Tuesday, May 31, 2011

सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्णपाठ -१७ जेठ २०६८ - onlinekhabar



देश र प्रवासमा समेत रहनुभएका
आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरु,
सर्वप्रथम यहाँहरु सबैमा अभिवादन गर्दछु ।
मुलुक अहिले २०६२/६३ सालको जनक्रान्तिपछि आरम्भ भएको जटील संक्रमणबाट गुजि्ररहेको छ । हामी राजनीतिक पार्टीहरुले जनतासामु यथाशीघ्र शान्तिप्रक्रियालाई बाञ्छित निष्कर्षमा पुर्‍याउने तथा अग्रगमन र लोकतन्त्रको आधारमा नयाँ संविधान जारी गर्ने पटक-पटक बाचा गरेका थियौँ । तर, बितेका करिब पाँच वर्षमा पनि ती बाचा र अभिभाराहरु पूरा हुन
सकेका छैनन् । संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने उद्देश्यका साथ जारी गरिएको नेपालको अन्तरिम संविधान- ०६३ ले तोकेको दुई वर्षको समय र पछि थप गरिएको एक वर्षमा समेत संविधान जारी गर्न नसकिएको तथ्य सबैका सामु छर्लङ्गै छ । यसरी हामी राजनीतिक पार्टी र तिनका नेताहरुले नेपाली जनताको शान्ति र परिवर्तनको आकाङ्क्षालाई जस्ताको तस्तै व्यवहारमा अनुवाद गर्न नसकेको कुरा एउटा कटु यथार्थ बनेको छ । संक्रमणको यो तीब्र र उथलपुथलपूर्ण अवस्थामा जनताको अपेक्षा र समयको मागअनुरुप परिणाम दिन नसकेको कुरालाई हामीले स्वीकार गर्नैपर्छ । अतः सबै जिम्मेवार राजनीतिक पार्टीहरुका तर्फबाट प्रधानमन्त्रीको हैसियतमा म सम्पूर्ण नेपाली नागरिकसमक्ष आत्मालोचना गर्दै क्षमायाचना गर्दछु ।
संविधानसभाको म्याद थपिन्छ कि थपिन्न भन्ने आशंकाका बीच ०६८ साल जेठ १४ गते राजनीतिक पार्टीहरुको सहमतिमा व्यवस्थापिका संसदको बैठकद्वारा संविधानसभाको म्याद तीन महिना थपिएको छ । संविधानसभा हाम्रो निर्वाचित र लोकतान्त्रिक सर्वाेच्च संस्था हो । यो संस्था संक्रमणकालीन राजनीतिक प्रक्रियाको यस अवस्थामा राष्ट्रिय एकताको लागि समेत असाधारणरुपले महत्वपूर्ण रहेको छ । नेपाली समाजमा अहिले चलिरहेका ऐतिहासिक बहस, विवाद र अन्तरविरोधहरुलाई विधि र प्रक्रियाको एउटा समावेशी दायराभित्र ल्याएर यस संस्थाले नेपाली जनताको एकताबद्ध, लोकतान्त्रिक र अग्रगामी भविष्य छ भन्ने आशा र संकल्पलाई सुरक्षित पनि राखेको छ । विभिन्न वर्ग, क्षेत्र, जाति-जनजाति, धर्म, लिङ्ग र पेशा-व्यवसायका अलग-अलग ठाउँमा रहेका सबै नेपालीका अनगिन्ती मुद्दा, अपेक्षा र संकल्पहरुलाई समेटेर यसले हामी नेपालीलाई एकै ठाउँमा ल्याएको छ । यस संस्थाले पूरा गर्नुपर्ने भूमिकाको विकल्पमा अर्को कुनै निकाय वा संस्था अहिले नभएको हुँदा जुनसुकै मूल्यमा यसलाई बचाउनु पर्छ भन्ने कुरामा हामी कसैमा विवाद छैन । संविधानसभाबाटै नयाँ संविधान जारी गरेर क्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्नु वा मुलुकलाई फेरि अर्को बहुआयामिक द्वन्द्वमा फस्न दिनु यी दुईमात्रै हाम्रा विकल्प हुन् । यस्तो अवस्थामा हामीले शान्ति, संविधान र अग्रगमनको बाटोलाई रोजेका छौँ र त्यसैका लागि म्याद थप गरी संविधानसभाको रक्षा पनि गरेका छौँ । वास्तवमा यिनै ऐतिहासिक महत्वका काम पूरा गर्न नै भर्खरै पाँचबुँदे सहमति भएको छ, जसले तीन महिनाभित्र शान्तिप्रक्रियाका मूलभूत कामहरु सम्पन्न गर्ने र संविधानसभाबाट नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्नेलगायतका महत्वपूर्ण राष्ट्रिय लक्षलाई आत्मसात् गरेको छ । मुलुकलाई यो सहमतिमा पुर्‍याउन योगदान गर्ने सबै राजनीतिक पार्टीहरु र संविधानसभा/व्यवस्थापिका संसदका सदस्यहरुलाई सरकारका तर्फबाट म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
शान्तिप्रक्रियालाई अगाडि बढाएर संविधान निर्माणको कामलाई सहज बनाउने र त्यसरी मुलुकको संक्रमणकालीन अवस्थाको सुरक्षित अवतरण गराउने घोषित उद्देश्यका साथ यो सरकारको गठन भएको तथ्य यहाँहरुलाई विदितै छ । तर, गठन भएकै दिनदेखि यसले अस्वाभाविक विरोध खेप्नुपर्‍यो । त्यस्तै विरोधका कारण सरकारले पूर्णता पाउनसमेत अनपेक्षितरुपमा बढी समय लाग्यो ।
उता शान्तिप्रक्रियाको एउटा मुख्य पक्ष एकीकृत नेकपा (माओवादी) ले शान्ति र संविधानको पक्षमा राजनीतिक निर्णय गर्न आन्तरिक विमर्शमा व्यस्त रहँदै निकै समय लगायो । जब त्यस पार्टीले शान्ति र संविधानको पक्षमा स्पष्ट राजनीतिक निर्णय गर्‍यो, त्यसलगत्तै नेपाली कांग्रेसले देशव्यापी राजनीतिक प्रचार अभियान थाल्यो । उपरोक्त घटनाक्रमले गर्दा विशेष समितिको बैठक र दलहरुका बीच छलफल रोकियो र शान्तिप्रक्रियामा ढिलाई हुँदै गयो । यस्तो प्रतिकूल परिस्थितिमा पनि शान्तिप्रक्रियामा केही उल्लेख्य काम अवश्य भएका छन् । खासगरी एकीकृत नेकपा (माओवादी) ले शान्ति र संविधानको पक्षमा जुन संस्थागत राजनीतिक निर्णय गरेको छ, त्यसले समग्र शान्तिप्रक्रियाका लागि राजनीतिक रुपमा कोसेढुंगाको काम गर्नेछ । यसबीचमा माओवादी सेनाका हतियार र लडाकुहरुको रेखदेख, नियन्त्रण र निर्देशनका लागि आवश्यक जनशक्ति पठाउने निर्णय कार्यान्वयन गरिएको छ । माओवादी सेनाका लडाकुहरुको अनुगमन गर्न विशेष समितिमातहत सचिवालयमा चौबीसै घण्टा काम गर्ने गरी सिचुएसन सेन्टरको स्थापना भई कार्यसमेत सुरु भइसकेको छ, जुन शान्तिप्रक्रियाका लागि महत्वपूर्ण कार्य हो । यस निर्णयपछि माओवादी सेनाका लडाकुहरु व्यवहारिकरुपमै विशेष समितिको मातहत आएका छन् । साथै, समायोजनको ढाँचा, संख्या र मापदण्ड तथा पुनःस्थापनाको प्याकेजमा समेत अनौपचारिक तर महत्वपूर्ण समझदारीहरु विकसित भएका छन् । उता संविधान निर्माणको क्षेत्रमा पनि मूलभूत विषयहरुमा राजनीतिक सहमति कायम भएको छ । गृहकार्य भएका यी मामिलाहरुलाई औपचारिक रुपले टुग्याउन सक्ने हो भने हामीले अहिलेसम्म गरेका कामहरुको निकै ठूलो उपलब्धि प्राप्त भएको मान्न सकिन्छ । एकीकृत नेकपा -माओवादी) आफूलाई लखेटिँदैछ भन्ने बहानामा नभाग्ने र अरुले पनि माओवादी भाग्न खोज्दैछ भन्ने बहानामा नलखेट्ने हो भने आउँदा केही हप्ताभित्रै हामीले शान्तिप्रक्रिया र संविधान निर्माणमा आशातीत सफलता हासिल गर्नसक्ने आधार तयार भएका छन् ।
०६२/६३ को क्रान्ति राजनीतिक पार्टीहरुको संयुक्त नेतृत्वमा भएको हुँदा त्यसका उपलब्धिहरुको रक्षा र विकास गर्नसमेत परिवर्तनका पक्षधर सबै राजनीतिक पार्टीहरुको बीचमा सहकार्य र एकता हुनु अत्यावश्यक छ । यसरी मात्रै क्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्न सम्भव हुन्छ भन्ने तार्किक र ऐतिहासिक निष्कर्षका आधारमा मेरो नेतृत्वमा नेकपा -एमाले) ले राष्ट्रिय सहमतिको बाटो लिएको थियो । हामी कैयन्पटक आफ्नो लक्ष्यमा असफल हुन सकौँला तर एकताबद्ध भएरमात्रै इतिहासले सुम्पेको जिम्मेवारी बहन गर्न सकिन्छ भन्ने तथ्यलाई ध्यान दिएर नै मैले राष्ट्रिय सहमतिका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको कुरामा जोड दिएको थिएँ । त्यस अर्थमा राष्ट्रिय सहमतिको संयुक्त सरकार बनाउन जेठ १४ गते भएको सहमति मेरा लागि खुशीको कुरा हो । त्यसैले, राष्ट्रिय सहमतिको आधारमा संयुक्त सरकारको प्रस्ताव तयार पार्न म स्वयं प्रधानमन्त्री र नेकपा (एमाले)को अध्यक्षका हैसियतले पहल गर्नेछु र यस काममा अन्य सबै जिम्मेवार राजनीतिक पार्टीहरु, खासगरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससमेतको रचनात्मक भूमिकाका लागि हार्दिक अपिल गर्दछु । एकातिर राष्ट्रिय संयुक्त सरकार गठन गर्ने राजनीतिक सहमति भइसकेको र अर्कोतिर मुलुकलाई लामो समयसम्म सरकारबिहीनताको अवस्थामा राख्दा मुलुकको दैनिक प्रशासन, आर्थिक गतिविधि र सुरक्षा व्यवस्थामा समेत दीर्घकालीन र गम्भीर नकारात्मक असर पर्ने हुँदा नयाँ सरकारको गठनका लागि ढिलो गर्नुहुँदैन भन्ने कुरा स्वतःस्पष्ट छ । त्यसका लागि गत १४ गते सम्पन्न भएको पाँचबुँदे सहमतिको कार्यान्वयन गर्नैपर्छ । उक्त सहमतिलाई आ-आˆनो हिसाबले व्याख्या गर्नुभन्दा तीन महिनाभित्र शान्ति र संविधानका लागि गर्नुपर्ने काम र राष्ट्रिय संयुक्त सरकारको आधारका बारेमा ठोस सहमति निर्माण गर्ने गरी कार्यान्वयन गर्नुपर्छ । खासगरी विगतमा सात/सात महिनासम्म मुलुक सरकारबिहीनताको अवस्थामा रहनुपरेको पीडादायी अवस्थाको पुनःस्मरण गरी त्यसप्रति उचित ध्यान पुर्‍याएर मात्रै हामीले यस सम्बन्धमा बुद्धिमतापूर्वक कदम चाल्न सक्नुपर्दछ । किनभने, यस्तै अवस्थामा अस्थिरताका शक्तिहरुले कसरी टाउको उठाउँछन् भन्ने कुरा हामीले बेहोरिसकेका छौँ । हामी राजनीतिक पार्टीहरुको खिचातानीका कारण मुलुकले मूल्य चुकाउन पर्नु दुर्भाग्यपूर्ण हुनेछ भन्ने तथ्यप्रति संवेदनशील हुन र रचनात्मक भूमिका निर्वाह गर्नका लागि सबैसँग अपिल गर्दै सरकारको नेतृत्व हस्तान्तरणका लागि आफू तयारै रहेको कुरा पुनःस्पष्ट पार्न चाहन्छु ।
