Thursday, August 22, 2013

तामाकोशी विद्युत आयोजना : प्राधिकरणकै विज्ञलाई नटेरी विदेशीको भर पर्दा पाँच अर्ब घाटा - setopati

किरण भण्डारी
किरण भण्डारी


‘प्राधिकरणले गरेको सुरुङको डिजाइन तेर्सो (होरिजेन्टल) खालको रहेछ । यसको स्लोप बढाएर अलि ओरालो बनाउन उचित हुने हामीलाई लागेको छ,’ नरकन्सल्टका वरिष्ठ प्राविधिक जोहान स्कोर्भले भने । विद्युत प्राधिकरणका उच्च अधिकारीहरुले टनाटन हलमा ती कन्सल्टेन्टले आफ्नो प्रस्तुति अघि बढाइरहे, ‘सुरुङको स्लोप बढाउँदा सुरुङको लम्बाइ पनि छोटो हुन्छ, फाइदैफाइदा हुन्छ ।’ प्राधिकरणका वरिष्ठ इन्जिनयर लीलानाथ भट्टराईलाई नरकन्सल्टको प्रस्ताव चित्त बुझेन । उनले भने, ‘अफगानिस्तानदेखि बर्मासम्मको हिमालय क्षेत्रको चट्टान अन्तको भन्दा कान्छो र नरम छ, यस क्षेत्रमा बढी स्लोपको सुरुङ बनाउनु राम्रो हैन ।’ एक दर्जन अधिकारीहरू कोही पनि बोलेका छैनन् । त्यसपछि फेरि कन्सल्टेन्टले आफ्नो तर्क राखे, ‘हामीले अध्ययन अनुसन्धान गरिरहेका छौं, सुरुङको पानीको प्रेसर मज्जाले धान्न सक्ने चट्टान त्यहाँ छ ।’ प्राधिकरणका उच्च अधिकारीमध्ये भट्टराई नेपालको भू–गर्भ अझ चट्टानबारे जान्नेबुझ्ने प्राविधिक मानिन्छन् । ठूलो कम्पनीको विदेशी कन्सल्टेन्ट भए पनि उनलाई स्कोर्भको तर्क चित्त बुझेन । ‘हिमालय क्षेत्रभित्र पर्ने कुन मुलुकमा कुन बिजुली आयोजनामा यस्तो स्लोप सुरुङ बनाइएको छ,’ भट्टराईले भने, ‘एउटा उदाहरण दिनुस् त महाशय ।’ नरकन्सल्टेन्टका परामर्शदाता पनि आफ्नो प्रस्तावमा पछि हटेनन् । आवश्यक परीक्षण र जाँच पड्ताल सकेर मात्र तेर्सो सुरुङलाई छड्के बनाउने निष्कर्षमा पुगेको बताए । छलफलमा दुईजनाको जुहारी चलिरह्यो । ‘गरिब मुलुकका जनताले तिरेको करबाट बन्न लागेको प्रोजेक्टमा एक्सपेरिमेन्ट गर्न नखोज,’ भट्टराई आवेशमा नै आए, ‘यसरी सुरुङ बनाउँदा तलमाथि प¥यो भने तिमीहरू हर्जाना तिर्छौ ?’ एउटा नेपाली प्राविधिकले दागा धरेको जस्तो ठानेपछि परामर्शदाता पनि जंगिन थाले, ‘मेरो प्राविधिक ज्ञान र नियतमा प्रश्न उठाउने तिमी को हौ ?’ प्राधिकरणका एक उच्च अधिकारीका अनुसार त्यो बहस साम्य पार्न प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक अर्जुन कार्कीले हस्तक्षेप नै गर्नुपरेको थियो । ‘भट्टराई प्राधिकरणका दक्ष सिनियर इन्जिनियर हुन्,’ कार्कीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनले आफ्नो ज्ञान र अनुभवका आधारमा बोलेका हुन् ।’ यो जुहारी ५ वर्ष अघिको हो । तामाकोशी आयोजनाको डिजाइनकै बेला परामर्शदाता इन्जिनियर र प्राधिकरण उच्च अधिकारी एक अर्काको विचारमा सहमत नहुँदै छलफल टुंगियो । नरकन्सल्टले सिफारिस गरेअनुसार नै छड्के सुरुङको डिजाइन भयो । तीन वर्षअघिदेखि दोलखा जिल्लाको लामाबगरमा आयोजनाको निर्माण थालियो । २०७२ चैतमा सक्ने लक्ष्यसहित थालिएको ४ सय ५६ मेगावाटको कार्यप्रगति पनि केही महिना अघिसम्म सन्तोषजनक नै थियो । संयोगले तिनै कन्सल्टेन्ट अहिले फेरि तामकोशीको सुरुङको डिजाइनबारे अहिले प्रस्तुति गर्दै हिँडिरहेका छन् । उही नरकन्सल्ट कम्पनी र तामाकोशी कम्पनी प्राधिकरणका उच्च अधिकारीदेखि कर्मचारी संगठनका नेताहरुलाई । अघिल्लो साता प्राधिकरणमा पाँच वर्ष अघिजस्तै प्रस्तुति भयो । सुन्न बसेका उच्च अधिकारीहरु ५ वर्षअघि जस्तै थिए । प्रस्तुतकर्ता पनि उही । संयोगले ११ तहका हाकिम भट्टराई पनि डाकिएका थिए । ‘नरम चट्टान फेला परेकाले छड्के सुरुङले पानीको प्रेसर धान्न नसक्ने भयो,’ कन्सल्टेन्टले प्रस्तुतिमा भने, ‘अलिकति लामो हुने भए पनि यसलाई तेर्सो नै बनाउनुपर्ने भयो ।’ प्राधिकरणका कायकारी निर्देशक रामेश्वर यादवदेखि उच्च अधिकारी पहिले जस्तै मौन नै बसे । ‘पहिले किन छड्के भन्यौ, अहिले किन तेर्सो?’ कसैले प्रश्न गरेन । मुन्टो मात्र हल्लाइरहे । ‘यसपाला पनि लीलानाथ सरले मात्र बोल्नुभएछ,’ प्राधिकरण कर्मचारी यूनियनका सचिव भूमिनन्द अर्यालले भने, ‘उहाँले हर्जानाको कुरा उठाउँदा नरकन्सल्ट कम्पनीका ती प्रतिनिधिले आलटाल गरेछन् ।’ स्रोतका अनुसार भट्टराईले पाँच वर्षअघिको संवाद पूरै दोहोर्‍याए । ‘गरिब नेपालीको करको पैसामा खेलबाड गरेरै छाड्यौं,’ भट्टराईले भने, ‘अब आयोजनालाई कम्तीमा ५ अर्ब रुपैयाँ घाटा हुन्छ त्यो कसले ब्योहोर्छ ?’ ३५ अर्ब रुपैयाँभन्दा बढी लागतमा बन्न लागेको आयोजनामा बाँधबाट पावर हाउससम्म पानी ल्याउने सुरुङ १६ किलोमिटर लामो छ । त्यसमध्ये ३.५ किलोमिटरको डिजाइन फेल भएको छ जुन त्यो आयोजनाको ‘क्रिटिकल क्षेत्र’ मानिएको ५ किलोमिटर मध्येमै छ । सुरुङको मुख्य भाग रिडिजाइन गर्नुपर्ने भएकाले आयोजना सम्पन्न हुने तीन महिना ढिला हुने र झण्डै २ अर्ब रुपैयाँ थप बजेट लाग्ने औपचारिक जानकारी आयोजनाले नै गराइसकेको छ । प्राधिकरणले भने अनुसार नै तामाकोशी बन्न तीन महिना ढिलो भए पनि मासिक १ अर्ब रुपैयाँ महसुल घाटा हुन्छ । नरकन्सल्टका पहिलाको डिजाइन फेर्नेबारे अध्ययन गर्न नर्वेबाट डाकेका प्राविधिकहरु काम गरिरहेका छन् । तामाकोशीका इञ्जिनियर विमल गुरुङले प्राधिकरणका अधिकारीहरुलाई दिएको जानकारी अनुसार अबको केही दिनमा नै कन्सल्टेन्टको फाइनल रिपोर्ट तयार हुन्छ । तर भट्टराई, अर्का वरिष्ठ प्राविधिक सञ्जीवराज भण्डारी लगायतले भने नरकन्सल्टलाई हर्जाना तिराउनुपर्ने माग गरिरहेका छन् । उनीहरुले प्राधिकरणको वरिष्ठ अधिकारीहरुको बैठकमा ‘तेस्रो पक्षको मूल्यांकन’ को माग गरेका छन् । ‘अन्तर्राष्ट्रिय ख्यातप्रिाप्त कन्सल्टेन्टलाई डाकेर मूल्याङ्कन गर्न लगाउँ,’ भट्टराईले भन्ने गरेका छन्, ‘नरकन्सल्टको डिजाइन उसलाई देखाउँ र हर्जाना पनि माग गरौं ।’
प्राधिकरणका वरिष्ठ इन्जिनयर लीलानाथ भट्टराईलाई नरकन्सल्टको प्रस्ताव चित्त बुझेन । उनले भने, ‘अफगानिस्तानदेखि बर्मासम्मको हिमालय क्षेत्रको चट्टान अन्तको भन्दा कान्छो र नरम छ, यस क्षेत्रमा बढी स्लोपको सुरुङ बनाउनु राम्रो हैन ।’

एक दर्जन अधिकारीहरू कोही पनि बोलेका छैनन् । त्यसपछि फेरि कन्सल्टेन्टले आफ्नो तर्क राखे, ‘हामीले अध्ययन अनुसन्धान गरिरहेका छौं, सुरुङको पानीको प्रेसर मज्जाले धान्न सक्ने चट्टान त्यहाँ छ ।’

प्राधिकरणका उच्च अधिकारीमध्ये भट्टराई नेपालको भू–गर्भ अझ चट्टानबारे जान्नेबुझ्ने प्राविधिक मानिन्छन् । ठूलो कम्पनीको विदेशी कन्सल्टेन्ट भए पनि उनलाई स्कोर्भको तर्क चित्त बुझेन ।

‘हिमालय क्षेत्रभित्र पर्ने कुन मुलुकमा कुन बिजुली आयोजनामा यस्तो स्लोप सुरुङ बनाइएको छ,’ भट्टराईले भने, ‘एउटा उदाहरण दिनुस् त महाशय ।’

नरकन्सल्टेन्टका परामर्शदाता पनि आफ्नो प्रस्तावमा पछि हटेनन् । आवश्यक परीक्षण र जाँच पड्ताल सकेर मात्र तेर्सो सुरुङलाई छड्के बनाउने निष्कर्षमा पुगेको बताए ।

छलफलमा दुईजनाको जुहारी चलिरह्यो । ‘गरिब मुलुकका जनताले तिरेको करबाट बन्न लागेको प्रोजेक्टमा एक्सपेरिमेन्ट गर्न नखोज,’ भट्टराई आवेशमा नै आए, ‘यसरी सुरुङ बनाउँदा तलमाथि प¥यो भने तिमीहरू हर्जाना तिर्छौ ?’

एउटा नेपाली प्राविधिकले दागा धरेको जस्तो ठानेपछि परामर्शदाता पनि जंगिन थाले, ‘मेरो प्राविधिक ज्ञान र नियतमा प्रश्न उठाउने तिमी को हौ ?’

