Sunday, February 13, 2011

राष्ट्रसंघमा गलत भाषण पढेपछि विवादमा भारतीय विदेशमन्त्री


smaller text tool iconmedium text tool iconlarger text tool icon
वासिङ्टन, फागुन १ – भारतीय विदेश मन्त्री एसएम कृष्णाले राष्ट्रसंघीय सुरक्षा परिषदको वैठकमा पोर्चुगलका विदेश मन्त्रीले पढ्नुपर्ने भाषण पढेपछि विवादको घेरामा परेका छन्। शुक्रबार राष्ट्रसंघमा सम्वोधन गर्दा गल्ती गरेको थाहा भएपछि उनीसँगै रहेका भारतीय अधिकारीहरुले त्यसलाई सच्याउन लगाएका थिए।
तर, यतिखेरसम्म कृष्णाले भाषणका केही पेज पढिसकेका थिए। आजमात्रै उनले 'सबैको भाषणको सुरुवात एउटैखाले भएकाले गल्ती हुन पुगेको' स्विकार गरेका छन्। 'यसमा ठूलो गल्ती भएजस्तो लाग्दैन,' उनले भने, 'मेरासामु थुप्रै पेपरहरु थिए र म झुक्किएँ।'
सुरक्षा र विकासको विषयमा भाषण गर्दा उनले गलत पढेका थिए। उनले लगातार तीन मिनेटसम्म गलत भाषण पढिरहे। उनको गल्ती राष्ट्रसंघका भारतीय प्रतिनिधि हरद्वीप सिंह पुरीले थाहा पाएपछि सच्याउन भनेका थिए।
'दुर्भाग्यवस यो सबै हुन पुग्यो,' विदेशमन्त्री कृष्णाले भने। कृष्णाको गल्तीलगत्तै पुरीले उनलाई सच्याउन र सुरुदेखि नै पढ्न भनेका थिए। रमाइलो के रह्यो भने भारतीय विदेशमन्त्रीले पढेको पोर्चुगलको भाषण त्यहाँका विदेशमन्त्रीले यसअगाडि नै पढिसकेका थिए। र कृष्णाले त्यही दोहर्‍याउँदै थिए। - एजेन्सी

Friday, February 11, 2011

मृत्युसँग साक्षात्कार


रमण घिमिरे



रहेछ संसार निशा-समान

आएन ज्यूँदै रहँदा नि ज्ञान

आखिर श्रीकृष्ण रहेछ एक

न भक्ति भो, ज्ञान, न भो विवेक !

पेटको क्यान्सरबाट थलिएर तत्कालीन शान्तभवन अस्पतालमा उपचार गराउँदाकै क्षण महाकवि लक्ष्मीप्रसाद देवकोटाले मृत्युबोध गरेका थिए। त्यही अस्पतालमा १९ भदौ २०१६ मा लेखेको माथिको उनको यो अन्तिम कवितांश नेपाली साहित्यमा उनी आफू मर्दैछु भन्ने कुराको स्वीकारोक्ति मानिन्छ। यस कविताको अन्तिम पंक्तिमा उनले मृत्युबोधलाई अझ स्पष्ट पार्दै लेखेका छन्,

संस्कार आफ्नो सब नै गुमाएँ

म शून्यमा शून्य सरी बिलाएँ।

-संसाररूपी सुखस्वर्गभित्र, महाकवि देवकोटाका कविता ः सं कुमारबहादुर जोशी, साझा प्रकाशन)

मानिस जन्मनु र मर्नु एउटा नित्य कर्म हो। जो जन्मिन्छ, उसले एकदिन अवश्य मर्नुपर्छ। पूर्वीय दर्शनले भन्छ, जन्मनु पहिलो सत्य हो भने मृत्यु अन्तिम सत्य। कविशिरोमणि लेखनाथ पौड्याललाई पनि जीवनको आखिरीमा देवकोटालाई जस्तै मृत्युबोध भएको थियो। र, महाकवि देवकोटाले झैँ उनले पनि जीवनको अन्तिम घडीमा अर्थात् ०२३ सालमा कवितामा यसरी मृत्युबोध गरेः

यो दुःख भोग्ने परमेश्वरै हो

यो देह उस्को रहने घरै हो

यो भत्कँदा दुःख अवश्य मान्छ

सुटुक्क सामान लिएर जान्छ।

-आखिरी कविता, आधुनिक नेपाली कविता, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान)



यी पुराना कुरा भए। अब यी साधकहरू हामीबीच छैनन् र उनीहरूसँग उनीहरूले गरेको मृत्युबोधको प्रसंगलाई यसभन्दा बढी परभिाषित गर्न सक्तैनौँ। त्यसैले उनीहरूले जीवन र मृत्युको सँघारमा रहेर गरेको मृत्युबोधलाई यिनै केही पंक्तिहरूबाट मात्र बुझ्न, अनुसन्धान गर्न र परभिाषित गर्न सकिन्छ। मृत्युको सँघारमा पुगेर फर्केकाहरूको अनुभूति सम्भवतः हरेक कालखण्डमा भेटिन्छन् र समकालीन परविेशमा पनि त्यस्ता अनुभोगीहरू छन्।

त्यस्तै एक भुक्तभोगी हुन्, जगदीश घिमिरे। उनलाई एकदिन मृत्युले हल्लाएर गयो, एकदमै नजिकबाट। कुनै रूखलाई ठूलो आँधीले मर्काएजस्तो। घिमिरेका जीवनको यो वृक्ष यसरी अडिएको थियो, सानो हुरीमै पनि ढल्न सक्थ्यो। यो २४ वैशाख ०६२ गतेको कुरा हो। भन्छन्, "मैले पहिलोपल्ट त्यहीँ मृत्युबोध गरेँ।" कुरो थाइल्यान्डको बैँककसँग जोडिएको छ। "जीवन शून्य थियो, मलाई मानिसहरूले कसरी अस्पताल पुर्‍याए, कसरी ओछ्यानमा सुताए, कसरी उठाए र कसरी डोर्‍याएर परीक्षण गर्न लगे, हेक्का छैन।" स्वाभाविक थियो, जगदीशले मर्दैछु भन्ने बोध गरेपछि आफ्नो घर, परविार, छोराछोरीलाई सम्भिए।

"बोनम्यारो परीक्षणबाट मल्टिपल माइलोमा भएको थाहा भएपछि अब म मर्दैछु भन्नेमा शतप्रतिशत विश्वस्त भएँ। मैले मृत्युबोधको पीडा अनुभूत गरँे, लाग्यो मृत्यु मेरो शिरमाथि मडाररिहेछ।" घिमिरेले भोलिपल्ट चिकित्सकलाई सोधे, अब जीवन कति बाँकी छ ? "बढीमा चार वर्ष। ५० प्रतिशत बिरामी छ महिनैमा पनि गएका छन्," चिकित्सकले भने। उनलाई त्यसबखत मृत्यु उनको सिरानीमै खेलिरहेको अनुभूति भयो। त्यो पीडान्त क्षणलाई घिमिरे यसरी अभिव्यक्त गर्छन्, "मैले कल्पना गरेँ, अब म हुँदिनँ। जति तीतो र पीडादायक भए पनि यथार्थ यही थियो, मृत्युलाई म रोक्न सक्तिनथेँ। म अब पक्कै जान्छु भन्ने बोध भएपछि परविारले मेरो रत्तिता कसरी सहला भनेर म छटपटिएँ।" मृत्युको भयले भन्दा पनि आफ्नी पत्नी दुर्गासँग हुने वियोगको त्रासले उनी बढी विह्वल भए। सोचे, अन्ततः मेरो रत्तिता भोग्ने त पत्नी एक्लैले हुन्।

त्यसपछि उनलाई जीवनको माया लागेर आयो। "मलाई मृत्युबोधले जीवनमोह बढायो," घिमिरे भन्छन्, "छोराछोरीको चिन्ता थिएन, आ-आफ्नो खुट्टामा उभिइसकेका थिए। खालि ३५ वर्ष सुखदुःखसँगै बेहोरेकी दुर्गाको चिन्ताका कारण मलाई मृत्युको भयले भन्दा पनि उसको मायाले बढी आक्रान्त पार्‍यो।" उनले बैँककपछि गत वर्ष दिल्लीमा पनि यस्तै मृत्युबोध गरे। यस पटकचाहिँ उनलाई पहिलेभन्दा बढी विश्वास भयो, "अब म मर्नेछु।" डाक्टरहरूले दिएको चार वर्षको जीवनको म्याद पनि सकिइसकेको थियो।

प्राध्यापक कुमारबहादुर जोशी दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गर्न श्रीमती सरस्वतीका साथ मद्रासको एक अस्पतालमा भर्ना भए। कुरा ०५८ सालको हो। उपचारका क्रममा उनी 'कोमा'मा गए, पाँच दिनसम्म। उनलाई उपचार गर्ने चिकित्सकले 'अब यसको जीवन यत्ति नै हो, यो बाँच्दैन, आफन्तहरू बोलाऊ' भनेर सरस्वतीलाई भनिसकेका रहेछन्। उता जोशी भने अर्कै संसारमा रमाइरहेका थिए। बेहोसीका ती पाँच दिनमा उनी अर्कै लोकमा विचरण गरेको कुरा गर्छन्। आजको वैज्ञानिक युगमा उनका कुरा सुन्दा आश्चर्य पनि लाग्न सक्छ र अपत्यारलिो पनि। तर, सत्य त उनले देखकै हो नि ! "मृत्यु एउटा सपनाजस्तो हुँदारहेछ," जोशी त्यो नौ वर्षपछाडि छुटेको क्षणलाई स्मरणमा ल्याउन आँखामा लगाइरहेको चस्माको मोटा सिसा पुस्छन् र एकैछिन घोत्लिन्छन् पनि। अनि, भावविह्वल हुँदै भन्छन्, "म कहाँ हो कहाँ एउटा धर्मशालाजस्तो ठाउँमा पुगेछु।"