हाम्रो यो सुन्दरतम् मुलुक तीब्र्रतम् आर्थिक विकास गरिरहेका विश्वका दुई ठूला मुलुकहरुको बीचमा रहेको छ । परम्परागत राजतन्त्रात्मक व्यवस्थालाई अन्त्य गरेर स्थापित भएको गणतन्त्रले राम्ररी खुट्टा टेक्न पाएको छैन भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । राजनीतिक स्थायित्वको अभावमा मुलुकले अविकासको दुश्चक्र बेहोर्दै आएको छ । नयाँ राजनीतिक व्यवस्थाको जगसमेत बसी नसकेको यस अवस्थामा हामीमाथि अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिका अनेकन् दबाबहरु पर्नु स्वाभाविक छ । यस्तो बेलामा हामी राजनीतिक पार्टीहरुले गंभीर सावधानी अपनाउन सकेनौं भने मुलुकमा अनिष्ट आउनसक्छ र हामीले अकल्पनीय दुर्घटना भोग्नुपर्ने पनि हुनसक्दछ । तर, हाम्रो अस्थिरता र अविकासको दुश्चक्रको प्रभाव हाम्रा छिमेकीहरु र अन्तर्राष्ट्रिय जगत्लाई समेत महंगो पर्ने तथ्य हामीलाई भन्दा बढी उनीहरुलाई नै जानकारी छ । यस्तो अवस्थामा हामी आफै विभाजित भएर आˆना स-साना स्वार्थहरुका लागि अरुलाई गुहार्न थाल्यौँ भने हाम्रो राष्ट्रिय जीवनशक्ति नै कमजोर हुँदै जान्ोछ । यसर्थः न्यूनतम राष्ट्रिय सहमतिबाहेक हामीसँग अर्को कुनै बाटो छैन । त्यस्तो सहमतिको आधार राष्ट्रिय एकता, लोकतन्त्र र अग्रगमन नै हो । यी मूल्यहरुका आधारमा साझेदारी गरेर नै हामीले आफ्नो भूमिका पूरा गर्न सक्नेछौँ ।
मुलुकको संक्रमणकालीन अस्थिरता र तरलताको प्रभाव अहिले राजनीतिक पार्टीहरुमा पनि परेको छ । राजनीतिक पार्टीहरु पनि मुलुकको समग्र राजनीतिजस्तै वैचारिक, सैद्धान्तिक तथा राजनीतिकरुपले तरलताको अवस्थामा छन् । यसले गर्दा राजनीतिक पार्टीका आपसी सम्बन्धमा आधारभूत राजनीतिक मूल्य र संस्थागत चरित्रहरु कमजोर हुन सक्छन् Ù एउटा पार्टीको अन्तरविरोधका प्रभाव अर्को पार्टीमा पर्न थाल्छन् र ती प्रभावहरु एक पार्टीका विरुद्ध अर्को पार्टीको बदलाको कारबाहीका रुपमा पनि देखापर्न सक्छन् । यस्तो बेला जिम्मेवार राजनीतिक पार्टी र तिनका नेताहरु, खासगरी सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षले लोकतान्त्रिक मूल्य र प्रक्रियालाई अवलम्बन गर्न सकेनन् भने मुलुकको राजनीतिक भविष्य झन्झन् बिग्रदै जान्छ । हामीले राष्ट्रिय सहमतिमा संयुक्त सरकारको गठन गर्ने सहमति गरिसकेका छौँ र त्यसलाई यथासक्य छिटो कार्यान्वयन गर्ने पहल गर्न मेरातर्फबाट कुनै कमी हुनेछैन भन्ने कुरामा म सम्बद्ध सबैलाई विश्वस्त हुनसमेत आग्रह गर्न चाहन्छु । यसै सन्दर्भमा सरकारको विकल्पका लागि मुख्यतः प्रतिपक्ष जिम्मेवार हुनुपर्ने कुरालाई ध्यान दिँदै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि राष्ट्रिय संयुक्त सरकारको विकल्पका लागि गम्भीर हुन र सहमतिका लागि आवश्यक पहलकदमी गर्नका लागि अपिल गर्दछु ।
अन्त्यमा, मुलुक यतिवेला बिराट् संभावना र गंभीर चुनौतिहरुको बीचमा रहेको छ । सिंगो राष्ट्र एकताबद्ध भई हामीले निर्वाह गर्ने सकारात्मक भूमिकाले नयाँ इतिहासको रेखाचित्र कोर्न सक्नेछ । तर, निरन्तर सत्तास्वार्थ र आपसी तानातानमा अल्मलियौं भने हामीले इतिहासको गतिशील प्रवाहको नेतृत्व गर्न सक्नेछैनौं । तसर्थ, म सिंगो राष्ट्रलाई एकताबद्ध बनाउदै ऐतिहासिक जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरेर मुलुकलाई शान्ति र संविधान दिने राष्ट्रिय कार्यभार पूरा गर्ने प्रक्रियामा जुट्न सबै राजनीतिक पार्टीहरुलाई विशेष अपिल गर्न चाहन्छु ।
राजनीतिक वातावरणमा देखिने समस्या र उतारचढावबाट प्रभावित नभई सरकारका सबै काम प्रभावकारी र सुचारुरुपमा संचालन गर्न म निजामति, नेपाली सेना र प्रहरी सेवाका सबै राष्ट्रसेवकहरुलाई सरकारका तर्फबाट निर्देशित गर्दछु । शान्ति र संविधानको पक्षमा वातावरण बनाउन तथा कानूनको परिपालना गरेर मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सरकारले चाल्ने हरेक कदमहरुको पक्षमा सहयोग र समर्थन गर्न म मुलुकका तमाम पेशाकर्मी, बौद्धिक क्षेत्र, किसान, मजदुर, आम संचारजगत, साहित्यकार, कलाकारलगायत आम जनसमुदायमा हार्दिक अनुरोध पनि गर्न चाहन्छु । धन्यवाद ।

सञ्चारमन्त्रीलाई सर्वोच्चले हटाउला त? By mysansar, on May 30th, 2011

सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटालाई मन्त्री पदबाट हटाउन परेको मुद्दामा आज प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलासले उनलाई किन मन्त्री पदबाट हटाउन नपर्ने हो भन्ने सम्बन्धमा कारणसहित १५ दिनभित्र लिखित जवाफ दिन प्रधानमन्त्री, गृहमन्त्री तथा आरोपित सञ्चार मन्त्रीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई मन्त्रीको हैसियतले कुनै काम गर्न नलगाउन, गर्न नदिन र नगराउन अन्तरिम आदेश जारी गरिपाउँ भन्ने माग पनि रिटमा गरिएको थियो। सर्वोच्चले अन्तरिम आदेश त जारी गरेको छैन, तर यस सम्बन्धमा छलफल गर्न नेपाल सरकारका तर्फवाट समेत बहस पैरवी गर्न जेठ २२ गते अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ।


द्वन्द्वकालमा काभ्रे जिल्ला निवासी अर्जुन लामाको अपहरण तथा हत्यामा मन्त्री सापकोटा संलग्न रहेको विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ। यसअघि सर्वोच्च अदालतले उनीविरुद्दको जाहेरी दर्ता गरी कानुन बमोजिम अरु कारवाही गर्नु भनी परमादेशसमेत जारी गरेको थियो। सो जाहेरी हाल जिल्ला प्रहरी कार्यलय काभ्रेमा दर्ता भै अनुसन्धान कार्य जारी छ। उनलाई पक्राउ गर्न विभिन्न सूचनाहरु पनि जारी भएको छ। तर, सशस्त्र द्वन्द्वको क्रममा भएका घटनामा आफू उपर कारवाही चल्न नहुने भन्दै सापकोटाले प्रहरीसमक्ष उपस्थित हुन अस्वीकार गर्दै आएका छन्।
कसले हालेको मुद्दा ?
नेपालका विद्यार्थी, पत्रकार, शिक्षक आदि सबैमा यो पक्ष र उ पक्षको भने जस्तै यहाँका मानवअधिकारवादीहरु पनि कांग्रेसपक्षीय, एमालेपक्षीय, माओवादीपक्षीय छन्। यो मुद्दा भने माओवादीविरोधी पक्षीय भनी चिनिएका मानवअधिकारवादीहरु सुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कनकमणि दिक्षीत, डा. गोपाल कृष्ण सिवाकोटी, सुवोध प्याकुरेल, चरण प्रसाई, मन्दीरा शर्माले दर्ता गराएका हुन्। माओवादीपक्षीय मानवअधिकारवादीहरुले भने यसअघि राष्ट्रसंघीय एजेन्सीहरुले उनलाई मन्त्री बनाउने बित्तिकै विरोधमा निकालेको वक्तव्यको विरोधमा वक्तव्य निकालेका थिए।
कस्तो छ सर्वोच्चको आदेश ?

कस्तो छ सर्वोच्चमा दर्ता गरिएको रिट ?
श्री सर्वोच्च अदालतमा चढाएको
रिट निवेदन पत्र
विषय : नेपालको अन्तरीम संविधान २०६३ को धारा ३२, १०७(२) वमोजिम उत्प्रेषण लगायतका जो चाहिने आवश्यक आदेश जारी गरी पाँउ।
निवेदक
जिल्ला सप्तरी राजविराज न.पा वडा न ४ वस्ने होमराज प्यकुरेलको छोरा वर्ष ५९ को सुशिल प्याकुरेल ……………………………………………..१
जिल्ला काठमाण्डौ कामनपा वडा नं ४ वस्ने ईन्द्रमान श्रेष्ठको छोरा वर्ष ५६ को प्राध्यापक कपिल श्रेष्ठ……………………………………………………………….१
जिल्ला ललितपुर ललितपुर उपमाहानगरपालिका वडा न ३ बस्ने कमलमणि दिक्षीतको छोरा वर्ष ५५ को कनक मणि दिक्षीत………………………………………१
जिल्ला तेह्रथुम ह्वाकुव गा.वि.स. वडा नं. ४ वस्ने टंक नाथ सिवाकोटीको छोरा वर्ष ४९ डा. गोपाल कृष्ण सिवाकोटी………………………………………………१
जिल्ला सप्तरी राजविराज नगरपालिका वडा न.४ वस्ने होमराज प्याकुरेलको छेरा वर्ष५७. को सुवोध प्याकुरेल……………………………………………………१
जिल्ला ललितपुर ललितपुर उपमाहानगरपालिका वडा न १ वस्ने स्व ईन्द्र प्रसाद प्रसाईको छोरा वर्ष ५७ को चरण प्रसाई……………………………………….१
जिल्ला काठमाण्डौ विष्णु गा.वि.स. वडा नं ७ घर भएका चन्द्रदत्त शर्माको छोरी वर्ष ३८ को मन्दीरा शर्मा…………………………………………….१
समेतको वा. भई आफ्नो हकमा समेत जिल्ला सर्लाही गौरीशंकर गा. बि. स.
वडा नं. ५ घर भई हाल भक्तपुर जिल्ला बालकोट गा.बि.स.वडा नं. ९बस्ने
बर्ष ३२ को अधिबक्ता सुनिल रंजन सिंह……………………………………..१ रिट निवेदक
विरुद्ध
सम्मान्नीय प्रधानमंत्री श्री झलनाथ खनाल, प्रधानमंत्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरवार काठमाण्डौ ………………………………………………………………………………१.