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार त्यो बहस साम्य पार्न प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक अर्जुन कार्कीले हस्तक्षेप नै गर्नुपरेको थियो । ‘भट्टराई प्राधिकरणका दक्ष सिनियर इन्जिनियर हुन्,’ कार्कीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनले आफ्नो ज्ञान र अनुभवका आधारमा बोलेका हुन् ।’

यो जुहारी ५ वर्ष अघिको हो । तामाकोशी आयोजनाको डिजाइनकै बेला परामर्शदाता इन्जिनियर र प्राधिकरण उच्च अधिकारी एक अर्काको विचारमा सहमत नहुँदै छलफल टुंगियो ।
नरकन्सल्टले सिफारिस गरेअनुसार नै छड्के सुरुङको डिजाइन भयो ।

तीन वर्षअघिदेखि दोलखा जिल्लाको लामाबगरमा आयोजनाको निर्माण थालियो । २०७२ चैतमा सक्ने लक्ष्यसहित थालिएको ४ सय ५६ मेगावाटको कार्यप्रगति पनि केही महिना अघिसम्म सन्तोषजनक नै थियो ।

संयोगले तिनै कन्सल्टेन्ट अहिले फेरि तामकोशीको सुरुङको डिजाइनबारे अहिले प्रस्तुति गर्दै हिँडिरहेका छन् । उही नरकन्सल्ट कम्पनी र तामाकोशी कम्पनी प्राधिकरणका उच्च अधिकारीदेखि कर्मचारी संगठनका नेताहरुलाई ।
अघिल्लो साता प्राधिकरणमा पाँच वर्ष अघिजस्तै प्रस्तुति भयो । सुन्न बसेका उच्च अधिकारीहरु ५ वर्षअघि जस्तै थिए । प्रस्तुतकर्ता पनि उही ।
संयोगले ११ तहका हाकिम भट्टराई पनि डाकिएका थिए । ‘नरम चट्टान फेला परेकाले छड्के सुरुङले पानीको प्रेसर धान्न नसक्ने भयो,’ कन्सल्टेन्टले प्रस्तुतिमा भने, ‘अलिकति लामो हुने भए पनि यसलाई तेर्सो नै बनाउनुपर्ने भयो ।’
प्राधिकरणका कायकारी निर्देशक रामेश्वर यादवदेखि उच्च अधिकारी पहिले जस्तै मौन नै बसे ।

‘पहिले किन छड्के भन्यौ, अहिले किन तेर्सो?’ कसैले प्रश्न गरेन । मुन्टो मात्र हल्लाइरहे ।
‘यसपाला पनि लीलानाथ सरले मात्र बोल्नुभएछ,’ प्राधिकरण कर्मचारी यूनियनका सचिव भूमिनन्द अर्यालले भने, ‘उहाँले हर्जानाको कुरा उठाउँदा नरकन्सल्ट कम्पनीका ती प्रतिनिधिले आलटाल गरेछन् ।’

स्रोतका अनुसार भट्टराईले पाँच वर्षअघिको संवाद पूरै दोहोर्‍याए । ‘गरिब नेपालीको करको पैसामा खेलबाड गरेरै छाड्यौं,’ भट्टराईले भने, ‘अब आयोजनालाई कम्तीमा ५ अर्ब रुपैयाँ घाटा हुन्छ त्यो कसले ब्योहोर्छ ?’

३५ अर्ब रुपैयाँभन्दा बढी लागतमा बन्न लागेको आयोजनामा बाँधबाट पावर हाउससम्म पानी ल्याउने सुरुङ १६ किलोमिटर लामो छ । त्यसमध्ये ३.५ किलोमिटरको डिजाइन फेल भएको छ जुन त्यो आयोजनाको ‘क्रिटिकल क्षेत्र’ मानिएको ५ किलोमिटर मध्येमै छ ।

सुरुङको मुख्य भाग रिडिजाइन गर्नुपर्ने भएकाले आयोजना सम्पन्न हुने तीन महिना ढिला हुने र झण्डै २ अर्ब रुपैयाँ थप बजेट लाग्ने औपचारिक जानकारी आयोजनाले नै गराइसकेको छ । प्राधिकरणले भने अनुसार नै तामाकोशी बन्न तीन महिना ढिलो भए पनि मासिक १ अर्ब रुपैयाँ महसुल घाटा हुन्छ ।

नरकन्सल्टका पहिलाको डिजाइन फेर्नेबारे अध्ययन गर्न नर्वेबाट डाकेका प्राविधिकहरु काम गरिरहेका छन् । तामाकोशीका इञ्जिनियर विमल गुरुङले प्राधिकरणका अधिकारीहरुलाई दिएको जानकारी अनुसार अबको केही दिनमा नै कन्सल्टेन्टको फाइनल रिपोर्ट तयार हुन्छ ।
तर भट्टराई, अर्का वरिष्ठ प्राविधिक सञ्जीवराज भण्डारी लगायतले भने नरकन्सल्टलाई हर्जाना तिराउनुपर्ने माग गरिरहेका छन् । उनीहरुले प्राधिकरणको वरिष्ठ अधिकारीहरुको बैठकमा ‘तेस्रो पक्षको मूल्यांकन’ को माग गरेका छन् ।
‘अन्तर्राष्ट्रिय ख्यातप्रिाप्त कन्सल्टेन्टलाई डाकेर मूल्याङ्कन गर्न लगाउँ,’ भट्टराईले भन्ने गरेका छन्, ‘नरकन्सल्टको डिजाइन उसलाई देखाउँ र हर्जाना पनि माग गरौं ।’
- See more at: http://setopati.com/raajneeti/3299/#sthash.W0G9oeYz.dpuf

खुबै रिस उठेको छ ? त्यसोभए यसो गर्नुस् - onlinekhabar

के तपाइँलाई आफैले सन्तुलन गर्न नसक्ने गरि रिस उठ्छ ? अनि रिस शान्त भएपछि पछुताउनुपर्छ ? यदि हो भने नआत्तिनुहोस्, किनकी यस्तो समस्या हुने तपाइँ एक्लो होइन । धेरै मानिसमा यस्तो समस्या हुन्छ ।
ris
तर प्रत्यक्ष परोक्ष रुपमा यस्ता रिसाहा बानिले तपाइँ हाम्रो जिवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पूराउँछ । अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जिवनमा पनि नराम्रो असर पुग्न सक्छ ।
त्यसैले यदि तपाइँमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पूराउँछ भन्ने विषयमा गम्भीर रुपले सोँच्नु आवश्यक हुन्छ । रिसलाई कसरी नियन्त्रण राख्ने वा तातो रिसबाट हुने क्षतिलाई कसरी रोक्ने ? निकै रिस उठेको छ, थाम्नै नसक्ने अवस्था छ भने के गर्ने ? यी टिप्स पालना गर्नुहोस् तर अवश्य पनि तपाइँको रिसको पारो तल झर्नेछ ः
जब तपाइँलाई निकै रिस उठ्छ । तब १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्दि्रत हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ ।
तपाइँलाई जसका कारण पनि रिस उठेको हुनसक्छ । चाहे घरपरिवारका मान्छे, साथीसँगी तथा अन्य व्यक्ति सँग रिस उठेको किन नहोस् तपाइँ रिस उठेका मान्छेको नजिक नबस्नुहोस् र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस् ।
लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।
रिस के कारणले गर्दा उत्पन्न भएको हो ? त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइँ धेरै हदसम्म सफल हुनुहुनेछ । तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन । जब रिसको पारो अलिकति ओर्लिन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस् । यसका लागि तपाइँले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ । अनि त्यो कारण निवारण तर्फ लाग्नुहोस् ।
योगा तथा व्यायामले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यसले मानसिक शान्ति प्रदान गर्नुका साथै तनाव कम गर्न सघाउ पूराउँछ । ध्यान तथा योगाले व्यक्तिको सोँच्ने तरिका तथा परिस्थितिलाई झेल्ने क्षमताको विकाश गराउँछ र जसका कारण रिस नियन्त्रण गर्न सघाउ पुग्छ ।
अरुको गल्तीलाई माफ गर्न सिक्नुहोस् । कहिलेकाहीँ तपाइँको चित्त दुखाउने मानिसलाई माफी दिनसक्नु तपाइँको महानता हुन्छ । यसले तपाइँलाई मानसिक शान्ति प्रदान गर्छ र रिसको कारक तत्व पनि साम्य हुन्छ ।
रिस उठेको बेला तपाइँलाई जे काम गर्नमा आनन्द आउँछ त्यहीँ काम गर्नुहोस् । गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्नुभयो भने तपाइँको मूड परिवर्तन गर्न सघाउ पुग्नेछ र रिसको पारो तल ओर्लनेछ ।

केरा एक फाइदा अनेक - onlinekhabar

केरा सबैलाई मन पर्ने र निकै पौष्टिक फल हो । केराको नियमित भोजनले सरीरमा आवश्यक पर्ने विभिन्न खाले पौष्टिक तत्वको आपर्ूर्ति गर्नुका साथै विभिन्न खाले रोगबाट बचाउन समेत मद्दत गर्छ ।
banana
केरामा प्रसस्तै क्याल्सियम पाइन्छ । जो हड्डी तथा दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । केराको सेवनले पाचन शक्ति बढ्नुका साथै ग्यास्टि्रकजन्य समस्या समेत कम हुन्छ । केरामा घुलनशील फाइबर पेक्टिन समेत हुने भएकाले यसले पाचन क्रियामा सहयोग पूराउँछ ।
केरामा पोटासियम लवण पनि पर्याप्त मात्रामा पाइन्छ । यसले उच्च रक्तचाप, हृदयाघात तथा हाइपरटेन्सनको समस्यालाई कम गर्न सहयोग गर्छ ।
वजन कम भएर चिन्तामा पर्नुभएका छ ?  यदि त्यसो हो भने दैनिक दुइवटा कोसा केरा एक कप दुधमा मिलाएर खानुहोस् । यसले शरीरलाई चाहिने उर्जा प्रदान गर्छ । केरामा आइरन तत्व पनि हुने भएकाले रक्तअल्पताको जोखिम कम गर्छ । अल्सरबाट पीडित रोगीहरुका लागि समेत केराको सेवन फाइदाजनक हुन्छ । केरामा म्याग्नेसियम, भिटामिन ए, बी, सी तथा सोडियम लगायतका पौष्टिक तत्व पनि पाइने भएकाले यसको सेवन निकै महत्वपुर्ण् हुन्छ ।
केरा पाचन क्रियालाई सन्तुलित राख्न निकै लाभदायी हुन्छ । यात्राको क्रममा धेरै मानिसलाई कब्जियतको समस्या हुन्छ । त्यसकारण यात्राको क्रममा पनि केराको सेवन निकै फाइदाजनक हुन्छ र कब्जियतको समस्या हट्छ ।
एक अध्ययनका अनुसार जो मानिस ड्रि्रेसनबाट पीडित छन् उनीहरुलाई केराको सेवन निकै लाभदायक हुन्छ । केरामा ट्रायफोटोन तत्व पाइन्छ जसले दिमागलाई रिल्याक्स बनाइदिन्छ ।
खेलाडिहरुले तथा अन्न नखाने उपबासको बेला केराको सेवन निकै फाइदाजनक हुन्छ । किनकी केराबाट तुरुन्तैै उर्जा प्राप्त हुन्छ ।

जुकर्रबर्गको फेसबुक ह्याक गर्नेलाई ह्याकरहरुले पुरस्कार दिने - onlinekhabar

एकजना प्यालेस्टाइनी युवकले फेसबुकका प्रमुख मार्क जुकर्रबर्गको फेसबुक वाल ह्याक गरेको घटनाले ठूलै तहल्का मच्चायो । फेसबुकको प्राविधिक त्रुटीबारे जानकारी गराउँदा पनि फेसबुक टिमले वेवास्ता गरेको प्रति आक्रोशित हुँदै प्यालेस्टाइनी युवक खालिल श्रेटेहले माफी माग्दै र सचेत गराउँदै जुकर्रबर्गको फेसबुक वाल ह्याक गरेका थिए ।
Khalil_Shreateh_Facebook_Bounty_610x351
फेसबुकले आफ्नो प्राविधिक त्रुटी पत्ता लगाउने विश्वका धेरै मानिसलाई पुरस्कार दिँदै आएको थियो र यस्तो पुरस्कार त्रुटी पत्ता लगाइदिएबापत श्रेटेहले पनि पाउने अपेक्षा सबैको थियो । तर फेसबुले भने श्रेटेहले फेसबुकको नियम उल्लंघन गरेको भन्दै उनलाई पुरस्कार नदिने निर्ण्र्ाागर्यो । फेसबुकले पुरस्कार नदिएर के भो – श्रेटहले उनको आविष्कारका खातिर सबैबाट चर्चा र वाहवाही पाए । यता विश्वभरका ह्याकरहरुले श्रेटेहलाई पुरस्कार नै दिनका लागि हातेमालो गरेका छन् ।
साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने यस्ता ह्वाइट ह्याट ह्याकरहरुले श्रेटेहलाई आर्थिक सहयोग गर्नका लागि प्रयास थालेका छन् । साइबर सेक्युरिटी र्फम बियोण्ड ट्रस्टका मुख्य प्राविधिक अधिकृत मार्क मेफ्रेटले आफ्ना विश्वभरका समकक्षीहरुसँग श्रेटेहलाई पुरस्कार दिनका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । १० हजार डलर संकलन गरी श्रेटेहलाई पुरस्कार स्वरुप उपलब्ध गराउने योजना उनको छ । मंगलबार सम्म ९ हजार डलर संकलन भैसकेको बताइएको छ ।
फेसबुकले श्रेटेहप्रति अन्याय गरेको साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका मेफ्रेटजस्ता ह्याकरहरुको भनाइ छ । फेसबुकले श्रेटेहलाई पुरस्कृत गर्नुपर्ने उनीहरु बताउँछन् ।

Tuesday, August 20, 2013

बिजमाण्डू प्रक्षेपण: धेरै नबिलबाट, एभरेष्ट ‘नेक टु नेक’, चार्टडपछि, १३ बाट २० प्रतिशत बढी - bizmandu

