Tuesday, January 31, 2012

डीआईजी पक्राउको अन्तरंग - Nepal




पत्नी गीता ढकालको हत्याको अभियोगमा हिरासतमा दिन काटिरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइराला हत्याको ११ दिनपछि मात्र पक्राउ परे । तर, उनी प्रचारमा आएजस्तो सजिलै पक्राउ परेका चाहिँ होइनन् । आखिर के भएको थियो त उनलाई पक्राउ गर्दा ?

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काठमाडौँ प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठलाई फोन गरी गीताका पिताले दिन लागेको कोइरालाविरुद्धको किटानी जाहेरी दर्ता नहुनुको कारण सोधे । ७ माघको साँझ सिटौलाले एसपी श्रेष्ठलाई हत्या नै गरसिकेको हो कि भन्ने आशंका भएकाले पछि अप्ठ्यारो पर्न सक्ने बताउँदै बच्न सुझाव पनि दिए । सिटौलाले उजुरीकर्ताहरूले श्रेष्ठको व्यवहार ठीक नभएको गुनासो पनि गरेको उनलाई सुनाए । त्यसै साँझ प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई दिएको आदेशपछि काठमाडौँ प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । प्रधानमन्त्री भट्टराईलाई आदेश दिन लगाउने भने उनै सिटौला थिए ।

निरन्तरको प्रयासपछि पनि कोइरालाविरुद्धको किटानी जाहेरी दर्ता हुन नसकेपछि गीताका माइती परविारहरू सिटौलालाई गुहार्न पुगेका थिए । सिटौलाले कोइरालासँगै प्रहरीमा प्रवेश गरेका उनका साथी एसपी श्रेष्ठलाई फोन गरेलगत्तै प्रधानमन्त्री भट्टराईको फोन सिटौलाको मोबाइलमा आयो । प्रधानमन्त्रीले शान्ति प्रक्रियामा आएको गतिरोधसँगै प्रमुख राजनीतिक दलहरूका बीच देखापरेको संवादहीनताको अवस्था फुकाउन पहलका लागि सिटौलालाई सम्पर्क गरेका थिए । तर, सिटौलाले यही मौका छोपे । उनले 'अरू कुरा पछि गरौँला, डीआईजी रञ्जन कोइरालाले पत्नी हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न तत्कालै निर्देशन दिनुपर्‍यो' भन्ने आग्रह गरे । त्यसको एकैछिनमा प्रधानमन्त्री निवासबाट फेर िसिटौलालाई फोन आयो र भनियो, पक्राउका लागि आईजीपीलाई नै आदेश दिइएको छ ।

पक्राउ पर्नुअघि आफूलाई अभियोग लगाउने ससुरा हरेराम ढकाल र तिनका नातेदारलाई थर्काउने कामसमेत गर्न भ्याएका उनी सशस्त्र प्रहरीको गाडीमा राजधानी काठमाडौँमै डुलिरहेका थिए । काठमाडौँ प्रहरीले गीताका बाबु ढकाल र कोइरालाका बीच २ माघमा वार्ता गराएको थियो, जसमा कोइरालाले दुई दिनको समय मागे । ४ माघमा हनुमानढोका जाँदा गीताको सकुशल अवस्थाको जानकारी होइन, केही मुन्द्रेहरूसहित उनी देखिए । ढकाल भन्छन्, "हामीलाई तर्साउन खोजियो ।"

पाँच वर्षदेखि सम्बन्ध बिग्रेर अलग बस्दै आएकी गीताले हालेको मानाचामल भराइपाउने मुद्दामा काठमाडौँ जिल्ला अदालतले २७ पुसमा उनका पक्षमा फैसला गरेको थियो । अदालतले त्यस मुद्दामा कोइरालाको मासिक तलबको आधा भराउने आदेश दिएको थियो । उनले आफ्नो तलबको ३३ प्रतिशत रकम नागरकि लगानी कोषमा आफ्नै नाममा बचत गरअिाएकाले कर आदि कट्टी गरी बाँकी भएको १० हजार रुपियाँ मात्रै तलबका रूपमा बुझ्ने गरेका थिए । यस हिसाबले गीताले आदालतको आदेश अनुसार मासिक रूपमा पाँच हजार रुपियाँ पाउने भइन् । जुन दिन अदालतबाट यो आदेश आयो, त्यही साँझ उनले पत्नीको हत्या गरेका थिए ।

हत्यालगत्तै सरकारी गाडीमा गीताको लास हालेर त्रिभुवन राजपथको टिस्टुङ, तेत्राङमा डढाउन पुगेका डीआईजी कोइराला तीन दिनपछि चीनतिर उड्ने प्रयासमा थिए । तर, माइती पक्षको रोकावटका कारण सम्भव भएन । सरकारी खर्चमा चीनको नेसनल डिफेन्स कलेजमा अध्ययन गररिहेका उनी बिदामा २१ पुसमा नेपाल आएका थिए र १ माघमा फर्किने तयारी गर्दै थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठको समेत आग्रहमा महानगरीय प्रहरी आयुक्त एआईजी कुवेर रानाको आदेशले उनलाई चीन उड्नबाट रोकिएको थियो । तर, रहस्यको कुरा के छ भने उनी बिदामा नेपाल आएको रेकर्ड त्रिभुवन विमानस्थलको अध्यागमनमा छैन ।

चीन फर्किन नपाएपछि उनले प्रमाण नष्ट गर्ने थप प्रयत्न सुरु गरे । ७ माघको अपरान्ह पनि लासलाई अझ डढाएर खरानी नै पार्न थप पेट्रोलसहित उनी तेत्राङ पुगेका थिए । गाउँलेले उनलाई लास ढडेको ठाउँमा एक्लो देखेपछि सोधपुछ गर्दै प्रहरीको जिम्मा त लगाए तर स्थानीय प्रहरीले माथिको आदेश थाम्न सकेन र तत्कालै उनलाई छाडिदियो । उन्मुक्त हुँदै त्यहाँबाट हिँडेका उनी चितवनतिर लागे । नारायणढ पुग्नुअघि उनको अन्तरंग महिला मित्र तारा रेग्मीसँग चितवनकै रामनगरमा भेटघाट भयो । राती चितवन नै बसेर भोलिपल्ट दुवै जना सँगै काठमाडौँ फर्किए । पक्राउ नपर्नेमा ढुक्क भएर फर्किए पनि नागढुंगामा प्रहरीले उनलाई पक्राउ गर्‍यो । उनले रेग्मीलाई नपक्रन भने । प्रहरी स्रोतका अनुसार उनकै आग्रहमा रेग्मी नागढुंगाबाटै मुक्त भइन्, जसलाई यतिबेला अनुसन्धानका लागि अत्यावश्क व्यक्तिका रूपमा प्रहरीले खोजी गररिहेको बताएको छ । उनी भने हत्याकाण्डबाट आफू र कोइरालाको मुक्तिका लागि कानुन व्यवसायीसँगको परामर्शमा भएको स्रोतको दाबी छ ।

घटनासम्बन्धी डीआईजी कोइरालाको बयानमा एकरूपता देखिएको छैन । तर, मार्ने उद्देेश्यले नभई भवितव्य परेको सन्देशचाहिँ बयानमा फेरबदल गर्दैपिच्छे कोइरालाले दिन छाडेका छैनन् । अपराधलाई अपराधीहरूले कसरी लुकाउँछन् र त्यसलाई अनुसन्धानकर्ताले कसरी बुझ्छन् भन्नेसम्मको विद्या पढेरै जानेका छन् कोइरालाले । उनले क्रिमिनल जस्िटस एन्ड ल इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन विषयमा अमेरकिाको सेन्ट्रल ओक्लोहामा विश्वविद्यालयबाट ६ वर्ष पहिल्यै स्नातकोत्तर गरसिकेको उनको वैयक्तिक विवरणमा देखिन्छ । त्यसका अतिरत्तिm अपराध अनुसन्धान तालिम, मानव अधिकार तालिम तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा पोस्ट ग्रयाजुएट डिप्लोमा गरेका छन् । कानुन र अपराधशास्त्रका यति धेरै विद्या प्राप्त उनले त्यो ज्ञान पत्नी हत्याको प्रमाण लुकाउन प्रयोग गरेका छन् । र, त्यही अनुसार बयान तोडमोड भइरहेको प्रहरीको भनाइ छ ।

छोराको व्रतबन्धका लागि गीताले नै बोलाएकाले भेट्न गएको र पुगेपछि विवाद हुँदा छिर्के लगाइदिएको, गीता भुइँमा लडेको र त्यसरी लड्दा उनको प्राण सकिएको कथाले अभियुक्तको हत्या गर्ने मनसाय नभएको प्रमाणित गराउँछ । उनले हत्या गर्ने मनसाय नभएको तर भवितव्यले मृत्यु भएपछि त्यसको डरले लास लुकाएर फालेको पुष्टि गराउने प्रयत्न गरेका छन् । अपराध गर्ने मनोवृत्ति होइन, भइसकेपछि लुकाउन खोजेको मात्र हो भन्ने स्थापित गराउन सके कानुनी दाउपेचमा सजिलो पर्छ । र, यस्तो बयान अदालतमा पेस भएमा कानुनको दृष्टिमा मुद्दा कमजोर हुन्छ र अभियुक्तले सजिलै उन्मुक्ति पाउँछन् ।

चीनबाट बिदामा आएका उनले यहाँ सशस्त्र प्रहरी मुख्यालय र आईजीपीलाई जानकारी दिएका थिएनन्, न त उनी र्फकनेबारेकै जानकारी थियो । जबकि, बाहिरबाट आएपछि हेडक्वार्टरमा हाजिर हुनुपर्ने प्रचलन सशस्त्रमा कायम छ । यस्ता कुराको जानकारी उनको बयानमा कहीँकतै छैन । यी कुरा खुल्दा हत्याकै उद्देश्यले उनी चीनबाट आएको र योजनाबद्ध ढंगले हत्या गरेको प्रमाणित हुने डर रहन्छ ।





शरीरका टुक्रा शिक्षण अस्पतालमा




जिल्ला प्रहरी कार्यालय मकवानपुरले टिस्टुङको घटनास्थलबाट संकलन गरएिको गीताको शरीरका टुक्रा २९ पुसमा नै काठमाडौँ पठाएको थियो । बाटोको नजिकै लास डढाएको र पूरा नजलेको अवस्थामा गाउँलेहरूले स्थानीय प्रहरीलाई खबर गरेपछि शरीरका टुक्रा संकलन गरएिको थियो । पोस्टमार्टम गर्नुपर्ने भएकाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जलाई सिफारसिसहित बेवारसिे लास पठाएको हो । त्यतिबेलासम्म त्यो शव गीता ढकालकै हो भन्ने प्रमाण थिएन ।

माइती पक्षले सबैतिर खोजी गर्न थालेपछि बेवारसिे लासमाथि शंका सुरु भएको हो । त्यसो त घटनास्थलबाट संकलन गरेकै भए पनि अझै विधि विज्ञानको हिसाबले लास गीताकै हो भन्ने प्रमाणित हुन समय लागिरहेको छ । किनभने, १२ माघमा मात्र उनका पिता हरेराम ढकालसँग डीएनए परीक्षणका लागि रगत लिइएको छ । दुवैको परीक्षण प्रमाणित भएपछि मात्र परविारलाई अन्तिम संस्कारका लागि जिम्मा दिइने प्रहरीको भनाइ छ ।

Monday, January 30, 2012

गुँदपाक व्यापारी अब जातीय सेन्टिमेन्ट खोज्दै - mysansar


बिर्सनु भएको छैन होला न्युरोडको गुँदपाक कान्ड। वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र प्रहरी तथा सीडीओ कार्यालयले मिलेर गुँदपाक बेच्ने पसल र उत्पादन स्थलमा अकस्मात् छापा मार्दा कस्तो देखिएको थियो भनेर। म्याद गुज्रेका र दुषित मिठाइ प्रयोग गरी दुषित वातावरणमा गुँदपाक तथा पुष्टकारी बनाउने गरेको भेटिएपछि वाणिज्य विभागको कारबाहीमा परेका थिए उत्पादक। अब अहिले उनै उत्पादकले जातीय सेन्टिमेन्टलाई हतियारको रुपमा प्रयोग गर्न खोजेका छन्। नेवाः मिडिया क्लबको आयोजनामा उनीहरुले आज पत्रकार सम्मेलन गरे र आफूहरुलाई फँसाइएको दावी गरे। उनीहरुले आफूहरुलाई अन्याय भयो भनेका छन्।

पत्रकार भेलामा वितरित प्रेस विज्ञप्तिमा मुख्य दावी यस्तो छ-
• भदौ १९ गते अनुगमनका क्रममा कारखानाको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरिएको हो।
• त्यतिबेला देखिएका फोहोर त फ्याँक्नलाई राखेका हौँ। महानगरपालिकाको सफाइ कर्मचारीको हड्ताल भएकोले मात्र फ्याँक्न नपाएको हो।
• न्युज २४ टेलिभिजनले त्यही फोहोर र अरु पसलको फोहोरको दृश्य पनि त्यही समाचारसँग मिलाएर देखाएको हो।
• कारखानाको निरीक्षण पश्चात त्यहाँ कुनै किसिमको अनियमितता नदेखेपछि त्यहाँ तयार गरिएको साम्रागीको नमूना संकलन गरी सम्वन्धित कार्यालयमा उपस्थित हुन भनिएको थियो।
• अनुगमनको क्रममा परिक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य बस्तु मिसावट भएको प्रतिवेदन छैन।
• लाय्ब टेष्टबाट हाम्रा सामाग्रीमा कुनै पनि अखाद्य सामाग्री मिसावट नभएको कुरा नै प्रमाणित भइसकेको छ।
यो कर्नर ताजा गुदँपाक भण्डारका प्रोपाइटर मदनबाबा मास्केको तर्फबाट उनका छोरा मनेन्द्रलाल मास्केले बाँडेको प्रेस विज्ञप्तिका अंश थिए। विज्ञप्तिमा रहेका एउटा कुराले नै अर्कोलाई काट्छ। सुरुमा अनुगमनका क्रममा कारखानाको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरिएको भनिएको छ भने पछि चाहिँ फालिने क्रममा रहेको फोहरहरु चाहिँ थिए है भनिएको छ।
अनुगमनका लागि जाँदा कामदारहरू बजारबाट फर्काइएका लाखामारी, पुष्टकारी, गुँदपाकलगायत मिठाइ फेरि प्रयोगका लागि धुलो पारिरहेका थिए। अनुगमन टोलीले कामदारसँग बयान लिँदा म्याद गुज्रिएका मिठाइ ‘प्रशोधन गरेर फेरि बिक्रीमा पठाउन लागेको’ हो भनेका थिए।
‘म्याद गुज्रेको भनी फर्काइएका’ एक हजार किलोभन्दा बढी लाखामरी, पुष्टकारी र गुँदपाक महानगरपालिकाका कर्मचारीको हड्ताल कै कारण फ्याँक्न नपाइएको भन्ने तर्क विश्वासयोग्य छैन।
विज्ञप्तिमा भनिएको छ- कारखानाको निरीक्षण पश्चात त्यहाँ कुनै किसिमको अनियमितता नदेखेपछि त्यहाँ तयार गरिएको साम्रागीको नमूना संकलन गरी सम्वन्धित कार्यालयमा उपस्थित हुन भनिएको थियो। तर निरीक्षणमा कुनै किसिमको अनियमितता नदेखेको हैन, धेरै किसिमका अनियमितता देखिएको थियो।
अनुगमनका लागि गएका विभागका निरीक्षण अधिकृत कमलबहादुर थापा भन्छन्, ‘हामी कारखाना पुग्दा कामदारहरू बजारबाट फिर्ता आएका मिठाइ धमाधम रिसाइकल गर्दै थिए।’ दुषित मिठाइ प्रशोधन गरेर गुँदपाक बनाएको भेटिएपछि गुँदपाक भण्डारको उत्पादन र बिक्री रोक्का राख्न विभागले निर्देशन दिएको थियो।
विज्ञप्तिमा भनिएको छ- अनुगमनको क्रममा परिक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य बस्तु मिसावट भएको प्रतिवेदन छैन।
यो अर्को झुट हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा नमुना परीक्षण गर्दा ‘संक्रमित र स्वास्थ्यका लागि हानिकारक’प्रमाणित भएको थियो। त्यसैले विभागले खाद्य ऐनअनुसार मुद्दा दर्ता गरिसकेको छ पुसको सुरुमै। उपभोक्ता संरक्षण ऐनअनुसार अर्को मुद्दा पनि दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। आरोप प्रमाणित भए उपभोक्ता संरक्षण ऐनअनुसार गुँदपाक सञ्चालकलाई कम्तीमा पाँचदेखि बढीमा १४ वर्षसम्म कैद वा कम्तीमा ३ देखि बढीमा पाँच लाखसम्म जरिवाना हुन सक्छ।
उनीहरुलाई कालोबजार ऐन अनुसार नियन्त्रणमा लिइएको थियो। पछि उनीहरु १५ लाख धरौटीमा रिहा भए। तर उनीहरुले भनेका छन्, हामीलाई कुन मुद्दा उपर कारवाही चलाइयो भन्ने जानकारी समेत गराइएन।
पुसको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा कालोबजार र खाद्य ऐन अनुसारका मुद्दा किनारा नलाग्दै उनीहरुले फेरि पसल खोलेको भन्दै अनुगमन टोलीले सिलबन्दी गरेको थियो।
यस्ता घटनामा जातीय लेप लगाउनु घातक हैन र? जातीय संस्थाहरुले पनि यस्तोमा सचेत हुनुपर्ने हो। जातीय संस्थाले राम्रो मान्छेलाई समर्थन गर्नुपर्छ, हाम्रो मान्छेलाई हैन। गुँदपाक व्यापारीले पनि देशवासीको समर्थन पाउने र मन जित्‍ने प्रयत्न गर्नुपर्छ, कुनै एक जातको हैन।
पढ्नुस् पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्ति जस्ताको तस्तै-
कर्नर ताजा गुदँपाखको तर्फबाट
पत्रकार भेला
पत्रकार मित्रहरु
राज्यको चौठौं अंगको रुपमा रहेको पत्रकार जगत कमजोर र निमुखा वर्गको हक अधिकार स्थापना गर्नको निमित्त सशक्त माध्यम मानिन्छ। साथै आधुनिक संचार माध्यमहरुले विभेदमा परेका अनेकौं घटनाहरु सार्वजनिकरण गरेर समस्यामा परेका ब्यक्ति र समुदायहरुको उद्धार गरेको पाइन्छ। तर कुनै कुनै घटनाहरुमा पिडितहरु नियोजित समाचार प्रशारणका कारण झनै पिडित हुने गर्दछ। यस किसिमका पिडितहरुको वास्तविक सत्य तथ्य उजगार गर्न संचार क्षेत्रमै महत्वपूर्ण योगदान गरिरहेको नेवाः मिडिया क्लवको आयोजनामा यहाँ भेला हुनुभएका सबै पत्रकार साथीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु।
आजभन्दा करिवन पाँच महिना अघि नेपाल सरकारले बजार अनुगमनको नाममा हाम्रो न्यूरोड स्थित कर्नर ताजा गुदँपाख भण्डारको विक्रिकक्षबाट विक्रि गरिने सामाग्री तयार गरिने स्थान यस ताहाचल स्थित कारखानामा २०६८ भाद्र १९ का दिन निरिक्षण गरिएको थियो।
पत्रकार मित्रहरु,
यहाँको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरियो। कारखाना भित्र फालिने क्रममा रहेका फोहरहरु इंगित गर्दै मिसावट गरिने गरेको दोषारोपन हुन थाल्यो। वास्तवमा ती फालिने क्रममा रहेका फोहरहरु तत्कालीन समयमा काठमाडौं महानगर पालिकाका सफाई कर्मचारीहरुको हडताल चलिरहेको कारण त्यहांबाट उठन नसकेको मात्र हो। तर न्यूज २४ टेलिभिजनले ती फोहरलाई नै क्यामेरामा कैद गरी दुषप्रचार गर्ने काम गरियो। पछि गएर सोहि च्यानलले अन्य पसलहरुमा अनुगमनको क्रममा देखिएका फोहरी वातावरणहरुलाई समेत यसै समाचारसित नै जोडेर प्रशारण गर्दा आम जनमानसमा झनै नकरात्मक प्रभाव पर्न गएको देखियो। उक्त च्यानलले प्रशारण गरेअनुसारको स्थिति यहाँ कहिलै पनि थिएन र देश विदेशमा समेत ख्याती प्राप्त गरिसकेको यस ब्यवसायीले कहिल्यै यस्तो अवस्था आउन दिने पनि छैन भनी बाचा पनि गर्न चाहान्छु।
कारखानाको निरक्षण पश्चात त्यहाँ कुनै किसिमको अनियमितता नदेखेपछि त्यहाँ तयार गरिएको साम्रागीको नमूना संकलन गरि सम्वन्धित कार्यालयमा उपस्थित हुन भनिएको थियो। सोहि अनुसार हामी २२ गतेका दिन आफै उपस्थित भई यर्थाथ बुझ्न गयौं। दिनभर काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई कार्यालय बन्द हुने समयमा मात्र यस फर्मको प्रोपाईटर मेरी आमा ६५ वर्षिय बृद्ध महिला र म आफैलाई हिरासतमा लिइयो। हामीलाई कुन मुद्दा उपर कारवाही चलाईयो भन्ने जानकारी समेत गराइएन। र २८ दिनको हिरासत पछि आमाको नाममा ५ लाख र मेरो नाममा १० लाख घरौटी जम्मा गराई हिरासत मुक्त गरियो।
पत्रकार साथीहरु, त्यस समयमा अन्य स्थानहरुमा पनि यसरी नै अनुगमन गरि कारवाही चलाईएको थियो। त्यस्मा विदेशी मूलका र नेपाली नागरिकता समेत नभएका ब्यवसायीहरु कारवाहीमा परेको थियो। तिनीहरुलाई केहि दिनमा नै ५० हजार देखि २ लाख सम्मको धरौटीमा हिरासत मुक्त गरियो र हाल ती ब्यवसायीहरुले आफ्ना ब्यवासय पुनः संचालन गरिरहेेको अवस्थामा छ भने हामी काठमाडौंका रैठाने, पुस्तौं पुस्ता देखी ब्यवसाय गरिरहेकाहरुलाई यतिका दिन हिरासतमा राख्नु र यति धेरै जमानी रकम लिनु आफैमा विभेदपूर्ण ब्यवहार भएको प्रस्त देखिन्छ। र हामीले आफ्नो विक्रिकक्षबाट हाल विवादमा रहेको सामाग्री देखि बाहेक अन्य सामानको दुकान चलाउँछु भनी खोलेको पसलपनि सम्बन्धित निकायले सिलबन्द गरि बन्द गरिदिएको छ। स्मरणरहोस पहिला अनुगमन हुँदा समेत सिलबन्द नगरिएको पसल अहिले सिलबन्द गरिएको छ। के यसको अर्थ हामीले कुनैपनि किसिमको ब्यवसाय गर्न नपाईने भनिएको हो? हाम्रो विक्रिकक्ष सिलबन्दी गर्नु पर्ने कारण के हो? अहिले सम्म हामीलाई जानकारी गराईएको छैन। यसै अन्यायको विरुद्ध पत्रकार साथीहरुमा गुहार माग्न आएका छौं।
अनुगमनको क्रममा परिक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य बस्तु मिसावट भएको प्रतिवेदन छैन। नेवारहरुको मौलिक मिठाईको रुपमा रहेको हामीले विक्रि गरिने लाखामरि, गुदँपाख र पुष्टकारि तयारी प्रविधि परम्परागत रहेको छ। यसको तयारी प्रविधिपनि नेवारहरुको मौलिक रहेको छ। स्तरिय र पौष्टिक रुपमा प्रयोग गर्नको निमित्त मिठाई तयार गरिने प्रविधिलाई परम्परागतरुपमै सुरक्षित राख्दै आएको छ। यस किसिमको राष्ट्रको मौलिक प्रविधिलाई नै विस्थापित गर्न कहिं कतैबाट षडयन्त्र त भई रहेको छैन भन्ने प्रश्न समेत खडा हुन गएको देखिन्छ। लाय्ब टेष्टबाट हाम्रा सामाग्रीमा कुनैपनि अखाद्य सामाग्री मिसावट नभएको कुरा नै प्रमाणित भईसकेको सर्न्दभमा अव यस प्रकरणको अन्त गरि एक सामान्य नागरिकले स्वतन्त्र रुपमा ब्यवसाय गरी आफ्नो जीवनयापन गर्ने हक अधिकार सुरक्षित गराई पाउन यो भेला मार्फत अनुरोध गर्न चाहान्छु। पत्रकार मित्रहरुबाट पनि न्यायको निमित्त आवाज उठाईदिनु हुने छ भन्ने आशा लिएको छु।
यो भेला यहि परिसरमा गर्नुको उद्देश्य पनि हामीले विक्रि गर्ने सामाग्री तयार गरिने स्थानको निरक्षणको निमित्त पनि हो। कृपया उक्त स्थानको पनि निरक्षण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछुं। यहाँहरुको सहयोगको अपेक्षा गर्दछु।
कर्नर ताजा गुदँपाख भण्डारका
प्रोपाईटर मदन बाबा मास्केको तर्फबाट
निजका छोरा मनेन्द्रलाल मास्के
मिति : २०६८ माघ १५ आईतबार

