Sunday, July 8, 2012

मन्दिर चहार्दैमा राजतन्त्र फर्किदैन : खनाल - onlinekhabar


२५ असार, धनगढी । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मुलुक राजनीतिक तथा संवैधानिक संकटको फाइदा उठाउँदै पूर्व राजा ज्ञानेन्द्र पुनः राजाकै भूमिकामा सक्रिय हुन खोजेको वताउनुभएको छ । उहाँले  नेपालमा राजतन्त्र कुनै पनि र्फकन नसक्ने भन्दै पूर्व राजा ज्ञानेन्द्रलाई धमिलो पानीमा माछा नमार्न सुझाब दिनुभयो ।
सेती अञ्चल स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमवार कैलालीको धनगढी आइपुगेका खनालले ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेपनि त्यो सफल हुन नसक्ने वताउनुभयो । खनालले भन्नुयो,’ज्ञानेन्द्रले चाहेर राजतन्त्र पुर्नःस्थापित हुन सक्दैन । राजतन्त्र फर्काउन सारा नेपालीको साथ चाहिन्छ । कुनै मन्दिर चहार्दैमा राजसंस्था र्फकन सक्दैन । ‘ खनालले फेरी पुर्नःस्थापित भएर सत्ता चलाउने दिवा सोप्ना नदेख्न समेत ज्ञानेन्द्रलाई आग्रह गर्नु भयो ।
खनालले एकीकृत माओवादीकै कारण मुलुक संकटमा फसेको  र यही मौका छोपेर पूर्व राजा ज्ञानेन्द्र सक्रिय हुन खोजेको आरोप लगाउनुभयो । उहाँले माओवादीकै कारण दलहरुवीच सहमति हुन नसेको वताउनुभयो ।  एकफरक प्रसंगमा खनालले प्रधानमन्त्री डा वावुराम भट्टराईले राजीनामा नदिएसम्म सहमति हुन नसक्ने र बजेट पनि आउन नसक्ने वताउनुभयो ।
भेलामा उपस्थित नेता कार्यकर्तालाई एमाले महासचिव इश्वर पोख्रेल लगायतका नेताहरुले प्रशिक्षण दिने एमाले पार्टी कार्यालयले जनाएको छ । कार्यकर्ता भेला आगमी ३० गते सम्पन्न हुनेछ ।