मदन पौडेल/बिजमाण्डू
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको नाफा नोक्शान हिसाव खाता सार्वजनिक गरेका छन् । बाणिज्य बैंकहरुले उच्च नाफासहित सार्वजनिक गरेको विवरणबाट यो बर्ष उनीहरुले लगानीकर्तालाई कति लाभांस दिने हुन् भन्ने हिसाव किताव गर्न समेत लगानीकर्ताले सुरु गरि सकेका छन् ।
बिजमाण्डूले लगानीकर्ताको सजिलाका लागि बाणिज्य बैंकहरुले वाँड्न सक्ने संभावित लाभांसका बारेमा हिसाव किताव गरेको छ । नाफाको बृद्धि दर, पुँजी संरचना, प्रति सेयर आम्दानीका आधारमा केही बैंकका प्रमुख र सेयर विश्लेषकहरुसँग कुराकानी गरेर संभावित लाभांस प्रक्षेपण गरेको हो । विजमाण्डूले प्रक्षेपण गरेको लाभांस नै बैंकहरुले वितरण गर्छन् भन्ने होइन, तर उनीहरुले यसैको वरिपरी भएर लाभांस भने वाँड्ने छन् ।
बैंकहरुले सार्वजनिक गरेको नाफा राष्ट्र बैंकले अन्तिम स्वीकृति दिने समयसम्म सामान्य घटवढ हुन सक्छ । राष्ट्र बैंकलाई शंका लागेका केही ऋणमा नोक्सानी व्यवस्थामा थप रकम छुट्याउन लगाए अहिले सार्वजनिक गरिएको नाफा घट्ने छ । जसले गर्दा लाभांस प्रभावित हुन सक्छ ।
आठ वटा वाणिज्य बैंकहरुले पुँजी बढाउन वोनस सेयर नै वितरण गर्नु पर्ने हुन्छ । जसले गर्दा उनीहरुको लाभांस विगतभन्दा तुलनात्मक रुपमा बृद्धि हुने छ । केही बैंकले पुँजी कोष बृद्धिका लागि वोनस सेयरसहित नगद लाभांस पनि दिने छन् ।
बिजमाण्डू प्रक्षेपणमा सबैभन्दा वढी लाभांस नबिलले दिने छ, बैंकले ५० प्रतिशत नगद र वाँकी २० प्रतिशत वोनस सेयर दिने क्षमता राख्छ । एभरेष्ट बैंकको ६० प्रतिशत लाभांस वाँड्न सक्छ । कुल लाभांसमा आधा नगद र आधा वोनस सेयर हुने सम्भावना छ ।
बैंक गत बर्षको खुद नाफा
(000)
प्रति सेयर आम्दानी
 
गत बर्षको लभांस यो बर्षको संभावित लाभांस % प्रति सेयर नेटवर्थ पिइ रेसियो * एमपिएस रिजर्भ (000) चुक्ता पुँजी (000)
नगद वोनस सेयर
सिटिजन्स 399608 19.01 8.42 10 5 126.98 14.04 260 567149 2101840
सानिमा 304950 15.13 5.5 10   120.76 17.19 245 418530 2016000
एनसिसी 370896 25.23 5.26   18 156.03 8.84 260 823599 1470000
ग्लोबल आइएमइ 552487 22.84 13 5 15 138.48 19.29 440 930536 2418138
सनराइज 319189 15.84 5.26 10 5 122.2 14.58 225 455391 2015000
कुमारी 291548 18.18 7 5 25 166.39 14.3 300 1064823 1603800
प्राइम 479790 20.5 11.58 5 15 131.2 15.8 310 730312 2340405
ग्रान्ड 200534 10.03 7 8   118.06 17.55 180 361190 2000000
एनएमबी 360394 18.02 0 15   131.2 13.98 250 624080 2000000
नबिल 2223323 91.24 60 50 20 314 19.89 1850 5225337 2436841
सिद्धार्थ 490488 30.29 8.42 5 25 165.12 9.9 355 1054516 1619244
इन्भेष्टमेन्ट 1992603 52.85 30 20 20 213.49 14.83 810 4275306 3768008
एभरेष्ट 1471117 91.88 31.58 30 30 342.06 17.32 1780 3875708 1761126
एसबिआइ 775990 32.94 17.5 20 10 168.67 25.8 850 1617711 2355739
माछापुच्छे 148045 5.97 0   5 112.8 33.99 205 317327 2478795
कमर्ज 58620 2.93 0     104.86 7.77 145 97139 2000000
मेगा 177377 7.61 0 5   114.24     331827 2330000
कृषि 2259947 58.55 0     267.88 3.62 270 5778292 9636800
एनआइसी एसिया 619986 26.82 25+7.5 20 20 210.09 20.66 640 2544713 2311552
चार्टर्ड 1217941 65.7 60 10 40 289.07 27.7 1850 3505234 1853900
बिओक 617090 36.64 26.32 6 20 196.93 15.09 580 1632658 1684397
लुम्बिनी 149530 9.34 9.57   10 136.3 21.42 215 581342 1601600
एनबी 590729 29.4 0 20   176 10.2 300 1535301 2009396
राष्ट्रिय बाणिज्य 1517531   0           -7106645  
सेन्चुरी 67661 6.26 0     0 0   143355  
सिभिल 121264 7.56 0 5   107.55 19.7 145 153099 2000000
जनता 197334 9.87 3.68 8   112.89 17.03 170 257887 200000
लक्ष्मी 450205 26.74 10   20 162.39 11.56 340 1056966 1694081
किस्ट -89486 -4.47 0     107     154081 2,000,000
नेपाल बैंक 791505 208.08 0     -922.42 0.82   -3889099 4,000,000
हिमालयन  1024410 37.12 28.42 20 15 204.94 18.86 730 2896420 2760000
नोट: बिजमाण्डूको यो प्रक्षेपण बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरणमा आधारित छ, बैंकहरुको मुनाफा, उनीहरुको वित्तीय अवस्था, यस अघिको लाभांस इतिहास, नियामक निकायले तोकेका शर्तहरुलाई आधार बनाएर यो लाभांस प्रक्षेपण गरिएको हो । नियामक निकायले नयाँ शर्तहरु तोकेमा, बैंक सञ्चालक समितिले आफ्नो छुट्टै नीति तय गरेमा यो लाभांसमा पुरै परिवर्तन पनि हुन सक्नेछ । बिजमाण्डूको यही प्रक्षेपणलाई आधार बनाएर हुने कारोबारको नाफा÷घाटामा हामी जवाफदेही हुने छैनौं ।—सम्पादक        

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले  ४० प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांस वाँड्न सक्छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांस वाँड्न सक्छ, जसमध्ये आधा नगद हुने सम्भावना छ । एनआइसी एसियाले पनि ४० प्रतिशतसम्म लाभांस बाँड्न सक्छ । सेञ्चुरी र राष्ट्रिय बाणिज्य बैंकले अहिलेसम्म साधरण सेयर जारी गरेका छैनन्, मेगा बैंकले सेयर बाँडफाँट गरिसकेको छ, तर नेप्सेमा सूचिकृत भने भैसकेको छैन् ।

फेसबुक प्रमुख जुकरबर्गको फेसबुक अकाउण्ट ह्याक - onlinekhabar

विश्वको नम्वर वान इन्टरनेट सोसल साइट फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्गको फेसबुक अकाउण्ट ह्याक भएको छ । प्यालेस्टाइनका एक ह्याकरले जुकरबर्गको फेसबुक अकाउण्ट ह्याक गरी उनको वालमा लेखिदिएका छन् ।
खालिल श्रेटेहले फेसबुकको प्राविधिक कमजोरी पत्ता लगाएर फेसबुकको मुख्यालयमा जानकारी दिँदा समेत वास्ता नगरेपछि फेसबुकका प्रमुख जुकरबर्गकै फेसबुक अकाउण्ट ह्याक गरेर सबैलाई तरंगित पारेका हुन् ।
1
सुरुमा उनलेे फेसबुकमा रहेको बग अर्थात् कमजोरी पत्ता लगाएर त्यसका बारेमा फेसबुकको मुख्यालयस्थित सुरक्षा टोलीलाई जानकारी गराए । उनले फेसबुकमा एउटा मुख्य प्राविधिक कमजोरी रहेको र त्यो कमजोरीको फाइदा उठाउँदै जो कोहीले पनि अर्काको फेसबुक वालमा प्रवेश गरी जे पनि लेख्न सक्ने कुरा जानकारी गराउँदै त्यसको प्रमाण सहित फेसबुकको सेक्युरिटी फिडब्याक पेजमा लेखि पठाएका थिए । फेसबुकमा भाइरस तथा प्राविधिक त्रुटीहरु पत्ता लगाएर सोही पेजमा जानकारी पठाउनेलाई यसअघि फेसबुकले पुरस्कृत गरेको थाहा पाएका खालिलले पनि आफ्नो नयाँ अनुसन्धानको जानकारी फेसबुकलाई गराएका थिए । तर फेसबुकको सुरक्षा टोलीले त्यसलाई वास्ता गरेन । उनले दोश्रो पटक फेरि जानकारी पठाए । दोश्रो पटकमा फेसबुकले उनलाई इमेल लेख्यो । इमेलमा लेखिएको थियो, ‘माफ गर्नुहोला त्यो बग होइन ।’
2
त्यति ठूलो प्राविधिक त्रुटी पत्ता लगाइदिँदा झनै पुरस्कार दिनु पर्नेमा उल्टै त्रुटी नै होइन भनेर फेसबुक पन्छिएपछि झोँक्किएका खालिलले त्यसपछि बल्ल फेसबुकका प्रमुखकै फेसबुक ह्याक गरेर आफ्नो आविष्कार प्रमाणित गर्ने निधो गरे । त्यसपछि उनले जुकरबर्गको फेसबुक ह्याक गरे र जुकरबर्गको वालमा यस्तो लेखे ,’सबैभन्दा पहिले तपाइँको गोप्यता भंग गरेको तथा वालमा पोष्ट गरेकोमा माफी चाहन्छु, मैले फेसबुक टिमलाई सबै रिपोर्ट पठाइसकेपछिको अवस्थामा आखिर यसको विकल्प थिएन ।’ उनले त्यो सँगै परिस्थितिको व्याख्या गर्दै त्यसलाई पुष्टि गर्ने लिंक पनि दिएका छन् ।
जुकरबर्गको अकाउण्ट ह्याक भएको केही मिनेटमै फेसबुकका इन्जिनियरले खालिललाई फोन गरे थप सूचना लिन । अनि सावधानीका लागि उनको अकाउण्ट ब्लक गरियो र बल्ल सुरक्षा टोलीले उक्त प्राविधिक त्रुटीको समाधान गरे । पछि उनको फेसबुक अकाउण्ट पुनः सक्रिय पारियो ।
स्मरण रहोस् यसरी फेसबुकका प्राविधिक त्रुटी पत्ता लगाउनेलाई फेसबुकले पुरस्कार दिने गरेको थियो । तर खालिलाई यस्तो पुरस्कार भने नदिइने भएको छ । जुकरबर्गको फेसबुक वाल ह्याक गरी फेसबुकको सेवाको शर्त उल्लंघन गरेकाले उनलाई इनाम नदिइने भएको हो । तर भविष्यमा पनि यस्तै त्रुटीहरु पत्ता लगाएर सहयोग गर्न भने खालिललाई फेसबुकले आग्रह गरेको छ ।

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित) - onlinekhabar

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा मात्र सिमित छैन । घरको छतमा मनमोहक तथा अनौठो पहाड पनि छ ।
घरको छतमा पहाड ? सुन्दै अपत्यारिलो लाग्ने । पहाडको काखमा घर त हुने कुरा भयो । तर घरको छतमा पहाड कसरी हुन्छ ? आखिर मान्छेले आँट्यो भने हुँदोरहेछ ।
Rocky style villa on the roof of a tower block, Haidian, China - 12 Aug 2013
चीनमा एक जना प्राध्यापकले घरको छतमा पहाड बनाएका छन् । बेइजिङमा रहेको एक २६ तले अपार्टमेन्टको छतमा झांग लिनले स्प्नील पहाड खडा गरेका छन् ।
६ वर्ष लगाएर कैयौँ टन चट्टान छतमा ओसारेर उनले कलात्मक तथा देख्दै असम्भव लाग्ने पहाड तयार पारेका हुन् । छतमाथिको त्यो पहाड निकै मनमोहक छ । त्यसमा पौडी पोखरी, बगैचा लगायतका धेरै संरचना बनाइएका छन् । त्यो साँच्चीकै कुनै चट्टानी पहाड जस्तो देखिन्छ ।
2
उक्त २६ तले भवनको माथिल्लो अपार्टमेन्ट किनेका ती प्रोफेसरले छतमा पहाड खडा गरेपछि त्यो घरको अरु तलामा बस्नेहरु भयभित बनेका छन् । छतको पहाडका कारण घर भत्किन सक्ने भन्दै उनीहरु चिन्तित छन् । साथै पहाड बनाउने नाममा प्राध्यापकले निकै डिस्टर्ब गरेको पनि उनीहरुको अनुभुति छ । अरु छिमेकीलाई पनि छतमा पहाड बनाउने काम चित्त बुझेको छैन ।
3
तर त्यो छतमाथिको पहाड अब धेरै समय रहने छैन । स्थानीय प्रशासनले त्यो पहाडको निर्माण अवैधानिक भएको भन्दै त्यसलाई भत्काउन निर्देशन दिएको छ ।
Rocky style villa on the roof of a tower block, Haidian, China - 12 Aug 2013
6 Rocky style villa on the roof of a tower block, Haidian, China - 12 Aug 2013 8 Rocky style villa on the roof of a tower block, Haidian, China - 12 Aug 2013

