Sunday, March 31, 2013

सेलिबि्रटी ज्योतिषीहरू - nepal



लामो टुप्पी, सेतो कुर्ता र धोती, सातपत्रे कुण्डली हातमा लिएर अरूको भाग्य र भविष्य बताउने। बदलामा चामल र केही दक्षिण थाप्ने। पढालिखा र तन्नेरी डिजिटल पुस्ताको प्रवेशसँगै सनातनी ज्योतिष पेसाको पुरानो परचिय फेरिएको छ। र, यो बिस्तारै एउटा उन्नत पेसाका रूपमा  रूपान्तरति हुँदै छ। सहरबजारमा अफिस नै खोलेर ज्योतिष पेसामा लागेका तन्नेरी पुस्ता अरूको भाग्य र भविष्य मात्रै बताइरहेका छैनन्, आफ्नो भाग्य र भविष्यसमेत समृद्ध पाररिहेका छन्।

सुनील शर्मा सिटौला, ३३, सन्तोष वशिष्ठ, ३५, र विकास दुलाल, ३१, तिनैमध्येका हुन्। चल्तीका यी सेलिबि्रटी ज्योतिषीको जीवनमा सनातनी ज्योतिषीजस्तो धोती, कुर्ता, लामो टुप्पीजस्ता विम्ब भेटिँदैन। आधुनिक जीवनका सबै ठस्साहरूसँग परिचित उनीहरू हरदम सफाचट अनुहारमा देखिन्छन्, कोट र सुटमा। यिनीहरू पढेलेखेका छन् र रैथाने ज्योतिष पेसालाई सम्मानजनक बनाउन सफल छन्। डिजिटल दुनियाँमा ज्योतिष पेसालाई आधुनिकीकरण गररिहेका यिनीहरूकहाँ समाजका हाइप्रोफाइल मानिसहरूको समेत बाक्लो आउजाउ छ। रोजीरोटीको विकल्पबाट आज ज्योतिषी विधा पेसामा रूपान्तरण भइसकेको छ। अहिले वासुदेव, सुनील, सन्तोष र विकासजस्ता तन्नेरीहरूले यसलाई इज्जत र भविष्य भएको पेसाका रूपमा रूपान्तरण गरसिकेका छन्।

ज्योतिष पेसामै भविष्य देखेका तन्नेरी विकासको घरमा झिसमिसे बिहानदेखि नै चिना देखाउनेको ताँती लाग्छ। उनी दिउँसो १ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ अबेरसम्म चिनामा घोत्लिरहन्छन्। हरेक सत्रमा उनी कम्तीमा पनि २५ जनासम्मको चिना हेर्छन्। हजुरबादेखि बुबा हँुदै अगाडि बढेको पेसा विकास र उनका एक दाजुले सम्हालिरहेका छन् अहिले। पूर्वीय दर्शन विद्यापीठबाट ज्योतिषशास्त्रमा भास्कर अर्थात् स्नातक गरेका विकास भन्छन्, "अब ज्योतिषीहरूको पाको पुस्ता विस्थापित हुँदै छ। नयाँ पुस्ता लामो बौद्धिक साधना र अभ्यासबाट खारिएर आइरहेको छ।" विकास आफ्ना सेवाग्राहीलाई उनीहरूको भाग्य र भविष्य मात्रै बताउँदैनन्, कुनै चिकित्सकले प्याथोलोजी रिपोर्टको व्याख्या गरेर रोगीलाई सम्झाएझैँ चिनामा लेखिएका विभिन्न नक्षत्रको गणना गरेर चित्तबुझ्दो गरी खराब र फलिफापका विविध विषय अथ्र्याउँछन्।

सुनीलको भनाइमा आधुनिक भएर पनि ज्योतिष पेसा गर्न सकिन्छ र त्यसका लागि आफूलाई पनि ज्ञान र परिधानका हिसाबले आधुनिक देखाउन सक्नुपर्छ। ज्योतिषी हुन लामो टुप्पी पाल्नैपर्ने र धर्म गर्नैपर्छ भन्ने होइन, यो त धर्मभन्दा परको विज्ञान हो।

त्यसो त काठमाडौँ छिरेको लामो समयसम्म सन्तोषले धोती, कुर्ता र पाइजामा छाडेनन्। टुप्पी फरफराउन र सनातनी ज्योतिषीको आवरण त्याग्नै सकेनन्। एउटा अनौठो संयोगपछि सन्तोषले धोती-पाइजामा फ्याँके र कोट-पाइन्ट अपनाए। भएको के रहेछ भने, विवाहका लागि केटी खोज्दै जाँदा नाम चलेका एक पण्डितकी छोरीले 'त्यस्ता धोती लगाउनेसँग पनि के बिहे गर्नू ?' भनेको सुनेकै दिन उनले आफ्नो सनातनी वस्त्र त्यागिदिए। भन्छन्, "ज्योतिषी हुँदैमा टिपटप बन्न नहुने कहाँ लेखेको छ र ?"

पढेलेखेका र ज्योतिष पेसालाई विज्ञानसँग जोडेर हेर्ने शैलीका कारण सुनील केही वर्षमै राजधानीका हाइप्रोफाइल ज्योतिषीको सूचीमा आफ्नो नाम लेखाउन सफल भए। उनको ज्योतिषी यात्रा अनेक सुखद संयोगहरूले भरएिको छ। जस्तो : उनले राजधानीका पाँचतारे होटल याक एन्ड यती र सोल्टी होटलमा रहेको क्यासिनोमा सात वर्षसम्म ज्योतिष पेसाकै जागिर खाए। क्यासिनो छिर्ने अधिकांश विदेशी आफ्नो भाग्य जान्न उनको शरण पर्थे। भन्छन्, "त्यसरी हात देखाउनेहरू अधिकांश विदेशी नै हुन्थे।"

सन्तोषको मध्यबानेश्वरस्थित आवासमा हरेक दिन समय लिएर झन्डै आठ जना सेवाग्राही आइपुग्छन्। उनी स्काई भिजन नामको एप्स प्रयोग गरेर कम्प्युटरबाटै मानिसको भाग्य र भविष्य हेरिदिन्छन्। कतिसम्म भने उनको ल्यापटपमा अहिले हजारौँको डिजिटल जन्मकुण्डली छ। नेपाल ज्योतिष परिषद अनुसन्धान केन्द्रका उपाध्यक्षसमेत रहेका सन्तोष ज्योतिष विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धानहरूमा पनि सक्रिय छन्। हालै मात्र उनले विभिन्न ६४ जनाको जन्मकुण्डलीको अनुसन्धान गरेर अनौठो निष्कर्ष निकाले, जसको जन्मकुण्डलीमा बृहस्पति, सूर्य र शनि उच्च हुनेहरू सार्वजनिक उच्च पदमा आसीन हुन्छन्।

कान्तिपुर टेलिभिजनको पर्दामा देखिने सेलिबि्रटी ज्योतिषी वासुदेव शास्त्री पनि डिजिटल प्रविधिमा अभ्यस्त भइसकेका छन्। उनी आफ्ना सबै सेवाग्राहीको कुण्डली ल्यापटपबाटै हेर्छन्। सुरुका दिनमा ल्यापटप चलाएर भाग्य र भविष्य बताउँदा अरूले अचम्म मानेको उनलाई हेक्का छ। भन्छन्, "अहिले धेरैका निम्ति त्यो सामान्य भइसक्यो। शास्त्रीले आफ्नो ल्यापटपमा देशका एक सय विशिष्ट व्यक्तिको डिजिटल कुण्डली राखेका छन्।"

यी युवा ज्योतिषीहरूको एउटै समानता भनेको यिनीहरू भविष्यफलबाहेक आजको समाजमा प्रचलित वास्तुशास्त्रदेखि ग्रहदशा मोचनसम्मका कुरामा गहन अध्ययन गरेका छन्। वासुदेव, सन्तोष र सुनील त विश्वविद्यालयबाटै अध्ययन गरेर आएका वास्तुविद् हुन्। तर, विकासले चाहिँ यी आधारभूत विषयहरूमाथि स्वाध्यायबाटै भए पनि आवश्यक ज्ञान हासिल गरेका छन्।

वासुदेवकहाँ राजनीतिज्ञ र सुरक्षा निकायका उच्चपदस्थदेखि सामान्य व्यक्तिसम्म भाग्य र भविष्य देखाउन आइपुग्छन्। उनको आकर्षण हो, विज्ञानसम्मत व्याख्या। उनी आफूकहाँ आउने सेवाग्राहीलाई ग्रह-नक्षत्र विज्ञानको व्याख्या बताइदिन्छन्। आकाशका नक्षत्रहरूको विभाजनका आधारमा महिनाका नाम र राशिहरूको निर्धारण कसरी भएको र त्यसको प्रभाव व्यक्तिको जीवनमा कसरी पर्छ भनेर बुझाइदिन्छन्। उनका अनुसार नक्षत्रका आधारमा चरण र चरणका आधारमा नाम राखिन्छ। आमाको गर्भमा भू्रण प्रवेश भएदेखि जन्मअघिको र जन्मेपछि गरी दुई चरणमा मानिसको नामकरण गरन्िछ। यही जगमा उसको स्वभाव निर्माण हुन्छ। अर्थात् कुन मानिस कुन स्वभावको हुन्छ, त्यो उसको जन्मसँगै गाँसिएर आएको हुन्छ। भन्छन्, "यही आधारमा उसको चिना निर्माण हुन्छ र ऊ देव, मानव या राक्षस कुन गणको हो अनि राजषिर्, सात्विक या तामसिक वृत्तको हो भन्ने स्वतः निर्धारण हुन्छ।"

कुनै समय महिलाले गायत्री मन्त्र पाठ गर्न हुँदैन भन्ने भ्रम भारतीय गायिका अनुराधा पौड्वालले गायत्री मन्त्र गाएर तोडिदिइन्। नेपाली समाजमा प्रीति आत्रेय, पुष्पकला कौशिक, ३८, जस्ता केही महिलाले पुरुषकै समानान्तरमा यस विधालाई अँगालेपछि ज्योतिषी विधामा पनि पुरुष एकाधिकार मेटिएको छ। उनको प्रवेशले ब्राह्मण समुदायको मात्रै एकाधिकार रहेको ज्योतिष पेसामा क्षेत्री समुदायका लागि पनि बाटो खोलिएको छ। चल्तीकी ज्योतिषीको परचिय स्थापित गरसिकेकी उनलाई अपराह्न ३ बजे आफ्नो ज्योतिषशालामा पसेपछि साझ ६ बजेसम्म भ्याइनभ्याइ हुन्छ। कहिलेकाहीँ त त्यसभन्दा पनि बढी समय उनी चिना हेर्नमा व्यस्त हुन्छिन्।

पुष्पकलाको ज्योतिषशालामा देखिने विभिन्न पत्थरहरूले आज आममानिसदेखि सम्पन्नसम्मका औँलामा जडित औँठीहरूको सम्झना गराउँछ। के भाग्यलाई यी धातु र पत्थरले बदल्न सक्छन् ? भन्छिन्, "ठूलो दुर्घटनाबाट सानोमा सार्न सकिन्छ।" उनीजस्तै विकासको पनि यसमाथि विश्वास छ। उनका अनुसार बाटामा हिँड्दा कुनै ढुंगामा ठेस लाग्ने ग्रह छ भने त्यसलाई यस्ता औँठीहरूले तर्काउनसम्म सक्छन् तर मानिसको भाग्यको बाटै बदल्न भने सम्भव छैन।

वासुदेव पनि यसमा विश्वास राख्छन्। तर, यसका आधारमा कथित ज्योतिषीहरूले मानिसलाई ठगिरहेको उनको बुझाइ छ। भन्छन्, "सामान्य पत्थरलाई पनि बढी दाममा बेच्ने, विक्रेताहरूसँग मिलेर कमिसन खाने र पूजाका नाममा हजारौँ असुल्ने प्रवृत्तिले पेसाकै बदनाम भएको छ।" उनका भनाइमा, निश्चित शुल्क नतोकिए पनि चल्तीका ज्योतिषीहरू कम्तीमा एक सय र बढीमा तीन सय रुपियाँसम्म लिन्छन्, एउटा चिना हेरेको।

मुख्यतः ज्योतिषीका तीन चरण हुन्छन्, सिद्धान्त, फलादेश र गणित। गणितले पात्रोदेखि विभिन्न ज्योतिषीलाई भविष्यवाणी गर्न सहयोग गर्छ। नेपालमा सबैभन्दा बढी चलेको तेस्ा्रो पक्ष फलादेश हो। यसमा व्यक्तिको विगत, वर्तमान र भविष्यको फलाफल निकाल्न सकिन्छ। विकासका अनुसार विज्ञानले ठ्याक्कै ठाउँ निक्र्योल गर्न सक्छ भने ज्यातिषशास्त्रले त्यस क्षेत्रका बारेमा मात्र भन्न सक्छ।

सुनीलचाहिँ ज्योतिष पेसालाई थप प्राज्ञिक र बृहत् बनाउने ध्याउन्नमा छन्। उनी इमेज न्युज नेटवर्क अन्तर्गतका दुई एफएममा प्रत्येक साता आठ कार्यक्रम चलाउँछन्। तिनमा उनी श्रोताले टिपाएको सूचनाका आधारमा उनीहरूको भाग्य र भविष्य बताइदिन्छन्। त्यसो त ६ वर्षअघि नै उनले इमेज टेलिभिजनमै जन्मकुण्डली नामक कार्यक्रम पनि चलाएका थिए। सुनीलले आफूलाई समय अनुसार अपडेट पनि गरेका छन्। सुरुसुरुका वर्षमा जन्ममिति र समयका आधारमा पात्रो पल्टाएर उनी जन्मकुण्डली तयार पार्थे। अहिले उनी ती सबै कामका लागि ल्यापटप र एप्सको भर पर्छन्। भन्छन्, "पात्रो थन्क्याएको नै १० वर्ष बितिसकेछ।"

