अर्बपतीको सूची बनाउने फब्र्सले विश्वका महँगा घरको सूची पनि तयार गरेको छ ।
यो सूचीमा भारतका अर्बपती रिलायन्स इन्डष्ट्रिजका मालिक मुकेश अम्बानीको
चर्चित घर एन्टिलिया एक नम्वरमा छ । फोब्र्सले जारी गरेको सूचीमा २०
अर्बपतिका घर रेटिंगमा परेका छन् । फोब्र्सका अनुसार साढे २१ अर्ब डलर
सम्पत्तीका मालिक मुकेशको घर एन्टेलिया यो विश्वको सबैभन्दा महँगो घर हो ।
मुम्बईमा रहेको एन्टिलिया २७ तलको छ, यो बनाउन अम्बानीले करिव दुई अर्ब
डलर(एक खर्ब ८० अर्ब रुपैयाँ) खर्च गरेका थिए ।

एन्टिलियाको छ तलामा पार्किङ्ग छ, घरमा चार लाख वर्गफुटमा बस्ने कार्यालय छ, घरमा एउटा बलरुम छ भने घरको छत क्रिस्टलले सजाइएको छ । घरमा एउटा सिनेमा थियेटर, बार, तीन वटा हेलिप्याड लगायतका सबै सेवा र सुविधा छ । एन्टिलियामा काम गर्न मात्रै पनि छ सय कर्मचारीको आवश्यकता पर्दछ ।

सबैभन्दा महँगा २० घरको सूचीमा दुई नम्वरमा ब्राजिलका अरबपति लिलि साफ्राको फ्रानसस्थित विला लिओपोल्डको घर छ । सन् २००८ मा करिव ७५ करोड डलर (६५ अर्ब रुपैयाँ)मा खर्च गरेर किनेका हुन् । २० एकड जमिनमा फैलिएको यो घरको निर्माण राजा लिओपोल्ड द्वितीयने बनाएका थिए ।

फोब्र्सको न्युयोर्कस्थित फेअर फिल्ड तेस्रो सबैभन्दा महँगो घर हो । अमेरिकी व्यवसायी इरा रेनर्टको यो घरको मूल्य २५ करोड डलर (२४ अर्ब रुपैयाँ) पर्छ । यो घरमा २९ बेडरुम छ भने तीनवटा स्वीमिङ्ग पुल छ भने यो कम्पनीको आफ्नै पावर प्लान्ट पनि छ ।

विश्का महँगा घरको सूचीमा भारतीय मूलका व्यवसायी तथा स्टील किंगबाट चर्चित लक्ष्मी निवास मित्तलको घर केसिंगटन प्यालेस चौथो स्थानमा छ । लण्डनको विलियरोयर रोमा भएको यो घर २००८ मा २२.२० करोड डलर (१९ अर्ब रुपैयाँ)मा खरिद गरिएको थियो । मित्तलले यो घर आफ्ना छोराका लागि खरिद गरेका थिए । मित्तलको अर्को घर ताज मित्तल १६ औ नम्वरमा छ । यो घर पनि लण्डनकै विलिनियर रोमा छ । यो घरमा लगाइएको ताज महलमै लगाइएको संगमरमर लगाइएको थियो ।

यो सूचीमा पाँचौं नम्वरमा अरवपति रिनल्ट अख्मेतोभको घर ‘वन हाइड पार्क’ छ । सन् २०११ मा निर्माण गरिएको यो घरका लागि २२ करोड डलर झण्डै १८ अर्ब डलर खर्च भएको थियो । छैठौं स्थानमा ओरेकल कम्पनीका संस्थापक ल्यारी एलिसनको क्यालिफोर्नियास्थित ‘एलिसन स्टेट’ छ । यो घरको मूल्य २० करोड डलर १७ अर्ब रुपैयाँ बराबर छ ।