यी युनिभर्सिटीमा पढेको होइन भने नेपालमा इन्जिनियरिङ काम गर्न पाइँदैन रे - mysansar

के तपाईँ विदेशमा इन्जिनियरिङ पढ्दै हुनुहुन्छ र पढाइ सकेर नेपालमा आउने सोचमा आउनु हुन्छ ? नेपालमा इन्जिनियरिङ काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स लिनुपर्छ। तपाईँले विदेशमा पढेको युनिभर्सिटीलाई काउन्सिलमा दर्ता भएको हुनुपर्छ। काउन्सिलमा दर्ता नभएको युनिभर्सिटीमा पढेको भए तपाईँले लाइसेन्स पाउनु हुन्न। आज नागरिकमा छापिएको यो समाचारले विदेशमा पढिरहेका नेपालीहरुमा हल्लीखल्ली मच्चिएको छ। समाचारमा काउन्सिल अध्यक्ष शालिग्राम सिंहले भनेका छन्-’परिषदबाट मान्यता नपाएका विदेशी विश्वविद्यालयको उपाधि लिने इन्जिनियरको नाम हाम्रो परिषदमा दर्ता गर्ने छैनौं र लाइसेन्स पनि दिने छैनौं। विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जानुपूर्व नेपाल इन्जिनियरिङ्ग परिषदको अनुमति अनिवार्य छ।’ समाचारमा दर्ता भएका युनिभर्सिटीको सूचि छैन। भित्र हेर्नुस् सूचि र आफ्नो युनिभर्सिटीको नाम खोज्नुस्।
अहिलेसम्म ३८ देशका ५ सय १० युनिभर्सिटीले परिषदको मान्यता पाएको रहेछ।
कुन कुन देशका कति युनिभर्सिटीले मान्यता पाएको छ ?
भारत १ सय ३७,
चीन ३६,
रुस ८०,
रसियन फेड्रेसनका २९,
अमेरिकाका ४१,
युकेका २२,
जापानका ११,
अष्ट्रेलियाका १४,
जर्मनीका ११,
युक्रेनका ३५,
नेदरल्याण्डका ३
फिलिपिन्सका २०,
क्यानडाका ६,
बांग्लादेशका १३,
पाकिस्तानका १२,
बुल्गेरियाका २,
युगोस्लाभियाका ५,
चेकोस्लोभाकियाका ४,
न्युजिल्यान्डका ३,
हंगेरीका ४,
पोल्यान्डका २,
रोमानिया २,
वर्माका २
मलेसियाका १
स्वीट्जरल्याण्ड १,
लेबनान १,
स्लोभानिया १,
थाइल्याण्ड २,
इराक १,
डेनमार्क १,
किरगिज रिपब्लिक १,
टर्कीका १,
अस्ट्रियाका १,
श्रीलंका १,
सिंगापुरका १,
साइप्रस १,
क्युबाका १
फिनल्याण्डका १
001
002
003
004
005
006
007
008
009
010
011
012
013
014
015
016
017
018
019इन्जिनियरिङ काउन्सिलको वेबसाइटमा पीडीएफ हेर्न क्लिक गर्नुस्

पनीरका फाइदै फाइदा - onlinekhabar

दुधमा धेरै पौष्टिक तत्व पाइन्छ । धेरै मानिसलाई दुध पिएर खान मन नपर्न सक्छ । यस्तोमा अन्य दुग्धजन्य पदार्थ भोजन गरेर ती पौष्टिक पदार्थको आपूर्ति गर्न सकिन्छ । पनीर ती मध्ये एक उत्तम विकल्प बन्दछ ।
1
पनीर क्याल्सियमको उत्तम श्रोत हो । यसको नियमित भोजनले दाँत तथा हड्डीलाई स्वस्थ बनाउँछ । यसमा ल्याक्टोजको मात्रा कम हुने भएकाले गुलियोका कारण दाँतमा हुने नकारात्मक असर समेत कम हुन्छ ।
क्याल्सियमका अलावा पनीरमा पर्याप्त मात्रामा भिडामिन डी पनि पाइन्छ । यसले दाँतको छिद्रमा बसेर दाँतलाई क्षति पूराउने किटाणुलाई नष्ट गर्न सहयोग गर्छ ।
जो मानिस कम तौलका कारण चिन्तित हुन्छन् उनीहरुले विशेष रुपमा पनिरको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । पनिरमा हुने प्रोटिन, चिल्लो तथा अन्य लवण वजन बढाउन सहयोगी हुन्छ । अर्को एक अध्ययन अनुसार पनीरमा पाइने प्रोटिनले मानिसमा क्यान्सरको खतरा पनि कम गर्छ ।
पनीरको नियमित सेवनले सरीरमा रगतको मात्रा बढाउँछ र रक्तअल्पताबाट मुक्ति दिलाउँछ । कलेजोलाई स्वस्थ बनाउन तथा सरीरको पोषण शोषण गर्ने क्षमता समेत बढाउँछ ।
साथै इन्सुलिन रेसिस्टेन्स सिन्ड्रोम अर्थात् मधुमेह गराउने खतरा पनि कम गर्छ ।
बढ्दो उमेरसँगै देखिने पेटको समस्यालाई पनि कम गर्छ ।
साथै पिठ्युँ तथा जोर्नी दुख्ने समस्यालाई पनि कम गर्छ ।

