Tuesday, August 30, 2011

यसरी भए भट्टराई प्रधानमन्त्री - ekantipur

सरोजराज अधिकारी

 अन्ततः माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री झलनाथ खनालले जुन पृष्ठभूमिमा राजीनामा दिएका थिए, त्यस आधारमा पनि यसपटक सुरुमै सहजै आँकलन गरिएको थियो कि भट्टराई मधेसी मोर्चाको समर्थनमा बहुमतीय सरकारको प्रधानमन्त्री बन्नेछन् । सहमतिका लागि एक ठाउँमा उभिनुपर्ने दलहरू माओवादी र कांग्रेसले आ-आफ्नै उम्मेदवार उठाएको र एमाले अध्यक्षसमेत रहेका खनाललाई समर्थन गर्ने यसअघिको माओवादी निर्णयमा नोट अफ डिसेन्ट लेखेका भट्टराई उम्मेदवार बनेकाले पनि राष्ट्रिय सरकारको सम्भावना न्यून थियो । किनकि, नेपाली राजनीतिक गतिरोधको एउटा कारण व्यक्तिगत टकराव पनि हो । करिब साढे दुई वर्षअघिदेखिको भट्टराईको अथक प्रयास सफल भएको छ र उनी मुलुकका ३५औं प्रधानमन्त्री बन्न सफल भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०६६ वैशाख २१ मा तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणका कारण राजीनामा दिएसँगै हाराहारीमा भट्टराईले प्रधानमन्त्रीको अदृश्य दौड सुरु गरेका थिए । त्यसबेला नागरिक सर्वोच्चताको आन्दोलनमार्फत पुनः आफ्नै नेतृत्वमा सरकार बनाइदिने बाह्य शक्तिको आश्वासनमा दाहालले राजीनामा दिएका थिए । तर, आश्वासन दिने शक्तिकेन्द्रको भित्री योजना भट्टराईको नेतृत्वमा सरकार बनाउने रहेको दाहालले धेरैपछि मात्र बुझे । दाहालको राजीनामासँगै आरम्भ भएको नयाँ प्रधानमन्त्री चयनको प्रक्रियामा आफ्नै पार्टीभित्रको असहयोगका कारण भट्टराई अगाडि सर्ने वा सार्ने योजना तत्काल सम्भव भएन । भट्टराईलाई पुनः अगाडि सार्न मिल्ने गरी दुई, चारमहिने प्रधानमन्त्रीका लागि कमजोर पात्र खोज्दै जाँदा एमाले नेता माधवकुमार नेपाल फेला परे । दुईदुई स्थानबाट चुनाव हारे पनि मनोनीत सांसदका रूपमा प्रधानमन्त्रीको चिठ्ठा नेपालको भागमा पर्‍यो । परिस्थिति यसरी फेरियो कि कमजोर भनिएका नेपाल बलिया बन्दै गए भने माओवादीले नागरिक सर्वोच्चता छाडेर राष्ट्रिय स्वाधीनताको नाममा भारतविरोधी जेहाद नै छेड्यो । पार्टीभित्र कमजोर अवस्थामा रहेका भट्टराईले त्यो अवस्थालाई रोक्न सकेनन् ।
२०६७ असार १६ मा नेपालले राजीनामा दिए । कटवाल प्रकरणमा राजीनामा दिँदा 'अब प्रधानमन्त्री बन्दिनँ' भनेका माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री दौडमा आफैं अघि सरे । त्यसबेला कांग्रेस-एमालेकै कतिपय शीर्ष नेताले भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारे सघाउने भनी सार्वजनिक अभिव्यक्ति दिए । खासगरी यस्तो अभिव्यक्ति दक्षिणपन्थी झुकाव राख्ने नेताबाट बढी सुनिन्थ्यो । भट्टराई पनि त्यसबेला आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने सम्भावना हुँदाहँुदै पार्टी नेतृत्वले नचाहेको अभिव्यक्ति दिन पछि परेनन् । तर भट्टराईलाई अघि सारे मान्छौं भन्ने कांग्रेस-एमालेका तिनै नेता पछिल्लो समय सहमतीय त के उनलाई बहुमतीय प्रधानमन्त्री स्विकार्न पनि तयार भएनन् । सायद प्रधानमन्त्रीको उम्मेदवारका रूपमा वार्ता, संवाद गर्दा भट्टराईले पनि महसुस गरे होलान् बोली र व्यवहारबीचको भिन्नता । यसमा भट्टराईको पनि केही गल्ती रहेको छ । अध्यक्ष दाहालले असार पहिलो साता केन्द्रीय कमिटीमा ल्याएको शान्ति, संविधान र सरकारबारेको कार्ययोजना पारित गर्नुअघि नै कार्यविभाजनको अत्तो थापे र पार्टीभित्र विपरीत ध्रुवमा रहेका अर्का उपाध्यक्ष मोहन वैद्यसँग मिल्न पुगे । भदौ १४ अघि नै प्रधानमन्त्री खनालले राजीनामा दिने निश्चित भइसकेको अवस्थामा शान्ति र संविधानसम्बन्धी कार्ययोजना असारमै पारित गरेको भए शान्ति प्रक्रिया कांग्रेस-एमालेलाई पनि चित्त बुझ्ने गरी अघि बढ्ने थियो । खनालपछिको नेतृत्व, त्यो पनि राष्ट्रिय सरकारको नेतृत्वमा माओवादी उपाध्यक्ष भट्टराईको दाबी बलियो हुने थियो ।
प्रधानमन्त्रीको दौडको पछिल्लो योजना भने साउनको पहिलो साताको धोबीघाट भेलाको पूर्वसन्ध्यामा बनेको थियो । बैठकअघि भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको सम्झौताले अहिलेसम्मको गोरेटो कोरेको हो । त्यसपछि भएको भेलामा श्रेष्ठलाई पछि पनि निरन्तरता दिने गरी तत्काल उपप्रधानमन्त्री बनाउने र भट्टराईलाई प्रधानमन्त्री बनाउने उक्त सम्झौतामा अर्का उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले पनि बुझेर वा नबुझेरै लालमोहर लगाइदिए । श्रेष्ठलाई सरकारको नेतृत्व गर्न पठाउनुका पछाडि कृष्णबहादुर महरालाई तत्काल पदच्यूत गर्नु थियो । किनभने, एउटा शक्तिकेन्द्रले महरालाई एकछिनका लागि पनि गृहमा राख्न चाहिरहेको थिएन । यो शृंखलामा माओवादी अध्यक्ष दाहाल पनि जोडिन आइपुगे । उनले प्रधानमन्त्री खनाललाई तत्काल मन्त्रिपरिषद् पुनर्गठनको दबाब दिए । माओवादीको विश्वासमा परेर पार्टीभित्र र बाहिरको चरम दबाब झेल्दै खनालले अह्राएको गरे, यो विश्वासमा कि उनले तोकेको समयसीमाभित्र दाहालले बचाउका लागि कुनै अस्त्र दिनेछन्, तर त्यसो भएन । खनाललाई विवादको आहालमा डुबाएर दाहाल मलेसिया लागे । एपेकको बैठक भनिए पनि भट्टराईको नेतृत्वमा सरकार बनाउने योजनाअनुरूप छलफलका लागि उनी त्यहाँ पुगेका थिए ।
यो पृष्ठभूमिलाई एकछिनका लागि नजरअन्दाज गर्ने हो भने बौद्धिक क्षमता भएका, जनताबाट अत्यन्त रुचाइएका र अपार सम्भावना बोकेका भट्टराईजस्ता नेता बहुमतीय प्रधानमन्त्रीका लागि अहिले नै नहतारिएको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको थियो । तर भट्टराईको यसपटकको प्रधानमन्त्री पदप्रतिको उत्कट चाहनाका अगाडि सबै चुप भए । माधव नेपालले राजीनामा दिएपछि पहिलो चरणमा दाहाल र कांग्रेसका रामचन्द्र पौडेल र दोस्रा चरणमा खनालमा प्रधानमन्त्री पदप्रति जुन लिप्सा देखिएको थियो, त्यो यसपटक भट्टराईमा देखियो । र, अचम्म भट्टराईलाई एकपटक जसरी पनि प्रधानमन्त्री बनाइदिउ“m भन्ने चाहना दाहाल र उनका अनुयायीमा अझ चर्को रूपमा देखियो । यसप्रति भट्टराईले शंकाको सुविधा नलिए भावी दिनमा दुर्घटनामा पर्नसक्ने देखिन्छ । कुनै दिन दाहालले भन्नेछन्, मैले कुनै बेला खन्ना गार्मेन्टमा बाबुरामलाई विदेशी शक्तिले प्रधानमन्त्री बनाउन चाहेको छ भन्दा आलोचना भयो तर अहिले व्यवहारमा के देखियो ? उनले भन्नेछन्, बाबुरामजीलाई भोट हाल्ने अनुहार हेर्नोस् त । मलाई सात-सातपटकसम्म अस्वीकार गरेको मधेसी मोर्चाले बाबुरामजीलाई पहिलोपटकमै किन सहजै भोट हाल्यो ? दाहालले प्रश्न गर्न सक्नेछन् । यसतर्फ भट्टराई सचेत रहन जरुरी छ । किनकि बौद्धिकतामा अगाडि रहे पनि राजनीतिक चातुर्य र दाउपेचमा भट्टराई दाहालभन्दा निकै पछाडि छन् ।
यसबाहेक माओवादी नेतृत्वको सरकार रहेका बेला संविधानसभा विघटन गर्ने केहीअघिको चर्चालाई पनि भट्टराईले बिर्सनु हुँदैन । घटनाक्रम सकारात्मक दिशामा अघि नबढे मंसिर १४ पछि संविधानसभा रहने छैन । र, त्यसको अपजस भट्टराईलाई जानेछ । कांग्रेस र एमाले विपक्षमा रहेको अवस्थामा शान्ति र संविधानको कार्यभार सहजै अघि बढ्ने देखिँदैन । शान्ति प्रक्रियाको महत्त्वपूर्ण विषयका रूपमा रहेको समायोजन र पुनस्र्थापनाको वैधानिक निर्णय गर्ने आठ सदस्यीय माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्र्थापनासम्बन्धी विशेष समितिमा कांग्रेस र एमालेका मात्रै चार सदस्य छन् । बाह्य चुनौती त छँदैछ, एकपटक पंगु प्रधानमन्त्री बनाएर भविष्य सिध्याइदिऊँ भन्ने निहित उद्देश्य राख्ने व्यक्तिहरू भट्टराईको पार्टीभित्रै छन् । यति बुझेर अगाडि बढ्न सकेमा व्यक्तिगत क्षमताकै आधारमा विरोधीले बुनेका षड्यन्त्रका योजना पनि तुहाउन सम्भव छ । के बाबुराम यसमा सफल होलान् ?

 

Monday, August 29, 2011

हाम्रा नेताहरुको हैसियत यसरी तौलेछ अमेरिकाले - mysansar

नेपालस्थित अमेरिकी दुतावासले वासिङटन पठाएका केबलहरुमध्ये २ हजार २ सय ७८ वटा हात पारेको विकिलिक्सले हिजो शुक्रबार राति केही केबलहरु एकै पटक सार्वजनिक गरेको थियो। रमाइलो चिज के पाइन्छ भनेर हेर्दाहेर्दै बिहानको चार बज्यो। धेरैजसो द्वन्द्वकालमा माओवादी क्रियाकलापहरुको रुचिविहीन केबलहरु रहेछन्। तर कुनै कुनैमा भने रमाइला कुराहरु पनि भेटिए। भेटिएका रमाइला कुराहरु तपाईँसमक्ष क्रमशः बाँड्दै जानेछु। अहिलेलाई हाम्रा नेताहरुलाई अमेरिकी दूतावासले कसरी हेर्दो रहेछ भन्ने थाहा पाउँ।
अमेरिकी दूतावासले माधवकुमार नेपालले मन्त्रिमण्डल पुनर्गठन गर्दा सन् २००९ को जुलाई २८ मा मन्त्रीहरुको पूरै बायोडाटा वासिङ्टन पठाएको थियो। त्यसमा यी मन्त्रीहरु कुन जातका, बाहुन हुन् क्षेत्री हुन् कि जनजाति हुन् कि भन्नेसमेत उल्लेख हुँदो रहेछ। अनि अं‍ग्रेजी कस्तो बोल्छन्, घरमा को-को छन् त्यसको पनि जानकारी हुँदो रहेछ।
विजयकुमार गच्छदारलाई दूतावासले भ्रष्टाचारमा संलग्न नेता भनेको छ। उनका एक छोरी र दुई छोरामध्ये एक जना छोरा अमेरिकामा रहेको रिपोर्ट पठाइएको छ। गच्छदारको अंग्रेजी ठीकै रहेको भनिएको छ। विद्या भण्डारीको अंग्रेजी कमजोर रहेको रिपोर्ट गर्ने दूतावासले उमाकान्त चौधरीलाई पनि त्यस्तै भनेको छ।
बायोडाटापछि राखिएको दूतावासको टिप्पणी ‘खतरा’को छ बरु। भीम रावललाई आफ्नै ‘भित्रीया’ जस्तो गरी close Embassy
contact भन्दै गृहमन्त्री भएकोमा खुसी व्यक्त गरिएको छ। प्रचण्डको सरकारमा रहेका वामदेव गौतमलाई आक्रामक, कोइराला सरकारमा रहेका कृष्ण सिटौलालाई लटरपटरे, बेकामको, बेसुद्धिको भन्दै दुवै गृहमन्त्रीको कार्यकाललाई ‘निराशाजनक’ भनी टिप्पणी गरिएको छ।
प्रकाशशरण महत पनि दूतावासको नजिकको सम्पर्कमा रहने व्यक्ति भनिएको टिप्पणीमा सुजाता कोइरालालाई अमेरिकी पक्षको भनिए पनि उनको प्रभावकारितामा शंका छ भनिएको छ।

कमल थापाको छोरालाई डीभी

दूतावासका केबलहरुमा सामान्य मानिसलाई थाहा नभएका नेताहरुका स-साना कुरा पनि हुने रहेछ। जस्तै राजावादी नेता कमल थापाकै कुरा गरौँ। राजाको शासन कालमा मन्त्री बन्दा उनको बायोडाटा अमेरिकी दूतावासले पठाएको रैछ। त्यसमा कमल थापाको परिवारको बारेमा यस्तो लेखिएको छ- उनका १ छोरा ३ छोरी छन्। छोरालाई २००४ को मार्चमा डीभी परेको छ।

