Tuesday, March 22, 2011

पारससँग बयान सुरु, रुबेलले बयान फेरे


रुबेलले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने

सुवास पण्डित
८ चैत्र, चितवन । बंगलादेशी नागरिक रुबेल चौधरीलाई गोली चलाएको अभियोगमा सार्बजनिक मुद्दा खेपेका पूर्वयुवराज पारस शाह मंगलबार चितवन जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनु भएको छ । उहाँ दलबलका साथ बा १ च ५६२४ नम्बरको गाडीबाट १२ बजेर ३६ मिनेटमा जिल्ला प्रशासन कार्यालय पुग्नु भएको हो ।
पारसलाई आँपटारीमा जम्मा भएका सयौं समर्थकहरुले गाडी र मोटरसाइकलको बीचमा पारेर जिल्ला प्रशासन कार्यालयसम्म पुर्‍याएका थिए । जिल्ला प्रशासन कार्यालय बाहिर जम्मा भएका पारसका समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘रुबेललाई फाँसी दे,’ जस्ता नारा लगाइरहेका छन् ।
पूर्वयुवराज पारसले चौधरीलाई चितवनको मेघौलीस्थित टाईगरटप्स होटलमा गत मंसिर २५ गते गोली चलाएको र सार्बजनिकस्थलमा होहल्ला गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा सार्बजनिक अपराध ऐन अन्तर्गतको मुद्दा चलाइएको छ ।
रुबेलले बयान फेरे
यसैबीच टाईगरटप्स गोलीकाण्डमा मुछिएका बंगलादेशी नागरिक रुवेल चौधरीले जिल्ला प्रसासन कार्यालय चितवनमा आज बयान फेर्नु भएको छ । बिहान साढे १० बजे दलबलका साथ प्रशासन कार्यालय पुग्नु भएका चौधरीले चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमसमक्ष बयान दिँदै आफूमाथि गोली चलाउने व्यक्तिलाई नचिनेको बयान दिनु भएको हो ।
‘पारसको हातमा बन्दुक थियो तर म माथि कस्ले गोली चलायो थाहा भएन,’ घटनाको मुख्य साक्षीको रुपमा वादीको तर्फबाट बयान दिँदै चौधरीले भन्नुभयो । उहाँले पारससँग आफ्नो कुनै दुश्मनी नभएको पनि बयान दिनुभएको थियो ।
‘होटलमा सामान्य भनाभन भएको थियो । मैले यसलाई कानुनी दायरामा ल्याउन चाहेको थिइनँ,’ चौधरीले भन्नुभयो । उहाँले घटनाबारे काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराउने उहाँका वकिलहरुले जानकारी दिएका छन् ।
गोलीकाण्ड भएको भोलीपल्ट उहाँले संचारकर्मी माझ पारसले आफूलाई लक्षित गरी हवाई फायरिङ गरेको तर भगवानले बचाएको बताउनु भएको थियो । अहिले ‘भनाभन मात्रै भएको’ भनेर बयान दिनु आफू मुद्दामा फँस्ने डरले आएको अभिव्यक्तिको रुपमा लिइएको छ । चौधरी कांगे्रस नेतृ सुजाता कोइरालाको छोरी ज्वाई हुनुहुन्छ ।
मुद्दाको पेशी सर्ने
मुद्दाको फैसला मंगलबार हुने सम्भावना कम रहेको छ । सम्भवत मुद्दाको अर्को पेशी आउँदो १८ गते तोकिने वकीलहरुले जानकारी दिएका छन् । सन्चारकर्मी र सर्बसाधारणको जिल्ला प्रशासन कार्यालय भरतपुरमा भीड लागेको छ ।
पारसको पक्षमा चितवनका वकिल शिवबहादुर पाण्डे, वुद्धि गौतम, चुडामणि सापकोटा, काठमाडौंका गणेश केसी, श्रीप्रसाद पण्डित, विष्णु भटट्राई, हिरा रेग्मीले बहस गरिसक्नु भएको छ । चौधरीमाथि फायरिङ गर्दै सार्बजनिक स्थानमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज शाहलाई गत पुस १ गते १० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो ।

Monday, March 21, 2011

गिरिजाको शालिक शिलन्यासमा अवरोध

काठमाडौ, चैत्र ७ - कांग्रेसका स्वर्गीय पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शालिक शिलन्यास कार्यक्रममा महाराजगंज स्थित शंकपार्कका स्थानीयवासीले अवरोध पछि कार्यक्रम स्थगित गरिएको छ । यद्यपी कोइरालाको सम्झनामा श्रद्धान्जली सभा कार्यक्रम  भने गरिएको छ ।
सभालाई सभामुख सवास नेम्बाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले कोइरालाको वार्षिक पुन्य तिथिमा पार्कभित्र शालिक शिलन्यास गर्ने कार्यक्रम राखेको थियो ।
सोमबार बिहान कार्यकर्ता सहित शालिक शिलन्यासका लागि पुगेका कांग्रेस नेताहरुलाई स्थानीय वासीले अवरोध पुरयाए पछि केहीबेर तनाब उत्पन्न भएको थियो । स्थानीय वासीले दल विशेषको नेताको शालिक बनाउन नपाइने भन्दै विरोध जनाएका थिए । उनीहरुले शालिक शिलन्यासका लागि खनिएको खाल्डो समेत पुरिदिएका थिए ।
सार्वजनिक स्थललाई दलका नेताको नाम दिन नसकिने भन्दै उनीहरुले आफूहरुलाई जानकारी नगराई शालिक निर्माणको निर्णय गरिएकोमा रोष प्रकट गरे ।
दुई सयको संख्यामा रहेको कांग्रेसको कार्यकर्ता र एक सयको संख्यामा रहेका स्थानीयबीच  झडपको सम्भावना बढेपछि प्रहरी सुरक्षा सतकर्ता समेत अपनाइएको थियो ।

Sunday, March 20, 2011

स्थानीयको अवरोधले कोइरालाको शालिक शिलान्यास स्थगित


७ चैत्र, काठमाडौं । स्थानीयबासीको अवरोधले काठमाडौंको शंखपार्कमा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको पूर्णकदको शालिक शिलान्यास कार्यक्रम स्थगित भएको छ ।
नेपाली कांग्रेसले कोइरालाको वार्षिक पूण्यतिथिको अवसरमा सोमबार विहान महाराजगन्ज शंखपार्कमा पूर्णकदको शालिक शिलान्यास कार्यक्रम तय गरेको थियो ।
कांग्रेसले शंखपार्कको नाम परिवर्तन गरी ‘गिरीजा प्रसाद कोइराला शान्ति पार्क’ नामाकरण गर्न खोजेपछि पार्क व्यवस्थापन समिति र स्थानीयले अवरोध पुर्‍याएका थिए । दल विशेष नेताको शालिक बनाउन नदिने भन्दै स्थानीयले अवरोध गरेपछि शालिक शिलान्यास कार्यक्रम स्थगित भएको महाराजगन्ज प्रहरीले जनाएको छ ।
शालिक शिलान्यास स्थगित गरी श्रद्धान्जलीसभा मात्र गरी कांग्रेस कार्यकताहरु फर्किएका थिए ।

राष्ट्रघात गर्दैछु म

नकुल गौतम
म एउटा ग्रामीण नेपाली ठिटो, आफ्नै पेशा र कर्मले आफैबाट राष्ट्रघातको महसुस गरिएला भनेर सोचेको पनि थिइनँ। दुई छाक खाना कै लागि आफ्नै छाति पोल्ने कृयाकलाप गर्नु पर्नेछ भनेर सोच्नु टाढाको कुरा थियो।
गुल्मीको ग्रामीण परिवेशमा हुर्केर राष्ट्र र राष्ट्रिय भावनाले प्रेरित थिएँ म। चिकित्सा शास्त्र अध्ययन संस्थानको मध्यमस्तरीय चिकित्सा विज्ञानको अध्ययन पूरा गरी नेपालको सरकारी सेवामा प्रवेश गरेको थिएँ आजभन्दा करिब २३ वर्ष अगाडि। तर हाम्रोमा पहुँच नहुनेले जागीर खान अप्ठ्यारो रहेछ। सरकारी जागीरको १५ वर्षमा चार विकास क्षेत्र, दर्जन भन्दा बढी जिल्ला र बीसौं स्वास्थ्य संस्थामा धपाइनुको पीडाले अन्तिममा राजीनामा दिएर स्वतन्त्र रहन नै उचित लागेर छोडिदिएँ सरकारी जागीर। तर दुर्भाग्य, केही त गर्नै पर्ने रहेछ।