Thursday, January 26, 2012

नेपाली व्यवसायी इन्टरपोलद्वारा पक्राउ - nagariknews


केपी ढुंगाना, सुदर्शन सापकोटा, काठमाडौं, माघ १२- नेपाल र भारतमा ठगी गरेको अभियोगमा इन्टरपोलद्धारा रेडकर्नर नोटिस भएकी एक नेपाली व्यवसायीलाई थाइल्यान्ड प्रहरीले पक्राउ गरी नेपाल पठाइदिएको छ। एभ्को इन्टरनेसनलकी सञ्चालक विनिता प्रधानलाई थाई विमानबाट बुधबार मध्यान्ह काठमाडौं आउनसाथ नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रधान भारतको हुन्डाई कम्पनीको नेपालका लागि आधिकारिक डिलर एम्भोकी सञ्चालक हुन्। आफ्नो नाममा भारतमा रहेको सुहरित प्रालिमार्फत उनले हुन्डाईसँग कारोबार गर्दै आएकी थिइन्।
थाइल्यान्डमा लुकेर बसेको सूचनाको आधारमा भारतको इन्टरपोल डेस्कले बैंककको समकक्षी डेस्कलाई सूचना दिएको थियो। थाई इन्टरपोलले उनलाई पक्राउ गरी नेपाल पठाइन लागेको सूचना नेपालस्थित इन्टरपोल शाखालाई दिएको थियो।
इन्टरपोलले प्रधानविरुद्ध पुस २१ गते रेडकर्नर नोटिस जारी गरेको थियो। उनीविरुद्ध भारतमा आपराधिक विश्वासघात, ठगी, धोकाधडी र जालसाजी लगायतका पाँच वटा अभियोग छ।
नयाँ दिल्लीको भारतीय इन्टरपोल शाखाले नेपालको समकक्षी शाखालाई पठाएको विवरण अनुसार कारोबारका क्रममा १२ करोड १८ लाख भारतीय रुपैया बराबरको ठगी गरेको र १३ करोड ...क्यास त्रे्कडिट लिमिट'को दुरुपयोग गरेको अभियोग छ। नक्कली कागजपत्रका आधारमा प्रधानसहितले भारतको स्टेट बैंक अफ इन्डियालाई समेत ठगी गरेको अभियोग पनि लगाइएको छ।
नेपालमा ठगी उजुरी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार उनीविरुद्ध नेपालमा समेत ठगी अभियोगको उजुरी छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा भारतको हुन्डाई कम्पनीको आधिकारिक बिक्रेता रहेको एभ्कोले करिब ८ करोड रूपैया ठगी गरेको उजुरी दर्ता छ।
हुन्डाईको गाडी खरिद गर्न गएका ग्राहकसँग पैसा लिएर गाडी नदिएको भन्दै उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा करिब ६० जनाले २०६७ मंसिरमा उजुरी दर्ता गराएलगत्तै उनी अर्का सञ्चालक आफ्ना श्रीमान अनुप प्रधानस"गै फरार भएकी थिइन्।
ब्युरोले ठगी अभियोगमा अनुसन्धान र कार्बाहीका लागी उनलाई बुधबारै काठमाडौं परिसरलाई बुझाएको छ।
एभ्कोले हुन्डाई मोटर्सबाट उत्पादित कार र माइक्रोबस नेपालमा आयात गरेर बिक्री वितरण गर्दै आएको थियो।
सवारी साधन बुकिङका लागि ग्राहकसँग अग्रिम रकम लिएर गाडी नदिई सञ्चालकहरू बेपत्ता भएका थिए। पूरै रकम चुक्ता गरेका ग्राहकको गाडी समेत माछापुच्छ्रे बैंकमा धरौटी राखेर ठगी गरेको उजुरी पहिल्यैदेखि दर्ता छ।
उक्त कम्पनीका अर्का सञ्चालक भनिएका सञ्जय प्रधानलाई प्रहरीले एक वर्षअघि पक्राउ गरे पनि कारबाहीविना रिहा भएका थिए। उनको नाममा पनि भारतको इन्रपोलले रेडकर्नर नोटिस जारी गरेको छ।
अन्य चार पनि रेडकर्नरमा
एभ्कोका सञ्चालकमध्येका सञ्जय प्रधान र अनुप प्रधानसहित माधव श्रेष्ठ र धिरेन तामाङ पनि इन्टरपोलको रेडकर्नर नोटिसमा छन्। फरार रहेका भनिएका उनीहरूविरुद्ध समेत जालसाजी, धोकाधडी, ठगी लगायतका पाँच अभियोग छन्।
भारतको आग्रहमै विनिता पक्राउ परे पनि उनलाई नेपालमै राखेर कारबाही गर्ने कि भारतलाई बुझाउने भन्ने अन्यौल रहेको जानकारहरूले बताएका छन्।
नेपाल र भारतबीच सुपुर्दगी सन्धि छैन। इन्टरपोलको रेडर्कनरमा रहेका व्यक्तिलाई अनुसन्धानका लागि रेडकर्नरको आग्रह गर्ने मुलुकलाई सुर्पुदगी गर्ने गरिए पनि विनिता नेपाली नागरिक समेत भएकाले भारतलाई बुझाउन सहज छैन।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारी विनितालाई भारत सुपुर्दगी गर्न कानुनी जटिलता रहेको बताउँछन्। नेपालमै समेत उनीविरुद्ध उजुरी रहेकाले प्रारम्भमा सोही अनुसार कारबाही प्रक्रिया सुरू हुने र अदालतको आदेश अनुसारमात्र उनलाई भारत पठाउने या नपठाउने टुंगो लाग्ने अनुसन्धान अधिकारी बताउ"छन्।
'नेपालमा रहेको मुद्दा किनारा लागेपछि पनि कानुनतः उनलाई भारत बुझाउन सकिँदैन,' ती अनुसन्धान अधिकारीले भने, 'इन्टरपोलको नोटिसमा भए पनि कूटनीतिक पहलका आधारमा मात्र यसको छिनोफानो हुनसक्छ।'
माछापुच्छ्रे संकटमा
एभ्को समूहसँग माछापुच्छे्र बैंकले सहकार्य गरेको थियो। एभ्को डुबेपछि बैंक समेत संकटमा पर्‍यो। बैंकले एभ्कोसँग एक अर्ब २४ करोड रुपैयाँ कर्जा उठाउन बाँकी छ। गाडी बिक्री गर्ने एभ्को इन्टरनेसनलमा मात्र बैंकको करिब ४५ करोड रुपैयाँ फसेको छ।
कर्जा उठ्न नसकेपछि बैंकले समूहका बिनिता राजभण्डारी प्रधान, सञ्जयप्रसाद प्रधान, रविन्द्रप्रसाद प्रधानलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा राखिसकेको छ।
एभ्कोले माछापुच्छे्र बैंकमार्फत प्रतितपत्र (एलसी) खोलेर कोरियाली कम्पनी हुन्डाइको सान्ट्रो गाडी बिक्रीका लागि ल्याएको थियो। बिक्रीका लागि ल्याएका १ सय ६७ वटा गाडीको पैसा बैंकलाई तिरेको छैन। जबकि उसले ग्राहकसँग पैसा उठाइसकेको थियो।
बैंकको नाममा रहेको गाडीको पैसा भुक्तानी नभएकाले बैंकले ग्राहकको नाममा गाडी पास गरिदिएन। यसले गाडीको पैसा भुक्तानी गरिसकेका ग्राहकले एभ्को समूह विरुद्ध आन्दोलनै गर्नुपर्‍यो।
नेपाल राष्ट्र बैंक, उपभोक्ता मञ्चको रोहबरमा बैंकले ग्राहकको सजिलोका लागि ५३ वटा गाडीको ब्लु बुक उपलब्ध गराएको थियो। पछि ग्राहक आफैले पैसा भुक्तानी गरेपछि गाडी पाएका थिए।
एभ्कोले ग्राहकबाट पैसा लिएर नामसारी नगरिदिएको समाचार सार्वजनिक भएपछि कोरियास्थित हुन्डाइ कम्पनीका उच्च अधिकारीको एक टोली आएर छानबिन गरेका थिए। त्यसपछि एभ्कोलाई नेपालका लागि हुन्डाईको अधिकृत बिक्रेताबाट हटाइएको थियो। अहिले एभ्कोका सबै बिक्री केन्द्र बन्द छन्।
एभ्को समूहले सुरुमा पाँच करोड रुपैयाँ ऋण लिएर माछापुच्छे्र बैंकसँग कारोबार सुरु गर्‍यो। एयरलाइन्स, मोटरसाइकललगायत आधा दर्जन कम्पनी सञ्चालन गरिरहेको एभ्को समूह माछापुच्छे्र बैंकसँगै अन्य आधा दर्जन बैंकको ग्राहक सजिलै बन्यो।
कम्पनीको कारोबार बढिरहेको र आफ्नो भरपर्दो ग्राहक अरुले लैजाने हो कि भन्ने प्रतिस्पर्धामा बैंकहरू लागेको बुझेपछि एभ्कोले कर्जाको रकम बढाउन थाल्यो। अन्य बैंकले पनि कर्जा दिन थाले।
आफ्नो ग्राहक अरुले लैजाने भयले माछापुच्छे्र बैंकले एभ्कोलाई रिझाउन खोज्यो जसले गर्दा माछापुच्छे्र बैंकमा एभ्को निर्भरता बढेसँगै कर्जाको आकार पनि बढ्यो। जुन विस्तारै एभ्कोको सम्पत्तिले धान्नै नसक्ने भयो।
आफ्नो सम्पतिबाट धान्न नसक्ने भएपछि एभ्को समूह बैंकसँग टाढिन थाल्यो। बैंकले कर्जा उठाउन कडाइ गर्न थालेपछि ऋण नतिर्न समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी हाल्नेदेखि अदालतसम्म गयो।
बैंकले कर्जा उठाउन धमाधम लिलाम बिक्रीको सूचना सार्वजनिक गर्न थालेको छ। यससँगै एभ्को समूहले भन्सारबाट नछुटाएका ९० वटा गाडी ल्याएर बिक्री गर्ने योजना बैंकले बनाएको छ।
सरकारसँग मिलेर बैंकले ती गाडी ल्याएर बिक्री गर्न पहल गरिरहेको बैंक स्रोतले बतायो। बैंकले थापाथलीमा रहेको एभ्कोको करिब तीन रोपनी जग्गा बिक्रीको तयारी समेत सुरू गरेको छ।

 
 यसरी डुब्यो एउटा कम्पनी एभ्को समूह अन्तर्गतका एभ्को इन्टरनेसनल, कस्मिक अटोमोबाइल, कस्मिक एयर सञ्चालनमा थिए। करिब १० वर्षअघि एभ्को समूहले एउटा महत्वाकांक्षी योजना ल्याएको थियो। विभिन्न बैंकसँग कर्जा लिएर उसले दुई ठूला आकारका जहाज ल्याएर सस्तोमा भारत र बंगलादेश उडान सुरू पनि गर्‍यो।
सामान्यतयाः ३ हजार रुपैयाँ लाग्ने विराटनगर-काठमाडौं उडानमा कस्मिकले १ हजार ९ सय रुपैयाँमा टिकट बिक्री गरेको थियो। प्रत्येक उडानमा सहभागीमध्येबाट एक जनालाई मोटरसाइकल उपहार दिने योजनासमेत ल्यायो।
धान्न सक्नेभन्दा बढी घाटा खाएर उसले हवाइ उडान व्यवसायमा समकक्षी कम्पनीहरूलाई पछि पार्न त्यो आक्रामक योजना ल्याइएको थियो। बुद्ध एयर र यति एयरलाइन्स प्रतिस्पर्धी थिए। एभ्को समूहको वास्तविक समस्या कस्मिक एयरबाटै सुरू भयो।
कारोबारबाट घाटा दिनहुँ बढ्ने र त्यहीअनुसार उसले बैंकमा तिर्नु पर्ने ऋणको आकार बढ्दै गयो। बैंक कर्जासँगै कस्मिक एयरले सरकार, विमानस्थल र इन्धनमा पनि ठूलो रकम तिर्नुपर्ने भयो जुन अझै तिर्न बाँकी छ।
एभ्को समूहले कस्मिक इङयाङ मोटरसाइकल नेपालमा उत्पादन गर्ने प्रयास गर्‍यो। उत्पादन गरेको मोटरसाइकल बिक्री गरेर बजार हिस्सा बढाउन आफैले प्रवर्द्धन गरेको वित्तीय संस्था कस्मिक फाइनान्सबाट ऋण दियो। यो मोटरसाइकलले बजारमा कुनै प्रभाव पारेन। यसले कस्मिक फाइनान्समा समेत असर पर्‍यो। अहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी बन्द छ।
एकमात्र आधिकारिक बिक्रेताका रुपमा कोरियाली कम्पनी हुन्डाइको गाडी बिक्रीमा पनि समस्या आयो। समग्र असरले यो समूह ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो।
आफू निकट र आफ्ना कम्पनीहरूलाई कर्जा दिन एभ्को समूहले कस्मिक फाइनान्स सञ्चालन गरेको थियो। समूहले आफ्ना कम्पनीमा लगानी गर्न नयाँ फर्महरू खोलेर कर्जा दिएको थियो। फाइनान्सबाट कुल कर्जाको ७० प्रतिशतसम्म एभ्को समूहअन्तर्गतकै व्यक्तिहरुले ऋण लिएका थिए जुन कर्जा पछि उठेन।
कर्जा नउठेपछि कम्पनीको पुँजी क्षय नै भएको थियो। कस्मिक फाइनान्सको वित्तीय स्वास्थ्य दिनदिनै बिग्रिन थालेपछि राष्ट्र बैंकले त्यसका सञ्चालक तथा प्रवर्द्धकलाई बोलाएर आफ्नो सेयर हिस्सा घटाउन वा सम्पूर्ण सेयर बिक्री गर्न निर्देशन दियो। एभ्कोले नयाँ समूहलाई सम्पूर्ण सेयर बिक्री गरेर बाहिरियो।
कस्मिक फाइनान्सको कर्जा तत्काल चुक्ता गर्न सक्ने अवस्थामा एभ्को समूह नभएकाले नयाँ समूहले त्यो ऋणसमेत खरिद गरेर फाइनान्स सकार्नु परेको थियो। हाल सफल रुपमा सञ्चालन भइरहेको यो फाइनान्समा अझै पनि पुरानो केही ऋण उठ्न बाँकी छ।