नेपालका कम्युनिस्ट नाममात्रका

केबल सार्वजनिक भएपछि सबैभन्दा खुसी एमाले नेताहरुलाई हुनुपर्ने हो। यी तिनै नेताहरु हुन्, जसले एकताका अमेरिकी राजदूत बल्खुस्थित मुख्यालय आउँदा सुटुक्क मार्क्स र लेनिनको फोटो लुकाएका थिए। अब अमेरिका जस्तो देशले नै यिनीहरु त नाममात्रका कम्युनिस्ट हुन् भनेपछि दङ्ग पर्नु परेन त ! नेपालका कम्युनिस्ट पार्टी नाममात्रका कम्युनिस्ट पार्टी भएको रिपोर्ट तत्कालीन अमेरिकी राजदूत मालिनोस्कीले सन् २००२ को फेब्रुअरी २० मा पठाएको केबलमा गरिएको छ। त्यसमा भनिएको छ-
‘नेपालका कम्युनिस्ट पार्टीहरुको नाममा कम्युनिस्ट झुण्डिएको भए पनि उनीहरु युरोपतिरका सोसल डेम्रोक्रेटिक पार्टीहरु जस्तै छन्। एमालेका नेताहरुले त आफूलाई नेपाली कांग्रेसभन्दा बढी लोकतान्त्रिक भएको दावी गर्छन्।‘
हेर्नुस् पूरै केबल
SUBJECT: NEPAL’S CABINET MINISTERS – BIOGRAPHIC INFORMATION
REF: A. KATHMANDU 590
¶B. KATHMANDU 562
¶C. KATHMANDU 522
¶D. KATHMANDU 437
¶1. (SBU) Following is biographic information about key
ministers in the current Nepali cabinet. Biographic
information about the Prime Minister was reported in Ref D.
Bijay Gachhadar, Deputy Prime Minister and Physical Planning
and Works
——————————————— —————
¶2. (SBU) Bijay Kumar Gachhadar, of the Madhesi People’s
Rights Forum (MPRF), was appointed Deputy Prime Minister and
Minister of Physical Planning and Works — the ministry he
held in the Maoist-led government — on June 4. Gachhadar’s
appointment put him into open conflict with MPRF chairman
Upendra Yadav, who declared that Gachhadar and several of his
supporters were expelled from the party. Gachhadar applied
to register his faction as a separate party at the Election
Commission. A decision on his application is pending. After
leaving the Nepali Congress (NC) for the MPRF in March 2008,
Gachhadar won both of the constituencies he contested (one
each in Morang and Sunsari) in the CA election the following
month. He was an NC member elected to Parliament in 1991,
1994, and 1999. During that period, he served as Minister
for Communications (1991), Public Works and Transport (1995),
Tourism and Civil Aviation (1999-2000), and Water Resources
(July – October 2002). Gachhadar reportedly was very close
to G.P. Koirala until Koirala denied him a ministerial
portfolio in the cabinet he formed in December 1998.
Gachhadar has militant political roots and reportedly remains
involved in corruption. During his early affiliation with
the NC, he was involved in a number of armed actions,
including the 1972 hijacking of a Royal Nepal Airlines flight
to India. He was implicated in a 1975 bomb attack on a
police station in the eastern Terai district of Sunsari.
Gachhadar was born in 1953 to a Tharu family in Sunsari. He
holds a Master’s degree in political science from Kathmandu’s
Tribhuvan University. He is married and has a daughter and
two sons, one of whom is in the United States. His English
is fair.
Sujata Koirala, Foreign Affairs
——————————-
¶3. (SBU) Sujata Koirala, the only child of NC president
Girija Prasad Koirala, was appointed Minister of Foreign
Affairs on June 4. She previously served as a Minister
Without Portfolio in the cabinet of her father from January
to August 2008. Koirala contested the CA election in April
2008 but lost to the chairman of the MPRF, Upendra Yadav.
Koirala has been the head of the foreign relations department
of the NC since October 2005. She was elected to the party’s
Central Committee in September 2005. She has been active in
politics since her father first became prime minister in
¶1991. She also is the founding president of Sushma Koirala
Memorial Trust, an NGO established in the name of her late
mother. Koirala is a controversial figure both within and
outside her party. NC members, frustrated with the
stranglehold the Koirala family has over the party, question
her political savvy and ability to be effective at the
national level. Her name has been connected to a number of
corruption scams, including one that involved a Royal Nepal
Airlines contract in the early 1990s, but all allegations
remain unproven. Koirala’s detractors highlight that she
repeatedly argued against uprooting the monarchy. She fled
to India following the royal takeover in February 2005 and
returned to Kathmandu after former King Gyanendra conceded
power in April 2006. Koirala was born on September 25, 1954
in Biratnagar, Morang district in the eastern Terai. She
completed a course in textile design in Delhi, India.
Koirala is married to a German national and lived in Germany
for many years until 1991. She has two adult children: a
son, Siddhartha, and a daughter, Melanie. Koirala is a
Brahmin. She speaks English fluently.
KATHMANDU 00000692 002 OF 003
Bhim Rawal, Home Affairs
————————
¶4. (SBU) Bhim Bahadur Rawal was appointed Minister of Home
Affairs on June 17. The Communist Party of Nepal – United
Marxist Leninist (UML) Central Committee member was elected
to the CA under the proportional representation system in
April 2008. Rawal served as Minister of Tourism and Civil
Aviation and of Science and Technology in 1998-99 and as the
State Minister for Commerce, Tourism and Civil Aviation in
1994-95. He was elected to Parliament in 1994. He worked on
election issues with the United Nations in Cambodia in
1992-93. Rawal was an adviser to Jhalanath Khanal — now UML
General Secretary — while the latter served as a minister in
the interim government of 1990-91. Rawal allied himself with
¶M. K. Nepal when Nepal became General Secretary of the UML in
¶1993. Khanal, angered by the switch in allegiance, allegedly
attempted to remove Rawal from his position as State Minister
in 1994, but M. K. Nepal — then Deputy Prime Minister —
reportedly protected Rawal. Rawal currently appears to enjoy
good relations with both Khanal and the now Prime Minister.
Rawal was born on December 15, 1955 in Achham district in the
hills of far western Nepal. He holds an M.A. in political
science and a bachelor’s degree in law from Tribhuvan
University. He was a practicing lawyer who worked on a
number of legal literacy and assistance issues for the Nepal
Bar Association in the late 1980s. He is married and has two
sons. Rawal is a Chhetri. He speaks English fluently.
Bidhya Bhandari, Defense
————————
¶5. (SBU) Bidhya Bhandari — the widow of Madan Bhandari, who
was UML general secretary from 1990 until his death in a car
accident in 1993 — was appointed Minister of Defense on May
¶25. She previously served as the Minister of Population and
Environment from March to October 1997. Bhandari was elected
one of three Vice Chairpersons of the UML in February 2009.
Aligned with the Prime Minister’s majority faction of the
UML, she has been a Central Committee member of the party
since February 2003 and was an alternate Central Committee
member from 1998 to 2003. She began politics with the
Communist Party of Nepal – Marxist Leninist in 1978 and
joined the UML after the restoration of multiparty democracy
in 1990. She was elected to the lower house of Parliament
from Kathmandu in a by-election in 1994 and was re-elected in
the mid-term polls later that year. She was defeated in her
contest in 2008 and is not a member of the CA. Bhandari was
born on June 19, 1961. She holds a Bachelor’s degree from an
affiliate of Kathmandu’s Tribhuvan University. She has two
daughters. Bhandari is a Brahmin. Her English is poor.
Surendra Pandey, Finance
————————
¶6. (SBU) Surendra Prasad Pandey, a close aide of UML
chairman Jhalanath Khanal, was appointed Minister of Finance
on May 25. Pandey was elected to the CA under the
proportional representation system in April 2008 and was the
deputy parliamentary party leader of the UML until he became
a minister. He was elected to the UML’s politburo in May
¶2009. Pandey previously served as a member of parliament
from 1999 to June 2003. He joined politics at the age of 15
and spent 12 years underground during the Panchayat era.
Born in 1958 in Dhading, a district adjoining Kathmandu,
Pandey has a Master’s degree in sociology and is a teacher by
profession. He has authored several sociological books.
Pandey is a Brahmin.
Umakant Chaudhari, Health and Population
—————————————-
¶7. (SBU) Umakant Chaudhari, a CA member from the central
Terai district of Bara, joined the cabinet on June 4 and was
appointed Minister of Health and Population on June 17. He
served as an Assistant Minister of Agriculture and
KATHMANDU 00000692 003 OF 003
Cooperatives from July 2004 to January 2005. Chaudhari is an
NC Central Committee member. He sided with the NC
(Democratic) — the faction of Sher Bahadur Deuba — after
the NC split in September 2002 (the party reunited in 2007).
Chaudhari began his political career with the mainline NC in
¶1979. Prior to that, he served on the Central Committee of
the NC-affiliated Nepal Students Union in the 1970s.
Chaudhari was born on August 31, 1966 in Bara district. He
holds a Master’s degree in botany from Tribhuvan University
and is an International Visitors Leadership Program alumnus.
He is married and has a son and three daughters. Chaudhari
is Tharu. His English is poor.
Rakam Chemjong, Peace and Reconstruction
—————————————-
¶8. (SBU) Rakam Chemjong, a UML Central Committee since
February 2009, was appointed Minister of Peace and
Reconstruction on June 17. Chemjong was first elected to the
parliament in 1991 but is not a current CA member. He twice
served as president of the Free Students Union, a multi-party
student council, and is a founding member of the
UML-affiliated All Nepal National Free Students Union.
Chemjong was born in 1957 in the eastern Nepal district of
Dhankuta and holds a B.Sc. from Tribhuvan University (1985).
He is from the Rai community.
Prakash Sharan Mahat, Energy
—————————-
¶9. (SBU) Prakash Sharan Mahat, an NC Central Committee
member, joined the cabinet on June 4 and was appointed
Minister of Energy on June 17. Mahat was nominated to the CA
under the proportional representation system in April 2008.
He previously served as State Minister of Foreign Affairs
from July 2004 to January 2005 and as an advisor for
then-Prime Minister Sher Bahadur Deuba from July 2001 to
October 2002. A former General Secretary of the NC-affiliated
Nepal Students Union (1984-88), Mahat has long been active in
the party and was imprisoned several times before 1990 during
the struggle for democracy. Mahat was born in November 1959
in Nuwakot, a district to the north of Kathmandu. He was
awarded a Fulbright Scholarship in 1990 and holds a Ph.D. in
economics from Southern Illinois University (1997). He is
married and has two children. His older brother, Ram Sharan
Mahat, was the Finance Minister in several NC governments.
Prakash Mahat is Chhetri. His English is excellent.
Comment
——-
¶10. (SBU) Home Minister Bhim Rawal is a close Embassy
contact and an experienced leader well-placed to oversee the
police services. After a series of disappointing Home
Ministers, including the combative Bamdev Gautam in Pushpa
Dahal’s government and the feckless Krishna Sitaula in G.P.
Koirala’s government, we view Rawal as a welcome change.
Prakash Mahat is also a close Embassy contact. Post knows
pro-American Sujata Koirala well but has doubts about her
effectiveness. Despite the mixed bag of ministers, all eight
of the above are in their 40s and 50s — quite young by
Nepalese political standards.
MOON
  कमल थापा बारेको केबल
—————————————-
KAMAL THAPA: MINISTER FOR HOME AFFAIRS,
COMMUNICATIONS AND INFORMATION
—————————————-
¶4. (SBU) KAMAL THAPA (B. 4 AUG 1955) IS A CAREER
POLITICIAN WHO IS REPORTEDLY CLOSE TO THE PALACE AND HAS
BEEN INVOLVED IN MOST OF THE MAJOR POLITICAL INITIATIVES
BACKED BY THE PALACE IN RECENT YEARS. HE SERVED AS ONE OF
THE GOVERNMENT’S NEGOTIATORS DURING THE LAST ROUND OF
PEACE TALKS WITH THE MAOISTS IN 2003. THOUGH ONE OF THE
MORE POWERFUL MEMBERS OF THE NATIONAL DEMOCRATIC PARTY
(RPP) AS GENERAL SECRETARY, THAPA EARNED A REPUTATION AS
AN OPPORTUNIST IN 1996 WHEN HE REPEATEDLY CHANGED SIDES
DURING PARLIAMENTARY MANEUVERING TO BRING DOWN THE SHER
BAHADUR DEUBA GOVERNMENT. HIS ELEVATION TO THE RANK OF
FOREIGN MINISTER IN JUNE 1997 PROBABLY REFLECTED MORE THEN-
PRIME MINISTER CHAND’S INTEREST IN LOCKING THAPA INTO THE
GOVERNMENT THAN ANY HIGH ESTEEM FOR HIS ABILITIES. THAPA
REMAINED IN THE POST UNTIL APRIL 1998, WHEN THE CHAND
GOVERNMENT FELL.
THAPA WAS APPOINTED AS THE GENERAL SECRETARY OF THE RPP IN
MAY 2003. THAPA WAS ALSO ACTIVE DURING THE PANCHAYAT
YEARS, RISING TO MINISTER OF FOREIGN AFFAIRS, MINISTER OF
LOCAL DEVELOPMENT AND MINISTER OF HOUSING AND PHYSICAL
PLANNING. THAPA WAS A MEMBER OF NEPAL’S NATIONAL SOCCER
TEAM AND, IN 1984, VISITED THE UNITED STATES TO ATTEND THE
LOS ANGELES OLYMPICS. OF THE CHETTRI CASTE, THAPA IS
MARRIED WITH ONE SON AND THREE DAUGHTERS. IN MARCH 2004,
HIS SON WAS ISSUED A DIVERSITY VISA FOR IMMIGRATION TO THE
UNITED STATES. THAPA RECEIVED A MASTERS DEGREE IN
POLITICAL SCIENCE FROM NEPAL’S TRIBHUVAN UNIVERSITY IN
एमालेको बारेमा गरिएको टिप्पणी
Putting the U Back in UML
————————-
¶1. (U) Nepal’s main opposition party, the Communist Party
of Nepal – United Marxist and Leninist (UML), merged
February 15 with a smaller former offshoot, the Communist
Party of Nepal – Marxist-Leninist (ML). (Note: The
combined parties will continue to use the UML name.
Although communist by name, these parties more closely
resemble European social-democratic parties. UML leaders
claim to be even more democratic that the ruling Nepali
Congress, which in the UML view remains feudal, nepotistic

Thursday, August 25, 2011

स्टिभ जब्सको राजीनामा - NagarikNews

सन फ्रान्सिस्को, भदौ ८ (एएफपी)- एप्पलका सहसंस्थापक स्टिभ जब्सले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पदबाट बुधबार राजीनामा दिएका छन्।
  क्यान्सरसित संघर्ष गरिरहेका जब्सको यस्तो कदमको अपेक्षा धेरै पहिलेदेखि नै गरिँदै थियो। एप्पलले लिखित वक्तव्य जारी गर्दै उनको स्थान टिम कूकले लिने जनाएका छन्। जब्सले बोर्ड अध्यक्षका रुपमा कार्यभार सम्हाल्न जारी राख्ने वक्तव्यमा जनाइएको छ।
एप्पल, म्याकिन्टोस कम्प्युटर, आइफोन र आइप्याडको निर्माता कम्पनी हो। मार्केट क्यापिटलाइजेसनको हिसाबमा यो संसार कै दोस्रो महँगो कम्पनी हो।
जब्सको राजीनामा सार्वजनिक भए लगत्तै एप्पलको शेयर मूल्य ५.३ प्रतिशतले घटेको छ।  ३७६.१८ डलरबाट सुरु भएको बजार बन्द हुँदासम्म ३५६.१० डलरमा घटेको थियो। एप्पलको मुटु र आत्माका रुपमा जब्सलाई लिने गरिन्छ।

यस्तो छ राजीनामा (भावानुवाद)

 
एप्पल बोर्ड अफ डाइरेक्टर्स र एप्पल समुदाय, मैले सँधै भन्दै आएको थिएँ,  मैले यदि एप्पलको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्ना कर्तव्य र अपेक्षाहरु पूरा गर्न नसक्ने दिन आयो भने त्यसबारे तपाइँहरुलाई पहिलो जानकारी दिने म नै पहिलो व्यक्ति हुनेछु । दुर्भाग्य नै भन्नु पर्छ, त्यो दिन आयो।
म एप्पलको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिन्छु । यदि बोर्डले मलाई योग्य ठानेको खण्डमा म एप्पल बोर्डको अध्यक्ष, निर्देशक र एप्पल कर्मचारीको रुपमा सेवा गर्न चाहन्छु ।
प्रमुख कार्यकारीका रुपमा मेरा उत्तराधिकारको लागि हाम्रो योजना अनुसार टिम कुकलाई नियुक्त गर्न म  आग्रह गर्छु।
मलाई विश्वास छ अगाडि एप्पलका उज्याला र शानदार दिनहरु आउँदैछन्। नयाँ भूमिकामा रहेर म एप्पलको सफलतालाई अनुगमन गर्न र सहयोग गर्न तयार छु।
मैले जीवनका सबैभन्दा असल केही साथी एप्पलमै बनाएको छु । यति धेरै वर्ष सँगै काम गर्न पाएकोमा तपाईंहरु सबैलाई म धन्यवाद दिन चाहन्छु।

स्टिभ

Tuesday, August 23, 2011

१०१ प्रभावशाली महिला - nari patrika

महिला र पुरुष मानव सृष्टिका आधारभूत सर्त हुन्। जहाँ महिलाका कुरा हुन्छन् त्यहाँ पुरुषलाई कदापि छुटाउन सकिँदैन। त्यसैगरी पुरुषको समाजमा महिलाले पनि उत्तिकै सम्मानित एवं प्रभावशाली जीवनको अपेक्षा गर्नु स्वाभाविक हुन्छ। नेपाली समाजको कुरा गर्ने हो भने  महिलाको भूमिका पुरुषको तुलनामा केही संकुचित रहेको यथार्थ कसैसामु लुक्न सकेको छैन। यति हुँदाहुँदै पनि हाम्रो समाजमा त्यस्ता महिलाहरू छन् जसको प्रभावका सामुन्ने सम्पूर्ण समाज नतमस्तक छ। त्यस्ता महिलाहरूको यशोगान गाउन समाजले केही कन्जुस्याइँ गरेको उदाहरण यदाकदा भेटिए पनि यसबाट तिनको उचाइ घटेको छैन बरु बढेकै छ। नेपाली समाजमा निरन्तरको संघर्ष, अथक परिश्रम, सकारात्मक विचार एवं दृढ पाइलाको सहारामा अघि बढेका विशिष्ट महिलाहरूको कुनै कमी छैन। अरूले कुरा काट्दा काट्दै पनि त्यसको परवाह नगरी आफ्नो लक्ष्यतर्फ निरन्तर क्रियाशील रहेर सफलताको शिखर चुम्न सक्षम त्यस्ता महिलाहरूबाट आम नेपाली महिलाले प्रेरणा पाउन सक्छन्।

मानव जीवनसित प्रत्यक्ष एवं अप्रत्यक्ष सरोकार राख्ने सामाजिक, आर्थिक, राजनीतिक, औद्योगिक, कृषिजस्ता हरेक क्षेत्रमा परिवर्तनगामी सोचका साथ छुट्टै छाप छाड्न सफल स्तुत्य नारीहरू ओझेलमा पर्नुहुँदैन। उनीहरूका विषयमा जानकारी राखेर राम्रो कामको अनुकरण गर्ने अवसर सबैले अवसर पाउनुपर्छ। नारीको यो अंकमा त्यस्ता केही नारीका बारेमा जानकारी दिने प्रयास गरिएको छ जसले अहिलेको नेपालमा त्यस्तै प्रभाव राख्छन्। त्यस्ता नारीहरूको छनोट गर्ने काम अवश्य पनि सजिलो थिएन तसर्थ हाम्रो यो छनोट पूर्ण छ भनेर दाबी गर्न सक्ने आधार कम छ ।

यहाँ समावेश हुन नसकेका नामहरू प्रभावशाली वा विशिष्ट छैनन् भन्ने होइन। नारी टिमले यस प्रकारको प्रयासका लागि भरमग्दूर परिश्रम गरेको छ। कान्तिपुर मिडिया ग्रुपका पत्रकारहरू सञ्जीवन महर्जन, अश्विनी कोइराला, यशोदा तिम्सिना, मैना धिताल तथा विजय पौडेलको मतका आधारमा १०१ प्रभावशाली महिलाको चयन गरिएको हो। छनोटका केही सीमाहरू रहँदारहँदै पनि यसलाई सकेसम्म पूर्ण बनाउने प्रयास गरिएको छ। साथै यहाँ नाम राख्दा मर्यादा, तह, वर्णानुक्रम आदि मिलाउने काम भएको छ्रैन तसर्थ सम्बन्धित व्यक्तिहरूलाई आफ्नो नाम जुनसुकै स्थानमा परे पनि अन्यथा नलिन अनुरोध गरिन्छ।

करिश्मा मानन्धर

जन्मस्थान : ललितपुर

पेसा : अभिनय

नेपाली चलचित्र उद्योगकी सदाबहार नायिका करिश्मा कुशल अभिनेतृ हुन्। उनको नाम नेपाली चलचित्र क्षेत्रमा गरिमाका साथ लिइन्छ। १४ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा लागेकी करिश्मा नेपाली चलचित्र क्षेत्रकै गौरव हुन्। उनले नेपाली चलचित्रलाई दिएको योगदान अतुलनीय छ। सुन्दरताका साथमा उनको अभिनयको प्रशंसा धेरैले गरेको पाइन्छ।

माल्भिका सुब्बा

जन्मस्थान : धरान

शिक्षा : स्नातकोत्तर

पेसा : मोडलिङ, संचार, सेल्स तथा मार्केटिङ।

मिस नेपाल २००२ की विजेता माल्भिका बहुप्रतिभाशाली युवती हुन्। मिस नेपालको ताजका साथमा मिस पर्सनालिटी, मिस बेस्ट हेयर एवं मिस ट्यालेटको उपाधि प्राप्त गर्न सफल सुब्बा हाल विविध क्षेत्रमा क्रियाशील छिन्। मिडिया पर्सनालिटीका रूपमा प्रमुख चिनारी बनाएकी सुब्बाले 'गड लिभ्स इन द हिमालयज' चलचित्रमार्फत अभिनय क्षमता उजागर गरेकी छिन्।

