By देवेन्द्र भट्टराई, on June 9th, 2011
काठमाडौं महानगरमा अनेक घटनाहरु भइरहन्छन्— चोरी–डकैती–हत्या वा यस्तै केही। कुनै गाउँ वा नगरभन्दा स्वभावतः बढी घटना हुन्छन् महानगरमा। त्यसमा पनि जेठ १४ (संविधानसभा जन्मोत्सव)को रातमा यो महानगरमा सल्बलाउन खोज्नेहरु कति थिए होलान्? हो, धेरै रहेछन्। त्यही भएर १० वर्ष पुरानो मेरो मोटरसाइकल पनि सिंहदरबार छेउको अनामनगर गल्लीबाट बेपत्ता भयो, त्यही जेठ १४ को रातमा। बाइक त हरायो, तर यो खबर फैलिनासाथै आएका ‘बाइक समवेदना’का स्वर र संकेतहरु भने निकै मनकारी थिए।
बाइक गुमेको पीडामा मल्हम लगाउन खोज्दै कवि बुद्धिसागरले एसएमएसमा पठाएको समवेदना (कर्णाली ब्लुज) यस्तो थियो—
‘यस्तै हो जिन्दगी,
कोही साथमा रहन्छन्
कोही रहँदैनन्
तर जीवनको स्पीड बढिरहन्छ
बाइकको समवेदना,
उसले अब विश्राम पायो…’
ए दैव ! कवि प्रतिभा होस् त यस्तो। ढुङ्गामाटो, हावापानी, सजीव–निर्जीव सबैतिर कविता जन्माइहाल्ने ! मनमा एकखालको बेचैनी लिएर तीनकुनको दफ्तरदेखि कीर्तिपुरको बासस्थानसम्म सार्वजनिक यातायातमा आवतजावत गरिरहँदा मोबाइलको एसएमएस डब्बा पुरै भरिएको थियो। फेसबुकको भित्तोभरि समवेदना थियो— बा १६ प १६२९ आकस्मिक बेपत्तामा आएको शोक–समवेदना।
नातामा मित सालो पर्ने मुग्लिन घर भएका शुशील पौडेलले शोक–समवेदनामा गति छाडेका थिए, धादिङे कवि शरद चिरागले शोक मनाएका हुन् वा व्यङ्गय गरेका हुन्— थाहा हुन्नथ्यो। उमेरमा झण्डै १० वर्ष पुरानो होण्डा स्पलेन्डर किलोमिटरका हिसाबमा झण्डै ४० हजार किलोमिटर दगुरेको थियो भने यसको बेपत्ता स्थिति पनि ऐतिहासिक घडी र स्थानबाट भएको थियो।
गायक दीप श्रेष्ठ जेठ १५ मा कोरिया र हङकङतिर उड्नेवाला थिए। त्यही अवसरमा उनका नयाँ गीत र कम्पोजिसन सुन्ने लोभमा पाएको निम्तो स्वीकार्दै अनामनगर, रुद्रमती मार्गको ६२३ नम्बर घरमा जेठ १४ गते बेलुकी ७ बजे पुगेका थियौं। विप्लव प्रतिकको शब्दमा तयार भएको १५ मिनेट लामो गीतको आलापबाट सुरु भएको दीप–साँझमा नयाँ,पुराना धेरै संयोगहरु सुन्न पाइएको थियो। झण्डै १० बजेसम्मको सांगीतिक रमझमका साक्षी थिए— पत्रकार एवं डाइरेक्टर जी गिरी र पदविन्यासका जानकार पीपी नेपाल।
सात्विक प्रकृतिको रमझमपछि रातमा बाहिर निस्केर हेर्दा होण्डा बाइक गायब। ‘झस्किएछ मन मेरो झझल्कोमा तिम्रो’ बोलमा अघि भर्खरै सुनेको गीतको झल्को उत्रियो, त्यो क्षण। त्यही रात सिंहदरबार प्रहरीदेखि भोलिपल्ट बग्गीखाना (दर्ता नम्बर १३३७) सम्म चोरी उजुरी र हुलिया टिपाउने काम भयो। यो हैरानीबाट सम्हालिदै कोठामा फिरेर मैले फेसबुकको भित्तोमा लेखें—’मेरो प्यारो बाइक चोरिएपछि रामराम भन्नेहरु धेरै भएका छन्। कोही त्यो बाइकलाई ‘राणाकालीन’ भन्दैछन् त कोही ‘गयो, राम्रै भयो’ भन्दैछन्। हो, त्यो बाइकमा कोको चढेका थिए, हिसाब निक्लनेछ अब।’
