Wednesday, June 8, 2011

म नेपाली मूलको भारतीय हुँ : बालकृष्ण - gorkhapatra

नयाँदिल्ली, जेठ २४ गते । केही दिनदेखि बेपत्ता बाबा रामदेवका दाहिने हात मानिने आचार्य बालकृष्ण मङ्गलबार हरिद्वारमा अवतरित भए र आफू भारतीय भएको बताए ।
मङ्गलबार काँग्रेस महासचिव दिग्विजय सिंहले बालकृष्ण आपराधिक छविका नेपाली भएको आरोप लगाएपछि आज बालकृष्णले सो सफाइ दिए । उनले आफूलाई नेपाली मूलको भारतीय बताए ।
"म हरिद्वारमा जन्मेँ र यहीँ शिक्षित भएँ । मैले आˆनो समस्त अनुसन्धान कार्य यहीँ गरेको छु र म यहीँ मर्छु पनि", बालकृष्णले भनेको भनी आईएनएसले जनाएको छ ।
नेपाली नागरिक भएर भातीय पासपोर्ट लिएको भनी आफूमाथि लगाइएको आरोप 'एक क्रूर ठट्टा' भएको बालकृष्णले बताए ।
मेरा माता-पिताले मलाई भारतमा जन्म दिनुभएको हो । संविधानबमोजिम म यो मुलुकको वैध नागरिक हुँ- बालकृष्णले पत्रकारहरूलाई स्पष्ट पारे । यसैबीच, ३९ वषर्ीय बालकृष्णका पिता जयबल्लभ सुवेदी र आमा सुमित्राले आˆनो छोरा अपराधी नभएको स्पष्ट पारेका छन् ।
स्याङ्जा जिल्लाको भरुवा निवासी सुवेदी दम्पती आˆनो छोरा केही दिनदेखि बेपत्ता भएकोमा चिन्तित थिए । भनिन्छ, १३ वर्षको उमेरमा बालकृष्ण दिल्ली गएका थिए र उतै वैदिक एवं अन्य अध्ययनमा लागेका थिए । उनले नेपाली नागरिकता लिएका छैनन् ।
स्रोतः टाइम्स अफ इन्डिया अनलाइन/एजेन्सी