श्री अग्नि सापकोटा, मंत्री नेपाल सरकार सूचना तथा संचार, सिंहदरवार काठमाण्डौ ……२
नेपाल सरकार, मन्त्रीपरिषद, सिंहदरवार काठमाण्डौ ………………………………………..३
श्री कृष्ण वहादुर महरा, गृह मन्त्रि .सिंहदरवार काठमाण्डौ…………………………………….४
जिल्ला प्रहरी कार्यालय काभ्रे ……………………………………………………….५ विपक्षी
मुद्धाः उत्प्रेषण
हामी निवेदकहरु निवेदन वापत लाग्ने दस्तुर रु ५००। यसै साथ राखि निम्न लिखित व्यहोराको रिट निवेदन गर्दछौ।
१. हामी रिट निवेदकहरु विगत लामो समय देखि मानव अधिकारको संरक्षण तथा संवर्द्धन, विधिको शासन पक्षमा र दण्डहिनताको विरुद्धमा काम गर्दै आईरहेका छौ। हाम्रो यो अभियान राज्यका सवै काम कारवाहिहरु प्रचलित कानुन तथा संविधान सम्मत र प्रजातन्त्रको मुल्य मान्यता र पद्धति अनुसार हुनु पर्दछ भन्ने कुरामा आधारित छन्। विगत केहि समय देखि मानव अधिकारकर्मिहरुले उठाएका संक्रमणकालीन न्याय संग सम्वन्धित मुद्दाहरुलाई राज्य संयन्त्रहरुले वेवास्ता गर्दै आएको अवस्था छ। यसै सिलसिलामा तल प्रकरण प्रकरणमा उल्लेख गरीएको तथ्यहरुका आधारमा विपक्षीहरुको कामले मानव अधिकारको प्रवर्धन र विधिको शासनमा अवरोध सिर्जना गर्नेगरी विपक्षि नं १ ले कर्तव्य ज्यान मुद्दाका अभियुक्तको रुपमा रहेका विपक्षि नं २ लाई मन्त्री जस्तो गरीमामय पदमा नियुक्ति गरेको र विपक्षी नं २ विरुद्ध विपक्षी नं ५ मा अनुसन्धानको क्रममा रहेको मुद्दा लगायतका विगत सशस्त्र द्धन्दको क्रममा भएका घटनाहरु संग सम्वन्धित मुद्धा फिर्तालिने भन्ने कुरा विपक्षी नं ४ ले सार्वजनिक गरेकाले सो कार्यवाट मुलुकमा दण्डहिनताले पश्रय पाएको र विधिको शासनको उपहास गरेकोले यो विषय सार्वजनिक सरोकारको विषय समेत पर्न गएको हँुदा यसमा हाम्रो सरोकार रहन गै सो निर्णय वदर गराउने अन्य प्रभावकारी उपचारको अभावमा वाध्य भै नेपालको अन्तरीम संविधान २०६३ (यस पछि संविधानमात्र भनिने) को धारा ३२, १०७(२) वमोजिम यो विषयका सम्वन्धमा तल प्रकरणहरुमा उल्लेख गरी प्रस्तुत रिट निवेदन गर्न आएका छौं।
२. विपक्षि नं २ का विरुद्धमा जिल्ला काभ्रे छत्रेवाँझ गा.वि.स. स्थित श्री कृष्ण माध्यमिक विद्यालयको प्राङगणवाट मिति २०६२।१।१६ गतेका दिन अर्जुन लामालाई अपहरण गरी लगि २०६२ साल असार महिनाको दोश्रो हप्ता वुढाखानि गा.वि.स.को क्षेत्रमा पुर्याई हत्या गर्न प्रत्यक्ष रुपमा र्निदेशन दिएकोे भन्ने आरोप सहित जिल्ला प्रहरी कार्यलय काभ्रेमा मृत्ाककी श्रीमती पूर्णीमाया लामाले किटानी जाहेरी दरखास्त दिएकोमा जिल्ला प्रहरी कार्यालयले उक्त जाहेरी दर्ता गर्न ईन्कारी गरेपछि जिल्ला प्रशासन कार्यलय काभ्रेमा जाहेरी लिएर जादा सो कार्यालयले मिति २०६४।३।२४ गतेका दिन जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखि द्वन्दको घटनालाई संवोधन गर्न सत्य निरुपण तथा मेल मिलाप आयोग गठन गर्ने भन्ने संवैधानिक व्यवस्था भएको हुँदा सो अनुसार दरपिठ गरीदिनु भनि भएको पत्राचार वमोजिम मिति २०६४।३।२६ गतेका दिन जिल्ला प्रहरी कार्यालयले निजको जाहेरी दरखास्त दरपिठ गरेकेा थियो।
यसरी जाहेरी दर्ता गर्न ईन्कारी गरी दरपिठ गरेपछि सो उपर सर्वोच्च अदालतमा परमादेश रिट निवेदन दर्ता भएकोमा मिति २०६४।११।२७ गतेका दिन सर्वोच्च अदालतवाट आदेश हुदा जिल्ला प्रहरी कार्यलय काभ्रेले गरेको दरपिठ आदेश मिलेको देखिन आएन क्षेत्राधिकार विहिन भै त्रुटिपुर्ण देखिन आयो सो दरपिठ आदेश उत्प्रेषणको आदेशद्वारा वदरहुने ठहर्छ। सो जाहेरी दर्ता गरी कानुन वमोजिम अरु कारवाहि गर्नु भनि परमादेशको आदेश समेत जारी हुने ठहर्छ भन्ने समेत व्यहोराको आदेश भै सो जाहेरी हाल जिल्ला प्रहरी कार्यलय काभ्रेमा दर्ता भै सो जाहेरी उपर अनुसन्धान कार्य जारी रहेको छ। सो किटानी जाहेरीमा अभियुक्तको महलमा उल्लेखित विपक्षि नं २ को नाममा जिल्ला प्रहरी कार्यलयवाट पक्राउ पुर्जी जारी भएको छ। र, पक्राउ गर्न खटिएका प्रहरी कर्मचारीले निज फेला नपरेको प्रतिवेदन दिएका छन्। तर, निज विपक्षी संविधान सभाको सदस्य समेत रहकाले दिनहुँ संविधान सभामा भागलिई रहेको संचार माध्ययम मार्फत देखिन्छ। सरकारी मुद्दा सम्वन्धी ऐनको प्रकृया अनुसार निजलाई पक्राउ गरि वयान गराई प्रभावकारी ढंगले अनुसन्धान गर्नु पर्ने दायित्व विपक्षीवाट वहन हुन सकिरहेको छैन। अर्को तर्फ विपक्षी मन्त्री सापकोटा विगत द्वन्द्वकालमा काभ्रे जिल्ला निवासी अर्जुन लामाको अपहरण तथा हत्यामा संलग्न रहेको विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ र निजलाई पक्राउ गर्न विभिन्न सुचनाहरु पनि जारी गरेको छ। तर, शसस्त्र द्वन्द्वको क्रममा भएका घटनामा आफू उपर कारवाही चल्न नहुने भन्दै सापकोटाले प्रहरी समक्ष उपस्थित हुन अस्विकार गर्दै आएका छन्। उनको यस्तो कार्यबाट कानुनको शासन र स्वतन्त्र न्यायपालीको अवधारणामै चुनौति खडा भएको छ। यसले कानूनको साशनलाई गंभिर चुनौती दिएको छ।
३. यसरी हत्या अभियोगमा किटानी जाहेरी परेका र हाल फरार देखिएका निज विपक्षि नं २ लाई पक्राउ गरि मुद्दाको अनुसन्धान गर्नु पर्ने दायितव भएका विक्षीहरुले सो दायित्व वहन नगरि रहेकै अवस्थामा मिति २०६८।१।२१ गतेका दिन विपक्षि नं १ ले निज विपक्षी नं २ लार्र्ई लोकतान्त्रीक मान्यता, कानूनको विधिको साशनको आधारभूत सिद्धान्त र नेपाल पक्ष राष्ट्र भएको अन्तराष्ट्रिय कानून अन्तर्गत दायित्व प्रतिकुल हुने गरि सूचना तथा संचार मन्त्रीमा नियुक्ति गर्न भएको सिफारिसको आधारमा विपक्षी नं २ ले मिति २०६८।१।२१ मा सफत ग्रहण गराएकोले हाल निज विपक्षी सो मन्त्रालयको कार्यभार सम्हाली आउनु भएको छ।
४. त्यसरी नै मिति २०६८ जेठ ६ गते विपक्षी गृहमंत्री श्री कृष्ण वहादुर महराले द्धन्दका समयका मुद्दाहरु फिर्ता लिनु पर्ने वताउदै त्यसमध्ये दुईवटा मुद्दा अर्जुन लामाको मुद्दा चल्न नसक्नेे र मैना सुनुवार को हत्या सम्वन्धी मुद्दाहरु समेत फिर्तालिने तयारी सरकारले गरिरहेको खुलासा गर्नु भएको थियो। राजनितिक उदेश्यले अभिप्रेरित भई मुद्दा फिर्ता गर्ने कार्य अन्तराष्ट्रिय कानूनको पालन गर्नु पर्ने सरकारी दायित्वको वर्खिलाप हुन्छ। निज तथा त्यस्तै आरोप लागेका अन्य मुद्दाहरुको अनुसन्धान नगरि मुद्दा फिर्ता गरिएमा यसले डण्दहिनतालाई संस्थागत गर्दछ र यसमा आफै सम्मानीत सर्वोच्च अदालतले नै यो मुद्दाको अनुसन्धान गर्नु भनि परमादेश जारी गरेको अवस्थामा अनुसन्धान नगरि मुद्दा फिर्ता लिएमा यसले अदालतको आदेशको अवज्ञा समेत हुन जान्छ। अतः विपक्षीका उल्लेखित कृयाकलापहरु गैर कानूनी र गैर संवैधानीक छन्।
५. कर्तव्य ज्यान मुद्दाको अभियुक्तको रुपमा अभियोग भोगि रहेका निजलाई मन्त्री जस्तो गरीमामय पदमा नियुक्ति गरि प्रजातन्त्रिक मुलुक भएको देशका जनतामाथि शासन गर्ने जिम्मेवारी दिईनु अनुचित, गैर कानुनी, गैर संवैधानिक, प्रजातन्त्रिक पद्धतिको मुल्य मान्यता समेतको पनि विपरित भएकोले यस्तो कार्य वदर माग गर्न सम्मानीत अदालतको शरण पर्न वाध्य भएका छांै। यसै अदालतको आदेशले अनुसन्धानको दायरामा रहेका निजलाई मन्त्री जस्तो गरिमामय पदको जिम्मेवारीले सम्मानीत अदालतको अपहेलना समेत हुन पुगेको छ।
६. निज उपर लागेको अभियोगका कारणले नेपाल स्थित अमेरीकी दुतावासले १२ असार २०६७ मा निजलाई प्रवेशाज्ञा दिन ईन्कारी गरेको थियो। त्यसरी नै प्रवेश आज्ञा दिईसकेको अष्ट्रेलीयाले यो कुराको जानकारी पाए पछि सो वदर गरि निजको भ्रमणमा रोक लगाएको थियो। निज मन्त्री पदमा नियुक्ति भए पछि संयुक्त राष्ट्र संघ लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्थाले सो नियुक्तिको विरोध गर्दै विज्ञप्ती जारी गर्ने र सम्माननीय प्रधान मन्त्री ज्यू समक्ष खुला पत्र समेत वुझाउने कार्य समेत गरेका छन्।
७. मानव अधिकारको सम्मान र रक्षा गर्न अडिग रहेको प्रतिवद्धता भरखरै मात्र नेपाल विषयमा भएको युपिआर छलफलमा विश्व जगत समक्ष नेपाल सरकारले जाहेर गरेको छ। सो जाहेर गरेको प्रति वेवास्ता गर्दै गम्भिर प्रकारको मानव अधिकार उलंघन तथा दुरुपयोगका दोषिलाई गरिमामय पदको जिम्मेवारी दिईनुले जिम्मेवार र जवाफदेहि सिमित सरकारको मान्यतालाई उपहास गरेको छ। यस्तो कार्य संवैधानिक सर्वोच्चता, विधिको शासन र मानव अधिकारको सम्मानको सिद्धान्त विपरित रहेको छ।