अनि लागियो कन्सल्टेन्सीका नाममा विभिन्न क्षेत्रको अध्ययन, अनुसन्धान, सूचना संकलन र देशभित्रका महत्वपूर्ण सूचनाहरु दुई छाक खान कै लागि, पैसाकै लागि प्रतिबेदनको रुपमा विभिन्न दातृ निकाय (डोनर एजेन्सी) मा पेश गर्नु पर्ने अनौठो राष्ट्रिय अस्मिताको बिक्री वितरणको खेलमा।
आज हाम्रो देशका बौद्धिक भनाउँदाहरु, सरकारका उच्च ओहोदाका अवकाशप्राप्त विद्वान कर्मचारीहरु र विभिन्न विधामा पीएचडी गरेका विशेषज्ञहरुको प्यारो पेसा हो कन्सल्टेन्सी। पैसाकै लागि देशका कुनाकन्दरामा पुगेर अनुसन्धानको नाममा ग्रामीण क्षेत्रको कृषि प्रणाली, प्राकृतिक सम्पदा, धर्म, संस्कृति ,परम्परागत चालचलन, ब्यवहार, भेषभुषा, रहनसहन, लैंगिक भावना, भौगोलिक अवस्था, श्रोत साधन, यातायातको पहुँच, व्यक्तिगत आय, आम्दानीको श्रोत, बसाई सराइ ,शैक्षिक अवस्था (साक्षर/ निरक्षर) ,माटोको अवस्था, स्वास्थ्य, हावापानी, तापक्रम , वर्षा, प्राकृतिक विपत्ति, मानवीय हिंसा, अपराधका घटना, जिल्ला र केन्द्र स्तरीय सरकारी कार्यालयका कृयाकलाप, क्षमता, कार्ययोजना, रणनीति लगायत विभिन्न पक्षमा अध्ययन प्रतिवेदन तयार गरी विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायलाई बुझाइँदैछ। राष्ट्रका सूचना बेचेर कमाएको पैसा हाम्रा विद्धानहरुका लागि शान र मानको विषय बनेको छ।. तर दुई छाक खानाकै लागि म आफै पनि बौद्धिक राष्ट्रघातको अभियानमा संलग्न हुनु पर्दा कता कता लागिरहेछ- राष्ट्रघात गर्दैछु म।
हाम्रा बिद्धानहरुलाई बिनम्र आग्रह छ राष्ट्रिय सूचना बेचेर डलर कमाऊन होइन आफ्नै बुद्धि बिबेकबाट देश बनाउनतिर लागे ४०/४५ वर्ष अगाडि गुन्डाराज रहेको सिंगापुर आज प्रति ब्यक्ति आय चालीस हजार डलरमा पुगे जस्तै हामी पनि केही अगाडि बढ्न सक्थ्यौं कि ?
मलाई लाग्छ जसरी राजनीतीमा नैतिकता र कर्मचारीमा ब्याबसायिकता अत्यन्त आवश्यक छ, त्यसैगरी हाम्रा बौद्धिकहरुमा राष्ट्रियता अनिवार्य शर्त हुन पर्ने वा नपर्ने प्रश्न गर्ने बेला आएको छ। आज देशका पचासौं लाख युवा तथा उर्बरा जनशक्ति अदक्ष कामदारको रुपमा बिदेशी भूमिमा रगत र पसिना बगाउँदै छन् तिनै नेपाली आमाका निरपराध सपुतले विदेशी भूमिमा बगाएको रगत र पसिनाबाट प्राप्त पैसामा लाजै नमानी गर्व गर्दैछन् हाम्रा आर्थिक नीति निर्माताहरू। के हाम्रा राजनैतिक र बौद्धिक वर्गलाई देशका युवा तथा उर्बरा जनशक्तिले बिदेशी भूमिमा बगाउन बाध्य भएको रगत र पसिनाले पोल्दैन? यी युवा नेपाली आमाका निरपराध सपुत देशका उर्बरा जनशक्तिलाई आफ्नै देशमा परिचालन गराउनतर्फ बौद्धिक वर्गको भूमिका के?
आज हाम्रा बौद्धिक वर्ग,राजनैतिक ब्यक्ती तथा सरकारका उच्च ओहोदाका बिद्धान कर्मचारी हरु र विभिन्न विधामा विशेषज्ञता प्राप्त गरेकाहरुको सबैभन्दा प्यारो वस्तु नगद भएको छ।
सरकारका उच्च ओहोदाका बिद्धान कर्मचारीहरु र राष्ट्रिय सूचनाको डकुमेन्टरी खेतीलाई नगदमा परिणत गर्ने बिभिन्न बिधामा विशेषज्ञता प्राप्त गरेकाहरुको कलाले हामीलाई कहाँ पुर्‍याउने होला, एकपटक सबैले घोरिएर सोच्ने बेला आएको छ।
अन्तमा,हाम्रो देशका बौद्धिक बर्ग,राजनैतिक ब्यक्ती तथा उच्च ओहोदाका बिद्धान कर्मचारी महानुभावहरु मेरो बिनम्र आग्रह छ- राष्ट्र र राष्ट्रियता नारामा होइन, ब्यबहारमा प्रयोग गरौँ र बौद्धिक राष्ट्रघातबाट देशलाई बचाऊँ।

'खुर्सानी माइला' जेल चलान


खुर्सानी माइला चिरन्जीवी वाग्लेलाई जेल लाँदै। फोटोः रोयटर्स

सर्वसाधारणको नजरमा उनी उहिलेदेखि नै भ्रष्टाचारी थिए। तर हिजो सर्वोच्चले कानुनी रुपमा नै भ्रष्टाचारी ठहर गरेका खुर्सानी माइला अर्थात् पूर्वमन्त्री तथा काँग्रेस नेता चिरन्जीवी वाग्ले अहिले डिल्लीबजारको जेलमा छन्। उनलाई आज प्रहरीले उनको घरबाटै पक्रेर जेल पुर्‍याएका हुन्। सर्वोच्चको फैसला अनुसार उनले अब आजको रातसमेत गरी अझै १ वर्ष ४ महिना २५ रात जेलमा बिताउनु पर्नेछ।