यति लेख्न पाएको मात्रै के थिएँ, गायक मित्र आभाषले सान्त्वना शैलीमा लेखेछन्—’मलाई पनि धेरै पटक गन्तव्यमा पुर्याएको थियो त्यो बाइकले।’
छिनभरमै नातामा मित सालो पर्ने शुशील पौडेलले लेखेछन् (जो मेरो बाइकमा सबैभन्दा बढी चढेका थिए र, भनौं— फिल्मीखबरको जागिरै मेरो बाइकका भरमा अडिएको थियो।), यी मितको दुस्साहस थियो—’हो, त्यो बाइक चढ्नेको हिसाबकिताब त गर्नैपर्छ जसमा म पनि एक हुँ। जसलाई जिन्दगीका त्यति थोत्रो बाइक चढ्न बाध्य पारियो। त्यसको कर्कश आवाजले मेरा दुबै कानले कम सुन्छन्, अनि भाइब्रेसनले हिजोआज खाली शरीर हल्लिरहन्छ, अब हिसाबकिताब हुनैपर्छ।’
मुग्लिनबासी मित सालाको नियतै खराब थियो, खराब रहेछ। मेरो भन्दा पनि हराएको बाइकको आत्मामा ठेस पुर्याउने काम जो तिनले गरे। अर्का एक पत्रकार जो आफू पनि अरुकै बाइकमा निर्भर छन् (जो मेरो बा १६ प १६२९ मा पनि चढेका छन्), शरद धिताल नामका ती मनुवाले फेसबुकमैं लेख्न भ्याए—’कुनै संग्रहालयमा पो पुर्यायो कि, त्यतै खोज्न जाउँ न !’
पत्रकार विष्णु निष्ठुरी (जसले मेरो बाइकमा लिफ्ट लिएका छन्) देखि कवि किशोर पहाडी, नुवाकोट झाक्रीखोलाको अभिमानसिंह लामादेखि कतारका रेवत क्षेत्रीसम्मको हारगुहार फेसबुकमा देखिन्थ्यो। पत्रकार नेमिष गौतम र दीपेन्द्र लामा (जसले एकपटक मेरो बाइकजस्तै लाग्ने अर्को बाइक कतै लडेको देखेका रहेछन्) सम्म फेसबुकमा खनिएका थिए। यो नेपाली समाजको स्वभाविक चित्र–चरित्र जो हो, भैन्जेल केही नभन्ने र तर बितेपछि आकाशै खसेको हो कि झैं गर्ने। बाइक चोरिएकोमा मौखिक, लिखित वा फेसबुके भित्तोबाट जेजति आफन्तजनले शोक–समवेदना जाहेर गरे, त्यसमा वेदना कम थियो—व्यङ्ग्य बढी थियो। तर म के कुरामा धन्य छु भने यो हराएको बाइकमा जेजस्ता दिग्गजहरुले लिफ्ट लिएका थिए— त्यसप्रति मभन्दा मेरो होण्डा धन्य भएको छ।
दोलालघाटको काली मन्दिरदेखि पनौतीको भूतघरसम्म यो बाइक पुगेको थियो। नुवाकोट दरबारदेखि ककनीमा ठूलीको ट्राउट र दामनका छेउभित्तासम्म यो गएको छ। नगरकोट र सुन्दरीजल त धेरैपटक पुगेको छ।