'हिजो गाली गथ्र्यो आज सिकाउँदै हिँड्छ' - rajdhani

हिजो गाली गथ्र्यो, आज हामीलाई नै सिकाउँछ,' समाचारदातासँगै रहेका खैरो टोपी लगाएका एक माओवादी कार्यकर्ताले महासचिव रामबहादुर थापाले बोलिरहँदा टिप्पणी गरे । कुपण्डोलस्थित नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको कार्यालयमा मंगलबार माओवादीले आयोजना गरेको गोप्य प्रशिक्षणमा महासचिव थापा पार्टर्ीीे आगामी योजनाबारे प्रशिक्षण दिइरहेका थिए ।
एक महिनाअघि चितवन पुगेर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई 'रअको एजेन्ट' भन्ने उनै महासचिव थापाले अहिले पार्टर्ीी एकता भएको र मिलेर कार्यकर्तासामु आएको बताएलगत्तै ती कार्यकर्ताले सँगै रहेका अर्का साथीसँग थप टिप्पणी गरे, 'नेताहरूलाई लाज भन्ने हुँदो रहेनछ, हेर न हेर यसले बोलेको, हिजो के बोल्थ्यो, आज के बोल्दै छ -'
हलको बायाँतर्फोे डयासमा उभिएर थापा एकोहोरो बोलिरहेका थिए । तर, उनका कार्यकर्ता भने थापाकोे प्रशिक्षणलाई बेवास्ता गर्दै उनकै कुरा काटिरहेका थिए । मानौं, उनीहरूलाई जबर्जस्ती ल्याएर प्रशिक्षण दिइराखिएको छ । 'सिंह गर्जेजस्तो आवाज' निकाल्ने भनेर परिचित थापा प्रशिक्षण कार्यक्रममा भने मलिनो स्वरमा बोलेको देख्दा सबै अचम्ममा समेत परेका थिए ।
अचम्म त यो थियो कि, थापा बोलिरहँदा कार्यकर्ता भने धमाधम बाहिर निस्किरहेका थिए । कोही कानेखुसी गरिरहेका थिए भने कोही हलभित्रै मजाक गरेर बसिरहेका थिए ।
'प्रशिक्षण कार्यक्रममा पहिलाको जस्तो रौनक नै छैन,' पंक्तिकारको छेउमै रहेका अर्काले सुन्ने गरी भने, 'सधैं एउटै कुरा मात्र भन्ने, आखिर गर्नेचाँहि कसैले केही होइन रहेछ ।' त्यसो त थापाले प्रशिक्षण दिइरहँदा बाहिर घाम तापेर गफ लडाउनेहरू पनि कम थिएनन् । डयासमा बसेका माओवादी नेताहरू पनि थापाको भाषण सुन्नेभन्दा आपसी कुरामै मस्त देखिन्थे । पटयार लागेर होला, अध्यक्ष दाहालका भाइ तथा सभासद् नारायण दाहाल बाहिर निस्के र मज्जासँग हाँस्न थाले, जुन भित्रै सुनियो, तर हाँस्नुको कारण भने बुझिएन ।
महासचिव थापाले अध्यक्ष दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच 'विवाह भएको' तर अर्का उपाध्यक्ष डा. बाबुराम भट्टर्राई भने 'जन्ती' मात्र भएको प्रसंग सुनाउँदा हल हाँसोले गुन्जियो ।
'बाबुरामजीले खन्ना गार्मेन्टमा अध्यक्ष र किरणजीको विवाह भएको तर आफू शुभकामना दिने 'जन्ती' मात्र भएको भन्ने कुरा गर्नुभएको थियो,' थापाले भने, 'साँच्चै अहिले दर्ुइ नेता -दाहाल र वैद्य) बीच 'लभ' परेको छ, जो एकताको उत्कर्षरूप हो, यो -एकताको) सन्देश तपार्इंहरूले गाउँ-गाउँ लैजानर्ुपर्छ ।'
प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष भट्टर्राईले दर्ुइ नेता मिलेका कारण आफ्नो भन्नु केही नभएको भन्दै खन्ना गार्मेन्टमा थोरै समय मात्र बोलेर भनाइ टुंग्याएको प्रसंग जोड्दै थापाले सो कुरा कार्यकर्तालाई सुनाएका हुन् । बीचबीचमा 'लभ'का उदाहरण दिएर थापाले कार्यकर्तालाई भुलाउने काम गरेका थिए ।
पार्टर्ीीत्र अझै पनि एक दर्जन विवाद कायमै रहेको उल्लेख गरेका थापाले सोको जानकारी 'एकताको प्रशिक्षण' कार्यक्रम सम्पन्न गरेपछि मात्र र्सार्वजनिक गर्ने उल्लेख गरे । 'पार्टर्ीीत्रको चरम विवाद कसरी एकाएक एकतामा परिणत भयो भनेर तपाईंहरू आर्श्चर्यमा पर्नुभएको होला, तर त्यो विवाद कृत्रिम र बनावटी भने पक्कै थिएन,' थापाले कार्यकर्तासामु भने, 'नेतृत्वले गल्ती गरेपछि हामीले नेतृत्वको टाउकोमा आगो झोस्ने काम पनि गर्‍यौं, सडकमा नाराबाजी र चक्काजाम पनि गर्‍यौं ।' यसो भनेर उनी मुस्कुराए अनि थपेे, 'कतिपय आरोप मनोगत पनि थिए, त्यो समीक्षा हुँदै जाला, तर अहिले पार्टर्ीीक भएको छ, यसमा चाँहि तपाईंहरूले शंका गर्नुपर्दैन ।' नेतृत्वको टाउकोमा आगो झोस्ने काम आफूहरूले गरेको भए पनि रूपान्तरण नेतृत्व मात्र होइन, तलदेखि नै हुनुपर्ने थापाको भनाइ थियो । 'विकृति र विसंगतिले पार्टर्ीीवस्त भएको अब लुकाउनुपर्ने कुरा छैन,' थापाले कार्यकर्तासामु इमानदारीसाथ स्वीकार गरे ।
पछिल्लो समयमा सहमति जुटाएर मात्र कुनै पनि निर्ण्र्ाागर्ने र कार्यक्रमहरू बनाउने सहमति पार्टर्ीी भएपछि एकता कायम भएको एउटा कारण उनले देखाए । 'तर, फरक यति छ, हिजो जानकारी नगर्राईकन विरोध गरिन्थ्योे, तर पछिल्लो केन्द्रीय समितिले जानकारी गराएर विरोध गर्न पाउने स्वतन्त्रता दिएको छ,' थापाले भने । प्रशिक्षणमा शिवाकोटी थरका माओवादी कार्यकर्ताले सोधेको पार्टर्ीीत्र एकाएक कसरी एकता भयो भन्ने जिज्ञासाको जवाफमा महासचिव थापाले भने, 'शिवाकोटीजीको जिज्ञासा राम्रो छ, तर त्यो बुझ्न केही समय लाग्छ, हामी त्यो पछि भन्नेछौं ।'

हत्याको सूचना पाएलगत्तै प्रेमिकाले नेपाल छाडिन् - rajdhani

सशस्त्र प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेलगत्तै उनकी प्रेमिका तारा रेग्मीले मुलुक नै छाडेको तथ्य खुलेको छ । आफूले माया गरेको व्यक्ति नै हत्याजस्तो गम्भीर अपराधमा संलग्न भएको सूचना पाएपछि डीआईजी कोइरालाकी पछिल्लो प्रेमिका रेग्मीले नेपाल छाडेकी हुन् ।
स्रोतका अनुसार कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको सूचना पाएलगत्तै गत ३० पुसमै नेपाल छाडेकी थिइन् । उनी नेपालबाट मलेसिया गएकी छन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएकी रेग्मी कोइरालाले गीताको हत्या गरेको सूचना पाएपछि निराश बनी व्यावसायिक कामको बहाना बनाई त्यसतर्फलागेको स्रोतले बतायो ।
विगत सात वर्षेखि कोइरालासँग घनिष्ठ सम्बन्धमा रहेकी रेग्मी चार वर्षेखि उनैलाई श्रीमान् भन्ने गर्थिन् । कोइराला पनि राजधानीमा रहँदा रेग्मीसँगै बस्ने गर्दै आएका थिए । उनले आफ्नो चिनजान भएका व्यक्तिलाई समेत 'मेरो बूढा' भन्दै कोइरालालाई चिनाउने गरेकी थिइन् ।
स्रोतका अनुसार रेग्मीले २९ पुसमा नै कोइरालाले गीताको हत्या गरेको जानकारी पाएकी थिइन् । गीताको हत्यापछि शव पालुङ पुर्‍याई जलाएर फर्किएका डीआईजी कोइराला सोझै रेग्मीलाई भेट्न पुगेका थिए । तर, भेटमा अर्कै व्यवहार देखेपछि ताराले उनीबाट केही न केही गल्ती वा पश्चात्ताप भएको हुन सक्ने आशंका गरेकी थिइन् । गीतासँगको सम्बन्ध तोडेर कानुनी विवाहका लागि दबाब दिने कामसमेत गर्दै आएकी रेग्मीले त्यही बेला उनी बेपत्ता भएको सूचना र्सार्वजनिक भएपछि देश छाड्ने निष्कर्षा पुगेको स्रोतको दाबी छ ।
तारासँगको सम्बन्धकै कारण कोइराला र पत्नी गीताबीचको सम्बन्धमा दरार आएको थियो । उनी पछिल्लो समयमा सशस्त्र प्रहरी अधिकृतहरूसँग समेत डीआईजीपत्नीका रूपमा प्रस्तुत हुने गरेकी थिइन् । उनले कोइरालालाई प्रेमीभन्दा पनि श्रीमान्कै रूपमा सम्बोधन गर्ने गरेकी थिइन् ।
पत्नी हत्यामा पक्राउ भई अनुसन्धानमा रहेका कोइरालाकी प्रेमिका तारा पछिल्लो पटक गत २ माघमा मलेसियास्थित नेपाली दूतावासमा देखिएकी थिइन् । त्यसबेला उनी निकै तनावमा रहेको दूतावासमा उपस्थित नेपाली व्यवसायीले राजधानीलाई बताए । सो दिन पनि उनले आफ्ना श्रीमान् डीआईजी कोइराला निकै ठूलो तनावमा रहेको र तनावकै कारण उच्च रक्तचापको समस्यासमेत देखिएको बताएकी थिइन् ।
'बूढो निकै तनावमा छ, बीपी हाई -उच्च रक्तचाप) भएर ऊ बाँसबारीस्थित हस्पिटलमा छ, मलाई पनि निकै ठूलो टेन्सन छ,' दूतावासमा तारा भन्दै थिइन् । छिनछिनमा खुसी र दुःखी हुने गरेकी ताराले त्यस दिन पनि कोइरालाको पदीय ओहोदा भने भजाउन भ्याएकी थिइन् ।
'मेरो बूढा डीआईजी छ, चीनबाट भर्खरै फर्किएको छ, काठमाडौंमा तपाईंलाई केही परे मलाई भन्नुहोला,' दूतावासमा रहेका मलेसियाका लागि तत्कालीन श्रम सहचारी र्सर्ूय भण्डारीसँग तारा भन्दै थिइन् ।
दूतावासमा उपस्थित एक नेपाली व्यवसायीका अनुसार ताराको कुरालाई सहचारी भण्डारीले निकै चाखपर्ूवक सुनेका थिए । भण्डारी गत साता नै नेपाल फिर्ता भइसकेका छन् । अन्य समयमा सदैव हसिमजाक गर्ने ताराले त्यस दिन भने एक्लै टोलाउने गरेकी समेत ती व्यवसायीको भनाइ छ । डीआईजीकी पछिल्लो प्रेमिका तारा मलेसियामा भए पनि अध्यागमन विभागको तथ्यांकमा भने त्यसतर्फगएको कुनै प्रमाण फेला पर्न सकेको छैन ।
गीता हत्या र कोइरालासँगको पछिल्लो सम्बन्धबारे बुझ्न मलेसियामा उनले प्रयोग गर्दै आएको ००६० १२९७१६७४५ मोबाइलमा सर्म्पर्क गर्दा सम्भव भएन । ताराले ७ माघसम्म सोही नम्बरको मोबाइल प्रयोग गर्दै आएकी थिइन् । उनी हाल मलेसियामै छिन् वा अन्य मुलुक पुगिन् भन्ने यकिन हुन सकेको छैन । कोइरालालाई पक्राउ गरेको घटनालगत्तै उनी मलेसियामा समेत कसैसँग सर्म्पर्क आएकी छैनन् ।
यसैबीच, पत्नी हत्यामा पक्राउ परेका कोइरालालाई आफन्तले समेत घृणा गर्न थालेका छन् । सुरुका दिनमा बचाउका लागि जाने आफन्तहरूसमेत उनको पक्राउपछि उनलाई भेट गर्न नगएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ । आफन्त कोही नआएकै कारण उनले सरकारी कोटाकै भात खाएर हिरासतमा बसेका छन् । महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका डीआईजी कोइरालाले आइतबार बेलुकीबाटै त्यहीँको क्यान्टिनको खाना खाएका हुन् । सोमबारदेखि उनी निकै निराश मुद्रामा देखिएका कोइराला खानसमेत मन नगर्ने प्रहरीको भनाइ छ । परिसरले बाहिरको खानेकुरा ल्याएर पनि खाना पाउने व्यवस्था गरेको छ । सरकारी खाना नखानेलाई प्रतिछाक ७३ रुपैयाँ ७० पैसा दिने व्यवस्था छ । कोइरालाले आफूले नै पत्नीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

Tuesday, January 24, 2012

डीआइजी जस्तो मान्छेको के मति बिग्रिएछ नि, आफ्नै स्वास्नीलाई त्यसरी मारेको हरे! - mysansar



आइतबार एउटा नदेखिनु पर्ने दृश्य देखियो काठमाडौँमा। सशस्त्र प्रहरीका एक डीआइजी रञ्जन कोइरालालाई नियन्त्रणमा लिएर अरु प्रहरीले अदालत लाँदै थिए। अदालतले हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेपछि अहिले उनी नेपाल प्रहरीको थुनामा छन्। उनीमाथि लागेको अभियोग चानचुने हैन, आफ्नै स्वास्नीलाई मारेको, त्यो पनि विभत्स तरिकाले!
अपराधका खबरहरु त्यसै पनि मन हल्लाउने खालका हुन्छन्, त्यसमाथि यो सुन्दै डरलाग्दो खालको छ। देश र जनताको रक्षा गर्ने कसम खाएको सशस्त्र प्रहरीका उच्च अधिकारी कर्तव्यनिष्ठ र अनुशासनको नमूना बन्नु पर्थ्यो, तर आफ्नै जीवन संगिनीको हत्याको धब्बा लागेको छ उनीमाथि। अनुसन्धानरत प्रहरीका अनुसार उनले आफ्नो दोष सकारिसकेका छन्। उनी विचलित पनि देखिए। हत्याको कारण अरु केही नभएर पारिवारिक विवाद मात्र रहेछ। विवाद चरम सीमामा पुग्दा रिसलाई नियन्त्रण गर्न नसकेपछि यो आङ्गै सिरिङ पार्ने हत्या भएको रहेछ।

७० प्रतिशत शरीर जलेको अवस्थामा रहेछ गीता ढकालको शव। अर्थात् चिन्नै नसकिने। पुस २८ गते कै बिहान मकवानपुर, पालुङको नेत्राङमा भेटिएको रहेछ शव। कसको लाश, कसले जलाएर फालेको केही थाहा भएन त्यतिबेला। नाडीमा रहेको लेडिज घडीका कारण केटीको हो भन्ने अनुमान मात्रै गरिएछ।
तर हेर्नुस् त, पाप त धुरीबाट कराउँदो रहेछ नि। कोइरालालाई त्यही भएर तान्यो त्यही ठाउँले। लाश जलाएकै ठाउँमा उनी शनिबार फेरि पुगेछन्। विचलित मुद्रामा के के हर्कत गरेछन्। शायद् त्यति ठूलो पाप गरिसकेपछि पोलेको पनि हुनसक्छ। आफ्नै गाँउमा लाश पोलेर जाँदा नि थाहा नपाएको भन्दै स्थानीय बासिन्दाहरु चनाखो भएका रहेछन्। यही क्रममा नौलो मान्छेको शंकास्पद गतिविधि देखेर उनीहरुले सोधपूछ गरेछन् र कोइरालालाई समातेर स्थानीय प्रहरीलाई बुझाएछन्।
सशस्त्र प्रहरीको डीआइजी भनेर थाहा पाएपछि र काठमाडौँबाट फोन आएपछि उनलाई त्यहाँको प्रहरीले छोडी पनि दिएछ। धन्न बेलैमा प्रहरीले चाल पायो र काठमाडौँ भित्रिँदै गर्दा नागढुङ्गाबाट गिरफ्तार गर्‍यो। बयानमा उनले पुस २७ गते नै झगडा भएपछि रिसले घाँटी थिच्दा मृत्यु भएको बताएछन्।
२०५० सालमा बिहे भएको थियो उनको। आठ वर्षपछि झगडा हुन थालेको रहेछ। २०६२ सालमै छुट्टिएर बस्न थालेको थियो दम्पति। गएको मंसिरमा मानाचामल मुद्दा (छुट्टिएर बस्ने, लोग्नेले निश्चित रकम भरणपोषणका लागि दिनुपर्ने) हालेका थिए। त्यसको एक महिनामा नै हत्या भयो। लोग्नेस्वास्नीको झगडा, परालको आगो हुनुपर्नेमा भुसको आगो भएर भित्रभित्रै सल्कँदै रहेछ जसले यो विस्फोटको रुप लियो। डीआइजी कोइराला बारे पत्रपत्रिकामा पनि खबर छापिन थालिसकेको थियो। जनआस्थाले अस्ति भर्खर कान्छी च्याप्ने डिआइजी हायलकायल शीर्षकमा समाचार छापेको थियो (हेर्नुस्) समाचारमा उनको चरित्रबारे लेखिएको छ। कोइरालाले भने आफ्नी पत्‍नीको चरित्र बिग्रेको आरोप लगाउने गर्थे।
क्षणिक रिसको सही व्यवस्थापन गर्न नसक्दा यति ठूलो घटना भयो। जीवन साथीको रुपमा सँगै बाँच्ने कसम खाएकाहरुबीच मतभेद भएपछि सीधा हिसाबले छुट्टिनु उचित हुन्थ्यो। कसैले कसैको जीवनमा हस्तक्षेप गर्न जरुरी थिएन। तर जबर्जस्ती सम्बन्ध अघि बढाइयो। रिसमाथि रिस र घृणामाथि घृणा थपियो। घृणाको स्तर यति धेरै बढ्यो कि त्यसले बुद्धि र विवेक शून्य बनाइदियो। र त, हत्या जस्तो कठोर जघन्य काम हुनपुग्यो।
हेर अब दुई सन्तानको बिजोग! आमालाई बाउले मार्‍यो। अनि बाउ अब जेलमा बस्नुपर्नेछ कति धेरै वर्ष !

