Wednesday, July 18, 2012

डिआईजी पार्बती थापामगर माथि किन गरियो सडयन्त्र ? - sambad

 २७ असारमा कान्तिपुर दैनिकमा प्रतिमा वास्तोलाले लेखेको डिआइजी पार्वती थापा मगरले एक महिला प्रहरीलाई दुई थप्पड चड्काएको समाचारले निकै हल्लाखल्ली मच्चियो । धेरैले पार्वतीलाई सत्तोसराप गरे । यथार्थ के हो र सुरक्षाक्षेत्रको संवेदनशीलतमा यस्ता घट्नाको अर्थ र महत्व के हुन्छ भन्ने बारेमा कसैले दिमाग खियाउन खोजेको देखिएन । भोलिपल्ट पुनः त्यहि समाचारमा ३ थप्पड दिएको समाचार ब्यावसायिकताको हरेराम जप्ने त्यहि पत्रिकामा प्रकाशित गरियो । संचार जगतको विश्वब्यापीकरणमा निमेषमै विश्वभर फैलिएको यो खबर प्रायोजित थियो वा साँचो थियो भन्ने कुरा हाम्रा निम्ति उत्सुकताको विषय थियो । त्यसैले हाम्रा संवाददाताको फोन पार्वती थापा मगरको मोबाईलमा बज्यो ।  अन्तर्बार्ताको क्रममा उनले जे भनिन् त्यसको स्वरुप नै ९० डिग्रीले फरक पाइयो ।
त्यसदिन मध्यपश्चिम क्षेत्रमा कार्यरत डिआईजी थापा मगर आफ्नो छोटो विदा सकिए पछी हाजिर हुन  कर्मथलो नेपालगन्ज हानिदै थिईन । कार्यालय समयमा त्यसै त काठमाण्डुको ट्राफिक त्यसमाथि हतार । उनी यथासक्य गन्तब्यमा पुग्न हतार-हतार त्रिभुवन विमानस्थलतर्फ जादैं थिईन । त्यहाँ डोमेस्टिक एयरपोर्टको मुख्य गेटमा रहेका एक प्रहरी जवानलाई आफ्नो परीचय दिई भित्र पसिन् । ति जवानले उनलाई एउटा कड्केदार स्यालुट पनि ठोके । भित्र बोडिङ पास लिई सुरक्षा जाँच गर्ने गेटमा जसै पुगेकि थिईन उनले एउटा अनपेक्षित ब्यवहारको सामना गर्नुपर्‍यो ।
भित्र छिर्ने क्रममा गेटमा खटिएकी महिला प्रहरीलाई थापाले अघि जस्तै आफु डिआईजी पार्वती थापा भनेर चिनाईन । तर ति महिला प्रहरीले न त अभिबादन गर्ने आवश्यकता ठानिन् न कुनै प्रतिक्रिया दिईन । कुनै सिस्टता पालना नगरेकि ति महिला प्रहरीलाई  फेरी भनेका रहेछन म डीआइजी पार्बती थापा मगर ।  म अलिक हतारमा छु त्यसैले अलि छिटो गर त बहिनी, तर तीन चोटी सम्म भन्दा पनि नटेरेर अनौठो व्यबहार गर्न थालेपछि थापाले प्रहरी जस्तो गरिमामय  सेवाको काम, कर्तब्य र सिष्टता साथै जिम्मेवारी सम्वन्धी जानकारी गराएएकी थिईन ।  साथै तिम्रो यस्तो अभद्र व्यबहार प्रती म तिम्रो हाकिमलाई खबर गरेर कारबाही गर्न लगाउछु भनि दिएछिन र हतारिदै उनि आफ्नो गन्तब्य तिर लागेछिन ।
