Tuesday, September 8, 2015

पुराना फोटो जसले इतिहासलाई जीवन्त बनाउँछ By mysansar, on September 8th, 2015

यो फोटो हेर्नुस्, पुरानो समयलाई यसले जीवन्त पारेको छ। बोहरा गाउँका श्रमिकहरुको यो फोटो ५० वर्ष पुरानो हो। डेभिड कार्लसनले भोजपुरमा त्यहाँको एकदमै दुर्गम गाउँमा सहायक पञ्चायत अधिकारीले डेमोक्रेटिक मिटिङबारे प्रशिक्षण दिँदै गर्दा खिचेका हुन्।

सन् १९६४ मा भोजपुरमा नाच्दै गरेकी दुई राई महिला।

पाल्पामा खिचिएको थारु युवकको फोटो। पाल्पाका जमिन्दारहरुले भैरहवा र दाङबाट थारुहरुलाई त्यतिबेला दशैँ र तिहारका बेला बोलाउने गर्थे।

डोको बोकेकी गुरुङ महिला।

नेपाल पिक्चर लाइब्रेरी र पिस कोरको नेपाल इतिहास परियोजना गरी दुई वटा अभिलेखबाट छानिएका यस्तै फोटोहरू हेर्न र किन्न समेत सकिनेछ आगामी कात्तिकमा।

वैशाख १२ को विनाशकारी भूकम्पले विविध चुनौती सिर्जेको भए पनि नेपालकै पहिलो अन्तर्राष्ट्रिय फोटो फेस्टिभल कात्तिकमा आयोजना हुने भएको छ। भूकम्पले क्षति पुर्या एका ठाउँहरुमध्ये कै एक ऐतिहासिक शहर पाटनका सार्वजनिक स्थलहरूमा फेस्टिभलका क्रममा फोटो प्रदर्शनीहरू, स्लाइड शो, कलाकारहरूसँग अन्तर्क्रिया, कार्यशाला तथा अन्य कार्यक्रमहरू आयोजना हुनेछ।

कार्तिक १७ देखि २३ गतेसम्म हुने यो फेस्टिभलमा शहरको विगत, वर्तमान र भविष्यबारे दृश्यलाई भाषा बनाएर संवाद हुनेछ।

फोटो काठमाडौँको प्रथम संस्करणमा पाटनका ऐतिहासिक धरोहरहरूको पुनर्निर्माणकालागि रकम जम्मा गर्न फोटो काठमाडौँले फोटोहरूको एक विशेष प्रिन्ट बिक्रीको प्रवर्द्धन पनि गर्दैछ।

यसबाट संकलित सम्पूर्ण रकम काठमाडौँ उपत्यका संरक्षण कोषलाई जानेछ। यस प्रिन्ट बिक्रिमा नेपाल पिक्चर लाइब्रेरी र पिस कोरको नेपाल इतिहास परियोजना गरी दुई वटा अभिलेखबाट छानिएका फोटोहरू राखिने छन्।

सहभागिताको लागि आह्वान
फोटो काठमाडौँले फोटोग्राफीमा काम गरिरहेका फोटोग्राफर, फोटो माध्यममा क्रियाशील कलाकार, इतिहासविद, मानवशास्त्री तथा अन्य अभ्यासकर्तालाई डिजिटल प्रोजेक्शन, वार्तालाप, संवाद र कार्यशालामार्फत सहभागी हुन आफ्ना योजना र कृति पेश गर्न आह्वान गरेको छ। सबै कृति र योजनाहरूको थिम समय अर्थात् टाइम आधारित हुनुपर्नेछ । कृतिहरू अभिलेखबाट लिइएका अथवा समसामयिक अथवा दुवैको मिश्रण हुन सक्नेछन् । मिश्रित माध्यममा सिर्जित कृति पनि पेश गर्न सकिनेछ ।

थप जानकारीका लागि आयोजकको वेबसाइट, फेसबुकट्विटर

Thursday, September 3, 2015

यस्तो छ दुवईको सर्वाधिक महङ्गो अपार्टमेन्ट - bizmandu

विश्वभरका 'इन्भेष्टर'को केन्द्रमा रहेको सहर हो दुवई । २००६/०७ को विश्व आर्थिक मन्दीबाट पार पाएसँगै दुवईले नयाँ गति लिइ सकेको छ ।

विश्वकै सर्वाधिक अग्लो भवन ब्रुज खलिफा निर्माण गरि सकेको दुवईले रियलस्टेटमा अर्को छलाङ मार्ने तरखरमा छ ।

रियलस्टेट क्षेत्रमा नयाँ तहल्का दिने गरि आगामी दुई बर्ष भित्र दुवईको सबैभन्दा महङ्गो अपार्टमेन्ट तयार हुन लागेको हो ।

सन् २०१७ मा निर्माण पुरा हुने यो अपार्टमेन्ट तीन करोड २० लाख पाउण्ड(पाँच अर्व १५ करोड रुपैयाँ)मा विक्रीमा राखिएको छ ।

दुवईको समुन्द्रि किनारा पाम जुमैरामा बन्न लागेको यो अपार्टमेण्ट भवनको २५ औं तलामा छ । अपार्टमेन्टमा पुल, स्पा लगायतको सुविधा छन् ।

अपार्टमेन्टमा किचेन छुट्टै र हरेक वालमा झ्याल हुनेछन् ।

अपार्टमेन्ट रहेको सिङ्गो भवन न्युयोर्कको सोमा आर्‍किटेक्ट्‍सले डिजाइन गरेको हो । अपार्टमेन्टबाट समन्द्र र सहर दुबै 'पानोरमिक' दृश्यमा देखिन्छन् ।

त्यस बाहेक जिम, हेयर सैलुन र सिनेमा लगायतका सुविधा पनि उपलब्ध छन् ।

यस अघि दुवई सर्वाधिक महङ्गो अपार्टमेन्टको ब्रुज खलिफामै रहेको थियो । जुन एक करोड छ लाख पाउन्डमा बिक्री भएको थियो ।
- See more at: http://www.bizmandu.com/content/-13083.html#.VegfMeLwM7c

प्रकाशित मिति: Sep 03, 2015 New 0 0 0