुभयो । दिदीले केही पिउनुभएको थिएन । भोलिपल्ट यो घटना भयो । यो घटना पक्कै पनि बालदीप र गोकुलमध्ये कसैले दिदीलाई टर्चर दिएर भएको हुनसक्छ ।

बबरमहल विष्फोटका मूख्य योजनाकार पक्राउ - onlinekhabar

11
१३ असार , विराटनगर । तीन जनाको ज्यान जाने गरी काठमाण्डौको बबरमहल बम विष्फोटका मूख्य योजनकार विश्वक्रान्ति भनिने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन १५ गते बबरमहलको नेपाल आयल निगमको गेट अगाडि  बम बिष्फोट गराउने ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको विराटनगर प्रहरीले जनाएको छ ।
धनकुटा चुङ्माङ-१ हिले घर भएका तामाङलाई विराटनगरवाट गएको प्रहरीको बिशेष टोलीले पाँचथरको लुमु्रपा-२, घुसपाते लेकबाट पक्राउ गरी विराटनगरमा ल्याएर वुधवार विहान पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । क्षेत्रिय प्रहरी प्रमुख  डीआईजी सुरेन्द्र बहादुर शाहका अनुसार प्रहरीलाई तामाङलाई पक्राउ गर्ने स्थानमा पुग्न झण्डै १६ घण्टा लागेको थियो ।
पत्रकार सम्मेलनमा तामाङले मुल्य बृद्धीको बिरोधमा बम बिस्फोट गराएको स्वीकार गरेका छन् । उनले सर्वसाधारणको ज्यान लिने मनसायले भने बमविष्फोट नगराएको दाबीइ गरेका छन् । संयुक्त जातीय मोर्चाका प्रवक्ता तथा विदेश बिभाग प्रमुख रहेका तामाङ पाँचथरमा ‘नेल्सन’ उपनामले सेल्टर लिएर बस्दै आएका थिए ।
बम बिस्फोट, बिस्फोटको प्रयास र चन्दा असुलीमा तामाङको पार्टीको १९ ठाउँमा संलग्नता रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । संयुक्त जातीय मोर्चाले पछिल्लो पटक सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङका बिभिन्न स्थानमा बिस्फोट गराउने तयारी गरेको प्रहरीको दाबी छ ।

‘माघ १९’ को खतरालाई टार्ने हो भने…… - onlinekhabar

समाचार टिप्पणी । यतिखेर मुलुकमा दुईवटामात्र संवैधानिक संस्था सक्रिय छन- पहिलो प्रधानमन्त्री र दोस्रो राष्ट्रपति । तर, यतिबेला यी दुवै संस्थावीचको द्वन्द्व भुसको आगों झै भित्रभित्रै बढ्दो छ । प्रधानमन्त्री भट्टराईका पछिल्ला अभिब्यक्तिले त झन दुई संस्थावीचको द्वन्द्वले औपचारिकता पाएको छ । आफुले पद छाडे राष्ट्रपतिले माघ १९ को शाही कदमजस्तै ‘कु’ गर्ने आशय प्रधानमन्त्रीले ब्यक्त गरेपछि अहिले शितल निवास त्यसको जवाफ कसरी दिने भन्ने तयारी गरिरहेको छ ।
संबिधानसभा बिघटनसँगै यी दुई संस्थावीच कसले शक्तिको अभ्यास गर्ने र को हावी हुने भन्ने प्रतिस्पर्धा चलेको हो । संबिधानसभा बिघटन भएपछि स्वतः प्रधानमन्त्री काम चलाउ हुने र आफुले नयाँ प्रधानमन्त्री चुन्न पाउने आशमा रहेका राष्ट्रपतिलाई प्रधानमन्त्रीले कार्यकारी अधिकार प्रयोग गर्दै निर्वाचन घोषणा गरेर जिल्लाईदिए । शितलनिवासबाट फर्केलगत्तै आफुमा मात्र कार्यकारी अधिकार निहित रहेको सार्वजनिक अभिब्यक्ति दिए ।
प्रधानमन्त्रीको अभिब्यक्तिलाई काउन्टर दिंदै राष्ट्रपतिले प्रधानमन्त्री कामचलाउ मात्र रहेको भन्ने स्मरण गराउँदै पत्र पठाए । संबिधानका धारा उल्लेख गर्दै प्रधानमन्त्री कामचलाउ मात्र रहेको स्मरण गराउने कुनै प्रबाधान थिएन । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले आफुमात्र कार्यकारी रहेको हुंकार दिएपछि यस्तो पत्र लेख्नुपरेको हो ।
प्रधानमन्त्रीको साथमा सत्ता सहयात्री दलहरु छन भने राष्ट्रपतिलाई बिपक्षी दलसहित हालै सत्ताधारी दलबाट बाहिरिएका नयाँ पार्टीहरुले उक्साइरहेका छन् । विपक्षीहरुले प्रधानमन्त्रीलाई बर्खास्त गरेर नयाँ प्रधानमन्त्री चुन्न राष्ट्रपतिलाई गुहारिरहेका छन् । राष्ट्रपतिको सम्भावित कदमबारे संकेत गर्दै प्रधानमन्त्रीले पटक-पटक सार्वजनिक कार्यक्रममा सवै संबिधानिक निकाय आ-आफ्नो परिधि र मर्यादाभित्र रहनुपर्ने बताइरहेका छन् ।
अहिलेसम्म राष्ट्रपति ‘पर्ख र हेर’को अबस्थामै रहेजस्तो देखिएपनि बिपक्षी दलहरुका उत्तेजक अभिब्यक्तिले प्रधानमन्त्री पनि उत्तेजित भएजस्ता देखिन्छन् । बिपक्षी दलहरुको उक्साहटका आधारमा राष्ट्रपतिले कुनै कदम चाल्छन कि भन्ने डर पालेको सरकारले त्यस्तै उत्तेजक अभिब्यक्ति दिन थालेपछि दुई संस्थावीच झन् द्वन्द्व बढ्दै छ । शितल निवास सुत्रको दावी छ- ‘केही दिनभित्र राष्ट्रपतिले प्रधानमन्त्रीलाई बहुमत सावित गर्न पत्र लेख्न सक्छन । खाली उनले निर्वाचन कानुन संसोधन गर्ने अन्तिम मिति साउन ७ लाई कुरिरहेका छन् ।’ राष्ट्रपतिको त्यस्तो कदम संवैधानिक नहुँदा नहुँदै पनि दलहरुको उक्साहटमा भट्टराईलाई पदमुक्त गरि नयाँ प्रधानमन्त्री तोक्न सक्छन् । यस्तो अबस्थामा मुलुक फेरि द्वन्द्वमा फस्नेछ ।
सवै दल र शक्तिले स्वीकार गरेको कुरा हो- अहिलेको अबस्थामा संबिधानको धाराभित्र रहेरमात्र संकट समाधान गर्न सकिन्न । दलहरुवीचको उच्चस्तरीय राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउन मन्त्रिपरिषद्ले सिफारिस गर्नु नै अहिलेको सवैभन्दा उत्तम र सुरक्षित बाटो हो । तर, दलहरु राजनीतिक सहमति जुटाएर अघि बढ्ने भन्दापनि सडकमा चर्का र उत्तेजक भाषण गर्न ब्यस्त छन, त्यही मेलोमा लागेका छन- प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि ।
आम जनतामाझ निकै लोकपि्रय रहेको अबस्थामा प्रधानमन्त्रीको कुर्सीमा पुगेका बाबुराम भट्टराईले साख गुमाईसकेका छैनन् । तर उनका पछिल्ला अभिब्यक्तिले उनी जीवनभर आर्जेको राजनीतिक सम्पत्ति नष्ट गरेरमात्र बालुवाटारबाट बाहिरिने हुन कि भन्ने खतरा बढेको छ । यो अबस्थामा उनले आफु सहमतिका लागि बाधक नभएको अभिब्यक्ति दिंदै दलीय सहमतिका लागि आफैंले अग्रसरता लिनुपर्ने थियो । पछिल्ला अभिब्यक्तिले उनी पदलोलुप र जसरी पनि कुर्सीमा टिकिरहने लोभमा छन की भन्ने शंका उत्पन्न गराएको छ ।
प्रधानमन्त्री काम चलाउ भइसकेको संवैधानिक अबस्थामा अब बिपक्षी दलहरुले उनको राजीनामा माग्नु वा बर्खास्त गर्न राष्ट्रपतिलाई उक्साइरहनुको कुनै तुक छैन् । संबिधान, सरकार, निर्वाचन लगायतका बिषयमा प्याकेजमै सहमति कायम गर्दै प्रधानमन्त्रीको नयाँ उम्मेदवार अघि नसारेसम्म बाबुरामले कुर्सी छाडेर सानेपातिर हिड्न मिल्दैन् । बिपक्षीको उक्साहटमा राष्ट्रपतिले कुनै कदम चाल्न खोज्दा वा प्रधानमन्त्रीले नयाँ चुनावपछि मात्र कुर्सी छाड्छु भन्दा नयाँ माघ १९ निम्तिने निश्चीत छ ।
फेरि पनि पुरानै राजनीतिक छवि र साख जोगाएर बाबुराम बालुवाटारबाट फर्किने हो भने उनले यथासक्य छिटो आफु पदमा नरहेको घोषणा गर्दै राष्ट्रिय सहमति कायम गर्न दलहरुलाई आह्वान गर्नुपर्छ । त्यसो गर्दा उनले चाहेजस्तो उनकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न् । शान्ति प्रकृया टुंगाउन, राष्ट्रिय सहमतिको सकार बनाई संबिधान निर्माण टुंगाउन उनले जेजति भूमिका खेले त्यसलाई जनताले राम्रैसँग मनन गरेका छन् । यस्तो अबस्थामा बालुवाटारबाट फर्किनुपरे पनि उनी आफ्नो राजनीतिक साख जोगाएरै फर्किने छन् ।
तर ब्राजिलबाट फर्किंदा जसरी उत्तेजक अभिब्यक्ति दिने होडबाजीमा प्रधानमन्त्री संलग्न हुने भने माघ १९ त्यति धेरै टाढा छैन् । प्रधानमन्त्रीका अभिब्यक्तिले त्यस्तो कदमका लागि वातावारण बनाइदिने काम गर्ने छ । सहमतिको प्रयासमा उनी जति सालिन रुपमा प्रस्तुत हुन्छन, त्यति नै छिटो माघ १९ दोहोर्‍याउने योजना तुहिने छ ।