Monday, August 19, 2013

गोर्खाल्याण्ड : तथ्य भर्सेज मिथक - onlinekhabar

उपेन्द्रमणि प्रधान
मिथक : गोर्खाल्याण्ड भारतबाट छुट्टिनका लागि मागिएको हो ।
तथ्य : गोर्खाल्याण्ड भारतकै भौगोलिक तथा संवैधानिक परिधिभित्र छुट्टै राज्यका लागि मागिएको हो ।
भारतमा धेरै मान्छे गोर्खाल्याण्डको मुद्दाका विषयमा उत्सुक छन् । तर, धेरैलाई यो विषयमा यथार्थ कुरा थाहा छैन र अधिकांशलाई के भ्रम परेको छ भने गोर्खाल्याण्डलाई भारतबाट छुट्टाउनका लागि गोर्खाहरुले यस्तो माग गरिरहेका हुन् । तर, सत्य कुरा के हो भने गोर्खाल्याण्डको माग भारतीय भौगोलिक तथा संवैधानिक सीमाभित्रैको छुट्टै राज्य स्थापनाका लागि एक इमान्दार तथा नैतिक माग हो ।
भारतीय परिवेशमा गोर्खाहरु को हुन् ?
gorkhaland-mapभारतीय सन्दर्भमा गोर्खाहरु नेपाली राष्ट्रियता भएका भारतीय नागरिक हुन्, जो भारतकै सीमाभित्र बसोबास गर्छन् । भारतीय परिवेशमा गोर्खा भन्ने शब्द नेपाली राष्ट्रियता भएका भारतीय नागरिक र आफुलाई नेपाली भन्ने नेपाली नागरिकबीचको भिन्नताकै लागि प्रयोग गरिएको हो ।
धेरै मानिस भारतीय गोर्खा र नेपाली गोर्खाली भन्ने एउटै हो भन्ने भ्रममा छन् । तर, नेपालको सन्दर्भमा गोर्खा क्षेत्रबाट आएका मानिसलाई गोर्खाली भनिन्छ भनिने भारतीय सन्दर्भमा प्रयोग गरिने गोर्खाको सन्दर्भ बेग्लै हो । धेरै गोर्खाहरु यहीँ माटोका सन्तान हुन् र उनीहरुका पुर्खाहरु नै यहाँ आएका हुन् । उनीहरु भारतमा बसाइँ सरेका होइनन् । तर, स्वतन्त्रतापछि भारतका अन्य भागमा समेत धेरै नेपाली आप्रवासीहरु आएर बसेको भने जग जाहेर छ ।
जमीनसँगै आएका भन्नुको अर्थ के हो ?
१७ औं र १८ औँ शताब्दीमा नेपाली अधिराज्य हिमालय क्षेत्रभर फैलिएको थियो । सन् १७७७ मा नेपालले सिक्किम अधिराज्यमा कब्जा जमाउनुका साथै पश्चिममा कुमाउ, गढवाल तथा काँगडामा पनि सफलतापूर्वक कब्जा जमायो र नेपाल अधिराज्य पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिन पुग्यो ।
तर, सन् १८१४-१६ को नेपाल अंग्रेज युद्धपछि मार्च ४, सन् १८१६ मा भएको सुगौली सन्धीमा नेपाल आफ्नो तराईको धेरै क्षेत्रसँगै सिक्किम, गढवाल, काँगडाको भूमि बि्रटिसलाई सुम्पन तयार भयो । सन् १८६५ को युद्धपछि बि्रटिसले कालिङपोङ र डुअर्समा कब्जा जमायो । त्यसैले ती क्षेत्रमा बस्ने नेपाली, सिक्किमी तथा भुटानी मूलका सबै मानिस स्वतः बि्रटिसको अधीनमा आए र ब्रिटिसले भारत छाडेपछि स्वतः भारतीय भए । त्यस अर्थमा जमीनसँगै आएका भन्ने शव्दाबली प्रयोग भएको हो ।
के ब्रिटिस भारतमा आउनुअघि दार्जीलिङमा गोर्खाहरु थिए ?
इतिहासले के बताउँछ भने दार्जीलिङ क्षेत्रमा नवौँ शताब्दीमै बसोबास सुरु भएको हो । जब गुरु पद्मसम्भव यो क्षेत्रमा आए, तब उनले नबौँ शताब्दीमा यो क्षेत्रमा बुद्ध धर्म स्थापित गरे । त्यसैले यो क्षेत्रमा बि्रटिस आउनु कैयौँ वर्षअघि नै गोर्खाहरुको बसोबास रहेको पुष्टि हुन्छ ।
भारतीय सन्दर्भमा गोर्खा भन्ने शब्द एक छाता शब्दको रुपमा प्रयोग हुन्छ, जसले एउटा एकीकृत समुदायलाई जनाउँछ । दार्जीलिङको सन्दर्भमा रोंग लेप्चा, सोंग लिम्बु, किरात राई , डुक्पा तथा मगर जस्ता आदिवासी समुदायले यो क्षेत्रको ठूलो हिस्सा ओगटेका छन् । त्यसैले यो क्षेत्रमा बस्ने अधिकांश गोर्खा समुदाय आदिवासीका रुपमा रहेका छन् ।
त्यो बाहेक गुरुड, थापा, क्षेत्री, नेवार, सुनुवार, बाहुन, कामी, दमाई, सार्की, भुटिया, थामिन जस्ता समुदाय युद्धपछि यस क्षेत्रमा आएको पाइन्छ । जस्तै सन् १६४२ मा सिक्किम राज्यको स्थापनासँगै तिब्बत र भुटानबाट धेरै भुटिया समुदाय यहाँ आएको पाइन्छ । त्यसैगरी नेपालीहरुको यस क्षेत्रमा प्रवेश सत्रौँ शताब्दीताका नै भएको पाइन्छ । त्यसैले यो क्षेत्रमा बि्रटिस साम्राज्यअघि नै गोर्खा समुदाय रहेको पुष्टि हुन्छ ।
दार्जीलिड र डुअर्समाथि पश्चिम बंगालको ऐतिहासिक दाबी के छ ?
वास्तवमा केही छैन । सन् १९३५ अघिसम्म दार्जीलिड र डुअरस तथा बाँकी पश्चिम बंगालबीच कुनै ऐतिहासिक सम्बन्ध थिएन । सन् १९३५ मा प्रशासनिक हिसाबले एउटै गभर्नरको व्यवस्था हुनु मात्र यी दुई क्षेत्रसँग पश्चिम बंगालको सम्बन्धको धागो हो । सन् १९०५ मा बंगाल छुटि्टएसँगै दार्जीलिडको प्रशासन बिहारको भगलापुर डिभिजनलाई सुम्पिइयो सन् २००७ सम्मका लागि । त्यससँगै हिलमेन एसोसिएसनले सन् १९०७ मा दार्जीलिड र डुअर्सका लागि छुट्टै प्रशासनिक युनिट अहिलेको शव्दमा छुट्टै राज्यको माग अघि सारे । हिमाल, तराई र डुअर्सलाई समेटेर छुट्टै राज्य माग गरिएको त्यो सबैभन्दा पूरानो माग थियो । बि्रटिस सरकारले त्यो मागलाई पूरा नगर्नुको मुख्य कारण भनेको त्यो क्षेत्र पहिले नै नियमन नगरिएको क्षेत्रको रुपमा घोषणा गरिएको थियो । त्यसको अर्थ भारतको अन्य क्षेत्रका लागि बनाइएको कानून दार्जीलिङ र डुअर्स क्षेत्रका लागि स्वतः कार्यानवयन हुँदैनथ्यो ।
गोर्खाल्याण्डको माग किन ?
दार्जीलिङका लागि छुट्टै प्रशासनिक एकाइ, अहिलेको अर्थमा छुट्टै राज्यको माग सन् १९०७ मै उठेको हो । तर सन् १९६५ देखि बंगलादेशी शरणार्थी भित्रिन थाल्नु तथा सन् १९७१ मा बंगलादेश टुक्रिएसँगै पश्चिम बंगाल सरकारले भोट बैंकको रुपमा प्रायोजित तबरले यो क्षेत्रमा बंगाली आप्रवासीहरुलाई पठाएका कारण यहाँका आदिवासी गोर्खा समुदाय, कम्तापुरी तथा राजवंशीहरु सिमान्तकृत हुन पुगे ।गोर्खाल्याण्डको माग पहिचान, संस्कृति, इतिहास, परम्परा तथा दार्जिलिङका जनताको आफ्नो भूमि प्रतिको उन्नत सम्बन्धको रक्षाका लागि उठाइएको हो ।
दाजर्स्लिङका गोर्खाहरु विभिन्न फासीवादी तथा राज्य प्रायोजित बंगाली संगठनहरुबाट समेत प्रताडित छन् । बंगला ओ बंगला भाष बचाओ समिति, अमरा बंगाली, जन जागरण मोर्चा तथा जन चेतना मोर्चा जस्ता संगठनहरुले यहाँका आदिवासी गोर्खाली समुदायलाई अवैध आप्रवासीको आरोप लगाउनुका साथै गोर्खाल्याण्डको माग पनि अवैधानिक भएको बताउने गरेका छन् । उनीहरुले आदिासी गोर्खा समुदाय उनीहरुको पुर्खौली जमिनमा घुसेको बताउँछन् । जसका कारण गोर्खाहरु सामाजिक आर्थिक तथा राजनीतिक रुपमा सिमान्तकृत हुँदैछन् ।
बंगाल यो क्षेत्रका लागि सधै औपनिवेशिक चरित्रको रह्यो । दार्जीलिङ क्षेत्रबाट उठाइएको ठूलो राजश्व बंगालका अरु क्षेत्रको विकाशमा खर्च गरियो जबकी यो क्षेत्रको आधारभुत संरचना निर्माणमा पनि ध्यान दिइएन । जस्तो की दार्जिलिडलाई बाँकी भारतसँग जोड्ने नेसनल हाइवे ५५ सन् २००९ मा पहिरोका कारण भत्किएपछि त्यसलाई अहिलेसम्म पनि पश्चिम बंगाल सरकारले बनाएको छैन । गएको वर्ष डुअर्स क्षेत्रमा भोकमरीका कारण २० जनाको ज्यान गयो तर पश्चिम बंगाल सरकारले भोकमरी नियन्त्रणका लागि केहीपनि गरेको छैन ।
प्रस्तावित गोर्खाल्याण्ड आर्थिक रुपमा सक्षम छ ?
प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र जैविक विविधता, प्राकृतिक दृश्यावली, जलविद्युत, पर्यटन, चिया तथा अन्य श्रोतका हिसाबले धनी छ । दार्जिलिडको चियालाई विश्व व्यापार संगठनले हालै भौगोलिक सूचकको रुपमा सूचिकृत गरेको छ जसका कारण दार्जिलिडको चियाको मुल्य विश्व बजारमा दोब्बर भयो । डुअर्स क्षेत्रमा उत्पादित चियाको माग पनि उच्च छ । प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चिया, पर्यटन लगायतबाटै वर्षेनी १६ सय करोड भन्दा बढि राजश्व संकलन हुने गर्छ । चिया र पर्यटनबाट प्राप्त आयबाटै प्रस्तावित गोर्खाल्याण्ड राज्य आय बढि भएको राज्यका रुपमा स्थापित हुनसक्छ । जलविद्युत, सिमापार व्यापार लगायतका श्रोतबाट प्राप्त आयका कारण प्रस्तावित गोर्खाल्याण्ड राज्यको भारतको सबैभन्दा आर्थिक रुपले सक्षम राज्य बन्न सक्छ ।
के गोर्खाल्याण्डको माग अवैध हो ?
होइन, कुनै पनि भारतीय नागरिका लागि छुट्टै राज्यको माग गर्नु प्रजातान्त्रिक अधिकार हो र हाम्रो संविधानमै नयाँ राज्यको स्थापनाको व्यवस्था गरिएको छ । संविधानको धारा ३ मा नयाँ राज्य स्थापनाको विषयमा विशेष रुपमा उल्लेख गरिएको छ ।
धारा ३ मा कुनै पनि राज्यबाट छुटि्टएर, दुइ वा दुइभन्दा बढि राज्य मिलेर तथा दुइ वा दुइ भन्दा बढि राज्यका भाग मिलेर नयाँ राज्य बनाउने विषयमा संसदले कानून बनाएर निर्णय गर्न सक्ने कुरा उल्लेख गरिएको हुँदा गोर्खाल्याण्डको माग वैधानिक माग हो ।
पश्चिम बंगालले गोर्खाल्याण्डको विरोध गर्नुको कारण
पश्चिम बंगालको विरोधको मुख्य कारण राजस्व नै हो । पश्चिम बंगाल भारतको आर्थिक रुपमा पछाडि परेको राज्यको रुपमा रहेको छ । भौगोलिक हिसाबले पाँचौं ठूलो राज्य भए पनि ठूलो ऋणभारका कारण पश्चिम बंगाल व्यवहारतः टाट पल्टिएको राज्य हो र यो राज्य खासगरी केन्द्र सरकार तथा गोर्खाल्याण्डबाट उठेको राजश्वमै चलिरहेको छ । यदि गोर्खाल्याण्डको स्थापना भएमा पश्चिम बंगालले अहिलकेो आफ्नो राजस्व मध्ये ४० प्रतिशत गुमाउनेछ । त्यसैले दार्जिलिङ पश्चिम बंगालको अभिन्न अंग हो भन्ने पश्चिम बंगाल सुनको अण्डा पार्ने कुखुराको रुपमा रहेको दार्जिलिड गुम्ने भयमा छ । वर्षौदेखि बंगालको अरु क्षेत्रको विकाश गरिदिएको नगदी गाईको रुपमा रहेको दार्जिलिड गुम्ने भय छ उसमा । बंगालले प्रस्तावित गोर्खाल्याण्डको विषयमा सधैं संकुचित तथा विभेदपूर्ण र औपनिवेशिक धारणा राख्दै आएको छ । केही वर्षअघि बंगालका एक जना मन्त्री सुबास चक्रवर्तीले गोर्खालाई खान दिएकै छौँ अब तिमीहरुलाई सुत्न पनि चाहियो ? भनेर प्रश्न गरेका थिए । बंगालीले गोर्खालाई बंगालमा बस्न दिएर दयालु बनेको उनको भनाइ थियो । अन्य बंगाली व्यक्तित्वहरु जस्तै सुमन्त सेन, मुकुन्द मजुमदार, अशोक भट्टचार्जी लगायतले पनि आदिवासी गोर्खालाई विदेशी, घुसुवा लगायतको संज्ञा दिएका थिए । यसले गोर्खाहरुमा असुरक्षाको अनुभुति भएकैले पनि गोर्खाल्याण्डको माग भएकेा हो ।
(दार्जीलिङ टाइम्समा लिखित अग्रेजी भाषाको लेखबाट अनुदित)

Sunday, August 18, 2013

घलेले यसरी सम्झे नाङी, दूराडाँडा र भेंडीगोठ, बताए सडक इन्जिनियरदेखि एमबिएसम्मको अनुभव - bizmandu

विदेश बसे पनि, सम्पत्ती आर्जन गरे पनि फेरी माया त जन्म दिने देशकै लाग्छ । त्यसैले त उनले यसै वर्ष विश्वव्यापी चेन सेराटनसँग काठमाडौंमा पाँच तारे होटल खोल्न सम्झौता गरे, उनको सात अर्ब लगानी हुने यो परियोजना आगामी केही महिनामा सुरु हुनेछ
...

 
एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौं त सानै पो छ
...
जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक÷सचिव पनि हुनसक्थे, तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो, उनले भएको जायजेथा वेचे, एमबिए पढ्न मेलवर्नका लागि उडे
...