आयशा शाक्य

जन्मस्थान : ललितपुर

शिक्षा : स्नातक

पेसा : खेलकुद

आयशा नेपाली खेलकुद क्षेत्रमा परिचित नाम हो। विगत १५ वर्षदेखि यो क्षेत्रमा क्रियाशील आयशाको खेलप्रतिको रूचिले देशलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन ठूलो योगदान दिएको छ। खेलप्रतिको रूचि तथा दक्षतामार्फत सबैको मन जित्न सफल आयशाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक प्राप्त गरेकी छिन्। खेल क्षेत्रमा उनको योगदान प्रशंसनीय मानिन्छ।

मोमिला

जन्मस्थान : धनकुटा

शिक्षा : स्नातकोत्तर

पेसा : साहित्य

साहित्य लेखनमा समर्पित मोमिला विशेष गरी कविता, निबन्ध तथा समालोचना विधामा सक्रिय छिन्। २०५२ सालमा 'पैंयुँ फुल्न थालेपछि' कविता संग्रह प्रकाशित गरी औपचारिक रूपमा साहित्यमा प्रवेश गरेकी मोमिला मानव जीवनलाई कर्मशीलताको पर्याय मान्छिन्। उनी सत्कर्ममा विश्वास गर्छिन्। त्यसैले उनका साहित्यिक रचनामा जीवनका अँध्यारा पक्षलाई हटाएर उज्यालोतर्फ लाग्नुपर्ने धारणा व्यक्त भएको पाइन्छ।

केशरी चौधरी

जन्मस्थान : बाँके

शिक्षा : स्नातक

पेसा : खेलकुद

केशरी क्रिकेटका अतिरिक्त लङ जम्प तथा हाई जम्पकी प्रखर खेलाडी हुन्। उनले राष्ट्रिय खुल्ला ट्रयाक एण्ड फिल्ड च्याम्पियनसीपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। अनुशासनलाई गहना मान्ने चौधरीले खेलकुदका साथै अध्ययनलाई पनि अघि बढाइरहेकी छिन्। विभिन्न पदक प्राप्त गरिसकेकी चौधरीलाई बहुप्रतिभाशाली भन्न सकिन्छ।

नीता घिराइया

जन्मस्थान : काठमाडौं

शिक्षा : एसएलसी

पेसा : समाजसेवा

२०३७ सालदेखि रक्तदान गर्दै आएकी नीताले अहिलेसम्म १ सय १२ पटक रगत दान गरिसकेकी छिन्। रगत दिँदा मानिस कमजोर हुन्छन् भन्ने मान्यतालाई चुनौती दिँदै उनले रगत दिएकी हुन्। रगत दिँदैमा हामी कमजोर अथवा बिरामी हुँदैनौं बरु समयमै रगत नपाउँदा अकालमा मानिसको ज्यान जान सक्छ। यदि आफ्नो शरीरबाट थोरै रगत दिँदा कुनै मानिसले नयाँ जीवन प्राप्त गर्छ भने त्यसमा पछि पर्न नहुने उनको धारणा छ। नीता युवा रत्न पुरस्कार, राष्ट्रिय नारी शक्ति पुरस्कारजस्ता विभिन्न पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन्।

डा चन्दा कार्की

जन्मस्थान : महोत्तरी

शिक्षा : एमबीबीएस, डिजिओ, एमडी

पेसा : चिकित्सा

विगत २६ वर्षदेखि चिकित्सा पेसामा निरन्तर लागिपरेकी डा चन्दा कार्कीले लाखौं बिरामीको सेवा गरिसकेकी छिन् । महिलालाई हुने सबै किसिमका

रोगको उपचार गरेर बिरामीलाई पुनर्जीवन दिन सफल चन्दा आफ्नो कामबाट सन्तुष्ट छिन् । रोगीको सेवामा अहोरात्र खट्न तयार उनी बिरामी निको हुँदा निकै प्रफुल्ल हुन्छिन् ।   फुर्सदका समयमा साहित्य रचना गर्न रुचाउने उनले विभिन्न पुस्तक तथा पत्रपत्रिकामा छापिएका लेखमार्फत  भावना अभिव्यक्त गरेकी छिन् ।

डा उमा श्रीवास्तव

जन्मस्थान : काठमाडौं

शिक्षा : एमडी, एमएससी -रेट्रो इन्डो)

पेसा : चिकित्सा

नेपालमा आईयुआई प्रविधि भित्र्याउने श्रेय डा उमा श्रीवास्तवलाई जान्छ। उनले धेरै नि:सन्तान दम्पतीलाई सन्तान दिएर खुसीको अवसर जुटाएकी छिन्। त्यसबापत उनले २०५५ सालको युवा वैज्ञानिक पुरस्कार प्राप्त गरिन्। गत वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नागरिक समाजबाट नारी सेवा सम्मान प्राप्त गरेकी डा श्रीवास्तवले हालसम्म ४ हजार नि:सन्तान दम्पतीलाई शिशु दिलाइसकेकी छिन्।

डा सुधा त्रिपाठी

जन्मस्थान : दार्जीलिङ

शिक्षा : पीएचडी

पेसा : प्राध्यापन तथा साहित्य लेखन

१६ वर्षको उमेरदेखि साहित्यमा हात हालेकी डा त्रिपाठीले अहिलेसम्म एक दर्जन कृति प्रकाशन गरिसकेकी छिन्। निबन्ध, समालोचना, नाटक, कविताजस्ता साहित्यका विविध विषयमा उनको दख्खल छ। त्रिपाठी आफ्नो कृतिमा महिलाका विषय बढी समावेश गर्छिन्। घरको सबै काम गर्ने तथा त्रिभुवन युनिभर्सिटीमा पढाउने काम गरेर पनि साहित्य लेखनलाई निरन्तरता दिन उनले रमाइलो गर्ने तथा आराम गर्ने समय एवं बिदाको दिन कलम चलाउने गरेकी छिन्। साहित्यिक संघसंस्था, राजनीतिक आन्दोलन तथा शिक्षा कार्यमा संलग्न रहेर उनले समाजमा दरिलो उपस्थिति जनाएकी छिन्।

डा पुष्पा चौधरी

जन्मस्थान : भारत

शिक्षा : एमबीबीएस, एमडी, एमआरसीओजी

पेसा : चिकित्सा

२५ वर्षअघि चिकित्सा पेसामा प्रवेश गरेकी डापुष्पाले नेपालमा पहिलोपटक महिलाको पिसाब चुहिने समस्याको उपचार गर्ने प्रविधि भित्र्याएकी हुन्। यसैगरी पाठेघर खस्ने, आङ खस्ने समस्यालाई पनि उनले आधुनिक शल्यचिकित्साद्वारा उपचार गर्ने गरेकी छिन्। समय-समयमा उनी उपत्यकाबाहिर गएर तालिम प्रदान एवं बिरामीको उपचार गर्छिन्। बिरामीलाई सरल तथा सुलभ रूपमा गुणस्तरीय सेवा दिनुपर्छ भन्ने मान्यता राख्ने डा चौधरी नेपालमा नेसनल युरो गाइनोकोलोजी रिसोर्स सेन्टर खोल्ने योजनामा छिन्।

डा दिव्यश्वरी नेपाल

जन्मस्थान : संखुवासभा

शिक्षा : एमबीबीएस, एमडी

पेसा : चिकित्सा

१९९६ मा एमबीबीएस पूरा गरेर यो पेसामा लागेकी दिव्येश्वरी बिरामीलाई राम्रो वातावरण दिएर उपचार गर्छिन्। उनी बाल रोग विशषज्ञ हुन्। उनी सधैं बालबालिकाको सेवामा तत्पर छिन्। बिरामीलाई रोगमुक्त बनाई नयाँ जीवन दिन पाउँदा उनी हृदयदेखि नै खुसी हुन्छिन्।

डा सुशीला वैद्य

जन्मस्थान : ललितपुर

शिक्षा : एमडी -लेजर थेरापी)

पेसा : चिकित्सा

सुशीलाले विवाहपछि श्रीमान्सँग रुस गएर स्त्री क्यान्सर रोग विषयमा एमडी गरेकी हुन्भने रसियाबाटै स्पेशल लेजर थेरापीको कोर्स पनि गरेकी हुन्।  ११ वर्षअघि नेपालमा लेजर थेरापीको काम सुरु गरेकी डा सुशीला नेपालकै प्रथम महिला लेजर थेरापिस्ट हुन्। पोलेको, लडेर घाउ भएको, अप्रेसन गर्दा निको नभएको घाउ, नसा च्यापिएको, प्यारालाइसिस भएको, मधुमेहबाट निको नभएको घाउ तथा अन्य दागका लागि लेजर थेरापी उपयुक्त उपचार विधि हो। हालसम्म उनले ६ हजारभन्दा बढी बिरामीलाई लेजर सेवा दिइसकेकी छिन्।

हिसिला यमी

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातकोत्तर

पेसा : राजनीति

गणतन्त्र नेपालकी प्रथम पर्यटन मन्त्री हिसिला एकीकृत माओवादीकी हाई प्रोफाइल नेतृ हुन्। भारत तथा बेलायतबाट उच्च शिक्षा लिएकी हिसिला आर्किटेक्ट भए पनि १९७४ देखि -डा बाबुराम भट्टराईलाई भेटेपछि) राजनीतिमा लागेकी हुन्। उनले केही समय पुल्चोक इन्जिनियर कलेजमा पनि पढाएकी थिइन्।

रेखा थापा

जन्मस्थान : मोरङ

पेसा : अभिनय

रेखा चलचित्र क्षेत्रमा आएदेखि नै व्यस्त नायिकाका रूपमा परिचित छिन्। हिरो चलचित्रबाट १६ वर्षकै उमेरमा क्यारियर सुरु गरेकी रेखाले अभिनय गरेका अधिकांश चलचित्र हिट भएका छन् भने उनले निर्माण गरेका चलचित्रहरू पनि अत्यन्तै चलेका छन्। जस्तोसुकै भूमिकामा पनि जम्ने तथा दर्शकलाई आकषिर्त गर्न सक्ने खुबीले उनलाई एक दशकको यात्रामा उत्तिकै उच्च स्थान मिलेको छ। रेखा नायिका तथा निर्मातृ दुवै रूपमा उत्तिकै सफल छिन्।

कुन्ती मोक्तान

जन्मस्थान : दार्जीलिङ

शिक्षा : वीम्युज

पेसा : गायन

चर्चित गायिका कुन्ती मोक्तानले २८ वर्ष संगीतमा खर्चिएकी छिन्। नेपाली संगीतमा गायिकाको गीतले व्यावसायिक सफलता नपाएको समयमा उनी एक मात्र त्यस्ती अपवाद हुन्, जसको कुनै पनि गीत तथा एल्बमले असफलता भोग्नुपरेको छैन। लगातार ८ पटक हिट्स एफएम अवार्ड जितेकी कुन्तीले सयौं अवार्ड पाएकी छिन्। थुप्रै स्कुल तथा कलेजमा पार्ट टाइम संगीत सिकाइरहेकी कुन्ती कम्तीमा ३० देशमा कार्यक्रम लिएर पुगिसकेकी छिन्।

पम्फा भुसाल

जन्मस्थान : अर्घाखाँची

पेसा : राजनीति

पम्फा भुसाल सशक्त नेतृ हुन्। २०३७ सालदेखि पार्टी सदस्य भएर काम गरेकी भुसाल २०३९ मा शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनपछि सशक्त रूपमै पार्टीमा लागिन्। सन् २००७ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएकी भुसाल २०६५ सालको निर्वाचनमा ललितपुर-३ बाट निर्वाचित भएकी थिइन्। भुसाललाई एकीकृत माओवादीभित्र दृढ धारणा राख्नसक्ने नेतृका रूपमा हेरिन्छ।

रिनासा राई

जन्मस्थान : पाँचथर

शिक्षा : बीबीएस

पेसा : कोरियोग्राफी

६ वर्षअघिदेखि कोरियोग्राफीमा लागेकी रिनासाले म्युजिक भिडियोबाट क्यारियर सुरु गरेकी हुन्। चिया बारीमा, मै ठूली भैछु रे आदि गीतको म्युजिक भिडियो कोरियोग्राफी गरेपछि उनले दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। उनले चलचित्र 'मेरो एउटा साथी छ' को कोरियोग्राफीमार्फत राष्ट्रिय पुरस्कार हात पारिन्। उनी हाल चल्तीमा रहेका विवोइङ, हिपहपदेखि भारतीय एवं नेपाली परम्परागत नृत्य सिकाउन अब्बल मानिन्छिन्।

आयुषी शाह

जन्मस्थान : पाल्पा

शिक्षा : स्नातकोत्तर

पेसा : मोडलिङ

१२ वर्षअघि र्‍याम्प मोडलिङबाट करियर सुरु गरेकी आयुषी शाह अहिले पनि त्यही क्षेत्रमा व्यस्त छिन्। मिस्टर एण्ड मिस भ्यालेन्टाइनको टाइटल अवार्ड जितेर मोडलिङमा हात हालेकी आयुषीले ४० भन्दा बढी र्‍याम्प शोमा भाग लिइसकेकी छिन्। गुणस्तरीय र्‍याम्प शोमा मात्र मोडलिङ गर्ने उनी अग्रपंक्तिकी मोडल हुन्। २८ भन्दा बढी म्युजिक भिडियो तथा दर्जनौं विज्ञापनमा काम गरेर लोकपि्रय भएकी आयुषी हाल कोरियोग्राफी एवं इभेन्ट म्यानेजमेन्टमा सक्रिय छिन्।

मेघा चौधरी

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातक

पेसा : व्यापार

बहुप्रतिभाशाली मेघा आफूलाई विभिन्न क्षेत्रमा उभ्याउन रुचाउँछिन्। मेटल ब्यान्डको भोकलिस्टबाट सुरु भएको उनको यात्रा अहिले नर्भिक अस्पतालको व्यवस्थापकसम्म पुगेको छ। भोलिको नेपाललाई युवाहरूले चलाउनुपर्छ भन्ने चौधरी समाजसेवामा पनि रुचि राख्छिन्।

रमा ढकाल

जन्मस्थान : सुनसरी

शिक्षा : आई ए

पेसा : प्रवचन

रमा ढकाल भागवत पुराण वाचिका हुन्। उनी यो क्षेत्रमा पुरुषको प्रभुत्व तोडेर कुशलतापूर्वक लागेकी छिन्। मधुर स्वरकी धनी रमाको वाचन शैली प्रशंसायोग्य छ। श्रोतालाई मीठो बोलीबाट मन्त्रमुग्ध बनाउन सक्ने ढकालले महिलाहरूले पनि पुराण भन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छिन्।

अञ्जु पन्त

जन्मस्थान : काठमाडौं

पेसा : गायन

अञ्जु ४-५ वर्ष यता नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने तथा गायनबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकाको सूचीमा छिन्। उनको 'न बिर्से तिमीलाई, न पाएँ तिमीलाई' गीत मोबाइलबाट झन्डै ३० हजार पल्ट डाउनलोड हुनुले पनि उनको लोकपि्रयता प्रमाणित हुन्छ। सानैदेखि भजन मण्डलीमा गीत गाउने पन्त १४ वर्षअघि भजन रेकर्ड गरी औपचारिक रूपमा संगीत क्षेत्रमा लागेकी हुन्। कान्तिपुर, हिट्स एफएम, कालिका एफएम, पोखराको अन्नपूर्ण एफएमदेखि अन्य एफएमहरूका अवार्डमा उनी नै सर्वाेकृष्ट गायिका बनेर छाइरहनुबाट पनि उनको लोकपि्रयता प्रस्ट हुन्छ।

निशा शर्मा

जन्मस्थान : चितवन

पेसा : नाट्यकर्मी

नेपाली नाट्य परम्पराको अँध्यारो युग परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने निशा ५ वर्षको उमेरमै नाट्य संसारमा प्रवेश गरेकी हुन्। उनी गत ३ दशकदेखि निरन्तर रंगमञ्चमै सक्रिय छिन्। श्रीमान्सँगै गुरुकुलको गतिविधि र उत्थानमा लागिपरेकी निशा अन्तर्राष्ट्रिय नाट्य प्रस्तुतिमा पनि जमेकी छिन्। नृत्यमा गोल्ड मेडलिस्ट निशाले थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेकी छिन्।

सरिता मिश्र

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातकोत्तर -तबलावादन)

पेसा : संगीत

आठ वर्षदेखि तबला सिकेर बजाउन थालेकी सरिता ३५ वर्षदेखि रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा तबलावादकका रूपमा कार्यरत छिन्। उनले नेपाली तबलावादनको इतिहासमा प्रथम तबलावादकका रूपमा देश-विदेशमा कार्यक्रम प्रस्तुत गरिसकेकी छिन्। सरिता गुरुकुलमा हुने शास्त्रीय संगीत कार्यक्रम, किराँतेश्वर तथा अन्य धेरै सांगीतिक संस्थासँग आबद्ध छिन्।

आनी छोइङ डोल्मा

जन्मस्थान : काठमाडौं

१३ वर्षको उमेरमा शिवपुरी नागी गुम्बामा आनी बन्न पुगेकी डोल्मा परम्परामा समयानुकूल परिवर्तन ल्याउँदै जानुपर्छ भन्ने मान्यता राख्छिन्। कुरीति हटाउने काममा अग्रसर आनी भगवान् बुद्धका उपदेशलाई मीठो स्वरमा गाउँछिन्। उनी गायनबाट जे-जति कमाउँछिन् त्यो फर्पिङमा आफैंले खोलेको नन वेलफेयर फाउन्डेसन स्कुलका लागि खर्च गर्छिन्। आनीको कठोर जीवन यात्रालाई सहज बनाउन अग्रणी भूमिका खेल्ने छोइङ डोल्माले गाएको 'फूलको आँखामा फूलै संसार' गीत अत्यन्त लोकपि्रय छ।

रेणु यादव

जन्मस्थान : सप्तरी

पेसा : राजनीति

विसं २०६० मा रेणु महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री हुँदा सबैभन्दा कम उमेरमा मन्त्री हुने महिलाको सूचीमा परेकी थिइन्। रेणु नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ सप्तरीको अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्। विसं २०५० मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएकै वर्ष उनी सप्तरी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन्। उनी अहिले मधेसी जनअधिकार फोरममा अध्यक्ष उपेन्द्र यादवको निकट रहेर काम गरिरहेकी छिन्।

