Tuesday, June 28, 2011

इतिहासको विनाश - Nepal Saptahik - जनकराज सापकोटा




यो थाहा पाउँदा धेरैलाई अचम्म लाग्न सक्छ कि काठमाडौँ उपत्यका आजभन्दा ६० वर्षपहिले संसारकै सबैभन्दा ठूलो सम्पदा क्षेत्र मानिन्थ्यो। दोस्रो विश्वयुद्ध र त्यसपछि विकासका नाममा सुरु भएको तीव्र औद्योगिकीकरणले युरोपका अधिकांश पुरातात्त्विक सम्पदाहरू ध्वस्त भएका थिए। यही कारण नेपालको पुरातात्त्विक सम्पदा विश्वकै अग्रणी थियो।

रसियाका बोरसि लिसानोविच र उनकी श्रीमती इंंगर लिसानोविच २००७ सालमा राजा त्रिभुवनको निमन्त्रणामा नेपाल आउँदा उनीहरूले देखेको काठमाडौँ अहिलेको जस्तो थिएन। लिसानोविच दम्पती तिनै हुन्, जसले नेपालमा पर्यटन व्यवसायको बाटो खोलेका थिए। इंगरकै भनाइमा, त्यतिबेला काठमाडौँ उपत्यका पृथ्वीको स्वर्गजस्तो थियो, जहाँ सिमेन्टका भवनहरूसम्म थिएनन्। सम्पदाको जिउँदो संग्रहालयका रूपमा काठमाडौँलाई देखेकी इंगरलाई अहिलेको यसको स्वरूप देख्दा विरक्त लाग्छ। तर, आमनेपालीलाई यस्तो विषयले छुँदैन। छुने भएको भए, सयौँ वर्षको इतिहास बोकेका दरबार, मन्दिरलगायतका अमूल्य सम्पदालाई निमेषभरमै भताभुंग पारेर राजधानी उपत्यकाबासीले कंक्रिटको जंगल ठड्याउने थिएनन्।

सम्पदा संरक्षणमा हामी कति दरदि्र छौँ भन्ने उदाहरण खोज्न काठमाडौँमा धेरै ठाउँ भौँतारनिु पर्दैन। पाइलैपिच्छे यस्ता बग्रेल्ती उदाहरण भेटिन्छन्, जसलाई हामीले थाहा पाएर वा थाहा पाउने चेष्टा नगरेरै इतिहास मेट्ने दुस्साहस गरेका छौँ। यसको सबैभन्दा ज्वलन्त उदाहरण हो, भीमसेन थापाको सन् १८०५ मा बनेको दरबार। कतिपयले दरबारभित्र ठूलो बगैँचा रहेका कारण त्यसलाई 'बागदरबार' नामले चिन्छन् भने कतिपयले भीमसेन थापाले दरबारको मूलद्वारमा बाघ पालेको हुनाले 'बाघदरबार' पनि भन्छन्। नामले जेसुकै उच्चारण गरयिोस् तर यो नै नेपालको पहिलो दरबार हो, जसको संरचनामा पाश्चात्य शैलीको प्रभ्ााव छ। त्यतिबेला भीमसेन थापाले फ्रान्सका सैनिक अफिसर बोलाएर नेपाली सेनालाई तालिम दिएका थिए। फ्रान्सेली सैनिकसँगको उनको बसउठले गर्दा नेपाली सेनामा पनि पाश्चात्य शैलीको प्रभाव पर्न गयो।

विसं १९९० मा आएको भूकम्पले भीमसेन थापाले बनाएको दरबार भत्कियो। तर, राणा प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गर्नुको सट्टा आफ्ना छोरा हरशिमशेर राणाको नाममा त्यसलाई हरभिवन बनाइदिए। त्यसैमा अहिले काठमाडौँ महानगरपालिका बसेको छ। आफ्नो दरबार रहेको क्षेत्रमा राम र शिवका भक्त भीमसेनले बनाएका मन्दिरहरू अहिले अग्लाअग्ला घरहरूले छेकिएका छन्। सोही स्थानमा रहेको कुलदेवताको थान मुस्िकलले बचेको छ। आडैमा रहेको नागपोखरीको अस्ितत्व अहिले छैन। १५ वर्षअघि सुन्धारा पुग्दासम्म पोखरी नदेखिए पनि पोखरीको बीचमा रहेको नागको टाउको टाढैबाट देखिन्थ्यो। अहिले त त्यसको नामोनिसानासमेत नदेखिने गरेर अग्ला घरहरू ठडिएका छन्। कथित आधुनिकीकरण र सहरीकरण, जसले सयौँ वर्षको इतिहास बोकेका सम्पदाहरूलाई मात्रै गिज्याइरहेका छैनन्, हाम्रो इतिहासका दसी प्रमाणहरूलाई पनि मेटिदिएका छन् -हेर्नूस्, तस्िबर)।