Tuesday, June 26, 2012

मोबाइल, क्यामरा तथा ल्यापटप पानीमा भिज्यो भने के गर्ने ? - onlinekhabar



अहिले वर्षातको बेला छ । यो पानीको मौसमका धेरै फाइदा छन् । तर यो झरीको मौसमले तपाइँका ग्याजेटहरुको सुरक्षामा भने चुनौति पक्कै थपेको हुनुपर्छ । तपाइँका मोबाइल सेट, क्यामेरा तथा ल्यापटप लगायतका ग्याजेटहरुमा पानी पसेर बिग्रने खतरा निकै उच्च हुन्छ यो बेला ।
त्यसैले यो बेलामा आफ्ना हाते विद्युतिय सामानको सुरक्षामा चनाखो बन्नुपर्छ । हामीले आफ्ना ग्याजेटमा पानी पर्न नदिनका लागि भरमग्दुर प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ दुर्भाग्यवश पानीमा पर्नसक्छ । त्यस्तो बेलामा ग्याजेटलाई बिग्रन नदिनका लागि निम्न उपाय अपनाउनु पर्छ ।
१. तपाइँको ग्याजेट चाहे मोबाइल फोन, ल्यापटप वा क्यामरा नै किन नहोस् यदि भिजिहाल्यो भने तत्काल स्विच अफ गर्नुहोस् र ब्याट्री निकाल्नुहोस् ।
२. मेमोरी कार्ड तथा सिमकार्ड लगायतका सामान पनि बाहिर निकाल्नुहोस् ।
३. ग्याजेटलाई हल्लाएर र झट्कारेर भित्र पसेको पानीलाई बाहिर निकाल्ने प्रयास गर्नुहोस् ।
४. बाहिर भागलाई सुख्खा बनाउनका लागि सुकिलो कपडा वा कागजले पुछ्नुहोस् तर खस्रो सामानले रगड्ने काम नगर्नुहोस् ।
५. ग्याजेटबाट ओसिलोपना हटाउन त्यसलाई एअर कन्डिसनरको नजिकै राख्नुहोस् तर पंखा वा हेयर ड्रायरको प्रयोग गरेर ग्याजेट सुकाउने प्रयास नगर्नुहोस् ।
६. सम्भव भए तपाइँको भिजेको मोबाइल, ल्यापटप वा क्यामरालाई केहीबेर धानको थुप्रोभित्र खुसाएर राख्नुहोस् यसो गर्दा चिस्यास सोसिन्छ । तर यसो गर्दा ग्याजेटमा धुलो र भुस पर्नबाट जोगाउनुपर्छ । केही घण्टा धानको थुप्रोमा राख्न सकियो भने चिस्यान पूरै सोसिन्छ ।
८. धान भित्रबाट ग्याजेट निकाल्नुहोस् । चिस्यान भए नभएको राम्ररी हेर्नुहोस् । कतै चिस्यान देखिएमा कान कोट्याउने बड अल्कोहल स्पि्रटमा चोपेर चिस्यान भएको ठाउँमा बिस्तारै दल्नुहोस् त्यसो गर्दा ओसिलोपना हराउँछ । त्यसपछि बिस्तारै आफ्नो ग्याजेटको स्विच अन गर्नुहोस् । उल्लेखित ८ तरिका अपनाएमा तपाइँको ग्याजेटलाई पानीले असर पूराउन पाउँदैन । तर भित्री भागमा धेरै पानी पसिसकेको वा पानीमा भिजेको लामो समय भैसकेको ग्याजेटका लागि भने यो उपाय कामयावी नहुन सक्छ । एजेन्सी