सनातनी कर्मकाण्डी पुरेत र ज्योतिषीबीचको धेरै अन्तर नमान्ने समाजमा सुनील हिन्दु धर्मग्रन्थदेखि बाइवल र कुरानसम्म पढ्छन्। ज्योतिषी भन्दैमा सनातनी चलन छाड्नै नहुने र कर्मकाण्डी पण्डितजस्तै बन्नुपर्छ भन्ने उनलाई लाग्दैन। बृहत् हस्तरेखा, हस्तरेखा विज्ञान र सुगम ज्योतिष पुस्तक लेखिसकेका उनी भन्छन्, "ज्योतिषीहरूले पनि आफूलाई विज्ञानको प्रगति अनुकूल बनाउनु जरुरी छ।"

सामसुङ्को स्मार्टफोन बोक्ने सुनीलले जन्मकुण्डली हेर्ने एप्स मोबाइलमा पनि राखेका छन्। तुरुन्तै भाग्य र भविष्य जान्न चाहनेलाई मोबाइलबाटै काम फत्ते गरिदिन्छन्। डिजिटल जमानाका ज्योतिषी सुनीलको आफ्नै वेबसाइट पनि छ, जसका दैनिक ५ देखि ६ सय 'भिजिटर' छन्। कम्प्युटरको प्रयोग गरेर नै पहिले दुई दिन लगाएर बनाउनुपर्ने चिना अहिले उनी ३० सेकेन्डमै बनाएर दिन्छन्। कतिले त आफ्नो जन्मकुण्डली डिजिटल नै लिएर पनि जान्छन्।

मैतीदेवीमा ज्योतिष विज्ञान मञ्चको अफिस नै खोलेर बसेका सुनीलकहाँ पहिल्यै समय मिलाएर दैनिक कम्तीमा पनि १० जना आफ्नो भाग्य र भविष्य हेर्न पुग्छन्। कैयन्ले उनलाई विदेशबाटै पछ्याउँछन्। आफ्नो जन्ममिति र समय इमेल गरिदिन्छन् र त्यसैका आधारमा भाग्य र भविष्य थाहा पाउँछन्।

समाजका सबै क्षेत्रका विशिष्ट व्यक्ति सन्तोषका सेवाग्राही हुन्। राजनीतिकर्मी र सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूको पनि उनीकहाँ भीड लाग्छ। भन्छन्, "कांग्रेस हुन् वा कम्युनिस्ट, सबैलाई आफ्नो भाग्य र भविष्यको चिन्ता छ। फरक यत्ति हो, कोही लुकेर आउँछन् कोही थाहा पाउने गरी।"



मूल घर सोलुखुम्बु भएका वासुदेवकृष्ण शास्त्री एउटा अनौठो रहस्यको पर्दा उघार्ने धुनमा ज्योतिष पेसामा हाम्फाले। बालवयमै पूणिर्मामा चन्द्रमा देखिनु र औँसीमा नदेखिनुको प्रश्नपछि दौडदा दौडदै उनी ज्योतिष विद्याप्रति आकषिर्त भए। गाउँकै बाकु माविबाट एसएलसी सकेपछि उनी भारतको बनारसस्थित काशी हिन्दु विश्वविद्यालयमा भर्ना भए र स्नातकोत्तर पास गरे। त्यसलगत्तै उनले बनारसकै सम्पूणर्ानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिषशास्त्र गोलतत्त्व विमर्शमा चार वर्षअघि विद्यावारिधि गरे। उनी ज्योतिष पेसा मात्रै गर्दैनन्, त्यसको अध्ययन र अनुसन्धानमा पनि उत्तिकै लागिपरेका छन्। वैदिक समाजवादको व्याख्या नामक कृति प्रकाशन गरेका वासुदेव ज्योतिषशास्त्रसम्बन्धी दिग्दर्शन मासिक पत्रिका पनि सम्पादन/प्रकाशन गर्छन्।



धादिङका सुनील शर्मा सिटौलालाई ज्योतिषी बन्छु भन्ने कहिल्यै लागेको थिएन। गाउँबाट पढ्नका लागि काठमाडौँ सहर झरेपछि अनायासै उनको पाइला यतातिर मोडियो। काठमाडौँमा रहेका आफन्तका घरमा बस्दा एक दिन उनको आँखा हस्तरेखा विज्ञानको किताबमाथि पर्‍यो र त्यही किताब पढ्दा पढ्दै उनलाई ज्योतिषी बन्ने रहर जाग्यो। सुरुका दिनमा उनी स्कुले साथीभाइ अनि शिक्षकहरूको हात हेरिदिन्थे र उनीहरूको भाग्य र भविष्यका बारेमा फटाफट बताइदिन्थे। त्यतिबेला कसैले उनलाई स्याबासी दिए त कसैले अविश्वास गर्दै ओठ लेप्य्राए। एसएलसी सकेपछि ज्योतिष विज्ञानप्रतिको सम्मोहनले कोलकातासम्म पुर्‍याइदियो। उनी विश्व ज्योतिष विद्यापीठमा भनर्ा भए र फलित ज्योतिषमा स्नातकोत्तर सके। काठमाडौँ फर्केको केही समयपछि नै उनले ग्लोबल एस्ट्रोलोजिकल रसिर्च सेन्टर खोले र हस्तरेखा विज्ञानसम्बन्धी चक्र ज्योतिष नामक पत्रिका प्रकाशन सुरु गरे।



झापाको सामान्य कृषक परिवारका सन्तोष वशिष्टलाई भने बाल्यकालमा स्कुल जाने अवसर जुरेन। त्यही भएर उनी घरनजिकै अर्जुनधारामा रहेको गुरुकुलमा भर्ना भए। अरू साथीहरू सर्ट-पाइन्टमा स्कुल जाँदा टुप्पीवाल उनी धोती लतार्दै र कुर्ता मिलाउँदै गुरुकुल जान्थे। त्यहीँबाट चण्डी, रुद्री र वेद र व्याकरणको सामान्य ज्ञान हासिल गरे। त्यसपछि भारत, बनारसको नेपाली संस्कृत महाविद्यालयबाट आचार्य सके। गरिबिको दुष्चक्रबाट भाग्दै भाग्दै काठमाडौँ आइपुगेका सन्तोष त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर तहमा नेपाली विषयमा भर्ना भए र उत्तीर्ण पनि गरे। उनी सम्झन्छन्, "धोती र कुर्ता सम्हालेर म चौरमा बसेर साथीभाइको हात हेरेर भविष्य बताउँथे। यसो गर्दा गर्दै व्यावसायिक ज्योतिषी जीवनमा हाम्फालिसकेछु।



एउटा रमाइलो संयोगपछि पुष्पकला कौशिकको पेसा मात्रै फेरीएन, नाम पनि फेरियो। आठ वर्षअघिकी व्यापारी रामकला खड्का नै अहिलेकी ज्योतिषी पुष्पकला कौशिक हुन्। उति बेला जति दौडधूप गर्दा पनि व्यवसायमा कुनै फलिफाप नभएपछि एक दिन उनी ज्योतिषी ओजराज उपाध्याय लोहनीकहाँ चिना लिएर भाग्यको बाटो खोज्न पुगिन्। लोहनीले उनलाई नाम बदल्न भने अनि उनले गुरुकै सल्लाहमा आफ्नो नामको पहिलो शब्द 'राम'लाई काटेर पुष्प थपिन् र पुष्पकला भइन्। लोहनीले उनका सारा विगतमा घटित धेरै कुरा मिलाइदिएपछि उनी आफैँ ज्योतिष विद्याप्रति आकषिर्त भइन् र यिनै गुरुसँग सिक्न पनि थालिन्। तीन वर्ष लगातार सिकेपछि र हिन्दी भाषामा प्रकाशित ज्योतिषशास्त्रसम्बन्धी विभिन्न पुस्तकको गहन अध्ययन गरेपछि उनले यही पेसामा भविष्य देखिन्। त्यसपछि बृहत् ज्योतिष परामर्श केन्द्रको बोर्ड नै झुन्ड्याएर उनी यही पेसामा जमेकी छन्।



तन्नेरी विकास दुलालको घरमा झिसमिसे बिहानदेखि नै चिना देखाउनेहरूको ताँती लाग्छ। उनी बिहान ६ देखि दिउँसो १ बजेसम्म र अपरान्ह ४ देखि साँझ अबेरसम्म चिनामा घोत्लिरहन्छन्। हरेक सत्रमा उनी कम्तीमा पनि २५ जनासम्मको चिना हेर्छन्। हजुरबादेखि, बुबा हुँदै अगाडि बढेको पेसा विकास र उनका एक दाजुले सम्हालिरहेका छन्, आधुनिक रूपमा। उनले पूर्वीय दर्शन विद्यापीठबाट ज्योतिषशास्त्रमा भास्कर अर्थात् स्नातक गरेका छन्।

डाक्टर एक वर्ष दुर्गममा अनिवार्य जानुपर्ने - nagariknews

दीपक दाहाल, काठमाडौं, चैत १८ - विशेषज्ञ पुर्‍याउनका लागि पोस्टग्राजुएसन (पिजी) गरेका चिकित्सकले एक वर्ष सरकारले खटाएको ठाउँमा गएर अनिवार्य सेवा गर्नुपर्ने भएको छ। मन्त्रालयले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको 'कमजोर कभरेज'मा सुधार ल्याउन चिकित्सकबाट यस्तो सेवा लिन लागेको हो। मन्त्रालयले यसरी खटाउने विशेषज्ञ चिकित्सकले कम्तिमा सरकारी चिकित्सकले पाउनेबराबर सुविधा दिएर सेवामा खटाउनेछ। नेपालमा स्वदेश र विदेशमा अध्ययन गरेका गरेर वर्षमा ३ सयहाराहारी विशेषज्ञ चिकित्सक उत्पादन हुन्छन्।
स्वास्थ्य मन्त्रालयले नीतिगत निर्णयपछि यस्तो प्रावधानलाई कार्यान्वयनमा ल्याउन नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरिसकेको छ। नयाँ नीतिमा तीनवर्षे पिजी अध्ययन सकेका चिकित्सकले कम्तिमा एक वर्ष जिल्लामा गएर काम गर्नुपर्नेछ। सरकारले तोकेका सरकारी स्वास्थ संस्थामा एक वर्ष सेवा गरेपछिमात्र पिजीको स्थायी प्रमाणपत्र दिइनेछ। अध्ययन सकेलगत्तै उनीहरूलाई विश्वविद्यालयले प्रोभिजनल सर्टिफिकेटमात्र उपलब्ध गराउने र काउन्सिलले समेत विशेषज्ञका रुपमा दर्ता गर्ने छैन।
गत वर्षदेखि पिजी अध्ययन सकेका चिकित्सक विशेषज्ञ चिकित्सकका रुपमा दर्ता हुन प्रवेश परीक्षाको नीति काउन्सिलले लागु गरेको थियो। विश्वविद्यालयबाट पिजी अध्ययन गरेका चिकित्सकलाई सर्टिफिकेटकै आधारमा काउन्सिलले विशेषज्ञ चिकित्सकको प्रमाण दिने व्यवस्था हटाएको हो।
एनाटोमी, फिजियोलोजीजस्ता केही सुपर स्पेसियालिटी विषयका चिकित्सकलाई, जसलाई गाउँमा परिचालन गर्न सक्ने अवस्था रहन्न। त्यस्ता विशेषज्ञ चिकित्सक भने यस्ता सेवाका लागि बाध्य हुने छैनन्।
मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले सचिवस्तरीय निर्णय भएर पाठ्यक्रममै यस्तो प्रावधान राख्न पत्राचार गरिएको बताए। उनले काउन्सिलले सम्बन्धित विश्वविद्यालयसँग छलफल गरेर यस्तो प्रावधान राख्ने बताए। डा. बुर्लाकोटीले निर्णय गर्नुभन्दा अगाडि नै सरोकारवालासँग छलफलसमेत गरिएको जानकारी दिए।
मन्त्रालयको निर्णयअनुसार सम्बन्धित विश्वविद्यालयले पिजी (एमडी/एमएस) का लागि भर्ना आह्वान गर्दा एक वर्ष दुर्गममा अनिवार्य सेवा गर्नुपर्ने सर्त राख्नुपर्नेछ। 'अब नयाँ भर्ना हुने चिकित्सकलाई यो नीति लागु हुन्छ,' बुर्लाकोटीले भने, 'मन्त्रालयको निर्णयअनुसार सुरुमा अस्थायी दर्ता गरेर चिकित्सकलाई गाउँ पठाइन्छ र एक वर्ष काम गरेपछि स्थायी दर्ता गरिनेछ।'
विदेशबाट पढेर फर्केका चिकित्सकलाई पनि यो सेवाका लागि परिचालन गर्नेबारे काउन्सिलले नै निर्णय लिने मन्त्रालयका अधिकारी बताउँछन्। काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेल मन्त्रालयले निर्णय गरेपछि यस्तो प्रावधान राख्न सकिने बताउँछन्। उनले भने, 'काउन्सिलको काम गुणस्तर हेर्ने मात्र हो, मन्त्रालयले चिकित्सकले गाउँमा जानैपर्ने नीति लागु गर्योउ भने हामी त्यसैअनुसार व्यवस्था मिलाउन सक्छौं।'
काउन्सिलमा अहिलेसम्म २ हजार ५ सय पिजी डाक्टर दर्ता भइसकेका छन्। वार्षिक सयजना विदेशबाट पढेर आउँछन् भने प्रत्येक वर्ष २ सयजति नेपालमै उत्पादन हुन्छन्। मुलुकका स्नातकोत्तर तहका २१ मेडिकल र चार डेन्टल कलेजमा २५ विशेषज्ञ विषयको पढाइ हुन्छ ।
विश्वविद्यालयले पिजी पढाउनका लागि तयार पारेको पाठ्यक्रम र कोटा काउन्सिलबाट स्वीकृत गराउनुपर्छ। मन्त्रालयका अनुसार काउन्सिलले पाठ्यक्रममै त्यसलाई राखेपछि सरकारले पिजी चिकित्सक सेवा परिचालन गर्नेसम्बन्धी निर्देशिका बनाउने जनाएको छ।
यसैबीच विशेषज्ञ चिकित्सकसँगै सेवा स्तरलाई बढाउनेगरी अस्पताल एवं प्राथमिक स्वास्थ्य संस्थाको भौतिक एवं अन्य पूर्वाधार मजबुत पारिने निर्णयमा उल्लेख छ। बुर्लाकोटी मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि मन्त्रालयले केही जिल्लामा मेडिकल कलेजसँग मिलर जाने र अन्य ठाउँमा यस्ता चिकित्सक परिचालनको नीति लिएको बताए। मन्त्रालयले यी दुई अवधारणासँग आगामी तीन वर्षभित्र करिब ३ सय ५० विशेषज्ञ दरबन्दी थप्ने योजनासमेत अगाडि सारेको छ।
स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य नीतिको मस्यौदामा विशेषज्ञ सेवा विस्तारको प्रतिबद्धतासँगै कम्तिमा एउटा गाविसमा एक जना एबिबिएस चिकित्सक पुर्याथउने अवधारणा अगाडि सारेको छ। 'चिकित्सक नपुगेका ठाउँमा चिकित्सक पुर्याएउने र चिकित्सक पुगेका ठाउँमा विशेषज्ञ सेवा पुर्याउने सरकारको नीति हो,' बुर्लाकोटीले भने, 'त्यसका लागि चिकित्सकको सुविधावृद्धिको तयारी पनि सँगै अगाडि बढाएका छौं।'