भोलिपल्ट नेपालगन्जमा समाचार पढेपछि त उनी झसंग  हुन पुगेछिन । गर्दै नगरेको कामको बारेमा समाचार प्रकाशित भएपछि उनी तीन छक्क पर्नु स्वभाविक पनि हो । हाम्रो फोनवार्ताको क्रममा उनले खुलस्त त बताउन चाहिनन् तर उनलाई आफुमाथि गरिएको सुनियोजित षड्यन्त्र हो भन्ने कुरा उनको भनईको संकेतबाट बुझिन्थ्यो । किनकी कारण पनि थियो । सुन्तली धामीका अभियुक्तलाई बचाउन स्वयम तत्कालिन गृहमन्त्री भीम रावल लागेपछि उनी स्वयम गृहमन्त्रीकै विरुद्धमा खडा भएकि थिइन । त्यतिबेला कार्वाहीको प्रवाह नगरिकनै उनले अन्यायको विरुद्ध आवाज उठाएकि थिईन । कही कतै पार्बतीलाई त्यहि बेलाको बदला लिन खोजिएको त होइन ? जसले पनि अनुमान लगाउन सक्ने कुरा हो ।
 फेरि केहि समयभित्रै उनी बढुवा हुने रोलक्रममा छिन् । कतै त्यहाँ पो षड्यन्त्र गरिन थालिएको त होईन भनेर सोच्न सक्ने ठाउँ प्रसस्त छ । किनभने आदिबासी आन्दोलनले अत्तालिएको सत्ताका पहरेदारहरुले आदिबासी मुलकालाई माथि जान नदिन अनेकन प्रपन्च गर्ने गरेका छन् । प्रहरी प्रमुखमा जाने निश्चित भैसकेका कुवेर  सिंह राना मगर विरुद्ध पनि अनेकन षड्यन्त्र हुँदै गरेको हामी सबैलाई थाहा भएकै कुरा हो । किनभने पार्बतीलाई बेइज्जत गराउन एउटा आदिबासी दराई चेली नै अगाडि राखिदिएपछि फलामले फलाम काट्न यस्तो गरिएको एउटा सुनियोजित घट्ना होकि भनेर सङ्का गर्न सकिन्छ ।  किनकी आदिबासीहरुको मनोबल फुस्काउन सधैं आदिबासीहरुलाई नै प्रयोग गर्दै आएको  घटना कुनै नौलो होईन ।
सामान्य अवस्थामा पनि एउटा प्रहरीले नेपाल प्रहरीमा भएका, मात्र दुई जना महिला डिआईजी मध्ये पार्वतीलाई देख्नासाथ चिन्नु पर्थ्यो । चिन्नैपर्छ । प्रहरी जस्तो इन्टेलिजेन्स सङ्ठनमा यतिको ठुलो लापर्वाही यदि अन्य देशमा भएको भए त्यस्ता कर्मचारी लाई तु बर्खास्त गरिन्छ । प्रहरी विभाग जस्तो अनुशासनमा चल्ने संस्थाको कर्मचारीबाट यो  स्तरको गैरजिम्मेवारीपना देखाउने ति महिला प्रहरीलाई कार्वाही गराउने माग गर्नुको साटो केहि ब्यक्तिहरु उनको पक्षमा लाग्नु झन उदेक लाग्दो देखिन्छ । उनले थप्पड नै नहानेकोमा थप्पड हानेको कुरा किन गरिन? रहस्यमय देखिन्छ । चिनेर पनि नचिनेको जस्तो अभिनय गर्न लगाएको हुन सक्छ, परिचय दिदा पनि केहि पनि गर्न पर्दैन भनेर सिकाइएको हुनु पर्छ । साथै बहकाबमा आउन सोझो दराइलाई कडा दवाब दिएको हुनु पर्छ र त्यस्तै लाग्दछ । त्यसैले प्रहरी जस्तो मायार्दित पेशालाई अनुशासनले सुसस्जित गरौ, ‘ कसैको बहकाउमा नलागी झुठ नबोलौ । प्रहरी पेशालाई मर्यादित बनाऔं । चाकरी हैन कर्तब्यको पालना गरौं । प्रहरीको कर्तब्यलाई सम्मानित बनाऔं । यसैमा सबैको र देशकै कल्याण हुनेछ ।