किरणसँग कति छन् नेता ? - naya patrika

 नेत्र पन्थी

जनविद्रोहदेखि जनयुद्धसम्मको चेतावनी दिएको नवगठित नेकपा-माओवादीको शक्ति कति होला ? धेरैको आ-आफ्नै अनुमान छ । पार्टी विभाजन गर्ने भेलामा कति कार्यकर्ता भेला भएका थिए ? यो पनि धेरैका लागि अनुमानको विषय छ । नयाँ पत्रिकाले भने भेलाका आयोजकले तयार पारेको सूची नै प्राप्त गरेको छ ।
नयाँ पार्टी गठन गर्न बोलाइएको राज्य समिति सदस्यहरूको राष्ट्रिय भेलाको उपस्थितिलाई नेकपा-माओवादीले आफ्नो शक्तिको रूपमा लिएको छ । नयाँ पार्टी गठनका लागि २ देखि ४ असारसम्म काठमाडौंको बौद्धस्थित शेर्पा समाज केन्द्रमा भएको राष्ट्रिय भेलामा दुई हजार चार सय ७१ नेता-कार्यकर्ता सहभागी थिए ।
भेलामा राज्य समितिका एक हजार तीन सय ६८ प्रतिनिधि सहभागी थिए, त्यस्तै राज्य समितिमा नरहेका एक हजार एक सय तीन कार्यकर्तालाई आमन्त्रित सदस्यका रूपमा भेलामा बोलाइएको थियो ।
भेलामा सहभागीको संख्यालाई नेकपा-माओवादीले आफ्नो शक्तिको रूपमा लिएको छ । उता संस्थापनले भने ३० प्रतिशतभन्दा पनि कम कार्यकर्ता भेलामा सहभागी भएकोले नयाँ पार्टी कमजोर भएको दाबी गरेको छ । राज्य समितिमा चार हजार दुई सय सदस्य रहेकोमा एक हजार तीन सय मात्र गएकोले नयाँ पार्टी कमजोर हुने संस्थापनको भनाइ छ । संस्थापनका एक नेताले धेरै मानिस तल्लो तहबाट सहभागी गराएर धेरै देखाउन खोजिएको टिप्पणी गरे ।
नवगठित माओवादीका नेताहरूले भेलामा राज्य समितिभन्दा तलका केही नेताहरूलाई पर्यवेक्षकका रूपमा पनि सहभागी गराएको बताएका छन् । 'हामीले केही वरिष्ठ जिल्ला सदस्यहरूलाई पनि आमन्त्रित गरेका थियौँ र पुरानो कमिटीका झन्डै बाह्र सय सदस्यहरू भेलामा सहभागी हुनुभएको थियो,' नेकपा-माओवादीका केन्द्रीय सदस्य कुमार दाहालले नयाँ पत्रिकासँग भने, 'अरूले भनेजस्तो आठ/नौ सय होइन ।'
उता एकीकृत माओवादीले पनि कति क्षति भयो भनेर जिल्ला-जिल्लाबाट तथ्यांक बटुलिरहेको छ । माओवादीको ६ असारमा बसेको स्थायी समिति बैठकमा मुगुबाहेक सबै जिल्लामा बहुमत सदस्य एकीकृत माओवादीमै रहको रिपोर्टिङ आएको जानकारी अध्यक्ष प्रचण्डले दिएका थिए । तर, मुगुमा बहुमत जिल्ला सदस्यहरू नयाँ पार्टीमा छन् ।
नयाँ पार्टी घोषणा गर्नुपूर्व नै 'पार्टीभित्र पार्टी, योजनाभित्र योजना र संगठनभित्र संगठन'को नारा अगाडि सारेका वेला किरण समूहले समानान्तर संगठन निर्माणको काम सुरु गरेको थियो ।
माओवादीको मंसिर ०६७ मा गोरखाको पालुङटारमा भएको छैटौँ विस्तारित बैठकमा राज्य समितिका चार हजार दुई सय सदस्य र जनसेनाका तर्फबाट राज्य समितिस्तरका एक हजार तीन सय लडाकु सहभागी थिए । यसरी हेर्दा पालुङटार बैठकका वेला माओवादीसँग पाँच हजार पाँच सय राज्य समिति सदस्य सहभागी थिए । जुन बैठकमा अध्यक्ष प्रचण्ड, तत्कालीन उपाध्यक्ष मोहन वैद्य किरण र अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईका भिन्दाभिन्दै समूह अस्तित्वमा थिए ।
नयाँ पार्टीको घोषणा गर्न बोलाइएको पत्रकार सम्मेलनमा किरणले बहुमत एकीकृत माओवादीमा रहेको स्वीकार गरेका थिए । 'हुन त बहुमत उतै -प्रचण्ड-बाबुराम) तिर छ, पार्टी एकताको प्रक्रियामा कतिपय कुँडा-कर्कट पनि आए, उनीहरूलाई राखेर बहुमत बनाइएको छ,' किरणले भने, 'हामीलाई अल्पमतमा पार्न नियोजित रूपमा उनीहरूलाई ल्याइएको थियो, हामीसँग देशव्यापी समानान्तर संगठन छ, हामी व्यवहारमा ठूलो भएर देखाइदिन्छौँ ।'
प्रचण्डले किरणसँग सानो समूह गएको दाबी गर्दै संख्याभन्दा पनि विभाजनले मनोवैज्ञानिक असर पार्ने बताएका छन् । 'विभाजनपछि संख्या र प्रतिशतको हिसाबले त हाम्रो पार्टीलाई त्यति धेरै असर पर्नेजस्तो मैले देखेको छैन,' प्रचण्डको भनाइ थियो, 'तर, संख्या र प्रतिशतभन्दा पनि यसले पार्ने मनोवैज्ञानिक असर बढी नकारात्मक छ भन्ने मलाई लागेको छ ।'
एक सय ४८ सदस्यीय केन्द्रीय समितिमा नयाँ पार्टीमा ४४ जना गएका छन् भने दुई सय ३६ पूर्वसभासद्मध्ये ६३ जनाले नेकपा-माओवादीमा आफूलाई जोडेका छन् । माओवादीको सात सदस्यीय पदाधिकारीमा तीनजना -मोहन वैद्य किरण, रामबहादुर थापा र सिपी गजुरेल) नयाँ पार्टीमा गएका छन् ।
१६ सदस्यीय स्थायी समितिमा तीन पदाधिकारीसहित देव गुरुङ र नेत्रविक्रम चन्द विप्लव गरी पाँचजना नयाँ पार्टीमा गएका छन् । उता ४८ सदस्यीय पोलिटब्युरोमा ११ जना -किरण, बादल, गजुरेल, गुरुङ र विप्लवबाहेक पम्फा भुसाल, हरिभक्त कँडेल, नारायणप्रसाद शर्मा, धर्मेन्द बास्तोला, इन्द्रमोहन सिग्देल, खड्कबहादुर विश्वकर्मा) नयाँ पार्टीमा छन् । किरण, बादल, गजुरेल, गुरुङ, भुसाल, कँडेल र शर्मा माओवादीले ०५२ मा जनयुद्ध सुरु गर्नुपूर्वको १९ सदस्यीय केन्द्रीय समिति सदस्य पनि हुन् ।
केन्द्रीय तहमा नभए पनि राज्य र जिल्ला तहमा आफूहरूको बलियो उपस्थिति रहेको नयाँ पार्टीका नेताहरूको दाबी छ । तर, एकीकृत माओवादीका नेताहरूको भनाइ छ, 'सानो समूह मात्र नयाँ पार्टी गठन गरेर निस्केको छ ।' माओवादी सेनाका कमान्डरहरू सबै एकीकृत माओवादीमा छन् भने 'जुनियर' कमान्डरहरूले नयाँ पार्टीलाई साथ दिएका छन् । माओवादीभित्रको अन्तर्संघर्षमा किरण खेमामा देखिएका पोलिटब्युरो सदस्य सोनाम साथीको समूह -१० जना केन्द्रीय सदस्य) नयाँ पार्टीमा गएको छैन ।