उनलाई पक्राउ गरी जेल चलान गर्नु पनि ठूलै कुरा भो। किनभने यसअघि कानुनलाई लोप्पा ख्वाउँदै उनी खुल्लमखुल्ला हिँडेका थिए। प्रक्रियागत रुपमा उनी विशेष अदालतले दोषी ठहर गरे लगत्तै नै पक्राउ गरी जेलमा पर्नु पर्ने थियो। तर परेनन्। पछि उनले सर्वोच्चमा मुद्दा हाले। सर्वोच्चले फैसला गर्न लामो समय लगाउँदा उनी झन् ढुक्क भए। भ्रष्ट छवि नबनाएका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको इजलासले हिजोको जस्तो फैसला गर्ला भनेर शायद उनले सोचेका थिएनन्। यो फैसलासँगै गोविन्दराज जोशी, खुमबहादुर खड्का जस्ता चर्चित भ्रष्टाचारको मुद्दाका अभियुक्तहरु तर्सन थालिसकेका छन्। हिजोको फैसलापछि पनि उनी पक्राउ पर्ने हुन् कि हैनन् भन्ने शंका सर्वसाधारणले गरेका थिए। सर्वोच्चको फैसलाको प्रति काठमाडौँ जिल्ला अदालत पुगेर कानुनी प्रक्रिया सकिएपछि बल्ल उनलाई जेल चलान गर्नुपर्ने हुनाले आजै त्यस्तो नहोला कि भन्ने अनुमान केहीको थियो। वाग्लेले पनि सुरुमा त आलटाल गरेकै हुन् आफ्नो घरमा आएका सर्वोच्चका कर्मचारीसित। तर प्रहरीले उनलाई घरबाट पक्रेर काठमाडौँ जिल्ला अदालत पुर्‍याएर विभिन्न कागजातमा सहीछाप गरायो। जेल जानु पर्ने नै भएपछि उनले अदालत कै फोनबाट घरमा फोन गरेर आफ्ना लागि जेलमा खानेकुरा पुर्‍याइदिन अह्राए। त्यसपछि उनलाई प्रहरीले डिल्लीबजारको जेल पुर्‍यायो।
सर्वोच्चको फैसला अन्तिम हुने भएकोले उनले १ वर्ष ४ महिना २५ दिन जेलमा बिताउनुको विकल्प छैन।
के भन्छन् वाग्ले ?
आफूविरुद्ध फैसला भएकै दिन बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले मेरो छोरा बुहारीले व्यवसाय गरी पैसा कमाउन पनि नपाउने ? ममाथि घोर अन्यायपूर्ण फैसला भयो भनेका थिए। अन्तर्वार्ता सुन्नुस्। तर उनले जतिसुकै अन्यायपूर्ण फैसला भए पनि त्यसलाई मान्नुको विकल्प नभएको पनि बताएका थिए। आज जेल जानुअघि भने उनले फैसलालाई कानुनको उपहास भन्दै हतियार नउठाउने तर शान्तिपूर्ण प्रतिरोध गर्ने बताए। एउटा अर्को तीतो सत्य पनि पोखे उनले- अदालतमा पनि भ्रष्टाचार हुन्छ, तपाईँहरुको मिडिया पनि हुन्छ मलाई थाहा छ।
नेपालमा आफूलाई अप्ठेरो पर्दा राष्ट्रवादी देखाउने चलन छ। वाग्लेले पनि त्यही गरे। हिजोको अन्तर्वार्तामा र आज पनि उनले त्यस्तै आशय पोखे। विदेशीको अगाडि झुकिनँ, नेताहरुको अगाडि झुकिनँ त्यही भएर यस्तो भएको भनी उनले भने।
अब कसको पालो ?
अर्का कांग्रेस नेता गोविन्दराज जोशीको स्रोत नखुलेको सम्पत्ति ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपियाँबराबर रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। तर विशेष अदालतले भ्रष्टाचार हो कि हैन भन्ने मुद्दाको तथ्यमा प्रवेशै नगरी पद छाडेको एक वर्षभित्र मुद्दा दर्ता नभएको भन्दै मुद्दै खारेज गरिदियो। अख्तियारले यसविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेको थियो। विशेष अदालतको त्यो फैसलालाई चार वर्षपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश कृष्णप्रसाद उपाध्यायको बेञ्चले गएको मंसिर २६ मा ‘त्रुटिपूर्ण र असान्दर्भिक’ भनेको छ र गोविन्दराज जोशीलाई झिकाउने आदेश पनि दिइसकेको छ। न्यायालयले फेरि अर्को यस्तै फैसला गर्‍यो भने पालो सबैभन्दा पहिला गोविन्दराज जोशीको आउने देखिन्छ।
हदम्यादको प्रावधानलाई टेकेर विशेष अदालतले मुद्दा खारेज गरिदिएका अन्य मुद्दाहरुको पनि सर्वोच्चमा सुनुवाई हुनेछ। हदम्यादका कारण यी व्यक्तिहरुको मुद्दा विशेष अदालतले खारेज गरेको थियो- नेपाल प्रहरीका दुई अवकाशप्राप्त महानिरीक्षकहरू अच्युतकृष्ण खरेल र मोतीलाल बोहरा।पूर्वसचिव पदमप्रसाद पोखरेल, पूर्वमन्त्री रवीन्द्रनाथ शर्मा (मरिसके), पूर्वसहसचिव अरुणकुमार रञ्जितकार, सावित्री राजभण्डारी आदि।
आशाको अर्को किरण
कानुन कार्यान्वयन सही ढंगले हुने हो भने गैर कानुनी रुपमा सम्पति थुपार्नेहरुको टाउकोमा बज्रने एउटा अर्को कानुन बन्दैछ। व्यवस्थापिका–संसदको आजको बैठकमा ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (पहिलो संशोधन) विधेयक, २०६७ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पास भएर कानुन बनेपछि बलजफ्ती चन्दा, अपहरण, फिरौती, भ्रष्टाचार, लागू पदार्थको कारोबार, विदेशी पैसाको अपचलनजस्ता गैरकानुनी धन्धाबाट पैसा थुपार्नेहरुमाथि छानबिन गरी कारबाही गर्न सजिलो हुनेछ।

  • romex
    नेपाल आमा,नेपाली जनता को रगत खाने यो सानो उडुस मा ho अझै ठुला जुका, ब्यaसो, कुकुर हरु जस्तै खड्का, जोशी, गुप्ता, बोहोरा, सिटौला, बाकी नै छ /
    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
  • bidur bharati
    के पी ओली र बिजय गच्छेदारको नाम लिने बितिकै मेरो संसारका सम्पादक समेत सातो गएछ, मेरो प्रतिकृया फालिदिए ।
    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
  • hari giri
    के.पी.ओलीसंग गृहमन्त्रि हुनु अघि २०/२५ लाखको सम्पति थिएन । अहिले नेपालका सब भन्दा ठुला दश ब्यापारीको भन्दा बढि सम्पति छ, कसले छानबिन गर्न सक्दछ ?
    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0
  • bidur bharati
    अरबौ अरबका मालिक तथा नेपालका सबै भन्दा धनि के.पी.ओली र बिजय गच्छेदारको बिरुद्ध आय आर्जनका स्रोतहरुको छानबिनको माग गरेर मुदा दायर गर्न सक्ने हिक्मत कसैसंग छैन । बिचार चिरन्जीवीलाई चै सिकार बनाए !
    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
  • prabin
    बल्ल कानुनले एकलाई गिरायो खासमा भन्नु पर्दा सबै जना उही दर्जाका नेत्त मन्त्रि हरु छन् हाम्रा देसमा ति सबैलाई खोर मा हाल्ने पर्छ अख्तियारले किन अरुली चै देखेको छैन खोज्नुपर्यो अनि हाल्नु पर्यो मैले अगडिनी भनेकै थिए हाम्रा नेपालका ६०%मन्त्रि नेत्ता राजनीतिक मा लग्नु पूर्व काठमानडु को अनुहार नदेखेको हरुको काठमाडौँ मा बिगाह बिगाह रोपनी जग्गा अ घर छ बैंक बैंक मा पैसा कसरि जम्मा हुन्छ भन्ने कुरा थाहा नपाउने हरुको स्विस बैंक मा खाता छ अनि भयेनाता हरिबिजोग अब विचार गर्नुस न कस्तो खालको मान्छे को नाममा बदर हरुले देस चलाएको रहेछन !!!!!!जे होस् यो नेत्तालाई येत्ति सजयेले पुग्दैन जन्म कैद गर्दा पनि पुग्दैन यी सबै नेत्ता मन्त्रि भनौदा हरुलाई धन्य बाद !!!!!!!!!!
    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0


