विजय आवाज
सानैबाट नृत्य गर्ने विराटनगरकी रोमा न्यौपानले ८ बर्षकै उमेरमा आफ्नो एउटा खुट्टा गुमाइन् । इटहरीमा गाडीले ठक्कर दिएपछि रोमाले एउटा खुट्टा सानै उमेरमा गुमाउनु पर्यो । तर पनि उनले आफ्नो नृत्य गर्ने इच्छा र सपनालाई हार्न दिइनन् । एउटा खुट्टा गुमाएपछि पनि उनको हिम्मत टुटेन । विश्वका आधादर्जन भन्दा बढि देशमा एक खुट्टाले नाँचेरै दर्शक लोभ्याएकी रोमा भन्छिन्, ‘खुट्टा गुमेपछि घर बाहिर निस्केर नाँच्न सकिन, तर कोठाभित्र भने अभ्यास गरिरहे । ‘
सुरुवातमा
भने उनलाई बाहिर निस्केर आफ्नो अद्भुत प्रतिभा देखाउन डर लाग्यो । तर
परिवारको सहयोग र हौशलाका कारण उनले आफ्नो प्रतिभालाई एक खुट्टाकै
माध्यमबाट बाहिर ल्याइन्, मर्न दिइनन् ।
‘मैदान’ नामक सिनेमामा नायक राजेश हमालको कान्छि बैनी भएर काम गरिसकेकी रोमा आफुलाई अपाङ भन्दा पनि अपाङ कलाकार भन्न रुचाउँछिन् । आजसम्म उनले कुवेत, दक्षिण कोरिया, इजरायल लगायतका देशमा आयोजना भएका कार्यक्रममा आफ्नो नृत्यको जादु देखाइसकेकी छिन् । ‘अब छिट्टै सिंगापुर जाने तयारीमा छु’, रोमाले भनिन् ।
अनलाइनखरबसँगको कुराकानीमा रोमाले भनिन्, ‘नेपालमा भन्दा पनि विदेशमा बस्ने नेपाली दाजुभाइले दिएको मायाले साह्रै खुशी लाग्छ ।’ आज उनले दर्शकको हौशला पाएकी छिन्, माया र राम्रो पारिश्रमिक पनि पाएकी छिन् ।
रोमालाई
आफु कहिले पनि अपाङ छु भन्ने लाग्दैन । नृत्य गरिन्जेल आफ्नो साहारा
वैशाखी समेत विर्सने रोमा भन्छिन्, ‘म दर्शकलाई कहिले पनि एउटा खुट्टाले
नाँच्दै छु भन्ने भान पर्न नै दिन्न ।’ उनको साहस र निरन्तरतालाई विदेशमा
रहेका धेरै नेपालीले सम्मान पनि गरेका छन् । उनले नेपालमा आयोजना हुने
विभिन्न कन्र्सट, महोत्सवमा नृत्य गरेर दर्शकलाई झुमाउँदै आएकी छिन् । तर
रोमालाई एक खुट्टा भएकाले धेरैले अवसर दिदैनन् भन्ने लाग्छ । निक्कै
फरासिली रोमा भन्छिन्, ‘सिनेमामा अपाङ व्यक्तिको भूमिकामा सपाङलाई नै
खेलाइन्छ तर हामीलाई मौका दिइदैन ।’ यो कुरामा साह्रै दुख पनि लाग्छ,
रोमाले अनलाइनखबरसँग भनिन् ।
उनलाई विदेशमा बस्ने नेपालीले दिने प्रतिक्रिया र मायाले अझै आफ्नो कामलाई निरन्तरता दिने आट आउँछ । रोमा भन्छिन्, ‘मेरो सपना अब विश्वमा नेपाल र नेपालीलाई चिनाउनु हो ।’ अपाङ र सपाङ दुबै व्यक्तिको हौशाला र प्रेरणाको पात्र बनेकी रोमा आफ्नो कामलाई निरन्तरता दिने बताउँछिन् । ‘म यसैमा खुशी छु र मलाई कुनै दिन पनि आफु अपाङ भएकोमा पछुतो छैन’, उनले भनिन् । दर्शकहरुले नृत्य गर्ने क्रममा ‘रोमा आइ लभ यू’, ‘म तिमीसँग बिहे गर्न चाहन्छु’ भन्दै हुटिङ र तालि बजाउँदा रोमालाई आफ्नो काममा अझै जोश आउछ । टुडिखेलमा आयोजना भएको एक कार्यक्रममा रोमाको प्रतिभा देखेर इजरायली राजदुतले उनलाई इजरायल लगेर उपचार गराएका थिए ।