माओ बाबुजस्तै : दलाई लामा - sourya daily

लन्डन, १२ असार । निर्वासित तिब्बती नेता दलाई लामा र आधुनिक चीनका संस्थापक नेता माओत्सेतुङ विपरीत धारको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । खासगरी चीनको स्वशासित क्षेत्र तिब्बतलाई हेर्ने दृष्टिकोणमा उनीहरूबीच आकाश र जमिनको फरक छ । हाल चीन अधीनस्त तिब्बत स्वतन्त्र मुलुक रहेको दलाई लामाको दाबी छ । तर, माओले भने तिब्बतलाई चीनको अविभाज्य क्षेत्र ठानेका मात्रै थिएनन्, उनकै पालामा चिनियाँ फौजले तिब्बतमाथि नियन्त्रणसमेत कायम गरेको थियो ।
यस्तोमा दलाई लामाले माओले आफूलाई छोराजस्तै मान्थे भन्ने सुन्नुभयो भने तपाईंंलाई आश्चर्य लाग्न सक्छ । सबैलाई चकित बनाउँदै दलाई लामाले आफूलाई माओले छोरोजस्तै ठान्ने गरेको खुलासा गरेका छन् । भारतीय समाचार ऐन्जेन्सी पिटिआईका अनुसार दलाई लामाले आइतबार यस्तो खुलासा गरेका हुन् । आफूले माओलाई बाबु मानेको उल्लेख गर्दै उनले माओले पनि आफूलाई छोरोलाई जस्तै गर्ने गरेको जनाएका छन् ।
बेलायत भ्रमणमा रहेका दलाई लामाले बिबिसीसँगको कुराकानीमा माओसँग आफ्नो ज्यादै राम्रो सम्बन्ध रहेकोसमेत खुलासा गरेका छन् । ‘मलाई उनी आफ्नै पिताजस्तै लाग्छ । उनी पनि मलाई छोरोजस्तै गर्थे । हामीबीच ज्यादै राम्रो सम्बन्ध थियो । राजकीय भोज भएका बेला अध्यक्ष माओले मलाई सधैँ आफ्नो छेउमा राख्नुहुन्थ्यो ।’
माओले भोजमा आफूलाई छेउमा राखेर सम्मान दिएको भए पनि आफूले अप्ठेरो महसुस गर्ने गरेको उनले बताए । ‘चिनियाँ संस्कृतिअनुसार अध्यक्ष माओले चपस्टिकले उठाएर आफ्नो भागको खानेकुरा मेरो प्लेटमा हालिदिनुहुन्थ्यो । त्यो ठूलो सम्मान थियो तर मलाई कताकता डर लाग्थ्यो । उहाँ असाध्यै खोक्नुहुन्थ्यो । नटुटाई चुरोट खाने उहाँको आदत थियो, त्यसैले कीटाणु सर्ने डर मलाई भइरहन्थ्यो,’ दलाई लामाले भने । माओकै आदेशमा चिनियाँ जनमुक्ति सेनाले सन् १९५९ मा तिब्बतमाथि नियन्त्रण कायम गरेपछि दलाई लामा तिब्बतबाट भागेर भारत पुगेका थिए । त्यसयता उनले भारतबाट निर्वासित तिब्बती सरकार चलाउँदै ‘स्वतन्त्रताको आन्दोलन’ को नेतृत्व गर्दै आएका छन् । (एजेन्सी)