त्यस ठाउँमा उनको भेट आफ्ना समकालीन धनकुटा क्याम्पसका प्राध्यापक हेमचन्द्र पोखरेलसँग भयो। पोखरेलले उनीसामु एउटा परालको चकटी बिछ्याइदिए र भने, "ओहो ! जोशी सर पनि आउनु भएछ, लौ बस्नूस् !" त्यहाँ हेमचन्द्रलगायत जोशीले चिनेका अरू १० व्यक्तिहरू थिए। तिनीहरूले पनि रमाउँदै जोशी सरलाई स्वागत गरे। तर, जोशीलाई अहिले तिनको नाम थाहा छैन। उनलाई यत्तिचाहिँ अहिले पनि कण्ठ छ, ती सबै उनका समकालीन थिए। जोशी सम्भिन्छन्, हेमचन्द्र गुरुले कुनै बेला उनलाई धनकुटा क्याम्पसमा यसै गरी स्वागत गरेका थिए र 'उहाँ महाकवि देवकोटा विशेषज्ञ हुनुहुन्छ' भनेर देवकोटाका बारेमा प्रवचन दिन लगाएका थिए, घरमा लगेर सँगै राखेर भान्छा गराएका थिए।

"म अहिले पनि सम्झन्छु, त्यो धर्मशालासँगै एउटा बढेमानको रूख पनि थियो," घटनाहरूको सविस्तार वर्णन गर्दै जोशी भन्छन्, "पिच गरेको ठूलो बाटो पनि थियो। सडकमा विभिन्न लेनहरू थिए। ती प्रत्येकमा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी, राजा महेन्द्रलगायत प्रख्यात राजनेताहरूको नामांकन गरएिको थियो। ती लेन उनीहरूका नाममा राखिएका रहेछन्।" यत्तिकैमा कसैले उनलाई भन्यो, 'उठ ! जानेबेला भयो।' अनि, म उठेँ र एक्लै हिँड्न थालेँ। उज्यालो घाम लागिरहेको थियो। बाटो निर्जन थियो। अलिअलि उकालो, दर्शनढुंगा बिछ्याइएको थियो। त्यसमुन्तिर अनन्त भीर थियो। त्यसको टाढा कतै नदी बगिरहेको देखिन्थ्यो। बाटाको अर्को किनारामा अग्लो पहाड थियो। उनी एक्लै उकालो चढ्दै गए। दायाँबायाँ पनि त्यस्तै दर्शनढुंगाकै पर्खाल थिए। उनी हिँडदैहिँड्दै माथि पुगे, जहाँ पहाड सकिन्थ्यो र अडिए। यत्तिकैमा उनलाई यता होस आएछ।

"मृत्युपछि पुगिने ठाउँचाहिँ विपना हुँदोरहेछ, यो शरीर लडेको ठाउँचाहिँ सपना," जोशी जीवन र मृत्युको दोसाँधमा देखिने यथार्थलाई आफ्ना अनुभव र अनुभूतिमा बाँध्दै भन्छन्, "मलाई ती पाँच दिन अस्पतालमा भएका घटनाहरू केही थाहा छैन। भन्छन्, "पार्थिव शरीर छोडेर गएको आत्माले देख्ने सपना विपना हुँदोरहेछ।" कुमारबहादुर जब कुनै उकालोमा पुगेर अडिए, उनको मृत घोषित शरीरका औँलाहरू विस्तारै चल्न थाले। जोशीले यो अचम्म लाग्दो घटनासँगै अर्को प्रसंग पनि बताए, उनले त्यहाँ भेटेका हेमचन्द्र गुरुलगायत दसै जना व्यक्तिहरू दिवंगत भइसकेका थिए।

समाजसेवी/प्राध्यापक अंगुरबाबा जोशीलाई पनि घिमिरे र जोशीलाई झैँ मृत्युले स्पर्श गरेर गयो। आठ वर्षअघि 'पेरोटिड ग्ल्यान्ड'को क्यान्सरले उनको अनुहारको आकृतिलाई नै बंग्याइदियो। त्यसपछिका केही वर्षभित्रै उनलाई हृदयाघात र स्तन क्यान्सरले गाँज्यो। "मलाई मृत्युबोध भयो तर डर लागेन," उनी भन्छिन्, "हृदयघात भएर एम्बुलेन्समा घरबाट नर्भिक अस्पताल लैजाने क्रममा मलाई अब बाँच्दिनँ भन्ने लाग्यो र बुहारीलाई यी-यी कामहरू गर्न बाँकी छन्, तिनलाई पूरा गर्नू भनेँ।" एकपल्ट त उनले भगवान्को मूर्तिलाई गम्लंग अँगालो हालिन् र भनिन्, "प्रभू तिमी नै सर्वज्ञ छौ, मलाई बाटो देखाऊ।"

जगदीश घिमिरेलाई झैँ अंगुरबाबालाई पनि दुईपल्ट मृत्युबोध भयो। अर्कोपल्ट उनको स्तन क्यान्सर हुँदा, भारतको अस्पतालमा उनका दुइटै स्तन काटिए। शल्यक्रियाअघि छोरालाई गर्नुपर्ने कामहरूका बारेमा अथ्र्याइन्। भन्छिन्, "मानिसका लागि मृत्युभन्दा पनि मृत्युबोध बढी डरलाग्दो हुँदोरहेछ। यसैको भयले गर्दा हामी आफूलाई दुःख दिँदा रहेछौँ।"

समाजसेवी मित्रसेन दाहाल पनि दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि उपचारार्थ भारत पुगे। त्यहाँ उनका दुवै मिर्गाैला प्रत्यारोपण गरएि। त्यसपछि बेहोसीकै अवस्थामा उनको हंस जन्मथलो ओखलढुंगा पुग्यो। उनले त्यहाँ बालसखाहरूलाई भेटे, बितिसकेका बाबुबाजेहरूलाई भेटे। यत्तिकैमा अचानक उनलाई होस आएजस्तो भयो। "त्यतिखेरचाहिँ मलाई मरसिकेको छु भन्ने लाग्यो। अनि उनलाई भित्रदेखि जिजीविषा पलाएर आयो। अब दैवले १० वर्ष मात्र आयु थपिदियो भने पुग्छभन्ने लाग्यो । भन्छन्, "मैले भगवान्सँग जीवन मागेँ, यत्ति आयु दान दियौ भने म जीवनका सारा कामहरू भ्याउने छु प्रभू !"

यी भए जन्म र मृत्युका आध्यात्मिक आयाममा विश्वास गर्नेहरूका कुरा। तर, विशुद्ध माक्र्सवादी विचारमा हुर्केका र क्रान्तिको मैदानमा ओर्लेका माओवादी कार्यकर्ता माइला लामालाई पनि मृत्युबोध भएको छ र यो मृत्युबोधको प्रसंग अझ घतलाग्दो छ। क्रान्तिको फेटा शिरमा बाँधेर मृत्युलाई हत्केलामा राखी युद्धका मैदानमा ओर्लेका उनलाई मृत्यु सोचेभन्दा धेरै पीडादायी हुँदोरहेछ भन्ने अनुभव भयो। घटना ०५४ फागुन १९ को हो। उनी भारतको 'पिपुल्स वार' नामक वामपन्थी समूहसँग छापामार युद्ध र बम बनाउने तरकिा सिकेर फर्केका थिए। आफूले प्राप्त गरेको तालिमका आधारमा उनले महाभारत पर्वतशृंखलामा छापामारहरूलाई माइन विस्फोटनसम्बन्धी फौजी तालिम दिँदै थिए। तेस्रो दिनको घटना हो, २५ जनाजति तालिमेहरू थिए। तालिम घरभित्रै भइरहेको थियो। प्राविधिक गडबडीले अचानक बम विस्फोट भयो। उनी आठ/दस फिटमाथि आकाशमा उडेर भुइँमा बजारनि पुगे। त्यसपछिको नौ दिनसम्म उनी होस आउने र बेहोस हुने क्रममा बाँचे। "मृत्यु अत्यन्तै पीडादायी हुँदोरहेछ," उनी भन्छन्, "मर्ने बेलामा मानिस किन छट्पटाउँछ भन्ने असह्य वेदनालाई मैले जीवनमा पहिलोपल्ट अनुभूत गरेँ।"

यस दुर्घटनाले उनको दाहिने आँखा र कानको शक्ति समाप्त पार्‍यो। देब्रे हातका हड्डी र औँलाहरू भाँचिएर केही गर्न नसक्ने भए। मर्ने र मार्ने खेलमा लागेका उनलाई पहिला लाग्थ्यो, 'आ मर्न पनि के गाह्रो होला र !' जीउज्यान अर्पेर क्रान्तिको समरमा ओर्लेको मान्छेलाई मृत्यु जाबो त स्वतः वरण गरहिालिन्छ नि भन्ने लाग्थ्यो। तर, जब वास्तविक मृत्युसँग सोझै साक्षात्कार हुन्छ, त्यसबेला भने जस्तोसुकै चट्टानको छाती भएको मान्छेलाई पनि डर लाग्दोरहेछ। लामा भन्छन्, "मृत्यु अत्यन्तै डरलाग्दो, अत्यन्तै कहालीलाग्दो र असीम पीडादायी हुँदोरहेछ।" जगदीश, प्रा कुमारबहादुर र अंगुरबाबालाई जस्तो उनलाई 'मृत्यु कुनै पनि बेला' भन्ने त्रास त छैन। तर, मृत्युभन्दा ठूलो भय र क्रूर अनुभूति अर्को हुँदैन भन्ने उनले अनुभव गरेका छन्।

