Tuesday, July 3, 2012

सरकार हुनु त गद्दाफीको जस्तो !!! - onlinekhabar


अमेरिकाले तानाशाहको बिल्ला भिराउँदै हत्या गरेका लिबियाका पूर्व नेता कर्णेल मुआमार गद्दाफीका विषयमा विभिन्न रोचक तथ्यहरु यसअघि पनि सार्वजनिक भएकै हुन् ।
कतिपयले उनलाई यौनपिपासुको आरोप लगाए भने पश्चिमा जगतले बर्बर तानाशाह भन्यो ।
जसले जे आरोप लगाएपनि कर्णेल मुआमार गद्दाफीले वास्तवमा जनताका लागि त्यस्ता केही अविस्मरणीय काम गरेका थिए जुन विश्वका मै हुँ भन्ने शासकहरुले पनि गर्न सकेका छैनन् ।
वास्तवमा दुनियाले तानाशाह भनेर चिनेका मुआमार गद्दाफी निकै नै देशप्रेमी तथा जनप्रेमी पनि थिए । जनताको पक्षमा मुआमार गद्धाफीले गरेका त्यस्ता अविस्मरणीय काममध्ये केही यहाँ प्रस्तुत गरिएको छ, जुन दुनियालाई कमैमात्र थाहा छ ।
  • गद्दाफीको शासनकालमा लिबियाली जनताले बिजुलीको बिल तिर्नुपर्दैनथ्यो । जनताले निशुल्क रुपमा जतिपनि बिजुली बाल्न पाउँथे ।
  • · गद्दाफी सरकारले जनतालाई निब्र्याजी ऋण दिन्थ्यो । जनताले सजिलैसँग बिना ब्याजको ऋण लिन पाउँथे ।
  • · लिबियामा हरेक व्यक्तिले आवासको सुविधा पाउनु मानव अधिकारको रुपमा थियो । हरेक नागरिकलाई बस्ने घर उपलब्ध गराउनु सरकारको जिम्मेबारीको रुपमा रहेको थियो ।
गद्दाफीले कसमै खाएका थिए की जबसम्म आफ्ना जनताको आफ्नै घर हुँदैन तबसम्म मैले आफ्ना आमाबुवा र आफ्नो लागि पनि निजि घर बनाउँदिन । भनिन्छ सोही कारण गद्दाफी परिवार पालमुनि बस्दथ्यो ।
  • · लिबियामा विवाह बन्धमा बाँधिने हरेक जोडीलाई सुखद जिवनको कामना गर्दै गद्दाफीको तर्फबाट ५० हजार डलर पुरस्कार दिइन्थ्यो । दुनियामा यस्तो चलन सायद अन्त कतै छैन ।
  • · गद्दाफीको शासनकालमा लिबियामा हरेक नागरिकलाई स्व्ाास्थ्य सुविधा पूरै निशुल्क थियो । नागरिकको स्वास्थ्य खर्च सरकारले नै बेहोथ्र्यो ।