Thursday, March 28, 2013

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित) - onlinekhabar

स्वस्थ बच्चाको तौल जन्मिदाखेरी बढिमा ४ किलोसम्म हुन्छ । तर बेलायतकी एक युवतीले भने ७ किलो भन्दा पनि बढि तौलको छोरो जन्माएकी छिन् । त्यो पनि कुनै अप्रेसन बिना । २१ वर्षकी जेड प्याकरले ७ किलोको बच्चा जन्माएकी हुन् । बेलायतको ग्लुसेस्टरसायरकी ती युवतीले फेब्रुअरी एघारमा उक्त भिमकाय बच्चा जन्माइन् ।1
१६ घण्टाको अथक प्रयास र प्रसव वेदना सँगै उनले छोरो पाउन सफल भइन् । बच्चा जन्मिने बेला ठूलो आकारको रहेकाले त्यसको काँध योनीभित्रै धेरैबेर अडि्कएका कारण झण्डै आमा र बच्चा दुबैको ज्यान गएको थियो । दश मिनेटसम्म त्यसरी बच्चा अडि्कएपछि अक्सिजनको कमीका कारण उक्त बच्चा बाँच्ने सम्भावना केवल १० प्रतिशत मात्र थियो । तर अन्ततः सफलतापूर्व बच्चा जन्मियो र बाँच्यो पनि ।
जन्मिँदै निकै सप्रेको त्यो बच्चा र आमालाई ६ हप्तासम्म अस्पतालमै राखिएपछि बल्ल डिस्चार्ज गरेर घर पठाइएको छ । ६ हप्तामै त्यो बच्चा २ फिट २ इन्च अग्लो भैसकेको छ । उसको लागि ६ महिनाका बच्चालाई हुने साइजका लुगाफाटो चाहिन्छ । त्यो बच्चोका आमाबुवा दुबै २१ वर्षका छन् ।
5
7
3
2

भयानक साइबर आक्रमण, विश्वभरकै इन्टरनेट सुस्त - onlinekhabar

इन्टरनेट जगतमा ह्याकरहरुले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै इन्टरनेटको गति सुस्त भएको बताइएको छ ।
साइबर विज्ञहरुले यसलाई इतिहासकै सबैभन्दा गम्भीर साइबर हमलाको संज्ञा दिएका छन् । ह्याकर प्रतिरोधी समूह र इन्टरनेट होस्टिङ कम्पनीहरु बीचको विवादका बीच बदलापूर्ण आक्रमणका कारण इन्टरनेटको मूख्य आधारशीलामै क्षति पुगेको विज्ञहरुको भनाइ छ ।
cyber
यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवामा असर पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ ।
जेनेभा र लण्डनमा कार्यालय रहेको ह्याकर प्रतिरोधी इन्टरनेट संस्था स्पामहसले विभिन्न इन्टरनेट होस्टिङ कम्पनीलाई कालोसूचिमा राखेर सर्भर नै बन्द गरिदिएपछि होस्टिङ कम्पनी र उक्त समूहबीच विवाद बढेको हो । इन्टरनेट प्रदायक कम्पनीहरुले विभिन्न खालका आतंककारी गतिविधिलाई प्रोत्साहन गरेको, अश्लील गतिविधिलाई बढावा दिएको र ह्याकर समूहलाई मलजल गरिरहेको आरोप उक्त संस्थाको छ ।
आफुले इन्टरनेट प्रदायकहरुका त्यस्ता गतिविधिमा निगरानी गरेसँगै आफूमाथि केही हप्ता यता विभिन्न खाले साइबर आक्रमण भएका उक्त संस्थाको दाबी रहेको छ । स्मापहसका मुख्य कार्यकारी स्टेभ लिनफोर्डका अनुसार साइबर आक्रमणविरुद्ध इन्जिनियरहरुले काम गरिरहेका छन् । यो साइबर आक्रमण निकै भयानक रहेको र त्यसको बारेमा विभिन्न देशका साइबर पुलिस फोर्सले अनुसन्धान गरिरहेका बताइएको छ ।
यस्तो साइबर आक्रमणबाट सरकारी विद्युतिय सूचना समेत असुरक्षित बन्ने खतरा रहेको बताइन्छ । निकै तिब्र गतिमा यो साइबर हमला भैरहेको पनि उक्त संस्थाले जनाएको छ । सरे विश्वविद्यालयका साइबर सुरक्षा विज्ञ एलान वुडवार्डका अनुसार यो साइबर हमलाबाट विश्वभरीकै इन्टरनेटमा प्रभाव परेको छ र इन्टरनेटको गति समेत धिमा भएको छ ।

Wednesday, March 27, 2013

गर्भावस्थामा खानैपर्ने खानेकुरा - onlinekhabar

महिलामा गर्भावस्था निकै महत्वपूर्ण हुन्छ । त्यसकारण गर्भावस्थाका बेला निकै सावधानी पनि अपनाउनुपर्ने हुन्छ । यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने भन्ने कुराले ठूलो महत्व राख्छ ।
palak
गर्भवती महिलाका लागि आफ्नो भोजनमा प्रोटिन, आइरन तथा क्याल्सियम तत्व पर्याप्त हुनु आवश्यक छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ ।
महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् :
· पालुंगोको साग – पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थ रुपमा हर्ुर्किन्छ ।
· बदाम- बदाममा प्रोटिन, भिटामिन इ तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ ।
· कुखुराको मासु-कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ ।
· भिण्डी-यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।
· सुन्तला-यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ ।
· ब्रोकाउली-ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ ।
· अण्डा-अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ ।
· माछा-माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी एसिड तथा भिटामिन डी पाइन्छ ।
· दही-दही पनि गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।

विश्वका टपटेन वेबसाइट - onlinekhabar

विश्वलाई सूचना प्रविधिले एक सानो गाउँ जस्तै बनाइदिएको छ । सूचना प्रविधिकै माध्यमबाट कम्प्युटर अगाडि बसेर दुनियाभरकै कुरा तत्काल सुन्न र देख्न सम्भव भएको छ । सूचना प्रविधिले असम्भव मानिएका विषयलाई पनि सम्भव पारिदिएको छ ।
images
सूचना प्रविधि यस्तो प्लाटर्फम बनेको छ जसमा करोडौँ मानिस एकैसाथ समेटिन सक्छन् । विश्वमा यस्ता वेबसाइट छन् जसमा एकैचोटी लाखौँ करोडौँ मान्छे छिरिरहेका हुन्छन् अर्थात् वेबसाइट हेरिरहेका हुन्छन् ।
ती साइटमा हरेक दिन करोडौँ मानिसले एकसाथ आ आफ्नो सरोकारको विषय पढ्छन्, हर्ेछन् तथा खोज्छन् । हामीले यहाँ विश्वका दशवटा वेबसाइटको चिनारी प्रस्तुत गरेका छौँ । प्रयोगकर्ता अर्थात् भिजिटरको संख्याका हिसाबमा यी विश्वका टपटेन वेबसाइट हुन् ।
१. फेसबुक डट कम – ८३ करोड ६७ लाख यूनिक भिजिर्टस ।
२. गुगल डट कम – ७८ करोड २८ लाख युनिक भिजिर्टस ।
३.यु टयुब डट कम – ७२ करोड १९ लाख यूनिक भिजिर्टस ।
४. याहु डट कम- ४६ करोड ९९ लाख यूनिक भिजिर्टस ।
५. विकिपेडिया डट कम- ४६ करोड ९६ लाख यूनिक भिजिर्टस ।
६. लाइभ डट कम- ३८ करोड ९५ लाख यूनिक भिजिर्टस ।
७.क्यू क्यू डट कम -चिनीया र्सच इन्जिन)- २८ करोड ४१ लाख यूनिक भिजिर्टस ।
८.माइक्रोसफ्ट डट कम- २७ करोड १७ लाख यूनिक भिजिर्टस ।
९.बैदु डट कम- २६ करोड ८७ लाख युनिक भिजिर्टस ।
१०. एमएसएन डट कम – २५ करोड ४१ लाख यूनिक भिजिर्टस ।

Sunday, March 24, 2013

पानी : किन र कति पिउने? - डा. हेमराज कोइराला - nagariknews

पानी जीवनको आधार हो। धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्य स्वीकारेका छन्। जीवन जीउनका लागि पानी अत्यन्त महत्त्वपूर्ण तत्त्व हो। पृथ्वी र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ। तर पनि यसको महत्त्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका छौं। पानीको महत्त्वलाई सबैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण सम्बर्द्धन र दिगो विकासका लागि वकालत गर्ने अभिप्रायले सन् १९९३ देखि संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाउने गरिएको छ। पानी सहकारिताको अन्तर्राष्ट्रिय वर्षको उपनामले सम्बोधन गरेर सधैंझै यो वर्ष पनि विश्व पानी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइयो। यसै उपलक्ष्यमा पानीको महत्त्व बुझेर व्यवहारमा उतार्नु हामी सबैको दायित्व हो।
हाम्रो शरीर रचनामा सर्वाधिक (६०-७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव-रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्षरूपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगिन नै पानी हो। हाड जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ। पानीलाई जीवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ। विभिन्न जैव रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा आफँै पनि संलग्न हुने, विभिन्न तत्त्वको परिवहन गर्ने/गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याहउने काम पनि पानीले नै गर्छ। एउटा बयष्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ। शरीरमा रहने पानीको दुई तिहाई हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ। शरीरमा पानीको सन्तुलन बनाइरहनका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानीको आवश्यकता पर्छ। जसमध्ये ७०० मिलिलिटर (मिलि) पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३०० मिलि पानी शरीरभित्रै उत्पन्न हुने गर्छ। बाँकी हिस्सा भने पानी पिएर नै पूरा गर्नुपर्छ। यसैगरी शरीरबाट हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर, ४०० मिलि पानी श्वाससँगै घुलेर, १५० मिलि पानी दिशासँग मिसिएर र बाँकी पानी पिसाबका रूपमा बाहिर जान्छ।
पानी पिउनुका फाइदा
१) शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्या उँछ।
२) उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्त तत्त्वहरु, सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस जस्ता इलेक्ट्रोलाइट (नून)हरु र अन्य उत्पादनलाई निष्काशन गरी रक्त शुद्धीकरणमा सहयोग पुर्यायउँछ।
३) छालाको सौन्दर्यलाई जीवन्त राख्छ। माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्छ। कोषहरुमा हुने अक्सिडेटिभ स्टे्रस निवारण गर्न सहयोग गर्छ।
४) पाचनपश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्त्वहरु निकाल्नका लागि पनि पानी आवश्यक पर्छ।
५) तिर्खा लाग्नुभन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मिर्गाैला तथा पित्तथैलीका पत्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिन्द्रा, एसिडिटी, ग्याष्ट्रिक, अल्सर, कब्जियत, अर्स, मधुमेह, चाया, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बढ्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ। यी रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्छ।
पानी कति पिउने?
१) पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसममा निर्भर गर्छ। सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखि ४ लिटर पिउन जरुरी छ। अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ।
२) सामान्यतया पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले ज्यादा पानी पिउन जरुरी छ। सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउन आवश्यक छ।
कसरी पिउने पानी?
१) तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो। त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौं। एकै पटक धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि राम्रो होइन।
२) बिहान उठ्नेबित्तिकै लगभग १२०० मिलि जति पानी पिउनु स्वस्थकर हुन्छ। यसो गर्दा रातभर सुत्दा हुनसक्ने डिहाइड्रेसन (निर्जलता) कम गर्न सहयोग गर्छ।
३) ठोस भोजन गर्नुभन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टापछिसम्म पानी पिउन हुँदैन। भोजन निल्न कठिन भएमा १० मिलि जति पानी लिन सकिन्छ तर भोजन लिइसकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठिन हुन्छ। फलतः विभिन्न प्रकारका पेटका रोग लाग्न सक्छन्।
४) राति सुत्नुभन्दा अगाडि पनी प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्छ। यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन।
५) यसका अलवा दैनिक १-१ घण्टाको अन्तरालमा १ देखि २ ग्लास पानी पिइरहनुपर्छ।
६) खेल्दा, कुद्दा र परिश्रम गर्नुभन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो। तर परिश्रम गरिरहेको समयमा वा श्रमपश्चात् लगत्तै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइट (नून) हरुको सन्तुलन बिग्रन गई आपतकालीन स्थिति पनि आउन सक्छ। साथै श्रमको समयमा पानी पिउँदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दबाब पर्न जान्छ।
७) तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं, कोल्ड ड्रिङ्क्स तथा अन्य पेय होइन।
८) पिसाबलाई पहेंलो हुन नदिउँ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो।

