Thursday, June 2, 2011

दरबार हत्याकाण्ड सम्झँदै प्रत्यक्षदर्शी दिदीबहिनी / दीपेन्द्रबाहेक अर्को हत्यारा हुनै सक्दैन - nepal samacharpatra -

दश वर्षगाडि आजकै दिन भएको राजदरबार हत्याकाण्डलाई यति बेला तीन दिदीबहिनी सँगै बसेर स्मरण गरिरहेका छन्। दरबार हत्याकाण्डमा बुबा धीरेन्द्रसहित तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण् वंशलाई गुमाएका पूजा, शीताष्मा र दिलासा बुधबार हत्याकाण्डका बारेमा नेपाल समाचारपत्रका किशोर सापकोटासँग कुरा गर्न तयार भए ।

हत्याकाण्डका प्रत्यक्षदर्शीसमेत रहेका तीन दिदीबहिनीको स्मरणात्मक अन्तर्वार्ताको सारसंक्षेपः जेठ १९ को दरबार हत्याकाण्डलाई कसरी स्मरण गर्नुभएको छ ?
हामीले आफनै अँँखाअगाडि परिवारका सदस्यहरूलाई एकपछि अर्काे गर्दै दीपेन्द्रले गोली प्रहार गरेको देखेका हौं। घटनास्थलमा जम्मा २३ जना परिवारका सदस्य थिए। त्यो घटनालाई हामी दुःखका साथ स्मरण गर्दछौं । त्यसमध्ये परिवारका ९ सदस्यको मृत्यु भयो। परिवारका सदस्यहरूमा हाल बडामहारानी -माइली मुमा), अधिराजकुमारी शोभा -फुज्यू), कुमार गोरख -भिनाजु), श्रीमती केतकी चेस्टर -फुज्यू) लाई गोली लागे पनिर् इश्वरको कृपा र डाक्टरहरूको मेहनतले बँँचिबक्स्यो।

अहिले पनि त्यो घटना सम्भिmरहनुहुन्छ ?
यस्तो आर्श्चर्यजनक र दुःखद घटना कसैले पनि बिर्सन सक्दैन।
त्यस हत्याकाण्डबाट बुबासमेत गुमाउनुभयो, के त्यो घटना सुनियोजित थियो ?
घटना सुनियोजित थियो कि थिएन थाहा छैन। तर घटनाको एक वर्षगाडि असार १३, २०५७ जन्मदिनमा दीपेन्द्रबाट हाम्रो पुस्ताका दाजुभाइ-दिदीबहिनीहरूबीचमा यो कुरा गरेका थिए- ँमेरो साथ नदिनेलाई बँँकी राख्दिनँ।’ तर यो कुरालाई हामीले सँँच्चीकै उसले महाराजाधिराज र आफनै परिवारका सदस्यहरूको हत्या गर्लाजस्तो लाग्या थिएन।

त्यस घटनाबारे बाहिर जे-जति प्रचारमा आउने गरेका छन्, तिनलाई कसरी हर्ेनुभयो ?
केही कुरा अतिरञ्जित ढंगले राजनीतीकरण भएको छजस्तो लाग्दछ। जस्तो कि हाल बडामहारानीलाई गोली लागेको बारे धेरै जना अन्योलमा थिए। आफनो बुबाको हत्या गरेको हो भने त्यही व्यक्ति र परिवारसँग हामी कसरी नजिक र घनिष्ठ सम्बन्ध राख्न सक्छौं र - यस्ता मनगढन्त कुराहरू सुन्दा ज्यादै दुःख र दिक्क महसुस हुन्छ। हामी टुहुराहरूको भावनामा नुनचुक र्छकने काम मात्र हो यो। हत्यारा दीपेन्द्र नै हो।