Sunday, July 1, 2012

देखिन थाले हरिवंश दम्पत्ती (फोटो फिचर) - onlinekhabar


पत्नी बियोगमा करिव एक बर्ष बिताएका हरिबंशले एक साताअघि रमिला पाठकसाग बिबाह गरेपछि उनको घरमा यतिखेर खुसी फर्किएको छ । बिहे गरेको एक सातासम्म गुपचुप बसेका हरिवंश दम्पत्ति अब सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् ।
शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा हरिवंश र रमिला पहिलोपटक देखिए । रातो सारीमा सजिएका रमिला निकै आर्कषक देखिन्थिन भने हरिवंश पनि धेरै पछि खुलेको अनुहार प्रस्तुत भएका थिए ।
वसुन्धरा चेतनाराण भुसाल सम्मान कार्यक्रममा आचार्य दम्पत्ती पुगेका थिए । कार्यक्रमका संचालक मोहन निरौलाले हरिवंश आचार्य र रमिला आचार्य भनी सम्वोधन गर्दै र आसन ग्रहणका वोलाएका थिए । हेरौ, हरिवंश दम्पत्ती पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेका यी दृश्यहरुः
 तस्वीरः केशव थापा/ अनलाइनखबर