Monday, February 23, 2015

मन छुने १५ फोटो संग्रह जसले ल्याइदिनेछ तपाईंको आँखामा आँसु - ratopati



मानिसको जीवनमा अनेकौँ त्यस्ता पलहरु आउने गर्दछन् जसले उनीहरुको जीवनमा केहि परिवर्तन ल्याउने गर्दछ । त्यो परिवर्तन सकारात्मक र नकारात्मक दुबै हुने गर्दछन् । यस्ता तस्बिरहरु यदि क्यामरामा कैद गर्न सकिएको खण्डमा यसले हेर्ने मानिसहरुलाई पनि केहि प्रेरणा, केहि उर्जा, केहि आशा र केहि थोपा आँसु पैदा गर्ने गर्दछ । हो, यस्तै तस्बिरहरु यहाँ दिइएका छन्, जसले पक्कै पनि जो कोहीको मन जित्न सफल हुनेछ ।

१) स्वतन्त्रता


पुलित्जर पुरस्कार विजेता क्यारोल गुजीले खिचेको तस्वीर, जहाँ कोशोभो शरणार्थीेहरु अगिम शाला नामको बालकलाई परिवारसँग पुनः मिलन गराँउदै ।
२) निस्वार्थ प्रेम

जब लेरीको श्रीमतीलाई किड्नीको आवश्यकता प¥यो, उनले आफ्नो श्रीमतीको सहयोगका लागि कुनै लाज वा शरम मानेनन् । अन्त्यमा, उनको मिहेनतले सफलता दिलायो र उनको श्रीमतीले नँया किड्नी पाइन् ।
३) प्रार्थनाको पुकार

समयको बहावमा हामीले एकदिन पक्कै असल मित्र भेट्नेछौँ ।
४) आँधी आउनु अगाडिको शून्यता

बङ्गलादेशमा आँधी आउनुभन्दा अगाडि डराएका एक बालक आफ्ना आमासँग टाँसिदै । आमा र छोराको निस्वार्थ प्रेम देखाइएको छ ।
५) नसोचिएको प्रेम प्रस्ताव

यो तस्वीरले आफ्नो सपना आँखा अगाडि साकार हुँदै गरेको दुर्लभ तस्वीर प्रस्तुत गरेको छ ।
६) शिक्षाको महत्व

भारतका यी शिक्षकहरु केही स्वार्थबिना घरबारविहिन बच्चाहरुलाई शिक्षाको उज्यालो घाम छर्दै ।
७) सेकेण्ड–सेकेण्डको महत्व

आगोमा घाइते भएको एक जनावरलाई बचाउन प्रयासरत अग्नि नियन्त्रक । जीवन बचाउने उनीहरुको व्यग्रता मुहारमा प्रष्ट देखिन्छ ।
८) संघर्ष

यो फोटो एशोसिएट प्रेसका इजरायली फोटोग्राफरले सन् २००६ मा लिएका थिए ।
९) बिदाई

एक उत्तर कोरियाली वृद्घ आफ्ना दक्षिण कोरियाली नातेदारलाई भावविह्वल भएर बिदाई गर्दै ।
१०) खानासँगैको तिम्रो साथ

यी वृद्घाले सँधै आफ्ना दिवंगत श्रीमान्को तस्वीर अगाडि राखेर खाना खाने गर्दछन् ।
११) मिलनको मिठास

प्रेमको परिभाषा बुझाउन यो भन्दा राम्रो तस्वीर के होला र ?
१२) प्रेममा मग्न

यो तस्वीरले प्रमाणित गर्दछ कि प्रेमको कुनै उचित स्थान हुने गर्दैन । आप्mना क्यानेडियन प्रेमिकालाई प्रहरीले दंगाको बेला लडाएपछि अष्टे«लियन प्रेमीले उनलाई चुम्बन गर्दै । पृष्ठभूमिमा दंगा देख्न सकिन्छ ।

१३) टाढिनुको दुःख

यो तस्वीरले पिता र छोरीको छुट्टिने बेलाको हृदयविदारक दृश्य प्रस्तुत गर्दछ ।
१४) सबैजना पाहुना उपस्थित समारोह

कहिलेकाही जीवनमा यस्तो क्षण नि आँउछ, जहिले सबैभन्दा खुशीको बेला नि हामी दुःखी हुनुपर्छ किनकी हामीले माया गर्ने मानिस हाम्रो साथमा हुदैनन् ।
यो तस्वीर, जुन आन्द्रे बोएच्चरले खिचेका हुन्, यसमा प्रविधिले दिएको खुशी देखाएको छ । एश्लीकीे आमा, जो बिरामी भएको कारणले गर्दा विवाह समारोहमा उपस्थित हुन सकिनन्, आप्mनो छोरीको पहिलो नाच प्रविधिको कारणले हेर्न पाइन् ।

१५) स्वाधीनता

सुडानबाट अलग्गिएर दक्षिण सुडान बन्ने पूर्वसन्ध्यामा एक सैनिक शान्त र मौन तर भावुक अवस्थामा । 