    • Deep Tamu , Copenhagen
      देश र जनताको पसिना र रगत चुसेर मोटाउन खोज्नेको लागि केवल यतिमात्र सजाय अप्रयार्प्त जस्तो लाग्छ | यदि कडा कानुन भएको देशको कानुनको कल्पना गर्ने हो भने फांसी सिबाय अरु बिकल्प थिएन | जे होस् आशा गरौँ अब केहि होला निमुखा,गरिब नेपालीको हित र उत्थानको लागि ……….अस्तु |
      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1
    • Sabin
      के गर्छस मंगले आफ्नै ढंगले ….
      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1
    • kamal
      पूर्व मन्त्री अफ्ताफ आलम श्रम लाई पनि जाक्नु पर्छ .
      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0
    • ashakya
      “बल्ल पर्यो निरमाया माकुरी जालैमा।”
      सबै भ्रस्टाचारीहरु यसरीनै थुनीनु पर्छ ।
      यो गित बजीहनु पर्छ अनि हामी नाची रहनु पर्छ।
      “बल्ल पर्यो निरमाया माकुरी जालैमा।”
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1
    • प्रदीप
      देश र जनताको सेवा गर्न पठाएको मान्छेले आफ्नै घरपरिवारतिर बढ्ता जोड दिए पछी जेलमा चलन त गर्ने पर्यो नि… एक जना मात्र हैन भ्रस्टचारमा लादिएका सबै नेता हरुलाई हुल्नु पर्छ… हदै हुन्छ नि !!…देशलाई मात्र बिगारेका छैनन् यीनिहारुले जनतालाई समेत बिगारेका छन्… आ-आफ्ना दर र हैसियत आनुसार सबले maximum advantage लिन सिकेका छन्…..
      हुन अब यसरी.. छोड्नु हुदैन कसैलाई….
      भ्रस्टाचार हटाऔ …देश बनाऔ…
      जय नेपाल !!!!!
      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0
    • Kamal
      मन्त्रि जस्तो पदमा बसिसकेको ब्यक्तित्तोलाई जेल सजाए दिनु भनेको राम्रो कुरा त होइन तर बदमासी गर्नेको कुनैनकुनै दिन सजाए भोग्नु पर्छ (पाप धुरीबाट करायो) कुरामा बिश्वाश गर्ने हरुको लागि भने अब अलि आशा पलाएको छ / नत्र त कानुन कहिले थिएन र कानुन पनि थियो सजायेपनी दिदै र पाउदै आएकै थियो ठिक वा बेठिक ब्येक्तित्तो ले पायो त्यो त तिनै प्रहरी र नेपाल को न्यायालय चलाउने हरुलाइनै थाहा होला जे भएपनि यो पलाएको आशलाई अब हामि सबैले राम्ररी मलजल गर्नु पर्छ. हामीले सधै अरुकोलागी भनेर गर्छौ/
      जे सुकै भएपनि न्यायेपालिकको कदम लाइ सर्हाना गर्ने पर्छ तर येत्तिकैमा रोकिने हो भने खै के भन्नु/
      यो कार्यमा संग्लग्न सबैलाई धन्यवाद
      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0
    • srijana
      भ्रस्टाचार कसैले १०० को गर्छन होलान कसैले करोडको एती मात्र फरक छन | पिउन देखि हकिम्सम्मा ,सचिव देखि मन्त्रीसम्म सबैले गरेकाछन भ्रस्टाचार | अझ देशकै मन्नानिय पदमा विराजमान भएका उपरास्त्र प्रमुख नै हेर्नुश |सानोदेखि ठुलोसम्मा भ्रस्टाचार गर्ने हरुलाई येसरिनै जेलमा कोचेको हेर्न पाए नेपाल आमाको मन शन्ति हुन्थ्यो |
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1
      • uma
        सबै नेतालाई जेलमा कोचे पछि देश चै कसले चलाउने नि?
        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 27
        • shailesh
          उमा,अहिले चै के नै चलेको छ र देश? जसरि रक्सीले टिल्ल भएको ड्राइभरले चलाएको बसमा यात्रा गर्नु भन्दा पैदल हिडेकै बेश, त्यसरी नै भ्रस्ट नेताले चलाएको भन्दा आफै चलेको देश नै बेश.
          मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2
          • Dol Gurung (U K)
            खुर्सानी मैला को बल्ल दिन मै तारा देख्ने भयो! हुनुता हाम्रो जस्तो देशमा जे पनि हुन्छ !
            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
        • Dol Gurung
          तिमि पनि उएई दयांक को मुला जस्तो लग्यो तेरो बाबा पर्ने होकी क्या हो ! वाग्ले जस्तो घुस्य को साथ् दियको जस्तो लग्यो मलाई !
          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
        • srijana
          उमाजीले निकै खाए जस्तो छ |होसगर्नुस है उमाजी नत्र मेइला
          को जस्तै हाल होला |भ्रस्टहरु गए सच्चा देश्भाक्त्ति ले देश चलाउने छन्
          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1
    • Janak Nepal
      पहिलो कुरा >>> कुनै पनि ठूला बडा भनाउदाहरु पुरा समय कारागारमा बसेका छैनन्, न त पुरा जरिमाना नै तिरेका छन्, यस पटक पनि बिश्वास त लागेको छैन ….. दोस्रो कुरा >>> प्रधान न्यायधिस राम प्रसाद श्रेष्ट जस्तै सबै जिल्ला का न्यायधिस हुनु पर्छ … तेस्रो कुरा >>> राष्ट्रपति देखि गा. बि . स . सम्म का सबै लाई छानबिन गरि कारबाही हुनु पर्दछ …..
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 0
    • yam
      यो राम्रो सुरुव्हत हो/ एसको सराना गर्न पर्छा /
      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1
      • dhiraj
        यम जी तपाई ले भन्यको त ठिक हो तर नेपाल जस्तो बकाशउन्मुख देस मा एस्तो सुरवात धेरै भय १००% कमाऊ छन् अनि ५०% धरौटी राखेर जेल बाट छुट छन् अनि हाम्रो जस्तो नेपालीराजनीति पाटि मा भय का नेता हरु लै एस्तो कुरा पचि सक्यो जसले गर्दा नेपाल मा एसको लागि कडा भन्दा कडा कानुन बनाउन आवस्यक देखिन्छ
        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
        • Dol Gurung (U K)
          ह्र्नुस त् साथी हरु जो चोर उसको ठुलो सोर !!!!!!!!!!!!!!!!!!!
          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • बा बा मान्नै पर्छ हाम्रा चिरन्जिबी महान नेता लाई .घुस खाने पनि सम्मानका साथ र जेल जाने पनि आत्मा सम्मानका साथ !!!
            यो ठुलो प्रगति हो नेपालको कानुन बेबसाही हरुको लागि ,बदाई छ सबैलाई !!!
            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0
          • खुर्शानी माहिलो जेल बात निस्के पछी खुंखार नेता हुने भयोनी अरु जस्तै / तर जेल अलि थोरै भयो ठुलो नेता हुन् / ठुलो नेता हुनको लागि धेरै पटक जेल वा लामो सम्म बस्यो भने नेपाल मा ठुलो नेता भइन्छ / चाहे त्यो रगतको नाता बिगारेर जेल किन नपरोश वा मान्छे मारेर ,चोरेर वा कुनै बदमासी गरेर जेल बात निस्के पछी प्रजातन्त्रको लागि लडाई लड्दा मेरा बिरोदी हरुले जेल हालेको भन्ने भयोनी खुर्शानी माहिलो ले पनि / हाम्रा ठुठे नेताहरुले राणा र पन्चेलाई दोष दिएजस्तै / सहित पाठ्य पुस्तकमा पनि खुर्शानी माहिलो को नाम राख्न्ने होकी प्रजातन्त्र को हिमायती खुर्शानी माहिलो लाइ प्रजातन्त्र बिरोदी हरुले जेल मा राखेको जिबन कहानी /
            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3
          • Jagan(Japan)
            प्रधान न्यायाधिस राम प्रसाद श्रेष्ठज्यु तपाई ले सहि फैसला गर्नु भयो , यस्ता भ्रस्टचरी हरुलाई छिटो भन्दा छिटो कानुनी दायरमा ल्याउनु पर्यो,अरुहरुलाई पनि किन भने नराम्रो काम गर्ने लाई सजाय दिने तपाई हरुको काम हो ,तपाई कुनै राजनीतिको दबाव संग नडराउनु तपाईसंग सारा जनता संगै छन् | यस्ता भ्रस्टचारी हरुलाई जन्म कैद दिए आज राम्रो हुने थियो साढे एक वर्ष धेरै छोटो समय भयो ,कम्तिमा २० वर्ष …….,अबको संबिधानमा यस्ताहरु लाई फासी दिने कानुन हुनु पर्छ तब मात्त्र नेपाल आमाको सुनौलो अनुहार हेर्न पाउछ कि …………….
            मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1
          • निरञ्जन
            एकचोटि कान्तिपुर पत्रिकामा राउटेका मुखिया ऐनबाहादुर शाहीले भ्रष्टाचार गरेकोले राउटेहरु मिलेर उनलाई मुखियाबाट हटाए भन्ने समाचार पढ्न पाइएको थियो, नेपालमा सार्वजनिक पदमा बसेर भ्रष्टाचार नगर्ने कति होलान् ???
            मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0
          • Shiva(USA)
            जे भयो राम्रो भयो तर बाबु र छोरा लै सगै राख्नु पर्चा जेल मा पनि…..यो त बाबु को नाम मा देवेन्द्र वाग्ले ले गरेको बदमासी हो नि……..बाबु लै बिस वर्ष र छोरा लै चालिस वर्ष जेल मा राखेर सम्पूर्ण सम्पति राष्ट्र को नाम मा गर्नु पर्दै न र कि कसो त…………
            मुरी मुरी Dhanyadad नयदिस हरु लै…………
            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0
          • global watch
            एक समय पत्रिकामा पढेको थिंए, राउटेको मुखिया ऐेनबहादुर शाहीले राउटेले चन्दा मार्फत् पाएको रकम भ्रष्टाचार गरेको हुनाले राउटेहरुले मुखिया फेरे भनेर, नेपालमा कति होलान्, सार्वजनिक पदमा बसेर भ्रष्टाचार नगर्ने ?????????????????
            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
          • Raaz
            खुर्सानी मैला फेरी आफ्नै असली जीवनमा फर्किए !! खुशी को कुरा हो…अब चाही यिनले आफ्नो पुरानो खुर्सानी बेच्ने ब्यापार सुरु गर्नु parcha !! येसो गरे कसो होला माइला दाइ ??? सर्वोच् अदालतलाइ मुरी मुरी धन्यबाद र अरु भ्रस्टहरुलाई पनि येसरी नै जेल मा पठावोस भन्ने सुभकामना !!
            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0
          • Asman
            खुर्सानी मईला नभनेर चिरन्जिबी वाग्ले मात्रै भन्दा राम्रो हुन्थ्यो कि लेखक ज्यू / हुन त हाम्रो संस्कार नै कम्युनिष्ट भएर होला democratic लवज जान कठिन छ हामीलाई /
            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 10
            • K Paudel
              उनको गाउँघर तिर प्रचलित नाम खुर्सानी माइला भनेर लेख्दा कम्युनिष्ट भइनेरे ? माइसंसार ब्लग हो महासय यसमा अनौपचारिक र slang भाषानै बढी प्रयोग गर्ने प्रचलन छ |
              उसो त गैरकम्युनिष्ट मात्रै प्रजातान्त्रिक अनि कम्युनिष्ट चै अप्रजातान्त्रिक भन्ने बुझाइ पनि गैर कम्युनिष्टहरुको निजी बुझाइ मात्र हो |
              मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2
              • Asman
                मित्र माफ गर्नु होला मैले राजनीतिक कुरा गरेको होइन / राजनीतिक कुरा गर्ने हो भने त चिरन्जिबी वाग्ले पनि Democratic party ko leader हुन् / तर उनि पनि कम्युनिष्ट हुन् किनकि भ्रस्टचारी Democrat हुनै सक्दैन / Nondemocrat = Communist.
                मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5
                • K Paudel
                  खूब हँसाउनु भयो, भ्रटाचार गर्ने जति सबै कम्युनिष्ट रे उसो भए कांग्रेस बात मन्त्रि हने जति सबै कम्युनिष्ट हुने भए , बरु कांग्रेस पार्टी नै कम्युनिष्ट पार्टी होकी?
                  मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
          • sujan panta
            पूर्व श्रममन्त्रि रमेश लेखक र बैदेसिक बिभागको पूर्व महानिर्देशक केशर बहादुर बानियालाइ पनि जेलमा हाल्नु पर्यो /
            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 1
          • madhu dhakal
            माइला खुर्सनिलाई जस्तेई हाम्रो देश का भेडे खुर्सानीहरुलाई पनि
            येसैगरि समात्न पाए हाम्रो देश मा कति उनत्ति हुन्थ्यो होला माइला खुर्सनिलाई जेल को बसोबास गराएर हाम्रो देश को कानून ले राम्रो काम गरेको छ देश को नाम मा भास्त्रचारी
            गरेर
            आफ्नो मात्र उनत्ति खोज्ने नेताहरुले येस्टी सजाय पाउनु पर्छ अब चै नेपाल मा केहि होला जस्तो छ
            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0
            • srijana
              येसरी देस्भाक्त्तिहरु बिदेशमा हरौना भएन नि |चाडो स्वदेश फर्कन पर्यो देशको सेवामा
              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1
          • pratik
            खुर्सानी माहीलोलाई आब जेल मा खुर्सानी मात्र खान दिय कसो होला ?? तेसो हो भने त मेरो हड्डी हस्थ्यो. हा..हा..हा..हा..हा..
            मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1
          • Injot, Denmark
            चप्पल बाट सुरु भएको राजनीति आखिरमा चप्पल मा नै अन्त्य हुने भयो खुर्साने माइलोको जिन्दगि….
            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 0
            • KANAK
              चप्पल होइन. एसले जुत्ता हरु लुकाएर राखेको छ करोड को. जेल बाट निस्के पछी मोज गर्छा. एस्लाई ५० करोड जति जरिवाना गराउनु पर्ने हो.
              मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0
          • Netra Prasad Aryal Gulmi,Tamaghas
            सुब्बा देखि माथि का सरकारी सेवामा भएका नेपालका कर्मचारी हरु यदी घुस खान मिल्ने ठाउं छ भने देखि कोहि चोखो छैनन्/मलाई एकजना नेपाल प्रहरी का इन्स्पेक्टर ले आफ्नो कहानी सुनाउथे/ सरकारी जागिर गर्दा गर्दै कपाल पाकी सक्यो अब जागिर खोज्न कता जाने/ इन्स्पेक्टर को तलब ले समस्या लिएर घरसम्म आउने आफन्त र गाउँले हरुलाई चिया खुवाउन पुग्दैन/ अनि एसो बेला बेला क्याबिन, डिस्को तिर त केटा हरुलाई हप्ता उठाउन पठाउन पर्यो नि/
            यसो सोच्दा हो जस्तो नि लाग्यो, आफुले महिना मा गरिने खर्च र नेपालको सरकारी जागिर गर्ने हरु को खर्च हेर्ने हो भने अलि अफ्ट्यारो नै लाग्छ/ विदेश पदन गएका हरु नेपाल नफर्किनु को कारण पनि तेही होला…………………………
            मन परे हरियो, नपरे रातो
            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0
          • Netra Prasad Aryal
            ढिलाई भय पनि राम्रो किनकि गलत गर्नेलाई कारबाही भए को दे खियो /
            मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1
          • uma
            अब बल कृष्ण खाड को पालो चाहिं कहिले औछा जेल जाने थ्यो अझै फटाहा हो
            मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0
          • prem sharma
            I want to see Govinda raj joshi after to be in jail. Sending Mr. wagle is the first good step our judicial system has done whoever is the head of it but its a very good work keep it we are behind you “pradhan nayedish”………
            Nepal ko jaya hawos.
            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0
          • सार्थक, दोहा-कतार
            देश बिदेश बस्ने हामी सबै देशप्रेमी नेपालीहरुको लागि साह्रै खुशी र सकारात्मक कुरा हो । तर यसलाई शुरुवात मात्रै मान्न सकिन्छ र बाँकी सबै भ्रष्ट नेताहरुलाई यसरी नै जेलमा कोच्नै पर्छ अनि मात्र देशले केही भए पनि राहत पाउँछ । हुन त अब सरकारमा रहेका र नरहेका दल तथा नेताहरुले आफूहरु पनि तानिदै जाने डरले अदालतमाथि पनि दवाव श्रीजना गर्न सक्छन । तर आफ्नो गरिमालाई बचाउन सर्वोच्च अदालतले यस्तै न्यायिक फैसला गर्ने कार्यलाई निरन्तरता दिइ नै राख्नु पर्छ ।
            मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0
          • Gurung DB
            येस्ता भ्रस्टा नेताहरु अनि भ्रस्टा कर्माचारीलाई जेल होइन ( फाशी ) को सजाय दिनु पर्छा , बल्ला नेपाली को पबित्र माटोमा नया बिरुवा को हुर्काई मा राहत पुगीन्थियो कि ? येस्तई डाँका हरुले गर्दा देश ( चिप्लेकिरा ) को हिडाई मा हिड्नु परि रहेको छ ….
            Gurung DB ( Miyoshi – Japan )
            मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0
          • Keshav, West London
            This is spark of light in far far horizon in Our Nepalese context…thanks to the court authority for this bold decision and we hope in future coming days U wii be taking neat and clean decision like this to maintain law & order so that normal citizen will have fath in our judiciary system … That’s the only way in future to stop Our bright Nepalese youngster avoid becoming Criminal, Have a faith on democratic System, play by the rules… I think !!!
            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
          • keshbir
            “पाप धुरिबाट कराउछ” बुढापाकाले भन्थे,हो जस्तो लाग्यो।
            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0
          • tsering
            अब बल्ल चाही गुणस्तरीय कारबाही शुरु भएको महशुस हुन थालियो! वाग्ले लाइ कडा भन्दा कडा सजाय हुनुपर्छा!
            मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • Sweekrity
      ऐले माया लागेर आयो यसको…तर समयमै बुद्धि पुराएर नराम्रो काम गर्न हुन्नथ्यो नि त | अब अरु ले सिकुन यो कुरा || परिवारले गर्दा नि बिग्रेका छन् के राजनीतिज्ञ हरु!
      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1
    • सब देस लुटेराहरुलाई येसरिनै कानुन को ढोकामा ल्याउनु पर्यो……
      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0
    • RABI THAPA, LONDON
      राम प्रशाद श्रेष्ठ जस्ता अरु १० जना सपुत देस को प्रसासन मा हुनुपर्छ अनि नेपाल र नेपाली को भबिस्य बन्छ/ जनता ले विश्वास गरेको ले एस्तो ब्रस्ताचार गर्यो खुर्शानी माइलो जस्ता सब लै देस निकाला अथवा फासी को सजाय हुनु पर्छ/
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 0
    • ANOOP
      यिनको छोरि ले भनेको ” आजकल २-४ करोड सबै ले कमौछ ” रे l ही ही ही
      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0
    • ananta
      यो विकास को पहिलो खुड्किलो हो| नेपाल मा अझै पनि सज्जन र स्वोच्चा न्यायेधिस को कमि छैन भनि एसले प्रमाणित गर्छ|
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 3
    • kishore
      What is congress doing? He must be immediately expelled from the party. He will get out once the congress comes to power. Secondly the court has sent him to jail. The court must get back the money he looted from the country’s treasury.
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2
    • पुष्प
      भ्रष्टाचार निवारण ऐनको दफा ४६ मा यस्तो पनि उल्लेख रहेछ :
      मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनअन्तर्गतको मुद्दा दायर हुनुअगावै वा दायर भएपछि अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा पनि मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्नेछैन ।
      भनेपछि गिरीजाको पालो पनि आउला कि !
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 9
      • kedar jee
        गिरिजाको त् झन् आउनै पर्यो नि! आफ्नै पार्टीका गणेशमान र किसुन जी लाइ मात्र अन्तर्घात नगरेर देशलाई नै यो स्थितिमा जाक्ने त्येस्लाई किन छोड्ने? आफु सभापति बन्नकै लागि मात्र सिङ्गो पार्टीकै बिधान समेत बदलेर नपुगेर त्यस्तो नाखर्मौली छोरीलाई देशको ढुकुटीको साँचो नै सुम्पिने त्यो कम पापी हो?
        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 66 Thumb down 9
    • हरेक क्षेत्रमा भ्रस्टाचार मौलाएको बेला ढिलै भएपनि पहिचान भएको भ्रस्टाचार अङ्क को रकम र बिगो सहित पूर्व “खोर्सानी महिला” लाइ जेल चलानको निर्णयले उत्शाहा बर्दक आयाम थपेको छ | भ्रस्टचारी हरु संगै मिलि हदम्यादको प्रभ्धान लाइ टेकेर बिशेष अदालतले खारेज गर्ने गराउने गरेको अन्य मुद्दा हरुमा समेत पुन सुनुवाई हुने गरी सर्बोच्च ले गरेको फैसला बाट अन्य पूर्व मन्त्रि हरु ,प्रहरीका महानिरिक्क्षक हरु ,पूर्व सचिब हरु समेतले छिटै बिगो सहित जेल को सजाए पौलान भन्ने आशा गर्न सकिन्छ | तेस्तै बन तहस नहस गर्ने गराउने दिपक बोहरा र माकुने ले समेत खोर्सानी महिलाकै नियति भोग्न पाएको हेर्न बाँकि छ |
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0
    • Chakra Gurung
      जेलचलान त गर्नै पर्छ तर अब प्रचण्ड र माधव नेपाल लाई पनि छानबिन गर्नु पर्छ , छानबिनको दायरामा ल्याउन कसैलाई बाकी राख्नु हुदैन lovi neta haru sabai khattam
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 1
    • मदन राज
      खुर्सानी माइलोले खुर्सानी बेचेर बस्न छोडेर आफै खान थाले पछी बल्ल थाहा पाउदै छ – खुर्सानी कति पी…………..रो हुँदो रहेछ भनेर / ‘आय्यानी बाबा, …….. आका गर्न पनि कति गार्हो हो ….खुर्सानी खाए पछी त /
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 4
    • manish j magar
      यो ऐतिहासिक नै हो. प्रधान् न्यायधीश ज्यू लाइ धेरै धेरै साधुवाद छ. यसले निरन्तरता पाओस .
      नेपाल स्थित भारतीय अपराधीहरु तराइमा हत्या, हिँसा मच्चाउन अहिले इंडिया गयेका छन्. र योजना बनाउदै छन्. यस्तालाई तह लगुना रमेश खरेल जस्ता लाइ तालिम केन्द्र बाट झिकाई प्रोमोशन गरी जान सुरक्षामा खटाउन आबश्यक छ. यदि यो सरकार आफुलाई जान उत्तरदायी देखौना चाहन्छ भने यो काम गरी देखाओस.
      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1
    • sabina
      खुर्सानी माइला लाई हत्कडी लगायर जेल लानु पर्ने हो .साथै येस्ता अरु खुर्सानी माइला हरु लाई पनि खोजि खोजि सजाय दिनु पर्यो .अनि बल्ल यो देस ले नया नेपाल पाउनेछ.
      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0
    • manish
      धेरै राम्रो | लौ न अस्ति माकुने को पालामा स्वास्थ्य मन्त्रि भएर ब्रम्हलुट गर्ने उमाकान्त चौधरी लाइ पनि कसैले मुद्दा हल्दियोस |
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0
    • प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ बाट श्री गणेशाये नम त भयो तर सबैको पुजा सकेर प्रसाद देशको जनतालाई बाड्न पाए यो देशमा हराएका बिकाश बाबु र सान्ति छोरी भेटिन्थेकी अनि नया नेपाल हुन्थ्यो होला
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 1
    • Safalta