यसरी तोडियो गोरखा जेल - sourya daily



गोर्खाको भुजेल परिवारमा जन्मेकी उमा भुजेलले सानैदेखि समाजमा हुने वर्गीय विभेदको साक्षात्कार राम्रैसँग गरिन् । उनी स्वयं वर्गविभेदको सिकार भएको ठान्छिन् । भुजेलहरूलाई गाउँका सामन्त र कथित उपल्लो जातका मानिसले हेपेको देख्दा उनमा विद्रोहको ज्वाला उर्लिन्थ्यो, जो पछि गएर माओवादी क्रान्तिको अंश बन्न पुग्यो  । समाजमा भएका विभिन्नखाले विभेदको अन्त्य कसरी होला भन्ने उनको मनमा लागिरहन्थ्यो । चार पाँच कक्षामा पढ्दादेखि नै सांस्कृतिक अभियानबाट उनको वर्गविभेदविरोधी यात्रा सुरु भयो ।
कम्युनिस्ट पार्टीमा लागेपछि जनताका सबै प्रकारका उत्पीडन समाप्त हुन्छन् भन्ने ठानेर कलिलै उमेरमा नेकपा (माओवादी) को बन्दुक बोकेकी उमाले समाजमा भएको अन्याय र अत्याचारका विरुद्ध लड्नुपर्छ भन्ने सन्देश कम्युनिस्ट शिक्षाबाट पाएकी थिइन् । फलत: परिवारकै सहयोगमा अठार वर्षको उमेरमा राजनीतिमा होमिइन् । ०५२ साल थियो, उनी भूमिगत राजनीतिमा गएको वर्ष ।
राजनीतिकै क्रममा ०५६ को कार्तिकमा गोर्खाको तान्द्राङबाट पक्राउ परिन् । उनलाई १३ दिनसम्म गोर्खा सदरमुकाममा राखेर त्यहाँबाट रातारात हिँडाइयो । तत्कालीन सुरक्षानीतिअनुसार उमालाई प्रहरीले कता लैजाँदै छ भनेर थाहा नहुनु स्वाभाविक थियो । पछि थाहा पाउँदा उनीे तनहुँको डिएसपी क्वार्टरमा थिइन् । त्यहाँ चार महिना राखेपछि उनलाई पुन: गोर्खा लगिएको थियो ।
हुन त उनका हात हत्कडीले बाँधिएका थिए, आफुसँग प्रहरी कति त्रस्त थिए भन्ने कुरा उमाको स्मरणमा अहिले पनि ताजै छ । उनलाई फलामे सांलाले हातखुट्टा बाँधेर महिला प्रहरी सँगै बस्थे रे ।
उमा पक्राउ पर्दादेखि नै उम्कने बाटो खोज्दै थिइन् । उनी बसेकै घरका युवक पनि उनीसँगै पक्राउ परेका थिए । ‘मलाई र म बसेको घरको भाइलाई एउटै हत्कडी लगाइएको थियो, बाटैबाट भागौँ भनेको, भाइले मानेनन्,’ उमा भन्छिन् । उनलाई लागेको थियो, ‘यसै पनि यिनीहरूले मार्ने नै हुन् तर सजिलै मर्नु हुँदैन, बाँचियो भने क्रान्ति गरिएला । उनको मन सधैँभरि कसरी उम्कने भन्नेमा नै केन्द्रित भइरहन्थ्यो ।
जेलमा रहँदा महिला–पुरुष आस्थाका बन्दी नजिक रहन्थे । एक दिन प्रहरी हतियार थन्क्याएर बाहिर गएको समयमा उनले साथीहरूलाई जाऔँ भनिन् । तर, उनका साथीहरूले आटँ गरेनन् र उनको योजना सफल भएन ।
प्रहरी उमासँग त्रस्त भएरैे होला, उनलाई जेलमा लाँदा अरू माओवादी बन्दीसँग भेट नहोस् भनेर सबै महिला बन्दीलाई अन्यत्र सारियो । समयसँगै फेरि त्यहाँ आस्थाका बन्दी आउन थाले । उमाले युद्धको मैदानमा मात्र होइन, जेलमा पनि नेताको भूमिका निर्वाह गरिन् । उनी जेलमा आएका अरूलाई पनि बाहिर गएर क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्छ भनेर सम्झाइरहन्थिन् ।
जहाँ असजिलो हुन्छ त्यहाँ सजिलो पनि हुन्छ । नराम्रोमा राम्रो पनि हुन्छ, खोज्न जान्नुपर्छ । उनले माक्र्सवादबाट सिकेको संघर्षको कखरा हो यो । र, पार्टीको प्रशिक्षण र अध्ययनमा पाएको ज्ञानलाई उनले जेल जीवनमा भरपुर उपयोग गरिन् ।
सुरुमा ५ जनाको टोली भए पनि पछि एकजना थपिए । उमा त्यस टोलीकी नेता थिइन् । आफूहरूले जेल ब्रेक गर्न लागेको कुरा उनले पार्टीलाई जानकारी गराइन् । पार्टीले हतार नगर्न भनेको थियो तर मानेनन् उनीहरूले ।
जेलमा प्रहरीका अनेक रूप देखिन् उनले । प्रहरी तीन प्रकारका स्वभाव भएका थिए । कोही कुटिल रूपमा तिमीहरू छोरीजस्तै हौ भनेर फकाउने र कुरा खोतल्न खोज्ने । अर्को– अत्यन्तै क्रूर रूपमा प्रस्तुत हुने, खाउँला जस्तै गरेर घुरेर हेर्ने । तेस्रो– साँच्चै मानवीय हृदय भएका, लुकीलुकी खान दिने ।
उमाका अनुभवमा युद्ध जित्नलाई अनेक थोक गर्नु पर्छ । भन्छिन्, ‘प्रहरीसँगको शत्रुतापूर्ण सम्बन्धलाई मित्रतापूर्ण व्यवहार गर्‍यौँ, जसले गर्दा प्रशासनको शंका हामीमाथि रहेन । वस्तुस्थितिको अध्ययन गर्न सजिलो पनि भयो ।’
जेल ब्रेकको काम सुने बुझेजति सरल थिएन । साँच्चै डरलाग्दो मृत्युलाई रोजेका थिए उनीहरूले । भन्छिन्, ‘धैरै अभ्यास गर्‍यौँ । महिला मात्र निस्कने वा महिला र पुरुषसँगै निस्कने, बाहिर जाँदा सबै त मर्दैनौँ कोही न कोही त पक्कै बाँच्छौँ भन्ने थियो । पर्खालबाट हाम फाल्ने कि उपचारका लागि अस्पताल लाँदा हतियार खोसेर भाग्ने ? यस्ता अनेक सोचाइ नआएका होइनन् । महिला र पुरुषको नियमित हुने संयुक्त कार्यक्रममा प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर हतियार खोसेर भाग्नेजस्ता धैरै सोचाइ आए, ती फेल भए ।’