दश करोडमा किन्ने अनि लाख रुप्पे तिरेर भाडामा लिएको भन्ने ? - mysansar



यो भव्य घर माओवादी अध्यक्ष प्रचण्डको नयाँ निवासको हो। नयाँ बजारको डेरा साँघुरो भयो भन्दै उनी यो सुविधासम्पन्न घरमा सरेका हुन्। यो घर भाडामा लिएको र प्रति महिना एक लाखभन्दा बढी भाडा तिर्नुपर्ने भनी समाचार आएको थियो। प्रचण्डपुत्र प्रकाश दाहालले भने फेसबुकमार्फत् यो घर मासिक ६० हजार रुपैयाँ भाडामा लिएको दावी गरेका छन्। उनले यो घर किनेको भन्ने हल्ला झुटो भएको दावी गरे पनि आजको साँघु साप्ताहिकले ठोकुवा गरेर यो घर १० करोड २० लाख रुपैयाँमा प्रचण्डका लागि खरिद गरिएको लेखेको छ। यदि माओवादी पार्टी र प्रचण्ड पारदर्शी छन् भने यो घरको वास्तविकता सार्वजनिक गर्न पनि पत्रिकाले चुनौति दिएको छ। यो घर कसको थियो र कसको नाममा कसरी बेचिएको थियो, खुलासा पढ्न भित्र आउनुस्।
पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियामा आएको ५ वर्ष नपुग्दै १० करोडभन्दा बढी रकममा खरिद गरिएको अत्याधुनिक महलमा स्थायी बसोबास गर्न पुगेका छन्। साँघुले प्राप्त गरेको भरपर्दो जानकारी र प्रमाणहरू अनुसार सो घर १० करोड २० लाख रुपैयाँमा प्रचण्डका लागि खरिद गरिएको हो। नवल सिंहानिया अग्रवाल नामका बर्मेली मारवाडी व्यापारीको सो घर २०६८ साउन १३ गते शिशु अर्याल नामकी महिलाको नाममा नामसारी भएको मालपोत कार्यालय डिल्लीबजारको रेकर्डमा छ। मालपोत कार्यालयको न्यूनतम मूल्यांकन अनुसार प्रतिआना दश लाख रुपैयाँको दरले ५ करोड २० लाखको थैली देखाइएको छ। जुन कुनै पनि हालतमा पत्यारिलो छैन। कामनपाभित्रको कुनै पनि घरजग्गा नामसारी गर्नुपरेमा सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिनुपर्ने भएकाले हाल प्रचण्ड बसेको घरका मालिक नवलकिशोर अग्रवालले २०६८ साउनमा घरजग्गाको मूल्यांकनसहित सिफारिस लिएको देखिएको छ। सो सिफारिसमा प्रचण्ड बसेको घर ३ रोपनी जग्गामा फैलिएको र प्रतिआना सरकारी मूल्यांकन १० लाख रुपैयाँ देखिएको छ। चलनचल्तीको मूल्यांकन अनुसार नै पास गर्दा राजस्व नै करिब एक करोड तिर्नुपर्ने भएकाले सरकारी मूल्यांकन अनुसार न्यूनतम करीव ५ करोडमा राजीनामा पास गरिएको स्रोतले जनाएको छ। यद्यपि अग्रवाल परिवारले सो घरको मूल्य १३ करोड भन्दै आएको थियो। प्रचण्डका व्यापारिक साझेदार मानिएका विवादास्पद व्यापारी अजय सुमार्गीको पहलमा सो घर करीव १० करोड ३० लाखमा खरिद गरिएको चर्चा लाजिम्पाटका स्थानीय चल्तापुर्जा व्यक्तिहरूबीच चल्ने गरेको छ।

को हुन् शिशु अर्याल ?
प्रचण्ड परिवारले सो घर मासिक भाडामा लिएको भने पनि, लाजिम्पाटका स्थानीय र उच्च व्यापारिक घरानाहरूबीच सो घर प्रचण्डकै लागि खरिद गरिएको चर्चा चलेको छ। गत साउन १३ गते नवलकिशोर सिंहानिया अग्रवालबाट ललितपुरकी शिशु अर्यालको नाममा खरिद गरिएको घर तत्काल प्रचण्ड परिवारका कुनै पनि सदस्यको नाममा आउने छैन। शिशु अर्याल को हुन् भन्ने केही खुलेको छैन। कतिपयले शिशु अर्यालको नाममा पास गरेर भित्री कागज अर्कै गरिएको दावी पनि गरेका छन्।
को हुन् नवल सिंहानिया?
नवल सिंहानिया नेपालमा लगानी गरेका सबै उद्योग व्यवसाय र घरजग्गा समेत बेचेर सिंगापुर र चीनको ग्वान्जाओमा पूँजी पलायन गरिसकेका वर्मेली मूलका मारवाडी हुन्। उनीहरूले वर्माबाट नेपाल आएर यहीँको नागरिकता लिएका थिए। ६३ वर्षीय नवल सिंहानीया अग्रवाल त्रिवेणी ग्रुपका मालिक सुवास संघाईका जेठान हुन्। यिनले आफ्ना सम्धी निरन्जन जाटियासँगको साझेदारीमा केही उद्योगधन्दा र प्लास्टिक कम्पनी चलाएका थिए। पछिल्लो समयमा उनीहरूले हेटौंडाको टेक्स्टाइल साझेदारी कारखाना बेचबिखन गरे। त्यस्तै नैकापमा रहेको सामसुङ टिभीको सोरुम, अभय उपचारकेन्द्रसँगैको घर पनि बिक्री गरेका थिए। यसबाट आफ्नो भागमा परेको सबै पैसा उनले विदेश पठाएको बताइन्छ। त्यस्तै साझेदारीमा रहेको शंकर चीम र सो कम्पनी रहेको बानेश्वरको ट्रली बस नजिकैको घर पनि बिक्री गरिसकेका छन्।
सबै सम्पत्ति बेचेर बाँकी रहेको लाजिम्पाटको घर, सिद्धार्थ बैंकले केही समयअघि लिलामीको सूचना समेत निकालेको थियो। यसबीचमा ठूलै डिल गरेर सो घर प्रचण्डलाई उपहारस्वरुप सस्तो मूल्यमा दिएको चर्चा पनि व्यापारिक घरानाहरूमै चलेको छ। उनले घरको पूरै पैसा लिएको र अजय सुमार्गी, अर्जुन शर्मा लगायतको टोलीले प्रचण्डका लागि सो घर किनिदिएको बताएका छन्। जे भए पनि सिंहानीयाले भने ३ रोपनी जग्गामा निर्मित दुईवटा अत्याधुनिक बंगला बेचेर, आफू भने गोल्फुटारमार भाडामा बसेका छन्। सिंहानीयाले धेरै वर्षअघि यो घर ७० लाख रुपैयाँमा किनेका थिए। यिनका माइलो छोरो अशोक सिंहानिया चीनको ग्वान्जाओमा व्यापार गरेर बस्छन्। घर बिक्री गरेर बाँकी रहेको पैसा ग्वान्जाओ गइसकेको पनि बताइएको छ।
किन लुकाइँदैछ?
प्रचण्डले प्रवेश गरेको नयाँ दरवारको बारेमा प्रचण्ड परिवारबाटै फरक फरक कुराहरू आइरहेका छन्। प्रचण्डपुत्र प्रकाश दाहालले सो घर मासिक ६० हजार रुपैयाँ भाडामा लिएको दावी गरेका छन्। प्रचण्डका स्वकीय सचिवसमेत रहेका भतिजा समिर दाहालले भाडा टुंगो लागिनसकेको बताएका छन् भने अरुले एक लाख ३ हजार मासिक भाडामा लिएको बताएका छन्। भाडा टुंगो नलागी ५ वर्षको सम्झौता कसरी भयो भन्ने प्रश्नको जवाफ प्रचण्ड परिवारले दिएको छैन। त्यस्तै त्यति ठूलो कम्पाउण्डका दुईवटा घर लाजिम्पाट जस्तो ठाउँमा ६० हजारमा कसैले दिंदैन। एकपछि अर्को बाझिने कुरा आइरहेका बेला समिर दाहालले एकजना व्यापारीको सहयोगमा सो घर लिइएको बताएका छन्। ती व्यापारी अजय सुमार्गी हुन् भन्न समेत उनीहरूले नचाहनु झनै रहस्यमय छ। तत्काल सो घर प्रचण्ड परिवारका कुनै पनि सदस्यका नाममा नामसारी नभए पनि केही वर्षपछि नामसारी गर्नेगरी कागज गरिएको हुनसक्ने आशंका गरिएको छ।
स्वेतपत्र जारी गर
जतिबेला एमाओवादी अध्यक्ष प्रचण्ड १० करोडको दरवारमा प्रवेश गर्दै थिए, त्यति नै बेला प्रचण्डकै पार्टी एमाओवादीका एकजना युवा नेता अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने ६ महिनादेखि घरभाडा तिर्न नसकेर घरबेटीबाट भागीभागी हिंड्नुपरेको गुनासो फेसबुकमार्फत् नै सार्वजनिक गर्दैथिए। उनले पार्टीमा कमाउने वर्ग र सर्वहारा वर्गको खाडल ठूलो हुँदै गएको कुरा उठाउनु स्वभाविक होला। तर लेखनाथ न्यौपाने जस्ता युवानेताहरूले समेत प्रचण्डको घरको बारेमा स्वेतपत्र जारी गर भनेर खुल्लेआम भन्न अझै सकेका छैनन्। एउटा नेता त्यसमा पनि जनयुद्ध लडेर आएको, पैत्रिक बाहेक अन्य निजी सम्पत्ति जोड्न नपाउने नियम बनाउने पार्टीका अध्यक्षकै घरको बारेमा माओवादी नेताहरू किन मौन बसेका छन्? यदि भाडामै लिएको हो भनें पनि मासिक भाडाको सम्झौता सहितको विवरण पेरिसडाँडाबाट सार्वजनिक गर्नुपर्थ्यो। किनिएको हो वा कसैले उपहार दिएको हो भने पनि त्यो स्पष्ट जनता र कार्यकर्तालाई जानकारी दिनुपर्थ्यो।
साँघुको खुलासा
साँघु साप्ताहिकले २०६८ पुस ११ गते नै प्रचण्ड आफ्नै निजी घरमा सर्ने शीर्षकमा यो घरको बारेमा सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो। यसबीचमा यो घरको बारेमा धेरै हल्ला पनि चले। प्रचण्ड परिवारले शुरुमा त यो सूचना नै लुकाउन खोजेको थियो। यो घर अजय सुमार्गीले डिल गरेको कुरा पनि साँघुले प्रकाशित गरेको थियो। यदि माओवादी पार्टी र प्रचण्ड पारदर्शी छन् भने यो घरको वास्तविकता सार्वजनिक गर्न ढिला गर्नुहुँदैन। (साभारः साँघु। फोटो सौजन्यः कान्तिपुर)

Saturday, January 21, 2012

नेपाली साई बाबा रे :) - mysansar

आजको एउटा राष्ट्रिय दैनिकको लास्ट पेजमा एउटा विज्ञापन छापिएको रहेछ। समाचारभन्दा विज्ञापन हेर्न रमाइलो हुन्छ कहिलेकाहीँ। जिम्मी हेन्ड्रिक्सको जस्तो जिङ्ग्रिङ्ग कपाल अनि सुन्तले रङ्गको लुगा लगार हाम्लाई आशीर्वाद दिए जस्तो गरी हात ठड्याएको फोटो झट्ट देख्दा ‘साई बाबा मरेको नि एक वर्ष भएछ है, समवेदना छापेको होला’ भन्ने लाग्यो।
अलि ध्यान दिएर हेरेको त के खाएर समवेदना हुनु, जन्मदिनको शुभकामना पो रैछ। ए बाब्बै, के अचम्म। अस्ति नै इन्डियामा आफ्नो मृत्यु सन् २०२२ मा मात्र हुन्छ भनेर आफैले घोषणा गरे पनि ११ वर्ष अघि नै कालको मुखमा गएका थिए एक साई बाबा। यिनी त हाम्रो आफ्नै नेपाली साई बाबा रहेछन्। साई बाबा जिउँदै भएको भए भगवान कै पाइरेसी भो भनेर रिसाउँथे कि। अहिले चर्चामा रहेको SOPA जस्तो GOPA (गड अनलाइन पाइरेसी एक्ट) कानुन बनाउनु पर्थ्यो भन्थे कि !
सञ्जय साई बाबा रे यिनको नाम चाहिँ। विज्ञापन अनुसार भर्खर २४ वर्षका रहेछन्। भगवान रे अनि उनी त। थाहा थिएन भाइ मलाई त यिनको बारेमा पहिले। तर राष्ट्रिय दैनिकमा विज्ञापनै छापिएपछि भने यिनले अब राष्ट्रिय स्तर कै चर्चा खोजे जस्तो लाग्यो।
के रहेछ यिनको बारेमा भनेर खोज्दै जाँदा केही जानकारी हात लाग्यो। केही भिडियोहरु पनि हात लाग्यो। हेरौँ न त नेपाली साई बाबा भनाउँदाको चुरीफुरी पनि एक पटक। कति नेताको पछि लाग्ने, यसो भगवानको पनि पछि लागौँ कहिलेकाहीँ।

यी नेपाली साई बाबा काठमाडौँको बुद्धनगरमा बस्दा रहेछन्। श्री सञ्जय साई सेवा अर्गनाइजेसन नेपाल भन्ने एउटा संस्था रहेछ त्यहाँ। उनैको संस्था होला त्यो। आज पत्रिकामा विज्ञापन छाप्ने संस्था पनि त्यही रहेछ।
यी बाबाको एउटा साइट पनि भेटियो- sanjaysaibaba.com.np डोमेन पनि जानेरै लिए जस्तो लाग्यो। व्यापारिक प्रयोजनका साइटहरु मात्र .com डोमेनमा हुन्छन्। संस्थाहरुले प्रयोग गर्ने .org हो। धर्मको नाममा व्यापार गर्ने उद्देश्य भएको भएर डट कम डोमेन लिएको होला। बुद्धनगर कै अमिर केसीले इन्डियामा साइबाबा मरिसकेपछि 5/11/2011 यो साइट दर्ता गरेका रहेछन्।
[ब्यान्डविथ सकिएर (धेरैले एकै पटक हेरेर) यो साइट अहिले बन्द भएको छ। तर उनको फेसबुक पेज पनि छ। हेर्नलाई यहाँ क्लिक गर्नुस्]

साइटमा उनलाई साई बाबाको अवतार भएको दावी गरिएको रहेछ। नेपाली भाषामा केही पनि सामाग्री नभएको उनको यो साइटमा अंग्रेजीमा भने निकै ठूल्ठूला गफ छन्। भगवान साइबाबाको पुनर्जन्म दावी गरिए पनि कहाँ जन्म भएको हो यिनको ? यिनका बाबुआमा को हुन्, कहिलेदेखि यिनले आफूलाई भगवान भन्न थालेको भन्नेबारे केही पनि लेखिएको छैन रहेछ।
त्यसमा लेखिएको छ-
I’d like to say one thing which I have realized, that lord has special affection and care for the people of this world especially to Nepalese people. This can be proved by Sai Baba’s incarnation itself here in Nepal that we all are in his Lotus feet today at the blissful presence of the lord. थप जानकारी पाउन यहाँ क्लिक गर्नुस्
अनि भनिएको छ-
In Nepal Bhagwan Baba has specially focused his Mission to free Education. Free Drinking water and free Health service and it is growing day by day. Today every individual, organization both governmental and non governmental and the government of Nepal itself are extending their helping hand towards achieving the Sai Mission.
गफ पनि कति साह्रो हो, प्रत्येक व्यक्ति, सरकारी र गैरसरकारी संस्था र नेपाल सरकारले पनि उनको साइ मिसनलाई सहयोगका हातहरु अगाडि बढाइरहेका छन् रे। प्रत्येक व्यक्ति रे, तपाईँहामी मध्ये कतिलाई त यस्ता नेपाली साइबाबा नि छन् भनेर थाहै थिएन अहिलेसम्म।
भन्ने निःशुल्क, लिने पैसा!
निःशुल्क शिक्षामा विशेष जोड रे यिनको। के रहेछ त नि त्यस्तो भनेर बुझ्दा त उनकै आश्रम (घर)मा पाँच जना बच्चालाई राखेर पढाएका रहेछन् सुरुमा। छ वर्षपछि चाहिँ नयाँ मोडल बनाएको रे। श्री सञ्जय साई विद्या मन्दिर नाममा स्कूल खोलेका रहेछन् अहिले। नर्सरीदेखि पाँच क्लाससम्म पढाइ हुने रहेछ। निःशुल्क भने पनि पैसै नपर्ने चाहिँ हैन रहेछ।
नर्सरी र एलकेजीका लागि भर्ना शुल्क २५० र केयरटेकिङ भन्दै २०० रुपैयाँ ठटाउँदा रहेछन्। युकेजी र एक कक्षामा चाहिँ ३०० भर्ना र ५०० केयरटेकिङको, २ र ३ कक्षामा ३५० भर्नाको, ५०० केयरटेकिङको, ४ मा ४०० भर्नाको र ५०० केयर टेकिङको र ५ कक्षामा ५०० भर्नाको र ५०० केयरटेकिङको लिँदा रहेछन्। भगवानै भएपछि अनि निःशुल्क भनेर प्रचार गरेपछि यति जाबो पैसामा पनि के लोभ गरिराहोला! फेरि स्कूलमा हाम्रा सञ्जय साई बाबा भगवान हुन्, बिहान बिहान उठेर पूजा गर्नुपर्छ भन्ने पनि त सिकाउने होलान् नि।
उनले निःशुल्क पिउने पानी बाँड्छु पनि लेखेका छन्। यसबारे चाहिँ साइटमा एउटा पानी ट्याङ्की त्यो पनि उनकै जयजय पोतिएको मात्र राखेको देखिएको छ। त्यही ट्याङ्कर भरीको पानी चाहिँ बाँड्ने हुन् कि, अरु कहाँ कहाँ सित्तैमा पिउने पानी बाँडेका छन्, बाँड्ने व्यवस्था मिलाएका छन् भनेर लेखिएको छैन रहेछ। निःशुल्क स्वास्थ्य सेवा त हाम्रो टोलको ज्योति क्लिनिकले र वडाले पनि दिन्थ्यो। उनकोमा चाहिँ के छ, साइटमा लेखेकै छैन रहेछ।
उनको भिडियो पनि भेटियो। हेरौँ न त हाम्रा साइबाबालाई तलको भिडियोमा-


भिडियोमा देख्‍नुभयो होला, यी साइबाबाको पनि वरपर भक्तहरुको लर्को रहने रहेछ। पजेरो चढेर हिँड्दा रैछन्। अनि भाषण पनि नेतैले दिए जस्तो दिँदा रहेछन्।
असल मान्छे बन्न पो गाह्रो ‘भगवान’ बन्न त सजिलो नि
वास्तवमा असल मान्छे बन्न पो गाह्रो छ त। तथाकथित ‘भगवान’ बन्न त सजिलो नि! अस्ति मरेको साइबाबा कै कुरा गरौँ न। उनी चटक देखाउँथे, अन्धभक्तहरु चमत्कार भएको ठान्थे। आफैले ९६ वर्षसम्म बाँच्छु भनेका थिए तर ११ वर्षअघि नै मास छर्न गए। अन्धभक्त भएपछि बुद्धि,विवेक सब उनकै चरणमा समर्पित हुन्छ। अलि अलि मान्छेलाई बटुल्यो, जयजयकार गर्न गराउन लगायो। नेपालीहरु धर्मभीरु हुन्छन्, साई बाबाको अवतार रे भन्न लगायो। उसकै शैलि अपनायो, हाउभाउ बनायो- पत्याइहाल्छन्। अलि अलि राष्ट्रवादीहरुलाई के भो त, भारतीय भगवानलाई किन पूज्ने हाम्रै देशको भगवान हुँदाहुँदै भन्ने पार्ने, भइहाल्यो नि! पत्रिकामा विज्ञापन छपाउन थालिसके। अब अलि पैसा तिरे धार्मिक कार्यक्रम चलाउन दिन्छन् टिभीहरुमा, मज्जाले प्रवचन दियो। इन्टरभ्यु सिन्टरभ्यु पनि आउँछ होला अब मिडियामा पैसा दिए त।
यसरी साइबाबा भगवान बन्न सजिलो भएर त होला, मै हुँ रियल साइबाबाको अवतार भन्दै दावी गर्ने अरु पनि छन्। जस्तै यी हेर्नुस् बाला साई बाबाको फोटो तल-

यिनले आफू साइ अवतार भएको दावी गर्छन्। यिनको आश्रम अस्ति मरेका साइबाबाको आश्रम प्रशान्ति निलयमभन्दा धेरै टाढा छैन। यहाँ पनि मान्छेको भीडै हुन्छ रे त। यिनको जन्म केरलामा भएको हो र यिनले पनि साइबाबाले झैँ चटक देखाउँछन्। हेर्नुस्-

यी अर्का भगवान दावी गर्ने हुन् स्वामी प्रेमानन्द। भगवान भन्दै केटीहरुलाई बलात्कार गरेको र हत्या गरेको अभियोगमा उनलाई दोहोरो आजीवन कारावास अर्थात् ३२ वर्षको जेल सजाय सुनाइएको थियो। भारतको तिरुचिमा आश्रम बनाएर भगवानत्व देखाउँदै बसेका उनीमाथि आश्रमका १३ केटीमाथि बलात्कार गरेको ठहर भएको थियो।
हुँदाहुँदा भारतमा एक महिलाले समेत आफू साइबाबा भएको दावी गरिन्-


भनेर के गर्ने, हेर्नु त उनको पछि कति मान्छे लागेका! इन्डियाको साइबाबा नमर्दैको फोटो हो यो। उताको साइबाबा मरेपछि त प्रमुख प्रतिस्पर्धी नकआउट भए जस्तो भो होला उनलाई।
इन्डियाको साइबाबाका अन्धभक्तहरु चाहिँ यो साइबाबालाई कस्तो ठान्दा रहेछन् कुन्नि ?