संगीता श्रेष्ठ

जन्मस्थान : मोरङ

शिक्षा : स्नातक

पेसा : सञ्चारकर्मी

टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुँदै म्युजिक भिडियोको निर्देशनबाट चिनिएकी संगीता अहिले चलचित्र निर्देशनतर्फ अघि बढ्दैछिन्। संगीताले हालसम्म ८० वटा म्युजिक भिडियो निर्देशन गरिसकेकी छिन्। हाल उनी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने 'कथा प्रेमका' शीर्षकमा सर्ट मुभी शृंखलाको निर्देशनमा व्यस्त छिन्।

अञ्जली मास्के

जन्मस्थान : काठमाडौं

पेसा : समाजसेवा

अञ्जलीले गत १२ वर्षदेखि दिदीबहिनी नहुने स्वदेशी तथा विदेशी दाजुभाइलाई भाइटीका लगाइदिँदै आएकी छिन्। उनी हरेक वर्ष तिहारमा काष्ठमण्डप गोरखनाथ मन्दिरमा सामूहिक भाइटीका लगाउँछिन्। भाइटीकामा उनी जातजाति, धर्म, संस्कृति, धनी, गरिब आदिको भेदभाव गर्दिनन्। भाइटीकामा कतिपयको निधार खाली रहेको देखेर उनले संस्कृति बचाउन यो काम सुुरु गरेकी हुन्। मास्के दाजुभाइबाट कुनै उपहार तथा रकम ग्रहण गर्दिनन्।

मञ्जुश्री थापा

जन्मस्थान : काठमाडौं

शिक्षा : बीएफए, फोटोग्राफी

पेसा : साहित्य लेखन

मञ्जुश्रीले नेपाली साहित्यलाई विश्वसामु चिनाएकी छिन्। नेपाल, क्यानाडा तथा अमेरिकामा हुर्किएकी थापा सन् १९९२ मा मुस्ताङ भोट इन फ्रागमेन्ट्समार्फत साहित्य संसारमा प्रवेश गरेकी हुन्। आख्यान, गैरआख्यान एवंं अनुवादका क्षेत्रमा हात हालेकी थापाले फरगेट काठमाडौं कृतिका लागि लेटर युलिसेस अवार्ड हात पारेकी छिन्। मार्टिन चौतारी नामक संस्था चलाइरहेकी थापा विभिन्न अंग्रेजी पत्रिकामा स्तम्भकारका रूपमा पनि काम गर्दैछिन्।

दिलशोभा श्रेष्ठ

जन्मस्थान : काठमाडौं

पेसा : समाजसेवा

विसं २०३८ सालदेखि १०-१२ जना शिशु पालेकी दिलशोभाले २०५४ सालदेखि असहाय आमाहरूलाई पनि पालिरहेकी छिन्। पागल भनेर छोडेका, बाटामा फालिएकाहरू नै उनको आमाघरमा छन्। अहिले उनीसँगै खाने, बस्ने ४८ जना छन् भने उनले पालेका ८० जना बालबालिका हुर्किसकेका छन्। अमेरिकामा रहेकी छोरीले पठाएको केही पैसा र आफ्नो पुख्र्यौली रकमबाट उनले आमाघरमा २७ जना वृद्धा पालेकी छिन्। नामजस्तै ठूलो दिल भएकी दिलशोभा बिहान ४ बजेदेखि राति १० बजेसम्म आफ्नो आश्रयमा रहेकाहरूका लागि खाना बनाउने, ख्वाउने तथा हेरविचार गर्ने काममा व्यस्त हुन्छिन्।

सान्द्रा पुन

जन्मस्थान : पोखरा

पेसा : सौन्दर्यकर्मी

नौ वर्षअघि सौन्दर्य जगत्मा छिरेकी सान्द्रा छोटो समयमै ठूलो चर्चा कमाउन सफल सौन्दर्यविद् हुन्। सान्द्राले कोरियाको जेन एकेडेमीमा मेकअप र किममिनसन एकेडेमीबाट स्किन तथा हेयरसम्बन्धी अध्यनन गरेकी हुन्। कोरियामा केही वर्ष काम गरेर नेपाल आएपछि उनले हेयर टि्रटमेन्ट, एक्सटेन्सन, नेल एक्सटेन्सन, पर्मानेन्ट मेकअप, लिप मेकअपदेखि फेसियलजस्ता प्रविधि भित्राएर शृंगारमा नयाँ अवधारणा ल्याएकी छिन्। पुनले नै नेपालमा एक्सटेन्सन, पर्मानेन्ट मेकअप, आइब्रो तथा लिप बनाउने ट्रेन्ड बसालेकी हुन्।

रागिनी उपाध्याय

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातक

पेसा : कलाकारिता

दुई दशकभन्दा बढी कला क्षेत्रमा समर्पित रागिनीले देश-विदेशमा धेरै कला प्रदर्शनी गरिसकेकी छिन्। समाजका कुरीति तथा समस्याहरूलाई क्यानभासमा उतार्न सफल रागिनीका चित्रहरू विदेशमा समेत लोकपि्रय छन्। उनका चित्रहरू विभिन्न अवधारणामा आधारित हुन्छन्। उनी समसामयिक चित्रकार हुन्। उनका चित्रमा यथार्थवादको चित्रण पाइन्छ। आफ्नो काममा निकै कुशल रागिनी सधैं महिलाहरूको हकका पक्षमा हुन्छिन्।

रविना देशराज श्रेष्ठ

जन्मस्थान :ललितपुर 

शिक्षा : स्नातकोत्तर

पेसा : बैंकर्स

दुई दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध रविनाले आफ्नो बोल्ड व्यक्तित्वका कारण फरक पहिचान बनाएकी छिन्। झुटो बोलेको मन नपराउने रविना हँसिली छिन्। मेघा बैंकमा वरिष्ठ अधिकृत पदमा कार्यरत रविना समाजसेवामा रुचि राख्छिन्। समयानुकूल पहिरनमा सजिने रविना तनमनबाटै सुन्दर हुनुपर्ने कुरामा विश्वास गर्छिन्।

झमककुमारी घिमिरे

जन्मस्थान : धनकुटा

शिक्षा : अनौपचारिक

पेसा : साहित्य लेखन

झमककुमारी डेढ सय वर्षअघिकी प्रख्यात अमेरिकी लेखिका हेलेन केलरजस्तै मस्तिष्क पक्षघातले सताइएकी नेपाली फूल हुन्। 'जीवन काँढा कि फूल' कृतिमार्फत निकै चर्चा बटुल्न सफल उनको सिर्जना र शारीरिक अवस्थाबीच लामो दूरी छ। अनौपचारिक अध्ययनकै भरमा उनले जीवन काँढा कि फूलका अतिरिक्त संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेका योद्धाहरू, अवसानपछिको अवसान, सम्झनाका बाछिटाहरूजस्ता पुस्तक नेपाली साहित्य भण्डारमा थपेकी छिन्। उनले गोडाले लेखेरै नेपाली भाषा-साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएकी छिन्। उनको हरेक दिन साहित्य सिर्जनामै बित्छ।

तरुनिका महतो

जन्मस्थान : सिरहा

शिक्षा : स्नातक -बोटनी), डिप्लोमा -फेसन डिजाइन)

पेसा : फेसन डिजाइनिङ

फेसन डिजाइनिङमा नयाँपन दिनुपर्ने मान्यता राख्ने तरुनिकाले ११ वर्षअघि बुटिक खोलेपछि उच्च वर्गका लागि मात्र बुटिक भन्ने धारणामा परिवर्तन आयो। फेसन सबैका लागि हो भन्ने धारणा विकसित गर्न उनले महत्वपूर्ण भूमिका खेलेकी छिन्। तरुनिकाले सबै वर्गका ग्राहकलाई उनीहरूको शारीरिक बनोट, च्वाइस तथा बजेटअनुसार पहिरन बनाइदिने गरेकी छिन्। विभिन्न फेसन शो तथा चलचित्रका लागि पनि पहिरन बनाउँदै आएकी महतो आफ्नो रुचिको विषय भएकाले यसलाई पछिसम्म निरन्तरता दिने विचारमा छिन्।

सोनी राणा

जन्मस्थान : काठमाडौं

पेसा : पाइलट

सन् १९८८ मा पाइलटको लाइसेन्स लिएकी सोनी राणा बोइङ तथा जेट उडाउने प्रथम नेपाली महिला हुन्। उनलाई हवाईजहाज चलाउन कुनै डर लागेन। राणा भन्छिन्-हवाईजहाज चलाउन एकाग्रताको आवश्यकता पर्छ।

मेनुका थापा

जन्मस्थान : काभ्रे

शिक्षा : स्नातकोत्तर

पेसा : समाजसेवा

मसाज, डान्स बार एवं दोहोरी रेस्टुराँमा काम गर्ने युवतीहरूको अधिकार प्राप्ति एवं यौन शोषणमा परेकाहरूको उद्धारमा लागेकी मेनुकाले हालसम्म ३ सयभन्दा बढी महिलालाई यौनजन्य व्यवसायबाट अन्य पेसामा रूपान्तरित गरेकी छिन्। शोषित नारीहरूको पीडा कम गर्न उनी गायिका बन्ने लक्ष्य एकातिर थन्काएर उनीहरूको सेवामा लागिपरिन्। अरूको दु:खलाई आफ्नै दु:ख मान्ने थापाको काम स्तुत्य छ।

हिमानी शाह

जन्मस्थान : काठमाडौं

पेसा : समाजसेवा

पूर्व युवराज्ञी हिमानी शाह निकै फरासिली तथा हँसिली छिन्। दरबारको सुविधा सम्पन्न जीवन बिताएकी हिमानीले अहिले समाजसेवालाई आफ्नो जीवनको लक्ष्य बनाएकी छिन्। अहिले उनी आफ्नै नामको ट्रस्टमार्फत विभिन्न काम गर्दैछिन्। चाँडै नरिसाउने हिमानीको प्रमुख विशेषता धैर्य हो। हिमानी अहिलेे ट्रस्टमार्फत गाउँ-गाउँसम्म पुगिरहेकी छिन्।

प्रतिष्ठा अमात्य विष्ट

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातक

पेसा : व्यापार

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल प्रतिष्ठाले ३ सेकेन्डमा ७५ शब्द सम्झिएकी थिइन्। उनी सानैदेखि नाम सम्झने अभ्यास गर्थिन्। अहिले उनी होटल व्यवसायमा व्यस्त छिन्। कम बोल्ने उनको बानीलाई धेरैले अहंको संज्ञा दिए पनि उनी घमण्डी भने छैनन्।

विद्या भण्डारी

जन्मस्थान : भोजपुर

शिक्षा : स्नातक

पेसा : राजनीति

दई पटक मन्त्री भैसकेकी विद्या एमालेकी शालीन, धैर्यशील एवं शान्तिपि्रय राजनीतिज्ञ हुन्। वैचारिक प्रखरताले गर्दा पार्टीमा उनको फरक स्थान छ। जीवनमा अनेकौं आरोह-अवरोह खेपेकी भण्डारीको पार्टीका हरेक काम-कारबाहीमा प्रभावकारी भूमिका छ। रक्षामन्त्री हुँदा उनले निर्वाह गरेको भूमिका तथा उनको निर्णय शक्तिको धेरैले प्रशंसा गरेका थिए।

हजुरी विष्ट

जन्मस्थान : काठमाडौं

शिक्षा : प्रमाणपत्र तह

पेसा : व्यापार

अहिले नवरस ब्रान्ड हरेक नेपालीको जिब्रोमा झुन्डिएको छ। विदेशमा पनि यसको निकै माग छ। अचार बनाउने हरेक प्रक्रिया आफैले अवलोकन गर्ने विष्ट सामान खरिद गर्न पनि आफैं बजार पुग्छिन्। गुणस्तरमा कटिबद्ध विष्ट सधैं राम्रा सामग्री उत्पादन गर्न प्रेरित हुन्छिन्। उनको अथक परिश्रमले अहिले उनका ४९ थरीका अचार बजारमा लोकपि्रय छन्। हाल विन को-ओपरेटिभमा आबद्ध विष्टले विभिन्न सम्मान तथा अवार्ड हात पारेकी छिन्।

सुप्रभा घिमिरे

जन्मस्थान : काठमाडौं

पेसा : राजनीति

शालीन व्यक्तित्वकी धनी सुप्रभा घिमिरेले आफ्नो आधा जीवन शिक्षण पेसामा बिताइन्। प्राध्यापक संघको अध्यक्षमा निर्वाचित भएर काम गरिसकेकी घिमिरे काठमाडौं क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य निर्वाचित भएकी हुन्। उनले विभिन्न संघसंस्थामा आबद्ध भएर धेरै अनुभव बटुलिसकेकी छिन्। शिक्षाले मानिसको चेतनाको स्तर बढाउने भएकाले नेपाली नारीको स्तर वृद्धि गर्न महिला शिक्षामा विशेष जोड दिनुपर्ने उनको मान्यता छ।

दुर्गा घिमिरे

जन्मस्थान : मोरङ

शिक्षा : स्नातक

पेसा : समाजसेवा

तीन दशकदेखि महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत दुर्गा घिमिरे कलेज जीवनमै राजनीतिमा प्रवेश गरी राजकाजको मुद्दामा तीन पटक जेल परिन्। समाजसेवालाई आफ्नो लक्ष्य बनाएकी घिमिरे सामाजिक क्षेत्रमा काम गर्दा धेरै दु:खको अनुभव भए पनि महिलाहरूको उद्धारबाट सन्तुष्टि मिल्ने बताउँछिन्।

प्रमदा शाह

जन्मस्थान : काठमाडौं

शिक्षा : आइए

पेसा : समाजसेवा

प्रमदा कोमल स्वभावकी छिन् तर उनको हिम्मत भने अदम्य छ। नेपालका धेरै गाउँमा पाइला टेकिसकेकी प्रमदा नारी हक-हित तथा जनावरको अधिकार संरक्षणका लागि लडिरहेकी छिन्। साथी संस्थाकी अध्यक्ष शाह महिला चेतना वृद्धिका लागि पुरुष मानसिकतामा परिवर्तन हुनुपर्ने बताउँछिन्। उनी गलत कुरालाई गलत भन्न डराउँदिनन्। यही स्वभावले उनलाई समाजसेवाको क्षेत्रमा विशिष्ट चिनारी दिएको छ।

डा सुधा शर्मा

जन्मस्थान : काठमाडौं

शिक्षा : एमबीबीबीएस, एमडी

पेसा : चिकित्सा

सुधा सफल चिकित्सक हुँदै नेपाल मेडिकल काउन्सिलकी प्रथम महिला अध्यक्ष बनिन्। प्रसूति गृहकी पूर्व अध्यक्ष सुधा शर्माको नेपाल मोह प्रशंसालायक छ। गहनताले भरिएकी सुधाले नेपालीको स्वास्थ्य स्तर उकास्नुलाई आफ्नो जीवनको लक्ष्य बनाएकी छिन्। काम गर्ने शैली नै उनको सफलताको सूत्र हो।

आरजु देउवा

जन्मस्थान : ललितपुर

शिक्षा : विद्यावारिधि

पेसा : राजनीति तथा समाजसेवा

समाजसेवाबाट सुरु भएको उनको यात्रा अहिले संसद् भवनसम्म पुगेको छ। उनको परिश्रमले उनलाई यो भन्दा अझै माथि लाने कुरामा दुईमत छैन। आकर्षक व्यक्तित्व तथा दृढ इच्छाशक्तिकी धनी आरजु आफ्ना सबै समस्या पन्छाएर काममा व्यस्त हुन्छिन्। महिलाहरूका हक-हितमा समर्पित आरजु संसद्मा पनि महिला मुद्दामा बढी केन्दि्रत छिन्। उनी व्यक्तिगतभन्दा सामाजिक सरोकारका विषयमा बढी चासो राख्छिन्।

माधुरी कार्की

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातकोत्तर

पेसा : नोकरी

दृढ इच्छाशक्तिका कारण सफलता प्राप्त हुन्छ भन्ने पाठ माधुरीको जीवनबाट सिक्न सकिन्छ। नेपालकै प्रथम जिल्ला वन अधिकृत माधुरीको निर्णय गर्ने शक्ति तथा फरासिलोपनले सबैलाई काम गर्न सहज बनाउँछ। सामूहिक कार्यमा विश्वास राख्ने कार्कीले भक्तपुरमा रहँदा सशक्त ढंगबाट आफ्नो जिम्मेवारी बहन गरेकी थिइन्। आज पनि उनको काम गर्ने शैली उस्तै छ। आफूलाई समयसँगै अपटुडेट गर्ने माधुरी कहिल्यै कामबाट पछि हट्दिनन्।

सुजाता कोइराला

जन्मस्थान : मोरङ

शिक्षा : स्नातकोत्तर

पेसा : राजनीति

फराकिलो विचारकी सुजाताले १८ वर्षअघि कांग्रेसको पार्टी सदस्यता लिएकी हुन्    समाजसेवाबाट राजनीतितर्फ मोडिएकी कोइराला राजनीतिलाई पनि एकप्रकारको समाजसेवा मान्छिन्। दृढ इच्छाशक्तिकी धनी कोइराला निडर भएर निर्णय लिन्छिन्।

कमला श्रेष्ठ

जन्मस्थान : सुनसरी

शिक्षा : स्नातक

पेसा : सौन्दर्यकर्मी

धैर्य तथा परिश्रमको फल ढिलै भए पनि चाख्न पाइन्छ भन्ने उक्ति कमला श्रेष्ठमा लागू हुन्छ। २७ वर्ष सौन्दर्य क्षेत्रमा बिताएकी श्रेष्ठ अहिले उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्यमा निर्वाचित भएकी छिन्। एउटै विधामा आफूलाई रुखझैं उभ्याएर हजारौं विद्यार्थीलाई शिक्षा दिएकी कमलाले जीवनमा आएका हरेक परिस्थितिलाई सामान्य मानी आफ्नो कर्म गर्न छाडिनन्। उनको सफलताको रहस्य फरासिलोपन तथा नेतृत्व गर्न सक्ने क्षमता हो।

ज्योति तुलाधर

जन्मस्थान : काठमाडौं

ज्योति नेपाली श्रमिक आन्दोलनकी अगुवा हुन् । उनी आइएलओ जेनेभा मुख्यालयमा उच्च पदमा पुग्ने प्रथम नेपाली महिला पनि हुन् । उनले नेपाली श्रमिकका हक-अधिकारका निम्ति महत्त्वपूर्ण योगदान दिएकी छिन् ।