‘अन्तत: जेलको सुरुङ खन्ने टुंगोमा पुग्यौँ हामी । १११ औँ माओजयन्तीको दिन पुस ११ देखि कामको आरम्भ गर्ने र फागुन १ गते बाहिर निस्कने गरी तीन महिनाको योजना बन्यो । भित्र साधनस्रोत केही थिएन त्यतिबेला र बाहिरको अवस्था पनि थाहा थिएन । मात्र यहाँबाट जसरी पनि निस्कनुपर्छ भन्ने निष्कर्ष थियो । एउटा फलामे रड पनि थियो,’ उमा भन्छिन् ।
को आउँदा के भन्ने भनेर सांकेतिक भाषा तय गरे उनीहरूले । बेलाबेला छड्के अनुगमन भइरहने हुनाले पनि धेरै नै सचेततापूर्वक उनीहरूको काम हुँदै थियो । त्यति बेला उनको टोलीमा पाँचजना मात्र थिए, पछि एन्जिला थपिइन् । उमाको कमान्डमा रहेको सो टोलीका सदस्यहरूले प्रहरीले शंका गर्नै नसक्ने गरी आफ्ना व्यवहार प्रस्तुत गर्थे । कामको विभाजन यसरी गरियो :
ङ्ग कामको संयोजन, निर्देशन र अनुगमन (मुख्य नेतृत्व) : उमा भुजेल ।
ङ्ग दुस्मनको मुख्य सेन्ट्री : मिना मरहठ्ठा ।
ङ्ग सेन्ट्री सहयोगी : रिता विक ।
ङ्ग सुरुङ खन्ने मुख्य काम : कमला नकर्मी ।
ङ्ग क्यामोफ्लाइज गर्ने, माटोको व्यवस्थापन गर्ने, फौजी भाषा : सञ्जु अर्याल ।
ङ्ग महिला बन्दी हेर्ने : एन्जिला विक ।
प्रशासनले निगरानी नबढाओस् भनेर जेलमा रहँदा उनीहरूले आफ्ना माग अलि शिष्ट रूपमा अगाडि बढाए । न सुरुङ कसरी खन्ने र कत्रो बनाउने भन्ने थाहा थियो न त खनेर कता पुगिन्छ भन्ने नै । जे होस्, काम सुरु गर्नुपर्छ भनेर सबै एकाग्र भए । सधँै दिउँसो तीन बजेबाट खन्ने सहमति भयो । योजनाअनुसार वरिपरि फूलको बिरुवा र तरकारी रोपियो, जसले गर्दा त्यहाँ अरू जाने सम्भावना हुँदैनथ्यो । उता, योजना र निगरानी पनि कडा थियो ।
उमाको टिमलाई जेलको पर्खालको जगको ढुंगा निकालेपछि सजिलो हुन्छ भनेर थाहा थियो । त्यसैअनुरूप उनीहरू जग भेट्न आतुर भए । खन्न त एक महिना लगाएर दुई मान्छेको उचाइबराबर (करिब १२ फिट) खने तर त्यो अनुकूल भएन । जेल प्रशासनले त्यसमाथिको पर्खाल थप्न लाग्यो । आपत् पर्‍यो, अब के गर्ने ? उनीहरूले तरकारी लगाएको ठाउँमा जान हुँदैन भन्ने र कामदारलाई रोक्ने जुक्ति निकाले ।
उमा भन्छिन्– ‘समस्या त थियो, जेलमा सधैँ हामीले भनेको त मान्दैनथे । हामीले आफ्नो काम रोक्यौंँ । एक महिनापछि फेरि सुरु गर्‍यौँ । हामी यसो अनुकूल समय हेर्दे खन्दै गथ्र्यौँ र फूलको डाँठले छोपिदिन्थ्यौंँ । अनुभवको कमीले गर्दा पहिले खनेको खाल्डो र मुख ठूला भए । पछि आधा पुर्नुपर्‍यो । झोला बुन्न भनेर बाँस मगायौँ र त्यसले अर्को खाडल खन्यौँ । त्यो खाडल ट्वाइलेटको मुख जत्रो, मान्छे मात्र छिर्ने खालको थियो । त्यसैगरी, अर्को खाल्डो खनेर आलो माटो व्यवस्थापन गर्‍यौँ । तरकारी र फूल रोपेका कारण खनखान भइरहने हुँदा शंका भएन । पछि खाल्डोमाथि क्यारमबोर्डले छोपेपछि सजिलो भयो ।’
०५७ चैत १७ मा उनीहरूले सुरुङबाट बाहिरको क्षितिज देखे । अब निस्कन सकिन्छ भन्ने लागेपछि पुरुष बन्दीलाई निस्कन भने । तर, त्यसका लागि शौचालय फुटाएर महिला बन्दी भएतिर आउनुपर्ने थियो । पुरुषहरूले उनीहरूले जत्तिको आँट गरेनन् । आफ्नो सबै सामान एकएक गरेर घरपरिवारमा पठाइसकेका थिए यी जेल तोडुवा क्रान्तिकारीहरूले ।
‘चैत्र १७ गते एकातिर हामी खुसीले फुरुंग भएका थियौँ भने अर्कोतिर साह्रै नै आत्तिएका पनि थियौंँ,’ उमाले बहादुरीको बयान गरिन्, ‘एक महिनादेखि कति बेला प्रहरी निष्क्रिय हुन्छ भनेर रातिको समय अनुगमनमा लगाइयो ।’
पर्खालबाट बाहिरसम्मको निकास खोले पनि उनीहरूलाई राखिने घरबाट पर्खालसम्मको निकास भने बनाइसकिएको थिएन । भाग्न राति मात्रै सम्भव भएकाले त्यो निकास पनि उनीहरूले बनाउनै पथ्र्यो । आफू ठूलै योजनामा भएकाले पर्खालको काम गर्ने कामदार आउँदा फलाम काट्ने हेक्सा ब्लेड किनेर राखेका थिए । त्यसैले ट्वाइलेटको रड काटेर निस्केका थिए ।
निस्कने दिन सबैसँग बसेर खाजा खाए । अब हामीलाई सरुवा गर्न सक्छ, तापाईंहरू लिनुस् भनेर बाँकी सामान सबैलाई बाँडे । साँझ सात बजेपछि अरू महिला बन्दीलाई अलमल्याउन तीनजना गाउन लागे । उमा दुईजना साथी लिएर झ्याल काट्न गइन् । रड काट्न करिब तीन घन्टा लागेछ ।
उमा भन्छिन्, ‘बाहिर निस्केको त सबैतिर उज्यालो, हामी निस्केको ठाउँ मात्र अँध्यारो रहेछ । अनि सर्पजस्तै घिस्रेर अगाडि गयौँ । माथिमाथि प्रहरी तल हामी छायाँमा । पर्खाल नाघ्दा एकैपटक नाघियो । तर, प्रहरीले फायरिङ गरिहाल्यो । एक्कासी म त कासन गर्न थालेछु– खबरदार † माओवादी आयो, तिमीहरूलाई घेरा हालिसक्यो, टोली फायर, माइन चार्ज गर, माओवादी जिन्दावाद भनेपछि उनीहरू शान्त भए । डर त उनीहरूलाई पनि थियो । हामी कान्ला नाघ्दै दौडियौ । करिब २५–३० मिनट दौडिएपछि स्थिति शान्त भयो । चारपाँच घन्टाको हिँडाइपछि उज्यालो हुँदा बक्राङ गाउँ पुगियो । भोलिपल्ट पार्टी सम्पर्कमा पुगियो ।’
– चमिना भट्टराई