८ कुनै पनि फौजदारी अभियोग लागे पछि राज्यको कुनै पनि सानो भन्दा सानेा पदमा वहाल रहेको व्यक्ति निलम्वित हुने कानुनी मान्यता रहेको छ। निष्पक्षता, पारदर्शिता र जवाफदेहिता जस्ता अतिनै महत्वपुर्ण सिद्धान्तले यि मान्यतालाई अगालेको छ। कुशल, सक्षम र उत्तरदायि सरकारवाट शासितहुन पाउनु लोकतान्त्रिक शासन व्यवस्थाको मुल मर्म र जनताका अधिकार हो। निज पदमा वहाल भै रहने हो भने सो मुद्दाको अनुसन्धानमा प्रत्यक्ष प्रभाव पार्ने, पदिय दुरुपयोगको माध्यमले प्रमाणको लोप गर्ने तथा अनुसन्धान अधिकारीहरुमा अनुचित प्रभाव पर्न गै पिडितले न्याय प्राप्त गर्न नसक्ने प्रष्टै रहेको छ। विधिको शासन भएको मुलुकमा यस्तो कार्य उचित हुन सक्दैन।
९. निज उपर अभियोग लागेको र प्रहरीले अनुशन्धान गरिरहेको अवस्थामा एउटा असल नागरीकको जिम्मेवारी भनेको प्रहरी समक्ष उपस्थिति भइ आफूमाथि लागेको अभियोगको वारेमा वयान दिनु हो। फौजदारी अयियोगको यस मान्यतालाई उल्लघंन गर्नु भनेको कानुनी शासनको अवहेलना समेत हो। निज अभियुत्क र्निदोष नै हुन भने कुराको र्निणय गर्ने अधिकार अदालतमा हुन्छ न कि कुनै व्यति्कमा? यसरी प्रकृया नै पुरा नगरी आफूलाई र्निदोष दावी गर्ने अवस्था रहदैन।
१०. प्रहरीले पनि संविधान सभा सदस्य र मन्त्री समेत भइसकेको अभियुभत्कलाई फेला नपरेको भनी फरारी अभियुत्कको रुपमा प्रस्तुत गर्नु आफैमा हाँस्यसपद हुन्छ।
११. त्यस्तै संबिधानको धारा १३ ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन भन्ने व्यवस्था गर्दै कसैलाई पनि समान्य कानूनको समान संरक्षणबाट वञ्चित नगरिने वन्दोवस्त गरेको छ। यस र्निणयवाट अरु फौजदारी अभियोग लागेका अभियुत्कहरु माथि विभेद हुने व्यहोरा समेत स्पष्ट पार्न चाहन्छौं। राजनितिदक दलको नेता हँुदैमा फौजदारी न्यायको प्रकृयावाट उन्मुति्क पाइन्छ भन्न सन्देश आम नागरीकमा संप्रेसन हुन्छ।
१२. मानव अधिकारको उल्लङघनको घटनामा पिडितहरुलाई प्रभावकारी उपचार प्रदान गर्नु अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको दायित्व हो। प्रभावकारी उपचार को प्रत्याभूति गर्ने अन्तर्राष्ट्रिय कानूनहरुमा खासगरि मानव अधिकारको विश्वव्यापी घोषणा पत्र को धारा ८, नागरीक तथा राजनैतिक अधिकार सम्बन्धी संयुक्त राष्टसंघिय अनुबन्ध रहेका छन। नेपालले नागरिक तथा राजनैतिक अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय अनुवन्ध १९६६ लाई सन् १९९१ को मे १२. तारेखमा अनुमोदन गरि यसको पक्ष राष्ट्र भएको छ। यो अनुवन्धको धारा २ (३) ले प्रभावकारी उपचारको हक सम्वन्धी व्यवस्था गरेको छ। र प्रभावकारी उपचारको हक अर्न्तगत न्यायको हक महत्वपुर्ण तत्वको रुपमा रहेको हुन्छ। यसका साथै उक्त प्रभावकारी उपचारको हकलाई सुनिश्चित गर्न राज्यले अपनाउनु पर्ने विभिन्न उपायहरु र तरिकाहरुको सम्वन्धमा पनि यस अनुवन्धले सम्वन्धीत पक्ष राष्ट्र उपर विभिन्न दायित्वहरु सृजना गरेको छ। त्यस्तो दायित्व अर्न्तगत अनुसन्धान गर्नु पर्ने दायित्व तथा आरोपीलाई अभियोजन गर्ने कुरा समेत पर्दछ। संयुक्त राष्ट्रसंघिय मानव अधिकार समिति, जसलाई यो महासन्धीका व्यवस्थाहरुको व्याख्या गर्ने अधिकार प्राप्त छ, ले आफ्नो व्याख्यात्मक टिप्पणी नं २ मा उल्लेखित अधिकारहरुको उल्लंघनमा परेका व्यक्तिहरुलाई प्रभावकारी उपचारको अधिकार हुने र त्यस अन्तर्गत पिडकलाई न्यायको दायरामा ल्याई दोषी पाइएको खण्डमा त्यस्ता व्यक्तिहरुलाई दण्डीत गर्नु पर्ने भनि व्याख्या गरेको छ। यसरी दोषिलाई कानुनको दायरामा ल्याई पिडीतलाई सजाय गर्नु पर्नेमा सो नगरी उल्टै पुरस्कृत गरीनु उचित हुन सक्दैन।
१३. अत माथि प्रकरण प्रकरणमा उल्लेखित आधारमा विपक्षि नं २ लाई मन्त्री पदमा नियुक्ति गर्ने विपक्षी नं १ को मिति २०६८।१।२१ को कार्य नेपालको अन्तरीम संविधानको धारा १३ र २४ लगायतको विपरीत भएकोले सो निर्णय र शफत तथा निजले पदभार ग्रहण गरे पश्चात निजवाट भए गरेका काम कारवाहिहरु उत्प्रेषणको आदेशले वदर गरी दोहाय वमोजिमको आदेश समेत जारी गरी पाउँ।
क. गंभिर कसुर खासगरि मानव अधिकारको गंभिर उल्ल्ंघन आरोपलागेका व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्त गर्न नहुने वा पदमा भएकालाई समेत पदवाट निलम्वीत गरेर मात्र अनुसन्धान अधि वढाउनु पर्ने सम्वन्धमा अन्तराष्ट्रिय स्तरमा थुप्रै मापदण्ड र सिद्धान्तहरु विकसित भएका छन्। गैर न्यायीक र स्वेच्छाचारी हत्याको प्रभावकारी रोकथाम र अनुसन्धान सम्वन्धी राष्ट्र संघिय सिद्धान्तहरु तथा यातना र अन्य क्रुर, अमानविय वा अपमानजनक व्यवहार वा सजायको प्रभावकारी अनुसन्धान र अभिलेखका राष्ट्र संघिय सिद्धान्तहरुले यस किसिमका घटनामा संलग्न रहेका आरोपलागेका व्यक्तिहरुलाई प्रत्यक्ष परोक्ष रुपमा सार्वजनिक पद वा शक्तिमा रहन वाट हटाउनु पर्ने व्यवस्था गरेको छ। यस सिद्धान्तलाई राष्ट्र संघिय मानव अधिकार समितिले पनि अनुमोदन गरेको छ। मंत्री जस्तो शक्तिशाली पदमा गरिएको यो नियुक्तिले विपक्षीलाई चालु अनुसन्धानलाई प्रभाव पार्ने अवसर र पिडित तथा साक्षीलाई आफ्ना कुरा भन्नमा कठिनाई श्रृजन ागर्ने अवस्था रहन्छ। अतः उक्त नियुक्तिले पिडितको न्याय पाउने हकमा चुनौती खडा गर्ने भएकाले वदर भागी छ वदर गरि पाउँ।
ख. राजनैतिक दल तथा व्यवस्था अनियन्त्रित हैन कानुन र संविधानको पालना गर्नु सवैको समान कर्तव्य हो। त्यसमा पनि सार्वभौमसत्ताको प्रयोग गर्ने राजनैतिक र राजनैतिक दल निष्कलंकित छविको हुन पनि जरुरी छ। के कस्ता व्यक्तिलाई राजनैतिक उच्च तहको जिम्मेवारी दिईनु पर्ने भन्ने जस्ता मापदण्ड न त कानुनमा नै छ न त अशल नियतका साथ राजनैतिक दलले नै पालना गरेका छन। यो निवेदनमा उठाएको प्रश्नले पनि सो कुरालाई पुष्टि गरेको छ। यसर्थ सो सम्वन्धि विशेष कानून नै तर्जुमा हुन आवश्यक छ। त्यसैले विपक्षी नेपाल सरकारका नाउमा यस सम्वन्धी कानून र निति तजुर्मा गर्नु भन्ने निर्देश्नात्मक आदेश जारी गरि पाउँ। र त्यस्तो कानून वा निति तयार गर्न समय लाग्न सक्ने भएकाले हाललाई कानुन निमार्ण नभए सम्मको लागि सो सम्मानीत अदालतवाटै सम्वन्धित आवश्यक नितिगत मापदण्ड समावेश गरि निर्देशिका नै निर्माण गरी जारी गरि पाँउ।
ग. सर्वोच्च अदालतको मिति २०६४।११।२७ को आदेश वमोजिम अनुसन्धानको दायरामा रही पक्राउ पुर्जि समेत जारी भएका निजलाई मन्त्रि वनाईनुले सर्वोच्च अदालतको उक्त आदेशको समेत अवहेलना भएको छ। संविधानको प्रस्तावनामा उल्लेखित स्वतन्त्र र सक्षम न्यायपालिको परिकल्पनाको पनि उपहास हुन पुगेको छ। यसर्थ यसै निवेदनलाई आधारमानि सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ वमोजिम अदालतको अवहेलनामा कारवाहि समेत चलाई पाउ।
१४. साथै निज पदमा निरन्तर रहि रहने हो भने प्रमाणको लोप गर्ने, पदिय दुरुपयोग गरी कर्मचारी उपर अनुचित प्रभाव पार्ने र आफुअनुकुल निर्णय गराउन सक्ने र पिडितले न्याय पाउने हकवाट समेत वञ्चित हुनु पर्ने भएकोले यो विवादको टुङ्गो नलागे सम्मको लागि मंत्रीको हैसियतले काम नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली २०४९ वमोजिम अन्तरिम आदेश समेत जारी गरी पाँउ।
१५. पछि हाम्रो तर्फवाट अदालतमा उपस्थित भै वहस गर्नुहुने कानुन व्यवसायीको वहसलाई यसै निवेदनको अभिन्न अंग मानि पाउँ।
१६. प्रस्तुत निवेदनको विषय वस्तु अति नै गम्मभीर भएकोले यस रिट निवेदनलाइ सर्वोच्य अदालत नियामावली २०४९ को नियम ३८ अनुसार अग्राधिकार प्रदान गरी रिट निवेदनको सुनवाई गरी पाउँ।
१७. निम्न कागजात यसै साथ संलग्न रहेको छ।
क. माथि पेटवोलिमा उल्लेखित सर्वोच्च अदालतको फैसलाको फोटोकपि …….१
ख. जिल्ला प्रहरी कार्यलय काभ्रेवाट विपक्षि नं २ लाई पक्राउ गर्ने सम्वन्धमा भएको प्रहरि संचार को फोटोकपि ….१
ग. आई.सि.जे. समेतले प्रधानमंत्री समक्ष लेखेको खुला पत्रको फोटोकपी ……..१
घ. संयुक्त राष्ट संघ मानव अधिकार उच्च आयुक्तको कार्यालय नेपालले जारी गरेको प्रेस विज्ञप्तीको प्रतिलिपि
फरार अभियुक्त मन्त्री भनि हिमाल खवर पत्रिकामा प्रकाशित समाचारको अंशको फोटोकपि…..१
लेखिएको व्यहोरा ठिक साँचो हो। झुठा ठहरे कानुन वमोजिम सहुला वुझाउला।
निवेदकहरु
निज वा समेत अधिवक्ता सुनिल रंजन सिंह
ईति सम्वत २०६८ साल जेष्ठ महिना १३ गते रोज ६ शुभम……………………
 
1 Vote
Related posts:
  1. संविधान सभा म्याद थप बारे सर्वोच्चले के फैसला गर्‍यो ?