धनाढ्य अष्ट्रेलियनको सूचीमा शेष घले यो वर्ष १८० औं स्थानमा छन् । अष्ट्रेलिया सरकारले प्रत्येक वर्ष मार्च–अप्रिलमा ५० मिलियन अष्ट्रेलियन डलरभन्दा बढी सम्पत्ति हुनेको खोजी गरेर सूची सार्वजनिक गर्छ । सरकारी अभिलेखमा लमजुङको नाङी गाउँमा जन्मिएर संघर्ष गर्दै त्यहाँ पुगेका घलेसँग २६५ मिलियन अष्ट्रेलियन डलर (झण्डै २४ अर्ब नेपाली रुपैयाँ) बरावरको सम्पत्ति छ । गत साता मेलवर्नबाट काठमाडौं उत्रिएको बेला उनले आफ्नो संघर्षको कथा सुनाए ।
मेलबर्नको चौकाचौधमा पनि उनले रमाइलो घले वस्ती नाङी बिर्सेका छैनन् । बर्सेनि धनाढ्य अष्ट्रेलियनमा सूचीकृत हुँदा पनि गाउँबेसी, रोपाई, भेंडीगोठका कुरा ताजै छन् । लमजुङको रमाइलो घले वस्तीमा २०१४ सालमा सामान्य किसान परिवारमा उनी जन्मिए ।
दुई छोरामा जेठो उनी, एक दिदी दुई बहिनी । ‘बुवा पात्रोसम्म हेर्न सक्ने साक्षर तर शिक्षामा एकदम सचेत,’ उनी भन्छन्, ‘छोराछोरीलाई पढ्न प्रेरित गर्ने ।’ ४० घर धूरीको सानो गाउँमा रहेको प्राइमरी स्कुलमा ७ वर्षको उमेरमा भर्ना भएका थिए । बज्यै (हजुरआमा) उनलाई डो¥याउदै स्कुल लिएर जान्थिन । बज्यै फर्केपछि उनी फर्किन्थे । ‘बज्यै लट्ठी टेक्दै घरतिर फर्किदा म उहाँले नदेख्ने गरी पछिपछि फर्किरहेको हुन्थें,’ उनी सम्झिन्छन् । एकदिन घरमा यो कुरा थाहा भयो । अब बज्यै, नातिको कक्षा नसिद्धिउन्जेल स्कुलमै धर्ना कस्न थाल्नु भयो । अनि उनको पढ्ने बानी बस्यो । बानी पर्न मात्र गाह्रो भएको थियो, परेपछि उनी पढाईमा रत्तिए । कक्षामा फस्र्ट, सेकेण्ड हुन थाले । 
गाउँको प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरेपछि मिडिल स्कुल पढ्न टाढा जानुपथ्र्यो । तर सानै भएकाले आमा उनलाई टाढा पठाउन तयार हुनु भएन । तर एक वर्ष घरमै शिक्षक राखेर पढाईलाई निरन्तरता दिइयो । त्यसपछि सात कक्षा पढ्न टाढाको दूराडाँडा जाने भए । दूराडाँडा जान घर छाडेको दिन उनी अहिलेपनि घरीघरी सम्झिन्छन् । ‘कतै नगएको म घर छाडेर टाढा जान पर्दा ग्वाँ–ग्वाँ रोएको थिएँ,’ उनी सम्झिन्छन्, ‘घर देखुन्जेल फर्कि फर्कि हेर्दै दूराडाँडातिर लागियो ।’ घले नै घलेले बनेको उनको गाउँ । आफ्नै भाषा र संस्कृति । बाहुनबहुल मिश्रीत वस्तीको दूराडाँडामा  सुरुमा ‘एडजस्ट’ हुन गाह्रो प¥यो उनलाई । दूराडाँडामा उनी भर्ना भएको स्कुल २००९ सालमै हाइस्कुल भइसकेको थियो । गाउँमा एमए पास गरेका एक से एक थिए । उनी नेपाली पनि प्रष्ट बोल्न नजान्ने । ‘विदेश नगएको नेपाली एकैचोटी विकसित देशमा पुगे जस्तो भएको थियो,’ उनी भन्छन् । क्रमशः घुलमिल हुदै गएँ, नेपाली भाषमा पकड दह्रो हुदै गयो । संस्कृति बुझ्दै गएँ । पढाईमा उनी सुरुदेखि नै राम्रा थिए । तर उनीभन्दा अव्वल साथीहरु पनि थिए । तर ति गाउँतिरै हराए÷बरालिए ।
‘तिनको बुवाआमा मेरा जस्तै पढाईमा सचेत भइदिएका भए धेरै उन्नती गर्ने थिए भन्ने उनलाई लाग्छ । दूराडाँडामा शेषसहित ४÷५ जना डेरा लिएर बस्थे । खानको लागि चामल, दाल, नून, तेल घरबाटै आउथ्यो । आफै पकाएर खानुपथ्र्यो । वर्षा, जाडोको छुट्टीमा एकदिन पुरै हिंडेर घर आउँथे । वर्षे छुट्टीमा रोपाईमा सघाउँथे । रोपाई पहाडको गाउँको जीवन शैली अन्यत्रभन्दा फरक खालको हुन्छ । डाँडामा घर हुन्छ, बेसीमा खेती । वर्षा लागेपछि रोपाई गर्न सबैजना खेतमा जान्छन् । गोठमै बसोवास हुन्छ । भदौ लागेपछि गाउँ फर्किने तिहारपछि फेरी बेसी जाडोमा न्यानो हुने भएकाले बेसीमा बास । गर्मी सुरु भएपछि गाउँ अनि वर्षायाममा फेरी बेसी । वर्षायाममा छुट्टी हुने भएकाले दुई महिनाजति रोपाईमा व्यस्त हुन्थे । अरु बेलामा घाँस दाउरा गर्न स्वेच्छिक थियो । मन लागे गयो, नलागे कर हुन्नथ्यो । बाल्यकालमा गाउँमा यस्तै ढुंगा हानेर खेल्थे । ‘गुच्चा पनि बजार नजिकका भुराभुरीले मात्र खेल्न पाउँथे,’ उनी भन्दै थिए, ‘हाम्रो गाउँतिर गुच्चा किन्न पाइन्थेन ।’  तर अलि ठूलो भएपछि भलिबल खेलेको उनलाई याद छ ।
२०३० सालमा दूराडाँडाबाट एसएलसी दिनेमा उनी पनि थिए । स्कुल राम्रो भएपनि फस्र्ट डिभिजन कसैले ल्याउन सकेको थिएन । तर त्यही वर्ष उनीसहित तीनजनाले फस्र्ट डिभिजनमा पास गर्दा जिल्लामै हल्लीखल्ली भएको थियो । तर एसएलसी पास भएकै वर्ष कलेज जान पाएनन्, छिमेकी गाउँमा पढाउन थाले । सानैमा घर छाडेर पढ्न गएकाले आफ्नो संस्कृतिका कुरा धेरै थाहा थिएन । ‘मैंले एक वर्ष गाउमा पढाउँदा रोदीघर लगायतका आफना संस्कृति बुझने मौका पाएँ,’ अहिले सम्झिदा उनलाई त्यो  एक वर्ष खेर गएन, बरु उपलब्धीमुलक भयो भन्ने लाग्छ । स्कुलमा नाटक गर्ने, कविता गीत रचना गर्ने जस्ता सिर्जनात्मक काममा पनि उत्तिकै सक्रिय थिए । तर उनीसँगै फस्र्ट डिभिजनमा पास भएका दुई साथी कलेज पढ्न सहर गइसकेका थिए । यसैले उनी पनि अर्को वर्ष पढ्न काठमाडौं हान्निए ।
एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौं त सानै पो छ । पढ्नमा अव्वल उनले पुल्चोक इन्जिनियरिङमा नाम निकाले । कलेजमा पनि छात्रवृत्ति भेटाएपछि होस्टेलमा बस्न पाए । त्यतिबेला तत्कालिन सोभियत संघमा इन्जिनियरिङ पढ्ने मौका पाइन्थ्यो । सोभियत संघमा इन्जिनियरिङलाई अर्जुन दृष्टि बनाएर उनी मेहनत गर्न थाले । प्रमाणपत्र पास गरेपछि लामोसाँघु–जिरी सडक निर्माण परियोजनामा एक वर्ष जागिर खाएका थिए, उनले । २० वर्षकै उमेरमा छिमेकी गाउँकी जमुनासँग विहे भयो

छात्रवृत्ति पाएपछि १९७९ मा उनी तत्कालिन सोभियत संघ पुगेका थिए । पढ्दा पढ्दै दूर्घटनामा खुट्टा भाँच्चिएर १८ महिना अस्पतालमा गुजार्न परेपछि उनलाई इन्जिनियरिङ सिध्याउन ७ वर्षभन्दा बढी लाग्यो । ‘खुट्टा ठिक नभएको देख्दा खुट्टा काटिन्छ कि जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘डिप्रेसनपनि भएको थियो ।’ हाइवे इन्जिनियर बनेर १९८७ मा स्वदेश फिरेका उनले दार्चुला–बैतडी सडक परियोजनामा जागिर पाइहाले । सबै कुरा ठिकठाक चलिरहेको थियो । जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक÷सचिव पनि हुनसक्थे । तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो । एभरेष्ट होटलमा एजुकेशन फेयर हेर्न उनी गएका थिए । अष्ट्रेलियामा पढ्न आकर्षित गर्न फेयर गरिएको थियो । मेलबर्नको ठूलो तस्वीर टाँगिएको थियो । जोडेको जग्गा जमिन बेचेर उनले मेलवर्न जान आवेदन गरे ।
मेलबर्नमा उनी साताको सातै दिन काम गर्थे,  कलेजमा पनि नियमित विद्यार्थी  थिए । एमबिए गरेपछि अलि राम्रै काम पाए । तैपनि उनी थप कमाईका लागि फलफूल टिप्न टाढासम्म पुग्थे । सन १९९५ मा अष्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीहरुलाई परमानेन्ट रेसिडेन्ट दिने योजना ल्यायो । उनी सजिलै पिआर भइहाले । दिनरात मेहनत गरिरहेका उनले सन २००२ मा बन्द भएको कलेज किनेपछि सफल व्यवसायीको सिंढी उक्लिन थालेको उनी बताउँछन ।
जुन कलेजमा अहिले साढे दुई हजार विद्यार्थी पढ्छन । शिक्षाको व्यवसायबाट आर्जित सम्पत्ति रियलस्टेटमा लगानी गर्न थालेपछि उनले कमाईमा अहिलेको उचाई भेट्टाएका हुन् । विदेश बसे पनि, सम्पत्ती आर्जन गरे पनि फेरी माया त जन्म दिने देशकै लाग्छ । त्यसैले त उनले यसै वर्ष विश्वव्यापी चेन सेराटनसँग काठमाडौंमा पाँच तारे होटल खोल्न सम्झौता गरे, उनको सात अर्ब लगानी हुने यो परियोजना आगामी केही महिनामा सुरु हुनेछ । त्यसबाहेक उनी समाजसेवामा पनि छन्, जहाँबाट उनले देशलाई सम्झिरहेका छन् ।

गिरिजाको भाषण दाइले लेख्नुहुन्थ्यो - nayapatrika

भाइ गणेश थापाको नजरमा दाइ कमल थापा


परिवारका पनि नेता
कमलदाइको बाल्यकाल कमैमात्र सम्झना छ । उहाँ हामी तीन दाजु–भाइभन्दा अलि फरक देखिनुहुन्थ्यो । साथीभाइसँग नाटक, फुटबल खेल्ने, गीत लेख्ने, कविता भन्ने, कलाकारिता गर्ने र ठट्टा गर्ने बानी उहाँको थियो । सानै उमेरदेखि लिडरसिप गर्ने खुबी थियो ।

उहाँले १३ वर्षको उमेरमै एसएलसी पास गर्नुभयो । १७ वर्षमा उहाँ युनिभर्सिटीमा ‘ज्वाइन’ हुनुभएको थियो । युनिभर्सिटी प्रवेश गरेकै वर्ष उहाँ विद्यार्थी मण्डलको सभापति हुनुभयो ।

हाम्रो बुवा आर्मीमा हुनुहुन्थ्यो । एक समय तीनै दाजु–भाइ आर्मीमै गइसकेका थियौँ । ठूलो दाजु नेत्र मात्र सफल हुनुभयो । अहिले उहाँ आर्मीका सेकेन्डम्यान हुनुहुन्छ । कमलदाइले उमेरका कारण आर्मीमा निरन्तरता दिन सक्नुभएन । मेरोचाहिँ के–के भयो । अक्सर बुवाले परिवारमा जहाँ गए पनि नम्बर–वान भएर निस्किनुपर्छ भन्नुहुन्थ्यो । आज हामी तीन दाजुभाइ आ–आफ्नो स्थानमा नम्बर एक पोजिसनमै छौँभन्दा फरक नपर्ला ।

तीन दाजुभाइ अलग भइसकेका छौँ । तर, हामीबीचको सम्बन्ध अत्यन्तै सुमधुर छ । कमलदाइलाई अभिभावक भनुँ वा लिडर, मेरो नजरमा एउटै हो ।

सानैदेखि दाइसँग ‘लिडरसिप क्वालिटी’ थियो । आज परिवार बलियो र युनाइटेड हुनुमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको मान्छु । अप्ठेरो परेका वेला हामीसँगै हुन्छौँ । नेत्रदाइ जेठो भए पनि माहिला भाइको कुरा मान्नुहुन्छ । तीनजना आ–आफ्नो क्षेत्रमा व्यस्त भएकाले खासै भेट हुँदैन । एकै कम्पाउन्डभित्र बस्ने भए पनि कमलदाइसँग मेरो त्यति भेट हँुदैन । तर, सँगै भएको वेला फुटबलदेखि मुलुकको राजनीतिसम्मका गहकिलो गफ हुन्छ ।

मैदानमा चड्कन खाएँ
दुवैले सँगै फुटबल खेल्यौँ । नेपालमा त्यति वेला फुटबलको राष्ट्रिय टिम थिएन । काठमाडौं–११ भन्ने चलन थियो । यही काठमाडौं–११ को नामबाट मुलुकको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेलेका थियौँ । मैले लामो समय दाइसँग फुटबल खेल्न अवसर पाइनँ । दाइ डिफेन्समा, म स्ट्राइकरबाट खेल्थेँ । दाइ डटेर फुटबल खेल्नुहुन्थ्यो ।
डिफेन्सबाट आएर हेड पनि गर्न खप्पिस । त्यस वेला अभ्यास गर्ने समय नपाइने । एकदम डेडिकेटेड भएर खेल्नुहुन्थ्यो । कहिलेकाहीँ मैदानमै मलाई गाली पनि गर्नुहुन्थ्यो ।

ज्ञानेश्वरमा बिहानै फुटबल म्याच थियो । घरबाट टाढा हुने भएकाले साथीको घरमा रात बिताउन गएँ । म रातमा बाहिर बस्दा घरमा भने ठूलो हंगामा मच्चिइसकेको रहेछ । घरमा म कहाँ गएँ, के गरेँ भनी खोजी भइरहेको रहेछ । नेत्र र कमलदाइ मेरो खोजीमा निस्किएछन् । वास्तवमा कमलदाइलाई थाहा थियो, यो गणेश ज्ञानेश्वरमै हुन्छ । बिहान सीधै ज्ञानेश्वरको मैदानमा फुटबल खेलिरहेकै स्थानमा आएर कमलदाइले तारा देख्ने गरी चड्कन दिए । त्यो सानो वेलामा खाएको चड्कन अहिले पनि याद आउने गर्छ । उहाँले छिटै फुटबल छाड्नुभयो । सन् १९८१ मा उहाँ फुटबल संघको अध्यक्ष पनि हुनुभयो । २६ वर्षको उमेरमै एन्फा अध्यक्ष भएकोजस्तो लाग्छ ।

कार्यकर्तालाई चिया पनि नखुवाउने
मैले अक्सर देख्छु । अन्य राजनीतिक दलका नेताले आफ्नो कार्यकर्तालाई खुसी पार्न र नजिक राख्न केही न केही गरेकै हुन्छन् । कतिपय दलले जिल्लाबाट काठमाडौंमा ल्याउँदा बसदेखि होटल खर्चसम्म व्यहोर्ने गरेका छन् । कमलदाइको कुरा भने फरक छ । अहिलेसम्म दाइले घरमा कुनै पनि कार्यकर्तालाई चिया खुवाएको थाहा छैन । घरमा आएका कार्यकर्ता पनि काम सकेपछि निस्किहाल्छन् । कमलदाइको घरमा कार्यकर्ताले एक कप पनि चिया खान पाए भने चर्चाको विषय बन्न सक्छ । त्यो कार्यकर्ताले आफूलाई भाग्यमानी सम्झे हुन्छ ।