Monday, June 25, 2012

सदाबहार बनवारीलाल - sourya daily

भनिन्छ, मान्छेको तन बूढो भए पनि मन बूढो हुँदैन । मान्छेहरू जीवनको उत्तराद्र्धसम्म पनि उत्तिकै ऊर्जाशील हुन्छन् । मानौँकि, उनीहरू २० वर्षे लक्का जवान हुन् । पूर्जा अर्थात् शरीर जति बूढो भए पनि ‘केही गरौँ’ भन्नेहरूको ऊर्जा उत्तिकै जवान रहिरहन्छ । शरीरको अनिच्छाले अर्थपूर्ण जिन्दगी बाँच्नेहरूको इच्छा कहिल्यै मार्दैन । पूर्जाहरू कमजोर भए पनि ऊर्जा उही रहन्छ, अनि मनले भनिरहन्छ, ‘अझै मैले केही गर्नुछ ।’ पूर्जा ओरालो लागे पनि पनि ऊर्जा भने उकालो लगाइरहने मध्येका एक हुन्, श्री एरलाइन्सका कार्यकारी अध्यक्ष बनवारीलाल मित्तल । ७७ वर्षे यी उद्योगीको मन भने उत्तिकै ऊर्जाशील छ । ७७ वर्षे बनवारीलाल हरेक हिसाबले सधैँ सदाबहार छन् । भन्छन्, ‘केही गरौँ भन्ने जोस अझै पनि हराएको छैन ।’ उनलाई कामको हिसाबले अझै पनि कहीँ कतै बूढो भएको आभास नै छैन । उनको कामको गति र यति अझै उस्तै छ । उनको ऊर्जा हेर्दा जो कोहीलाई पनि यस्तो लाग्छ, ‘जिन्दगी त यस्तो पो ।’
मित्तलहरू सबै उद्योग व्यवासायमा जमेका छन् । व्यापारमा बनवारीलाल पनि परिचित अनुहार नै हुन् । उनको पहिलो परिचय हो, उद्योगी । र, दोस्रो समाजसेवी । आफ्नो समृद्धिका लागि उनी जति सक्रिय छन्, अरूका खुसीका लागि पनि उनी उत्तिकै जमेर लागेका छन् । अझै पनि शरीर उस्तै स्पातिलो छ । कसरी यस्तो सम्भव भयो त ? भन्छन्, ‘स्वस्थ्य नै धन हो भन्ने कुरामा म सचेत छु ।’ उनी शाकाहारी हुन् । खानामा उनको पहिलो रोजाइ फलफूल हो । तर, उनको दैनिक कार्यतालिकामा भने उतिसारो व्यवस्थित रहेनछ । भन्छन्, ‘मेरो सुत्ने उठ्ने समय घटबढ भइरहन्छ । उठ्ने समय बिहान पाँच बजेदेखि सात बजेसम्म हुन्छ ।’ उनी हरेक बिहान नुहाउँछन् । बिहानको नित्यकर्मपछिको एकदेखि आधा घन्टा योग साधनामा गर्नु उनको दैनिक कर्म हो । मर्निङवाकमा पनि उत्तिसारो उनी ध्यान दिँदैनन् । भनिन्छ, कुनै पनि माान्छे रोगबाट मुक्त हुँदैन । उनी पनि सुगर र प्रेसर रोगी हुन् । उनको भाषामा यो रोग खानदानी रोग हो । त्यसो त अहिले झनै निरोगी भएको महसुस भएको रहेछ उनलाई । ‘केटाकेटी हँुदा निकै रोगी थिएँ म त्यसको तुलनामा अहिले छैन,’ उनले सुनाए ।
उनको अनुहारको चमक उस्तै छ । गाला अझै रातोपिरो छ । के छ त्यस्तो कमाल ? ‘शरीरमा विचारअनुसारको रसायन उत्पादन हुन्छ’ उनले हाँसेर सुनाए, ‘खराब विचारले खराब रसायन उत्पादन हुन्छ, मेरो विचार पनि स्वास्थ्य छ, रसायन पनि उस्तै उत्पादन भइरहेको छ ।’ विचार स्वस्थ रह्यो भने स्वास्थ्य पनि स्वस्थ रहने उनको बुझाइ छ । ‘मेरो विचार स्वस्थ छ, त्यही भएर मेरो शरीर पनि स्वस्थ छ,’ उनले दोहोर्‍याएर आफ्नो निष्कर्ष प्रस्तुत गरे । उनलाई आफ्ना सहकर्मीहरूले बारम्बार सोधिरहन्छन्, ‘ए बनवारी सधैँ सदाबाहार रहने रहस्य के छ ? ‘राग, वेग, तृष्णा कम भयो भने मान्छे सधैँ तन्दुरुस्त देखिन्छ’ उनका मित्रहरूका लागि उनको रेडिमेट उत्तर छ, ‘मान्छे उमेरले भन्दा पनि मनले हुन्छ, मेरो पनि अझै तन्नेरी छ ।’ बूढो भएँ भनेर हरेस खाने साथीहरूलाई उनी सधैँ सुझाइरहन्छन्, ‘लौ मेरो उमेर त गयो भन्ने सोचेर बस्यो भने मान्छे बूढो हुन्छ, त्यस्तो सोच्नु हुँदैन ।’ उमेरको चिन्ताभन्दा पनि कामको चिन्ता हुँदोरहेछ उनलाई । आफूले हिँडेको प्रत्येक पाइला अर्थपूर्ण हुनुपर्छ भन्नेमा उनी सधैँ सचेत छन् ।
नेपालीमा उखान छ, चिन्ताले मान्छेलाई चितामा पुर्‍याउँछ । उनी सुगर र प्रेसरको रोगी हुन् । तर, गुलियो खाँदा पनि उनी चिन्ता गर्दैनन् । भन्छन्, ‘मेरो मनोबलले रोग पनि पराजित हुन्छ, आहा खान नहुने खाएँ, अब बिरामी हुन्छु भनेर कहिल्यै सोच्दिनँ ।’ त्यसो त उनी खानमा खोसिन पनि छैनन् । ‘अगाडि जे भेट्यो त्यही मनपर्छ यही चाहिन्छ भन्ने छैन’ उनले सुनाए, ‘मैले ढिँडो पनि खाएको छु मीठो लाग्छ । मलाई के मनपर्छ मलाई नै थाहा छैन ।’ मित्तल एक सफल उद्यमी हुन् । मान्छेलाई सफल बनाउने अनेक कडी हुन्छन् । उनलाई कुन त्यस्तो कडीले सफल बनायो त ? ‘कामप्रतिको समपर्णले’ उनले सफलताको रहस्य सुनाए, ‘म जे काम गर्छु त्यसप्रति सतप्रतिशत समर्पित भएर गर्छु ।’ व्यापारमा लाग्दा उनको ध्यान व्यापार मात्रै हुन्छ, समाजसेवामा जाँदा समाज सेवा मात्रै उनले थपे, ‘मिक्स काम गर्न मलाई मन पर्दैन ।’ यस्तो आफ्नो बानीलाई अनुशासनको रूपमा अथ्र्याउँछन् उनी । पहिरनमा पनि उनी सोखिन छैनन् । हमेसा उनी श्रीमतीको रोजाइको कपडा लगाउँछन् । उनलाई श्रीमतीको सधैँ अनुरोध हुन्छ, ‘बाहिर निस्कँदा ठाँटिएर हिँड्नुहोस् ।’ श्रीमतीको आग्रहलाई कति मान्छन् त उनी ? ‘कपडा श्रीमतीले नै किनेर ल्याइदिने हँुदा मेरो आºनो रोजाइमा चल्दैनन्,’ फिस्स हाँसेर भने, ‘श्रीमतीले भनेको पनि मान्नै परो नि ।’
उनको कार्यालयमा काम गर्ने उनीभन्दा कम उमेरका कर्मचारीहरूले कहिलेकाहीँ भन्दारहेछन् ‘सर अब त बूढो भइयो ।’ उनीहरूका लागि पनि उनको रेडिमेट उत्तर हुन्छ, उनको, ‘मन बूढो भए मान्छेहरू जवानीमै पनि बूढो हुन्छ । ज्यानलाई पूर्जाशील र मनलाई ऊर्जाशील बनाऊँ, सबथोक ठीक हुन्छ ।’
प्रस्तुति : चमिना भट्टराई