  2. सर्वोच्चले सोध्यो- बिहे गर्ने विधवालाई किन ५० हजार देको?
  3. भ्रष्टाचारको छानबिन गर्ने नै भ्रष्टाचारी
  4. छुटे ऋषि धमला
  5. प्रहरीले पत्रकार सम्मेलनमा बाँडेको प्रेस वक्तव्य

51 comments to सञ्चारमन्त्रीलाई सर्वोच्चले हटाउला त?

  • Nishant Sharma
    तपाईँको प्रतिक्रिया प्राप्त भयो। कृपया ध्यान दिनुस्- सही नाम र ठेगानासहितका कमेन्टलाई प्राथमिकता दिइनेछ। जे पायो त्यही नाम, उपनाम राखेका कमेन्ट प्रकाशित हुने छैनन्। संयमित भएर प्रतिक्रिया दिनुहोला। उत्तेजना फैलाउने, हिंसा बढाउने फोहोरी र अश्लील शब्द प्रयोग गरे तपाईँले पछि प्रतिक्रिया पठाउन नमिल्ने गरी प्रतिबन्ध लगाउन सकिनेछ। प्रतिक्रिया देखिन केही समय लाग्न सक्नेछ। तपाईँको इमेल र आईपी ठेगाना हामीले चाहेमा सार्वजनिक गर्न सकिनेछ।
    एस्तो कुरा गर्ने हो भने सबभन्दा पहिले कामरेड प्रचण्ड माथि कारबाही हुनु पर्छ, पार्टीको मुख्य जिम्मेवारी सबभन्दा पहिला उनीले लिनु पर्छ l नत्र अब एक एक जनालाई दोषी देखाएर हुन्न l समग्र ससस्त्र क्रान्ति लाईनै अध्येन गरेर दोष कसको हो त्यो राष्ट्रले भन्न सक्नु पर्छ l यो कित माओबादी सबैको दोष हो कि कसैको होइन l
    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
  • bhawani
    हाहाहा यस्तो मानब अधिकार ख्याल गर्नेहरुले प्रचण्ड प्रधान मन्त्रि हुदा क हेरेर बसे?
    अहिले का झलनाथ खनाल को इतिहासका पाना पल्टाएर यसो हेरे नि हुने हो!!मदन भण्डारी कसरि मरे भन्ने सबैलाई थाहा भएको स्थितिमा…माधब नेपाल,बिद्या भण्डारी प्रधानमन्त्री,रक्षा मन्त्रि हुदा यी मानबअधिकार बादी के हेरेर बसे?१० जना आर्मीले १ निर्धोश महिलालाई बलात्कार गरेर बाकिलाई गोलि ठोक्दा यिनीहरुले के हेरेर बसेका थिए?
    यिनलाई साचै नै मानब अधिकार को ख्याल हुदो हो त…यो सरकारले नै मानब अधिकार हनन गरिरहेको छ….के जनताले सुख संग सान्त संग बस्न पाउनु मानब अधिकार होइन?यदि हो भने त्यसो हुन नदिने यी सरकार,नेता,संसद अनि यहि मानब अधिकारबादी पनि त्यो सजायको भागीदार हुनुपर्दैन र?
    राजनीतिको कालो खेलमा फसेर एउटा पार्टी को इशाराले अर्को पार्टी बिशेस व्यक्ति लाई आक्षेप लगाउनु पनि मानब अधिकार को हनन हो? किनकि जनता लाई झुटा मानब अधिकार को खोल ओढेर गलत कुरा को संदेश दिनु पनि नागरिक को सुचनाको हक हनन भित्र पर्न सक्छा भन्ने हामीलाई लागेको स्थितिमा सक्छन भने निस्पक्ष कुरा गरुन होइन भने यो जनता उल्लु बनाउने खेल मा नलागे हुन्छ….कस कसले बनाउने हौ हामीलाई उल्लु….चोर साले हरु….
    मेरो कमेंट्स निचोड:मा माओबादी होइन,केवल निष्पक्षता को कुरा गरेको हो…जुन सुकै व्यक्ति जसले कानुन मिचेर काम गरेको छ सजाय हुनुपर्छा भन्ने हाम्रो मान्यता हो…..बाकि उनी पशुपतिको हातमा छ……….
    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0
  • Shree Basanta
    पुष्पजी,
    कसले गर्यो भन्नु भन्दा गरेको ठिक हो या होइन त्यो महत्व राख्दछ | कांग्रेस एमालेले पनि क्रान्ति गरेकै हुन् र रगत पनि बहायेकै हुन् | अहिले केहि बर्ष यता माओबादीले रक्तपातपुर्ण क्रान्ति गर्यो | त्यसैले नेपालीले अब चोर मध्ये बाट कम चोर मात्र हेर्नु परेको बाध्यता छ | जन साधारणको ज्यान लिने कुरामा राजनीतक मुद्दा भनेर कसैले पनि फिर्ता लिन मिल्दैन र फिर्ता लिदैमा ज्यान पनि फर्किने होइन | पार्टीहरुको समझदारीमा यस्तो हुने हो भने जनताको ज्यानको मूल्य के हुन्छ ? हाम्रो ज्यान उनीहरुकै हत्केलामा बन्द हुन् सहमत हुनुहुन्छ भने ठिकै हो | आफ्नो परिवारको कुनै सदस्य परेकोलाइ थाहा हुन्छ यो पीडा सायद तपाईको आफ्नो परिवारमा त्यस्तो परेन होला | एकै परिवारका सदस्यको हैसियतको दृस्टीबाट नियाल्नु पर्छ जस्तो लाग्छ | हामीलाई आफुलाइ पर्यो भने तपाई राजनीतक मुद्दा हो ठिकै छ भन्न सक्नु हुन्छ ? त्यसैले यस्तो कुराले हत्या बिरुद्धको दण्डहीनतालाई र राजनीतिको नाममा गरिने हत्यालाई प्रश्रय दिदैन र ? भोलि कनकमनिको ठाउमा तपाई पुष्पजीले त्यस्तो मुद्धा दायर गर्नु भो भने हामीले तपाइको कुरोको गहनता हेर्ने कि तपाइको दोष र इतिहास हेर्ने ?
    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8
    • पुष्प
      वसन्तजी,
      राजनीति अनि राजनीतिज्ञ भनेको हाम्रो चाहनाबिनाका तर आवश्यक अभिभावक हुन् । तर यसो भन्दैमा उनीहरूले आफ्नो मनलाग्दी गर्ने कुरा आउँदैन र त्यसो भएमा हामी चुप लागेर बस्नु पनि हुँदैन । म आफूमाथि कुनै घटना नभएको भएर मैले यस्ता कार्यको पक्षमा वकालत गरेको होइन, र खासमा यस्ता कार्यको वकालत कसैले पनि गर्न सक्दैन । तर कुन परिस्थितिमा कस्तो घटना भयो भन्ने कुरामा हामीले विचार पुर्याउनुचाहिँ पर्छ, होइन भने त्यसले अर्को दुर्घटना निम्त्याउन सक्छ । माओवादी जनयुद्धकालमा विद्रोही पक्षबाट भएका र घटाइएका सबैखाले घटना उनीहरू खुला राजनीतिमा आइसकेपछि त्यो राजनीतिक घटना नै हुनपुगेको सामान्य कुरा हो । अब त्यसलाई ‘व्यक्ति हत्या’ भन्दै कुर्लने र कोट्याउने हो भने राज्य र विद्रोही पक्षबाट भएका थुप्रै हत्याहरू व्यक्ति हत्या हुन सक्छन् । जुन कुरा गर्नु भनेको शान्तिप्रक्रिया भाँड्नुमात्र होइन, अर्को द्वन्द्व चर्काउनु पनि हो । द्वन्द्व भन्दै हिजोअस्तिमात्र लिबिया, अफगानिस्तानमा बम पडकाएर सयौं‍ बालबालिकादेखि बुढाबुढीसम्मको हत्या गर्ने नेटोआबद्ध राष्ट्रहरूले भिसा नदिएको कुतर्क अघि सारेर हत्या अभियोग प्रमाणित गर्ने कुचेष्टा हामीले बुझ्नुपर्छ ।
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1
  • sandesh naxal
    माओबादी क समर्थक हरु नराम्रो लै त कम्ति मा नराम्रो भन्न सिक न यार …..एहा बाबुराम हरु लै कारबाही गर त भनेको छैन नि ….मान्छे मर्ने लै कारबाही गर भन्दा पनि कति ऊतेजित हुनु परेको होला….नराम्रो कम गरेको हरेक पार्टी को नेता कार्यकर्ता लै कारबाही हुनुपर्छ भन्ने हाम्रो मान्यता हो …!!!!जय देश जय जनता जय नेपाल …!!!!
    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6
    • पुष्प
      अग्नीको आदेशमा कोही मारिँदा उनी हत्यारा सावित हुने भए, त्यही कालखण्डमा जनयुद्धको नेतृत्वतहमा रहेका बाबुराम पनि त हत्यारा नै भए नि ! ओली, माकुने, गिरीजा, कृष्णप्रसाद आदि मात्र किन ज्ञानेन्द्र पनि त हत्यारा नै भए नि ! शान्तिप्रक्रियामा आइसकेपछि माओवादी र राज्यबाट भएका ती सबै घटना त सेलाइसकेको हो । तर आतंककारीविरुद्धको कारबाही भन्दै इराक, अफगानिस्तानमा निर्दोष मान्छे मार्ने अमेरिका; लिबियाली जनता गद्दाफीको चपेटामा पर्यो भन्दै उल्टै उनीहरूलाई नै मार्ने ‘नेटो’चाहिँ हत्यारा हुन् कि होइनन् ? अमेरिका अनि ती नेटो राष्ट्रका विरुद्ध किन चुप छन् ती कथित मानवअधिकारवादीहरू ?
      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1
  • पुष्प
    हत्या अपराधकै कुरा गर्ने हो भने कांग्रेसी भनाउँदाहरू र एमालेका वामनेता भनाउँदाहरू समेतको राजनीति त्यसै शुरु भएको हो ? सबैको हात रगतले रंगिएको छ । तर ती सबै राजनीतिक कारणले उत्प्रेरित भएकाले त्यो मुद्दा राजनीतिक हुन गयो र सबै ‘नेता’ भएर निस्किए । माओवादीका हकमा त शान्तिप्रक्रियामा आइसकेपछि पहिलेका मुद्दाहरू स्वत: खारेज हुने सहमति नै भएको अवस्थामा कनकमणिजस्ता अधिकारकर्मीको खोल ओढेका दलालहरूले व्यक्ति हत्या भन्दै मुद्दा हाल्नु आश्चर्य त होइन नै, यी दलालहरू नेपाल र नेपालीको भलो चाहनेहरू होइनन् भन्ने प्रष्ट हुन्छ । त्यसैले यिनीहरू न्वारानदेखिको बल निकालेर शान्ति प्रक्रिया भाँड्न नानाभाँती (कु)तर्कना गरिरहेका छन् ।
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 41 Thumb down 37
    • shahil
      हो पुष्प जी हो माओबादी ले जे जति हत्या बलात्कार लूटपाट गरेका छन् ति सबै स्वत: खारेज हुन पर्छ किन कि तिनले जनता को लागि गरेको नि होइन . भनेपछि आजकाल तराई तिर राजनीतिक आवरण ओडेर हुने डकैति लूटपाट सबै त जनताकै लागि हो नि तिनलाई नि तेस्तो लूटपाट गर्ने license नै दिए भै हाल्यो नि कि कसो.
