Monday, June 20, 2011

एसएलसीको रिजल्ट कहाँ हेर्ने ? - mysansar

एकाबिहानै उठेर गोरखापत्रको अफिसको ढोकामा कुरेर एसएलसीको रिजल्ट कुर्ने दिन अब गए। राति अबेर रिजल्ट आउने दिन पनि गए। आज बिहानैदेखि रिजल्ट अपराह्न हुने खबर आइसकेको थियो। यस पटक परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको रिजल्ट पहिले जस्तो न्युज र एजुकेसनल पोर्टल लगायत धेरै वेबसाइटहरुलाई प्रकाशन गर्न नदिई आइएसपीहरुलाई मात्र दिने निर्णय गरेको छ। त्यसैले रिजल्ट हेर्न गाह्रो पर्न सक्छ।
नतिजा ३ बजे परीक्षा समितिको बोर्ड बैठक बसेपछि सार्वजनिक गर्ने भनिएको छ। पोहोर परीक्षा नियन्त्रण कार्यालय मै पुगेको अनुभवको आधारमा ४/५ बजे नभई रिजल्ट निस्कन्न। त्यसपछि त्यो रिजल्टको फाइल बोकेर सरकारी र निजी वेबसाइटहरुमा राख्‍न डेढ घण्टादेखि दुई घण्टासम्म लाग्नसक्छ। भनेपछि ७/८ बजे नभई एसएलसी रिजल्ट आउने देखिन्न। त्यसमाथि धेरैले एकै पटक हेर्न खोज्दा साइटमा बढी लोड पनि पर्न सक्ने भएकोले केही समय विद्यार्थी भाइबहिनीहरुलाई दुःखै हुनसक्छ।
एसएलसीको रिजल्ट हेर्न मिल्ने केही साइटहरुको सूचि हेर्न भित्र आउनुस्।
नेपाल टेलिकमको साइटबाट एसएलसीको नतिजा हेर्न क्लिक गर्नुस्।
परीक्षा नियन्त्रण कार्यालयको साइटबाट मार्कसिटसहितको नतिजा हेर्न क्लिक गर्नुस्