स्टेज कार्यक्रमसँगै रोमालाई स्कुलमा नृत्य गर्दा अझ बढि आनन्द लाग्छ । स्कुलका भाइबैनीहरुका लागि आफु प्रेरणाको पात्र बन्न सकेको रोमा गौरब महशुश गर्छिन् । एक खुट्टा भएर पनि नृत्यमा अब्बल रोमालाई नेपाल सरकार र नेपाली दर्शकको माया र हौशलाको खाँचो छ ।
सानैबाट नृत्य गर्ने विराटनगरकी रोमा न्यौपानले ८ बर्षकै उमेरमा आफ्नो एउटा खुट्टा गुमाइन् । इटहरीमा गाडीले ठक्कर दिएपछि रोमाले एउटा खुट्टा सानै उमेरमा गुमाउनु पर्यो । तर पनि उनले आफ्नो नृत्य गर्ने इच्छा र सपनालाई हार्न दिइनन् । एउटा खुट्टा गुमाएपछि पनि उनको हिम्मत टुटेन । विश्वका आधादर्जन भन्दा बढि देशमा एक खुट्टाले नाँचेरै दर्शक लोभ्याएकी रोमा भन्छिन्, ‘खुट्टा गुमेपछि घर बाहिर निस्केर नाँच्न सकिन, तर कोठाभित्र भने अभ्यास गरिरहे । ‘
सुरुवातमा
भने उनलाई बाहिर निस्केर आफ्नो अद्भुत प्रतिभा देखाउन डर लाग्यो । तर
परिवारको सहयोग र हौशलाका कारण उनले आफ्नो प्रतिभालाई एक खुट्टाकै
माध्यमबाट बाहिर ल्याइन्, मर्न दिइनन् ।‘मैदान’ नामक सिनेमामा नायक राजेश हमालको कान्छि बैनी भएर काम गरिसकेकी रोमा आफुलाई अपाङ भन्दा पनि अपाङ कलाकार भन्न रुचाउँछिन् । आजसम्म उनले कुवेत, दक्षिण कोरिया, इजरायल लगायतका देशमा आयोजना भएका कार्यक्रममा आफ्नो नृत्यको जादु देखाइसकेकी छिन् । ‘अब छिट्टै सिंगापुर जाने तयारीमा छु’, रोमाले भनिन् ।
अनलाइनखरबसँगको कुराकानीमा रोमाले भनिन्, ‘नेपालमा भन्दा पनि विदेशमा बस्ने नेपाली दाजुभाइले दिएको मायाले साह्रै खुशी लाग्छ ।’ आज उनले दर्शकको हौशला पाएकी छिन्, माया र राम्रो पारिश्रमिक पनि पाएकी छिन् ।
रोमालाई
आफु कहिले पनि अपाङ छु भन्ने लाग्दैन । नृत्य गरिन्जेल आफ्नो साहारा
वैशाखी समेत विर्सने रोमा भन्छिन्, ‘म दर्शकलाई कहिले पनि एउटा खुट्टाले
नाँच्दै छु भन्ने भान पर्न नै दिन्न ।’ उनको साहस र निरन्तरतालाई विदेशमा
रहेका धेरै नेपालीले सम्मान पनि गरेका छन् । उनले नेपालमा आयोजना हुने
विभिन्न कन्र्सट, महोत्सवमा नृत्य गरेर दर्शकलाई झुमाउँदै आएकी छिन् । तर
रोमालाई एक खुट्टा भएकाले धेरैले अवसर दिदैनन् भन्ने लाग्छ । निक्कै
फरासिली रोमा भन्छिन्, ‘सिनेमामा अपाङ व्यक्तिको भूमिकामा सपाङलाई नै
खेलाइन्छ तर हामीलाई मौका दिइदैन ।’ यो कुरामा साह्रै दुख पनि लाग्छ,
रोमाले अनलाइनखबरसँग भनिन् ।उनलाई विदेशमा बस्ने नेपालीले दिने प्रतिक्रिया र मायाले अझै आफ्नो कामलाई निरन्तरता दिने आट आउँछ । रोमा भन्छिन्, ‘मेरो सपना अब विश्वमा नेपाल र नेपालीलाई चिनाउनु हो ।’ अपाङ र सपाङ दुबै व्यक्तिको हौशाला र प्रेरणाको पात्र बनेकी रोमा आफ्नो कामलाई निरन्तरता दिने बताउँछिन् । ‘म यसैमा खुशी छु र मलाई कुनै दिन पनि आफु अपाङ भएकोमा पछुतो छैन’, उनले भनिन् । दर्शकहरुले नृत्य गर्ने क्रममा ‘रोमा आइ लभ यू’, ‘म तिमीसँग बिहे गर्न चाहन्छु’ भन्दै हुटिङ र तालि बजाउँदा रोमालाई आफ्नो काममा अझै जोश आउछ । टुडिखेलमा आयोजना भएको एक कार्यक्रममा रोमाको प्रतिभा देखेर इजरायली राजदुतले उनलाई इजरायल लगेर उपचार गराएका थिए ।