नेकपा एमालेका नेता तथा साहित्यकार प्रदीप नेपाल 'ब्रेन ट्युमर'ले आक्रान्त भए। नेपालमा मात्र यसको उपचार सम्भव नभएकाले उनले भारतदेखि अमेरकिासम्मको उपचार-यात्रा गरे। टाउको दुखेर मूच्र्छा पर्दा पनि चिकित्सकहरूले उनलाई सामान्य पिनास मात्र हो भन्ने जानकारी दिए। तर, डा उपेन्द्र देवकोटाले आफैँ बसेर एमआरआई गरसिकेपछि भने परविार, आफन्तलगायत सबैको अनुहारमा चिन्ताको बादल मडारएिको उनले अनुभव गरे। त्यसपछि मात्र उनलाई थाहा भयो, राजनीति र साहित्यका नौलानौला आयाम जन्माउने उनको मस्ितष्कले त क्यान्सरको भारी बोकेर पो हिँडिरहेको रहेछ।

"५५ मिनेट लामो एमआरआई गरेर खोपाबाट निस्कँदा सबैको अनुहार अँध्यारो थियो, अस्पताल भर्ना गरहिालौँ भने," प्रदीप यहाँसम्म पनि आफूलाई के भएको भन्नेमा अनभिज्ञ नै थिए। काठमाडौँ मोडेल अस्पतालमा उनको स्वास्थ्योपचारबारे पार्टी स्थायी कमिटीको बैठक हुँदैछ भन्ने सुने। वामदेव गौतमले उनकै अगाडि डा उपेन्द्र देवकोटालाई फोन गरेपछि देवकोटाकै निर्देशन अनुसार नर्भिक अस्पताल पुर्‍याइयो। त्यसपछि भने उनले आफू कुनै गम्भीर रोगले थलिएको थाहा पाए। उनले डाक्टरहरूलाई भने, "मेरो रोगबारे मलाई नलुकाउनूस्। मेरो जिन्दगी यत्ति नै हो भने पनि सामना गर्न तत्पर छु, लामो जीवन बाँच्न सक्छु भने ठीकै छ। लाखौँ खर्च गरेर दुई-तीन वर्ष मात्र आयु थपिन्छ भने, भो मलाई यस्तो जिन्दगी चाहिँदैन।" अन्ततः श्रीमतीले उनको रोगबारे यथार्थ बताइन्। भन्छन्, "र पनि, मलाई मरहिाल्छु भन्ने अनुभव भएन।" तर, परविारलाई भने उनको मृत्युको साँचो अनुभूति भयो। "श्रीमतीलाई भने मेरो मृत्युबोध भएछ," हातको औँलामा लगाइराखेको फलामको औँठी देखाउँदै उनी भन्छन्, "मेरा लागि उनले के के धर्मकर्म गरनि्, साइत हेर्ने, ज्योतिषीलाई देखाउनेदेखि हातमा फलामको औँठी र घाँटीमा रुद्राक्षको मालासमेत उनैले लगाइदिइन्।" तर, यसमा आफ्नो विश्वास खासै छैन भन्ने अभिव्यक्ति प्रकट गर्छन् र भन्छन्, "यसले मलाई कुनै बेफाइदा गरेको छैन, त्यसैले यस्ता कुरा नमान्दा नमान्दै पनि लगाइदिएको छु।"

नेपाली सेनाका सेनानी पवन घिमिरेको मृत्युबोधी कथा पनि रोचक छ। ०६० सालमा उनी कालीकोट सडक निर्माणका क्रममा कालीकोटको जुबिथा भन्ने ठाउँ पुग्दा माओवादीले थापेको एम्बुसमा परी छाती र टाउकोमा गम्भीर चोट लाग्यो। उनी पूर्णतः दृष्टिविहीन हुन पुगे। यो दुर्घटना हुनासाथ सेनातिरबाट गोलाबारी सुरु भयो। त्यतिबेला पवनले दुइटा कुरा मात्र सोचे। अब मर्नु त निश्चित छ, कुनै पनि बेला गोली लाग्न सक्छ, खालि शरीरको कुन भागमा लाग्छ भन्ने प्रतीक्षा मात्र हो। "म मरेँ भने मेरी आमा पनि मर्नेछिन्," उनलाई लाग्यो, "मेरो मृत्युले परविारका सारा सदस्यहरूलाई असह्य पीडा हुनेछ।" पवनलाई मृत्युबोधको पीडाले जतिजति आक्रान्त पार्दै गयो त्यतित्यति नै आमाको सम्झनाले उनलाई पिरोलिरह्यो। १५ दिनअघि मात्र आमाले उनलाई बलिन्द्रधारा आँसु बगाउँदै बिदा गरेकी थिइन्, "होस गरेर गएस् है बाबु, परििस्थति खराब छ। मलाई तिम्रो चिन्ताले सताइरहन्छ।" उनी एम्बुसमा परेपछि उनको मुखबाट निस्केको पहिलो शब्द नै 'आमा' थियो। उनलाई अब गोली लाग्छ र नजिकैको तीलाखोलामा खस्छु भन्ने लाग्यो। उनलाई जति जति मृत्यु नजिकै आइरहेछ भन्ने अनुभूत हुन थाल्यो, त्यति त्यति आमाको त्यो अश्रुपूर्ण मुहार दृश्यपटलमा नाचिरह्यो। उनले सम्झे, म मर्छु र यही तीलाखोलामा खस्छु। आफन्तले मेेरो लास पनि पाउँदैनन्। यस कुराले उनलाई अझ मृत्युनजिक पुर्‍यायो। कुनै प्रेमी आफ्नी प्रेमिकाको प्रतीक्ष्ाामा बसेजस्तो उनी शरीरभर िलागेका चोटहरूको असह्य पीडा र दृष्टि गुमेको अन्धकारमा छट्पटाउँदै मृत्युवरण गर्न तयार भएर बसेका थिए।



रहस्य के ?


सबैलाई थाहा छ, जन्मेपछि मृत्यु अवश्यम्भावी छ। तर, आफ्नो मृत्युको तिथि कसैलाई थाहा हुँदैन, त्यसैले मान्छे जीवनप्रति सदा उत्साही र कर्मशील हुन्छ। तर, कुमारबहादुर जोशी, अंगुरबाबा जोशी, मित्रसेन दाहालजस्ता आध्यात्मिक मान्छे या जगदीश घिमिरेजस्तो अर्द्धआस्ितक, प्रदीप नेपाल र माइला लामाजस्ता भौतिकवादीहरूले बुझेको मृत्युपछिको अवस्था के हो ?

कुमारबहादुर पूर्ण आध्यात्मिक धरातलमा उभिएर मृत्युपछिको अवस्थालाई व्याख्या गर्छन्। उनी मृत्युपछि पुनःजन्म निश्चित छ भन्ने कुरामा विश्वस्त छन्। भन्छन्, "यो शरीर त सूक्ष्म शरीर अर्थात् आत्मालाई बोक्ने माध्यम मात्र हो। मृत्युपछि त त्यो फेर िअर्को शरीरमा प्रवेश गर्छ। पुनःजन्म हुन्छ। अर्थात् आत्मा-परमात्मामा नपुगुञ्जेल पुनःजन्म भइरहन्छ।" उनलाई गीताको भनाइमा पूर्ण विश्वास छ। मानिसले पुराना लुगा फुकालेर नयाँ फेरेजस्तो मात्र हो। आत्मा विभिन्न शरीरमा परभि्रमण गररिहन्छ।

अंगुरबाबको मत कुमारबहादुरको भन्दा अलिक फरक छ। "जीवात्मालाई चलाउने शक्ति चैतन्य हो, यो अनन्तमा मिल्छ," उनी भन्छिन्, "म पुनःजन्ममा विश्वास गर्दिनँ।" उनी आध्यात्मिक विचारकहरूले बाँचेकाहरूलाई सान्त्वना दिन मात्र पुनःजन्मको कुरा गरेका हुन् कि भन्छिन्। जगदीश घिमिरेलाई पनि पुनःजन्ममा पत्यार छैन। "मानवआत्माको पुनःजन्म हुन्छ भने सम्पूर्ण प्राणी र वनस्पतिको समेत पुनःजन्म हुनुपर्छ। त्यसैले मैले जानेको कुरा यत्ति हो, मानिस जन्मिन्छ र मर्छ। त्यसपछि के भन्ने प्रश्न निरुत्तरति छ।" तर, माक्र्सवादी प्रदीप नेपाललाई चाहिँ मृत्युपछि केही छैन भन्ने कुरामा त्यस्तो ठोकुवा विश्वास छैन। भन्छन्, "हामीले बोलेका र गरेका कुरा कहीँ त जान्छ नि ! तर कहाँ जान्छ ? त्यो निर्णयमा भने म पुग्न सकेको छैन।"

यसमा पुनः कुमारबहादुर जोशीकै प्रसंग ल्याऊँ। बालकृष्ण समलाई उनले जीवनको अन्तिम अन्तिमतिर प्रश्न गरेका थिए, "मरेपछि कहाँ जान्छ मानिस?" समले भनेका थिए, "ओम ख्रम ब्रह्मा अर्थात् आकाशमा।" अर्थात् देवकोटाले भनेझैँ शून्यमा।