अनि कसैलाई थाहा छ आफूलाई भगवान भन्ने यी सञ्जय साइबाबाको ब्याकग्राउन्ड ? कहाँ जन्मिएका थिए, आमाबुबा को हुन्, कहाँ पढेका हुन् ? थाहा छ भने सबै पाठकसित पनि बाँड्नुस् है।

Friday, January 20, 2012

सोपा, पिपा र महाबौद्धका सीडी - ekantipur

काठमाडौ, माघ ५ -
हलिउडका सिनेमाप्रति रुचि राख्ने तर नेपालका हलहरूमा ती फिल्म नचल्दा या ढिला आउँदा दिक्क हुने दर्शकका लागि के छनोट छन् ? डिसेन्डेन्ट्स र आइड्स अफ मार्चमा जर्ज क्लुनीको अभिनय या हुगोमा मार्टिन स्कोसेजीको निर्देशकीय क्षमता हेर्न उनीहरूले महाबौद्धका पसल या सहरका सडक किनारमा बेच्ने सीडीहरूको सहायता लिनुपर्छ । या, उच्च गतिको इन्टरनेट छ भने पाइरेट बे या त्यस्तै अन्य साइटमा गएर घन्टौं लगाएर त्यो फिल्म कम्प्युटरमा झार्ने अनि हेर्ने ।

संविधानै लेख्न महाभारत चलिरहेको हाम्रो मुलुकमा ती काम अवैधानिक नै भए पनि कसैलाई त्यो रोक्नुपरेको पनि छैन र रोक्नु पनि पर्दैन । विश्वका गरिब मुलुकमा बस्नुका केही फाइदा छन् भने सफ्टवेयरदेखि फिल्मका नक्कल सस्तैमा प्रयोग गर्न पाउनु एउटा हो भन्दा त्यसलाई ठट्टा गरिएको ठानिनु हुँदैन । कसले कुन विदेशी फिल्म डाउनलोड गर्‍यो भन्ने भन्दा कुन गाउँमा कसले शुद्ध खानेपानी खान पाएन भन्ने कुरा गरिब मुलुकका सरकारहरूको प्राथमिकतामा पर्नुपर्ने हो भलै हाम्रोमा न अघिल्लो भएको छ न पछिल्लो ।

'मिसन इम्पोसिवल-४' या 'हेल्प' जस्ता हलिउड ब्लकबस्टर फिल्मले अर्बौं रुपैयाँको कारोबार गर्छन्, तिनका निर्माता फक्स या ले नेपाली दर्शकबाट केही हजार या लाख नपाउँदा त्यसले फरकै के पार्छ ? ठ्याक्कै यस्तै अवस्थामा हो कतिपयले प्वाक्क नैतिकताको कुरा निकाल्ने । गरिब हुँदैमा अनैतिक र गैरकानुनी काम गर्न पाइएन, उनीहरू भन्छन् । कुरा सही हो । त्यसो भए गरिबलाई छनोट हुनुपर्‍यो नि । जय नेपाल हलमा डिसेन्डेन्ट्स या हेल्प चल्दाचल्दै महाबौद्धमा गएर सीडी किनेर हेरेको भए एउटा कुरा । तर त्यहाँ फिल्म चलेकै छैन, आउने छाँट पनि छैन, अनि महाबौद्धको सीडी किनेर पनि नहेर्नु ? अनि त्यो सीडीलाई आफ्नो कम्प्युटरमा कपी गरेर साथीलाई बाँड्न नपाउनु ? त्यही कपी गरिएको फिल्मलाई फेरि टोरेन्ट साइटमा अपलोड गर्न र अरूसँग साझेदारी गर्न नपाउनु ? कसैले त्यो फिल्म इन्टरनेटमा साझेदारी गर्‍यो अनि त्यो साइटको ठेगाना साथीलाई पठाउन या फेसबुकमा पोस्ट गर्न नपाउनु ? कति धेरै प्रश्न !

गरिबहरूको पक्षमा वकालत गर्नु र -ज्ञान तथा मनोरञ्जनको) स्रोतमा उनीहरूको पनि पहुँचको तर्क गर्नु अस्वाभाविक होइन । तर उत्तिकै महत्त्वपूर्ण कुरा ती स्रोतको सिर्जनामा दिमाग, मिहिनेत र पैसा खर्च गर्ने सर्जक र व्यवसायीको हितको पनि रक्षा हुनुपर्छ ।

अहिले अमेरिकामा चलेको सोपा र पिपाका नाममा चलेको एउटा संघर्ष केही हदसम्म माथिका प्रश्न र सर्जकको अधिकारसँग सम्बन्धित छन् ।

फिल्म, संगीत र पुस्तकजस्ता बौद्धिक सम्पत्तिका अनधिकृत प्रतिलिपिहरू इन्टरनेटमार्फत व्यापक र अनधिकृत रूपमा मानिसले प्रयोग गर्न थालेपछि त्यसलाई रोक्न अमेरिकामा केही महिना अघि दुई वटा विधेयक ल्याइएका थिए । ती विधेयकहरू- स्टप अनलाइन पाइरेसी एक्ट -एसओपीए अर्थात् सोपा) र प्रोटेक्ट इन्टेलेक्चुअल प्रपर्टी एक्ट -पीआईपीए अर्थात् पिपा)- बितेका केही सातायता अमेरिकामा चर्को विरोध र समर्थनको तारो बनेका हुन् ।

इन्टरनेट भनेकै २० औं शताब्दीको सबैभन्दा महत्त्वपूर्णमध्येको एक अमेरिकी उपलब्धि हो जसले अहिले संसारभरि मानिसको जीवनस्तर सुधार्नदेखि उनीहरूलाई आपसमा नजिक्याउन अभूतपूर्व भूमिका खेलेको छ । इन्टरनेटका आधारभूत संरचना र प्रविधि अझै पनि प्रस्टतः अमेरिकी नियन्त्रण या प्रभावमा छन् । त्यसैले इन्टरनेटमा हुने सानोभन्दा सानो असर जो यदि अमेरिकाबाट हुन्छ भने त्यो विश्वकै लागि गम्भीर बन्छ । राजनीति या अर्थतन्त्रमा हुने अमेरिकी निर्णयले विश्वमा पार्ने प्रभावको कुरा तपाईंलाई थाहै छ । सोपा र पिपाले अमेरिकी आन्तरिक तथा विदेशी मुलुकसँगको राजनीतिक र आर्थिक निर्णय/सम्बन्धहरूमा पनि प्रत्यक्ष असर पार्ने भएकाले ती विधेयकबारे अहिले गैरअमेरिकीहरूलाई पनि चासो भएको ।

लगभग उस्तै उद्देश्य भएका तर अमेरिकाका तल्लो -हाउस) र माथ्लो सदन -सिनेट) मा छुट्टाछुट्टै प्रस्तुत विधेयकका विरोधीहरूले ती पास भएर कानुनमा परिणत भए इन्टरनेटको प्रकृति -स्वतन्त्रता र विचारको खुला आदानप्रदान हुने थलो) मै आधारभूत क्षति पुग्ने तथा त्यसले इन्टरनेटमा नवीनतालाई छेक्ने तर्क गरेका छन् । गैरकानुनी रूपमा राखिएको कुरा -फिल्म, गीत या पुस्तक) भएको वेबसाइटसँग आर्थिक कारोबार गर्ने या लिङ्कसम्म राख्ने अर्को कुनै वेबसाइट र संस्थालाई कारबाही गर्ने उद्देश्य ती विधेयकले राख्छन् । जस्तै, प्रायः अनधिकृत फिल्म या गीत या किताबलाई कम्प्युटरमा झार्न सजिलो तुल्याउने टोरेन्ट साइट 'द पाइरेट बे' को ठेगानालाई कसैले फेसबुकमा पोस्ट गर्‍यो भने फेसबुकलाई कारबाही हुने कानुन बनेपछि फेसबुकले त्यस्तो ठेगाना आफ्नो साइटमा प्रकाशित हुन दिने कुरै भएन । त्यो र अन्य प्रावधानले विधेयक पारित भए सेन्सरसिप र स्वयं सेन्सरसिपले बढावा पाउने विधेयकका विरोधीहरूले तर्क गरेका छन् ।

चीन, इरानजस्ता मुलुकका लोकतन्त्र नभएका देशका शासकहरूले प्रायः स्वतन्त्रताका पक्षपाती र आफ्नो आलोचना गर्ने आवाजलाई इन्टरनेटमा सकेसम्म जानै दिँदैनन् । जान नदिन उनीहरूले इन्टरनेटको सेन्सर गर्नुबाहेक त्यसो गर्नेलाई प्रत्यक्ष कारबाही पनि गर्छन् जो स्वतन्त्रताका पक्षपातीले मन पराउँदैनन् ।

त्यस्ता मुलुकका सरकारले आफूविरोधी कुरा लेखेको भनेर वेबसाइटहरूलाई जनताले हेर्न नमिल्ने बनाएका हुन्छन् । त्यस्ता वेबसाइटलाई जसोतसो हेर्न मिल्ने बनाउने केही सफ्टवेयर हुन्छन् । यी विधेयक पारित भएमा त्यस्ता सफ्टवेयर चलाउनु पनि अमेरिकामा गैरकानुनी हुनेछ । त्यस्तै तानाशाही मुलुकहरूमा प्रहरीबाट जोगिन राजनीतिक र सामाजिक कार्यकारीहरूले गोपनीयता जोगाउने सफ्टवेयर प्रयोग गर्छन् ताकि कुनै पनि वेबसाइट प्रयोग गरेको शासकले थाहा नपाऊन् । त्यस्तो एउटा सफ्टवेयर -टोर) लाई अरू कोही नभई अमेरिकी विदेश मन्त्रालयले नै प्रवर्द्धन गर्छ, तानाशाही मुलुकका पीडित इन्टरनेट प्रयोगकर्तालाई सहयोग गर्न । सोपा र पिपा पारित भए टोर चलाउनु पनि अमेरिकामा गैरकानुनी हुनेछ, टोरका बारेमा लिङ्क राख्दै इन्टरनेटमा कुरा गर्नु पनि कानुनविपरीत हुनेछ ।

सोपालाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा अक्टोबर २६ मा छलफलका लागि लैजाने सांसद लमार स्मिथले विरोध चर्केपछि गत आइतबार त्यसमा व्यापक सहमति नभएसम्म फिर्ता लिने घोषणा गरेका छन् । पिपालाई चाहिँ गत मे १२ मा सिनेटर प्याटि्रक लेहीले सिनेटमा प्रस्तुत गरेका थिए । गैरकानुनी सामग्री भएको वेबसाइट दर्शकसम्म पुर्‍याएबापत सोपाले इन्टरनेट सेवा प्रदायकलाई लक्षित गर्न भने पिपाले चाहिँ वेबसाइटको नाम -डोमेन) दर्ता गर्ने कम्पनी र विज्ञापन सञ्जाललाई । त्यसैले सोपाको तुलनामा पिपाले कम विरोधको सामना गर्नुपरेको छ । यी विधेयकको समर्थन गर्ने डोमेन दर्ता कम्पनी गोड्याडीले अघिल्लो साता थुप्रै ग्राहक गुमाउनुपर्‍यो । गोड्याडीले खराब प्रयासको समर्थन गरेको भन्दै ऊसँग रिसाएका ग्राहकले उसलाई सजाय दिए । विरोध गर्नेमा गुगल र फेसबुकदेखि अमेरिकी सूचना प्रविधि संसारका सानातिना सबै कम्पनी र साइटहरू छन् । लोकपि्रय वेबसाइटहरू विकिपेडिया र रिडिटले त गत साता केही घन्टा आफ्ना साइट नै बन्द गरे, विरोधमा ।

सचेत नेपाली इन्टरनेट प्रयोगकर्ताहरू पनि के कम ? उनीहरूले पनि बितेका केही सातायता टि्वटर, फेसबुक स्ट्याटसमार्फत र वेबसाइटहरूमा लेखेर सोपा/पिपाको सकेसम्मको विरोध गरेका छन् । इन्टरनेटमा भौगोलिक विभाजन कमै देखिन्छ, महसुस हुन्छ । त्यसको फाइदा ग्लोबल भिलेजका नेपाली बासिन्दाले पनि नलिने कुरै भएन । सन् २००५ मा ज्ञानेन्द्रले सत्ता कब्जा गरेर इन्टरनेट बन्द गर्दै बोल्ने स्वतन्त्रतामा आघात पुर्‍याउँदा आन्दोलित नेपालीले विश्वकै स्वतन्त्र मानिने मुलुकमा स्वतन्त्रतामा खलल पुर्‍याउन खोज्ने विधेयकहरूको विरोध गर्नु के अनौठो भयो र ?

अर्को कुरा, टोरेन्टबाट फिल्म झारेर हेर्नु पनि त छ ! -त्यो चाहिँ धेरै ठूलो स्वरमा नभनौं होला !)

Wednesday, January 18, 2012

प्रचण्ड ‘सुबिधासम्पन्न’ नयाँ घरमा सर्दै - onlinekhabar



५ माघ, काठमाण्डौ । माओवादी शान्ति प्रकृया आएदेखि नै नयाँ बजारमा वस्दै आएका अध्यक्ष प्रचण्ड अब लाजिम्पाटमा रहेको सानदार घरमा सर्ने भएका छन् । करिव दुई महिनादेखि चलिरहेको रंगरोगन र मर्मत सम्भार सकिएपछि प्रचण्डनिवासमा रहेका सामाग्रीहरु सारिसकिएको छ । ‘सामान सार्ने क्रम जारी छ, आज सामान सारिसकियो भने अध्यक्ष आजै सर्नुहुन्छ’ स्रोतले भन्यो ।
लाजिम्पाटको सांगि्रला होटल नपुग्दै करिव ५ मिटर अगाडीबाट दायाँपट्टी छिरेर करिव १ सय ५० मिटर अगाडी पुगेपछि नयाँ घरमा पुगिन्छ । कम्पाउण्डभित्र साढे दुई तले दुईवटा घर छन् । कम्पाउण्डमा सिलेट ढुंगा ओछ्याइएको छ भने परिसरमा बगैंचा पनि रहेको छ । दुवै घरमा गरि १५ कोठा रहेको र सवै कोठा उज्याला र घाम पर्ने रहेको बताइएको छ । दुईमध्ये एक घरमा प्रचण्डको परिवार वस्ने छ भने अर्को घरमा उनको निजी सचिवालय, त्यहाँ काम गर्ने कर्मचारी बताइएको छ । सुरक्षाकर्मीका लागि छेउको अर्को घरमा ब्यबस्था गरिएको छ ।
फराकिलो कम्पाउण्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने बताइएको छ । नयाँबजारमा एउटामात्र गाडी अट्ने समस्याले गर्दा बिदेशी पाहुना र भेटन आउने आगन्तुकले सडकमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता थियो ।
सो घर प्रचण्डकै पैसामा एक ब्यापारिका नाममा किनिएको हल्ला चलेपनि त्यो असत्य भएको भएको निजी सचिवालय बताउँछ । एक ब्यापारीको सहयोगमा सो घर भाडामा लिइएको र भाडा तिरेरै वस्न लागिएको नयाँ बजार स्रोतको दावी छ ।



बाबुरामका मात्रै नौ पत्रिका - weeklynepal

काठमाडौँ, माघ ४ । सुन्दा पनि अचम्म लाग्छ, प्रधानमन्त्री तथा सत्तारुढ दल एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ दिने मात्र नौ–नौवटा पत्रिका बजारमा आइरहेका छन् भनेर। प्रधानमन्त्री भट्टराईकै आर्थिक सहयोगमा चलिरहेका ती पत्रिकाहरूका सम्पादक र जिम्मेवारीमा स्वयं भट्टराई र उनकी पत्नि तथा छोरीसमेत पनि संलग्न छन्।
प्रधानमन्त्री भट्टराईको नाममा दर्ता गरि दशकौंदेखि संचालनमा आइरहेको जनादेश साप्ताहिक प्रत्येक मंगलवार वजारमा आउँछ। अहिले त्यसका सम्पादकमा मनऋषि धिताललाई जिम्मेवारी दिइएको छ। कुनै समय पार्टीको आधिकारिक मुखपत्रको रुपमा रहेको सो पत्रिकामा चर्चित पत्रकार कृष्ण सेन इच्छुकले सम्पादनसमेत गर्ने गरेको सो पत्रिकाले अहिले भने भट्टराईको पक्षमा वकालत गर्ने गर्छ। त्यसो त प्रधानमन्त्री पत्नि हिसिला यमीले पनि आफ्नै दिदीको नाममा 'आठ मार्च' नामक महिला मासिक पत्रिका  चलाउने गरेकी छिन् भने छोरी मानुषी झिल्को नामक विचार प्रधान पत्रिकाका सम्पादकको रुपमा कार्यरत छिन्। बाबुको विचारको वकालत गर्ने गरेको सो पत्रिकामा छापिएका कतिपय लेखहरू पार्टी भित्र विवादित हुने पनि गरेका छन्।    
प्रधानमन्त्री भट्टराई परिवारमा तीन सदस्य मात्र छन्, भट्टराईसहित श्रीमति र छोरी। उनकै परिवारका तीनै सदस्यले पत्रिका निकालेका छन नै, त्यसमाथि पत्रिका निकाल्नेमा प्रधानमन्त्रीका कार्यालयका सहयोगीहरू पनि कम छैनन्। प्रधानमन्त्री भट्टराईका मुख्य सहयोगी विश्वद्धिप पाण्डेले नरहरि मिश्रको नाममा अंकुर मासिक निकाल्छन् भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार देवेन्द्र पौडेलले अग्रगमन नामक विचारप्रधान पत्रिका निकाल्ने गरेका छन्। भट्टराईको पक्षमा वकालत गर्नका लागि उनका प्रेस सल्लाहकार रामरिझन यादवको पनि आफनै पत्रिका छ– 'लालमधेस' मासिक। त्यसो त लेखनाथ न्यौपाने सम्पादक रहेको 'समयवोध' मासिकले पनि भट्टराईको वकालत गर्ने गर्छ । भट्टराई पक्षधर स्थायी समिति सदस्य तथा स्थानिय विकासमन्त्री टोपबहादुर रायमाझीको प्रत्यक्ष संलग्नतामा सो पत्रिका बजारमा आएको छ।
त्यसो त जनविद्रोहको लाइन वोक्ने उपाध्यक्ष मोहन वैद्य किरणका पनि भट्टराईका जति कै पत्रिकाहरू वजारमा आएका छन्। त्यसमध्ये सवैभन्दा चर्चित पत्रिकाका रुपमा सुदर्शन मंगोल सम्पादक रहेको कम्युनिष्ट 'आउटलुक' हो। मुख्य गरी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष भट्टराईमाथि निरन्तर प्रहारमा गर्ने सो पत्रिकालाई द्धैमासिकवाट पाक्षिकमा झारिएको हो। त्यसैगरी कुमार राउतको सम्पादनमा आउने 'महिमा' साप्ताहिक र केदार गौतमले प्रकाशन गरेको 'जनजिव्रो' साप्ताहिकले पनि वैद्य पक्षको वकालत गर्दै आएको छ।
त्यसैगरी वैद्य पक्षको वकालत गर्नका लागि जनदिशा डटकम, रेडस्टार डटकम र  द नेक्स्ट फ्रन्ट डट कम नामक वेभसाइटहरू संचालनमा छन्। पार्टी भित्रको विवाद चरमोत्कर्षमा पुगेको वेला प्रकाशनमा आएको 'दायित्ववोध' साप्ताहिक र 'रेड स्टार' अग्रेजी पत्रिका भने अहिले वन्द हुन पुगेको छ तर वैद्य पक्षको वकालत गर्नैका लागि जलजला डटकमको सुरुवात गरिएको छ।
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको वकालत गर्नका लागि सोमवार प्रकाशन हुने 'जनएकता साप्ताहिक' काफी भइदिएको थियो, तर अहिले वन्द हुन पुगेको छ। मुल्यांकन प्रकाशन गृहमा उपाध्यक्ष श्रेष्ठको अझै हालीमुहाली छ।
पत्रकार महासंघका पूर्व उपसभापति गोविन्द आर्चायले 'निकास' साप्ताहिक निकाल्ने गरेका छन्। जनएकतामा संलग्न केही पत्रिकाहरू त्यसमा आवद्ध छन्। स्रोतका अनुसार सो पत्रिकाका आर्थिक स्रोत भने स्थायी समिति सदस्य कृष्णवहादुर महरा हुन्।
पत्रिका मार्फत आफनो विचार सम्प्रेषण गर्नका लागि प्रचण्ड पक्षधर भने अलि कमजोर देखिएका छन्। आलोचना गर्नेहरूले प्रचण्डले केही ठूला दैनिक पत्रिका र टेलिभिजनमा लगानी गरेको भन्ने त गरेका छन्। तर, उपाध्यक्षद्धय भट्टराई र वैद्यको जस्तो पत्रपत्रिका भने प्रचण्डका वग्रेल्ती छैनन्। प्रचण्डको पक्षमा वकालत गर्नका लागि 'लालरक्षक' मासिकलाई साप्ताहिक वनाइएको छ। प्रचण्ड पक्षधर पोलिटव्युरो सदस्य अग्निप्रसाद सापकोटाका भतिजा दिपशिखाले सो पत्रिका प्रकाशन गर्छन भने अर्का पोलिटव्युरो सदस्य हरिबोल गजुरेलसँगै वस्ने रमेशप्रसाद गुरागाँईले प्रकाशन गरेको 'समाचार' पाक्षिक प्रचण्डको वकालत गरेर अहिले वन्द हुन पुगेको छ। त्यसो त अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष युवराज चौलागाईले प्रचण्डको पक्षमा वकालत गर्नका लागि प्रकाशन गरेको 'क्रमभंग' विचार प्रधान पत्रिका हो। त्यसो त प्रचण्डको पक्षमा आवरण मासिक पनि बजारमा आइरहेको छ। प्रचण्ड निकट स्थायी समिति सदस्य वर्षमान पुनले नेपाल एभरेष्ट न्यूज डटकम संचालन गरिरहेका छन भने लालरक्षक डटकमले पनि उन कै वकालत गर्ने गरेको छ।
पार्टीका आधिकारिक 'जनदिशा'दैनिक चर्को विवादका कारण वन्द भएको छ भने रेडियो मिर्मिरे अहिले वैद्य पक्षधरको कब्जामा पुगेको छ। तर, फूलपातीको दिन प्रचण्ड–वैद्य पक्षवीच भएको भिडन्तका कारण सो एफएमको ट्रान्समिटर भने प्रचण्डका भाई नारायण दाहालको कब्जामा रहेको वैद्य पक्षधर पत्रकारहरूले वताएका छन्। पार्टीको आधिकारिक वेभसाइट युपीसिएनमाओष्ट डटकम भने संचालन हुन सकेको छैनन्। विवादकै कारण सो वेभसाइट सहित सीएम प्रचण्ड डट कम संचालन हुन सकेका छैनन्।
त्यसो त नेतै पिच्छेका पत्रिका त केन्द्रमा  त छन् नै, त्यतिकै संख्यामा जिल्लाहरूवाट माओवादी नेताहरूले पत्रिका निकालेका छन्। राम्रा र स्तरिय मात्र होइन, सवैभन्दा महँगो कागजमा प्रकाशन हुने ति पत्रिकाका अक्षरहरू भने आफनै  पार्टी भित्रको अर्को समूहलाई खुइलाउनमै खर्च भएका हुन्छन्। भ्रष्टचार गरेको, ठगेको, लुटेको, कमिसन खाएको जस्ता विषयलाई खोतलेर बजारमा ल्याउने र आरोप प्रत्यारोपमा रमाएका माओवादी पत्रिकाहरूका कारण समग्र पत्रकारिता पेशा नै बदनाम हुन पुगेको छ।

