Thursday, June 2, 2011

ज्ञानेन्द्रद्वारा अंश दाबी / धीरेन्द्रका परिवारले पनि पैतृक अंश खोज्ने - इश्वरराज ढकाल- nepal samacharpatra

पूवराजा ज्ञानेन्द्रले स्वर्गीय राजा महेन्द्रको सम्पत्तिबाट अंशसमेत नपाएको भन्दै अहिले अंशका बारेमा के गर्ने भन्ने विषयमा छलफल शुरू गर्नुभएको छ।


स्व. राजा महेन्द्रको सबै सम्पत्ति स्व. राजा वीरेन्द्रसँगै रहँदै आएको र अंशबन्डासमेत नभएकाले सो सम्पत्तिमा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र तीनै जनाको समान हक लाग्ने दाबी पूवराजाको छ।

पूवराजाका विश्वासिला विगतका कर्मचारीहरूले अहिले यससम्बन्धमा प्रक्रिया अगाडि बढाउन थालेको बताइएको छ।
दोस्रो जनआन्दोलनपछि राज्यले पूवराजा ज्ञानेन्द्रले राजाको हैसियतमा प्राप्त गरेको सम्पत्ति राष्ट्रियकरण गर्ने निर्ण्र्ाागर्दा ज्ञानेन्द्र र धीरेन्द्रका परिवार तथा श्रुतिका छोरीहरूले पाउने अंशका बारेमा कुनै पनि विवेक नपुर्याएको पूवराजपरिवारले गुनासो गर्न थालेको छ।

राष्ट्रियकरणकै क्रममा पूवराजाकी आमा रत्नले आफनो नाममा भएको सम्पत्तिसमेत नपाउँदा पूवराजपरिवार दुःखी भएको छ। राजा वीरेन्द्रको सम्पत्ति लिए पनि अन्य सम्पत्ति उहाँको परिवारले पाउनुपर्ने उनीहरूको माग छ। राजा महेन्द्रको निजी सम्पत्तिका रूपमा रहेको चितवनस्थित दियालो बंगला र पोखराको रत्नमन्दिर रत्नकै सम्पत्ति भएको र यो सम्पत्तिमा उहाँको व्यक्तिगत हक लाग्ने पर्ूवराजपरिवारको भनाइ छ।

स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको धनकुटा, सुर्खेत र भक्तपुरको जग्गा सरकारले लिएकोमा पूवराजपरिवारले कुनै आपत्ति गरेको छैन तर वीरेन्द्रको जत्तिकै हक लाग्ने सम्पत्तिमा भने पूवराजा ज्ञानेन्द्र र धीरेन्द्रका परिवारले दाबी गर्न लागेका हुन्।

तत्कालीन राजा वीरेन्द्रको कार्यकालमा २०३१ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले राजपरिवारको नाममा रहेको पुरातात्त्विक सम्पत्ति राष्ट्रियकरण गरेको र सो समयमा गोरखा, हनुमानढोका, भक्तपुर र पाटन दरबारक्षेत्र सरकारकै सम्पत्ति बनाएको दाबी गर्दै पूवराजा ज्ञानेन्द्रका संवादसचिव डा. फणीराज पाठकले सरकारले अहिले सबै दाजुभाइको अंश लाग्ने सम्पत्ति हडप्नु मुलुकी ऐनविपरीत काम भएको दाबी गर्नुभयो।

पूवराजा ज्ञानेन्द्रसँग अहिले निजी व्यवसायबाट आर्जन गरेको सम्पत्ति मात्रै रहेको दाबी गर्दै उहाँले पूवराजा ज्ञानेन्द्रले पैतृक सम्पत्तिबाट अंश पाउनुपर्ने बताउनुभयो।

ँसुवर्ण्र्ााशेरको र्सवस्वहरण हुँदा उहाँको सम्पत्ति छोरा रुक्मसमशेरले पाएका थिए। तर अहिले वीरेन्द्रको सम्पत्ति उनका भाइहरूले पाउनुपर्नेमा सरकारले गलत गरेको छ’, उहाँले भन्नुभयो- ँतत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले बनाएको नारायणहिटी दरबार पनि राजपरिवारकै निजी सम्पत्ति होे।’