      न्याधिशहरु ले राम्रो काम गर्न लागेको देखेर सारै खुशी लाग्यो . न्यालय सुध्रिने पाइला चलेको देखेर निरास मन मा थप आशा लाग्न थाल्यो . नेपाल बिकाश हुने पहिलो संकेत हो यो . सबै छेत्र का भ्रस्टचारी लाई एक एक गरि पाता कस्नु पर्छा र निस्पक्ष्य छानबिन हुनु पर्छा . यहा सोझासाझा र राष्ट्र बादी मान्छे ले मात्र दुख भोगनु पर्छा जस्तो भान भै सकेको थ्यो . तर अब तेस्तो न रहला भन्ने आशा छ . तत्काल दुख पाई रहेका पत्रकार बिकाश थापा को news पढ्दा सारै दुख लाग्थ्यो . अब त उनलाई पनि बिना दबाब केहि गर्ला कि न्यायलय ले भन्ने पनि ठुलो आशा पलाएर आयो. अब उनले सफाई पाएको पनि सुन्न चाडै पाइएला . आशा गरौ सबै भ्रस्टचारी लाई येस्तै होस् . जुन सुकै छेत्र को होस्, चाए राजनीति का हुन् चाए अरु हुन् . सुरुवात त भयो आखिर यो निरन्तर चलोस् श्रीमान हरु को इमान्दारीता होस् अरु भन्दा पनि , कसै को दबाब मा नपरुन श्रीमान हरु , निस्पक्ष्य छानबिन होस् र दोषी लाई कारबाही होस्. सुभकामना ……..
      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2
    • subham
      दिपक बोहरा ज़स्ता भ्रस्ताचारी हरु लाई पनि छिटो भन्दा छिटो
      जेलमा पठाउनु पर्यो .
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 71 Thumb down 2
    • Jyoti
      अन्य वोकिल साथीहरु र सर्बसाधारणले पनि आफुले चिनेका अथवा थाहापाएका भ्रस्टचारीको बिरुद्ध मुद्दाहाल्नु पर्यो अनि न्यायधिसहरुको जयजयकार गर्नुपर्यो /
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 1
    • Gemmi
      यो खुर्सानी माइलो भएर नै यति सजिलै कारवाईमा परेको हो | लुकाउन जानेन | अरबौ अपचलन गर्ने जन्मजात सम्भ्रान्तहरुमाथि सायद केही हुने छैन | तर जे होस् अलि सजिलो टार्गेट बाट सुरु गरे पनि अदालतले सही दिशा लियो भने देश मा केही होला कि !!
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 0
    • Sachet
      देबेन्द्र वाग्लेले बदमासी गरेको थियो, बाउले सजाय भोगे, तर बाउ को पनि सम्मति थियो होला नै| यो कारबाही ठिक छ| तर अब अरु कोहि पनि बच्नु हुन्न — आखिर नेपाल मा चोखो को छ? कृष्ण प्रसाद भट्टराई बाहेक, उही मात्रा को कुरा न हो|
      सरसर्ती हेरौं त:
      १. कांग्रेस: खुम बहादुर, बिजय गच्छेदार, गोबिन्द, जयप्रकाश गुप्ता आदि
      २. कम्निस्ट: बामदेव गौतम, भिम रावल, प्रदिप नेपाल, आदि
      ३. माओ: कृष्ण बहादुर महरा, हिसिला यमी, सी पी गजुरेल, आदि — माओबादी का संस्थागत भ्रस्टाचार को हिसाब कसले गर्ने?
      ४. पंच: पदमा सुन्दर लावोती, दीपक बोहरा आदि
      ५. पूर्व प्रहरी हरु, प्रशाशन का मान्छे — कम चर्चित, तर रकममा चिरन्जीवीलाइ नै माथ गर्ने हरु — जस्तै अस्ति पक्राउ परेको भन्सार को मान्छे, १२ करोड वाला.
      ६. राजतन्त्रले महेन्द्र को पाला देखि गरेको संस्थागत तथा ब्येक्तिगत भ्रस्टाचार को लेखा जोखा कसले गर्ने?
      ७. सेना का जर्साप हरु जसलाई कानून ले कहिले नै छोयो र?
      त्येसैले, सुरुवात राम्रो भो, कारबाही सार्बजनिक पद सम्हालेको मान्छे बाट नै सुरु गर्न पर्छ | तर छाति मा हात राखेर मनन गर्ने हो भने नेपाल मा साच्चिकै चोखो कति जना होलान? पैसा खाएर खबर छाप्ने पत्रकार देखि लिएर पैसा ख्वाएर ठेक्कापट्टा मिलाउने ब्यापारी सम्म? हामि पनि सोचौं, आफै कतै कति पटक चुकेका छौं? त्येसैले सिस्टम बसाल्न तिर लागौं, कोहि व्यक्ति-बिशेष लै सुली मा राखेर अब भ्रस्टाचार सकिने भो भन्ने दिवा सपना नदेखौं|
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 83 Thumb down 2
    • Suvas
      भारस्त्रचारी लाई सजाय दिने राम प्रसाद श्रेष्ठ जस्ता असल नयधिस को नियम कानुन संसोधन गरेर भए पनि म्याद आरु पाच वर्षा थप्नु पर्यो ;आफ्नो म्याद घरि घरिथापी रने संषद ले देस को लागि एती गर्न सके ति नालायक हरु को पाप केहि हद सम्म भए पनि पकालिन्थियो कि?
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 0
    • Sharad
      well done , Keep it up ….
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0
    • gopi gc
      यी भास्ताचार गर्ने नेताहरुलाई जेल हल्ल्नु भन्दा त फासी नै दिनु राम्रो जस्तो लाग्छ मलाई किन कि एसले गर्दा अरु नेताले पनि कुरा बुझ्छंकी हाम्रो देसमा कानुन भएपनि पालन गर्न निकै गारो छ तेसैले सबै भन्दा बेस्ट फासी नै रम्रोहोइन र
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0
    • jeevan
      यति वर्ष यति दिन जेलमा बिताउनु पर्ने भयो भन्नु भन्दा नि घुस खाएको पैसा दिगो बमोजिम सरकारी खाता मा फिर्ता आउनु पर्यो, होइन भने त यस्तो नाथे सजाय को केहि मतलब हुँदैन/ यिनी हरुको लागि जेल भनेको त ससुराली न हो/ घर बाट खाने कुरा पुगिहाल्छ/ बिदा मनाउन जेल मा गए जस्तो उस्तै परे एउटा किताब नि लेखि हाल्छन यस्ता लाई जाबो १, डेढ वर्ष जेल मा बस्नु ठुलो कुरो होइन/ करोडौ को सम्पति १ डेढ वर्ष जेल मा बस्दै मा खान पाहिन्छ भने ९९% नेपाली जेल मा बस्ने थिए/ किन मारी मारी अर्काको देश मा दुख गर्न जान्थे होला र?
      जेल सजाय सारै नै थोरै भयो सके उमेर कैद होइन भने २० वर्ष को जेल सजाय हुनु पर्ने थियो/
      मान्छे अनुसाशन हुन् को लागि कानुन कडा हुनु पर्छ अब नेपाल को कुरा गर्ने हो भने त ” नेपाल को कानुन, कानुन बनाउने हरु ले नै जानुन” हो/ सर्ब साधारण लाई कानुन, जेल, ठुला बडा लाई ससुराली……………………………………………………..
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 1
    • kristi
      धेरै धेरै धन्यवाद न्यायाधिश ज्युहरु लाई!!
      होइन के ब्यबसाय हो तिम्रो छोरा बुहारीको तेत्रो पैसा कमाउने ? लौन हो खुर्सानी बाजे नेपाली जनतालाई पनि भन्देउ हाम्रा नेपाली दाजुभाई अरबको चर्को घाममा काम गर्न जानु पर्ने थिएन आफ्नै फ्यामिली संग नेपालमै बसेर पैसा कमौथे बिचराहरु /
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0
    • M Karki
      ठिकै हो भ्रष्टाचारीलाई सजायँ हुनु पर्छ तर सजायँ त पाकेटमार् लाई भन्दा पनि कम भयो | अनि अझ पदमै बहाल भएका र शक्तिमा भएका भ्रष्टहरुलाई पनि तह लाउने दिन कहिले होला | नत्र यस्ता झ्याउहरुलाई भ्रष्टाचार गरेर जेल जानु त फेशन जस्तै हुन्छ | म त्यो दिन वास्तवमै खुशी हुनेछु जुन दिन भ्रस्टाचारले डामेका व्यक्तिहरु सजायँ यति प्रभावकारी र निर्बिघ्न होस् ताकी भ्रस्टाचार गर्नेहरु प्रधानमन्त्रीकै कुर्सीमा वहाल भए पनि सजायँ भोग्नु परोस | भ्रष्ट, हत्यारा, बलात्कारी आदिलाई त जति बढी अनि जति चाँडो सजायँ हुन सक्यो त्यति राम्रो हैन र ?
      तर के गर्नु अर्को तिर तस्कर र हत्याराकै खुले आम राज चल्दैछ |
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0
    • jeet
      कानुन राजनैतिक पार्टी भन्दा सधै माथि छ र हुनु पर्छ भन्ने जन बिस्वासको ज्वलन्त उदाहरण हो यो, तेसैले सर्बोचको एस निर्णयलाई म हिर्दय देखी नै स्वागत् गर्न चहन्छु र आउदा दिनहरुमा पनि येस्तई येस्तई खुसिका खबरहरु सुन्न पाऊ येही मेरो प्राथना छ
      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
    • punya hawaii
      देशमारा यस्ता धेरै जुकामध्ये एउटाले भए पनि सजाय पायो खुशिको कुरा हो तर साह्रै खुशि भैहाल्ने अबस्था छैन।किनभने कांग्रेशले सत्ता क्याप्चर गर्न हरेक तिगणम गरि रहेको छ।यदि सफल भयो भने कुनै पर्बको निहुमा आम माफिमा पारि हाल्छ।