      जे होस् माओबादी का दास दासी का कुरा सुन्दा अछाममा लाग्छ.. दिक्क लाग्छ .हे प्रभु इनको बुद्धि कहिले आउने होला. सायद इनीहरु ले मारेका मानिसहरुले इनका बिरुद्ध जुनदिन युद्ध थालेर इनको छाला काढ़छन् तेही दिन थाहा पाउछन अरु लाइ यातना दिएर मर्दा टिन लाइ र तिनको परिवार लाइ कति दुख हुन्छ भनेर . अग्नी सापकोटा लाइ ज्यान मुद्धा छ भने तुरुन्त हिरसात मा लिएर अनुसन्धान सुरु गर्नु पर्छा .
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
  • rohan vicram singh
    अनुसन्धानबाट प्रमाणित हुने अपराधी जो सुकै व्यक्ति होस् तेस्लाई कारवाही हुनुपर्छ! नेता, सेना, प्रहरी, कर्मचारी, ब्यापारी, सर्बसाधारण जनता आदि जो भएपनि अपराध गर्ने अपराधी नै हो!
    अपराधीहरुले छुट पाउदै जाने हो भने नेपालमा कानुन छ भनेर कसरी भन्न सकिन्छ??????
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1
  • Shree Basanta
    मदनजी,
    तपाइको दोस्रो र अन्तिम परिच्छेद को कुरा ठिक हो | महेन्द्रले दलहरुको बारे भनेको कुराहरु पार्टीहरुले गरेको कुकृत्य बाट सत्य भएको छर्लंग भयो | राष्ट्रिय भन्दा दलीय स्वार्थले प्रेरित, भ्रस्टाचारमा लिप्त, कानून तथा संबिधानको बेवास्ता आदि सबै ठिक साबित गरिदिए |
    तर पहिलो परिच्छेदमा भन्नु भएको कुरो सर्बोच्चले हटाउने आदेश दियो भने मान्ला र भनेर यस्ता गतिछाडा र कानून नमान्नेलाई जनताले पनि किन मान्नु पर्यो र ? पार्टीले मानेको भरमा तिनलाई पुग्ने भए जनता किन चाहियो तिनलाई भन्ने कुरो पनि आउछ | अतः तपाई हामीले स्वतन्त्र रुपमा विश्लेषण गरि भन्दा यस्तो कुरामा अदालत र कानूनको मर्यादा गराउने पक्ष्यको मदत गर्नु पो राम्रो होइन र ?
    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1
    • madan bajracharya
      बसन्त जी
      तपाईं ले भनेको कुरा नेताहरु लोकतान्त्रिक प्रबितिको भई दिएको भए सहि नै हुने थियो/ तर के यिनीहरु लोकतान्त्रिक छन्? कोहि छ भने बिबस्ताको जन्जिर भित्र जकडिएको छ र जो खुला छन् तिनीहरु गति र मति छाडा छन् र आज परिस्थितिको राजा बनेर बसेको छ त् अरु के भनु?
      बसन्त जीलाई याद होला माधवको सरकारले मन्त्रि परिषद बात सर्वोच्चको निर्णय मान्ने बा नमान्ने निर्णय गर्न सकिने भनेको थियो/ सर्वोच्चले निर्णय गरेको पनि पालना गर्ने गराउने त् सरकारनै हो पनि भनेको थियो/ उसको त्यो भनाईको मतलव के हो सबैले ब्यबहार बाटै बुझेको छ/
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
  • madan bajracharya
    मानि लिउं सर्वोच्चले हटाउने आदेश दियो रे तर के कसैले मान्ला पनि? संबिधान सभाको म्याद थप्नु हुन् भनेकै हो सर्वोच्चले कसले माने? देसमा संबिधान त् छँदै छैन छ त् दलिए सम्मति/ अब दलिए सम्मति लाई नै संबिधान ठान्ने हरुको अगाडी सर्वोच्चको फैसलाको के अर्थ?
    महेन्द्रले अरु कुरा हरु गलत गरेको बोलेको भए पनि ई दलहरुको बारेमा चाहिं सहिने बोलेको रहेछ/ भारतको राजनैतिक दलहरु रास्त्रियेताको मुद्दामा यक मत हुन्छन तर तिनीहरुको तत्तु बनेका नेपालका दलहरु महेन्द्रले भनेकै जस्तो छ त् आज पनि जनताले चुनेको कुनै महेन्द्र कै जरुरि महसुस भएको छ/
    थुन्नु पर्ने जनावरहरु “सिंह दरवारमा” छाडा भएको छ, जनतालाई तोक्दै हिदेकोछ, रास्त्रमा रेबिज लगाएको छ/ देसमा एउटा रास्त्रिये नेताको जरुरि छ,
    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2
    • Harke
      हो मदन दाजु, नेपाललाइ राष्ट्रिय नेताको खाचो छ, तर त्यो स्थानमा कुनै अपराधीले लिनु हुदैन…. होईन र ? फेरी अहिले त आरोप मात्रै लागेको हो, अदालतले पुस्टि गर्न बांकी छ ! येस्तोमा ति हत्या आरोपी मन्त्रीले राजिनामा दिएर अदालती कारबाहीलाइ सहज बनाउनु पर्छ, नैतिकता छ भने !
      अन्त्यमा, हेग अदालतले देसको मन्त्रीलाइ दण्डित गर्नु भन्दा हाम्रो देशकै सर्बोच्च अदालतले न्यायिक फैसला गर्नु राम्रो हो ! कि कसो ?
      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3
      • madan bajracharya
        हर्के ज्यु
        हुनत नेपालको राजनीतिमा अपराध नगरेको को छ? देसको निर्माण गर्ने राजा पृथ्बी नारायन शाहले पनि कीर्तिपुरेहरुको नाक कान काटेको थियो/ के त्यो चांनचुनको अपराध थियो? थिएनन् तापनि उसको त्यी जघन्य अपराध पनि उसले गरेको रास्ट्र निर्माणको सद्गुनले पखालिए/
        हर्के ज्यु तपाईंले अपराधि कसलाई भनेको हो किन भनेको हो त्यो म राम्रै बुझेको छुँ र त्यो कुरामा मा बिबाद र बहस गर्नु को अब अर्थ देख्दिन/ कारण मावोबादिले जुन मागको निमित तपाईंले अपाराध भनेको कर्म गरेको थियो आज तिनै माग सबैको रास्त्रिये माग बनेको छ त् बास्तविक अपराधि को हो?
        मनि लिउं मावोबादी पहिला अपराधि नै हो तर उ सुध्रिन खोजेको स्पस्ट महसुस हुन्छ तर कांग्रेस र एमाले अनि मध्य देस बादी हरु झन् झनै अपराधि बन्दै गएको छ यो बारेमा पनि सन्तुलित बिचार सुन्न पाउ भनि अनुरोध गर्छु/
        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
  • Suman
    सरकार परिवर्तन हुन्छ , र यो कुरा तेसै सेलाउछ , र छ महिना पछि सबैले बिर्सनछन्, बेकार को नाटक
    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
  • Bir Bahadur Gurung
    युद्ध काल मा हतियार लिएर मर्न र मार्न जादा पुलिस लाई वा आर्मी लाई मारे पो मुद्दा नलाग्ने . यस्तै गरि हतियार बोकेर हिडेका अरुलाई मारेका माओवादीलाई मारेपो मुद्दा नलाग्ने. साधारण जनता लाई सुराकी भनेर मार्ने, साधारण जनतालाई माओवादी भनेर मार्ने गरेका कसैलाई पनि, चाहे त्यो अग्नि सापकोटा होस चाहे आर्मीको , कसैलाई छोड्न हुदैन. अर्जुन लामाको परिवार लाई मेरो सद्भाव. निर्दोष मान्छेका हत्यारा उम्किन नपाओस .
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 3
  • bhuwan
    लडाईंको मैदान मा कोहि मारिनु छुट्टै कुरा, त्यसलाई युद्ध को परिभाषा ले छोप्ला/ढाक्ला तर कुनै हतियार बिहिन व्यक्ति (त्यो बिरोधी नै किन नहोस) लाई अपहरण गरेर वा पक्राउ गरेर मार्नु मेरो नजरमा त हत्या नै हो त्यो अर्जुन लामा होस् वा मैना सुनुवार
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 0
  • Shree Basanta
    यदि जनता मध्ये तपाई हामिलाइ यस्तो अभियोग लागेको भए प्रहरीले च्याकुल्झाई पारेर लैजनाथ्यो | माओबादीको भएर प्रहरी हच्किनु प्रहरीको ठुलो कमजोरी हो या त्यहाँ पनि माओबादीको छाप रहेछ | अर्को कुरा किटानी जाहेरी परेपछि सापकोटाले आफुलाई निर्दोष साबित गर्ने यथेस्ट अबसर छ | अरु सबैलाई लागू हुने देशको कानून उनलाई किन अमान्य हुने ? यसको बेवास्ता गर्नुबाट उनको संलग्नता झन् जाहेर गर्दछ |
    सरकारमा यस्ता व्यक्ति मन्त्री हुँदा पुरा सरकारी संयन्त्रमा शंका र अविश्वास पैदा गराउछ भन्ने जान्नु पर्दैन झलनाथले ? झल्लु पनि प्रधानमन्त्रि बन्ने सुरमा माओबादीको चरणमा परेको उदाहरण हो यो | उनलाई तु मन्त्रीबाट हटाएर कानूनको मर्यादा गर्नु र जनताको बिस्वास जित्न खोज्नु माओबादी पार्टीको पनि अबसर हो | तर यसो गरिएन भने माओबादी आपराधिक पार्टीका रुपमा जनताका मनमा संधै रहिरहनेछ | देश र सरकारले केहि गर्न सकेन भने अर्जुन लामाकी श्रीमती छोराछोरीको आँशुले माओबादीलाई जिन्दगि भर सरापिरहनेछ | यति मात्र होइन राजनीतिक हत्या भनेर पार्टी द्वारा गरिने यस्ता हत्याका हत्याराले पछी पनि प्रश्रय पाउने छन | तर होस् रहोस यदि साचै उनको इशारामा हत्या भएको रहेछ भने अहिले पो माओबादीको दबदबा छ कुनै बेला जनताले त्यसको राम्रै संग जबाफ दिने छ | समय को कुरा हो |
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3
  • Ratna Thapa
    कनक दीक्षित, कपिल, सुशील, शिवाकोटी आदि पनि तेस्तै हुन् ताक परे तिवारी नत्र गोतामे !
    भन्दै मा मैले ज्यान मारा सभासद लाइ support गरेको होइन तर मुद्दा गर्ने भए आजा सम्म कति निर्दोष जनता को ज्यान गयो के तेस्को केहि लेखा जोखा गर्नु भा छ human rights वोकिल साब हरु ? बेकार मा भाजो नहालौ
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 41
  • pradeep
    वाहियात , उसो भए त्यो बेला सरकार र सुरक्षा बल मा रहेका सबैलाई मुद्दा लगाए भैगो नि , कनक मणि आदी ईत्यादीलाई हामी राम्ररी चिन्छौं ,य्निहरु सबै शान्ति प्रक्रिया भाड्न लागि परेका छन्, सक्छौ भने बरु द्वन्द एता अपराधिक क्रियाकलापमा संलग्न लागि झुण्ड्याउ , त्यो बेलाको कुरा निकालेर अहिले सहमति आवश्यक भएको बेला ,यो सब भाँड्ने मेलो मात्रै हो !
