Friday, June 10, 2011

फेसबुकले थाल्यो फोटोको अनुहार चिन्ने प्रविधि - nagariknews

सन फ्रान्सिस्को, जेठ २५ (रोयटर्स)- फेसबुकले धेरै हल्ला नगरी चुपचाप अपलोड गरिने फोटोहरु आफै चिन्ने प्रविधि सुरु गरेको छ।
फेसबुकका प्रयोगकर्ताहरुका लागि यो सुविधा स्वचालित रुपमा जोडिएको फेसबुकको आधिकारिक ब्लगले मंगलबार जनाएको छ। यो प्रविधि अमेरिकादेखि अधिकांश देशहरुमा लागू भएको उसले जनाएको छ।

यसमा कुनै प्रयोगकर्ताले फोटो अपलोड गरेपछि 'ट्याग सुझाव'का रुपमा कुनै व्यक्तिको नाम फोटोको अनुहारमा लगाइदिन्छ।

फोटो चिन्ने प्रविधिले फेसबुकको गोपनीयता सम्बन्धी चासो फेरि चर्काइदिएको छ। सोफोजका प्रविधि कन्सलट्यान्ट ग्राहक क्लुलीले यसो गर्नु फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको गोपनीयतालाई चोरी गर्नु जस्तै भएको तर्क गरेका छन्।

एप्पलको आइफोटो सफ्टवेयरले पनि यस्तै सुविधा दिने भए पनि त्यसमा आफ्नो व्यक्तिगत फोटो संकलनमा यो प्रविधि प्रयोग गर्ने कि नगर्ने भनी छनौट गर्न पाइन्छ। तर फेसबुकले भने आफै नसोधिकनै यो प्रविधि उपयोग गर्ने भएकोले यसप्रति चासो बढेको हो।