रिसाएपछि आँखा नदेख्ने
नरम र सरल भाषामा बोल्नुहुन्छ । चित्त नबुझेको अवस्थामा ‘डिप्लोम्याटिक’ तरिकाले ह्यान्डिल गर्नुहुन्छ । कहिलेकाहीँ त्यस्तो अवस्थामा ‘एभोइड’ पनि गर्नुहुन्छ । तर, सबैभन्दा नरामो पक्ष भनेको रिस । कहिलेकाहीँ सन्केर रिसाउने बानी असाध्यै नराम्रो लाग्छ । अलिकति रिसाउँदा त ठीकै हो, तर रिसको सीमा नै हँुदैन । अझ मुढ खराब हुँदा अब खत्तम भनी हामी सोच्छौँ ।

मन नलागेका वेला र मुढ राम्रो नहुँदा केही मतलब राख्नुहुन्न । अगाडि जे–जुकै समस्या होस्, चासो नै दिनुहुन्न । रिसाउँदा कसैलाई टाइम पनि दिनुहुन्न ।
समाजमा बस्दा व्यावहारिक हुनुपर्छ जस्तो लाग्छ, तर उहाँको रिसाउने बानी अव्यावहारिक छ । म सोच्ने गर्छु दाइ सामाजिक नभएको हो कि ? कता–कता अहंजस्तो पनि देखिन्छ । तर, अहिले धेरै परिवर्तन आएको छ ।

पहिला–पहिला त व्यापारी भनेपछि भेट्दै नभेट्ने । कतिपय वेला दाइलाई व्यापारीसँग भेट्दा के हुन्छ भन्ने गर्छु । दाइलाई यस्तो लाग्ने रहेछ, सबै व्यापारीहरू फटाहा हुन्छन् । त्यस्ता व्यक्तिसँग भेट्दा के फाइदा भन्ने सोच्नुहुन्छ । यस्तो अवस्थामा उहाँलाई सबै व्यापारी फटाहा हँुदैनन् भनी सुझाब दिन्छु । अहिले भने उहाँलाई बढी परिपक्व पाएको छु । मिडियामा नराम्रो कुरा आउँदा पनि ‘रियाक्सन’ गर्नुहुन्न । किन लेखिस् भन्नुहुन्न । त्यसलाई सहज रूपमा लिने गरेको देख्छु ।


खानाको सोखिन, सामान्य पहिरन
परिवारमा दाइ खानाको सबैभन्दा सोखिन हुनुहुन्छ । खाना यही र त्यही हुनुपर्छ भन्ने छैन । ‘इन्जोय’ गरी खानुहुन्छ र त्यसको बयान गर्नुहुन्छ । बरु कहिलेकाहीँ हामी मीठो छैन भन्छौँ, तर दाइले आज यो मीठो भएन भनेको सुन्नुपरेको छैन । परिवारमा उहाँलाई खाना खुवाउन पाउँदा अन्य सदस्य खुसी हुन्छन् । तर, उहाँले जिन्दगी भर जाँड, रक्सी, चुरोट खाएको थाहा छैन ।

लुगा लगाउनेमा त्यति सोखिन हुनुहुन्न । बढीजसो नेपाली पोसाकमै देख्छु । कहिलेकाहीँ बाहिर जाँदा क्याजुएल टिसर्ट पनि लगाउनुहुन्छ । मलाई थाहा भएअनुसार लुगामा त्यति धेरै खर्च गर्नुहुन्न । सामान्य नै खर्च हुन्छ । ‘ब्रान्ड कन्सिअस’ देख्दिनँ । कार्यक्रमअनुसार लुगा लगाउनुहुन्छ ।


६:३० बजे घरमै
साँझ कुनै कार्यक्रम नभएको अवस्थामा उहाँ ९९ प्रतिशत घरमै आउनुहुन्छ । घरमा आउन साँझको ६.३० बजेभन्दा अबेर गरेको मलाई याद छैन । शान्त स्वभाव भएकाले घर आएपछि पनि उहाँ हो–हल्ला गर्नुहुन्न । किताब पढ्ने र अध्ययनमा लाग्नुहुन्छ । चाँडै घर आउँदा पनि अहिलेसम्म ख्यालठट्टा गरेको देखेको छैन । सधैँ गम्भीर गएर बस्नुहुन्छ ।

हुन त जमानाका फुटबल खेलाडी भएर होला, फिटनेसमा ध्यान राख्नुहुन्छ । अहिलेका नेतामा दाइजतिको ‘फिटनेस कन्सिअस’ भएको नेता पाउदिनँ । पछिल्लो समय लन टेनिसमा व्यस्त रहनुहुन्छ । काठमाडौंदेखि नयाँदिल्लीसम्मको टेनिस प्रतियोगितामा भाग लिनुभएको छ । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको प्रतियोगितामा उहाँको फिटनेस समान छ । फिटनेसकै कारण एकै दिनमा नेपालका एक नम्बर खेलाडी र ३५ वर्षमाथिको एक नम्बर खेलाडीलाई पराजित गर्नुभयो । भर्खर टेनिस खेलको वेला यो कीर्तिमान राख्नुभएको हो । यो सबै फिटनेसकै कारण सम्भव भएको हो ।


फुटबलको उदाहरण दिएँ
मैले पनि दाइलाई सुझाव दिने गरेको छु । जस्तो, ०६२–६३ कै उदाहरण लिन सकिन्छ । मानिस उहाँलाई दरबारनिकट ठान्छन् । तर, मलाई त्यस्तो लाग्दैन । दरबारप्रति आस्थाचाहिँ हो । पढ्दा नै यो मुलुकमा राजा भयो भने राष्ट्र रहन्छ नत्र रहँदैन भन्ने विश्वास थियो । राजा रहे भने नेपालमा एकता हुन्छ भन्ने विश्वास हो । राजा ज्ञानेन्द्रले ‘टेकओभर’ गर्दा दाइ पहिलो च्वाइसमा हुनुहुन्थेन । दर्शन भेटसम्म पाउनुभएन । जब लास्टमा ठूलो क्राइसिस भयो, त्यसपछि मात्र दरबारले दाइलाई सम्झियो । अन्तिम समय मात्र राजा ज्ञानेन्द्रले गृहमन्त्रीको अफर गर्नुभएको थियो ।

वास्तवमा त्यस वेलाको परिस्थिति अनियन्त्रित नै थियो । मैले त्यस वेला अब मुलुकको अवस्था दरबार र तपाईंको हातबाट ‘आउट अफ कन्ट्रोल’ भइसक्यो, यस्तो अवस्थामा राजालाई साथ दिएर केही पनि हँुदैन भनेर सम्झाएको थिएँ । अझ दाइलाई सम्झाउन मैले फुटबलको उदाहरण पनि दिएको थिएँ । खेलमा ८५ मिनेट गइसक्यो र टोली ६–० ले हारिराखेको छ । यस्तो दयनीय अवस्थामा अब म्याराडोना, पेलेजस्ता नामी खेलाडी आए पनि अन्तिम पाँच मिनेटमा ७–६ को नतिजा ल्याउन सम्भव छैन । प्रावधिक रूपमा पनि त्यो सम्भव हुँदैन । यस्तो जटिल अवस्थामा मौका पाउँदा दाइले केही गर्न सक्नुहुन्न भनी सुझाव दिएको थिएँ । यो कुरा सुनेपछि उहाँले ठीकै हो भन्नुभयो । तर, राजासँग हुन्छ भनेर आइसक्नुभएको रहेछ । राजाले आग्रह गरेपछि नाइँ भन्न सक्नुभएन ।

त्यस वेलासम्म पनि केही बिग्रेको छैन, जान हुन्न भनेको थिएँ । मलाई अहिले लाग्छ, त्यस वेला उहाँले जुन किसिमको मौका पाउनुभएको थियो, त्यो वास्तवमा ढिला भइसकेको थियो । उहाँजस्तो मान्छेलाई सुरुमा मौका दिएको भए आजको दिन नआउन सक्थ्यो । योभन्दा अच्चम होला, दाइ प्रजातन्त्रवादी र डेमोक्रयाटिक मान्छे । प्रजातन्त्रवादीलाई टाढा जान दिनुहुन्न भन्ने सिद्धान्त थियो । आन्दोलनका वेला राजा ज्ञानेन्द्रसँग बारम्बार छलफल गर्नुहुन्थ्यो । जनताको भावनाबारे राजालाई स्पष्ट कुरा राख्नुहुन्थ्यो । राजाबाट पनि सोही भावनाका साथ राजसंस्था जनतालाई बुझाइयो ।


दरबारसँग मतान्तर
दाइले आफ्नो सिद्धान्त अहिलेसम्म त्यागेकोजस्तो लाग्दैन । हिजो शाहीकालमा र पञ्चायती व्यवस्थामा पनि राजासँग काम गर्नुभयो । धेरैले राजावादी र दरबारको एकदम विश्वासिला व्यक्ति भन्छन् । तर, शाही कालमा गृहमन्त्री हुँदा धेरै पक्षमा दरबारसँग उहाँको मतान्तर थियो । त्यस वेला मानवीय क्षति नहोस् भन्ने चिन्ता थियो । यस्तै, विषयमा दरबारका मान्छेसँग मतान्तर हुन्थ्यो । उहाँले दरबारका सचिवले भनेको कुरा मान्नुभएन ।

त्यस वेला दरबारवरिपरिका मान्छे उहाँका विरोधी थिए । दरबारभित्रको खराब र स्वार्थपूर्ण राजनीति दाइलाई पटक्कै मन पर्दैनथ्यो । आफ्नो काम नगर्ने भएपछि दरबारका पदाधिकारी विरोधी भए ।

अझ राजाले भनेको कुरा गलत वा अव्यावहारिक लागेमा समेत दोहोरो कुरा गर्नुहुन्थ्यो । त्यो समयमा राजाले बोलेको कुरा कसैले काट्ने हिम्मत गर्दैनथे । राजाको भनाइमा वादविवाद गर्नु भनेको दरबारबाट सीधै बाहिरिनुसरह थियो । तर, दाइले अव्यावहारिक कुरामा राजासँग समेत सम्झौता गर्नुभएन ।


गिरिजाबाबुका लागि भाषण
सानैदेखि दाइ लेखनमा अति नै पोख्त हुनुहुन्थ्यो । बोल्नमा समेत उहाँलाई कसैले जित्न नसक्ने । नेपाली र अंग्रेजी दुवैमा दक्षता थियो । सायद यस्ता क्षमतावान् नेता नेपालमा कमै होलान् ।

योभन्दा कसैलाई पत्यार लाग्दैन होला । गिरिजाबावु प्रधानमन्त्री हुँदा उहाँका कतिपय भाषण कमलदाइले नै लेख्नुभएको मलाई थाहा छ । कहिलेकाहीँ गिरिजाबाबुको भाषणसमेत करेक्सन गर्नुहुन्थ्यो । एकचोटि गिरिजाबाबुले प्रभावित हुँदै भन्नुभयो, ‘कमलजी गलत पार्टीमा पर्नुभयो, तपाईंजस्तो व्यक्तित्व भएको मान्छे हामीकहाँ हुनुपर्ने थियो ।’


सतीले सरापेको देश
नेपाली जनताले उहाँलाई चिन्न नसक्दा भित्रदेखि दु:ख लाग्छ । कहिलेकाहीँ ‘सतीले सरापेको देश’ भन्ने सोच्छु । सायद राजा र दरबारसँग काम गरेकाले होला, अहिलेसम्म मान–सम्मान पाउन नसकेको । अन्य पार्टीका नेता भए, उहाँको अवस्था फरक हुन्थ्यो होला । शाहीकालमा गृहमन्त्री हुँदा प्रतिगामी भनियो । त्यस वेला परिस्थितिले गृहमन्त्री बनायो । गृहमन्त्री हुँदैमा प्रतिगामी भन्न मिल्छ ?

