Sunday, June 5, 2011

रामदेवको अनसन बिथोलियो, हाम्रा नेता दङ परे होलान् - mysansar


भ्रष्टाचारविरुद्ध भारतीय योगगुरु रामदेवले थालेको आमरण अनसन २४ घण्टा नबित्दै त्यहाँको सरकारले बिथोलिदिएपछि सबभन्दा दङ त हाम्रै नेताहरु परे होलान्। हिजो मध्यरातदेखि नै अनसन स्थल दिल्लीको रामलिला मैदानमा तनाव भइरहेको थियो। बिहानसम्ममा त भारत सरकारले उनलाई गिरफ्तार गरेर दिल्लीको सीमा कटाइदियो। उता त्यस्तो नभए हाम्रा नेताहरुलाई नैतिक संकट पर्न सक्थ्यो। तपाईँहरुलाई यादै होला नि, रामदेव नेपाल भ्रमणमा आउँदा नेपाली समाजमा भ्रष्ट भनी कहलिएका नेताहरु समेत उनलाई गुरु थाप्दै उनको शिविरमा योग गर्न पुगेका थिए। के राष्ट्रपति, के प्रधानमन्त्री, के मन्त्री, के सरकारी कर्मचारी सबका सब हुल बाँधेर गएका थिए। आफ्नै गुरुले गरेको कामको समर्थन गर्नै पर्थ्यो उनीहरुलाई। उतैको सरकारले आन्दोलन बिथोलिदिएपछि ‘बल्ल मज्जा भयो’ भन्दै काखी बजाउँदै होलान् उनीहरु। नत्र रामदेवका यहाँ रहेका भक्तहरुले नि भ्रष्टाचारको विरोधमा यहाँ यस्तै आन्दोलन थालेको भए त्यसले उनीहरुलाई पनि संकटमा पार्ने नै थियो। हेरौँ न त, कस्ता कस्ता अनुहार थिए रामदेवका भक्त हुन जानेहरुमा।

वर्तमान प्रधानमन्त्री झलनाथ खनाल रामदेव काठमाडौँ आउँदा उनलाई गुरु थापेर योग गर्दै।

विजयकुमार गच्छदार र राजेन्द्र महतो रामदेवलाई गुरु थापेर योग गर्दै। रामदेवले सबै भक्तलाई भ्रष्टाचारविरोधी अनसनमा बस भनेको भए यिनीहरु कुन देवलाई गुरु मान्न दौड्थे होलान् ?
माओवादी नेता जनार्दन शर्मा प्रभाकर लगायतका नेताहरु रामदेवलाई गुरु थापेर योग गर्दै। आन्दोलन चर्किएर यतातिर पनि आएको भए प्रभाकरको नेपाल एफएममा रहेको भनिएको लगानीको स्रोत पनि खोल्न गुरु र चेलाहरुको दबाब पर्थ्यो होला नि। फोटो सौजन्यः नागरिक