Sunday, February 8, 2015

काठमाडौँ विमानस्थलमा उत्रियो 'सगरमाथा', हेर्नुस् फोटोहरु - pahilopost

8th February 2015 | २५ माघ २०७१ |

mainphoto
काठमाडौँ : नेपाल एयरलाइन्सले किनेको नयाँ एयरबस आइतबार अपराह्न काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ। यो विमानलाई सगरमाथा नाम दिइएको छ। हेर्नुस् फोटोहरु



























Friday, February 6, 2015

सद्दामलाई फाँसी दिएको डोरीको मूल्य ७० करोड, खरीद गर्न तछाडमछाड - onlinekhabar




इराकी पूर्व शासक सद्दाम हुसेनलाई फाँसी दिँदाका बखत प्रयोग गरिएको डोरी प्रति मानिसहरुको ठूलो लगाव देखिएको छ । उक्त डोरी खरीद गर्नका लागि मानिसहरु तछाडमछाड गरेका छन् ।

सद्दामलाई फाँसी दिएको ऐतिहासिक डोरीलाई किन्नका लागि इरान, इजरायल तथा कुवेत लगायतका देशका खरीदकर्ताहरु लालायित देखिएका छन् ।
सद्दामलाई झुण्डाइएको डोरी अहिले इराकका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहाकार मोवाफाक अल रुबेइसँग रहेको छ । आफ्नो कोठामा सद्दाम हुसेनको कास्यमूर्तिको घाँटीमा उक्त डोरी लट्काउँदै सन् २०१३ मा उनले आफ्नो तस्वीर खिचेर सार्वजनिक गरेपछि त्यसले ठूलै तहल्का मच्चाएको थियो । अहिले उक्त डोरी किन्न धेरैले प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

उक्त चर्चित डोरीलाई महंगो मूल्यमा किन्ने प्रस्ताव गर्नेहरुमा दुइजना कुवेती व्यवसायी, एउटा इरानी धार्मिक संगठन तथा एउटा इजरायली परिवार समेत रहेका छन् । उनीहरुले उक्त डोरीलाई ७० लाख अमेरिकी डलर सम्ममा किन्ने प्रस्ताव गरेका छन् । तर उक्त डोरी आफुसँग राखेका अल रुबेइले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर सद्दामलाई झुण्डाइएको डोरीलाई लिलाम बिक्रि गर्ने कामको मानव अधिकारवादीहरुले विरोध गरेका छन् । यदि यसरी बिक्रि गरिएमा पनि त्यसरी प्राप्त रकम कुनै व्यक्तिको गोजीमा नभै इराकी सरकारको ढुकुटीमा जानुपर्ने माग कतिपयको छ ।

दुइ वर्षअघि एक बेलायती पत्रिकालाई दिएको अन्तरवार्तामा अल रुबेइले सद्दाम हुसेन संग्राहलय नबनुन्जेल सम्मका लागि आफुले सद्दामलाई फाँसी दिएको डोरीको टुक्रा र सद्दामको मूर्ति आफ्नो कोठामा राखेको बताएका थिए ।

सद्दामलाई सन् २००६ मा फाँसी दिएर डोरी काटिएसँगै आफुले त्यहीँ बेला उक्त डोरीको एक टुक्रा आफ्नो साथमै ल्याएको उनले बताएका छन् । उक्त डोरीलाई सद्दामको मूर्तिको घाँटीमा बेर्नु उपयुक्त हुने ठानेर आफुले त्यसै गरेको उनको भनाइ छ ।

डाक्टर टिकाउन आकर्षक सुविधा, २ सय प्रतिशतसम्म भत्ताको व्यवस्था - onlinekhabar



२३ माघ, काठमाडौं । सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले अब निजी अस्पतालमा ‘प्राक्टिस’ गर्न नपाउने भएका छन् । निजी अस्पतालमा बढी समय दिएर सरकारी अस्पतालमा आएका बिरामीलाई चिकित्सकले समय नदिएको गुनासो बढ्दै गएपछि त्यसलाई रोक्न सरकारले नयाँ व्यवस्था गर्न लागेको हो ।

जसअनुसार सरकारी चिकित्सकलाई दुई सय प्रतिशतसम्म थप भत्ता उपलब्ध गराउने र अस्पतालमै ‘पेइङ क्लिनिक’ सञ्चालन गर्न दिएर निजीमा जाने बाटो रोक्ने तयारी गरेको राजधानी दैनिकमा खबर छ ।

सरकारले ‘अस्पताल विस्तारित कार्यक्रम तथा ननप्राक्टिस एलाउन्स’ सम्बन्धी कार्यविधि बनाएर चिकित्सकहरुलाई सरकारी अस्पतालमै पूर्ण रुपले काममा लगाउने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका निर्देशक डा. गुणराज लोहनीले चिकित्सकको कार्यक्षमता र कार्यक्षेत्र हेरी निजी अस्पतालमा नजाने चिकित्सकलाई एक सयदेखि दुई सय प्रतिशतसम्म ‘ननप्राक्टिस’ भत्ता उपलब्ध गराउने गरी कार्यविधि तयार गरिएको जानकारी दिए ।