जीवनबोध सबैले गर्छन् तर मृत्युबोध सारै थोरै मानिसले गरेका छन्। लेखनाथ, देवकोटा र समले जीवनको अन्त्यतिर मृत्युबोध अवश्य गरे तर त्यसपछि उनीहरू फेर िजीवनमा र्फकन सकेनन्। खालि केही पंक्ति कविताहरूमा आफूलाई व्यक्त गरेर गए। तर, यीबाहेक यस पंक्तिमा उल्लेख गरएिका व्यक्तिहरूले मृत्युलाई साक्षात् भेटे र पुनः आजसम्म जीवनसँगै भलाकुसारी गररिहेका छन्। यी व्यक्तिहरूको सामूहिक अनुभवले भन्छ, मृत्युबोध अत्यन्तै पीडादायी हुन्छ।



झन् ऊर्जाशील


मृत्युबोधले मानिसलाई पीडा त हुन्छ तर यो स्थायी हुँदैन। यसलाई भुल्याउने जुक्ति पनि खोज्न सकिन्छ। यसका उदाहरण हुन्, कुमारबहादुर, जगदीश, अंगुरबाबा, प्रदीप, माइला, मित्रसेन र पवन।

यी सबै व्यक्तिहरू जीवनको हदम्याद पाइसकेपछि पनि कोही फेर िसिर्जनामा फर्के र कसैले आफ्नो सिर्जनशील यात्रालाई झन् गति दिए। जगदीश घिमिरेले मृत्युशय्यामा बसेरै अन्तर्मनको यात्राजस्तो सशक्त कृति रचना गरे। उनलाई जतिजति मृत्युको मुखमा जाँदैछु भन्ने पीडाबोध भयो, त्यतित्यति तीव्रगतिमा कम्युटरका किबोर्डमा उनका औँलाहरू गतिशील भए। यसरी अन्तर्मनको यात्रा एउटा सशक्त कृति जन्मियो। यसले त्यस वर्षको दुई उच्च साहित्यिक पुरस्कार उत्तम-शान्ति पुरस्कार र मदन पुरस्कार प्राप्त गर्‍यो। घिमिरेले वषौर्ंअघि छाडेको साहित्यिक यात्रालाई फेर िनिरन्तरता दिए। उनले आफ्ना पुराना लिलाम, साविति र सन्तान नामक कृतिहरूलाई पुनःमुद्रण गरेर साहित्यका फाँटमा आफ्नो सशक्त पुनःउपस्िथति जनाए। यसै क्रममा उनले पुराना रचनाहरूलाई संकलन गरी स्थान-काल-पात्र -नियात्रासंग्रह), बर्दी -कथासंग्रह) र अग्निसूत्र -कवितासंग्रह) प्रकाशित गरे। उनी रचनात्मक रूपमा मात्र होइन, साहित्यमा उपस्िथतिका दृष्टिले पनि सक्रिय हुन थालेका छन्।

उनी मात्र होइन, कुमारबहादुर जोशीले पनि आफ्नो साहित्यिक यात्रालाई अझ ओजपूर्ण बनाए। मिर्गौला प्रत्यारोपणपछि उनका सिर्जनाहरू अझ झमझमाएर उठे। मिर्गौलारोग र यसको उपचार, मृत्युशय्याबाट ब्यूँझेर, दोस्रो नवजीवनजस्ता रोगसम्बन्धी र अन्य थुप्रै साहित्यिक कृतिहरूको रचना र सम्पादन गरेउनले ।

त्यस्तै, हृदयाघात र क्यान्सरपछि अंगुरबाबा जोशीको सिर्जनात्मक पक्ष सशक्त हुन थालेको छ। र, केही पुस्तक प्रकाशित भइसके भने केही प्रकाशोन्मुख छन्।

मित्रसेन दाहाललाई पनि मृत्युबोधले सर्जक बनायो। कथा र व्यथाको यात्रा प्रकाशन भइसकेको छ। र, उनका चारवटा कृतिहरू प्रकाशनका लहरमा बसेका छन्। भन्छन्, "मलाई रोगले च्यापेर मर्छु भन्ने भएपछि अध्ययनको तृष्णा जगायो।" उनी हरेक राती १०/११ बजेसम्म केही न केही नपढी सुत्न नसक्ने भएका छन्।

प्रदीप नेपाल त पहिला पनि सिर्जनशील नै थिए। दुर्भाग्य ! उनको सिर्जना उमार्ने मस्ितष्कमै क्यान्सर भयो। तर, उनी हतास भएनन्। यस रोगसँग लड्दै उनले बन्दीगृहका सिर्जना, परदेशमा देश, मुक्त आकाशको खोजीमा र पाइला छाडेर अस्ताएको घामजस्ता कृतिहरू दिए नेपाली साहित्य भण्डारलाई।

माओवादीका माइला लामा खासमा संगीतकार-गायक थिए। दुर्घटना हुनुअघि उनको यो पाटो ओझेलमा परेको थियो। त्यतिबेला उनको कलम र गितारलाई बन्दुकले जितेको थियो। तर, उनी दुर्घटनापछि संगीत सिर्जनाकै संसारमा फर्के र सांगीतिक एल्बमहरू रचना गरे।

सेनानी पवन घिमिरे पनि आफ्नो शैलीको सिर्जनात्मक पाटोमा सक्रिय छन्। उनले दृष्टिविहीनहरूको लेखकुद संस्था गठन गरे। उनले पुरुष र महिला दृष्टिविहीनहरूको आत्मबल बढाउन पुरुष दृष्टिविहीनका लागि नेपालमा पहिलो क्रिकेट समूह बनाए र तालिम दिए। भन्छन्, "महिला दृष्टिविहीनहरूको क्रिकेट त विश्वमै पहिलोपल्ट मैले नै नेपालमा सुरु गरेँ।" हाल उनी नेपाल दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष छन्। यसबाहेक लेखरचना र प्रस्तावनापत्र पनि बाक्लै लेख्छन् उनी।

फगत मृत्युबोधले मृत्युलाई परभिाषित गर्न सक्दैन भन्ने त यी उदाहरणबाट प्रस्ट नै भयो। थप एउटा सत्य पनि प्रस्ट भयो, मृत्युबोधले जिजीविषा चर्काउँछ र उप्रान्तको जीवनलाई ऊर्जाशील बनाउँछ। उदाहरणका यी अनुभवले पनि देखाएकै छन्, मृत्युबोधपछि फर्केकाहरू अहिले मृत्युका लागि दिनगन्ती गरेर होइन, जीवनलाई सशक्त सिर्जनामा प्रवाहित गर्दै बाँचिरहेका छन्।

सर्वाधिक आकर्षक महिला पुरुष



'उमेर पच्पन थिङ्कङि वचपन,' अभि सुवेदीको सन्दर्भमा कोमल वलीका भनाइ हुन् यी । 'उमेरले पाको भए पनि सोच भने युवाको छ,' वलीले आफ्नो भनाइ पुष्टि गर्दै  थपिन्- 'ऊर्जाशील एवं आकर्षक हुनहुन्छ उहाँ ।' राष्ट्रपति रामवरण यादव पनि वलीको नजरमा आकर्षक ठहरिए । वलीले भनिन्- 'आकर्षक त हुनुहुन्छ नै, राष्ट्रका लागि  पनि उहाँको योगदान महत्वपूर्ण छ ।' पूर्वराजा ज्ञानेन्द्र शाह, कुशकुमार जोशी, कमल थापा आकर्षक पुरुषको पंक्तिमा राखिन् उनले । पूर्व मिस नेपाल उषा खड्गीले  पुष्पकमल दाहाल 'ह्यान्डसम' लाग्ने बताइन् । 'ड्रेस सेन्स तथा जुँगाको सेपले प्रचण्ड आकर्षक देखिन्छ,' उषाले भनिन्- 'हाइटले साथ दिएको भए उहाँ सम्पूर्ण रूपमा हिरो  देखिनुहुन्थ्यो ।' पारस खड्का पनि उनको नजरमा आकर्षक ठहरिए । पारसको सम्बन्धमा उनको भनाइ थियो- 'नेपाली क्रिकेटमा स्थापित पारस योङ्ग तथा ह्यान्डसम  छन् ।' विकास राणाको हेयर स्टाइल, सुरजसिंह ठकुरीको लुक्स, निमा रुम्बाको ह्याट चलाउने स्टाइल, भूषण दाहालको बोल्ने शैली उषालाई मनपर्दो रहेछ ।

'दिया मास्केमा एक प्रकारको अपिल झल्किन्छ,' आलोकश्रीले भने- 'उनी ग्लामरस छिन् ।' उनले आफ्नो रोजाइभित्र आनीछोइङ डोल्मा, करिश्मा मानन्धर, मल्लिका कार्की,  संयुक्ता राणा आदिलाई राखे । आलोकले नम्रता श्रेष्ठलाई 'सुन्दर साथै आफ्नो महत्व बुझ्ने' भनेर प्रशंसा गरे । उनलाई सदीक्षा श्रेष्ठको 'आँखा र हाँसो' मनपर्दो रहेछ ।  नायक आर्यन सिग्देलले झरना बज्राचार्यलाई नम्बर वानमा राख्दै भने- 'उनी सम्पूर्ण रूपमा फिट छिन् ।' त्यस्तै, ऋचा शर्मा राम्रो फिगर भएको र सबै चीजले भरीपूर्ण  भएको उनले बताए ।  'सानै उमेरमा सफल' भन्दै नायक राजेश हमालले करिश्मा कार्कीको प्रशंसा गरे । हमालले मनीषा कोइरालालाई आकर्षक महिलाको पंक्तिमा राख्दै  भने- 'आजीवन आफ्नै ढंगले जिउन चाहने महिला हुन् उनी ।' उनले रामकुमारी झाँक्रीलाई 'नारीशक्तिको' संज्ञा दिए । हमालको नम्बर वानमा भने दिलशोभा श्रेष्ठ  परनि् । दिलशोभाबाट प्रभावित भएको बताउँदै हमालले उनी निःश्वार्थ भावनाले समाजसेवामा समर्पित भएको बताए । मोडल बेबी थापाले माधवकुमार नेपाल र कमल  थापा आफूलाई आकर्षक लाग्ने बताइन् । त्यस्तै, बाबुराम भट्टराई र रामवरण यादवलाई पनि उनले छुटाउन चाहिनन् । 'राजनैतिक क्षेत्रमा चर्चित, शारीरकि रूपले स्मार्ट'  भएकाले उनीहरू आफ्नो रोजाइमा परेको बेवीले बताइन् ।