नैनकला थापा

जन्मस्थान : रूपन्देही

पेसा : राजनीति

राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला राजनीतिमा आउनुअघि शिक्षण पेसामा आबद्ध थिइन्। त्यतिबेला चितवन जिल्ला शिक्षा कार्यालयबाट उत्कृष्ट शिक्षिकाको अवार्ड प्राप्त गरेकी थापा जुनसुकै काममा लागे पनि त्यसप्रति प्रतिबद्ध हुनुपर्ने कुरामा विश्वास राख्छिन्। एनेकपा माओवादी पार्टीमा आबद्ध उनले विभिन्न समयमा विभिन्न पदमा रहेर पार्टीको जिम्मेवारी सम्हालेकी थिइन्।

अमुदा श्रेष्ठ

जन्मस्थान : काठमाडांै

शिक्षा : स्नातकोत्तर

पेसा :  प्राध्यापन

अमुदाले कुनै पनि पेसामा विविधता दिन सकिन्छ भन्ने कुराको पुष्टि गरेेकी छिन्। शिक्षण पेसाबाट करियर सुरु गरेकी श्रेष्ठले यसैमार्फत विशिष्ट पहिचान बनाइन्। केही समय शंकरदेव क्याम्पसको प्रमुख भएर काम गरेकी अमुदा स्नातकोत्तर तहमा स्वर्ण पदक प्राप्त गर्ने प्रथम नेपाली महिला हुन्। प्रखर लेखक, प्रशिक्षक तथा  शोधकर्ताका रूपमा चिनारी बनाउन सफल श्रेष्ठ थुप्रै संघसंस्थासँग आबद्ध छिन्। परिश्रमी तथा लगनशील श्रेष्ठ महिला आयोगमा पनि आबद्ध छिन्।

अप्सरा चापागाईं

जन्मस्थान : काभ्रे, शिक्षा : स्नातक, पेसा : समाजसेवा

अप्सरा वन-जंगलका विषयमा जानकारी राख्ने नेपालकै विशिष्ट महिला हुन्। उनी नेपालका धेरैजसो जंगल घुमेकी छिन्। उनी फेकोफनकी अध्यक्ष पनि हुन्। वन क्षेत्रमा काम गरेको २० वर्ष अवधिमा अनेकौं दु:ख सहेकी अप्सरामा आज पनि पहिलेको जस्तै  जोस देख्न सकिन्छ। समाजमा नयाँ क्षेत्रमा लागेका महिलाको कुरा काट्नेहरूको बाहुल्य भएको अवस्थामा पनि आफ्नो काममा निरन्तर जुटेकी अप्सरा आम नेपाली महिलाका लागि प्रेरणास्रोत हुन्। 

स्नेहा राणा

जन्मस्थान : भारत

शिक्षा : स्नातक

पेसा : सौन्दर्यकर्मी

प्रभावशाली व्यक्तित्वकी धनी स्नेहाले नेपालमा मेकअप गर्ने शैलीमा निकै परिवर्तन ल्याएकी छिन्। विभिन्न कार्यक्रममा आफ्नो मेकअपको जादु प्रस्तुत गरिसकेकी स्नेहा बहुप्रतिभाकी धनी हुन्। उनले विभिन्न म्युजिक भिडियो तथा विज्ञापनमा पनि राम्रो छाप छोडेकी छिन्। सबैसित राम्रो व्यवहार गर्ने राणा हँसिली तथा फरासिली छिन्। सौन्दर्यकी प्रतिमूर्ति स्नेहाको परिश्रम तथा प्रयास गर्ने कला विशिष्ट छ।

मिरा ढुंगाना

जन्मस्थान : मकवानपुर

शिक्षा : एलएलबी

पेसा : वकालत

मिरा कानुनी क्षेत्रमा नयाँ नजिर स्थापना गर्न सफल छिन्। आफ्नो घरबाट वकालत सुरु गरेकी ढुंगानाले छोरीका लागि अंश मुद्दाको नजिर स्थापित गरिन्। शालीन तथा कम बोल्ने मिराको कार्य शैली निकै प्रभावकारी छ। कम बोल्ने तथा काममा कटिबद्ध हुने मिरा अधिकांश समय वकालतमा व्यस्त हुन्छिन्। धैर्य तथा मिलनसार आदि गुणले गर्दा यो क्षेत्रमा उनी सबैका माझ लोकपि्रय छिन्।

अञ्जु केसी

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातकोत्तर

पेसा : समाजसेवा

अञ्जु महिलाहरूको स्वास्थ्य तथा शिक्षाका लागि काम गर्ने संस्था 'आमा मिलन केन्द्र' की अध्यक्ष हुन्। महिलाहरूकै लागि मात्र केन्दि्रत नेपालकै पहिलो यो संस्थाले अहिले विभिन्न स्थानमा काम गरिरहेको छ। अञ्जुले उक्त संस्थामार्फत नेपालका विभिन्न गाउँ घुमेर त्यहाँ महिलाहरूको स्वास्थ्य तथा शिक्षाको सुुधारका लागि गहकिलो योगदान पुर्‍याएकी छिन्। नेतृत्व क्षमता भएकी, कम रिसाउने तथा कर्ममा विश्वास गर्ने अञ्जुको काम प्रशंसनीय छ।

पुष्पा भुसाल

जन्मस्थान : अर्घाखाँची

शिक्षा : स्नातकोत्तर

पेसा : राजनीति एवं समाजसेवा

नेपाली कांग्रेसका वरिष्ठ नेता काशीनाथ गौतमकी सुपुत्री पुष्पा भुसाल बुवाकै कारण बाल्यकालदेखि नै राजनीतिमा प्रवेश गरेकी हुन्। २०६५ सालको निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईबाट नेपाली कांग्रेसका तर्फबाट सभासद बनेकी भुसाल सफल राजनीतिज्ञ, कानुन व्यवसायीका साथै समाजसेवीका रूपमा पनि परिचित छिन्। लामो समय शिक्षण पेसामा संलग्न भुसालले महिला हकहितका लागि विभिन्न संघ-संस्थामा आबद्ध भएर काम गर्दै छिन्।

पवित्र लिम्बू

शिक्षा : स्नातकोत्तर

पेसा : शिक्षण

शिक्षा क्षेत्रमा पवित्रको नाम नलिने हो भने त्यो क्षेत्र अपूरो हुन्छ। नेपालमा बालशिक्षामा क्रान्ति ल्याउने पवित्रले शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेकी छिन्। उनले आम अभिभावकहरूलाई मन्टेश्वरी अवधारणा बुझाएर नेपालको पूर्वप्राथमिक शिक्षामा नयाँ आयाम थपेकी छिन्। पिसकोरबाट आफ्नो कार्य सुरु गरेकी पवित्र अहिले पि्रमियर इन्टरनेसनल स्कुल स्थापना गरेर विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा लागिपरेकी छिन्। दृढ इच्छाशक्ति तथा इमान्दारिता उनको सबैभन्दा ठूलो गुण हो।

भुवन  ढुंगाना

जन्मस्थान : मोरङ

शिक्षा : स्नातकोत्तर

पेसा : साहित्य लेखन

निरन्तर प्रयास गर्ने तथा हतोत्साही नहुने, क्षमतालाई जीवनको मूलमन्त्र मान्ने भुवन ढुंगाना महिलाहरू आत्मविश्वासका साथ आफ्नो क्षेत्रमा अग्रसर हुनुपर्ने बताउँछिन्। विभिन्न पुरस्कारबाट सम्मानित उनी आज पनि लेखनमा उत्तिकै अग्रसर छिन्। उनी आफ्ना रचनामार्फत केही नौलोपन तथा समाजमा चेतना दिन प्रयासरत छिन्।

वर्षा श्रेष्ठ

जन्मस्थान : सुनसरी

शिक्षा : स्नातकोत्तर

पेसा : बैंकर्स

बैंकिङ क्षेत्रमा २७ वर्ष लामो अनुभव बटुलेकी वर्षा श्रेष्ठ हाल क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा मेनेजर छिन्। मेडिसिन पढेर पनि बैंकिङ क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठले अन्तत: यही क्षेत्रमा राम्रो पकड जमाइन्। फलस्वरूप उनले मेनेजर अफ द इयर-२०६७, एक्सेप्सनल मेनेजर्स अवार्ड-२०६७ तथा नेसनल वुमन अवार्ड-२०६६ प्राप्त गरिन्। वर्षा 'वी फर वुमन' की भ्वाइस प्रेसिडेन्ट पनि हुन्।

चरिमाया तामाङ

जन्मस्थान : सिन्धुपाल्चोक

पेसा : समाजसेवा

चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि क्रियाशील चरिमाया अमेरिकी सम्मान प्राप्त गरेपछि एकाएक चर्चामा आइन्। आफैंले समेत नारकीय अनुभव बटुलिसकेकी तामाङ शक्ति समूहमार्फत चेलीबेटी बेचबिखनविरुद्ध क्रियाशील छिन्। जस्तोसुकै अवस्थामा पनि हरेस नखाई काम गर्ने उनको साहसपूर्ण जीवन हरेक नेपालीका लागि प्रेरणाप्रद छ।  

भवानी राणा

जन्मस्थान : ललितपुर

पेसा : व्यापार

कुनै पनि काममा लागेपछि त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने भवानीमा धेरै काम एकै पटक गर्न सक्ने क्षमता छ। नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष राणाले प्राप्त गरेको सफलता सम्पूर्ण महिला जगत्का लागि गर्व गर्न लायक छ। प्रभावशाली व्यक्तित्वकी धनी भवानी विभिन्न संघ-संस्थासँग आबद्ध छिन्।

कोमल वली

जन्मस्थान : दाङ

शिक्षा : स्नातकोत्तर

पेसा : गायन

ँमलमल किरी जुनकिरी’ को गीतबाट नेपाली सांगीतिक दुनियाँमा तहल्का मच्चाएकी कोमलले गायन क्षेत्रमा अझ विशेष गरी लोकगीतमा उल्लेख्य स्थान ओगटेकी छिन्। उनी गायनका अतिरिक्त रेडियोमा उद्घोषण पनि गर्छिन्। संगीतको माध्यमबाट श्रोताको मन जित्न सफल कोमल नारायगोपाल युवा पुरस्कार, कोइलीदेवी पुरस्कार, गोरखा दक्षिण बाहु आदिबाट सम्मानित भैसकेकी छिन्।

माया शेर्पा

जन्मस्थान : ओखलढुङ्गा

पेसा : हिमाल आरोहण

सन् २००३ मा पहिलो ६ हजार ८ सय मिटर अग्लो आमादब्लम हिमाल चढेर आरोहण सुरु गरेकी मायाले त्यसपछि ७ हजार, ८ हजारका अन्य हिमाल हुँदै सन् २००६ मा पहिलो पटक सगरमाथा चढेकी हुन्। लगत्तै अर्काे वर्ष  उनले तिब्बततर्फबाट सगरमाथा चढिन्। उनी सगरमाथा आरोहण गर्ने १०-१२ जना नेपाली महिलामध्ये सगरमाथाका साथमा अन्य धेरै हिमाल चढ्ने महिलाका रूपमा सुपरिचित छिन्।

चाँदनी जोशी

जन्मस्थान : पाल्पा

शिक्षा : स्नातकोत्तर 

पेसा : लैंगिक विशेषज्ञ

चाँदनी महिला सशक्तिकरणकी योद्धा तथा युनिफेम क्षेत्रीय कार्यालयकी पूर्व निर्देशक हुन्। हाल उनी सार्क जेन्डरबेस इन्फरमेसन बेस साउथ एसिया, इन्फोर्सर एण्ड बोर्ड अफ डाइरेक्टर होमनेट साउथ एसिया, साप इन्टरनेसनल, स्किलसेयर इन्टरनेसनललगायतका राष्ट्रिय-अन्तर्राष्ट्रिय संघ-संस्थामा आबद्ध रही महिला सशक्तिकरण, शिक्षा तथा सीप विकास आदि कार्यमा अनवरत योगदान दिँदै छिन्। ९ वर्ष पद्मकन्या क्याम्पसमा अध्यापन, २६ वर्ष सरकारी सेवा -जागिरे), पाकिस्तान, भारत तथा न्यूयोर्क अमेरिकामा गरी १८ वर्ष संयुक्त राष्ट्र संघअन्तर्गत युनिफेमको उच्च पदमा रहन सफल जोशीले सन् १९८० को दशकमा नेपालका ५ जिल्लाबाट सुरु गरेकी महिला पेवा बढाउने कार्यक्रम हाल पचहत्तरै जिल्लामा सञ्चालित छ।

रीता खनाल

जन्मस्थान : हेटौंडा

शिक्षा : स्नातकोत्तर

पेसा : राजनीति

नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रकी उपाध्यक्ष रीता खनाल महिला हकहितका लागि अगाडि बढ्ने महिला हुन्। मूलधारको राजनीतिमा समेत सक्रिय खनालले गृहिणी शिक्षामार्फत महिला शिक्षामा समेत अग्रणी भूमिका निर्वाह गरेकी छिन्। उनले श्रमिक महिलाका लागि समान कामको समान ज्याला, मर्यादित काम, यौन दुरुत्साहन तथा नयाँ बन्ने संविधान श्रमिकमुखी हुनुपर्नेमा जोड दिँदै आएकी छिन्।

सरस्वती चौधरी

जन्मस्थान : सप्तरी

शिक्षा : एसएलसी

पेसा : समाजसेवा

पिछडिएको थारू समुदायबाट महिला आन्दोलनमा होमिने सरस्वतीको साहस प्रशंसायोग्य छ। उनले थारू महिलाहरूको जीवनस्तर उकास्न धेरै काम गरेकी छिन्। सामान्य लेखपढ गरेकी चौधरी आफूलाई लागेको कुरा भन्न तथा सिक्न लाज मान्दिनन्। काम गरेर सफल हुने उद्देश्यका साथ अघि बढेकी सरस्वतीले अहिले धेरै थारू महिलालाई चेतनशील बनाइसकेकी छिन्।

निशा राणा

जन्मस्थान : काठमाडांैडौं

शिक्षा : स्नातकोत्तर

पेसा : वैज्ञानिक

पुरुषको वर्चश्व रहेको क्षेत्रमा काँधमा काँध मिलाएर काम गरिरहेकी निशाले आफ्नो अध्ययन पुनाबाट पूरा गरेकी हुन्। महिला क्षमतालाई पुष्टि गरिसकेकी राणा अध्ययनलाई प्राथमिकता दिन्छिन्। समूहमा काम गर्न मन पराउने राणा सफलताको श्रेय पनि समूहका सबैले पाउनुपर्ने बताउँछिन्। धैर्य तथा काममा केन्दि्रत रहन सक्ने गुणका कारण उनी उच्च ओहदामा पुग्न सफल छिन्।

अनुराधा कोइराला

जन्मस्थान : ओखलढुंगा

शिक्षा : स्नातकोत्तर

पेसा : समाजसेवा

समाज सेवाबाट आफू तथा आफ्नो देशलाई विश्वभर चिनाउन सफल अनुराधा कोइराला नि:स्वार्थ सेवाकी प्रतिमूर्ति हुन्। आफनो जीवनलाई समाजसेवामा समर्पण गरेकी कोइराला सबै दु:खी तथा यातनापीडित महिलाकी माइती हुन्। आफ्नो जीवनमा आइपरेका हरेक परिस्थितिलाई आफूभित्रै समाहित गर्दै उनी अरूको आँसु पुछ्दै अघि बढिन्। अरूको दु:ख देख्न नसक्ने तथा रमाइलो गर्न मन पराउने अनुराधा कहिल्यै हरेस खाँदिनन्।

मिनल्मा पाण्डे

जन्मस्थान : काठमाडौं

शिक्षा : एमबीबीएस, एमडी

पेसा : चिकित्सा

प्रभावशाली व्यक्तित्वकी धनी मिनल्मा पाण्डे नर्भिक अस्पतालमा निर्देशकका रूपमा कार्यरत छिन्। जस्तोसुकै परिस्थितिमा पनि धैर्य कायम गर्न सक्ने पाण्डे नेपालकै प्रथम महिला मुटु रोग विशेषज्ञ हुन्। चौबीसै घन्टा उपचारमा कटिबद्ध पाण्डे कुनै पनि समयमा रोगीको उपचार गर्न चुक्दिनन्। विभिन्न सम्मान पाइसकेकी मिलल्मा जस्तोसुकै कठिन परिस्थितिमा पनि रोगीहरूलाई हौसला प्रदान गरेर उपचार गर्छिन्।

मनीषा कोइराला

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातक

पेसा : अभिनय

नेपाली चेली भएर बलिउडमा आफूलाई स्थापित गराउन सफल मनीषा कोइरालाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन्। राजनीतिक परिवारमा जन्मिए पनि उनले आफूलाई फरक धारमा उभ्याइन्। चलचित्रमा निकै चञ्चल देखिने कोइराला वास्तविक जीवनमा निकै शालीन तथा शान्त छिन्। उनको परिश्रम तथा प्रभावशाली व्यक्तित्वका कारण कुनै समय उनी बलिउडकी नम्बर वान नायिका पनि भइन्। हिजोआज उनी चित्रकला तथा घरगृहस्थीमा व्यस्त छिन्।

किरण बज्राचार्य

जन्मस्थान : पाल्पा

शिक्षा : स्नातकोत्तर

पेसा : प्रहरी सेवा

किरण विगत १६ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत छिन्। खेलकुदप्रेमी किरण समाज सेवा तथा चुनौतीपूर्ण काममा रुचि राख्ने भएकीले उनलाई यो क्षेत्रले लोभ्याएको थियो। उनले महिला तथा बालबालिकाको क्षेत्रमा दिएको योगदान अतुलनीय छ। उनी आफ्नो जीवनलाई जोखिममा पारेर भए पनि घरेलु हिंसा तथा महिला बेचबिखन विरोधी अभियान एवं बालबालिकाको विकासजस्ता कार्यमा क्रियाशील छिन्।

सरु जोशी श्रेष्ठ

जन्मस्थान : सुनसरी

शिक्षा : स्नातकोत्तर

पेसा : जेन्डर एक्सपर्ट

वैदेशिक रोजगारसम्बन्धी महिला मुद्दालाई उठान गर्ने सरु समानताकी पक्षधर हुन् । नेपाल सरकारको सेवामा उप-निर्देशक भै समाज कल्याण परिषद्, महिला मन्त्रालय, युएनडीपी हुँदै जोशी बितेका १० वर्षदेखि युनिफेम हाल युएन वुमनमा कार्यरत छिन् । उनी समानता र सकारात्मक सोचका कुरालाई सरल भाषामा प्रस्तुत गर्न सक्ने सशक्त लेखिका पनि हुन् ।

