Saturday, June 11, 2011

बम हान्नु आतंकवाद होइन, कम्प्युटर पासवर्ड चोर्नु आतंकवाद हो : अमेरिका -nepalplus

बल, शक्ति र पैसाको धाकधम्कीमा जे गरेपनि हुने रहेछ । अमेरिकाले विश्वभरि आफू खुशि ब्याख्या गर्ने र दुख दिने त गरिरहेको छ ।  युद्दका बारेमा अनेक अनेक किसिमले ब्याख्या गरिराखेका छन् अमेरिकीले । लिबियामाथी आक्रमण गरेको केहि हप्तासम्म पत्रपत्रीकामा तिब्र बिरोध गरिएको थियो ओबामा प्रशासनको । त्यतिबेला अमेरिकी राष्ट्रपती बाराक ओबामाले त्यसलाई सामान्य सैनिक कारवाही भन्ने प्रतिक्रिया दिए । त्यो आतंकवाद र युद्द हमला दुबै होइन । उनले भनेका थिए, यो सामान्य सैन्य कारवाही हो, युद्द हमला होइन । अहिले पेन्टागनले भनेको छ ‘ अमेरिकी सरकार बिरुद्द गरिने सबै खाले साइबर ह्याकिङ अमेरिकी बिरुद्दको युद्द आक्रमणका रुपमा लिइनेछ’।
केहि हप्ता अघि अमेरिकी सुरक्षा अधिकारी लोकहित मार्टिनको सूचना लिन साइबर ह्याकिङ गर्ने धम्की दिएको भन्दै त्यसलाई पेन्टागनले युद्द आक्रमण भन्दै सार्वजनिक गरेको हो । त्यो आतंकवाद हो । अधिकारीहरुले के भनेका छन् भने यदि यस्तै कम्प्युटर ह्याकिङका घटना भविष्यमा भएमा त्यसलाई अमेरिकाले आफ्नो देश बिरुद्दको आक्रमणका रुपमा लिनेछ । त्यस बिरुद्द सैन्य आक्रमण, आर्थिक नाकाबन्दि र साइबर आक्रमण लगायतको प्रतिरोध गर्न सकिने छ।
” अमेरिकी बिरुद्द गरिएको साइबर आक्रमणको प्रतिकार साइबर आक्रमण नै गरिन्छ भन्ने छैन” पेन्टागनका प्रवक्ता कर्णेल डेभ लपनले भने “सबै खाले उपयुक्त कारवाहीहरु अवलम्बन गरिने छ”। अ मेरिकी राष्टपती भवन व्हाईट हाउसको प्रेस बिज्ञप्तीमापनि उल्लेख छ ‘हाम्रो देशमाथि गरिने अन्य शत्रुतापूर्ण धम्की झैं साइवर आक्रमणबिरुद्दपनि आक्रामक कारवाही गरिने छ’ । नेचुरलन्युजका अनुसार अमेरिकाले साइबर आक्रमणका बिरुद्दपनि सैन्य हमला गर्न सक्ने छ ।
त्यसैले, जब अमेरिकाले कुनैपनि प्रमाण, संयुक्त राष्ट्र संघ र अन्य देशको सहमतीबिना कुनै देशमाथि जाइलाग्छ, आक्रमण गर्छ भने त्यो सामान्य सैन्य कारवाही हो । अथवा अरु देशले अमेरिकामाथि त्यस्तो आक्रमण गर्छन् भनेपनि त्यो युद्द आक्रमण नभएर सामान्य सैन्य हमला हो । तर यदि कसैले अमेरिकी कम्पनी, अमेरिकासँग संवन्धित संस्थाको कम्प्युटरको पासवर्ड ठ्याक्कै अनुमान लगाउँछ, चोर्छ र अमेरिकी सुरक्षा नीतिको उल्लंघन गर्छ भने त्यो चाहिँ अमेरिकी बिरुद्दको युद्द हो । र त्यस बिरुद्द अमेरिकाले सैनिक हमला गर्नसक्ने छ ।