'अहो ! कति स्मार्ट,' भूषण दाहालको सम्बन्धमा कृति भट्टराईले भनिन्- 'बौद्धिक मात्र होइन, आकर्षक पनि हुनुहुन्छ ।' कोमल वलीले 'तर्कसंगत र निर्भीक पत्रकारिता गर्ने'  भन्दै दाहालप्रतिको आफ्नो आकर्षण प्रस्ट्याइन् । तेक्वान्दो खेलाडी आयशा शाक्यले भनिन्-'उहाँको आकर्षक बोली एवं व्यक्तित्व मन पर्छ ।' सभासद् तथा अधिवक्ता सपना  मल्ल प्रधानले 'नजिकका सहकर्मी' भन्दै पुष्पकमल दाहाल, सुवास नेम्वाङ, बाबुराम भट्टराई, गगन थापा र झलनाथ खनाल आफूलाई आकर्षक लाग्ने बताइन् । सपनाले  एकमुस्ट कारण खुलाइन्-

'उहाँहरू जुन उचाइमा हुनुहुन्छ, आकर्षक व्यक्तित्वले थप साथ दिएको छ ।' उनले डाक्टर भगवान कोइराला पनि निकै आकर्षक लाग्ने बताइन् । 'उहाँ उमेरले पाको भए  पनि योङ्ग केटीहरूले मन पराउँदो रहेछ,' डा. कोइरालाको सम्बन्धमा उनले भनिन्-'उहाँको पर्फर्मेन्सबाट प्रभावित छु ।' प्रतिमा श्रेष्ठले विजयकुमार पाण्डे आकर्षक लाग्ने  बताइन् । उनको रोजाइमा अनुदानजंग राणा, गगन थापा, पुष्पकमल दाहाल, अभि सुवेदी तथा भुवन केसीहरू परे । प्रतिमाले आफूलाई आकर्षक लाग्नुको कारण बताउँदै  भनिन्- 'उहाँहरूको योगदान, बौद्धिक क्षमता एवं व्यक्तित्वका आधारमा आकर्षक लागेको हो ।'

'आशालाग्दो युवा नेतृत्व,' गगनप्रति तेक्वान्दो खेलाडी संगीना वैद्यको धारणा यस्तो थियो- 'उनी जोसिला र प्रभावशाली नेता हुन् ।' सुवानी मोक्तानले पनि उनको  व्यक्तित्व आकर्षक लाग्ने बताइन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाको हक्की स्वभाव, प्रभावशाली बोली एवं आकर्षक व्यक्तित्व धेरैको रोजाइमा पर्‍यो । सहभागीहरूले  'विचारमा निरन्तर प्रतिबद्ध' नेताका रूपमा थापालाई लिए । डा. बाबुराम भट्टराईको आकर्षण गत वर्षझंै यस वर्ष पनि कायम रह्यो । सपना मल्ल प्रधान, बेबी थापाल  आदिले डा. भट्टराईलाई 'आकर्षक व्यक्तित्वको धनी' भन्दै प्रशंसा गरे ।  संगीनाले भनिन्- 'नेपालको राजनीतिमा उहाँको उपस्थिति जति सशक्त छ, व्यक्तित्व त्योभन्दा कम  छैन ।' समकालीनहरू 'बूढा' भैसक्दासमेत आफू भने नायककै भूमिकामा जमिरहेका छन् राजेश हमाल । अझै अविवाहित उनलाई 'साँच्चैको हिरो' भनेर प्रशंसा गर्नेहरू  थुप्रै छन् । 'हाइट र बोल्ने शैली मन पर्छ,' गायिका आस्था बीले भनिन्- 'उहाँ वास्तवमै हिरोजस्तो हुनुहुन्छ ।' नायिका नम्रता श्रेष्ठले गत वर्षझैं यस वर्ष पनि वरुण  एसजेबी राणालाई आकर्षक दस पुरुषको पहिलो पंक्तिमा राखिन् । त्यसपछि उनले भाष्करराज राजकणिर्कार, गगन थापा, पारस खड्का, प्रशान्त ताम्राकार, भूषण दाहाल,  प्रसन स्याङ्देन आफूलाई निकै आकर्षक लाग्ने बताइन् । 'स्टाइल आइकन' भन्दै सुवानी मोक्तानले निमा रुम्बालाई आकर्षक पुरुषमा लिइन् । त्यसो त स्टाइलिस निमालाई  आकषिर्त पुरुषको कोटामा राख्नेहरूमा उषा खड्गी, नम्रता श्रेष्ठ, संगीना वैद्य आदि पनि छन् । यता कृति भट्टराईले भने सुदिन पोखरेललाई 'स्टाइल आइकन' को संज्ञा  दिइन् ।

धेरै महिलाको नजरमा सर्वाधिक आकर्षक पुरुष दरिए भूषण दाहाल । उनको नजरमा चाहिँ साहना बज्रचार्य नम्बर वानमा परनि् । त्यसपछि झरना बज्राचार्य, निशा  अधिकारी, स्नेहा राणा, शीताष्मा चन्द, जया शाह, ज्योत्सना सिंह, रविना जोशी, मृदुला खनाल तथा प्रमदा शाह उनको रोजाइमा परे । 'उनीहरू आकर्षक एवं  आत्मविश्वासी छन्,' छनौटपछि उनको संक्षिप्त प्रतिक्रिया थियो । नायक आर्यन सिग्देलले झरना बज्राचार्य आफूलाई सर्वाधिक आकर्षक लाग्ने बताउँदै संक्षिप्तमा भने- ' हरेक कोणबाट सुन्दर छिन् ।' उनले पूजा लामा, सदीक्षा श्रेष्ठ, ऋचा शर्मा आदि पनि आफूलाई मन पर्ने बताए । आर्यनलाई मृदुला खनालले समाचार पढेको मनपर्दो रहे छ । आर्यनले भने- 'उनमा अपिलिङ झल्कन्छ ।' कलाकार दिनेश डिसीको रोजाइमा परनि् सदीक्षा श्रेष्ठ । 'बौद्धिक सुन्दरी' भन्दै डिसीले सदीक्षाको प्रशंसा गरे । त्यसैगरी  सपना मल्ल प्रधान, झरना बज्राचार्य, स्नेहा राणा, जेनिशा मोक्तान आदिलाई उनले 'व्यक्तित्व र पर्फर्मेन्स' का आधारमा आकर्षक बताए । गायक राजेश पायल राईको  नम्बर वानमा परनि् मनीषा कोइराला । 'वलिउडमा समेत स्थापित भएकी नेपाली महिला' भन्दै राईले आफू मनीषाबाट प्रभावित भएको बताए । त्यसैगरी मृदुला खनाल,  अञ्जु पन्त, माल्भिका सुब्बा, केकी अधिकारी, ऋचा शर्मालाई उनले आकर्षक दसको सूचीमा राखे । डिजिटेन्टमेन्टका सिइओ सुमन शाक्यले नम्रता श्रेष्ठ, स्नेहा राणा,  सदीक्षा श्रेष्ठ, करिश्मा मानन्धर, झरना बज्राचार्य, रुविना जोशी, साहना बज्राचार्य आदिलाई 'आकर्षक व्यक्तित्व' बताए ।

'स्मार्ट, पर्सनालिटी तथा कन्फिडेन्ट' का आधारमा माल्भिका सुब्बालाई छनौट गरे भिजे तथा गायक सोनम पाखि्रनले । त्यसैगरी उनले सदीक्षा श्रेष्ठलाई 'ब्युटी विथ ब्रेन'  भन्दै आफ्नो सूचीभित्र सामेल गरे । उनले दिया मास्केलाई 'जुनसुकै भूमिकामा अभिनय गर्न सक्ने क्षमता भएकी आकर्षक कलाकार' बताए । साहित्यकार कृष्ण धरावासीले  दस आकर्षक महिलाको सूचीमा अधिकांश साहित्यक्षेत्रमा स्थापित महिलाको नाम लिए । बेन्जु शर्मा, सुलोचना मानन्धर, शारदा शर्मा, मञ्जुश्री थापा आदि धरावासीको  प्राथमिकतामा परे । त्यसैगरी उनले रामकुमारी झाँक्री, संगीता थापा, चित्रलेखा यादवलाई 'संघर्षशील, सफल र आकर्षक' महिलाका रूपमा उल्लेख गरे । 'राजनैतिक सचे तनाका साथ साहित्य क्षेत्रमा उत्रिएकी' भन्दै उनले महिला साहित्यकारहरूको नाम लिएका थिए ।

