Tuesday, June 28, 2011

एअरपोर्टको भाउ पनि बढ्ने भो - mysansar

नेपाल सरकारले एअरपोर्टहरुमा यात्रु सेवा सुविधाका नाममा असुल्ने शुल्क अर्को महिना (साउन)देखि बढाउने भएको छ। यात्रु सेवा सुविधा शुल्क बढाउने निर्णय पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले जेठ २३ गते गरेका हुन्।
परिवर्तित शुल्क अनुसार अब सार्क मुलुकमा उड्ने यात्रुहरुले त्रिभुवन विमानस्थल प्रयोग गरे वापत् ७ सय रुपैयाँ तिर्नुपर्नेछ भने सार्क बाहेक अरु सबै देशमा उड्ने यात्रुले एक हजार रुपैयाँ तिर्नुपर्नेछ।
के यो शुल्क तिरेवापत् कुनै सुविधा तपाईँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाउनु हुन्छ त ? आफ्नो विचार लेख्‍नुहोला।
यो सात सय वा हजार रुप‍ैयाँ सेवा शुल्कमा साबिक बमोजिम नै भ्याट पनि लाग्नेछ।
अन्तर्राष्ट्रिय उडानका लागि मात्र हैन, आन्तरिक उडानका लागि पनि शुल्क बुझाउनु पर्छ। सूचना अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भद्रपुर, सिमरा, भैरहवा, नेपालगन्ज, लुक्ला, जोमसोम र मेघौली विमानस्थल प्रयोग गर्नेहरुले त्यहाँ पाइला टेकेवापत् भ्याटसहित २ सय रुपैयाँ तिर्नुपर्नेछ।
त्यसैगरी राजविराज, जनकपुर, भरतपुर, टिकापुर, दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगर विमानस्थलमा भने भ्याटसहित १ सय ५० रुपैयाँ तिर्नुपर्नेछ। यसबाहेक अन्य विमानस्थलमा भने ५ रुपैयाँ तिर्नुपर्नेछ।

के तपाईँले विश्वका अन्य देशमा पनि यस्तै विमानस्थल प्रयोग गरेवापत् शुल्क तिर्नुभएको छ?

प्राधिकरणले निकालेको सूचना-