Saturday, March 23, 2013

पारसलाई थाई प्रेमिकाले बचाएको खुलासा - onlinekhabar

मरिसके भनेर हल्ला गरिएका पूर्व युवराज पारश साह यतिखेर तगि्रइसकेका छन र हिँडडुल गर्नसमेत थालेका छन । केही दिनभित्रै उनी अस्पतालबाट डिस्चार्ज भएर नयाँ जीवन पाउँदै छन । पारशलाई हृदयघात भएको हो कि ड्रग्सको ओभरडोज भन्ने बिषयमा चर्चा भइरहेका बेला उनलाई थाइ प्रेमिकाले बँचाएको खुलासा भएको छ । त्यसमाथि पारसकी पत्नी हिमानी शाहले थाइल्याण्डमै काली मन्दीरमा पुजा गर्दै श्रीमानको प्राण रक्षाको कामना गरिन् । एनआरएन थाइल्याण्डका सदस्य एवं पारशका सहयोगी कमल थापाले घटनाबारे नयाँ पत्रिकालाई यस्तो जानकारी दिए-
 फागुन ८ गते साढे ११ बजेको हुँदो हो । मेरो मोवाइलमा एउटा म्यासेज आयो । म्यासेजमा लेखिएको थियो, ‘Parash in emergency ar/at samitivej srinakarin. Plz help. Heart stop. Lyn’ अहिले पनि यो मेसेज मेरो मोवाइलमा सुरक्षित छ । म्यासेज प्राप्त हुनासाथ मैले एनआरएन बैंककका महासचिव सुनील खड्कालाई फोन गरेँ । पारस शाह बैंककमा रहेको खड्काको घरमा बस्नुहुन्थ्यो । खड्का मासु किन्न बजार गएका रहेछन् । पारसलाई हृदयघात भएको खबर सुनाउँदा सुरुमा उनले पत्याएनन् । बरु, उनले भने, ‘सरकार (पारस) ले मलाई तिमी मासु लिएर आऊ । म पकाउँछु, मिठो बनाएर खानुपर्छ भन्नुभएको छ । त्यही भएर म मासु किन्न आएको छु ।’ कर्निका लिन (पारसकी प्रेमिका) को म्यासेज आएकाले घटना भएको हुनसक्ने मैले बताएपछि उनले विश्वास गरे ।Paras-Shah_thailand
हामीले उहाँ(-पारस) की केटी साथी कर्निका लिनलाई फोन गर्‍यौं । उनले पारसलाई हृदयघात भएको, स्थिति निकै गम्भीर रहेको र अस्पताल पुर्‍याएको बताइन् । त्यसपछि हामी समितिभेज अस्पताल पुग्यौं । म्यासेज आएको १० मिनेटमै हामी अस्पताल पुगेका थियौं । हामी अस्पताल पुग्दा बैंकको समयअनुसार रातको करिब साढे ११ बजेको थियो । पारस सरकारको स्थिति निकै गम्भीर भइसकेको थियो । बाँच्ने आशा हराउँदै गएको थियो ।
हामी अत्तालियौँ, के गर्ने के नगर्ने भयो । डाक्टरहरुलाई भन्यौ, ‘उहाँ पारस नेपालका पूर्वयुवराज हुनुहुन्छ ।’ यति भनेपछि डाक्टरसहरुले निक्कै मिहिनेत गरे । डाक्टरहरुले उहाँलाई पुरै घेरे । मुटुको धड्कन खुलाउन लगातार पम्प दिन थाले । तत्काल कुनै सुधार देखिएन । अवस्थामा सुधा नदेखिएपछि त्यहाँको भाषामा एकजना डाक्टरले भने, ‘अब सिद्धिए ।’ हामी झनै आत्तियौं । अव के गर्ने ? स्थिति अत्यन्तै गम्भीर भयो ।
सुनील खड्काले नेपालमा पारसको नातेदारलाई फोन गर्न थाले उनले सुरुमा शाही नातेदार राजीब शाहीलाई फोन गरी पारसको अवस्थाबारे जानकारी गराए । त्यसपछि काठमाण्डौंमा उनले चिनेका साथी र पत्रकारहरुलाई पनि फोन गरे । त्यतिबेलासम्म अस्पतालमा पारसकी केटी साथी लिन, म, सुनील, सुनीलकी श्रीमती निता, तुलबहादुर पुन, र विजयपन जोन्छे मात्र थियौं ।
डाक्टरहरुले कृत्रिम श्वास-प्रश्वास दिएर छाती थिच्ने गरिरहेका थिए । केही बेरपछि डाक्टरले आशा देखाए । हामी पनि ‘ट्राई’ गर्न भनिरह्यौं । फेरि डाक्टरहरुले भने ‘सिद्धिए ।’ हामी त अत्तालियौं । साहस बटुलेर फेरि डाक्टरहरुलाई भन्यौं, ‘अझै ट्राई गर्नुहोस ।’ तर, भित्रभित्रै आश त मारिसकेका थियौं । डाक्टरले करिब डेढ घन्टापछि फेरि आशा जागेको बताए । त्यसपछि भने उहाँ अब बाच्नुहुन्छ कि जस्तो लाग्यो । उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
भोलिपल्ट ९ फागुनमा पनि पारस शाहको स्थितिमा सुधार देखिएन, गम्भीर नै थियो । भोलिपल्ट दिउँसो भने मलाई उहाँको उपचारमा संलग्न एक डाक्टरले ‘पारस अब बाँच्छन्,’ भनेर म्यासेज पठाए । त्यसपछि भने हामी ढुक्क भयौ । तर अस्पतालले निकाल्ने विज्ञप्तिमा भने पारसको स्वास्थ्य अवस्था गम्भीर भनेर आइरर्‍यो । अन्ततः उहाँको अस्पताल भर्ना भएको १२ दिनमा होस खुल्यो । मृत्युको मुखबाट बाँचेर उहाँ यही साता डिस्चार्ज हुँदै हुनुहुन्छ ।

गाजरका १० गुन - onlinekhabar

खानामा सलादको रुपमा, अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । खासै महंगो नपर्ने, देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ ।
carrot
हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुनसक्छ । गाजर खानुको फाइदा वा महत्व नबुझेकै कारण हामीले यसको सेवनलाई नियमित नबनाएका पनि हुनसक्छौँ । आखिर गाजर कत्तिको हितकारी तरकारी हो त ? यसका फाइदा के के छन् ? एकछिन मन्थन गरौँ :
१.आँखाको शक्ति बढाउँछ - गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ ।
२.क्यान्सरबाट बचाउँछ - अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।
३.बुढ्यौली रोक्छ - यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले वै्शमै बुढो देखिने समस्या कम हुन्छ । अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ । गाजरमा हुने एन्टीअक्सिडेन्ट नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ ।
४. छालाको चमक बढाउँछ - भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।
५.घाउ निको पार्छ - गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ ।
६.अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ । यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन् ।
७.हृदयरोगबाट बचाउँछ - गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ । गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ । गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ ।
८.सरीर सफा गर्छ - गाजरले सरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ । गाजरमा पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ । यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्ध्रालाई पनि सफा गर्न मद्दत गर्छ ।
९.स्वस्थ दाँत र गिजा- नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ । मज्जाले गाजर चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अडि्कएका खानाका टुक्रा पनि निस्कन्छन् । गाजर खाँदा प्रसस्तै र्याल पनि निस्कन्छ । यो क्षारिय हुने भएकाले मुखमा अमिलोपनबाट उत्पन्न हुने जिवााणु कम गर्नुका साथै पाचन प्रक्रिया पनि ठीक राख्छ । मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ ।
१०. हृदयाघातबाट बचाउँछ- अमेरिकाको हार्वाड विश्वविद्यालयमा गरिएको अनुसन्धानले हप्तामा ६ वटा भन्दा बढि गाजर खाने मान्छेमा हृदयाघातको खतरा कम हुन्छ ।

Thursday, March 21, 2013

मधुमेहका रोगीले खानैपर्ने १२ प्रकारका खानेकुरा - onlinekhabar

रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । यो रोगको एकिन उपचार अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
1

त्यसैले ब्लड सुगर लेभल घटाउन विभिन्न विधिहरु अपनाइन्छ । मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान पनि हुँदैन । त्यसले झनै ठूलो असर पार्छ । यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ, अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ ।
१. मेवा
२. जैतुनको तेल
३. सिमी
४.दही
५.माछा
६.सुन्तला
७.हरियो सागपात
८.गोलभेँडा
९.फर्सी
१०.स्ट्रबेरी, काफल
११.गहुँ
१२. तिते करेला

यस्ता छन् विश्वका उत्कृष्ट १० तस्वीर (फोटोफिचर सहित) - onlinekhabar

विश्व फोटोग्राफी संस्थाले सधैझैँ यो वर्ष पनि आयोजना गरेको सोनी वल्र्ड फोटोग्राफी २०१३ का उत्कृष्ट १० तस्वीर चयन भएका छन् । विश्वभरबाट झण्डै ५५ हजार वटा तस्वीर प्रतियोगिताका लागि प्राप्त भएकोमा आयोजकले उत्कृष्ट दश तस्वीर चयन गरेको हो । उत्कृष्ट दशमा पर्न सफल फोटोहरुमध्ये केही व्यवसायिक फोटोग्राफरले खिचेका तस्वीर छन् भने केही एमेच्योर फोटोग्राफर र विद्यार्थीले खिचेका तस्वीर पनि रहेका छन् । विभिन्न क्याटेगोरीबाट छानिएका यी दश मध्ये पनि उत्कृष्ट तस्वीर छानेर यो वर्षको सोनी वल्र्ड फोटोग्राफी अवार्ड प्रदान गरिनेछ । यो वर्षका उत्कृष्ट १० तस्वीर निम्न छन् :
1
चीनको फुंग शुनस्थित ऐतिहासिक आगो नाचको दृश्य जसलाई फोटोग्राफर गिलबर्ट यु ले खिचेका हुन्
रोमानियाको नयाँ वर्षको उपलक्ष्यमा भालु पहिरनमा रहेका एक सर्वसाधारणको तस्वीर, यसलाई फोटोग्राफीका विद्यार्थी एलेसान्ड्रा ड्रागोइले खिचेका हुन् ।
रोमानियाको नयाँ वर्षको उपलक्ष्यमा भालु पहिरनमा रहेका एक सर्वसाधारणको तस्वीर, यसलाई फोटोग्राफीका विद्यार्थी एलेसान्ड्रा ड्रागोइले खिचेका हुन् ।
म्यानी फाजुटाङले खिचेको फिलिपिन्सको सिबुयान टापुको मनमोहक दृश्य
म्यानी फाजुटाङले खिचेको फिलिपिन्सको सिबुयान टापुको मनमोहक दृश्य
4
हावाहुरीमा उभिएकी एक युवतीको दृश्य भियतनामका फोटोग्राफर नुएन होआङले खिचेका हुन्

बुल्गेरियाका फोटोग्राफरले खिचेको माकुरा र फूलको दृश्य
बुल्गेरियाका फोटोग्राफरले खिचेको माकुरा र फूलको दृश्य
काजकिस्तानको उस कोनयार थलीस्थित एक ताल र आकाशमा रातमा चम्किएका ताराहरु
काजकिस्तानको उस कोनयार थलीस्थित एक ताल र आकाशमा रातमा चम्किएका ताराहरु
जापानका फोटोग्राफरले खिचेको नवविवाहित जोडीको यो तस्वीर पनि उत्कृष्ट १० भित्र पर्न सफल भयो
जापानका फोटोग्राफरले खिचेको नवविवाहित जोडीको यो तस्वीर पनि उत्कृष्ट १० भित्र पर्न सफल भयो
फोटोग्राफर मातियाज गाल्भेजले खिचेको यो चियाकप र चिया छचल्किएको दृश्य
फोटोग्राफर मातियाज गाल्भेजले खिचेको यो चियाकप र चिया छचल्किएको दृश्य
जन्मेदेखि नै घर नछाडेका यी इण्डोनेसियन वृद्धको तस्वीर
जन्मेदेखि नै घर नछाडेका यी इण्डोनेसियन वृद्धको तस्वीर
पहिरो भिरमाथि झुण्डिनै आँटेको एक घरको यो दृश्य चिनिया फोटोग्राफरले क्यामरामा कैद गरेका हुन् ।
पहिरो भिरमाथि झुण्डिनै आँटेको एक घरको यो दृश्य चिनिया फोटोग्राफरले क्यामरामा कैद गरेका हुन् ।

किष्ट र भिवोरवीच मर्जसम्वन्धी सम्झौतामा आज हस्ताक्षर, ज्योतीले किष्टको सेयर किन्दै - bizmandu