'आ-आफ्नो क्षेत्रमा निरन्तर क्रियाशील र व्यक्तित्वसमेत आकर्षक भएको' बताउँदै रंगकर्मी अनुप बरालले सपना मल्ल प्रधान, मञ्जुश्री थापा, मनीषा कोइराला, सदीक्षा श्रेष्ठ, करिष्मा कार्की, माल्भिका सुब्बा, उषा खड्की, संगीता थापा आदिको नाम लिए । 'आनि छोइङ डोल्माले केश पालेको भए अझ सुन्दर देखिने' बताए हेयर डिजाइनर  नील डेभिड कटुवालले । उनले आनीछोइङ निकै आकर्षक भएको उल्लेख गरे । त्यसो त नीलको नम्बर वानमा परनि् नम्रता श्रेष्ठ । 'नम्रता ब्युटिफुल, स्ट्रोङ र कन्फिडेन्स  भएकी महिला हुन्,' उनले भने । शिक्षाविद् विक्रम राईले करिश्मा मानन्धरलाई सर्वाधिक आकर्षक महिला बताए । उनले अन्यमा रेखा थापा, दिया मास्के, साहना बज्राचायर् , माल्भिका सुब्बा, जेनिशा मोक्तान पनि आफूलाई आकर्षक लाग्ने बताए ।



इन एन्ड आउट

साप्ताहिकले गतवर्ष भ्यालेन्टाइन डेमै उत्कृष्ट १० आकर्षक पुरुष र महिलाको नाम सार्वजनिक गरेको थियो । जसअनुसार महिलातर्फ पहिलो स्थानमा सपना मल्ल प्रधान थिइन् । दोस्रोमा झरना बज्राचार्य, तेस्रो स्नेहा राणा, चौथो रामकुमारी झाँक्री, पाँचौं नम्रता श्रेष्ठ, छैटौंमा माल्भिका सुब्बा, सातौं मन्जुश्री थापा, आठौं करिश्मा मानन्धर,  नवौं रविना जोशी, दशौंमा रेखा थापा र सिम्रिका शर्मा थिए । यो वर्षको सर्वेक्षणमा गतवर्ष पहिलो स्थानमा रहेकी सपना मल्ल प्रधान दशौं स्थानमा पुगिन भनें गत वर्ष  आठौं स्थानमा रहेकी करिश्मा पहिलो स्थान ओगट्न सफल भइन् । यो वर्ष पनि आकर्षक महिलाको सूचीमा आफ्नो स्थान बनाउनेहरूमा झरना बज्राचार्य, माल्विभा  सुब्बा तथा नम्रता श्रेष्ठ छन् । यसबाहेक सबै सूचीमा नयाँ अनुहार छन् ।

यस्तै पुरुषतर्फ गत वर्ष राजेश हमाल र गगन थापा पहिलो स्थानमा थिए । सूचीअनुसार दोस्रो स्थानमा भूषण दाहाल, तेस्रो सुबासचन्द नेम्बाङ, चौथो निमा रुम्बा, पाँचौं  हरविंश आचार्य, छैटौं सुरजसिंह ठकुरी, सातौं अनिल शाह, आठौं बाबुराम भट्टराई, नवौं विनोद चौधरी तथा दशौं स्थानमा सुगम पोखरेल थिए । यो वर्ष पहिलो स्थानमा  रहेका गगन थापा र राजेश हमाललाई क्रमशः दोस्रो र तेस्रो स्थानमा पार्दै भूषण दाहाल पहिलो स्थान ओगट्न सफल भएका छन् । यो वर्ष सुबासचन्द्र नेम्बाङ, सुरजसिंह  ठकुरी, विनोद चौधरी तथा सुगम पोखरेल उत्कृष्ट १० बाट बाहिरिएका छन् ।



महिलामा जो उल्लेख्य रहे

सर्वेक्षणका क्रममा महिलाहरूमा धेरै मत ल्याएर पनि स्नेहा राणाले उत्कृष्ट १० भित्र स्थान बनाउन सकिनन् । गत वर्ष स्नेहा उत्कृष्ट ३ भित्र थिइन् । स्नेहा राणाको शारिरिक सौन्दर्यका बारेमा धेरै सहभागीले खुलेर प्रशंसा गरेका थिए । नेपाली समाजमा उनी जस्ती सुन्दर महिला नभएको धेरैको प्रतिक्रिया थियो । फोटोजेनिक स्नेहाको  छालाको रंग र सुहाउँदो शारीरकि बनोटले पनि उनीप्रति धेरै मानिस आकषिर्त छन् । 'उनको सुन्दरताप्रति नलोभिनेहरू कमै भेटिएलान्, सुन्दरता के हो भन्ने कुरा उनमा  झल्कन्छ' एक सहभागीले भनेका थिए । यस्तै मनीषा कोइरालाको आकर्षक व्यक्तित्वको पनि धेरैले प्रशंसा गरे । गायक राजेश पायल राईका अनुसार मनीषाले नेपाली  नागरकिसूग विवाह गरेर नेपालीहरूको मनजितेकी छिन् । यस्तै महानायक राजेश हमालले आफ्नै ढंगले जीवन जिउन सक्ने व्यक्तित्वका रूपमा मनिषाको नाम लिएका  थिए ।

सर्वेक्षणका क्रममा आनि छोइङ डोल्मालाई पनि धेरैले आकर्षक व्यक्तित्वको सूचीमा राखे । हेयर स्टाइलिष्ट नील डेभिडले आनिको गायकी मात्र होइन, उनको शारीरकि  स्वरूप पनि उत्तिकै आकर्षक भएको प्रतिक्रिया दिए । आनी छोइङको राम्रो शरीरमा हेयर स्टाइलको संगम कस्तो हुन्थ्यो होला जस्तो लाग्छ, निल डेभिडले भनें, उहाँ  वास्तवमै राम्री हुनुहुन्छ । आलोकश्री, विक्रम राई, कृष्ण धरावासी, अभिनव कसजु आदिले आनीको सुन्दरता र मीठो स्वरको प्रशंसा गरेका थिए । यस्तै उषा खड्गीको सौ न्दर्यप्रति मोहित हुनेहरू अझै पनि कम छैनन् । उषा सन् २००० की मिस नेपाल हुन् । उषालाई तीन जना सहभागीले भोट गरेका थिए । उषाको हासो, सुन्दर अनुहार  तथा आकर्षक शरीरका कारण सहभागीले भोट दिएको बताएका थिए । सर्वेक्षणका क्रममा गत वर्ष दशौं स्थानमा रहेकी रेखा थापा यो वर्ष उत्कृष्ट १० भित्र पर्न सकिनन् ।  यद्यपि सहभागीहरूले रेखाको ग्लामर, कुशल अभिनय क्षमता एवं फोटोजेनिक शारीरकि सौन्दर्यको प्रशंसा गरेका थिए । सर्वेक्षणमा नायिका निशा अधिकारी, अम्बिका श्रेष्ठ,  रुबि राणा, रविना जोशी, करिश्मा कार्की तथा संगीना वैद्यले पनि सहभागीहरूको उल्लेख्य मत पाएका थिए ।



आकर्षक महिलाको छनौटमा सहभागी पुरुषहरू









  • उद्धव पौडेल    चलचित्र निर्माता
  • विक्रम राई        शिक्षाविद्/स्तम्भकार
  • भूषण दाहाल    सञ्चारकर्मी
  • नील डेभिड कटवाल     हेयर स्टाइलिष्ट
  • राजेश हमाल    नायक
  • राजेश पायल राई    गायक
  • आर्यन सिंग्देल    नायक
  • आलोकश्री        संगीतकार
  • दिनेश डिसी    टेलिभिजन कार्यक्रम प्रस्तोता
  • निमा रुम्बा        गायक
  • अभिनव कसजु    फोटोग्राफर/वेब जर्नालिष्ट
  • सोनम पाखि्रन    गायक/भिजे
  • कृष्ण धरावासी    साहित्यकार
  • अनुप बराल    रंगकर्मी/चलचित्रकर्मी
  • सुमन शाक्य    व्यवसायी (डिजिटेनमेन्ट) 


आकर्षक पुरुषको छनौटमा सहभागी महिलाहरू









  • सपना मल्ल प्रधान        सभासद/अधिवक्ता
  • बबिता बस्नेत        पत्रकार
  • कोमल वलि        गायिका/सञ्चारकर्मी
  • उषा खड्गी        पूर्वमिस नेपाल
  • संगीना वैद्य        खेलाडी
  • नम्रता श्रेष्ठ        नायिका
  • कृति भट्टराई        कार्यक्रम प्रस्तोता
  • शैलजा अधिकारी        फेसन डिजाइनर
  • गायत्री शाह        सभासद
  • मल्लिका कार्की        गायिका
  • आयशा शाक्य        खेलाडी
  • सुवानी मोक्तान        गायिका
  • बेबी थापा        मोडल
  • आस्था बी        गायिका
  • प्रतिमा श्रेष्ठ        आरजे
१ भूषण दाहाल

नेपाली सेलिब्रेटीहरूमध्ये सबैभन्दा आकर्षक व्यक्तित्वका रूपमा भूषण दाहाल पहिलो स्थानमा पर्न सफल भएका छन् । म्युजिक भिडियो, डकुमेन्ट्री, चलचित्र तथा टक-सो  सबै विधामा अब्बल भूषण सधैं फिट देखिन्छन् । कद होचो भए पनि व्यक्तित्वका निम्ति भूषण सदैव सचेत देखिन्छन् । टक सो 'फायर साइड' का प्रस्तोता दाहालको स्कार्फ  पहिरिने शैलीले आफूलाई आकषिर्त गरेको पूर्वमिस नेपाल उषा खड्गीले बताइन् । 'बोल्ने शैली तथा आकर्षक व्यक्तित्वले पनि दाहाललाई उचाइमा पुर्‍याएको हो' पूर्व मिस  नेपाल खड्गीले बताइन् । यसपटकको सर्वेक्षणमा पहिलो स्थान प्राप्त गर्न सफल भूषण गत वर्ष दोस्रो स्थानमा थिए । बीए अध्ययनका क्रममा नेपाल टेलिभिजनको जागिरे  भएका भूषणले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा एमए गरेका छन् । नेपाल टेलिभिजनको सन्डे पप कार्यक्रममार्फत उनी युवापुस्तामाझ लोकपि्रय भएका थिए । 'भूषण  दाहालको सुहाउँदो पहिरन शैलीले सबैलाई आकषिर्त गर्छ' फेसन डिजाइनिङ इन्स्टिच्युट आइइसीकी प्रमुख कार्यकारी शैलजा अधिकारीले भनिन्- 'आकर्षक व्यक्तित्वका  अतिरिक्त सानो कुरामा पनि गहिराइमा पुगेर पर्याप्त गृहकार्यका साथ कार्यक्रम सञ्चालन गर्ने उहाँको शैली मलाई मनपर्छ ।' उनले निर्देशन गरेको चलचित्र कागवेनीले  प्राविधिक रुपमा नेपाली चलचित्र उद्योग नयाँ ट्रेण्ड दिएको मानिन्छ ।



