२५ जेठ, काठमाडौं । भ्रष्टचार नियन्त्रणका लागि कडा कानुनको माग गर्दै आमरण अनशनमा रहेका भारतीय योगगुरु बाबा रामदेवले ११ हजार युवाको सेना बनाउने घोषणा गरेका छन् ।
हरिद्धारस्थित आफ्नै योग शिविरमा बुधबार रामदेवले हतियार र ज्ञानको प्रशिक्षण दिएर सेना बनाउने बताए ।
सेनामा विभिन्न धर्म र क्षेत्रका ३५ देखि ४० वर्षका युवा र युवतीको सहभागिता रहने भन्दै उनले आवश्यक परे ११ हजारलाई ११ लाखसम्म पुर्याउने बताए ।

आफू हिंसाबाट क्रान्ति गर्ने पक्षमा नरहेको भन्दै बाबा रामदेवले अब निर्देशमाथि भने अन्याय हुन नदिने बताए ।
धम्कीपूर्ण भाषामा रामदेवले भनेका छन्-’अब अर्को पटक रामलीलामा रवणलीला हुन्छ । हेरौं कस्ले पिट्छ ।’
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनको माग गर्दै दिल्लीस्थित रामलीला मैदानमा अनसनमा बसेका रामदेव र उनका समर्थकहरुलाई प्रहरीले शनिबार मध्यरातमा बल प्रयोग गरेर हटाएको थियो । त्यसपछि बाबा रामदेव भारतको केन्द्र सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।