किष्ट बैंक र भिवोर विकास बैंकवीच मर्ज हुने भएको छ । मर्जसम्वन्धी समझदारी पत्रमा बिहिवार हस्ताक्षर भएको छ । वित्तीय समस्यामा परेका राजेन्द्र शाक्य (दिजेन्द्र)को किस्ट बैंकमा भएको सेयर भिवोरका साझेदार ज्योती समूहले खरिद गर्ने भएपछि यी दुई संस्था मर्जका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
किष्ट र भिवोरवीच होटल हिमालयनमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरका लागि किष्टबाट चार जना र भिवोरबाट दुई जना मर्ज कमिटीमा हुनेछन्, भिवोरबाट रुप ज्योती र अजय घिमिरे छन् । किष्टबाट कमल ज्ञवाली, ज्ञानबहादुर जीसी हुनेछन्, किष्ट बैंककै नायव प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती सदस्य सचिव हुनेछन् ।
मर्जर सम्झौतामा हस्ताक्षर भएपछि स्टक कारोवार रोक्न नेपाल स्टक एक्सचेञ्जलाई पत्र बुझाइने भएको छ भने नेपाल राष्ट्र बैंकलाई भोली पत्र लेखिनेछ । मर्जरपछि दुवै बैंकले डिडिए गर्नेछन् । डिडिएको आधारमा पुँजी अनुपात मिलाउने समझदारी भएको छ । प्रारम्भिक अनुमानमा भिवोरको दर्इ सेयर बराबर किष्टको एक सेयर हुनेछ ।
मर्जरपछि पनि बैंकको नाम किष्ट नै रहनेछ भने अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि किष्टबाटै हुनेछन् । भिवोरमा अजय घिमिरेले प्रमुख कार्यकारीबाट राजिनामा दिएका छन्, बैंकले केही समय पहिले नयाँ सिईओको खोजी पनि गरेको थियो । मर्ज हुने भएपछि नयाँ सिईओ खोजिने छैन्, स्रोतले भन्यो ।
मर्जर छ महिना भित्र टुङ्गयाउने गरी प्रक्रिया अघि बढेको छ, अहिलेकै रफ्तारमा भयो भने असारमै पनि सकिन सक्छ, भिवोर बैंक स्रोतले जानकारी दियो । मर्ज अघि दुवै बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशतको सीमा राखिनेछ । अहिले भिबोरको खराब कर्जा ३३ प्रतिशत छ भने किस्टको साढे ७ प्रतिशत खराब कर्जा छ।
अहिले किष्टका ५१ शाखा छन् भने भिवोरका ६ शाखा छन्, मर्जपछि दुवैका गरी ५७ शाखा हुनेछन्, दुवै बैंकका एकै स्थानमा शाखा भए शाखा रिलोकेट गरिने भएको छ । किष्टका झण्डै साढे तीन लाख ग्राहक छन् । मर्जपछि ज्योती समूहले प्राइम बैंकमा राखेको झण्डै दुर्इ अर्व रूपैयाँको निक्षेप किष्टमा सार्ने छ । यसले तरलता समस्याबाट जुझिरहेको किष्टलार्इ राहात हुनेछ । त्यसैगरी ज्योती समूहको शाखले पनि संस्था बलियो बन्नेछ । मर्जपछि बन्ने किष्टमा पनि ज्योती समुहको २५ प्रतिशत सेयर रहनेछ ।
किष्टको झण्डै २५ प्रतिशत प्रवद्र्धक सेयर ज्योती समूहले खरिद गर्न लागेको हो । भिवोर विकास बैंक पनि भाजुरत्न फाइनान्ससँग मर्ज भएको वित्तीय संस्था हो । भाजुरत्नसँग मर्ज भएपछि ज्योती समूह भिवोरमा प्रवेश गरेको थियो । ज्योतीले अहिले नै किष्टको पाँच/सात लाख कित्ता सेयर खरिद गरिसकेको स्रोतले बतायो । ज्योतीले किष्टमा योसहित २५ प्रतिशत सेयर खरिद गर्नेछन् । शाक्यको समूहसँग किष्टमा २५ प्रतिशत सेयर छ, यो सेयर ज्योतीले किन्न लागेका हुन् ।
अहिले किष्टको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ भने भिवोरको ६८ करोड रुपैयाँ छ । नेपाल स्टकमा किष्टको अन्तिम कारोवार प्रतिकित्ता १३९ रुपैयाँमा भएको थियो भने भिवोरको प्रतिकित्ता १०९ मा कारोवार भएको थियो । बुधवार दुवै बैंकका विषयमा नकारात्मक समाचार प्रकासित भएपछि सेयर मूल्यमा ठूलो गिरवाट आएको थियो । वित्तीय व्यवस्था सुधारका लागि भिवोरले घरजग्गा कारोवारबाट छुट्टिने निर्णय गरेको छ । कम्पनीले केहि दिन अघि भिवोर प्रोपटिज विक्री गर्ने सूचना आव्हान गरेको थियो । घरजग्गामा गरेको ठूलो लगानीका कारण किष्ट बैंक पनि समस्यामा छ ।
किष्ट बैंकसँग २१ अर्ब रुपैयाँको निक्षेप छ भने १७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी भिवोर बैंकसँग तीन अर्ब निक्षेप र एक अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी छ । किष्टले रियलस्टेटमा दुई अर्ब ५६ करोड रुपैयाँ र भिवोरले ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । दोस्रो त्रैमासको वित्तीय विवरणमा किष्ट बैंक सात करोड रुपैयाँमा र भिवोर बैंक ११ करोड रुपैयाँ घाटामा छ । समझदारी पत्रमा हस्ताक्षरपछि दुवै समूहका सञ्चालकले मर्जपछि बन्ने किष्टलार्इ बिलयो वित्ती संस्था बन्ने बताए ।

सीता एयरको बिमान दुर्घटनाको रहस्य - ekantipur

air
काठमाडौ, चैत्र ८ - असोज १२ गते भएको सीता एयर को बिमान दुर्घटना बढी तौलका कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयर को डोर्नियर बिमान उडेको एक मिनेटमै दुर्घटना भएको थियो । दुर्घटनामा १२ बिदेशी, चार नेपाली यात्रुसहित चालक दलका तीन जनाको मृत्यु भएको थियो ।
उड्नेबित्तिकै बिमानसाग चरा ठोक्किएको भए पनि ईन्जिनमा कुनै असर नपरेको छानबिन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक प्रतिवेदनमा बढी तौललाई बिमान दुर्घटनाको प्रमुख कारण मानिएको छ ।
घटनापछि अनुसन्धानका लागि गठित समितिले पर्यटन मन्त्रालयलाई भर्खरै बुझाएको प्रारम्भिक प्रतिवेदनमा दुर्घटना क्षमताभन्दा बढी तौल राखिएको कारणले भएको औल्याएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार प्रतिवेदनमा उक्त बिमान दुर्घटना हुनुको कारण पाइलट नभई व्यबस्थापन भएको दाबी गरिएको छ ।
'जहाजमा कति भार राख्ने कुरा पार गर्ने दुरी, त्यहाँको मौसम र तापक्रम अनुसार फरक हुन्छ', मन्त्रालय स्रोतले भन्यो,' सीता एयर को बिमानमा क्षमताभन्दा बढी तौल थियो ।' बिमानले कति तौल बोक्थ्यो र कति तौल बढी हालिएको थियो भन्ने कुरा स्रोतले खुलाएको छैन् । पूर्ण प्रतिवेदन आएपछि यथार्थ बाहिर आउने स्रोतको भनाई छ ।
नागरिक उड्ययन प्राधिकरणले सबै बिमानमा आवश्यक मर्मत गरेर तौल क्षमताको पहिचान गर्नुपर्ने सुझावसमेत प्रतिवेशनमा दिइएको छ । प्रारम्भिक प्रतिवेदनमा त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलको तौल जाँच्ने मेशिन सुधार गर्न पनि सुझाव दिएको छ । 'त्रिभुवन बिमानस्थलमा जाँच्दा ११ केजी तौल देखाएको सामान लुक्ला बिमानस्थलमा १५ केजी देखायोको थियो', स्रोतले भन्यो ।
प्रतिवेदन सार्वजनिक भए नेपालको उड्यन क्षेत्रमा हुने गम्भीर लापरवाही पनि बाहिरिने अनुमान गरिएको छ । नेपालमा बिदेशीलाई ७५ केजी र नेपालीलाई ७० केजी तथा महिलालाई ६५ केजी औसत तौल अनुमान गरी बिमानमा राखिन्छ । तर, बिदेशमा एकजनाको तौल औसत ९० केजी हुने अनुमान गरिने स्रोतले उल्लेख गरेको छ ।
मृतकहरुको सब चालक बस्ने ककपिटनजिकै भेटिएकाले उनीहरु बिमान दुर्घटना हुत्तिएको अनुमान गरिएको छ । बिमानमा राखिएको कमजोर सिटबेल्टले पनि यात्रुहरुको तौललाई नधानेको प्रतिवेदनमा उल्लेख छ ।
'उड्ने बित्तिकै बिमान चरासाग ठोक्किएको भए पनि पाइलटले कन्ट्रोल रुमलाई जानकारी गराएका रहेनछन्', स्रोतले भन्यो । समितिले बिभिन्न निकायसाग छलफल र परामर्श गरेपछि मात्रै पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने स्रोतले बताएको छ ।
पूर्व पर्यटन सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन कमिटी गठन गरिएको थियो । बेलायते पनि दुर्घटनामा आफ्ना ७ नागरिकको मृत्यु भएको भन्दै अनुसन्धानमा सहयोग गर्न २ जना बिशेषलाई नेपाल पठाएको थियो ।