बागदरबार क्षेत्रमा मात्रै अहिले सयौँका संख्यामा घरहरू छन्। ती सबैले आफ्नो ठेगानामा बागदरबार नै लेख्छन्। तर, तिनीहरूमध्ये कतिलाई थाहा होला, यस ठाउँको इतिहास ? भीमसेन थापालाई राष्ट्रभक्त मान्नेहरू पनि उनको पालामा निर्मित वास्तुकलाका धरोहरको संरक्षण गर्न अगाडि सरेनन्। ००७ सालमा सरकारले हर िभवनलाई राष्ट्रियकरण गर्‍यो। तर, विशाल क्षेत्रमा फैलिएको दरबारको जग्गा कसरी व्यक्तिका नाममा गयो ? कसरी अन्धाधुन्ध घरहरू बने र कसरी सयौँ वर्षको इतिहास बोकेको सम्पदा क्षेत्र कंक्रिटको जंगलमा परण्िात भयो ? यसको उत्तर कसैसँग छैन। गजब छ, सम्पदा क्षेत्रमा अतिक्रमण गरेर तिनलाई यतिका घर बनाउने अधिकार कसले र कसरी दियो होला ? धन्य छन्, इतिहासका साक्षी प्रमाणहरूलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने चेतना नभएका हाम्रा शासक र प्रशासकहरू।

बग्रेल्ती खुलेका होटल, लज, दोहोरी रेस्टुराँ र मदिरालयहरूले अहिले बागदरबार क्षेत्र ढाकिएको छ। मुस्िकलले बचेका मन्दिर प्रांगण अघोषित ट्याक्सी पार्क बनेको छ। कुलदेवता थानमा भगवान् बस्दैनन्, आधुनिकताका मसिहा ठानिएकाहरूले राज जमाएका छन्। अँध्यारा लाग्ने गल्लीहरू रछ्यानजस्ता देखिन्छन्। दु:ख लाग्छ, सभ्यता र विकासको इतिहास मिचेर हामीले आफूलाई कथित आधुनिकताको कोटीमा उभ्याएको भ्रम पालेका छौँ।

उपत्यकाभित्र रहेका सातवटा विश्वसम्पदा सूचीमा परेका क्षेत्रभित्र अहिले पनि छ सयभन्दा बढी गैरकानुनी घरहरू छन्। ती घरका मालिकहरू नवधनाढ्य वर्गका हुन्, जसलाई सयौँ वर्ष पुराना सम्पदालाई कुरूप तुल्याएकामा रत्तिभर पश्चात्ताप छैन। यस्तै रवैयाका कारण ६० वर्ष पहिलेको काठमाडौँ उपत्यकाको झन्डै ९५ प्रतिशत सम्पदा मासिइसकेको छ। बाँकी रहेको पाँच प्रतिशत सम्पदा पनि संरक्षणको अभावमा विलिन हुँदैछ।

काठमाडौँ उपत्यकाभन्दा कैयौँ गुणा सानो इटालीको  भेनिस सहरले आफ्नो पुरातात्त्विक सम्पदाको प्रचार गरेरै वाषिर्क ३ करोड ५० लाख पर्यटकहरू आफ्नो देशमा भित्र्याउँछ। जबकि, भेनिसभन्दा ठूलो सम्पदा क्षेत्र रहेको काठमाडौँमा मुस्िकलले वाषिर्क पाँच लाख पर्यटक भ्रमण गर्छन्। कल्पना मात्रै गरौँ, हामीले हाम्रो सम्पदाको संरक्षण मात्रै गरेको भए वर्षमा कति लाख पर्यटक भित्र्याउन सक्थ्यौँ ? आजको दिनमा यस्तो कल्पना नेपालीका निम्ति एउटा दिवास्वप्नबाहेक केही हुन सक्दैन। सारमा काठमाडौँमा घर ठड्याउने नाममा होस् वा धनी बन्ने नाममा, हामीले हाम्रो इतिहासको विनाश गर्‍यौँ।