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 14
  • Rakesh
    बृस्तित शान्ति सम्झौता मै अन्तरास्ट्रिय मानबिय कानुन को सम्मान र पालना गर्ने भने कोले बेक्ती हत्या मा दोषी हरुलाही कानून बमोजिम कारवाही गर्ने र तेस्त मुध्हा हरु फिर्ता नलिने भन्ने बुझिन्छा, नेपाल ले हस्तास्क्षर गरेको जेनेभा महासन्धिको साझा धारा -३ बमोजिम पनि बेक्ती हत्या का दोषी हरुको मुद्धा फिर्ता लिन मिल्दैन , दोषी हरु कानून को कठघरामा उभिनै पर्दछ , तेशाई भएर वर्तमान संचार मन्त्रि ले पनि कानून बमोजिम को सजाय पाउनु पर्दछ , बेक्ती हत्या मा दोषी लाही राजनैतिक रङ्ग दिएर जोगाएर दण्ड हिनता बदौना पहिन्न /
    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0
  • तेसो हो भने त माओवादीका कुनै पनि नेता मन्त्रि बन्न पाउदैनन किनकी द्वन्दकालमा जति पनि मान्छे मारिए ति सबै यिनै नेताहरुको आदेशमा रहेका कार्यकर्ताहरुबाट मारिएका हुन् भने मार्ने र मार्न आदेश दिने सबै दोषी हुन् |
    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 9
  • mahesh cumar
    हटाउनु त पर्छ पर्छ मानेन भने घोक्रेठ्याक गरि पठाउनु पर्छ !!!! ज्यानमारा कम्युनिस्ट मन्त्रि बन्नु हरहालतमा नाजायत छ !!! भोलि यी हत्यारा लाई जेनेभा मा अंतर्रत्रिया अदालत ले बोलाए देश कै इज्जत जानेछ !!!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 91 Thumb down 21
  • Janak
    यदि त्यस्तो मुद्दा परेको भए मन्त्रीले नैतिकता को आधारमा राजिनामा दिनु पर्ने हो यदि नैतिकता भन्ने अलिकति पनि उहा मा बाकी छ भने. तर मलाई लाग्छ उहा ले राजिनामा दिनु हुन्न कुनै पनि हालतमा . खाइ पाई आएको मन्त्रि को कुर्शी कसले छोड्छ हौ.
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 78 Thumb down 11
  • prachanda sharma
    १० बर्षको द्वन्द कालका (खाओबादी तथा माओबादी) सबै दोषी लाइ कारबाहीको घेरामा ल्याउने प्रयास होस् l डलरले उचालेको अधिकार बादीले डलर पाइन्जेल मात्रै उफ्रने छन, द्वन्द पिडित (राज्य पक्ष तथा गैर राज्य पक्ष) ले न्याय पाउनै पर्छ l
    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3
  • ल…. प्रधान न्याधिस खिल राज रेग्मी ज्यु लाई पहिलो एतिहासिक फैसला गर्ने मौका हो यो . तुरुन्त बर्खास्त गर्नु ! किन मन्त्रि बनाको भनेर झलनाथ लाई सोध्नु ! मोहरा लाई पनि सचेत गराउनु !! Best of Lock …….
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 11
  • kedar jee
    बरु संचार मन्त्रीलेचाहिं सर्बोच्च’लाइ हटाउला, नया नेपालमा…………..!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 6
  • rohan
    नेपालमा चोर,डाका ,गुण्डा ,फटाह,गुस्या,हत्यारा त नेता वा मंत्री हुन्छन वा राजनीति गर्छन !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4
  • ज्यानमारा को अभियोग लागेका व्यक्तिलाई मन्त्रि जस्तो गरिमामय पदमा नियुक्ति गर्ने व्यक्ति पनि दोषी हुन् र सभासद् जस्तो व्यक्तिलाई फेला नपरेको भनि पन्छने काभ्रे प्रहरी पनि दोशिनै हुन् यिनीहरुलाई पनि कारवाही हुनुपर्छ ज्यानमाराको अभियोग लागेका अग्नि सापकोटाको त सभासद् पद बाट पनि हटाउनु पर्छ / यो झलनाथ खनालको नेतृत्वमा बनेका मन्त्रीहरु कसरि नियुक्ति गरेका होला कोहि ३ देशको नागरिक भएका र कोहि ज्यानमाराको अभियोग लागेका / मन्त्रि बन्न लायक अरु कोहि व्यक्ति नपाएर होकी यस्तालाई सिफारिस गरेको / मन्त्रीको लागि सिफारिस गर्ने पार्टीलाई पनि निर्दोष भन्न सकिन्न र सजायको भागीदार बन्नु पर्छ /
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 6
  • kailash
    कारबाही गर्न जरुरि छ…युद्ध को बेलामा भनेर निर्दोस जनताको पनि धेरै हत्या भयको छ एउटा राम्रो नजिर बस्ने थियो अनि…अरु पनि युद्का नाममा भयका अपराधीहरुलाई कारबाही गर्नी बाटो खुल्नी थियो…आशा गरौ हाम्रा नया प्रधान-नायधिसले खुट्टा नकमौलान….माओबादीले पनि बिरोध गर्न जरुरि छैन किन भने यो मुद्धाले ….नेपाली सेना र प्रहरी बाट भयका अपराधिक घटना हरुमा कारबाही गर्न पनि नजिर बसाल्न सक्छ……धेरै छन् नेपाली सेना र प्रहरीमा पनि……..” मैना” हरुका हत्यारा जो सेनाको र प्रहरीको बर्दिले छोपियरा निर्बाध बसेका छन् …माओबादी जस्तै युद्धको बर्दीमा………आशा गरौ …कारबाही हुन्छ र हुनु पर्छ ……
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 6
  • Sushil
    व्यक्ति हत्यामा संलग्न प्रमाणित भए हदै सम्मको कारबाही हुनु पर्छ. द्वन्दकालका घटनाको बारेमा कारबाही नहुने हो भने मरेका मान्छे द्वन्दकाल पछी फिर्ता आउछन त? कसैलाई छोड्नु हुन्न.
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 3
  • shaloken
    पार्टीको कुरा हैन अग्नि सापकोटा अपराधिक खालका मान्छे हुन् भन्ने सबै जिल्लाबासीलाई थाह छ र यो कुरामा माओबादी पार्टीले पनि अदालतलाई सहयोग गर्नु पर्छ र अदालतले सहि न्याय गरेर जनतालाइ देखाउने बेला आएको छ
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 10
  • यस्ता अपराधी मन्त्रि हरु बाट हामीले अब बन्ने( शंका नै छ तैपनि) संबिधान मा कस्तो कानून को अपेक्षा गर्ने..
    के यस्ता अपराधी लाई मन्त्रि स्तरीय जिम्मेवारी दिनु हुन्न भन्ने कुरा झल्लु लाई थाहा थिएन र ? बिचार झल्लु गरोस पनि के .. सरकार बचाउन यस्ता घृणित लाई पनि मन्त्रि पद दियो तर भन्छन कि पाप धुरी बाट कराउछ, बिचार को प्रधानमन्त्री पद नै अब गुम्ने भो…
    यस्ता अपराधी हरु नै देश चलाउने भए भने देश मात्र अपराधी र हत्यारा हरु को कर्मथलो बन्न पुग्ने छ…
    यस्ता लाई कुनै पनि सार्वजनिक पद मा बस्न दिनु हुन्न र तु झ्यालखाना मा कोची हाल्नुपर्छ… नत्र हाम्रो समाज नै दुषित हुन्छ अझ भनौ धेरै त भैसक्यो यस्ता गधा हरु ले गर्दा…
    कि कसो साथी हो…
    यस्ता हत्यारा र अपराधी हाम्रो देश को संचार मन्त्री रे…
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 6
  • Kamal
    प्रमाणित भएर सापकोटा जेल गए एउटा राम्रो नजीर बन्नेछ| तर मन्त्रि बन्दा मात्र अपराध गरेको कुरो आउने नत्र भए मौन रहन भएन| कनक दीक्षित, कपिल, सुशील, शिवाकोटी आदि कंहा थिए जब सापकोटाले यतिका दिन अपराध गरेर पनि पक्राउ परेका थिएनन| के मन्त्रि हुँदा मात्र अपराध गरेको खुल्न आउने?
    दोरम्बाका क्रुर हत्याराहरु अहिले पनि सेनामा छन् र कोही मजाले रिटायर्ड जीवन बिताई रहेका छन्| किन छानी छानी रिट दिने? अपराधी सबै एकै हुन् जुनसुकै पार्टी र निकायमा हुन्|
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 37
  • Harke
    के माओबादीमा अपराधका आरोपित मान्छे बाहेक अरु नभएकै हुन् त ?
    यदि छन् भने, येस्ता फौजदारी आभियोग लागेका मान्छेहरुलाइ मन्त्रि बनाएर बिबाद चर्काउनु भन्द अन्य दक्ष र बिज्ञहरुलाइ मन्त्रि बनानाउनु नै देशको ठुलो-दलको दायित्व हुनुपर्ने हो !
    एउटा कुसल लडाकु, असल प्रसासक बन्न सकदैन………!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 7
  • सयुक्त्त राष्ट्र संघिय मानव अधिकारको उच्चाआयुक्तले समेत धोषी ठहर गरेका व्यक्ति मुलुकका उच्चा वा जिम्मेवार ठाउमा रहनु असोभनिय मात्र होईन यो लोकतन्त्रकै उपाहस समेत हो यसर्थ अभिलम्ब फिर्ता बोलाई कारबाही गरिनु पर्दछ ताकी आईन्दा मानव अधिकारको हनन नहुन . सबैले बाच्न पाउने अधिकार को सम्मान गरुन र दण्डहिनताको अन्त्य होउन
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 2
  • mahesh
    12 बुड़े समझौता अनुसार युद्द काल माँ राज्य पक्ष बाट लगाइएका सबै मुद्दा फिर्ता गरिने भनिएको होइन? अनि अग्नि सापकोटा को मुद्दा चाहि युद्द काल भन्दा बाहिर को हो? माओबादी का सबै नेता हरु लाइ (प्रचंड, बाबुराम, बादल, किरण) लगाएत का लगभग सबै लाइ प्रत्येक लाइ तत्कालीन राज्य पक्ष ले १०-१२ वटा फौजदारी प्रकृति को मुद्दा लगाएको छ. ती सबै मुद्दा जून तत्कालीन राज्य सत्ता ले लगाएको थियो र ति सबै लाइ अदालती कारबाही को कुरा बनाउने हो भने कहा पुग्दछ शांति प्रक्रिया? के यो शांति प्रक्रिया भाड़ने उदेश्य ले आएको होइन?
    किन माओबादी बिरुद्द मात्रै, गिरिजा, चक्र बास्तोला आदि लाइ पंचायती सत्ता ले डकैती मुद्दा लगाएको होइन? उक्त मुद्दा लाइ बहुदल काल माँ अदालत को कारबाही को कुरा बनाएको हुन्थ्यो भने के हुन्थ्यो होला? के सीपी मैनाली,रोहित लाइ ज्यान मुदा थिएअन? तेस्कारण १२ बुड़े समझौता अनुसार २०५२ बात ६२ सम्म का मुद्दा जून राज्य पक्ष ले लगाएको थियो, त्यों किन खारिज हुदेन आज सम्म? किन ५५ को कुरा लाइ लिएर बालकृष्ण दुन्गेल लाइ मुद्दा हालिएको? अझै १२ बुडे समझौता माओबादी ले मानेन भनेर क़राउने?