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि - onlinekhabar

४ माघ, काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारण उपभोक्ताको ढाडै सेकिने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । निगम प्रवक्ता मुकुन्द ढुंगेलले पेट्रोलमा प्रतिलिटर १०, डिलेज र मट्टितेलमा प्रतिलिटर ९/९, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ र खाना पकाउने ग्याँसको मूल्यमा प्रति सिलिण्डर १ सय ७५ रुपैयाँका दरले वृद्धि गरिएको अनलाइनखबरलाई जानकारी दिनुभयो ।
यो सँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय १५, डिजेलको ९०, मट्टितेलको ८५ र खाना पकाउने ग्याँसको मूल्य १५ सय तथा हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५, डिजेल र मट्टतिेलको मूल्य ७६ तथा आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय तथा ग्याँसको मूल्य १ हजार ३ सय २५ रुपैयाँ थियो । निगमले नयाा मूल्य बुधबारदेखि नै लागू हुने जनाएको छ ।
प्रवक्ता ढुंगेलले महंगोमा किनेर सस्तोमा बिक्री गर्दा निगम घाटामा गएको भन्दै घाटा कम गरेर बजारमा हाल विद्यमान अभाव अन्त्यका लागि अन्तिम विकल्पका रुपमा मुल्य समायोजन गरिएको दाबी गर्नुभयो । मूल्य वृद्धि गर्दासमेत निगमको मासिक घाटा ८६ करोड रुपयाँ भन्दा बढी हुने ढुंगेलको भनाइ थियो । इन्धनमा भएको मूल्य वृद्धिसागै ढुवानी भाडा बढ्न गई दैनिक उपभोग्यसहति अन्य अत्यावश्यक सामानको बजार मूल्य आकासिने निश्चित छ ।
आयल निगम धारासायी भएको भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार राष्ट्रिय योजना आयोग, नेपाल आयल निगम तथा आर्थिक सल्लाहकार परिषद्लगायत सरोकारवाला निकायका पदाधिकारीसँगको सामूहिक छलफलका क्रममा निगमलाई जोगाउन तत्काल मूल्य वृद्धि गर्न निर्देशन दिनुभएको थियो ।

Monday, January 16, 2012

राजा बन्ने लालचा - nagariknews - C.K.Lal

दक्षिण एसियाको समाजिक परिवेशका लागि संसदीय प्रजातन्त्र उपयुक्त हुनसत्तै्कन भन्ने निर्क्योल नयाँ होइन। संसदीय व्यवस्थाको अनुपयुक्ततालाई सबभन्दा प्रखररूपमा कायद ए आजम मोहम्मद अलि जिन्नाले मुखर गरेका थिए। बेलायत पढेका विद्वान् कानुनविद जिन्नाको आकलनमा संसदीय व्यवस्थाका लागि नभई नहुने सहनशीलता, सामञ्जस्य र सहकार्यको संस्कृति दक्षिण एसियामा थिएन। त्यसैले उनले स्वतन्त्र पाकिस्तानको प्रथम गभर्नर जनरल स्वयं नै हुने निर्णय गरे। उनी अझ केही दिन बाँचेको भए के हुन्थ्यो अब अडकलको कुरामात्रै हुने भयो। स्वतन्त्र पाकिस्तानको संस्थाकरण हुन नपाउँदै उनको देहावशान भयो। अझैसम्म पनि पाकिस्तानमा राजनीतिक स्थायित्वको खोजी जारी छ। राज्यको अभिभावक सेना हुने वा निर्वाचित जनप्रतिनिधि? बहस टुंगिएको छैन।


संसदीय व्यवस्थालाई रुचाएको त अर्का बेलायत पढेका वकिल जवाहरलाल नेहरुले पनि थिएनन्। न्युयोर्कको कोलम्बिया विश्वविद्यालय र लन्डनको स्कुल अफ् इकोनोमिक्सबाट राजनीति, दर्शन, अर्थनीति एवं विधिशास्त्रमा विशेषज्ञता हासिल गरेका विधिवेत्ता भीमराव अम्वेडकरलाई त झन् संसदीय व्यवस्थाले वञ्चित एवं वहिष्कृत समुदायको हित गर्नसक्छ भन्नेमा पटक्कै विश्वास थिएन। तर, मानव जातिको इतिहासलाई बुझेका नेहरु क्रमिक क्रान्तिका पक्षधर थिए। संविधानवादमा विश्वास गर्ने अम्बेडकर संविधानबाहिरबाट समाधान खोज्नसक्ने निर्वाचित तानाशाहका लागि कुनै ठाउँ छोड्न तयार थिएनन्। फलतः भारतमा नेताहरु भ्रष्ट र बेकामे भए भन्ने गुनासो त प्रशस्त सुनिन्छ तर, अभिभावक बन्ने होडबाजी चाहिँ कहिल्यै भएन। एकथरी पेसाकर्मीले संविधानभन्दा माथिको लोकपालका लागि खुबै हल्ला मचाए। पाँच राज्यमा चुनावको पक्रिया अगाडि बढेपछि तिनको नारा पनि अस्वस्थ अन्ना हजारेसँगै शिथिल बन्न पुगेको छ। संसदीय प्रक्रियासँग दिक्क लागेर नेहरु कहिलेकाँही उच्छ्वाश लिन्थे रे, 'हामी संसदीयताका दुर्गुण त कम गर्नसक्छौं, तर यस सुस्त विधिका जटिलतासँग बाँच्न सिक्नुबाहेक अरू कुनै उपाय पनि छैन।' भारत अझै पनि संसदीय व्यवस्थाको सुस्ततासँग संघर्षशील छ।
नयाँ जड्याहा भएकाले होलान्, नेपालका पण्डित, पण्डा, पुजारी र पुरेतहरू अलि छिट्टै मातिन्छन्। राजा, महेन्द्रले १८ महिनाभित्र संसदीय व्यवस्था अफाप सिद्ध भएको घोषणा गरिदिए। दोस्रो पटक संसदीयताको मर्मस्थलमा प्रहार गर्ने काम अदालतले गर्‍यो। जुन दिन अदालतको आदेशबाट प्रतिनिधिसभाको विघटनले वैधानिकता पायो, त्यसै दिन सर्वोच्च जननिर्वाचित निकायको पुनःस्थापनाको अधिकार पनि अदालतमै पुग्यो। त्यसपछि भएका अभ्यास संसदीय नभएर अरू नै केही हुन्। रूप भने कायम रहेकाले बदनाम संसदीय व्यवस्था भयो।
वसन्त विद्रोह २०६२-०६३ पछिका अनुभव पनि मिश्रितमात्र छन्। सडकको आदेशबाट पुनःस्थापित प्रतिनिधिसभा एवं त्यसको निर्देशनबाट गठित महासंसद्ले युगान्तकारी निर्णय लियो। त्यसका आधारमा अन्तरिम संविधान बन्यो। संविधानसभाको निर्वाचन भयो। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भयो। समावेशिताका केही प्रावधान कार्यान्वयन भइरहेका छन्। अवरुद्ध रहेको भए पनि शान्ति प्रक्रिया भंग भएको छैन। संविधान लेखन प्रक्रिया सुस्त त छ, बन्द भने भएको छैन। यसबीच पाँच वर्षभित्र पाँच पटक सरकार प्रमुख फेरिएका छन्। समाजिक वा आर्थिक उथलपुथल भने अनियन्त्रित हुन पाएको छैन। यी सबै गतिविधि संसदीय प्रणालीका असफलताको सूचक हुन् भने नेपाललाई राजनीति होइन चमत्कार चाहिएको हुनुपर्छ। चमत्कार भनेकै स्वनियन्त्रण बाहिरको घटना जो हो।
नेपालका पण्डित, पण्डा, पुजारी र पुरेतहरूको अधैर्यले गर्दा संसदीय व्यवस्थाको अभ्यास हुन नपाउँदै अवशान हुने सम्भावना बढ्दै गइरहेको छ। राजा महेन्द्रको 'अरूले सय वर्षमा गरेको काम १० वर्षमा गर्ने' अधीरताले गर्दा राष्ट्रको ३० वर्ष र नागरिकको कम्तीमा तीन पुस्ता खेर गयो। गणतन्त्रमा निर्वाचित राजा हुने चाहनाले व्यापकता पाउँदै गयो भने त्यसको राजनीतिक परिणामले पाकिस्तानमा जस्तै 'स्थायी अस्थिरताको अवस्था' उत्पन्न हुनसक्छ।
एकहोरो चिन्तन
संसदीय व्यवस्था नरुचाउने समूहका तर्क कमजोर छैनन्। संसद्भित्रको अंकगणितका बन्दी प्रधानमन्त्रीले राष्ट्रलाई नेतृत्व दिन कठिन हुनेगर्छ। एकातिर सत्ताधारी दल वा गठबन्धनभित्र निरन्तर समीकरण मिलाई राख्नुपर्ने बाध्यता हुन्छ भने अर्कोतिर प्रतिपक्ष अवसर कुरेर बसिरहेको हुन्छ। सांसद भएकाले मन्त्री हुन पाएकाको प्राथमिक जवाफदेही आफ्ना मतदाताप्रति हुन्छ भने स्थायी सरकारको दर्जा पाएको नोकरशाहीले राजनीतिक नेतृत्वलाई म्यादी हाकिम ठानेर नचाइरहेको हुन्छ। यस्तो अस्तव्यस्तताको तुलनामा निर्वाचित कार्यकारी प्रमुख, कार्यपालिकाको जिम्मेवारीबाट मुक्त विधायिका एवं निर्वाचित अधिकारीले नियुक्त गर्ने कर्मचारीतन्त्रको अवधारणा कता हो कता तार्किक, वैज्ञानिक र त्यसैले आधुनिक लाग्छ। परजीवि पुँजीवाद होस् वा सामन्ती साम्यवाद, सबैखाले अतिवादका लागि उपयुक्त अवस्था राज्य प्रमुख नै साधु, सेनाधिपति र साहु सबै एकै व्यक्ति हुने व्यवस्थामा मात्र सम्भव हुन्छ। चमत्कारका लागि राष्ट्रपतीय प्रणाली निःसन्देह उपयुक्त राजनीतिक व्यवस्था हो। नियन्त्रणको अन्विति (युनिटी अफ कमाण्ड), निर्देशनको स्पष्टता एवं नेताको सर्वोच्चता कायम रहेको राज्यव्यवस्थाले अविकास एवं पछौटेपनविरुद्धको युद्ध प्रभावकारी ढंगले लड्न सक्छ। तुलनात्मकरूपमा संसद्मा कुर्सी फालाफाल गर्ने व्यवस्था अराजकताको संस्थाकरणजस्तो लाग्नु स्वाभाविकै हो। विडम्बना, जुन राष्ट्रपतीय प्रणालीको अन्तरनिहित गुण हो, त्यही त्यस व्यवस्थाको सबभन्दा ठूलो दोष पनि हो। र, जसलाई संसदीयताको कमजोरीका रूपमा औँल्याइने गरिन्छ, त्यही त्यस प्रणालीको अन्तरनिहित शक्ति पनि हो।
यथार्थ हो, बेलायतमा संसद् र राजाका सेना एकापसमा लडेपछिमात्र संसद्को सर्वोच्चता स्थापित भएको हो। राजाका पक्षमा लड्नेमध्ये भाइभारदार र अभिजात्य समूहको बाहुल्य थियो भने संसदीय सेनाको नेतृत्व पेसाकर्मी, साहूमहाजन एवं व्यवसायीका हातमा थियो। सामान्य जनता भने विभाजित थिए। उसै पनि जित्नेका पक्षमा उभिनु सर्वहारा वर्गको बाध्यता हुने गर्छ। संसदीय सर्वोच्चताको अवधारणा सबैलाई साझा मञ्च उपलब्ध गराउने उद्देश्यबाट उब्जिएको हो। संसदवादीले चाहेका भए राजावादीलाई फ्रान्स वा रुसमा जस्तो समाप्त नगरेसम्म लड्न सक्थे। तिनले त्यसो गर्न रोजेका भए बेलायत कमजोर हुन्थ्यो। सम्झौताको बाटो रोजियो।
राष्ट्रपतीय प्रणाली अंगाल्नुपर्ने संयुक्त राज्य अमेरिकाको बाध्यता पनि युद्धबाटै उत्पन्न भएको हो। बेलायतविरुद्धको स्वतन्त्रता संग्राममा नियन्त्रणको अन्वितिबेगर युद्ध लड्न सकिने थिएन। गृहयुद्धताका त झन् संघवादी सेनाका लागि नियन्त्रण एवं नेतृत्वको केन्द्रीयता सर्वोपरि बन्न पुगेको थियो। अहिले पनि विश्वका १० सबभन्दा बढी ठूला देशभन्दा एक्लै अमेरिकाले बढी रकम सैन्य सुरक्षामा खर्च गर्छ। त्यस्तो देशमा दिनहुँ अविश्वासको प्रस्तावको तरबारमुनि बाँच्ने कार्यकारी प्रमुखले सैन्य उद्यम संजाललाई एक दिन पनि सम्हाल्न सक्दैनन्। अमेरिकाका लागि गतिशीलताभन्दा स्थायित्व महत्वपूर्ण छ।
कुनै पनि दुई देशको परिस्थिति एकैनासको हुँदैन। पाकिस्तानमा जिन्नाले निर्णय गरे, बेलायती पद्धति उपयुक्त छैन। भारतमा नेहरुले निष्कर्ष निकाले, संसदीयता सबभन्दा कम खराब व्यवस्था हो। साठी वर्ष इतिहासमा लामो अवधि होइन। फ्रान्सेली क्रान्तिको दुई सय वर्षपछि चिनिया प्रधान मन्त्री चाउ एन लाइले भनेका थिए - अहिले नै त्यस महान् घटनाको ऐतिहासिक महत्व निर्क्योल गर्न हतारो हुनेछ। नेपालमा राजा महेन्द्रले जिन्नाको निष्कर्षलाई पछ्याए, अयुव खाँको आधारभूत प्रजातन्त्रको नक्कल गरेर। बीपीले नेहरु नीति अँगाल्ने प्रयत्न गरेका थिए। उनी पछारिए। पछौटेपनको संस्कृतिले गर्दा नेपालीहरू मुक्तिदाताका खोजीमा छन्। त्यो स्वाभाविक हो।
कठिन छनौट
सफलता एवं असफलताका उदाहरण दुवैतिर पाइन्छन्। यद्यपि, संसदीय प्रणालीको अभिलेख अपेक्षाकृत कम कलंकित छ। हिटलरको उदय संसदीय व्यवस्थाको अन्त्यपछि भएको हो भने स्टालिन कार्यकारी प्रमुख प्रणालीभित्रैबाट आएका हुन्। चुनावमा धाँधली संसदीय व्यवस्थामा मात्र हुने होइन। झुन्डिएको झुत्रो (हैंगिङ चाड) नतन्काइएको भए जर्ज डब्ल्यु बुस राष्ट्रपति हुनसक्ने थिएनन्। कोरियाको आर्थिक क्रान्ति राष्ट्रपतिको नेतृत्वमा भएको हो भने जापान, मलेसिया र सिंगापुरको कायाकल्पका लागि प्रधानमन्त्रीले अग्रसरता लिएका थिए। नेपालको भूराजनीतिक, सांस्कृतिक, सामाजिक एवं राजनीतिक परिस्थिति कस्तो छ भन्ने त अरूभन्दा राजनीतिकर्मीहरुले नै बढी बुझेको हुनुपर्छ।
तानाशाह उदयको भयबाट पनि शासकीय स्वरूपको बहसलाई मुक्त गरिनुपर्छ। पुष्पकमल दाहाल नै राष्ट्रपति हुने अवस्था आयो भने उनको दल एक ढिक्का रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन। उनका विरुद्ध बाँकी सबैको सर्वसम्मत उम्मेदवार रुक्मांगद कटुवाल भए भने के होला? दाहाल स्वयंले देखिसकेका छन्। पेरुमा साम्यवाद समाप्त गर्न त्यसअघि राजनीतिमा नामसमेत नसुनिएको अल्बर्टो फुजिमोरीलाई नयाँ पार्टी खोल्न लगाएर चुनावी मैदानमा जिताइएको थियो। नेपालमा त एकपटक विद्या भण्डारीले कृष्णप्रसाद भट्टराईलाई धुलो चटाइसकेकी छन्। भारतका हिन्दुत्ववादी प्राधिकार अशोक सिंघलको नेपाली प्रिय पात्रहरूको सूचीमा अहिले पनि एमाले नेतृ भण्डारीको नाउँ निकैमाथि छ। परिस्थिति बदलियो भने उनलाई जनजाति-मदेसी मोर्चाको उमेदवार हुन अप्ठेरो हुनेछैन।
निर्वाचन मण्डलले छनौट गरेको राष्ट्रपति तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा भने झनै गन्जागोल निम्त्याउने प्रारूप ठहरिनसक्छ। मोहन वैद्य आफ्नै अध्यक्षलाई चेलाभन्दा बढी मान्न तयार छैनन्। पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूले गर्दा एमाले अध्यक्ष झलनाथ खनालको प्रभावकारिता समाप्त प्रायः भएको छ। शेरबहादुर देउवाको राजनीतिक जन्म हुनुभन्दा अगाडिदेखि पार्टीमा क्रियाशील रहेका सुशील कोइराला सामान्य निर्णयसम्म गर्ने हिम्मत जुटाउन सत्तै्कनन्। उपेन्द्र यादव, विजय गच्छदार र जयप्रकाश गुप्तामध्ये को कसको नेता हो कसैलाई थाहा छैन। अध्यक्ष महन्थ ठाकुर छन् तर पार्टी हृदयेश त्रिपाठीले चलाउँछन् वा कुनै अदृश्य हातले भन्ने तिनैका दलका कार्यकर्ताले सोधिरहेका हुन्छन्। कसैले कसैलाई नटेर्ने दुई शक्ति केन्द्रको प्रारूप अँगाल्ने हो भने जनताको सार्वभौमिकता पुनः विधिको सर्वोच्चताका नाममा अदालतमा पुग्नेछ।
राजनीतिको त्रासदी के हो भने सहज विकल्पले सामान्यतः निरंकुशतातिर पुर्‍याउँछ। सबैभन्दा पुरानो प्रणाली कबिला सरदारको हो भने सबभन्दा प्रभावशाली व्यवस्था अहिले पनि त्यस्तै छ। पुँजीवादी अमेरिका र नवपुँजीवादी चीन दुवै शक्तिशाली राष्ट्रमा राष्ट्रपतीय प्रणाली क्रियाशील छ। संसारको सबैभन्दा भ्रष्ट, गरिब एवं हिंसाग्रस्त अफगानिस्तानमा पनि राष्ट्रपति नै कार्यकारी प्रमुख छन्। दाहाल, कोइराला, खनाल, गच्छदार, ठाकुर र गुप्ताले जस्तोसुकै प्रणाली अपनाए पनि त्यो विवादरहित नहुने पक्का छ। त्यसकारण जोखिम त तिनले नै उठाउने हो, नेपाली समाजका पण्डित, पण्डा, पुजारी एवं पुरोहित जमातले जे/जस्ता मन्त्र, तन्त्र, विधि एवं विधानका तर्कहरुको बिस्कुन फिँजारे पनि। एउटा कुरा भने सम्भि्कराख्नुपर्ने हुन्छ। राष्ट्रपतीय प्रणालीमा हारेका राजनीतिकर्मी बिलाएर जान्छन्। संसदीय व्यवस्थामा तात्कालिक धक्का लाग्न सक्छ। तर हार भने कसैको हुँदैन। सबै जितकै लागि सधैँ क्रियाशील रहन्छन्।
एकमात्र प्रतिनिधि निर्वाचित भएका दलका अध्यक्ष, जमानत जोगाउनसमेत असमर्थ पूर्वप्रधानमन्त्री एवं दुईतिहाइ बहुमत हासिल गरिसकेका संसदीय दलका नेता समान हैसियतमा बस्न सक्ने व्यवस्थामा सुस्तता, जटिलता एवं झमेला त हुन्छ नै। सायद, त्यही नै संसदीय व्यवस्थाको गुण र दुर्गुण दुवै हो। भारतको अति अल्पसंख्यक समुदायबाट कहिल्यै वडा अध्यक्षसम्मको चुनाव नजिती प्रधानमन्त्रीसम्म बन्न पुग्नु संसदीय व्यवस्थाको विसंगति हो भने त्यसको सौन्दर्य पनि त्यही हो। राजनीतिक समानताको सबभन्दा सहज अवस्था संसदीय व्यवस्थामै हुन्छ।
कठिन परिस्थितिमा बुद्धिविलासले तात्कालिक आराम दिन्छ। तर, महत्वपूर्ण प्रश्न अहिले शासकीय स्वरूपको नभएर सारभूत संघीयता एवं सामेली अर्थराजनीतिको हो। निर्वाचन प्रणालीलाई चुस्तदुरुस्त तुल्याउने जटिल जिम्मेवारी यथावत् छ। बेकामे ठहरिएको नोकरशाहीलाई आधुनिकीकरण गर्ने खाँचो छ। प्रहरी प्रशासनलाई जनमुखी बनाएर राजनीतिको अपराधीकरणलाई नियन्त्रित गर्नुपरेको छ। परजीवी पुँजीवादबाट समाजवादउन्मुख अर्थतन्त्रको बाटो पहिल्याउने चुनौती छ। राजनीतिकर्मीहरू भने सहजकर्ता बन्नुपर्ने जिम्मेवारीबाट भागेर 'राजा कसरी हुने' भन्ने धूनमा छन्। महाभारतमा महाबली दुर्योधनमा त्यस्तै रहर पलाएको थियो।