रत्ना बस्नेत

जन्मस्थान : अछाम

शिक्षा : स्नातक

पेसा : समाजसेवा

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष रत्ना बस्नेत समाजसेवा एवं रचनात्मक कार्यमा अग्रसर छिन्। सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई स्वरोजगारमूलक, आयमूलक तथा सीपविकास प्रशिक्षण प्रदान गर्न होस् वा दु:खी नागरिकको सेवामा संघको सक्रियता बढाउन उनको सक्रिय भूमिका छ। संस्थाको अध्यक्षका रूपमा बस्नेत पिछडिएका जातजाति, मधेसी, दलित, चेपाङ तथा सीमान्तकृत समुदायका बालबालिकाहरूको हकहितमा समर्पित छिन्।

डा मीनासिंह खड्का

जन्मस्थान : मोरङ

शिक्षा : विद्यावारिधि

पेसा : प्राध्यापन तथा समाजसेवा

मीना अब्बल दर्जाकी शिक्षाविद् हुन्। लामो समयदेखि जापान, अमेरिका, अफ्रिका आदि राष्ट्रमा नेपाली संस्कृति, मानवशास्त्र आदि विषयमा अध्यापन गराइरहेकी खड्काले मदर टेरेसासँग ११ वर्ष बिताएकी थिइन्। उनकै प्रभावले समाजसेवामा लागेकी मीनाले थुप्रै सामाजिक योगदान गरेकी छिन्।

संगीता राना प्रधान

जन्मस्थान : मोरङ

अध्ययन : स्नातकोत्तर

पेसा : संगीत

संगीता राणाले ६ वर्षकै उमेरदेखि भारतको कोलकातामा गुरुसँग गायन र संगीत सिकेकी हुन्। उनले रेडियो खर्साङबाट भ्वाइस टेस्ट उत्तीर्ण गरेर दर्जनौं गीत रेकर्ड गराइन्। संगीताले १९८३ मा कोलकाताबाट गीत, गजल र भजनको एल्बम बजारमा ल्याएकी थिइन्। भारतीय संगीत क्षेत्रमा करियर बनाइरहेकी संगीतालेे भुमरी चलचित्रको गीत गाउँदै नेपाल्ाी संगीतमा प्रवेश गरिन्। त्यसैताका उनले ललितकला क्याम्पसमा प्राध्यापकका रूपमा काम गर्ने अवसर पाइन्। रेडियोमा सयौं गीत रेकर्ड गराएकी संगीता हजारौं विद्यार्थीलाई संगीतको सारेगम सिकाइरहेकी छिन्। पचासौं चलचित्रमा स्वर दिइसकेकी संगीता षड्ज कला केन्द्रकी पि्रन्सिपल पनि हुन्।

सुशीला कार्की सुवेदी

जन्मस्थान : मोरङ

अध्ययन : एमए, बी एल

पेसा : न्यायकर्मी

अदम्य साहस एवं तार्किक क्षमता सुशीला कार्कीका सबैभन्दा ठूला विशेषता हुन्। न्यायाधीश भएर निर्णय गर्ने कुरा चानचुने होइन। कहिलेकाहीँ निर्णय गर्दा निकै कठिन स्थिति पनि आउँछ। पुरुषहरूको वर्चश्व रहेको न्याय क्षेत्रमा न्यायाधीश भएर आफ्नो जिम्मेवारी बहन गर्न सक्नु आफैमा उदाहरणीय कार्य हो।

सपना मल्ल प्रधान

जन्मस्थान : नवलपरासी

शिक्षा : एलएलएम

पेसा : वकालत तथा अधिकारकर्मी

लामो समयदेखि न्याय क्षेत्रमा कार्यरत सपना हाल नेकपा एमालेका तर्फबाट सभासद हुन्। उनी नेपाली महिलाका न्यायिक अधिकारको लडाइँमा सफल भएबापत अन्तर्राष्ट्रिय ग्रुबर अवार्डबाट सम्मानित भएकी छिन्। वैवाहिक बलात्कार, महिलाको सम्पत्तिमाथि अधिकार, आमाको नामबाट नागरिकताजस्ता आधा दर्जनभन्दा बढी मुद्दा उठाएर कानुनी अधिकार स्थापित गराउने कार्यमा निरन्तर लागिपरेकी सपना अब्बल कानुनविद् हुन्।

नेरी थापा

जन्मस्थान : बाँके

शिक्षा : स्नातक

पेसा : खेलकुद

नेरी नेपाली महिला क्रिकेटकी उपलब्धिपूर्ण खोज हुन् । महिला क्रिकेट टिममा कप्तानको जिम्मेवारी निर्वाह गरेर नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय पदक दिलाउन सफल नेरीमा सबल  नेतृत्व क्षमता छ। कुनै पनि कार्य सुरु गरेपछि निरन्तर लागिरहने बानीले गर्दा उनले सफलता चुमेकी हुन्।

सरिता ज्ञवाली

जन्मस्थान : मकवानपुर

शिक्षा : स्नातकोत्तर

पेसा : वातावरण संरक्षण

सरिता वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सफल महिला हुन्। उनी महेन्द्र प्रकृति संरक्षण कोषअन्तर्गतको सदर चिडियाखाना जावलाखेलकी प्रथम महिला व्यवस्थापक हुन्। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र ठाकुरद्वारामा काम गर्दा त्यहाँका महिलाहरूलाई प्रकृति संरक्षण एवं पहुँचमा सशक्त बनाउन सफल ज्ञवालीले चिडियाखानाको आधुनिकीकरण गरिन्। उनी श्रीलंकामा सम्पन्न साउथ एसियन जु एसोसियसनको सम्मलेनबाट दक्षिण एसियाली अध्यक्ष चुनिन सफल भइन्।

सलोनी सिंह

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातकोत्तर

पेसा : अर्थशास्त्री तथा समाजसेवी।

नेपाली महिलालाई आर्थिक रूपमा सशक्त तुल्याउनुपर्छ भनी नयाँ बहसको थालनी गर्ने सिंह यस कार्यकी अगुवा हुन्। दिदी-बहिनी संस्थामार्फत देशका विभिन्न जिल्लामा महिला सशक्तिकरण अभियानमा कार्यरत सिंहले आफ्नो जीवन समाजसेवामा अर्पण गरेकी छिन्।

ज्ञानीशोभा तुलाधर

जन्मस्थान : काठमाडौं

शिक्षा : स्नातक

पेसा :  फेसन डिजाइनिङ

ज्ञानीशोभा टेलरिङ पेसालाई नयाँ स्वरूप दिँदै नेपालमा फेसन डिजाइनिङ तथा त्यसको एकेडेमिक अध्ययन स्थापित गर्न सफल व्यक्तित्व हुन्। फेसन डिजाइनिङलाई सम्मानित पेसाका रूपमा समाजमा स्थापित गराई थुपै्र मानिसलाई रोजगार प्रदान गर्ने काममा दत्तचित्त तुलाधर सकारात्मक सोचद्वारा संसार बदल्न सकिन्छ भन्ने सिद्धान्तकी अनुयायी हुन्।

वन्दना राणा

जन्मस्थान : ललितपुर

पेसा : अधिकारकर्मी

सञ्चारिका समूह नेपालकी संस्थापक तथा पूर्व अध्यक्ष वन्दना हाल साथी संस्थाकी उपाध्यक्षका रूपमा कार्यरत छिन्। पत्रकार महिलाको हक-हित एवं अधिकारका लागि कार्यरत राणा महिलामाथि हुने विविध प्रकारका हिंसा अन्त्य गर्ने विभिन्न अभियानमा नेतृत्वदायी भूमिका खेल्छिन्। समाचारवाचिकाका रूपमा करियर अघि बढाएकी आकर्षक व्यक्तित्वकी धनी अनि फरासिली वन्दनाले धेरैको मन जितेकी छिन्।

चित्रलेखा यादव

जन्मस्थान : सिरहा

शिक्षा : स्नातकोत्तर

पेसा : राजनीति

पूर्व उप-सभामुख चित्रलेखा महिलालाई बाहिर निस्कन नदिने मधेसी समुदायको कट्टर परम्परालाई चिर्दै राजनीतिमा अग्रपंक्तिमा रहेकी महिला हुन्। प्रथम मधेसी महिला उप-सभामुख यादवको कांग्रेसमा पृथक् स्थान छ। उनले आफ्नो पार्टी तथा महिलाको क्षेत्रमा दिएको योगदान प्रशंसनीय छ।

डा अरुणा उप्रेती

शिक्षा : एमबीबीएस

पेसा : चिकित्सा

पश्चिम नेपालका दुर्गम क्षेत्रमा स्त्रीरोगका विषयमा जनचेतना जगाउने काममा खटिरहेकी अरुणाले स्त्रीरोगको उपचारमा उच्च योगदान दिएकी छिन्। महिलाहरूको उपचार गरेर समाजसेवामा लागेकी डा उप्रेतीले महिलाहरूका लागि विभिन्न उपयोगी पुस्तक पनि प्रकाशित गरेकी छिन्। त्यसबाहेक उनी सफल लेखिका पनि हुन्।

रामकुमारी झाँक्री

जन्मस्थान : गुल्मी

शिक्षा : स्नातकोत्तर

पेसा : राजनीति

युवा नेतृ रामकुमारी राष्ट्र निर्माणको मुख्य खम्बा राजनीति भन्ने आधारलाई स्वीकार गर्दै युवावर्ग राजनीतिमा आउनुपर्छ भन्ने अभियानकर्ता हुन्। आफ्नो युवावस्था देशको नाममा चढाउने एक उत्कृष्ट महिला योद्धा हुन् उनी। झाँक्री वाककलामा प्रवीण छिन् । ठूलो संघर्षले गर्दा नै उनी एक सफल राजनीतिज्ञ बनेकी हुन्।

मोहम्मदी सिद्धिकी

जन्मस्थान : बाँके

शिक्षा : स्नातकोत्तर

पेसा : समाजसेवा

मुस्लिम समुदायमा जन्मिएर आफूलाई उच्च स्थानमा पुर्‍याउन सफल मोहम्मदीको प्रमुख विशेषता परिश्रम तथा धैर्य हो। फतिमा फाउन्डेसनकी अध्यक्ष सिद्धिकीले वडाध्यक्षदेखि सभासदसम्मको हैसियतले काम गरेकी छिन्। उनी महिला विरोधी हरेक कुरीति तथा विभेदको अन्त्य हुनुपर्छ भन्ने कुरामा लागिपरेकी छिन्।

लिली थापा

जन्मस्थान : काठमाडांै

शिक्षा : स्नातकोत्तर

पेसा :  अधिकारकर्मी

लिली मानव अधिकारका लागि महिला, एकल महिला समूह -डब्ल्युएचआर) की संस्थापक अध्यक्ष हुन्। एकल महिला अभियानकी अगुवा थापा नेपालमा एकल महिलाको अधिकार, सशक्तिकरण एवं सीप विकासका क्षेत्रमा लामो समयदेखि कार्यरत छिन्। आफै एकल भए पनि व्यक्तिगत जीवनको परवाह नगरी उनले एकल महिलाहरूको समस्या समाधानमा आफूलाई समर्पित गरेकी छिन्।

शैलजा अधिकारी

जन्मस्थान : काठमाडौं

शिक्षा : एमबीए

पेसा : व्यापार

कुनै बेला बैंककी जागिरे शैलजाको परिश्रमले उनलाई नेपाली फेसन जगत्को एक स्थापित व्यवसायी बनायो। आइइसी कलेज स्थापना गरेर उनले नेपालम     फेसन तथा इन्टेरियरमा करियर बनाउन चाहनेहरूलाई प्लेटर्फम दिइन्। हाल आएर युरो किड्स नामक भारतीय चेन पि्रस्कुलको शिक्षा सुरु गरेकी अधिकारीले स्कुलका तर्फबाट एक्सेलेन्सी अवार्ड हात पारिन्। कामप्रतिको निरन्तरता तथा परिश्रम शैलजाको प्रमुख विशेषता हो।

लक्ष्मी शर्मा

जन्मस्थान : काठमाडौं

पेसा : व्यवसाय

प्रथम नेपाली महिला टेम्पो चालक लक्ष्मी शर्माले जीवनमा धेरै दु:ख गरिन्। उनी टेम्पो चलाउँदा-चलाउँदै गाई, भैंसीका हड्डी ओसार-प्रसार गर्न पुगिन्। त्यसपछि उनले लक्ष्मी उड क्राफ्ट खोलिन् जहाँ उनले टाँकको व्यवसाय गर्न थालिन्। व्यवसाय फस्टाउँदै गएपछि उनले अन्तर्राष्ट्रिय जगत्मा समेत ख्याति पाइन्। सानो परिमाणमा काम थालेकी शर्मा अहिले नेपाल उड क्राफ्टको नाममा हड्डीबाट निर्मित ह्यान्डी क्राफ्ट उत्पादन गर्दैछिन्।

शान्ति महतो

जन्मस्थान : धनुषा

शिक्षा : आईए

पेसा : महिला अधिकारकर्मी

शान्ति मधेसी महिला समूहकी अध्यक्ष भएर आफ्नो संस्थामार्फत महिलाहरूलाई सचेत बनाउँदै छिन्। अहिले उनको संस्थामा थुप्रै मधेसी महिला सदस्य छन् भने मधेसी महिलाहरूले सक्रिय रूपमा हक-अधिकारका लागि लड्न र आवाज उठाउनमा उनको ठूलो भूमिका छ। पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन् भनेर अघि बढ्ने महतो वुमन एक्टकी सक्रिय सदस्य पनि हुन्।

अम्बिका श्रेष्ठ

पेसा : उद्यम

नेपालकै उत्कृष्ट होटल व्यवसायीहरूमा आफ्नो नाम लेखाउन सफल अम्बिका श्रेष्ठको कामप्रतिको रुचि प्रशंसनीय छ। उनी आफ्नो होटलको व्यवस्थापन चुस्त राख्न हरपल प्रयासरस हुन्छिन्। उनी होटल द्वारिकाजकी निर्देशक हुन्। सानो आकारको व्यवसायलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सफल उद्यमी श्रेष्ठ अहिले त्यही होटलमार्फत अन्तर्राष्ट्रिय रूपमै परिचित छिन्।

प्रमिला रिजाल

जन्मस्थान : सुनसरी

शिक्षा : स्नातकोत्तर

पेसा : व्यापार

प्रभावशाली एवं आकर्षक व्यक्तित्व उनको चिनारी हो। उनको स्पष्टवादी व्यवहारले सबैलाई आकषिर्त गर्छ। हाँसिरहने स्वभाव तथा सकारात्मक सोच उनीसँग भएको सबैभन्दा ठूलो पुँजी हो। २० वर्षअघि आफ्नो व्यवसायबाट करियर सुरु गरेकी रिजाल विनको अध्यक्ष बन्दै अहिले महिला सार्क चेम्बरको नेतृत्वमा छिन्।

पूर्णकुमारी सुवेदी

संविधान सभाकी उप-सभामुख पूर्णकुमारी सुवेदी नेपाली नारी वर्गकी प्रेरणा हुन्। गाउँ-गाउँमा आयोजित जनचेतना कार्यक्रमको अगुवाइ गरेकी सुवेदीको कार्य प्रशंसायोग्य छ। यही कार्यले गर्दा उनी आज उप-सभामुख जस्तो गरिमामय पदमा छिन्। उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिरहेकी छिन्।

मञ्जु थापा

जन्मस्थान : गुल्मी

शिक्षा : स्नातकोत्तर

पेसा : संचारकर्मी

आमाको प्रेरणाले बाल्यकालदेखि नै राजनीतिक क्षेत्रमा समर्पित मञ्जु थापा संचार क्षेत्रमा परिचित छिन्। 'अस्मिता' पत्रिकाकी सम्पादक मञ्जुका विभिन्न पत्र-पत्रिकामा लेखहरू प्रकाशित हुँदै आएका छन्। थुपै्र लेखका अतिरिक्त उनका संचार निगरानी, छापामा महिला प्रश्न, महिला, शान्ति र पुनर्संरचना, महिला र मिडिया, नेपाली महिलाहरूमा टेलिभिजनको प्रभाव, चेलिबेटी बेचबिखनविरुद्ध संचार सक्रियता -पुस्तकाकार अनुसन्धान प्रतिवेदनमा सह-लेखन) आदिका साथै 'जीवन संघर्षका पलहरू' प्रकाशित छन्।

कमला उपे्रती

जन्मस्थान : पाँचथर 

शिक्षा : स्नातकोत्तर

पेसा : प्रशिक्षक प्रशिक्षण तथा समाजसेवा

१९ वर्षदेखि निरन्तर सामाजिक संस्थामार्फत विविध खालका हिंसाविरुद्ध महिला तथा बालबालिकाका लागि कार्यरत कमला उप्रेती १९ वर्षअघि स्थापना भएको महिला आधारशिलाकी संस्थापक हुन्। संस्थामार्फत उनले महिला तथा बालबालिकाका क्षेत्रमा धेरै काम गरेकी छिन्। कमला १० जिल्लामा महिलाका लागि आय आर्जन र सीपमूलक तालिम दिएर महिला उद्यमी उत्पादन गर्न सफल बनेकी छिन्। उनको संस्थाले महिलाहरूलाई सीपमूलक तालिम दिनुका साथै महिलाहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने काम गर्छ।

सावित्रा मरासिनी

जन्मस्थान : अर्घाखाँची

शिक्षा : स्नातकोत्तर

पेसा : शिक्षण एवं समाजसेवा

बाल्यकालदेखि नै समाजसेवाप्रति रुचि भएकी सावित्रा मरासिनी प्रतिभाशाली विद्यार्थीका रूपमा परिचित थिइन्। सादा जीवन एवं उच्च विचारकी धनी मरासिनी वर्तमान समयमा युवा-युवतीहरू अनुशानहीन बन्दै गएकामा चिन्ता प्रकट गर्दै अब सबै अनुशासित, मर्यादित एवं लगलशील भएर अध्ययन गरी भविष्यमा राष्ट्रसेवकका रूपमा अघि बढ्नुपर्ने धारणा राख्छिन्। मरासिनी गाउँमा सामुदायिक विद्यालयमा पढेर आएका विद्यार्थीहरूलाई सहरमा निजी बोर्डिङमा पढेका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न केही कठिन हुने बताउँछिन्।