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 1
    • भात्रचारिलाई कानुनले भएसम्म कारबाही गर्नु पर्छा
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0
    • धन्यबाद प्रधान न्याधिश राम श्रेष्ठ एस्तो घूस खाने लाइ सजाय दियाकोमा अरुहरु लाइ पनि येस्तई सजाय दिनु होला मुरी मुरी धन्यवाद न्याधिस लाइ मा धेरै खुसि भय
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 0
    • Bibas Khadka
      खुर्सानी माइलो अतार्थ भरष्टचारी वाग्ले ले छोरा को बेबसाया देखाउदै आफ्नो कालो कर्तुत को बचाऊ गरेको छ! उसको छोराको ट्रेक्किंग बेबसायाबाट कमायको रे !छोरा वाग्ले ले संचालन गरेको बेबसाय बिस वर्ष भयो रे बिसबर्सको समयमा दस वर्ष त दोन्द र संकटले नै देस गुज्र्यो . अनि एक्हाद बर्सलाई छोडेर दुइदेखि चारलाख भन्दा बढी पर्यटक नेपालमा कहिलेइ आयका छैनन् अनि तेस्मा पनि
      सबै पर्यटक उसको ट्रेअक्किंग agency बातामत्त्रै पदयात्रा को लागि पक्कै गयानन होला हरे कति पत्त्यौने के पत्त्यौने आफै विचार गार्नुस साथी हो. अबपलो काजु माइलाको, पल्लागहरे साइलाको अनि अरु थुप्रै जेठा,माइला, साइलाको!
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 0
    • Ramesh Pekul ,Ottawa, Canada
      राम्रो काम .यस्ता धेरै भ्रस्ट हरुलाई जम्मा गरि जेलमा होइन पहाडमा बाटो खन्न लग्न सक्नु पर्दछा GOOD JOB.
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0
    • Saurya Basnet
      सजाय थोरै भयो ज्यानमारा लै जिरे खोर्सानी को स्वाद चखाउनु पर्ने , अब अरु भ्रस्त्रचारी लै पनि कानुनको दयेरा मा लाएर कडा भन्दा कडा सजाय दिनु आज को नया नेपाल को आबसेकता हो
      जय देश !!!
      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0
    • jeevan
      घुस त मैले खाएकै थिए/
      बैंक ब्यालेन्स राखेकै थिए//
      अहिले मुद्दा हारे पछी/
      जेलमा जान परे पछी/
      मन त मेरो रुने नै भयो/
      नेपाली जनता ले तिरेको कर को पैसा खाएको भएर
      खुर्सानी ले पोले झैँ गरि (खुर्सानी माहिलो) यो मन मेरो पोल्ने नै भयो//
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 0
    • pradip premi
      good job .. धेरै राम्रो काम गर्नु भयकोमा मुरीमुरी धन्यवाद … यस्ता भ्रस्टहरुलाई जीवन भरि झेलमा कोच्नु पर्दछ ….well done … I
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0
    • NR Bhurtel
      जे होस् कारबाही को सुरुवात त भयो तर यस्ता मरिचे खोर्सानी जेठा मैला कान्छा हरु अरु धेरै छन् किर्पया जरिवाना र बिगो पनि तिराउने अनि मात्र जेल हाल्ने गर्नु पर्यो नि गाठे जेल मात्र बसेर घुस खायको पैसा ले एक डेढ वर्ष पछी देखि त उही पुरानै मोज मस्ती हुनेनै भो नि, वाग्ले को त छोरा को चल्ती वग्ने मन्त्रि हुदा बा आआआआआआआआआआआआआआआआआआआआआआआ
      अब अ त मलाई पनि मंत्रिया हुन मन लग्यो सम दम दण्ड भेद लयर अनि अरबौ को घोटाला गर्यो, एक दुइ वर्ष जेल बसे पछी को जिन्दगि क्या आराम हुन्छ
      ………………………………………………………………
      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0
    • kishan
      A good start but not enough. What about khume, govinde, bijaya,(KGB) and so on. What about Katuwal who tender the fake birth certificate to prolong his service period in RNA so that he got success to hold the top post of army. Was not that a corruption ?
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1
    • tsering
      कालोकोठा भित्र अझ `ढिडो र मासको दाल` खेलाउनु पर्ने येस्ता मन्त्रि हरुलाई!
      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0
    • यसपाली त् झ्याई पार्यो क्झ्याई पार्यो | तर अहिले जेल चलान जिउदै सबलाई खुसि लागेको छ | यसरी नै सबका सब भर्स्चारि हरु सब जेल जावस अनि सुन्दर नेपाल बनोस |
      अब त् यो मन्त्रि मर्दा त् झन्डा वदायर सब यात्रा गरेर धुमधाम सोक सभा मनाउन्दैन् होला हगी ?????????????????????
      बाचुन्जेल गालि ,मरे पछि सोक सभा ??अनि भय नभएको गुनगान?
      दोसी नेताहरु यस्तै एक एक गरी जेल चलान गर्यो भने त् देस त् नेता बिहिन देस हुने होकी कि कसो ????
      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0
    • साएद राम्रो कामको सुनौलो उपहार हो कि हामी नेपालीहरुको लागि,ढिलो भएपनि न्याय पलिकालाई धन्यवाद |
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0
      • harka
        खुर्सानी मैलो मात्र होइन खुमे अकबरे खुसानी लै पनि छोड्न हुदैन १ चोटी जेल चलेका नेता हरु लै पाटी साधारण सदस्य बाट खारेज गर्नपरparcha
        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0
    • shantdil
      यो सुसमाचार को आधार, गिरिजा नामको जन्तुको मृत्यु हुनु र काँग्रेस सत्ता बाहिर हुनु नै हो.
      नेपाल मा भ्रस्टाचार को बिउ भनेकै काँग्रेस को राज हो. यिनी हरुको पत्ता साफ संगै नेपाल ले प्रगति को बाटो पक्रन्छ, अदालत लगायत संस्था हरु स्वतन्त्र हुन्छन.
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 74 Thumb down 11
    • Nanda, UK
      यी कानुनविद हरु वास्तविक साहशी र राष्ट्रप्रेमीहरु हुन्
      यसरी नै भ्रस्टाचार को उन्मुलन, राजस्व छलीको कारबाही, जनताको चेतना र अनुशासन, समाजसेवी हरुको त्याग, विद्वान हरुको लगाव र सम्पूर्ण हामी सबैको परिश्रम, यी सबको मिलन केहि वर्ष मात्र गराउन सके मात्र हामीले अरुको अगाडी भिख माग्न पर्दैन.
      विश्व युद्धमा मरुभूमिमा परिणत भएको नागाशाकी र हिरोशिमा जापानीहरुले फेरी सुन्दर शहरमा परिणत गरे. अहिले भूकम्प र सुनामी ले फिल्ममा देखे जस्तैं अकल्पनीय विध्वंस गराय पनि अबको पांच बर्षमै उनीहरु उन्नतिकै बाटोमा हुनेछन. तर हामी नेपालीहरु अबको पचास बर्षमा पनि यसरि नै आपसी झगडा, बीसौं पटकको प्रधान मन्त्रि चयन, भ्रस्टाचार को समस्या र सायद गृह युद्दमा ब्यस्त हुने छौं.
      कामलाई भन्दा भाषण लाइ विश्वास गर्नाले
      तितो तर सत्य बोल्नेलाई भन्दा झुठो तर मसिनो बोल्नेलाई मन पराउनाले
      अर्ति दिने लाइ भन्दा रक्सी दिनेलाई मन पराउनाले
      दिनु भन्दा बढी लिनुले
      आफ्नो कर्तब्य बिर्सेर, अधिकार मात्रै खोज्नाले
      अरुलाई हेपेर सम्मान खोज्नाले
      बिबेकलाई लात मार्नाले
      ज्ञानगुनको कुरालाई हाँसोमा उदाउनाले
      मनन लाइ मुर्ख्यांले जित्नाले
      राष्ट्र प्रेमको भावनालाई खिल्ली उदाउनाले
      हामी अबको पचास वर्ष मा पनि यस्तै हुने छौं.
      तर माथि लेखेको भन्दा ठ्याक्कै उल्टो गर्नाले
      परिणाम पनि त खोजे जस्तो हुँदो हो.
      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1
    • Bk Shrestha
      नेपालमा येस्तई अफ्ट्यारो परेपछि छोरा छोरि लाई अगाडी layauchan हो कुकुर हरु
      सबै लै खोर मा राख्न पर्चा
      Parasites
      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1
    • Sasha
      अब अरु ज्यानमारा हरु लाइ पनि फासी दिनु पर्ने हो . के गर्नु तेही ज्यानमारा हरु मन्त्रि , नेता छन्.
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3