Friday, June 10, 2011

अब ट्विटरले आफै लिङ्क छोटो बनाइदिने - nagariknews

काठमाडौँ- सामाजिक सञ्जालको प्रख्यात साइट ट्विटरले आफ्नै लिङ्क छोटो पार्ने सुविधा सुरु गरेको छ। ट्विट १४० अक्षरमा सीमित हुनुपर्ने भएकोले लामा लामा वेबलिङ्कहरु राख्न संभव हुँदैन। र, धेरैले यसअघि bit.ly, tinyurl र goo.gl जस्ता तेस्रो पक्षका सेवा प्रयोग गर्दै आएका थिए।
  अब भने ट्विटरले आफ्नै लिङ्क छोटो पार्ने सुविधा उपलब्ध गराउन थालेको छ। फाइदा- यसमा अरु जस्तो २० अक्षरको नभई १९ अक्षरमात्र प्रयोग हुन्छ। हिजोदेखि ट्विटरले सुरु गरेको यो सेवा प्रयोग गर्न सजिलो छ- ट्विट कम्पोज गर्ने, लिङ्क हाल्ने र ट्विट बटन थिच्ने। ट्विटरले आफै लिङ्क छोटो बनाइदिन्छ। ट्विटरले ओरिजिनल लिङ्कको छोटो संस्करण देखाउने हुनाले प्रयोगकर्ताले कुन साइटमा क्लिक गर्दैछु भन्ने पनि थाहा पाउन सक्छन्।
अनि मेरो लिङ्कमा कति जनाले क्लिक गरेको कसरी थाहा पाउने त ? त्यसो हो भने तपाईँले अर्कै सेवा प्रयोग गर्न जारी राख्‍न सक्नुहुन्छ।