रिन्छेन योञ्जन

जन्मस्थान : भारत

शिक्षा : सिनियर क्याम्बि्रज

पेसा : सोसियल आर्किटेक्ट

भिक्टोरिया क्रस पदकबाट सम्मानित गञ्जु लामा तथा स्कुल शिक्षिका पद्मा डोल्माकी छोरी रिन्छेनले फरक क्षेत्रमा थुप्रै नेतृत्वदायी जनशक्ति जन्माइन्। किन्डर गार्टेन शिक्षिकाका रूपमा करियर सुरु गरेकी उनले एड्भेन्चर टुरिज्मदेखि महिलालाई आर्थिक रूपमा सशक्त बनाउनेसम्मका विविध क्षेत्रमा लागेर क्षमता दर्साइन्। बहुप्रतिभाशाली योञ्जन माइक्रोफाइनान्सको सिर्जनाकार, चोइसेस फर टुमरोज वुमन -१९९१) नामक पृथक् शैलीको कार्यशालाकी आयोजक, समग्र पुष्प व्यवसायीकरणकी सूत्रधार, रेडियो नेपालको अंग्रेजी समाचार वाचिका, बालबालिकाका लागि सिर्जनात्मक शिक्षामा जोड दिने शिक्षाविद्, वातावरण, महिला स्वास्थ्यलगायतका विषयमा थुप्रै रेडियो कार्यक्रमकी संचालक उनी हाल ल्यान्डस्केपिङ र संस्कृति क्षेत्र -संगीत, फिल्म, नाटक, फोटोग्राफी, पेन्टिङ) मार्फत सामाजिक योगदान एवं सचेतनामा व्यस्त छिन्।

रीता थापा

जन्मस्थान : ललितपुर

शिक्षा : स्नातकोत्तर

पेसा : समाजसेवा 

अमेरिकाको आकर्षक जागिर छोडेर नेपालमै सेवा गर्ने उद्देश्यले टेवा संस्थाको सुरुवात गरेकी रीताले सामाजिक सेवामा ४२ वर्ष काम गरिसकेकी छिन्। १ रुपैंयाँ उठाउने अभियानमार्फत सयौं महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सफल रीता थापा विशेष गरी द्वन्द्वका कारण विस्थापित भई कामको खोजीमा सहर पसेको युवा समूहलाई सीप तथा आयमूलक कार्यक्रम दिन सक्षम भइन्। अहिले पनि उनको परिकल्पनामा साकार भएको खाना ख्वाउने कार्यक्रममा खानावाट वञ्चित सयौंलाई हप्तामा एकपटक दाल, भात एवं तरकारी पस्किइन्छ। विभिन्न व्यक्तिको व्यक्तिगत सहयोगमा संचालन भैरहेको उनको नेतृत्वमा रहेको टेवाले महिलालाई अर्थिक रूपमा सशक्त बनाउने कार्यका अतिरिक्त महिला अधिकारको समेत वकालत गर्छ।

पार्वती शर्मा

जन्मस्थान : धनुषा

अध्ययन : स्नातकोत्तर

पेसा :  निजामती सेवा

पार्वतीले नारी कम छैनन् भन्ने कुरा पुष्टि गरिसकेकी छिन्। निजामती सेवा प्रारम्भ भएको ५० वर्षको अन्तरालमा उनी पहिलो पटक महिला सर्वोकृष्ट भएकी छिन्। उनको धैर्य, लगनशीलता एवं परिश्रमले उनलाई सधै अब्बल बनायो। शालीन स्वभावकी पार्वतीले समयअनुसार चल्न जानेकी छिन्।

विमला थापा

जन्मस्थान : नुवाकोट

शिक्षा : स्नातकोत्तर

पेसा : सुरक्षा सेवा 

पुरुषको बाहुल्य रहेको नेपाल प्रहरीमा उच्च पदस्थ अधिकृत तहमा पुग्न सफल हक्की महिला अधिकृत थापाले प्रहरी मुख्यालय, वीरगंजलगायतका भन्सार र एअरपोर्टजस्ता जोखिम तथा ट्रान्जिट क्षेत्रमा समेत आफ्नो कार्यदक्षता देखाइसकेकी छिन्। निडर स्वभाव, प्रभावशाली व्यक्तित्व एवं कडा परिश्रम उनका विशेषता हुन्। प्रहरीभित्रका विविध अप्ठ्याराहरूलाई चिर्दै नेपाल प्रहरीको एआइजीजस्तो गरिमामय पदमा पुग्नु नेपाली महिलाका लागि सानो उपलब्धि होइन।

Sunday, August 21, 2011

अन्नाबाट सिक्नुपर्ने पाठ - mysansar

-दीर्घराज उपाध्याय-
यतिबेला भारतका मिडिया अन्नामय भएका छन्। भ्रष्टाचार बिरोधी जनलोकपाल बिधयेक ल्याउन सरकारलाई दवाव दिने उद्देश्यले समाजसेवी अन्ना हजारेले थालेको आन्दोलनले विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको सरकारलाई नराम्ररी हल्लाइदिएको छ।
यस्तो लाग्छ, भारतका मिडियाका लागि अन्ना बाहेक कुनै अर्को समाचार छैन। अन्ना उठे समाचार, बसे समाचार। हात हल्लाए समाचार।
हुँदाहुँदा अन्नाको रक्तचापमा घटबढ भएको समाचार पनि भारतका समाचारमाध्यमहरुका लागि ‘ब्रेकिङ न्यूज’ बन्छ।
कहिले क्रिकेट बाहेक अरु केही पनि समाचार नदेख्ने भारतीय सञ्चारमाध्यमहरुले आईतवार भारत—ईंगल्याण्डको क्रिकेट म्याचको समेत रिपोर्टिङ गर्न भ्याएनन। भारतले तीन बिकेट गुमाएको समाचार भन्दा काँग्रेस आईका प्रभावशाली नेता कपिल सिब्बलको घर अन्नाका समर्थकले घेरेको बिषय भारतका समाचार माध्यमका लागि ‘ब्रेकिङ न्यूज’ बनिरहेको थियो। २८ रनमा भिभीएस लक्ष्मण आउट भएको समाचारभन्दा भन्दा लालु यादवको छपरास्थित निवासमा अन्नाका समर्थनले गरेको बिरोध प्रदर्शनको समाचार भारतीय टेलिभिजनहरुका लागि ‘स्कुप’ बनिरहेको थियो।

संसारमा यतिबिधि महत्व पाउने सौभाग्य सायदै कसैले पाए होलान्।
अन्ना एक व्यक्ति मात्र होईनन। अन्ना एउटा आन्दोलनको नाम बन्न पुगेको छ। त्यस्तो आन्दोलन जसमा कुनै उमेरको छेकवार छैन। त्यस्तो आन्दोलन जसमा सबै जाती,बर्ग, सम्प्रदायको सहभागिता छ। त्यस्तो आन्दोलन जहाँ जानलाई कसैलाई कुनै बिचार वा सिद्धान्तले रोकेको छैन। गरिवदेखि धनी सबैको सहभागिता छ। सरकार जुन जुन पार्टीको गठबन्धनमा बनेको छ। त्यही पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुको पनि सहभागिता छ। भलै उनीहरुको सहभागिताले सरकारलाई नै चर्को दवावमा पारेको छ।
अन्नाको आन्दोलन सफल होला, नहोला? अन्नाले भनेझै भ्रष्टाचार नियन्त्रण गर्ने लोकपाल बील आउला, नआउला? त्यो एउटा पाटो हो।
लोकपाल बील आएपनि त्यस्ले भ्रष्टाचार पुरै नियन्त्रण नगर्न सक्छ। किनकी भ्रष्टाचार जीवन पद्धती बनेको मुलुकमा भनेजसरी त्यसमाथि नियन्त्रण पाउन कठिन हुन्छ। यद्दपि प्रयत्न नगरी पनि त्यसको नियन्त्रण गर्ने कल्पना गर्न सकिन्न।
तर ७४ वर्षको उमेरमा अन्नामा देशबाट भ्रष्टाचार अन्त्य गर्न जुन जोश देखिएको छ। यसले युवाहरुलाई त उर्जा दिन्छ नै। ५० कटेपछि जीवनको उत्तरार्द्धमा पुगेको ठानेर कामबाट अवकाश लिनेहरुलाई समेत काम गरिरहन उत्प्रेरित गर्छ।
उनको आन्दोलनले दिएको अर्को सन्देश हो,अहिंसात्मक आन्दोलनबाटै ठूलो परिवर्तन सम्भव छ।
जसले जनताको मुद्दा उठाउँछ, उसलाई भीड जुटाउन समस्या हुदैन। अन्ना हजारेको आन्दोलनले यो सन्देश पनि दिन्छ।
अनसन बसेर आन्दोलन गर्ने कुरा हामी कहाँ कसैले गर्‍यो भने त्यो हासो मजाकको पात्र बन्छ। शान्तिपूर्ण दवाव वा आन्दोलनका कुरा गर्नेहरु यहाँ अल्पमतमा पर्छन। तोडफोड गर्न हुन्न भन्नेहरु पाखा लगाईन्छन। तर अन्नाले स्पष्ट शब्दमा भनेका छन्, आन्दोलनका क्रममा कसैले राष्ट्रिय सम्पत्ती तोडफोड गर्ने छैन। वा सरकारी सम्पत्तीमाथि क्षति पुर्‍याउने छैन।
त्यस्तो कुनै आन्दोलन छैन, जुन आन्दोलनमा राष्ट्रिय सम्पत्ती क्षति नभएको होस। मान्छे घाईते नभएको होस।
नेपालमा १० जना एक ठाँउमा जम्मा भए आन्दोलनले उग्र रुप लिन्छ। तोडफोड शुरु हुन्छ। बाटो बन्द हुन्छ।
तर लाखौ जनता सडकमा उत्रिँदा पनि अन्ना उत्तेजित भएनन। उनले बरु यसो भने,सडक जाम भएर जनताले सास्ती खेप्नु नपरोस।
हो, त्यही कारण उनले जुलुसमा धेरै समय दिएनन। उनी मुस्किलले फुत्किएर आधा बाटोबाट सिधै महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे।
जसको पत्तो भारतका ‘सबसे तेज’ भन्ने च्यानलहरुले समेत पाएनन। भीडबाट उनी हराएपछि क्यामराका नजरमा एकै चोटी अन्ना राजघाटमा देखा परे।
अन्नाको आन्दोलन टेलिभिजनमा हेर्ने जो कोही भावुक हुन्छ। गला अबरुद्ध हुन्छ। अझ भारतका टेलिभिजनहरुका हस्तीहरु जो आतंकवादी आक्रमण हुदा पनि धाराप्रवाह रुपमा लाईभ रिपोर्टिङ गर्थे, उनीहरुसंग अन्नाको आन्दोलनको व्याख्या गर्न शब्दको अभाव भएको महशुस टेलिभिजन हेर्नेलाई सहजै हुन्थ्यो। भीड देखेर मिडियाकर्मीहरुको बोली अघि बढ्न सक्थेन। पछिल्लो पुस्ताका कुनै पनि मिडियाकर्मीले यतिबिधि भीड कहिल्यै देखेका थिएनन। कसैले यसलाई अन्नाको अगस्त क्रान्तिका रुपमा ब्याख्या गरेका छन्। कसैले अंग्रेजलाई भारतबाट धपाउदा महात्मा गान्धीले गरेको अहिंसात्मक आन्दोलनसंग तुलना गरेका छन्।
हामी कहाँ आन्दोलनको शुरुवात बाटो जामबाट हुन्छ। अझ हाम्रो नेपाली समाजमा कस्ले कति उग्र भाषण वा कुरा गर्‍यो, वाह त्यसले क्या सही कुरा गर्‍यो भनेर भीड उसैको समर्थनमा ताली बजाउछ।
अझ हामी कहाँ पर्खने बानी कसैको छैन। यहाँ सबैलाई तुरुन्तै परिणाम चाहियो। वर्षौदेखि चूप लागेर बस्ने अनि एकैदिनमा सबै चिज चाहियो भनेर आन्दोलन गरेर तत्काल उपलब्धी हात पर्न सक्दैन।
तोडफोड, चक्काजाम वा राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तीमा आगजनी गरेर वा क्षति पुर्‍याए मात्र राज्यले सुन्छ भन्ने सोच पालेकाहरुले अन्ना हजारेबाट पाठ सिक्न जरुरी छ।
तर हामी कहाँ युवाहरु तोडफोड र आगजनीका पर्याय बन्दैछन। भारतमा लाखौ युवाहरु अन्नाको आन्दोलनलाई समर्थन गर्दै सडकमा उत्रिएका छन्। तर आन्दोलनलाई सशक्त बनाउने नाममा कसैले पनि तोडफोड वा आगजनी गरेका छैनन।
भारतमै बर्षौदेखि व्यवस्था परिवर्तनका नक्सलवादीहरुले सशस्त्र संघर्ष गरिरहेको छ। भारतका ६ राज्य र १२० भन्दा बढि जिल्लामा नक्सलवादीहरुको प्रभाव छ। तर भारत सरकारका लागि त्यति टाउको दुखाई नक्सलवादीको आन्दोलन भएन, जति अन्नाको गान्धीवादी आन्दोलन टाउको दुखाई बन्यो।
हो, यही हो, अहिंसात्मक आन्दोलनको ताकत। अन्ना हजारेको आन्दोलनलाई भारत सरकार उपेक्षा गरेर अघि बढ्नै सक्तैन। उपेक्षा गरेर अघि बढ्ने धृष्टता गरे, यो सरकार धेरै दिन टिक्न सक्ने छैन।
शान्तिपूर्ण धर्नामा बस्न खोज्दा तिहाड जेलमा हालेका अन्ना हजारेलाई २४ घण्टा पनि थुन्न नसक्नुलाई भारतका सञ्चारमाध्यमले भारत सरकारको हारका रुपमा ब्याख्या गरेका थिए। अझ शुरुमा अन्नाको एउटा पनि माग सुन्न तयार नभएको भारत सरकार उनका सबै माग र शर्त मान्न बाध्य भयो। भारत सरकारले रिहा गर्दा पनि जेलबाट बाहिर नआएका अन्ना आफ्नै मर्जीमा तिहाड जेलबाट बाहिर निस्किए।
अन्नाले लोकपाल बीलका लागि सरकारलाई दवाव दिन अनशन गर्ने धम्की दिईरहदा भारत सरकारले त्यसलाई हल्का ढंग लियो। अनशनमा बस्ने भनिएको दिनको बिहान उनको समर्थनमा उत्रिएका सर्वसाधारणको भीडलाई सरकारका मन्त्रीहरुले सामान्य रुपमा लिए। एक मन्त्रीले त भारतको जनसंख्या १ सय २० करोड भएकोले ८/१० हजार मान्छे अन्नाका पछि लाग्दैमा केही नहुने भन्दै टेलिभिजनमा अन्नाको अहिंसावादी आन्दोलनको अवमूल्यन गरे।
भारत सरकारले पनि अन्ना आन्दोलनले यति व्यापकता पाउला भन्ने सोचेको थिएन।
आज त्यही आन्दोलन भारत सरकारका लागि सर्बाधिक टाउको दुखाईको बिषय बनेको छ।
मन्त्रीहरुको भनाई फेरिएको छ। रवैया फेरिएको छ। अन्ना प्रति कडा टिप्पणी दिने मन्त्रीहरुको भाषा नरम भएको छ।
जनता जागेपछि व्यवस्था परिवर्तन हुन्छ भने मन्त्रीहरुको भाषा परिवर्तन नहुने त कुरै भएन।
जव दलहरु जनताका मुद्दा बिर्सन्छन। सत्ता स्वार्थभन्दा माथि उठ्न सक्दैनन। तब तिनै दललाई भोट हाल्नेहरु चुप लागेर बस्दैनन। अहिले भारतमा भएको पनि त्यही हो। अन्ना कुनै पार्टीका नेता पनि होईनन। न त उनले भविश्यमा कुनै पार्टी नै खोल्ने योजना बनाएका छन्। तर उनको लोकप्रियताका हाराहारीमा कुनै नेता वा पार्टी पुग्न सक्दैनन। भारतमा पछिल्लो समयमा सर्बाधिक चर्चामा रहेका काँग्रेस आईका महासचिव राहुल गान्धीलाई समेत अन्नाले ओझेलमा पारेका छन्।
मुद्दा सही छ, भने त्यसलाई पुरा गर्न वा गराउन राज्यलाई दवाव दिन हिंसात्मक आन्दोलन गर्न आवश्यक हुदैन भन्ने गतिलो पाठ अन्नाले विश्वलाई दिएका छन्।
अझ अर्को कुरा नागरिक समाज पार्टीको चौवन्नी सदस्यता भन्दा जनताको मुद्दाका लागि सडकमा उत्रियो भने,त्यो नागरिक समाज अन्नाको नागरिक समाज जस्तै लोकप्रिय बन्न सक्छ। के नेपालमा त्यस्तो नागरिक समाजको कल्पना गर्न सकिँदैन?