चुनावै हुन्न, भए पनि संविधान बन्दैन - onlinekhabar


पाका कम्युनिष्ट नेता चित्रबहादुर केसी अन्य कम्युनिष्ट नेताहरुका तुलनामा फरक हुनुहुन्छ- प्रस्तुति, शब्द, शैली र मान्यताका हिसावले। वास्तविक जीवनमा पनि उहाँ नेताभन्दा पृथक हुनुहुन्छ- सरल र आडम्बरहीन। कम्युनिष्टहरुको सैद्धान्तिक लफ्फाजीमा चाहिँ उहाँ अरुभन्दा कुनै हिसावले पृथक हुनुहुन्न। तर धरातलको ज्ञान, राजनीतिक समझ र घटनाहरुको विश्लेषणमा तीक्ष्णता उहाँको विशेषता हो। समकालीन राजनीतिका अन्तरद्वन्द्वलाई केन्द्रमा राखेर केसीसँग किशोर नेपालको वार्ता : नेपालको कम्युनिस्ट आन्दोलनमा तपाईँ लामो समयदेखि लागिरहनुभएको छ। धेरै उतारचढाव देख्नुभएको छ। अहिले जुन राजनीतिक खेल भइरहेका छन्, त्यसलाई कसरी हेर्नुभएको छ?
यस्ता खेल त बहुदल आउनुभन्दा अघि पनि हुँदा रहेछन् नेपालमा। शासकहरूका बीचमा विदेशीका खेल, ती प्रायः गोप्य नै रहने गर्थे। तपाईँ हामी जस्तो सामान्य मान्छेले थाहै पाउँदैन थियौँ। थाहा पाइहाले पनि हो कि होइन जस्तो लाग्थ्यो। अहिले धेरै खुला भयो। मिडियाले पनि खोजखबर गर्न थाले। नेताहरूले पनि कतिपय कुरा भन्दिन भन्दा खुस्कन्छ। त्यसो हुँदा शासकहरूका बीचमा, विदेशीका बीचमा हुने चलखेल अहिले सार्वजनिक भइरहेका छन्। अहिले सार्वजनिक हुने गरेकाले हामीलाई अचम्म लाग्छ। पहिला गोप्य हुन्थ्यो, अहिले सार्वजनिक हुन्छ। त्यही फरक हो।
यो सार्वजनिक त भएको छ तर पारदर्शी त छैन नि?
अझै पनि त्यो पारदर्शी त छैन। त्यो व्यवहारले प्रकट हुन्छ। अनि बाहिर आएपछि हामीलाई ऐनाजस्तै छर्लंग हुन्छ। अहिले सबैभन्दा चर्चाको कुरा के हो भने संविधान सभाद्वारा संविधान बन्नुपर्छ भनेर हामीले संघर्ष गर्यौँ । संविधान सभाको निर्वाचन पनि भयो। नेपाली जनतालाई कस्तो संविधान चाहिएको हो? नेपालको राज्य पुनःसंरचना कसरी हुनुपर्ने हो? भन्ने कुरा नेपालीहरूले नै निर्णय गर्न पाउनुपर्ने अवस्था रहेन। विदेशीलाई नेपालमा कस्तो संविधान चाहिन्छ, त्यो हिसाबले यहाँ गतिविधि बढ्यो। र, राज्यको पुनःसंरचना पनि कसरी हुनुपर्छ भन्ने कुरा विदेशीलाई के लाग्छ भन्ने हिसाबमा संधिदान बन्नै सकेन। सबैभन्दा ठूलो समस्या यहीँनेर पर्यो। अब राजनीतिक पार्टीहरू पनि पार्टी चलाउनुपर्ने, सरकार चलाउनुपर्ने, सत्तामा जानुपर्ने, त्यसो हुनाले विदेशीको सुझावले मात्र भएन, भौतिक सहायता पनि चाहियो। त्यसो हुनाले हाम्रो मुलुक र यहाँका पार्टीहरू स्वतन्त्ररूपले चल्न सकेनन्। पार्टी नचलेपछि शासक चल्ने कुरा भएन। त्यसले देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रियता नै असाध्यै धरापमा परेको मलाईचाहिँ महसुस हुन्छ।
अहिले यो नयाँ खेल आयो नि प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर निर्वाचन गराउने भन्ने। यो खेलबारे के भन्नुहुन्छ?
यो खेलका पछाडि मैले आफूले बुझेको, महसुस गरेको नेपालमा बहुदलीय व्यवस्था आउनुअघि राणा शासन थियो र त्यहाँ जनताका कुनै अधिकार थिएनन्। एउटै परिवारले नै सबै कुरा चलाउँथे र तिनीहरूलाई विदेशीले चलाउँथे। सत्तामा बस्नका लागि विदेशीका विभिन्न सर्त उनीहरूले मानेको हामीले कम थाहा पाउँथ्यौँ। अहिले यो बहुदलीय व्यवस्था आइसकेपछि विधायिकासित र कार्यपालिकासित विदेशीहरूले विभिन्न सन्धि/सम्झौता गरे। जुन देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रियतासँग जोडिन्थ्यो। त्यो सम्झौतालाई विशेष गरेर रोक्ने वा खारेज नै गर्ने काम न्यायपालिकाले गर्दै आयो। उदाहरणका लागि ०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रम हुनुहुन्थो। उहाँ भारत गएर टनकपुर सम्झौता गर्नुभयो। यहाँ आउँदा सम्झौता भएको होइन, सिर्फ समझदारीमात्र भएको हो भन्ने कुरा नेपाली जनतालाई सुनाइयो। थाहा पाउनेहरूले मानेनन् र सर्वोच्चमा रिट नै हाले। सर्वोच्चले फैसला के गर्यो भने, 'यो शासक-शासकबीचको समझदारी होइन। सम्झौता नै हो। यसले ०४७ को संविधानको धारा १२६ नै आकर्षित हुन्छ।' त्यसले गर्दा कार्यकारिणीहरूलाई अफ्ठ्यारो पर्थ्यो। यसलाई कम्जोर पार्ने कार्यकारीणीहरूमात्र हैन, विदेशीहरू पनि लागिपरेका त्यसैले हो। उनीहरूले त्यो मौका खोजिरहेका बेलामा, संविधान सभा विघटन भएको बेला, उनीहरूले यो कुरा उठाएका हुन्। बाहिर सुन्नमा पनि आयो- अमेरिकन, युरोपियन युनियन र भारतीयहरूले पनि प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर अगाडि बढ्न सुझाव दिए भनेर। हामीले राष्ट्रपतिसँग गएर सोध्यौँ पनि, उहाँले ‘मेरो प्रस्ताव हो, भन्न हिच्किचाउनुभयो। ‘म प्रभावित भएकोमात्र हो' भन्नुभयो। राजनीतिक दलबाटै प्रम बनाउनुपर्ने समयमा प्रधान न्यायाधीशलाई बनाउनु भनेको आफ्नो स्वार्थका बारेमा मात्र पार्टीहरूले सोचे भन्ने प्रष्ट हुन्छ। बहुदलीय व्यवस्थामा चोर भए पनि चण्डाल भए पनि राजनीतिक पार्टी नै देशका खम्बा हुन्। त्यस कारणले उनीहरूलाई बाइपास गरेर एउटा कर्मचारीलाई, जसको जनतासँग कुनै सरोकारै छैन, सम्पर्कै छैन, उसलाई सिँगारेर प्रम बनाएर संविधान सभाको चुनाव गराउने जिम्मा दिने भन्ने कुरा उडन्ते जस्तो लाग्छ। यो गलत भइरहेको छ।
यसका पछाडि संविधान सभाको चुनाव गर्नभन्दा पनि माओवादीका आफ्ना एजेन्डा छ। यही सिलसिलामा ऊ आफ्ना एजेन्डा पास गराउन चाहन्छ। मोर्चाको आफ्नो एजेण्डा छ। माओवादी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आफ्नो अनुकूल बनाउने प्रयत्नमा छ। त्यसलाई विदेशीहरू मान्दैनन्। त्यसैले माओवादीलाई अप्ठ्यारो परिरहेको छ। मोर्चा सकेसम्म धेरै भारतीयलाई नागरिकता दिलाएर चुनाव आफ्नो पक्षमा गराउने दाउमा छ।
चित्रबहादुरजी तपाईँ मोर्चाका नेताहरूलाई गम्भीर आरोप लगाउँदै हुनुहुन्छ नि?
आरोप होइन, सत्य हो। उहाँहरू भारत स्वार्थको प्रतिनिधित्व गर्नुहुन्छ। मैले त संसदमै पनि भनेको थिएँ- 'गोरखपुर घर है, क्या डर है।' मैले लुकाएर गरेको छु र राजनीति? उहाँहरूको जति पनि अभिव्यक्ति आउँछ, त्यो केवल मधेसी र पहाडी जनताबीचको अन्तरविरोध बढाउनेखालको आउँछ। पृथ्वीनारायण शाहले मधेसलाई पहाडीहरूको उपनिवेस बनाए, त्यसबाट हामीले मुक्ति पाउनुपर्छ भन्छन्।
नेपालको कम्युनिष्ट आन्दोलन जीवित नै भारतको विरोध गरेर भएको छ। मान्नुहुन्छ?
भारतका नेता र शासकहरूले नेपालमाथि गर्ने जुन प्रकारको थिचोमिचो हो, त्यसका विरुद्धमा हो। भारतीय जनतासँग त नेपाली जनताको के विरोध छ र, के रिसइबी छ र? पहिला इस्ट इन्डिया कम्पनीले यहाँका राणालाई खेलाए। राणाहरूले तिनका चौकिदारी गरे, चाकडी गरे र हामीलाई रैती बनाएर लुटे। उनीहरूका ठाउँमा जो जति पनि शासकहरू पछि आए, उनीहरूले पनि भारतकै चाकडी गरेर गरेका असमान सन्धि सम्झौता त यी सबैको उदाहरण नै हो नि। भारतको विरोध गर्योक भने क्रान्तिकारी भइन्छ भन्छन्। त्यो होइन। सत्य के हो, त्यसको वकालत त गर्नैपर्यो नि। कतिपय भारतीय अपराधी पक्राउ परेपछि नेपाली नागरिकता देखाउँछन्।
त्यो नेपाली राज्यको कमजोरी हो प्रशासनको कमजोरी हो। हैन र?
हो। त्यही कामचाहिँ चीनमा, बंगलादेशमा, पाकिस्तानमा भारतले गर्न सक्दैन नि। यहाँका प्रशासकहरू, राजनेताहरूको कमजोरी लाचारीलाई त मैले इन्कार गरेकै छैन।
तपाईँका राजनीतिक सहकर्मीहरू आफैँ भारतमा गएर बारम्बार लम्पसार परेका कुरा सुनिन्छ। कम्युनिष्ट नेताहरू पनि गए, अभयदान लिएर आए। त्यो कुरा त कसैले भन्नैपर्दैन, सबैले देखेकै कुरा हो। अब अहिलेकै घटनामा भन्नूस् न, मसँग एउटै आमसभामा एउटै मञ्चबाट, 'बहालवाला प्रधान न्यायाधीश कहाँ हुन्छ प्रम बनाउन?' भनेको म नै साक्षी छु। त्यसपछि दुई दिन, तीन दिन नहुँदै लत्रक्क परेर 'राम्रो विकल्प त होइन, तर अड्को-पड्को तेलको धूप' भनेको पनि सुनेको छु। यहाँकै राजनेताहरूको मुख्य जिम्मेवारी लिएर बसेकाको कमजोरीकै फाइदा कसैले लिएको हो। स्पष्ट, राम्रो अडान लिनै सकेनन्।
किन त्यस्तो भयो त? आफ्नै राजनीतिज्ञहरूको विश्लेषण गरौँ न।
स्वार्थ। व्यक्तिगत महŒवाकांक्षा, पद, प्रतिष्ठा राजनीतिलाई व्यापारका रूपमा हेर्ने प्रवृति। शक्ति बनाउनका लागि पार्टी खोल्नुपर्योत। पार्टी खोलिसकेपछि बलियो हुन पनि सहायता चाहियो। पार्टी बलियो भएपछि सत्तामा जान पनि आशीर्वाद नै चाहियो। सत्तामा गइसकेपछि टिकिरहन पनि समर्थन चाहियो। त्यसैले पार्टीका दलगत, गुटगत र व्यक्तिगत स्वार्थका कारण पनि देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रियतामाथि पनि सौदाबाजी भयो।
त्यो त सबैलाई थाहा छ। कारण के त? हरेक कुराका पछाडि ठूलो कारण त हुन्छ नि?
नेपाली जनता अशिक्षित छन्। गरिब छन्। तर यी दलका नेताहरू जस्तो नैतिकताको खडेरी उनीहरूमा छैन। राजनेता भनाउँदाहरूमा त नैतिकता नै छैन। हामीले जसलाई बढी टाठाबाठा, बुद्धि बेचेर खाने भन्छौँ, उनीहरू ज्यादा कमजोर छन्। म राजनेता मात्र पनि भन्दिन कि, बौद्धिक क्षेत्रमा काम गर्ने मान्छेहरूमा पनि व्यक्तिगत स्वार्थ, व्यक्तिगत पद/प्रतिष्ठा सबैभन्दा बढी प्राथमिकताको विषय हुन्छ। उनीहरू संघर्ष गर्नुभन्दा सम्झौता गरेर जीवन निर्वाह गर्छन्।
तपाईँ प्रखर वक्ता हुनुहुन्छ। सबैले मानेका नेता हुनुहुन्छ। तैपनि नेपालको कम्युनिष्ट आन्दोलन बेवारिसे भएको छ। मान्नुहुन्छ?
जसरी कम्युनिष्ट आन्दोलनलाई ठीक ठाउँमा लगेर त्यसलाई ठीक ठाउँमा पुर्यालउन सक्नुपर्थ्यो, विभिन्नखाले अवसरवादीहरूको चङ्गुलबाट देश र जनतालाई मुक्त गर्न सक्नुपर्थ्यो, त्यो हामीले गर्न नसकेको कुरा सत्य हो।
तपाईँहरू यो विभिन्न समूह, पार्टी, गुटहरूमा एकसाथ फुट्नुहुन्छ। त्यो किन भएको?
त्यो के भएको भने समाजमा विभिन्न वर्ग हुन्छन्। एउटा माथिल्लो तहको हुन्छ, अर्को बीचको हुन्छ र सबैभन्दा तल्लो तहको। र, राजनीति गर्ने, समाज परिवर्तन गर्न हिँड्ने धेरैजसो मध्यम वर्गका हुन्छन्। निम्न आर्थिक स्रोत भएका। माथिल्लो वर्गले लाएका, खाएका, गरेका काम गर्न पुँजीले नपुग्ने। उसलाई तल झर्न पनि मन नहुने। यिनीहरूको राजनीतिक पार्टीमा पनि विशेष गरेर कम्युनिष्ट आन्दोलनभित्र बढी उपस्थिति हुन्छ। उनीहरू हिसाब गर्छन्। पार्टीमा लागिसकेपछि जीवनमा के/कति फाइदा उठाउन सकिन्छ भनेर। त्यो हिसाबकिताब गर्ने भएकैले उनीहरू त्यो लौह अनुशासनमा बसेर समाजको आमूल परिवर्तन गर्नसक्ने धैर्य उनीहरूमा गुम्दै जाँदो रहेछ। मैले अनुभव गरेको कुरा। हामीले चिनियाँ, रसियन, भियतनामी क्रान्ति हेर्यौँो। त्यो गर्न लामो समयको त्याग र बलिदानको आवश्यकता हुँदोरहेछ। तर यहाँ मध्यम र निम्न वर्गबाट आएकाहरूले अवसरवादी बाटो समात्ने हुँदा त्यो क्रान्तिको परिस्थिति सिर्जना हुने बेलासम्म टिकेर रहन सक्दैनन्। त्यस कारणले कता लाग्दाखेरी फाइदा हुन्छ, आफ्नो महŒवाकांक्षा पूरा हुन्छ, त्यसको खोजी हुँदोरहेछ। त्यसैले एउटा व्यक्ति विशेषको भन्दा पनि एउटा वर्गको कुरा आउँछ।
कम्युनिष्ट पार्टीभित्रै जुन सर्वहारा वर्ग भनिन्छ, उनीहरू स्थापित भइसकेका छैनन्?
