एक जना सहप्राध्यापक : जसले ५ बर्ष अध्ययन बिदा अवधिमा क्रमश १५ लाख ७५ हजार ६ सय रुपैया अध्ययन बिदाको बहानामा विश्वबिद्यालयको ढुकुटीबाट लिन्छन् र अन्तिममा उतै फरार हुन्छन्। यसरी फरार हुने भगौडा कथित प्राज्ञिक वर्गको संख्या विश्वविद्यालयले गरेको अनुमान अर्थात् वार्षिक ५० को हाराहारीमा मात्रै हुने हो भने पनि यसबाट राष्ट्रलाई करिब ७८ करोड ७८ लाख आर्थिक क्षति भइरहेको छ। अध्ययन बिदामा बिदेश पलायन हुनेको यो संख्या ३ सय भन्दा बढी रहेको त्रिभुवन विश्वविद्यालय स्रोत बताउछ। यस अर्थमा ५ वर्षे अध्यायन बिदा अवधिमा यस्ता भगौडाहरुले लिएको तलब भत्ता मात्रै ४ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढी हुन्छ। अध्ययन बिदामा बस्ने प्राध्यापकहरुका लागि विश्वविद्यालयले यसरी अर्बौ लगानी गरेको छ। तर अध्ययन बिदा पछि उनीहरु न स्वदेश फर्किएका छन् न त विश्वबिद्यालयको सम्पर्कमै आएका छन्। अर्थात उनीहरु विदेशमै पलायन भइरहेका छन्।
कम्तिमा तिनीहरुलाई खोज्नुपर्छ मेरो देशले। विस्वविद्यालयमा प्राध्यापक भएको एउटा नेपालीको त्यो व्यवहारलाई उदांग पारिदिनुपर्छ देशले। जसले लुटेर खाने देश सिकायो तिनको अस्तित्वलाई चिरिदिनुपर्छ देशले। त्यो जहाँ रहोस् : ऊसँग असुल्नुपर्छ देशले स्वाभिमानको क्षति।
जसलाई देशले हुर्कायो, बढायो र मस्तिष्कमा ज्ञान भरायो : अझ भन्यो : जाऊ विदेश र त्यहाँबाट ज्ञान सिकेर आऊ, लिएर आऊ अनि स्वदेशमा रहेका अरुलाई सिकाऊ। उसले –हुन्छ भन्यो र उड्यो देशको ढुकुटीबाट खर्च लिएर। उसलाई त्यो अमेरिका, त्यो लण्डन वा जर्मनमा बसुञ्जेल पनि देशले भन्यो : तिमी ज्ञान आर्जन गर म खर्च पठाइदिन्छु। निरन्तर देशको ढुकुटीबाट पाँच वर्षसम्म उसलाई देशले पैसा पठाइरह्यो त्यो अमेरिका वा लण्डनतिरै। ऊ पढी नै रह्यो, शायद ज्ञान आर्जन गर्यो। तर, जब पाँच वर्ष पुग्यो उसले देश छोडेको : त्यो नेपालीले दरिद्रज्ञानको चरित्र देखायो। र, भन्यो : आउँदिन म अब त्यो देश। यतै बस्छु बरु भाँडा माझेर। ऊ सम्पर्कमा पनि आएन। र, लुक्यो उतै नेपालीत्व गुमाएर। यसरी मेरो देशका गुरुहरु, जसलाइ सह र उपप्राध्यापक भन्छौँ हामी। एक किसिमका प्रोफेसर। जसले देशलाइ नै लुटेर भागिरहेका छन् अमेरिकातिर। यो संख्या एक दुई वा अपवादमा छैन। यो त नियमित प्रक्रिया जसरी चलिरहेको छ यही मुलुकमा। र, सरकारी ढुकुटीमार्फत् त्रिभुवन विस्वविद्यालयबाट मात्रै यसरी देशलाई सरापेर, लुटेर र बौद्धिक दरिद्रता देखाएर जाने कथित प्राध्यापकहरुको संख्या वार्षिक ५० पुग्छ।
एम.फिल, पीएचडी र एमएस अध्ययन गर्ने बहानामा देश छाडेकाहरुको लर्को नै त्रिभुवन विश्वविधालयले सार्वजनिक गरिसकेको छ। विश्वविधालयसँग तलबी अध्ययन विदा स्वीकृत गराएर भागेका यी गुमनाम अनुहार अहिले युरोप र अमेरिका जस्ता विकसित मुलुकहरुमा आफूलाई हुर्काउँदै छन्। देश कुल्चेर गएका यी विश्वविद्यालयका भगौडाहरु जसले अध्ययन विदा अवधिभर अथवा ५ वर्षमा विश्वविधालयबाट तलबभत्ता लगायतका सेवा सुविधाहरु उपभोग गरिरहे देशबाहिर बसेर पनि।
तलबभत्ता लिनका लागि ५ वर्षसम्म विश्वविधालयको नियमित सम्पर्कमा आइरहने उनीहरु विदाको समायवधि सकिएपछि सम्पर्कविहीन बन्छन् र युरोप र अमेरिकातिरै लुकी छिपी बस्ने गर्छन्।