Saturday, January 14, 2012

यस्तो रहेछ मुख्य तीन दलको हिसावकिताव माओवादी सवैभन्दा धनी, आम्दानी अपारदर्शी - onlinekhabar

१ माघ, काठमाण्डौ । संबिधानसभाको सवैभन्दा ठूलो दल माओवादी आकारमा मात्र हैन, पैसामा पनि सवैभन्दा धनी पनि छ । निर्वाचन आयोगमा उसले हालै बुझाएको आम्दानी खर्च बिबरणमा आर्थिक बर्ष २०६७/६८ को कुल खर्च कांग्रेस र एमालेको भन्दा झण्डै दोब्बर छ । माओवादीले आयोगमा बुझाएको खर्च बिबरणमा गत बर्ष माओवादीले झण्डै ९ करोड आम्दानी गरेको छ भने त्यति नै खर्च गरेको छ । यस्तै नेपाली कांग्रेसले ४ करोड ९० लाख र नेकपा एमालेले ३ करोड रुपैयाँ खर्च भएको बिबरण निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगले पुस मसान्तभित्र आम्दानी खर्च बिबरण बुझाउन दलहरुलाई म्याद दिएको थियो । सोहीअनुसार शुक्रबार नै कांग्रेस, एमाले र माओवादीले आफ्नो हिसावकिताव बुझाएका छन् । शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबारसम्म बिबरण बुझाउने समय बढाइएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भन्नुभयो- ‘शुक्रबारसम्म २२ दलले बिबरण बुझाएका छन्, सोमबारसम्म सवै दलले बिबरण बुझाउने बिश्वास छ ।’ संबिधानसभामा रहेका करिव ८० दलमध्ये दुईवटा दलले मात्र गएको चार बर्षमा नियमित आम्दानी खर्च बिबरण बुझाएका थिए ।
कहाँबाट आउँछ पैसा ?
पार्टीहरुले बुझाएको बिबरणमा उनीहरुको मुख्य खर्च र्‍याली तथा सार्वजनिक समारोहको आयोजना, संगठन विस्तार र कार्यालय संचालनमा हुने गरेको देखाएका छन् । दलहरुको आम्दानी स्रोत भने सभासद र संगठित सदस्यबाट उठाइने नियमित लेभी र चन्दा सहयोग रहेको उनीहरुको बिबरणमा उल्लेख छ । माओवादीले आफ्ना २३८ सभासदबाट प्रतिमहिना १० हजार रुपैयाँ उठाउँछ भने यसअघि शिविरमा रहेका १९ हजार लडाकूबाट प्रतिमहिना एक हजार रुपैयाँ उठाउने गरेको थियो ।
दलहरुले बुझाएको बिबरणमा सभासद र सदस्यको लेभी शिर्षकमा कम र आर्थिक सहयोग तथा चन्द बिबरणमा बढि रकम देखिन्छ । दलहरुले शुभचिन्तकको सहयोग बाहेक अन्य शिर्षकमा पनि आम्दानी देखाएका छन् । तर अन्यको बिस्तृत बिबरण पेश गरिएको छैन् ।
नेपाली कांग्रेसले गत आर्थिक बर्षमा ४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ भने ९८ लाख रुपैयाँ मात्र खर्च भएको छ । गत वर्ष महाधिवेशन भएपछि सदस्यताबाट ३ करोडभन्दा बढी उठेको र बाँकी सभासदबाट लिएको लेवि भएको कांग्रेसले जनाएको छ । यस्तै आर्थिक बर्ष २०६६/६७ मा ३ करोड ८० लाख आम्दानी र ४ करोड खर्च गरेको कांग्रेसले जनाएको छ ।
एमालेले भने पार्टी घाटामा चलेको बिबरण पेश गरेको छ । महाधिवेशन हुँदाको बर्ष आर्थिक बर्ष २०६५/०६६ मा सवैभन्दा धेरै ८ करोड खर्च भएको र अघिल्लो बर्ष ५ करोडमात्र खर्च भएको एमालेले बुझाएको बिबरणमा उल्लेख छ । गत आर्थिक बर्षमा जम्मा ३ करोड आम्दानी र खर्च भएको बिबरण एमालेले पेश गरेको छ ।
देखिएन पारदर्शिता
दलहरुको हिसावकितावमा पारदर्शिता नदेखिएको भन्दै धेरै पहिलेदेखि आवाज उठ्दै आएको हो । सवैजसो पार्टीमा पार्टी भित्र र बाहिर पनि दलहरुको आम्दानी खर्चको पारदर्शीता माग गरिएपनि त्यो कहिले पनि पारदर्शी हुँदैन् । हालै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको बाषिर्क प्रतिबेदनमा पनि नेपालका राजनीतिक दलहरु सवैभन्दा बढि भ्रष्ट रहेको निष्र्कष निकालेको थियो । माओवादीभित्र त आर्थिक पारदर्शिता अन्तरसंर्घषको मुख्य मुद्दा नै बनेको छ ।
दलहरुको आम्दानी खर्च बिबरण पारदर्शी बनाउन केही बर्षअघि सरकारले प्राप्त भोटका आधारमा पैसा दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव बजेटमा पेश गर्ने तत्कालीन अर्थमन्त्री प्रकाशचन्द्र लोहनी भन्नुभयो – ‘पार्टीहरुलाई पारदर्शी वनाउने हो भने अहिले पनि राज्यले निश्चित रकम दिन पर्छ । ‘लोहनीले त्यतीवेला निर्बाचनका समयमा एक भोटको २० रुपैयाँ र पार्टी चलाउनका लागि एक भोटको एक रुपैयाँ दिन प्रस्ताव गर्नु भएको थियो ।
यस्तै कांग्रेस नेता नरहरि आचार्य पनि दलहरुलाई सरकार नै निश्चित रकम दिनु पर्ने बताउनुहुन्छ । ‘दलहरुले अहिले बुझाएको विवरण औपचारिक रुपमा आएका पैसाको मात्र हो’ उहाँले भन्नुभयो-’अनौपचारिक रुपमा आएका रकमहरु अनौपचारिक नै रहन्छन् । दलहरुको आन्दानी पारदर्शी बनाउने हो भने दलहरुलाई सरकारले नै निश्चित रकम दिने कानुनी व्यवस्था गर्नुपर्छ ।’ दलहरुलाई सरकार नै खर्च दिने व्यवस्था गरिए धैरै पारदर्शी हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो-’सरकारले नै निश्चित रकम दिने भएपनि महालेखाले समेत पारदर्शिता खोज्ने भएकाले पूर्ण त नभनौं तर, धेरै हदसम्म पारदर्शी हुन्छ ।’ आचार्य कानुनमन्त्री हुँदा पेश भएको यस्तो प्रस्तावपछि संशोधन गरेर हटाइएको थियो ।

चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा यस्तो पनि भयो - nagariknews

केपी ढुङ्गाना, काठमाडौँ, माघ १- सहयोगी लिएर विमानस्थल पुगेका अर्थमन्त्री वर्षमान पुनको गाडी सुरक्षाजाँचमा पर्‍यो। सुरक्षा अधिकारीले मन्त्री पुनलाई मात्र भित्र जाने अनुमति छ भनेपछि गाडी केही समय बाहिरै रोकियो। सहयोगी लैजान पाउने पुनको आग्रह सुरक्षाकर्मीले अस्वीकार गरे। सहयोगी ओर्लिएपछि बल्ल पुनले विमानस्थलभित्र जाने अनुमति पाए।

• वेनलाई भेट्न सिंहदरबार पुगेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर चढेको कार पनि सुरक्षाकर्मीले रोके। सिंहदरबारको दक्षिण ढोकामा सुरक्षाकर्मीले उनको कार जाँच्दा डिक्कीमा एलपी ग्याँसको सिलिन्डर भेटियो। सुरक्षाकर्मीले ग्याससहित कार भित्र जान नसक्ने भनेपछि सहयोगीले सिलिन्डर झिके र बल्ल उनले सिंहदरबार प्रवेश पाए। भेटपछि उनले सिलिन्डर फेरि डिक्कीमा हाले र घरतिर लागे।
• वेनलाई विमानस्थलमा स्वागत गरेपछि सिंहदरबारमा समेत उनलाई स्वागत गर्न प्रधानमन्त्री र मन्त्री चढेको गाडीको लर्को विमानस्थलबाट सिंहदरबार छिरेपछि सुरक्षाकर्मीले बाटो खुला गरिदिए। उनीहरूलाई लागेछ- वेनको कारगेड सिंहदरबार छिरिसक्यो। सञ्चारसेटमा वेनको कारगेड बल्ल विमानस्थलबाट हिँडेको सन्देश आएपछि झस्किँदै उनीहरूले फेरि बाटो बन्द गरिदिए।
• सिंहदरबार अगाडि तिब्बती झैं देखिने चारजना व्यक्ति देख्नेबित्तिकै सडक किनारमा रहेका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइहाल्यो। उनीहरू आफू तिब्बती हैन भनिरहेका थिए। प्रहरीले सुन्दै सुनेन। ब्यागबाट चिनिया पासपोर्ट निकालेर देखाउँदा पनि प्रहरीले पत्याएन र भ्यान राखेर लग्यो।
• सिंहदरबारमा नेपाली नेताहरूसँग भेट्ने क्रममा वेनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललाई पहिला भेटेको सम्झना गरे। कांग्रेस सभापति सुशील कोइरालासँग भेट्दा 'कोइरालाहरूसँग चीनको सम्बन्ध' रहेको खुलाए।

 

• भेटघाटमा संलग्न स्रोतका अनुसार प्रधानमन्त्री वेनसँग नेपाली नेताहरूमध्ये बढी समय कोइरालाले पाएका थिए। • अंग्रेजी बोल्ने भए पनि वेन औपचारिक वार्तामा दोभाषेको सहयोग लिन्थे।
• नेपाली समकक्षी भट्टराईसँग दुईपल्ट 'वान टु वान' कुराकानी भयो। ती दुवै संक्षिप्त थिए। पहिलोपल्ट द्विपक्षीय वार्ताअघि र अर्कोपल्ट दिवाभोजअघि। वार्तामण्डलका सदस्यहरूलाई आ-आफ्नो सिटमा बस्न समय लाग्दा केही मिनेट दुई प्रधानमन्त्रीबीच अनौपचारिक भेट भएको थियो। त्यसपछि दिवाभोजको टेबलमा सरिक हुनुअघि। • दुवै पल्ट उनीहरू एक्लाएक्लै भने थिएनन्, भट्टराईसँग परराष्ट्र मन्त्री र सचिव थिए, त्यसै गरी वेनसँग दुई जना।

• दिवाभोजका क्रममा भट्टराई पत्नी हिसिला यमीले 'दुवै प्रधानमन्त्रीको पृष्ठभूमि इन्जिनियर' भनिन्।
• टेबुलमा भएका जान्ने बुझ्ने हरूमध्ये केहीले वे न भूगर्भशास् त्री भए पनि इन्जिनियर भन्न मिल्ने /नमिल्ने लख काटे। वे नले भट्टराई 'आर्किटे क्ट इन्जिनियर' रहे को खुलाए।
• दाहाल, कोइराला र खनालपछि मधेसी मो र्चाका अन्य नेता मन्त्रीका रूपमा त्यहाँ सहभागी रहेकाले तमलोपा अध्यक्ष महन्थ ठाकुर दिवाभोजमा निम्त्याइएका थिए।
• नेताहरूले छुट्टाछुट्टै भेट भने पाएनन्। दिवाभोजअघि प्रधानमन्त्रीको कार्यकक्षमा उपस्थित उनीहरूलाई भे ट्न वे न प्रवे श गरे का थिए। पाँच-सात मिने टमा सबै सँग हात मिलाउँदै उनले दोभाषे मार्फत कुरा गरेका थिए।
• स्रो तका अनुसार सिंहदरबारपछि शीतल निवास पुगेका वे नलाई राष्ट्रपति रामवरण यादवले सांघाइमा भे टे को स्मरण गराए। वेन मुस्काए। सिंहरदबारभित्रका वार्ता कोठाहरूभन्दा शीतल निवासको भेटघाटस्थल भव्य थियो।
• दुई देशका गरी करिब सय जना सहभागी हुने भएकाले शीतल निवासको सबभन्दा भव्य कक्षलाई भे टघाटस्थल बनाइएको थियो। राष्ट्रपति राजदूतहरूको ओ हदाको प्रमाणपत्र बुझ्ने कक्षमा भेट भएको थियो।
• वेन त्रिभुवन विमानस् थलमा ओ र्लिनुभन्दा करिब एक घन्टाअघि काठमाडौं र बेइजिङबाट एकसाथ दुवै सरकारले उनको औ पचारिक भ्रमणबारे जानकारी सार्वजनिक गरे का थिए। उनलाई आउँदा र जाँदा ने पाली से नाले १९ तो पको सलामी अर्पण गरे को थियो। 
 
 

