Monday, July 9, 2012

दाहाल पुत्र प्रकाश र स्ववियु सभापति वीना सम्पर्क बाहिर - nagariknews

काठमाडौं, असार २५ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीना मगर केही दिनयता सम्पर्क बाहिर छन्। सगरमाथा आरोहणमा सँगै गएका यी दुबैको फेसबुक अकाउन्ट पनि अप्रत्यासितरुपमा डिएक्टिभ गरिएको छ।

दाहालको दोस्रो विवाह दुई वर्षअघि भएको थियो। उनको दोस्री पत्नीबाट एक छोरासमेत छन्। सरस्वती क्याम्पसको स्ववियु सभापतिसमेत रहेकी मगर पनि बिबाहित नै हुन्। मगरका पति सुर्खेतका शंकर अधिकारी पनि अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हुन्।

यी दुईको सम्वन्धबारे केही महिनअघिदेखि नै पत्रपत्रिकामा समाचार प्रकाशित भएकाले दुबै सँगै हुनसक्ने अनुमान गरिएको छ।