जबर्जस्ती मेलमिलापले झन् समस्या - sourya daily

-टीका विष्ट
- आफूबाट बच्चा भएन भनेर पतिलाई अर्को विवाहको स्वीकृति नदिएपछि सिनामंगलकी ४० वर्षीया सिना श्रेष्ठको गत ७ वैशाखमा रहस्यमय मृत्यु भयो । उनका पति प्रशान्तले स्वास्थ्य जााच नगरीकनै बच्चा नभएको भन्दै दोस्रो विवाहसमेत गरेपछि सिनाले नागरिकता र सम्पत्तिको हकदाबी गरेकी थिइन् ।
-दाइजो नल्याएको निहुमा परिवारको यातनामा परेकी काठमाडौं विजयश्वरी–१५ की २३ वर्षीया रुवि तण्डुकारको पनि गत ३० वैशाखमा रहस्यमय मृत्यु भयो । उनका पति प्रशान्त र परिवारका सदस्यले दाइजो नल्याएको भन्दै यातना दिएपछि रुविले १७ वैशाखमा सम्बन्धविच्छेदका लागि माइती नेपालमा उजुरी दिएकी थिइन् ।

काठमाडौं, ११ असार । यी दुई घटना घरेलु हिंसाबाट उत्पन्न समस्याका पछिल्ला उदाहरण हुन् । घरेलु हिंसालाई कानुनले दण्डनीय बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्याले विकराल रूप लिँदै छ । सरकारी तथा गैरसरकारी निकायले पनि पीडितलाई सही परामर्श दिन नसक्दा यस्ता घटना बढिरहेका छन् ।
त्यसो त सिनाले आफू चरम हिंसामा परेको भन्दै न्यायका लागि राष्ट्रिय महिला आयोग र माइती नेपालमा उजुरीसमेत दिएकी थिइन् । मेलमिलापको सामान्य परामर्श दिएर समस्यालाई गम्भीरतापूर्वक लिन नसक्दा उनको ज्यानै गयो ।
न्यायको आशामा माइती नेपाल पुगेकी रुविलाई पनि त्यहाँका कानुन व्यवसायीले ‘छोरी मान्छे माइत बस्नुहँुदैन’ भनेर माइती पक्षलाई नराखी मेलमिलाप गर्न सुझाएका कारण समस्याको सही समाधान हुन सकेन ।
दुवै घटनाको पोस्टमार्टम रिपोर्टमा पनि झुन्डिएर मृत्यु भएको साथै रुविको करङ भाँचिएर मुटुमा प्वाल परेको र सिनाको मेरुदण्डमा गहिरो चोट अनि शरीरभर नीलडाम भएको उल्लेख छ ।
‘एकातर्फी मिलाप’ गराएर माइती नेपालले पीडितको सुरक्षामा ध्यान दिन नसक्दा समस्याले विकराल रूप लिएको अधिकारकर्मी बताउँछन् । ‘घरेलु हिंसाका उजुरी माइती नेपालले हेर्ने होइन, उसको कार्यक्षेत्र त चेलीबेटी बेचबिखनसम्बन्धी मात्र हो,’ एक अधिकारकर्मीले सौर्यसँग भने, ‘घरेलु हिंसाका उजुरी सम्बन्धित निकायमा सिफारिस गर्नुपथ्र्यो तर उसले उजुरीको संख्या बढाएर डोनर रिझाएको छ ।’
यसबारे जिज्ञासा राख्दा माइती नेपालमा कार्यरत अधिवक्ता उमा तामाङले भनिन्, ‘खास हामीले हेर्ने त चेलीबेटी बेचबिखनसम्बन्धी समस्या हो, यो घटना पनि मिलिहाल्छ भन्ने लागेर मेलमिलाप गराएका हौँ ।’
महिला आयोगले पनि सही परामर्श दिन नसकेको देखिन्छ । जसबाट उजुरी दिन पीडितहरू अलमलिने र सही सुझाब नपाएरै फर्किने गरेका छन् ।
घरेलु हिंसाका उजुरी प्रहरी, महिला आयोग र अदालतमा सिधै दिन मिल्ने प्रावधान छ । तर, आर्थिक अभावका साथै पीडकसँगै बस्नुपर्ने भएपछि पीडित उजुरी दिनै हिच्किचाउँछन् । उजुरी दिइसकेपछि पीडितको विषयमा ऐनमा कुनै व्यवस्था नभएको आयोगकी प्रवक्ता मोहना अन्सारीको भनाइ छ । उनी भन्छिन्, ‘पीडितको सुरक्षा र मानसिक क्षतिको विषयमा ऐन मौन छ ।’
उसो त प्रहरी, आयोग र अदालतमा गरी महिनामा दुई सयभन्दा बढी उजुरी पर्छन् । ऐनले पीडकलाई तीन हजारदेखि २५ हजार जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय तोकेको छ । तर, उजुरी नै अदालती प्रक्रियामा कम पुग्छन् । १४ वैशाख ०६६ मा घरेलु हिंसा ऐन जारी भएपछि अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा १६ वटा मुद्दा मात्र दर्ता भएको पाइएको छ ।
पीडितको संरक्षणका लागि सरकारले स्थापना गरेका १५ वटा पुन:स्थापना केन्द्रमध्ये काठमाडौंमा एउटा पनि छैन । जसले गर्दा पीडितहरू उजुरी दिने निकायमै मेलमिलाप होस् भन्ने पनि चाहन्छन् । महिला नै मेलमिलापको पक्षमा रहने गरेको अनुभव अधिवक्ता सपना प्रधान मल्ल सुनाउँछिन् । उजुरी लिने निकायको सोच नै मेलमिलाप हुने भएकाले घरेलु हिंसाका उजुरी अदालतसम्म पुग्न नसकेको उनको ठम्याइ छ ।
‘पीडितलाई संरक्षण छैन, महिलाहरू घरझगडाको कुरा अदालतसम्म लिएर परिवारको सदस्यलाई सजाय दिलाउन चाहँदैनन्,’ उनी भन्छिन्, ‘हिंसाका उजुरी अदालती प्रक्रियामा लैजानका लागि सही परामर्शको खाँचो छ ।’
महिला हिंसाका घटना बढे
जेठमा १ सय ४१ जना महिला हिंसाको सिकार भएका छन् । महिला पुन:स्थापना केन्द्र (ओरेक) का अनुसार वैशाखमा भन्दा यस महिनामा ३६ वटा हिंसाका घटना बढेका छन् । घरेलु हिंसाबाट मात्रै यस महिनामा ६४ महिला पीडित भएका छन् । ३९ वटा कुटपिटका घटनामा १३ वटा परिवारबाट र २६ पतिबाट भएको ओरेकले जनाएको छ ।