इमेज क्रान्तिकारी नभएर पनि होला, सुरुदेखिकै पृष्ठभूमि पञ्चायती रह्यो । आन्दोलन गरी राजनीतिमा आएको व्यक्ति होइन उहाँ । तर, एक असल नेतामा हुनुपर्ने सबै गुण छ । जो व्यक्तिलाई मुलुकले समेत चिन्न सकेन । सही मूल्यांकन नहुँदा कहिलेकाहीँ हामी भन्ने गर्छौं, ‘बरु तिमी एउटा किताबै लेखी राष्ट्रवादी भएर बस । राष्ट्र जोगाउनुपर्छ भन्ने मान्यता किताब लेखेरै प्रचार गर्दा राम्रो हुन्छ ।’

राष्ट्रवादी र देशको चिन्ता गर्ने मान्छेको यस्तै हुने रहेछ । राष्ट्रियताको पक्षमा कुनै ‘कम्प्रोमाइज’ गर्नुभएन । राष्ट्रवादी र इमानदारिता हुनुमा अपराधजस्तो लाग्छ । यहाँ ‘ब्रह्मलुट’ गरेर गएका नेतालाई पनि राष्ट्रवादी भनेको सुनेको छु । उहाँप्रति मिडिया पनि पूर्वाग्रही देखिन्छन् । मिडियाले इमानदारितासाथ अनुसन्धान गरे, उहाँजतिको राष्ट्रवादी नेता पाउनेछैनन् । यो पक्षमा म घमण्ड गर्न सक्छु । उहाँले मुलुक हाँक्ने अवसर पाएको खण्डमा नेपालको आमूल परिवर्तन हुने देख्छु । मुलुकको कुनै पनि व्यक्तिसँग यस सम्बन्धमा म टेबल–टक गर्न सक्छु ।


चाँडै सडकमा
यति ठूलो परिवर्तन भइसक्यो । मुलुक गणतन्त्रमय बनिसकेको छ । यो संस्थागत रूपमा अगाडि बढ्ने प्रक्रियामा छ । यस्तो माहोलमा दाइले चाँडै सडकमा आएर भाषण गर्न सक्नुहुन्छ जस्तो लागेको थिएन । स्पष्ट भिजन र आफ्नो अडानमा अडिग रहने भएकाले छिटै सडकमा ओर्लिनुभयो । राजतन्त्र पुनस्र्थापनाको एजेन्डाअगाडि बढाउनुभएको छ । राजाले केही दिन्छन् भनेर होइन । एउटा विश्वास हो उहाँको, राजतन्त्र रहे नेपाल रहन्छ । राजा ल्याए के–के न हुन्छ भन्ने होइन ।

अक्सर हामीलाई भन्नुहुन्छ, ‘नेपालमा मैले उठाएको एजेन्डा कार्यान्वयन भए, यहाँ सधैँ शान्ति छाउनेछ, जनजातिबीच झगडा हँुदैन, विदेशी हस्तक्षेप हुँदैन ।’ आज कतिपय स्थानमा उहाँको आत्मविश्वासको तारिफ पनि भइराखेको छ । बिस्तारै सबैले थाहा पाउनेछन्, किन कमल थापा आफ्नो अडानमा सही छन् भनेर । अहिले उहाँको भावना र मिसन धेरैलाई चित्त बुझेको छ । उहाँको लक्ष्य हासिल होला वा नहोला भविष्यले बताउनेछ ।

प्रस्तुति : श्रीलोचन राजोपाध्यायतस्बिर : सतिश पोखरेल

भारतका दश पुर्वाधार विकास आयोजना, जसले हिन्दुस्तानलाई इण्डिया बनाए (तस्वीर समाचार) - bizmandu

कुनैपनि मुलुकका लागि पुर्वाधार गौरवको विषय हो, भारतले विगत केही वर्षमा सडक, रेलमार्ग, विमानस्थल र स्मार्ट सहर अभियानमा अभुतपुर्व प्रगति गरेको छ । भारतका यी पूर्वाधार विश्वस्तरमा निर्माण भैरहेका छन्, जसले हिन्दुस्तानलाई आजको जगमगाउँदै भारत बनाएको छ । जसले भारतलाई विश्वका ठूला अर्थतन्त्रहरुमा एक बनाएको छ ।

मुम्बई इस्टर्न फ्रिवे— भारतको दोस्रो लामो फ्लाइओभर

इन्जिनियरिङको उत्कृष्ठ नमुना मानिएको ओरेन्ज गेटदेखि पञ्जारपुलसम्मको मुम्बइ इस्टर्न फ्रिवे गत जुनमा खुल्यो । यस फ्रिवेबानट दैनिक करिव २५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान गरिएको छ । इस्टर्न फ्रिवे सहरी क्षेत्रमा बनेको मुलुककै लामो सडक हो । यसमा तीनसय १३ पिलर र तीनहजार तीनसय ४० खण्ड छन् । करिव १७ किलोमिटर लामो इस्टर्न फ्रिवे ९.२९ किलोमटिर जमिनबाट माथि उठाइएको सडक, ४.३ किलोमिटर सुरूङ्घ फ्लाइओभर र २ं.५ किलोमिटर फ्लाइओभर रहेको छ । ट्राफिक व्यवस्थापनको दृष्ट्रिकोणले इस्टर्न फ्रिवे मुम्बईको महत्वकांक्षी र बहुप्रतिक्षित आयोजना हो ।


इन्दौर बिआरटिएस— अहमदाबादको अनुशरण

करिव एकसय ३५ करोड भारतीय रुपैयामा यो बिआरटिएस सडक बनेको छ । सहरी यात्रुले प्रत्येक १५ मिनटमा बस सेवा प्राप्त गर्न सक्छन् । यसमा बसको लेन छुट्टाइएको छ र स्टेसन मेट्रो रेलको जस्तो भव्य छ । सम्पुर्ण निर्माण सम्पन्न भएपछि यो सडकको लम्बाई १२०.४६ किmोमटिर हुनेछ । बसको भाडा संकलन गर्न स्मार्ट कार्ड प्रयोग गरिनेछ ।

डबल डेकर रेल

भारतमा पहिलो डबल डेकर रेल सुरुभएको केही वर्ष भयो । तर, भारतले यस्तो रेल धेरै रुटमा सुरु गरिरहेको छ । अप्रिल २५ बाट चेन्नाई र बैंगलोरबीच पूर्णवाताकुनिलित डबल डेकर एक्सप्रेस रेल सञ्चालनमा आएको छ ।
प्रत्येक डिब्बामा फुड ट्रे, वाटर बोटल होल्डर र फोल्डिङ सिटको सुविधा छ । कपुरथला आरसिएफ एक मात्र डबल डेकर एसी कोच बनाउने फ्याक्ट्रि हो । 


भारतको पहिलो सोलार पार्क— गुजरातको चरन्का गाउ

भारतमा उत्पादित सौर्य उर्जामा गुजरातको ६६ प्रतिसत हिस्सा छ । देशको पहिलो सोलार पार्क अप्रिल २०१२ मा चरन्का गाउमा सुरु भयो । करिव पाँच हजार एकडमा फैलिएको चरन्का पार्कमा सौर्य र वायु उर्जा गरी पाँच सय मेगावाट उत्पादन क्षमता छ । सौर्य उर्जा उत्पादक एलेक्स अस्ट्रल, अमेरिकास्थित सन इडिसन, रोहा डाइचेम र जिएमआर गुजरात सोलार पावरले पार्कमा प्लान्ट स्थापना गरेका छन् । जबकी २१४ मेगावाट सौर्य विद्युत १७ वटा राष्ट्रिय र अन्तराष्ट्रिय कम्पनीले स्थापना गरेका हुन् । सुरेन्द्रनगरमा ८७.४९ मेगावाट क्षमताका १० वटा सौर्य उर्जा प्लान्ट छ भने कुचमा ८५ मेगावाट क्षमताको आठवटा र बानसकण्ठमा ५५.०२ मेगावाट क्षमताको तनिवटा र राजकोटमा २५ मेगावाट क्षमताको सौर्य उर्जा प्लान्ट छन् ।

यमुना एक्सप्रेस वे

एक सय ६५ किलोमिटर लामो एमुना एक्सप्रेस वे भारतको अत्याधुनिक छ लेनको बाटो हो । ग्रेटर नोयडा र आगरालाई जोडने यो बाटो पार गर्न केवल ९० मिनेट मात्र लाग्छ । यो एक्सप्रेस वेमा कारका लागि एक सय किलोमिटर प्रतिघन्टा र गह्रौ सवारीका लागि ६० किलोमिटर प्रतिघन्टाको गति सीमा तोकिएको छ । यो एक्सप्रेस वेले दिल्ली र आगराबीच बिनाअवरोधको आवतजावत सुविधा पु¥याउछ ।

बनिहाल-क्वाजिगुण्ड रेल लिंक- भारतको लामो रेल सुरूङ

जम्मु काश्मिरको पिर पञ्जाल पर्वत श्रृखलालाई वारपार गर्ने बनिहाल—क्वाजिगुण्ड ११ किलोमिटर लामो सुरूङ मार्ग भारतको सबैभन्दा लामो र एशियाको दोस्रो लामो हो । यो महत्वकांक्षी बनिहाल—क्वाजिगुण्ड रेलमार्गले ३५ किलोमिटर लामो सडकलाई १७.५ किलोमिटरमा छोटो बनाएको छ । यो सुरूङ पानीको रसाव नहुने र आगलागी नियन्त्रण गर्ने प्रविधी जडान गरिएको छ ।

गुजरातको गिफ्ट सिटी

करिव आठसय ८८ एकडमा फैलिएको गिफ्ट सिटी आन्तरिक पुर्वाधारको क्षेत्रमा विशिष्ट छ । यहाँ सबै प्रकारका सहरी पुर्वाधार जस्तै सडक, मेट्रो रेल र द्रुत बस सेवा हुने्छ ।भारतीय रुपैया ६० हजार करोडको लगानीमा बन्ने गिफ्ट सिटीमा सम्पुर्ण वित्तिय सेवासहितको विशेष आर्थिक क्षेत्र, कर्पोरेट क्षेत्र, क्षेत्रिय कम्पनी र कार्यालय, ट्रेड सेन्टरका साथै सामाजिक पुर्वाधार पनि रहनेछ । यो आयोजनाले आगामी १० वर्षमा थप १० लाख नयाँं रोजगारी र्सिजना गर्नेछ ।
यो सहरमा एयरकण्डिसनको विकल्पमा उर्जामैत्री अत्यन्त फरक किसिमको वातानुकुल प्रविधी जडान गर्ने योजना छ ।


विभिन्न सहरका मेट्रो रेल

दिल्ली मेट्रोको सफलताले साना सहरलाई त्यसतर्फ तानेको छ । बैंगलोरले मेट्रो रेल सुरुगरीसकेको छ भने जयपुर, गुडगाव र मुम्बई यस वर्ष सेवा गर्ने सुरु गर्ने तयारीमा छन् । मुम्बईको चेम्बुर-वादला खण्ड यस वर्षको अन्त्यसम्ममा सञ्चालनमा आउने छ । तेह्र किलोमिटर लामो कोची मेट्रो रेलको अलुभादेखि पालारीभाट्टोम खण्ड सन २०१५ को डिसेम्बरबाट सञ्चालनमा आउने छ भने अर्को खण्ड मार्च २०१६ बाट । हैदराबादको मेट्रो रेल सार्वजनिक निजी साझेदारीमा बन्न लागेको हो । सहरी विकास मन्त्रालयले लखनउ, कानपुर, पटना, पुणे, सुरत, नागपुर, कोइम्बटोर, कोझिकोडे र गुहाटीमा चाडै नै मेट्रो रेल सुरु गर्ने योजना बनाएको छ ।

आधुनिक बन्दै भारतीय विमानस्थल

विश्वका विभन्न मुलुकले विमानस्थलको सेवा सुविधामा विशेष ध्यान दिने गरेका छन् । नयाँदिल्लीको टर्मिनल थ्रितर्फ अगाडि बढीरहेको छ । विमानस्थल र उडान सुरक्षा सबैमा उल्लेख्य प्रगथति भएको छ ।हैदराबाद विमानस्थल स्काईट्याक्सको वल्र्ड एअरपोर्ट एवार्डमा नम्बर एक मा परिसकेको छ । यस्तै मुम्बईको टर्मिनल टु पनि दिल्ली विमानस्थलको टर्मिनल थ्रि को हाराहारीमा उभिने निस्चित छ । कोलकोताको नेताजी सुवास चन्द बोस विमानस्थलको ट्राफिक क्षमता वार्षिक ७.४६ मिलियनबाट बढेर २० मिलियन पुगेको छ । चेन्नाई विमानस्थलपनि नयाँ रुपमा जादैछ ।

चेनाव नदीमाथि विश्वकै अग्लो रेल पुल

संरचना विकासमा नयाँ अध्याय थप्न भारतीय रेलले सन् २०१६ सम्म जम्मु—काश्मिरको चेनाव नदिमाथि विश्वकै अग्लो रेल पुल बनाउने भएको छ ।
रेसी जिल्लामा बन्ने अर्धगोलाकार पुल दिल्लीको कुतुवमिनारभन्दा पाँच गुणा अग्लो अर्थात नदि सतहबाट तीन सय ५९ मिटर उचाईमा बन्नेछ । यो पुलले बारामुल्ला र श्रीनगरलाई जम्मुसँग जोडनेछ ।  यो पुल एकहजार तीन सय १५ मिटर अग्लो हुनेछ ।
इकोनोमिक टाइम्सबाट साभार