सम्मानीय पाका अग्रजहरु इन्द्रबहादुर राई, माधवप्रसाद घिमिरे, लीलबहादुर क्षेत्री, अम्बर गुरुङ, गणेश रसिकदेखि अगुवा पत्रकार नारायण वाग्ले, गुणराज लुइटेल, हरि अधिकारी, कृष्णज्वाला देबकोटा, कृष्णमुरारी भण्डारी, हरिबहादुर थापा, धर्मेन्द्र झा, प्रशान्त अर्याल, सुवेल भण्डारी, रामजी दाहालसम्म यही होण्डामा सवार भएका थिए। केही आत्मीय नारी मित्रहरु हुँदै मेची किनाराका उज्ज्वल प्रसाइदेखि कर्णालीका बुद्धिसागरसम्म यसमा चढ्दै–उत्रँदै गरेका थिए। गोविन्द थापादेखि गगन थापासम्म, कुमार आलेदेखि रश्मी आलेसम्मले यही होण्डामा पालो पाए। सिंगापुरका एनआरएन सुनिल शर्मादेखि नाइजेरियाका हिक्मत थापासम्म। भक्तपुरका सम्पदाविद् रविन्द्र पुरीदेखि जिरीका शिक्षक टेक जिरेलसम्म होण्डा आसनको भागिदार बनेका छन्। हो, सम्झने हो भने यस्ता नामहरु असंख्य छन्। आज यीमध्ये केहीसँगको नाता टुटेका छन्, यही बाइकको अराजक व्यवहारले। केहीसँग भने सम्बन्ध अझ प्रगाढ बनेको छ, निरन्तरको ढुवानी–सेवाका कारण।
बाइक चोरिएपछि एउटा अर्को क्षणको सम्झना भैरहेको छ योबेला। कान्तिपुर परिसरमा काम गर्ने एकजना मित्रको एक वर्षमा दुई वटा बाइक चोरिएपछि उनी चिनारु ज्योतिषकहाँ गएका रहेछन्। ज्योतिषीको जवाफ रहेछ—’तपाईलाई चढ्ने चिज फाप्दैन, अब बल नगर्नु !’ ज्योतिषी जवाफले तर्सिएका यी मित्र अहिलेसम्म तीनकुने–कोटेश्वरतिरै लखरलखर हिँडिरहेका भेटिन्छन्। यस्तो निर्मम भविष्यवाणी सुन्नुभन्दा ज्योतिषीकहाँ नजानु नै बेस भन्ने ठानिरहेको छु म।
(बरु पछिल्लो ताजा खबर छ, बीरगंज घर भएका मेरा मित्र गिरिश गिरीका अनुसार काठमाडौंबाट चोरेर लगिएका तीन बाइक बीरगंजमा फेला परेका छन् रे। अर्का मित्र केशव कोइरालाका अनुसार चोरिएका चार बाइक काभ्रेमा भेटिए रे। यी सबै सूचनास्रोत र चोरहरुबारेको यथास्थितिमा जानकार रहने दुबै मित्रप्रति आभारी छु।)
जेठ १४ कै बिहान हुनुपर्छ, मैले मेरो होण्डामा १२ लिटर तेल भरेको थिएँ। काठमाडौंको अनिश्चित मौसमका कारण एउटा डबल साइजको रेनकोटसमेत किनेर बाइकमै सिउरिएको थिएँ। त्यो दुर्लभ पेट्रोल र रातो रंगको रेनकोट पनि आज सम्झनामा मात्रै छन्। बाइकसँग जोडिएका अनेक सम्झना, वितृष्णा र आनन्दका क्षण कल्पँदै म हैरानहैरान काठमाडौंमा शहरका गल्ली–सडकमा पैदल मारिरहेको छु यतिखेर। लखतरान भएर बेलुका डेरामा फिरेर एउटा गीत सुन्ने चेष्टा गरें। कवि श्रवण मुकारुङको शब्द र आभाषको स्वर/संगीतमा पनि त्यही सान्त्वनाको उच्छवास सुनियो। गीतले बोलेको कुरा मेरो बाइकको आत्मामा ठोकिएजस्तो अनुभूति भैरह्यो—
‘तिमी गएदेखि नै हिमाल रोइरह्यो
जून डुलेन, धान झुलेन
करेसाको लालुपाते फेरि फुलेन
दियो बलेन, मादल बजेन
मान्छेदेखि मान्छे पुग्ने पुलै रहेन…’