त्रिभुवन विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० ले गरेको व्यवस्था अनुसार स्थायी सेवामा प्रवेश गरेको कुनै पनि सहप्राध्यापक वा उपप्राध्यापकले १ वर्षे परीक्षण काल पूरा गरेपछि ५ वर्षे लामो तलबी अध्ययन बिदा लिन पाउँछन्, त्यो पनि तलब भत्ता लगायतका सबै सेवा सुविधा सहित। यसो गर्नुको कारण विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरुको ज्ञानको स्तर वृद्धि होस्, उनीहरुले विदेशमा सिकेका कुरा मातृभूमिको समुन्नत विकासका लागि उपयोग होस् र विश्वका कुनै पनि विश्वविद्यालयका प्राध्यापकहरुसँग उनीहरुले प्रतिस्पर्धा गर्न सकून् भन्नु हो। यही आशाका साथ विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुलाई ५ वर्षसम्म स्वदेश या विदेशका युनिभर्सिटीहरुमा अध्ययन गर्नका लागि तलबी अध्ययन बिदा दिइने गरिएको छ। र, ५ वर्षसम्म ठूलो रकम लगानी गरिन्छ उनीहरुका लागि। तर, देशलाई सजिलै बिर्सिदिएर यी कथित प्राज्ञिकहरुले यो राष्ट्र अनि बौद्धिकताको बदनाम गराइरहेका छन्। यसै भन्छन् त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सूर्यलाल अमात्य ।
त्रिभुवन विश्वविद्यालय भन्छ : यसरी अध्ययन बिदामा विदेशिने भगौडाहरुको यकिन तथ्याङक नभए पनि संख्या वार्षिक ५० भन्दा बढी हुन्छ। र, यो टीयूको मात्र तथ्यांक हो। अरु विस्वविद्यालयमा पनि यस्तो रोग उत्तिकै छ।
त्रिभुवन विश्वविद्यालयको बुलेटिनमा सम्पर्कविहीन भएको भन्दै प्राध्यापकहरुलाई सेवाबाट हटाइएका यस्ता सूचनाहरु हरेक पटक जसो छापिन्छ।
र, वर्षेनि दर्जनौं प्राध्यापकहरु जसले आफनो अध्ययन विदा अवधिभर अर्थात ५ वर्षमा विश्वविद्यालयको ढुकुटीबाट लाखौं रुपैया असुल्छन र, भाग्छन्। भगौडा कथित बौद्धिक वर्गको यो राष्ट्रघाती प्रवृतिका कारण आज विश्वविद्यालयलाई मात्रै होइन सिंगो राष्ट्रलाई करोडौको आर्थिक क्षति पुगिरहेको छ। जुन यो तथ्याङकले पुष्टि गर्छ-
• विश्वविद्यालयको सहप्राध्यापक तहमा काम गर्ने शिक्षक कर्मचारीले पाउने तलव ग्रेड र भत्ता सबै जोड्दा मासिक २४ हजार २ सय ४० रुपैयाँ हुन्छ।
• यो अनुपातमा एक जना सहप्राध्यापकले मात्रै दशै भत्ता सहित बर्षको ३ लाख १५ हजार १ सय २० रुपैया विश्वबिद्यालयको ढुकुटीबाट बुझ्ने गर्छन्।
• र, अध्यायन बिदा अवधिभर अर्थात ५ वर्षमा एक जना सहप्राध्यापकले टीयूबाट १५ लाख ७५ हजार ६ सय रुपैयाँ लिएको हुन्छ।
एक जना सहप्राध्यापक : जसले ५ बर्ष अध्ययन बिदा अवधिमा क्रमश १५ लाख ७५ हजार ६ सय रुपैया अध्ययन बिदाको बहानामा विश्वबिद्यालयको ढुकुटीबाट लिन्छन् र अन्तिममा उतै फरार हुन्छन्। यसरी फरार हुने भगौडा कथित प्राज्ञिक वर्गको संख्या विश्वविद्यालयले गरेको अनुमान अर्थात् वार्षिक ५० को हाराहारीमा मात्रै हुने हो भने पनि यसबाट राष्ट्रलाई करिब ७८ करोड ७८ लाख आर्थिक क्षति भइरहेको छ। अध्ययन बिदामा बिदेश पलायन हुनेको यो संख्या ३ सय भन्दा बढी रहेको त्रिभुवन विश्वविद्यालय स्रोत बताउछ। यस अर्थमा ५ वर्षे अध्यायन बिदा अवधिमा यस्ता भगौडाहरुले लिएको तलब भत्ता मात्रै ४ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढी हुन्छ। अध्ययन बिदामा बस्ने प्राध्यापकहरुका लागि विश्वविद्यालयले यसरी अर्बौ लगानी गरेको छ। तर अध्ययन बिदा पछि उनीहरु न स्वदेश फर्किएका छन् न त विश्वबिद्यालयको सम्पर्कमै आएका छन्। अर्थात उनीहरु विदेशमै पलायन भइरहेका छन्। यसले देशलाई निकै घाटा पुर्याएको प्रष्ट छ।