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 55
    • madan bajracharya
      दछिंन यसियामै सबै भन्दा पहिलो हवाई जहाज अपहरण गरेको सायद कांग्रेसीले नै हो/ त्यो हवाई जहाज अपहरण गरेर भारु तिस लाख लुतेकोमा पटनाको अदालतले चक्र प्रसाद बास्तोलालाई वारेन्ट जारि गरेको आज सम्म पनि कायम नै छ/
      मावोबादिको जनयुद्ध आज “क्रान्ति” भएको सबैले मानेको छ त् क्रान्तिमा कुनै मर्छ मारिन्छ नै/ तेसो त् सरकारी पछ्य्ले पनि मावोबादिले भन्दा बढी मारेको बेपत्ता गरेको थियो त् कार्यबाही उता पनि हुनु पर्यो/
      अपराध र अपराधीकै कै कुरा गर्ने हो भने संबिधान मिचेर तनक पुर् सन्धि गर्ने गिरिजा लाई सर्वोच्चले समेत रास्त्रिये फताह घोसित गरेको थियो/ खै उसले सजाय पाएको उल्टै गैर कानुनि टनकपुर सन्धि माथि महाकालीको ब्याज समेत बुझाईयो/ सजाय रास्ट्र घाती हरुलाई पहिला गर्नु पर्यो/
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 15
      • Yogesh Aadi
        मदनजी, अन्यथा नलिनुहोला, मूल्यांकनको कसीमा तपाईको प्रतिक्रियाहरू खरो उत्रिएला तर पाठकले पढ्दा भने साह्रै नै मिलाई मिलाई पढ्नु पर्ने हुन्छ / कृपया अलि शुद्ध लेखिदिनु भए सरर सजिलैसंग पढ्न पाइने थियो /
        सिकाएकोमा अन्यथा लिनुहुन्न भने अबदेखि तपाईले टाईप गरिसकेपछि आफैले एकपटक पढ्ने गर्नुस /
        - दर्छिन,लुतेकोमा,मावोबादी,तेसो,पछ्य्ले,कार्यबाही,तनक पुर्, रास्त्रिये, फताह, रास्ट्र घाती आदि गल्ति छन् / यिनीहरूलाई दक्षिण, लुटेकोमा, माओवादी, तेस्रो, पक्षले, कारवाही, टनकपुर, राष्ट्रिय, फटाहा, राष्ट्रघाती गरेर लेख्न सकिन्छ / जसको लागि लेखिसकेपछी सो वाक्यमा कसर राखेर ब्याक क्लिक गर्नुस केहि अप्सन आउँछ त्यसैमा क्लिक गर्नुस /
        - अर्को कुरा बिभक्तिहरू जस्तो; ले,मा,बाट,लाइ,संग,द्द्वारा,देखि.. आदिलाई अगाडिकै वाक्यमा नै जोड्ने गर्नुस / तिनीहरू जोडिन्छन /
        त्यसपछि त मित्र लेख्ने र पढ्ने दुवैलाई सहज हुन्छ /
        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2
    • Saroj
      महेश जी , तपाईको कोहि निर्दोष आफन्त लाई हत्या गरेको भए तपाईलाई कस्तो हुन्थियो , एक पल्ट छातीमा हात राखेर सोच्नुस त / सत्य कुरा लाई सत्य भन्नु पर्छ , असत्य लाई असत्य , अनि मात्र तपाई हामी जस्ता नेपाली हरुको सपना पुरा हुने छ / यो कुनै १२/१३ बुदे को कुरा होइन, यो त एउटा साधारण नागरिक को बाच्न पाउने अधिकारको कुरा हो / १२/१३ बुदे कसले गरे , तिनै माकुने, प्रचण्ड, रामचन्द्र र के पी ओली हरुले होइन ? १२/१३ बुदे गर्दा यिनी हरुले तपाई हामी जनताहरुलाई सोधे ? हो तपाईलाई युद्दकालमा लगाएका मुद्दाहरु खारेज हुनु पर्छ जस्तो लागेको होला , तर याद गर्नुस मित्र प्रजात्रंतमा बहुमत जनताले जे भन्छन , तेस्को जहिले पनि सम्मान हुन्छ, कसैले गल्ति गरेर गंगा मा नुहाएर चोखो हुने चेस्टा नगरे हुन्छ / कुनै हुलले अन्धभक्त भएर कसैले गरेको गल्ति लाई सहि भनेर वकालत गर्छ भने त्यो आफै नाग्निने छ /
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3
      • mahesh
        सरोज जी
        निहत्या निर्दोष भन्ने कुरा होइन, सबै राज्य सत्ता ले आफ्नो बिरोधी लाइ फौजदारी प्रकृति को मुद्दा लगाउदछ. त्यों माओबादी का लाइ मात्रै होइन, कांग्रेस एमाले को नेता लाइ पनी लागैएको थियो. डकैत कांड माँ गिरिजा, चक्र बास्तोला लाइ, धर्मे ढकाल मारिएको माँ सीपी, खडके लाइ पंचायत ले ज्यान मुद्दा नै लागेको थियो. राज्य ले कसरी मुद्दा लगाउदछ भन्ने एक उदाहरण :
        १) घटना को स्थान, मिति: रुकुम को आठ्बिस कोट स्थित प्रहरी कार्यलय “लूटपाट र कब्जा” २०५२ फाल्गुन १ गते
        प्रशासन ले लगाएको मुद्दा: डाका मुद्दा र प्रतिबदी बाबुराम भट्टराई लागाएत अरु माओबादी नेता
        २) घटना को स्थान, मिति: गोरखा को च्यान्गली स्थित साना किसान बैंक कब्जा २०५२ साल फाल्गुन एक गते
        प्रशासन ले लगाएको मुद्दा:
        डॉ. बाबुराम भट्टराई लगाएत का माओबादी नेता हरु
        ३)घटना को स्थान, मिति: सिन्धुली को प्रहरी चौकी माथिकक्ब्जा, २०५२ साल फाल्गुन १ गते
        प्रशासन ले लगाएको मुद्दा: डाका मुद्दा, डॉ. बाबुराम भट्टराई लागैत का माओबादी नेता हरू
        अर्थात फाल्गुन १ गते डॉ. बाबुराम भट्टराई एकै दिन माँ रुकुम, गोरखा र सिन्धुली पुगेर लूटपाट गर्न भ्याएछ्न.
        मैले भन्न खोजेको के हो भने युद्द वा क्रांति काल माँ भएका कुरा हरु लाइ लिएर शांति काल माँ अदालती प्रक्रिया को बिषय बनाउने हो भने शांति प्रक्रिया ले कसरी गति लिन्छ? अझै १२ बुड़े समझौता अनुसार युद्द काल माँ भएका घटना लाइ लिएर राज्य ले लगाएको मुद्दा खारिज गर्ने भने पछि पनी यो कुरा लाइ उठाइंछ भने के एस्ले शांति प्रक्रिया अबरुद्द पार्देन र? तेसमाथी पनी ति कथित मानावाधिकार्बादी को बिगत र बर्तमान हेर्नुस त कुन कोड़ बात कुरा उठ्हिएको छ भने प्रस्ट हुदेन र? फेरी युद्द काल माँ अर्जुन लामा मात्रै होइन १३००० नागरिक मारिएका छन र किन अरु को कुरा नउठ्हिएको हो?
        अर्को कुरा, सरोज जी तपाइँ ले भनी झैँ हाम्रा(मेरो) परिवार को सदस्य लाइ पनि बाटो बात नै चिल ले चल्ला टिपे झैँ टपक्क टिपेर बेपत्ता बनाइएको छ, राज्य पक्ष बात,तेसकारण तेस्को मुल्य हामीलाई र मलाइ पनि थाहा छ, मेरो भन्नु को मतलव के हो भने हिजो आतंकारी घोषित भएका र टाउको को मुल्य तोकिएका हरु लाइ आज को स्थिति मा पनि हिजो को सत्ता ले नै लगाएको मुद्दा लाइ निरन्तरता दिएअर किन शान्ति प्रक्रिया लाइ अबरुद्द पार्ने भन्ने मात्रै हो ?
        हो, बहुमत जनता ले जे भने तेही हुन्छ, के तत्कालिन फासिस्ट सत्ता ले लगाएको मुद्दा लाइ पुनर्जीवित् गरेर शान्ति प्रक्रिया लाइ ध्वस्त पार भन्ने कुरा जनता ले नै भनेको हो र? एदी हो भने कुन प्रक्रिया मार्फत बहुमत जनता ले त्यो कुरा व्यक्त गरे?
        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
  • niraj
    आफलत को अबहेलना गर्ने क्रम बढी राखेको बेला कसरि कर्याँवोयें होला…. ज्यान मुद मा जन्म कैद पयीको सभासद त खुलेआम घुमेको बेला कसरि हुन्छा ये नेता लै कारबाही…??????
    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
  • sushil
    काग कराउदै गर्छ पिना सुक्दै गर्छ ……….हुने वाला केहि छैन यो देश मा .
    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2
  • Rajesh
    यो हत्यारालाई तुरुन्त कारबाई हुनु पर्छ,म पनि काभ्रे को यसैको गाउको भए पनि म यो हत्यारालाई सपोर्ट गर्दिन किनकि यो हत्यारा हो,चाडो भन्दा चाडो कानुनी काठधारमा ल्याएर कारबाई हुनु पर्छ अनि मात्र अर्जुन लामाको परिवारले राहत महसुस गर्छ
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 12
  • हिंसाको खेलले कसैलाई राम्रो स्थानमा पुरयाउदैना/पुगेपनि त्यो क्षणिक हुन्छ/सबैलाई चेतना भया/
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 0
  • sheela
    राज्यले मारेका ती १३ हजारका बारेमा पनि ती तथाकथित मानब अधिकारवाला (जसमा एमालेको टिकट लीइ मोरंगबात् चुनाब हारेका प्याकुरेल पनि छन्!) ले किन एकैपटक संगै कुरा नउठाएर एउटा-दुइटा selective केश छानेका हुन् भनि बुझिन्छ/ यो उनीहरुको इंडिया र अमेरिकाको खुफिया एजेन्सी (रअ + सी आइ ए ) को पैसा पचाउनका लागि मात्र हो अनि तेस बात शान्ति प्रक्रिया भाड्नका लागि हो! यिनले नेपालिलाइ छैन संग बाच्न नदिने भए/ माओबादी को बिरोधमा ‘सुकिला’ को पर्तिकार जुलुस गर्ने पनि यहि कनकेको ग्यांग हो, चेतना भया!
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 53
  • Kedar
    अब पहरो गर्जेला जस्तो छ है /
    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3
  • KISHORE SHAKYA
    माओबादी शान्तीप्रक्रिया अन्तर्गत आइसकेको अवस्थामा, कोहि मानवअधिकारबादीको नाममा कोहि कानुनब्याबसाईको नाममा भारतीय तथा अमेरिकन भरौटेहरु, केहि उनीहरुको बलबुता र बुद्धि केहि उनीहरुको पिताजीहरुको बलबुता र बुद्धि तथा सदयंत्रद्वारा जनयुद्धकालको घटनालाई बिउताउने कामले माओबादी नेता तथा कार्यकर्ताहरुलाई फसाउने कार्य हुदैछ/ येसले नेपालमा शान्तीमा खलल पुर्याउँछ/ तसर्थ नेपाली जनताहरु सबै मिलेर ती भरौटेहरुलाइ बाटो बाटोमा, घर घरमा गएर कसुर अनुसारको दण्ड दिने पर्छ, नत्र फेरी नेपाल जनयुद्ध युधस्थल बन्नसक्छ/ सबैलाई चेतना भया/
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 31
  • Yogesh Aadi
    नेपालको कानून बमोजिम त कुनै पनि फौजदारी अभियोग लागेको व्यक्ति मुद्धाको किनारा नलागेसम्म मन्त्रि नै बन्न नपाउने हो / यस्तो अपराधिक मानसिकता बोकेको व्यक्तिलाइ तुरुन्तै बर्खास्त गरिहाल्नु पर्छ / यो मन्त्रि तथ्यको बलमा भन्दापनि धम्कीको बलमा चिच्याइरहेको हुन्छ /
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 105 Thumb down 31
  • राज श्रेष्ठ
    टेड केनेडीले चलाएको कार दुर्घटना हुँदा उनको कारमा रहेकी यात्रु मेरीको मृत्युको कारणले आफ्नो लोकप्रियताका बाबजुद पनि १९७२ को अमेरिकाको राष्ट्रपति निर्बाचनमा भाग नलिने निर्णय गरे तथापि उनको विजय निश्चित जस्तै थियो र ४७ बर्षसम्म सिनेटरको रुपमा मात्र सीमित रही देशको सेवा गरे| तर यो त नेपाल हो यहाँ त मर्ने मार्ने लुट्ने पिट्ने ढाटने ठग्ने जस्ता काम हाम्रा राजनीतिज्ञको लागि क्यारीयर बनाउने विषयका पाठ्यक्रम (Syllabus) नै हुन् | त्यसैले सापकोटाले मन्त्री खानु के ठुलो कुरा भयो र?
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0
  • Suprabhat Shrestha
    अब नेपाल र नेपालीको लागि एउटा आधार अदालत मात्र बाकि छ/राजनैतिक पार्टी र उसका नेताहरुको त देखिहालियो/अबस्य अदालतले न्याय दिन्छ र राजनैतिक मनपरीतन्त्र लाइ बन्द गर्ने छ/