२ गगन थापा

नेविसंघको केन्द्रीय महामन्त्री भएपछि गगन थापाको लोकपि्रयता चुलिएको थियो । कुशल वक्ताका रूपमा राजनैतिक यात्रा प्रारम्भ गरेका गगन अहिले नेपाली कांग्रेसका  युवा नेताका रूपमा परिचित छन् । गगन नेपाली महिलाहरूमाझ पनि उत्तिकै लोकपि्रय छन् । गत वर्ष पहिलो स्थानमा रहेका गगन यसपटक दोस्रो स्थानमा देखिए पनि  उनको व्यक्तित्वको प्रशंसा गर्नेहरू थुप्रै भेटिए । उनी नेपाली कांग्रेसका तर्फबाट सभासद् भएका हुन् । खेलाडी संगीना वैद्यले भनिन्-'सबल युवा नेतृत्वका रूपमा गगनको  उपस्थितिले मलाई आकषिर्त गरेको हो ।' वि.स.. २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा जन्मिएका गगनको वाल्यकालको केही समय सिन्धुपाल्चोकमा वितेको थियो ।  गगन कार्यक्रमहरूमा भिन्न-भिन्न गेटअपमा देखिन्छन् । 'मलाई उनको पर्सनालिटी मनपर्छ'  सभासद सपना मल्ल प्रधानले भनिन्- 'काम गर्ने शैली पनि आकर्षक छ ।'  नायिका कृति भट्टराई, खेलाडी आयशा शाक्य, गायिका आस्था बी, मल्लिका कार्की, सुवानी मोक्तान, नायिका नम्रता श्रेष्ठ आदिले गगनको व्यक्तित्वको खुलेर प्रशंसा गरे ।



३ राजेश हमाल

नेपाली चलचित्र उद्योगका सर्वाधिक चर्चित कलाकारको परिचय बनाएका राजेश हमाल पर्दामा मात्र होइन् पर्दा बाहिर पनि उत्तिकै लोकपि्रय छन् । साप्ताहिकको सर्वेक्षणका  क्रममा गत वर्ष पहिलो स्थानमा रहेका नायक हमाल यो वर्ष नम्बर तीनमा पुगे । पाल्पा, तानसेनमा सन् १९६४ जुन ९ तारिखमा जन्मिएका हमालको तर्कसंगत संवाद  शैलीले उनलाई बौद्धिक व्यक्तित्व बनाएको हो । २०४६ सालमा चलचित्र युगदेखि युगसम्मबाट चलचित्र करियर प्रारम्भ गरेका राजेशले यो क्षेत्रमा दुई दशक पूरा गरिसके का छन् । नयाँ दिल्लीमा रहँदा उनको आकर्षक शारीरिक बनावट देखेर त्यहाँको लोकपि्रय म्यागेजिन फेसनेटमा आवरण तस्बिर छापिएपछि उनको मोडलिङ यात्रा प्रारम्भ  भएको थियो । सन् १९८६ मा नेपालमा पहिलोपटक र्‍याम्पमा उत्रिएका राजेश हमालले अहिलेसम्म २ सय ५०  भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । राजेशले  चण्डीगढस्थित पंजाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरे पछि मोडलिङ र अभिनयमा करियर बनाउने निर्णय गरेका थिए । साप्ताहिकको सर्वेक्षणका  क्रममा सभासद सपना मल्ल प्रधान, गायिका मल्लिका कार्की, मोडल बेबी थापा, खेलाडी आयशा शाक्य, गायिका आस्था बी आदिले हमालको व्यक्तित्वको प्रशंसा गरेका  थिए । 'राजेश हमाल जस्तो लोकपि्रय व्यक्ति मैले अहिले सम्म देखेको छैन' गायिका मल्लिका कार्कीले भनिन्- 'उहाँको शारीरिक संरचना पनि उत्तिकै आकर्षक छ ।'



४ निमा रुम्बा

निमा रुम्बा नेपाली पप संगीतमा सर्वाधिक आकर्षक गायकका रूपमा चिनिन्छन् । वेष्टर्न शैलीको गेटअप तथा रक पप प्यार्टनका म्युजिकले पनि उनी नेपाली युवा मनको  ढुकढुकी बन्न पुगेका हुन् । मिस क्याटवाक गीतबाट जमेका निमा त्यसयता निरन्तर नेपाली संगीतमा क्रियाशील छन् । साप्ताहिकको सर्वेक्षणका क्रममा गतवर्षको चौथो  स्थानलाई निमाले यो वर्ष पनि गुम्न दिएनन् । निमाको सबैभन्दा आकर्षक पक्ष भनेकै उनको पर्फर्मेन्सको छुट्टै शैली हो । 'जतिबेला निमा स्टेजमा उत्रिएर गीत प्रस्तुत गर्न  थाल्छन्, त्यसबेला युवतीहरू भुतुक्कै हुन्छन् ।' गायिका आस्थाबिले भनिन्- 'उनीसँग सबैलाई आकषिर्त गर्ने क्षमता छ, व्यक्तित्व पनि त्यतिकै आकर्षक छ ।' निमाको गीत  गाउने शैलीले मेरो मन जितेको छ, नायिका नम्रता श्रेष्ठले बताइन् । निमा आकर्षक नेपाली पुरुषहरूमा आइकन नै हुन्, उनको स्टाइलिस छवि जमेको छ, पूर्व मिसनेपाल उषा खड्गीले भनिन्, ह्याटको ट्रेन्ड निमाले नै चलाएका हुन् ।



५ पारस खड्का

पारस खड्का साप्ताहिकको यो सर्वेक्षणमा यो वर्ष न्यु कमरका रूपमा देखिएका छन् । नेपाली क्रिकेटका कप्तान पारस खेल मैदानमा मात्र होइन्, शारिरिक रूपमा पनि  उत्तिकै फिट देखिन्छन् । उनको व्यक्तित्वको प्रशंसा गर्नेहरू धेरै छन् । सर्वेक्षणमा पाँचौ स्थान हासिल गरेका पारस हेन्डसम भएको महिलाहरूको प्रतिक्रिया थियो ।  विज्ञापनमा समेत देखिएका पारसले अहिले नेपाली क्रिकेट टिमलाई फेरी अन्तराष्ट्रिय प्रतिस्पर्धामा सफल बनाउने अभिभारा बोकेका छन् । 'पारस खेलाडीका रूपमा मात्र  होइन व्यक्तित्वका दृष्टिकोणले पनि उत्तिकै आर्कषक छन्' खेलाडी आयशा शाक्यले भनिन्- 'पारस हेन्डसम भएकैले उनले विज्ञापन र मोडलिङमा अवसर पाएका छन् ।'  गायिका सुवानी मोक्तान, मल्लिका कार्की, फेसन डिजाइनर शैलजा अधिकारी आदिले पारसको प्रशंसा गरे ।



६ हरिवंश आचार्य

हरिवंश आचार्यको परिचय हास्य अभिनेता मात्र होइन बहुप्रतिभाशाली कलाकारका रूपमा छ । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई नेपाली कला जगतमा सबैभन्दा  सम्मानित व्यक्तित्वका रुपमा लिइन्छ । गत वर्ष नम्बर ५ मा रहेका हरिवंश यो वर्ष नम्बर ६ मा पुगेका छन् । हरिवंश आचार्यको आकर्षक व्यक्तित्व र बहुभूमिकामा  स्मरणीय अभिनय गरेको कुरा सर्वेक्षणमा सहभागीहरूले बताए । चलचित्रको नायक, खलनायक, संवाद लेखन, निर्देशन, गायन सबै विधामा अब्बल हरिवंश विगत तीन  दशक देखि निरन्तर कला क्षेत्रमा छन् । फरक चरित्रमा देखिन सक्नु हरिवंशको विशेषता हो । मदनकृष्ण श्रेष्ठसँगको सहकार्य अघि उनले ६ वर्ष एक्लै संघर्ष गरेका थिए ।  २०३७ साल वैशाख १४ गते पहिलो पटक उनीहरू एउटै मञ्चमा देखिए । 'मह' को नामबाट जोडिएको उनीहरूको सहकार्य नेपाली हास्य कलाकारिताका लागि धेरैको  आदर्श बनेको छ । 'उहाँको आकर्षक शारीरिक व्यक्तित्वले अभिनय कलालाई पनि साथ दिएको छ' गायिका कोमल वलिले भनिन्- 'त्यसैले सबै प्रकारको गेटअपमा उहाँ  आकर्षक देखिनुहुन्छ ।' खेलाडि संगीना वैद्य, रेडियोकर्मी प्रतिमा श्रेष्ठ, नायिका कृति भट्टराई, पत्रकार बबिता बस्नेत आदिले हरिवंशको नाम आकर्षक पुरुषका रूपमा  सिफारिश गरे ।