यस्ताहरु छन् जसलाई हामी देशमा रहुञ्जेल वौद्धिक भनेर नमस्कार गरिरहेका हुन्छौं। जसले देशलाई गोडाले हिर्काएर भागेको हुन्छ। उसलाई उसैको स्वाभिमानले दुत्कारेको हुन्छ र उसले के सिकाएको हुन्छ होला मलाई? तिमी देशलाई माया गर भन्छ होला र भन्छ होला स्वाभिमान भन्दा ठूलो अर्को कुनै मान छैन। कम्तिमा तिनीहरुलाई खोज्नुपर्छ मेरो देशले। विस्वविद्यालयमा प्राध्यापक भएको एउटा नेपालीको त्यो व्यवहारलाई उदांग पारिदिनुपर्छ देशले। जसले लुटेर खाने देश सिकायो तिनको अस्तित्वलाई चिरिदिनुपर्छ देशले। त्यो जहाँ रहोस् : ऊसँग असुल्नुपर्छ देशले स्वाभिमानको क्षति। अब हामी खोज्नेछौँ उनीहरुलाई। ताकि भगौडाहरुको देश नबनोस् यो। जय स्वाभिमान।
[प्रेम न्युज२४ टिभीका प्रस्तोता हुन्। उनले यससम्बन्धी सामाग्री आफ्नो 'जय स्वाभिमान' कार्यक्रममा शनिबार बजाएका थिए। भिडियो हेर्नुस्-]
http://www.youtube.com/watch?v=NcPVUGSwLMY&feature=player_embedded
कम्तिमा तिनीहरुलाई खोज्नुपर्छ मेरो देशले। विस्वविद्यालयमा प्राध्यापक भएको एउटा नेपालीको त्यो व्यवहारलाई उदांग पारिदिनुपर्छ देशले। जसले लुटेर खाने देश सिकायो तिनको अस्तित्वलाई चिरिदिनुपर्छ देशले। त्यो जहाँ रहोस् : ऊसँग असुल्नुपर्छ देशले स्वाभिमानको क्षति।
सक्छौ : केही देऊ, सक्दैनौं : देश नलुट
देशपूजन गर्ने एउटा निर्दोष नेपालीलाई कहाँ कहाँ दुख्छ स्वाभिमान? शरीरका प्रत्येक अंग भएर देश दुख्छ, जीवनका एक एक भोगाइ भएर पनि देश नै दुख्छ। र, हरेक निमेषमा म मेरो देशको चन्द्रसूर्य दुखिरहेको पाउँछु। हरेक कुनामा रोइरहेको स्वाभिमानको भिजेको छाति देख्छु र म नेपाली भनिरहन्छु : कम्तिमा देशलाई दिन केही सकेनौ भने पनि यसलाइ लुटेर नभाग। यो भगौडाहरुको देश होइन। तर, समय उस्ताद भएर यस्तो निर्दयी बनेको छ मेरो देशमा अचेल कि : राष्ट्रियता जान्ने र बुझ्नेहरुले नै यसको चीरहरण गरिरहेका छन् र हामी त्यसको साक्षी बसिरहेका छौं।जसलाई देशले हुर्कायो, बढायो र मस्तिष्कमा ज्ञान भरायो : अझ भन्यो : जाऊ विदेश र त्यहाँबाट ज्ञान सिकेर आऊ, लिएर आऊ अनि स्वदेशमा रहेका अरुलाई सिकाऊ। उसले –हुन्छ भन्यो र उड्यो देशको ढुकुटीबाट खर्च लिएर। उसलाई त्यो अमेरिका, त्यो लण्डन वा जर्मनमा बसुञ्जेल पनि देशले भन्यो : तिमी ज्ञान आर्जन गर म खर्च पठाइदिन्छु। निरन्तर देशको ढुकुटीबाट पाँच वर्षसम्म उसलाई देशले पैसा पठाइरह्यो त्यो अमेरिका वा लण्डनतिरै। ऊ पढी नै रह्यो, शायद ज्ञान आर्जन गर्यो। तर, जब पाँच वर्ष पुग्यो उसले देश छोडेको : त्यो नेपालीले दरिद्रज्ञानको चरित्र देखायो। र, भन्यो : आउँदिन म अब त्यो देश। यतै बस्छु बरु भाँडा माझेर। ऊ सम्पर्कमा पनि आएन। र, लुक्यो उतै नेपालीत्व गुमाएर। यसरी मेरो देशका गुरुहरु, जसलाइ सह र उपप्राध्यापक भन्छौँ हामी। एक किसिमका प्रोफेसर। जसले देशलाइ नै लुटेर भागिरहेका छन् अमेरिकातिर। यो संख्या एक दुई वा अपवादमा छैन। यो त नियमित प्रक्रिया जसरी चलिरहेको छ यही मुलुकमा। र, सरकारी ढुकुटीमार्फत् त्रिभुवन विस्वविद्यालयबाट मात्रै यसरी देशलाई सरापेर, लुटेर र बौद्धिक दरिद्रता देखाएर जाने कथित प्राध्यापकहरुको संख्या वार्षिक ५० पुग्छ।