वेन काठमाडौं ओर्लने निर्धारित समयभन्दा १४ घन्टापहिले शुक्रबार राति १० बजे बल्ल महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख कुवेरसिंह रानालाई प्रधान कार्यालयबाट सन्देश आयो- चिनियाँ प्रधानमन्त्री आउने कन्फर्म भयो, सुरक्षा तयारी गर्नू।
हतारिएका एआइजी रानाले बेलुका ११ बजे मातहतका उच्च प्रहरी अधिकारीलाई छलफलमा बोलाएर ब्रिफिङ गरे। 'केही दिनमै भिभिआइपीको भ्रमण हुनसक्ने संकेत आएको थियो, निश्चित भएको थिएन, राति बल्ल थाहा भयो,' बिफ्रिङमा सहभागी एक प्रहरी अधिकारीले भने। बिफ्रिङमा चीनविरोधी गतिविधि मुख्य सुरक्षा चुनौती भएको जानकारी गराइयो।
शुक्रबार दिउँसो तीन बजे उपत्यकाका सबै प्रजिअ, जिल्ला प्रहरी प्रमुखसहितको साप्ताहिक सुरक्षा समीक्षा बैठकमा वेनको भ्रमणबारे सामान्य अनौपचारिक छलफल भएको थियो। सञ्चारमाध्यमले उनी आउने सूचना सार्वजनिक गरिसके पनि सरकारी औपचारिक निकाय त्यत्तिन्जेल मौन थियो। प्रधान कार्यालय स्रोतका अनुसार महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई शुक्रबार दिउँसो ४ बजे गृहबाट वेनको भ्रमण कन्फर्म गरिएको थियो। शनिबार ११ देखि १२ बजे भित्र भिभिआइपी काठमाडौ आइपुग्ने र ४ बजे बाहिरिने जानकारी आएपछि उनले कार्यविभागका प्रमुख भीष्म प्रसाईंलाई सुरक्षा प्रबन्ध गर्न अह्राएका थिए। भिभिआइपीको भ्रमण जानकारी १४ घन्टा पहिले मात्र पाएकाले प्रहरी अधिकारी अत्तालिएका थिए। बे लुकै बाट उपत्यकाका तिब्बती शरणार्थी शिविरमा निगरानी बढाइएको थियो। सुरक्षा बै ठक भने से नासहित शनिबार बिहान बल्ल बस्यो।
बै ठकपछि आयुक्त कार्यालयमा आठ बजे डिएसपीसहितका प्रहरी अधिकारीलाई ब्रिफिङ गरी सुरक्षाकर्मी परिचालन गरिएको थियो। 'छो टो समयमा सबै प्रबन्ध गर्नुपर्दा तनाव बढे को थियो ,' एआइजी रानाले भने , 'तर, हामी संकटमा काम गर्न पो ख्त भइसके का रहेछौं, छो टो अवधिको तयारी भए पनि भ्रमण क्रममा सामान्य चुक पनि नहुँदा सबै थकान बिस्यौं।'
तिब्बत सीमा बन्द
वे नको भ्रमण निश्चित भएलगत्तै प्रधान कार्यालयले तिब्बती शरणार्थी ने पाल भित्रिन सक्ने आशंका गदैर् शुक्रबार बे लुकादे खि शनिबार बे लुकासम्म रसुवा, धादिङ र नुवाको टका चीनतर्फका सीमा बन्द गरियो। उपत्यका भित्रिने सबै नाकामा कडाइ गरिएको थियो।
तिब्बती शरणार्थीको बाक्लो उपस्थिति रहे को बौ द्ध, स्वयम्भू, जावलाखे लमा शुक्रबार बे लुकै बाट निगरानी बढाइयो। चिनिया दूतावास, काउन्सर कार्यालय भवन क्षे त्रमा समे त आवतजावत रो कियो।
स्रो तका अनुसार बिहान ४५ मिने ट नारायणहिटीभित्र से नाको संयो जनमा ने पाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त बै ठकले सवारी रुट, सुरक्षा प्रवन्ध र काम बाँडफाँड गरे को थियो।
सुरक्षाको ने तृत्व प्रहरी आयुक्त कार्यालयले लिएको थियो। भ्रमण अवधिको जम्माजम्मी पाँच घन्टामा २ हजार ५ सय सै निक, ३ हजार ५ सय प्रहरी, २ हजार सशस्त्र प्रहरी खटे का थिए। साँगुरो सडक, कल्भर्टको निगरानीमा सशस्त्र खटियो। उत्तिकै संख्यामा रिजर्भ फो र्स राखिएको थियो।
भिभिआइपीको पहिलो घे राको सुरक्षा जिम्मे वारी से नाले लिएको थियो। स्रो तका अनुसार यसका लागि कणेर् लको कमान्डमा से ना खटे को थियो। अन्य से ना उच्चतहको तालिम प्राप्त विशे ष सुरक्षा बलबाट खटे का थिए।
अग्ला भवन र संरचनाहरूमा से ना र ने पाल प्रहरी संयुक्त रूपमा खटिएका थिए। ने पाल प्रहरीवाट २ सयभन्दा बढी सादा पो शाकका प्रहरी खटे का थिए। अनुसन्धान विभागबाट पनि उत्तिकै संख्यामा खटे का थिए। बिहान ६ बजे काठमाडौ ं महानगरपालिकाका कर्मचारी र प्रहरी मिले र भ्रमण रुटमा पनेर् सडकमा ने पाल-चीन झन्डा झुन्ड् याएका थिए।
स्रो तका अनुसार गृहबाट सामान्य विरो ध समे त गर्न नदिने निदेर् शन आएको थियो। कालो झन्डा दे खाउने , चिच्याउने , कराउने र आत्मदाहसम्मको कार्यक्रम रहे काले शंका लागे का व्यक्तिलाई तत्काल नियन्त्रणमा लिने निदेर् शनका कारण शनिबार दिनभर ३ सय ३९ पक्राउ परे। 'पक्राउ परे का सबै तिब्बती है नन्,' महानगरीय प्रहरी परिसर काठमाडौ ंका प्रमुख राजे न्द्र श्रे ष्ठले भने , 'शंकाका आधारमा नियन्त्रणमा लिएका सबै लाई बे लुका रिहा गरिसक्यौ ं।'
मुख्य सुरक्षामा से ना
११ः५५ मा वे न विमानस्थलमा उत्रिएपछि उच्चतहको कारगे डको सुरक्षा व्यवस्थासहित उनलाई सिंहदरबार पुर्‍याइएको थियो। सुरुमा ट्राफिक मो टरसाइकल, त्यसपछि काठमाडौ ं परिसरका एसपीको गाडी, उपत्यका ट्राफिक महाशाखा प्रमुख र सुरक्षाकर्मीको गाडीपछि कारगे ड सुरक्षाको प्रबन्ध थियो।
भिभिआइपी सवार गाडीको चारै कुनामा से नाको सुरक्षा घे रा थियो। मो टरसाइकलमा रहे का उनीहरूले भिभिआइपी सवार गाडिका अगाडिको २ वटा चक्का, भिभिआइपी बसे को स्थानको दाँयाबाँया र पछिल्ला दुवै चक्का कभर गरे का थिए। त्यसपछिका दुई लाइन कारगे ड सुरक्षा थियो। लगत्तै सुरक्षाकर्मीको गाडी, सै निक प्रहरी, एम्बुले न्स र बम डिस्पो जल टो ली थिए।
विमानस्थलबाट सिंहदरबार आउन सिनमंगल, तीनकुने , नयाँ बाने श्वर, बबरमहल, माइतीघर, सिंहदरबार रुट तो किएको थियो। सिंहदरबारबाट शीतलनिवास लै जान भद्रकाली, सहिदगे ट, एनएसी, भो टाहिटी, जमलबाट दरबारमार्ग हुँदै के शरमहल लै नचौ र, लाजिम्पाट, पानीपो खरीको रुट तो किएको थियो।
प्रहरी अधिकारीका अनुसार भिभिआइपीको सवारीमा वै कल्पिक रुटसमे त तयार गर्नुपनेर् सिद्धान्तअनुसार विमानस्थलबाट गौ शाला, महाराजगन्ज, लै नचौ रको रुट समे त खाली गराइएको थियो। तर, माइतीघरको रुट नै प्रयो ग भयो। राष्ट्रपति निवासबाट फर्कंदा समे त पुरानै रुटबाट विमानस्थल फर्काइएको थियो।
ट्राफिक महाशाखा प्रमुख गणे श राईका अनुसार भिभिआइपी आउनु र जानु आधा घन्टाअघि रुटमा पनेर् सडक खाली गराइएको थियो। 'सर्वसाधारणलाई पे टीमा हिँड्न दिए पनि सडकका सबै ले न खाली गराइएको थियो ,' राईले भने , 'सर्वसाधारणको आवतजावतका लागि भिभिआइपी मुभ हुनु आधा घन्टाअघि मात्र सडक खाली गराएका थियौ ं।' सवारी रुट व्यवस्थापनका लागी महाशाखाबाट करिब ५ सय ट्राफिक खटिएका थिए।
'भिभिआइपी चढे को एयर चाइनाको निजी विमान उड्यो भन्ने सन्दे श आएपछिमात्र हल्का भयो ,' नागरिकसँग डिआइजी राईले भने , 'छो टो समयमा उच्चतहको सुरक्षा व्यवस्था गर्न सक्षम भयौं।' एक प्रहरी अधिकारीका अनुसार वे नको भ्रमणका लागि गरिएको चुस्त सुरक्षा व्यवस्था दे खे र खुसी भएका प्रधानमन्त्री बाबुराम भट्टराईले सुरक्षाकर्मीलाई धन्यवाद दिएका थिए।

वेनको स्वागतमा शिष्टाचार महापालको अशोभनिय व्यवहार (तस्वीरसहित) - onlinekhabar

३० पुस, काठमाडौं । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाई स्वागत गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयंम विमानस्थल गएर सरकारले उच्च सम्मान दिएको छ । तर, प्रधानमन्त्रीसँगै गएका एक शिष्टाचार अधिकृतले देखाएको व्यवहारले प्रधानमन्त्रीले गरेको स्वगत व्यर्थ भएको छ ।
प्रधानमन्त्रीसँगै विमानस्थल पुगेका परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले कूटनीतिक मर्यादा विपरितको व्यवहार देखाएका हुन् । चिनियाँ प्रधानमन्त्री वेन र प्रधानमन्त्री डा. भट्टराई पत्रकारहरु नजिक आइपुगेपछि हात मिलाउन खोज्दा देब्रे हात पर्‍यो । त्यसपछि भट्टले चिनियाँ प्रधानमन्त्रीको हातमा समातेर तान्दै वेनलाई वलपूर्वक घुमाए र पत्रकारहरुतर्फ देखिने गरी हात मिलाउन लगाए ।
हेर्नुहोस् तस्वीर

जियाबाओको सुरक्षामा २५ सय नेपाली सेना - onlinekhabar

१ माघ, काठमाडौँ । नेपाली सेनाले शनिबार नेपालको साढे चार घण्टे औपचारिक भ्रमणमा आएका चीनका प्रधानमन्त्री वेन जियाबाओको सुरक्षामा आफ्नो २५ सय फौज परिचालन गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले गएराति एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । ‘जियाबाओको सुरक्षार्थ नेपाली सैनिक हवाई महानिर्देशनालय, डीएम आई, मेडिकल, बम डिस्पोजल, डग युनिट तथा अन्य विशेष सुरक्षा फौज गरी करिब २५०० फौज परिचालन भएको व्यहोरा जानकारी गराउँदछौँ ।’ निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले जियाबोओको सुरक्षाका लागि तीन घेराको विशेष सुरक्षा व्यवस्था मिलाएको थियो ।
जसमध्ये पहिलो घेराको जिम्मा सेनालाई दिइएको थियो भने दोस्रो र तेस्रोमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । सुरक्षाको कारण देखाउँदै जियाबाओको सवारी हुने समयमा राजधानीका सडकमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउनुका साथै पैदल यात्रुलाई समेत हिँडडुल गर्न दिइएको थिएन । नेपालमा करिब साढे ४ घण्टा बिताएर जियाबाओ हिजै कतारको राजधानी दोहा पुगेका छन् ।

Friday, January 13, 2012

राष्ट्रगान रचयिताका दुखेसा - NayaPatrika


- राजेश राई

image

२७ डिसेम्बर १९११ मा इन्डियन नेसनल कंग्रेस र विधानसभाले आफ्नो गीतलाई भारतकोे राष्ट्रगानको मान्यता दिएपछि रवीन्द्रनाथ टेगोरले भनेका थिए, 'जिम्मेवारी र चुनौती थपिएको छ, अब 'होलटाइमर' लेखक हुनुको विकल्प छैन ।' राष्ट्रगान सय वर्ष पुगेको अवसरमा बितेको वर्ष भारतमा भव्य कार्यक्रम गरेर टेगोरको सम्झना गरियोे । भनिन्छ, राष्ट्रगान लेखेपछि नै टेगोरले धेरै स्तरीय साहित्य सिर्जना गरे ।
यता, नेपालमा ०६४ साउन १८ मा मन्त्रिपरिषद्ले 'सयौँ थुँगा फूलका हामी' गीतलाई राष्ट्रगान बनाउने निर्णय गर्‍यो । लगत्तै रचनाकार व्याकुल माइला पनि उस्तै निष्कर्षमा पुगे, 'अब म 'होलटाइमर' लेखक बनेर राष्ट्रलाई थप राम्रो सिर्जना दिन्छु ।' तिनताका उनलाई अब मैले स्तरीय साहित्य सिर्जना गर्नुपर्छ भन्ने लागेको थियो । तर, विगत पाँच वर्षमा माइलाको स्तरीय सिर्जना के आयो त ? 'केही प्रयत्न गरेँ, तर सोचेजस्तो गर्न सकेको छैन,' तीन साताअघि ललितपुरमा भेटिएका माइलाले सुनाए, 'पूर्णकालीन लेखक बनुँला भन्ने थियो, अहिलेसम्म बन्न सकिएको छैन ।' समयको चाप आफ्नो राम्रो सिर्जनाको प्रमुख बाधक भएको उनले बताए । त्यसो भए कुन कुरामा 'व्याकुल' छन् त अहिले व्याकुल ? 'अतिथि बन्ने शृंखलाबद्ध कार्यक्रम र अर्थाेपार्जनको मेेलोमेसोमै समय बितिरहेकोे छ,' उनले आफ्ना दुःख सुनाए, 'राष्ट्रगानको सर्जक राष्ट्रिय व्यक्तित्व रहेछ, देशभरिबाट विभिन्न सार्वजनिक कार्यक्रममा अतिथि बोलाइन्छ । आधा समय त अतिथि हँुदैमा बितिरहेछ, आधा आर्थिक जोहोमा ।'
माइला मेचीदेखि महाकालीसम्मका कार्यक्रममा बोलाइन्छन् । दैनिक तीन/चारवटा कार्यक्रमको निम्तो आउँछ, उनलाई । 'सबैमा नगए पनि केहीमा जानैपर्ने हुन्छ, नगए पनि हामीलाई बेवास्ता गर्‍यो भनेर चित्त दुखाउँछन्, सबै ठाउँ गयो भने बाँच्नै गाह्रो ।' माइलाले दुःख बिसाए, 'आम्दानीको स्रोत केही छैन, कहिलेकाहीँ त निकै अप्ठ्यारोमा परिन्छ ।' खासमा उनी वकिल हुन् । राष्ट्रगान लेख्नुअघि कानुनी क्षेत्रमा करिअर बनाउन कम्मर कसेका थिए । अहिले भने कसैलाई मुद्दा जिताउन र हराउन दौडधुप गर्न असजिलो भयो । यसपछि वकालती पेसा चटक्कै छाडिदिए । किन छाडेको त पेसा ? 'राष्ट्रगान सर्जकको मर्यादा जोगाउनैपर्‍यो, जुन पायो त्यही पेसा गर्नुहँुदोरहेनछ,' माइला भन्छन्, 'उपयुक्त व्यवसाय पनि फेला पारिनँ, फेरि नेपालमा लेखेरै बाँच्ने अवस्था पनि छैन ।'
अरू मुलुकमा राष्ट्रगानका सर्जकलाई सरकारले सुविधा र सम्मान दिन्छ । नेपाल सरकारले पनि सुरुमा रचनाकार माइला र संगीतकार अम्बर गुरुङलाई ५/५ लाख दिएको थियो । त्यसयता आफूले केही नपाएको गुनासो गरे, माइलाले । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माइलालाई बोलाएर 'तपाईंका लागि मैले के गर्नुपर्छ ?' भनेर सोधेका रहेछन् । तर, उनले केही चाहिँदैन भनिदिए । अहिले भने उनलाई केही माग्न पाएको भए भन्ने लाग्दोरहेछ । 'मैले आज यस्तो हालत होला भनेर सोचिनँ,' माइला फिस्स हाँसे, 'पूर्णकालीन लेखक भएर बाँच्छु भन्ठानेँ ।' अहिले उनी राज्य आर्थिक अभिभावक भइदिए सिर्जनामा सजिलो हुन्थ्यो भन्ने सोचिरहेछन्, 'राज्यले वातावरण मिलाइदिए राष्ट्रले गौरव गर्नसक्ने सिर्जना गर्न सक्ने थिएँ ।'
चारवर्षे छोरी र श्रीमतीसहित व्याकुल अहिले ललितपुरको डेरामा बस्छन् । वाणिज्यमा स्नातकोत्तर गर्दै गरेकी श्रीमती र छोरीको लालनपालन उनकै काँधमा छ । त्यसो त काठमाडौं खाल्डोमा काँधमाथि यस्ता भार खेप्नेहरूको संख्या कति हजार छ भन्ने के लेखाजोखा ? तैपनि, सबैलाई आफ्नै दुःख ठूलो ! 'कमाइ गर्ने काम छैन, उधारो र सापटी मागेर बाँचिरहेको छु,' व्याकुलले भने, 'ऋण नै लाख अंकमा पुगिसक्यो ।'
विभागीय मन्त्रीहरूले कहिलेकाहीँ मासिक रूपमा आर्थिक सहयोग गर्ने वचन दिन्छन् । माइला सुनेर मख्ख पर्छन् । तर, आधिकारिक निर्णय अहिलेसम्म भएको छैन । सरकारभन्दा पनि कर्मचारीको असहयोगको कारणले सहयोग नपाएको ठान्छन्, उनी । 'मन्त्रीज्यूहरू सकारात्मक हुनुहुन्थ्योे, तर सम्बन्धित मन्त्रालयका कर्मचारीको असहयोगले मैले सहयोग नपाएको हुँ,' झन्डै बिलौनाको स्वरमा राष्ट्रगानका रचयिताले भने, 'हाम्रो देशको कर्मचारीतन्त्र असाध्यै अनुदार रहेछ ।' संस्कृतिमन्त्री गोपाल किरातीको पछिल्लो आश्वासन सुनेर आफू आशावादी भएको उनले बताए ।
राष्ट्रगान छनोट भएपछि पनि उनका दुईवटा गीतिएल्बम बजारमा आए । उनका पछिल्ला रचना सुनेर 'माइलाले स्तरीय रचना गर्न सकेन' भनेर आलोचना गर्नेहरू थुप्रै छन् । त्यसो त राष्ट्रगान छनोटकै समयमा पनि उनको सिर्जना र स्वयं उनीबारे पनि धेरैले प्रश्न उठाएका हुन् । यस्ता आलोचनाबारे उनी 'अपडेट' पनि रहेछन् । 'मलाई थाहा छ, मैले राष्ट्र र समाजले गर्व गर्नसक्ने सिर्जना दिनुपर्छ, तर बिहान के खाने, कोठाभाडा कसरी तिर्ने भन्ने तनाबले म ग्रस्त छु । यस्तै हुने हो भने मेरो व्यक्तित्व असाध्यै कमजोर हुन्छ,' उनको यो निरीह स्वर त्यति मीठो सुनिएन । आर्थिक अभावका कारण मैले स्तरीय लेख्न नसकेको हुँ भन्नु उनका लागि पक्कै पनि सुहाउँदिलो हुँदैन । स्तरीय सिर्जना भन्ने कुरा पैसा छेलोखेलो हुँदैमा सम्भव हुने भए बिल गेट्सले संसारको सबैभन्दा सुन्दर कविता लेख्दो हो । तैपनि, व्याकुल माइला लेखनलाई स्तरीय बनाउन कोसिस गर्ने बताउँछन् ।
राष्ट्रगान छनोट हुनुअघिसम्म साइकल चढ्ने माइला अहिले मोटरसाइकलमा हुइँकिन्छन् । 'सार्वजनिक बसमा हिँड्दा 'अहो, व्याकुल माइला बसमा ?' भनेर सबैले हैरानै पारेपछि सापटी गरेर मोटरसाइकल किनेको हुँ,' उनले भने । उपत्यकामा धेरैजसो विद्यालयका कार्यक्रममा मोटरसाइकल चढेर जाँदा कतिले 'मोटरसाइकलमा पो' भनेर अप्ठ्यारो मान्दारहेछन् । माइलाले भने, 'स्वागत गर्न बसेकाहरू प्रमुख अतिथि गाडी नै चढेर आइदिए हुन्थ्यो भनेजस्तो गर्छन् ।'
पछिल्लो समयमा विज्ञापनको बजार बढ्दो छ । नाम चलेका मान्छेलाई मोडलिङ गराएर आफ्नो प्रचार र प्रवर्द्धन गराउनमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीहरू तँछाड-मछाड गरिरहेका छन् । माइलालाई पनि धेरै कम्पनीले मोडलिङका लागि प्रस्ताव गरेका रहेछन् । एक भारतीय बहुराष्ट्रिय कम्पनीले धेरै रकम दिएर कम्पनीको ब्रान्ड प्रचार र प्रवर्द्धनका लागि मोडलिङका लागि अफर गर्दा उनले अस्वीकार गरिदिएछन् । 'पैसाका लागि जे पनि गर्नुहुन्छ र !' माइलाले भने, 'के नेपालका कम्पनीको प्रवर्द्धन र प्रचारका लागि भारतका रवीन्द्रनाथ टेगोरलाई मोडलिङको प्रस्ताव गर्दा भारतीय जनताले दिन्थ्यो ?' जति पैसा दिए पनि व्यापार प्रवर्द्धनमा काम नगर्ने माइलाको निर्णय रहेछ । 'जति अप्ठ्यारो भए पनि कम्पनीका होडिङबोर्डमा म कहिल्यै झुन्डिन्नँ,' उनले दृढतासाथ सुनाए ।
माइलाको अहिलेको इच्छा/चाहना/सपना/माग/अपेक्षा जे भने पनि एउटै छ, 'बिहान-बेलुका खानेभन्दा पढ्ने/लेख्ने चिन्ता गर्न पाइयोस् । राज्यले मलाई हेरिदेओस् ।' नेपालीमा एउटा भनाइ पनि छ, 'नाम कमाउन भन्दा जोगाउन गाह्रो हुन्छ ।' माइलाको दुःख पनि उस्तै छ । कुनैवेला कवि हरिभक्त कटुवालले भनेका थिए, 'नखाई बाँचिने भए कति पढिने, कति लेखिने थियो होला ?' कवि कटुवाल अहिले हुँदा हुन् त माइलासँग कस्तो साउती मार्थे कुन्नि ? तर, कवि कटुवालले धेरै वर्षअघि गरेको चिन्ता र हाम्रा राष्ट्रगानका रचयिता व्याकुल माइलाको दुःखेसो भने उस्तै लाग्छ ।