हाम्रो देशमा उद्योग-धन्दा, कलकारखाना नै छैन। सर्वहारा वर्ग भनेको त पुँजीपतिहरूको कलकारखानामा काम गर्ने, आफ्नो पाखुरा बजाएर खाने वर्ग न हो। नेपालमा त त्यस्ता उत्पादनका साधन नै छैनन्, जसका कारण सर्वहारा वर्गको बढी उपस्थिति होस्। यहाँ त धेरै मध्यमवर्गीय किसान, मजदुर, शिक्षक, साना व्यापारीहरूबाट कम्युनिष्ट पार्टी बन्छ।
काँग्रेस पार्टी पनि त त्यसैबाट बन्छ नि?
होइन। त्यसमा अलिक माथिल्लो तहकै ज्यादा उपस्थिति हुन्छ। कम्युनिष्ट पार्टीमा सामेल भएका त्यस्ता निम्न वर्गकाहरूलाई आफ्नो अवस्थाबाट माथि जान पनि अफ्ठ्यारो परिरहेको, व्यवस्थाका कारणले। उनीहरूलाई आफ्नो मध्यम वर्गमा बसिरहन पनि अफ्ठ्यारो। अनि जे कारणले आफूलाई माथि जान दिएको छैन, त्यो कारण भत्काउन उनीहरू पार्टीमा आकर्षित हुन्छन्। तर क्रान्तिले त त्यो कुरामा साथ दिन्न। त्यसो हुनाले दश-पन्ध्र वर्ष बस्छन्, त्यहाँ काम गर्छन्। अनि बिस्तारै बिस्तारै पलायन हुन्छन्। कतिपय नेताहरू कम्युनिष्ट छाडेर काँग्रेसमा गएका थुप्रै उदाहरण छन्। स्वयं नाममात्रको अर्को पार्टी खोल्ने, अगाडि कम्युनिष्ट पनि राख्ने। कम्युनिष्टको आचार, विचार, संगठनलाई चाहिँ सबै एकातिर फाल्छन्। बाहिर देख्दा सबै टल्कने सुन हो जस्तो तपाईँहरूलाई लाग्न सक्छ। तर त्यो सुन हुँदैन।
सुनचाहिँ कुन हो त? नेपाली कम्युनिष्ट आन्दोलनमा सुन भन्नुपर्यो भने कसलाई भन्नुहुन्छ त?
सुन त सुनै हो। त्यो तपाईँहरूले नै विचार गर्नुपर्ने कुरा हो। सिद्धान्त बेचेर, राजनीति बेचेर, इमान बेचेर जसले फाइदा उठाइरहेका छन्, लगातार एउटा एनजिओ/आइएनजिओको पछाडि लागिरहेका छन्। सर्वहाराको नेता हुँ भन्न पनि छाड्दैनन्। हँसिया-हथौडा पनि टल्काइरहन्छन्, अब को हो कम्युनिष्ट? त्यो त तपाईँहरूले फैसला गर्ने हो।
तपाईँहरू र माओवादी पहिला सँगै हुनुहुन्थ्यो होइन? तपाईँहरू किन फट्नुभएको?
अब फुट्नुका कारण त धेरै छन्। विशेष गरेर उहाँहरूले नयाँ जनवादी क्रान्ति गर्ने बेला आयो। बन्दूकबाहेक अरु विकल्प छैन भन्ने बाटो उहाँहरूले रोज्न खोजेपछि हामीले चाहिँ त्यसमा सहमति जनाएनौँ।
त्यो त देखाउने कुरामात्र हो, हैन?
होइन, होइन। यथार्थ नै यही हो। जस्तो भन्नूस् न, हामीसँग छुटेपछि पनि एकता केन्द्र बनाए उनीहरूले। अहिलेका नारायणकाजी, अमिकहरू त्यसैमा थिए। उनीहरूको द्वन्द्वमा त सामेल भएनन् नि। हामीले त जनयुद्ध पनि भन्दैनौँ हेर्नूस् त्यसलाई, किनभने त्यो जनयुद्धै थिएन। जनताका लागि जनताद्वारा लडेको युद्धलाई पो जनयुद्ध भन्छौँ हामी। त्यो जनयुद्ध नभएकै परिणाम अहिले मुलुकले भोग्दैछ। त्यसमा सामेल हुन हाम्रो त कुरा छाड्नूस्, नारायणकाजी, अमिकहरू पनि सामेल थिएनन्। अहिले द्वन्द्वबाट फर्किएपछि पो फाइदा उठाइरहेका छन्।
कोही पनि सामेल नभए पनि अहिले त माओवादी ठूलो पार्टी हो नि?
हैन। ठूलो पार्टी त पञ्चायत पनि थियो। कुनै बेला काँग्रेस पनि ठूलै थियो, एमाले थियो। त्यस कारण हामीले मान्छे कहाँ धेरै जम्मा भएका छन् त्यो हेर्ने होइन। हामीले नीति हेर्ने हो। माओवादी ठूलो पार्टी छ, त्यसलाई म इन्कार गर्दिन। यिनी ठूला पार्टी भएपछि मुलुकले के पायो? मुलुकमा के भयो? हामीले त्यसरी हेर्ने हो।
तपाईँ एमाले र माओवादीलाई तुलनात्मकरूपमा हेर्दा कसरी हेर्नुहुन्छ? एमाले पनि मध्यमवर्गीय अधैर्य राजनीतिबाट, भारतीय नक्सलवादीहरूको प्रभावमा परेर उग्रवामपन्थी गतिविधिबाट सुरु भयो। उसले त्यो छिट्टै सच्यायो। उसले जब २८/२९ सालतिरै यो उग्रवामपन्थी काम सुरु गर्योत, हामीले यो गलत भयो, यो गलत बाटो हो भनेका थियौँ। यसरी व्यक्ति हत्याको राजनीतिले समाज परिवर्तन गर्न सकिँदैन नै भन्दिएका थियौँ। त्यस्तै माओवादीले पनि जुन किसिमको उग्रवामपन्थी गतिविधि गरे, त्यसलाई नयाँ जनवादी क्रान्ति भनेर हेटौँडामा भने। त्यो सबै झुट कुरा हो। भारतीय विस्तारवाद पनि नभन्ने कुरा आइरहेको छ, त्यो पनि झुट कुरा हो। माओवादी अझैँ पनि त्यो उग्रवामपन्थी धङधङीबाट मुक्त भइसकेको छैन।
तपाईँको तर्कले जेसुकै भने पनि माओवादीले आफूलाई स्थापित त गर्यो नि? सानो स्केलबाट सुरु गरेको जनयुद्ध भन्नूस्, द्वन्द्व भन्नूस् वा आतंकवादी क्रियाकलाप नै भने पनि उनीहरू यहाँसम्म आएर स्थापित त भए नि? हैन। यो ठाउँमा आइपुगं भनेरै उनीहरूले महŒवपूर्ण काम गरे भन्ने पक्षमा हामी छैनौँ। उनीहरू यहाँसम्म आइपुग्दा मुलुक कहाँ पुग्यो? त्यो हेर्नूस्।
मुलुक त तपाईँहरू सक्रिय हुँदा पनि कहाँ थियो र?
उनीहरूलाई कसले चलाएको रहेछ। कसले सञ्चालन गरेका रहेछन् भन्ने कुरा त एक एक गरेर पर्दाफास हुँदै आएको छ त। एउटा उदाहरण दिन्छु, ज्ञानेन्द्रले सत्ता लिएपछि हामी दिल्ली गएका थियौँ। सात दल पनि त्यहीँ थिए। एसडी मुनी हामीले छलफल गर्ने ठाउँमा पनि कहिलेकहीँ आउँथे। बाबुराम, प्रचण्डको जिकीर भयो हाम्रो सर्वदलीय बैठकमा। एसडी मुनीले भने- 'ल २५ मिनेटको समय दिनूस्, म बाबुरामलाई यहीँ झिकाइदिन्छु।' हाम्रा मनमा बाबुरामहरू भूमिगत छन्, कहाँ छन्, कहाँ छन् भन्ने थियो। त्यस कारणले हामीलाई के लाग्छ भने भारतले माओवादीलाई पनि राम्ररी खेलायो। जस कारणले देश कम्युनिष्ट आन्दोलनका नाममा नराम्री बदनाम भएको छ। उनीहरूको पार्टीबाट दुई जना प्रम भए। उनीहरूको महŒवाकांक्षा पूरा भयो। देशले के पायो? बाबुरामलाई महसुस भएरै फुत्त निस्केको हो, 'चाबी त बाहिरै रहेछ' भन्ने कुरा। माओवादीले सुरु गरेको जनयुद्ध केही पनि होइन, यहाँभित्रका प्रतिक्रियावादीहरूबाट फाइदा उठाउन प्रचण्ड र बाबुरामले रचेको खेल हो भनेर त हामीले ०५६/०५७ सालतिरै भनेका थियौँ। यो जनवादी युद्धको परिणाममा मुलुकले के पायो त भन्दा प्रचण्ड र बाबुरामलाई प्रधानमन्त्रीका रूपमा पायो। त्यत्ति हो। केही हत्या हिंसा नगरिकन सूर्यबहादुर, प्रधानमन्त्री भए, लोकेन्द्र भए, बिष्टै भए।
तपाईँ त हुनुभएन नि? किन नहुनुभएको?
यो व्यवस्थाभित्र प्रधानमन्त्री हुनु, मन्त्री हुनुलाई म ठूलो कुरा मान्दिन।
तपाईँ प्रधानमन्त्री हुनु ठूलो कुरा नमानेकै कारण नभएको हो त?
हैन, हैन। त्यो त सन्दर्भै होइन।
तपाईँले जोगी हुन राजनीति गर्नुभएको हो त?
मन्त्री हुनैका लागि राजनीति गर्नेहरूले यस्तो गराए। कि तपाईँ भन्नूस् न त, 'राजनीति गरेर मन्त्री नहुनु नै पाप हो भनेर।' सत्ता बाहिर बसेर पनि देश र जनताका लागि लड्ने मान्छे हुन्छन् नि। जयप्रकाश नारायण प्रम भए त भारतका? महात्मा गान्धी किन राष्ट्रपति भएनन्?
तपाईँको विचार सुन्दा, लेखहरू पढ्दा तपाईँ कम्युनिष्ट जस्तै लाग्दैन नि?
तपाईँलाई लाग्ने कुरासँग त मेरो के लाग्छ र? तपाईँलाई एउटा लाग्छ, अर्कोलाई अर्कै लाग्ला। त्यो बेग्लै कुरा हो। फेरि मैले कसैसँग सर्टिफिकेट मागेर हिँड्ने कुरा पनि छैन, 'म कम्युनिष्ट हो कि होइन भनेर।' कस्तो हुनुपर्छ कम्युनिष्ट हुनलाई?
जनताले त एमालेलाई, माओवादीलाई हेरेका छन् नि त?
एमाले, माओवादीलाई त हामी कम्युनिष्ट नै मान्दैनौँ। उनीहरू त कम्युनिष्ट हुँदै होइन भन्छौँ हामी।
उनीहरू के हुन् त?
कम्युनिष्ट हुन खोजेका हुन् तर हुन सकेका छैनन्।
तपाईँहरू पनि हुन सक्नुभएको छैन?
हामी कम्युनिष्ट भयौँ कि भएनौँ त्यो त तपाईँँहरूले जजमेन्ट गर्ने कुरा हो।
तपाईँहरू खुम्चँदै जानुभएको छ। कुनै बेला ठूलो कम्युनिष्ट आन्दोलन हाँक्नुहुन्थ्यो त?
पार्टीमा त्यसखालका उतारचढाव हुन्छन्। पार्टी ठूलो बनाउन त सबै किसिमका झारपात मिसाउनुपर्छ। चोरहरू, चण्डालहरू, ठेकदारहरू, व्यापारीहरू, जस्तो अहिले माओवादीले गरिरहेको छ। उनीहरूको विचार क्रियाकलाप स्वीकारेपछि सबै पस्न पाइन्छ। पार्टीभित्र आउनेले जे गर्न खोज्छन्, त्यो सबै गर्न छुट दिने हो भने हामी पनि मान्छे जम्मा गर्न सक्छौँ। मान्छे जम्मा गर्न गाह्रो हुन्न।
पार्टीको संगठित विचार हुँदाहुँदै पनि तपाईँहरूको आकारले र शक्तिको न्युनताले तपाईँले भन्नुभएजस्तो कम्युनिष्ट आन्दोलनले नेपालीहरूलाई प्रभाव पार्न कहिलेसम्म सक्छ त?त्यस्तो तिथिमिति नै तोक्न त कहाँ सकिन्छ र? कतिपय कम्युनिष्ट पार्टीले लामो समयको दौरानमा विकास गरेका पनि छन्। जति पनि कम्युनिष्ट पार्टीहरू संसारभरमा उत्पत्ति भएका छन्, ती सबै ठूलैठूला भए भन्ने पनि छैन। कति संघर्ष गर्दागर्दै हराएका पनि छन्। सबैले ठूला क्रान्ति नै गर्छन् भन्ने पनि होइन। माओवादी तपाईँले एउटा पार्टी देख्नुहुन्छ? त्यो तीन वटा पार्टी हो। त्यस्तो पार्टी पनि के पार्टी? कुनै बैठकमा जानुपर्योह भने तीनथरी जानुपर्छ। पार्टी भनेको त संगठित, अनुशासित हुनुपर्छ। देश किन यस्तो भयो भन्दा पार्टीहरू पार्टी हुन नसकेकै कारणले पनि हो। काँग्रेसभित्र त्यही छ। एमालेमा त्यही छ। त्यो गुटबन्दी किन गर्नुपर्छ भने आफ्नो महŒवाकांक्षा पूरा गर्नका लागि।
भनेपछि तपाईँहरू कम्युनिष्ट आन्दोलनको दियोमात्र बालेर बसिरहनुभएको छ?
दियो बाल्न सक्नु पनि त राम्रो कुरा हो नि। यो दियो बालिरहन पनि त गाह्रो छ अहिले। कम्युनिष्ट भएकै नाताले करोडौँको बैंक ब्यालेन्स बनाउन पाइन्छ, महलमा बस्न पाइन्छ, शक्तिको प्रयोग गर्न पाइन्छ भनेर सोच्ने अहिलेको बेलामा कम्युनिष्ट भएर दियो बालेरै बस्नु पनि ठूलो कुरा हो।
तपाईँले संसदीय व्यवस्था पुनःस्थापनापछिको राजनीतिलाई कसरी हेर्नुभएको छ?
०४७ पछिको व्यवस्थामा विशेष गरेर काँग्रेस र एमालेकै बढ्ता बाहुल्यता भयो। उनीहरूले खासचाहिँ मुलुकलाई सुशासन दिन सकेनन्। उल्टो राज्यले सञ्चालन गरेका उद्योग, कलकारखाना पनि निजीकरण, बजारीकरणको नाममा सबै खाए। अहिले न राज्यले स्थापना गरेका उत्पादनका साधन छन्, न बाह्य शक्तिले आएर सञ्चालन गरिदिएका नै बाँकी छन्। दिनको १५ सय २ हजार युवा शक्ति अरबको खाडीमा हाम्फाल्न परिरहेको छ। त्यस कारणले ०४७ पछि बहुदल आयो, पार्टीहरू खुला भए। तर मुलुकलाई सही बाटोमा डोर्याडउने कामचाहिँ भएन। भ्रष्टाचार बढ्यो। गणेशमानले सार्वजनिकरूपमै भन्नुभएको थियो- 'हाम्रा नेताहरूले जुनरूपमा संघर्ष गरे, अहिले यिनीहरू गन्हाए।' राजनीति जनता र राष्ट्रको सेवा गर्ने माध्यम भएन। राजनीति कमाउने माध्यम भयो। त्यस कारणले राजनेताहरूले आफूलाई बदल्न जरुरी छ। समाज, राष्ट्र बदल्नका लागि आफू बदलिनुपर्छ।
०४६ को आन्दोलन र ०६३ को आन्दोलन जनताको पक्षमा गएन?
लान सकिएन। किन सकिएन भन्दा ००७ सालयता नेपालमा ४० वटा सरकार बनेछन्। यही समयमा चीनमा ७ वटा बनेछ। भारतमा १४ वटा बनेछ। अमेरिका र बेलायतमा १२-१२ वटा। त्यसो हुनाले यहाँ त के भयो भने एउटा सत्तामा गएपछि अर्कोको उद्देश्य भनेको त्यसलाई कसरी सरकारबाट गिराउने र त्यो ठाउँमा आफू जाने। त्यस कारणले अस्थिरता, अराजकता आएको हो।
अन्तिममा, प्रधान न्यायाधीश नेतृत्वको सरकार बनेपछि सबै झमेला सकेर चुनाव हुन्छ त?
सरकार बने पनि चुनाव हुँदैन। चुनाव भयो भने पनि संविधान बन्दैन। यदि संघीयताको कुरा खारेज गरेनन् भने सबै नेतालाई मात्र होइन, देशलाई नै खाल्डोमा हाल्छ। हेरिरहनूस्। सहयोगी : स्वरूप आचार्य/तस्बिर : केशव थोकर