सुरक्षाको कारण देखाउँदै नेपाल भ्रमण रद्द - onlinekhabar

४ भदौ, काठमाडौं । नेपाल छुट्टै देश भएको भन्ने कुरा आफुलाई थाहा नभएको भन्ने अभिव्यक्तिका कारण विवादमा परेकी बंगलादेशी लेखिका तसलिमा नसरीन अन्ततः साहित्य महोत्सवमा आउने आफ्नो कार्यक्रम रद्ध गरेकी छिन् । एकाएक विवादमा तानिएपछि तसलिमालाई अहिले टि्वटरमार्फत आफ्नैे अभिव्यक्तबारे नेपाली सर्वसाधारणले गरेको आलोचनाकोजवाफ दिँदैमा ठिक्क छ ।
उनले आफ्नो अभिव्यक्तिको बारेमा स्पष्टिकरण दिँदै आफ्नो भनाइलाई गलत अर्थ लगाइएको दाबी समेत गरेकी छिन् । तसलिमाले हिजो टि्वटर मार्फत आफ्ना नेपाली प्रसंसकहरुलाई संबोधन गर्दै भनेकी थिइन् ΄मेरा प्यारा नेपाली साथीहरु मैले आज काठमाडौँ जाने जहाज मिस गरेँ । नेपाल छुट्टै देश हो भन्ने मलाई थाहा थिएन त्यसैले मैले पासपोर्ट ल्याइन’ ।
तसलिमाको यो अभिव्यक्तिपछि उनका नेपाली समर्थकहरु एकाएक आगो भए र नेपालको स्वतन्त्रता र सार्वभौमिकताको अपमान गरेको भन्दै टि्वटरमार्फत नै रिस पोख्न थाले । पछिल्लो २० घण्टा टि्वटर मार्फत नेपाली हरुका प्रश्नका जवाफ दिनमै व्यस्त तसलिमाले भने आफुले नेपालको स्वतन्त्रताको अपमान नगरको र आफुले सबै देशलाई आफ्नो ठान्ने तथा कसैलाई परदेश नठान्ने जवाफ दिइन् । मान्छेले वर्ण, संस्कृति , भाषा, जात धर्मको नाममा आफैलाई विभाजित गरेको र त्यो मानव समाजका लागि नै दुर्भाग्य भएको तसलीमाले बताएकी छिन् ।
तसलिमाको स्पष्टिकरणबाट चित्त नबुझेका नेपालीहरुले त्यसपछि पनि उनको आलोचना गर्दै तसलिमाको वालमा टि्वट्न छाडेनन् । कतिपयले त अपशब्द समेत प्रयोग गरे त कतिपयले तसलिमालाई नेपाल आउन प्रतिबन्ध लगाउनुपर्ने माग गरे ।
नेपालीहरुको आक्रोश देखेर दुखी हुँदै तसलिमाले लेखेकी छिन्, “मेरो देश छैन, मलाई जुन देशका जनताले माया गर्छन् त्यो नै मेरो देश हो, यसअघि मैले नेपालीलाई दाजुभाई सम्झिएँ र नेपाललाई आफ्नै देश जस्तो, तर गल्ती गरेछु ।”

तसलिमाले त्यसपछि आफ्नो काठमाडौं आउने योजना रद्ध गरेको कुरा टि्वटर मार्फत सार्वजनिक गरिन् । नेपाल नआउने घोषणा गरेसँगै तसलिमा नेपाली प्रकाशकहरुसँग पनि खनिइन् । उनले कुनैपनि नेपाली प्रकाशकलाई आफ्ना किताब छाप्न नदिएको र तसलिमाका किताब प्रकाशन गरेको भनेर नेपालका निजि प्रकाशकहरुले झुक्काइरहेको बताएकी छिन् । उनले आफ्ना कृति कसले नेपालीमा अनुवाद गर्‍यो त्यस बारेमा पनि थाहा नभएको बताएकी छिन् ।
तसलिमाले आफ्नो अभिव्यक्ति विवादित बनेपछि आफ्नो दुखद इतिहास पनि टि्वटरमार्फत सार्वजनिक गरिन् । उनले भनेकी छिन् , “मानवताको पक्षमा मैले गरेको कामका कारण मुस्लिमहरुले मलाई घृणा गरे, विज्ञान प्रतिको मेरो विश्वासका कारण साइबाबाका भक्तहरुले मलाई घृणा गरे र अहिले नेपाल प्रतिको मेरो मायाका कारण नै होला नेपालीहरुले मलाई घृणा गर्दैछन् ।” उनले आफुले नेपाललाई सधै माया गर्ने पनि बताएकी छिन् । तसलिमाले नेपालमा अपि्रय घटना नघटोस् भनेर आफुले नेपाल आउने कार्यक्रम स्थगित गरेको बताएकी छिन् । आफ्नो अभिव्यक्तिपछि नेपाली जनतामा देखिएको राष्ट्रवादलाई उनले व्यङ्ग्य समेत गरेकी छिन् अल्वर्ट आइन्सटाइनको यो भनाइ सापटी लिएर, “राष्ट्रबाद बालरोग हो र यो मानिसको लुतो हो ।”

'पुरातत्त्वलाई जानकारी नदिई हतियार बिक्री’ - ekantipur

जितेन्द्र साह
काठमाडौ, भाद्र ४ - सेनाले दुवै पटक हतियार बेच्दा पुरातत्त्व विभागसँग कुनै खालको समन्वय नगरेको पाइएको
छ । सेनाले २०३०/३१ साल र २०५६/५७ मा हतियार बेच्ने निर्णय गरेको थियो ।
'त्यतिबेलाका महानिर्देशकहरूलाई सम्पर्क गर्‍यौं, सबै कागजात खोतलेर हेर्‍यौं,' विभागका महानिर्देशक विष्णुराज कार्कीले भने, 'सेनाका तात्कालीन उपरथी कुमार फुदुङले दाबी गरेअनुरूप कुनै निर्णय र परामर्श भएको देखिएन ।'
फुदुङले विभागका तत्कालीन निर्देशकलाई सोधेको, क्याटलग मगाएर हेरेको र उनीहरूले स्पष्ट 'आइडेन्टिफाइ' नगरेको दाबी गरेका थिए ।
विभागका महानिर्देशक कार्कीले निर्णयको फाइल नभेटाएका बताए ।
२०५७ सालताका टेन्डरलगायत काम गर्ने सेनाको सम्भारथी विभागका तत्कालीन प्रमुख फुदुङले पुरातत्त्व विभागसँगको परामर्श र पञ्चायत कालमा पनि बेचेको नजिरका आधारमा दोस्रो पटक बेचेको दाबी गरेका छन् ।
'पुरातत्त्वले जोगिनलाई यस्तो जवाफ दिएको हो, अहिले राज्य व्यवस्था समितिलाई जवाफ दिएझैं त्यतिबेला पनि पुरातत्त्वले हतियार सम्बन्धमा ऐन/नियम नभएको सेनालाई जवाफ दिएको हो,' फुदुङले कान्तिपुरसँग भने । सेनाको प्रस्तावअनुरूप सरकारले २०५७ जेठ २ मा पुराना हतियार बिक्री गरी नयाँ किन्ने निर्णय गरेको र त्यसपछि २०५८ माघतिर पुरातत्त्वसँग यसबारे 'क्लियरेन्स' लिएको उनले दाबी गरे ।
फुदुङले दाबी गरेअनुरूप दोस्रो पटक हतियार बेचिँदा पुरातत्त्वको महानिर्देशकमा रिद्धिबाबा प्रधानलाई समेत बुझ्ने प्रयास गरियो । उनले आधिकारिक रूपले विभागका महानिर्देशक कार्कीलाई जानकारी दिँदै आफूले त्यस्तो कुनै निर्णय नगरेको र गरेको भए विभागको फाइल रेकर्डमा हुनुपर्ने बताएकी छन् ।
तर फुदुङले त्यतिबेला पुरातत्त्व विभागमा महिला नभएर पुरुष महानिर्देशक भएको र उनैसँग फोनमार्फत कुरा भएको बताए । 'मलाई नाम याद भएन, ऐनमा पुरातात्त्विक हतियार सूचीकृत नभएको र पछि राजपत्रमा राखिँदै जाने परिपाटी रहेको जवाफ दिएको सम्झना छ,' उनले भने । फुदुङले भने, 'पुरातत्त्वले त्यतिबेला सेनालाई राज्य व्यवस्थालाई झैं लिखित जवाफ दिएको हो ।' तर उक्त लिखित जवाफ, मिति र चलानी नम्बरहरू केही पनि सार्वजनिक गरिएको छैन । 
पुरातत्त्व विभागको रेकर्डअनुसार महानिर्देशक पदमा २०५५ साउन २७ देखि २०५७ माघ ६ सम्म रिद्धिबाबा प्रधान, २०५७ माघ ६ देखि २०५८ साल साउन १७ सम्म सानीमैया राणा र २०५८ साउन १७ देखि २०६० सम्म सानुनानी कंसाकार कार्यरत देखिन्छन् । उनीहरू सबै महिला हुन् । त्यसपछि पनि केही वर्षसम्म महिला अधिकारीहरू निमित्त महानिर्देशक पदमा कार्यरत देखिएको विभागले जनाएको छ ।
'त्यत्तिकै गफ गर्न पाइँदैन, प्रमाण चाहिन्छ,' विभागका महानिर्देशक कार्कीले भने, 'फुदुङसँग कुनै कागजात, प्रमाण र लिखित डकुमेन्ट छ भने देखाउनुपर्‍यो ।' सेनाले एघार वर्षअघि अमेरिकाको न्युजर्सीस्थित इन्टरनेसनल मिलिटरी एन्टिक्सका अध्यक्ष क्रिस्चियन क्रान्मरलाई ऐतिहासिक र पुरातात्त्विक महत्त्वको ४ सय ५० टन हतियार बेचेको थियो ।
'हामीले दरबारबाट निर्णय भएअनुरूपको फाइल अगाडि बढाएको हो,' तात्कालीन उपरथी फुदुङले भने, 'त्यतिखेर दरबार ओगटेर बसेका सैन्य अधिकृत र उनीहरूका दलाललाई सोधेमा सबै स्पष्ट हुन्छ ।' उनले दरबार र सरकारको आदेशअनुरूप टेन्डर गर्ने, हतियार देखाउने र त्यसबारेमा जाने-बुझेका जानकारी दिने विभिन्न पदमा बहाल सैनिकहरूलाई मुछेर तथ्य बाहिर नआउने बताए ।
'हतियार क्रेता क्रान्मर, उसले मेरो सक्रिय नागरिक सहयोगीको रूपमा अघि सारेको व्यवसायी नरेश दास र दरबारिया दलालहरू मिलेर यो काम गरेको हुनुपर्छ,' उनले भने, 'खोजबिन गरे हुन्छ, मैले क्रान्मर र दास दुवैलाई चिनेको छैन, उनीहरूका कुनै सम्पर्क नम्बरसमेत मसँग छैन ।'
दरबारियाले षड्यन्त्रपूर्ण उनीहरूलाई आफ्नो विरुद्धमा प्रयोग गरेको फुदुङले दाबी गरेका छन् । ठमेलका परिचित व्यवसायी दासले यो सौदाबाजीमा आफूले कार्गो व्यवसायीको मात्र भूमिका निभाएको भने पनि उनलाई धेरै जानकारी भएको निकटहरू बताउँछन् । हतियार प्रकरण खुलासा भएदेखि उनी अधिकांश समय मोबाइल बन्द गरी भूमिगत बस्ने गरेका छन् । फुदुङलगायत थुप्रै सैन्य अधिकारीले चिन्न अस्वीकार गरे पनि दासले सबैलाई चिन्ने गरेको स्रोतहरू बताउँछ ।
दासले कान्तिपुरसँगको पटक-पटकको सम्पर्कमा फुदुङलाई पनि चिनेको र यसबारे विस्तृत जानकारी दिन तयार रहेको बताए । स्रोतहरूका अनुसार दास त्रासमा रहेको र मुख नखोल्न आएको चौतर्फी दबाबले मौन छन् ।
क्रान्मर, सेना र दरबारसँग दासले निकट रहेर सुरुदेखि अन्तिमसम्म खरिद बिक्रीमा सक्रिय भूमिका निभाएको स्रोतले बतायो ।
यसैगरी सेनाले पहिलो पटक २०३० मा सिंगापुरको एक कम्पनीलाई झन्डै दुई सय टन हतियार बेच्दा पुरातत्त्व विभागका महानिर्देशक रमेशजंग थापा थिए । २०५१ मा रक्षा सचिवको पदबाट अवकाश पाएका थापा हाल कुुपन्डोलमा बस्छन् ।
'सेनाले त्यतिबेला विभागसँग परामर्श वा निर्णय गरेको कुुरा मलाई सम्झना वा जानकारी हुनुुपर्ने हो,' थापाले कान्तिपुरसँग भने, 'सेनाले पुरातत्त्वको प्रक्रिया र पद्धतिलाई अनुशरण गरेको लागेन ।' सेनाले हतियार भण्डारण गरेको लगनचोकको सिलखाना दरबारमा पुरातत्त्वका अधिकारी गएको आधारमा दम नभएको बताए ।
एघार वर्षअघि इन्टरनेसनल मिलिटरी एन्टिक्सका प्रमुख क्रिस्चियन क्रान्मरलाई हतियार बेच्ने निर्णय हुँदा नेपाली सेनाका तत्कालीन प्रमुख प्रज्ज्वलशमशेर जबरा अहिले अस्टे्रलियामा छन् । उनी मंसिरमा मात्र स्वदेश र्फकने भएका छन् ।
'पञ्चायतकालमा मन्दिरका मूर्तिसमेत लगेर बेच्ने दरबारिया र उनीहरूसँग मिलेका सेनाले बाहिरै कमिसन तय गरेर डिल फिक्स गर्थे,' एक उच्च सैन्य अधिकृतले भने, 'प्रज्ज्वललाई समेत भित्री कुरा थाहा छैन ।' बस्नेतको मृत्यु भइसकेको छ ।
बस्नेतपछि प्रधानसेनापति भएका गुणशमशेर राणा लामो समयदेखि अशक्त छन् । मूलतः बिर्सने रोगले पीडित उनको अहिले सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
युनेस्कोको नेपालस्थित कार्यालयको संस्कृति एकाइकी निपुुना श्रेष्ठ सिंहले ऐतिहासिक वा पुरातात्त्विक सम्पदा छुट्याउने अभिभारा राज्यको भएको बताइन् । सय वर्ष नाघेको संरक्षण गनर्पर्ने महत्त्वपूर्ण सामग्रीलाई ऐनले पुरातात्त्विक मानेको
छ । सैनिक सम्पदाको संरक्षणका लागि २०६० मंसिर १८ मा सैन्य संग्रहालय बनाइएको एक सैन्य अधिकारीले बताए ।
'संग्रहालय बन्नुअघि नै पुराना हतियार बेचिसकिएको हुनाले यहाँ सय वर्ष नाघेका हतियार र तोप छैन,' ती अधिकारीले भने । अर्कोतिर, विस १९८५ सालमा स्थापना भएको राष्ट्रिय संग्रहालयमा नेपालको एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बन्दुक, ढाल, तरबार र खुकुरीलगायत सामग्री सुरक्षित छन् ।
'सय वर्ष नाघेका र वीर पुरुषले प्रयोग गरेका हतियारलाई पुरातात्त्विक मानिन्छ,' संग्रहालयका प्रमुख भेषनारायण दाहालले भने, 'बिदेसिएका ती हतियार र त्यसका दस्तावेजको जाँच नभएसम्म केही ठोकुवा गर्न सकिँदैन ।'
प्रकाशित मिति: २०६८ भाद्र ४ ०८:२८

Friday, August 19, 2011

दोषी देखियो अमेरिकी दूतावास, मुद्धा चलाउने तयारी 'तिब्बती शरणार्थीलाई नेपाली पासपोर्टमा भिषा' - ekantipur

नेपालमा रहेका तिब्बती शरणार्थीलाई नक्कली पासपोर्ट लिन लगाई अमेरिकाको भिषा दिलाउने काममा नेपालस्थित अमेरिकी दूतावास नै योजनाबद्ध रुपमा लागेको प्रहरी अनुसन्धानले ठहर गरेको छ । यो सम्बन्धी समाचार नयाँ पत्रिका र कान्तिपुर दैनिकले प्राथमिकताका साथ मुख्य पेजमा छापेका छन् ।
दूतावासले भिषासँगै दिएको खामबन्दी पत्रका तिब्बती शरणार्थी भनेर उल्लेख गरेपनि नक्कली नेपाली राहदानी लिएका त्यस्ता शरणार्थीलाई नेपालीका रुपमा भिषा दिइएको प्रहरीले जनाएको छ । नेपाली पासपोर्टमा अमेरिका उडन लागेका दुई तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा यस्तो तथ्य पत्ता लागेको केन्द्रीय जाँच ब्युरो ‘सीबीआई’ले जनाएको छ । पक्राउ परेकालाई अमेरिकी दूतावासले दिएको खाम खोल्दा दूतावास योजनाबद्धरुपमै लागेको पुष्टी भएको हो । जाँच ब्युरोले बिहीवार खाम खोलेको हो ।
यसैगरि कान्तिपुर दैनिकले यसैवारे छापेको समाचारमा दूतावासको संलग्नता देखिएकाले प्रहरीले मुद्दा चलाउने तयारी गरिरहेको उल्लेख छ । प्रहरीले खोलेको खाम र त्यसभित्रका पत्रलाई रेकर्डका रुपमा राखि सरकारी वकिलमार्फत आबश्यक कारवाहीका लागि अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । काठमाण्डौं प्रहरी प्रमुख केदार रिजालले भने-’ बिमानस्थलबाट मुचुल्का भई आएका सवै कागजपत्र प्रमाणकारुपमा कायम हुनेगरि मुद्दा प्रकृया अगाडी बढाएका छौं ।’
यो समाचारसँगै नेपालीस्थित अमेरिकी दूतावासको संलग्नतामा तिब्बती शरणार्थीलाई नेपालीका रुपमा भिषा दिइएको प्रमाणित भएको छ । यस्तो पत्र खोल्न कुटनीतिक रुपले मिल्छ कि मिल्दैन भन्ने बिषयमा बहस हुँदा करिव एक महिनादेखि त्यस्तो पत्र खोलिएको थिएन् । अमेरिकी दूतावासको यो क्रियाकलाप र प्रहरीले अगाडी बढाउन लागेको मुद्दाले नेपाल र अमेरिकाविचको सम्बन्धमात्र हैन अमेरिका र चीनवीचको सम्बन्धमा पनि दरार आउने देखिन्छ ।
केही दिनअघि मात्र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलीसीले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई सिंहदरवारमै पुगेर भेट्दै सो पत्र नखोल्न दबाब दिएका थिए । यस्तै अमेरिकी दूतावासका काउन्सिलर आफै हनुमानढोका पुगेर त्यस्तो पत्र फिर्ता दिन र नखोल्न आग्रह गरेका थिए । तर, प्रहरीले बिमानस्थलबाट पक्राउ परेकाको मुद्दासँगै मुचुल्कामा चिठी पनि उल्लेख रहेकाले दिन नमिल्ने जवाफ फर्काएको थियो । अमेरिकी दूतावासले नेपाल प्रहरीसँग दूतावासले सिधा डिल गर्न पाउनुपर्ने माग पनि गरेको थियो । प्रहरीले पत्र खोल्नेका लागि दूतावासको प्रतिनिधि पनि उपस्थीत आग्रह गरेपनि नमानेपछि प्रहरीले मुचुल्का उठाई पत्र खोलेको हो ।
नेपालमा रहेका तिब्बती शरणार्थीलाई नक्कली ट्राभल डकुमेन्टका आधारमा नेपाली पासपोर्ट दिने र भिषा दिएर युरोप तथा अमेरिका पठाउने काममा यहाँस्थित कुटनीतिक नियोगहरुकै प्रत्यक्ष संलग्न्ता पुष्टी भएको हो ।