७ डा. बाबुराम भट्टराई

यो वर्ष बाबुराम भट्टराई एक खुडि्कलो माथि चढेका छन् । यसपटकको सर्वेक्षणमा सातौं स्थानमा आएका डा. भट्टराईको व्यक्तित्वका सम्बन्धमा सहभागीहरूले राम्रो  प्रतिक्रिया जनाए । डा. भट्टराई व्यक्तित्व र बौद्धिकताको संगम भएको उनीहरूको प्रतिक्रिया थियो । विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययनका क्रममा कहिल्यै दोस्रो  नभएका डा. बाबुराम राजनैतिक जीवनमा भने पहिलो हुन सकेका छैनन् । ०२६ को एसएलसीमा बोर्ड प्रथम भएका डा. भट्टराईले द नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड  रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधी गरेका थिए । पछिल्लो समयमा अर्थमन्त्री रहँदा उनको लोकपि्रयता अझ बढेको थियो । जीवनको छैटौं दशकमा पनि  उनको शारीरिक सक्रियता अर्को आकर्षक पक्ष हो । 'डा. बाबुराम भट्टराईसँग नजिक बसेर काम गर्दा उहाँको व्यक्तित्वले मलाई आकषिर्त गरेको छ । उहाँ देशलाई  चाहिएको व्यक्ति हो,' सभासद सपना मल्ल प्रधानले भनिन्- 'मलाई उहाँको काम गर्ने शैली पनि राम्रो लाग्छ । खेलाडी संगीना वैद्य, मोडल बेबि थापा, सभासद गायत्री  शाह आदिले पनि डा. भट्टराईको पर्सनालिटीको प्रसंशा गरे ।



८ अनिल शाह

आकर्षक व्यक्तित्वका अनिल शाह गत वर्षको सर्वेक्षणमा नम्बर ७ मा थिए भने यो वर्ष नम्बर ८ मा छन् । सर्वाधिक सफल नेपाली बैंकर्सका रूपमा परिचित अनिललाई  टल फिगरका कारण सहभागीहरूले हेन्डसमको संज्ञा दिए । तत्कालिन गि्रन्डलेज बैंक अर्थात् हालको स्ट्यान्डर्ड चार्टर बैंकबाट करियर विकास गरेका शाहले नबिल बैंकमा  महाप्रबन्धकका रूपमा प्रवेश गरेका थिए । स्ट्यान्डर्ड चार्टर बैंकबाट बैंकिङ बुझेका शाहले त्यसपछि निरन्तर माथिल्लो स्थान बनाउँदै गए । विदेशी लगानी रहेको नविल वैंकमा उनी पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए । नबिल बैंकको सञ्जाल फैलाउन अनिलको भूमिका महत्वपूर्ण मानिन्छ । अनिल हाल मेगा बैंकको  नेतृत्व गरिरहेका छन् । सर्वेक्षणका क्रममा फिट एन्ड फाइन ड्रेसमा प्रस्तुत हुने अनिलको हिस्सी परेको अनुहारको प्रशंसा धेरैले गरे । उनको व्यक्तित्वले धेरैलाई प्रभावित  तुल्याउँछ, सञ्चारकर्मी बबिता बस्नेतले भनिन्- 'अनिल उत्कृष्ट व्यवस्थापकीय नेतृत्वको राम्रो उदाहरण हुन् ।' अनिल साहसी व्यक्ति भएकाले उनलाई रोजेको खेलाडी  संगीना वैद्यले बताइन् । अनिलले दिल्ली युनिभर्सिटीबाट फाइनान्स एन्ड मार्केटिङमा एमबीए तथा वासिङ्टन युनिभर्सिटीबाट इन्टरनेसनल बिजनेस फाइनान्समा बीबीए  गरेका छन् ।



८ डा.सञ्जीव उप्रेती

विश्वविद्यालयका प्राध्यापक, रंगकर्मी, स्तम्भकार, साहित्यकार आदि थुप्रै विधामा आफूलाई खरो रूपमा उभ्याउन सफल सञ्जीव उप्रेतीको काया कुनै विदेशीको जस्तो  लाग्छ । उनी अंग्रेजी बोलिरहेका बेला धेरैले उनलाई विदेशी पनि मान्छन् । 'घनचक्कर' उपन्यासका यी सर्जकको कर्ली केश पनि धेरैका निम्ति आकर्षक मानिन्छ । अग्लो  कदका सञ्जीव सधैं केही न केही खोजिरहेको भानमा भौंतारिरहेका भेटिन्छन् । 'मलाई सञ्जीव उप्रेती अन्तर्राष्ट्रिय स्तरका आकर्षक पुरुष लाग्छन्,' गायिका कोमल वलीले  भनिन्- 'उनी शारीरिक रूपमा मात्र होइन, लेखनका दृष्टिकोणले पनि अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्व हुन् ।' सञ्जीव रंगकर्मीका रूपमा पनि उत्तिकै सफल छन् । थिएटरमा  उनको अभिनयको पनि सहभागीहरूले प्रशंसा गरे । उनको नियमित लेख तथा सौम्य व्यक्तित्वको पनि सबैले प्रशंसा गरेका थिए । सञ्जीव साप्ताहिकको यो सर्वेक्षणमा  आठौं स्थानमा छन् ।



८ कमल थापा

राजनैतिक रूपमा पाश्र्वमा धकेलिए पनि कमल थापाको शारिरिक व्यक्तित्वका प्रशंसकहरू धेरै छन् । साप्ताहिक सर्वेक्षणका क्रममा नवौं स्थानमा रहेका कमल थापाको  व्यक्तित्व र वाकपटुताको धेरैले प्रशंसा गरे । 'म कमल थापाको शारिरिक तथा बौद्धिक दुवै व्यक्तित्वबाट प्रभावित छु,' फेसन डिजाइनर शैलजा अधिकारीले भनिन्- 'उहाँको  शारिरिक संरचना नै गजबको छ, फिटनेसमा ध्यान दिनुहुन्छ, यस्तो व्यक्तित्वलाई जस्तो पहिरन पनि सुहाउँछ ।' गायिका कोमल वलि, मोडल बेबी थापा, नायिका कृति भट्टराई आदिले कमल थापालाई आकर्षक पुरुषको सूचीमा उभ्याएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा टेनिस खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत  सफल थापा खेलकै कारण फिट देखिएका हुन् ।



९ डा भोला रिजाल

पेसाले स्त्रीरोग विशेषज्ञ भए पनि डा. भोला रिजालका अन्य थुप्रै परिचय छन् । उनी गीतकार, संगीतकार तथा गायकका रूपमा चिनिन्छन् । नेपाली चलचित्रका निर्माता,  गीति चलचित्रका कथाकार, समाजसेवी आदि क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । डा. भोला रिजाल भन्नेबित्तिकै केश फुलेको, हिस्सी परेको गोरो चिटिक्क अनुहार अगाडि  आउँछ । हजारौं रोगीको सेवा गरेका रिजाललाई महिलाहरूले निकै माया गर्दा रहेछन् भन्ने कुरा सर्वेक्षणमा देखियो । 'उहाँको ह्वाइट हेयरले धेरैलाई आकषिर्त गर्छ,' पूर्व  मिस नेपाल उषा खड्गीले भनिन्- 'अहिलेसम्म पनि सक्रिय उहाँको व्यवहार र व्यक्तित्वले मलाई सधैं आकषिर्त गरेको छ ।' सभासद् गायत्री शाह, मोडल बेबी थापा,  नायिका कृति भट्टराई आदिले भोला रिजालको बहुआयामिक व्यक्तित्वको प्रशंसा गरे । उमेरले ६ दशक नाघे पनि डा. रिजाल अझै पनि योङ देखिने कृति भट्टराईको  प्रतिक्रिया थियो ।



१० प्रशान्त ताम्राकार

प्रशान्त ताम्राकार पहिलो पुस्ताको मोडलका रूपमा चिनिन्छन् । अहिले पनि नेपालमा अन्तर्राष्ट्रियस्तरको मोडल को छ ? भनेर खोजियो भने सबैले प्रशान्त ताम्राकारकै  नाम लिन्छन् । साप्ताहिकको सर्वेक्षणका क्रममा पनि आकर्षक नेपाली मोडलको नाम लिने क्रममा प्रशान्त ताम्राकारको नाम धेरैले लिए । अग्ला प्रशान्त झट्ट हेर्दा नै  वास्तविक 'हिरो' लाग्छन् । मोडलपछि कोरियोग्राफर र इभेन्ट म्यानेजरका रूपमा परिचय बनाएका प्रशान्त १६ वर्ष लामो मोडलिङ करियरपछि एउटा चलचित्रमा नायकका  रूपमा देखा पर्दैछन् । चलचित्र गुडबाईमा अभिनय गरेका प्रशान्त नेपाली चलचित्र निर्माणमा नयाँ शैली आएकाले नायक बन्न तयार भएको बताउँछन् । 'प्रशान्त टप मो डल हुन्, उनी आकर्षक पुरुषको सूचीमा आउनुपर्छ ।' पूर्व मिस नेपाल उषा खड्गीले भनिन्- 'मोडल भन्न लायक उहाँ नै हो ।' फेसन डिजाइनर शैलजा अधिकारीले पनि  उषा खड्गीको भनाइलाई साथ दिँदै भनिन्- 'प्रशान्त आकर्षक नेपाली पुरुषको सूचीमा अग्रपंक्तिमा पर्छन् ।' नायिका नम्रता श्रेष्ठले पनि उनलाई मत दिएकी थिइन् । यो वर्ष उनी पहिलो पटक नम्बर दसमा अटाएका हुन् ।