डिजेटको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो - onlinekhabar

अमेरिकी राष्ट्रपति बाराक ओबामाको इजरायलको भ्रमणका क्रममा लज्जास्पद घटना भएको छ । ओबामा चढेको बख्तरबन्द लिमोजिन कार होटलबाट विमानस्थलतर्फ जाने क्रममा बाटैमा बिग्रिएको हो ।
बिशेष सुबिधा र सुरक्षायुक्त यो कार बिग्रिएपछि ओबामाले अर्को कार प्रयोग गर्नुपरेको छ । गाडी बाटैमा बिग्रिएपछि ट्रकमा राखेर मर्मतका लागि लगिएको थियो ।
obama limo 1
चालकले डिजेलको सट्टा पेट्रोल प्रयोग गर्दा समस्या आएको बताइएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार १८ फुट लामो लिमोजिनमा साढे ६ लिटर डिजेल भएको अवस्थामा पेट्रोल हालेपछि गाडी नचलेको हो ।
ओबामा आफ्नो पहिलो इजरायल भ्रमणका क्रममा स्थानीय समय अनुसार बुधबार अपराह्न तेल अभिभ पुग्नु भएको थियो ।
अमेरिकी सेक्रेट सर्भिसले पनि ओबामाको सवारीमा समस्या आएको स्वीकार गरेको छ । उद्यपी ड्राइभरले डिजेलबाट चल्ने गाडीमा पेट्रोल प्रयोग गरेको बारे केही बताएको छैन ।
obama limo
ओबामा जुन जुन मुलुकको भ्रमणमा गएपनि यो कारलाई सँगै लगिन्छ । राष्ट्रपतिको सुरक्षा हेर्ने सिक्रेट सर्भिसले ओबामा पुग्नुअघि नै यो कारलाई सम्बन्धित मुलुकमा पु¥याइसकेको हुन्छ । सुरक्षाका लागि बिशेष हतियार जडित यो कारबाटै ओबामाले उपराष्ट्रपति र पेन्टागनमा सिधै कुरा गर्न सक्छन ।
यसअघि अघिल्लो बर्ष अफगानिस्तान भ्रमणका बेला पनि ओबामाको कारले ब्रेकर पार गर्न नसक्दा रोकिनुपरेको थियो ।
obama limo 2

यसरी बेचिए ‘हेलो नेपाल’ र ‘एनसेल’ टेलिकमको लाइसेन्स लिँदै विदेशीलाई बेच्दै - onlinekhabar

एमाओवादी अध्यक्ष प्रचण्डसँग अनन्य सम्बन्ध रहेका व्यवसायी अजय सुमार्गीको ‘हेलो नेपाल’, पूर्वराजाका ज्वाइँको ‘एनसेल’ र अन्तरराष्ट्रिय टेलियासोनेरावीच के साइनो होला ?
directorहेलो नेपालबाट ८७ कर्मचारीहरु जबर्जस्ती निकालिएको भन्दै माओवादीसम्बद्ध मजदुरहरुले मंगलबार नयाँ बानेश्वरस्थित एनसेलको केन्द्रीय कार्यालयमा छापामार शैलीमा तोडफोड गरेपछि सुमार्गी र एनसेलवीचको नाता फेरि खोजी हुन थालेको छ ।
एनसेलको व्यवस्थापन पक्ष र केही उद्योगपतिहरुको दाबी छ, टेलियासोनेरा छुट्टै अन्तरराष्ट्रिय कम्पनी हो भने अजय सुमार्गीको हेलो नेपाल अलग्गै कम्पनी हो, यिनीहरुवीच कुनै साइनो सम्बन्ध छैन । तर, सुमार्गीको कम्पनीबाट निकालिएका मजदुरहरुले किन एनसेलको कार्यालयमा तोडफोड गरे ? के वैद्यजीका कार्यकर्ताले यी दुई फरक कम्पनी हुन् भन्ने भेऊ नपाएकै हुन् त ? यसको रहस्यचाँहि मालिकहरुले दाबी गरेभन्दा अलि फरक छ ।
सुमार्गीले ‘हेल्लो नेपाल’ भनिने नेपाल स्याटेलाइट टेलिकम टेलियासोनेरालाई सन् २०१२ अपि्रल २६ मै बेचिसकेको तथ्यहरुबाट स्पष्ट हुन्छ । ‘गोल्डेन ह्यान्टसेक’का नाममा दर्जनौं मजदुरलाई सेवाबाट निकालेर अन्तरराष्ट्रिय कम्पनीबाट पैसाको बिटो लिएका सुमार्गीलाई यतिबेला तिनै मजदुरहरु टाउको दुखाइको विषय बनेका छन् ।
यस्तो छ रहस्य
पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले एनसेल (पहिलो मेरो मोबाइल भनिन्थ्यो) कम्पनीको ८० प्रतिशत शेयर टेलियासोनेरालाई बेचेका हुन् । तर, सिंहले पनि सुमार्गीले जस्तै आफूले विदेशी कम्पनीलाई बेचेको कुरा गोप्य राख्ने प्रयास भने नगरेका होइनन् ।
Untitled-1-copy सन् २००७ सम्म दुईवर्ष सिंहकै मेरो मोबाइलका कार्यकारी निर्देशक रहेका सुमार्गीले मध्यपश्चिम नेपालका केही जिल्लामा निजी टेलिकम चलाउँदै आएका थिए । पछि उनले पनि आफ्ना गुरु राजबहादुर सिंहकोजस्तै भूमिका खेलेर पैसा कमाउने जुक्ति निकाले । फलस्वरुप एनसेलमा कब्जा जमाएको विदेशी कम्पनी टेलियासोनेराको आँखा सुमार्गीको स्याटेलाइट टेलिकम प्रालितर्फ लाग्यो । केही नेपालीको समेत लगानी देखाउने नीति लिँदै नेपालको सञ्चारमा एकाधिकार मच्चाउने र ठूलो धनराशी विदेश लाने उद्देश्यले टेलियासोनेराले एनसेलजस्तै सुमार्गीको हेलो नेपाल पनि किन्यो । तर, अचम्म चाहिँ के छ भने सुमार्गीले अहिलेसम्म हेल्लो नेपाल र टेलियासेनेरासँग कुनै सम्बन्ध नरहेको ब्याख्या गर्ने प्रयन्त गर्दै आएका छन् ।
हेलोको अध्यक्षता पनि टेलियासानेराकै
हेलो नेपालको ७५ प्रतिशत शेयर किनेपछि गएको भदौमा टेलियासोनेराका अध्यक्ष टेरो किभिसारी र कार्यकारी अधिकृत लार्स नाइबर्ग नेपाल आएका थिए । उनीहरुले काठमाडौंमा ०६९ भदौ ११ मा पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी दिएका थिए । हेलो नेपालमा ७५ प्रतिशत लगानी गर्दा अजय सुमार्गीले पाएको रकम कति हो भन्नेचाँहि उनीहरुले लुकाएका थिए । एनसेलमा चाहिँ ५० करोड लगानी भैसकेको उनीहरुले बताएका थिए ।
हेलो नेपालमा सुमार्गीको २५ प्रतिशतमात्रै लगानी रहेकाले सुमार्गी पत्नी अस्मिता सुमार्गीलाई सञ्चालक समितिबाट हटाएर टेलियासोनेराका सोलोमन्सनलाई राख्ने सहमति भएको थियो । अहिले सुमार्गीपत्नी अस्मिता मुक्तिश्री टेलिकम प्रालिको अध्यक्ष रहेको बताइने गरेको छ । मध्यपश्चिममा टेलिकम सञ्चालन गर्ने इजाजत नेपाल सरकारबाट लिएर सुटुक्कै विदेशी कम्पनीलाई बेचेपछि सुमार्गीले हेलो नेपालबाट ८७ मजदुरलाई हटाएका थिए ।
यतिबेला हेलो नेपालमा टेलियासोनेराको ७५ प्रतिशत लगानी छ र त्यसको अध्यक्षता पनि उसैले लिएको छ । त्यसैगरी एनसेलमा टेलियासोनेराको ८० प्रतिशत शेयर छ । तर, यी दुबै कम्पनी भिन्नाभिन्नै हुन् भनेर अहिले नेपालीलाई ढाँटिदैछ ।
हेलो नेपाल र टेलियासोनेरावीचको सम्बन्धलाई पुष्टि गर्ने आधार टेलियासोनेराको वाषिर्क प्रतिवेदन २०१२ मा पनि प्रष्टसँग उल्लेख छ । प्रतिवेदनको पृष्ठ ६६ अनुसार सन् २०१२ को अपि्रल २६ मा टेलियासोनेराले सुमार्गीको हेलो नेपाल किनेको हो ।
वैद्य पक्षका कार्यकर्ताहरुले सुमार्गी र सिंहले टेलिकमको लाइसेन्स लिँदै विदेशीलाई बिक्री गरेर नेपाल टेलीकमलाई डुबाउने खेलमा लागेको आरोप लगाउँदै आएका छन् ।

Wednesday, March 20, 2013

यस्तो भव्य घर जसको मूल्य घट्यो, तै पनि ८ अर्ब ४५ करोड रुपैयाँ पर्छ (तस्वीर समाचार) - bizmandu




ब्रिटेनको सबैभन्दा महँगो आवास गृहको मूल्य घटेको छ । २०११ मा यो आवास गृहको मूल्य १३ अर्ब रुपैंया अर्थात एक मिलियन पाउण्ड तोकिएकोमा अहिले ८ अर्ब ४५ करोड अर्थात ६५ मिलियन पाउण्ड कायम गरिएको छ ।


हेल्थ हलसहित १४ बेडरुम भएको आवास गृहका मालिक आण्द्रेस पानायीयोतोउले दुई वर्षपछि मूल्य घटाएर वास्तविक मूल्यको नजिक ल्याएका हुन् । यद्यपी ब्रिटेमा औसत घरको मूल्य भने २ करोड ११ लाख रुपैंयाँ अर्थात १ लाख ६२ हजार पाउण्ड हाराहारीमा मात्रै छ ।


सन् १९१० मा निर्माण गरिएको आवास गृहलाई आन्द्रेसले २००६ मा खरिद गरेका थिए । उनले यसको पुनर्निर्माणमा ५० मिलियन पाउण्ड खर्च गरिसकेका
छन् ।


लण्डनको ग्राभियालाई अर्बपतिहरुको शहर (बिलेनियर्स सिटी) भन्ने गरिन्छ । यो गृहको आसपासमा अरबका शाहि परिवारहरुको वासोवास छ ।


राजा–महाराजा बस्ने जस्तो गरी बनाइएको यो घरमा अत्याधुनिक होम थियटरको सुविधा छ । जसमा आरामदायी रुपमा बसेर सिनेमाको मज्जा लिन सकिन्छ ।


यो गृहको प्रवेसद्वार कलात्मक छ । यस घरका वरिपरिका भवनहरु झुप्राजस्ता देखिन्छन् । आन्दे्रसले खरिद गरेपछि १२० कर्मचारी खटाएर भवनलाई भब्य दिइएको हो ।


साढे दुर्इ एकडमा फैलिएको यो आवास गृहमा उद्यानका साथै १४ बेडरुम, ६ रिसेप्सन रुम, एक ड्रईङ रुम, एक फेमिलि रुम र एक स्नुकर रुम छन् । यहाँ एउटा सनरुम पनि छ जहाँ बसेर घाम ताप्ने गरिन्छ । लाईब्रेरी, सौना सहितको स्टीम रुम, अत्याधुनिक जिमका साथै बार पनि छ । रमाईलो कुरा यो घर पूर्ण रुपमा वातानुकुलित छ ।